८९. सत्यतालाई स्वीकार नगर्नुका बारेमा गरिएका मननहरू

एइ जियालाई पठाइएको पत्र

प्रिय एइ जिया,

भेट नभएको धेरै भयो! कस्तो छ? हामीले एक वर्षभन्दा बढी समयदेखि एक-अर्कालाई भेटेका छैनौँ, तर हामीले सँगै आफ्नो कर्तव्य पूरा गर्दा के भयो भन्‍ने कुरा मेरो मनमा अझै ताजा छ। मैले सत्यतालाई स्वीकार नगरेकीले, मैले तिमीलाई चोट पुर्‍याएँ, र हामी टाढा भयौँ। यसको बारेमा सोच्दा हरेक पटक, मलाई आत्मग्लानि महसुस हुन्छ। म तिमीलाई साँच्‍चै नै “मलाई माफ गर” भनेर भन्‍न चाहन्छु। मैले तिमीलाई मेरो चिन्तन र बुझाइको बारेमा बताउन यो पत्र लेखेकी हुँ।

त्यो बेला, मलजलको कामका लागि हामी जिम्मेवार थियौँ। मैले भर्खरै काम सुरु गरेकी हुनाले, मलाई यो कर्तव्यको बारेमा त्यति धेरै थाहा थिएन र तिमीले मलाई प्रायजसो सहयोग गर्थ्यौ। मैले के काम राम्ररी गरेकी छैन भन्‍ने देख्दा, तिमीले मलाई सुझाव र चेतावनी दिन्थ्यौ। तिमीले मलाई सहयोग गरिरहेकी छौ भन्‍ने मलाई थाहा थियो। तर तिमीले मलाई अझै धेरै कुराहरू औँल्याइरहेकी हुनाले, मलाई असहज लाग्यो। एक पटक, मलजलको कर्तव्य पूरा गर्ने मानिसहरूले सँगै राम्ररी काम गरिरहेका थिएनन् त्यसकारण मैले परिस्थितिलाई समाधान गर्न पत्र लेख्‍नुपर्थ्यो। मलाई तिनीहरूप्रति केही तिरस्कार भयो, र मैले तिनीहरूलाई सोधपुछ गर्ने लवजमा हप्काएँ। यो देख्दा, तिमीले मलाई पत्र लेख्दा मेरो मानसिकता कस्तो थियो भनेर सोध्यौ, र मेरा समस्याहरूलाई खुलस्त औँल्याइदियौ। मैले यसरी पत्र लेख्‍नु सही होइन, मैले ठूलो पल्टेर व्यवहार गरिरहेको छु, र यसले सजिलै मानिसहरूलाई बन्धनमा परेको महसुस गराउँछ भनेर भन्यौ। तिमीले मलाई आत्मचिन्तन गर्न र आफ्नो पत्र संशोधन गर्न लगायौ। मैले अहङ्कारी स्वभाव प्रकट गरिरहेकी छु भन्‍ने महसुस गरे पनि, मैले हृदयमा यसको विरुद्धमा तर्क गरिरहेँ, र सोचेँ, “मैले पत्र लेख्दा, कसरी तिमीलाई यसमा समस्या हुन्छ? यसरी बोलेर मलाई नराम्रो देखाउँछौ, मैले यस्तो सरल समस्या समेत समाधान गर्न सक्दिनँ जस्तो गरी। अरूले थाहा पाए भने मेरो बारेमा के सोच्नेछन्?” मैले यसलाई हृदयमा स्विकार्न सकिनँ र म तिमी विरुद्ध पूर्वाग्रही भएँ। मैले के पनि सोचेँ भने, भविष्यमा मैले तिम्रो समस्या भेट्टाएँ भने, म पनि त्यसलाई औँल्याउनेछु ताकि मलाई हेप्‍न सकिन्छ भन्‍ने तिमीले नसोच। एक पटक, परमेश्‍वरको वचनका पुस्तकहरूको रक्षा गर्ने इन्चार्जको व्यक्ति गैरजिम्मेवार भयो र उसले सुस्त मनोवृत्ति अपनायो। तिमीले उसलाई पत्र लेख्यौ, कठोर भाषा प्रयोग गर्दै त्यस्ता कार्यहरूको प्रकृति र परिणामहरूका बारेमा सङ्गति र विश्लेषण गर्‍यौ। मैले यो समस्यालाई पक्रेर र तिमीले लेखेको तरिका सही छैन, तिमीले ठूलो पल्टेर व्यवहार गरिरहेकी छौ र मानिसहरूलाई हप्काइहेकी छौ, र त्यसरी सङ्गति गर्दा मानिसहरूलाई स्वीकार गर्न गाह्रो हुन्छ भनेरँ भनेँ। हामीले अरूलाई कुन परिस्थितिमा काटछाँट गर्न सक्छौँ भनेर तिमीले मलाई सङ्गति दियौ, हामीले कुन परिस्थितिमा अरूलाई सङ्गति गर्न र सहयोग गर्न सक्छौँ, र यो व्यक्तिले सबै कुरा बुझेको छ, ऊ गैरजिम्मेवार मात्रै छ, र त्यस्ता परिस्थितिहरूमा, हामीले उसलाई काट-छाँट गर्न सक्छौँ भनेनेर भन्यौ। तिमीले भनेको कुरा सही छ र कामका लागि फाइदाजनक छ भन्‍ने मलाई थाहा थियो, तर मेरो हृदयले त्यसलाई स्वीकार गरेन। तिमीले भनेका सबै कुरा सही छन्, र मैले गरेको सबै कुरा गलत छन्, र तिमीले सधैँ ममा गल्तीहरू खोजिहेकी हुन्छौ जस्तो लाग्यो। भविष्यमा म कुनै पनि भ्रष्टता प्रकट गर्न वा कुनै गलत कुरा भन्‍नबाट जोगिनका लागि अझै बढी सचेत हुनुपर्छ जस्तो लाग्यो, ताकि तिमीले मलाई खुलासा नगर अनि लाजमा नपार। त्यहाँदेखि, म आफ्नो कर्तव्यमा हिचकिचाउन र संयम गर्न थालेँ र मलाई अलिकति पनि ढुक्क महसुस भएन। मलाई भित्री रूपमा निकै थकाइ लाग्यो। सामान्यतया, जब तिमीले मैले आफ्नो कर्तव्यमा झाराटारुवा काम गरेको देख्थ्यौ, तब तिमीले मलाई यो कुरा औँल्याइदिन्थ्यौ। अनि जब मसँग समयमा नै निराकरण नगरिएका धेरै काम हुन्थ्यो, तिमीले मलाई अल्छी र सहजताको तृष्णा गर्ने, आफ्नो कर्तव्यको बोझ नलिने भन्थ्यौ। तिमीले मेरा समस्याहरूका बारेमा कुरा गरिरहेकी छौ भन्‍ने मलाई थाहा हुन्थ्यो तर हरेक पटक मलाई झनक्‍क रिस उठ्थ्यो र तिमीले सधैँ मेरा समस्याहरू खुलासा गरिरहेकी छौ र यति सीधै कुरा गरिरहेकी छौ, मिलाएर कुरा नगरी मेरो अभिमान र भावनाहरूलाई ध्यान नदिई, मलाई प्रकट गरिरहेकी छौ जस्तो लाग्थ्यो। मैले यसलाई हृदयमा स्वीकार गर्न सकिनँ। मलाई असहाय र प्रतिरोधी महसुस भएकोले मैले गर्न सक्‍ने एउटै कुरा भनेको मेरो कर्तव्य हतार-हतार पूरा गर्नु थियो, ताकि तिमीले फेरि पनि मेरा समस्याहरू औँल्याउन नपरोस्। मैले सत्यताको खोजी नगरेकी वा आफ्नो बारेमा मनन नगरेकी हुनाले, मेरो कर्तव्यका समस्याहरू कहिल्यै समाधान भएनन्।

पछि, एक पटक मैले काममा सुधार गर्नुपर्ने केही विचलनका बारेमा मलजलकर्ताहरूलाई पत्र लेखेँ। लेख्‍ने क्रममा, मैले कुराहरू स्पष्ट रूपमा व्यक्त गरिरहेकी छैनँ भन्‍ने देखेँ, तर मैले यसलाई सुधार गर्ने झमेला लिन सकिनँ। मेरो पत्र देख्दा, तिमीले फेरि मेरा समस्याहरू औँल्याइदियौ, मैले स्पष्ट रूपमा व्याख्या गरेकी छैनँ, मैले कुन समस्या समाधान गर्न चाहन्छु भनेर भन्‍न सकेकी छैनँ भनेर भन्यौ। तिमीले मलाई यसको बारेमा ध्यान दिएर विचार गर्न र झाराटारुवा नबन्‍न भन्यौ, र यो पत्र कसरी लेख्‍ने भन्‍ने बारेमा विस्तृत रूपमा सङ्गति गर्‍यौ। मलाई फेरि पनि हृदयमा प्रतिरोध महसुस भयो, र मैले सोचेँ, “तिमीले किन सधैँ मेरा गल्तीहरू पत्ता लगाइहेकी र मेरा लागि परिस्थितिलाई कठिन बनाइहेकी छौ? पत्रहरू लेख्दा पहिले कहिल्यै मैले यति धेरै समस्याहरू भोगेकी थिइनँ, त्यसोभए तिमीले किन यति धेरै कुरा गलत भेट्टायौ? यदि अगुवा वा ब्रदर-सिस्टरहरूले थाहा पाए भने, तिनीहरूले मेरो बारेमा के सोच्नेछन्? के तिनीहरूले म त्यस्ता स-साना समस्याहरूलाई समेत समाधान गर्न सक्दिनँ र मलजलको कामको इन्चार्ज बन्‍न मलाई छनौट गर्नु गल्ती हो भन्‍ने सोच्‍नेछन्? यो काममा अब कसरी सहकार्य गर्ने मलाई थाहा छैन। तिमीले सधैँ मेरा कमीकमजोरीलाई खुलासा गरिरहेकी हुन्छौ र मलाई कमको ठानिरहेकी हुन्छौ। त्यसकारण आफै गर र तिमीले पनि यो पत्र आफै लेख्‍न सक्छौ। मलाई तिमीसँग काम गर्दा बाँधिएको महसुस हुन्छ!” मैले यसको बारेमा जति विचार गरेँ, म त्यति नै दुःखी भएँ, र मैले तिमीलाई बदला फर्काउने बारेमा समेत सोचेँ, “यदि परिस्थितिहरू ठीक भएनन् भने, म अगुवालाई पत्र लेखेर तिम्रा समस्याहरूका बारेमा रिपोर्ट गर्नेछु र म राजीनामा दिन्छु भन्‍नेछु। त्यसरी, अगुवाले काम नगर्ने म होइन, बरु तिमी अत्यन्तै अहङ्कारी भएर नै म सहकार्य गर्न अनिच्छुक भएको हुँ भन्‍ने थाहा पाउनेछन्, र अगुवाले अवश्य नै तिमीलाई काटछाँट गर्नेछन्। यदि म गएँ र काममा असर भयो भने, यो तिम्रो अपराध हुनेछ, र तिमीलाई अपराध बोध र आत्मग्लानि हुनेछ। सधैँ मेरा समस्याहरू औँल्याउनुको यही परिणाम पाउँछौ!” मैले यसो गर्नु हुँदैन, किनभने यसो गर्नु मानवताको कमी हुनु हो भन्‍ने मलाई थाहा थियो, तर म तिमीप्रति पूर्वाग्रह नराखी बस्‍न सकिनँ। भेलाहरूमा, मैले भर्खरै प्रकट गरिरहेका कुराबारे बताएँ, तर मसँग कुनै आत्मज्ञान नभएको हुनाले, मैले भनेको सबै कुराको पछाडि गुनासो र आक्षेप थियो, जसले गर्दा तिमीलाई बन्धनमा परेको महसुस भयो। त्यसपछि तिमीले मसँग बोल्दा अत्यन्तै सतर्क हुन थालेको मैले महसुस गर्न सक्थेँ, मैले स्वीकार गर्दिनँ कि भनेर मेरा समस्याहरू औँल्याउन डराउँथ्यौ, त्यसकारण तिमीले मसँग युक्तिपूर्वक सङ्गति गर्न सक्दो गर्थ्यौ। तैपनि मसँग कुनै आत्मज्ञान नभएकाले, तिमीले फेरि मेरा समस्याका बारेमा उल्लेख गर्दा, म तुरुन्तै चुप लागेर र तिमीलाई बेवास्ता गर्थेँ। एक पटक, म तिमीसँग एक दिनभन्दा बढी समय बोलिनँ, जसले गर्दा हामीले कुराकानी गर्नुपर्ने काममा ढिलाइ भयो। मलाई अत्यन्तै निससिएको र पीडा भएको महसुस भयो र म रुन बाथरूम गएँ। मैले तिमी काम गर्न कम्प्युटर लिएर अर्को कोठामा गएको देखेँ र तिमी पनि खराब स्थितिमा छौ भन्‍ने थाहा भयो। तब मलाई “भावनात्मक दुर्व्यवहार” भन्‍ने शब्दहरू याद आयो, र मैले यसरी नै व्यवहार गरिरहेकी छु, र तिमीलाई पीडा दिइरहेकी छु भन्‍ने मलाई लाग्यो। तर मैले आफूलाई यो स्थितिबाट मुक्त गर्न सकिनँ, र यो स्थितिलाई सुधार गर्न चाहँदै परमेश्‍वरलाई प्रार्थना गर्दा म रोएँ।

त्यो बेला मैले परमेश्‍वरका केही वचनहरू पढेँ, र यसमा एउटा खण्ड थियो जसले मलाई छोएको थियो। परमेश्‍वर भन्‍नुहुन्छ: “कति मानिसहरू भन्छन्, ‘काटछाँटमा पर्नुभन्दा पहिले, मलाई पछ्याउनुपर्ने बाटो छ जस्तो लाग्थ्यो, तर काटछाँटमा परेपछि, के गर्ने भन्‍ने नै थाहा छैन।’ काटछाँटमा परेपछि, किन तिनीहरूलाई के गर्ने भन्‍ने नै थाहा हुँदैन? यसको कारण के हो? (काटछाँट सामना गर्दा, तिनीहरूले सत्यता स्विकार्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दैनन्। तिनीहरूले केही धारणाहरू बोकेका हुन्छन्, तर तिनलाई समाधान गर्न सत्यता खोजी गर्दैनन्। यसले गर्दा तिनीहरू मार्गविहीन बन्छन्। कारण के थियो भनेर आफैभित्र खोज्नुको सट्टा, तिनीहरूले विपरीत दाबी गर्छन्, अर्थात् काटछाँट भएकोले तिनीहरूले बाटो गुमाउनुपर्‍यो भन्‍ने दाबी गर्छन्।) के यो दोषारोपण होइन र? यो त यस्तो भन्‍नुजस्तै हो, ‘मैले जे गरेँ त्यो सिद्धान्तहरूअनुसार थियो, तर तिमीले मलाई काटछाँट गरेकोले तिमी मलाई सिद्धान्तहरूअनुसार काम गर्न दिँदैनौ भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यसैले, भविष्यमा मैले कसरी अभ्यास गर्ने?’ त्यस्ता कुराहरू बोल्ने मानिसहरूको तात्पर्य यही हुन्छ। के तिनीहरूले काटछाँट हुन स्विकारिरहेका हुन्छन्? के तिनीहरूले आफूले गल्तीहरू गरेँ भन्‍ने तथ्य स्विकार्छन्? (स्विकार्दैनन्।) के यो अभिव्यक्तिले वास्तवमा तिनीहरू लापरवाही रूपमा दुष्कर्म कसरी गर्ने भनेरचाहिँ जान्दछन्, तर काटछाँट गर्दा र सिद्धान्तहरूअनुसार काम गर्न लगाउँदा, तिनीहरूलाई के गर्ने भन्‍ने नै थाहा हुँदैन र तिनीहरू अन्योल पर्छन् भन्‍ने अर्थ दिँदैन र? (दिन्छ।) त्यसोभए, तिनीहरूले पहिले कसरी काम गर्थे? जब कसैले काटछाँट सामना गर्छ, तब के त्यसको अर्थ तिनीहरूले सिद्धान्तहरूअनुसार काम नगरेको कारण त्यसो भएको हो भन्‍ने हुँदैन र? (हो।) तिनीहरूले लापरवाही रूपमा दुष्कर्म गर्छन्, सत्यता खोजी गर्दैनन्, र परमेश्‍वरको घरका सिद्धान्तहरू वा नियमहरूअनुसार काम गर्दैनन्, त्यसकारण तिनीहरूलाई काटछाँट गरिन्छ। काटछाँटको उद्देश्य मानिसहरूलाई सत्यता खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्षम तुल्याउनु, र तिनीहरूलाई फेरि लापरवाह रूपमा दुष्कर्म गर्नबाट रोक्‍नु हो। तैपनि, काटछाँट सामना गर्दा, ती मानिसहरूले अब त कसरी काम गर्ने वा कसरी अभ्यास गर्ने थाहै हुन छोड्यो भनेर भन्छन्—के यी शब्दहरूमा आत्मज्ञानको कुनै तत्त्व छ? (छैन।) तिनीहरूले आफूलाई चिन्‍ने वा सत्यता खोजी गर्ने कुनै अभिप्राय राख्दैनन्। बरु, तिनीहरूले यस्तो आशय राख्छन्: ‘मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने गर्थेँ, तर तपाईंले मलाई काटछाँट गरेर मेरो सोचाइ भताभुङ्ग पार्नुभो र कर्तव्यप्रतिको मेरो शैली अलमल्याउनुभो। अहिले मेरो सोचाइ सामान्य छैन, र म पहिलेजस्तो निर्णायक वा निडर छैनँ, म त्यति साहसी छैनँ, र यो सबै काटछाँटको कारणले गर्दा हो। मलाई काटछाँट गरिएदेखि, मेरो मुटुमा गहिरो घाउ लागेको छ। त्यसकारण, मैले अरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा अत्यन्तै होसियार हुनुपर्छ भनेर भन्‍नुपर्छ। तिनीहरूले आफ्ना कमीकमजोरीहरू खुलासा गर्नु वा गल्ती गर्नु हुँदैन; तिनीहरूले गल्ती गरे भने, तिनीहरूलाई काटछाँट गरिनेछ, र त्यसपछि तिनीहरू डरपोक बन्‍नेछन् र तिनीहरूले आफ्‍नो पहिलेको क्षमता गुमाउनेछन्। तिनीहरूको साहसिक भावना निकै निस्तेज बन्‍नेछ, र आफ्‍नो सक्दो गर्ने तिनीहरूको जवान साहस र इच्छा हराउनेछ, जसले गर्दा तिनीहरू दयनीय रूपमै कमजोर हुनेछन्, र आफ्नै छायाको समेत डर मान्नेछन्, र आफूले गर्ने कुनै पनि काम सही हुँदैन भन्‍ने महसुस गर्नेछन्। तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरको उपस्थिति महसुस गर्न छोड्नेछन्, र तिनीहरू उहाँबाट झन्झन् टाढा हुँदै जानेछन्। परमेश्‍वरलाई गरिने प्रार्थना र पुकारसमेत सुनिँदैन जस्तो लाग्‍नेछ। तिनीहरूले आफूसँग पहिलेजस्तो जीवनशक्ति, उत्साह, र प्रेमिलोपन नभएको महसुस गर्नेछन्, र आफूलाई नीचसमेत ठान्न थाल्नेछन्।’ के यी अनुभवी व्यक्तिले सङ्गति गर्दा हृदयदेखि आएका शब्दहरू हुन्? के ती साँचो हुन्? के तिनले मानिसहरूलाई सुधार वा फाइदा प्रदान गर्छन्? के यो तथ्यहरू बङ्ग्याउने काम होइन र? (हो, यी शब्दहरू निकै हास्यास्पद छन्।)” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१७))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मलाई अचानक मेरो आफ्नै व्यवहार र प्रकटीकरणका बारेमा याद आयो। मैले सधैँ बन्धनमा परेकी व्यक्ति म नै हुँ भन्‍ने सोचेको थिएँ। मलाई पत्र लेख्दा पहिले कहिल्यै यति धेरै समस्या भएको छैन, तर अहिले, तिमीसँग हुँदा, धेरै समस्याहरू छन् जस्तो लाग्यो, र यो काम सँगै कसरी गर्ने मलाई थाहा थिएन—वास्तवमा, यी सबै विचारहरू विकृत थिए। जब मैले पत्रहरू लेख्थेँ, तब मैले अहङ्कारी स्वभाव प्रकट गरिरहेकी र मानिसहरूलाई बन्धनमा पारिरहेकी हुन्थेँ। समस्याहरू समाधान गर्दा म झाराटारुवा हुन्थेँ, अनि म प्रायजसो अल्छी हुन्थेँ र आफ्‍नो कर्तव्यका लागि कुनै बोझ लिँदिनथिएँ। मलाई यी समस्याहरू औँल्याएर, तिमीले कामका लागि जिम्मेवारी लिइरहेकी र मलाई सहयोग गरिरहेकी थियौ, जसले गर्दा मैले समयमा नै आफ्ना समस्याका बारेमा चिन्तन गर्न र तिनलाई जान्न सक्थेँ, सत्यता सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न र समस्याहरू समाधान गर्ने कार्यमा परिणामहरू हासिल गर्न सक्थेँ। तर मैले यसलाई स्वीकार गरिनँ बरु मलाई काम गर्ने मेरो गलत तरिकालाई त्याग्‍न लगाउनका लागि मेरा समस्याहरू औँल्याउँदा मलाई बन्धनमा परेको महसुस गराएको छ भन्‍ने सोचेँ, र म आफ्नो कर्तव्यमा हिचकिचाउन थालेँ। मैले पहिले जस्तो पत्र लेख्‍न सकिनँ, र आफ्नो कर्तव्यमा कसरी सँगै काम गर्ने मलाई थाहा थिएन। यसको तात्पर्य के थियो भने मैले काम गर्ने तरिका सत्यता अनुरूप थियो, र तिम्रो मार्गदर्शन गलत थियो, र यदि तिमीले मलाई मैले चाहे अनुसार आफ्नो कर्तव्य पूरा गर्न दिएकी भए मैले ठीकै गर्नेथिएँ। मैले तिम्रो उचित मार्गदर्शनलाई नकारात्मक रूपमा लिएँ र काम गर्ने मेरो गलत तरिका पनि राम्रो ठानेँ। मैले साँच्‍चै नै सत्यतालाई स्वीकार गरिरहेकी थिइनँ, म सकारात्मक र नकारात्मक कुरालाई छुट्याउन सक्दिनथिएँ र म सबै समझप्रति बहिरो थिएँ!

त्यो बेला मसँग यो सतही बुझाइ मात्रै थियो। याद छ? पछि हामीले एक-अर्कासँग खुलस्त भएर हाम्रो स्थितिको बारेमा कुरा गर्‍यौँ। तिमीले मलाई हेला गरेकी छैनौ र मलाई कठिनाइमा पारिरहेकी होइन भनेर भन्यौ, र मैले तिमीलाई बेवास्ता गर्दा मसँग कसरी कुराकानी गर्ने भन्‍ने थाहा नभएको भन्यौ, यसरी कर्तव्य पूरा गर्नु निकै गाह्रो छ भन्‍ने तिमीलाई लाग्यो, र तिमीले यहाँ आफ्नो कर्तव्य पूरा गर्न छोड्न समेत चाह्यौ। म तिमीलाई भन्छु, तिमीले यसो भनेको सुन्दा, मेरो मन चट्ट काटियो। मैले तिमीलाई यति बन्धनमा पारेको र चोट पुर्‍याएको छु भन्‍ने मलाई कहिल्यै महसुस भएन। मलाई सधैँ मेरो मानवता ठीक छ, र मैले केही भ्रष्टता प्रकट गरे पनि, म कसैलाई बन्धनमा पार्दिनँ वा चोट पुर्‍याउँदिनँ भन्‍ने लाग्थ्यो। तर कुरा यस्तै थियो, र मैले यसलाई सामना गरेर आत्मचिन्तन गर्नुपर्थ्यो। ती दुई दिनको अवधिमा मलाई अर्को कर्तव्यमा सरुवा गरियो र मलाई दोषी र पछुतो महसुस भयो।

पछि, मैले मेरा आफ्नै समस्याहरू बुझ्नका लागि खोजी र चिन्तन गरेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “काटछाँट हुने कुरा आउँदा, ख्रीष्टविरोधीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। अनि तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍नुका कारणहरू छन्, जसमध्ये एउटा मुख्य कारण के हो भने, काटछाँट गरिँदा, तिनीहरूलाई आफ्‍नो इज्‍जत गुमेको, आफ्‍नो प्रतिष्ठा, हैसियत र मर्यादा गुमेको, र सबैको अघि आफ्‍नो शिर उठाउन नसकिने अवस्थामा पुगेको अनुभव हुन्छ। यी कुराहरूले तिनीहरूको हृदयमा असर पर्छ, त्यसकारण तिनीहरूलाई काटछाँटमा पर्न स्विकार्न निकै गाह्रो हुन्छ, र जसले तिनीहरूलाई काटछाँट गर्छ उसले तिनीहरूलाई आक्रमण गर्न त्यसो गरेको हो र ऊ तिनीहरूको शत्रु हो भन्‍ने सोच्छन्। काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने मानसिकता यही हो। यसबारेमा, तिमीहरू निश्‍चित हुन सक्छौ। काटछाँट गरिँदा नै वास्तवमा, कुनै व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन र ऊ साँच्‍चै समर्पित हुन सक्छ कि सक्दैन भन्‍ने कुरा सबैभन्दा बढी खुलासा हुन्छ। ख्रीष्टविरोधीहरू काटछाँटप्रति यति धेरै प्रतिरोधी हुनु नै तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसलाई अलिकति पनि स्विकार्दैनन् भन्‍ने कुरा देखाउन पर्याप्त छ। त्यसकारण समस्याको जड यही हो। तिनीहरूको घमण्ड चुरो कुरा होइन; सत्यता स्वीकार नगर्नु नै समस्याको सार हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूसँग निराकरण गर्ने व्यक्तिले राम्रो स्वर र मनोवृत्ति प्रयोग गरोस् भनी तिनीहरू चाहन्छन्। यदि यसो गर्ने व्यक्तिको भाव गम्‍भीर र मनोवृत्ति कठोर छ भने, लाजले गर्दा ख्रीष्टविरोधीले विरोध गर्छ र ऊ अवज्ञाकारी र क्रोधित हुन्छ। तिनीहरूबारे खुलासा गरिएको कुरा सही हो कि होइन वा यो तथ्य हो कि होइन भन्‍ने कुरालाई तिनीहरू कुनै ध्यान दिँदैनन्, र तिनीहरूले कहाँ गल्ती गरे वा तिनीहरूले सत्यता स्विकार्नुपर्छ कि पर्दैन भन्‍ने कुरा पनि वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो स्वाभिमान र प्रतिष्ठामा प्रहार भएको छ कि छैन भन्‍ने मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट मानिसहरूको लागि उपयोगी हुन्छ, प्रेमपूर्ण हुन्छ र मुक्ति दिने हुन्छ, त्यो मान्छेको लागि फाइदाजनक हुन्छ भनेर मान्‍न पटक्‍कै सक्दैनन्। तिनीहरूले यो कुरा देख्‍न समेत सक्दैनन्। के यो तिनीहरूको अन्धाधुन्ध र अव्यावहारिक कार्य होइन र? त्यसकारण, काटछाँट सामना गर्दा, ख्रीष्टविरोधीले कस्तो स्वभाव प्रकट गर्छ? शङ्कै छैन, त्यो सत्यताप्रति वितृष्णा राख्‍ने, साथै अहङ्कारी र हठी स्वभाव हो। यसले ख्रीष्टविरोधीहरूको प्रकृति र सार सत्यताप्रति वितृष्णा राख्‍ने र यसलाई घृणा गर्ने खालको हुन्छ भन्‍ने तथ्य खुलासा गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरका वचनहरूले खुलासा गरेको कुराबाट मैले के देखेँ भने जब ख्रीष्टविरोधीहरूले अरूले मार्गदर्शन, सहयोग र काटछाँट गर्दा इज्जत गुमाउँछन्, तब अर्को व्यक्तिले खुलासा गरिरहेको कुरा सत्यता हो भन्‍ने तिनीहरूलाई थाहा हुँदा पनि, तिनीहरूले कहिल्यै आफ्ना समस्याहरूका बारेमा चिन्तन गर्दैनन् र तिनीहरूलाई कठिनाइमा पार्ने अर्को व्यक्ति नै हो भन्‍ने ठान्छन्, त्यसकारण तिनीहरूलाई घृणा, वितृष्ण हुन्छ, र तिनीहरूले त्यो व्यक्तिसँग बदला समेत लिन चाहन्छन्। ख्रीष्टविरोधीको प्रकृति सत्यताप्रति वितृष्ण गर्ने र घृणा गर्ने प्रकृति हो भन्‍ने मैले देखेँ। परमेश्‍वरका वचनहरू पढेर, मैले प्रकट गरिरहेको भ्रष्ट स्वभावको बारेमा केही बुझाइ प्राप्त गरेँ। मैले म कसरी झाराटारुवा थिएँ र आफ्‍नो कर्तव्यका लागि मसँग कुनै बोझ थिएन, पत्रहरू लेख्दा म ध्यान दिन्नथिएँ र स्पष्ट रूपमा कुरा व्यक्त गर्दिनथिएँ भन्‍नेबारे सोचेँ। मैले समस्याहरूलाई चाँडै सुधार गर्न सकूँ भनेर तिमीले औँल्यायौ, र कामका लागि यो फाइदाजनक हुनेथियो, तर तिमीले मलाई कठिनाइमा पारिरहेकी छौ भन्‍ने मात्रै सोचेँ र मैले इज्जत बचाउन यसलाई स्वीकार गर्न मानिनँ। मैले तिमीलाई दोष दिएँ, तिम्रो बारे अगुवाकहाँ पोल लाउन चाहन्थेँ, र मैले तिमीलाई बेवास्ता समेत गरेँ, जसले गर्दा तिमीलाई चोट पुर्‍याएँ र कामको प्रगतिमा ढिलाइ गरेँ। तिमीले मलाई दिएको सहयोग सधैँ सकारात्मक र सत्यता अनुरूप थियो र मैले यसलाई स्वीकार गरेर तुरुन्तै आफूलाई सुधार गर्नुपर्थ्यो। बरु, मैले तिम्रो दयालु सहयोगलाई तुच्छ रूपमा लिएँ, र यसले ममा तिमीप्रति वितृष्ण, घृणा, र बदला लिने इच्छा समेत पैदा गर्‍यो। झट्ट हेर्दा, मैले तिम्रो मार्गदर्शनलाई स्वीकार गरेको छैन जस्तो देखिन्थ्यो, तर सारगत रूपमा, मैले सकारात्मक कुराहरू वा सत्यतालाई स्वीकार गरिरहेकी थिइनँ, म सत्यताको विरोधमा थिएँ, र यसले म आधारभूत रूपमा सत्यताप्रति समर्पित हुने व्यक्ति होइन भन्‍ने देखायो। तिमीले मेरो साँचो परिस्थिति खुलासा गरेको मलाई मन परेन। मलाई आदर र प्रशंसा पाउनु मन पर्थ्यो। मैले मेरो प्रकृतिमा, म व्यर्थको, दुष्ट छु, र म सत्यतालाई प्रेम गर्दिनँ, र म ख्रीष्ट-विरोधीको बाटोमा हिँडिरहेकी छु भन्‍ने देखेँ। म यस्तो पीडामा थिएँ, मेरो भ्रष्ट स्वभावमा जिइरहेकी थिएँ, र म यो पाउन लायक नै थिएँ! मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “जब कुनै व्यक्ति सत्यताप्रति अरुचि राख्छ, तब निस्सन्देह यो उसको मुक्ति प्राप्तिका लागि घातक हुन्छ। यो क्षमा गर्न सकिने वा नसकिने कुरो होइन, यो कुनै व्यवहारको प्रकार, वा क्षणिक रूपमा प्रकट हुने कुरो होइन। यो त व्यक्तिको प्रकृति सार हो, र परमेश्‍वर त्यस्ता मानिसहरूद्वारा सबैभन्दा दिक्‍क हुनुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। सत्यताप्रति वितृष्ण मान्नेहरूलाई परमेश्‍वरले कसरी तिरस्कार र घृणा गर्नुहुन्छ भन्‍ने मलाई महसुस भयो। तिमीले मेरा समस्याहरू औँल्याउनु तथ्यगत र सत्यता सिद्धान्तहरू अनुरूप छ भन्‍ने मलाई राम्ररी थाहा थियो, तर मैले यसलाई स्वीकार गरिनँ, बरु मैले यसलाई अविश्‍वासीले जस्तै अति-विश्लेषण गरेँ। यसो गरेर, मेरो भ्रष्टता समाधान हुन सकेन र सिद्धान्तहरू अनुसार मैले आफ्नो कर्तव्य पूरा गर्ने कुनै उपाय थिएन। मैले मण्डलीको काममा नोक्सान गराउने र बाधाहरू ल्याउने र परमेश्‍वरलाई मप्रति घृणा गराउने काम मात्रै गरेँ।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र काटछाँटलाई स्वीकार नगर्नुको पछाडि रहेका शैतानी विषहरूका बारेमा केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कसैले तेरो कमजोरीमाथि औँला उठाइरहन्छ भने, तैँले के गर्नुपर्छ? तँ त भन्छस् होला, ‘तैँले ममाथि औँला उठाउँछस् भने, म पनि तँमाथि औँला उठाउनेछु!’ के त्यसरी एकअर्कालाई निशाना बनाउनु राम्रो हो? के मानिसहरूले यही तरीकाले आफूलाई व्यवहारमा ढाल्‍नुपर्ने, कार्य गर्नुपर्ने र अरूसँग व्यवहार गर्नुपर्ने हो? (होइन।) यसलाई धर्मसिद्धान्त मानेर काम गर्नु हुँदैन भन्‍ने मानिसहरूलाई थाहा हुन सक्छ, तर धेरैले यस्ता परीक्षा र पासोहरू पार गर्न सक्दैनन्। कसैले तेरा कमजोरीमाथि औँला उठाएको, वा तँलाई निशाना बनाएको, वा तेरो पिठ्यूँपछाडि कुरा काटेको तैँले नसुनेको हनु सक्छ—तर जब तैले कसैले यस्तो कुरा गरेको सुन्छस्, तैँले त्यो सहन सक्नेछैनस्। तेरो मुटुको धडकन बढ्नेछ र तेरो टाउको रन्किनेछ; अनि तँ यसो भन्‍नेछस्, ‘तैँले ममाथि औँला उठाउने आँट कसरी गरिस्? यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ! यदि तैँले मेरो कमजोरीमाथि औँला उठाउँछस् भने, मैले पनि तेरो दोषमाथि औँला उठाउँदिनँ भन्‍ने नसोच्!’ अरूले भन्छन्, ‘एउटा भनाइ छ, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” त्यसैले, म तेरो कमजोरीमाथि औँला उठाउँदिनँ, तर तँलाई सम्हाल्न र तेरो घमण्ड चूर पार्न अरू नै तरिका खोज्नेछु। हेरौँ न, को खरो रहेछ!’ यी सबै तरिका राम्रा हुन् कि होइनन्? (होइनन्।) लगभग सबैजसोले नै, यदि तिनीहरूलाई कसैले आफूमाथि औँला उठाएको, आलोचना गरेको वा पिठ्यूपछाडि केही नराम्रो बोलेको थाहा भयो भने, पहिलो प्रतिक्रियास्वरूप रिस नै पोखाउनेछन। तिनीहरू क्रोधित हुनेछन्, र खान वा सुत्न सक्‍नेछैनन्—अनि तिनीहरू सुत्न सकिहाले पनि, सपनामा समेत सरापिरहेका हुनेछन्! तिनीहरूको आवेगको कुनै सीमा हुँदैन! यो तुच्छ कुरा हो, तर तिनीहरूले यसबाट पार पाउनै सक्दैनन्। यो मानिसहरूमा आवेगले पार्ने प्रभाव हो, भ्रष्ट स्वभावबाट आउने प्रतिकूल परिणाम हो। जब भ्रष्ट स्वभाव कसैको जीवन बन्छ, तब यो सुरुमा कहाँ देखिन्छ? यो ऊ सहमत नहुने कुरामा देखिन्छ, यसले सुरुमै उसको भावनामा ठेस पुऱ्याउँछ, र त्यसपछि उसको आवेगको बाँध टुट्नेछ। अनि यस्तो भएपछि, ऊ आवेगमा जिउनेछ र उसले आफ्नो भ्रष्ट स्वभावअनुसार त्यो मामिला हेर्नेछ। उसको मनमा शैतानको दार्शनिक दृष्टिकोण पलाउनेछ, र उसले कुन तरिका र माध्यमले बदला लिने भनेर विचार गर्न थाल्नेछ, र यसरी उसले आफ्नो भ्रष्ट स्वभाव पुरै उदाङ्गो पार्नेछ। यस्ता समस्याहरू सम्हाल्नेसम्बन्धी मान्छेका विचार र दृष्टिकोणहरू, तिनीहरूले अपनाउने तरिका र माध्यमहरू, अनि तिनीहरूका भावना र आवेगहरू सबै नै भ्रष्ट स्वभावबाट आउँछन्। त्यसो भए, यो मामिलामा देखिने भ्रष्ट स्वभावहरू केके हुन्? पहिलो त निश्‍चय नै दुर्भावना हो, त्यसपछि अहङ्कार, छल, दुष्टता, हठ, सत्यताप्रतिको वितृष्णा, र सत्यताप्रतिको घृणा आउँछन्। यी भ्रष्ट स्वभावहरूमध्ये अहङ्कारले सबैभन्दा कम प्रभाव पार्न सक्छ। त्यसो भए, व्यक्तिको भावना र सोचलाई सबैभन्दा बढी नियन्त्रण गर्ने, अनि यो मामिला अन्त्यमा कसरी सम्हाल्ने भनेर निर्धारण गर्ने भ्रष्ट स्वभावहरू केके हुन्? ती दुर्भावना, हठ, सत्यताप्रतिको वितृष्ण, र सत्यताप्रतिको घृणा हुन्। यी भ्रष्ट स्वभावहरूले व्यक्तिलाई नराम्रोसँग जकड्छन्, अनि ऊ शैतानको जालमा जिइरहेको स्पष्ट हुन्छ। शैतानको जाल कसरी पैदा हुन्छ? के यसलाई पैदा गर्ने भ्रष्ट स्वभाव होइन र? तेरो भ्रष्ट स्वभावले नै तेरो लागि हरप्रकारको शैतानी जाल बुनेको हुन्छ। उदाहरणको लागि, जब तँ कसैले तँमाथि औँला उठाएको, तँलाई धिक्‍कारेको, वा तेरो पिठ्यूँपछाडि तेरो कमजोरीमाथि औँला उठाएको सुन्छस्, तब तँ शैतानी दर्शन र भ्रष्ट स्वभावलाई तेरो जीवन बन्न अनि तेरो सोच, दृष्टिकोण र भावनालाई वशमा पार्न दिन्छस्, र यसरी यस्ता कार्यहरूको श्रृङ्खला उत्पन्न हुन्छ। यी भ्रष्ट कार्यहरू मुख्यतः तँमा शैतानी प्रकृति र स्वभाव हुनुका परिणाम हुन्। तेरो परिस्‍थिति जस्तोसुकै भए पनि, जबसम्म तँ शैतानको भ्रष्ट स्वभावको बन्धन, नियन्त्रण, र अधीनमा हुन्छस्, तबसम्म तैँले जिउने सबै कुरा, तैँले प्रकट गर्ने, र देखाउने सबै कुरा—वा तेरा भावना, विचार र दृष्टिकोण, र तैँले काम गर्ने शैली र साधनहरू—ती सबै शैतानको स्वामित्वका हुन्छन्। यी सबै कुराले सत्यता उल्‍लङ्घन गर्छन् र यी सबै परमेश्‍वर र सत्यताविपरीत छन्। तँ परमेश्‍वरको वचन र सत्यताबाट जति टाढा जान्छस्, त्यति नै शैतानको नियन्त्रण र जालमा पर्छस्। त्यसको साटो, यदि तँ तेरो भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट मुक्त हुन, तीविरुद्ध विरोध गर्न, परमेश्‍वरसामु आउन, अनि परमेश्‍वरको वचनले बताएका तौरतरिका र सिद्धान्तअनुसार काम गर्दै समस्या समाधान गर्न सक्छस् भने, तँ क्रमिक रूपमा शैतानको जालबाट मुक्त हुनेछस्। अनि मुक्त भएपछि, तँ भ्रष्ट स्वभावद्वारा नियन्त्रित शैतानी स्वरूपवाला त्यही पुरानो व्यक्ति भएर जिउँदैनस्, बरु परमेश्‍वरको वचनलाई आफ्नो जीवनको रूपमा लिएर जिउने नयाँ व्यक्ति भएर जिउँछस्। तेरो जिउने तरिका पुरै परिवर्तन हुन्छ। तर यदि तँ शैतानी स्वभावले उत्पन्न गर्ने भावना, सोच, दृष्टिकोण, र अभ्याससामु झुक्छस् भने, तैँले पट्यारलाग्दो शैतानी दर्शन र विभिन्न शैलीहरू पालन गर्नेछस्, जस्तै ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,’ ‘बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन,’ ‘नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो,’ ‘इख नभएको पुरुष र बिख नभएको सर्प एउटै हो।’ यी कुराले तेरो हृदयमा डेरा जमाउनेछन्, र तेरा कार्यहरू निर्देशित गर्नेछन्। यदि तैँले यी शैतानी दर्शनहरूलाई तेरो कार्यको आधार मान्छस् भने, तेरो कार्य चरित्र परिवर्तन हुनेछ, अनि तैँले दुष्टता गरिरहेको र परमेश्‍वरको विरोध गरिरहेको हुनेछस्। यदि तैँले यी नकारात्मक सोच र दृष्टिकोणहरूलाई आफनो कार्यको आधार मान्छस् भने, स्पष्टतः तँ परमेश्‍वरको शिक्षा र वचनदेखि धेरै टाढा गएको छस्, र तँ शैतानको जालमा परेर आफूलाई मुक्त गर्न नसक्‍ने भएको छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने शैतानले मानिसलाई “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” “आइलागे, जाइलागिन्छ,” र “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै” जस्ता आफ्ना शैतानी दर्शनहरूद्वारा शिक्षित गर्छ। तिनले मानिसहरूलाई आवेगको साथ काम गर्न लगाउँछन्, जसले आफ्नो प्रतिष्ठा र हितहरूमा हानि गर्छ उसलाई त्यसरी नै जवाफ दिनुपर्छ भनेर भन्छन्। यसले गर्दा मानिसहरूले एक-अर्कासँग लड्छन्, आक्रमण गर्छन्, र एक-अर्कालाई चोट पुर्‍याउँछन्। त्यसकारण मानिसहरू झन्-झन् आक्रमक र कुटिल बन्छन्, र तिनीहरूले आफ्नो सामान्य मानवता गुमाउँछन्। म निरन्तर यी शैतानी विषहरूमा जिइरहेको छु भन्‍ने मलाई थाहा भयो। जब कसैले मेरो भ्रष्टता र समस्याहरूलाई खुलासा गरेको सुन्थेँ, मैले यसलाई विनम्रताको साथ स्वीकार गर्थिनँ बरु जिद्दीपन प्रकट गर्थेँ र तिनीहरूलाई कठोर र शत्रुवत व्यवहार गर्थेँ। त्यो बेला जस्तै, मैले तिम्रो मार्गदर्शन र सहयोगलाई नकारात्मक कुराको रूपमा लिएँ, तिमीले मेरा कमीकमजोरी खुलासा गरिरहेकी छौ र मेरो प्रतिष्ठा र हितहरूमा हानि गरिरहेकी छौ भन्‍ने ठानेँ त्यसकारण मैले त्यस्तै गर्न तिम्रा समस्याहरूमा ध्यान दिएँ, र सिद्धान्तहरू अनुरूप तिमीले गरेको काटछाँट तिमीले ठूलो पल्टेर गरेको व्यवहार हो भनेर भनेँ, र मैले अगुवाले तिमीलाई काटछाँट गरून् भन्‍ने समेत चाहेकी थिएँ र मैले आफ्नो पदबाट राजीनामा दिएर तिमीलाई आत्मग्लानि र अपराध बोध गराउन चाहेकी थिएँ। मैले पीडित बनेको नाटक गरेँ र जानी-जानी तिमीलाई बेवास्ता र बहिष्कार गरेँ। मेरो उद्देश्य भनेको तिमीलाई मेरा समस्याहरूका बारेमा कुरा गर्न छोड्न लगाउनु थियो, यसरी मेरो प्रतिष्ठा र हितहरूको रक्षा गर्नु थियो। म साँच्‍चै नै कसैले पनि छुने आँट नगर्ने रिसाएको भालु जस्तै थिएँ, ममा अलिकति पनि मानवता वा समझ थिएन! मेरा समस्याहरू औँल्याउँदा, तिमीले मेरो अभिव्यक्ति कस्तो छ भनेर समेत हेर्नुपर्थ्यो र तिमी मद्वारा बन्धनमा परेकी थियौ, यो परिस्थितिबाट उम्कन र आफ्नो कर्तव्य पूरा गर्न छोड्न चाहेकी थियौ, र अन्तमा काममा ढिलाइ भयो। मेरो कार्य कुन हिसाबमा मानवले गर्ने कुरा थियो र? यो त मैले दुष्कर्म गरेको र परमेश्‍वरको विरोध गरेको कुरा हो! मलाई आफ्नै व्यवहारप्रति घृणा लाग्यो र मेरो हृदय आत्म-घृणाले भरियो। म शैतानी विषहरूद्वारा जिइरहेकी थिएँ र अहङ्कारी, आक्रमक, र स्वार्थी बनेकी थिएँ। मैले तिमीलाई चोट पुर्‍याएको मात्र होइन, तर मैले अपराधहरू पनि गरेँ र आफूलाई पछुतोमा पनि पारेँ—मैले साँच्‍चै नै आफूलाई र अरूलाई हानि गरिरहेकी थिएँ! मैले कतिपय ख्रीष्टविरोधीहरूले न्यायको बोध लिएर सत्यता पछ्याउने ब्रदर-सिस्टरहरूले सुझावहरू दिँदा र तिनीहरूका सत्यता सिद्धान्तहरूसँग नमिल्ने कार्यहरूलाई खुलासा गर्दा, तिनीहरूको प्रतिष्ठा र हैसियतमा असर गर्‍यो भने कसरी प्रतिक्रिया दिन्छन् त्यसबारे सोचेँ। तिनीहरूलाई वितृष्ण र प्रतिरोधको महसुस हुन्छ र तिनीहरू क्रोधित हुन्छन्। तिनीहरूले तथ्यहरूलाई बङ्ग्याउँछन् र ब्रदर-सिस्टरहरूलाई दोष दिन्छन्, न्यायको बोध भएकाहरूलाई दमन गरेर अनि कष्ट दिएर, आफ्नो पदलाई दह्रिलो बनाउँछन्। तिनीहरूको कार्यले ब्रदर-सिस्टरहरूलाई हानि गर्छ, मण्डलीको काममा बाधा, अवरोध र विनाश ल्याउँछ, र परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ, जसले गर्दा तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिन्छ। के मेरो व्यवहारको प्रकृति यस्तै थिएन र? मैले मेरो शैतानी स्वभाव अनुसार आफ्नो आनीबानी र व्यवहार प्रस्तुत गर्दा परमेश्‍वरले मलाई घृणा गर्नुहुन्छ, र यदि मैले पश्चात्ताप गरिनँ भने, ढिलो-चाँडो मैले दुष्ट कुराहरू गर्नेछु जसले ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले जस्तै मण्डलीको कामलाई नष्ट गर्छ बाधा दिन्छ, यसरी परमेश्‍वरको स्वभावलाई चिढ्याउँछु र परमेश्‍वरद्वारा हटाइन्छु भन्‍ने देखेँ—म साँच्‍चै नै यस्तो खतरामा थिएँ! यो सोच्दा, मलाई डर लाग्यो र पछुतो भयो, र म पश्चात्ताप गर्न र पाप स्वीकार गर्न परमेश्‍वरको अघि आउन तयार भएँ।

त्यसपछि मैले अभ्यासको मार्ग खोज्न थालेँ र परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ: “यदि तैँले ख्रीष्टविरोधी मार्गबाट टाढा रहने इच्छा गर्छस् भने, तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई प्रेम गर्ने, सीधा मानिसहरूको नजिक जान अग्रसरता लिनुपर्छ, र तेरा समस्याहरू औँल्याउन सक्ने, सत्य बोल्न सक्ने र तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई गाली गर्न सक्‍ने, र विशेषगरी तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई काटछाँट गर्न सक्ने मानिसहरूको नजिक जानुपर्छ—तेरो लागि सबैभन्दा फाइदाजनक व्यक्ति तिनै हुन्, र तैँले तिनीहरूको कदर गर्नुपर्छ। यदि तैँले त्यस्ता असल मानिसहरूलाई बहिष्कार गर्छस् र निकाल्छस् भने, तैँले परमेश्‍वरको सुरक्षा गुमाउनेछस्, र तँमाथि बिस्तारै विपत्ति आइपर्नेछ। असल र सत्यता बुझ्ने मानिसहरूको नजिक आउँदा, तैँले शान्ति र खुसी पाउनेछस्, र विपत्तिलाई आफूभन्दा टाढा राख्‍न सक्‍नेछस्; नीच, निर्लज्ज, र तेरो खुसामद गर्ने मानिसहरूको नजिक गइस् भने, तँ खतरामा पर्नेछस्। तँ सजिलै धोका र छलमा पर्ने मात्र होइन, तँमाथि कुनै पनि समय विपत्ति आइपर्नसमेत सक्‍नेछ। तँलाई कस्तो खालको व्यक्तिले फाइदा पुर्‍याउँछ भनेर तैँले जान्नैपर्छ—तैँले केही गलत गर्दा, वा आफूलाई उच्च पार्दा र आफूबारे गवाही दिँदा र अरूलाई बहकाउँदा, तँलाई खबरदारी गर्ने मानिसहरूले नै तँलाई सबैभन्दा बढी फाइदा पुर्‍याउन सक्छन्। त्यस्ता मानिसहरूको नजिक जानु नै लिनुपर्ने सही मार्ग हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरू पढेर, मैले अभ्यासको मार्ग भेट्टाएँ। म मलाई मार्गदर्शन र सहयोग गर्ने मानिसहरूसँग नजिक हुनुपर्छ, र म तिनीहरूबाट टाढा बस्‍नु हुँदैन। तिमीले मेरा समस्याहरू औँल्याउँदा तिमीमा कुनै दुष्ट अभिप्रायहरू थिएनन् भन्‍ने बारेमा मैले सोचेँ। तिमीले कहिलेकहीँ खुलस्त बोले पनि, तिमीले भनेको कुरा तथ्यगत र सिद्धान्तहरू अनुरूप हुन्थ्यो, त्यसकारण मैले आक्रमक रूपमा प्रतिक्रिया दिनु हुँदैनथियो। मैले त्यो बेला यसलाई स्वीकार गर्न नसके पनि वा नबुझे पनि, मसँग सत्यताको खोजी गर्ने हृदय हुनुपर्थ्यो, परमेश्‍वरको घरको कामका लागि के कुरा फाइदाजनक हुन्छ भनेर मनन गरेपछि त्यसलाई गर्नुपर्थ्यो, समस्या र विचलनहरूलाई न्यूनीकरण गर्नुपर्थ्यो। मैले आफ्नो कर्तव्यमा बोझको बोध कसरी लिन्नथिएँ, पत्रहरू लेख्दा ममा कसरी ठूलो पल्टिने प्रवृत्ति हुन्थ्यो, मैले कसरी अर्को व्यक्तिका वास्तविक कठिनाइ र भावनाहरूलाई विचार गर्दिनथिएँ, र म कति झाराटारुवा र लापरवाह थिएँ भन्‍ने कुराबारे सोचेँ। तिमीले मेरा समस्याहरू औँल्याएर अनि मेरो भ्रष्ट स्वभावलाई खुलासा गरेर मलाई आफ्नो बारेमा मनन गर्न सहयोग गरिरहेकी थियौ, र मैले आफ्नो कर्तव्य गम्भीर र ध्यान दिएर पूरा गर्न र परिणामहरू हासिल गर्नका लागि यो उपयोगी हुनेथियो। मैले तिमीलाई धन्यवाद दिनुपर्थ्यो र तिम्रो सुपरिवेक्षण र सहयोगलाई धेरै स्वीकार गर्नुपर्थ्यो। तिमीले मेरा समस्याहरूलाई औँल्याउनु सकारात्मक कुरा थियो र यसले मलाई ठीक बाटोमा हिँडाएको थियो, नत्र भने म थाहै नपाई आफ्नो भ्रष्ट स्वभावमा जिउनेथिएँ, मैले झाराटारुवा रूपमा र बोझको बोधविना आफ्नो कर्तव्यलाई जारी राख्‍नेथिएँ, जसले गर्दा काममा नोक्सान हुनेथियो, र म परमेश्‍वरले घृणा गर्नुहुने अविश्‍वसनीय व्यक्ति बन्‍नेथिएँ। यो महसुस गरेपछि, मैले ध्यान दिएर आफूलाई परिवर्तन गरेँ र मेरो कर्तव्यमा पहिलेको भन्दा बढी बोझको बोध गर्न थालेँ। जब समस्याहरू देखा पर्थे, तब म जिद्दीपन वा मेरो अहङ्कारी स्वभावमा निर्भर नभई तिनलाई समाधान गर्ने कार्यमा ध्यान दिन्थेँ, र परिणामहरू ल्याउने तरिकाले कसरी सङ्गति गर्ने भनेर मनन गर्थेँ। यसरी अभ्यास गरेपछि मलाई हृदयमा निकै स्थिर महसुस भयो। मलाई साँच्‍चै नै के पनि महसुस भयो भने प्रतिष्ठालाई त्याग्‍न र सत्यतालाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सकेर, व्यक्तिमा साँचो रूपमा सत्यनिष्ठा, मर्यादा, मानवता, र समझ हुन सक्छ। यदि व्यक्तिले सत्यताप्रति वितृष्ण हुन्छ भने, व्यक्तिमा सत्यताको कुनै बुझाइ नहुने मात्र होइन, उसले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न पनि सक्दैन र परमेश्‍वरबाट ऊ घृणित हुन्छ। यसरी व्यवहार गर्दा व्यक्ति अत्यन्तै नीच र बेकार बन्दछ।

पछि, अरू ब्रदर-सिस्टरहरूसँग मिलेर कर्तव्य पूरा गर्दा, मैले अझै पनि यी भ्रष्ट स्वभावहरू प्रकट गर्थेँ, त्यसपछि म सचेत रूपमा परमेश्‍वरलाई प्रार्थना गर्थेँ, आफूलाई त्यागिदिन्थेँ, अरूको मार्गदर्शन र सहयोगलाई स्विकारेर प्रवेशको अभ्यास गर्थेँ। क्रमिक रूपमा, यी स्वभावहरू पहिलेको जस्तो गम्भीर हुन छोडे। अरूका सुझावहरू अपनाउनु साँच्‍चै नै ठूलो सहयोगको कुरा हो र कामका लागि फाइदाजनक हो भन्‍ने महसुस गरेँ। मलाई हृदयमा स्थिर र स्वतन्त्र महसुस भयो, र यो अभ्यास गर्ने उत्कृष्ट तरिका हो भन्‍ने लाग्यो। यी कुराहरूका बारेमा सोच्दा, म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ छु। परमेश्‍वरले मलाई यसरी प्रकट नगर्नुभएको भए र उहाँका वचनहरूको न्याय र प्रकाश नभएको भए, मसँग कुनै आत्मज्ञान हुनेथिएन र शैतानले मलाई मेरो स्वभाव आक्रमक र सत्यताप्रति वितृष्ण हुने गरी यति धेरै भ्रष्ट तुल्याएको छ भन्‍ने कुरा देख्‍न सक्नेथिइनँ। जब मेरा हितहरूमा असर पर्थ्यो, तब म आफ्नो कर्तव्यमा आफ्नो रिस पोखाउँथेँ, परमेश्‍वरप्रति कुनै समर्पणता देखाउँथिनँ र म कुनै मानव स्वरूपविना जिउँथेँ। म खराब मानवता भएको अत्यन्तै फोहोरी र भ्रष्ट थिएँ, तैपनि परमेश्‍वरले मलाई यसको कारण हटाउनुभएन, बरु, उहाँले मलाई अझै पनि चिन्तन र पश्चात्ताप गर्ने मौका दिनुभयो ताकि मैले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्ने भन्‍ने थाहा पाउन सकूँ। उहाँले मलाई बिस्तारै सत्यता बुझ्न र स्वीकार गर्न अगुवाइ गर्नुभयो, र म परमेश्‍वरलाई हृदयदेखि धन्यवाद दिन्छु। म अझै पनि अत्यन्तै भ्रष्ट भए पनि र ममा धेरै कमीकमजोरीहरू भए पनि, म सत्यता पछ्याउन र आफ्नो भ्रष्टता समाधान गर्न तयार छु। म परमेश्‍वरलाई उहाँको अगुवाइ र मुक्तिका लागि धन्यवाद दिन्छु!

जे भए पनि, अहिलेका लागि मैले भन्‍न चाहेको कुरा यही हो। यदि मैले नबुझेको कुनै कुरा छ भन्‍ने तिमीलाई लाग्छ भने, मलाई थाहा दिनू ल, किनभने त्यो मेरा लागि ठूलो सहयोग हुनेछ।

भवदीय,

शि जिङ

सेप्टेम्बर १९, २०२३

अघिल्लो:  ८७. हीनताको अन्धकारलाई जित्नु

अर्को:  ९१. उमेरको परवाह नगरी सत्यता पछ्याउनु

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger