९०. डरविना आफ्नो कर्तव्य अँगाल्नु

सोङ वेन, चीन

मे २०२३ को अन्त्यतिर, म जिम्मेवार रहेका मण्डलीहरूले सीसीपीको गिरफ्तारी सामना गरे, र परमेश्‍वरका वचनका पुस्तकहरू तुरुन्तै स्थानान्तरण गर्नुपर्ने भयो। माथिल्ला अगुवाहरूले यसबारे थाहा पाएपछि, मलाई र सिस्टर सोङ एनलाई तुरुन्तै समन्वय गरेर पुस्तकहरू स्थानान्तरण गर्न निर्देशन दिए। तर, स्थानान्तरणलाई प्रहरीले निगरानी गरिरहेको थियो, र प्रहरीले सबै किताब जफत गर्‍यो। जब मैले त्यो खबर सुनेँ, तब मलाई विश्‍वासै लागेन र मलाई आफू निराशाको खाडलमा खसेको जस्तो भयो। मण्डली अगुवाका रूपमा, म परमेश्‍वरका वचनका पुस्तकहरू जोगाउन असफल भएकी थिएँ र ठूलो क्षति गराएकी थिएँ। यो चरम विपत्ति थियो। म अवाक् भएँ। मलाई बर्खास्त हुने चिन्ता थियो नै, त्योभन्दा नि बढी मैले आफ्ना कर्तव्यहरू गर्ने मौका पूरै गुमाउन सक्छु भन्‍ने चिन्ता थियो, अनि यदि त्यसो भएको भए, के मैले मुक्तिको मौका पूर्ण रूपमा गुमाउनेथिइनँ र? त्यसबारेा सोच्दा मात्र पनि मेरो मुटु फिक्रीले ढुकढुक भयो। म प्रायः निराशाले सुस्केरा हाल्थेँ, अनि जब म आफूले कति ठूलो अपराध गरेकी छु भनेर सोच्थेँ, तब मलाई एकदमै नकारात्मक महसुस हुन्थ्यो, र म केवल आफूलाई कर्तव्य गर्न बाध्य पार्थेँ। एक दिन, सिस्टर सोङ एनसँग भलाकुसारी गर्दा, हामीले ये कियानले अगुवा छँदा आफ्नो कर्तव्यलाई बेवास्ता गरेकी बारेमा कुरा गऱ्यौँ, त्यसले गर्दा प्रहरीले परमेश्‍वरका वचनका धेरै पुस्तक जफत गरेको थियो र उनलाई निकालिएको थियो। म पनि ती पुस्तकहरूको स्थानान्तरणका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेकी मण्डली अगुवा थिएँ, र त्यसैले यो सबका लागि निस्सन्देह म सबैभन्दा बढी जिम्मेवार थिएँ भन्‍ने सोच्दा, मेरो मन झनै भारी भयो, मलाई बर्खास्त गरिने निश्चित देखिन्थ्यो। यदि मलाई यो दिन आउनेछ भन्‍ने थाहा भएको भए, म अगुवा बन्न रुचाउनेथिइनँ ताकि मैले यस्तो गह्रौँ जिम्मेवारी वहन गर्नुपर्नेथिएन। त्यस अवधिमा, यसबारे सोच्दैपिच्छे, म निराश हुन्थेँ, र म आफूलाई लगातार उदास भावनाले भरिएको पाउँथेँ। मैले हार नमानेको देखिए पनि, बर्खास्त होइएला भन्‍नेबारे सोच्दा मात्र पनि ममा आफ्नो कर्तव्य बोझको बोध गुम्यो, र म केवल झारा टार्न पुगेँ।

मध्य जुलाईसम्ममा, माथिल्ला अगुवाहरूले जफत गरिएका पुस्तकहरूसम्बन्धी परिस्थिति जाँचिसकेका थिए, र यो हामीले अनुमान गर्न नसकेको विशेष परिस्थिति हो, र यो मानव गल्तीले गर्दा भएको होइन भनेर भने, त्यसैले उनीहरूले हामीलाई यसका लागि जवाफदेही ठहराएनन्, र हामीलाई आफ्ना अनुभव र सिकेका पाठहरूलाई इमानदारीसाथ सारांशीकरण गर्न र अबदेखि आफ्ना कर्तव्यहरू लगनशील भई गर्न मात्र सम्झाए। मलाई मैले आफ्नो कर्तव्यको कदर गर्नुपर्छ भन्‍ने थाहा भए पनि, अझै सोचेँ, “यो अप्रत्याशित घटना थियो, र उनीहरूले मलाई जिम्मेवार ठहराएनन्, तर अगुवा भएर धेरै काम गर्नुपर्ने हुन्छ, र ठुलठुला जिम्मेवारीहरू वहन गर्नुपर्छ। यदि मैले भविष्यमा समस्याहरू गलत तरिकाले सम्हालेँ र ठूलो क्षति पुर्‍याएँ भने, कम्तीमा पनि म बर्खास्त हुन सक्छु, वा सबैभन्दा खराब, निकालिन सक्छु। त्यसको अर्थ मैले मुक्तिका सबै आशा गुमाउनेछु।” यसलाई विचार गर्दा, मैले कम जिम्मेवारी वहन गर्नुपर्ने कर्तव्यमा सर्न र आफ्नो अगुवाइ भूमिका त्याग्न चाहेँ। तर मलाई मैले कर्तव्य त्यागेर परमेश्‍वरलाई विश्‍वासघात गरिरहेकी हुनेछु, र यो झनै खराब समस्या हो भन्‍ने थाहा थियो। तर्कसङ्गत ढङ्गमा सोच्दै, मैले आफूलाई समर्पित हुन र आफ्नो कर्तव्य निरन्तर गर्न बाध्य पारेँ। अगस्टको सुरुतिर, मण्डलीमा प्रचारकहरूको चुनावका अवधिमा, मैले केही ब्रदर-सिस्टरले मलाई र सिस्टर गु नानलाई मनोनयन गर्न चाहेका छन् भन्‍ने सुनेँ, र अचानक मेरो मन भारी भयो, र मेरो चिन्ता ह्वात्तै बढ्यो, “म पहिले नै एउटा मण्डलीका लागि जिम्मेवार छु, र यसमा धेरै जिम्मेवारी लिनुपर्ने हुन्छ। यदि म प्रचारकका रूपमा निर्वाचित भएँ र मलाई धेरै मण्डलीको सुपरिवेक्षण गर्न लगाइयो भने, के त्यसमा अझ ठूलो जिम्मेवारी र खतरा आइपर्ने छैन र? यदि मैले काम राम्रोसँग गरिनँ र ठूलो क्षति पुर्‍याएँ भने नि? यदि म यस कारणले निकालिएँ भने, के मसँग कुनै राम्रो परिणाम र गन्तव्य नहुने हुँदैन र?” यसलाई विचार गर्दा, म निर्वाचित हुन डराएँ। मैले आफ्नो स्थितिलाई सम्बोधन नगर्नु खतरनाक हो र त्यसले मेरो कर्तव्य निर्वाहलाई असर गरिरहेको छ भन्‍ने बुझेँ, त्यसैले मैले परमेश्‍वरका वचनमा उत्तरहरू खोज्न थालेँ।

एक दिन मैले आफ्नो भक्तिका क्रममा परमेश्‍वरका वचनको एउटा खण्ड भेट्टाएँ: “तँ आफ्नो कर्तव्य निर्वाह गर्न आएको होस्। तैँले जति नै मेहनत गरे पनि, वा जति नै कष्ट भोगे पनि, वा तँलाई जति नै काटछाँट गरिए पनि, तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। परमेश्‍वरले तँलाई यो अवसर दिनुभयो ताकि तैँले फरक-फरक परिस्थितिहरूको अनुभव गर्न अनि सबै प्रकारका व्यक्तिगत अनुभव र भोगाइहरू प्राप्त गर्न सक्। यो राम्रो कुरा हो, र यो सब तिमीहरूले सत्यता बुझ्न सक भनेर गरिएको हो। त्यसोभए, तिमीहरूलाई केको चिन्ता छ? तिमीहरू कसबाट जोगिरहेका छौ? त्यस्तो हुनु पर्दैन। सामान्य रूपमा सत्यता पछ्याउने गर्, आफ्नो सही स्थान खोज्, र आफ्नो कर्तव्य र आफूलाई दिइएको काम राम्ररी गर्, त्यति भए पुग्छ। यो तिमीहरूबाट धेरै माग गरिएको होइन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। “छोडेर जानेबारे नसोची बस्, तैँले यहाँ एकचित्त भएर जरा गाड्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सके पनि नसके पनि, कम्तीमा पनि यसमा आफ्नो हृदय लगा, र आफूले अन्त्यमा आफ्ना सबै कामहरू फत्ते गरेको सुनिश्‍चित गर्। भगुवा नबन्। कतिपय मानिस भन्छन्, ‘मेरो क्षमता कमजोर छ, म त्यति शिक्षित छैनँ र ममा कुनै प्रतिभा छैन। मेरो व्यक्तित्वमा कमजोरीहरू छन् र मलाई सधैँ आफ्नो कर्तव्यमा कठिनाइहरू आइपर्छन्। यदि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकिनँ र मलाई प्रतिस्थापित गरियो भने के गर्ने?’ तँलाई केको डर लाग्छ? के यो काम तँ एक्लै पूरा गर्न सक्छस्? तैँले एउटा मात्र भूमिका लिएको छस्, तँलाई सबै भूमिका लिन लगाइएको छैन। आफूले गर्नुपर्ने कुरा मात्रैले, त्यति भए पुग्छ। के त्यसपछि तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुँदैनस् र? यो अत्यन्तै सरल छ; तँ किन सधैँ यति सतर्क हुन्छस्? तँलाई झरेको पातले टाउको फुट्ला कि भनी डराउँछस्, र तैँले सबैभन्दा पहिले आफ्ना आकस्मिक योजनाहरूबारे विचार गर्छस्—के यो व्यर्थ होइन र? ‘व्यर्थ’ भन्‍नुको अर्थ के हो? यसको अर्थ प्रगति गर्ने प्रयास नगर्नु, त्यसमा आफ्नो सब थोक दिन इच्छुक नहुनु, सधैँ सित्तैँमा खान खोज्नु र राम्रा कुराहरू लिन चाहनु हो—यस्ता व्यक्तिहरू निकम्मा हुन्। कतिपय मानिस अत्यन्तै सानो मनका हुन्छन्। हामी त्यस्ता मानिसहरूलाई कसरी व्याख्या गर्न सक्छौँ? (तिनीहरू अत्यन्तै नीच हुन्छन्।) अत्यन्तै नीच व्यक्ति अधम व्यक्ति हो, र कुनै पनि अधम व्यक्तिले भद्र व्यक्तिको चरित्रलाई आफ्नो अधम मापदण्डअनुसार मापन गर्न अनि अरूलाई आफूजस्तै स्वार्थी र घृणित ठान्न सक्छ। यी मानिसहरू बेकामका हुन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुनेछैन। कुनै व्यक्तिमा अत्यन्तै थोरै विश्‍वास हुनुको कारण के हो? त्यसको कारण तिनीहरूले सत्यता नबुझ्नु हो। यदि तँ एकदमै थोरै सत्यताहरू बुझ्छस् र तीबारे तेरो बुझाइ अत्यन्तै सतही छ, र परिणामस्वरूप, तँ परमेश्‍वरले गर्ने हरेक काम, परमेश्‍वरले गर्ने सबै कुरा, र परमेश्‍वरले तँबाट माग गर्ने हरेक कुरा बुझ्न सक्दैनस् भने, यदि तैँले यो बुझाइ प्राप्त गर्न सक्दैनस् भने, तँमा परमेश्‍वरबारे सबै किसिमका शङ्का, कल्पना, गलतफहमी, र धारणाहरू पैदा हुनेछन्। यदि तेरो हृदय यी कुराहरूले मात्र भरिएको छ भने, के तँमा परमेश्‍वरप्रति साँचो विश्‍वास हुन सक्छ? तिमीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास छैन, त्यसैले तिमीहरूलाई सधैँ असहज हुन्छ, र आफूलाई कहिले प्रतिस्थापित गरिनेछ भन्‍ने थाहा नभएकामा चिन्ता लाग्छ। तिमीहरू डर लाग्छ र सोच्छौ, ‘परमेश्‍वर कुनै पनि बेला यहाँ निरीक्षण गर्न आउन सक्नुहुन्छ।’ शान्त बस। यदि तिमीहरू परमेश्‍वरको घरले तिमीहरूलाई सुम्पेको काम राम्ररी गर्छौ भने, तिमीहरूमा सत्यता पछ्याइ र जीवन प्रवेशमा केही कमी भए पनि, म त्यो बेवास्ता गर्नेछु(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्‍वरका वचनहरू पढेपछि, म गहन रूपमा प्रभावित भएँ, मानौँ परमेश्‍वर मसँग सिधै कुरा गरिरहनुभएको छ। मलाई मेरो अन्तरात्मामा छोएको अवर्णनीय अनुभूति भयो। परमेश्‍वर मेरो हरेक सोच र विचारलाई छानबिन गर्नुहुन्छ, अनि उहाँलाई म मण्डलीले मानिसहरूलाई कसरी सम्हाल्छ भन्‍ने सिद्धान्तहरू बुझ्दिनँ, र म सधैँ सतर्क र गलतफहमीमा हुन्छु भनेर थाहा थियो, त्यसैले उहाँले मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न आफ्ना वचनहरू प्रयोग गर्नुभयो, मलाई चिन्ता नगर्न वा नडराउन, र उहाँको घरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्छ, र आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै पनि सच्चा विश्‍वासीलाई मनमानी ढङ्गले हटाउनेछैन भनेर गम्भीर रूपमा बताउनुभयो। परमेश्‍वर हामीलाई जिम्मेवारीहरू लिन नडराउन, र हरेक दिन शान्तपूर्वक परिस्थितिहरूको सामना गर्न, उहाँका अभिप्रायहरू बुझ्न सत्यता खोज्न प्रोत्साहन दिनुहुन्छ। मबाट परमेश्‍वरले राखेका मागहरू उच्च छैनन्। उहाँ म आफूले वहन गर्नुपर्ने आफ्ना जिम्मेवारी वहन गर्न, आफ्नो कर्तव्यमा बफादार हुन, अनि मानवता भएको इमानदार व्यक्ति हुन सक्छु भन्‍ने मात्र आशा गर्नुहुन्छ। परमेश्‍वर म डर र चिन्तामा जिएकी, व्याकुल भएकी चाहनुहुन्न। तर म अत्यन्तै छली थिएँ, र परमेश्‍वरका वचनका पुस्तकहरू जफत भएको घटनापछि, मलाई आफू बर्खास्त हुनेछु, वा निकालिन समेत सक्छु, र मैले राम्रो नतिजा र गन्तव्य पाउने आशा गुमाउनेछु भन्‍ने चिन्ता भइरह्यो। पछि, परमेश्‍वरको घरले मलाई जिम्मेवार नठहराउँदा, म परमेश्‍वरको कृपाका लागि कृतज्ञ हुनु र उहाँको प्रेमको ऋण चुकाउन आफ्ना कर्तव्यहरू गर्नुको सट्टा, उहाँदेखि सतर्क भएँ र उहाँलाई गलत बुझेँ, आफ्ना अगुवाइ कर्तव्यहरू गर्न झनै डराएँ, र “अझ सुरक्षित” कर्तव्यमा सर्न चाहेँ। त्यसबाहेक, मण्डलीमा प्रचारकहरूको चुनावका क्रममा, म निर्वाचित हुनअघि नै, मलाई सुपरिवेक्षणको ठूलो दायराले गर्दा, ममा अझ ठूला जिम्मेवारी आउनेछन् र म चाँडै प्रकटन हुनेछु भन्‍ने चिन्ता हुन थाल्यो, त्यसैले मैले चुनावमा भाग लिन चाहिनँ। मैले उहाँलाई शङ्का गरिरहेँ र उहाँदेखि सतर्क भइरहेँ। म अत्यन्तै छली हुँदै थिएँ!

पछि, मैले आफ्ना समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू पढ्न जारी राखेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड भेट्टाएँ: “कतिपय मानिसहरू आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निभाउनको लागि तिनीहरूका सर्त यस्तो हुन्छः पहिलो, यो साधारण काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्‍मेवारी लिनुपर्ने अवस्था हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्‍मेवारी पनि लिँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्‍पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्‍वरको घरमा तिनीहरूको काम के हुन्छ र? परमेश्‍वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्‍मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्‍मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्‍मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले झन् धेरै जिम्‍मेवारी लिनु पर्दैन र? तैँले सुसमाचार फैलाए पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्‍मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निभाउने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्‍वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्‍मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य पूरा गर्न सक्दैनस्। आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी लिन डराउने व्यक्ति कायर हुन्छ कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। साँचो कुरा के हो भने, यो कायरताको समस्या होइन। यदि त्यो व्यक्ति सम्पत्तिको पछि लागेको वा आफ्‍नै हितको काम गरिरहेको हुन्थ्यो भने, त्यो व्यक्ति कसरी त्यति साहसी हुन सक्थ्यो? त्यस्ताहरूले जुनसुकै खतरा मोल्‍न सक्थे। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै खतरा मोल्दैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणित हुन्छन्, र सबैभन्दा विश्‍वासघाती हुन्छन्। आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतिभर इमानदार हुँदैनन्, तिनीहरूको बफादारीताको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्‍वरको घरको कामको सबभन्दा महत्त्वपूर्ण क्षणमा नेतृत्व गर्दै साहसका साथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाइ भोग्‍न डराउँदैन। त्यो परमेश्‍वरप्रति निष्ठावान्‌ व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने व्यक्ति सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; यो तिनीहरूको मानवताको समस्या हो। तिनीहरूमा न्याय वा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र खराब मानिसहरू हुन्, परमेश्‍वरमा साँचो हृदयले विश्‍वास गर्नेहरू होइनन्, र तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। … आफूमाथि कुनै कुरा आइपर्दा यदि तैँले आफैलाई सुरक्षा गर्छस् र आफ्‍नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला छोडिराख्छस् भने के तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो सत्यता अभ्यास गर्नु होइन—यो कपटी बन्‍नु हो। तैँले अहिले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने तैँले त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र तैँले परमेश्‍वरको घरको हितको संरक्षण गर्नुपर्छ। यो तैँले अभ्यास गर्नुपर्ने एउटा सत्यता सिद्धान्त हो। आफ्नो लागि पछाडिको ढोका र उम्‍कने बाटो छोड्नु र आफैलाई संरक्षण गर्नु भनेको गैरविश्वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त र तिनीहरूको सबैभन्दा उच्‍च दर्शन हो। सबै कुराहरूमा सबैभन्दा पहिले आफ्नै बारे सोच्नु र अन्य सबै कुराभन्दा अगाडि आफ्नै हितलाई राख्नु, अरूको बारेमा नसोच्नु, परमेश्‍वरको घरको हित र अन्य व्यक्तिहरूको हितको बारेमा कुनै सम्बन्ध नराख्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्‍कने बाटोको बारेमा सोच्नु—के गैरविश्वासी भनेको त्यही होइन र? गैरविश्वासी भनेको ठ्याक्‍कै यही हो। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्नको लागि उपयुक्त हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, मानव स्वभाव साँच्चै स्वार्थी, घृणित, छली र विश्‍वासघाती हुन्छ, कर्तव्य जेसुकै भए पनि, मानिसहरू पहिले आफ्नै हितलाई विचार गर्छन्, र उनीहरू आफूलाई फाइदा हुने कामहरूको जिम्मेवारी लिन इच्छुक हुन्छन्, तर जिम्मेवारी वा जोखिम उठाउनुपर्ने कामहरू लिन इच्छुक हुँदैनन्। मैले परमेश्‍वरको वचनका आधारमा आत्मचिन्तन गर्दा, यस सम्बन्धमा मेरो व्यवहार एकदमै स्पष्ट छ भन्‍ने देखेँ। उदाहरणका लागि, परमेश्‍वरका वचनका पुस्तकहरू जफत गरिँदा, मैले परमेश्‍वरको घरका हितमा भएको नोक्सानी कसरी क्षतिपूर्ति गर्ने भन्‍नेबारे सोचिनँ, बरु, यदि मैले यस्तो ठूलो जिम्मेवारी लिनुपर्छ भन्‍ने थाहा पाएको भए, म अगुवाइको कर्तव्य लिनेथिइनँ भनी पछुतो मानेँ। म आफ्नो कर्तव्यबाट पछि हटिरहेकी जस्तो नदेखिए पनि, मलाई एकदमै दिक्दार लाग्यो। मैले परमेश्‍वरलाई विश्‍वासघात गर्ने र राम्रो नतिजा वा गन्तव्य नपाइने डरले गर्दा मात्र आफ्नो कर्तव्य त्याग्ने आँट गरेकी थिइनँ। मलाई म एकदमै स्वार्थी र घृणित हुँदै छु, म परमेश्‍वरलाई प्रेम गर्ने वा उहाँप्रति बफादार व्यक्ति पटक्कै होइन भन्‍ने थाहा भयो। त्यसबाहेक, यी कुराहरूका लागि परमेश्‍वरको घरले मलाई जिम्मेवार ठहराइरहेको छैन भन्‍ने थाहा भएपछि, मैले आफ्ना कर्तव्यलाई कदर नगरेकी मात्र होइन तर म परमेश्‍वरदेखि झनै सतर्क भएँ र उहाँलाई गलत बुझेँ। म तर्सेको चराजस्तै थिएँ, मैले आफूमाथि कर्तव्य आउनुअघि नै त्यसबाट पछि हट्ने सोचिसकेकी थिएँ। मेरो मनमा आफ्नै हित मात्र थिए, आफ्ना व्यवहारहरू सिद्धान्तअनुरूप छन् कि छैनन् वा मण्डलीको कामलाई के होला भनेर पटक्कै विचार गरिनँ। म त अविश्‍वासीले जस्तै व्यवहार गरिरहेकी थिएँ। मैले यसरी विश्‍वास गरेर मुक्ति पाउने आशा कसरी गर्न सक्थेँ र? म निरन्तर परमेश्‍वरबाट सतर्क भएँ र जिम्मेवारीहरू वहन गर्न अनिच्छुक भएँ, अनि मैले आफूलाई धेरै पहिले नै परमेश्‍वरको घरबाट बाहिर राखिसकेकी थिएँ। परमेश्‍वरले मलाई हटाउन चाहनुभएको होइन, बरु मैले नै आफूलाई हटाइने बनाइरहेकी थिएँ। यसबारे सोच्दा मलाई आफ्नो समस्या कति गम्भीर रहेछ भन्‍ने थाहा भयो, त्यसैले मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म निरन्तर आफ्नै हितबारे सोचिरहेकी छु र आफ्ना लागि चाल चल्ने ठाउँ राख्ने प्रयास गरिरहेकी छु। म असाध्यै छली भएकी छु। परमेश्‍वर, अब मलाई आफू गलत रहेछु भन्‍ने थाहा छ, र अबदेखि, मलाई प्रचारकका रूपमा चुनियोस्-नचुनियोस्, म समर्पित हुन इच्छुक छु। कृपया मलाई आत्मचिन्तन गर्न र आफूलाई अझ गहिरिएर चिन्न मार्गदर्शन गर्नुहोस्।”

पछि, एउटा अनुभवात्मक गवाही भिडियो हेर्दैगर्दा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ, जसले मलाई आफ्ना समस्याहरूबारे थप बुझाइ दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले हृदयमा यी कुराहरू बोक्छन्, र यी सबै गलतफहमी, विरोध, आलोचना, र परमेश्‍वरविरुद्धको प्रतिरोध हुन्। तिनीहरूमा परमेश्‍वरको कामबारे केही पनि ज्ञान हुँदैन। परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्दा, परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे खोजीनिती गर्दा, तिनीहरू यस्ता निष्कर्षहरूमा पुग्छन्। ख्रीष्टविरोधीहरूले यी कुराहरूलाई हृदयको गहिराइमा लुकाउँछन्, र आफैलाई चेतावनी दिन्छन्: ‘सतर्कता नै सुरक्षाको आधार हो; अरूको नजरमा नपर्नु नै उत्तम हुन्छ; थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ; र शिखरमा एक्लोपन महसुस हुन्छ! जहिलेसुकै होस्, कहिल्यै थुतुनो ननिकाल, कहिल्यै धेरै शिखरमा नपुग; जति उचाइमा पुग्छौ, त्यति नै नराम्ररी बजारिन्छौ।’ तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर पनि विश्‍वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई व्याख्या गर्न शैतानको तर्क र सोच प्रयोग गर्दै, तिनीहरूले परमेश्‍वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धूर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सार नस्विकार्ने र नमान्‍ने मात्र होइन; त्यसको उल्टो, तिनीहरू त परमेश्‍वरप्रतिका धारणा, विरोध, र विद्रोहले भरिएका समेत हुन्छन्, र तिनीहरूमा उहाँबारे अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको प्रेमसम्‍बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्‍नवाचक चिन्‍ह, अर्थात् सन्देह मात्रै हुन्छ र तिनीहरू यसप्रति शङ्‍काले ग्रस्त र अस्वीकार र लाञ्छनाले भरिपूर्ण हुन्छन्; त्यसो भए, उहाँको पहिचान के हो त? परमेश्‍वरको स्वभावले उहाँको पहिचान प्रतिनिधित्व गर्छ; परमेश्‍वरको स्वभावबारे तिनीहरूको यस्तो सोच भएको हुँदा, परमेश्‍वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वस्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। यो ख्रीष्टविरोधीहरूको सार हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको सारलाई इन्कार गर्छन्, र तिनीहरू परमेश्‍वरप्रति शङ्काले भरिएका हुन्छन्, उहाँलाई इन्कार र बदनाम गर्छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्, न त परमेश्‍वरले मानवताका लागि गर्ने कुरा प्रेम र मुक्ति हो भनेर नै विश्‍वास गर्छन्। ममा पनि गम्भीर ख्रीष्टविरोधी स्वभाव थियो। यसपटक परमेश्‍वरका वचनका पुस्तकहरू जफत गरिएपछि जस्तै, म सधैँ नकारात्मकता र चिन्ताको स्थितिमा जिउँथेँ, मण्डलीबाट निकालिनेछु र मसँग राम्रो परिणाम वा गन्तव्य हुनेछैन भनी डराउँथेँ। पछि, मैले ये कियानलाई आफ्नो कर्तव्यलाई बेवास्ता गरेकीले र परमेश्‍वरको घरलाई ठूलो क्षति पुर्‍याएकीले गर्दा निकालियो भन्‍ने सुन्दा, मलाई प्रचारकको कर्तव्यमा असीम जिम्मेवारीहरू हुन्छन् भन्‍ने लाग्यो, र म सतर्क भइरहेँ र गलतफहमीमा रहिरहेँ, प्रचारकका रूपमा चुनिन डराएँ, परमेश्‍वरको घरले मानिसहरूसँग व्यवहार गर्दा लागू गर्ने सन्दर्भ वा सिद्धान्तहरूसमेत कहिल्यै खोजिनँ। मेरो नजरमा, परमेश्‍वरको घर निष्पक्षता र धार्मिकता नभएको गैरविश्‍वासीहरूको संसारजस्तै थियो, र मैले जति ठूलो कर्तव्य गर्थेँ, त्यति नै ठूलो जिम्मेवारी बोक्थेँ, र त्यसैले यदि मैले परिस्थितिलाई गलत तरिकाले सम्हालेमा मलाई त्यति नै गम्भीर परिणामहरू आइपर्थे। म “टुप्‍पोमा एक्लै भइन्छ” “जति अल्गो चढियो, त्यति नै नराम्ररी झरिन्छ,” जस्ता भ्रामक विश्‍वासहरूअनुसार जिएँ, हरेक परिस्थितिमा परमेश्‍वरलाई निरन्तर शङ्का गरेँ र उहाँदेखि सतर्क भएँ। यसले परमेश्‍वरको धर्मी स्वभावबारे बुझाइको कमीलाई देखाउँथ्यो र यो परमेश्‍वरविरुद्ध एक प्रकारको निन्दा थियो। वास्तवमा, ये कियानलाई निकालिनुको मुख्य कारण उनले आफ्नो कर्तव्यलाई बेवास्ता गर्नु थियो, किनभने यसले गर्दा परमेश्‍वरका वचनका धेरै पुस्तकहरू सीसीपी प्रहरीले जफत गरेको थियो, परिणामस्वरूप परमेश्‍वरको घरलाई ठूलो नोक्सानी भयो। यसपटक मलाई निराकरण नगरिनुको मुख्य कारण मण्डलीले यो घाटा कसैको लापरवाही वा गैरजिम्मेवारीपनको कारणले भएको होइन भन्‍ने ठानेको थियो, त्यसैले त्यसका लागि कसैलाई जिम्मेवार ठहराइएन। यसले के देखायो भने परमेश्‍वरको घरले जिम्मेवारी खटाउँदा सन्दर्भ र क्षतिपछाडिको कारणका आधारमा नै मामिलाहरूको मूल्याङ्कन गर्छ। तर म सत्यता सिद्धान्तहरू खोज्न असफल भएँ, र मैले ये कियानलाई निकालिएको देख्दा, परमेश्‍वरलाई गलत बुझेँ, मानौँ आफ्ना कर्तव्यमा गल्ती गर्नाले र नकारात्मक परिणामहरू ल्याउनाले म निकालिनेछु र हटाइनेछु। मेरा सबै सोच परमेश्‍वरको धार्मिकताबारे शङ्का र त्यसको इन्कारीले भरिएका थिए। म परमेश्‍वरबाट सतर्क भए पनि र मैले उहाँलाई गलत बुझे पनि, उहाँले मेरा कमीकमजोरी र भ्रष्टतामा ध्यान केन्द्रित गर्नुभएन र अझै मलाई आफ्ना कर्तव्य गर्ने मौका दिनुभयो, म समयमै ब्यूँझन र फर्कन सकूँ, ख्रीष्टविरोधीको मार्गमा अझ भाँसिनबाट बचूँ भनेर मानिस, घटना र कामकुरा प्रयोग गरी मलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न सम्झाउनुभयो। यसबारे सोच्दा मलाई एकदमै दोषी र परमेश्‍वरप्रति ऋणी महसुस भयो। मैले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको निष्कपट चाहना महसुस गरेँ अनि आफ्नो स्वार्थीपन र छलीपनलाई झनै घृणा गरेँ। मैले अबदेखि सतर्क हुने र गलतफहमी राख्ने स्थितिमा जिउन चाहिनँ, र यदि म निर्वाचित भएमा यो कर्तव्य स्विकार्न इच्छुक भएँ। पछि, म प्रचारकका रूपमा निर्वाचित भएँ, तर मलाई अझै अलि चिन्ता थियो, किनभने मलाई आफूले धेरै सिद्धान्तहरू बुझेकी छैनँ र मेरो भ्रष्ट स्वभाव निकै गम्भीर छ भन्‍ने लाग्यो, र अब म धेरै मण्डलीहरूका लागि जिम्मेवार भएकीले, मलाई लाग्यो, यदि मैले गल्ती गरेँ र मण्डलीको काममा नोक्सान पुर्‍याएँ भने, राम्रो परिणाम र गन्तव्य पाउने आफ्नो मौका गुमाउनेछु। तर यस अवधिमा आफ्ना अनुभवहरूलाई फर्केर हेर्दा, मैले के बुझेँ भने, जबसम्म म सत्यता स्विकार्न सक्छु, तबसम्म मैले अपराध नै गरे पनि, इमानदारीपूर्वक पश्चात्ताप गरेमा, परमेश्‍वरले मलाई मेरो क्षणिक अपराधको कारण दोषी ठहराएर हटाउनुहुनेछैन। यो कुरा बुझेर, म आफूलाई पन्छाउन र समर्पित हुन अनि यो कर्तव्य शान्तपूर्वक स्विकार्न इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका अझ केही वचन पढेँ: “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। … मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्‌हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने म जिम्मेवारीहरू लिन सधैँ डराउनु, जोखिम उठाउन र हटाइन्छु भनेर डराउनु मुख्य गरी आशिषप्रति मेरो अत्यधिक चाहनाले, र मैले सधैँ आफ्नो कर्तव्यलाई आफ्नो परिणाम र गन्तव्यसँग जोडेकीले गर्दा रहेछ। परमेश्‍वरका वचनको खुलासामार्फत्, मैले आफ्नो कर्तव्य गर्नुको आशिष् पाउनु वा कष्ट भोग्नुसँग कुनै सम्बन्ध छैन भन्‍ने बुझेँ। कर्तव्यहरू त सृजित प्राणीहरूको जिम्मेवारी हुन्, अनि यी त मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हुन्। आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा, हामी आफू र परमेश्‍वर दुवैलाई चिन्छौँ पनि, र सत्यता प्राप्त गर्छौँ। यस अनुभवमा जस्तै ठ्याक्कै, मैले अगुवाइको कर्तव्यसँगै महत्त्वपूर्ण जिम्मेवारीहरू आउँछ, र घटनापछिको काम सम्हाल्न आतुरी र गतिले मात्र पुग्दैन, र यसका लागि सिद्धान्तसहित कार्य गर्नु, बुद्धि हुनु, र प्रार्थना गर्नु र अझ धेरै खोज्नु पनि आवश्यक छ भन्‍ने जानेँ। त्यसअतिरिक्त, यस प्रकाशमार्फत्, मलाई के थाहा भयो भने म साँच्चै स्वार्थी, घृणित, छली र विश्‍वासघाती भएकी थिएँ, र परिस्थितिहरू सामना गर्दा, मैले सधैँ आफ्नै हितलाई विचार गरेँ, म परमेश्‍वरविरोधी मार्गमा हिँडेँ। यो सब आफ्नो कर्तव्य गरेर प्राप्त भएको थियो। यदि मैले आफ्नो कर्तव्यलाई आशिष् पाउनु वा कष्ट भोग्नुसँग जोडेँ भने, समस्याहरू सामना गर्दा, म हिचकिचाउनेछु र आफ्नो कर्तव्य त्याग्न चाहनेछु, र यसबाट मलाई सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाउनेछु। त्यो त साँच्चै अड्किने डरले नखानु जस्तै हुनेछ, यसो गर्ने जोकोही एकदमै मूर्ख र डरपोक हो। यो बुझेपछि, मैले आफ्नो कमीकमजोरीको कारण आफ्नो कर्तव्य इन्कार्न छोडेँ, बरु इमानदार हृदयले आफ्नो कर्तव्य सम्हालेँ। त्यसपछि, मैले आफ्ना कर्तव्यका समस्याहरू पहिचान गर्न र ती समाधान गर्न सत्यता खोज्नमा ध्यान दिएँ। सत्यताबारे मेरो बुझाइ सतही भए पनि, सबैसँग कुरा गरेर म आफ्ना कमीकमजोरी परिपूर्ति गर्न सक्षम भएँ। कहिलेकाहीँ, म आफूले बुझ्न नसकेका कुराहरू सामना गर्दा, यी मामिलालाई अगाडि ल्याउँथेँ र सबैसँग मिलेर समाधान खोज्थेँ, र आफू कुनै कुराबारे अनिश्चित हुँदा, म माथिल्लो अगुवाइबाट मार्गदर्शन खोज्थेँ। यदि हामीमा कुनै विचलनहरू भएमा, हामी तिनलाई तुरुन्तै सच्याउँथ्यौँ, र यदि हामी असफल भएमा, ती असफलताहरूलाई सारांशीकरण गर्थ्यौँ। यसरी आफ्नो कर्तव्य गर्दा, मलाई अति धेरै दबाब महसुस भएन र धेरै चिन्तामुक्त महसुस भयो। यस अनुभवमार्फत, मैले के बुझेँ भने सत्यता खोज्नमा ध्यान दिएर, परमेश्‍वरले योजनाबद्ध गरेका परिस्थितिहरूप्रति समर्पित भएर, र यी कुराहरूबाट पाठ सिकेर मात्र साँचो स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ।

अघिल्लो:  ८९. सत्यतालाई स्वीकार नगर्नुका बारेमा गरिएका मननहरू

अर्को:  ९१. उमेरको परवाह नगरी सत्यता पछ्याउनु

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger