९. म अब उप्रान्त बढ्दो उमेरका बारेमा चिन्ता र डर महसुस गर्ने छैन

परमेश्‍वरको आखिरी दिनको काम स्विकारेपछि, म मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दै आइरहेकी छु। मैले पचास वर्ष पार गरेपछि लेखनमा आधारित कर्तव्यहरू पूरा गर्न सुरु गरेँ, र आफ्नो प्रतिक्रिया जनाउने गति र स्मरणशक्ति तन्नेरी दाजुभाइ-दिदीबहिनीहरूकोभन्दा खासै कमजोर नभएको र कर्तव्यमा मेरो दक्षता र प्रभावकारिता पनि करिबकरिब उनीहरूको जत्तिकै भएको थाहा पाए। म निकै खुसी थिएँ र आफ्नो कर्तव्यमा निकै प्रेरित महसुस गर्थेँ। तर उमेर बढ्दै जाँदा मेरो शारीरिक अवस्था बिग्रन थाल्यो, र मलाई उच्च रक्तचाप पनि भयो। मेरो शारीरिक शक्ति र ऊर्जा पनि बिस्तारै घट्दै गयो र मेरो दिमाग पनि थप सुस्त हुँदै गयो। कहिलेकाहीँ मैले परमेश्‍वरका वचनलाई केही छिटो खाँदा-पिउँदा, मेरो दिमागले त्यससँग तालमेल मिलाउन सक्दैनथ्यो र कहिलेकाहीँ म भर्खरै पढेको कुरा बिर्सन्थेँ र फेरि पढ्नुपर्‍थ्यो। मेरो स्मरणशक्ति कमजोर हुन थाल्यो र मैले धेरै बिर्सन थालेँ। अक्सर, शब्दहरू मेरो जिब्रोको टुप्पोमै आउँदा पनि म भन्न चाहेको कुरा सम्झन सक्दिनथेँ। त्यसपछि, म आफ्ना साथी, तीस वर्षकी जोशीली र तेज दिमाग भएकी सिस्टरलाई हेर्थेँ। उनी तीक्ष्ण दृष्टि भएकी थिइन् र छिटो र प्रभावकारी ढङ्गले काम गर्थिन् र उनले आधा घण्टामा सक्ने काम मलाई पूरा गर्न डेढ घण्टा लाग्थ्यो। म प्रायः उनको युवावस्था र ऊर्जाको इर्ष्या गर्थेँ, र साथसाथै, म यस्तो सोच्दै आफूबारे चिन्ता गर्थेँ, “केही वर्षपछि मेरो दिमाग अझै सुस्त भयो भने के हुन्छ? मलाई त्यतिन्जेल म कुनै पनि कर्तव्य पूरा गर्न सक्ने छैन र साँच्चै काम नलाग्ने हुनेछु भन्‍ने डर छ। त्यो बेला मैले कसरी मुक्ति प्राप्त गर्न सक्नेछु?” कहिलेकाहीँ म आफ्नो मनमनै गुनासो पनि गर्थेँ, “मैले किन भर्खरै मात्रै बुढेसकालमा परमेश्‍वरको आखिरी दिनको काम स्विकारेँ? मेरो उमेर २० वर्ष मात्रै कम भएको भए कति राम्रो हुन्थ्यो! अहिले त म बुढो र पूरै काम नलाग्ने भइसकेँ।” वास्तविकता के थियो भने, म आफ्नो मेरो क्षमताले भ्याएसम्म कर्तव्य पूरा गर्न चाहन्थेँ, तर म 60 वर्षको भइसकेको थिएँ। मेरो दिमाग र दृष्टि पहिलेजस्तै थिएन, र मलाई उच्च रक्तचाप थियो। मैले राति अलिक अबेरसम्म काम गरेँ भने, म निकै थाक्थेँ र चाँडै विश्राम गर्नुपर्‍थ्यो। म र युवाहरूबीच कर्तव्यको दक्षताको ठूलो भिन्नतालाई हेर्दा यसले मलाई निराश र हीन महसुस गरायो, र म अन्ततः नकारात्मक स्थितिमा जिउन थालेँ। म त्यस उप्रान्त आफ्नो कर्तव्यमा मूल्य चुकाउन वा आफ्नो सीप सुधार्नमा ध्यान दिन चाहन्नथेँ। म आफ्नो कामको परिणाम सुधार्नका लागि आफ्ना कमजोरीहरूका बारेमा मनन गर्न पनि चाहन्नथेँ। मैले मनमनै सोचेँ, “म पाको उमेरकी र काम नलाग्ने छु। मैले जति प्रयास गरे पनि, मेरो कर्तव्य राम्रोसँग पूरा गर्न सक्नेछैन। सायद एक दिन, म पूरै काम नलाग्ने भई हटाइनेछु।”

चिन्तित र बेचैन भएर, मैले परमेश्‍वरका वचन पढेँ: “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्‍छु भन्‍नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, ‘मैले कसरी यो उमेरमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्न थालेँ? म किन २० र ३० वर्षतिरका मानिसहरूजस्तो, वा ४० वा ५० वर्षतिरका मानिसहरूजस्तो समेत छैनँ? मैले कसरी बुढो भएपछि मात्रै परमेश्‍वरको कामबारे थाहा पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्‍वरको कामबारे थाहा पाएँ। मेरो भाग्य राम्रो छ, र परमेश्‍वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बुढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु, र परमेश्‍वरका वचनहरू पढ्दा मेरो मन घुम्छ। थोरै पढेपछि पनि, मलाई निद्रा लाग्छ र म झुल्छु, र उहाँका वचनहरू बुझ्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्‍न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्‍वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! …’ … यी पाका मानिसहरू आफ्‍नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेक-पटक नै तिनीहरूले आफ्‍नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन। के साँच्‍चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ।) पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ, त्यो स्वीकार्य छ, होइन र? के पाकाहरू तिनीहरूको उमेरको कारण सत्यता पछ्याउन नसक्‍ने हुन्छ र? के तिनीहरू सत्यता बुझ्‍न सक्‍ने हुँदैनन् र? (बुझ्‍न सक्‍ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्‍न सक्छन्? तिनीहरूले केही सत्यता बुझ्‍न सक्छन्, र भक्खरकाहरूले पनि सबै त बुझ्‍न सक्दैनन्। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्‍न सक्‍दिनँ भन्‍ने लाग्छ। के तिनीहरूको यो कुरा सही हो त? (होइन।) भक्खरकाहरूसँग पाकाहरूमा भन्दा निकै बढी ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्‍ने, जान्‍ने, र चिन्‍ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्‍मेका थिएनन्, र भक्खरकाहरू पनि एक दिन वृद्ध हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, भक्खरकाहरूभन्दा फरक छु भनेर सोच्‍नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्‍नता हुँदैन। … पाकाहरूले गर्ने कुरा केही नहुने, वा तिनीहरूले कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन नसक्‍ने भन्‍ने होइन—तिनीहरूले धेरै कुरा गर्न सक्छन्। तैँले आफ्‍नो जीवनकालमा बटुलेका धेरै विधर्म र भ्रमहरू, साथै विभिन्‍न परम्‍परागत विचार र धारणा, अज्ञानी र जिद्दी कुराहरू, परम्‍परागत कुराहरू, तर्कहीन कुराहरू, र विकृत कुराहरू तेरो हृदयमा थुप्रिएका छन्, र यी कुराहरू खनेर निकाल्‍न, चिरफार गर्न, र पहिचान गर्नको लागि तैँले भक्खरकाहरूले भन्दा बढी समय बिताउनुपर्छ। तँसँग गर्ने काम केही नभएको, वा तँ कमजोर अवस्थामा भएर तैँले हैरानी, बेचैनी र चिन्ता महसुस गर्नुपर्ने हो भन्‍ने होइन—यो तेरो काम पनि होइन र तेरो जिम्‍मेवारी पनि होइन। सर्वप्रथम, पाका मानिसहरूमा सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किरहेको भए पनि र शारीरिक रूपमा तँ अरूभन्दा पाको भए पनि, तँमा अझै पनि युवा मानसिकता हुनुपर्छ। तँ वृद्ध हुँदै गइरहेको, तेरो सोच धीमा भइरहेको र तेरो स्मरण शक्ति कमजोर भइरहेको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्‍न, मैले बोलेका वचनहरू बुझ्‍न, र सत्यता बुझ्‍न सक्छस् भने, त्यसले तँ वृद्ध भएको छैनस् र तेरो क्षमता कमजोर भएको छैन भन्‍ने प्रमाणित गर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थिति खुलासा गरे। मैले मेरी सहकर्मी सिस्टर जवान भएकी र उनले आफ्नो काम प्रभावकारी ढङ्गले गर्ने गरकी देखेँ, तर म उमेरमा ठूलो थिएँ, र मलाई उच्च रक्तचाप थियो, मेरो दिमागले ढिलो काम गर्थ्यो, र मेरो कर्तव्यमा मेरो दक्षता उनकोभन्दा एकदमै कम थियो। मलाई म पाको र काम नलाग्ने भएकाले, परमेश्‍वरले मलाई निश्चय नै अस्वीकार गर्नुहुनेछ र मुक्ति दिनुहुनेछैन भन्‍ने लाग्थ्यो। म परमेश्‍वरलाई गलत बुझ्ने स्थितिमा जिइरहेकी थिएँ। केही वर्षपछि मेरो शारीरिक अवस्था झन् बिग्रिनेछ र त्यतिबेलासम्म कुनै पनि कर्तव्य निर्वाह गर्न नसकूँला र मलाई हटाइएला भन्‍ने चिन्ता लाग्थ्यो। यसबारे सोच्दा मलाई दुःख लाग्थ्यो। तर मैले परमेश्‍वरका वचनहरू पढेपछि उहाँ जवान र वृद्ध दुवैलाई समान व्यवहार गर्नुहुन्छ भन्‍ने बुझेँ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुँदा, त्यो जवानका लागि मात्र र वृद्धका लागि मात्र गर्नुहुन्न। परमेश्‍वरले न त कहिल्यै आफूले चुनेका मानिसलाई उमेरका आधारमा भिन्न श्रेणीहरूमा विभाजन गर्नुभएको छ न त वृद्धहरूलाई मण्डलीबाट सफाया गर्नुपर्छ भनेर नै कहिल्यै भन्नुभएको छ। परमेश्‍वर पक्षपात गर्नुहुन्न र व्यक्ति जति उमेरको भए पनि, परमेश्‍वरका वचनहरूले उनीहरूलाई मलजल गर्न र पोषण दिन सक्छन्। परमेश्‍वर सबैलाई मुक्ति पाउने समान अवसर दिनुहुन्छ। कुनै व्यक्तिले सत्यता पछ्याउँदैन र उसलाई त्यसप्रति वितृष्णा हुन्छ भने, ऊ जुनसुकै उमेरको भए तापनि, उसले मुक्ति पाउन सक्दैन। परमेश्‍वर कुनै व्यक्तिको परिणाम र गन्तव्य उमेरका आधारमा नभई व्यक्तिले सत्यता पाउँछ कि पाउँदैन भन्‍ने आधारमा निर्धारण गर्नुहुन्छ। व्यक्ति जति उमेरको भए पनि, यदि उसले परमेश्‍वरका वचन बुझ्न र सत्यता अभ्यास गर्न सक्छ भने, आफ्नो स्वभाव परिवर्तन गर्न र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ। म ६० वर्षको भइसकेकी र मलाई नयाँ सीपहरू सिक्न समय लाग्ने भए तापनि मेरो दिमाग अझै तन्दुरुस्त थियो र परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, म अझै ती वचन बुझ्न सक्थेँ। म परमेश्‍वरका वचनहरूमार्फत आफ्नो कमजोरी र भ्रष्ट स्वभाव पनि चिन्न सक्थेँ। परमेश्‍वरले म वृद्ध भएकाले नै मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिन बन्द गर्नुभएको थिएन, उहाँ मैले उहाँका वचन खान र पिउनमा अझ बढी समय बिताउन सकूँ भन्‍ने आशा गर्नुहुन्छ। परमेश्‍वर मैले शैतानका विष र बचाइका नियम, अनि परम्परागत संस्कृतिबारे समझशक्ति प्राप्त गरेको चाहनुहुन्छ। उहाँ मैले यी नकारात्मक कुराहरू फालेर सत्यताका आधारमा आफूलाई व्यवहारमा ढालेको र कार्य गरेको चाहनुहुन्छ। परमेश्‍वरले हेर्ने आशा गरेको कुरा यही हो। अहिले पनि मेरो दिमाग ठिकठाक र सोच्न सक्ने छ, र म अझै पनि आफ्ना कर्तव्य निभाउन सक्छु, त्यसैले मैले अहिले मसँग भएको समयको कदर गर्नुपर्छ, आफ्ना कर्तव्यमा सक्दो गर्नुपर्छ र स्वभाव परिवर्तनको पछि लाग्नुपर्छ। मैले उप्रान्त आफ्नो उमेरलाई सत्यता नपछ्याउने बहानाका रूपमा प्रयोग गर्न मिल्दैनथ्यो। यदि म आफ्नो कर्तव्यप्रति जिम्मेवारी बोध नगरी चिन्ता र सुर्तामा जिउँछु र स्वभाव परिवर्तनको पछि लाग्दिनँ भने, म वास्तवमै निकम्मा हुनेछु र अन्ततः परमेश्‍वरद्वारा हटाइनेछु।

पछि, मैले परमेश्‍वरका अझ धेरै वचन पढेँ: “ख्रीष्टविरोधीहरू नाफा र आशिष्‌ प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्‍वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्‍वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌ र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष्‌ प्राप्त गर्नका लागि होइन भने परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन, र त्यो आशिष्‌का लागि होइन भने, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरूले तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनलाई विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई अरुचि हुने र सत्यतालाई घृणा गर्ने प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्‍ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा मात्र होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु र परमेश्‍वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्‍वर ख्रीष्टविरोधीहरूले परमेश्‍वरप्रतिको विश्‍वासमा जति नै कष्ट भोगे पनि वा जति नै मूल्य चुकाए पनि, आशिष् पाउन सधैँ परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका हुन्छन् भनेर खुलासा गर्नुहुन्छ। उनीहरू मुक्ति पाउन सत्यता पछ्याउनुलाई भन्दा आशिषलाई बढी मूल्यवान् ठान्छन्। उनीहरू आशिष् प्राप्त गर्न नसक्दा, कुनै पनि कर्तव्य निभाउन वा मूल्य चुकाउन चाहँदैनन्। उनीहरू परमेश्‍वरको विरोध र उहाँ अधर्मी हुनुहुन्छ भनी गुनासोसमेत गर्छन्। यो ख्रीष्टविरोधीको दुष्ट स्वभाव हो। परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेपछि आत्मचिन्तन गर्दा, मैले परमेश्‍वरमा विश्‍वास गर्नाले आशिष् र मुक्ति पाउने र स्वर्गका राज्यमा प्रवेश गर्ने अवसर पाइन्छ भन्‍ने देखेँ, र म यसप्रति खुसी थिएँ, त्यसैले मैले जे भए पनि आफ्ना कर्तव्य निर्वाह गरेँ। मलाई आफ्नो कामले राम्रा नतिजाहरू निकालेको देख्दा, आफूले मण्डलीमा योगदान गरिरहेकी छु भन्‍ने लाग्यो, त्यसैले मलाई परमेश्‍वरले पक्कै राम्रो गन्तव्य दिनुहुन्छ भन्‍ने लाग्यो। तर अहिले म बुढी भएकी छु र मलाई स्वास्थ्य समस्या छ, कर्तव्यमा मेरा दक्षता र नतिजाहरू अब ती युवाहरूको बराबर हुन सक्दैनथे, त्यसैले बुढी हुँदै जाँदा, कुनै पनि कर्तव्य निर्वाह गर्न नसकूँला, र त्यसपछि परमेश्‍वरले मलाई हटाउनुहुनेछ भनेर म चिन्तित भएँ। आफूले आशिष् प्राप्त गर्ने आशा गुमाइसकेको महसुस गरेर, म पीडा, चिन्ता र नकारात्मक प्रतिरोधमा जिउँदै नकारात्मक भावनामा डुबेँ। मैले मेरा प्रयास र खर्चहरू कर्तव्यका लागि भएको दाबी गरेँ, तर भित्रभित्रै म सधैँ मेरो कामको नतिजा र गन्तव्यका खातिर लेखाजोखा गरिरहेकी हुन्थेँ। म परमेश्‍वरसँग मोलमोलाइ गर्न आफ्ना कर्तव्यहरू प्रयोग गर्ने प्रयास गर्दै थिएँ। सारमा, म परमेश्‍वरलाई छक्काउन तथा धोका दिन खोजिरहेकी थिएँ। मैले आफू कतिसम्मको स्वार्थी र निच बनेकी थिएँ भन्‍ने देखेँ! मैले कसरी परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन लाखौँ वचन व्यक्त गर्नुभएको छ, र म उहाँको उपस्थितिको सामु आउन, अनि उहाँका वचनहरूको यति धेरै पोषण उपभोग गर्न र नकारात्मक कुराहरूलाई खुट्ट्याउन पाउँदा कति भाग्यमानी छु भन्‍नेबारे सोचेँ। मैले एक सृजित प्राणीका रूपमा जीवनको मूल्य तथा अर्थ बुझ्न पुगेँ र मुक्ति प्राप्त गर्ने अवसर पाएँ। त्यस उप्रान्त मैले गैरविश्‍वासीहरूले जस्तै लाभ र आनन्ददायी भोगविलासको लागि लागिपर्ने खोक्रोपनमा जिउन छोडेँ। मेरो कर्तव्यले गर्दा, म परमेश्‍वरसामु जिउन सक्छु, र यसले मलाई शैतानको हानिबाट धेरै जोगाएको छ। अहिले म झनै वृद्ध भइसकेको छु र मलाई उच्च रक्तचाप छ, तैपनि कुनै गम्भीर लक्षणहरू छैनन्, र नियमित दिनचर्या कायम राखुन्जेल, मलाई आफ्ना कर्तव्यहरू सामान्य रूपमा पूरा गर्न औषधि चाहिँदैन। यो मप्रति परमेश्‍वरको अनुग्रह होइन र? तैपनि, परमेश्‍वरको माया पाएर पनि मैले त्यो चुक्ता गरिनँ, बरु मेरा कर्तव्यहरूलाई परमेश्‍वरसँग मोलतोल गर्नका लागि प्रयोग गर्न खोजेँ। ममा साँच्चै नै विवेक र समझको कमी थियो! मैले परमेश्‍वरसामु आएर पश्चात्ताप गर्दै भनेँ, “हे परमेश्‍वर, मैले सधैँ आफ्ना कर्तव्यहरूमा तपाईंसँग मोलतोल गर्न खोजेँ, आशिषहरूको पछि लागेँ, र तपाईंलाई मलाई घृणा र तिरस्कार गर्ने तुल्याएँ। म साँच्चिकै तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को भाग पढेँ र अभ्यासको एउटा मार्ग भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “वृद्धावस्थाका मानिसहरूले आफ्‍नो क्षमताले भ्याउन्जेलसम्‍म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍नेलगायत, अरू धेरै कुराहरू गर्न सक्छन्। जबसम्म तँ मूर्ख, अबुझ, र सत्यता बुझ्‍न नसक्‍ने व्यक्ति हुँदैनस्, र जबसम्म तँ आफ्‍नो हेरचाह गर्न नसक्‍ने अवस्थामा हुँदैनस्, तबसम्म तैँले गर्नुपर्ने कुराहरू धेरै हुन्छन्। भक्खरकाहरूले जस्तै, तैँले पनि सत्यता पछ्याउन र सत्यता खोजी गर्न सक्छस्, र तँ प्रार्थना गर्न नियमित रूपमा परमेश्‍वरको अघि आउनुपर्छ, सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने प्रयास गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने मार्ग यही हो, र तँ वृद्ध भइस् भन्दैमा, तँलाई धेरै रोगबिमारी छ भन्दैमा, वा तेरो शरीर बुढो हुँदै छ भन्‍दैमा तैँले हैरानी, बेचैनी वा चिन्ता महसुस गर्नु हुँदैन। हैरानी, बेचैनी र चिन्ता महसुस गर्नु सही कुरा होइन—ती तर्कहीन प्रकटीकरणहरू हुन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्‍वरका वचनहरूबाट पाका मानिसहरूले परमेश्‍वरले स्थापित गर्नुभएका बुढ्यौली, रोग र मृत्युका प्राकृतिक नियमहरू सही तरिकाले सामना गर्नुका साथै, उनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न र खोज्न प्रायः उहाँसामु आउनुपर्छ, र मानिस, घटना र उत्पन्न भएका कामकुराहरूलाई सत्यता सिद्धान्तहरूअनुसार लिनुपर्छ, र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि सत्यताको अभ्यासमा केन्द्रित हुनुपर्छ भन्‍ने कुरा बुझेँ। उनीहरू तन्नेरी मानिसहरूभन्दा पाका र कम सक्षम हुने भएकाले आफूलाई कमजोर महसुस गर्नु हुँदैन, न त उनीहरूले आफ्नो उमेरका कारण बाँधिएको महसुस गर्नुपर्छ। उनीहरूले आफ्नो ऊर्जा र शारीरिक अवस्थालाई ध्यान दिएर आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ। वृद्ध मानिसहरूमा यस्तो मानसिकता हुनुपर्छ। उक्त कुरा बुझेर, म आफ्नो उमेर र कमीकमजोरीहरू राम्ररी सामना गर्न सक्ने पनि भएँ। म वृद्ध भएको र मेरो बिर्सने बानी भएको कुरालाई ध्यान दिँदै, मैले आफ्नो काममा ढिलाइ नगर्नका लागि अग्रिम रूपमा आफूले गर्नुपर्ने कामका नोटहरू बनाउन थालेँ। युवा मानिसहरूले विशेष सीपहरू एक पटक सिकिसकेपछि सम्झन सक्छन् तर मेरो स्मरणशक्ति कमजोर छ र कुराहरू एकदमै बिस्तारै बुझ्छु। यसैकारण, मैले धेरै मेहनत लगाउन थालेँ, र एकपटकमा सिक्न नसकेमा तीन पटकसम्म अध्ययन गर्ने गर्थेँ। मैले आफूलाई युवा मानिससँग तुलना गरिरहनुको सट्टा सत्यता पछ्याउनुपर्छ र आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्यहरू पूरा गर्न लागिपर्नुपर्छ। त्यसपछि मैले परमेश्‍वरका निम्न वचनहरूका बारेमा सोचेँ: “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको कारुणिक अवस्थाका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूबाट, मैले परमेश्‍वरले व्यक्तिको परिणाम र गन्तव्य उसको उमेर वा उसले भोगेको पीडाको मात्राका आधारमा नभई उसले सत्यता प्राप्त गरेको छ कि छैन र उसको स्वभाव परिवर्तन भएको छ कि छैन भन्‍ने आधारमा निर्धारण गर्नुहुन्छ भन्‍ने बुझेँ। मैले सत्यता पछ्याइनँ र आशिष् पाउने मेरो चाहना त्यागिनँ र मेरो भ्रष्ट स्वभाव परिवर्तन भएन भने, मेरो उमेर बीस वर्ष कम भएको भए पनि, मलाई हटाइनेछ। म अब उप्रान्त मेरा भ्रामक विचारहरूमा अडिग रहन चाहन्नँ र केवल परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन, बाँचुन्जेल आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न, स्वभावमा परिवर्तन ल्याउन मात्र चाहन्छु, र अन्त्यमा, मैले राम्रो परिणाम प्राप्त गरिनँ भने पनि, मैले अझै पनि आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ। यो व्यक्तिमा हुनुपर्ने विवेक र समझ, र मैले पछ्याउनुपर्ने दिशा हो।

म सम्झन्छु, एक पटक हामी त्यसबेलाका समस्याहरूबारे कामसँग सम्बन्धित सीपहरू अध्ययन गर्न भेला भएका थियौँ, तर मैले खासै बुझ्न नसकेका केही समस्याहरू अझै पनि थिए। मेरी सहकर्मी सिस्टरले आफ्ना अन्तर्दृष्टिबारे सङ्गति सुरु गर्दा र उनको सङ्गति एकदमै राम्रो हुँदा, मेरा नकारात्मक भावनाहरू पुनर्जागृत भए, र मलाई लाग्यो, “म अहिले वृद्ध छु र मलाई कुराहरू बुझ्न धेरै समय लाग्छ, आगामी दुई वर्षमा म अझै सुस्त भएँ भने, त्यसपछि म कुनै पनि कर्तव्यहरू पूरा गर्न कदापि सक्नेछैन।” यी विचारहरूले मलाई असहज महसुस गरायो। तर त्यस क्षणमा, मैले परमेश्‍वरका निम्न वचनहरू सम्झिएँ: “तँ शारीरिक रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अवस्थामा भए पनि नभए पनि, तैँले कुनै काम लिन सके पनि नसके पनि, तेरो स्वास्थ्य स्थितिले तँलाई कर्तव्य लिन दिए पनि नदिए पनि, तेरो हृदय परमेश्‍वरबाट टाढा जानु हुँदैन, र तैँले आफ्‍नो हृदयबाट कर्तव्य त्याग्‍नु हुँदैन। यसरी, तैँले आफ्‍नो जिम्‍मेवारी, दायित्व, र कर्तव्य पूरा गर्नेछस्—तँमा हुनुपर्ने विश्‍वासयोग्यता यही हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूले मेरा चिन्ताहरू तुरुन्तै हटाए। भविष्यमा, म अझ बुढी भएपछि कुराहरू चाँडो बुझ्न नसक्ने भएँ र आफ्ना लेखनमा आधारित कर्तव्यहरू पूरा गर्न सकिनँ भने पनि म अझै पनि आफ्ना क्षमताहरूअनुसारका अन्य कर्तव्यहरू पूरा गर्न सक्छु। कुनै दिन मेरो शारीरिकअवस्थाले मलाई मेरा कर्तव्यहरू पूरा गर्नबाट रोके पनि, मेरो हृदय परमेश्‍वरबाट टाढा नहुँदासम्म, र मैले उहाँलाई पुकार्न, उहाँका वचनहरू खान र पिउन, अनि आत्मचिन्तन गर्न सकेसम्म, परमेश्‍वरले मलाई अस्वीकार गर्नु हुने छैन। परमेश्‍वरले घृणा गर्ने भनेको ममा उहाँप्रति साँचो विश्‍वासको कमी हुनु हो, किनकि म सधैँ आशिष् पछ्याउँछु। यसबारे सोचेर, मेरो हृदयमा स्वतन्त्रताको भाव महसुस भयो र त्यस उपरान्त निष्क्रिय वा नकारात्मक महसुस गर्न छोडेँ। त्यसको सट्टा, मैले कामकुरालाई गहन रूपमा सोच्न र अध्ययन गर्न थालेँ, जसले गर्दा मैले सम्बन्धित सीपहरू सिक्नमा केही प्रगति गरेँ। म परमेश्‍वरलाई उहाँको मार्गदर्शनका लागि हृदयको गहिराइबाट धन्यवाद दिन्छु। मेरो शारीरिकअवस्था जस्तोसुकै भएपनि, वा मैले जस्तोसुकै परिणाम वा गन्तव्यको सामना गर्नुपरे पनि, म परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन र मेरा कर्तव्यहरू राम्रोसँग पूरा गर्न इच्छुक छु।

अघिल्लो:  ८. म यो रोजाइमा कहिल्यै पछुताउने छैन

अर्को:  १०. “अरूका कमीकमजोरीमाथि औँला नउठाउनु” पछाडि लुकेको मनसाय

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger