९२. परिवारको सतावटको पछाडि रहेको कथा

एक समय मेरो सुखी परिवार थियो, र मेरो श्रीमानले मलाई साह्रै माया गर्थे। एउटै मात्र दुःख लागेको कुरा भनेको विवाह भएको धेरै वर्षसम्म पनि मेरो सन्तान भएको थिएन। मैले धेरै नाम चलेका डाक्टरहरूलाई भेटेँ, धेरै पैसा खर्च गरेँ, तर केही काम लागेन। यसको कारण, म मेरो धेरैजसो समय पीडा र निराशाको स्थितिमा बिताएँ। सन् २०१५ मा एक दिन, एक जना सिस्टर मेरी सासूसँग भेला हुन मेरो घरमा आइन्। उनले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाइन् र मलाई सर्वशक्तिमान् परमेश्वरका धेरै वचनहरू पढेर सुनाइन्। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, मानिसहरूको नियति परमेश्वरकै हातमा छ, व्यक्तिसँग भएको सबै कुरा परमेश्वरले दिनुभएको हुन्छ, र कहिले सन्तान पाउने भन्ने कुरा पनि परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। क्रमिक रूपमा, मैले आफूलाई पीडाबाट मुक्त गर्न सकेँ, मलाई छोराछोरी नभएको बारेमा त्यति दुःख लाग्‍न छोड्यो, र मेरो मुड पहिलेको भन्दा निकै उज्यालो भएको थियो। पछि, मेरो एउटा सन्तान जन्मियो। त्यो बेला, मेरो श्रीमानले परमेश्वरमा विश्वास नगरे पनि, उनले हाम्रो आस्थामा साथ दिएका थिए। हाम्रो परिवार सुखी र मिलेको थियो, र हाम्रा छिमेकीहरू निकै डाहा गर्थे।

तर सुखका दिनहरू लामो समयसम्म रहेनन्। सन् २०१७ मा, मेरो श्रीमानका आमाबुबाले चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई गरेको निन्दा र बदनाम टिभीमा हेरेछन्, र चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेहरूलाई दमन गरिरहेको र पक्राउ गरिरहेको छ भन्ने देखेछन्। उनीहरूलाई पक्राउ पर्छु भन्ने डर लाग्यो र तिनीहरूले अबदेखि ब्रदर-सिस्टरहरूलाई बास दिने आँट गर्न सकेनन्। त्यसपछि तिनीहरूले मलाई पनि विश्वास गर्न छोड्न मनाउने प्रयास गरे। एक दिन, मेरो ससुराले गम्भीर शैलीमा भने, “मैले चिनियाँ कम्युनिस्ट पार्टीले जताततै सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई पक्राउ गरिरहेको टिभीमा देखेँ। धेरै मानिसहरूलाई पक्राउ गरिएको छ, र मैले सुनेको, तिनीहरूलाई पक्राउ गरेपछि, यातना दिइन्छ, र वयस्कदेखि छोराछोरीसम्म सम्पूर्ण परिवारले कष्ट भोग्छन्, र भविष्यमा, यी मानिसहरूका छोराछोरी कलेज जान, सेनामा भर्ती हुन, वा निजामती सेवक बन्‍न पाउँदैनन्। यस परिवारको खातिर, अबदेखि ब्रदर-सिस्टरहरूलाई हाम्रो घरमा भेलाका लागि आउन नदिनू। तिमीले पनि विश्वास गर्न छोड्नुपर्छ!” मेरी सासूले पनि यसो भन्दै ससुराको कुरामा सहमति जनाइन्, “एक जना सिस्टर चिनियाँ कम्युनिस्ट पार्टीको खोजी सूचीमा रहेछिन् र उनी भागिरहेकी छिन्, अनि अहिले पनि, उनी अझै घर जान सक्दिनन्। उनको छोराले सेनामा भर्ती हुनलाई आवेदन दिएको रहेछ, तर आमाले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको हुनाले, ऊ राजनीतिक पुनरावलोकनमा असफल भयो र उसलाई स्वीकार गरिएन। अहिले चिनियाँ कम्युनिस्ट पार्टीले कठोर रूपमा कारबाही गरिरहेको छ। तिमीले विश्‍वास गर्न छोड्नुपर्छ।” उनीहरूको कुरा सुनेपछि, मैले सोचेँ, “मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र हामीले परमेश्वरको आराधना गर्नु सही कुरा हो। यदि हामीले सतावटको डरले परमेश्वरमा विश्वास गर्न छोड्यौँ भने, के त्यो परमेश्वरलाई धोका दिनु होइन र?” त्यसकारण मैले भनेँ, “हामी परमेश्वरका वचनहरू पढ्न भेला हुँदै अनि जीवनको सही मार्गमा हिँड्दै परमेश्वरमा विश्वास गर्छौं। हामी कुनै गैरकानुनी काम गर्दैनौँ। चिनियाँ कम्युनिस्ट पार्टीले विश्वासीहरूलाई पक्राउ गर्छ र सताउँछ किनभने यो परमेश्वरको प्रतिरोध गर्ने नास्तिक पार्टी हो। भविष्यमा हामी अलिक होशियार चैं हुनुपर्छ।” मेरी सासूले भनिन्, “परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो, तर चिनियाँ कम्युनिस्ट पार्टीसँग लड्ने प्रयास व्यर्थ हुन्छ। चिनियाँ कम्युनिस्ट पार्टीले मानिसहरूलाई विश्वास गर्न दिँदैन, र यदि तिमीले जिद्दी गर्दै विश्वास गरिरह्यौ र एक दिन पक्राउ पर्‍यौ भने, यो परिवार बरबाद हुनेछ!” मैले उनीहरूसँग तर्क गर्न सक्दिनँ भन्ने देखेँ, त्यसकारण मैले थप केही पनि भनिनँ। पछि, मेरो श्रीमान पनि चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरूद्वारा बहकाउमा परे, र मेरो आस्थाले मलाई पक्राउ गराउनेछ र परिवारलाई मतियार ठान्नेछ भन्ने उनलाई डर थियो, त्यसकारण उनले मलाई प्रायजसो भेलाहरूमा सहभागी हुन र आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्थे। मप्रतिको मेरी सासूको मनोवृत्ति पनि निकै परिवर्तन भयो। उनले मलाई मेरो बच्‍चा हेर्न सहयोग गर्न नछोडेको मात्र होइन तर मलाई निगरानी पनि गर्न थालिन्। जब म बाहिर भेलामा जान्थेँ, उनले यो कुरा मेरो श्रीमानलाई सुनाउँथिन्, र मेरो श्रीमान प्रायजसो मसँग रिसाउँथे, अनि यदि म भेलाहरूमा गइरहेँ भने, ब्रदर-सिस्टरहरूलाई खोजेर बदला लिनेछु भनेर धम्की दिन्थे। मेरो सम्पूर्ण परिवारले मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्यो, र कसैले पनि मलाई बच्चा हेर्न सहयोग गर्थेनन्। म भेलाहरूमा जान वा आफ्नो कर्तव्य पूरा गर्न पाउँथिनँ, र मलाई निकै कमजोर र पीडा महसुस भयो। म प्रायजसो दुःखले रुन्थेँ, यी दिनहरू कहिले सकिएलान् भन्ने थाहा थिएन। कहिलेकहीँ म यस्तो समेत सोच्थेँ, “यदि मैले तिनीहरूको कुरा सुनेँ र भेलाहरूमा जान छोडेँ भने, यो घरझगडा रोकिनेछैन र? के हाम्रो परिवार पहिलेको सुखी जीवनमा फर्केर आउन सक्छ?” तर यसरी सोच्नु गलत कुरा हो भन्ने मलाई थाहा थियो। मैले उनीहरूलाई खुशी पार्न परमेश्वरलाई धोका दिन सक्थिनँ। यदि मैले त्यसो गरेँ भने ममा साँच्चै नै विवेकको कमी हुनेथियो।

पछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरो स्थिति अलिक परिवर्तन भयो। परमेश्‍वर भन्‍नुहुन्छ: “आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ प्रेम गर्दैनस् भने, सम्भवतः तेरो निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तँ आफ्नो वरिपरि समाधान गर्न नसकिने कुराहरू भएको जस्तो महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; यसबाहेक, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्‍वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचदेखि बाहिर छ भन्‍ने महसुस गर्नेछस्। यी सबैको कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकोले, र परमेश्‍वरको अभिप्रायहरू पूरा गर्न नसक्ने धेरै कुरा भएकोले तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण प्राप्त गरिन्छ भन्‍ने कुरालाई तैँले स्पष्ट रूपमा देख्‍नुपर्छ। यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनैपर्छ र उहाँको योजनाबद्ध कार्यको कृपामा हुनैपर्छ; यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरू पढ्दा यसले मलाई गहन रूपमा छोएको थियो। मेरो परिवारले चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरूमा विश्वास गर्‍यो, मलाई सतायो र परमेश्वरमा विश्वास गर्नबाट रोक्यो, मलाई सम्झौता गरौँ-गरौँ बनायो। म अत्यन्तै कमजोर थिएँ र ममा कदको कमी थियो। कम्युनिस्ट पार्टीले परमेश्वरलाई प्रतिरोध गर्छ, र यसले शासन गर्ने देशमा परमेश्वरमा विश्वास गर्ने, उहाँलाई पछ्याउने र जीवनको सही मार्गमा हिँड्ने मानिसहरूले प्रशस्तै बाधाहरूको सामना गर्नुपर्छ। मेरो परिवारको सतावट मेरो लागि परीक्षा पनि थियो, म परमेश्वरको पक्षमा खडा हुन्छु कि शैतानको पक्षमा भनेर हेर्नका लागि गरिएको परीक्षा। यसको बारेमा विचार गरेपछि, मैले के सङ्कल्प गरेँ भने मेरो परिवारले मलाई जसरी सताए पनि, म कहिल्यै पनि सम्झौता गर्नेछैनँ, र मैले जति नै धेरै कष्ट भोगे पनि, म परमेश्वरलाई अन्त्यसम्मै पछ्याउनेछु। पछि, म मेरो बच्‍चासँग अर्को घरमा सरेँ, र म तबदेखि मेरा सासू-ससुराहरूको निगरानीमा थिइनँ। मेरो श्रीमान काम गर्न दिउँसो घर बाहिर नै हुन्थे, र मै फेरि पनि भेलाहरूमा सहभागी हुन र आफ्नो कर्तव्य पूरा गर्न पाउन थालेँ। म निकै खुशी थिएँ।

पछि, मसँग भेला हुन सिस्टर चेन पिङ आएकी थिइन्, तर मेरो श्रीमानले भेटे, र उनलाई घरबाट लखेटे, त्यसपछि उनले मलाई रिसाउँदै भने, “त्यस्ता मानिसहरूलाई अबदेखि भेलाका लागि हाम्रो घरमा आउन अनुमति छैन। यदि पुलिसले थाहा पायो भने, हाम्रो सम्पूर्ण परिवारले कष्ट भोग्नेछ। यदि मैले तिनीहरूलाई फेरि यहाँ भेट्टाएँ भने, पुलिसलाई फोन गर्नेछु!” म क्रोधित भएँ र उनीसँग तर्क गरेँ, तर मैले जे भने पनि, मेरो श्रीमानले मलाई परमेश्वरमा विश्वास गर्न दिएनन्। मैले सिस्टर चेन पिङ अबदेखि मसँग भेला हुन आउन पाउँदिनन् भन्ने बारेमा सोचेँ, र मेरो छोरा यति सानो भएकोले, मैले उसलाई भेलाहरूमा लिएर जान र आफ्नो कर्तव्य पूरा गर्न सक्दिनथिएँ। मलाई भित्री रूपमा कमजोरी महसुस भयो, र मलाई आस्थाको मार्ग अत्यन्तै गाह्रो छ, र मैले केही समयका लागि आफ्नो कर्तव्य पूरा गर्न छोडेर मेरो बच्‍चा ठूलो भएपछि मात्रै फेरि काम सुरु गर्नुपर्छ होला भन्ने लाग्यो। पछि, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्नो स्थितिको बारेमा केही समझशक्ति प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ, र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले त्यो व्यक्तिलाई निगाह र अनुमोदन गर्नुहुन्छ, तब शैतान पछिपछि लाग्छ, र उक्त व्यक्तिलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई अवरोध गर्न आफ्नो भएभरको शक्ति लगाउँछ, र प्रलोभनमा पार्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्‍ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानवजाति कति खराब छ भनेर देख्‍न सक्छौ; तर वास्तविक शैतान कति खराब छ भनी तिमीहरूले देखेका छैनौ। तर अय्यूबसँग सम्बन्धित मामलामा, तिमीहरूले शैतान कति दुष्‍ट छ भनेर देखेका छौ। यो मामलाले शैतानको घृणित मुहार र यसको सारलाई एकदमै स्पष्‍ट पारेको छ। परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा र नियन्त्रण गर्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्वरका वचनहरूबाट, मैले शैतानको दुष्टता र नीचतालाई स्पष्ट रूपमा देखेँ। परमेश्वरले मानिसहरूलाई मुक्ति दिन काम गर्नुहुन्छ, तर शैतानले मानिसहरूलाई परमेश्वरलाई पछ्याउनबाट रोक्न सक्दो प्रयास गर्छ। यसले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्न सबै किसिमका अफवाहहरू बनाउँछ, र यसले विश्वासीहरूलाई राज्यका मुख्य अपराधीहरूका रूपमा व्यवहार गर्छ, तिनीहरूलाई पक्राउ गर्छ र सताउँछ, इसाईहरूका परिवारलाई समेत मतियार देखाउँछ, हाम्रा गैरविश्वासी आफन्तहरूलाई धम्की दिने र हाम्रो आस्थामा बाधा र व्यवधान ल्याउन तिनीहरूलाई प्रयोग गर्ने गर्छन्। ठूलो रातो अजिङ्गरले यो सब गर्नुको दुष्ट उद्देश्य भनेको हामी सबैलाई परमेश्वरलाई धोका दिन र यससँगै नरकमा जान लगाउनु हो। मेरो परिवार चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गर्नेछ भन्ने डराएको थियो र तिनीहरूले परमेश्वरमा विश्वास गर्ने आँट गरेनन्, र मेरो विश्वासमा बाधा दिन तिनीहरू सँगै मिले। जब मैले सतावटको सामना गरेँ, तब मलाई कमजोर महसुस भयो, र हाम्रो सुखी सानो परिवारको रक्षा गर्न आफ्नो कर्तव्य त्याग्‍न मन लाग्यो। यसको अर्थ शैतानको पासोमा पर्नु थियो! यो कुरा बुझेपछि, मैले के सङ्कल्प गरेँ भने अगाडि रहेको बाटो जति नै कठिन भए पनि, म सम्झौता गर्नेछैनँ, र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुनका लागि मैले परमेश्वरमा भरोसा गर्नुपर्छ। पछि, मैले मेरो बच्चालाई गोप्य रूपमा भेलाहरूमा लिएर गएँ। अचम्मको कुरा, हामी सिस्टरको घरमा पुगेपछि ऊ निदायो, र हाम्रो भेला समाप्त भएपछि मात्रै बिउँझियो, जसको अर्थ मैले शान्तिको साथ भेलाहरूमा सहभागी हुन पाएँ। पछि, मलाई मण्डली अगुवाको रूपमा निर्वाचित गरियो, र मण्डलीको काम अत्यन्तै व्यस्त भयो, त्यसकारण मैले मेरो छोरालाई किन्डरगार्टनमा पठाएँ र आफ्नो कर्तव्य पूरा गरिरहेँ।

सन् २०१८ मा, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई लक्षित गर्दै अर्को विशेष कारबाही सुरु गर्‍यो, र सबै सडकहरूमा “सर्वशक्तिमान् परमेश्वरको मण्डलीको विरुद्धमा कडा कारबाही” भनेर लेखिएका ब्यानरहरू टाँसिएका थिए र “सफाइ पूरा नभएसम्म सेना फिर्ता हुनेछैन।” आवासीय क्षेत्रमा राखिएका लाउडस्पिकरहरूमा बिहानदेखि रातीसम्म निरन्तर घोषणाहरू दोहोर्‍याई-दोहोर्‍याई बजिरहन्थ्यो, जनतालाई भड्काएर पक्राउ पर्ने हरेक व्यक्ति बराबर २,००० युआनको इनाम प्राप्त हुन्छ भन्दै सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने मानिसहरूका बारेमा रिपोर्ट गर्न लगाउने उद्देश्यले। त्यो अवधिमा, धेरै ब्रदर-सिस्टरहरूलाई पक्राउ गरियो, सहरमा अँध्यारो बादल र तनाव छाएको थियो। मेरो श्रीमानलाई म पक्राउ पर्छु भन्ने डर लाग्यो र उनले मलाई अझै गम्भीर रूपमा सताउन थाले। एक दिन, म निस्कन लागेको बेला, मेरो श्रीमानले मलाई भने, “तँ गुप्तमा भेलाहरूमा जान्छेस् भन्‍ने मलाई थाहा छैन भनेर नसोच्। तँ कति व्यस्त छेस् भन्‍ने थाहा छ, अहिले तँ पक्‍कै पनि अगुवा भइसकेको हुनुपर्छ! पुलिसले विशेष रूपमा ती मानिसलाई पक्राउ गर्छ जो सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छन्। हेर् त, सडकभरि निगरानी क्यामेरा र निगरानी यन्त्रहरू छन्, र पुलिसले कुनै पनि बेला तँलाई पक्रन सक्छ। तैँले अबदेखि विश्वास गर्न पाउँदैनस्, नत्र तैँले हामीलाई पनि आफूसँगै जाक्नेछेस्! तैँले अहिले नै मेरो लागि ग्यारेन्टी लेख्‍नुपर्छ, र अबदेखि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्दिनँ भनेर प्रतिज्ञा गर्नुपर्छ। यदि तैँले यो लेखिनस् भने, म तँलाई यो घरबाट निकाल्छु र तैँले हाम्रो बच्‍चालाई फेरि कहिल्यै देख्नेछैनस्!” उनले यसो भनेको सुन्दा म छक्क परेँ। चिनियाँ कम्युनिस्ट पार्टीका दियाबलसहरूले मात्रै कुनै व्यक्तिलाई परमेश्वरमा विश्वास गर्दिनँ भनेर ग्यारेन्टी लेख्न लगाउँछन्। के उनी दियाबलस होइनन् र! मैले दृढताको साथ भनेँ, “सर्वशक्तिमान् परमेश्वर नै मानवजातिलाई मुक्ति दिन आउनुभएका मुक्तिदाता हुनुहुन्छ, म कहिल्यै पनि परमेश्वरलाई धोका दिनेछैनँ, ग्यारेन्टी लेख्नु त परको कुरा हो!” यो कुराले मेरो श्रीमानलाई रिसले चूर बनायो, र उनले बायाँ हातले मेरो घाँटी समाते र दाहिने हातले मलाई दुई झापड हाने। तत्कालै मेरो अनुहार पीडाले पोल्‍न थाल्यो, र गालाबाट अनियन्त्रित रूपमा आँसु बग्‍न थाल्यो। सँगै बसेका यति वर्षहरूमा, मेरो श्रीमानले मलाई कहिल्यै कुटपिट गरेका थिएनन्, तर त्यो दिन, उनले चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरूमा विश्वास गरेर मलाई झापड हाने। मलाई अत्यन्तै चोट लाग्यो र कमजोर महसुस भयो। मैले आँसु झार्दै परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई आस्था र शक्ति दिनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। भेलामा जाने समय भएको देखेर, मैले निस्कने बहाना बनाएँ। तर मेरो श्रीमानले मलाई रोके, र भने, “आज म तँलाई पछ्याएर मात्रै बस्छु। यदि तैँले भेलामा जाने दुस्साहस गरिस् भने, म पुलिसलाई फोन गर्नेछु र तिमीहरू सबैलाई पक्राउ गराउनेछु!”

तर त्यसपछि, मैले अझै पनि भेलामा सहभागी हुने उपाय निकालेँ। मेरो श्रीमानले मैले उनको कुरा नसुनिरहेको देखे, त्यसकारण उनले मेरा आमाबुबा र आफन्तहरूका अगाडि मेरो बारेमा निकै नराम्रा कुराहरू भने, र मलाई विश्वास नगर्नका लागि मनाउन मेरो परिवारलाई लगाउने प्रयास गरिरहेका थिए। मेरी आमाले भन्नुभयो, “ऊ कस्तो छे मलाई थाहा छ। ऊ तपाईंको घरमा आएदेखि, उसले तपाईंसँग तर्क गरेको छैन, र उसले आफूले गर्नुपर्ने सबै कुरा गरेकी छे। ऊ परमेश्वरमा विश्वास मात्रै गर्छे। यसमा के गलत भयो र?” मेरो दाजुले पनि उनलाई मनाउने प्रयास गर्नुभयो। मेरो परिवारले उनको पक्ष नलिने देखेर, मेरो श्रीमान रिसले चूर भए। उनले मैले परमेश्वरका वचनहरू पढ्ने मेरो MP5 प्लेयर भेट्टाए र यसलाई फुटाए। उनले बाइबल पनि च्यातिदिए, त्यसपछि उनले बाथरूमको सिसाको ढोका, हाम्रो भान्साका धेरैजसो सामानहरू, र अरू धेरै कुराहरू फुटाए। मेरा सासू-ससुराहरू थाहा पाएपछि मेरो घरमा हतार-हतार आए, र मलाई रिसले यसो भन्दै आलोचना गरे, “कम्युनिस्ट पार्टीले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न दिँदैन, त्यसकारण के तिमीले विश्वास गर्न छोड्नु पर्दैन र? यदि तिमी अझै पनि परमेश्वरमा विश्वास गर्न जिद्दी गर्छौ र पक्राउ पर्‍यौ भने, यसले हाम्रो परिवारमा विपत्ति ल्याउनेछ। तिम्रो श्रीमानलाई अबदेखि कुनै पनि भवन निर्माणको ठेक्का दिइँदैन, हाम्रो सम्पत्ति जफत हुनेछ, त्यसपछि सम्पूर्ण परिवारसँग जिउने कुनै माध्यम हुनेछैन। यो सबै कुरा आज समाप्त हुन्छ! पुस्तकहरू फ्याँक र विश्वास गर्न छोड!” मेरी सासूले मेरो ससुरालाई चेन पिङको घरमा गएर उनीसँग बदला लिन पनि लगाइन्। मैले सोचेँ चेन पिङ मण्डलीको कामका लागि जिम्मेवार छिन्, र यदि उनलाई केही भयो भने, सम्पूर्ण मण्डलीमा असर पर्नेछ, अनि मैले रिसले यसो भनेँ, “परमेश्वरमा विश्वास गर्नु मेरो आफ्नै निर्णय हो। अरूलाई झिज्याउँदै नहिँड्नुहोस्। अबदेखि, उनी यहाँ आउँदिनन्, र म उनीकहाँ जाँदिनँ।” मैले यसो भनेको सुनेपछि, तिनीहरूले मैले सम्झौता गरेको छु भन्ने सोचे र तिनीहरू गए। तर पछि, मेरो श्रीमान अझै पनि चेन पिङलाई झिज्याउन उनको घरमा गए, जसले गर्दा उनीसँग आफ्नो कर्तव्य पूरा गर्नका लागि घर छोडेर जाने बाहेक कुनै विकल्प रहेन। मेरो कारणले चेन पिङ कसरी घर फर्केर जान पाइनन् भन्‍ने बारेमा सोच्दा, मलाई निकै ग्लानि र असहज भयो, र मेरो परिवारको सतावटको कारण, मैले ब्रदर-सिस्टरहरूलाई कसरी सम्पर्क गर्न पाएकी छैन भन्ने बारेमा पनि सोचेँ। मैले आफ्नो दिनहरू अत्यन्त दबाबको स्थितिमा बिताएँ। मेरो श्रीमानले देख्नेछन् भन्ने डरले, म परमेश्वरका वचनहरू पढ्दा होशियार हुनुपर्थ्यो, र हाम्रो ठूलो कोठालाई हेर्दा, मलाई आफू पिँजडामा फसेको चरो हुँ जस्तो लाग्थ्यो। जीवन सहज भए पनि, मलाई कुनै खुशीको महसुस हुन्थेन। मैले परमेश्वरमा विश्वास गर्न र उहाँका वचनहरू स्वतन्त्र रूपमा पढ्न पाए हुनेथियो भनेर धेरै कामना गरेँ!

केही समयपछि नै, मेरो श्रीमानले भने, “पुलिस चौकीका एक जना साथीले भनेको सरकारले तिमीहरू सर्वशक्तिमान् परमेश्वरको विश्वासीका विरुद्धमा विशेष कारबाही चलाइरहेको छ र तिनीहरूले तँलाई पक्रेपछि, कुनै पनि रकमले तँलाई जमानत दिन सक्दैन। खोरमा तैँले कष्ट भोग्‍ने मात्र छैनस्, तर हाम्रो सम्पूर्ण परिवार पनि तँसँग नै जाकिनेछ। सरकारले सबै धार्मिक आस्थाहरूलाई निषेध गर्न चाहन्छ। थ्री-सेल्फ मण्डली समेत तोडिनेछ। के चिनियाँ कम्युनिस्ट पार्टीको कुरा नसुनी बसेर तिमीहरूले राम्रो जीवन जिउन पाउँछौ भन्ने लाग्छ? चीनमा परमेश्वरमा विश्वास गर्नु भनेको मृत्युको कामना गर्नु हो! म तेरो आस्थाको कारण निरन्तर डर र तनावमा जिउन चाहन्नँ। तँसँग दुई वटा विकल्प छन्: एक, आफ्नो आस्था त्याग् र हाम्रो छोराको हेरचाह गर्न घरमा बस्। यदि तैँले यसो गरिस् भने, यो परिवारको इन्चार्ज तँ नै हुनेछस्, र म सबै कुरामा तेरो कुरा सुन्‍नेछु। दुई, आफ्नो आस्था कायम राख्, तर हाम्रो छोरालाई छोडेर जा, र यो घरबाट केही नलिई जा।” हाम्रो वैवाहिक सम्बन्ध समाप्त भएको छ भन्ने कुरा मलाई स्पष्ट भयो। मलाई अत्यन्तै दुःख लाग्यो, र मेरो छोरा यति सानै उमेरमा आफ्नी आमाबाट अलग हुनुपर्ने अवस्थाको बारेमा सोच्दा, मलाई विशेष रूपमा कमजोर महसुस भयो र मैले चुपचाप आँसु झारेँ। मेरो परिवार तोडिन लागेको अवस्थाको सामना गर्दा, चलचित्रका दृश्यहरू जस्तै मेरो मनमा विगत झलझली आउन थाले। के मैले यतिका वर्ष मेहनत गरेर निर्माण गरेको परिवारलाई साँच्‍चै त्याग्न सक्छु? खास गरी, जब मैले मेरो बच्‍चाबाट अलग हुने र उसलाई हुर्केको हेर्न नपाउने बारेमा विचार गरेँ, छोड्ने कुरा दश हजार गुणा गाह्रो लाग्यो। मेरो मुटुमा छुराले काटेको जस्तै पीडा भयो, र मेरो टाउको घुमिरहेको थियो। मेरो पीडादायी संघर्षमा, मेरो मनमा यस्तो विचार आयो, “यदि मैले परमेश्वरमा विश्वास गर्न छोडेँ भने, मेरो श्रीमानले मलाई डिभोर्स गर्नेछैन, मैले आफ्‍ना दिनहरू मेरो बच्‍चासँग बिताउन पाउँछु, र सम्पूर्ण परिवार पहिलेको अवस्थामा फर्केर आउन सक्छ, सुखी पारिवारिक आनन्दमा जिउन पाउँछ।” जब मैले यस्तो सोचेँ, तब यो परमेश्‍वरप्रतिको धोका हो भन्ने महसुस गरेँ। मैले परमेश्वरमा विश्वास नगर्दाको समयमा अन्धकार र खोक्रोपनमा जिउँदै मेरा दिनहरू बिताएको, अनि मलाई कष्टको यो समुद्रबाट मुक्ति दिने, मलाई सत्यता प्रदान गर्ने र मुक्ति पाउने मौका दिने परमेश्वर नै हुनुहुन्थ्यो भन्ने कुरा सम्झेँ। यदि मैले आफ्नो परिवारको खातिर परमेश्वरलाई धोका दिने निर्णय गरेँ भने, म परमेश्वरको मुक्ति पाउन लायक हुनेथिइनँ! त्यसकारण मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईंलाई धोका दिन चाहन्नँ, म तपाईंमा विश्वास गर्न, आफ्नो कर्तव्य पूरा गर्न, र तपाईंको प्रेमको ऋण तिर्न चाहन्छु, तर म मेरो सन्तानलाई छोडेर जान सक्दिनँ। म साह्रै कमजोर छु। बिन्ती छ मलाई विश्‍वास र शक्ति दिनुहोस्।” प्रार्थना गरेपछि, मलाई परमेश्वरका वचनहरूको एउटा भजन याद आयो, जसको शीर्षक छ “सत्यताको लागि सबै त्याग्‍नुपर्छ”:

१  तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अल्पकालिन आनन्दका खातिर तैँले जीवनभरको इज्जत र सत्यनिष्ठालाई गुमाउनु हुँदैन।

२  तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌ र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइमा, मैले के बुझेँ भने मैले आफ्नो परिवारलाई रक्षा गर्न परमेश्वरलाई धोका दिन सक्दिनँ। मैले परमेश्वरले मानिसहरूलाई शैतानको शक्तिबाट मुक्ति दिनका लागि, मानिसहरूका बीचमा बोल्‍न र काम गर्न सबै किसिमका कष्ट सहँदै देह बनेर ठूलो अपमान भोग्‍नुहुन्छ भन्‍ने बारेमा सोचेँ। परमेश्वरले आफ्नो सबै सावधानीपूर्ण मूल्य चुकाउनुभएको छ। यदि मैले मेरो परिवारको खुशीका लागि परमेश्वरलाई धोका दिएँ भने, मसँग कुन हिसाबमा विवेक वा मानव गरिमा हुनेथियो र? परमेश्वरमाथिको मेरो विश्वासमा मैले सत्यता र परमेश्वरको मुक्ति पछ्याउनु जीवनको सही मार्ग हो, र सत्यता प्राप्त गर्नका लागि सबै कष्ट भोग्‍नु सार्थक हुन्छ। जीवनको शारीरिक आनन्द वा सहजता जे भए पनि, यो सबै खोक्रो हुन्छ, अनि सत्यता प्राप्त गरेर मात्रै व्यक्तिले मुक्ति पाउन सक्छ र ऊ जिउन सक्छ। मैले मेरो बच्‍चा र परिवारको खातिर सत्यतालाई त्याग्नु हुँदैन र परमेश्वरलाई धोका दिनु हुँदैन। म दह्रिलो हुनुपर्थ्यो, मैले सत्यता पछ्याउनुपर्थ्यो, परमेश्वरको प्रेमको ऋण तिर्नुपर्थ्यो, र अर्थपूर्ण जीवन जिउनुपर्थ्यो। त्यो बेला, सबै कुरा स्पष्ट भयो। मेरो श्रीमानले मलाई जसरी दबाब दिए पनि, म कहिल्यै पनि परमेश्वरलाई धोका दिन केही गर्नेछैनँ। मेरो श्रीमानले मलाई डिभोर्स गर्न दबाब दिइरहेका थिए, किनभने मलाई पक्राउ गरियो भने, मैले उनलाई आफूसँगै जाक्नेछु भन्‍ने डर थियो। उनले आफ्नै स्वार्थहरूको रक्षा गर्न काम गरिरहेका थिए। परमेश्वरले मात्रै मानिसहरूलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ भन्ने मैले देखेँ। मानिसहरूका बीचमा रहेको प्रेम कहाँ छ? मानिसहरूको बीचमा रहेका सम्बन्धहरू व्यक्तिगत स्वार्थद्वारा मात्रै प्रेरित हुन्छन्, र जब प्राप्त गर्नका लागि कुनै स्वार्थ हुँदैन, तब मानिसहरू शत्रु बन्छन्। परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो भन्ने कुरा मेरो श्रीमानलाई स्पष्ट रूपमा थाहा थियो तर पनि मलाई दबाब दिन चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा उनी खडा भए। उहाँको सार परमेश्‍वरप्रति प्रतिरोधमा थियो, र चिनियाँ कम्युनिस्ट पार्टीलाई पछ्याएर, उनले बरबादी र विनाशको बाटो पछ्याइरहेका थिए। यस बीच, परमेश्वरमा विश्वास गरेर अनि सत्यता पछ्याएर, मैले मुक्तिको मार्ग पछ्याइरहेकी थिएँ। हाम्रा मार्गहरू आधारभूत रूपमा फरक थिए। सँगै बस्दा उनको निरन्तर दबाबमा पर्नु मात्रै थियो, र परमेश्वरमा स्वतन्त्र रूपमा विश्वास गर्ने वा सत्यता पछ्याउने कुनै उपाय बाँकी रहनेथिएन। त्यसकारण, मैले शान्त भएर भनेँ, “तपाईंले डिभोर्स गर्ने प्रस्ताव गर्नुभएको हुनाले, म सहमत छु।” मेरो श्रीमानले ओठ लेब्र्याउँदै भने, “हामी डिभोर्स भएपछि, तैँले हाम्रो बच्‍चालाई फेरि कहिल्यै देख्‍नेछैनस्, र तँ उसलाई भेट्न आइस् भन्‍ने थाहा पाएँ भने, म पुलिसलाई फोन गर्नेछु र तिमीहरू सबैलाई पक्राउनेछु!” त्यसपछि मेरी सासू मलाई मनाउने प्रयास गर्न यसो भन्दै आइन्, “यदि तिमीले परमेश्वरमा विश्वास गर्न छोड्यौ भने, आफ्नो बच्‍चालाई आफूले चाहेको ठाउँमा लैजान सक्छौ, र सुखी जीवन जिउन सक्छौ! यसको साथै, ऊ सानै छ; तिमी कसरी छोडेर जान सक्छौ?” मेरी सासूका शब्दहरू सुनेपछि, मेरो हृदयमा छुराले प्रहार गरेको जस्तो लाग्यो। मैले सोचेँ, “ऊ जन्मेदेखि नै, ऊ मबाट कहिल्यै अलग भएको छैन। भविष्यमा उसको हेरचाह कसले गर्नेछ? के उसले कष्ट भोग्नेछ? के अरूले उसलाई हेप्नेछन्? यदि ऊ बिरामी भयो र उसको हेरचाह गर्ने कोही भएन भने के गर्ने?” मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै पीडा भयो। त्यसपछि मलाई परमेश्वरका यी वचनहरू याद आयो: “मेरा अभिप्रायहरू बुझ्‍ने सबैलाई म सधैँ सान्त्वना दिन्छु, अनि म तिनीहरूलाई कष्ट भोग्न वा हानिमा पर्न दिनेछैनँ। मेरा अभिप्रायहरूअनुसार कामको पहल गर्नु नै अहिलेको लागि निकै महत्त्वपूर्ण कुरा हो। यसो गर्नेहरूले निश्चय नै मेरा आशिषहरू प्राप्त गर्नेछन् अनि तिनीहरू मेरो सुरक्षामुनि आउनेछन्। कसले साँचो रूपले अनि पूर्ण रूपले मेरो निम्ति आफैलाई समर्पित गर्न अनि मेरो खातिर तिनीहरूको सबै कुरा अर्पण गर्न सक्छन्? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू घर, बाहिरी संसार, खाना र वस्‍त्रको बारेमा सोचेर नै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्‍ने तथ्यको बाबजुद पनि, मनको गहिराइमा तैँले अझै घरकी श्रीमती, बच्चाहरू अनि बाबुआमाको बारेमा सोचिरहेको छस्। के यी सबै कुराहरू तेरो सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्‍वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारबारे सधैँ चिन्ता गर्छस् र तेरा प्रियजनहरूका लागि चिन्तित हुन्छस्! के तेरो हृदयमा मेरो निम्ति निश्चित ठाउँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९)। “जन्‍म दिने र हुर्काउनेबाहेक, छोराछोरीको जीवनमा आमाबाबुको जिम्‍मेवारी भनेको तिनीहरूलाई हुर्कनका निम्ति औपचारिक वातावरण दिनु मात्रै हो, र कुरा त्यति हो, किनभने सृष्टिकर्ताको पूर्वनिर्धारित योजनाले बाहेक व्यक्तिको नियतिमा अरू केहीले पनि प्रभाव पार्दैन। कुनै व्यक्तिको भविष्य कस्तो हुनेछ भन्ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन; यो धेरै पहिले अग्रिम रूपमा पूर्वनिर्धारण गरिएको हुन्छ, र व्यक्तिको बाबुआमाले समेत उसको नियति परिवर्तन गर्न सक्दैन। नियतिका बारेमा भन्नुपर्दा, हरेक व्यक्ति स्वतन्त्र हुन्छ, र हरेकको आ-आफ्‍नै नियति हुन्छ। त्यसैले, कसैको बाबुआमाले उसको जीवनको नियतिलाई पटक्कै बाधा दिन सक्दैन वा उसले जीवनमा खेल्‍ने भूमिकामा अलिकति पनि प्रभाव पार्न सक्दैन। के भन्‍न सकिन्छ भने, व्यक्तिले जुन परिवारमा जन्‍मिने र जुन वातावरणमा हुर्कने नियति ल्याएर आएको हुन्छ, त्यो जीवनमा व्यक्तिको मिसनलाई पूरा गर्ने पूर्वसर्त बाहेक केही पनि होइन। तिनीहरूले कुनै पनि हालतमा व्यक्तिको जीवनको नियतिलाई निर्धारित गर्दैनन् वा जुन प्रकारको नियतिमा व्यक्तिले आफ्‍नो मिसन पूरा गर्छ त्यसलाई निर्धारित गर्दैनन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए। मैले सोचेँ, म रोगको कारण धेरै वर्षसम्म बाँझी भएकी थिएँ, र नाम चलेका डाक्टरहरूले समेत केही गर्न सकेका थिएनन्, र म अन्धकार र पीडामा जिइरहेको बेला, मलाई ज्योति दिने, परमेश्वरको सार्वभौमिकता र विधि-विधान बुझ्न सहयोग गर्ने परमेश्वरका वचनहरू नै थिए, र तिनले मलाई पीडाबाट मुक्त गर्न सहयोग गरे। पछि, मैले आश्‍चर्यजनक रूपमा छोरा जन्माएँ। मेरो परिवार र बच्‍चा परमेश्वरबाट आएका वरदानहरू हुन्। मैले सधैँ मेरो बच्‍चाको राम्रो हेरचाह गर्न सक्छु भन्ने सोचेकी थिएँ, र उसलाई कहिल्यै पनि परमेश्वरको हातमा सुम्पेको थिइनँ। परमेश्वरका वचनहरूले मलाई के बुझ्‍न सहयोग गरे भने वास्तवमा हरेक व्यक्तिको रेखदेख, संरक्षण र भरणपोषण गर्ने परमेश्वर नै हुनुहुन्छ। मेरो छोराको भाग्य परमेश्वरको हातमा छ, र उहाँले उसको लागि सबै कुरा मिलाउनुहुनेछ। उसको नियति र उसले कष्ट भोग्छ कि भोग्दैन भन्ने कुरा सबै परमेश्वरले निर्धारित गर्नुहुन्छ। म घरमा हुँदा मात्रै मैले उसलाई राम्ररी हेरचाह गर्न सक्छु भन्‍ने होइन, न त हरेक दिन सँगै बसेर मैले उसको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी नै दिन सक्छु। मैले मेरो बच्‍चासँग सम्बन्धित सबै कुरा परमेश्वरलाई सुम्पनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा ध्यान दिनुपर्छ। यसरी सोच्दा, मैले मेरो बच्‍चाका बारेमा रहेका मेरा केही चिन्ताहरूबाट स्वतन्त्र भएँ, र मेरो हृदयमा उप्रान्त यस्तो पीडा रहेन। मेरी सासूले अझै पनि मेरो बारेमा गुनासो गरिरहेकी थिइन्, तर म उनीसँग तर्क गर्न चाहन्नँथिएँ, र मैले मनमनै सोचेँ, “स्पष्टै छ, आफ्नो रक्षा गर्न डिभोर्स चाहने तिम्रो छोरा नै हो, तैपनि परमेश्वरमाथिको मेरो विश्‍वासको कारण मैले मेरो परिवार र बच्‍चालाई त्यागेको छु भनेर तिमी भन्छौ। के तिमीले सत्यतालाई उल्ट्याइरहेको छैनौ र?”

मलाई हाम्रो क्षेत्रका एक जना ब्रदरको बारेमा पनि याद आयो, जसलाई उनको आस्थाको कारण चिनियाँ कम्युनिस्ट पार्टीले खेदो गरेको थियो। उनले आफ्नो वृद्ध, पक्षाघात बुबाको हेरचाह गर्न गुप्तमा घर फर्केर जानलाई आफ्नो ज्यान जोखिममा पारेको थियो, तर चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई पक्राउ गरेर कुटी मार्‍यो। विश्‍वासीहरूले कुन तरिकाले आफ्नो परिवार त्यागिरहेका थिए? के यस्तो परिणामहरू आउनु चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूमाथि गरेको क्रूर सतावट नै होइन र? मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “हजारौँ वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई अप्रत्याशित रूपमा मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका छन्? मानव संसारका मामिलाबारे तिनीहरूले कसरी बुझ्ने सके तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण गर्छन् र लुट्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई अचेत होउन्जेल लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई छाकछोप गर्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले के देखेँ भने चिनियाँ कम्युनिस्ट पार्टी साँच्चै नै परमेश्वरको प्रतिरोध गर्ने र मानिसहरूलाई हानि गर्ने दुष्ट पिशाच हो। यसले धार्मिक स्वतन्त्रतालाई समर्थन गर्ने बहाना गर्छ, तर गुप्तमा, यसले उन्मत्त भई परमेश्वरलाई प्रतिरोध गर्छ र उहाँका चुनिएका मानिसहरूलाई पक्राउ गरी सताउँछ। चिनियाँ कम्युनिस्ट पार्टीलाई साँच्चै नै श्राप दिनुपर्छ र घृणा गर्नुपर्छ! पृथ्वीमा सत्यता व्यक्त गर्न, मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिनका लागि परमेश्वर देहधारी हुनुभएको छ, तर चिनियाँ कम्युनिस्ट पार्टीले उन्मत्त भई बाधा र अवरोधहरू पैदा गर्छ। परमेश्वरका चुनिएका मानिसहरूलाई पक्राउ गरी सताउन र उहाँको कामलाई नष्ट गर्नका लागि, वर्षौंदेखि, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई दमन गर्न विभिन्न विशेष कारबाहीहरू चलाएको मात्र होइन, यसले ब्रदर-सिस्टरहरूलाई निगरानी गर्न र पक्राउ गर्न मोबाइल फोन ट्र्याकिङ पनि प्रयोग गर्छ र सडकमा विद्युतीय निगरानी पनि स्थापना गर्छ, धेरै ब्रदर-सिस्टरहरूलाई घरविहीन तुल्याउँछ र तिनीहरूका परिवारबाट अलग गराउँछ, अनि धेरै ब्रदर-सिस्टरहरूलाई पक्राउ गरिएको, जेलमा यातना दिइएको, र पिटेर मारिएको समेत गरिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूका परिवारहरूलाई काम गर्ने र स्कुल जाने तिनीहरूको अधिकारबाट पनि वञ्चित गर्छ, पारिवारिक द्वन्द्व पैदा गर्ने र उक्साउने गर्छ, र असङ्ख्य परिवारहरू विभाजित तुल्याउँछ। चिनियाँ कम्युनिस्ट पार्टी साँच्चै नै घृणित र दुष्ट छ! कुनै बेला सुखी रहेको मेरो परिवार भत्किएको र विभाजित भएको थियो चिनियाँ कम्युनिस्ट पार्टीका अफवाह र दमनकै कारणले। चिनियाँ कम्युनिस्ट पार्टी परमेश्वरको प्रतिरोध गर्ने, मानिसहरूलाई हानि गर्ने र निल्‍ने दुष्ट समूह हो! यी सतावटहरू भोगेर, मैले परमेश्वरको बुद्धि शैतानका युक्तिहरूका आधारमा प्रयोग हुन्छ भन्ने पनि देखेँ। चिनियाँ कम्युनिस्ट पार्टीले उन्मत्त रूपमा सताएको भए पनि, यसले परमेश्वरका चुनिएका मानिसहरूको उहाँलाई पछ्याउने सङ्कल्पलाई हल्लाएको छैन। बरु, झन्-झन् धेरै मानिसहरूले परमेश्वरको आखिरी दिनहरूको मुक्तिलाई स्वीकार गरेका छन्, र परमेश्वरको आखिरी दिनहरूको सुसमाचार विदेशका धेरै देशमा फैलिएको छ। परमेश्वरबाट आउने कुराले अवश्य नै समृद्ध हुन्छ! सोचेँ, चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरूद्वारा कति जना मानिसहरू अझै पनि अन्धो बनेका छन्, शैतानको शक्तिको अधीनमा जिइरहेका छन्, अनि तिनीहरूलाई परमेश्वरको आखिरी दिनहरूको मुक्तिको बारेमा थाहा छैन। परमेश्वरको देखापराइको तृष्णा गर्नेहरूलाई परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाउने जिम्मेवारी र दायित्व मसँग छ। मैले परमेश्वरको अघि के सङ्कल्प गरेँ भने म उहाँको प्रेमको ऋण तिर्न उहाँलाई अन्त्यसम्म पछ्याउनेछु र सुसमाचार प्रचार गर्नेछु। पछि, मैले मेरो श्रीमानसँग डिभोर्स प्रक्रिया पूरा गरेँ।

अहिले मेरा अनुभवहरूलाई फर्केर हेर्दा देख्छु, मैले मेरो परिवार गुमाएको भए पनि र मेरो जीवन पहिलेको जस्तो सहज नभएको भए पनि, र मैले मेरो बच्‍चासँग दिन-रात बिताउन नपाए पनि, मैले केही सत्यता बुझेको छु र समझशक्ति प्राप्त गरेको छु। आज, परमेश्वरको अघि आउन पाउनु र सृजित प्राणीको रूपमा रहेको आफ्नो कर्तव्य पूरा गर्न, र परमेश्वरको आखिरी दिनहरूको मुक्तिको प्रचार र गवाही दिन पाउनु, साँच्चै नै बहुमूल्य र अर्थपूर्ण कुरा हो! मलाई आफ्नो निर्णयप्रति कहिल्यै पछुतो हुनेछैन।

अघिल्लो:  ९१. उमेरको परवाह नगरी सत्यता पछ्याउनु

अर्को:  ९५. आफूले काममा लगाउनेहरूलाई कहिल्यै शङ्का नगर्नुका परिणामहरू

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger