९१. उमेरको परवाह नगरी सत्यता पछ्याउनु

यी केही वर्ष म उच्च रक्तचाप र खराब स्वास्थ्यसँग जुझिरहेकी छु, धेरै समय घरमै आराम गरेर बिताएकी छु, र सक्ने जति केही कर्तव्य निर्वाह गरेकी छु। गत वर्षको जुलाई महिनामा, हाम्रो मलजल सुपरिवेक्षकले म नयाँ विश्‍वासीलाई मलजल गर्थेँ भन्‍ने सुनेर मलाई मलजलको कर्तव्य दिए। यो कर्तव्य फेरि गर्न म उत्साहित थिएँ, र यसलाई राम्रोसँग गर्ने निश्चय गरेँ। जब मैले दुईजना सुपरिवेक्षक ३० वर्ष हाराहारी रहेका, राम्रो क्षमता भएका, र सिद्धान्त छिटो सिकेका, अनि सिस्टर शीन शीन ऊर्जावान र छिटो पढ्न सक्ने देखेँ, तब मलाई निकै खुसी लाग्यो। म साठी वर्षकी थिएँ, र अझैपनि यी भर्खरका ब्रदर-सिस्टरहरूसँग मिलेर कर्तव्य गर्न पाएकी थिएँ—मलाई आफू पनि युवा नै हो कि भन्‍ने लाग्थ्यो। नयाँ विश्‍वासीका लागि आयोजना गरिएको भेलामा म बाइकमा जान्थेँ, बाटोमा सधैँ भजन गुनगुनाउँथेँ म वास्तवमा कर्तव्यप्रति निकै उत्साहित थिएँ। केही समयपछि, सिद्धान्तको बुझाइ र जीवनमा प्रगति यी दुवैमा मेरो विकास भएको लाग्यो। मलाई यो कर्तव्य झन् मन पर्न थाल्यो। मेरो यस उत्साहमा केही नयाँ समस्या देखिए। मेरो रक्तचाप बढेको थियो, स्वास्थ्य कमजोर थियो। दिनभरि काम गर्दा निकै थकित हुन्थेँ, सुतेर आराम गरौँ भन्‍ने लाग्थ्यो। शीन शीन र अरूले भेलापछि कर्तव्यमा देखिएको पथविचलनको सारांश बनाउने काम जारी राख्थे, र भोलिपल्टको प्रबन्ध मिलाउँथे। मेरा युवा सहकर्मीझैँ म पनि धेरै काम गर्न चाहन्थेँ, तर बेलुकाको खाना खानेबित्तिकै मलाई निद्रा लाग्न थाल्थ्यो र झकाउँथेँ, त्यसैले चाँडै सुत्न जान्थेँ। एक समय, मलाई लगातार तीन दिनसम्म राम्रो निद्रा लागेन, र मेरो शरीरले यसलाई सम्हाल्न सकेन। म कर्तव्य राम्रोसँग गर्न सक्दिनँ भन्‍ने मलाई थाहा थियो, त्यसैले शीन शीनलाई मेरो ठाउँमा भेला आयोजना गर्न भनेँ। त्यसपछि मलाई निकै निराशा महसुस भयो—मैले नियमित कर्तव्य समेत नसकेर कसैको मद्दत लिनु परेको थियो, म छिटै बर्खास्त हुनेछु भन्‍ने लागिरहेको थियो। कहिलेकाहीँ हाम्रो सुपरिवेक्षकले नयाँ विश्‍वासीलाई मलजल गर्ने सिद्धान्त र अभ्यासको असल मार्गबारे सङ्गति गर्दा शीन शीन र अरूले यसलाई तुरुन्त बुझ्थे, ती सिद्धान्तलाई विभिन्न परिस्थितिमा लागू गर्न र आफ्ना कर्तव्यमा व्याहारिक रूपमा प्रयोग गर्न सक्थे, तर मैले तिनलाई केही समयसम्म मनन गर्नुपर्ने हुन्थ्यो, र कहिलेकाहीँ मलाई सुपरिवेक्षकको थप सङ्गति चाहिन्थ्यो। त्यस दौरान म सधैँ बेचैन हुन्थेँ, र राति राम्रोसँग विश्राम लिन सक्दिनथेँ। बुढ्यौली, कमजोर स्वास्थ्यका कारण सुस्त सिकाइ, अनि भुल्ने बानीले म चिन्तामा परेको थिएँ, मैले कर्तव्य गर्न नसक्ने कुनै दिन आयो भने, के विश्‍वासीको रूपमा मेरो बाटो बन्द हुनेछ र? के मैले अझैपनि मुक्ति पाउन सक्नेछु? मैले निराश महसुस गरिरहेँ, र आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सकिनँ। मैले कर्तव्यमा शीन शीनले जत्तिको राम्रो गरिरहेकी थिइनँ। बुढो हुँदै गएको मलाई मन परेको थिएन, मैले आफूलाई बुढो हुँदै गएकी र काम नलाग्ने भएकी ठानेँ, मलाई अर्कै काम दिइनेछ भन्‍नेमा सधैँ चिन्तित रहन्थेँ। सबै युवा मानिसप्रति मलाई डाह हुन्थ्यो, र मैले समयलाई २० वर्ष पछाडि फर्काएर केही युवा जोश फेरि पाउन सके कति राम्रो हुन्थ्यो होला भनेर सोचेँ। त्यसो हुँदा अन्तसम्मै परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न सक्थेँ, अनि म परमेश्‍वरको राज्यमा प्रवेश गर्ने आशा हुने थिएन र? जब मैले यी कुराबारे सोचेँ, मेरो गन्तव्यबारे चिन्ता लाग्न थाल्यो।

एक दिन मेरो अगुवा म बसेको ठाउँमा मलाई भेट्न आइन्, र मलाई भनिन्ः “तपाईँको बुढ्यौली र उच्च रक्तचापको कारण, हामी तपाईँलाई सामान्य मामिलाको जिम्मेवारी दिँदैछौँ, त्यसो हुँदा तपाईँले दिनभर दौडधुप गर्नु पर्दैन।” यो खबर स्विकार्न धौधौ भयो—मलाई मलजलको कर्तव्य मन पर्थ्यो, यसलाई त्याग्छु भनेर कहिले सोचिनँ, तर अचानक मलाई अर्कै कर्तव्य दिइएको थियो। म झन् बुढो हुँदैथिएँ र भोलिका दिनमा मलजलको काम गर्न झनै सक्नेथिइनँ। कसैले मेरो टाउकोमा चिसो पानी खन्याएर मेरो हृदयको उत्साहको आगो निभाए जस्तो भयो। मेरा ब्रदर-सिस्टरले परमेश्‍वरका वचन पढेर सुनाए, उहाँको अभिप्रायबारे सङ्गति गरे, तर मैले सुनिरहेकी थिइनँ। त्यहाँ बस्दा बस्दै हलचल गर्न नसक्ने जस्तो भयो, उठेर खडा हुन पनि गाह्रो भयो। त्यो रातभर ओछ्यानमा छटपटीमै बित्यो। मैले सम्झेँ, युवा ब्रदर-सिस्टरहरू निकै ऊर्जावान र जोशले भरपूर छन्, सत्यता र सिद्धान्त छिटो बुझ्छन्, तिनीहरू जगेर्ना गर्न लायक छन्, यी युवाहरूको अघि पूरै भविष्य रहेको छ। तर मजस्तो बुढी मान्छेको हकमा स्वास्थ्यले परमेश्‍वरका लागि आफूलाई समर्पित हुनबाट रोकेको छ, म धेरै सत्यता बुझ्न सक्दिनँ, र जगेर्ना गर्न योग्य छैन। साथै, म बिरामी पनि छु, मेरो शरीर कुनै बेला पनि सकिन सक्थ्यो। म जस्तो बुढी मान्छेलाई परमेश्‍वरले पक्कै पनि राम्ररी हेर्नुहुन्न, र मेरो असल गन्तव्य हुनेछ वा छैन भन्‍ने पनि अस्पष्ट थियो। म २० वर्षकी, अनि परमेश्‍वरका लागि आफूलाई पूर्णरूपमा समर्पित गर्न सकेकी भए हुन्थ्यो। मैले जति सोचेँ, उति नराम्रो लाग्यो, म साँच्चै उदास भएकी थिएँ। भारी ढुङ्गाले मेरो छाती थिचेको जस्तै लाग्थ्यो, छाती कसिलो भएर सास फेर्नै गाह्रोजस्तो हुन्थ्यो। अर्को काममा लगाएकोमा मलाई दुःख लागेको थियो, जसले म रातभर एक झप्को पनि निदाउनै सकिनँ।

भोलिपल्ट मलजलकर्मीको भेला भयो, मैले सुपरिवेक्षक झाओ लियाङ्ग मेरो घरहुँदै गएको देखेँ। उनलाई भेलामा गइरहेको देख्नु पीडादायी कुरा थियो। मलाई अर्को काम नदिइएको भए म पनि उनीसँगै गइरहेकी हुन्थेँ, तर अब जहाज छुटिसकेको थियो। म किन बुढी र बिरामी हुनु परेको? यो सबै सोचेर, मलाई भित्रैबाट खोक्रोपन अनुभूति भयो, र अब के गर्ने होला भन्‍ने समझमा आएन। म त्यहाँ मुढामा चुपचाप बसिरहेँ, झ्यालबाट आकाशलाई हेरिरहेँ। विश्‍वासीको रूपमा मेरो सम्भावना राम्रो छैन, परमेश्‍वरको राज्यमा प्रवेश पाउने आशा छैन भन्‍ने लाग्यो। जति सोचेँ, उति नराम्रो लाग्यो, र आँसु खस्न थाले। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले आफूलाई काममा समर्पित गराउन र स्विकार्न सकिरहेकी छैन। मलाई थाहा छ, यसो गर्नु तपाईँप्रति विद्रोह गर्नु हो र यो कुरालाई तपाईँ घृणा गर्नुहुन्छ। हे परमेश्‍वर, आफूलाई चिन्न र समर्पित हुन मलाई मार्गदर्शन गर्नुहोस्।” पछि, झाओ लियाङ्गले म खराब स्थितिमा रहेको देखे, र परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाए। “तैँले आफ्नो कर्तव्य समायोजित गरिँदा आज्ञापालन गर्न सिक्नुपर्छ। तैँले आफ्नो नयाँ कर्तव्यमा केही समय प्रशिक्षण लिइसकेपछि र त्यो निर्वाह गरेर परिणामहरू हासिल गरिसकेपछि, आफू यो कर्तव्य निर्वाह गर्न अझ योग्य रहेछु भन्ने थाहा पाउनेछस्, र तँलाई आफ्नो अभिरुचिको आधारमा कर्तव्य छनौट गर्नु गलत रहेछ भन्ने महसुस हुनेछ। के यसले त्यो समस्या समाधान गर्दैन र? सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको घरले मानिसहरूको लागि उनीहरूको अभिरुचिको आधारमा नभई कामको आवश्यकता र उनीहरूले त्यो कर्तव्य निर्वाह गर्दा परिणाम हासिल गर्न सक्छन् सक्दैनन् भन्ने आधारमा निश्‍चित कर्तव्यहरू निर्वाह गर्ने बन्दोबस्त मिलाउँछ। के तँ परमेश्‍वरको घरले व्यक्तिको अभिरुचिको आधारमा कर्तव्य बन्दोबस्त गर्नुपर्छ भनेर भन्छस्? के यसले मानिसहरूलाई तिनीहरूको व्यक्तिगत अभिरुचि पूरा गर्ने सर्तमा प्रयोग गर्नुपर्छ? (पर्दैन।) मानिसहरूलाई उपयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूसँग यीमध्ये कुनचाहिँ मेल खान्छ? सत्यता सिद्धान्हरूसँग कुनचाहिँ मेल खान्छ? यो मानिसहरूलाई परमेश्‍वरको घरको कामका आवश्यकता र मानिसहरूले कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने परिणामअनुसार छनौट गर्नु हो। तँमा केही झुकाव र रुचि हुन्छ, अनि तँमा आफ्नो कर्तव्य निर्वाह गर्ने अलिअलि इच्छा हुन्छ, तर के तेरो इच्छा, रुचि र झुकावले परमेश्‍वरको घरको कामले भन्दा बढी प्राथमिकता पाउनुपर्छ? यदि तैँले दृढतासाथ जिद्दी गर्दै ‘मैले यो काम गर्नैपर्छ; यदि मलाई यो गर्न दिइएन भने, म जिउन चाहन्नँ, म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ। यदि मलाई यो काम गर्न दिइएन भने, मलाई अरू कुनै कुरा गर्ने उत्साह हुनेछैन, न त म त्यसमा पूरा प्रयास नै लगाउनेछु,’ भनेर भन्छस् भने, के यसले कर्तव्य निर्वाहप्रति तेरो मनोवृत्तिमा समस्या छ भन्ने देखाउँदैन र? के त्यो पूर्ण रूपमा विवेक र समझ नहुनु होइन र? तँ आफ्नो व्यक्तिगत इच्छा, रुचि र झुकाव पूरा गर्न मण्डलीको काममा असर र ढिलाइ गराउन हिचकिचाउँदैनस्। के यो सत्यताअनुसार छ? सत्यताअनुसार नभएका कुरालाई कसरी लिनुपर्छ? कति मानिसहरू भन्छन्: ‘समूहको खातिर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ।’ के यो सही हो? के यो सत्यता हो? (होइन।) यो कस्तो प्रकारको भनाइ हो? (यो शैतानी भ्रम हो।) यो भ्रामक, बहकाउ र छद्मभेषी भनाइ हो। यदि तैँले ‘समूहको खातिर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ’ भन्ने भनाइलाई कर्तव्यनिर्वाह सन्दर्भमा लागू गरिस् भने, तैँले परमेश्‍वरको विरोध र निन्दा गरिरहेको हुन्छस्। किन यो परमेश्‍वरको निन्दा गर्नु हुन्छ? किनभने तैँले आफ्नो इच्छा परमेश्‍वरमा लादिरहेको हुन्छस्, र त्यो ईश्‍वरनिन्दा हो! तैँले आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुलाई परमेश्‍वरको सिद्धपाराइ र आशिष्‌सँग साट्ने प्रयास गरिरहेको हुन्छस्; तेरो अभिप्राय परमेश्‍वरसँग सौदा गर्नु हुन्छ। परमेश्‍वरलाई तैँले आफ्नो कुनै कुरा त्याग गर्नुपर्ने आवश्यकता पर्दैन; परमेश्‍वर त मानिसहरूले सत्यता अभ्यास गरून् र देहविरुद्ध विद्रोह गरून् भन्‍ने मापदण्ड मात्र दिनुहुन्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गरिरहेको हुन्छस्। तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरिनस्, किनभने तेरो अभिप्राय गलत थियो, कामकुराबारे तेरो दृष्टिकोण सही थिएन, र तेरा भनाइहरू सत्यतासँग पूर्ण रूपले विरोधाभासी थिए। तर परमेश्‍वरको घरले तँलाई कर्तव्य निर्वाहको अधिकारबाट वञ्चित गरेको छैन। यति मात्र हो कि, तेरो कर्तव्य समायोजित गरियो, किनभने तँ पछिल्लो कर्तव्यको योग्य थिइनस्, र तँलाई तँ उपयुक्त हुने कर्तव्यमा खटाइयो। यो एकदमै सामान्य र बुझ्न सजिलो कुरा हो। तैँले यो मामिलालाई सही तरिकाले लिनुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र)। यो खण्ड पढिसकेपछि, झाओ लियाङ्गले यसरी सङ्गति गरेः “परमेश्‍वरका घरले मानिसलाई अर्को काम दिँदा, कर्तव्य निर्वाह र मुक्तिको मौकाबाट वञ्चित गरेको होइन, बरु मण्डलीको आवश्यकताका आधारमा उपयुक्त मिलान गरिरहेको हो। तपाईँलाई सन्चो छैन, बुढ्यौली लागेको छ र उच्च रक्तचाप छ। तपाईँलाई कर्तव्यमा दौडधुप गर्दा केही भइहाल्यो भने वा विभिन्न भेलामा जाँदा बाटैमा केही भइहाल्यो भने, यो मण्डलीका लागि मात्रै होइन, तपाईँका लागि समेत नराम्रो कुरा हुनेछ। तपाईँले घर मण्डलीमा फर्केर आफ्नो कर्तव्य गर्नु राम्रो हो। पहिले यसमा समर्पित होऔँ, परमेश्‍वरबाट आएको भनी स्वीकार गरौँ र पाठ सिकौँ।” झाओ लियाङ्गको सङ्गति सुनेपछि मलाई धेरै लाज लाग्यो। लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेर पनि म अझै अलिकति पनि समर्पित भएकी थिइनँ। मलाई मेरो मलजलको कर्तव्य मन पर्थ्यो, र युवाहरू झैँ उत्साही थिएँ। तर आफू साठी वर्ष कटेको, र बिरामी भएको देखेर मसँग उनीहरू जस्तै नयाँ कुरा सिक्ने ऊर्जा, स्मृति वा क्षमता थिएन। यदि मलाई मलजलको काम गर्न दिइरहेको भए, नयाँ विश्‍वासीलाई मलजल गर्ने नतिजामा नकारात्मक असर पर्नेथियो। मेरो कामको नतिजा र मेरो स्वास्थ्य समस्यालाई ध्यानमा राखी मण्डलीले मलाई अर्को धेरै उपयुक्त कर्तव्य दिएको थियो। मैले समझदार भएर यसलाई स्विकार्नु र समर्पित हुनुपर्थ्यो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँको बन्दोबस्तमा समर्पित हुन तयार छु, र मेरो नयाँ कर्तव्यमा सहकार्य गर्न सक्दो गर्नेछु भनेँ। पछि, मैले सोच्न थालेँ, मलाई अर्को काम दिँदा म किन समर्पित भइनँ? म किन यति निराश भएँ? खोजी गर्ने क्रममा मैले परमेश्‍वरका वचनको यो खण्ड भेटेँ: “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्‍छु भन्‍नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, ‘मैले कसरी यो उमेरमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्न थालेँ? म किन २० र ३० वर्षतिरका मानिसहरूजस्तो, वा ४० वा ५० वर्षतिरका मानिसहरूजस्तो समेत छैनँ? मैले कसरी बुढो भएपछि मात्रै परमेश्‍वरको कामबारे थाहा पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्‍वरको कामबारे थाहा पाएँ। मेरो भाग्य राम्रो छ, र परमेश्‍वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बुढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु, र परमेश्‍वरका वचनहरू पढ्दा मेरो मन घुम्छ। थोरै पढेपछि पनि, मलाई निद्रा लाग्छ र म झुल्छु, र उहाँका वचनहरू बुझ्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्‍न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्‍वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! यो उमेरमा, कुनै कुरा पनि त्यति महत्त्वपूर्ण छैन। अहिले मैले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, मेरो कुनै चिन्ता छैन वा मैले कुनै कुराबारे बेचैन हुनुपर्दैन, र मेरा छोराछोरी ठूला भइसकेकाले र मैले तिनीहरूलाई हेरचाह गर्नु वा हुर्काउनु नपर्ने हुनाले, मेरो जीवनको सबैभन्दा ठूलो इच्छा भनेको सत्यता पछ्याउनु, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु र अन्त्यमा मेरो जीवनको बाँकी अवधिमा मुक्ति प्राप्त गर्नु हो। तैपनि, मेरो वास्तविक परिस्थितिलाई हेर्दा, र उमेरको कारण दृष्टि मधुरो र मस्तिष्क अन्योल भएको, स्वास्थ्य स्थिति कमजोर भएको, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसकेको, र कहिलेकहीँ आफूले सक्दो गर्ने प्रयास गर्दा पनि समस्या पैदा गरेको देख्दा, यस्तो लाग्छ मानौँ मेरो लागि मुक्ति प्राप्त गर्न त्यति सहज हुनेवाला छैन।’ तिनीहरूले यी कुराहरूबारे बारम्‍बार विचार गर्छन् र बेचैन हुन्छन्, र त्यसपछि सोच्छन्, ‘भक्खरका मानिसहरूको जीवनमा मात्रै राम्रा कुराहरू हुने रहेछन्, पाकाहरूकोमा राम्रो केही नहुने रहेछ। अवस्था जति राम्रो भए पनि, म त्यो आनन्द लिन नसक्‍ने भएजस्तो छ।’ तिनीहरूले यी कुराहरूबारे जति विचार गर्छन्, तिनीहरू त्यति नै चिन्तित र बेचैन बन्छन्। तिनीहरूले आफ्‍नो बारेमा चिन्ता मात्रै गर्दैनन्, पीडासमेत महसुस गर्छन्। तिनीहरू रोए भने, यो कुराको लागि रुनु सार्थक छैन भन्‍ने तिनीहरूलाई लाग्छ, र तिनीहरू रोएनन् भने, त्यो पीडा र चोट सधैँ तिनीहरूको साथमा हुन्छ। त्यसकारण, तिनीहरूले के गर्नुपर्छ? खास गरी, कतिपय पाका मानिसहरू यस्ता छन्, जो आफ्‍नो सारा समय आफूलाई परमेश्‍वरको लागि अर्पित गरेर अनि आफ्‍नो कर्तव्य पूरा गरेर नै बिताउन चाहन्छन्, तर शारीरिक रूपमा तिनीहरू ठीक हुँदैनन्। कतिलाई उच्‍च रक्तचापको समस्या हुन्छ, कतिलाई उच्च मधुमेह हुन्छ, कतिको ग्यास्ट्रिक समस्या हुन्छ, र तिनीहरूको शारीरिक क्षमताले कर्तव्यको माग पूरा गर्न सक्दैन, र त्यसकारण तिनीहरू फिक्री गर्छन्। तिनीहरूले भक्खरकाहरूले खान-पिउन, दौडन र उफ्रन सकेको देख्छन् र तिनीहरूलाई डाहा लाग्छ। तिनीहरूले भक्खरकाहरूले यस्ता कुराहरू गरेको जति देख्छन्, त्यति नै तिनीहरूलाई हैरानी हुन्छ, र तिनीहरूले सोच्छन्, ‘म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउन र बुझ्‍न चाहन्छु, र म सत्यता अभ्यास गर्न पनि चाहन्छु, तैपनि किन गाह्रो हुन्छ? म अत्यन्तै वृद्ध र काम नलाग्‍ने भएको छु! के परमेश्‍वर पाका मानिसहरूलाई चाहनुहुन्‍न? के पाकाहरू साँच्‍चै काम नलाग्‍ने हुन्छन्? के हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ?’ यसबारे जसरी विचार गरे पनि तिनीहरू दुःखित हुन्छन् र खुसी हुन सक्दैनन्। तिनीहरू त्यस्तो सुन्दर समय र त्यस्तो ठूलो अवसर गुमाउन चाहँदैनन्, तर तिनीहरू भक्खरकाहरूले जसरी आफूलाई काममा अर्पित गर्न र आफ्‍नो सारा हृदय र प्राणले कर्तव्य पूरा गर्न सक्दैनन्। यी पाका मानिसहरू आफ्‍नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेक-पटक नै तिनीहरूले आफ्‍नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन। के साँच्‍चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ।) पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ, त्यो स्वीकार्य छ, होइन र? के पाकाहरू तिनीहरूको उमेरको कारण सत्यता पछ्याउन नसक्‍ने हुन्छ र? के तिनीहरू सत्यता बुझ्‍न सक्‍ने हुँदैनन् र?(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरले हरेक पाको मानिसको भित्री विचारलाई आवाज दिनुभयो। पाका मानिसहरू पनि आफूलाई हर समय परमेश्‍वरका लागि समर्पित गर्न चाहन्छन्, तर शरीरले दिँदैन। तिनीहरूसँग युवा झैँ सिक्ने ऊर्जा वा स्मृति हुँदैन, त्यसैले तिनीहरू आफू सक्षम भएको कर्तव्य मात्र गर्न सक्छन् तर आफूले थोरै गरेको हुने र परमेश्‍वरले यसलाई याद नराख्ने भनेर चिन्तित हुन्छन्। बुढ्यौली उमेर भएकाले तिनीहरूले राम्रोसँग आँखा देख्दैनन्, धेरै सत्यता बुझ्न सक्दैनन्, आफ्नो भविष्य र गन्तव्यलाई लिएर निराश, बेचैन र चिन्तित हुन्छन्। म पनि परमेश्‍वरले खुलासा गरे जस्तै खालको स्थितिमा थिएँ। मैले देखेँ, परमेश्‍वरको घरले जगेर्ना गर्ने धेरै मानिस युवा, राम्रो क्षमताका, ऊर्जावान र सिक्नमा तेज थिए, तर म धेरै बुढी थिएँ, कर्तव्य राम्ररी निभाउने उत्प्रेरणा भएपनि मेरो ऊर्जा र स्मृति युवासँग मेल खाँदैनथ्यो। दिनभरि आफ्नो कर्तव्य गरेर पनि युवाहरू अझै ऊर्जाले भरपूर हुन्थे, आफ्नो कामका साथै अभ्यासका मार्गमा रहेका समस्या र विचलनको समीक्षा गर्न सक्थे, तर म भने चाँडै सुत्न जान्थेँ। कहिलेकाहीँ शरीरले कामको बोझ सम्हाल्न नसक्दा, मेरो ठाउँमा नयाँ विश्‍वासीलाई मलजल गरिदिनु भनेर मैले अरूलाई भन्नुपरेको थियो। सुपरिवेक्षकहरूले उपयोगी सिद्धान्त र विधिहरूबारे सङ्गति गर्दा युवाहरूले त्यतिखेरै बुझ्थे र कर्तव्यमा सबै कुरा लागू गर्थे, तर मलाई बुझ्न धेरै समय लाग्थ्यो। युवा ब्रदर-सिस्टरहरूको तुलनामा कर्तव्य गर्नु मेरा लागि अधिक तनावपूर्ण थियो। मलाई यो स्थिति मन परेकै थिएन, र बुढो भएर कर्तव्यमा धेरै गर्न नसकेकोमा आफैलाई दोष दिएँ। मैले सत्यता पछ्याए पनि म धेरै बुझ्दिनथेँ र परमेश्‍वर अप्रसन्न हुनुभएको हुनुपर्छ। म परमेश्‍वरको बारेमा गलतफहमीमा जिइरहेकी थिएँ, र आफ्नो भावी गन्तव्यबारे चिन्तित थिएँ। अहिले, मैले बुझेँ कि बुढो र युवामा ऊर्जा र स्मरणशक्ति फरक फरक मात्रामा हुन सक्दछ, तर भ्रष्ट स्वभावको कुरामा ती सबै बिलकुल उस्तै हुन्छन्। युवा र बुढा सबै समान रूपमा अहङ्कारी हुन्छन्। युवा र बुढा सबै समान रूपमा स्वार्थी हुन्छन्। परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हामीलाई मन नपर्ने कुनै स्थितिको सामना गर्दा हामी सबैले आफ्नो विद्रोही स्वभाव प्रकट गर्दछौँ। हामी परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तीप्रति समर्पित हुन सक्दैनौँ। हामी सधैँ हाम्रो हितसँग सम्बन्धित मामिलामा पहिले आफूलाई ध्यानमा राख्दछौँ, र हाम्रो स्वार्थी, घृणित, भ्रष्ट स्वभाव प्रकट गर्दछौँ। शैतानले बुढा र युवालाई समान रूपमा गहिरोसँग भ्रष्ट बनाएको छ। हामी सबैले बारम्बार आत्मचिन्तन गर्नुपर्छ, परमेश्‍वरका वचनका न्याय र सजाय स्वीकार गर्नुपर्छ, र हाम्रो भ्रष्टता हल गर्न सत्यता खोज्नुपर्छ। मैले सोच्थेँ, मेरो उमेर र मैले कर्तव्यमा कति काम गरेँ भन्‍ने कुरा परमेश्‍वरले मलाई स्याबासी दिनुपर्ने नपर्ने भन्‍ने तय गर्न प्रयोग गर्ने मापदण्ड थिए। म सोच्थेँ, परमेश्‍वरले बुढाबुढीलाई मन पराउनुहुन्न र मुक्ति पाउने मेरो सम्भावना धेरै कम छ। मेरा विचार र धारणा निकै विकृत थिए। अहिले मलाई थाहा छ, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ, आफ्नो कर्तव्य पूरा गर्न सक्दो कोशिश गर्नुपर्छ, र आत्मचिन्तन गरी आफूलाई चिन्न र कर्तव्यमा स्वभाव परिवर्तन गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, किनभने यो कुरा नै परमेश्‍वरको अभिप्राय अनुरूप छ। यो कुरा बुझेपछि मेरो सोचमा स्पष्टता आयो।

एक दिन बिहान भक्ति-सङ्गीतको दौरान मैले परमेश्‍वरको एउटा खण्ड भेटेँ जसले ममा गहिरो प्रभाव पार्यो, र परमेश्‍वरको अभिप्राय राम्रोसँग बुझ्न मद्दत गर्यो। “परमेश्‍वरको घरमा र सत्यताको कुरा आउँदा, के पाकाहरू विशेष मानिसहरूको समूह हो र? अहँ, होइन। सत्यताको कुरा आउँदा, उमेरको केही सम्‍बन्ध हुँदैन, त्यसरी नै तेरो भ्रष्ट स्वभाव, तेरो भ्रष्टताको गहिराइ, तँ सत्यता पछ्याउन योग्य छस् कि छैनस्, तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस्, वा तैँले मुक्ति पाउने सम्‍भावना कति छ भन्‍ने विषयमा पनि उमेरको कुनै सम्‍बन्ध हुँदैन। के कुरा यही होइन र? (हो।) हामीले अहिलेसम्ममा धेरै वर्ष सत्यता सङ्गति गरिसकेका छौँ, तर हामीले मानिसहरूको फरक-फरक उमेरअनुसारका फरक-फरक प्रकारका सत्यताहरूबारे कहिल्यै सङ्गति गरेका छैनौँ। भक्खरकाहरूको लागि मात्रै वा पाकाहरूको लागि मात्रै भनेर कहिल्यै पनि सत्यता सङ्गति गरिएको वा भ्रष्ट स्वभावहरूबारे खुलासा गरिएको छैन, न त तिनीहरूको वृद्ध अवस्था, अलचक सोच्‍ने क्षमता, र नयाँ कुरा स्वीकार्न नसक्‍ने क्षमताको कारण, तिनीहरूको भ्रष्ट स्वभाव स्वाभाविक रूपमै घट्छ र परिवर्तन हुन्छ भनेर नै भनिएको छ—यी कुराहरू कहीँकतै कहिल्यै भनिएको छैन। मानिसहरूको उमेरअनुसार र पाकाहरूलाई अपवाद भनेर कहिल्यै पनि केवल एउटै सत्यता पनि सङ्गति गरिएको छैन। मण्डलीमा, परमेश्‍वरको घरमा, वा परमेश्‍वरको अघि पाकाहरू विशेष समूहमा पर्दैनन्, बरु तिनीहरू अरू कुनै पनि उमेरका मानिसहरूकै समूहमा पर्छन्। तिनीहरूमा केही पनि विशेष हुँदैन, यति मात्र हो कि तिनीहरू अरूभन्दा अलि बढी समय जिएका हुन्छन्, तिनीहरू यो संसारमा अरूभन्दा केही वर्ष पहिले आएका हुन्छन्, तिनीहरूको कपाल अरूको भन्दा अलिक सेतो हुन्छ, र तिनीहरूको शरीर अरूको भन्दा पहिले नै बुढो भएको हुन्छ; यी कुराहरूबाहेक, अरू कुनै भिन्‍नता हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनबाट मैले सिकेँ कि परमेश्‍वरको घरमा बुढाबुढीहरू एक्ल्याउनुपर्ने समूह होइनन्। तिनीहरू केही बढी उमेरका कारण खिइएका मात्र हुन्। तिनीहरूसँग युवा जस्तै ऊर्जा र जोश नहोला, तिनीहरूलाई केही रोग लाग्न सक्ला, तर सत्यताको अघि उमेरको कुनै भेद हुँदैन। परमेश्‍वरले आखिरी दिनहरूमा आफ्ना वचन व्यक्त गर्दा, न्यायको काम गर्दा उहाँले युवा र बुढाबीच फरक छुट्याउनुहुन्न। बुढा हुन् वा जवान, सबै शैतानद्वारा गहिरोसँग भ्रष्ट पारिएका हुन्छन्, र सबैलाई परमेश्‍वरको मुक्ति चाहिन्छ। कसैले मुक्ति पाउने नपाउने कुरा उमेर वा तिनीहरूले कुन कर्तव्य गर्छन् भन्‍नेअनुसार तय हुँदैन, मुख्य कुरा तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्छन् कि हिँड्दैनन् भन्‍ने हो। यो कुरा परमेश्‍वरको धार्मिक स्वभावले तय गर्दछ। धर्म तटस्थ संसारमा, वृद्ध कामदारलाई अक्सर तिरस्कार गरिन्छ। मानिसले तिनीहरू कुरा बुझ्न सुस्त हुने, अनि मूल्य सिर्जना गर्न नसक्ने भन्ठान्छन्, त्यसैले धेरै हाकिमले युवा कामदार रुचाउँछन् र बुढाबुढीलाई अस्वीकार गर्छन्। मैले गैरविश्‍वासीको धारणाअनुसार परमेश्‍वरलाई सीमित गरेको थिएँ, म युवा ब्रदर-सिस्टरहरूले धेरै कर्तव्य गर्न, धेरै योगदान दिन सक्ने भएकाले तिनीहरूले मुक्ति पाउने बढी सम्भावना हुन्छ, तर बुढाबुढीहरूले महत्त्वहीन कर्तव्य गर्छन्, थोरै काम पूरा गर्छन् त्यसैले तिनीहरू परमेश्‍वरको निगाहमा पर्दैनन्, परमेश्‍वरद्वारा तिनीहरूलाई मुक्ति दिइने सम्भावना कम हुन्छ भनी सोच्थेँ। मैले परमेश्‍वरको धर्मी स्वभावलाई बुझेको थिइनँ, र आफ्नै धारणा तथा कल्पनाका आधारमा मूल्याङ्कन गरेको थिएँ। यो परमेश्‍वरको निन्दा थियो! मैले यो पनि बुझेँ कि परमेश्‍वरको घरमा सत्यताको शासन हुन्छ, परमेश्‍वरले सत्यताका आधारमा हरेक व्यक्तिको कार्य मूल्याङ्कन गर्नुहुन्छ। यो मैले चिनेको एक युवा सिस्टरको कुरा जस्तै थियो, उनी स्मार्ट थिइन्, अगुवाको रूपमा काम गर्थिन्, तर उनले कार्यको बन्दोबस्तलाई उल्लङ्घन गरिन्, मण्डलीको काममा बाधा गरिन्, र आफूलाई सुझाव दिनेप्रति प्रतिकार र दमन गरिन्। उनलाई अन्ततः दुष्ट व्यक्ति करार गरी मण्डलीबाट निष्कासित गरियो। तर मैले चिनेको पाको उमेरकी अर्की सिस्टर शिक्षित थिइनन्, औसत क्षमताकी थिइन्, तर कर्तव्यमा निरन्तर लागिरहिन्—उनमा परमेश्‍वरप्रति साँचो आस्था थियो, कर्तव्यमा निष्ठावान थिइन्। यी पाका ब्रदर-सिस्टरहरू तन्दुरुस्त वा सम्झना शक्ति उत्तम नभएका हुन सक्लान्, तर कर्तव्यमा सक्दो गर्छन्, आत्मचिन्तन गर्न, आफूलाई चिन्न केन्द्रित हुन्छन् र कर्तव्यमा स्वभाव परिवर्तन गर्ने प्रयास गर्छन्। तिनले परमेश्‍वरको स्याबासी पनि पाउन सक्छन्, र मुक्ति पाउने मौका हुन्छ। मैले के पनि बुझेँ भने उमेर बढ्नु प्राकृतिक एवम् अपरिवर्तनीय प्रक्रिया हो, यो परमेश्‍वरद्धारा पूर्वनिर्धारित हुन्छ, त्यसैले म यसप्रति समर्पित हुनुपर्छ, र मेरो हालको उमेरमा गर्नसक्ने कर्तव्य मात्रै गर्नुपर्छ। वास्तवमा, जबसम्म ममा सही मनोवृत्ति रहन्थ्यो, नयाँ कर्तव्यमा सत्यता खोज्न केन्द्रित रहन्थेँ, के मैले पनि परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउने थिइनँ र? के मैले पनि आफ्नो भ्रष्टता र कमी चिन्न सक्दिनँथेँ र? के मैले अझैपनि सत्यताको खोजी गर्न सक्दिनथेँ र? परमेश्‍वरले मलाई कर्तव्य गर्ने र मुक्ति पाउने मेरो अधिकारबाट वञ्चित गर्नुभएन, उहाँले मेरो उमेरका कारण फरक व्यवहार गर्ने त कुरा नै भएन। तर म परमेश्‍वरप्रति कृतज्ञ थिइनँ, बरु उहाँले बुढाबुढीलाई मन पराउनुहुन्न भन्‍ने गल्ती गरें, उहाँको बन्दोबस्ती र योजनाबद्ध कार्यको अवहेलना गरेँ। म पूरै असमझदार थिएँ। मैले यी सबै कुरा बुझेपछि निकै पछुतो भयो। मैले परमेश्‍वरविरुद्ध विद्रोह गरिरहन, उहाँलाई गलत बुझिरहन हुन्नथ्यो, मैले आफ्नो बेचैनी र चिन्तालाई पाखा लगाउनुथियो, मण्डलीको काममा ढिलो नहोस् भनेर नयाँ कर्तव्यमा राम्ररी सहकार्य गर्नुथियो।

त्यसपछि, मैले सोच्न थालेँ कि मानिसको कर्तव्यको आशिष् वा दुर्भाग्यसँग कुनै सम्बन्ध हुँदैन भन्‍ने जानेर पनि मलाई मन नपर्ने कर्तव्य दिँदा म किन अझैपनि मेरो गन्तव्यबारे चिन्तित थिएँ। मेरो समस्याको मूल के थियो? एउटा भेलाको दौरान, मेरा ब्रदर-सिस्टरले परमेश्‍वरका वचनको दुईवटा खण्ड पढेर सुनाए र उहाँका वचनबाट मैले मेरो समस्याको मूल पत्ता लगाएँ। “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुपहिले, हृदयको गहिराइभित्र आफ्ना सम्‍भाव्यताहरू, आशिष्‌हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू पूर्ण विश्‍वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्‍वरले तोक्‍नुहुने इमानदारिता, साँचो विश्‍वास र बफादारिता हुन्छ त? यो विन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारिता, विश्‍वास, वा इमानदारिता देख्‍न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुपहिले पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र इच्छाहरूको पूर्वसर्तको आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु भन्‍ने हुन्छ। यो भन्‍न सकिन्छ कि तिनीहरूले कर्तव्य निर्वाह गर्नको लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्‌हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्‍वरले मानवजातिको लागि तयार गरिएको छ भनेर भनेका सबै आशिष्‌ र फाइदाहरू प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र इच्छाहरू लिएर परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही इमानदारिता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्‍वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा, यसलाई उत्साह भनेर पनि भन्‍न सकिन्छ। तर यसमा कुनै साँचो विश्‍वास वा बफादारिता हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई इमानदारिता भन्‍न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्‌हरू प्राप्त गर्ने, स्वर्गको राज्य प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रतिको तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरका वचनको प्रकाशबाट मैले देखेँ कि म एउटा ख्रीष्टविरोधीभन्दा फरक थिइनँ, मैले आशिष् पाउन, परमेश्‍वरको राज्यमा प्रवेश गर्न मात्रै विश्‍वास र कर्तव्य गरेकी थिएँ। परमेश्‍वरमा आस्था राख्नुअघि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”, “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी विषअनुसार जिइरहेकी थिएँ। मलाई लाग्थ्यो आफ्नो हितबारे विचार गर्नु सही र उचित कुरा हो। जबसम्म कुनै कुरा मेरा लागि लाभदायक हुन्थ्यो जस्तोसुकै कष्ट र मूल्यमा पनि म यो गरिछाड्थेँ। परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेपछि परमेश्‍वरका लागि समर्पित हुँदै कर्तव्य गरेपछि मैले अनन्त जीवन पाउन र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छु भन्‍ने सुनेँ। यो ठूलो आशिष् पैसा र अन्य मूल्यवान वस्तुले खरिद गर्न सकिँदैन भन्‍ने देखेपछि मैले परिवार त्यागेँ, जाडिर छोडेँ र परमेश्‍वरलाई पछ्याउँदै कर्तव्य गर्न सुरु गरेँ। परमेश्‍वरको घरले मलाई मलजलको कर्तव्य दिँदा मैले मनमनै सोचेँ: मलजलको काममा म परमेश्‍वरका धेरै वचन पढ्न सक्छु, सत्यताबारे सङ्गति गर्ने धेरै मौका छन्, यी सबैले मलाई सत्यता र मुक्ति प्राप्त गर्ने राम्रो मौका दिनेछन्। त्यसैले मुक्ति पाउने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने आशले म कर्तव्य राम्ररी गर्न प्रेरित भएँ। कर्तव्यप्रति मेरो मनोवृत्ति पनि एउटा ख्रीष्टविरोधीको जस्तै थियो। मैले आशिष् पाउन र परमेश्‍वरसँग सौदाबाजी गर्न कर्तव्य गरेँ। परमेश्‍वरलाई यसप्रति पक्कै पनि घृणा भयो होला! म कर्तव्यप्रति निकै प्रेरित थिएँ, तर स्वास्थ्य कमजोर थियो, मेरो उमेर बढ्दै गइरहेको थियो। मसँग युवामा हुने ऊर्जा, बल र सम्झना शक्ति थिएन, कर्तव्य गर्न पनि अरूको सहयोग लिनु परेको थियो। मैले मलजलको कर्तव्य जारी राखेमा कामलाई सुस्त बनाउने थिएँ, र मलजलको कामको नतिजा प्रभावित हुने थियो। मसँग कुनै आत्म सचेतना र समझ हुन्थ्यो त। मैले आशिष् पाउने चाहना छोडेर युवा ब्रदर-सिस्टरहरूका लागि बाटो खोलिदिएकी हुनेथेँ। यो मण्डलीको कामका लागि फाइदाजनक हुने थियो। तर मैले आशिष् कसरी पाउने भनेर मात्रै सोचेँ। परमेश्‍वरले दिनुभएको कर्तव्यलाई मैले आशिष् पाउने चाहना पूर्ति गर्न प्रयोग गरिरहेकी थिएँ। नयाँ कर्तव्यबाट आशिष् पाउने कुनै आशा नदेख्दा म समर्पित हुन असफल रहेँ, अनि परमेश्‍वरलाई गलत बुझ्दै दोष पनि दिएँ। अनि म परमेश्‍वरप्रति साँचो समर्पण र आस्था राख्ने कसरी हुन सक्थेँ र? “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने शैतानी विषबाट म नराम्ररी प्रभावित भएकी थिएँ। जुनसुकै परिस्थिति आइपर्दा म पहिले यसबाट आफूले लाभ वा आशिष् पाउन सक्छु कि सक्दिनँ भनेर सोच्थेँ, सत्यताभन्दा पहिले आफ्नै स्वार्थ राख्थेँ। मैले मण्डलीको कामलाई बिलकुलै विचार गरिनँ, आफ्नै हितबारे मात्रै सोचिरहेँ। परमेश्‍वरले मलाई चुन्नुभएको थियो, विश्‍वासीका नाताले वर्षौँसम्म उहाँका वचनको धेरै मलजल र आपूर्ति पाएकी थिएँ, केही सत्यता बुझेकी थिएँ, र सृष्टि गरिएको प्राणीका नाताले कर्तव्य गर्न सकेकी थिएँ, यो सबै परमेश्‍वरको महान अनुग्रह थियो। तैपनि मैले परमेश्‍वरलाई धन्यवाद भनिनँ, वा उहाँको प्रेम कसरी चुक्ता गर्ने सोचिनँ। कुनै कुरा मेरो अनुरूप नहुँदा म परमेश्‍वरलाई गलत बुझेर दोष दिन्थेँ। म पूरै असमझदार भइरहेकी थिएँ। मलाई समयमै खुलासा गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद, नत्र, मैले कर्तव्यमा यो लेनदेनको मनोवृत्ति राखिरहेकी भए, मैले सत्यता र मुक्ति नपाउने मात्र होइन, परमेश्‍वरले मलाई घृणा गरी हटाउनुहुने थियो। यो सबै बुझेपछि, मलाई पश्चत्ताप भयो र आफैलाई धिक्कारेँ, अनि परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले तपाईँलाई धेरै वर्षसम्म पछ्याएकी छु, तर तपाईँप्रति थोरै पनि समर्पण राखिनँ र तपाईँको अभिप्रायलाई गलत बुझेँ। सृष्टि गरिएको प्राणीको नाताले मैले पूरा गर्नुपर्ने कर्तव्यलाई आशिषसँग साट्ने विनिमय वस्तुको रूपमा लिएँ। तपाईँले यसलाई कति घृणा गर्नुभयो होला! हे परमेश्‍वर! म तपाईँसामु पश्चात्ताप गर्न तयार छु, बिन्ती मलाई तपाईँका वचनअनुसार जिउन मार्गदर्शन गर्नुहोस्।”

भक्ति-सङ्गीतको दौरान, मैले परमेश्‍वरका वचनको एउटा खण्ड भेटेँ जसले मलाई अभ्यासको मार्ग दिए। “पाका मानिसहरूले जीवन जिउने क्रममा, अझै बढी सत्यता पछ्याउनुपर्छ, जीवन प्रवेश पछ्याउनुपर्छ, र आफ्‍नो कर्तव्य पूरा गर्न विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग अझै मिलेर काम गर्नुपर्छ; यसरी मात्रै तिनीहरूको कद वृद्धि हुन सक्छ। पाका मानिसहरूले आफूलाई अरूभन्दा वरिष्ठ ठान्‍ने र आफ्‍नो वृद्ध उमेरको धाक लगाउने गर्नु हुँदैन। भक्खरकाहरूले हरकिसिमको भ्रष्ट स्वभाव प्रकट गर्छन्, तर तैँले पनि गर्न सक्छस्; भक्खरकाहरूले अनेक थरीका मूर्ख काम गर्न सक्छन्, र तैँले पनि गर्न सक्छस्; भक्खरकाहरूमा धारणाहरू हुन सक्छ, र पाकाहरूमा पनि हुन सक्छ; भक्खरकाहरू विद्रोही हुन सक्छन्, र पाकाहरू पनि त्यस्तै हुन सक्छन्; भक्खरकाहरूले ख्रीष्टविरोधी स्वभाव प्रकट गर्न सक्छन्, र पाकाहरूले पनि त्यसै गर्न सक्छन्; भक्खरकाहरूसँग बेकाबु महत्त्वाकाङ्क्षा र इच्छाहरू हुन सक्छन्, र पाकाहरूमा पनि हुन सक्छन्, जसमा अलिकति पनि फरक नहुन सक्छ; भक्खरकाहरूले बाधा र अवरोध ल्याएर मण्डलीबाट निष्कासित हुन सक्छन्, र पाकाहरूले पनि त्यस्तै गर्न सक्छन्। त्यसकारण, तिनीहरूले आफ्‍नो क्षमताले भ्याउन्जेलसम्‍म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍नेलगायत, अरू धेरै कुराहरू गर्न सक्छन्। जबसम्म तँ मूर्ख, अबुझ, र सत्यता बुझ्‍न नसक्‍ने व्यक्ति हुँदैनस्, र जबसम्म तँ आफ्‍नो हेरचाह गर्न नसक्‍ने अवस्थामा हुँदैनस्, तबसम्म तैँले गर्नुपर्ने कुराहरू धेरै हुन्छन्। भक्खरकाहरूले जस्तै, तैँले पनि सत्यता पछ्याउन र सत्यता खोजी गर्न सक्छस्, र तँ प्रार्थना गर्न नियमित रूपमा परमेश्‍वरको अघि आउनुपर्छ, सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने प्रयास गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने मार्ग यही हो, र तँ वृद्ध भइस् भन्दैमा, तँलाई धेरै रोगबिमारी छ भन्दैमा, वा तेरो शरीर बुढो हुँदै छ भन्‍दैमा तैँले हैरानी, बेचैनी वा चिन्ता महसुस गर्नु हुँदैन। हैरानी, बेचैनी र चिन्ता महसुस गर्नु सही कुरा होइन—ती तर्कहीन प्रकटीकरणहरू हुन्(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनबाट मैले सिकेँ कि मण्डलीले मलाई जुनसुकै कर्तव्य सुम्पिएपनि मेरो कर्तव्यको माध्यमबाट मैले सत्यता खोजौँ, त्यसलाई मेरो भ्रष्ट स्वभाव हल गर्न प्रयोग गरौँ, कर्तव्यमा आउने ममिलालाई सिद्धान्तअनुसार सम्हाल्ने अभ्यास गरौँ, र अन्तिममा मुक्तिको मार्गतर्फ पाइला बढाऔँ भन्‍ने परमेश्‍वरको अभिप्राय हो। अब, मेरो कर्तव्यमा पूरा गर्नुपर्ने सबै कार्यको अतिरिक्त सम्भव हुँदासम्म भ्रष्टताको प्रकटीकरणका सम्बन्धमा म चिन्तन गर्छु र अनुभवात्मक गवाही लेख लेख्छु। ब्रदर-सिस्टरहरूसँग भेट हुँदा, नयाँ विश्‍वासीमा रहेका धारणाबारे छलफल गरी आफूले बुझेसम्मका कुरा सङ्गति गर्छु। यसरी अभ्यास गर्दा मलाई निकै शान्ति र सहज महसुस हुन्छ। यस अनुभवबाट मेरो सबभन्दा ठूलो सिकाइ भनेको परमेश्‍वरले हरेकलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले सत्यता प्रयोग गरी सबथोकको मूल्याङ्कन गर्नुहुन्छ, उमेर वा कुन कर्तव्य गरेको भनेर हेर्नुहुन्न। तपाईँ सत्यता पछ्याउने मार्गमा हिँडिरहनु भएको छ छैन भनेर मात्र उहाँले हेर्नुहुन्छ। जबसम्म तपाईँ सत्यताको खोजी गर्नुहुन्छ, सही मार्गमा हिँड्नुहुन्छ, तपाईँसँग मुक्ति पाउने मौका हुनेछ। परमेश्‍वरले बुढाबुढीलाई अतिकति पनि तिरस्कार गर्नुहुन्न। मैले परमेश्‍वरलाई गलत बुझेको कुरा सम्झँदा, उहाँको ममाथि धेरै उपकार रहेको छ भन्‍ने लाग्छ र आँखाबाट आँसु खस्न थाल्छ। यो उमेरमा, मसँग अझैपनि सृष्टिकर्तालाई स्वागत गर्ने मौका छ, र परमेश्‍वरको आवाज सुन्ने, उहाँका वचनको न्याय र सजाय पाउने र कर्तव्यमा उहाँका लागि आफूलाई समर्पित गर्ने सौभाग्य पाएकी छु। यो कति ठूलो आशिष् हो। चाहे मैले आशिष् पाऊँ वा नपाऊँ, वा मेरो परिणाम जेसुकै होस्, म लगनशील भई सत्यता पछ्याउनेछु परमेश्‍वरको प्रेम चुक्ता गर्न कर्तव्यमा सकेजति सबै गर्नेछु।

अघिल्लो:  ९०. डरविना आफ्नो कर्तव्य अँगाल्नु

अर्को:  ९२. परिवारको सतावटको पछाडि रहेको कथा

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger