१६. म अब कायर रहिनँ

सब्रिना, फ्रान्स

सन् २०२२ को जुलाईमा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्दै थिएँ। लुसिया मलजल गर्ने डिकन थिइन्, र मेरो कामका लागि जिम्मेवार थिइन्। मण्डली अगुवा रुथी लुसियाप्रति सकारात्मक दृष्टिकोण राख्थिन्, प्रायः हाम्रो अगाडि लुसियाको राम्रो क्षमता र मजबूत कार्यसामर्थ्यको प्रशंसा गर्दै, उनलाई मण्डलीको मलजल गर्ने कामको खम्बाका रूपमा चित्रित गर्थिन्। त्यसैले म पनि लुसियालाई उच्च सम्मान गर्थेँ। तर केही समय लुसियासँग कुराकानी गरेपछि, मैले उनले विषयवस्तुहरू सम्हाल्ने क्रममा सत्यताका सिद्धान्तहरू नखोज्ने र मनपरी तरिकाले कर्मचारीहरूको फेरबदल गर्ने गरेको थाहा पाएँ। कैयौँ पटक, उनले प्रबन्ध गरेका मलजलकर्ताहरू सिद्धान्तअनुसारका भएनन्, र उनले तिनीहरूलाई एक महिना नपुग्दै फेरबदल गरिन्। यसरी मलजलकर्ताहरूको बारम्बारको फेरबदलले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा गम्भीर असर पर्‍यो। यसबाहेक, आफ्नो काममा, उनी हाम्रा वास्तविक कठिनाइहरूलाई सम्बोधन नगरी, खालि नारा भट्याउन र सतही काम गर्नमा अल्झिन्थिन्। हाम्रो मलजलका परिणामहरू अरू मण्डलीका भन्दा राम्रा भएनन् भने, उनी निकै रिसाउँथिन्, र ठूलो मान्छेले बच्चाहरूलाई हप्काएझैँ हामीलाई लगातार हप्काउँथिन्। ब्रदर-सिस्टरहरू उनीद्वारा झन्-झन् बन्धनमा पर्दै गए, उनलाई देख्दा निकै दबाब महसुस गर्दै बोल्ने आँटै गर्दैनथे। अगुवा रुथी लुसियाको व्यवहारबारे जानकार थिइन्, तर सङ्गतिमार्फत उनको समस्यालाई कहिल्यै सम्बोधन गरिनन्।

सन् २०२३ को मे महिनामा, एउटा भेलाको क्रममा माथिल्लो तहका अगुवाले हामीसँग ख्रीष्टविरोधी, झूटा अगुवा र दुष्ट व्यक्तिहरूलाई कसरी खुट्याउने भन्नेबारेको सत्यतामा सङ्गति गर्नुभयो, र हामीले देखेका ख्रीष्टविरोधी, झूटा अगुवा र दुष्ट व्यक्तिहरूका, कुनै पनि व्यवहार र प्रकटीकरणहरूको खुलासा गर्दै हामीलाई सत्यता अभ्यास गर्न प्रोत्साहन दिनुभयो। भेलापछि, ब्रदर जास्पर मकहाँ आए र भने, “मलजल गर्ने डिकन लुसिया मानिसहरू छान्ने र प्रयोग गर्ने काममा सिद्धान्तहरू नपछ्याई लापरबाही गर्छिन्, अनि ब्रदर-सिस्टरहरूलाई बारम्बार हप्काउँछिन्। मैले उनका बारेमा तपाईंले उल्लेख गर्नुभएका समस्याहरू सुनेको छु। तपाईंको लुसियासँग धेरै सम्पर्क छ र तपाईं उनको व्यवहारसँग बढी परिचित हुनुहुन्छ, म तपाईंलाई यी समस्याहरू रिपोर्ट गर्ने सुझाव दिन्छु। यो त न्यायको काम हो।” जास्परका कुरा सुनेर, मलाई पनि लुसियाका समस्याहरू रिपोर्ट गर्नुपर्छ जस्तो लाग्यो र म त्यसै दिन रिपोर्ट पत्र बुझाउन सहमत भएँ। मैले त्यो पत्र लेख्नै लाग्दा, अचानक मेरो मनमा लाग्यो रुथी र लुसियाले त मेरो कामको प्रत्यक्ष सुपरिवेक्षण गर्छन्, र यदि मैले रिपोर्ट पत्र बुझाएँ भने, त्यो उनीहरूकै हातमा पुग्नेछ। लुसिया सामान्यतया निकै हुकुमी स्वभावकी थिइन् र अक्सर मलाई आफ्नो कर्तव्यमा गैर-जिम्मेवार भएको र काममा परिणामहरू हासिल गर्न ध्यान नदिएको आरोप लगाउँथिन्। यदि उनले मैले उनको बारेमा रिपोर्ट गरेको थाहा पाइन् भने, के उनले मलाई सजाय दिने, मेरो जीवन कठिन बनाइदिने, वा मलाई पदबाट हटाउने वा सरुवा नै पो गरिदिने गर्लिन् त? यी कुराहरूले मलाई धेरै डर र दुविधामा पारे, र मैले मनमनै सोचेँ, “मैले देखेको नदेख्यै गर्नु नै बेस हुन्छ। उनीहरूका लागि समस्या खडा गर्नु भनेको आफ्नै लागि समस्या खडा गर्नु हो। म आफ्नो कर्तव्य निर्वाह गर्ने मौका गुमाउन चाहन्नँ। आफूलाई जोगाउनु बढी महत्त्वपूर्ण कुरा हो।” यसबाहेक, त्यस दिन समाधान गर्नुपर्ने धेरै कुराहरू पनि थिए, त्यसैले मैले व्यस्त भएको बहाना बनाएर रिपोर्ट पत्र नलेख्ने निर्णय गरेँ। भोलिपल्ट, जास्परले मैले रिपोर्ट बुझाए-नबुझाएको बारे सोध्दै म्यासेज पठाए। त्यो म्यासेज देख्दा मेरो अनुहार तातो भएर आयो र मलाई हृदयमा भित्रैदेखि लाज लाग्यो। मैले केवल “छैन” भनेर जवाफ दिएँ। जास्परले त्यसपछि केही भनेनन्।

त्यसपछिका दिनहरूमा, मलाई अत्यधिक बेचैनी भयो र पश्चातापले आक्रान्त भएँ। मेरो भक्तिभावको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँलाई जीवनमा प्रायजसो आरोपित महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्‍ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्‍ने, सत्यतालाई विश्‍वासघात गर्ने, र स्वार्थी तथा घृणित बन्‍ने सम्‍भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्‍नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्‍वरका वचनहरूको खुलासाले मलाई स्पष्ट रूपमा के महसुस गरायो भने, मलाई बेचैनी र पश्चाताप त मैले सत्यता अभ्यास गर्नुको सट्टा आफ्नो स्वार्थको रक्षा गर्दै आफूलाई जोगाउनुका कारणले पो भएको रहेछ। झूटा अगुवा, ख्रीष्टविरोधी र दुष्ट व्यक्तिहरूलाई खुलासा गर्नु र रिपोर्ट गर्नु परमेश्‍वरका हरेक चुनिएका मानिसहरूको जिम्मेवारी हो र यो अभ्यास गर्नुपर्ने सत्यताको एउटा पक्ष हो भन्ने मलाई राम्ररी थाहा थियो। यस्तो किन हो भने ख्रीष्टविरोधी र दुष्ट व्यक्तिहरूले मण्डलीको काममा पुऱ्याउने क्षति यति ठूलो हुन्छ कि कुनै पनि विवेक र समझ भएको व्यक्तिले मण्डलीको कामको रक्षा गर्न तिनीहरूलाई रिपोर्ट र खुलासा गर्नैपर्छ। तर, मैले त समस्याहरू थाहा पाउँदा पनि, रुथी र लुसियाले मेरो रिपोर्ट देखेर, मलाई दबाउन र बदला लिन सक्छन् भन्ने डरले तिनीहरूलाई रिपोर्ट गर्ने आँट गरिनँ। मैले मण्डलीको कामको रक्षा गर्नुभन्दा मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न रुचाएँ, र मैले आफ्नो कर्तव्य कसरी पूरा गर्ने र आफ्नो गवाहीमा दृढ रहने भन्नेबारे सोचिनँ। म कति स्वार्थी र घृणित रहेछु! यो महसुस गरेपछि, मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, रिपोर्ट लेख्न आँट नगर्ने म कति स्वार्थी र घृणित रहेछु। मलाई भित्रैदेखि दोषी महसुस भइरहेको छ। हे परमेश्‍वर, कृपया मलाई सत्यता अभ्यास गर्ने विश्वास र साहस दिनुहोस्।”

त्यसपछिका दिनहरूमा, मैले लुसियामा अझ धेरै समस्याहरू देखेँ। एउटा कार्य रिपोर्टमा, उनले पाँच जना नयाँ विश्वासीहरू सत्यताका लागि नतिर्खाएका वा नियमित रूपमा भेलामा उपस्थित नभएका, र उनले तिनीहरूलाई मलजल र सहयोग गर्न बन्द गर्ने योजना बनाएकी बताइन्। तर वास्तवमा, यी नयाँ विश्वासीहरूमध्ये कोही बिरामी थिए, कोही काममा व्यस्त थिए, र कतिपयका समाधान गर्नैपर्ने पारिवारिक समस्याहरू थिए, जसले उनीहरूलाई केही समयका लागि नियमित भेलामा उपस्थित हुनबाट रोकेका थिए, साथै ती नयाँ विश्वासीहरू आफैँ पनि यसका लागि दुःखी थिए। नयाँ विश्वासीहरूको अनियमित उपस्थितिले लुसियाको कामको नतिजामा असर पारेकोले, उनले मलजल र सहयोग चाहिने यी नयाँ विश्वासीहरूलाई सजिलै त्यागिदिइन्। हामीलाई यसले स्पष्ट रूपमा सिद्धान्तहरू उल्लङ्घन गरेको र यो गैर-जिम्मेवार जस्तो लाग्यो, त्यसैले हामीले लुसियाको रिपोर्टको त्यो अंश जुन तथ्यपरक थिएन, त्यसलाई सच्यायौँ। जब लुसियाले त्यो फेरबदल देखिन्, उनी क्रोधित भइन् र हामीलाई किन त्यसो गर्‍यौ भनेर केरकार गरिन्। मैले कारण बताएपछि, लुसिया झन् रिसाइन् र मलाई हप्काइन्, “तिमी किन हिरो बन्न खोज्दैछौ? सबैलाई सिद्धान्त थाहा छ, नबुझ्ने त तिमी मात्र हौ। तिमीले कुन चाहिँ मलजलको काम गर्दैछौ र?” म त पूरै अलमल्लमा परेँ। सिद्धान्तअनुसार, ती पाँच जना नयाँ विश्वासीहरू सत्यताको तिर्खा नभएका मानिसहरू थिएनन्; उनीहरू मलजल र सहयोग आवश्यक पर्ने व्यक्तिहरू थिए, र हामीले तथ्यसँग मेल नखाने कुरा सच्याउनु उचित कुरा थियो। त्यसोभए लुसिया किन यति धेरै रिसाइरहेकी थिइन् र मलाई हिरो बन्न खोजेको आरोप लगाइरहेकी थिइन्? मलाई उनमा केही गडबड छ भन्ने लाग्यो। उनी मलजल गर्ने डिकन थिइन्, त्यसैले यदि उनले सिद्धान्तविना काम गरिन् भने, यसले मलजलको कामलाई असर गर्नेछ, र परिणामहरू डरलाग्दो हुन सक्थे। मैले आफूले कसरी अघिल्लो पटक रिपोर्ट पत्र लेख्ने आँट नहुँदा सत्यता अभ्यास गर्ने मौका गुमाएँ, जसले मलाई ऋणी भएको महसुस गरायो भन्ने बारे सोचेँ। यस पटक, मैले उनका समस्याहरू माथिल्लो तहमा रिपोर्ट गर्नैपर्थ्यो। तर मेरो मनमा झुलुक्क एउटा विचार आयो, “यदि म सीधै अगुवा रुथीकहाँ गएर लुसियाका समस्याहरू रिपोर्ट गरेँ भने, के उनले म लुसियाका लागि जानी-जानी कठिनाइ उत्पन्न गर्न खोज्दैछु भनेर सोच्लिन्?” मलाई याद आयो, एक वर्षअघि लुसिया हाम्रो मण्डलीमा पहिलो पटक आउँदा, रुथी धेरै खुसी हुँदै, लुसियामा राम्रो क्षमता र बलियो कार्य सामर्थ्य रहेको, र उनी मण्डलीको खम्बा हुन् भनेकी थिइन्। यसबाहेक, रुथीलाई लुसियाको सिद्धान्तविना काम गर्ने र अरूलाई दबाउने अनि हप्काउने बानीबारे राम्ररी थाहा थियो, तर उनले लुसियाका समस्याहरूप्रति सधैँ आँखा चिम्लेकी थिइन्। रुथीले लुसियालाई यति उच्च सम्मान गर्ने हुँदा, के उनले मेरो रिपोर्टलाई गम्भीरतापूर्वक लिन्थिन् होला? के उनले लुसियालाई ढाकछोप गरेर मलाई आफ्नो कर्तव्य निर्वाह गर्नबाट रोक्दै मेरा लागि कठिन बनाउँथिन् होला? मनमा यी कुराहरू आएपछि, म चिन्ताले भरिएँ, र रुथीलाई लुसियाका समस्याहरू सुनाउने कि नसुनाउने भन्नेमा अनिश्चित भएँ। मैले म फेरि आफूलाई जोगाउन खोज्दै छु भन्ने महसुस गरेँ। त्यसैले, त्यो साँझ, मैले आफ्नो अवस्थासँग सम्बन्धित उपयुक्त अनुभवात्मक गवाही लेखहरू पढ्नका लागि खोजी गरेँ। तीमध्ये एउटामा उल्लेख गरिएको परमेश्‍वरका वचनको एउटा खण्डले मलाई प्रभावित गऱ्या। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरका प्रश्नयुक्त वचनहरूले मलाई गहिरो लाज र अपराधबोधले भरिदिए। मैले लुसियाले आफ्नो कर्तव्यमा सिद्धान्तहरू नपछ्याइरहेकी, अक्सर आफ्नो भ्रष्ट स्वभाव र आवेगमा आएर ब्रदर-सिस्टरहरूलाई हप्काउने गरेकी स्पष्ट रूपमा देखेँ। ममा लुसियाका समस्याहरूबारे केही खुट्याइ थियो र म ती कुराहरू रुथीलाई रिपोर्ट गर्न चाहन्थेँ, तर म लुसियाले बदला लेलिन् र मेरो लागि समस्या खडा गर्लिन् भनेर चिन्तित थिएँ, साथै रुथीले लुसियालाई जोगाएर मलाई दबाउने वा पाखा लगाउने हुन् कि भन्ने डर थियो। परिणाम स्वरूप, मैले आफूलाई जोगाएँ र समस्याहरू रिपोर्ट गरिनँ। त्यो अवधिमा, मेरो हृदय परमेश्‍वरको बोझको ख्यालै नगरी सधैँ आफ्नै स्वार्थ जोगाउनमा केन्द्रित थियो, र मैले मण्डलीको कामको हिफाजत गर्न सकिनँ। महत्त्वपूर्ण क्षणहरूमा, म सत्यता अभ्यास नगरी वा सिद्धान्तहरूमा अडिग नरही बारम्बार पछि हटेँ। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मैले उहाँको अभिप्राय बुझेँ र अभ्यासको बाटो पाएँ। त्यसैले, मैले साहस जुटाएर लुसियाका समस्याहरू रुथीलाई रिपोर्ट गरेँ।

भोलिपल्ट, रुथीले मलाई र अन्य धेरै टोली अगुवाहरूलाई लुसियाको बारेमा मूल्याङ्कन लेख्न लगाइन्। मैले देखेका सबै समस्याहरू सकेसम्म विस्तृत रूपमा लेखेँ, तर मलाई अझै पनि केही चिन्ता थियो, किनभने मलाई रुथीले लुसियालाई जोगाएर मलाई पाखा लगाउने वा दबाउने हुन् कि भन्ने डर थियो। त्यसैले, मैले मूल्याङ्कनमा एउटा यस्तो वाक्य थपेर आफ्ना लागि केही सुरक्षित मार्ग राखेँ, “मैले यी समस्याहरू पूर्ण रूपमा स्पष्ट देखेको छैन, त्यसैले म सबैले सँगै मूल्याङ्कन गरून् भनेर रिपोर्ट गर्दैछु।” रुथीले लुसियाबारेका मूल्याङ्कनहरू जम्मा गरेपछि, उनले लुसियालाई हटाउलिन् भन्ने मैले सोचेकी थिएँ, तर दिनहरू बिते पनि केही भएन। म फेरि यस्तो सोच्दै चिन्तित हुन थालेँ, “सबैले लुसियाको बारेमा मूल्याङ्कन लेखेका छन्, र यदि उनी हटाउन योग्य नदेखिए पनि, उनलाई उनका समस्याहरू महसुस गराउनका लागि उनको खुलासा गर्दै उनका समस्याहरू औंल्याउनुपर्ने थियो। तर अझैसम्म कुनै गतिविधि भएको संकेत छैन। के अगुवाले मेरो मूल्याङ्कन नै गलत ठानिन् होला त? के उनले मलाई नै हटाउन लागेकी हुन्?” केही दिनपछि, लुसियाले म र अन्य मलजलकर्ताहरूले अझै पनि नियमित रूपमा भेलामा नआउने नयाँ विश्वासीहरूलाई सहयोग गरिरहेको देखिन्, र उनी धेरै रिसाइन्, अनि नियमित रूपमा भेलामा नआउनेहरू किन अझै मण्डलीमा छन् भनेर हामीलाई केरकार गरिन्, र हामीले मनपरी काम गरेको आरोप लगाइन्। एउटा सहकर्मी भेलाको दौरान, उनले हामीलाई यस विषयमा फेरि हप्काइन्, र नियमित रूपमा भेलामा नआउने यी नयाँ विश्वासीहरूलाई त्याग्न दबाब दिइन्। मलाई लुसियाका समस्याहरू निकै गम्भीर छन् भन्ने लाग्यो, तर पछि, जब मैले उनी नहटाइएको मात्र होइन, बरु एउटा महत्त्वपूर्ण कामको सुपरिवेक्षण गर्न उनको पदोन्नति समेत भएको देखेँ, मलाई मैले खुट्याउन नसकेर गलत रिपोर्ट पो गरेकी थिएँ कि भन्ने शङ्का लाग्यो। त्यो अवधिमा, मलाई धेरै दबाब र दिक्दारी महसुस भयो, र म यस्तो परिस्थितिमा पर्नुमा परमेश्‍वरको अभिप्राय के थियो र मैले यसलाई कसरी अनुभव गर्नुपर्छ भनेर मैले बुझ्नै सकिनँ। विशेष गरी लुसिया अब अझ उच्च पदमा भएकीले, यदि उनले मैले उनको समस्या रिपोर्ट गरेकी थिएँ भनेर साँच्चै थाहा पाइन् भने, उनले मलाई कुनै पनि बेला सरुवा गर्न वा पदबाट हटाउन सक्थिन्, वा मलाई मण्डलीबाट निकालिदिन समेत सक्थिन्। यी कुराहरूबारे सोच्दा म धेरै चिन्तित र भयभीत भएँ, र मैले अब उप्रान्त लुसियालाई खुट्याउन चाहिनँ।

जुलाईको एक दिन, माथिल्लो तहका अगुवाहरूले दुई जना ब्रदरहरूलाई लुसियाको अवस्थाबारे सोधपुछ गर्न मकहाँ पठाए। तब मात्र मैले थाहा पाएँ ब्रदर जास्परले मैले रिपोर्ट पत्र नलेखेको थाहा पाएपछि आफूले जम्मा गरेको जानकारी माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गरेका रहेछन्। मैले लुसियाका सबै व्यवहार ती दुई ब्रदरहरूलाई बताएँ। यो सुनेर उनीहरू धेरै अचम्मित भए र भने, “रुथीले तपाईंहरू सबैलाई लुसियाको मूल्याङ्कन लेख्न लगाइन्, त्यसोभए किन झन्डै एक महिना भैसक्दा पनि केही गरिएन?” अन्तमा, ती दुई ब्रदरहरूले मलाई सोधे, “के तपाईंले आफू डराउनु भएकै कारण रिपोर्ट पत्र नलेख्नुभएको हो?” ब्रदरहरूको प्रश्न सुनेर, मलाई भित्रैदेखि लाज र दोषी महसुस भयो। म सधैँ आफूलाई जोगाउन खोज्ने कति स्वार्थी र घृणित भएकी रहेछु भनेर मैले महसुस गरेँ। मैले निकै कायर महसुस गरेँ। अवस्था रिपोर्ट गरेपछि र लुसियालाई हटाउने त कुरै छोडौँ, पदोन्नति समेत गरेको देखेपछि पनि, ममा थप रिपोर्ट गर्ने आँट थिएन। वास्तवमा, लुसियामा समस्याहरू रहेका, र उनका धेरै दृष्टिकोण र अभ्यासहरू सत्यताका सिद्धान्तहरूसँग मेल नखाने मलाई राम्ररी थाहा थियो। उनी आफ्नै कामको प्रभावकारिता, प्रतिष्ठा र हैसियतका लागि अरूलाई दबाउँथिन् र हप्काउँथिन्, र उनी वास्तविक समस्याहरू समाधान गर्दिनथिन्। उनले मलजल र सहयोग चाहिने धेरै नयाँ विश्वासीहरूलाई समेत त्यागिदिइन्। जब मैले उनका समस्याहरू सच्याएँ, उनले मलाई हिरो बन्न खोजेको आरोप लगाउँदै हप्काइन्। तर, उनको हैसियत र शक्तिको डरले र दबाइने वा सजाय पाउने डरले, मैले आफूलाई सत्यताका सिद्धान्तहरूमा अडिग रहन असमर्थ पाएँ र उनलाई खुलासा र रिपोर्ट गर्ने आँट गरिनँ। त्यो रात, म लामो समयसम्म सुत्न सकिनँ। मैले आफू कसरी विगत डेढ महिनादेखि दबाब, दिक्दारी र आन्तरिक द्वन्द्वको अवस्थामा बाँचिरहेकी थिएँ भन्नेबारे सोचेँ। मैले समस्याहरू देखेकी थिएँ तर बोल्न डराएकी थिएँ, र अन्तमा समस्याहरू रिपोर्ट गरेपछि, म दबाइएला भनेर डरएकी थिएँ। यो अवस्था बारम्बार दोहोरिरहेको थियो। खासमा समस्या के थियो? मैले आफ्नो अवस्थासँग सम्बन्धित परमेश्‍वरका वचनहरू खोजेँ। त्यसबेला, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने भन्‍ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कामदारले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको आज्ञापालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको आज्ञापालन गर्नु हुँदैन र तैँले तिनीहरूको पर्दाफास गर्न, विरोध गर्न र फरक राय अघि सार्न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा सेवक, वा ख्रीष्टविरोधी भएको खुलासा भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, पर्दाफास गर्न र रिपोर्ट गर्न सक्छस्। यद्यपि, केही परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता बुझ्दैनन् र खास गरी डरपोक हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दबाउँछन् र यातना दिन्छन् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई निष्कासित गर्यो भने म सकिन्छु; यदि उसले सबैलाई मेरो पर्दाफास गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मलाई मण्डलीबाट निष्कासित गरियो भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई बचाउनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?’ के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई यातना दिनु र निकाल्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट निकालिँदा वा उनीहरूलाई निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि निकालिने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही समझशक्ति प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग मेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको नोकर होस् भनेर प्रमाणित गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने, यो समयावधिमा, लुसियाको रिपोर्ट गर्नेबारेको मेरो बारम्बारको हिचकिचाहट र अनगिन्ती चिन्ता र फिक्रीहरू अगुवा र कामदारहरूप्रतिको मेरो गलत मनोवृत्ति र दृष्टिकोणका कारणले गर्दा भएको रहेछ। म अगुवा र कामदारहरूलाई धेरै उच्च सम्मान गर्थेँ, उनीहरूसँग पद र शक्ति छ, र उनीहरूलाई चिढ्याउँदा समस्या आउनेछ र मैले आफ्नो कर्तव्य गुमाउने वा मण्डलीबाट निकालिने सम्भावना समेत हुन्छ भन्ने विश्वास गर्थेँ, त्यस्तो अवस्थामा, मैले मुक्तिको मौका गुमाउने थिएँ। त्यसैले, मैले लुसियाका समस्याहरू स्पष्ट रूपमा देखेर रिपोर्ट गर्न चाहे पनि, मलाई समस्यामा पारिने, दबाइने, वा बदला लिइने डर थियो, त्यसैले म सधैँ पछि हट्थेँ र रिपोर्ट गर्ने आँट गर्दैनथेँ। रुथीलाई लुसियाका समस्याहरू रिपोर्ट गर्दा समेत, मैले केही कुराहरू लुकाएँ, र म छली बनेर दोधारे रूपमा बोल्दै, मैले लुसियाका समस्याहरू स्पष्ट रूपमा देख्न सकेकी छैन, र हामी सबैले सँगै मूल्याङ्कन गर्नुपर्छ भनेँ। विशेष गरी मैले लुसियाका समस्याहरू रिपोर्ट गरेपछि, जब मैले उनी नहटाइएकी मात्र होइन, बरु पदोन्नति नै गरिएकी देखेँ, र उनले मलाई केही हदसम्म निशाना बनाइरहेकी पनि देखेँ, तब म झनै डराएँ। मैले उनलाई खुट्याउन र रिपोर्ट गर्न बन्द गर्ने निर्णय गरेँ। यसरी, म आफैँलाई दबाइनबाट जोगाउन र आफ्नो कर्तव्य कायम राख्न सक्थेँ। परमेश्‍वरका वचनहरूको खुलासाबाट नै मैले आफू कति अज्ञानी र मूर्ख बनेकी रहेछु भन्ने महसुस गरेँ। मैले अगुवा र कामदारहरूद्वारा हटाइनु वा दबाइनुको अर्थ मुक्तिको मौका गुमाउनु हो भन्ने विश्वास गरेकी थिएँ। यो दृष्टिकोण एकदमै बेतुकको छ! ममा परमेश्‍वरप्रतिको साँचो विश्वासको अभाव थियो र परमेश्‍वरको घर सत्यताद्वारा शासित हुन्छ भन्ने विश्वास थिएन। मैले परमेश्‍वरमा विश्वास त गरेँ तर मेरो भाग्य उहाँको हातमा छ भन्ने भरोसा गरिनँ, र मैले झूटा अगुवा र ख्रीष्टविरोधीहरूले मेरो भाग्य निर्धारण गर्न सक्छन् भन्ने समेत सोचेँ। मैले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरभन्दा पनि ठूला ठानेँ। यो वास्तवमै परमेश्‍वरको निन्दा थियो!

पछि, मैले जास्परसँग लुसियाबारे कुरा गरेँ, र हामी दुवैले यो परिस्थिति परमेश्‍वरले हाम्रा कमीकमजोरीहरूलाई सम्बोधन गर्न मिलाउनुभएको बन्दोबस्त हो, र यसमा परमेश्‍वरको अभिप्राय लुकेको छ भन्ने महसुस गर्‍यौँ। जास्परले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड सुनाए: “जब विभिन्न प्रकारका दुष्ट मानिस र अविश्‍वासीहरू आएर दियाबलस र शैतानका विविध भूमिका खेल्छन्, कामको बन्दोबस्तविरुद्ध गएर पूरै फरक काम गर्छन्, परमेश्‍वरको घरलाई ढाँट्छन् र छल्छन्; जब तिनीहरूले परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउँछन्, परमेश्‍वरको नामलाई लज्जित गर्ने र परमेश्‍वरको घरलाई अर्थात् मण्डलीलाई कलङ्कित गर्ने कामहरू गर्छन्, तब त्यो देखेर तैँले रिसाउनेबाहेक केही गर्दैनस्, तैपनि तँ न्याय कायम राख्न, दुष्ट मानिसहरूलाई पर्दाफास गर्न, मण्डलीको कामलाई कायम राख्न, यी दुष्ट मानिसहरूलाई सम्बोधन गर्न र सम्हाल्न, र तिनीहरूलाई मण्डलीको काममा बाधा पुर्‍याउन र परमेश्‍वरको घर अर्थात् मण्डलीलाई कलङ्कित गर्नबाट रोक्नका लागि उभिन सक्दैनस्। यी कुराहरू नगरेर, तँ गवाही दिन असफल भएको हुन्छस्। कतिपय मानिस भन्छन्, ‘म यी कुराहरू गर्ने आँट गर्न सक्दिनँ, यदि मैले अत्यन्तै धेरै मानिसलाई सम्हालेँ भने मैले तिनीहरूलाई रिस पो उठाउन सक्छु कि, र यदि तिनीहरू सबै मिलेर मलाई दण्ड दिए र कार्यालयबाट हटाए भने, म के गरूँ?’ ल भन्, के तिनीहरू कायर र डरपोक हुन्, के तिनीहरूसँग सत्यता छैन र तिनीहरूले मानिसबीच फरक छुट्ट्याउन वा शैतानको अवरोध छर्लङ्गै देख्न सक्दैनन्, कि तिनीहरू आफ्नो कर्तव्य निर्वाहनमा वफादार छैनन्, र आफूलाई बचाउने प्रयास मात्र गरिरहेका छन्? यहाँ वास्तविक समस्या के हो? के तैँले कहिल्यै यसबारे सोचेको छस्? यदि तँ स्वभावैले डरपोक, कमजोर, कायर र भयभीत छस्; तैपनि, धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि, निश्चित सत्यताहरूको बुझाइका आधारमा, तैँले परमेश्‍वरमाथि सच्चा विश्‍वास राख्छस् भने, के तँ तेरा केही मानव कमजोरी, कायरता, र नाजुकतालाई जित्न, र दुष्ट मानिसहरूबाट डराउन छोड्न सक्नेछैनस् र? (सक्नेछु।) त्यसोभए तिमीहरूले दुष्ट मानिसहरूलाई सम्हाल्न र सम्बोधन गर्न नसक्नुको मूल कारण के हो? के तेरो मानवता भित्रैदेखि कायर, डरपोक र भयभीत भएर हो? यो न त समस्याको मूल कारण हो, न त्यसको सार हो। यो समस्याको सार के हो भने, मानिसहरू परमेश्‍वरप्रति वफादार छैनन्; तिनीहरू आफैलाई, आफ्नो व्यक्तिगत सुरक्षा, ख्याति, हैसियत र निकासलाई रक्षा गर्छन्। तिनीहरू वफादार नभएको कुरा तिनीहरूले कसरी सधैँ आफूलाई बचाउँछन्, केही आइपर्दा कछुवाले टाउको लुकाएझैँ पछि सर्छन्, र सबै साम्य भएपछि मात्र फेरि टाउको बाहिर निकाल्छन् भन्‍ने कुरामा प्रकट हुन्छ। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ अत्यन्तै सजगता अपनाइरहेका हुन्छन्, तिनीहरूमा धेरै व्यग्रता, चिन्ता र डर हुन्छ, र तिनीहरू मण्डलीको कामको रक्षामा उभिन सक्दैनन्। यहाँ के समस्या छ? के यो आस्थाको कमी होइन र? तँसित परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्दैनस्, र तँ तेरो जीवन र तेरो सबथोक परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्दैनस्। तँ ‘परमेश्‍वरको अनुमतिविना, शैतानले तेरो शरीरको एउटा रौँ समेत हल्लाउने आँट गर्दैन’ भन्‍ने परमेश्‍वरको भनाइलाई विश्‍वास गर्दैनस्। तँ तैँले देखेकै कुराहरूको भरमा तथ्यहरूको मूल्याङ्कन गर्छस्, तँ आफ्नै आकलनका आधारमा कामकुराको मूल्याङ्कन गर्छस्, र सधैँ आफ्नो बचाउ गर्छस्। तँ एउटा व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरालाई विश्‍वास गर्दैनस्; तँ शैतान, दुष्ट शक्ति र दुष्ट मानिसदेखि डराउँछस्। के यो परमेश्‍वरमाथि साँचो आस्था नहुनु होइन र? (हो।) परमेश्‍वरमाथि साँचो आस्था किन हुँदैन? के यो मानिसको अनुभव अति सतही भएर अनि तिनीहरूले यी कुराहरू छर्लङ्गै देख्न नसकेर हो, कि तिनीहरूले अत्यन्तै कम सत्यता बुझेर हो? कारण के हो? के मानिसहरूको भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध छ? के यो मानिसहरू अत्यन्तै धूर्त भएर हो? (हो।) तिनीहरूले जति नै कुराहरू अनुभव गरे पनि, तिनीहरूसामु जति धेरै तथ्यहरू प्रस्तुत गरे पनि, तिनीहरू यो परमेश्‍वरको काम हो, वा व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ भनेर विश्‍वास गर्दैनन्। यो एउटा पक्ष हो। अर्को अत्यन्तै ठूलो समस्या भनेको मानिसहरूले आफ्नो बारेमा अति धेरै ख्याल राख्नु हो। तिनीहरू परमेश्‍वर, उहाँको काम, परमेश्‍वरको घरका हितहरू, उहाँको नाम र उहाँको महिमाका निम्ति कुनै मूल्य चुकाउन वा कुनै त्याग गर्न इच्छुक हुँदैनन्। तिनीहरू त्यस्तो कुनै पनि काम गर्न इच्छुक हुँदैनन्, जसमा सानोभन्दा सानो खतरा हुन्छ। मानिसहरू आफ्नो बारेमा अति धेरै ख्याल राख्छन्! मृत्युको, अपमानको, दुष्ट मानिसहरूको पासो, र कुनै पनि खालको दुर्दशामा परिने डरले, मानिसहरू तिनीहरूको आफ्नै देहलाई बचाउन हरसम्भव प्रयास गर्छन्, आफूलाई कुनै खतरनाक परिस्थितिमा पर्न नदिने प्रयत्न गर्छन्। … तैँले जस्तोसुकै परिस्थिति वा मामलाहरू सामना गरे पनि, तिनलाई सम्हाल्न यी विधि, कार्यनीति र रणनीतिहरू प्रयोग गर्छस्, अनि तँ परमेश्‍वरको गवाहीमा अडिग रहन सक्दैनस्। परिस्थितिहरू जेजस्ता भए पनि, तँ योग्य अगुवा वा सेवक बन्न सक्दैनस्, एउटा परिचारकका गुण वा व्यवहारहरू प्रस्तुत गर्न सक्दैनस्, र पूर्ण वफादारी देखाउन सक्दैनस्, र यसरी आफ्नो गवाही गुमाउँछस्। तैँले जति वटा मामलाहरू सामना गरे पनि, तैँले परमेश्‍वरमाथिको तेरो आस्थामा भर परेर वफादारी र आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनस्। फलस्वरूप, अन्तिममा तैँले केही पनि प्राप्त गर्दैनस्। परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्नुभएको हरेक परिस्थितिमा, र शैतानविरुद्धको तेरो लडाइँमा, तेरो निर्णय सधैँ पछि हट्ने र भाग्ने नै रहँदै आएको छ। तैँले परमेश्‍वरले तँलाई अनुभव गराउन तेरा लागि देखाउनुभएको वा तोक्नुभएको मार्ग पछ्याएको छैनस्। त्यसैले, यो लडाइँमाझ, तैँले प्राप्त गरेको हुनुपर्ने सत्यता, बुझाइ र अनुभवहरू गुमाउँछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरूले मलाई गहिरो रूपमा छोए। परमेश्‍वरले जे खुलासा गर्नुभयो, त्यो ठ्याक्कै मेरो अवस्था थियो। विशेष गरी, परमेश्‍वरले के खुलासा गर्नुभयो भने, जब हामी दुष्ट मानिसहरूले दुष्ट काम गरेको देख्छौँ, हामी तिनीहरूलाई खुलासा गर्ने आँट गर्दैनौँ, र मण्डलीको कामलाई कायम राख्न असफल हुन्छौँ। यो केवल कमजोरी वा कायरता मात्र होइन; समस्याको सार यो हो कि व्यक्ति परमेश्‍वरप्रति बफादार छैन। त्यसैले हामी निरन्तर आफूलाई जोगाउँछौँ, आफ्नै भविष्य र सुरक्षाको ख्याल गर्छौँ। यसबाहेक, परमेश्‍वरले के खुलासा गर्नुभयो भने, यस्ता मानिसहरूमा उहाँप्रति साँचो विश्वासको कमी हुन्छ, उनीहरू परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकतामा विश्वास गर्दैनन्। उनीहरू आफूले देखेका कुरा र आफ्नै हिसाबकिताबका आधारमा मात्र कामकुराहरूको न्याय गर्छन्। दुष्ट शक्तिहरूको सामना गर्नुपर्दा, उनीहरू भाग्छन् र लुक्छन्, परमेश्‍वरले उनीहरूलाई जोगाउन सक्नुहुन्न र उहाँ उनीहरू भन्दा कम भरपर्दो हुनुहुन्छ भन्ने सोच्छन्, त्यसैले उनीहरूमा आफूलाई परमेश्‍वरमा सुम्पने साहस हुँदैन। मानिसको हृदय यति धेरै हिसाबकिताब र छलले भरिएको हुन्छ! अर्को पक्ष के हो भने मानिसहरू आफ्नो धेरै ख्याल गर्छन्, र उनीहरू मण्डलीको कामको रक्षा गर्न कुनै पनि मूल्य चुकाउन वा कुनै बलिदान दिन तयार हुँदैनन्। यस्ता मानिसहरू पूर्ण रूपमा स्वार्थी र घृणित हुन्छन्। यो मभित्रको घातक अवगुण हो। मैले परमेश्‍वरले कसरी पृथ्वीमा काम गर्दै हामीलाई मुक्ति दिन दुई पटक देहधारण गर्नुभयो, स्वेच्छाले अपार अपमान सहनुभयो, अथक प्रयास गर्नुभयो, र सबै कुरा दिनुभयो भन्ने मनन गरेँ। अपमान, निन्दा, सतावट र सङ्कष्ट भोगेकै कारण परमेश्‍वर मानवजातिलाई मुक्ति दिने आफ्नो कामबाट कहिल्यै पछि हट्नुभएन वा यसलाई रोक्नुभएन। परमेश्‍वरले सधैँ कुनै गुनासोविना चुपचाप दिनुभएको छ। परमेश्‍वरले यी सबै कुराहरू आफ्नो लागि वा मानिसबाट केही पाउनका लागि गर्नुभएको होइन, बरू, शैतानद्वारा यति गहिरो रूपमा भ्रष्ट भएका हामी मानवहरूलाई मुक्ति दिनका लागि हो। परमेश्‍वरको सार कति सुन्दर र निःस्वार्थ छ! मैले मेरा विश्वासका वर्षहरूमा परमेश्‍वरले आफ्ना वचनहरूद्वारा मलाई निरन्तर मलजल र आपूर्ति गर्नुभएको, र उहाँले मलाई अनुभव गर्नका लागि धेरै मानिसहरू, घटनाहरू, कामकुराहरू र परिस्थितिहरू मिलाउनुभएको, मैले सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, र सत्यताका सिद्धान्तहरूअनुसार आफूलाई व्यवहारमा ढाल्न र काम गर्न सिकूँ भनेर अगुवाइ र मार्गदर्शन गर्नुभएको कुरा सम्झेँ। अहिले, झूटा अगुवा र दुष्ट व्यक्तिहरूले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउँदै गर्दा, मैले अगाडि बढेर परमेश्‍वरका घरको हित संरक्षण गर्ने एकदम सही समय यही नै थियो। तैपनि, आफूलाई जोगाउनका लागि, मैले आफ्ना विचारहरू परमेश्‍वरबाट लुकाइरहेकी थिएँ र उहाँप्रति छली बनिरहेकी थिएँ, र सत्यता अभ्यास गर्न आफ्नै स्वार्थ त्याग्न तयार थिइनँ। म साँच्चै धेरै छली, धेरै स्वार्थी र नीच रहेछु! मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गर्दै एउटा संकल्प गरेँ अबदेखि, म न्यायको बोध भएकी, सत्यता अभ्यास गर्न सक्ने र मण्डलीको कामको रक्षा गर्न सक्ने व्यक्ति बन्ने लक्ष्य पछ्याउनेछु।

केही दिनपछि, मण्डलीले लुसियालाई सुपरिवेक्षकको पदबाट हटायो, तर उनको मलजल गर्ने डिकनको पद भने कायमै राख्यो। भेलाको दौरान, मैले लुसियालाई आफ्नो बारेमा थोरै मात्र ज्ञान रहेको थाहा पाएँ। उनले आफूलाई हटाइनुको कारण केवल कार्य अनुभवको कमी हो भनेर जोड दिइरहिन्। मैले उनका विगतका व्यवहारहरूबारे सोचेँ, र मलाई उनी अब मलजल गर्ने डिकन हुन उपयुक्त छैनन् साथै हालको व्यवस्था अनुपयुक्त छ भन्ने लाग्यो। यस पटक, मैले अघिल्लो पटक जस्तो आफूलाई जोगाउन चाहिनँ। म लुसियाका समस्याहरू रिपोर्ट गर्न अगाडि बढ्न कटिबद्ध थिएँ। त्यसैले, म पहिले मलाई लुसियाबारे सोध्ने ती दुई ब्रदरहरूकहाँ गएँ र उनीहरूलाई उनको अवस्था रिपोर्ट गरेँ। यस पटक, मेरो रिपोर्ट पत्रमा, मैले आफ्नो दृष्टिकोण स्पष्ट रूपमा बताएँ: म लुसिया ख्रीष्टविरोधीको बाटोमा हिँडिरहेकी र अगुवा वा कामदार हुन उपयुक्त छैनन्, त्यसैले उनलाई हटाइनुपर्छ भन्ने विश्वास गर्छु। साथसाथै, मैले अगुवा रुथीले जानाजानी लुसियालाई ढाकछोप र सुरक्षा दिएको व्यवहार पनि रिपोर्ट गरेँ। यसरी अभ्यास गरेपछि, मैले मेरो हृदयमा शान्ति र भरोसा बोध भएको महसुस गरेँ। पछि, लुसियाको कर्तव्यमा लापरबाहीपूर्वक काम गर्ने, र अक्सर माथिल्लो पदमा बसेर मानिसहरूलाई हप्काउने, सत्यतालाई पटक्कै स्वीकार नगर्ने, र आफूलाई रिपोर्ट गर्नेहरूलाई समेत खुलेआम दबाउन—जस्ता निरन्तर व्यवहारको आधारमा उनी सारमा एक दुष्ट व्यक्ति थिइन् र अन्ततः अलग पारिइन्। रुथीलाई पनि वास्तविक काम नगरेको र एक दुष्ट व्यक्तिलाई संरक्षण दिएको कारणले हटाइयो।

फर्केर हेर्दा, मैले के देखेँ भने यी सब कुरामा मैले धेरै अनुभव गरेँ र मलाई धेरै कुराहरू प्रकट गरियो। मैले आफूलाई जोगाउनुको तीतो फल चाखेँ, र यो मेरो लागि एउटा ठूलो पाठ थियो। साथै, मैले साँच्चै परमेश्‍वरको पवित्र र धर्मी स्वभावको अनुभव गरेँ र मैले परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ, र परमेश्‍वरले हरेक व्यक्तिको कार्यहरू र उसले रोजेको बाटोका आधारमा उसको परिणाम निर्धारण गर्नुहुनेछ भन्ने वास्तवमै देखेँ। मलाई यी उपलब्धिहरू हासिल गर्न दिनुभएकोमा म परमेश्‍वरप्रति आभारी छु!

अघिल्लो:  १५. एउटी शिक्षिकाको छनौट

अर्को:  १७. के “अरू मानिसहरूबाट सधैँ होसियार रहनुपर्छ” भन्नु सही हो?

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger