२. मौनतापछाडि के लुकेको छ

जिन सिन, चीन

म आफ्नो आत्मगौरवको असाध्यै ख्याल गर्थेँ र अरूले मलाई कसरी हेर्छन् भनी निरन्तर चिन्ता गर्थेँ। जबजब म भेलाहरूमा उपस्थित हुन्थेँ, तबतब म एकदमै घबराउँथेँ, र मैले राम्ररी प्रार्थना वा सङ्गति गरिनँ भने अरूले मलाई तुच्छ ठान्नेछन् भनी सधैँ डराउँथेँ। हरेक प्रार्थनाअघि, ठ्याक्कै कुन शब्दहरू प्रयोग गर्ने भनेर सोच्दै पहिले नै तयारी गर्थेँ। परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दा, यदि ममा केही अनुभवात्मक बुझाइ हुन्थ्यो भने म त्यति चिन्तित हुँदिनथेँ। तर यदि ममा बुझाइको कमी हुन्थ्यो र मलाई के सङ्गति गर्ने भन्‍ने थाहा हुँदैनथ्यो भने, मेरो मुटुले ढ्याङ्ग्रो ठोक्नेथ्यो, र मेरो हत्केलामा पसिना आउनेथ्यो। दैनिक जीवनमा, यदि अरूले मेरो कमीकमजोरी देखे भने, मलाई एकदमै लाज लाग्थ्यो, र उनीहरूसँग आँखा जुधाउने गर्न सक्दिनथेँ, र मैले लिएको हरेक कदम एकदमै नियन्त्रित हुन्थ्यो। यस्तो स्थितिमा जिउँदा मलाई अक्सर धेरै दबिएको र पीडा महसुस हुन्थ्यो।

मलाई आफूले सुरुमा लेखन-पठनको काममा तालिम लिँदाको कुरा याद छ, एकपटक पर्यवेक्षक हामीसँग भेला सञ्चालन गर्न आए। मैले मेरी सहकर्मी, सिस्टर याङ मिनले एकदमै तोकेर सङ्गति गरिरहेकी देखेँ, र मनमनै सोचेँ, “के तिमी अलि थोरै सङ्गति गर्न सक्दिनौ? मैले जानेको कुरा तिमीले पहिल्यै भनिसक्यौ, त्यसैले मैले पछि सङ्गति गरेँ भने त्यो दोहोरिनेछ। त्यसपछि अगुवाले निश्चय नै ममा नयाँ बुझाइ छैन भनी सोच्नेछन्। यदि मैले अरू पक्षहरूबारे सङ्गति गरेँ र त्यो ठ्याक्कै सही भएन भने, के सुपरिवेक्षकले मेरो सत्यताको बुझाइ कमजोर छ र मेरो सङ्गतिले मुख्य कुरालाई छोइरहेको छैन भन्‍ने सोच्नेछन्?” मैले जति धेरै सोचेँ, म उति नै चिन्तित भएँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, त्यसपछि अर्को पढेँ, र कुन चाहिँबाट केही बुझाइ निकालेर बाँड्न सक्छु भनी मनन गरेँ। त्यसबेला मेरो मन यति खलबलिएको थियो कि मैले शान्त भएर गम्भीरतासाथ त्यसमा मनन गर्न सकिनँ। धेरै बेर पढेपछि पनि, मैले कहाँबाट सुरु गर्ने भन्‍ने अझै थाहा पाइनँ। मैले याङ मिनले आफ्नो कुरा सिध्याएपछि, अगुवाले सङ्गतिलाई निरन्तरता दिनेछन्, त्यसैले मैले सङ्गति गर्नु पर्नेछैन भन्‍ने एकदमै आशा गरेकी थिएँ। तर अचम्म, याङ मिनले सङ्गति सिध्याएपछि त सुपरिवेक्षकले मलाई पो सङ्गति गर्न आग्रह गरे। यदि मैले ममा कुनै बुझाइ छैन भनेँ भने अरूले मलाई तुच्छ ठान्नेछन् भनेर म चिन्तित भएँ, त्यसैले म चुप लागेर बसेँ। सबै जना मेरो सङ्गतिको प्रतीक्षामा छन् भन्‍ने मलाई थाहा थियो, तर मेरो बोली नै फुटेन। त्यही क्षण, एउटी सिस्टरले मलाई स्पष्टसँग सम्झाइन्, “तपाईँले जति बुझ्नुभएको छ, त्यति नै सङ्गति गर्नुपर्छ। यदि तपाईँलाई राम्रोसँग सङ्गति गर्न सकिँदैन र अरूले तुच्छा ठान्नेछन् भन्‍ने डर छ, र कसरी अझ राम्ररी सङ्गति गर्ने वा सङ्गति नै नगर्नेबारे सोचिरहनुहुन्छ भने, तपाईँले आफ्नै छवि जोगाइरहनुभएको छ। तपाईँको अभिप्राय मानिसहरूलाई तपाईँको मान गर्न लगाउनु र तिनीहरूको हृदयमा स्थान ओगट्नु हो।” ती केही शब्दले सिधै मलाई मर्माहत गरे। मैले ब्रदर-सिस्टरहरूलाई शिर उठाएर हेर्ने आँट गरिनँ, मेरो अनुहार रातो भयो, र भित्र मलाई प्रतिरोध महसुस भयो, सोचेँ, “मलाई म यस्तो हुनु हुँदैन भन्‍ने पनि थाहा छ, तर यसलाई जित्नै सक्दिनँ!” मलाई पूरै समय चुप लागेको देखेर, अरू सबैले केही भनेनन्। त्यो बेला, त्यहाँको वातावरण एकदमै अप्ठ्यारो थियो। भेलापछि, म निरन्तर दुःखी भएँ र आफ्नो कर्तव्यमा पूरै संलग्न हुन सकिनँ। अर्कोपटक, सिस्टर झाङ सिनले याङ मिन र मलाई आफूले लेखेको स्क्रिप्टबारे सुझाव मागिन्। एकैछिनमा, याङ मिनले आफूले देखेका समस्याहरू औँल्याइन्। उनले सिध्याएपछि, झाङ सिनले मलाई के समस्याहरू पत्ता लगाउनुभो भनेर सोधिन्। मैले सोचेँ, “विचार प्रक्रिया त्यति स्पष्ट छैन जस्तो देखिन्छ, तर समस्याहरू कहाँ छन् भनेर म निश्चित छैनँ। म के भनूँ? मैले केही गलत भनेँ भने, त्यो त साह्रै लाजमर्दो हुनेछ।” तुच्छ ठानिनबाट जोगिन, म चुप लागेर बसेँ। झाङ सिनले मलाई फेरि सोधिन्, र म बाहिरबाट शान्त देखिए पनि, भित्रभित्रै चिन्तित थिएँ, “मैले अझै पत्ता लगाइसकेकी छैनँ। के भनूँ? यदि मैले आफूले देखेका सानातिना समस्याहरू बताएँ भने, मेरो कुरा सही भयो भने त ठिकै हुनेछ, तर गलत भयो भने, के झाङ सिनले मैले स्क्रिप्टमा केही समय काम गरेर पनि समस्याहरू पहिचान गर्नसमेत सकिनँ, म त साँच्चै एकदमै खराब रहेछु भनेर सोच्नेछिन्?” यो क्षण, झाङ सिनले धैर्य गुमाइन् र भनिन्, “चुप लागेर नबस्नुस् न। तपाईँले केही देख्नुभएको छौ भने, देखेको कुरा भन्नुस्। देख्नुभएको छै भने, देखेको छैन भन्नुस्।” सबैले मलाई चुपचाप हेरे। त्यो क्षण, मलाई एकदमै अप्ठ्यारो लाग्यो र त्यहीँ भुइँमा भाँसिन पाए हुन्थ्यो जस्तो लाग्यो। मैले इच्छा नलागी-नलागी भनेँ, “अहिले यसबारे छलफल नगरौँ; अहिलेलाई तपाईँले लेख्नुभएको जस्तै छोडिदिऊँ।” सबैजनासँग आ-आफ्नो काममा फर्कनुबाहेक अरू विकल्प थिएन। म त्यहाँ एकदमै लज्जित र दुःखी भएर बसेँ। पहिलेको दृश्यबारे सोच्दा, ती दुई सिस्टरले मलाई कसरी हेर्लान् भनी म अनुमान नगरी बस्नै सकिनँ। मैले त्यसबारे जति सोचेँ, उति नै म दुःखी बनेँ, र आफ्ना कर्तव्य गर्ने मेरो मुड भएन, मलाई मुटुमा ठूलो ढुङ्गाले थिचेजस्तो भयो। म अक्सर यस्तो स्थितिमा जिउने गरेको बारेमा सोच्दा, मलाई एकदमै पीडा भयो र मलाई आफूले के पाठ सिक्नुपर्छ भन्‍ने थाहा थिएन। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्नो साँचो स्थिति बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन मागेँ।

पछि, मैले परमेश्‍वरका वचनका दुईवटा खण्ड पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्नुहुन्छ: “यदि तँलाई जीवनमा प्रायजसो आरोपित महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्‍ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्‍ने, सत्यतालाई विश्‍वासघात गर्ने, र स्वार्थी तथा घृणित बन्‍ने सम्‍भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्‍नु हो। सत्यताको पछि लाग्नेहरू फरक हुन्छन्। तिनीहरू जति बढी सत्यता बुझ्छन्, त्यति नै बढी स्वतन्त्र र मुक्त बन्छन्; जति बढी सत्यता अभ्यास गर्छन्, उति बढी शान्ति र खुसी प्राप्त गर्छन्। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, तिनीहरू पूर्णरूपमा प्रकाशमा बाँच्नेछन्, परमेश्‍वरका आशिषहरूको आनन्द लिनेछन्, र तिनीहरूमा बिलकुलै पीडा हुनेछैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। “कतिपय मानिस कमजोर क्षमता वा सोझो भएकाले कारण, र जटिल विचारहरू नभएका कारण विरलै बोल्छन्, तर जब ख्रीष्टविरोधीहरू विरलै बोल्छन्, त्यसको त्यही कारण होइन; त्यो त स्वभावको समस्या हो। तिनीहरू अरूलाई भेट्दा विरलै बोल्छन् र मामलाहरूमा आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन्। किन तिनीहरू आफ्नो दृष्टिकोण व्यक्त गर्दैनन्? पहिलो कुरा, तिनीहरूमा निश्चय नै सत्यता हुँदैन र तिनीहरू कामकुरा छर्लङ्गै देख्न सक्दैनन्। यदि तिनीहरू बोलेमा, गल्तीहरू गर्छन् र छर्लङ्गै देखिन सक्छन्; तिनीहरू होच्याइमा परिएला भनी डराउँछन्, त्यसैले मौन भएको बहाना बनाउँछन् र गम्भीर भएको स्वाङ पार्छन्, जसले गर्दा अरूलाई तिनीहरूको अड्कल गर्न गाह्रो हुन्छ, तिनीहरू बुद्धिमान् र प्रतिष्ठित देखिन्छन्। यस्तो देखावटी रूपको कारण मानिसहरू ख्रीष्टविरोधीलाई कम आँक्दैनन्, अनि तिनीहरूलाई बाहिर शान्त र सौम्य देखेर, उनीहरू तिनीहरूलाई अझ उच्च सम्मान गर्छन् र अनादर गर्ने आँट गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल र दुष्ट पक्ष हो। तिनीहरू आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन् किनकि तिनीहरूका धेरैजसो दृष्टिकोण सत्यतासँग मेल खाँदैनन्, बरु ती केवल मानव धारणा र कल्पना मात्र हुन्छन्, खुलासा गर्न योग्य हुँदैनन्। त्यसैले, तिनीहरू मौन रहन्छन्। भित्री रूपमा तिनीहरू केही ज्योति पाइने आशा गर्छन् जसलाई प्रशंसा प्राप्त गर्न देखाउन सकिन्छ, तर तिनीहरूमा यो नभएकाले, तिनीहरू सत्यताको सङ्गतिका क्रममा चुपचाप र लुकेर बस्छन्, भूतजस्तै छायाँमा लुकेर अवसर पर्खेर बस्छन्। अरूले ज्योतिबारे बोलेको देख्दा, तिनीहरू त्यसलाई आफ्नो बनाउने उपायहरू खोज्छन्, देखावा गर्न त्यसलाई अर्को तरिकामा व्यक्त गर्छन्। ख्रीष्टविरोधीहरू यतिका धूर्त हुन्छन्। तिनीहरू आफूले जे गरे पनि अलग देखिने र श्रेष्ठ हुने कोसिस गर्छन्, किनकि तिनीहरूलाई यति गरेमा मात्र खुसी लाग्छ। यदि तिनीहरूले अवसर पाएनन् भने, तिनीहरू पहिला चुपचाप बस्छन्, र आफ्नो दृष्टिकोण आफूसँगै राख्छन्। यो ख्रीष्टविरोधीहरूको धुर्त्याइँ हो। उदाहरणका लागि, जब परमेश्वरको घरद्वारा कुनै प्रवचन जारी हुन्छ, तब कतिपय मानिसले त्यो परमेश्वरका वचनझैँ देखिन्छ भन्छन्, र अरूले चाहिँ त्यो माथिबाटको सङ्गतिझैँ देखिने सोच्छन्। तुलनात्मक रूपमा सिधासाधा मानिसहरू आफ्नो मनको कुरा बोलिहाल्छन्, तर ख्रीष्टविरोधीहरू यसबारे आफूसँग कुनै राय भए पनि त्यसलाई लुकाएर राख्छन्। तिनीहरू अवलोकन गर्छन् र बहुमतको दृष्टिकोणलाई पछ्याउन तयार हुन्छन्, तर वास्तवमा तिनीहरू त्यसलाई राम्ररी बुझ्न सक्दैनन्। के यस्ता चतुर र धुर्त मानिसहरूले सत्यता बुझ्न वा तिनीहरूमा साँचो समझ हुन सक्छ? सत्यता नबुझ्ने व्यक्तिले के कुरा पो छर्लङ्गै बुझ्न सक्छ र? उसले केही पनि छर्लङ्गै बुझ्न सक्दैन। कतिपय मानिस कामकुरालाई छर्लङ्गै बुझ्न नसके पनि गम्भीर भएको बहाना गर्छन्; वास्तवमा, तिनीहरूमा समझशक्ति हुँदैन र आफूलाई अरूले छर्लङ्गै बुझ्नेछन् भन्ने डर हुन्छ। यस्ता परिस्थितिमा हुनुपर्ने सही मनोवृत्ति हो: ‘हामी यस मामलालाई छर्लङ्गै बुझ्न सक्दैनौँ। हामीले आफूलाई थाहा नभएकाले लापरवाही रूपमा बोल्नु हुँदैन। गलत बोल्दा नकारात्मक असर पर्न सक्छ। म माथिले के भन्छ त्यो पर्खेर हेर्नेछु।’ के त्यो इमानदारीसाथ बोल्नु होइन र? त्यस्तो सरल भाषा भएर पनि ख्रीष्टविरोधीहरू किन त्यो भन्दैनन्? तिनीहरू आफू छर्लङ्गै देखिएको चाहँदैनन्, तिनीहरूलाई आफ्ना सीमितताहरू थाहा छ; तर यसको पछाडि पनि घृणित अभिप्राय हुन्छ—त्यो हो, आदर पाउने। के यो सबैभन्दा घिनलाग्दो कुरा होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्‍वरका वचनले मेरो स्थिति र व्यवहार खुलासा गरिदिए। म ठ्याक्कै परमेश्‍वरले वर्णन गर्नुभएजस्तै थिएँ: मैले कहिल्यै सजिलै आफ्नो विचार व्यक्त गरिनँ वा आफ्नो साँचो सोच प्रकट गरिनँ। भेलाको दौरान परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दा वा समस्याहरू छलफल गर्दा, मैले जति बुझेकी भए पनि, सङ्गति गरिनँ, न त मैले शुद्ध तरिकाले खुलस्त कुरा गरेँ र आफूले सोचेको कुरा नै बताएँ। बरु, म सधैँ केही गलत बोल्छु कि, राम्रोसँग बोल्दिनँ कि, वा कुरोको चुरोमाा पुग्दिनँ कि, र यसरी अरूले मलाई तुच्छ ठान्छन् कि भनेर डराउँथेँ। म सधैँ आफ्नो साँचो कद खुलासा होला, अरूले मलाई छर्लङ्ग देख्लान् र म केही पनि होइन भन्लान् भनेर डराउँथेँ। त्यसकारण, म सधैँ अरूलाई पहिले सङ्गति गर्न दिएर आफू अन्तिममा बोल्ने सुनिश्चित गर्थेँ, वा पूरै भेलामा चुपचाप बस्थेँ, ब्रदर-सिस्टरहरूको अगाडि सधैँ अल्पभाषी र गम्भीर भएको नाटक गर्थेँ। जब मेरा कमजोरी वा समस्याहरू खुलासा भए, मलाई एकदमै लाज लाग्यो र म आफ्ना कर्तव्यमा गर्ने मुडमा रहिनँ, मैले भित्र चरम पीडा र यातना अनुभव गरेँ। अब मैले के बुझेँ भने मैले आफ्नो इज्जत र हैसियत, साथै मानिसहरूको मनमा भएको मेरो छविलाई एकदमै धेरै जोगाएकीले, र फलस्वरूप आफूलाई ढाकछोप गर्न र लुकाउन सधैँ धेरै कोसिस गरेकीले, हृदय छुने एक शब्द बोल्ने आँटसमेत नगरेकीले म यति धेरै पीडामा रहेछु। परमेश्‍वरले भन्नुभएजस्तै, म भूतजस्तै थिएँ, सधैँ अँध्यारो कुनामा लुक्थेँ, उज्यालोमा आउन डराउँथेँ। मैले कसरी आफू थोरै समयका लागि विश्‍वासी भएकी थिएँ, र मेरो क्षमता औसत थियो, त्यसैले धेरै सत्यता नबुझ्नु वा धेरै कुरालाई छर्लङ्ग नदेख्नु, एकदमै सामान्य थियो भन्‍नेबारे सोचेँ। यदि मैले नबुझेकी भए, बुझिनँ भन्नुपर्थ्यो। यो साधारण कुरा हुनुपर्थ्यो, तर मेरो लागि यो धेरै गाह्रो थियो। अरूले छर्लङ्ग नदेखून् वा तुच्छ नठानून् भनेर, अनि आफ्नो इज्जत र हैसियत जोगाउन, मैले आफूलाई लुकाउन र ब्रदर-सिस्टरहरूलाई छल्न हरप्रयास गरेँ। म साँच्चै एकदमै छली थिएँ! मैले परमेश्‍वरका वचनहरूको खुलासाद्वारा मात्र आखिर यो दुष्ट स्वभाव रहेछ भनेर चिनेँ। मैले आफूलाई परमेश्‍वरका वचनहरूसँग जति धेरै तुलना गरेँ, उति नै मलाई आफू कुरूप र घिनलाग्दो, मानव रूपहीन र निर्लज्ज लाग्यो। त्यसैले, मैले यो स्थिति बदल्न र यसरी जिउन छोड्न चाहेँ।

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “तँमाथि जे-जस्ता कुराहरू आइपरे पनि, यदि तँ सत्य बोल्‍न र इमानदार व्यक्ति बन्‍न चाहन्छस् भने, तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्षम हुनुपर्छ। जब तैँले कुनै कुरा बुझ्दैनस्, त्यो बुझिनँ भन्; जब तँ कुनै कुराबारे स्पष्ट हुँदैनस्, त्यो स्पष्ट भएन भन्। अरूले तँलाई नीच नजरले हेर्लान् वा कम सोच्लान् भनेर नडरा। यसरी निरन्तर हृदयबाटै कुरा गर्दा सत्य बोल्दा, तैँले हृदयमा आनन्द, शान्ति अनि स्वतन्त्रता र आजाद भएको अनुभूत गर्नेछस्, अनि आडम्बर र घमण्डले उप्रान्त तँलाई बन्धनमा पार्नेछैन। तैँले जोसुकैसित अन्तर्क्रिया गरे पनि, यदि तँ आफूले साँचो रूपमा जे सोच्छस् त्यो व्यक्त गर्न सक्छस् भने, र अरूहरूको सामुन्‍ने आफ्नो हृदय खोल्न र आफूले नजानेको कुरा जानेको ढोँग नगर्न सक्छस् भने, त्यो इमानदार मनोवृत्ति हो। कहिलेकाहीँ, मानिसहरूले तँलाई नीच मान्‍न सक्छन् र तैँले सधैँ सत्य बोल्नेभएकोले तँलाई मूर्ख भन्‍न सक्छन्। त्यस्तो अवस्थामा तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मलाई सबैले मूर्ख भने पनि, म इमानदार व्यक्ति बन्‍ने, तर छली व्यक्ति नबन्‍ने सङ्कल्प गर्छु। म साँचो साँचो र तथ्यअनुसार बोल्नेछु। म घिनलाग्दो, भ्रष्ट र परमेश्‍वरसामु बेकार भए पनि, अझै पनि ढोँग नगरी वा कुनै भेष नबदली सत्य नै बोल्नेछु।’ यदि तँ यसरी बोल्छस् भने, तेरो हृदय स्थिर र शान्त हुनेछ। इमानदार व्यक्ति बन्‍न, तैँले आफ्नो आडम्बर र घमण्ड त्याग्‍नुपर्छ, अनि सत्य बोल्न र आफ्ना सच्‍चा भावनाहरू व्यक्त गर्न, तैँले अरूले तेरो उपहास र अवहेलना गर्लान् कि भनेर डर मान्‍नु हुँदैन। यदि अरूले तँलाई मूर्ख झैँ व्यवहार गरे नै भने पनि, तैँले बहस गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने गर्नु हुँदैन। यदि तँ यसरी सत्यता अभ्यास गर्न सक्छस् भने, इमानदार व्यक्ति बन्‍न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले अभ्यासको मार्ग पाएँ। मैले आफूलाई घमण्ड र आत्मगौरवको नियन्त्रण र बन्धनबाट मुक्त गर्न इमानदार व्यक्ति हुने अभ्यास गर्न आवश्यक थियो। मैले आफ्नो आत्मगौरव त्याग्न र शुद्ध तरिकाले खुलस्त हुन सिक्नुपर्थ्यो। यदि मलाई कुनै कुरा थाहा थिएन भने, मैले थाहा छैन भन्नुपर्थ्यो; यदि मैले बुझिनँ भने, त्यही भन्न सक्नुपर्थ्यो। मैले केही गलत भनेकामा वा आफ्नो बुझाइको कमी स्विकारेकामा अरूले तुच्छ ठाने पनि, त्यसपछि मैले सत्यता अभ्यास गरेकी र म परमेश्‍वरसामु एकपटक इमानदार व्यक्ति भएकी हुनेथिएँ, जसले मलाई सहज र स्वतन्त्र महसुस गराउनेथियो। यो अरूबाट प्रशंसा र आदर पाउनुभन्दा धेरै अर्थपूर्ण छ। जब मैले यो सोचेँ, तब ममा त्यति धेरै चिन्ताहरू रहेनन्, र मैले सत्यता अभ्यास गर्न र आफूलाई परिवर्तन गर्न चाहेँ। पछि, भेलाको दौरान परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दा होस् वा समस्याहरू छलफल गर्दा, जब जब म आडम्बर गर्न वा आफूलाई लुकाउन चाहन्थेँ, तब तब परमेश्‍वरलाई प्रार्थना गर्थेँ र जानाजानी आफ्ना गलत अभिप्रायविरुद्ध विद्रोह गर्थेँ। म आफूले जति बुझेकी हुन्थेँ, त्यति नै बाँड्थेँ, र यदि बुझिनँ भने, त्यही भन्थेँ र आफ्नो साँचो विचार प्रकट गर्थेँ। यसरी अभ्यास गर्दा, मलाई बिस्तारै हृदयमा अझ धेरै स्वतन्त्र महसुस हुन थालेँ।

पछि, कम्युनिष्ट पार्टीले पक्राउ परेकाले मैले छ महिनासम्म आफ्नो कर्तव्य गर्न पाइनँ। रिहा भएपछि, अगुवाले मलाई लेखन-पठनको कर्तव्य जारी राख्न खटाउनुभयो। टोलीमा भएका ब्रदर-सिस्टरहरू सबै लेखन-पठनको काममा नयाँ प्रशिक्षार्थी भएकाले, अगुवाले मलाई अस्थायी रूपमा टोली अगुवाको भूमिका लिन सुझाव दिए। मैले यो कर्तव्य नगरेको लामो समय भइसकेकाले, मलाई स्क्रिप्ट लेखाइमा आफू अलि नमाझिएकी लाग्यो, र अपराह्नभरि मैले धेरै लेखिनँ। म चिन्ता हुँदै जाँदा, एउटी सिस्टरले आफ्नो स्क्रिप्टमा समस्याहरू स्पष्टसँग देख्न नसकेकीले मलाई मद्दत मागिन्। त्यसबेला, मैले आफ्नो हृदय शान्त पार्न सकिनँ, र स्क्रिप्ट पढेपछि कुनै समस्या पत्ता लगाउन सकिनँ। उनले के समस्याहरू छन् भनेर सोध्दा, म अकमकाएँ र जवाफ दिन सकिनँ, जसले गर्दा मलाई तुरुन्तै निकै लाज लाग्यो। मैले सोचेँ, “आखिर म टोली अगुवा हुँ; टोलीका सदस्यहरूले स्पष्ट देख्न नसकेका समस्याहरू समाधान गर्न मैले मद्दत गर्नुपर्छ। अब जबकि म स्पष्ट जवाफ दिन सक्दिनँ, तब के उनले यस्तो भन्‍नेछिन्, ‘तिमी टोली अगुवा हौ—के साँच्चै यही तिम्रो स्तर हो?’” मलाई साँच्चै लाज लाग्यो। त्यो साँझ, मैले आधा लेखेर अड्किएको स्क्रिप्ट हेर्दा, अरू सिस्टरहरूलाई त्यो हेरून् भन्‍ने चाहेँ, तर उनीहरूले मैले यो स्क्रिप्ट यस्तो बिगारेकी छु भने मेरो स्तर राम्रो हुन सक्दैन भन्लान् कि भन्‍ने मलाई चिन्ता लाग्यो। म एकदमै हिचकिचाएँ र मैले लामो समयसम्म सिस्टरहरूलाई त्यो देखाउने आँट गरिनँ। त्यसबेला, मैले आफ्नो स्थिति ठिक छैन भन्‍ने बुझेँ—म अरूले मेरो कमीकमजोरी देख्लान् भनेर डराइरहेकी थिएँ अनि आफ्नो इज्जत र हैसियत जोगाइरहेकी थिएँ। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र जानीबुझीकन यो स्थिति बदलेँ। त्यसपछि मैले स्क्रिप्ट सिस्टरहरूलाई देखाएँ। उनीहरूको सङ्गति र मद्दतले, मैले त्यो कसरी निरन्तर लेख्ने भनेर अलि मार्ग पाएँ।

पछि, मैले म निरन्तर आफ्नो आत्मगौरवको नियन्त्रणमा परिरहेकी रहेछु भन्‍ने बुझेँ। कहिलेकाहीँ, म प्रार्थनाद्वारा यो स्थिति अलि बदल्न सक्थेँ, तर निश्चय नै मेरो समस्या पूर्ण रूपमा समाधान भएको थिएन। मैले सोचेँ, “आडम्बर गर्नु र आफूलाई ढाकछोप गर्नु एकदमै पीडादायी र थकाइलाग्दो हुन्छ भन्‍ने मलाई थाहा हुँदाहुँदै पनि, किन म अझै अक्सर यस्तो स्थितिमा जिएँ?” आफ्नो खोजीमा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले गोप्यमा जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न दिँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई ढाकछोप गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र दोषरहित छन् भनी भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो…। मानिसहरू सधैँ भेष बदल्छन्, अरूको अगाडि प्रदर्शन गर्छन्, आडम्बर गर्छन्, स्वाङ पार्छन्, र आफू सिद्ध छु भनी अरूलाई सोच्न लगाउन आफूलाई सुशोभित पार्छन्। यसमा तिनीहरूको लक्ष्य नै हैसियत प्राप्त गर्नु हो, ताकि तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द लिन सकून्। यदि तँ यो विश्‍वास गर्दैनस् भने, यसबारे ध्यानपूर्वक विचार गर्: तँ किन सधैँ मानिसहरूलाई तेरो आदर गर्न लगाउन चाहन्छस्? तँ तिनीहरूलाई तेरो आराधना र मान गर्न लगाउन चाहन्छस्, ताकि तैँले अन्ततः शक्ति लिन र हैसियतका फाइदाहरूको आनन्द लिन सक्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूको खुलासाद्वारा, मैले निरन्तर आडम्बर गर्नु र आफूलाई ढाकछोप गर्नु भनेको शैतानको अहङ्कारी, दुष्ट, र छली स्वभावको प्रकटीकरण हो भन्‍ने बुझेँ। यी शैतानी स्वभावहरूको प्रभुत्वमा, म सधैँ मानिसहरूलाई मेरो मान गर्न लगाउन र उनीहरूको मनमा मेरो हैसियत र छवि कायम राख्न चाहन्थेँ। मलाई आफूले धेरै सत्यता सिद्धान्तहरू नबुझेको र ममा धेरै कमीहरू छन् भन्‍ने थाहा भए पनि, म अझै पनि अरूले मेरो कमीकमजोरी देखेको र म राम्रो छैन भनेर सोचेको चाहँदिनथेँ। त्यसैले, भेलाको दौरान परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दा होस् वा समस्याहरू छलफल गर्दा, यदि त्यसले मलाई आप्ठ्यारो र लज्जित महसुस गराउन सक्थ्यो, वा मेरो आत्मगौरवलाई क्षति पुऱ्याउन सक्थ्यो भने, म भेष बदल्न र आफू लुकाउन, आफूलाई कसिलो गरी बेर्न धेरै कोसिस गर्नेथिएँ, आफ्नो खराब पक्ष लुकाई आफ्नो राम्रो पक्ष अरूलाई देखाएर उनीहरूको मनमा आफ्नो राम्रो छवि बनाउनेथिएँ। मैले आफू शैतानद्वारा एकदमै गहन रूपमा भ्रष्ट तुल्याएकी छु, र कुनै समझ नभएकी हदसम्म अहङ्कारी छु भन्‍ने देखेँ। म स्पष्ट रूपमा केही पनि नभएको, दरिद्र र दयनीय, एक साधारण, भ्रष्ट व्यक्ति थिएँ, तैपनि म सधैँ आडम्बर गर्न र अरूबाट प्रशंसा पाउन चाहन्थेँ। म साँच्चै निर्लज्ज र कुनै आत्म-सचेतना नभएकी थिएँ। मैले कसरी सबै भ्रष्ट मानिस—चाहे उनीहरूको हैसियत होस् वा नहोस्—आफ्नो नाम कमाउन, अरूद्वारा प्रशंसा र आदर पाउन चाहन्छन्, र सबैले उनीहरूको पूजा गरून् भन्‍ने कामना गर्छन् भन्‍नेबारे सोचेँ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको शैतानी शासनले, सधैँ राम्रा कुराहरू बोलेर जघन्य कार्यहरू गरेको छ। बाहिरबाट हेर्दा, त्यसले सबै कुरा ठिकठाक चलिरहेको नाटक गर्छ र आफ्नो “महान्, गौरवशाली र सही” छविलाई प्रवर्धन गर्छ, वैश्‍विक जनसाधारणलाई छल्न र मूर्ख बनाउन झूटा रूपहरू प्रयोग गर्छ, तर गोप्य रूपमा त्यसले धार्मिक विश्‍वासलाई दबाउँछ र सताउँछ, मानव अधिकार हनन गर्छ, र अनगिन्ती मानिसहरूलाई मार्छ र क्रूरतापूर्वक हानि गर्छ। त्यसले जति नै नराम्रा कामहरू गरेको भए पनि वा जति नै दुष्ट कार्यहरू गरेको भए पनि, कहिल्यै यी कुरा सर्वसाधारणलाई खुलासा गर्ने र यसरी मानिसहरूलाई आफ्नो दुष्ट र क्रूर साँचो रूप देखाउने आँट गर्दैन। मैले चालबाजी र छल शैतानको बानी परेको चाल हो भनेर बुझेँ। मैले आफ्नै कार्यहरूबारे चिन्तन गरेँ: ममा कमीकमजोरी र समस्याहरू थिए, तर म अरूले ती देखून् र मेरा बारेमा नकारात्मक कुरा गरून् भन्‍ने चाहँदिनथेँ; म भित्री पीडा सहेर भए पनि आडम्बर गर्न र आफूलाई ढाकछोप गर्न रुचाउँथेँ; र चाहे बोली, सङ्गति, व्यवहारमा होस्, वा आचरणमा, म अरूलाई झूटो छवि प्रस्तुत गर्थेँ, उनीहरूलाई मेरो सबैभन्दा साँचो पक्ष देख्नबाट रोक्थेँ। मैले त्यसबारे जति धेरै सोचेँ, उति नै मलाई आफू साँच्चै एकदमै नक्कली रहेछु भन्‍ने लाग्यो, र शैतानजस्तै म चालबाजी र छलले भरिएकी, अनि एकदमै कुरूप र घिनलाग्दो थिएँ। पहिले, सधैँ मलाई अरूलाई आफ्नो कमी र कमजोरीहरू देखाउनु लाजमर्दो कुरा हो भन्‍ने लाग्थ्यो, तर त्यसपछि मैले शैतानको अहङ्कारी, दुष्ट, र छली स्वभावअनुसार जिउनु, निरन्तर आफूलाई ढाकछोप गर्नु र अरूलाई छल्नु, र कुनै मानव रूपविना जिउनु, चाहिँ वास्तवमा लाजमर्दो र अपमानजनक कुरा हो भन्‍ने बुझेँ। परमेश्‍वरले यसलाई घृणा र तिरस्कार गर्नुहुने मात्र होइन, ब्रदर-सिस्टरहरूले पनि त्यो छर्लङ्ग देखेपछि उनीहरूलाई त्यसप्रति घिन र वितृष्णा लाग्नेछ। यदि मैले पश्चात्ताप नगरेकी भए, एक मात्र परिणाम परमेश्‍वरद्वारा हटाइनु हुनेथ्यो। जब मैले यो सोचेँ, तब ममा आफ्नो भ्रष्ट स्वभावप्रति अलि घृणा जाग्यो र अबउसोत त्यसरी जिउन इच्छुक भइनँ।

एक दिन, अगुवाले भोलि हाम्रो टोलीमा भेलाका लागि आउने सन्देश पठाइन्। मैले सोचेँ, “अगुवाले आएपछि पक्कै पनि हाल हाम्रो स्थिति कस्तो छ भनेर सोध्नेछिन्। मैले कुन पक्षहरूबारे कुरा गर्नुपर्ने हो? हालै, मैले आफूलाई हैसियत मन पर्छ र म अगुवा बन्न चाहन्छु भन्‍ने महसुस गरेँ, तर त्यो भन्नु कति लाजमर्दो हुनेथ्यो! मेरो सत्यताको बुझाइ सतही छ, र मैले धेरै वास्तविक अनुभवहरू प्राप्त गरेकी छैनँ, तैपनि म अझै अगुवाको भूमिका लिन चाहन्छु। यदि मैले यसबारे कुरा गरेँ भने, के ब्रदर-सिस्टरहरूले म आफ्नो औकात चिन्दिनँ र आफूलाई बढ्तै आँक्दै छु भनेर भन्‍नेछन्?” मैले त्यसबारे जति धेरै सोचेँ, उति नै त्यो लाजमर्दो लाग्यो, र मैले बोल्ने आँट गरिनँ, सोचेँ सोचेँ, “मैले सकारात्मक प्रवेशका अनुभवहरूबारे अलिअलि कुरा गर्नुपर्ला। तर अगुवा त हाम्रो गलत स्थिति र कठिनाइहरू समाधान गर्नमा मद्दत गर्न भेलामा आउँदै छिन्। यदि मैले खुलेर कुरा गरिनँ भने, म इमानदार व्यक्ति हुँदिनँ, र मेरा समस्याहरू समाधान हुनेछैनन्।” मेरो मन उथलपुथल भइरह्यो। मलाई म अगुवालाई आफू हैसियतप्रति अत्यधिक चासो लिन्छु र ममा आत्म-चेतनाको कमी छ भन्‍ने छाप छोड्छु कि भन्‍ने चिन्ता लाग्यो, त्यसैले ममा बोल्ने आँट थिएन। भेलाको समयमा, अरू ब्रदर-सिस्टरहरूले आ-आफ्ना स्थिति बताइसकेपछि, अगुवाले परमेश्‍वरका केही वचन खोजेर मलाई पढ्न लगाइन्, र मैले एउटा खण्ड पढेँ: “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरको न्यायका वचनहरूको यो खण्ड फेरि पढ्दा, मलाई आत्मग्लानि र असहज महसुस भयो। म अझै पनि आडम्बर गर्न र आफूलाई ढाकछोप गर्न चाहन्थेँ, अगुवामा राम्रो छाप छोड्ने आशा गरेँ—यो त आफू र अरूलाई धोका दिनु थियो। परमेश्‍वरका वचनहरूबाट, मैले नक्कलीपन र पाखण्ड परमेश्‍वरले घृणा गर्ने कुरा हो भनेर पनि बुझेँ। परमेश्‍वरले सधैँ हामीलाई इमानदार मानिस हुने माग गर्नुभएको छ। इमानदार व्यक्ति शुद्ध तरिकाले खुलस्त हुन सक्छ, उसले न त परमेश्‍वरलाई न त मानिसहरूलाई धोका दिन्छ, यो परमेश्‍वरलाई मन पर्ने कुरा हो। यो सोचेर, मैले परमेश्‍वरका वचनका आधारमा आफ्नो स्थितिबारे सङ्गति गर्ने हिम्मत जुटाएँ। सङ्गति गरेपछि, मैले ठूलो राहत महसुस गरेँ, र अगुवाको सङ्गतिद्वारा, मैले आफ्नो स्थितिबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ अनि अभ्यास र प्रवेशको मार्ग भेट्टाएँ। त्यस भेलाको दौरान, मैले जति बुझेकी थिएँ, त्यति नै सङ्गति गरेँ र मनमा जे थियो, त्यही व्यक्त गरेँ। मैले स्पष्ट रूपमा परमेश्‍वरको मार्गदर्शन महसुस गरेँ र केही सत्यताबारे अझ बढी बुझाइ पनि प्राप्त गरेँ। मैले सत्यता अभ्यासको मिठास चाखेँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “समस्या जे भए पनि, उत्पन्‍न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्‍ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि चिरफार गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्‍वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले मलाई अभ्यासको मार्ग देखाए: आफ्ना कमी र कमजोरीहरूबारे खुलस्त हुन, आफूलाई ढाकछोप नगर्न वा आडम्बर नगर्न, आफ्नो घमण्ड र आत्मगौरव कायम नराख्न, र सत्यताको अभ्यास गरी इमानदार व्यक्ति हुन सिकेँ। सत्यतामा प्रवेश गर्ने पहिलो कदम यही हो। त्यसपछि, मैले आफूलाई लुकाउन मौनता प्रयोग गर्न छोडेँ। यदि मैले स्पष्ट देख्न नसकेका समस्याहरू सामना गरेकी भए, म आफूले स्पष्ट देख्न सकिनँ र ती कसरी समाधान गर्ने थाहा छैन भनेर भन्‍नेथिएँ, र म तीबारे सक्रिय रूपमा अरू ब्रदर-सिस्टरहरूलाई सोध्नेथिएँ। समस्याहरू छलफल गर्न सँगै सङ्गति गर्दा, म सोझै र आडम्बरविना जति बुझेकी हुन्थेँ, त्यति नै बताउनेथिएँ र ठ्याक्कै के सोचेकी हुन्थेँ, त्यही भन्‍नेथिएँ, यसरी केही समय अभ्यास गरेपछि, मैले आडम्बर नगरी र आफूलाई ढाकछोप नगरी शुद्ध तरिकाले खुलस्त हुनु झन्-झन् सहज हुँदै गएको पाएँ, र मलाई अब यो लाजमर्दो लागेन। अब, चाहे भेला, प्रार्थना, सङ्गतिमा होस्, वा ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा, अब म आफ्नो आत्मगौरव वा छविबारे चिन्ता गर्दिनँ, न त म पहिलेजस्तो चिन्तित हुन्छु, घबराउँछु, वा दुःखी नै हुन्छु। मलाई आफ्ना भ्रष्ट स्वभावहरूबाट मुक्त हुँदा मेरो जीवन धेरै हल्का, स्वतन्त्र, र सरल बनेको छ भन्‍ने लाग्छ! यमैले अहिलेसम्म थोरै परिवर्तन मात्र गरेकी भए पनि, म निरन्तर सत्यता पछ्याउन र अघि बढ्ने प्रयास गर्न इच्छुक छु।

अघिल्लो:  १. साना-ठूला मामिलाहरूमा जीवन प्रवेश सम्भव छ

अर्को:  ३. के कर्तव्यहरू उच्च वा निम्न हुनुमा कुनै भिन्नता छ?

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger