३. के कर्तव्यहरू उच्च वा निम्न हुनुमा कुनै भिन्नता छ?

—नुओ यीलाई पत्र

यु सुन, चीन

प्रिय नुओ यी,

आजकाल तिमीलाई कस्तो छ? तिमीले पछिल्लो पत्रमा आफूले अब मलजलको कर्तव्य नगरिरहेकी, तर अगुवाहरूले तिमीलाई साधारण मामिलामा खटाएको कुरा उल्लेख गरेकी थियौ। यो कर्तव्यले तिमीलाई उत्कृष्ट देखिन वा अरूबाट सम्मान पाउन नदिएको महसुस भएको थियो, जसले गर्दा तिमी प्रतिरोधी र सहकार्य गर्न अनिच्छुक भएकी थियौ। हाल तिम्रो स्थितिमा सुधार आयो कि आएन भनेर म सोच्दै छु। विगतमा, मैले पनि यस्तै स्थित अनुभव गरेकी थिएँ। पछि, परमेश्‍वरका वचनहरू पढेर मैले प्रतिष्ठा र हैसियत पछ्याउने आफ्नो भ्रष्ट स्वभाव केही मात्रामा बुझेँ, र कर्तव्यप्रतिको आफ्नो गलत दृष्टिकोण पनि सच्याएँ र लगनशील भई आफ्नो कर्तव्य गर्न थालेँ। यसपटक, म यस पत्रमा तिमीसँग आफ्नो अनुभव बाँड्न चाहन्छु, यसले तिमीलाई केही मद्दत दिन्छ भन्‍ने आशा छ।

सन् २०२१ को अक्टोबरमा, जब म पहिलोपटक अगुवा बनेँ, हरेक दिन आफ्नो काम सकेपछि जतिसुकै ढिलो भए पनि, म परमेश्‍वरका वचनहरू पढ्ने गर्थेँ। म मनमनै सोच्थेँ, “मैले धेरै सत्यता बुझेँ, र आफूले सामना गर्ने सबै समस्या समाधान गर्न सकेँ भने, ब्रदर-सिस्टरहरूले मसँग सत्यता वास्तविकताहरू छन् भनी देख्दा, मलाई अवश्यै सम्मान गर्नेछन्।” छ महिनापछि, मेरो कमजोर क्षमता, आत्मगौरव र हैसियतप्रतिको मेरो बढी ध्यानको कारण, र अक्सर म भ्रष्ट स्वभावद्वारा नियन्त्रित भएकीले गर्दा, मैले आफ्नो कर्तव्यमा राम्रो नतिजा हासिल गर्न सकिनँ र बर्खास्त भएँ। अगुवाहरूले मलाई मेरो सीपका आधारमा ब्रदर-सिस्टरहरूलाई कम्प्युटरका समस्याहरू समाधान गर्नका लागि मद्दत गर्न खटाए। त्यो बेला, मैले प्रकट गरेको स्थिति तिम्रो जस्तै थियो। म मनमनै सोच्थेँ, “यो त शारीरिक श्रम चाहिने अगोचर काम मात्र हो, र मैले जति नै गरे पनि, कसैले थाहा पाउनेछैन।” परमेश्‍वरका वचनहरू पढेर, मैले परमेश्‍वरले अर्को कर्तव्यमा खटाउनुको अभिप्राय छ अनि समर्पित हुनुपर्छ र मैले त्यो स्विकार्नुपर्छ भनेर बुझेँ। तर पनि म यसरी नसोची बस्नै सकिनँ: “सामान्य मामिलाहरूमा भावी प्रगति छैन। मैले जति नै राम्रो गरे पनि, अरूबाट सम्मान पाउनेछैनँ। अगुवा हुनु राम्रो हो, जहाँ पद उच्च र अझ धेरै प्रतिष्ठित हुन्छ।” मैले आफ्नो कर्तव्य गरिरहेकी भए पनि, कहिल्यै धेरै उत्साह बटुल्न सकिनँ। विशेष गरी जब मैले नयाँ आएकी सिस्टर झाओ टिङको क्षमता राम्रो भएको र उनले छिटो प्रगति गरेकी, र उनी अगुवा चुनिएकी कुरा सुनेँ, तब मलाई एकदमै दुःख लाग्यो, “मेरो समस्या समाधान गर्ने क्षमता केही कमजोर भए तापनि, म नयाँ व्यक्तिभन्दा राम्रो हुनुपर्छ। नयाँ व्यक्तिलाई अगुवा बनाइसकिएकाले, मलाई किन अझै साधारण मामिलामा खटाइएको छ? ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्?”

एक दिन, अगुवाहरू भेलाका लागि आए, र म अर्को कोठामा कम्प्युटरका समस्याहरू समाधान गर्न मद्दत गरिरहेकी थिएँ। मैले अगुवाहरूले मानिसहरूको संवर्धनबारे सङ्गति गरेको सुनेँ, उनीहरूले कतिपय मानिसले केही वर्षदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू धेरै सत्यता पछ्याउँछन्, त्यसैले तिनीहरू संवर्धन गर्न योग्य छन् भनेर भने। अर्कोतिर, कतिपय मानिसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि थोरै प्रगति देखाएका थिए, र तिनीहरूको क्षमता पनि कमजोर थियो, त्यसैले तिनीहरू संवर्धन गर्न योग्य थिएनन्। यो सुनेर, मलाई हृदयमा साह्रै पीडा भयो, र मैले सोचेँ: “के म संवर्धन गर्न अयोग्य हुने प्रकारको व्यक्ति होइन र? यस्तो लाग्छ, म केही साधारण मामिला मात्र गर्न सक्छु, उत्कृष्ट देखिने कुनै मौका छैन।” केही क्षणपछि, एक जना अगुवाले ढोका बन्द गरे, र मलाई झनै दुःख लाग्यो, सोचेँ, “पहिले, म अगुवा छँदा, माथिल्ला अगुवाहरूले पनि हामीसँग सङ्गति गर्न भेला राखेका थिए, र म पनि संवर्धन गरिएकामध्ये एक थिएँ। तर अहिले, म यहाँ केवल कम्प्युटरका समस्याहरू सम्हालन्का लागि छु, शारीरिक श्रम र सानातिना गर्ने कामदार मात्रै हुँ।” मैले भेलामा उपस्थित हुने मण्डली अगुवाहरू सबैले मलाई चिन्छन् भनेर पनि सोचेँ, यदि उनीहरूले म अहिले यो कर्तव्य गरिरहेकी छु भन्‍ने थाहा पाए भने मलाई के सोच्नेछन्? मैले त्यसबारे जति धेरै सोचेँ, म उति नै दुःखी भएँ। कम्प्युटरका समस्याहरू समाधान गरेपछि ती उपकरण कसरी प्रयोग गर्ने भनेर बताउने बेला, म त्यहाँ जानै चाहिनँ। मलाई आफू उनीहरूको स्तरको नभई केवल निम्न स्तरको कामदारजस्तो लाग्यो। म कोठामा धेरैबेर यताउता गरेपछि मात्र मन नलागी-नलागी उनीहरूसँग कुरा गर्न गएँ। कुरा गरेर फर्कँदा, मलाई मनमा एकदमै असहज महसुस भयो, सोचेँ, मैले जति राम्रो गरे पनि, कसैले थाहा पाउनेछैन, वा मलाई सम्मान गर्नेछैन। यति धेरै समय र प्रयास लगाउनुको के अर्थ? जति सक्छु त्यति मात्र गर्छु। त्यसपछि, मैले आफ्नो कर्तव्यमा मन लगाउन छोडेँ। ब्रदर-सिस्टरहरूले मलाई प्रश्न सोध्दा, म सावधानीपूर्वक विचार नगरी जवाफ दिन्थेँ, न त म आफ्नो कामका समस्या वा विचलनहरूलाई सारांशीकरण नै गर्थेँ मैले सीप सिक्नमा पनि ध्यान दिइनँ र अध्ययन गर्न समय र प्रयास लगाउन चाहिनँ, हातमा भएका कामहरू सकाउनमा मात्र सन्तुष्ट थिएँ। त्यस दौरान, मेरो कर्तव्यमा बोझ नभएकाले, म साँझ ढल्न थाल्दा, झुल्न थाल्थेँ। पछि, मैले आफ्नो स्थिति ठिक छैन भनेर बुझेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्ना समस्याहरू चिन्न मार्गदर्शन मागेँ।

मैले आफ्नो खोजीमा, परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिको बीचमा परमेश्‍वरको व्यवस्थापन कार्य अघि बढ्ने क्रममा, विविध कार्यहरू देखा पर्छन्, र त्यसको लागि सहकार्य गर्न र तिनलाई पूरा गर्न मानिसहरूको आवश्यकता पर्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्‍मेवारीहरू र मिसनहरू नै परमेश्‍वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्‍वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरा आफ्‍नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, हामीले जुनसुकै कर्तव्य गरे पनि, त्यो परमेश्‍वरले दिएको मिसन र जिम्मेवारी हो। त्यसमा उच्च वा निम्न भन्‍ने हुँदैन। यदि कसैले कर्तव्यलाई उच्च वा निम्न भनेर वर्गीकरण गर्छ र आफूलाई उत्कृष्ट देखाउने कर्तव्य मात्र गर्न चाहन्छ, जबकि अरू कर्तव्य गर्न चाहँदैन भने, यो आफ्नो कर्तव्यलाई अस्वीकार गर्नु हो र यसले परमेश्‍वरप्रति साँचो समर्पणको कमी देखाउँछ। मैले परमेश्‍वरका वचनहरूका आधारमा आत्मचिन्तन गर्दा, के बुझेँ भने आफूले आफ्ना कर्तव्यहरूलाई व्यक्तिगत रुचिका आधारमा हेरेकी रहेछु, र सधैँ अझ प्रतिष्ठित कर्तव्यहरू गर्न चाहेकी रहेछु। अगुवा हुँदाको समयलाई फर्केर सोच्दा, मैले माथिल्ला अगुवाहरूबाट उच्च सम्मान पाउन र ब्रदर-सिस्टरहरूको आदर कमाउन, धेरै प्रयास गरेकी थिएँ र धेरै उत्साहका साथ आफ्ना कर्तव्यहरू गरेकी थिएँ। तर जब साधारण मामिला गर्ने कुरा आयो, तब मलाई आफू केवल शारीरिक श्रम गरिरहेकी छु र मेरो भूमिका महत्त्वहीन भएको महसुस भयो। यस्तो कर्तव्यले उत्कृष्ट देखिने मौका दिँदैन भन्‍ने लागेकाले, मैले त्यसलाई निम्न स्तरको ठानेँ। जसले गर्दा मलाई आफ्नो कर्तव्य गर्न प्रेरणा जागेन। विशेष गरी जब मैले अगुवाले कमजोर क्षमता भएका र सुस्त प्रगति गर्ने केही लामो समयदेखिका विश्‍वासीहरू संवर्धनका लागि मूल्यहीन छन् भनेको सुनेँ, तब मलाई आफू नयाँ विश्‍वासीहरूभन्दा अयोग्य छु र केही साधारण मामिला मात्र सम्हाल्न सक्छु भन्‍ने लाग्यो। यसले मलाई विशेष गरी निराश बनायो, र मैले आफ्ना कर्तव्य गर्ने प्रेरणा गुमाएँ। मैले गर्नुपर्ने कुरामा मन लगाइनँ, जसले गर्दा मेरा कर्तव्यमा केही हानि भयो। त्यसपछि मैले सोचेँ, कसरी कर्तव्य त परमेश्‍वरले दिएको जिम्मेवारी हो, र चाहे त्यो उच्चस्तरको होस् वा निम्नस्तरको, मैले त्यो परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र समर्पित हुनुपर्छ, र आफूले वहन गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नुपर्छ भन्‍ने सोचेँ। तर मलाई आफूले इज्जत गुमएकी छु र हैसियतप्रतिको मेरो चाहना पूरा भएन भन्‍ने लागेकाले, मलाई प्रतिरोध महसुस हुन थाल्यो, तर्क गर्न थालेँ, नकारात्मक बन्न थालेँ, र आफ्नो काममा सुस्त हुन थालेँ। मैले आफ्ना कर्तव्यमा उत्पन्न समस्याहरूलाई केलाउने र समाधान गर्ने प्रयास गरिनँ, न त आवश्यक सीपहरू नै अध्ययन गरेँ वा सिकेँ। फलस्वरूप, म केही समस्या आफै समाधान गर्न असफल भएँ, जसले गर्दा मेरा सहकर्मी ब्रदर-सिस्टरहरूलाई कामको बोझ बढ्यो। प्रतिष्ठा र हैसियतप्रति मेरो ध्यान अत्यधिक थियो। म आफ्नै अहमता, घमन्ड, र व्यक्तिगत हितबारे मात्र चिन्तित थिएँ, त्यसका लागि मण्डलीको काममा ढिलाइसमेत गर्थेँ। मैले ममा अरू कर्तव्यहरूमा खटाइने कुराप्रति आज्ञाकारिता रहेनछ, र ममा विवेक वा समझ पटक्कै छैन भन्‍ने देखेँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, लाभ वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, लाभ, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्‍वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्‍न सक्षम छैनन् त? के परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्‍ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्‍दै नसक्‍ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनले ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन ठान्छन् भनेर खुलासा गर्छन्। उनीहरूले जुनसुकै कर्तव्य गरे पनि वा उनीहरू जुनसुकै समूहमा भए पनि, उनीहरूका सोच सधैँ प्रतिष्ठा र हैसियतका लागि हुन्छन्। यदि उनीहरूले अरूको आदर र प्रशंसा पाएनन् भने, उनीहरूलाई आफ्नो जीवन बेकार लाग्छ। यसबारे चिन्तन गर्दा, के पछ्याइप्रतिको मेरो दृष्टिकोण ख्रीष्टविरोधीहरूको जस्तै थिएन र? बाल्यकालदेखि नै, म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” भन्‍नेजस्ता शैतानका विषहरूद्वारा प्रभावित भएकी थिएँ। मैले प्रतिष्ठा र हैसियत पछ्याउनुलाई आफ्नो जीवनको लक्ष्य बनाएकी थिएँ, र म आफूले जे गरे पनि अरूको आदर पाउन चाहन्थेँ। स्कुलमा छँदा, मैले आधिकारिक पद र प्रतिष्ठा भएकाहरूको ईर्ष्या गरेकी थिएँ, उनीहरू जहाँ गए पनि मानिसहरूले सम्मान दिन्छन् भन्‍ने विश्‍वास गरेँ। मैले त्यस्तो व्यक्ति बनेर मात्र मेरो जीवनको मूल्य हुन्छ भन्‍ने सोचेकी थिएँ, त्यसैले मैले कडा अध्ययन गरेँ, र मलाई आफ्ना परिश्रमले भविष्यमा राम्रो जागिर दिलाउनेछ र अरूबाट आदर कमाउन मद्दत गर्नेछ भन्‍ने आशा गरेकी थिएँ। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि, पछ्याइप्रतिको मेरो दृष्टिकोण उस्तै रहेको थियो। म अगुवा छँदा, मेरो कर्तव्य जति नै व्यस्त भए पनि, म परमेश्‍वरका वचनहरू पढ्थेँ, र आदर पाउनका लागि आफूलाई अझ बढी सत्यताहरूले सुसज्जित पारेर ब्रदर-सिस्टरहरूका समस्या समाधान गर्ने लक्ष्य राखेकी थिएँ। भेलाहरूमा, म कसरी सङ्गति गर्ने भनी निरन्तर मनन गर्थेँ ताकि ब्रदर-सिस्टरहरूले मलाई तुच्छ नठानून्। मेरो अभिप्राय गलत भएकाले र मेरो स्थिति राम्रो नभएकाले, त्यसले भेलाहरूको प्रभावकारितालाई असर गरेको थियो। साधारण मामिलाको काम गर्दा, म अझै पुरानै मार्गमा हिँडिरहेकी थिएँ। म आफू तुच्छ ठानिने डर लागेकाले, अगुवाहरूका लागि कम्प्युटरका समस्याहरू समाधान गरेपछि, मैले उनीहरूलाई एक शब्द भन्‍नेजस्तो सरल कुरा सामना गर्ने हिम्मतसमेत गरेकी थिइनँ, र भित्र एकदमै दमित महसुस गरेकी थिएँ। त्यसपछि, म आफ्ना कर्तव्यमा एकदमै निष्क्रिय भएकी थिएँ, जसले कामलाई पनि असर गरेको थियो। मैले आफूले जुनसुकै कर्तव्य गरिरहेकी भए पनि, मेरा विचार र अभिप्रायहरू सबै आफ्नै प्रतिष्ठा र हैसियतका लागि थिएँ भन्‍ने बुझें। के यो ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनु थिएन र? स्पष्ट रूपमा, म केही पनि थिइनँ; मसँग कुनै सत्यता वास्तविकताहरू थिएनन्, मेरो क्षमता कमजोर थियो, र मेरो भ्रष्ट स्वभाव निकै गम्भीर थियो। चुपचाप आफ्नो कर्तव्य गर्नुको सट्टा, म निरन्तर आफ्नै घमन्ड र हैसियतबारे चिन्तित भएकी थिएँ। म आफूले ती कुराहरू नपाउँदा, नकारात्मक र दुःखी भएकी थिएँ, र मैले आफ्ना कर्तव्यमा प्रेरणा गुमाएँ। प्रतिष्ठा र हैसियतले मलाई साँच्चै एकदमै कसेर बाँधेको थियो, हरेक दिन मेरो जीवनलाई नियन्त्रण गरेको थियो। मैले आफूले गरेको हरकुरामा अरूबाट आदर र स्वीकृति चाहेकी थिएँ। यसरी जिउनु साँच्चै त्यन्तै पीडादायी थियो! परमेश्‍वरले मलाई आफ्नो कर्तव्य गर्ने मौका दिनुभएको थियो ताकि मैले सत्यता पछ्याउन र आफ्नो कर्तव्यमार्फत आफ्नो स्वभाव परिवर्तन गर्न सकूँ। तर मैले इमानदारीपूर्वक आफ्नो कर्तव्य गरेकी थिइनँ र सत्यता पछ्याउन प्रयास गरेकी थिइनँ, सधैँ अरूको आदर पाउन प्रतिष्ठा र हैसियत खोजेकी थिएँ। जब मैले आफ्नो इज्जत वा हैसियत गुमाएँ, तब आफ्नो झोँक कर्तव्यमा पोखाएकी थिएँ, र त्यो गर्नमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएकी थिएँ। यो त परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्नु थियो! अब मैले अन्धाधुन्ध ख्याति, लाभ, र हैसियत पछ्याउनु साँच्चै एकदमै खतरनाक हो भन्‍ने बुझेँ। जब जब मेरो ख्याति, लाभ, वा हैसियत खतरामा पर्थ्यो, तब तब म प्रतिरोधी बन्थेँ र गुनासो गर्थेँ, आफ्नो कर्तव्यमा निष्क्रिय र नकारात्मक बन्थेँ, जसले काममा हानि पुर्‍याउँथ्यो। यदि मैले हठी हुँदै यसरी नै पछ्याइरहेकी भए, अन्ततः म परमेश्‍वरद्वारा केवल तिरस्कृतह हुने र हटाइनेथिएँ। नुओ यी, तिमीलाई थाहा छ? जब मैले यी कुराहरू बुझेँ, तब मलाई डर लाग्यो, सोचेँ, “मैल गलत मार्ग पछ्याइरहनु हुँदैन। मैले परमेश्‍वरले मलाई आफ्नो कर्तव्य गर्न दिएको मौकालाई पूर्ण रूपमा कदर गर्नुपर्छ।”

मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ जसले मलाई आफ्नो स्थान कसरी निर्धारण गर्ने भन्‍नेबारे केही बुझाइ प्राप्त गर्न मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँलाई तेरो क्षमता निकै कमजोर छ, र तँसँग सही र गलत छुट्टयाउने, अनि सत्यता बुझ्ने क्षमता छैन जस्तो लाग्छ भने, तैँले चाहे जे गरे पनि, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूमा लिप्त नहो, र मण्डलीमा कुनै अधिकारी बन्नतर्फ—मण्डली अगुवा बन्नतर्फ—कसरी लागिपर्नुपर्छ भनेर मनन नगर्—अगुवा हुन त्यति सजिलो छैन। यदि तँ इमानदार व्यक्ति होइनस् र तैँले सत्यतालाई प्रेम गर्दैनस् भने, अगुवा बन्नेबित्तिकै, तँ कि त ख्रीष्टविरोधी, कि त झूटो अगुवा हुनेछस्। … यदि तँसित मण्डलीको कामप्रति बोझको भावना छ, र तँ यसमा संलग्‍न हुन चाहन्छस् भने, यो राम्रो कुरा हो; तर तैँले आफूले सत्यता बुझ्छु कि बुझ्दिनँ, समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्छु कि सक्‍दिनँ, परमेश्‍वरका काममा साँचो रूपमा समर्पित हुन सक्छु कि सक्‍दिनँ, र कार्य बन्दोबस्तअनुसार मण्डलीको काम उचित रूपमा अघि बढाउन सक्छु कि सक्‍दिनँ भनी चिन्तन गर्नैपर्छ। यदि तँमा यी मापदण्डहरू पुग्छ भने, तैँले अगुवा वा कामदार बन्‍नका लागि दाबेदारी दिन सक्छस्। मैले यसो भन्‍नुको अर्थ के हो भने, कम्तीमा पनि, मानिसहरूमा आत्मसचेतना हुनुपर्छ। पहिले तैँले मानिसहरूलाई खुट्टयाउन सक्छस् कि सक्दैनस्, सत्यता बुझ्‍न र सिद्धान्तअनुसार कामकुरा गर्न सक्छस् कि सक्दैनस्, त्यो हेर्। यदि तैँले यी मापदण्डहरू पूरा गर्छस् भने, तँ अगुवा वा कामदार बन्‍न योग्य हुन्छस्। यदि तैँले आत्म-मूल्याङ्कन गर्न सक्दैनस् भने, तैँले आफ्ना चिनजानका वा आफ्ना नजिकका मानिसहरूलाई सोध्‍न सक्छस्। यदि तिनीहरू सबैले तँसँग अगुवा बन्‍ने पर्याप्त क्षमता छैन, र तैँले अहिलेको काम राम्रोसँग गर्नु नै पर्याप्त हो भनेर भन्छन् भने, तैँले तुरुन्तै आफूलाई चिन्‍नुपर्छ। तँ कमजोर क्षमताको भएकाले, अगुवा बन्‍ने चाहना गरेर आफ्‍नो सारा समय खर्च नगर्—आफूले सक्‍ने काम गर्, धरातलमा उभिएर अडिग भई आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्, ताकि तँलाई मनको शान्ति मिल्न सकोस्। यो पनि राम्रो कुरा हो। अनि, यदि तँ अगुवा बन्‍न योग्य छस्, यदि तँमा साँच्‍चै क्षमता र प्रतिभा छ, यदि तँसित कार्यक्षमता, र बोझको बोध छ भने, तँ ठ्याक्कै त्यही प्रकारको प्रतिभा भएको व्यक्ति होस् जसको परमेश्‍वरका घरमा अभाव छ, र तँलाई प्रवर्द्धन र संवर्धन गरिने कुरा निश्चित छ; तर सबै कुरामा परमेश्‍वरको समय हुन्छ। यो कामना, अर्थात् प्रवर्द्धन हुने कामना भनेको महत्त्वाकाङ्क्षा होइन, तर अगुवा बन्नका लागि तँमा क्षमता हुन, र तैँले मापदण्ड पूरा जरुरी छ। यदि तेरो क्षमता कमजोर छ र पनि तँ सधैँ अगुवा बन्‍ने, वा कुनै महत्त्वपूर्ण काम गर्ने, वा समग्र कामको जिम्‍मेवारी लिने, वा आफूलाई पृथक् तुल्याउने काम गर्ने चाहना गर्दै समय बिताउँछस् भने, म तँलाई भन्छु: यो महत्त्वाकाङ्क्षा हो। महत्त्वाकाङ्क्षाले विपत्ति ल्याउन सक्छ, त्यसैले तँ त्यसबारे सतर्क हुनुपर्छ। सबै मानिसहरू प्रगति गर्ने चाहना राख्छन् र सत्यताप्रति लागिपर्न इच्‍छुक हुन्छन्, यो कुनै समस्या होइन। कतिपय मानिसहरूमा क्षमता हुन्छ, तिनीहरूले अगुवा बन्‍ने मापदण्डहरू पूरा गर्छन्, र तिनीहरू सत्यताप्रति लागिपर्न सक्षम हुन्छन्, र यो राम्रो कुरा हो। अरू मानिसहरूमा क्षमता हुँदैन, त्यसकारण तिनीहरू आफ्नै कर्तव्यमा अडिनुपर्छ, तिनीहरूले आफूसामु रहेको कर्तव्यलाई उचित रूपमा, सिद्धान्तहरूअनुसार र परमेश्‍वरको घरका मागहरूअनुसार पूरा गर्नुपर्छ; तिनीहरूका लागि, त्यो नै राम्रो, सुरक्षित, र यथार्थपरक हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। नोई, के तिमीले पनि परमेश्‍वरका वचनको यो खण्ड पढेर केही कुराहरू प्राप्त गरेकी छैनौ र? यस खण्डबाट मैले के बुझेँ भने, यदि कसैसँग क्षमता र कार्य योग्यता छ, र उसले अगुवा बन्ने मापदण्ड पूरा गर्छ भने, परमेश्‍वरको घरले निश्चय नै उसलाई बढुवा र संवर्धन गर्नेछ। तर यदि कसैको क्षमता कमजोर छ र उसले अगुवा बन्ने मापदण्ड पूरा गर्दैन भने, ऊ अगुवा बने तापनि, उसले वास्तविक काम गर्न सक्नेछैन र मण्डलीको काममा हानि पुर्‍याउने नै छ। मैले सधैँ अगुवा बन्दा अरूबाट सम्मान पाइन्छ भन्‍ने सोचेकी थिएँ, तर आफूले अगुवा बन्ने मापदण्ड वास्तवमा पूरा गरेँ कि गरिनँ भनेर कहिल्यै चिन्तन गरेकी थिइनँ। अगुवा छँदाको समयलाई फर्केर हेर्दा, मैले ब्रदर-सिस्टरहरूका कर्तव्यहरूमा उत्पन्न समस्याहरूलाई स्पष्ट रूपमा देख्न वा समाधान गर्न सकेकी थिइनँ। जब धेरै कामहरू हुन्थे, म ती सबै एकैचोटि व्यवस्थापन गर्न सक्दिनथेँ, र मैले आफू मुख्य रूपमा जिम्मेवारी रहेको कामसमेत राम्ररी गर्न सकेकी थिइनँ। त्यसबाहेक, म आफ्नो हैसियतप्रति अत्यधिक चिन्तित भएकी थिएँ, मैले आफ्नो कर्तव्य निर्वाहमा सत्यता सिद्धान्तहरू खोज्न ध्यान दिएकी थिइनँ, र ब्रदर-सिस्टरहरूको सम्मान पाउने तरिकामा कसरी सङ्गति गर्ने भनेर निरन्तर सोचेकी थिएँ। मेरो हृदय कर्तव्यप्रति साँच्चै प्रतिबद्ध हुन सकेन, र त्यो गर्दा नतिजा आएको थिएन। माथिल्ला अगुवाहरूले सिद्धान्तअनुसार मलाई अर्को कर्तव्यमा खटाएका थिए, जसले मण्डलीको कामलाई फाइदा पुर्‍याउनेथ्यो र मलाई सुरक्षा दिनेथ्यो। अहिले, मैले गरिरहेको कर्तव्यमा केही प्राविधिक सीपहरू जान्नुपर्छ, र म यी सीपहरूमा पोख्त हुन र यस कर्तव्यमा योगदान दिन सक्षम छु। यो कर्तव्य मेरो लागि उपयुक्त छ। परमेश्‍वरले भन्नुभएझैँ: “कतिपय मानिसहरूमा क्षमता हुन्छ, तिनीहरूले अगुवा बन्‍ने मापदण्डहरू पूरा गर्छन्, र तिनीहरू सत्यताप्रति लागिपर्न सक्षम हुन्छन्, र यो राम्रो कुरा हो। अरू मानिसहरूमा क्षमता हुँदैन, त्यसकारण तिनीहरू आफ्नै कर्तव्यमा अडिनुपर्छ, तिनीहरूले आफूसामु रहेको कर्तव्यलाई उचित रूपमा, सिद्धान्तहरूअनुसार र परमेश्‍वरको घरका मागहरूअनुसार पूरा गर्नुपर्छ; तिनीहरूका लागि, त्यो नै राम्रो, सुरक्षित, र यथार्थपरक हुन्छ।” वास्तवमा, अगुवा बन्ने मापदण्ड पूरा गर्नेहरूलाई परमेश्‍वरको घरद्वारा बढुवा र संवर्धन गरिनु राम्रो कुरा हो, किनकि यसले उनीहरूलाई थप तालिम प्राप्त गर्न, सत्यता सिद्धान्तका विभिन्न पक्षहरूमा प्रवेश गर्न, र आफ्नो व्यावहारिक अनुभव ब्रदर-सिस्टरहरूलाई मद्दत गर्न प्रयोग गर्न सक्षम बनाउँछ, जुन मण्डलीको कामका लागि राम्रो कुरा हो। अगुवा बन्ने मापदण्ड पूरा नगर्नेहरूले भने, आफूले गर्न सक्ने कर्तव्यहरू दृढतापूर्वक गर्नुपर्छ, र उनीहरू केही सत्यता वास्तविकतामा पनि प्रवेश गर्न सक्छन्, र अन्ततः मुक्तिको अवसर पाउँछन्। यो कुरा बुझेपछि, मैले परमेश्‍वरको अभिप्रायबारे अझ अलि बढी बुझेकी छु। परमेश्‍वरले मलाई आफूबारे सही बुझाइ प्राप्त गर्न मद्दत गर्नका लागि यस्ता वातावरणहरू बन्दोबस्त गर्नुभयो। मैले आफ्नो सही स्थान खोज्नुपर्छ र व्यावहारिक रूपमा आफ्नो कर्तव्य गर्नुपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो र मसँग हुनुपर्ने समझ यही हो।

मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “सत्यताको अघि सबै जना बराबर छन्। प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुँदैनन्। सबैले परमेश्‍वरको कामलाई लगभग उति नै समय अनुभव गरेका हुन्छन्। प्रवर्द्धन र संवर्द्धन नगरिएका मानिसहरूले पनि आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता पछ्याउनुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा बढी उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ। यो परमेश्‍वरको घरको कामका आवश्यकताका कारण गरिन्छ। त्यसोभए, परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने यस्ता सिद्धान्तहरू किन राखेको हो? किनभने मानिसहरूको क्षमता र चरित्रमा भिन्‍नता हुन्छ, र हरेक व्यक्तिले फरक मार्ग रोज्छ, जसले गर्दा परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा फरक-फरक परिणामहरू आउँछन्। सत्यता पछ्याउनेहरूले मुक्ति पाउँछन् र तिनीहरू राज्यका मानिस बन्छन्, जबकि जो सत्यतालाई पटक्‍कै स्विकार्दैनन् र आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छैनन्, तिनीहरू हटाइन्छन्। मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छन् कि छैनन् भन्‍ने आधारमा परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्छ। के परमेश्‍वरको घरका विभिन्‍न मानिसहरूको ओहदामा कुनै भिन्‍नता हुन्छ? अहिलेका लागि, विभिन्‍न मानिसहरूको पद, मूल्य, हैसियत वा स्थानका आधारमा कुनै ओहदा छुट्याइएको छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नका लागि परमेश्‍वरले काम गर्ने अवधिमा, विभिन्‍न मानिसहरूको श्रेणी, पद, मूल्य, वा हैसियतमा कुनै भिन्‍नता हुँदैन। भिन्‍नता भएको कुरा केवल कामको विभाजनमा र निर्वाह गरिने कर्तव्यका भूमिकाहरूमा मात्र हो। अवश्य नै, यस अवधिमा, विशेष कार्यहरू गर्नका लागि अपवादका रूपमा कतिपय मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी वा पारिवारिक वातावरणसम्बन्धी समस्याजस्ता विभिन्‍न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर के त्यस्ता अवसरहरू नपाउनेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्‍न? त्यस्तो त हुँदैन। के तिनीहरूको मूल्य र स्थान अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता पछ्याउने र प्राप्त गर्ने अवसर पाउँछन्, र परमेश्‍वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरू पढेर, मैले सत्यताको अगाडि सबै समान छन् भन्‍ने बुझेँ। परमेश्‍वरको घरमा, मानिसहरूलाई संवर्धन गर्न सकिन्छ कि सकिँदैन भनेर उनीहरूको क्षमता, चरित्र, र सत्यता पछ्याइका आधारमा मूल्याङ्कन गरिन्छ। बढुवा र संवर्धन गरिनेहरू र नगरिनेहरूबीच कुनै पदीय भिन्नता छैन; सबैको कार्य विभाजनमा मात्र भिन्नता छ। तर मैले अगुवा हुँदा अधिकारीको जस्तो उच्च हैसियत हुन्छ, जबकि साधारण मामिलाको काम गर्दा सानातिना कामदारको जस्तो निम्न हैसियत हुन्छ भन्‍ने सोचेँ। मैले परमेश्‍वरको घरका कर्तव्यहरूलाई सांसारिक दृष्टिकोणले नापिरहेकी थिएँ, जुन परमेश्‍वरका वचनहरूसँग पटक्कै मेल खाँदैन। परमेश्‍वरका वचनले मेरो भ्रामक दृष्टिकोणलाई सच्याए। परमेश्‍वरको घरमा, व्यक्तिले जुनसुकै कर्तव्य गरे पनि, परमेश्‍वरले मानिसहरूलाई दिने सत्यता उस्तै हुन्छ, र परमेश्‍वरले मानिसहरूलाई सत्यता प्राप्त गर्न दिने अवसर पनि उस्तै हुन्छ। परमेश्‍वर व्यक्तिले कस्तो कर्तव्य गर्छ भनेर हेर्नुहुन्न; उहाँ उनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भनेर हेर्नुहुन्छ। यदि कुनै व्यक्तिको क्षमता कमजोर भए पनि, जबसम्म उसको हृदय सही हुन्छ, र ऊ परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन सक्छ, र उसले आफूले बुझेजति अभ्यास गर्छ, तबसम्म परमेश्‍वरले अझै उसलाई अन्तर्दृष्टि र अगुवाइ दिनुहुनेछ। मैले आफ्नो कर्तव्यमा मेरी सहकर्मी सिस्टर हाइ लुनबारे सोचेँ। उनको क्षमता त्यति राम्रो थिएन, तर उनमा कर्तव्यप्रति बोझको बोध थियो। उनले कुनै पनि आवश्यक सीपहरू तुरुन्तै सिकिन्, र जहाँसुकै भए पनि, समस्याहरू समाधान गर्न कुनै पनि असाइन्टमेन्ट सजिलै स्विकारिन् र त्यसमा समर्पित भइन्। हाई लुनले आफ्नो कर्तव्यमा हृदय लगाइन्, त्यसैले उनले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन पाइन्, र उनको कर्तव्यले परिणाम ल्यायो। परमेश्‍वरको स्वभाव धर्मी छ; उहाँ पक्षपाती व्यवहार गर्नुहुन्न। जबसम्म व्यक्तिले इमानदारीपूर्वक सत्यता पछ्याउँछ, तबसम्म उसले जुनसुकै कर्तव्य गरे पनि त्यो प्राप्त गर्न सक्छ। यो बुझेपछि, म झन् धेरै स्पष्ट भएँ। मैले आफ्नो कर्तव्य निर्वाहमा आफ्नो हैसियतको चिन्ता गर्नुभन्दा सत्यता पछ्याउनमा ध्यान केन्द्रित गर्नुपर्छ भन्‍ने बुझेँ।

नुओ यी, म अब साधारण मामिलाको काम गर्नमा समर्पित हुन सक्छु र मैले केही पाठ सिकेकी छु। पहिले, म नकारात्मक र सुस्त थिएँ, अनि ममा आफ्नो कर्तव्य निर्वाहमा बोझको कमी थियो, म कामका समस्याहरू समाधान गर्न मनन गर्नमा प्रयास गर्दिनथेँ। अहिले, यो धेरै राम्रो भएको छ। म आफ्ना कर्तव्यहरूमा भएका विचलनहरू पहिचान गर्न ध्यान दिन्छु र यी समस्या समाधान गर्न सक्रिय रूपमा गर्छु। पहिले, म प्राविधिक सीपहरू सिक्नमा सक्रिय थिइनँ, अझ जटिल सीपहरू अध्ययन गर्न समय र प्रयास लगाउँदिनथेँ। अब, म आफ्ना कर्तव्यहरूका लागि आवश्यक प्राविधिक सीपहरू सिक्न इच्छुक छु। मैले अझै केही कठिनाइ सामना गर्ने भए पनि, म अब तिनलाई पहिले जस्तो भ्रष्ट स्वभावले सम्हाल्दिनँ। प्रार्थना गरेर र परमेश्‍वरमा भर परेर, मैले धेरै प्राविधिक सीपहरू सिकेकी छु। पहिले, म ब्रदर-सिस्टरहरूलाई कम्प्युटरका समस्याहरू सुल्झाउन मद्दत गर्नुलाई केवल कामका रूपमा लिन्थेँ। अब, म सचेत रूपमा आफ्नो जीवन प्रवेशमा ध्यान केन्द्रित गर्छु। जब म आफ्ना कर्तव्यहरूमा भ्रष्ट स्वभावहरू प्रकट गर्छु, तब म आफ्ना समस्याहरू समाधान गर्न र आफ्नो गलत स्थितिलाई सच्याउन परमेश्‍वरका वचनहरू खोज्न सक्छु। म अब नयाँ विश्‍वासीहरू अगुवा बनेको देख्दा, व्याकुल हुँदिनँ। म त्यसलाई शान्तपूर्वक र सही रूपमा सामना गर्न सक्छु। मैले आफ्नो कर्तव्य निर्वाहमा इमानदार हृदय हुनु कत्ति महत्त्वपूर्ण छ भनेर बुझेकी छु। जुनसुकै कर्तव्य गरे पनि, शुद्ध र समर्पित हृदय राख्दा, र आफूले सक्दो गर्दा, परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउन सकिन्छ, र व्यक्तिले आफ्ना कर्तव्यहरूबाट धेरै कुरा प्राप्त गर्नेछ। नुओ यी, यो बुझेर, के तिमीले आफ्ना लागि अभ्यासका केही मार्ग प्राप्त गरेकी छौ?

ल ठिक छ, अहिलेको लागि यति नै भन्छु। मलाई आशा छ, यस पटकको मेरो अनुभव तिम्रा लागि सहयोगी भएको छ, र त्यसले तिमीलाई चाँडै आफ्नो नकारात्मक स्थितिबाट निस्कन मार्गदर्शन गर्नेछ, तिमीलाई इमानदार हृदयले आफ्ना कर्तव्य सम्हालन्, र परमेश्‍वरले हामीमा गरेको श्रमसाध्य प्रयासलाई खेर जान नदिन सक्षम बनाउनेछ। पत्र लेख्न र आफूसँग भएका कुनै अन्तरदृष्टि वा प्राप्तिहरू बताउन सङ्कोच नमान है।

तिमीलाई माया गर्ने,

युसुन

सेप्टेम्बर १९, २०२३

अघिल्लो:  २. मौनतापछाडि के लुकेको छ

अर्को:  ५. समस्या रिपोर्ट गर्दाको सङ्घर्ष

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger