२२. सानो मामलाले मेरो साँचो रूप प्रकट गऱ्यो

टियान टियान, चीन

सन् २०२१ को अप्रिलमा, म मण्डलीमा लेखन-पठन कामको अगुवाका रूपमा काम गर्दै थिएँ। एक दिन, मैले माथिल्लो नेतृत्वबाट एउटा चिठी पाएँ, जसमा मलाई मण्डलीकी अगुवा, लिउ लीको मूल्याङ्कन लेख्न आग्रह गरिएको थियो। उनीहरूलाई त्यो मूल्याङ्कन तीन दिनभित्र पूरा गरेर बुझाउनुपर्नेथ्यो। म अनुमान नगरी बस्न सकिनँ, “माथिल्लो नेतृत्वले किन मलाई अचानक लिउ लीको मूल्याङ्कन गर्न लगाएको? के उनको कार्यक्षमता कमजोर भएएकाले उनीहरू उनलाई बर्खास्त गर्ने विचार गर्न मूल्याङ्कनहरू सङ्कलन गर्दै छन्? वा उनीहरूले उनमा जिम्मेवारीको बोध छ र उनी वास्तविक काम गर्छिन् भन्‍ने देखेर उनलाई बढुवा गर्न चाहन्छन्? यदि लिउ लीलाई बढुवा गरिने हो र मैले उनका कमजोरीहरूलाई जोड दिएँ भने, के नेतृत्वले म मानिसहरूसँग निष्पक्ष व्यवहार गर्दिनँ भन्‍नेछन्? के उनीहरूले सबैमा कमजोरी हुन्छ, र प्रशिक्षित गरिने सम्भावना भएका व्यक्तिलाई यस्तो नकारात्मक तरिकाले वर्णन गर्नुले सुझबुझको कमीलाई देखाउँछ भन्‍नेछन्? तर यदि लिउ लीलाई बर्खास्त गरिने हो र मैले उनका सबलताहरूलाई जोड दिएँ भने, के नेतृत्वले ममा साँच्चै क्षमताको कमी छ भन्‍नेछ? के उनीहरूले प्रायः ब्रदर-सिस्टरहरूसँग मानिसहरूलाई खुट्याउने सिद्धान्तहरूबारे सङ्गति गर्ने, तर कसैलाई मूल्याङ्कन गर्दा, बर्खास्त गरिने व्यक्तिलाई यस्तो सकारात्मक रूपमा वर्णन गरेर, सुझबुझको कमी देखाउउने लेखन-पठनको सुपरिवेक्षक अर्थात् मैले यस्तो क्षमाताले यति महत्त्वपूर्ण कर्तव्य कसरी राम्ररी गर्न सक्छिन् भनेर प्रश्न उठाउनेछन्? यदि त्यस्तो भयो भने त, अगुवालाई निश्चय नै मेरो नराम्रो छाप पर्नेछ।” यो कुरा मनमा राखेर, मैले आफूलाई यो काम सावधानीपूर्वक गर्नुपर्छ, र लिउ लीको मूल्याङ्कन बुझाउनुअघि सही तरिकाले लेख्नुपर्छ भनेर सम्झाएँ। भोलिपल्ट लिउ लीकी सहकर्मी, वाङ यिङ मलाई भेट्न आउनेछिन् भन्‍ने थाहा पाउँदा, मेरो मनमा एउटा विचार फुऱ्यो। मैले सोचेँ, “पहिले वाङ यिङबाट केही सङ्केत लिएर अलि कुरा बुझ्ने कोसिस गर्दै, लिउ ली बढुवा हुँदै छिन् कि बर्खासी भनेर थाहा लगाए कसो होला। यदि मैले लिउ ली कुन दिशातिर जाँदै छिन् भन्‍ने पत्ता लगाएँ भने, मूल्याङ्कन लेख्न अझ सजिलो हुनेछ। यदि उनको बढुवा हुँदै छ भने, म उनका सबलताहरूलाई जोड दिनेछु, र यदि उनलाई बर्खास्त गरिँदै छ भने, म उनका कमजोरीहरूलाई जोड दिनेछु। म माथिल्लो अगुवाका अभिप्रायअनुसार मूल्याङ्कन लेख्नेछु। यसरी, अगुवाले निश्चय नै ममा अगुवाका रूपमा केही सुझबुझ रहेछ भन्‍नेछ, र अन्त्यमा मैले आफूलाई मूर्ख बनाउनेछैनँ।”

भोलिपल्ट, अर्की मण्डली अगुवा, वाङ यिङ मसँग कामको मामिलाबारे छलफल गर्न आइन्, तर मेरो ध्यान उनलाई कामको रिपोर्ट गर्नमा थिएन, बरु मैले यस्तो सोचिरहेँ, “लिउ लीलाई के हुनेवाला छ भनेर उनलाई थाहा नदिई वाङ यिङलाई बताउन लगाउन म के भन्न सक्छु त?” वाङ यिङले बोल्न सिध्याउनेबित्तिकै, मैले जानाजानी जाँचपड्ताल गर्न प्रश्नहरू सोध्न थालेँ, “हाल हामीसँग कामबारे छलफल गर्न तपाईं मात्र आइरहनुभएको छ। लिउ ली किन आइरहनुभएको छैन? उहाँ व्यस्त हुनुहुन्छ?” वाङ्ग यिङले शान्तसँग जवाफ दिइन्, “उहाँ अर्को काममा व्यस्त हुनुहुन्छ।” मैले सायद लिउ लीलाई बर्खास्त गरिँदै छ भन्‍ने अनुमान लगाएँ, तर म पक्का हुन सकिनँ। मैले सिधै सोध्ने आँट गरिनँ, किनकि वाङ यिङले म आफ्नो काममा ध्यान दिँदिनँ भन्लिन् कि भन्‍ने मलाई चिन्ता लाग्यो, त्यसैले मैले घुमाउरो पारामा सोधिरहेँ, “तपाईँहरू दुई मात्र अगुवा हुनुहुन्छ, त्यसैले कामको बोझ कसरी धान्नुहुन्छ?” यो सोधिसकेपछि, मैले वाङ् यिङ बोल्दा उनको हरेक हाउभाउलाई नजिकबाट नियाल्दै, लिउ लीलाई के हुँदै छ भन्‍ने पत्ता लगाउन सानोभन्दा सानो सुरागसमेत भेट्टाउने प्रयास गरेँ। तर अचम्म, वाङ यिङले यत्ति मात्र जवाफ दिइन्, “आजकाल कामको निकै चटारो छ।” उनको जवाफले पनि मलाई कुनै स्पष्ट जानकारी दिएन, त्यसैले मलाई एकदमै चिन्ता लाग्यो। अब के गर्ने? लिउ लीको बढुवा हुँदै छ कि बर्खासी भन्‍ने मलाई अझै थाहा थिएन। मूल्याङ्कन बुझाउने म्याद नजिकिँदै थियो, तर मलाई त्यो ठिकसित कसरी लेख्ने भन्‍ने थाहा नभएकाले मैले कलम चलाउन सकेकी थिइनँ। मैले सोचेँ, “आफूले जानेको जति लोख्ने, र त्यसपछि नेतृत्वलाई लिउ लीलाई केहीपटक मात्र भेटेकी छु र राम्ररी चिन्दिनँ, त्यसैले मेरो मूल्याङ्कन सही नहुन सक्छ भनेर भन्दा कसो होला?” तर त्यसपछि मैले पुनर्विचार गरेँ, “के माथिल्लो नेतृत्वले मैले सुपरिवेक्षकका रूपमा कसैलाई धेरैपटक भेटेपछि पनि खुट्ट्याउन सकिनँ भने मेरो क्षमता कमजोर छ र म कामकुरा छर्लङ्ग देख्न सक्दिनँ भनेर भन्‍नेछ? त्यो एकदमै लाजमर्दो हुनेछ! भैगो। मूल्याङ्कन नै नलेखूँ होला, ताकि माथिल्लो नेतृत्वले ममा सुझबुझको कमी छ कि छैन भनेर नदेखून्।” त्यसैले, मैले मूल्याङ्कन लेखिनँ। तर जब मैले पछि यस मामलाबारे सोचेँ, तब मलाई एकदमै दोषी महसुस भयो। मैले के बुझेँ भने परमेश्‍वरको घरले हामीले मानिसहरूलाई निष्पक्ष र वस्तुगत रूपमा मूल्याङ्कन गरेर मुख्यतः कुनै व्यक्ति संवर्धन र छनौटका लागि सिद्धान्तहरूसँग मिल्छ कि मिल्दैन भनेर बुझून्, वा कुनै व्यक्तिले वास्तविक काम गरिरहेको छ कि छैन र ऊ आफ्नो कामका लागि योग्य छ कि छैन भनी सुपरिवेक्षण र जाँच गरून् भन्‍ने माग गर्छ। कुनै कामका लागि सही व्यक्ति छनोट गर्नु महत्त्वपूर्ण छ, किनकि यसले कामको प्रभावकारितालाई सिधै असर गर्छ र यो परमेश्‍वरको घरको कामको सुरक्षासँग सम्बन्धित छ, र साथै, मूल्याङ्कन लेख्दा मलाई इमानदार व्यक्ति बन्ने सत्यतामा प्रवेश गर्न पनि मद्दत मिल्थ्यो। त्यसोभए किन म कलम चलाउन यति धेरै अनिच्छुक भएँ? किन यति व्याकुल? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, लिउ लीको मूल्याङ्कन लेख्ने कामले मलाई एकदमै दुबिधामा पार्‍यो। म यस मामिलामा हिचकिचाएँ र अति सतर्क भएँ, र मलाई मेरो सुझबुझमा कमी भयो र मेरो मूल्याङ्कन गलत भयो भने नेतृत्वले मलाई तुच्छ ठान्नेछ भन्‍ने डर लाग्यो त्यसैले म त्यो लेख्न अनिच्छुक भएँ। हे परमेश्‍वर, कृपया मलाई मेरो भ्रष्ट स्वभाव चिन्न मार्गदर्शन गर्नुहोस्।”

आफ्नो भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्‍टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्‍नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्‍दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका व्यावहारिक परमेश्‍वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। तिनीहरू हृदयबाट परमेश्‍वरसँग बोल्‍न र कुनै पनि वास्तविक कुरा भन्‍नसमेत सक्षम हुँदैनन्। तिनीहरू घुमाउरो र अप्रत्यक्ष पारामा चिप्लो घस्दै कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्‍नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्। जब तैँले केही वास्तविक परिस्थितिहरूबारे सोधपुछ गर्छस्, तिनीहरूसँग भन्‍ने कुरा केही पनि हुँदैन; तिनीहरूले तेरो निर्णयको प्रतीक्षा गर्दै, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्दै, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्दै छलकपट गर्छन्। तिनीहरूले भन्‍ने हरेक कुरा मिठो सुनिने, चापलुसी, र खुसामदीका शब्दहरू मात्र हुन्; तिनीहरूको मुखबाट एउटै इमानदार वचन निस्कँदैन। तिनीहरूले मानिसहरूसँग यसरी नै अन्तरक्रिया गर्छन् र परमेश्‍वरसँग पनि यसरी नै व्यवहार गर्छन्—तिनीहरू त्यति धेरै छली हुन्छन्। यही नै ख्रीष्टविरोधीको स्वभाव हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। “शैतानका शब्दहरूमा केही निश्‍चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्‍चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्‍वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्‍नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्‍ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्‍कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्‍ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्‍ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्‍नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्‍न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्‍न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्‍न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्‍न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्‍नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वर ख्रीष्टविरोधीहरूले परमेश्‍वरसँगको व्यवहारमा सधैँ छली कार्य गर्छन्, र कसरी कार्य गर्ने भनेर निर्णय गर्नुअघि उहाँका अविव्यक्तिअनुसार चल्छन् भनेर खुलासा गर्नुहुन्छ। तिनीहरू ख्रीष्टसामु इमानदारीसाथ बोल्दैनन्, र परमेश्‍वरलाई धोका दिन मानवीय सङ्कीर्ण विचार प्रयोग गर्छन्। तिनीहरूको स्वभाव साँच्चै छली र दुष्ट हुन्छ, र त्यसले गर्दा परमेश्‍वर तिनीहरूलाई घृणा गर्नुहुन्छ। चिन्तन गरेपछि, मैले आफूले त्यसरी नै व्यवहार गरेकी रहेछु भन्‍ने बुझेँ। माथिल्लो नेतृत्वले मलाई लिउ लीको मूल्याङ्कन लेख्न आग्रह गरेको थियो, र लिउ लीको बढुवा होस् वा बर्खासी, मैले मूल्याङ्कन आफूले उनलाई बुझेका आधारमा वस्तुगत र तथ्यपरक रूपमा लेख्नुपर्थ्यो, किनकि यो मण्डलीको कामलाई कायम राख्नका लागि थियो। तर मैले कसरी इमानदारीसाथ बोल्ने, र आफ्नो जिम्मेवारी पूरा गर्दै आफूले जानेको कुरा निष्पक्ष र वस्तुगत रूपमा कसरी लेख्ने भनेर सोच्नुको सट्टा, मैले पहिले मूल्याङ्कन अनुरोधको अर्थ के हो र त्यसलाई आफ्नो फाइदाका लागि कसरी लेख्ने भनेर अनुमान लगाएँ। मलाई के डर थियो भने यदि मेरो मूल्याङ्कन गलत भयो भने, माथिल्लो नेतृत्वले मेरा कमजोरीहरू देख्नेछ र ममा सुझबुझको कमी छ भन्‍ने सोच्नेछ, र उनीहरूमा मेरो नराम्रो छाप पर्नेछ। म नेतृत्वको नजरमा आफ्नो छवि र हैसियत जोगाउन, नेतृत्वको मनसाय पत्ता लगाएर त्यहीअनुसार चल्न चाहन्थेँ। वाङ यिङ मेरो काम जाँच्न आउँदा, मेरो ध्यान सही रिपोर्ट दिनमा थिएन, बरु म दिमाग खियाइरहेकी थिएँ, लिउ लीबारे के हुँदै छ भनेर वाङ यिङलाई कसरी बताउन लगाउने भनेर सोचिरहेकी थिएँ। यदि लिउ ली बढुवा हुँदैथ्यो भने, म त्यहीअनुसार चल्नेथिएँ र उनको चापलुसी गर्नेथिएँ, उनका सबलतालाई जोड दिनेथिएँ, र उनका कमजोरीहरूलाई कम महत्त्वका देखाउनेथिएँ, तर यदि लिउ लीलाई बर्खास्त गरिँदैथ्यो भने, म उनका कमजोरीहरूलाई जोड दिनेथिएँ। मलाई यस्तो मूल्याङ्कन बुझाउँदा माथिल्लो नेतृत्वले म राम्रो क्षमता भएको अगुवा हुँ र मानिसहरूलाई सही तरिकाले हेर्छु, र ममा त्यति कमी छैन भन्‍ने सोच्नेछ भन्‍ने लाग्यो। मैले कसैलाई राम्रो वा नराम्रो भनेर मूल्याङ्कन गर्दा त्यो तथ्य र सत्यता सिद्धान्तहरूमा आधारित हुँदैनथ्यो, बरु त्यो व्यक्ति बढुवा हुँदै छ कि बर्खासी भन्‍ने कुरामा आधारित हुन्थ्यो। म केवल हावा जता बहन्छ, त्यतै बहिरहेकी थिएँ, जसले गर्दा मूल्याङ्कन न त वस्तुगत बन्यो, न त सत्य नै। हरेक व्यक्तिमा सबलता र कमजोरी दुवै हुन्छन्, त्यसैले मैले मूल्याङ्कनहरू निष्पक्ष, वस्तुगत र सही रूपमा लेख्नुपर्थ्यो। यदि व्यक्ति राम्रो छैन र मैले सकारात्मक मूल्याङ्कन लेखेँ भने, म छल गरिरहेकी हुन्छु, र यदि यसले अरूलाई भ्रमित पार्‍यो र प्रतिकूल परिणामहरू ल्यायो अनि मण्डलीको काममा अवरोध र बाधा पुर्‍यायो भने, म दुष्ट काम गरिरहेकी र परमेश्‍वरको विरोध गरिरहेकी हुन्छु। तर यदि व्यक्तिले सत्यता पछ्याउँछ र मैले नकारात्मक मूल्याङ्कन लेखेँ भने, मैले उनलाई अन्याय गरिरहेकी, हानि पुर्‍याइरहेकी र तालिम लिने अवसरबाट वञ्जित गरिरहेकी हुन्छु। नेतृत्वले मलाई एक व्यक्तिको मूल्याङ्कन गर्न अनुरोध गर्नुको कारण उनीहरू त्यस व्यक्तिलाई जाँच्न र बहुमतको मूल्याङ्कनअनुसार उसलाई विस्तृत रूपमा मूल्याङ्कन चाहन्थे, किनकि यसले सटीकता र वस्तुपरकता सुनिश्चित गर्छ। त्यसैले, हरेक मूल्याङ्कन महत्त्वपूर्ण हुन्छ। तर म आफ्नो भ्रष्ट स्वभावद्वारा प्रेरित भएँ, आफ्नै फाइदाका लागि कुनै व्यक्तिका सबलता र कमजोरीलाई बढाइचढाइ गर्ने वा कम महत्त्वको देखाउने प्रयास गरेँ, जुन मानिसहरूलाई भ्रमित पार्न सक्ने र नेतृत्वलाई कुनै व्यक्तिबारे सही र वस्तुगत बुझाइ पाउन गाह्रो बनाउने कुरा थियो। मैले अनजानमै मानिसहरूलाई चुन्ने र संवर्धन गर्ने परमेश्‍वरको घरको काममा अवरोध र बाधा पुऱ्याइरहेकी थिएँ। मैले आफ्नो स्वभाव ख्रीष्टविरोधीको जस्तै छ, र म आफ्नो हितका लागि बोल्ने र सुन्ने प्रयास गरिरहेकी छु, अरूले भनेका कुरापछिडिको अर्थ बुझ्ने प्रयास गर्दै छु र जानकारी पाउन कडा मिहिनेत गरिरहेकी छु भन्‍ने देखेँ। म एकदमै छली र कुनै मर्यादा वा निष्ठाविना जिइरहेकी थिएँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “इमानदारिता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, कुनै पनि कुरामा परमेश्‍वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र परमेश्‍वरको चापलुसी गर्ने प्रयासस्वरूप मात्र कामकुरा नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरले हामीसँग गर्ने मागहरू उच्च छैनन्। उहाँ केवल हामी सोझो रूपमा बोलौँ र काम गरौँ, जे हो त्यही भनौँ, र व्यावहारिक र खुल्ला, झूट, छल र ढाकछोप गर्नदेखि जोगिने इमानदार व्यक्ति बनौँ भन्‍ने आशा गर्नुहुन्छ। म लिउ लीलाई राम्ररी चिन्दिनथेँ र उनलाई सही तरिकाले खुट्याउन सक्दिनथेँ, त्यसैले मैले आफूले जानेको कुराअनुसार मूल्याङ्कन लेखेर सत्य कुरा बताउनुपर्थ्यो। ममा केवल कुनै गुप्त मनसाय हुनुहुँदैनथ्यो, र मैले छल गर्नुहुँदैनथ्यो, र म अरूसँगको आफ्नो व्यवहारमा केवल व्यावहारिक र अरूप्रति निष्पक्ष हुनुपर्थ्यो। तर मेरा अभिप्रायहरू अनुचित थिए, र मैले यस मूल्याङ्कनलाई माथिल्लो नेतृत्वबाट निगाहा पाउन प्रयोग गर्न खोजेँ, र त्यसैले मैले उनीहरूका रुचि र अभिप्राय नाप्ने, र उनीहरूको इच्छाअनुसार मूल्याङ्कन कसरी लेख्ने भनेर निर्णय गर्ने प्रयास गरेँ। अगुवाले मेरो मूल्याङ्कन मागेर एक व्यक्तिलाई जाँच्न चाहन्थ्यो, तर उहाँहरूले मबाट एउटा पनि इमानदार शब्द पाएन। यस्तो मनोवृत्ति इमानदार व्यक्ति बन्ने अभ्यासभन्दा टाढा थियो! यो बुझेपछि, मलाई आफ्नो छली स्वभावप्रति घृणा लाग्यो।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “अनि, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुसँग सम्‍बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्‍दहरू हाम्रा भावनाहरूमा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सर्वप्रथम, इमानदार व्यक्ति हुने अभ्यास गर्नु परमेश्‍वरको मार्गलाई पछ्याउनुसित मिल्छ। परमेश्‍वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्‍वरको मार्ग हो। परमेश्‍वरको मार्ग भनेको के हो? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। के इमानदार बन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नुकै एक हिस्सा होइन र? के यो परमेश्‍वरको मार्ग पछ्याउनु होइन र? (हो। परमेश्‍वरको मार्ग पछ्याउनु हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, ‘त्यो व्यक्तिबारे तपाईंको राय के छ? के ऊ मण्डलीको काममा जिम्‍मेवार छ?’ र तैँले यस्तो जवाफ दिन्छस्, ‘ऊ राम्रो छ। ऊ मभन्दा बढी जिम्‍मेवार छ, उसको क्षमता मेरोभन्दा राम्रो छ, र उसको मानवता पनि राम्रो छ। ऊ परिपक्‍व र स्थिर छ।’ तर के तैँले आफ्‍नो हृदयमा यही सोचिरहेको हुन्छस् त? तैँले वास्तवमा के देख्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, ऊ भरोसा गर्न लायक छैन, बरु छली, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्‍ने समयमा, तँलाई लाग्छ, ‘मैले सत्य कुरा भन्‍नु हुँदैन। मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,’ त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, र उसका बारेमा राम्रा कुराहरू भन्‍ने निर्णय गर्छस्, तर तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन; यो सबै झूट र नक्कली कुरा मात्रै हुन्छ। के यसले तैँले परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने सङ्केत दिन्छ? दिँदैन। तँ शैतानको मार्ग, भूतहरूको मार्गमा हिँडेको हुन्छस्। परमेश्‍वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। तँ कुनै अर्को व्यक्तिसँग बोल्दै छस् भने पनि, परमेश्‍वरले सुनिरहनुभएको हुन्छ; उहाँले तेरो हृदय नियालिरहनुभएको र त्यसलाई जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्‍ने कुरा सुन्छन्, तर परमेश्‍वरले तेरो हृदय जाँच्‍नुहुन्छ। के मानिसहरू मानवको हृदय जाँच्‍न सक्‍ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्‍नेसम्‍म देख्‍न सक्छन्; तिनीहरूले सतहमा के छ त्यो देख्‍न सक्छन्, तर परमेश्‍वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्‍न सक्‍नुहुन्छ। परमेश्‍वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, र तेरो हृदयमा के-कस्ता तुच्छ षड्यन्त्र, विश्‍वासघाती तरिका र सक्रिय सोचहरू छन् भनी देख्‍न सक्‍नुहुन्छ। जब तैँले सत्यता बताइरहेको छैनस् भन्‍ने कुरा परमेश्‍वरले देख्नुहुन्छ, तँप्रतिको उहाँको राय र मूल्याङ्कन के हुन्छ? यस मामिलामा तैँले परमेश्‍वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलिनस् भन्‍ने हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट के स्पष्ट छ भने परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। इमानदार मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ र उनीहरू जस्तोसुकै मामला सामना गरे पनि उहाँलाई महान् मानेर आदर गर्छन्। मैले मूल्याङ्कन लेख्नुमा परमेश्‍वरको डर मान्ने सत्यता पनि समावेश छ भनेर कहिल्यै सोचेकी थिइनँ, त्यसैले मैले मूल्याङ्कनलाई गम्भीर रूपमा लिइनँ। अब, लिउ लीलाई मूल्याङ्कन गर्ने मामलाबारे चिन्तन गर्दा, मैले के बुझेँ भने लिउ लीका कर्तव्यमा केही कमजोरी र कमी थिए, तर सबलताहरू पनि थिए, र यदि मैले उनलाई सही तरिकाले खुट्याउन सकिनँ भने, आफूले देखेका कुरा सिधै रिपोर्ट गर्नुपर्थ्यो, परमेश्‍वरको छानबिन स्विकार्नुपर्थ्यो, र म छली नभई इमानदार हुनुपर्थ्यो। सत्य बोल्नु र इमानदार व्यक्ति हुनु भनेको यही थियो। तर आफ्नो आत्मगौरव र हैसियत जोगाउन, म यदि मेरो मूल्याङ्कन गलत भयो भने, माथिल्लो अगुवाले मलाई छर्लङ्गै देख्नेछ भनेर डराएँ, र मलाई इज्जत गुम्ने र तुच्छ ठानिने डर भयो, त्यसैले मैले छलकपटको सहारा लिएँ र सत्य बोलिनँ। मैले आफ्नो इज्जत गुमाउने जोखिम मोल्नुभन्दा मूल्याङ्कन नलेख्ने निर्णय गरेँ। म एकदमै छली र शङ्कालु रहेछु! म इमानदार हुन र सत्य बोल्न इच्छुक थिइनँ, जसले ममा परमेश्‍वरको डर मान्ने हृदय पटक्कै छैन भन्‍ने देखायो! परमेश्‍वरको डर मान्ने हृदय भएका मानिसहरू अरूको मूल्याङ्कन गर्दा सतर्क र होसियार हुन्छन्, र कुनै व्यक्तिबारे आफ्ना बुझाइ र विचारहरूलाई व्यावहारिक रूपमा व्यक्त गर्न सक्छन्। उनीहरू व्यक्तिगत मनसायविना त्यसो गर्न सक्छन् र जति जान्दछन्, त्यति नै भन्छन्, न त बढाइचढाइ गर्छन्, न त कामकुरा लुकाउँछन्। यो नै इमानदार व्यक्तिको व्यवहार हो। तर, परमेश्‍वरको डर मान्ने हृदय नभएका मानिसहरूले अरूको मूल्याङ्कन गर्दा, आफ्ना शब्दहरू तथ्यमा आधारित छन् कि छैनन् वा आफूले परमेश्‍वरलाई चिढ्याउँछु कि चिढ्याउँदिनँ भनेर विचार गर्दैनन्, र आफूलाई फाइदा हुने जेसुकै भन्छन्, र आफ्नो मुखबाट एउटा सत्य कुरा निकाल्दैनन्। यस्ता मानिसहरूसँग यति छली स्वभाव हुन्छ। यसपटक, मूल्याङ्कन लेखाइमार्फत्, म प्रकट भएँ, र मैले आफूले आफ्नो कर्तव्यमा परमेश्‍वरको छानबिन स्विकार्न नसकेकी, आफूमा परमेश्‍वरको डर मान्ने हृदय नभएको, र आफूले आफूलाई फाइदाजनक हुने कुराका आधारमा कार्य गरेकी, आफ्ना हितलाई सत्यताको अभ्यासभन्दा माथि राखेकी देखेँ। यसको मतलब म परमेश्‍वरको विरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ। मैले आफूले यत्तिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, आफ्नो शैतानी स्वभाव अपरिवर्तित रहन्छ, र आफ्ना हितको कुरा आउँदा म अझै छली हुन सक्छु भनेर अपेक्षा गरेकी थिइनँ। यसरी अघि बढ्नु धेरै खतरनाक हुनेथ्यो! मैले पश्चात्ताप गर्न मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्नो शैतानी स्वभावबारे अझ गहन बुझाइ पाउन उहाँलाई मार्गदर्शन मागेँ।

एक दिन आफ्नो भक्तिको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “दुष्टता पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ, किनकि यो मान्छेको प्रकृति बनेको हुन्छ र तिनीहरू यसको महिमा गाउन थाल्छन्, र त्योभन्दा पनि दुष्टता तिनीहरूलाई दुष्ट लाग्‍नेछैन। त्यसैले हठी व्यक्तिभन्दा दुष्ट स्वभाव पत्ता लगाउन बढी कठिन हुन्छ। कतिपय मानिस भन्छन्: ‘कसरी यो पत्ता लगाउन सजिलो हुन सक्दैन? सबै मानिसमा दुष्ट कामवासना हुन्छ। के त्यो दुष्टता होइन र?’ त्यो सतही कुरा हो। साँचो दुष्टता भनेको के हो? कुन-कुन स्थितिहरू प्रकट हुँदा दुष्ट हुन्छन्? मानिसहरूले आफ्नो हृदयका गहिराइमा लुकेका दुष्ट र लाजमर्दा अभिप्रायहरू लुकाउनका लागि ठुल्ठुला अभिव्यक्तिहरू दिएर ती अभिव्यक्तिहरू असल, निष्कपट र न्यायसङ्गत छन् भनी अरूलाई विश्‍वस्त गराएर अन्तिममा आफ्‍ना गुप्त मनसायहरू पूरा गर्छन् भने के यो दुष्ट स्वभाव हो? किन यसलाई छली भएको नभनेर दुष्ट भएको भनिन्छ? स्वभाव र सारका हिसाबमा, छल त्यति खराब होइन। दुष्ट हुनु छली हुनुभन्दा धेरै गम्‍भीर कुरा हो, यो छलीपनभन्दा घातक र धूर्त हुन्छ, र औसतको व्यक्तिलाई यो कुरा देख्‍न गाह्रो हुन्छ। उदाहरणका लागि, हव्‍वालाई लोभ्याउन सर्पले कस्ता शब्‍दहरू प्रयोग गर्‍यो? देखावटी शब्‍दहरू, जुन सुन्दाखेरी सही र आफ्नो भलाइ गर्नेजस्ता देखिन्छन्। यी शब्दहरूमा कुनै गलत कुरा लुकेको वा तिनको पछाडि कुनै दुर्भावनापूर्ण अभिप्राय रहेको तँलाई थाहै हुँदैन, र साथै, शैतानले दिएका यी सुझावहरू तँ त्याग्‍नै सक्दैनस्। यो परीक्षा हो। जब तँलाई प्रलोभित गरिन्छ र तँ यस्ता शब्‍दहरू सुन्छस्, तब तँ नलोभीकन बस्‍न सक्दैनस् र तँ पासोमा पर्ने सम्‍भावना धेरै हुन्छ, र त्यसरी तैँले शैतानको उद्देश्य हासिल गर्छस्। यसैलाई दुष्टता भनिन्छ। सर्पले हव्‍वालाई लोभ्याउन यही विधि प्रयोग गर्‍यो। के यो एक प्रकारको स्वभाव हो? (हो।) अनि, यस प्रकारको स्वभाव कहाँबाट आउँछ? यो सर्प, अर्थात् शैतानबाट आउँछ। यस प्रकारको दुष्ट स्वभाव मानिसको प्रकृतिमै रहेको हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ)। परमेश्‍वरले मानिसहरू एकअर्कासँग अन्तरक्रिया गर्दा, अक्सर सानदार कथनहरू प्रयोग गर्छन् र वैध कुराकानी गरेको जस्तो देखिन्छ, तर वास्तवमा, त्यो छलकपटले भरिएको हुन्छ भनेर खुलासा गर्नुहुन्छ। उनीहरू आफ्नो गुप्त अभिप्राय लुकाउन र आफ्नो लक्ष्य हासिल गर्न राम्रो र सही देखिने कथनहरू प्रयोग गर्छन्। यो एक दुष्ट स्वभाव हो, र परमेश्‍वर यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा र तिरस्कार गर्नुहुन्छ। यस बिन्दुमा, मैले आफ्नो दुष्ट स्वभाव कति गम्भीर रहेछ भनेर मात्र बुझेँ। जब वाङ यिङ मेरो काम जाँच्न आउँदा, मैले लिउ लीको चिन्ता गरेको बहानामा जानाजानी लिउ ली काममा व्यस्त छिन् कि भनेर सोधेँ, उनलाई नभेटेको धेरै भएको छ भनी बताएँ। यो प्रश्न लिउ लीप्रति वैध चिन्ता जस्तो देखिन्थ्यो, तर वास्तवमा, मैले वाङ यिङबाट आफूले चाहेको जानकारी निकाल्न र लिउ लीलाई के हुनेवाला छ भनी उनलाई प्रकट गर्न लगाउन त्यो प्रयोग गर्ने प्रयास गरिरहेकी थिएँ। तर जब वाङ यिङले मेरा प्रश्नहरूअनुसार जवाफ दिइनन्, तब मैले आफ्नो रणनीति बद्लेँ, र मण्डलीको कामलाई वास्ता गर्ने बहानामा लिउ लीबारे जानकारी सोधपुछ गर्न थालेँ। मैले के बुझेँ भने म आफ्ना उद्देश्य हासिल गर्न आफ्नो बोली र व्यवहारमा निरन्तर षड्यन्त्र रचिरहेकी थिएँ, वाङ यिङलाई थाहै नदिई उनका लागि पासो थापिरहेकी थिएँ, र उनलाई आफूले चाहेको कुरा बताउन प्रेरित गर्न सामान्य देखिने वार्तालापलाई जानाजानी प्रयोग गरिरहेकी थिएँ, ताकि म आफूले चाहेको जानकारी प्राप्त गर्न सकूँ। म बाहिरबाट शान्त देखिन्थेँ र केही खराब देखिँदैनथ्यो, तर भित्र भने म षड्यन्त्र र जालसाजी गरिरहेकी थिएँ। अरूसँग बोल्दा वा अन्तरक्रिया गर्दा ममा कुनै इमानदारी थिएन, बरु, म आफ्नो शैतानी स्वभावमा भर परेँ र अरूविरुद्ध षड्यन्त्र र चालबाजी गरेँ। मैले आफ्नो प्रकृति साँच्चै दुष्ट भएको देखेँ! यो ठ्याक्कै सर्पले हव्वालाई असल र खराबको ज्ञानको रूखको फल खान परीक्षामा पारेजस्तै थियो, त्यसका शब्दहरू सही लाग्थे, तर तिनले नदेखिने र अप्रत्यक्ष रूपमा मानिसहरूलाई बहकाए, र आफ्ना साँचो अभिप्राय लुकाए। यो शैतानको दुष्ट स्वभाव हो। के मेरो बोली र कामको प्रकृति सर्पको जस्तै थिएन त? यो यस्तो विश्‍वासघाती र धूर्त तरिकाले जिउने तरिका थियो! यो केवल मूल्याङ्कन लेख्ने सानो मामिला थियो र यसमा ठूला हितहरू समावेश थिएनन्, तर म छली र धूर्त हुन यस्ता घृणित र नीच तरिकाहरू प्रयोग गरिरहेकी थिएँ। यदि मेरो यो स्वभाव परिवर्तन नभएको भए, ठूलो हित समावेश मामिलाहरूको कुरा आउँदा, मैले निश्चय नै आफ्नो दुष्ट र छली स्वभावले मानिसहरूलाई धोका दिनेथिएँ र परमेश्‍वरलाई छल्नेथिएँ, र परमेश्‍वरको स्वभावलाई चिढ्याउने अझ ठूला दुष्टताहरू गर्नेथिएँ। यदि मेरो दुष्ट र छली स्वभाव परिवर्तन नभएको भए त्यो मेरा लागि कति खतरनाक हुन्थ्यो भन्‍ने मैले बुझेँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३३)। “व्यक्तिले इमानदार बन्‍ने अभ्यास गर्दाको अवधिमा, कैयौँ असफलताहरू र आफ्नो भ्रष्ट स्वभाव प्रकट हुने क्षणहरू सामना गर्नु अपरिहार्य कुरा हो। व्यक्तिका शब्द र सोचहरू मेल नखाने कति समयहरू आउन सक्छन् वा ढोँग र छल गर्ने क्षणहरू देखिन सक्छन्। तथापि, तँमाथि जे-जस्ता कुराहरू आइपरे पनि, यदि तँ सत्य बोल्‍न र इमानदार व्यक्ति बन्‍न चाहन्छस् भने, तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्षम हुनुपर्छ। जब तैँले कुनै कुरा बुझ्दैनस्, त्यो बुझिनँ भन्; जब तँ कुनै कुराबारे स्पष्ट हुँदैनस्, त्यो स्पष्ट भएन भन्। अरूले तँलाई नीच नजरले हेर्लान् वा कम सोच्लान् भनेर नडरा। यसरी निरन्तर हृदयबाटै कुरा गर्दा सत्य बोल्दा, तैँले हृदयमा आनन्द, शान्ति अनि स्वतन्त्रता र आजाद भएको अनुभूत गर्नेछस्, अनि आडम्बर र घमण्डले उप्रान्त तँलाई बन्धनमा पार्नेछैन। तैँले जोसुकैसित अन्तर्क्रिया गरे पनि, यदि तँ आफूले साँचो रूपमा जे सोच्छस् त्यो व्यक्त गर्न सक्छस् भने, र अरूहरूको सामुन्‍ने आफ्नो हृदय खोल्न र आफूले नजानेको कुरा जानेको ढोँग नगर्न सक्छस् भने, त्यो इमानदार मनोवृत्ति हो। कहिलेकाहीँ, मानिसहरूले तँलाई नीच मान्‍न सक्छन् र तैँले सधैँ सत्य बोल्नेभएकोले तँलाई मूर्ख भन्‍न सक्छन्। त्यस्तो अवस्थामा तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मलाई सबैले मूर्ख भने पनि, म इमानदार व्यक्ति बन्‍ने, तर छली व्यक्ति नबन्‍ने सङ्कल्प गर्छु। म साँचो साँचो र तथ्यअनुसार बोल्नेछु। म घिनलाग्दो, भ्रष्ट र परमेश्‍वरसामु बेकार भए पनि, अझै पनि ढोँग नगरी वा कुनै भेष नबदली सत्य नै बोल्नेछु।’ यदि तँ यसरी बोल्छस् भने, तेरो हृदय स्थिर र शान्त हुनेछ। इमानदार व्यक्ति बन्‍न, तैँले आफ्नो आडम्बर र घमण्ड त्याग्‍नुपर्छ, अनि सत्य बोल्न र आफ्ना सच्‍चा भावनाहरू व्यक्त गर्न, तैँले अरूले तेरो उपहास र अवहेलना गर्लान् कि भनेर डर मान्‍नु हुँदैन। यदि अरूले तँलाई मूर्ख झैँ व्यवहार गरे नै भने पनि, तैँले बहस गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने गर्नु हुँदैन। यदि तँ यसरी सत्यता अभ्यास गर्न सक्छस् भने, इमानदार व्यक्ति बन्‍न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वर कसलाई मन पराउनुहुन्छ र कसलाई घृणा गर्नुहुन्छ भनी उहाँ स्पष्ट पार्नुहुन्छ। केवल इमानदार मानिसहरूलाई मात्र परमेश्‍वर स्विकार्नुहुन्छ र आशिष् दिनुहुन्छ। परमेश्‍वर पवित्र हुनुहुन्छ, र उहाँभित्र कुनै बेइमानी वा छल छैन। परमेश्‍वरका वचनहरू सधैँ सोझो र स्पष्ट हुन्छन्। ठिक त्यस्तै जसरी परमेश्‍वरले अदनको बगैँचामा आदम र हव्वालाई स्पष्ट रूपमा निर्देशन दिनुभयो, कुन रूखको फल खान मिल्छ र कुन खाँदा मृत्यु हुन्छ भनी बताउनुभयो। परमेश्‍वरका निर्देशनहरू स्पष्ट थिए र तिनमा कुनै ढाकछोप थिएन। परमेश्‍वर हामी शुद्ध र इमानदार मानिस बनेको माग गर्नुहुन्छ, किनकि यो नै साँचो मानव रूप हो। शैतानको संसारमा जिउँदा, मानिसहरू झूट, छल र चालबाजी प्रयोग गरेर अन्तरक्रिया गर्छन्, सधैँ मुखुण्डो लगाउँछन्, र थकाइलाग्दो तरिकाले जिउँछन्। अन्ततः उनीहरू शैतानद्वारा झन्-झन् गहन रूपमा भ्रष्ट पारिनेछन्, र परमेश्‍वरको धर्मी दण्ड भोग्नेछन्। मैले मेरो वरपरका केही ब्रदर-सिस्टरले इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सकेको, उनीहरूले अरू मानिसमा समस्या देख्दा, सिधै औँल्याएर उनीहरूलाई मद्दत गर्न सकेको, र कसैलाई सत्यतासँग नमिल्ने काम गरेको देख्दा, खुल्लमखुल्ला तिनीहरूलाई काटछाँट गर्न सकेको, अनि इमानदार भई आपसी मद्दत र साथ प्रदान गर्न सकेको देखेँ। यी मानिसहरू शुद्ध थिए, र उनीहरूले मुक्त र स्वतन्त्र महसुस गर्थे, र उनीहरू इमानदार व्यक्ति बन्न र मुक्तिको मार्गमा हिँड्न पछ्याइरहेका थिए। मैले इमानदार व्यक्ति हुनुको अर्थ बुझ्न थालेँ, र परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग प्रदान गरे। मैले अब आत्मगौरव वा हैसियतका लागि षड्यन्त्र वा छल गर्न हुँदैनथ्यो। यस्तो व्यवहार साँच्चै घृणित थियो! मैले परमेश्‍वरले अपेक्षा गरेको इमानदार व्यक्तिको मापदण्ड पूरा गर्नुपर्थ्यो, र लिउ लीबारे आफूले जानेका कुरा सत्यतापूर्वक लेख्नुपर्थ्यो। यदि त्यो सही नभएको भए इज्जत गुम्ने भए पनि, यदि म इमानदार भएकी भए र मैले परमेश्‍वरलाई खुसी पारेकी भए, त्यति नै पर्याप्त हुनेथ्यो।

साथै, ममा मूल्याङ्कन लेख्ने सन्दर्भमा एउटा भ्रामक दृष्टिकोण थियो, सोच्थेँ, लेखन-पठन कामको सुपरिवेक्षक भएको नाताले, मैले सक्षम मानिन मानिसहरूलाई खुट्याउन र सही मूल्याङ्कन लेख्न सक्नुपर्छ, त्यसैले म राम्रो समीक्षा नलेखेर इज्जत गुम्ने डरले इमानदार हुन अनिच्छुक भएँ। पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनिर्धारण र अनुमोदन गर्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्‍ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू प्रवर्धन गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा आदरभावले हेर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्‍वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने परमेश्‍वरको घरमा चाहे कोही अगुवा होस् वा सुपरिवेक्षक, त्यसको अर्थ् उसले सत्यताका सबै पक्ष बुझ्छ, वा ऊसँग सत्यता वास्तविकताका सबै पक्ष छन् भन्‍ने होइन। मण्डलीले मलाई सुपरिवेक्षक बन्ने बन्दोबस्त गर्नु भनेको मलाई तालिम दिने एउटा अवसर मात्र थियो, र त्यसको अर्थ मैले अरूले भन्दा बढी सत्यता बुझेकी छु वा विभिन्न प्रकारका मानिसहरूलाई खुट्याउन सक्छु भन्‍ने थिएन। मलाई आफूले नबुझेका धेरै सत्यता छन्, र ती प्राप्त गर्न मैले विभिन्न वातावरण अनुभव गर्नुपर्छ भन्‍ने स्पष्ट भयो। यदि आफूले यस अवसरको कदर गरेँ र प्रार्थनाद्वारा अझ धेरै खोजी गरेँ र परिस्थितिहरू सामना गर्दा सत्यताअनुसार कार्य गरेँ भने, मेरो जीवन छिटो वृद्धि हुनेछ भन्‍ने मैले बुझेँ। तर, मैले बरु आफूलाई सुपरिवेक्षकको पदमा उच्च ठानेँ, सुपरिवेक्षकका रूपमा ममा सुझबुझ हुनुपर्छ र मैले सही मूल्याङ्कन लेख्नुपर्छ भन्‍ने सोचेँ। माथिल्लो नेतृत्वबाट प्रशंसा र सम्मान पाउन, मैले आफ्नो सुझबुझको कमी देखेर यस पक्षमा थप सत्यता खोज्नुको सट्टा म आफूलाई लुकाउन छल र कुटिलतामा संलग्न भएँ। यदि म यसरी नै अघि बढ्दै गएकी भए, यसले मलाई सत्यता बुझ्न रोक्ने मात्र नभई मेरो स्वभावलाई पनि झन्-झन् छली बनाउनेथ्यो, र अन्ततः, मैले केही पाउनेथिइनँ। यो बुझेर, म आफ्ना कमजोरीहरूलाई सही तरिकाले सम्हाल्न सक्षम भएँ।

केही समयपछि नै, मैले माथिल्लो नेतृत्वबाट एउटा चिठी पाएँ, जसमा मलाई सिस्टर सुन लानको मूल्याङ्कन लेख्न आग्रह गरिएको थियो। मैले मनमनै सोचेँ, “मैले सन लानसँग दुई दिन मात्र भेटेकी छु, त्यसैले उनका बारेमा मेरो बुझाइ सीमित छ। यदि मूल्याङ्कन गलत भयो भने, के अगुवाहरूले ममा सुझबुझको कमी छ भन्‍नेछेन् र मलाई तुच्छ ठान्नेछन्?” तर त्यसपछि मैले सोचेँ, “सन लान संवर्धन गर्न लायककी छिन् भन्‍ने मैले सुनेकी छु, त्यसैले सायद मैले उनका सबलताहरूलाई जोड दिनुपर्छ। यस्तो मूल्याङ्कन गर्दा, अगुवाहरूले पक्कै पनि मैले केवल दुई दिनपछि नै कुनै व्यक्तिलाई सही तरिकाले मूल्याङ्कन गर्न सकेकाले, ममा सुझबुझ छ भनेर भन्‍नेछन्। त्यसले मलाई एकदमै राम्रो देखाउनेछ।” त्यो क्षण, मैले म फेरि छल गर्न खोजिरहेकी छु भन्‍ने बुझेँ। परमेश्‍वरले म इमानदार व्यक्ति हुन सक्छु कि सक्दिनँ भनेर जाँच्न यो वातावरण योजनाबद्ध गर्नुभएको थियो। मूल्याङ्कन लेख्नमा व्यक्तिलाई बढुवा वा बर्खासी गर्नु समावेश हुन्छ—यो चानचुने कुरा होइन। मैले आफ्ना हितका आधारमा कसरी मूल्याङ्कन लेख्ने भनेर निर्णय गर्नु मिल्दैनथ्यो। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “जब तँ बोल्छस्, तँ कुरा घुमाएको घुमाई गर्छस्, तँ धेरै विचार खर्चन्छस्, र यस्तो थकाइलाग्दो तरिकामा बाँच्छस्, र यो सब आफ्नै प्रतिष्ठा र गौरव रक्षा गर्न गर्छस्! के यस्तो व्यवहार गर्ने मानिसहरूबाट परमेश्‍वर प्रसन्न हुनुहुन्छ? परमेश्‍वर छली मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावबाट मुक्त हुन र मुक्ति प्राप्त गर्न चाहन्छ्स् भने, तैँले सत्यता स्विकार्नैपर्छ। तैँले यो कुरा पहिला इमानदार व्यक्ति बनेर सुरु गर्नुपर्छ। स्पष्ट हो, सत्य बता, आफ्नो भावनाको बन्धनमा नपर्, आफ्नो ढोँग र छललाई फाल्, सिद्धान्तअनुसार बोल् र मामिलाहरू सम्हाल्—यो जिउने सहज र आनन्दपूर्ण तरिका हो, र तँ परमेश्‍वरअघि जिउन सक्षम हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ)। मैले अब आफ्नो आत्मगौरव र हैसियतका खातिर आफूलाई ढाकछोप गर्न वा भेष बदल्न हुँदैनथ्यो। म इमानदार व्यक्ति र व्यावहारिक हुनुपर्थ्यो। मैले अरूले मलाई कसरी लेलान् भन्‍ने वास्ता नगरी आफूले जानेको कुरा लेख्नुपर्थ्यो। यसरी आफूलाई व्यवहारमा ढाल्दा मलाई सहज महसुस हुनेथ्यो। त्यसैले मैले सन लानको वस्तुगत र निष्पक्ष मूल्याङ्कन लेखेर बुझाएँ। मलाई हृदयमा ठूलो राहत र मुक्ति महसुस भयो। मलाई पहिले आफूले छल गर्न अनगिन्ती मानसिक प्रयास लगाउँदाको जस्तो महसुस हुन छोड्यो। मैले सत्य बोल्नु र सत्यता अभ्यास गर्नुको मिठास अनुभव गरेपछि, भविष्यमा आफ्नो आत्मगौरव समाविष्ट मामिलाहरू सामना गर्दा, परिस्थिति जति नै लाजमर्दो भए पनि, आफू खुला र पारदर्शी हुनुपर्छ भनेर मनमनै भनेँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  २०. मेरो आस्थाप्रति मेरा आमाबुबाको विरोधको सामना

अर्को:  २३. अत्यधिक प्रतिस्पर्धी हुँदा संलग्न सबैलाई हानि पुग्छ

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger