३०. अब म आफ्ना समस्याहरूको सामना गर्ने आँट गर्छु

युक्सुन, चीन

सन् २०२३ को सेप्टेम्बरको एक दिन, मैले माथिल्लो तहका अगुवाहरूबाट एउटा चिठी पाएँ। चिठीमा हाम्रो मण्डलीका विभिन्न कामको नतिजा कमजोर भएको उल्लेख गर्दै, हामीले कामलाई कसरी अनुगमन गरिरहेका छौँ, अनि सुसमाचारको काम, सफाइको काम, र लेखन-पठनको काम जस्ता क्षेत्रमा के-कस्ता समस्याहरू पहिचान भएका छन् भनी सोधिएको थियो? हामीले ती समस्याहरूलाई कसरी सम्बोधन गरेका छौँ र हाम्रा योजनाहरू कसरी अगाडि बढिरहेका छन् भन्‍ने कुरा पनि सोधिएको थियो। चिठीमा भएका ती प्रश्नहरू पढेर मैले विचार गरेँ, “अगुवाहरूले सोधेका केही कामहरूको अनुगमन गर्ने मुख्य जिम्मेवारी त मेरै हो, तर म सुखभोगमा लिप्त हुने स्थितिमा जिइरहेकी छु। जब-जब म विस्तृत काम गर्ने वा वास्तविक समस्याहरू समाधान गर्नेबारे र यसका लागि मैले सत्यता खोज्नुपर्ने, प्रयास र विचार लगाउनुपर्ने, अनि यसमा धेरै मानसिक शक्ति खर्च हुन्छ भन्‍ने सोच्छु, तब यी कुराहरू समाधान गर्न प्रयास र ऊर्जा खर्च गर्न मलाई जाँगरै चल्दैन। म त खालि विभिन्न कामको प्रगतिबारे सोध्ने र छिटो अघि बढाउन प्रेरित गर्ने कुरामा मात्र सन्तुष्ट हुन्छु, तर विस्तृत कामको अनुगमन भने विरलै गर्छु। तर यदि मैले जबाफ अगुवाहरूलाई यो कुरा बताएँ र उहाँहरूले मैले सुपरिवेक्षण गरिरहेका तत्-तत् कामहरू बुझेकी नै छैन, वा तत्-तत् कार्य कार्यान्वयन नै गरेकी छैन भन्‍ने थाहा पाउनुभयो भने, उहाँहरूले मेरोबारे के सोच्नुहोला? पक्कै पनि उहाँहरूले मलाई कर्तव्यप्रति बोझको बोध नभएकी र वास्तविक काम नगर्ने व्यक्ति ठान्नुहुनेछ, सायद उहाँहरूले मलाई बर्खास्त नै गरिदिनुहोला। अनि ब्रदर-सिस्टरहरूले थाहा पाए भने मलाई लाजमर्दो हुनेछ! होइन, मैले आफूलाई थाहा भएको कामबारे मात्र बढी बताउनुपर्छ। यसो गर्दा अगुवाहरूले हाम्रो कामको नतिजा कमजोर भए पनि हामीले केही त गरेका रहेछौँ भन्‍ने देख्नुहुन्छ, र मलाई बर्खास्त गरिएला कि भन्‍ने चिन्ता लिनुपर्नेछैन।” तर त्यसपछि मैले सोचेँ, “केही कामहरू अधुरा नै छोडिए, र भएको त्यही थियो। यदि मैले राम्रो कुरा मात्र बताएँ र नराम्रो लुकाएँ भने, के म छली भइरहेकी हुन्न र? होइन, मैले त्यसो गर्नु हुँदैन।” म निकै द्विविधामा थिएँ, यस्तो लाग्थ्यो मलाई कुनै गह्रौँ ढुङ्गाले थिचेको छ। मैले आफैँलाई सोधेँ, “मैले यो चिठीको जबाफ कसरी लेख्नुपर्ला त?” त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, अगुवाहरूले मेरो काम कस्तो भइरहेको छ भनेर सोधपुछ गर्न चिठी लेख्नुभएको छ। मैले वास्तविक काम गरेकी छैन, र उहाँहरूले थाहा पाएमा मलाई बर्खास्त गर्नुहोला भन्‍ने डर छ। म आफ्नो अहम् र हैसियतप्रति चिन्तित छु, र यसकै कारण मलाई सत्य बोल्न हिचकिचाहट भइरहेको छ। मैले कसरी अभ्यास गर्ने हो, मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिँदै मार्गदर्शन गर्नुहोस्।”

भोलिपल्ट बिहान, मैले अगुवाहरूले गर्ने कामको सुपरिवेक्षण र अनुगमनबारे परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ, अनि मैले त्यो खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि परमेश्‍वरको घरले तँलाई सुपरिवेक्षण, अवलोकन, र बुझ्ने प्रयास गर्नुलाई तैँले स्विकार्न सक्छस् भने, त्यो गजबको कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्नमा, मानक पूरा गर्ने गरी कर्तव्य पूरा गर्न र परमेश्‍वरका अभिप्रायहरू पुरा गर्न सक्षम हुनमा मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले एक पटक यो सिद्धान्त बुझिसकेपछि, अगुवा, कामदार, र परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा प्रतिरोध वा सावधानीको भावना हटिसकेको हुनुपर्ने होइन र? कहिलेकहीँ कसैले तँलाई बुझ्ने प्रयास गर्दा, अवलोकन गर्दा, र तेरो कामलाई सुपरिवेक्षण गर्दा पनि, यो तैँले मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्दै छु? किनभने अहिलेका तेरा कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम कुनै एक व्यक्तिको निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्‍वरको घरको कामसँग सम्‍बन्धित हुन्छन् र परमेश्‍वरको कामको एउटा पाटोसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस दौरान तेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो सुपरिवेक्षण वा अवलोकन गर्छ, वा तँलाई गहन रूपमा बुझ्ने प्रयास गर्छ, अनि कहिलेकाहीँ तिनीहरूको मनोवृत्ति केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्‍वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार मनोवृत्तिकै कारणले गर्दा हो। तैँले यसप्रति कुनै नकारात्मक विचार वा संवेग बोक्नु हुँदैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, हामीले आफ्नो कर्तव्य निर्वाह गर्ने भए पनि हाम्रा भ्रष्ट स्वभाव परिवर्तन भएका छैनन्। हामी प्रायः आफ्नो कर्तव्य झाराटारुवा तरिकाले र आफ्नै इच्छाअनुसार निर्वाह गर्छौँ। कामको सुपरिवेक्षण र अनुगमन गर्नु, अनि समयमै समस्याहरू पत्ता लगाएर समाधान गर्नु अगुवाहरूको जिम्मेवारी हो, र यो पूर्ण रूपमा मण्डलीको कामको सुरक्षाका लागि हो। म आफ्नो कर्तव्यमा झाराटारुवा र लापरबाह थिएँ। अगुवाहरूले हाम्रो कामको सुपरिवेक्षण र अनुगमन गर्नुभयो, र हामीलाई आफ्ना विचलनहरूलाई केलाएर सत्यताका सिद्धान्तहरू अनुसार कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो, जुन हाम्रो कर्तव्यका लागि लाभदायक थियो। तर मैले यसलाई सही रूपमा लिन सकिनँ र उल्टै सतर्क भएँ। मैले मेरो कामको जाँच गरेर अगुवाहरूले मेरा गल्तीहरू पत्ता लगाउने र मलाई बर्खास्त गर्ने उद्देश्य राख्नुभयो भन्‍ने सोचेँ। आफ्नो अहम् र हैसियत जोगाउन, मैले धूर्तता अपनाएँ, मैले आफूले वास्तविक काम नगरेको तथ्यलाई लुकाउनका लागि गरेको काम मात्र बताउने र नगरेको कामबारे थोरै लेख्ने विचार गरेँ। म साँच्चै छली बनिरहेकी रहेछु! मैले त्यसो गर्नु हुँदैनथ्यो। मैले हाल आफ्नो जिम्मेवारीका कुन-कुन पक्षलाई मैले राम्रोसँग सम्हालेकी छु, र कुन-कुनचाहिँ बुझेकी वा अनुगमन गरेकी छैन भन्‍ने कुरा स्पष्ट पार्नुपर्थ्यो। मैले अगुवाहरूलाई वास्तविक स्थितिमै आधारित रहेर जबाफ दिनुपर्थ्यो, ताकि उहाँहरूले हाम्रा विचलनहरूसँग सम्बन्धित सङ्गति र मार्गदर्शन दिन सक्नुहोस्। यसले मलाई मेरो कर्तव्यमा मद्दत गर्नेथियो। त्यसैले मैले हाम्रो अनुगमन कामको अवस्था इमानदारीपूर्वक रिपोर्ट गरेँ र हामीले अनुगमन नगरेको कामका लागि हाम्रा योजनाहरू पनि प्रस्ट पारेँ। त्यसपछि, म आफूले पहिले अनुगमन नगरेको कामका विवरणहरूको जाँच र अनुगमनमा केन्द्रित भएँ। कुराकानीमार्फत्, केही ब्रदर-सिस्टरहरूले पनि आफ्नो कर्तव्यमा भएका विचलन तथा कमजोरीबारे आत्मचिन्तन गरे साथै परिवर्तन हुन, र प्रवेश गर्नका लागि मेहनत गर्न तत्पर भए। अगुवाहरूले गरेको कामको यस अनुगमन र जाँचबुझमार्फत् मैले मेरा आफ्नै केही समस्याहरू पनि पत्ता लगाएँ। मैले आफ्नो कर्तव्यका लागि केही दिशा र लक्ष्यहरू पाएँ, र मेरो कामको दक्षतामा पनि सुधार भयो।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ, र अगुवाहरूले गर्ने सुपरिवेक्षणदेखि म किन डराउँथेँ भन्‍नेबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तिमीहरू अगुवा वा सेवक हौ भने, के तिमीहरूलाई परमेश्‍वरको घरले तिमीहरूको कामको बारेमा जाँचबुझ र सुपरिवेक्षण गर्छ भन्‍ने डर लाग्छ? के तिमीहरूलाई परमेश्‍वरको घरले तिमीहरूको कामका भूलचूक र गल्तीहरू पत्ता लगाएर तिमीहरूको काट-छाँट गर्नेछ भन्‍ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई प्रवर्धन गर्नेबारे विचार गर्नुहुनेछैन भन्‍ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तेरो प्रेरणा मण्डलीको कामका निम्ति होइन, तँ ख्याति र हैसियतका लागि काम गरिरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको रेखदेख गर्छ भन्ने डर छैन, र तँ माथिकाले सोधेका प्रश्‍न र सोधपूछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँ ख्रीष्टविरोधी कदापि ठहरिनेछैनस्। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव सच्याउन सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो हटाउन सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिस समेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक छैनस्। तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्‍ने जानेर पनि किन तँ यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्‍न सक्दैनस्, ‘यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्‍नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र उसलाई थाहा भएपछि माथिकोले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्‍नो हैसियत गुमाए पनि, म आफूले भन्‍नुपर्ने कुरा स्पष्ट रूपमा भन्‍नेछु’? परमेश्‍वरको घरले तेरो कामको रेखदेख र सोधखोज गर्नेछ भन्‍ने तेरो डरले तैँले सत्यताभन्दा बढी हैसियतलाई बहुमुल्य ठान्छस् भन्‍ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्‍नु ख्रीष्टविरोधीको स्वभाव हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्‍वरले के भन्नुहुन्छ भने, मानिसहरू आफ्ना कमजोरी र समस्याहरूको खुलासा होला भनेर डराउँछन्, त्यसैले उनीहरू माथिको सुपरिवेक्षण स्वीकार गर्न मान्दैनन्, र आफ्नो प्रतिष्ठा र हैसियतको खातिर, उनीहरू समस्याहरू लुकाउने, आफ्ना कमजोरीहरू ढाकछोप गर्ने, र परमेश्‍वरको घरलाई धोका दिने प्रयास समेत गर्छन्। यसले ख्रीष्टविरोधी स्वभावलाई प्रकट गर्छ। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेँ अगुवाहरूले गरेको कामको सुपरिवेक्षण र अनुगमनप्रतिको मेरो सतर्कता आफ्नो प्रतिष्ठा र हैसियतप्रतिको अत्यधिक चिन्ताका कारणले रहेछ। मलाई यदि अगुवाहरूले मैले वास्तविक काम गरेकी छैन र आफ्नो कर्तव्यमा बोझको बोध छैन भन्‍ने थाहा पाएमा, उहाँहरूले मलाई बर्खास्त गर्नुहोला भन्‍ने चिन्ता थियो, साथै मलाई मेरा ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्नुहोला भन्‍ने पनि चिन्ता थियो। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले वास्तविक काम नगरेको तथ्यलाई ढाकछोप गर्न भरमग्दूर प्रयास गरेँ, र झूट बोलेर वा छल गरेर यसलाई लुकाउने विचारसमेत गरेँ, ताकि अगुवाहरूको नजरमा मेरो छवि जोगाउन सकूँ। मैले इमानदार मानिसहरू कसरी सरल र खुला हुन सक्छन्, र उनीहरू आफ्नो कर्तव्यमा भएका कुनै पनि विचलन वा कमजोरीहरूलाई कसरी साँचो रूपमा बताउन र अगुवाहरूको सुपरिवेक्षण स्वीकार गर्न सक्छन्, अनि अगुवाहरूले उनीहरूको समस्या थाहा पाएर उनीहरूको काटछाँट गरे तापनि मण्डलीको काम सहज रूपमा अघि बढेसम्म उनीहरूलाई यसमा कुनै आपत्ति हुँदैन भन्‍ने बारे सोचेँ। तर मैले मण्डलीको कामबारे सोचिरहेकी थिइनँ। म केवल आफ्नो प्रतिष्ठा र हैसियतबारे चिन्तित थिएँ। म साँच्चै नै स्वार्थी र घृणित भएकी रहेछु! मैले आफ्नो काम इमानदारीपूर्वक रिपोर्ट गरिनँ वा अगुवाहरूसँग सत्य कुरा बताइनँ, र मैले तत्कालका लागि बर्खास्त नभइकन उनीहरूलाई धोका दिन सकेकी भए तापनि, परमेश्‍वरले मानिसहरूका भित्री हृदयको छानबिन गर्नुहुन्छ, र कसैले पनि परमेश्‍वरलाई धोका दिन सक्दैन, र मानिसहरूले गोप्य रूपमा गरेका कुराहरू कुनै न कुनै बेला अवश्य प्रकट हुनेछन्। ठिक ती ख्रीष्टविरोधीहरू जसरी जो आफ्नो प्रतिष्ठा र हैसियत बचाउन, राम्रो खबर मात्र सुनाउँछन् र नराम्रो कहिल्यै सुनाउँदैनन्, आफ्नो कर्तव्यमा भएका विचलन र समस्याहरू कहिल्यै उल्लेख गर्दैनन्, र झूट बोल्न अनि छल गर्नमा समेत संलग्न हुन्छन्, जसले काममा गम्भीर हानि पुऱ्याउँछ। अन्ततः, उनीहरू प्रकट गरिन्छन् र निकालिन्छन्। म सुखभोगमा लिप्त हुने स्थितिमा जिइरहेकी थिएँ, आफ्नो कर्तव्यमा दुःख भोग्न वा मूल्य चुकाउन तत्पर थिइनँ, र केवल देखावटी काम मात्र गरिरहेकी थिएँ, जसले काममा ढिलाइ गरायो। मैले अगुवाहरूलाई आफ्नो कर्तव्यको वास्तविक अवस्थाको रिपोर्ट गर्नुपर्थ्यो, तर आफ्नो हैसियत बचाउन, मैले झूट बोलेर छल गर्न चाहेँ। म साँच्चै छली भएकी रहेछु! यदि मैले पश्चात्ताप गरेर परिवर्तन नहुँदा त, म पनि अन्ततः प्रकटन भई निकालिने थिएँ।

अनि मैले परमेश्‍वरका वचनबाट अर्को एउटा खण्ड पढेँ: “कतिपय मानिस परमेश्‍वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्‍ने विश्‍वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्‍वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू के विश्‍वास गर्छन् भने, व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्‍वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्‍वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्‍ने कुरालाई मात्र हेर्नुहुन्‍न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैमा यो सही मनोवृत्तिको अभाव छ, अनि ऊ व्यक्तिगत अभिप्रायबाट पूर्णतः प्रभावित छ, ऊ धूर्त षड्यन्त्रहरू अनि भ्रष्ट स्वभावको प्रकटीकरणहरूले भरिएको छ, अनि समस्या पैदा हुँदा, ऊ ढोँग गर्ने, कुतर्क गर्ने, आफूलाई जायज तुल्याउने गर्छ, र बिलकुलै पछुतो गर्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। ऊ कत्ति पनि सत्यता स्विकार्दैन अनि उसको पूर्णतः प्रकाश भएको छ। अलिकति पनि सत्यता नस्विकार्ने गलत मानिसहरू सारमा अविश्‍वासी नै हुन्छन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइ हासिल गर्न सक्षम छ र पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर तँमा यदि कुनै विवेक वा समझ छैन, र आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निभाउने मौका पाएको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता खोजी गर्दैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्‍नो कर्तव्य निभाउने क्रममा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँट गराइ सामना गर्दा तँ पटक्‍कै समर्पित हुँदैनस् भने, के परमेश्‍वरको घरले तँलाई अझै पनि कर्तव्य निर्वाह गर्न प्रयोग गर्नेछ त? परमेश्‍वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ। सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्‍लेषण गर्न आवश्यक छैन; तैँले सुन्‍ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्विकारेर आफ्‍ना गल्तीहरू सुधार्न सक्‍नुपर्छ। यस्तो गर्न सकिस् भने, परमेश्‍वरको घरले कर्तव्य निभाउने तेरो अधिकार खोस्‍ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता स्विकार्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्‍छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई सम्हाल्नबाध्य हुनेछ। यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्‍कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले म किन बर्खास्त हुने कुराले डराउँछु भन्‍ने बुझेँ। यो मैले परमेश्‍वरको धर्मी स्वभावलाई नबुझेर थियो। परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। परमेश्‍वरले मानिसहरूलाई केवल उनीहरूको कार्यसम्पादनकै आधारमा न्याय गर्नुहुन्न, बरु उनीहरूको सत्यताप्रतिको निरन्तर मनोवृत्ति र उनीहरू हिँड्ने मार्ग, अनि उनीहरूले गल्ती गर्दा साँचो पश्चात्ताप गरेका छन् कि छैनन् भन्‍ने कुरा विचार गर्नुहुन्छ। यदि कुनै व्यक्ति आफैलाई घृणा गर्न सक्छ र पश्चात्ताप गर्न तत्पर छ भने, परमेश्‍वरका घरले अझै पनि पश्चात्ताप गर्ने मौका दिन्छ। मैले वास्तविक काम गरेकी थिइनँ र आफ्ना कमजोरीहरू लुकाउन कपटी बन्न चाहेँ, तर जब मैले आत्मचिन्तन गर्न र आफैँलाई चिन्न सकेँ अनि परिवर्तन हुन तत्पर भएँ, तब परमेश्‍वरको घरले मलाई अझै पनि पश्चात्ताप गर्ने मौका दियो, र अगुवाहरूले मलाई बर्खास्त गर्ने कुरा गर्नुभएन। यसको विपरीत, यदि कुनै व्यक्तिले सत्यतालाई पटक्कै पछ्याउँदैन, र पश्चात्ताप नगरी बाधा-अवरोध उत्पन्न गर्छ भने, उसले अन्ततः आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर गुमाउनेछ। ठ्याक्कै मैले चिनेको एकजना ब्रदर जस्तै। उसले आफ्नो कर्तव्यनिर्वाह झारा टार्ने किसिमले गर्थ्यो, गैरजिम्मेवार थियो, र प्रायः आफ्नै इच्छाअनुसार काम गर्थ्यो। अगुवाहरू र कामदारहरूले उसलाई धेरै पटक सङ्गति गरे र मद्दत गरे, अनि उसले राम्ररी वाचा गरेर आफू पश्चाताप गर्न तत्पर छु भने तापनि, उसले आफ्नो कर्तव्य त्यसरी नै निर्वाह गरिरह्यो, र अन्तमा, ऊ बर्खास्त भयो। केही ब्रदर-सिस्टरहरूले पनि आफ्नो कर्तव्य निर्वाह गर्दा विचलनहरू देखाउन सक्छन्, तर अगुवाहरूले समस्याहरू औँल्याइदिँदा, उनीहरूले तिनलाई स्वीकार गर्न, सत्यता खोज्न, र सचेत रूपमा त्यसलाई सच्याउन र समाधान गर्न सक्छन्। यस्ता मानिसहरू बर्खास्त हुँदैनन्। मैले गल्ती गर्नु डरलाग्दो होइन, तर भ्रष्ट स्वभावमा बाँच्नु र पश्चात्ताप नगर्नु चाहिँ साँच्चै डरलाग्दो हो भन्‍ने बुझेँ। मैले इमानदार मानिसहरू कसरी सरल र खुला हुन्छन् अनि सत्यता स्वीकार गर्छन्, साथै उनीहरूले परमेश्‍वरले बन्दोबस्त गर्नुभएका परिस्थितिहरूमा कसरी समर्पित हुन र पाठ सिक्न सक्छन् अनि त्यसबाट लाभ र वृद्धि हासिल गर्न सक्छन् भन्‍ने बारे सोचेँ। त्यसपछि मैले आफैलाई हेरेँ, र मैले समस्याहरूको सामना गर्दा, आफूमा सरल र समर्पित हृदय नभएको, बरु, आफू शङ्का र दुविधाहरूले भरिएकी, र आफ्नै गलत तरिकाहरू भएका, अनि यसले मलाई सत्यता प्राप्त गर्न धेरै गाह्रो बनाएको थाहा पाएँ।

पछि, मैले यस समयमा आफ्नो कर्तव्यमा भएका समस्याहरूबारे आत्मचिन्तन गर्ने प्रयास गरेँ र परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “व्यक्तिले आफ्‍नो कर्तव्य निर्वाहमा आफ्‍नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यो कुरा गर्न सक्छ। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा कहिल्यै हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन् भनेर म किन भन्छु? तिनीहरू परमेश्‍वरलाई कसरी प्रार्थना गर्ने र पवित्र आत्माको अन्तर्दृष्टि खोजी गर्ने त्यो जान्दैनन्, न त परमेश्‍वरका अभिप्रायहरूलाई कसरी ख्याल गर्ने, परमेश्‍वरका वचनहरू मनन गर्नमा आफ्‍नो हृदय कसरी लगाउने भन्‍ने नै जान्दछन्, साथै सत्यता कसरी खोजी गर्ने, परमेश्‍वरका मागहरू र उहाँको चाहनाहरू बुझ्‍न कसरी खोजी गर्ने भन्‍ने नै जान्दछन्। सत्यता खोजी गर्न नसक्‍नु भनेको यही हो। के तिमीहरू त्यस्ता स्थितिहरू अनुभूत गर्छौ, जसमा चाहे जे आइपरे पनि, वा तिमीहरूले जे-जस्तो कर्तव्य पूरा गरे पनि, तिमीहरू प्रायः परमेश्‍वरसामु आफूलाई शान्त पार्न, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, साथै परमेश्‍वरका अभिप्रायहरू अनुसार आफ्‍नो कर्तव्य कसरी पूरा गर्नैपर्ने हो र त्यो कर्तव्य सन्तोषजनक ढङ्गले पूरा गर्न तिमीहरूमा कुन सत्यताहरू हुनुपर्छ भनेर विचार गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरै पटक यसरी नै सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी लिन सक्‍ने बन्न तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तैँले आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु त्यसको साटो सधैँ परिश्रम मात्र गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्य बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध स्थितिहरूबारे निपुणता हासिल गर्न सक्‍ने हुनेछस्। जब तैँले खटिनमा मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्‍नो हृदयको साँचो स्थिति अनि फरक फरक स्थितिमा तँमा हुने अनगिन्ती प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्‍नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। त्यसैले परमेश्‍वरलाई अन्योलतापूर्वक विश्‍वास गर्नु राम्रो हुँदैन। तँ हरेक समय, हरेक स्थानमा परमेश्‍वरअघि जिउनुपर्छ; तेरो जीवनमा जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यता खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा के-कस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ काममा ढिलाइ गराउनबाट बच्‍न सक्छस्। अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न मात्र सक्‍नेछैनस्, तर त्योभन्दा महत्त्वपूर्ण कुरा, तैँले आफ्नो जीवन प्रवेश पनि प्राप्त गर्नेछस् र आफ्‍नो भ्रष्ट स्वभाव पनि हल गर्नेछस्। यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेँ जिम्मेवार मानिसहरू आफ्नो कर्तव्यमा हृदय लगाउन सक्छन् र हरेक कामप्रति लगनशील, जिम्मेवार मनोवृत्ति राख्छन्, जबकि जिम्मेवारीको बोध नभएको व्यक्तिले आफ्नो कर्तव्य मन नलगाई-नलगाई, केवल झाराटारुवा तरिकाले निर्वाह गर्छ। उनीहरू आफ्नो कर्तव्यमा दुःख भोग्न वा मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र अन्तमा, उनीहरू जीवन प्रवेश पाउन असफल हुने मात्र नभई, उनीहरूले मण्डलीको काममा समेत ढिलाइ गराउँछन्। मेरो कर्तव्यप्रतिको मनोवृत्ति ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुभएजस्तै थियो। म आफ्ना ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न गहिरो सोचविचार र समाधानका लागि सत्यताको खोजी आवश्यक पर्छ, जुन धेरै झन्झटिलो र मेहनतयुक्त भन्‍ने सोच्थेँ, त्यसैले म मूल्य चुकाउन चाहन्नथेँ, र म केवल सतही रूपमा प्रगतिको अनुगमन गर्ने र केही सरल काम गर्ने कुरामा मात्र सन्तुष्ट थिएँ, जब म समस्याहरूको सामना गर्थेँ, म तीबारे गहिरेर सोच्न वा तिनको समाधान खोज्न चाहन्नथेँ, न त मैले मेरा विचलन वा कमजोरीहरूलाई केलाएर सारांश निकाल्थेँ, जसले काममा ढिलाइ गरायो। म “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ” र “आफैप्रति दयालु हुन सिक” भन्‍ने शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ। म शारीरिक सुखभोगमा लिप्त हुनुलाई अत्यन्तै महत्त्वपूर्ण ठान्थेँ, र आफूले गर्ने हरेक काममा, म पहिले आफूलाई शारीरक कष्ट वा थकान हुन्छ कि हुँदैन भनेर विचार गर्थेँ। म सधैँ आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गर्थेँ, आफ्ना जिम्मेवारीहरू, दायित्वहरू, वा मण्डलीको कामलाई विचार नगरीकन, र म हरेक दिन न्यूनतम प्रयाससमेत गर्न नसकी, चकित र अलमल्ल तवरले आफ्नो कर्तव्य निर्वाह गर्थेँ, साँचो समर्पणको त कुरै छाडौँ। परमेश्‍वरलाई मेरा कमीकमजोरीहरू थाहा थियो र उहाँले मेरो भ्रष्टतालाई प्रकट गर्न अगुवाहरूको सुपरिवेक्षण प्रयोग गर्नुभयो, जसले मलाई मेरो झाराटारुवा र सुखभोगमा लिप्त हुने स्थितिको समाधानका लागि सत्यता खोज्न प्रेरित गर्‍यो, ताकि म आफ्नो कर्तव्यमा इमानदार बन्दै विवरणहरूमा केन्द्रित हुन सकूँ। यसमा परमेश्‍वरको श्रम साध्य अभिप्राय लुकेको थियो, र यो मेरा लागि उहाँको मुक्ति थियो।

पछि, परमेश्‍वरका वचनहरू पढेर, मैले अगुवाहरूको सुपरिवेक्षण कामको महत्त्वबारे अलि धेरै बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्‍ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले कुनै गलत काम गरिरहेको छस् वा तँमा भ्रष्ट स्वभावको प्रकाश छ भन्‍ने पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, तँलाई निगरानी गर्न यसले तेरो वरिपरिका मानिसहरूलाई सहयोग गर्छ। रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले स्वेच्छाचारी र एकतर्फी रूपमा काम गर्न लागेको हुन्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आत्मचिन्तन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? हुन्छस्—त्यो तेरो सुरक्षा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेँ सामान्य मानवता भएको व्यक्तिले अरूको सुपरिवेक्षण र अवलोकन स्वीकार गर्न सक्छ, र जब उनीहरू आफूले आफ्नो कर्तव्यमा गल्ती गरेको वा भ्रष्टतालाई प्रकट गरेको पत्ता लगाउँछन्, तब उनीहरू आफ्नो हृदय खोल्न र सबैसित सङ्गति गर्न सक्छन्। वास्तवमा, आफ्नो कर्तव्यमा सबैको सुपरिवेक्षण स्वीकार गर्न सक्नु हाम्रा लागि लाभदायक हुन्छ, किनकि यसले हामीलाई गलत बाटोमा जानबाट रोकिन मद्दत गर्छ र हामीलाई जोगाउँछ। पहिले, मैले अगुवाहरूले गर्ने सुपरिवेक्षण कामको महत्त्व बुझेकी थिइनँ, र म सधैँ सतर्कता र गलतफहमीको अवस्थामा बाँचिरहेकी थिएँ, तर अब म यसलाई सही रूपमा लिन सक्छु। अगुवाहरूको सुपरिवेक्षण र कामको अनुगमनमार्फत, मैले आफ्ना कर्तव्यहरूमा सुधारका लागि केही दिशा प्राप्त गरेँ। र मैले अनुगमन कामलाई अझ गहिरो तरिकाले विचार गर्न सकेँ, साथै मेरा ब्रदर-सिस्टरहरूका कठिनाइ र अवस्थाहरू बुझेर वास्तविक समस्याहरू समाधानका लागि सङ्गति गर्न सकेँ। यसरी वास्तवमै कामको अनुगमनद्वारा, मेरो कर्तव्यको कार्यदक्षतामा सुधार भयो, र मलाई धेरै सहज महसुस भयो। म अगुवाहरूको सुपरिवेक्षण र कामको अनुगमनबारे पहिले जति चिन्तित हुन्थेँ, अहिले त्यति हुन्नँ, अनि म आफूले नगरेको कुनै काम वा कुनै काममा भएका मेरा विचलनहरू छन् भने, इमानदारीपूर्वक तिनको रिपोर्ट गर्न र तिनको सही रूपमा सामना गर्न सक्छु। जब अगुवाहरूले मेरो कर्तव्यमा मेरा विचलन र कमीकमजोरीहरू औँल्याउनुहुन्छ, म पहिले समर्पित हुन्छु, ती कुराहरू मानिलिन्छु, तिनलाई स्वीकार्छु, र सचेत रूपमा परिवर्तित हुने र आफ्ना जिम्मेवारीहरू पूरा गर्ने प्रयत्न गर्छु। यसरी अभ्यास गर्न थालेपछि, मलाई धेरै सहज महसुस भएको छ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  २९. परमेश्‍वरका वचनले मलाई मेरा शङ्काहरू त्याग्न अगुवाइ गरे

अर्को:  ३५. बुबाको हेरचाह र संरक्षणलाई कसरी लिने

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger