२९. परमेश्‍वरका वचनले मलाई मेरा शङ्काहरू त्याग्न अगुवाइ गरे

बाई लु, चीन

सन् २०२३ को नोभेम्बरको मध्यतिरको एक दिन, मैले माथिल्लो अगुवाइबाट एउटा पत्र पाएँ। पत्रमा ब्रदर-सिस्टरहरूले मलाई जिल्ला अगुवाका लागि मत दिएको भन्दै म यो कर्तव्य लिन इच्छुक छु कि भन्‍ने सोधिएको थियो। यो अप्रत्याशित कर्तव्य सामना गर्दा, मेरो हृदयमा एक्कासि हलचल मच्चियो, र मैले सोचेँ, “मेरो क्षमता साधारण छ र म बोल्न सिपालु छैन। पहिले अगुवा र कामदारको रूपमा काम गरेकी भए तापनि, समस्याहरू समाधान गर्न सत्यताको सङ्गति गर्ने कुरामा ममा केही कमी छ, अनि म पहिले प्रचारक भएका बेला झूटा अगुवाहरूलाई समयमै हटाउन नसक्दा, मण्डलीमा अराजकता फैलिएकाले मेरा कारण अपराध हुन गयो। अहिले मलाई जिल्ला अगुवाका रूपमा चुनिएको छ। यो कर्तव्यमा मैले समस्या समाधान गर्न अझ धेरै सत्यताको सङ्गति गर्नु जरूरी हुन्छ, विभिन्न कामहरूलाई निर्देशन दिनुपर्छ, अनि मानिसहरूलाई पनि खुट्ट्याउन सक्नुपर्छ भन्‍ने मलाई थाहा छ। के म यो सम्हाल्न सकूँला? यदि मैले सत्यता सिद्धान्तहरू बुझिनँ, काममा बाधा-अवरोध पुऱ्याएँ, र अन्तमा बर्खास्त भएँ भने, मेरो साँचो सामर्थ्य प्रकट हुने मात्र होइन, मैले ठूलो अपराध समेत थप्नेछु, अनि मेरो परिणाम र गन्तव्य राम्रो नहुन सक्छ।” म दुविधामा परेर सोचिरहेँ, “यो कर्तव्य स्विकारूँ कि नस्विकारूँ?” त्यो रात, म ओछ्यानमा कोल्टे फेरिरहेँ, निदाउन सकिनँ। यो कर्तव्य स्विकार्ने कुराको सोचले नै मलाई पहाडले थिचेजस्तो महसुस भइरहेको थियो, र मैले यो कर्तव्य राम्ररी पूरा गरिनँ भने म प्रकटित भई बर्खास्त हुनेछु भन्‍ने डर लागिरह्यो। म प्रार्थना गर्न परमेश्‍वरसामु आएँ, “हे परमेश्‍वर! मलाई थाहा छ यो कर्तव्य तपाईंले मलाई गर्नुभएको उन्नयन हो, र मैले विना शर्त समर्पित हुनुपर्छ, तर म आफ्नै भविष्य, सम्भावना र मार्गहरूबारे सोचिरहन्छु, र म समर्पित हुनै सक्दिनँ। कृपया मलाई तपाईंको अभिप्राय बुझ्न अन्तर्दृष्टि दिनुहोस्।”

भोलिपल्ट आफ्नो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेका थप मागहरू होइनन् तर मानिसको कर्तव्य हो र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ र विभिन्‍न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बुझेँ, यो कर्तव्य परमेश्‍वरले मलाई गर्नुभएको उन्नयन र मैले पन्छाउन नसक्ने जिम्मेवारी हो। यदि मैले आफ्नो भविष्य र गन्तव्यको रक्षा गर्न यो कर्तव्यलाई टारेँ वा अस्वीकार गरेँ भने, मैले एउटा सृजित प्राणीका रूपमा जीवित रहनुको वास्तविक अर्थ नै गुमाउनेछु, त्यसो भयो भने, अन्त्यसम्मै परमेश्‍वरमा विश्‍वास गरे पनि अन्तत: उहाँको अनुमोदन प्राप्त हुने छैन। मैले आफू प्रचारक हुँदाको समयलाई सम्झेँ, मैले काममा बाधा-अवरोध पुऱ्याएँ र अपराध गरेँ, तैपनि परमेश्‍वरले मलाई मेरो अपराधअनुसारको व्यवहार गर्नुभएन। अहिले मण्डलीले मलाई अझै पनि अगुवाको रूपमा कर्तव्य निर्वाह गर्ने मौका दिइरहेको थियो, त्यसैले मैले अब यसलाई पन्छाउन मिल्दैन। मैले सोचेँ, “समस्याहरू समाधानका लागि सत्यतामा सङ्गति गर्न म केही कमजोर छु। अगुवाको भूमिकामा मैले सबै किसिमका कठिनाइ र समस्याहरूको सामना गर्नेछु, र यसरी मैले सत्यताद्वारा समस्याहरू समाधानको अभ्यास गर्ने धेरै अवसरहरू पाउनेछु। के यो मेरा लागि तालिम लिने र आफ्ना कमीकमजोरीहरू पूर्ति गर्ने उत्तम तरिका होइन र? यसले विभिन्न कार्यहरूमा मेरो व्यावसायिक सीपमा सुधार मात्र गर्नेछैन, मैले मानिसहरूलाई खुट्ट्याउनमा प्रगति समेत गर्नेछु। त्यसै गरी, यसले मलाई आफ्नो भ्रष्ट स्वभाव त्याग्नका लागि कर्तव्यमा सत्यता पछ्याउनमा केन्द्रित हुन प्रेरणा पनि दिनेछ। के यो परमेश्‍वरले मलाई दिनुभएको निगाह होइन र?” मैले परमेश्‍वरको प्रेम कति महान् रहेछ भन्‍ने महसुस गरेँ, साथै यदि म स्वार्थी र घृणित नै रहिरहेँ, अनि आफ्नो कर्तव्य अस्वीकार गरेर आफूलाई बचाउने प्रयास गरेँ भने, मैले परमेश्‍वरको कष्टसाध्य अभिप्रायलाई धोका दिनेछु भन्‍ने कुरा थाहा पाएँ। यसो गर्दा, म साँच्चै मानवताविहीन हुनेछु!

मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्‌हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरका वचनले स्पष्ट रूपमा हामीलाई के बताउँछन् भने कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यसको उसले आशिष् वा दुर्भाग्य पाउने कुरासँग कुनै सम्बन्ध हुँदैन। सृजित प्राणीको नाताले, आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्णतया स्वाभाविक र न्यायसङ्गत कुरा हो, मानिसका रूपमा यो हाम्रो जिम्मेवारी हो, र मानिसहरूले विना शर्त स्वीकार र आज्ञापालन गर्नुपर्छ। मैले अगुवाहरू छिट्टै प्रकटित भएर हटाइन्छन् भनेर गलतरूपमा सोचेकी थिएँ, तर वास्तवमा, यदि म अगुवा नबनेकी भए पनि, मैले सत्यता नपछ्याएकी र गलत मार्गमा हिँडेकी भए, के म पनि प्रकटित भएर हटाइने थिइनँ र? परमेश्‍वरले धेरै पहिले भनिसक्नुभएको छ कर्तव्य निर्वाह गर्नुको आशिष् वा दुर्भाग्य पाउनुसँग कुनै सम्बन्ध हुँदैन, बरु महत्त्वपूर्ण कुरा त कुनै व्यक्तिले सत्यतालाई पछ्याउने र प्रेम गर्ने गर्छ कि गर्दैन भन्‍ने हो। अहिले ब्रदर-सिस्टरहरूले मलाई जिल्ला अगुवाका रूपमा मनोनीत गरेकाले, मैले पहिले यसलाई स्वीकारेर अभ्यास गर्नुपर्थ्यो, अनि मेरो कर्तव्यमा आउने समस्या र कमीकमजोरीका विषयमा, मैले सहकार्य गर्ने सिस्टरहरूसँग मिलेर समाधान खोज्न सक्थेँ, र यदि अझै स्पष्ट नभएका कुराहरू भए, मैले माथिल्लो नेतृत्वसँग पनि मार्गदर्शन खोज्न सक्थेँ। त्यसैले, म यो कर्तव्य निर्वाह गर्न इच्छुक छु भन्‍ने जवाफ दिएँ। जब मैले यसरी अभ्यास गरेँ, मैले आफ्नो हृदयमा स्थिरता र शान्ति महसुस गरेँ।

एक बिहान, मैले “अगुवा बन्न अस्वीकार गर्नुको पछि के कारण होला” शीर्षकको एउटा अनुभवात्मक गवाही भिडियो हेरेँ, र त्यस भिडियोमा भएको परमेश्‍वरका वचनको एउटा खण्डले मेरो स्थितिलाई साँच्चै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आफ्‍नो कर्तव्यमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूले आज्ञापालनको मनोवृत्तिसाथ यसलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्‍नो क्षमताले भ्याउन्जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउन्जेलसम्‍म आफ्‍नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र समझ भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। जब कर्तव्य हेरफेरको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले तुरुन्तै तर्कवितर्क, वाक्छल, र अवज्ञा प्रस्तुत गर्छन्, र हृदयका गहिराइमा तिनीहरूले यसलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूको हृदयमा वास्तवमा के हुन्छ? अविश्‍वास र शङ्‍का, अनि तिनीहरूले अनेक तरिकाहरू अपनाएर अरूलाई जाँच गर्छन्। … किन तिनीहरू सामान्य कुरालाई यति जटिल बनाउँछन्? त्यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌हरू पाउने आशा नै रहने छैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र सेवकहरू, र परमेश्‍वरलाई समेत भरोसा गर्न सकिन्न। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरोसा गर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना बनाउनुपर्छ र हिसाब लगाउनुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना बरबाद हुनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरको घरका अगुवा र सेवकहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई आशिषित् हुने रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने जब कुनै ख्रीष्टविरोधीलाई उसको कर्तव्यमा हेरफेर गरिन्छ, उसले परमेश्‍वरमा कसरी समर्पित हुने र उहाँको अभिप्रायलाई कसरी सन्तुष्ट पार्ने भनेर सोच्दैन, बरु पहिले यो कर्तव्यले आफ्नो प्रतिष्ठा वा हैसियतलाई फाइदा गर्छ कि गर्दैन, वा यसले आफ्नो परिणाम र गन्तव्यलाई असर गर्छ कि गर्दैन भनेर विचार गर्छ। मैले ख्रीष्टविरोधीहरू आशिष् र लाभका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्, र उनीहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुभन्दा आशिष् पाउनुलाई बढी महत्त्वपूर्ण ठान्छन् भन्‍ने देखेँ। मैले मनमनै सोचेँ, “के आफ्नो कर्तव्यको हेरफेरसम्बन्धमा मेरो प्रकटीकरण ख्रीष्टविरोधीको जस्तै छैन र?” मलाई जिल्ला अगुवाको रूपमा तालिम लिन दिनुभएर परमेश्‍वरले उच्च पार्नुभएकोमा म कृतज्ञ हुनुपर्थ्यो, र परमेश्‍वरलाई सन्तुष्ट पार्न मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो। तर मैले आफैँलाई सोधिरहेँ, “म प्रचारक हुँदा, मैले अपराध गरेँ किनकि मैले झूटा अगुवाहरूलाई तुरुन्तै बर्खास्त गरिनँ। यदि म जिल्ला अगुवा भएँ र धेरै जिम्मेवारीहरू पाएँ भने, के मैले अपराध गरेर छिट्टै प्रकटित हुने सम्भावना हुँदैन र? यदि कामकुरा बिग्रियो भने, आफ्नो आस्थामा आशिष् पाउने मेरो आशा चकनाचूर हुनेछ।” आफ्नो भविष्य र गन्तव्यको रक्षा गर्न, मैले यो कर्तव्य पन्छाउन चाहेँ। यो मेरो कर्तव्यको सामान्य हेरफेर थियो, तर मैले परमेश्‍वरले मलाई यो कर्तव्यमार्फत प्रकटन गरेर हटाउन चाहनुहुन्छ भन्‍ने गलत विश्‍वास गरेँ। के मैले परमेश्‍वरलाई गलत बुझिरहेकी थिइनँ र? विगतमा, मैले आफ्नो आस्थामा मेरो हृदय शुद्ध छ भन्‍ने सोचेकी थिएँ, र मण्डलीले मलाई जुनसुकै कर्तव्य दिए पनि, म समर्पित हुन सक्थेँ, तर त्यो त मेरो हितमा असर नपरेकाले मात्र रहेछ। अहिले जब मैले यो कर्तव्यले मेरो भविष्य र गन्तव्यमा असर गरिरहेको महसुस गरेँ, मैले यसलाई अस्वीकार गर्न चाहेँ। म पूर्ण रूपमा मानवताविहीन रहेछु, र म केवल लाभ खोज्ने एक घृणित र सानो मन भएकी व्यक्ति मात्र रहेछु भन्‍ने मैले देखेँ! वास्तवमा, मलाई मेरो प्रचारकको भूमिकाबाट हटाइएको मेरो पदका कारणले नभई, बरु मैले प्रतिष्ठा र हैसियत पछ्याएको र वास्तविक काम नगरेका कारणले थियो। तर, परमेश्‍वरको घरले मलाई यसका लागि हटाएन, बरु मेरा लागि कर्तव्यहरूको प्रबन्ध जारी राख्दै, मलाई चिन्तन र पश्चात्ताप गर्ने मौका दियो। मैले मण्डलीबाट निष्कासित ती ख्रीष्टविरोधीहरूका बारेमा पनि सोचेँ, जो केवल आफ्नो उच्च पदका कारणले नभई, बरु उनीहरूले काममा बाधा र अवरोध पुग्नेगरी केवल प्रतिष्ठा र हैसियत मात्र पछ्याएका, गुटहरू बनाएका र ईर्ष्या अनि कलह मच्चाएका कारण प्रकटित भएर हटाइएका थिए। उनीहरूलाई सङ्गति दिइएपछि पनि, उनीहरूले पश्चात्ताप गर्न पूर्ण रूपमा अस्वीकार गरे, र तब मात्र उनीहरूलाई अन्ततः हटाइयो। यसबाट, मैले के देखेँ भने यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन भने, उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि ऊ प्रकटित हुनेछ र हटाइनेछ।

त्यसपछि मैले आफैलाई सोधेँ, “जिल्ला अगुवा बन्न मलाई अनिच्छुक बनाउने अरू कुन-कुन गलत दृष्टिकोणहरू होलान्?” पछि मैले के महसुस गरेँ भने, जिल्ला अगुवा हुनु भनेको सबै कामको लागि जिम्मेवार हुनु हो, र मैले विभिन्न कामहरूको पेशागत सीपहरूलाई निर्देशन दिन सक्नुपर्छ र मानिसहरूलाई खुट्ट्याउन सक्नुपर्छ, नत्रभने म यो कर्तव्यको लागि योग्य हुनेछैनँ भन्‍ने मलाई लागेको रहेछ। तर, ममा प्राविधिक सीपहरूको धेरै कमी थियो। त्यसैले म निरन्तर यो कर्तव्यबाट भाग्न चाहन्थेँ। के यो दृष्टिकोण सत्यताअनुरूप थियो त? मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले परीक्षण गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरका वचनले मलाई अभ्यासको मार्ग देखाए। मैले जिल्ला अगुवाको रूपमा धेरै प्राविधिक क्षेत्रहरूमा निपुणता हासिल गर्न बाँकी भए तापनि, परमेश्‍वरले यो कर्तव्य निर्वाह गर्नका लागि हरेक सीप बुझ्नैपर्छ भनेर कहिल्यै भन्नुभएको छैन। उहाँको अभिप्राय मैले वास्तविक तालिमको दौडान सत्यता सिद्धान्तहरू खोज्नमा ध्यान केन्द्रित गरूँ, आफ्ना कमीकमजोरीहरू पूर्ति गरूँ, र बिस्तारै सत्यता वास्तविकताहरूमा प्रवेश गरूँ भन्‍ने थियो। ममा प्राविधिक सीपहरूको कमी थियो, त्यसैले मैले यी कुराहरू बुझ्ने ब्रदर-सिस्टरहरूसँग सहकार्य खोज्नुपर्थ्यो, र हामी मिलेर हाम्रो काममा भएका विचलन र समस्याहरू समाधान गर्न सत्यता सिद्धान्तहरू खोज्न समर्थ हुनेथियौँ, र यदि मैले साँच्चै बुझ्न नसक्ने कुराहरू छन् भने, मैले माथिल्लो नेतृत्वबाट पनि मद्दत खोज्न सक्थेँ। यदि मैले साँच्चै सहकार्य गर्न सक्दो प्रयास गर्थेँ, र अन्तमा, मेरो कद र क्षमता साँच्चै यो कर्तव्यका लागि अपर्याप्त भएको पाउथेँ भने, म राजीनामा दिन र अगुवाहरूलाई मलाई बढी उपयुक्त हुने कर्तव्यमा खटाउन अनुरोध गर्न सक्थेँ। परमेश्‍वरको अभिप्राय बुझेपछि मेरो मन साँच्चै उज्यालो भयो, र मैले आफ्ना चिन्ता र शङ्काहरूलाई त्यागेँ।

सन् २०२४ को जनवरीमा, माथिल्लो अगुवाइले मैले निरीक्षण गरिरहेको मलजलको कामका नतिजाहरू राम्रा नभएका, र मलजल गर्नेहरूले कुनै प्रगति नगरेका साथै नयाँहरूलाई संवर्धन गर्नमा ध्यान नदिएका भनेर थाहा पायो। त्यसैले उनीहरूले हामी यी समस्याहरू भोगिरहेका छौँ कि छैनौँ र हामीले मलजलको कामलाई कसरी अनुगमन गरिरहेका छौँ भनेर सोध्न चिठी लेखे। म तर्सिएँ र सोचेँ, “म मुख्यतया मलजलको कामको लागि जिम्मेवार छु, र म हरेक दिन व्यस्त रहन्छु। मैले आफ्नो काममा यी सबै समस्याहरू कसरी देखिनँ? मेरो कार्य सामर्थ्य साँच्चै नै कमजोर जस्तो छ।” म फेरि चिन्तित भएँ, सोचेँ, “यदि मलजल गर्नेहरूले नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गरेनन् र उनीहरूले छोडे भने, के मैले अपराध गरेकी हुनेछैनँ र? के त्यसको मतलब मेरो राम्रो परिणाम हुनेछैन भन्‍ने होइन र?” मैले आफू फेरि आफ्नो परिणाम र गन्तव्यबारे सोचिरहेकी छु भन्‍ने महसुस गरेँ, र परमेश्‍वरका केही वचनहरू सम्झेँ: “तिमीहरू हरेकले खुला र इमान्दार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र जस्तोसुकै मूल्य पनि चुकाउन पनि तत्पर हुनुपर्छ। जसरी तिमीहरूले भनेका छौ, जब त्यो दिन आउँछ, जसले परमेश्‍वरका निम्ति कष्ट भोगेको वा मूल्य चुकाएको छ, उसलाई उहाँले दुर्व्यवहार गर्नुहुन्न। यस्तो प्रकारको दृढ निश्‍चयता पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्‍ने कुरा सही छ। यसरी मात्रै म तिमीहरूको निम्ति मेरो मनलाई सहजता दिन सक्छु। नत्रभने, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसको बारेमा मेरो मन निश्चिन्त रहन सक्दैन अनि तिमीहरू मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरो कामको निम्ति केही प्रयास बाँकी नराखी अनि मेरो सुसमाचारको निम्ति जीवनभरिको शक्ति अर्पण गरेर मेरो निम्ति आफ्नो सबै दिन सक्छौ भने के मेरो हृदय तिमीहरूको पक्षमा खुशीले उफ्रिने छैन र? यसद्वारा म मेरो मनलाई तिमीहरूको सम्बन्धमा पूर्ण रूपले निश्चिन्त तुल्याउन सक्छु, सक्नेछैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा)। परमेश्‍वरको अभिप्राय हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा हामीलाई सिद्ध पार्नु हो ताकि हामी सत्यताका सबै पक्षहरूमा प्रवेश गर्न सकौँ। मैले वास्तविक काम गर्न नसक्दाको आफ्नो असफलतामाथि चिन्तन गरेँ। मैले मलजलको काममा भएका विचलन र समस्याहरूलाई समयमै सम्बोधन गरिनँ, जसले नयाँ विश्‍वासीहरूको मलजलको प्रभावकारितामा असर पाऱ्याे। मैले छिट्टै यी विचलनहरूलाई सच्याउनुपर्थ्यो र यी समस्याहरूलाई समाधान गर्नुपर्थ्यो। यसरी मात्रै मैले साँचोरूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्थेँ। त्यसैले मैले आफ्नो काममा भएका विचलन र समस्याहरूबारे माथिल्लो अगुवाइलाई इमानदारीपूर्वक रिपोर्ट गरेँ, र मलजल गर्नेहरूको अवस्था अनि नयाँ विश्‍वासीहरूका समस्याहरूलाई यथार्थमै सम्बोधन गरेँ। मलजल गर्नेहरूले पनि सत्यताले सुसज्जित हुनुको महत्त्व महसुस गरे, र आफ्नो कर्तव्यमा अभ्यास गर्ने मार्ग भेट्टाए। मैले यदि हामी परमेश्‍वरप्रतिको आफ्नो सतर्कताको भावनालाई त्याग्न सक्छौँ, आफ्नो भविष्य र गन्तव्यहरूलाई विचार गर्दैनौँ, र आफ्नो हृदयलाई कर्तव्यप्रति समर्पित गर्न सक्छौँ भने, कर्तव्य निर्वाह गर्दा, हामी परमेश्‍वरको मार्गदर्शन देख्न सक्नेछौँ भन्‍ने महसुस गर्न थालेँ।

अघिल्लो:  २८. ख्याति र प्राप्ति पछ्याउँदा आनन्दित जीवन मिल्छ?

अर्को:  ३०. अब म आफ्ना समस्याहरूको सामना गर्ने आँट गर्छु

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger