४६. म किन मानिसहरूलाई संवर्धन गर्न अनिच्छुक थिएँ

लिन जिङ, चीन

सन् २०२३ को मार्चमा, म मण्डलीमा प्रवचन कामका लागि जिम्मेवार थिएँ। त्यो बेला, म एक्लै काम गर्थेँ, त्यसैले कामको बोझ निकै गह्रौँ थियो। एक दिन, अगुवाले लि किङलाई यस कर्तव्यमा मसँग सहकार्य गर्न खटाइन्। यो कुरा सुनेर म धेरै खुसी भएँ। केही समय संवर्धन गरिएपछि, लि किङ बिस्तारै एक्लै काम गर्न सक्ने भइन्। मेरो बोझ निकै हलुका भयो, र मलाई हदैसम्म खुसी लाग्यो। मैले मनमनै सोचेँ, “यसरी काम गर्दा त्यति थकाइ लाग्नेछैन, अनि सिद्धान्तहरू अध्ययन गर्न थप समय पाउनेछु। प्रवचनहरूको गुणस्तर पनि बढ्नेछ।” मलाई खुसी लागिरहेको बेला, अप्रत्याशित रूपमा, केही दिनपछि, हाम्री अगुवा लि जिनले लि किङसँग भेलाको समय मिलाइन्। म छक्क परेँ र सोचेँ, “उनी लि किङसँग भेटेर के गर्दै छिन्? हाल मलजलकर्ताहरूको साँच्चै अभाव भएको छ र कुनै सुपरभाइजर छैन। अगुवाहरूले अन्य टोलीहरूबाट सदस्यहरू स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ भनेर बताएका छन्। लि किङ नयाँ विश्वासीहरूलाई मलजल गर्नमा सिपालु भएकीले, के लि जिनले उनलाई अर्को कर्तव्यमा खटाउने योजना बनाउँदै छिन्? मैले लि किङलाई एक्लै काम गर्न सक्ने बनाउन धेरै मिहिनेत गरेकी छु, त्यसैले यदि उनलाई स्थानान्तरण गरियो भने, उनलाई संवर्धन गर्नमा मैले लगाएको समय र मेहनत खेर जानेछैन र? यदि उनी गइन् भने, सबै काम फेरि मेरै काँधमा आउनेछ, र मैले फेरि नयाँ व्यक्ति खोजेर संवर्धन गर्नुपर्नेछ। त्यस अवस्थामा, कतिपय मूल्यवान् प्रवचन समयमै छानबिन र पेस गर्न नसकिएलान्, त्यसपछि काम कसरी प्रभावकारी हुन सक्छ र?” यो सब सोच्दा, मलाई एकदमै प्रतिरोध महसुस भयो। सोचेँ, “मैले यसबारे अगुवाहरूलाई पत्र लेख्नुपर्छ र लि किङलाई अर्को कर्तव्यमा खटाउनबाट रोक्न सकिन्छ कि भनेर हेर्नुपर्छ।” पत्रमा, मैले बारम्बार के जोड दिएँ भने, लि किङ लेखन-पठनको कामका लागि एकदमै उपयुक्त छिन्, अगुवाहरूले उनलाई हाम्रो टोलीमै राख्नुपर्छ भन्ने सङ्केत दिएँ। मैले अगुवाहरूलाई यो पनि भनेँ, “तपाईँहरूले टोली सदस्यहरूलाई अन्धाधुन्ध स्थानान्तरण गर्नु हुँदैन। यस्तो बन्दोबस्त सिद्धान्तअनुरूप छैन।” पछि, मैले यस मामिलालाई थप विचार गरेँ र सोचेँ, “हाल मलजल काममा कर्मचारीको अभाव छ, र सुपरिवेक्षकको कमी छ। सायद अगुवाहरूले लेखन-पठनको काम अझै सामान्य रूपमा चलिरहेको देखेर समग्र कामको मूल्याङ्कनका आधारमा यस्तो बन्दोबस्त गरेका हुन्। अहिले नयाँ विश्वासीहरूलाई साथ दिन पर्याप्त मलजलकर्ताहरू छैनन्, र यदि मैले लि किङलाई जान दिन अस्वीकार गरिरहेँ भने, के ममा मानवताको कमी भएको जस्तो देखिनेछैन र?” यो सोच्दा, म त्यति धेरै प्रतिरोधी रहिनँ। पछि, अगुवाहरूले लि किङलाई मलजलको कर्तव्य गर्न स्थानान्तरण गरे, र मलाई अलि निराश लाग्यो।

लि किङ गएपछि, मैले पहिलेको जस्तै आफ्नो काम कडाइका साथ तालिका मिलाउनुपऱ्यो, र मैले आफूलाई लेखन-पठन टोलीका सदस्यहरूले काममा सामना गरेका कठिनाइ र समस्याहरू समाधान गर्न, पत्रहरूको जवाफ दिन, र प्रवचनहरू छानबिन गर्नमा व्यस्त राखेँ। मैले के देखेँ भने लि किङ गएपछि, काम तुरुन्तै थुप्रिन थाल्यो। मूल्याङ्कन गरिनुपर्ने प्रवचनहरू समयमै छानबिन वा पेस भएनन्, त्यसैले म कामको प्रभावकारिता घट्नेछ, जसले गर्दा अगुवाहरूले ममा कामको बोझको बोध छैन भन्ने सोच्लान् भनेर चिन्तित भएँ। यी सोचहरूले ममा प्रतिरोधको भावना जगाए, “विगत एक वर्षजतिदेखि, मैले धेरै ब्रदर-सिस्टरसँग सहकार्य गरेकी छु। तिनीहरूमध्ये कोही बढुवा भए भने अरू अन्य कर्तव्यहरूमा खटाइए, र अन्त्यमा, सधैँ म मात्र बाँकी रहन्छु। तिनीहरू आउँछन्-जान्छन्, तर म भने मूर्तिजस्तो यहीँ एक्लै स्थिर रहन्छु। म संवर्धन विशेषज्ञ बनेकी छु। म एक्लैमाथि यति धेरै काम थुप्रिँदै छ, अगुवाहरू मैले सामना गरिरहेका कठिनाइलाई किन विचार गर्दैनन्? मैले संवर्धन गरेकाहरूमध्ये कसैले पनि अन्त्यमा मेरो कामको बोझ बाँडेका छैनन्। यदि मैले अरू कसैलाई संवर्धन गरेँ पनि, तिनीहरूलाई पनि स्थानान्तरण गरियो भने के हुन्छ? त्यो सब व्यर्थ हुनेछ!” यो सबपछि, मैले कसैलाई खोज्न वा संवर्धन गर्न हतार गरिनँ। सम्भावना भएको कसैलाई भेट्दासमेत, म उसलाई संवर्धन गर्न प्रयास गर्न उत्सुक भइनँ। त्यस अवधि, मैले डोङ फेई नामकी लेखन-पठन कामदारलाई चिनेकी थिएँ। उनी केही सिद्धान्त बुझ्न सक्थिन्, उनमा आफ्नो कर्तव्यप्रति बोझको उचित बोध थियो, र उनी संवर्धन गर्न सकिने व्यक्ति थिइन्। यदि उनलाई टोली अगुवामा बढुवा गरियो भने, सायद उनको प्रगति अझ छिटो हुनेथ्यो। तर मैले सोचेँ, “यदि मैले उनलाई बढुवा र संवर्धन गरेँ, र उनले आफ्नो सीप सुधारिन् भने, अगुवाहरूले उनलाई प्रतिभाशाली व्यक्ति मान्न सक्छन् र त्यसपछि उनलाई अझ बढुवा गर्न सक्छन्। त्यसोभए, मैले उनलाई संवर्धन गर्न गरेको सबै प्रयास खेर जानेछैन र? म धेरै मिहिनेत चाहिने तर मलाई फाइदा नहुने कुरा गर्न चाहन्नँ।” त्यो सोचेर, मैले डोङ फेईलाई बढुवा गर्ने कुरा अगुवाहरूलाई नबताउने निर्णय गरेँ। पछि, अगुवाहरूले मानिसहरूलाई संवर्धन गर्ने कामबारे सोध्न पत्र लेख्दा, मैले कामको बोझ धेरै भएकाले त्यो सब व्यवस्थापन गर्न सक्दिनँ भनेर बहाना बनाएँ। मेरो कारणले, मानिसहरूलाई संवर्धन गर्ने कामलाई पन्छाइयो। मैले आफ्नो स्थिति ठिक छैन, र यस स्थितिमा रहिरहँदा काममा ढिलाइ हुनेछ भनेर बुझेँ। त्यसैले म प्रार्थनामा परमेश्‍वरसामु आएँ, र मेरो समस्या चिन्न अन्तर्दृष्टि दिनुहोस्, अनि यो गलत स्थितिबाट निस्कन मदत गर्नुहोस् भनी बिन्ती गरेँ।

एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि कुनै ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न सरुवा गरियो भने ख्रीष्टविरोधीले आफ्‍नो हृदयमा हठी भएर यसलाई विरोध र इन्कार गर्छ—तिनीहरू कर्तव्य त्याग्न चाहन्छन् र तिनीहरूसँग अगुवा वा समूह प्रमुख भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो ‘दाहिने हात’ को सरुवा हुँदा यसले तिनीहरूको कामको नतिजा र प्रगतिमा असर गर्छ, फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्‍नेछ, जसले गर्दा तिनीहरूले कामका नतिजाहरू सुनिश्‍चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्‍न बाध्य हुनुपर्छ भन्‍ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, तिनीहरू अझै बढी परिश्रम गर्न वा कष्ट भोग्‍न चाहँदैनन्, त्यसैले तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्‍वरको घरले स्थानान्तरलाई जोड दिन्छ भने तिनीहरूले धेरै गुनासो गर्छन् र तिनीहरूको आफ्नै कामसमेत त्याग्न चाहन्छन्। के यो स्वार्थी र दुष्ट कुरा होइन र? परमेश्‍वरका चुनिएका मानिसलाई परमेश्‍वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्‍नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र दुष्ट होइन र? बाहिरबाट हेर्दा असल क्षमता भएका मानिसलाई आफ्नै साथमा राख्दा र परमेश्‍वरको घरलाई ती मानिसलाई सरुवा गर्न नदिँदा तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्‍नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने, आफूलाई बर्खास्त गरिने र आफ्‍नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्‍नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्‍वरको घरका हितहरूमा पुग्‍ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्‍नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्‍याउँदै आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र दुष्ट हो। यस्तो परिस्थितिको सामना गर्दा व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: ‘यी मानिस सबै परमेश्‍वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई मानिसको सरूवा गर्नबाट रोक्‍ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा परमेश्‍वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।’ विवेक र समझ हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ र परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा यस्तो समझ हुनुपर्छ। परमेश्‍वरको घर समग्र काममा सामेल हुन्छ अनि मण्डलीहरू आंशिक कामहरूमा सामेल हुन्छन्। त्यसकारण जब परमेश्‍वरको घरले मण्डलीलाई विशेष अनुरोध गर्छ, तब अगुवा र कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र समझ हुँदैन। तिनीहरू सबै निकै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्‍नै बारेमा मात्रै सोच्छन् र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्‍वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पटक्कै पालना गर्दैनन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्! परमेश्‍वरको घरमा तिनीहरू निडर भई बाधक बन्‍छन् र अटेरी गर्ने दुस्साहससमेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिस हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूलाई र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्‍वरको घरको सम्पत्तिलाई समेत तिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। तिनीहरू यी कुराहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ र परमेश्‍वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन भन्‍ने विश्‍वास गर्छन्। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन् र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, तिनीहरूको क्षेत्रमा जाने जोकोहीले सुशील र नम्र तरिकाले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ र तिनीहरूका भावहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीहरूको चरित्रभित्रको स्वार्थीपन र दुष्टताको प्रकटीकरण हो। तिनीहरूले परमेश्‍वरको घरको कामप्रति कुनै विचार गर्दैनन्, सिद्धान्त अलिकति पनि पालन गर्दैनन् र केवल तिनीहरूको आफ्नै हित र हैसियतका बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। जब मैले परमेश्‍वरको खुलासाका “ठूलाठालू,” “नाइके,” र “मानौँ ती शैतानको कब्जामा छन्,” जस्ता वाक्यांशहरू पढेँ, मलाई मेरो हृदय छेडिएको जस्तो महसुस भयो। ख्रीष्टविरोधीहरू आफ्नो काममा आफ्नै व्यक्तिगत लाभ र हानिलाई मात्र विचार गर्छन्, र तिनीहरू परमेश्‍वरका अभिप्रायलाई कहिल्यै विचार गर्दैनन्। जब तिनीहरू आफ्नो जिम्मेवारीको दायराभित्र मानिसहरूलाई संवर्धन गरिएको र यसले आफ्नै देह, प्रतिष्ठा, र हैसियतलाई फाइदा पुऱ्याउँछ भन्ने देख्छन्, तब तिनीहरू यी मानिसहरूलाई आफ्नो नजिक राख्न चाहन्छन्, र उनीहरूलाई आफ्नो निजी सम्पत्तिजस्तै व्यवहार गर्छन्। कामका लागि आवश्यक परे पनि, यी मानिसहरूलाई तिनीहरूको अनुमतिविना स्थानान्तरण गर्न कसैलाई अनुमति दिइँदैन। यदि परमेश्‍वरको घरले सिद्धान्तका आधारमा तिनीहरूको जिम्मेवारीको दायराबाट मानिसहरूलाई स्थानान्तरण गऱ्यो भने, तिनीहरू यसको बाटोमा खडा हुन खोज्नेछन्। तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई जोखिममा पार्नुभन्दा बरु मण्डलीको समग्र काममा ढिलाइ गर्नेछन्। यस्ता मानिसहरू परमेश्‍वरले उल्लेख गर्नुभएका “ठूलाठालू” र “नाइके” जस्तै हुन्—तिनीहरू स्वार्थी, घृणित, र मानवताविहीन हुन्छन्। मेरा व्यवहार परमेश्‍वरले खुलासा गरेका ख्रीष्टविरोधीहरूले गर्ने जस्तै थिए। मैले लेखन-पठनका कामदारहरूलाई मण्डली कामका लागि वा परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि नभई, आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्न संवर्धन गर्न चाहेँ। कसैलाई कामको बोझ बाँड्दा मलाई कामकुरा अझ सजिलो हुनेथ्यो, र यदि कामको प्रभावकारिता सुध्रियो भने, त्यसले अरूलाई मेरो सम्मान गर्न लगाउनेथ्यो। त्यसैले, मैले संवर्धन गरेका मानिसहरूलाई स्थानान्तरण गरिँदा, मैले त्यो पटक्कै स्विकार्न सकिनँ। मलाई आफूले धेरै मिहिनेत गरेर संवर्धन गरेकाहरूले कामको बोझ बाँड्नुपर्छ, र अगुवाहरूले मेरो सहमतिविना तिनीहरूलाई त्यतिकै स्थानान्तरण गर्न मिल्दैन भन्ने लाग्यो। मैले मन नलागी-नलागी लि किङको स्थानान्तरणमा सहमति जनाए पनि, कामको प्रभावकारिता घट्दा, मैले अगुवाले उनलाई स्थानान्तरण गर्नु हुँदैनथ्यो भनेर गुनासो गर्न थालेँ, र मैले आफ्नो कुण्ठा काममा समेत पोखाएँ। डोङ फेईलाई बढुवा र संवर्धन गर्न सकिन्छ भनेर मलाई स्पष्ट रूपमा थाहा भए तापनि, उनलाई संवर्धन गरेपछि, अगुवाहरूले उनलाई पनि स्थानान्तरण गर्नेछन्, र म फेरि एकपटक सक्षम सहायकविहीन हुनेछु भन्ने डर भयो। त्यसैले, मैले अगुवाहरूलाई डोङ फेई संवर्धन गर्नलायक व्यक्ति हुन् भनेर बताइनँ, र मैले उनलाई मेरो प्रतिष्ठा र हैसियतलाई कायम राख्नका लागि सेवा गरिरहन आफ्नो जिम्मेवारीको दायराभित्रै राखिरहेँ। मण्डलीले कामको आवश्यकताका आधारमा मानिसहरूलाई पुनः खटाउँछ र बन्दोबस्त गर्छ। उदाहरणका लागि, लि किङलाई पुनः खटाइयो किनभने नयाँ आगमनकर्ताहरूलाई मलजल गर्नेहरूको कमी थियो। लि किङलाई पुनः खटाएर, उनले यो जिम्मेवारी लिन सक्थिन्, अनि समयमै नयाँ विश्वासीहरूलाई मलजल र सहयोग गर्न सक्थिन्। अगुवाहरूले यो बन्दोबस्त मण्डलीको समग्र कामलाई विचार गरेर गरेका थिए, र यो सिद्धान्तअनुरूप थियो। तर मैले यी कुनै कुरामा ध्यान दिइनँ। मैले आफ्नो आँखाअगाडि देखिने फाइदालाई मात्र वास्ता गरेँ। जबसम्म मेरा लागि काम थकाइलाग्दो हुँदैनथ्यो र म अझै अरूको अगाडि आफ्नो नाम कमाउन सक्थेँ, तबसम्म ठिकै हुन्थ्यो, र म अरू कुनै कुराको वास्ता गर्दिनथेँ। म साँच्चै स्वार्थी र घृणित भएकी थिएँ! वास्तवमा, प्रतिभाशाली मानिसहरूको संवर्धन परमेश्‍वरको घरको समग्र कामका लागि गरिन्छ। कामको कुनै क्षेत्रमा कर्मचारी कम हुँदा, विशेष सीप भएकाहरूलाई तिनीहरूको विशेष सीप र कामको आवश्यकताका आधारमा उपयुक्त कर्तव्यमा खटाइनुपर्छ, जसले गर्दा मण्डलीको काम सुव्यवस्थित र व्यवस्थित ढङ्गमा अघि बढ्न सक्छ। विवेक र समझ भएका मानिसहरूले परमेश्‍वरको घरका हितलाई विचार गर्नेथिए र राम्रो क्षमता भएकाहरूलाई बढुवा दिनेथिए, उनीहरूलाई लगनशील भई निर्देशन र संवर्धन गर्नेथिए, ताकि उनीहरू परमेश्‍वरको घरको कामका लागि उपयोगी हुन सकून्। तर मैले मण्डलीको कामलाई विचार गरिनँ। मानौँ जबसम्म ब्रदर-सिस्टरहरू मेरो जिम्मेवारीको दायराभित्रको टोलीमा आबद्ध हुन्छन्, तबसम्म उनीहरू मेरा मानिस हुन्, उनीहरू मेरो प्रयोगका लागि हुन्, र उनीहरूलाई स्थानान्तरण गर्ने कसैको अधिकार छैन। मैले यी ब्रदर-सिस्टरहरूलाई आफ्नै निजी सम्पत्तिजस्तै व्यवहार गरेँ। के मैले परमेश्‍वरले खुलासा गर्नुभएजस्तै “ठूलाठालू” र “नाइके” हरूले जसरी व्यवहार गरिरहेकी थिइनँ र? यी कुराहरूमा मनन गर्दा, मलाई अलि डर लाग्यो।

त्यसपछि मलाई परमेश्‍वरका वचनको अर्को खण्ड याद आयो, त्यसैले मैले त्यो खोजेर पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाको काम गरिरहनुभएको छ, र उहाँको सबै रगत-पसिना यसैमा गएको छ। यदि कसैले परमेश्‍वरको विरोध गर्छ, जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि गर्छ, र जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि हुने गरी आफ्ना व्यक्तिगत हित र व्यक्तिगत प्रतिष्ठा र हैसियत पछ्याउँछ, र मण्डलीको काम तोड्न कति पनि हिच्किचाउँदैन, र यसरी परमेश्‍वरको घरको काममा बाधा र विनाश ल्याउँछ, र परमेश्‍वरको घरलाई ठूलो भौतिक र आर्थिक हानिसमेत पुर्‍याउँछ भने, तिमीहरूलाई के लाग्छ, के त्यस्ता मानिसहरूलाई क्षमा गरिनुपर्छ? (अहँ, तिनीहरूलाई क्षमा गरिनु हुँदैन।) तिमीहरू सबैजना तिनीहरूलाई क्षमा दिन हुँदैन भन्छौ, त्यसोभए के परमेश्‍वर त्यस्ता मानिसहरूप्रति रिसाउनुहुन्छ त? अवश्य नै, उहाँ रिसाउनुहुन्छ। … यदि तैँले परमेश्‍वरलाई पछ्याउँछु, मुक्ति हासिल गर्छु, परमेश्‍वरको छानबिन र अगुवाइ स्विकार्छु, र परमेश्‍वरको न्याय र सजाय स्विकार्छु र तिनमा समर्पित हुन्छु भनेर भनिरहन्छस्, तर तैँले यी कुराहरू बोल्दै गर्दा, मण्डलीको विभिन्‍न कामलाई अवरोध, बाधा र विनाश गरिरहेको हुन्छस्, र तेरो बाधा, अवरोध, र विनाशको कारण, वा तैँले कर्तव्यमा लापरवाही वा बेवास्ता गरेको कारण, वा तेरा स्वार्थी इच्छाहरू र आफ्नै हितहरू पछ्याउने कार्यको कारण, परमेश्‍वरको घरका हितहरू, मण्डलीका हितहरू, र अरू धेरै पक्षहरूमा हानि भएको हुन्छ भने, यहाँसम्म कि परमेश्‍वरको घरको कामसमेत गम्भीर रूपमा बाधा भएको वा विनाश भएको हुन्छ भने, तेरो जीवन पुस्तकमा परमेश्‍वरले कसरी तेरो परिणाम मापन गर्नुपर्छ? तँलाई कसरी चित्रण गर्नुपर्छ? निष्पक्ष रूपमा भन्‍नुपर्दा, तँलाई दण्ड दिइनुपर्छ। यो त तँ जेको लायक छस् त्यही पाउनु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। मलाई परमेश्‍वरले उहाँका कठोर वचनहरूद्वारा आमने-सामने न्याय गरिरहनुभएको जस्तो लाग्यो, र मैले परमेश्‍वरको स्वभावले चिढ्याइ सहँदैन भन्ने महसुस गरेँ। परमेश्‍वरको घरले कामका विभिन्न पक्ष अझ प्रभावकारी रूपमा अघि बढेको सुनिश्चित गर्न प्रतिभाशाली मानिसहरूको संवर्धन होस् भन्ने माग गर्छ। तर मैले आफ्नो काम सजिलो बनाउन र पहिचान पाउन मात्र मानिसहरूलाई संवर्धन गरेँ। मैले संवर्धन गरेका मानिसहरूलाई स्थानान्तरण गरिँदा, मैले गुनासो गर्न, अगुवाहरूले मेरो कठिनाइलाई विचार नगरेकामा गनगन गर्न थालेँ, अनि अरू कसैलाई संवर्धन गर्न अस्वीकार गरेर आफ्नो कुण्ठा कर्तव्यमा समेत पोखाएँ। डोङ फेई संवर्धन गरिन योग्य छिन् भन्ने मलाई एकदमै राम्रो थाहा थियो, र त्यो उनको जीवन वृद्धि र मण्डलीको काम दुवैका लागि लाभदायक हुनेथ्यो। तर, मलाई यदि मैले उनलाई संवर्धन गरेँ भने, उनलाई पनि स्थानान्तरण गरिएला भन्ने डर लाग्यो। त्यसैले, मैले उनको विकासलाई दबाएँ र उनलाई संवर्धन नगर्ने निर्णय गरेँ। मैले मण्डलीका प्रतिभाशाली मानिसहरूलाई संवर्धन गर्ने काममा जानाजानी बाधा पुऱ्याएर, आफ्नै हित पूरा गर्न मण्डलीका हितलाई बलि चढाइरहेकी थिएँ, जुन परमेश्‍वरविरुद्ध घोर अवज्ञा थियो। यदि म यसरी नै चलिरहेकी भए, निश्चय नै परमेश्‍वरद्वारा हटाइनेथिएँ। यो कुरा बुझेर म डरले थुरथुर भएँ, र मैले परमेश्‍वरसामु घुँडा टेकेर पाप स्वीकार र पश्चात्ताप गरेँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “जब तँमा आफ्नै नाफाप्रतिका स्वार्थीपन र षड्यन्त्रहरू देखा पर्छन्, र तैँले यो कुरा महसुस गर्छस्, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तँलाई थाहा हुनुपर्ने पहिलो कुरा के हो भने, यसरी व्यवहार गर्नु भनेको सारगत रूपमा सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्नु हो, यो मण्डलीको कामको लागि हानिकारक हुन्छ, यो स्वार्थी र घृणित व्यवहार हो, र यो विवेक र समझ भएको मानिसहरूले गर्न हुने कुरा होइन। तैँले आफ्‍ना हितहरू र स्वार्थ पन्छ्याउनुपर्छ, र मण्डलीको कामबारे सोच्‍नुपर्छ—यसो गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। प्रार्थना र आत्मचिन्तन गरिसकेपछि, यदि तैँले साँच्‍चै नै त्यसरी व्यवहार गर्नु स्वार्थी र घृणित कार्य हो भनेर महसुस गरिस् भने, तँलाई आफ्‍नो स्वार्थ पन्छ्याउन सहज हुनेछ। जब तैँले आफ्नै नाफाप्रतिका स्वार्थीपन र षड्यन्त्रहरू पन्छ्याउँछस्, तब तँलाई आफू स्थिर भएको महसुस हुनेछ, तँ शान्त र आनन्दित हुनेछस्, र तैँले विवेक र समझ भएको मानिसले मण्डलीको कामबारे सोच्नुपर्छ, आफ्नै व्यक्तिगत हितहरूबारे सोचिरहनुहुँदैन, त्यसो गर्नु अति स्वार्थी, घृणित, अनि विवेक र समझहीन कुरा हुनेछ भनी महसुस गर्नेछस्। निःस्वार्थ काम गर्नु, मण्डलीको कामबारे सोच्‍नु, परमेश्‍वरलाई सन्तुष्ट पार्न काम गर्नु न्यायोचित र सम्‍मानजनक कार्य हो, र यसले मात्र तेरो अस्तित्वमा मोल थप्‍नेछ। पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको हुनेछस्, तँ सामान्य मानवतामा, अनि मान्छेको साँचो स्वरूपमा जिइरहेको हुनेछस्, र तँमा शुद्ध विवेक हुनुका साथै तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूको निम्ति योग्य हुनेछस्। तैँले जति धेरै यस प्रकारले जिउँछस्, त्यति नै बढी स्थिर भएको महसुस गर्नेछस्, त्यति नै बढी शान्त र हर्षित बन्‍नेछस्, र त्यति नै बढी प्रफुल्लित अनुभूति गर्नेछस्। के यसरी तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पाइला टेकेको हुँदैनस् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वर भन्नुहुन्छ, जब हामी स्वार्थ प्रकट गर्छौं र आफ्नै हित पूरा गर्न खोज्छौं, तब हामीले सत्यता खोज्नैपर्छ र आफूविरुद्ध विद्रोह गर्नैपर्छ। यसरी कार्य गर्दा, हामी सदाचारी, न्यायी हुन्छौँ, अनि सोझो र इमानदारीपूर्वक जिइरहेका हुन्छौं। परमेश्‍वरका वचन पढेपछि, मलाई अन्तर्दृष्टि पाएको महसुस भयो र मैले अभ्यासका लागि मार्ग भेट्टाएँ। मलाई सिस्टर लि किङलाई स्थानान्तरण गरिएको कुरा याद आयो, मैले गुनासो र नकारात्मकताद्वरा प्रतिक्रिया जनाएँ र एक प्रतिभाशाली व्यक्तिलाई दबाउन चाल चलेँ। यसरी कार्य गर्नु साह्रै घृणित र नीच कुरा थियो! यदि मैले फेरि आफ्नै हितलाई असर गर्ने मामिलाहरू सामना गरेँ भने, आफूलाई मात्र विचार गर्नु हुँदैन। बरु, मैले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, आफ्ना हितलाई त्याग्न सिक्नुपर्छ र मण्डलीलाई प्रतिभाशाली मानिसहरू प्रदान गर्नुपर्छ। पछि सारांशीकरणमार्फत्, मैले आफ्नो काम थुप्रिरहेको छ र राम्रा प्रवचनहरू समयमै छनोट र पेस गर्न सकिएका छैनन्—यो मेरो कामलाई प्रभावकारी रूपमा प्राथमिकता दिन नसक्ने क्षमतासँग सम्बन्धित छ भनेर बुझेँ। मैले आफ्ना हातमा भएको कामलाई अझ तार्किक र प्रभावकारी रूपमा व्यवस्थित गर्न आवश्यक थियो, महत्त्वपूर्ण कामहरूलाई प्राथमिकता दिनुपर्थ्यो र कम जरुरी कामहरूलाई त्यसपछि सार्नुपर्थ्यो। यसरी, काममा ढिलाइ हुने थिएन। यो सब बुझेर, मैले अगुवाहरूसँग डोङ फेईलाई टोली अगुवामा बढुवा गर्नेबारे छलफल गरेँ। अगुवाहरू डोङ फेई संवर्धनका लागि उपयुक्त छिन् भन्नेमा सहमत भए, त्यसैले मैले उनलाई मेहनतपूर्वक अनुशिक्षण दिन थालेँ। जब मैले देहविरुद्ध विद्रोह र सत्यता अभ्यास गरेँ, तब मलाई हृदयमा शान्ति र सहजता महसुस भयो, र म असाध्यै राम्रो मुडमा थिएँ।

सन् २०२३ को सेप्टेम्बरमा, चेन जिङले लेखन-पठनको कर्तव्य गर्ने तालिम लिन थालिन्। सुरुमा, उनी कामसँग अपरिचित थिइन् र उनलाई त्यो असाध्यै गाह्रो लाग्यो, त्यसैले उनले यो कर्तव्य गर्न चाहिनन्। मैले उनीसँग आमने-सामने सङ्गति गर्ने चाँजो मिलाएँ। केही समयको तालिमपछि, बिस्तारै, उनी यो कर्तव्य लगनशील भई गर्न इच्छुक भइन्। यो नतिजा देखेर म एकदमै खुसी भएँ। अप्रत्याशित रूपमा, केही दिनपछि नै, मलजल कामका लागि मानिसहरूको अभाव भएकाले, अगुवाहरूले चेन जिङले पहिले नयाँ विश्वासीहरूलाई मलजल गरेकी छिन् भन्ने देखे र उनलाई मलजल कर्तव्य गर्न पुनः खटाउने योजना बनाए। यो खबर सुन्दा, म छक्क परेँ र सोचेँ, “चेन जिङ लेखन-पठन टोली सदस्य हुन् जसलाई हामीले मेहनत गरेर संवर्धन गरेका छौँ। यदि उनलाई स्थानान्तरण गरियो भने, मैले फेरि अरू कसैलाई खोजेर संवर्धन गर्नुपर्नेछ। यदि मैले कसैलाई भेट्टाउन सकिनँ भने, कामको प्रभावकारिता निश्चय नै घट्नेछ।” मैले अगुवाहरूबारे केही गुनासा गर्न थालेँ। त्यसपछि, मैले आफ्नो स्थिति ठिक छैन भन्ने अचानक बुझेँ, र मलाई परमेश्‍वरका वचनहरू याद आयो: “परमेश्‍वरको घरको कामले मागेमा व्यक्ति जोसुकै भए पनि हरेक व्यक्तिले परमेश्‍वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्‍नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा कामदारको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्‍नु हुँदैन। परमेश्‍वरका चुनिएका मानिसले परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा कामदारले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्‍लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने परमेश्‍वरका चुनिएका मानिस सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा कामदारसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने काम सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ ‘तेरो’ र ‘मेरो’ हुँदैन। यदि सरुवा सिद्धान्तहरूअनुरूप छ र मण्डलीको कामका मागहरूका आधारमा गरिएको हो भने यी मानिसको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने ब्रदर-सिस्टरहरू परमेश्‍वरको घरका हुन् र कसैको स्वामित्वमा छैनन्। जबसम्म स्थानान्तरण सिद्धान्तअनुरूप हुन्छ, तबसम्म हस्तक्षेप गर्ने कसैलाई अधिकार छैन, र हामी सबै यसमा समर्पित हुनैपर्छ। मैले पहिले कसरी आफ्नो हितका लागि डोङ फेईलाई दबाएकी थिएँ भनेर चिन्तन गरेँ। त्यसबारे सोच्दैपिच्छै, मलाई असहज महसुस हुन्थ्यो। त्यो बेला, नयाँ विश्वासीहरूलाई साथ दिन मलजलकर्ताहरूको तत्काल आवश्यकता थियो, र चेन जिङसँग यस क्षेत्रमा केही अनुभव थियो। अगुवाहरूको बन्दोबस्त कामको आवश्यकतामा आधारित छ भन्ने मैले बुझेँ। मैले आफ्नै हितमा मात्र ध्यान केन्द्रित गर्नु हुँदैनथ्यो; मैले मण्डलीको काममा सक्रिय रूपमा सहकार्य गर्नुपर्थ्यो र चेन जिङले उनको सबैभन्दा बढी आवश्यकता भएको क्षेत्रमा आफ्नो कर्तव्य पूरा गरेकी सुनिश्चित गर्नुपर्थ्यो। पछि, उनलाई मलजल कर्तव्यमा स्थानान्तरण गरियो। उनले जानुअघि लेखन-पठन कर्तव्यको लागि दुई उपयुक्त सिस्टरहरूको सिफारिस गरिन्। केही समयको संवर्धनपछि, तिनीहरू दुवै केही काम गर्न सक्षम भए, र लेखन-पठनको काम कुनै पनि टोली सदस्यको स्थानान्तरणले ढिलो भएन। जब मैले आफ्नो स्वार्थी र घृणित शैतानी प्रकृतिअनुसार जिउन छोडेर, बरु परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेँ, तब मलाई आफ्नो हृदयमा शान्ति र सहजताको गहन अनुभूति भयो।

अघिल्लो:  ४४. कर्तव्य पूरा गर्ने क्रममा वरिष्ठताको धाक जमाउनु गलत हो

अर्को:  ४७. झूटको पछाडि के लुकेको हुन्छ

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger