६. पाष्टरको मार्गदर्शनका परिणामहरू

२००६ मा, म आफ्नो गृहनगर छोडेर ताइपेईमा काम गर्न आाएँ, जहाँ मैले पाष्टर हुआङ्गलाई भेटेँ। पाष्टर हुआङ्गले म मेरो पछ्याइमा तत्पर छु भन्‍ने देखे र उनले मेरो संवर्धनमा केन्द्रित हुन चाहेको बताए। उनी बाइबलबारे सँगै छलफल गर्न तथा मण्डलीको तालिम सत्रमा भाग लिनका लागि मलाई प्राय: बोलाउँथे। म प्रभुप्रति कृतज्ञ थिएँ र आफूले असल पाष्टर फेला पारेको ठान्थेँ। पाष्टरले सुसमाचार प्रचार गर्दा प्रायः भन्‍ने गर्थे, “बाइबलले भन्छ: ‘हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्। किनभने परमेश्‍वरबाहेक अरू कुनै शक्ति छैन: जति शक्तिहरू छन् ती सबै परमेश्‍वरले नै नियुक्त गर्नुभएको हो’ (रोमी १३:१)। ‘यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईँहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, परमेश्‍वरको मण्डलीलाई खुवाउनका निम्ति’ (प्रेरित २०:२८)। ब्रम्हाण्ड अनि सम्पूर्ण चीजवस्तुहरू परमेश्‍वद्वारा सृजना गरिए, र शक्ति हातमा हुनेहरू समेत सबै परमेश्‍वरद्वारा निर्देशित हुन्छन्, त्यसैले हामी तिनीहरूप्रति नै समर्पित हुनुपर्छ। पाष्टर र एल्डरहरू बथानको रेखदेख गर्नका लागि परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन्छन्, त्यसैले हामी तिनीहरूप्रति समर्पित हुनुपर्छ। तिनीहरूप्रति समर्पित हुनु भनेको परमेश्‍वरप्रति समर्पित हुनु हो…।” पाष्टरका वचन सुनिसकेपछि, मैले विचार गरेँ, “परमेश्‍वरले बथानको रेखदेख गर्न भनेर पाष्टर र एल्डरहरू नियुक्त गर्नुभएको छ, परमेश्‍वरमा विश्‍वास गर्दा हामीले पाष्टरको कुरा सुन्नुपर्छ। पाष्टर र एल्डरहरूको कुरा सुन्नु भनेको परमेश्‍वरप्रति समर्पित हुनु हो। मैले परमेश्‍वरमा विश्‍वास गर्दा पाष्टरलाई पछ्याएँ भने म निश्चय नै स्वर्गको राज्यमा प्रवेश गर्नेछु।” तसर्थ, जागिर, घर वा जीवनसाथी खोज्ने जस्ता, साना वा ठुला जुनसुकै विषय हुन्, म सबै प्रकारका कामकुरामा पाष्टरकै मार्गदर्शन खोज्थेँ। बिस्तारै, पाष्टर मेरो हृदयमा एक पूज्य व्यक्ति बने।

२०१८ को अक्टोबरमा, म केही ब्रदर-सिस्टरहरूसँग फेसबुकमा जोडिएँ। मैले उनीहरूमा बाइबलको अद्वितीय बुझाइ भएको, उनीहरूको प्रचार नयाँ र अन्तर्दृष्टिपूर्ण रहेको देखेँ, त्यसैले मैले उनीहरूको साँच्चै ईर्ष्या गरेँ। तिनीहरूसँगै बाइबल अध्ययन गरेपछि, मैले के महसुस गरेँ भने परमेश्‍वरको पुनरागमन केवल बादलबाट ओर्लने स्वरूपमा हुने होइन, र आखिरी दिनहरूमा परमेश्‍वरको आगमन “चोरको” जस्तै गोप्य हुने भविष्यवाणी गर्ने धेरै धर्मग्रन्थहरू छन्। त्यसैले प्रभुलाई स्वागत गर्दा हामी खालि उहाँ बादलबाट ओर्लने प्रतीक्षा गर्दै बसिरहन मिल्दैन। महत्त्वपूर्ण कुरा त उहाँको गोप्य आगमनको समयमा उहाँको आवाज सुन्न र उहाँको कामको खोजी गर्न केन्द्रित हुने हो। मैले पुरानो करार, नयाँ करार अनि प्रकाशको पुस्तकमा लेखिएको परमेश्‍वरको काम, कसरी उन्नत र गहन बन्दै चरणबद्ध रूपमा अघि बढ्छ भन्‍नेबारे पनि जानेँ। पुरानो करारले यहोवा परमेश्‍वरको व्यवस्थाको युगको कार्यको अभिलेख राख्दछ, र प्रारम्भिक मानवहरूले पृथ्वीमा कसरी बाँच्ने, वा परमेश्‍वरको आराधना कसरी गर्ने भन्‍ने नजानेका हुनाले, परमेश्‍वरले मानवजातिलाई पृथ्वीमा कसरी बाँच्ने भनेर मार्गदर्शन गर्न मोसाको माध्यमबाट व्यवस्था जारी गर्नुभयो। नयाँ करारले अनुग्रहको युगमा प्रभु येशूको छुटकाराको कामको अभिलेख राख्छ। व्यवस्थाको युगका पछिल्ला चरणहरूमा मानिसले व्यवस्था कायम राखिराख्न नसकेकाले, उनीहरूले गर्ने पापहरू बढ्दै गए, र तिनीहरू सबै व्यवस्थाद्वारा मृत्युदण्ड पाउने जोखिममा थिए। तर परमेश्‍वर मानवजाति व्यवस्थाअन्तर्गत नष्ट होऊन् भन्‍ने चाहनुभहुन्थेन त्यसैले उनीहरूको त्यसबेलाको आवश्यकतानुसार, पश्चात्तापको मार्ग प्रचार गर्न परमेश्‍वरले मानिसहरूबीच देहधारण गर्नुभयो। उहाँले मानवजातिमाथि प्रशस्त अनुग्रह बर्साउनुभयो, अनि अन्त्यमा उहाँ पापको बली बन्दै र मानवजातिलाई पापबाट छुटकारा दिलाउँदै क्रुसमा टाँगिनुभयो। हामीले इमानदारीपूर्वक प्रभु येशूलाई स्वीकार गर्दै प्रभु सामु पाप कबुल र पश्चात्ताप गऱ्याैँ भने, हाम्रा पापहरू माफ हुनेछन्। प्रकाशको पुस्तकमा आखिरी दिनहरूमा परमेश्‍वरले सत्यता व्यक्त गर्नुका साथै न्यायको काम गर्दै, अनि मानवजातिको भ्रष्ट स्वभावलाई पूर्ण रूपमा धुँदै र रूपान्तरण गर्दै प्रभु येशूको अगमवाणी पूरा गर्नुहुने अगमवाणी गरिएको छ: “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। उनीहरूले सङ्गति गरेका कुराहरू त मैले पहिले सुन्दै नसुनेका विषयहरू थिए, साथै ती बाइबलअनुरूप नै थिए र तिनमा अन्तर्दृष्टिको विशेष बोध थियो, त्यसैले मैले उनीहरूसँग सङ्गति जारी राखेँ। उनीहरूले मलाई प्रभु येशू फर्कनुभएको र उहाँ देहधारी सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भनेर बताउँदा, मैले तत्कालै पाष्टरले प्राय: भन्‍ने गरेको, “पूर्वीय ज्योतिले प्रभु फर्कनुभएको गवाही दिन्छ। तिमीले तिनीहरूको उपदेश सुन्नुहुँदैन” भन्‍ने कुरा सम्झेँ। मैले तिनीहरू पूर्वीय ज्योतिका विश्‍वासीहरू हुन् भन्‍ने बुझेँ, र त्यसपछि मैले उनीहरूको थप सङ्गति कत्ति पनि सुन्न सकिनँ। सङ्गति सक्किनेबित्तिकै मैले पाष्टरलाई छिटोछिटो फोन गरेर, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका मानिसहरूसँग मेरो जम्काभेट भएको कुरा बताएँ। पाष्टरले मलाई बारम्बार तिनीहरूसँग पुन: भेट नगर्न सचेत गराए र तिनीहरूलाई ब्लक गर्नु भने। यसरी नै मैले परमेश्‍वरको आखिरी दिनहरूका कामको अनुसन्धान गर्ने पहिलो मौका गुमाएँ।

तर अप्रत्याशित रूपमा क्रिसमसभन्दा केही दिन मात्र अगाडि, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका केही सिस्टरसँग मेरो भेट भयो। मैले उनीहरूको सङ्गति निकै अन्तर्दृष्टिदायक भएको तर पाष्टरले मलाई सुन्न निषेध गरेको कुरा सम्झेँ, त्यसकारण मैले पहिले केही समय खालि हेर्ने र सुन्ने विचार गरेँ। तर मैले जति सुनेँ त्यति नै मैले उनीहरूले सङ्गति गरेको कुरा पूर्णतः बाइबलअनुरूप रहेको महसुस गरेँ, अनि मैले कुनै कमजोरी फेला पार्न सकिनँ। विशेषगरी म उनीहरूले भनेको निम्न कुरा खण्डन गर्न असमर्थ भएँ “धेरै मानिसहरू ‘हामीले परमेश्‍वरमा विश्‍वास गरेर हाम्रा पापहरूको क्षमा पाइसकेका हुनाले, हामी प्रभु आउनुभएपछि सिधै स्वर्गको राज्यमा जान पाउछौँ भन्‍ने विश्‍वास गर्छन्’। तर के यो दृष्टिकोण सही छ? हामी किन अझै पनि हरेक दिन पाप गर्दै पश्चात्ताप गर्ने, अनि प्राय: ढाँट्ने र अरूलाई छल्ने गर्छौँ त? हामीले बेलाबेलामा मूल्य चुकाउन र आफैँलाई प्रभुप्रति समर्पित गर्न सक्ने भए पनि, कुनै प्रतिकूल कुरा हुँदा वा विपत्तिको सामना गर्दा, हामी परमेश्‍वरबारे गुनासो गर्छौँ र उहाँको प्रतिरोध समेत गर्छौँ। त्यसमाथि, हामी आफूमा केही प्रतिभा वा योग्यता भएमा, आफूलाई खुबै ठुलो ठान्छौँ, अहङ्कारी र अभिमानी बन्छौँ, अरूलाई तुच्छ ठान्छौँ, अनि कसैको सल्लाह समेत लिन मान्दैनौँ। कहिले त हामी अरूलाई गाली गर्ने र होच्याउने समेत गर्छौँ। यसले के देखाउँछ भने, हाम्रा पापहरू क्षमा गरिएका भए पनि, हाम्रो पापी स्वभाव सुल्झाइएको छैन, र हामी अझै पनि पापको बन्धनबाट उम्केका छैनौँ। बाइबलले भन्छ: “त्यसकारण तिमीहरू पवित्र हुनेछौ, किनकि म पवित्र छु(लेवी ११:४५)। “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ। हाम्रो पापी स्वभावलाई हटाइएन भने, हामी कहिल्यै परमेश्‍वरको मुहार देख्न वा परमेश्‍वरको राज्यमा प्रवेश गर्न लायक हुनेछैनौँ। हामीलाई पापबाट पूर्ण मुक्ति दिलाउन, परमेश्‍वर आखिरी दिनहरूमा देहमा फर्कनुभएको छ। प्रभु येशूको छुटकाराको कामको जगमा, उहाँले सत्यता व्यक्त गर्दै परमेश्‍वरका घरबाट न्यायको कामको थालनी गर्नुभएको छ। परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम अनुभव गरेर मात्रै हामी आफ्नो भ्रष्ट स्वभावलाई फाल्न, पूर्ण रूपमा पापको बन्धनबाट निस्किन र पखालिन सक्छौँ, जसको फलस्वरूप साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने र उहाँको डर मान्ने मानिस बन्छौँ।” त्यही समयमा, उनीहरूले मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनका केही खण्डहरू पढेर सुनाए: “येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानी भ्रष्ट स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुनेले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “यदि मानिसहरू अनुग्रहको युगमा अल्झिरहन्छन् भने, तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै पनि मुक्त हुनेछैनन्, परमेश्‍वरको अन्तर्निहित स्वभाव जान्ने कुरा त परै जाओस्। यदि मानिसहरू जहिले पनि अनुग्रहको प्रशस्तताको बीचमा जिउँछन्, तर तिनीहरूसँग परमेश्‍वरलाई चिन्‍ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको बाटो छैन भने, तिनीहरूले उहाँमाथिको आफ्नो विश्‍वासमा उहाँलाई साँच्चिकै प्राप्त गर्न सक्नेछैनन्। यस किसिमको विश्‍वास वास्तवमै दयनीय हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “वर्तमान देहधारणमा परमेश्‍वरको काम मुख्यतः सजाय र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्त गर्नु, र यही जगका आधारमा, मानिसमा अझ धेरै सत्यता ल्याउनु, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू देखाउनु हो, त्यसरी उहाँ मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यका युगमा परमेश्‍वरको कामको पछाडि यही नै लुकेको हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यी वचनहरू सुनिसकेपछि म पूर्ण रूपमा विश्‍वस्त भएँ। मैले कसरी म प्रभुका उपदेश अभ्यास गर्न निकै प्रयास गरेको भएता पनि, मेरो परिवार वा सहकर्मीहरूले मलाई अप्रसन्न पार्ने कुनै काम गर्दा, प्राय: आफ्नो रिस प्रकट गरिहाल्थेँ भन्‍नेबारे चिन्तन गरेँ। कहिलेकाहीँ, आफ्ना स्वार्थ र अहम् जोगाउन म मानिसलाई ढाँट्ने र छल्ने गर्थेँ…। म त अझै पनि साँच्चै पापमै जिइरहेको र आफैँलाई बन्धनमुक्त गर्न असमर्थ भएको रहेछु। मलाई परमेश्‍वर फेरि आएर उहाँले न्यायको काम गर्दै मेरा पापहरू धोइदिनु जरूरी थियो। तर जब मैले पाष्टरले हामीलाई सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका मानिसहरूसँग सम्पर्क नगर्न बारम्बार भन्‍ने गरेको कुराबारे विचार गरेँ, म यस्तो सोच्दै अलि हिचकिचाएँ, “पाष्टर र एल्डरहरूले प्रभुमा वर्षौँदेखि विश्‍वास गरेका, बाइबलमा पोख्त भएका र धर्मशास्त्रको अध्ययन गरेका हुन्छन्। उनीहरूले त सेमिनरीहरूमा बाइबल पढाएका पनि हुन्छन्। उनीहरूलाई फेरि एक पटक यसबारे सोध्नु पर्ला कि?” त्यसैले मैले मलाई नियन्त्रण गर्नका लागि पाष्टर कहीँ फर्केर जाने निर्णय गरेँ। तर छक्क पार्दै पाष्टरले मलाई कठोरतापूर्वक भने, “मैले तिमीलाई सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका मानिसहरूसँग सम्पर्क नगर्नु भनेर कति चोटि भनिसकेको छु? तिमी मैले भनेको किन सुन्दैनौ? धार्मिक समुदायका थुप्रै पाष्टर र एल्डरहरूले पूर्वीय ज्योतिको विरोध गरिरहेका छन्। किन तिमी अझै यसको खोजिनीति गर्दैछौ? अबदेखि उनीहरूसँग सम्पर्क गर्दै नगर्नु! तिम्रा केही प्रश्नहरू भए म जवाफ दिउँला। मैले भनेको कुरामा तिमीलाई विश्‍वास लाग्दैन?” पाष्टरले यस्तो भनेको सुनेपछि, म के सोच्न बाध्य भएँ भने, “पाष्टरका अनुसार मैले अबदेखि पूर्वीय ज्योतिको प्रचार सुन्नु हुँदैन। तर उनीहरूले त सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्नुका साथै मानवजातिलाई पूर्ण रूपमा धुन अनि मुक्ति दिन परमेश्‍वरको घरबाट न्यायको काम सुरू गरेर प्रभु येशूको अगमवाणी पूरा गर्नुभएको छ भन्‍ने गवाही दिन्छन्: ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। साथै उनीहरूले सङ्गति गरेको कुरा परमेश्‍वरबाटै आएको हो कि भने झैँ गरी बाइबलसँग एकदमै मेल खान्छ। यो त पाष्टरले भनेको भन्दा पूर्ण रूपमा फरक छ। यो त अल्मल्याउने कुरा पो छ त। किन पाष्टर पूर्वीय ज्योति साँच्चै प्रभुको पुनरागमन हो कि होइन भनेर अनुसन्धान गर्दैनन्? किन उनी खालि यसको अन्धाधुन्ध निन्दा गर्छन्, हामीलाई सुन्नबाट रोक्छन्? के मैले साँच्चै केवल यसरी नै सुन्न अस्वीकार गर्नुपर्ने हो?” म निकै द्विविधामा थिएँ। तर मैले बाइबलले भन्‍ने कुरा मनन गरेँ: “यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईँहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, परमेश्‍वरको मण्डलीलाई खुवाउनका निम्ति” (प्रेरित २०:२८)। पाष्टर र एल्डरहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन्छन्, उनीहरू परमेश्‍वरका सेवकहरू हुन्, र हामी पाष्टर तथा एल्डरले भनेको मान्दनौँ भने हामी परमेश्‍वरको विरोध गरिरहेका हुन्छौँ। लामो सोचविचारपछि मैले पाष्टरकै कुरा सुन्ने निर्णय गरेँ।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीकी सिस्टरलाई म अनुसन्धान बन्द गर्छु भनेँ। ती सिस्टरले मलाई भनिन्, “तपाईंले अनुसन्धान गर्नुभएन भने, प्रभुलाई स्वागत गर्ने मौका गुमाउनुहुनेछ। प्रभु येशूले भन्‍नुभयो: ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। सर्वशक्तिमान् परमेश्‍वर साँच्चै नै फर्किएका प्रभु हुनुहुन्छ भनेर थाहा पाउने मुख्य कडी भनेको परमेश्‍वरको आवाज सुन्नु हो। तपाईंले अनुसन्धान गर्नुभएन र खालि अस्वीकार गर्नुभयो भने, परमेश्‍वरलाई साँच्चै स्वागत गर्न सक्नुहोला?” सिस्टरले भनेको सुनेपछि म प्रभावित भएँ, सोचेँ, “उनले भनेको सही हो, मैले अनुसन्धान गर्ने मौका एकचोटि गुमाइसकेको छु, र अहिले मैले सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार फेरि सुनेको छु। के यो वास्तवमा परमेश्‍वरकै प्रबन्ध होला त? यदि सर्वशक्तिमान् परमेश्‍वर नै वास्तवमा फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, तर म यसलाई अस्वीकार गर्छु भने, के मैले प्रभुलाई स्वागत गर्ने अनि स्वर्गको राज्यमा उठाई लगिने मौका गुमाउन्न र? त्यसमाथि उनीहरूले प्रभु येशूको अगमवाणी पूरा गर्ने सर्वशक्तिमान् परमेश्‍वरका वचन र कामको गवाही दिए। ती ब्रदर-सिस्टरहरूको सङ्गति मेरा लागि एकदमै शिक्षाप्रद छ। मैले अनुसन्धान जारी राख्नु पर्छ। तर पाष्टर र एल्डरहरू त परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन्छन्, मैले उनीहरूले भनेको मानिनँ भने म परमेश्‍वरको विरोध गरिरहेको हुन्न र?” म कसले भनेको सुन्ने थाहा नभएर अलमलमा थिएँ। त्यही बेलामा, ती सिस्टरले मलाई घातक अज्ञानता शीर्षकको एउटा चलचित्र पठाइदिइन् र अनुसन्धान जारी राख्ने-नराख्ने निर्णय गर्नु अघि यो हेर्न अनुरोध गरिन्। अलमलकै अवस्थामा, मैले प्रभुलाई प्रार्थना गरेँ, “प्रभु, के तपाईं साँच्चै फर्कनुभएको हो? सर्वशक्तिमान् परमेश्‍वर नै वास्तवमा तपाईंको पुनरागमन हुनुहुन्छ भने, कृपया मलाई तपाईंलाई चिन्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थनापछि, खोजी गर्ने मनसायका साथ, मैले घातक अज्ञानता चलचित्र पूरै हेरेँ। त्यो फिल्मले मलाई एउटा महत्त्वपूर्ण सन्देश दियो, त्यो सन्देश के थियो भने, प्रभुलाई स्वागत गर्ने विषयमा, यदि हामी सत्यताको खोजी नगरी वा प्रभुका वचनहरू नपछ्याई मानिसका कुरा मात्रै सुन्छौँ भने, हामीले प्रभुलाई स्वागत गर्ने सुनौलो अवसर मूर्खतापूर्वक गुमाउनेछौँ। साथै निर्बुद्धि कन्याहरूले सधैँ मानिसका कुरा सुन्थे, र उनीहरू शैतानका भ्रम र दुष्ट शब्दहरूद्वारा बाँधिएका थिए भने बुद्धिमति कन्याहरूले परमेश्‍वरको आवाज मात्र सुन्थे र यसरी प्रभुलाई स्वागत गरे भन्‍ने कुराले मलाई सबैभन्दा बढी प्रभावित गऱ्याे। प्रभु येशूले भन्नुभए जस्तै: “किनभने माग्‍ने हरेक व्यक्तिले पाउँछ; र खोज्‍नेले भेट्टाउँछ; अनि ढकढक्याउनेको लागि त्यो खोलिनेछ(मत्ती ७:८)। हामीले नम्रतापूर्वक परमेश्‍वरको आवाज खोज्ने र सुन्ने गऱ्यौँ भने परमेश्‍वरले हामीलाई पक्कै मार्गदर्शन गर्नुहुनेछ। यदि हामी आँखा चिम्लेर पाष्टर र एल्डरहरूका कुरा सुन्छौँ, र कसैले प्रभु फर्कनुभएको गवाही दिँदा खोजी वा अनुसन्धान गर्दैनौँ भने, हामीले परमेश्‍वरको अवाज कहिल्यै सुन्नेछैनौँ, न त प्रभुलाई स्वागत गर्न नै सक्नेछौँ। यो मूर्खता र अज्ञानता हो जसले हामीलाई हानि पुऱ्याउँछ। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू परमेश्‍वरकै आवाज हुन् कि होइनन् भनेर ध्यान दिएर अनुसन्धान गर्नु जरूरी थियो। मैले आँखा चिम्लेर पाष्टर वा एल्डरका कुराहरू सुनिरहन मिल्दैनथ्यो।

त्यसपछि मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सिस्टरहरूसँग भेलाहरूमा सङ्गति जारी राखेँ, र मण्डलीद्वारा निर्मित चरित्र चित्रण तथा छलफलहरू हेरेँ। मैले जति हेर्दै गएँ त्यति नै आफूभित्र स्पष्टता महसुस गरेँ, र मलाई सर्वशक्तिमान् परमेश्‍वरको मण्डली परमेश्‍वरद्वारा साँच्चै मार्गदर्शित रहेको अनुभूति भयो। मैले एकदिन यूटूब खोलेँ, र एउटा हाम्रो पाष्टरले भन्नुभयो… नामक छलफल फेला पारेँ। म तुरुन्तै त्यसप्रति आकर्षित भएँ र हेर्नका लागि छिटोछिटो क्लिक गरेँ।

यु सनफू: बाइबलमा यो कुरा भनिएको छ कि छैन…? “यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईँहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, परमेश्‍वरको मण्डलीलाई खुवाउनका निम्ति” (प्रेरित २०:२८)। पाष्टरहरू र एल्डरहरू परमेश्‍वरद्वारा स्थापित गरिएका थिए, यसैले मलाई लाग्छ, प्रभुको पुनरागमनको विषयमा, हामीले उहाँहरूको कुरा सुन्नुपर्छ।

झेङ याङ: के ती प्रेरित पावलका वचनहरू होइनन् र?

यु सनफू: ठीक भन्‍नुभयो, प्रेरित पावलको हो!

झेङ याङ: यसैले पावलको वचनको आधारमा तपाईं परमेश्‍वरले नै पाष्टरहरू र एल्डरहरू बनाउनुभयो भनी सोच्नुहुन्छ? अब सबै जनाले भन्‍नुहोस् त, के पावलका वचनहरूले प्रभुलाई प्रतिनिधित्व गर्दछन्? (गर्दैनन्!) के प्रभु येशूले यी वचनहरूलाई समर्थन गर्नुहुन्छ? (गर्नुहुन्न!) के पवित्र आत्माले यसको साक्षी दिनुहुन्छ? (दिनुहुन्न!)

लिउ जिन: यसैले, यो कुरा सत्य होइन!

…………

झेङ याङ: परमेश्‍वरले कसैलाई स्थापित गर्नु साधारण कुरा होइन। ऊ परमेश्‍वरको निगाह पाएको व्यक्ति हुनुपर्छ, जसको गवाही परमेश्‍वर आफैले दिनुहुन्छ अनि, त्यहाँ पवित्र आत्माको कामको प्रमाण हुनुपर्छ।

लिउ जिन: हो! मोशाजस्तो कुनै व्यक्ति! मोशा परमेश्‍वरद्वारा स्थापित गरिएका थिए, र त्यसको प्रमाण छ!

यु सनफू: त्यसो भए मलाई भन्नुहोस्।

लिउ जिन: यहोवा परमेश्‍वर जलिरहेको पोथ्रामा मोशाकहाँ प्रकट हुनुभयो र भन्नुभयो, “म तँलाई फारोकहाँ पठाउनेछु, ताकि तैँले मेरा मानिसहरू इस्राएलका सन्तानहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्(प्रस्थान ३:१०)। यसैले मोशा साँच्चै परमेश्‍वरद्वारा स्थापित गरिएका थिए!

झेङ याङ: ठीक हो। अनि त्यसपछि अनुग्रहको युगमा पत्रुस परमेश्‍वरद्वारा स्थापित गरिएका थिए। प्रभु येशूको वचनले यसको प्रमाण दिन्छ! प्रभु येशूले भन्‍नुभयो: “र म तिमीलाई पनि भन्दछु, कि तिमी पत्रुस हौ र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु; र नरकका ढोकहरूले यसलाई जित्‍नेछैनन्(मत्ती १६:१८)

लिउ जिन: प्रभु येशूका वचनहरू प्रमाण हुन्!

यु सनफू: अँ, हाम्रा पाष्टरसित पनि “प्रमाण” छ!

झेङ याङ र लिउ जिन: कस्तो प्रमाण?

यु सनफू: यो पाष्टरहरूका निम्ति सेमिनरीको डिप्लोमा हो।

झेङ याङ: ए! अरे, परमेश्‍वरको स्वीकृतिको प्रतिनिधित्व गर्ने वा कसैसँग पवित्र आत्माको काम छ भन्ने कुरालाई प्रतिनिधित्व गर्ने कुनै डिप्लोमा छैन।

लिउ जिन: हो।

यु सनफू: मलाई लाग्छ त्यो सत्य हो।

झेङ याङ: आजका पाष्टरहरू र एल्डरहरूका सबै काम पूर्ण रूपमा योग्यता र प्रतिभामा निर्भर छ। उनीहरू धर्मशास्त्रीय सिद्धान्तहरू र बाइबलीय ज्ञानको प्रचार गर्छन्। हो। उनीहरूले आफैलाई उच्च पार्छन् र हरेक कुरामा घमण्ड देखाउँछन्। उनीहरू प्रभुको इच्छा वा परमेश्‍वरका मापदण्डहरूको बारेमा कहिल्यै कुरा गर्दैनन्। ठीक हो। जब विश्‍वासीहरूलाई समस्याहरू आइपर्छ, तब तिनीहरू प्रभुले के भन्नुहुन्छ भनी खोजी गर्दैनन्। ठीक भन्‍नुभयो! के हुन्छ भनी तपाईं अनुमान लाउन सक्नुहुन्छ!

लिउ जिन: “तर हाम्रो पाष्टरले घोषणा गर्नुभएको छ…”

झेङ याङ: के तपाईंले अहिले देख्नुभयो? के त्यो मानिसहरूको हृदयमा भएको परमेश्‍वरको स्थान लिने कोसिस होइन र?

लिउ जिन: त्यो पूर्ण रूपमा सहि हो! मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र पाष्टरहरूले यसलाई नाश पार्छन्। उनीहरू परमेश्‍वरको चुनिएका मानिसहरूलाई परमेश्‍वरको सट्टा आफ्नै आराधना गर्नको निम्ति अगुवाइ गर्छन्। त्यो अरू केही नभएर धोका, ठगी र मानिसहरूलाई चोट पुऱ्याउनु हो। के तपाईं त्यस्तो व्यक्तिलाई परमेश्‍वरले प्रयोग गर्नुहुन्छ भनी सोच्नुहुन्छ?

झेङ याङ: परमेश्‍वरले उहाँको इच्छा पूरा गर्न, उहाँको काम पूरा गर्न मानिसहरूलाई स्थापित गर्नुहुन्छ र प्रयोग गर्नुहुन्छ। तिनीहरू परमेश्‍वरको भय मान्ने, परमेश्‍वरको आज्ञापालन गर्ने, परमेश्‍वरको इच्छाअनुसार जिउने र परमेश्‍वरप्रति साँच्चै वफादार मानिसहरू हुनुपर्छ। मित्रहरू हो भन्नुहोस् त, के कुरा त्यही होइन र? (हो!)

यु सनफू: पर्खनुहोस्, मलाई किन हाम्रा पाष्टरले मसित चलाकी गर्दैछन् जस्तो लाग्न थालेको छ?

लिउ जिन: तपाईंलाई त्यत्तिकै त्यस्तो लागेको होइन! उहाँले साँच्चै त्यसो गर्दैहुनुहुन्छ!

यो भिडिओ हेरिसकेपछि ममा मिश्रित भावनाहरू आए। मैले आफूले महसुस गरिरहेको कुरा वर्णन गर्न सकिनँ। मलाई म मूर्खतापूर्वक आज्ञाकारी भएको रहेछु भन्‍ने लाग्यो। दुईजना सिस्टरहरूले एकदम स्पष्ट रूपले के सङ्गति गरेका थिए भने, परमेश्‍वरले नियुक्त गर्नुभएकाहरूसँग आफ्नो गवाही तथा पवित्र आत्माको पुष्टिका रूपमा परमेश्‍वरका वचनहरू हुन्छन्। पाष्टर तथा एल्डरहरूले धर्मशास्त्र अध्ययन गरेका र सेमिनरीहरूबाट डिप्लोमा प्राप्त गरेका भए पनि, उनीहरूसँग प्रमाणका रूपमा परमेश्‍वरका वचनहरू हुँदैनन्, अनि पवित्र आत्माले तिनीहरूलाई गवाही दिने वा प्रयोग गर्ने गर्नुहुन्न, त्यसोभए उनीहरूलाई परमेश्‍वरद्वारा नियुक्त भनेर कसरी मान्न सकिएला? त्यसमाथि, पाष्टरका प्रवचनहरूले सधैँ बाइबलमा भएका मानिसका वचनहरूको प्रशंसा गर्छन्, बाइबलमा भएका परमेश्‍वरका वचनहरूमा बिरलै सङ्गति गर्छन्, र परमेश्‍वरका अभिप्राय वा मागहरूबारे लगभग कहिल्यै कुरा गर्दैनन्। साथै उनीहरूको प्रवचनका विषय तिनै पुराना थोत्रे कुराहरू हुन्छन्, र तिनीहरूमा ज्योति हुँदैन, जसले गर्दा विश्‍वासीहरू जीवनमा भरणपोषण प्राप्त गर्न असमर्थ हुन्छन्, तीमध्ये धेरै जना आत्मिक रूपमा कमजोर र भौतिक संसारसँग टाँसिएका छन्, जसले के देखाउँछ भने, पास्टरहरूसँग स्पष्ट रूपमै पवित्र आत्माको काम छैन, र सम्भवत: उनीहरूलाई पवित्र आत्माले पुष्टि गर्न सक्नुहुन्न। यस्तो अवस्थामा पनि, पाष्टरहरू आफ्नो अख्तियारको औचित्य प्रमाणित गर्नका लागि बाइबलको “पवित्र आत्माले तपाईंहरूलाई जुन-जुन बथानको निरिक्षक बनाउनुभएको छ” भन्‍ने पदको प्रयोग गर्छन्, र आफूलाई परमेश्‍वरले नियुक्त गरेको भनी घोषणा गर्छन् ताकि मानिसहरूले उनीहरूको आज्ञा पालन गरून्। यो मानिसलाई भ्रमित पार्न गरिएको बाइबलको अपव्याख्या थिएन र?

त्यसपछि, मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको वेबसाइटमा ब्रदर-सिस्टरहरूको सङ्गति देखेँ, जसमा भनिएको थियो: “परमेश्‍वरमा विश्‍वास राख्ने धेरै मानिसहरूले उहाँलाई महान् भनेर सम्मान गर्दैनन्, बरू त्यसको सट्टा उनीहरू आँखा चिम्लेर प्रतिभा, हैसियत र अख्तियार, अनि पाष्टर र एल्डरहरूलाई पुज्छन्, साथै तिनीहरूलाई आँखा चिम्लेर विश्‍वास गर्छन्। उनीहरू मानिसमा पवित्र आत्माको काम वा सत्यता वास्तविकता छ कि छैन भन्‍ने खुट्याउन सक्दैनन्। उनीहरू कोही व्यक्तिसँग पाष्टरको प्रमाणपत्र र प्रतिभा भएसम्म अनि उनीहरूले बाइबलको व्याख्या गर्न सकेसम्म, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त हुन् र तिनीहरूले भनेको मान्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। कतिपय मानिस त अझ बेतुक हुन्छन्, र पाष्टर अनि एल्डरप्रति समर्पित हुनु भनेको परमेश्‍वरप्रति समर्पित हुनु हो, र पाष्टर अनि एल्डरहरूको विरोध भनेको परमेश्‍वरको विरोध हो भन्‍ने विश्‍वास गर्छन्। यदि हामी नै यस प्रकारका मानव धारणाहरू पछ्याउँछौँ भने, मुख्य यहुदी धर्मगुरूहरू, शास्त्रीहरू र फारसीहरूका बारेमा के भन्‍ने त? उनीहरू बाइबलमा निकै पोख्त थिए र प्राय: अरूलाई यसको व्याख्या गरिदिन्थे, तर प्रभु येशू देखा परेर काम गर्नुहुँदा, उनीहरूले उहाँको विरोध र निन्दा गरे, अनि उहाँलाई क्रुसमा समेत टाँगे। के उनीहरूलाई परमेश्‍वरले नियुक्त गरेर प्रयोग गर्नुभएको थियो होला? प्रभु येशूको विरोध गर्नमा तिनीहरूको पछिलाग्नेहरू, परमेश्‍वरलाई पछ्याउँदै उहाँमा समर्पित भएका थिए भन्न सकिएला? तसर्थ ‘पाष्टर र एल्डरहरूप्रति समर्पित हुनु परमेश्‍वरप्रति समर्पित हुनु हो’ भन्‍ने धारणा साँच्चै बेतुके र भ्रमित छ!” सङ्गतिमा के पनि उल्लेख थियो भने, “यदि पाष्टर र एल्डरहरू सत्यता पछ्याउने मानिस हुन्, र उनीहरूसँग पवित्र आत्माको काम छ भने, उनीहरूले हामीलाई परमेश्‍वरका वचन अभ्यास र अनुभव गर्न, परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग बस्न अगुवाइ गर्न सक्छन्, र त्यस्ता मानिसलाई हामीले सम्मान गर्नुपर्छ। यो नै परमेश्‍वरको अभिप्रायअनुरूप हुन्छ। तर यदि पाष्टर र एल्डरहरूले परमेश्‍वरलाई उच्च सम्मान गर्ने वा उहाँको गवाही दिने गर्दैनन्, अनि हामीलाई परमेश्‍वरका वचन अभ्यास तथा अनुभव गर्न अगुवाइ गर्दैनन्, बरू रवाफ देखाउन र आफैँलाई स्थापित गर्न खालि बाइबलीय ज्ञान र धर्मशास्त्रीय सिद्धान्तहरूको व्याख्या गर्दै, मानिसहरूलाई आफ्नो पूजा समेत गर्न लगाउँछन् भने, त्यस्ता पाष्टर र एल्डरहरूसँग पवित्र आत्माको काम कसरी हुन सक्ला र? तिनीहरू प्रभुको मार्गबाट विचलित हुन्छन् र ती परमेश्‍वरका दुश्मन हुन्। के परमेश्‍वरले यस्ता झुटा गोठालालाई नियुक्त गरेर प्रयोग गर्नुहोला? हामी अझै यस्ता मानिसको पूजा, नक्कल र आज्ञापालन गर्छौँ भन्नुको अर्थ, हामी परमेश्‍वरका दुश्मन बनेर पूर्ण रूपमा उहाँको विरुद्धमा जाँदैछौँ भन्‍ने हुन्छ।” यो पढिसकेपछि, मैले के बुझेँ भने पाष्टर र एल्डरहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका होइनन्, र उनीहरूप्रति समर्पित हुनु परमेश्‍वरप्रति समर्पित हुनु बराबर होइन। प्रभुमा विश्‍वास गरेको भए पनि, मैले उहाँका वचनहरूमा ध्यान दिएको वा पवित्र आत्माको कामको खोजी गरेको थिइनँ, बरू मैले खालि आँखा चिम्लेर पाष्टर र एल्डरहरूका वचनहरूमा विश्‍वास गरेको थिएँ, उनीहरूको प्रतिभा र बाइबलीय ज्ञानलाई पुज्दै, उनीहरूका वचन हरूलाई निसङ्कोच पछ्याएको थिएँ। मैले आफ्नो हृदयमा सर्वशक्तिमान् परमेश्‍वरका वचन तथा काम अख्तियारपूर्ण र शक्तिशाली छन् र परमेश्‍वरबाट आएका हुन्, र मण्डलीबाट आएकाहरूको सङ्गति अन्तर्दृष्टियुक्त र यसभित्र पवित्र आत्माको काम छ भन्‍ने पुष्टि गरेको भए पनि मैले खोजी वा अनुसन्धान गरिनँ, र मार्गदर्शनका लागि पाष्टरतिरै फर्किएँ। यो कस्तो प्रकारको विश्‍वास थियो? मैले मूलत: पाष्टर नै परमेश्‍वर भएझैँ गरी विश्‍वास गरेँ। म यति मूर्ख रहेछु! मैले बाइबलले भनेको कुरा सम्झिएँ: “मानिसमा भरोसा गर्ने, र आफ्‍नो देहलाई आफ्नो अस्त्र बनाउने अनि जसको हृदय यहोवादेखि टाढा जान्छ त्यो मानिस श्रापित होस्(यर्मिया १७:५)। परमेश्‍वरको स्वभावले चिढ्याइ सहँदैन। हेर्दा त म परमेश्‍वरमा विश्‍वास गर्थेँ तर हृदयमा भने मैले मानिसलाई पूज्ने र पछ्याउने गर्थेँ। यो मूर्तिपूजा थियो, यो परमेश्‍वरद्वारा वास्तवमै घृणित, तिरस्कृत र निन्दित छ। यो बुझेपछि, मैले केही डर, पश्चात्ताप र दोषी महसुस गरेँ, त्यसैले मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको वेबसाइटमा “परमेश्‍वरलाई पछ्याउने” भन्‍ने शब्दहरू खोजेँ, अनि सर्वशक्तिमान् परमेश्‍वरका वचनको एउटा खण्ड फेला पारेँ: “परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तैँले जेबारे सङ्गति गर्छस् र जे कुरामा प्रवेश गर्न खोज्छस् ती परमेश्‍वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। … ‘पवित्र आत्माको कार्यलाई पछ्याउनु’ को अर्थ परमेश्‍वरको आजका अभिप्रायहरूलाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। त्यसपछि मैले ब्रदर-सिस्टरहरूको सङ्गतिको एउटा खण्ड पढेँ जसमा भनिएको थियो, “परमेश्‍वरलाई पछ्याउनु भनेको परमेश्‍वरको अहिलेको कामलाई पछ्याउनु, परमेश्‍वरका अहिलेका वचनप्रति समर्पित हुनु र तिनकै अभ्यास गर्नु, परमेश्‍वरका आज्ञाहरू पालना गर्न समर्थ हुनु, सबै कामकुराहरूमा परमेश्‍वरकै अभिप्राय खोज्नु, परमेश्‍वरका वचनअनुरूप अभ्यास गर्नु, पवित्र आत्माको काम र मार्गदर्शनप्रति पूर्ण रूपमा समर्पित हुनु, र अन्तत: सत्यता अभ्यास गर्ने र परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति बन्नु हो। परमेश्‍वरलाई पछ्याउने र उहाँको मुक्ति प्राप्त गर्ने व्यक्ति बन्ने भनेको यही हो। यदि हामी केवल बाइबलका मानव वचनअनुरूप अभ्यास गर्छौँ तर परमेश्‍वरका वचनप्रति समर्पित हुँदैनौँ र तिनको अभ्यास गर्दैनौँ वा परमेश्‍वरका अभिप्राय बुझ्दैनौँ, अनि धार्मिक विधि र नियमहरूकै पालना गर्छौँ भने, त्यो मानिसलाई पछ्याउनु हो। यदि हामी आज्ञापालन र अभ्यासका लागि बाइबलमा भएका मानिसका वचनहरूलाई परमेश्‍वरकै वचन मान्छौँ, प्रभु येशूका वचनहरूलाई वेवास्ता गर्ने र पन्छाउने गर्छौँ, र प्रभुका आज्ञालाई कत्ति पनि कायम राख्दैनौँ भने, हाम्रो हालत अन्तमा ढोँगी फारसीको जस्तै हुनेछ र प्रभु येशूद्वारा तिरस्कृत अनि श्रापित हुनेछौँ। ठ्याक्कै आजभोलिकै जस्तो, मानिसहरू प्रभुमा विश्‍वास त गर्छन् तर पाष्टर र एल्डरहरूलाई पूजा गर्छन् र आदर्श मान्छन्, हरेक समस्याका लागि पाष्टर र एल्डरहरूकै सल्लाह र परामर्श खोज्छन्, अझ साँचो मार्गको अनुसन्धान गर्न पाष्टर र एल्डरहरूकै खोजी गर्छन्। फलस्वरूप, उनीहरू ढोँगी फरिसी तथा धार्मिक अगुवाहरूद्वारा छलिन्छन् र बहकाइन्छन्, र अन्तत: परमेश्‍वरको विरोध गर्ने मार्गमा पुग्छन्। यो मानिसलाई पछ्याउनुको परिणाम तथा असर हो। प्रभु येशूले काम गर्नै लाग्नुहुँदा, धेरैजना यहुदी विश्‍वासीहरूले केवल मुख्य पूजारी र फारसीहरूका उपदेशहरूलाई पछ्याए तर प्रभु येशूका वचन तथा कामलाई स्वीकारेनन्, अनि फलस्वरूप, तिनीहरूले प्रभुको मुक्ति गुमाए। बाहिरबाट उनीहरू परमेश्‍वरमा विश्‍वास त गर्थे, तर वास्तविकतामा भने उनीहरू मुख्य पूजारी, शास्त्री र फरिसीहरूलाई पछ्याउँथेँ। तर पत्रुस र योहन्नाले प्रभु येशूका वचन तथा काममा अख्तियार अनि शक्ति भएको, साथै ती परमेश्‍वरबाट आएको भन्‍ने थाहा पाए, त्यसैले तिनीहरूले फारसीहरूद्वारा नियन्त्रित नभई, तत्कालै प्रभु येशूलाई पछ्याए। तिनीहरू नै परमेश्‍वरलाई सही रूपमा पछ्याउने र उहाँमा समर्पित हुनेहरू थिए।” सङ्गतिमा के पनि उल्लेख थियो भने, “कुनै व्यक्तिले तब मात्रै आफ्नो आस्थामा परमेश्‍वरलाई साँचो रूपमा पछ्याएको हुन्छ, जब ऊ पवित्र आत्माको कामप्रति समर्पित हुन्छ, परमेश्‍वरका अहिलेका वचनहरू स्वीकार गर्छ, र परमेश्‍वरका पदचापलाई पछ्याउँदछ। विशेषगरी आखिरी दिनहरूमा, परमेश्‍वरले न्यायको काम गर्नुहुँदा, सम्पूर्ण धार्मिक जगत पवित्र आत्माको काम गुमाउँदै उजाड भएको छ, त्यसैले मानिसहरू साँचो मार्ग खोजी गर्न बाध्य भएका छन्। यो बेलामा, हामीले पवित्र आत्माको काम खोजी गर्नमा बढी ध्यान केन्द्रित गर्ने, पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुने वचनहरूको खोजी गर्ने र परमेश्‍वरको नयाँ कामसँग तालमेल बनाउने गर्नुपर्छ। प्रकाशको पुस्तकमा भनिए जस्तै: ‘यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्(प्रकाश १४:४)। यदि कसैले पवित्र आत्माको काम र वचनहरू नखोजी केवल पाष्टर र एल्डरहरूका वचनहरू मात्र सुन्छ, अनि परमेश्‍वरको आवाज सुन्दैन भने, त्यो व्यक्ति परमेश्‍वरको कामद्वारा त्यागिनेछ र हटाइनेछ, परिणामस्वरूप त्यो व्यक्ति अन्त्यमा ठूला प्रकोपहरूमा पर्नेछ, साथै दाह्रा किट्दै विलाप गर्नेछ। जब मानिसहरू बहकाउमा परेर परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसलाई पछ्याउँछन्, त्यतिबेला तिनीहरू प्रभुको मार्गबाट विचलित भइसकेका हुन्छन्। यो परमेश्‍वरप्रतिको गम्भीर विरोध तथा धोका हो, र तिनीहरूले पश्चात्ताप गरेनन् भने तिनीहरू परमेश्‍वरद्वारा त्यागिने अनि हटाइने निश्चित छ।” यो पढिसकेपछि, मैले अचानक बुझेँ, परमेश्‍वरलाई साँच्चै पछ्याउनु भनेको सबै कामकुरामा परमेश्‍वरका वचनहरू सुन्न सक्नु अनि परमेश्‍वरका मागअनुरूप अभ्यास गर्न सक्नु हो, र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको अहिलेको कामसँग तालमेल मिलाउनु, परमेश्‍वरका अहिलेका वचनहरूप्रति समर्पित हुनु, र नजिकैबाट थुमाको पदचाप पछ्याउनु हो। मैले पत्रुस र योहन्नाले प्रभु येशूलाई पछ्याउन सक्षम भएको कुरामाथि चिन्तन गरेँ। उनीहरू यसो गर्न सक्षम भए किनकि उनीहरूले प्रभु येशूका वचन तथा काम परमेश्‍वरबाट आएको थाहा पाए। उनीहरूले परमेश्‍वरको आवाज चिने र प्रभुलाई पछ्याउन सबैथोक त्यागिदिए, तसर्थ साँचो रूपमा परमेश्‍वरलाई पछ्याउने र उहाँका वचनहरू सुन्ने उनीहरू नै थिए। त्यतिखेरै मैले अब आँखा चिम्लेर पाष्टरका कुरा कुरा सुनिरहनु हुँदैन, र मैले पवित्र आत्माको काम खोज्नुपर्छ, परमेश्‍वरको आवाज सुन्नुपर्छ, अनि परमेश्‍वरलाई पछ्याउने व्यक्ति बन्नुपर्छ भन्‍ने सङ्कल्प गरेँ। वसन्तोत्सवको छुट्टीको समयमा, मैले तिर्खाएर मर्नलागेको मानिसले झैँ उत्सुक भएर सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीद्वारा निर्मित, प्रतीक्षा, बाइबलबारेको रहस्य खोलौँ, भक्तिको रहस्य, र स्वर्गीय राज्यबारे मेरो सपना जस्ता धेरै सुसमाचार फिल्महरू हेरेँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले, देहधारणको रहस्य, परमेश्‍वरका नामको रहस्य, परमेश्‍वरले आखिरी दिनहरूमा कसरी न्याय गर्ने र शुद्ध पार्ने काम गर्नुहुन्छ, अनि विभिन्न प्रकारका मानिसहरूको परिणाम र गन्तव्य कसरी निर्धारण गर्नुहुन्छ… जस्ता सत्यताका धेरै रहस्यहरू खोलिदिएको थाहा पाएँ। परमेश्‍वरबाहेक अरू कसले पो यस्ता रहस्यहरू खोल्न सक्छ र? अरू कसले पो मानिसलाई शद्ध पार्न र परिवर्तन गर्नका निम्ति सत्यता व्यक्त गर्न सक्छ र? आफ्नो हृदयमा म के कुरामा झन्-झन् विश्‍वस्त हुँदै गएँ भने, सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र मैले खुसीसाथ सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकारेँ।

अहिले पछाडि फर्केर हेर्दा, म परमेश्‍वरमा विश्‍वास गरेको र समर्पित भएको दाबी त गर्थेँ, तर म निरन्तर पाष्टरहरूको परामर्श लिन्थेँ र उनीहरूले भनेकै सुन्थेँ, मानिसलाई पछ्याउने र परमेश्‍वरको विरोध गर्ने मार्गमा हिँड्दैथिएँ, र आखिरी दिनमा प्रभुको मुक्ति झण्डै गुमाएँ। म साँच्चै मूर्ख र अज्ञानी रहेछु! परमेश्‍वरले क्रमिक रूपले मलाई सत्यता बुझ्न डोर्याउनु र थुमाको पदचाप पछ्याउन दिनु भनेको यो उहाँले ममाथि गर्नुभएको कृपा थियो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ५. समस्या रिपोर्ट गर्दाको सङ्घर्ष

अर्को:  ७. के भाग्यका आधारमा कामकुराहरूको मूल्याङ्कन गर्नु सही हो?

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger