५. समस्या रिपोर्ट गर्दाको सङ्घर्ष
सन् २०२२ मा, मैले लेखन-पठनको कर्तव्य गरेँ। संयोगले, मैले जिल्ला अगुवा केलीलाई भेटेँ। उनको अनुभव सुनेर, मैले उनी पाँच वर्षदेखि अगुवा रहेकी थाहा पाएँ। उनीसँग केही प्रतिभ थिए, उनी निकै समझदार थिइन्, र आफ्नो कामका बन्दोबस्तमा व्यवस्थित थिइन्। म उनीको धेरै आदर गर्थेँ। तर, मैले के पनि थाहा पाएँ भने उनी आफ्ना सहकर्मीहरूलाई काममा आफ्नो दक्षता देखाउन, उनीहरूलाई आफ्ना कर्तव्यमा कठिनाइहरू आइपर्दा, मद्दत नगर्ने मात्र होइन, आफ्नो कार्य नतिजाको धाक पनि लगाउँथिन्, जसले गर्दा उनीहरू उनलाई मान गर्थे र आफूलाई अयोग्य ठानी सीमित पार्थे। मैले केलीले अति नै धाक देखाइरहेकी, तर उनलाई आफूबारे थोरै मात्र ज्ञान भएको देखेँ, र मैले मनमनै सोचेँ: “केलीमा केही बुद्धि र प्रतिभा भए पनि, उनको जीवन प्रवेश निकै कमजोर छ, र उनी समस्याहरू सामना गर्दा आत्मचिन्तन गर्दिनन् वा आफूलाई चिन्दिनन्।” पछि, मैले सिस्टर स्टेसीले केलीले अरूलाई संवर्धन नगरिरहेकी र उनी लापरवाह भएकी, सुसमाचार कामप्रति उदासीन व्यवहार देखाउने गरेकी पत्ता लगाएकी रहिछिन् भन्ने पनि सुने। तिनले केलीका सहकर्मीहरूलाई केलीले वास्तविक काम गरिरहेकी छिन् कि छैनन् भनेर सोधेकी थिइन्, र केलीले यो थाहा पाएपछि, उनले आत्मचिन्तन गर्न नसकेकी मात्र होइनन्, तर आफ्ना सहकर्मी र स्टेसीप्रति पूर्वाग्रह पनि राखिन्। उनी आफ्ना सहकर्मीहरूसँग सहकार्य गर्न र कामबारे छलफल गर्न अनिच्छुक भइन्, जसले गर्दा सुसमाचारको काममा खराब नतिजा आयो। जब मैले केलीलाई फेरि देखेँ, तब मैले उनको स्थिति राम्रो नभएको, र उनी ब्रदर-सिस्टरहरूका समस्या समाधान गर्न डराएकी र त्यसैले उनले यो जिम्मेवारी आफ्ना सहकर्मीहरूलाई थोपरिदिएकी थाहा पाएँ। म एकदमै छक्क परेँ, सोचेँ, “केली जिल्ला अगुवा हुन्, र उनको मुख्य काम भनेको सत्यताबारे सङ्गति गर्नु र समस्याहरू समाधान गर्नु हो। तर उनी ब्रदर-सिस्टरहरूका समस्यासमेत समाधान गर्न सक्दिनन्। के उनले अगुवाका रूपमा आफ्नो मुख्य काम राम्ररी गर्न सक्छिन् र?” तर त्यसपछि मैले सोचेँ, “कतै उनले यस अवधिमा गलत मार्ग लिएकी मात्रै पो हो कि? यदि सुझाव र मद्दतद्वारा उनको स्थिति बदल्न सकिन्छ भने, उनले अझै अगुवाका रूपमा आफ्ना कर्तव्य गर्न सक्छिन्। आखिर, उनी धेरै वर्षदेखि अगुवा रहेकी छिन् र केही काम बन्दोबस्त र कार्यान्वयन गर्न सक्छिन्। जीवन प्रवेशलाई बेवास्ता गर्ने सन्दर्भमा चाहिँ, मैले अझ धेरै मद्दत र सुझाव दिनुपर्छ।” त्यसैले, मैले उसलाई त्यो समस्या औँल्याइदिएँ। केलीले आफू सुध्रिन इच्छुक भएकी बताइन्, तर पछि, मैले उनी अझै पनि व्यस्त भएरै दिन काटिरहेकी, र उनमा अझै पनि जीवन प्रवेश नभएको थाहा पाएँ। मैले मनमनै सोचेँ, “केलीमा जीवन प्रवेशको कमी छ। उनी ब्रदर-सिस्टरहरूका समस्या समाधान गर्न र वास्तविक काम गर्न सक्दिनन्। उनी झुटो अगुवा पो हुन् कि?” तर केलीको कार्यसम्पादनबारे मेरो बुझाइ ज्यादै सीमित थियो, र मैले अझै पनि त्यसलाई स्पष्ट रूपमा बुझ्न सकिनँ, त्यसैले मैले यो समस्या माथिल्लो तहमा रिपोर्ट गरिनँ।
सन् २०२३ को अप्रिलसम्ममा, मलाई बर्खास्त गरियो किनभने मैले प्रतिष्ठा र हैसियत पछ्याएकी थिएँ र वास्तविक काम गर्न सकेकी थिइनँ। र मैले केलीको समस्याबारे सोच्न छोडेँ। पछि, मण्डलीले एउटा चिठी जारी गर्यो जसमा ब्रदर-सिस्टरहरूलाई आफूले पत्ता लगाएका कुनै पनि झूटा अगुवा वा ख्रीष्टविरोधीहरूबारे रिपोर्ट गर्न भनिएको थियो। मैले केलीलाई सम्झेँ। “केली अरूलाई उनको सम्मान गराउनका लागि धाक देखाउन मन पराउँछिन्। उनी सिस्टरहरूका सुझाव स्वीकार गर्दिनन् र उनीहरूप्रति पूर्वाग्रहसमेत राख्छिन्। त्यसबाहेक, उनी परिस्थिति आइपर्दा सिक्दिनन् र उनमा जीवन प्रवेशको कमी छ। के मैले उनको समस्याबारे माथिल्लो तहमा रिपोर्ट गर्नुपर्छ ताकि मण्डलीले अनुसन्धान गर्न सकोस्?” तर त्यसपछि मैले सोचेँ, “केली धेरै मण्डलीका कामको जिम्मेवार छिन्। यदि मैले गलत रिपोर्ट गरेँ र त्यसले उनलाई हानि पुर्यायो वा उनको स्थितिलाई असर गर्यो, जसले गर्दा उनको कर्तव्यमा ढिलाइ भयो भने, म अवरोध र बाधाको स्रोत बन्नेछु। मैले आफ्नो वर्तमान कर्तव्य गुमाउन सक्छु, र गम्भीर अवस्थामा, चिन्तनका लागि एक्ल्याइन सक्छु। भैगो। जति कम समस्या, उति राम्रो। त्यसबाहेक, परिस्थितिबारे मेरो बुझाइ सीमित छ, र केली झुटो अगुवा हुन् भनेर म पूर्ण रूपमा निश्चित हुन सक्दिनँ। सबैभन्दा राम्रो त चुपचाप लागेर हातमा भएको कर्तव्य राम्ररी गर्नु नै सबेभन्दा राम्रो हो।” यो सोचेर, मैले केलीको समस्याबारे रिपोर्ट गरिनँ।
त्यस अवधिमा, मण्डलीले झूटा अगुवा र ख्रीष्टविरोधीहरू जाँच गर्न आग्रह गर्दै बारम्बार चिठीहरू जारी गर्यो। हरेक पटक यस्ता चिठीहरू देख्दा, म दुविधामा पर्थेँ। म हिचकिचाइरहेकै बेला, मैले के सुनेँ भने एउटी सिस्टरले एक मण्डली अगुवाको रिपोर्ट गरेकी रहिछन्। थप बुझ्दा र पुष्टि गरेपछि के थाहा भयो भने रिपोर्ट गरिएकी अगुवामा भ्रष्टताका कोही प्रकटीकरण मात्र थिए र उनी वास्तविक काम नगर्ने झुटो अगुवा थिइनन्। रिपोर्ट गर्ने व्यक्तिमा अहङ्कारी स्वभाव थियो। तिनले अगुवाले प्रकट गरेको भ्रष्टताको फाइदा उठाएर उनलाई झुटो अगुवाका रूपमा निन्दा गरेकी थिइन्, र उनी अक्सर वार्तालापमा अरूलाई नियन्त्रण गर्थिन् र समूहमा सकारात्मक भूमिका खेल्दिनथिन्। अन्ततः, उनलाई चिन्तनका लागि एक्ल्याइयो। यो खबर सुनेर, म त्रसित भएँ र सोचेँ, “यदि मैले केलीको समस्याबारे रिपोर्ट गरेँ, र मैले गलत रिपोर्ट गरेँ भने, के मेरो अवस्थालाई पनि अनुसन्धान गरिनेछ मैले पहिले अगुवा हुँदा एक ख्रीष्टविरोधीलाई महत्त्वपूर्ण पदमा राखेकी थिएँ, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोध पुगेको थियो। यदि मैले यसपटक गलत रिपोर्ट गरेँ, केलीको स्थितिलाई असर गरेँ र मण्डलीको काममा ढिलाइ गराएँ भने, मेरा अपराधहरू थुप्रिनेछन्। तब के मलाई चिन्तनका लागि एक्ल्याइनेछ, वा निकालिने नै पो हो कि? यसबाहेक, केलीबारे मेरो बुझाइ सीमित छ र उनी झुटो अगुवा हुन् भनेर म निश्चित हुन सक्दिनँ। छोडिदिऊँ, मैले जोखिम मोलेर यो समस्या रिपोर्ट नगरेकै राम्रो। केली सामान्यतया अरू ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया पनि गर्छिन्, त्यसैले यदि उनी झुटो अगुवा हुन् भने, अरूले पनि उनको समस्या देख्नेछन् र रिपोर्ट लेख्नेछन्। त्यो बेला, म उनको व्यवहारबारे प्रकटीकरणहरू प्रदान गर्न सक्छु, र यसरी, मलाई अनुसन्धान गरिनेछैन। त्यो धेरै राम्रो हुनेछ।” जब मैले यसबारे सोचेँ, तब मैले समस्या रिपोर्ट गर्ने विचार पूर्ण रूपमा त्यागेँ।
सन् २०२३ को जूनमा, मण्डलीले एक ख्रीष्टविरोधीलाई निष्कासन गरेको सूचना जारी गर्यो। यो ख्रीष्टविरोधी पर्यवेक्षक थियो, प्रतिष्ठा र हैसियत पछ्याउँथ्यो, जसले मण्डलीको काममा गम्भीर अवरोध र बाधा पुर्याएको थियो। अगुवाले हामीलाई यदि हामीले मण्डलीमा कुनै झुटा अगुवा वा ख्रीष्टविरोधीहरू पत्ता लगायौँ भने, मण्डलीको कामको रक्षा गर्न तुरुन्तै माथिल्लो तहमा रिपोर्ट गर्नुपर्छ भनेर भने। मैले केलीलाई फेरि सम्झेँ। उनी ख्रीष्टविरोधी नभए पनि, उनमा झुटो अगुवाका प्रकटीकरणहरू थिए। मैले पहिलोपटक समस्या देखेको लगभग छ महिना भइसकेको थियो, र म माथिल्लो तहमा रिपोर्ट गर्नबाट जोगिइरहेकी थिएँ, त्यसो गर्ने आँट गरेकी थिइनँ। यदि उनी साँच्चै झुटो अगुवा भएकी भए, के त्यसले सबै ब्रदर-सिस्टरहरूलाई हानि पुर्याउने थिएन र? त्यसले मण्डलीको काममा धेरै नोक्सानी गर्नेथियो! मैले परमेश्वरले ख्रीष्टविरोधी यानलाई खुलासा गर्दा बोलेका वचनहरू सम्झेँ: “ख्रीष्टविरोधीहरूले काम गर्दा निश्चित प्रकटीकरणहरू हुन्छन्। उसले कसैले नदेख्ने गरी मात्र काम गरिरहेको थिएन; तैँले ती कुराहरू प्रत्यक्ष रूपमा चिन्न सक्नुपर्थ्यो। यदि तिमीहरूले ती प्रकटीकरणहरू देख्न सकेनौ भने, के तिमीहरू अन्धा थिएनौ र? (थियौँ।) त्यसोभए यदि अब फेरि कोही यस्तो बन्यो भने, के तिमीहरू तिनीहरूलाई खुट्याउन सक्छौ? के यानजस्तो व्यक्तिले वास्तविक काम गर्न सक्छ? के उसले सत्यता सङ्गति गर्न र समस्याहरू समाधान गर्न सक्छ? (सक्दैन।) किन तँ सक्दैन भन्छस्? (कामको नतिजाबारे भन्नुपर्दा, मण्डलीमा लामो समयदेखि समाधान नगरिएका धेरै समस्या थिए, सबै कामको प्रगति अति सुस्त थियो, र हामीले छायाङ्कन गरेका चलचित्रहरूले परमेश्वरको घरका मापदण्डहरू पूरा गरेका थिएनन्।) यानको मामिला सम्हाल्नुअघि, के तिमीहरूले यो समस्या हो भनेर देख्यौ? (देखेनौँ।) त्यसोभए, तिमीहरू प्रवचन सुनेर के बुझ्छौ त? तिमीहरू त्यस्ता गम्भीर समस्याहरू देख्न सक्दैनौ, र त्यसपछि तिमीहरू सधैँ यसो भन्दै बहाना बनाउन खोज्छौ, ‘हामीले ऊसँग सङ्गत गरेनौँ। हामीले नदेख्ने गरी उसले गरिरहेका कामहरू हामीले कसरी जान्न सक्थ्यौँ र? हामी त साधारण विश्वासी मात्र हौँ, ऊ त अगुवा थियो। हामी सधैँ उसलाई पछ्याउन सक्दैनथ्यौँ, त्यसैले हामीले उसलाई चिन्न नसक्नु र उसको रिपोर्ट नगर्नु त मनासिबै हो नि।’ के तिमीहरूले भन्न खोजेको यही हो? (हो।) यो कुराको प्रकृति के हो? (हामी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेका छौँ।)” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्वरका हरेक वचनले मेरो हृदय छोयो। मैले परिस्थिति पूर्ण रूपमा बुझेकी छैनँ र त्यो छर्लङ्ग देख्न सकेकी छैनँ भन्ने सधैँ बहाना बनाएर कहिल्यै समस्या रिपोर्ट गरेकी थिइनँ। वास्तवमा, मैले केलीको व्यवहार देखेकी थिएँ र उनी झुटो अगुवा हुन सक्छिन् भन्ने ठानेकी थिएँ, तर मलाई आफूले गलत रिपोर्ट गरेँ भने म जिम्मेवार ठहराइनेछु भन्ने डर थियो। त्यसैले, मैले उनीसँग धेरै अन्तरक्रिया गरेकी छैनँ र परिस्थिति स्पष्ट रूपमा देख्न सक्दिनँ भनेर सफाइ दिएँ। हरेकपटक हामीलाई झुटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट गर्न आग्रह गर्ने सङ्गति हुँदा, मलाई आफ्नो विवेकले घोच्थ्यो, तर मैले त्यसलाई मामिला छर्लङ्ग देख्न सक्दिनँ भन्ने बहाना बनाएर दबाइरहेँ। वास्तवमा, यो बहाना पूर्ण रूपमा आधारहीन थियो, र म केवल जिम्मेवारीबाट भागिरहेकी थिएँ। कुनै अगुवामा समस्या देखेपछि मैले तुरुन्तै रिपोर्ट गर्नुपर्थ्यो। मैले त्यसलाई छर्लङ्ग देख्न नसके पनि, अझै पनि त्यसलाई अघि सारेर सत्यता बुझेका ब्रदर-सिस्टरहरूसँग सङ्गति खोज्न सक्थेँ, ताकि त्यो यति लामो समयसम्म नलम्बियोस्। यसपटक, म यसबाट भागिरहन सक्दिनथेँ। तर जब मैले केलीको अवस्था रिपोर्ट गर्नेबारे सोचेँ तब मलाई अगुवाले मलाई बढुवा र संवर्धन गर्न आफूहरूले चाहेको हो भनेर बताएको कुरा याद आयो, “यदि मैले यसको गलत रिपोर्ट गरेँ भने, बढुवा हुने मौका गुमाउन सक्छु, र आफ्नो वर्तमान कर्तव्य गर्ने मौकासमेत गुमाउन सक्छु। तर यदि मैले समस्या रिपोर्ट गरिनँ, र केलीमा साँच्चै समस्या छ भने, यसले मण्डलीको कामलाई गम्भीर रूपमा हानि पुर्याउन सक्छ।” यी विचारहरूले मलाई एकदमै दुबिधामा पारे। म साँच्चै मण्डलीको कामको रक्षा गर्न खडा भएर समस्या रिपोर्ट गर्न चाहन्थेँ, तर जब जब म यसले मेरो आफ्नै हितमा कसरी असर पार्न सक्छ भनेर सोच्थेँ, तब तब मेरो साहस हराउँथ्यो। मलाई विवेकले मेरो विवेकले घोचिरह्यो। मैले समस्या देखेँ र रिपोर्ट गरिनँ, अनि परमेश्वरका वचन बुझे पनि, ती अभ्यास गरिनँ। मैले मण्डलीको हितको पटक्कै रक्षा गरिरहेकी थिइनँ। मलाई बढुवा दिइएको भए पनि, त्यसको के अर्थ हुनेथ्यो र? म रोएँ र प्रार्थना गर्न परमेश्वरसामु आएँ, “हे परमेश्वर, आज मैले सामना गरिरहेको यो अवस्था तपाईंले नै योजनाबद्ध र बन्दोबस्त गर्नुभएको हो। यो मेरा लागि म तपाईँको अभिप्रायलाई ख्याल गर्न सक्छु कि सक्दिनँ भनेर हेर्ने जाँच पनि हो। म अहिले एकदमै दुबिधामा छु। हे परमेश्वर, कृपया मलाई सही निर्णय गर्न मार्गदर्शन गर्नुहोस्।” त्यस क्षण, परमेश्वरका वचनको एउटा हरफ मेरो मनमा आयो: “परमेश्वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। हो, परमेश्वरको स्वभाव धर्मी छ, र परमेश्वरले जे गर्नुभए पनि, त्यो धर्मी हुन्छ। मैले समस्या रिपोर्ट गर्ने आँट नगर्नुको मुख्य कारण मैले परमेश्वरको धर्मी स्वभावलाई नबुझ्नु थियो, जसले गर्दा म गलतफहमी र सतर्कताको स्थितिमा जिएँ। मैले परमेश्वरलाई भ्रष्ट मानिसहरूजस्तै, निष्पक्षता र धार्मिकता नभएको हुनुहुन्छ भन्ने कल्पना गरेँ, मानौँ मैले समस्याको गलत रिपोर्ट गरेँ वा गल्ती गरेँ भन्दैमा मलाई चिन्तनका लागि एक्ल्याइनेछ वा निकालिनेसमेत छ। मैले यसरी परमेश्वरलाई शङ्का गर्नु साँच्चै छलीपन थियो! परमेश्वर धर्मी हुनुहुन्छ, र परमेश्वरको घरमा सबै कुरालाई निष्पक्ष र न्यायोचित तरिकामा सम्हालिन्छ। यदि मैले कुनै अगुवाको समस्याबारे रिपोर्ट गरेँ भने, मण्डलीले सिद्धान्तअनुसार अनुसन्धान र समाधान गर्नेछ, र यदि केली साँच्चै झुटो अगुवा थिइन् भने, उनलाई तुरुन्तै बर्खास्त गरिनेथियो। तर यदि उनी झुटो अगुवा थिइनन् भने मण्डलीले उनको समस्या औँल्याएर उनलाई मद्दत गर्नेथियो ताकि उनले आत्मचिन्तन र प्रवेश गर्न सकून्, र यो पनि राम्रो कुरा हुनेथियो। यो सोच्दा, मलाई केही राहत महसुस भयो।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, जसले मलाई अभ्यास गर्ने मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कहिलेकाहीँ झूटा नेता र ख्रीष्टविरोधीहरूले केही समय नाटक गर्छन्, अनि केही समस्या प्रकाश गर्छन्। कतिपय मानिसहरू समस्याहरू देख्न त सक्षम हुन सक्छन्, तर ती समस्याहरूको सार र सत्यता देख्न असमर्थ हुन्छन्, न त ती समस्या कसरी समाधान गर्ने भनेर नै जान्दछन्—यो पनि खुट्ट्याइ क्षमता नहुनुसित सम्बन्धित कुरा हो। तैँले यस्तो अवस्थामा के गर्नुपर्छ? यस्तो बेला, तिनीहरूको वास्तविकता खुट्ट्याउन तैँले सत्यता बुझ्ने कसैलाई भेट्नुपर्छ। यदि जिम्मेवारी वहन गर्न सक्ने केही व्यक्ति छन् र सबैले सँगै मिलेर खोजी, सङ्गति, र छलफल गर्छन् भने, तिमीहरू सबै जना कुनै सहमतिमा पुग्न सक्छौ र समस्याको सार देख्न सक्छौ, अनि तिमीहरूले तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन् होइनन् भनेर खुट्याउन सक्नेछौ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको समस्या समाधान गर्न त्यति गाह्रो छैन; झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र तिनीहरूलाई सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ; ख्रीष्ट विरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्याउँछन् अनि तिनीहरूलाई पनि सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ। यो सब परमेश्वरका चुनिएका मानिसहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा पुर्याउनुसित सम्बन्धित छ, र तैँले त्यस्ता मानिसहरूलाई रिपोर्ट गरी खुलासा गर्नुपर्छ—तैँले त्यसो गरेर मात्र मण्डलीको काम ढिलो हुनबाट रोक्न सक्छस्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्नु महत्त्वपूर्ण काम हो, जसबाट परमेश्वरका चुनिएका मानिसहरूले कर्तव्य राम्रोसँग पूरा गर्न सक्ने सुनिश्चितता आउँछ, अनि परमेश्वरका सबै चुनिएका मानिसहरूले त्यो जिम्मेवारी वहन गर्छन्। चाहे त्यो जोसुकै होस्, यदि त्यो झूटो अगुवा वा ख्रीष्टविरोधी हो भने, परमेश्वरका चुनिएका मानिसहरूले त्यसलाई खुलासा गर्नुपर्छ र पर्दाफास गर्नुपर्छ, र यसरी तैँले आफ्नो जिम्मेवारी पूरा गर्नेछस्। रिपोर्ट गरिएको समस्या साँचो हो र साँच्चै झूटो अगुवा वा ख्रीष्टविरोधीको मामिला हो भने, परमेश्वरको घरले त्यसलाई समयमै र सिद्धान्तहरूअनुसार सम्हाल्नेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। हो, मण्डलीमा झुटा अगुवा वा ख्रीष्टविरोधीहरूको सामना गर्दा, यदि मैले समस्याको सार छर्लङ्ग देख्न सकिनँ भने, सत्यता बुझ्नेहरूसँग सङ्गति गर्न र खुट्ट्याउन सक्छु। यसरी, म अझ सही बुझाइ प्राप्त गर्न सक्छु। मैले केली झुटो अगुवा हुन् कि होइनन् भनेर स्पष्ट रूपमा देख्न नसकेकाले, म अरूसँग सङ्गति खोज्न सक्थेँ। खोजी र सङ्गति गरेर, म यस पक्षका सिद्धान्तहरूबारे अझ स्पष्ट बुझाइ प्राप्त गर्न सक्थेँ। मैले मेरी सहकर्मी सिस्टर, शर्लीसँग यस मामिलाबारे कुरा गरेँ। शर्लीलाई पनि केली गलत मार्गमा हिँडिरहेकी छन् भन्ने लाग्यो र उनले मलाई माथिल्लो तहमा रिपोर्ट गर्न सुझाव दिइन्। उनले मलाई समस्या रिपोर्ट गर्नबाट रोक्ने कुन कुराबारे म चिन्तित छु भनेर पनि सोधिन्। शर्लीको प्रश्नमार्फत, मैले आफू समस्या रिपोर्ट गर्न हिचकिचाएकी त मुख्यतः सुरुदेखि नै आफूलाई जोगाएकी र आफ्नै हित कायम राखेकीले गर्दा पो रहेछ भन्ने बुझेँ। म एकदमै स्वार्थी र घृणित थिएँ!
मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ र त्यसलाई खोजेर पढेँ। परमेश्वर भन्नुहुन्छ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्याइरहेका, र परमेश्वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र नीच स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्वरको घरका हितहरूमा हानि पुग्नुसँग मेरो के सम्बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्बन्ध छैन। यो मेरो जिम्मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीवचन नियन्त्रित गर्छन्। तेरो मनमा जुरुक्क उठेर बोल्ने चाहना हुन्छ, तर तँमा यी कुराहरूको बारेमा सन्देह हुन्छ र तैँले बोलिहाले पनि, घुमाउरो पाराले कुरा गर्छस्, र पछि चलखेल गर्ने ठाउँ छोड्छस्, वा कुटिल रूपमा बोल्छस् तर सत्य बोल्दैनस्। स्पष्टता भएको मान्छेले यो कुरा बुझ्न सक्छ; वास्तवमा, तैँले भन्नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, तैँले केवल झारा टार्ने काम मात्र गरेको छस्, र समस्या समाधान गरिएको छैन भन्ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के यो साँचो हो? अनि के तैँले वास्तवमा सोच्ने कुरा यही हो? त्यसो भए के तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको नियन्त्रणमा छैनस् र? … तँ कहिल्यै सत्यताको खोजी गर्दैनस्, अभ्यास गर्नु त परको कुरा हो। तँ केवल निरन्तर प्रार्थना गर्छस्, सङ्कल्प गर्छस्, आकाङ्क्षा राख्छस् र आफ्नो मनमा प्रतिज्ञा गर्छस्। अनि यसको परिणाम के निस्कन्छ त? तँ मान्छे खुसी पारिहिँड्ने व्यक्ति नै रहन्छस्, आफूले सामना गर्ने समस्याहरूबारे खुलस्त हुँदैनस्, दुष्ट मानिसहरूलाई देखेर पनि वास्ता गर्दैनस्, कसैले दुष्कर्म गर्दा वा बाधा पुर्याउँदा केही गर्दैनस्, र आफूलाई व्यक्तिगत रूपमा असर नपरेसम्म तर्केर परै बस्छस्। तँ सोच्छस्, ‘म आफूसँग सरोकार नभएका कुनै पनि कुराको बारेमा कुरा गर्दिनँ। मेरो रुचि, अभिमान र छविलाई असर नगरेसम्म म हरेक कुरालाई बिना अपवाद बेवास्ता गर्छु। म अत्यन्तै चनाखो हुनुपर्छ, थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ। म बेवकुफी गर्नेछैनँ!’ तँ तेरो दुष्ट, छली, कठोर, र सत्यताप्रति वितृष्णा रहने भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा र बलियोसँग नियन्त्रित छस्। तेरा लागि यो वानर राजाले लगाउने कसिलो सुनौलो फेटाभन्दा असहनीय भएको छ। भ्रष्ट स्वभावहरूको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको खुलासाले मेरो स्थितिलाई ठ्याक्कै झल्काउँछ। मलाई केलीमा माथिल्लो तहमा रिपोर्ट गर्नुपर्ने समस्या छ भन्ने थाहा थियो। विशेष गरी झुटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट गर्न आग्रह गरिएका परमेश्वरको घरका चिठीहरू पढेपछि, मैले धेरैपटक त्यो समस्या रिपोर्ट गर्ने विचार गरेँ। तर मलाई आफूले गलत रिपोर्ट गरेँ भने, आफ्नो कर्तव्य गुमाउन सक्छु वा चिन्तनका लागि एक्ल्याइन सक्छु भन्ने डर लाग्यो। मैले सधैँ आफ्नै हितलाई ख्याल गरेँ। महत्त्वपूर्ण क्षणहरूमा, मैले परमेश्वरको घरको हितलाई कायम राख्न एक शब्द पनि बोल्न सकिनँ, र एउटा समस्या रिपोर्ट गर्ने आँट गरिनँ। म एकदमै निकम्मा थिएँ! मलाई केली धेरै मण्डलीका लागि जिम्मेवार छिन्, र यदि उनी साँच्चै झुटो अगुवा हुन् भने, त्यसले मण्डलीको काममा ठूलो असर पार्नेछ, र धेरै ब्रदर-सिस्टरको जीवन प्रवेशमा नोक्सान पुग्नेछ भन्ने राम्ररी थाहा थियो। तर जब मैले समस्या रिपोर्ट गर्दा मलाई फाइदा नहुन सक्छ र मेरो हितमा हानिसमेत पुग्न सक्छ भन्ने सोचेँ, मैले आफूलाई जोगाउन खोजेँ, जिम्मेवारीबाट भाग्न बहाना बनाएँ, र अरूले अघि सरेर रिपोर्ट गरोस् भनेर पर्खें। मैले केवल आफ्नै हितको वास्ता गरेँ, र मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा पर्ने असरलाई कुनै वास्ता गरिनँ। जबसम्म मलाई कुनै नोक्सान हुँदैनथ्यो, तबसम्म म वास्ता गर्दिनथेँ। अगुवामा समस्या देखे पनि, म नदेखेझैँ गर्थेँ, आफ्नो विवेक दोषी भावनाले भरिएको बेला पनि त्यसलाई दबाउँथेँ। मैले सबै कुरामा आफ्नै हितलाई विचार गरेँ। म साँच्चै छली, स्वार्थी र घृणित थिएँ! पहिले, मैले ममा न्यायको बोध छ, र म अरू ब्रदर-सिस्टरहरूका समस्या औँल्याउन र खुलासा गर्न सक्छु भन्ने सोचेकी थिएँ। अब यसबारे सोच्दा, म पहिले समस्या औँल्याउने र खुलासा गर्ने आँट गर्थेँ, किनभने त्यसले मेरो हितमा असर गर्दैनथ्यो। अब यसले मेरो आफ्ना हितलाई सिधै असर गरेकाले, म आफ्नो टाउको लुकाउने कछुवा बनेँ, ममा कुनै निष्ठा थिएन। यस अवधिमा, मैले परमेश्वरका वचनहरू पनि सम्झेँ र के गर्न उचित हुनेछ भन्ने थाहा पाएँ, तर मैले आफ्नै हितलाई सबैभन्दा माथि राखेँ, र सत्यता बुझे पनि, त्यो अभ्यास गर्न सकिनँ। म स्वार्थी र घृणित मात्र थिइनँ, तर हठी र सत्यताप्रति वितृष्ण राख्ने पनि थिएँ। यति धेरै परमेश्वरका वचनहरू पढेपछि, जब म मण्डलीको हितलाई कायम राख्न महत्त्वपूर्ण क्षणहरूमा खडा हुनुपर्थ्यो, तब ममा साहस थिएन। मैले साँच्चै यति धेरै वर्षसम्म परमेश्वरका वचनहरू व्यर्थमा सुनेकी थिएँ; ममा कुनै गवाही थिएन!
पछि, शर्लीले मलाई परमेश्वरका वचनको एउटा खण्ड पढेर सुनाइन्: “स्पष्टसँग बताउनुपर्दा: यदि तैँले सही मार्ग पछ्याइनस् वा सत्यता अभ्यास गरिनस् भने, यदि तँ परमेश्वरमा विश्वास गरेको खोल ओड्छस् तर गैरविश्वासीहरूजस्तै जीवन जिउन र मनपरी चाल चल्न चाहन्छस् भने, परमेश्वरप्रतिको तेरो विश्वास अर्थहीन छ। किन म यो अर्थहीन छ भन्दै छु? परमेश्वरमा विश्वास गर्नुको अर्थ केमा हुन्छ? यसको अर्थ मानिसहरू हिँड्ने मार्ग, जीवनप्रति तिनीहरूको दृष्टिकोण, अनि परमेश्वरमा विश्वास गरेपछि तिनीहरूको जीवन दिशा र लक्ष्यहरूमा पूर्ण परिवर्तन आउनुमा हुन्छ, अनि यी कुराहरू परमेश्वरमा विश्वास नगर्नेहरू, सांसारिक मानिसहरू, र दियाबलसहरूभन्दा बिलकुलै फरक हुनुमा हुन्छ, अनि विश्वासीहरू हिँड्ने मार्ग ती मानिसहरूको भन्दा बिलकुलै विपरीत हुनुमा हुन्छ। यो विपरीत दिशा के हो? यो तँ असल व्यक्ति बन्न चाहनु, अनि परमेश्वरप्रति समर्पित हुने र मानव स्वरूप भएको व्यक्ति बन्न चाहनु हो। त्यसोभए, तँ यो कुरा कसरी हासिल गर्न सक्छस्? तैँले सत्यताप्रति लागिपर्न ध्यान केन्द्रित गर्नुपर्छ, र तब मात्र तँ परिवर्तन हुन सक्नेछस्। यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता अभ्यास गर्दैनस् भने, परमेश्वरप्रतिको तेरो विश्वासको कुनै अर्थ वा महत्त्व हुँदैन, तेरो विश्वास रित्तो खबटा, छल गर्ने उद्देश्यले बोलिएका दुष्ट शब्द, र खोक्रो शब्द हुन्छ, जसले कुनै प्रभाव हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्वरका वचनले मर्माहत गरे। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ र परमेश्वरका धेरै वचन पढेकी थिएँ, तर महत्त्वपूर्ण क्षणहरूमा सत्यता अभ्यास गरिनँ। म “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,” र “बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्” भन्ने शैतानका दर्शनहरूद्वारा निर्देशित गैरविश्वासीजस्तै जिएँ। मैले सबै कुरामा परमेश्वरको अभिप्रायलाई पटक्कै वास्ता नगरी आफ्नै हितलाई जोगाएँ। मैले परमेश्वरमा विश्वास गरेकी दाबी गरेँ, तर उहाँका वचनहरू अभ्यास गरिनँ। के म अविश्वासी बनेकी थिइनँ र? परमेश्वर अविश्वासीहरूलाई मुक्ति दिनुहुन्न। यदि मैले पश्चात्ताप नगरेकी र सत्यता अभ्यास गरी नरहेकी भए, म हटाइने मात्र थिएँ। मैले अब उप्रान्त आफ्नै हितको रक्षा गर्नुहुँदैनथ्यो; मैले केलीको समस्याबारे माथिल्लो तहमा रिपोर्ट गर्नैपर्थ्यो। भोलिपल्ट, मैले केलीको समस्याबारे रिपोर्ट लेखेँ र माथिल्लो तहका अगुवाहरूलाई बुझाएँ।
त्यसको चाँडै पछि, माथिल्ला ब्रदर रूपर्टले केलीको समस्याबारे बुझ्न मसँग भेटघाटको बन्दोबस्त मिलाए। जब मैले पहिले आफूले आफ्नो कर्तव्यमा अपराध गरेकी थिएँ र यस समस्याको गलत रिपोर्ट गरेँ भने चिन्तनका लागि एक्ल्याइनेछु र आफ्नो कर्तव्य गर्ने मौका गुमाउनेछु भनेर डराएकी थिएँ भनेर बताएँ, तब रूपर्टले यसले परमेश्वरको धर्मी स्वभाव र मानिसहरूलाई सम्हाल्न परमेश्वरको घरले प्रयोग गर्ने सिद्धान्तहरूबारे बुझाइको कमीलाई देखाउँछ भनेर भने, र उनले मसँग सत्यताको यस पक्षमा सङ्गति गरे। रूपर्टको सङ्गतिद्वारा, मैले अन्ततः केही बुझाइ प्राप्त गरेँ। परमेश्वरको घरले मानिसहरूलाई उनीहरूको प्रकृति सार र निरन्तर व्यवहारका आधारमा सम्हाल्छ। यदि मेरो अभिप्राय सही र परमेश्वरको घरको हितको रक्षा गर्ने भएको भए, मैले खुट्ट्याइको कमीले गर्दा गल्तीले रिपोर्ट गरे पनि, ब्रदर-सिस्टरहरूले त्यो सच्याउन मसँग सङ्गति गर्नेथिए, र मलाई समस्या रिपोर्ट गर्दा एकपटक गल्ती गऱ्यो भन्दैमा बर्खास्त गरिने वा एक्ल्याइने थिएन। तर, यदि म शैतानका दर्शनअनुसार जिइरहेकी, सत्यता अभ्यास गर्न असफल भएकी, र मैले परमेश्वरको घरका हितको रक्षा नगरेकी भए, र यदि सत्यताप्रतिको मेरो मनोवृत्ति वितृष्णा राख्नो र हठी हुने भएको भए, मैले कुनै गल्ती नगरे पनि, मलाई अन्ततः प्रकट गरेर हटाइनेथियो। मैले आफूले समस्या रिपोर्ट गरेपछि एउटी सिस्टरलाई चिन्तनका लागि एक्ल्याइएकी थिइन् भनेर सम्झेँ, तर यो उनले गलत रिपोर्ट गरेकाले भएको थिएन। यो त उनको स्वभाव धेरै अहङ्कारी भएकाले, र उनले अरूलाई निरन्तर नियन्त्रण गरेकीले र आफ्नो टोलीमा सकारात्मक प्रभाव नपारेकाले गर्दा भएको थियो। उनलाई चिन्तनका लागि एक्ल्याउनु भनेको पश्चात्ताप गर्ने मौका दिनु थियो। जबसम्म उनले आफ्नो भ्रष्ट स्वभाव चिन्थिन् र बाधा दिन छोड्थिन्, तबसम्म अझै मुक्ति पाउने मौका पाउनेथिइन्। मैले यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेर, झुटा अगुवाहरूको समस्या रिपोर्ट गरेकोमा कसैलाई हटाइएको देखेकी थिइनँ। परमेश्वरको घरले वास्तवमा मानिसहरूलाई उनीहरूको प्रकृति सार र निरन्तर व्यवहारका आधारमा सम्हाल्छ। पछि, माथिल्ला अगुवाहरूले केलीको व्यवहारबारे बुझेपछि र पुष्टि गरेपछि, उनमा जीवन प्रवेशको कमी र उनले वास्तविक काम गर्न नसक्ने मात्र होइन, तर उनमा हैसियतको तीव्र चाहना पनि रहेछ भन्ने थाहा पाए। उनी निरन्तर आफ्नो गवाही दिन्थिन्, सहकर्मीहरूलाई होच्याउँथिन्, र अरूलाई दबाउँथिन् र यातना दिन्थिन्। उनले कसैले उनलाई गम्भीर रूपमा नलिएको थाहा पाएपछि, उनी ईख राख्थिन्, र यदि कसैले उनको समस्या औँल्याउने वा उनको भन्दा फरक विचार राख्ने आँट गर्यो भने, उनी उसलाई विरोधी र शत्रुका रूपमासमेत व्यवहार गर्थिन्। केलीको व्यवहारका आधारमा, उनी ख्रीष्टविरोधीको मार्गमा हिँड्ने झुटो अगुवा हुन् भन्ने ठहर गरियो, र उनलाई बर्खास्त गरियो र एक्ल्याइयो। अगुवाहरूले मैले रिपोर्ट गरेको समस्या महत्त्वपूर्ण थियो भनेर बताए र मलाई भविष्यमा पत्ता लागेका अन्य कुनै पनि समस्याहरू तुरुन्तै रिपोर्ट गर्न प्रोत्साहित गरे। जब मैले केलीलाई बर्खास्त गरिएको, र अबदेखि झुटो अगुवाले मण्डलीलाई बाधा वा अवरोध नपुऱ्याएको देखेँ, तब मलाई परमेश्वरप्रति गहिरो कृतज्ञता महसुस भयो!
मैले आफूले पत्ता लगाएको समस्या रिपोर्ट गर्ने आफूमा साहसको कमी कसरी भयो, मैले कसरी परमेश्वरको घरका हितको रक्षा नगरी केवल आफ्नै हितको रक्षामा ध्यान केन्द्रित गरेँ, र कसरी झुटो अगुवाको समस्यालाई सम्बोधन गर्नुअघि आधा वर्षभन्दा बढी लम्बिन दिएँ भनेर सोच्दैपिच्छे, म आफू कति स्वार्थी र घृणित थिएँ, अनि आफ्नो भ्रष्ट स्वभावले कति नराम्रोसँग बाँधिएकी थिएँ भनेर घृणा गर्छु। परमेश्वरका वचनहरूले नै मलाई अन्धकारको प्रभावलाई जित्न डोऱ्याए र मण्डलीका हितको रक्षा गर्दै समस्या रिपोर्ट गर्न साहस दिए। म हृदयको गहिराइबाट परमेश्वरप्रति साँच्चै कृतज्ञ छु!