६३. बुढेसकालमा पनि सत्यता पछ्याइरहनुहोस्

होङ्गचाओ, चीन

साठी वर्षको उमेरमा मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। भेलाहरूमा सहभागी भएर र परमेश्‍वरका वचन खाँदै-पिउँदै मैले के बुझेँ भने, मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, आजसम्म मानवजातिलाई मार्गदर्शन, प्रबन्ध र पोषण गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, र आखिरी दिनहरूमा मानवजातिलाई पापबाट मुक्ति दिन र मानिसहरूलाई एउटा सुन्दर गन्तव्यमा लैजान परमेश्‍वर फेरि आउनुभएको छ। म खुसीले भरिएँ, र मैले महसुस गरेँ मेरो यो बुढेसकालमा पनि परमेश्‍वरका घरमा आउन पाउनु र उहाँबाट यति ठूलो मुक्ति प्राप्त गर्न पाउनु साँच्चै अथाह आशिष् हो! त्यसैले म आफ्नो खोजीमा जोसिलो भएँ, र केही समयमै मलाई पहिले समूह अगुवा र त्यसपछि मण्डली अगुवाको रूपमा चुनियो। मैले जतिसुकै बाधा र कठिनाइहरूको सामना गरे पनि, मैले यी भूमिकाहरूमा आफ्नो कर्तव्य निर्वाह गर्न कहिल्यै छोडिनँ। यसो गरेर मैले परमेश्‍वरको अनुमोदन पाउनेछु भनी विश्वास गरेकी थिएँ।

सन् २०२२ मा म छयहत्तर वर्षकी भएँ। उमेर ढल्किँदै जाँदा मेरो स्मरणशक्ति घट्दै गयो र मेरो प्रतिक्रिया पनि ढिलो हुँदै गयो। एक दिन म आफ्नो कर्तव्य निर्वाह गर्न इलेक्ट्रिक बाइक चलाएर जाँदै थिएँ। म निकै छिटो चलाइरहेकी थिएँ त्यसैले मैले गति कम गर्ने विचार गरेँ, तर आत्तिएर मेरो दिमागले एकैछिन काम नगर्दा मैले दुवै ब्रेक दबाएँ, र म र बाइक दुवै तीन-चार मिटर अग्लो सानो पुलबाट पल्टियौँ। भाग्यवश, मलाई चोट लागेन। यो परमेश्‍वरको सुरक्षा थियो भन्‍ने कुरा मेरो हृदयमा स्पष्ट थियो। भोलिपल्ट, म भेलाको लागि प्रायः जाने गरेको एउटा अतिथि-सत्कार घरतिर लागेँ, तर अचानक मेरो दिमागै अलमलियो र मलाई त्यहाँ कसरी जाने भन्‍ने कुरा पटक्कै याद भएन। फलस्वरूप, मेरो भेला छुट्यो। मण्डलीका अगुवाले मेरो उमेर र सुरक्षालाई विचार गरेर, मेरा लागि घरमै ब्रदर-सिस्टरहरूलाई भेलाका लागि अतिथि-सत्कार गर्ने र समय हुँदा नजिकका केही नयाँ विश्वासीहरूलाई मलजल गर्ने प्रबन्ध मिलाइदिनुभयो। जब मैले नयाँ विश्वासीहरूका लागि भेला आयोजना गर्ने समय आयो, तब अगुवाले मलाई पुऱ्याइदिन एक जना सिस्टरलाई खटाउनुभयो। म यस्तो सोच्दै अलि निराश भएँ, “पहिले स्वस्थ हुँदा म तुरुन्तै बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ। अहिले त भेलामा सहभागी हुन पनि मलाई कसैले लगिदिनुपर्छ। के म मण्डलीका लागि बोझ भएकी छैन र? अहिले म यति थोरै मात्रै कर्तव्य निर्वाह गर्दैछु, र परमेश्‍वरले यो याद गर्नुहोला कि नहोला र मैले अझै मुक्ति पाउन सकूँला कि नसकूँला भन्ने लाग्छ। हरेक वर्ष उमेर बढ्दै जाँदा मेरो दिमाग झनै अलमलिनेछ। के मैले अझै आफ्नो कर्तव्य निर्वाह गर्न सकूँला? यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने मैले कसरी मुक्ति पाउँला?” विशेष गरी पछि जब म नयाँ विश्वासीहरूसँग भेला हुन गएँ, र मैले उनीहरू कत्ति जवान, सत्यता छिट्टै बुझ्ने र प्रतिक्रिया पनि छिटो दिने रहेछन् भनी देखेँ, जब कि कहिलेकाहीँ, परमेश्‍वरका वचन पढेपछि, म सङ्गति गर्न खोज्दा अचानक अड्किन्थेँ, र मैले के सङ्गति गर्न चाहेकी थिएँ भनी याद गर्न सक्दिनथेँ। तब मेरो मन खिन्न हुन्थ्यो र म सोच्थेँ, “म साँच्चै बुढी भएँछु, र मैले कदम मिलाउन नसक्ने धेरै क्षेत्रहरू छन्।” त्यसको लगत्तै पछि, मैले मलजल गरिरहेका दुई नयाँ विश्वासीहरूले सुरक्षासम्बन्धी समस्याहरूको सामना गरे र भेलाहरूमा उपस्थित हुन सकेनन्, र केही कारणहरूले गर्दा मेरो घरले पनि अब ब्रदर-सिस्टरहरूलाई भेलाको लागि अतिथि-सत्कार गर्न सकेन। मेरा कर्तव्यहरू एक-एक गर्दै गुमिरहेको देखेर, म साँच्चै निराश भएँ, “अब मैले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दिनँ। म त साह्रै बुढी र बेकामकी भएँ। मेरो लागि मुक्ति पाउने कुनै आशै रहेन!” म यति नकारात्मक भएँ कि मैले पूर्ण रूपमा शक्तिहीन महसुस गरेँ। त्यसको लगत्तै, म बिरामी परेँ, र मलाई लगातार खोकी लागिरहेको थियो र सास फेर्न गाह्रो भइरहेको थियो। मैले डाक्टरलाई देखाएँ र मेरो अवस्था केही सुधार भए पनि, म आफू झन्-झन् बुढी हुँदै गएकी र आफ्नो स्वास्थ्य बिग्रँदै गएको बारे सोच्थेँ, र मैले अब कसरी आफ्नो कर्तव्य निर्वाह गर्न सकूँला भनी अचम्म मान्थेँ। मैले जति धेरै यसबारे सोचेँ, म त्यति नै बढी विचलित भएँ, र पूरै शक्तिहीन महसुस गरेँ। त्यसपछि, मेरो प्रार्थना अनियमित भयो, र मलाई परमेश्‍वरका वचन खान र पिउन मन लाग्न छोड्यो। फुर्सदको समयमा त मैले टिभीका धारावाहिकहरू हेर्न थालेँ। त्यतिबेला मात्र मैले आफ्नो स्थिति गलत भएको महसुस गरेँ, र तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! अब म बुढी र अस्वस्थ भएकीले, मैले कुनै कर्तव्य निर्वाह गर्न सक्दिनँ, र मसित मुक्ति पाउने कुनै आशा छैन जस्तो लाग्छ। म यति नकारात्मक महसुस गर्दैछु कि मैले बाँच्ने इच्छा पनि गुमाइसकेकी छु। हे परमेश्‍वर! कृपया मलाई यो गलत स्थितिबाट बाहिर निस्कन मार्गदर्शन गर्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरो अवस्थासित एकदमै मिल्दोजुल्दो थियो। परमेश्‍वर भन्‍नुहुन्छ: “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्‍छु भन्‍नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, ‘मैले कसरी यो उमेरमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्न थालेँ? म किन २० र ३० वर्षतिरका मानिसहरूजस्तो, वा ४० वा ५० वर्षतिरका मानिसहरूजस्तो समेत छैनँ? मैले कसरी बुढो भएपछि मात्रै परमेश्‍वरको कामबारे थाहा पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्‍वरको कामबारे थाहा पाएँ। मेरो भाग्य राम्रो छ, र परमेश्‍वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बुढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु, र परमेश्‍वरका वचनहरू पढ्दा मेरो मन घुम्छ। थोरै पढेपछि पनि, मलाई निद्रा लाग्छ र म झुल्छु, र उहाँका वचनहरू बुझ्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्‍न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्‍वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! यो उमेरमा, कुनै कुरा पनि त्यति महत्त्वपूर्ण छैन। अहिले मैले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, मेरो कुनै चिन्ता छैन वा मैले कुनै कुराबारे बेचैन हुनुपर्दैन, र मेरा छोराछोरी ठूला भइसकेकाले र मैले तिनीहरूलाई हेरचाह गर्नु वा हुर्काउनु नपर्ने हुनाले, मेरो जीवनको सबैभन्दा ठूलो इच्छा भनेको सत्यता पछ्याउनु, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु र अन्त्यमा मेरो जीवनको बाँकी अवधिमा मुक्ति प्राप्त गर्नु हो। तैपनि, मेरो वास्तविक परिस्थितिलाई हेर्दा, र उमेरको कारण दृष्टि मधुरो र मस्तिष्क अन्योल भएको, स्वास्थ्य स्थिति कमजोर भएको, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसकेको, र कहिलेकहीँ आफूले सक्दो गर्ने प्रयास गर्दा पनि समस्या पैदा गरेको देख्दा, यस्तो लाग्छ मानौँ मेरो लागि मुक्ति प्राप्त गर्न त्यति सहज हुनेवाला छैन।’ तिनीहरूले यी कुराहरूबारे बारम्‍बार विचार गर्छन् र बेचैन हुन्छन्, र त्यसपछि सोच्छन्, ‘भक्खरका मानिसहरूको जीवनमा मात्रै राम्रा कुराहरू हुने रहेछन्, पाकाहरूकोमा राम्रो केही नहुने रहेछ। अवस्था जति राम्रो भए पनि, म त्यो आनन्द लिन नसक्‍ने भएजस्तो छ।’ तिनीहरूले यी कुराहरूबारे जति विचार गर्छन्, तिनीहरू त्यति नै चिन्तित र बेचैन बन्छन्। तिनीहरूले आफ्‍नो बारेमा चिन्ता मात्रै गर्दैनन्, पीडासमेत महसुस गर्छन्। तिनीहरू रोए भने, यो कुराको लागि रुनु सार्थक छैन भन्‍ने तिनीहरूलाई लाग्छ, र तिनीहरू रोएनन् भने, त्यो पीडा र चोट सधैँ तिनीहरूको साथमा हुन्छ। त्यसकारण, तिनीहरूले के गर्नुपर्छ? खास गरी, कतिपय पाका मानिसहरू यस्ता छन्, जो आफ्‍नो सारा समय आफूलाई परमेश्‍वरको लागि अर्पित गरेर अनि आफ्‍नो कर्तव्य पूरा गरेर नै बिताउन चाहन्छन्, तर शारीरिक रूपमा तिनीहरू ठीक हुँदैनन्। कतिलाई उच्‍च रक्तचापको समस्या हुन्छ, कतिलाई उच्च मधुमेह हुन्छ, कतिको ग्यास्ट्रिक समस्या हुन्छ, र तिनीहरूको शारीरिक क्षमताले कर्तव्यको माग पूरा गर्न सक्दैन, र त्यसकारण तिनीहरू फिक्री गर्छन्। तिनीहरूले भक्खरकाहरूले खान-पिउन, दौडन र उफ्रन सकेको देख्छन् र तिनीहरूलाई डाहा लाग्छ। तिनीहरूले भक्खरकाहरूले यस्ता कुराहरू गरेको जति देख्छन्, त्यति नै तिनीहरूलाई हैरानी हुन्छ, र तिनीहरूले सोच्छन्, ‘म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउन र बुझ्‍न चाहन्छु, र म सत्यता अभ्यास गर्न पनि चाहन्छु, तैपनि किन गाह्रो हुन्छ? म अत्यन्तै वृद्ध र काम नलाग्‍ने भएको छु! के परमेश्‍वर पाका मानिसहरूलाई चाहनुहुन्‍न? के पाकाहरू साँच्‍चै काम नलाग्‍ने हुन्छन्? के हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ?’ यसबारे जसरी विचार गरे पनि तिनीहरू दुःखित हुन्छन् र खुसी हुन सक्दैनन्। तिनीहरू त्यस्तो सुन्दर समय र त्यस्तो ठूलो अवसर गुमाउन चाहँदैनन्, तर तिनीहरू भक्खरकाहरूले जसरी आफूलाई काममा अर्पित गर्न र आफ्‍नो सारा हृदय र प्राणले कर्तव्य पूरा गर्न सक्दैनन्। यी पाका मानिसहरू आफ्‍नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेक-पटक नै तिनीहरूले आफ्‍नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरले हामीलाई कत्ति राम्ररी बुझ्नुहुन्छ। मेरो स्थिति र अवस्था परमेश्‍वरले खुलासा गर्नुभएजस्तै थियो: मलाई के चिन्ता थियो भने उमेर ढल्किँदै जाँदा र मेरो स्वास्थ्य र स्मरणशक्ति घट्दै जाँदा, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन र त्यसैले मुक्ति पाउनेछैन, र मैले सकेसम्म राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गरे पनि, मैले थोरै मात्र गरेकाले परमेश्‍वरले याद गर्नुहुनेछैन कि भनी डराउँथेँ, त्यसैले म पीडायुक्त स्थितिमा परेँ। अगुवाले मेरो उमेर र सुरक्षालाई विचार गरेर, मलाई घरमा ब्रदर-सिस्टरहरूका लागि भेलाको अतिथि-सत्कार गर्ने, र साथसाथै केही नयाँ विश्वासीहरूलाई मलजल गर्ने कर्तव्यको प्रबन्ध मिलाइदिनुभयो। म अलि निराश भएँ, र मैले निर्वाह गरिरहेका यी सीमित कर्तव्यहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुहुनेछैन कि भनी चिन्ता लाग्यो। मैले आफू जवान मानिसहरू जत्तिको छिटो प्रतिक्रिया दिन नसक्ने देखेँ, र मलाई उमेर ढल्किँदै जाँदा म हरेक कुरामा पछि पर्दै जानेछु, र मैले गर्न सक्ने कर्तव्यहरू घट्दै जानेछन् भन्ने चिन्ता लाग्यो। विशेष गरी पछि, जब मैले एक-एक गर्दै आफ्ना कर्तव्यहरू गुमाएँ र बिरामी परेँ, मैले आफ्नो कर्तव्य निर्वाह नगरेपछि मेरो मुक्तिको आशा झनै कम हुन्छ भन्ने विश्वास गर्दै, म झनै निराश र विचलित भएँ। त्यसैले म चिन्ता र पीडाको स्थितिमा परेँ, प्रार्थना गर्ने र परमेश्‍वरका वचन पढ्ने मेरो प्रेरणा गुम्यो, र त्यसको सट्टा मैले आफ्नो समय टिभीका धारावाहिकहरू हेरेर बिताएँ। के म दिक्दारीको स्थितिमा जिउँदै र परमेश्‍वरको विरोध गर्दै थिइनँ र? म तुरुन्तै परमेश्‍वरको सामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, म यो दिक्दारीको स्थितिबाट बाहिर आउन चाहन्छु। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नो आस्थामा भएका अशुद्धताहरूका बारेमा केही समझ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले आशिष्, इनाम, र मुकुट पाउन परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्‌हरू पाउने आफ्‍नो मनसाय र इच्छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्‍नो हृदयमा लुकेको आशिष्‌ पाउने मनसाय कहिल्यै त्याग्न सक्दैनन्, र सधैँ चुपचाप यसको सेवामा दुःख गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सके मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यमा प्रेरणारहित बन्‍नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष्‌ पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरले उहाँको खुलासामा मानिसहरूको आस्थामा हुने अभिप्राय र अशुद्धताहरूलाई एकदमै स्पष्ट पार्नुभएको छ। मानिसहरू आशिष् पाउने आशामा परमेश्‍वरको लागि आफूलाई खर्च गर्छन्, परिश्रम गर्छन्, कष्ट भोग्छन् र मूल्य चुकाउँछन्। यदि उनीहरूले परमेश्‍वरका आशिष् वा प्रतिज्ञाहरू देखेनन् भने, उनीहरू फुटेको बेलुनजस्तै हुन्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने प्रेरणासमेत गुमाउँछन्। म ठ्याक्कै यही प्रकारको स्थितिमा थिएँ। मैले पहिलो पटक परमेश्‍वरको काम स्वीकार गर्दाको समयलाई फर्केर हेर्दा, मैले आफ्नो आस्थामा कर्तव्य निर्वाहले हामीलाई मुक्ति र बचाइतिर लैजान्छ भन्ने बुझेँ, त्यसैले म आफ्नो खोजीमा जोसिलो भएँ, र घाम होस् या पानी, वा चिनियाँ कम्युनिष्ट पार्टीद्वारा हुने सतावटका खतराहरू नै किन नहुन्, म पछि हटिनँ वा आफ्नो कर्तव्यमा ढिलाइ गरिनँ। मैले विश्वास गरेकी थिएँ जबसम्म मैले सक्दो गर्छु, परमेश्‍वरले त्यसलाई याद गर्नुहुनेछ र मैले उहाँको अनुमोदन प्राप्त गर्नेछु। उमेर ढल्किँदै जाँदा मेरो स्मरणशक्ति र शारीरिक बल घट्दै गयो, र मैले निर्वाह गर्न सक्ने कर्तव्यहरू झन्-झन् कम हुँदै गए। जब म आफैँले निर्वाह गर्न सकेका नयाँ विश्वासीहरूलाई मलजल गर्ने र ब्रदर-सिस्टरहरूलाई भेलाको लागि अतिथि-सत्कार गर्ने जस्ता बाँकी रहेका केही कर्तव्यमा समेत सहकार्य गर्न नसक्ने भएँ… तब मैले आफू मुक्ति पाउन वा राज्यमा प्रवेश गर्न असमर्थ हुनेछु भनी विश्वास गर्न थालेँ, र म आफैँमा हार मान्न थालेँ। मैले पहिले मेरो कर्तव्यमा भएको मेरो तीव्र प्रेरणा आशिष् पाउने लुकेको इच्छाद्वारा निर्देशित रहेछ भन्ने महसुस गरेँ, र जब मैले आशिष् प्राप्त गर्न सकिनँ, म प्रार्थना गर्न वा परमेश्‍वरका वचन पढ्न अनिच्छुक भएँ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा, ममा परमेश्‍वरप्रति इमानदारी नै पो कहाँ रहेछ र? म केवल परमेश्‍वरबाट लाभ खोजिरहेकी थिएँ, र आफ्नो कर्तव्यको कार्यसम्पादनलाई भविष्यका आशिष्हरूसँग साट्ने प्रयास गरिरहेकी थिएँ। के म परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गरिरहेकी थिइनँ र? यसो गरेर, म परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेकी थिएँ। मैले जति धेरै यसबारे सोचेँ, त्यति नै बढी मलाई आफूमा विवेक र समझको कमी भएको र म परमेश्‍वरप्रति साँच्चै ऋणी छु भनी महसुस भयो! वास्तवमा, फर्केर हेर्दा, मैले उहाँमा विश्वास गरेका यी वर्षहरूमा परमेश्‍वरका वचनहरूको धेरै मलजल र प्रबन्धको आनन्द लिएकी रहेछु, र मैले उहाँको धेरै अनुग्रह पाएकी रहेछु भन्ने देखेँ। जब मेरो श्रीमान् बित्नुभयो र म हृदयविदारक पीडामा थिएँ र त्यो सम्पूर्ण कठिन परीक्षाबाट गुज्रन सङ्घर्ष गरिरहेकी थिएँ, तब परमेश्‍वरका वचनहरूले नै मेरो हृदय खोलिदिए र मलाई यसको सही रूपमा सामना गर्न सहयोग गरे। साथै, जब म आफ्नो इलेक्ट्रिक बाइक चलाउँदा त्यति अग्लो पुलबाट खसेँ, म र बाइक दुवैलाई केही भएन। यो सबै परमेश्‍वरको सुरक्षा थियो। मेरो यो यात्राभरि, परमेश्‍वरले मलाई अनगिन्ती पटक अनुग्रह गर्नुभएको थियो, तर जब मैले आशिष्हरू पहुँचभन्दा बाहिर छन् भनी सोचेँ, मैले आफूलाई गलतफहमी र गुनासाहरूले भरिएकी पाएँ, र परमेश्‍वरबाट टाढिँदै गएँ। ममा कसरी यति धेरै मानवताको कमी हुन सकेको होला? मण्डलीले मेरो कर्तव्य फेरबदल गरिदियो, किनभने मेरो उमेरलाई विचार गर्दा मेरा लागि बाहिर गएर कर्तव्य निर्वाह गर्नु असुरक्षित थियो, र यसले मण्डलीको काममा ढिलाइ गर्ने थियो। यो फेरबदल म र मण्डलीको काम दुवैका लागि लाभदायक थियो, र मैले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्थ्यो। यदि मेरो कर्तव्यमा यो फेरबदल नगरिएको भए, मैले परमेश्‍वरमाथिको मेरो वर्षौंको आस्था पछाडि लुकेका घृणित अभिप्रायहरूबारे थाहा पाउने थिइनँ। मैले अनुग्रहको युगको पावललाई सम्झेँ। उनले सुसमाचार प्रचार गर्न युरोपको धेरै भागमा यात्रा गरे, ठूलो मूल्य चुकाए र धेरै दुःख भोगे, तैपनि उनको अभिप्राय सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुभन्दा पनि, परमेश्‍वरबाट मुकुट र आशिष् पाउनु थियो, र अन्तमा उनी परमेश्‍वरद्वारा दण्डित भए। म पनि आशिष् पाउनका लागि आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, र यदि मैले आफ्नो स्वभाव परिवर्तन गर्न नखोजेकी भए, म पनि अन्ततः पावलजस्तै परमेश्‍वरद्वारा दण्डित हुने थिएँ। म पावलको असफलताको मार्गमा हिँड्न चाहन्नथेँ। मैले परमेश्‍वरसामु पश्चात्ताप र पाप स्वीकार गर्नुपर्थ्यो, र मेरो बाँकी रहेको समयमा, मैले सत्यता पछ्याउनु पर्थ्यो र आशिष् खोज्न बन्द गर्नु पर्थ्यो।

मेरो भक्ति-उपासनाको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्‍ने छ। मैले तिमीहरू पिछडिएका वा कम क्षमताका छौ भनेर भने पनि नभने पनि—यी सब तथ्य हुन्। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्‍ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्‍चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्‍वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेँ परमेश्‍वर उहाँलाई पछ्याउनेहरू सबै उहाँद्वारा सिद्ध पारिऊन् र प्राप्त गरिऊन् भन्ने आशा गर्नुहुन्छ। परमेश्‍वरले कुनै व्यक्ति मुक्ति पाउन सक्छ कि सक्दैन भनी निर्धारण गर्न उसको क्षमता, उमेर, वा उसले गर्न सक्ने कर्तव्यको प्रकार वा संख्यालाई हेर्नुहुन्न। जबसम्म कुनै व्यक्तिले इमानदारीपूर्वक खोजी गर्छ, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन सक्छ, र बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्छ, तब यस्तो व्यक्तिलाई परमेश्‍वरले मुक्ति दिनुहुनेछ। म आफ्नै धारणाहरूमा जिइरहेकी थिएँ, र मलाई लाग्थ्यो म बुढी हुँदै गएकीले, स्वास्थ्य समस्याहरू भएकाले, र धेरै कर्तव्यहरू निर्वाह गर्न नसक्ने भएकीले, परमेश्‍वरले मलाई अनुमोदन गर्नुहुनेछैन, र मेरो लागि मुक्ति पाउने कुनै आशा हुनेछैन। म यति नकारात्मक भएँ कि मैले आफ्नो सबै प्रेरणा गुमाएँ। मैले सत्यता खोजिनँ र परमेश्‍वरलाई सांसारिक जगतको हाकिमका रूपमा हेरेँ जसले कर्मचारीहरूले योगदान दिँदासम्म राख्छ, तर वृद्धहरू अब काम लाग्ने नभएपछि उनीहरूलाई बर्खास्त गर्छ। मैले परमेश्‍वरलाई मापन गर्न शैतानको दृष्टिकोण प्रयोग गरेँ, र यसमा मैले उहाँलाई गलत बुझिरहेकी थिएँ र उहाँको निन्दा गरिरहेकी थिएँ! अब मैले बुझेँ परमेश्‍वर सत्यता पछ्याउने, आफ्नो स्वभावमा रूपान्तरण खोज्ने, र उहाँद्वारा प्राप्त गरिनेहरूलाई चाहनुहुन्छ। मैले देखेँ जबसम्म मैले सत्यता पछ्याउँछु, परमेश्‍वरका वचन सुन्छु, र लगनशीलतासाथ आफ्नो कर्तव्य निर्वाह गर्छु, परमेश्‍वरले मलाई त्याग्नुहुनेछैन। अहिले जस्तै, म समूह अगुवा वा मण्डली अगुवा हुन नसके पनि र अन्य क्षेत्रहरूमा आफ्नो कर्तव्य निर्वाह गर्न नसके पनि, मैले अझै पनि सुसमाचार प्रचार गर्न र नकारात्मक र कमजोर महसुस गरिरहेका ब्रदर-सिस्टरहरूलाई सहयोग गर्न सक्दो प्रयास गर्न सक्थेँ। मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, जबसम्म मैले सहकार्य गर्न आफ्नो हृदय लगाउँछु, आफ्नो कर्तव्यमा सत्यता खोज्न र सिद्धान्तहरूअनुसार काम गर्नमा ध्यान केन्द्रित गर्छु, र परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन्छु, तबसम्म यो परमेश्‍वरको अभिप्रायअनुरूप नै हुनेछ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र मेरो हृदय झनै उज्यालो भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “पाकाहरूले गर्ने कुरा केही नहुने, वा तिनीहरूले कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन नसक्‍ने भन्‍ने होइन—तिनीहरूले धेरै कुरा गर्न सक्छन्। तैँले आफ्‍नो जीवनकालमा बटुलेका धेरै विधर्म र भ्रमहरू, साथै विभिन्‍न परम्‍परागत विचार र धारणा, अज्ञानी र जिद्दी कुराहरू, परम्‍परागत कुराहरू, तर्कहीन कुराहरू, र विकृत कुराहरू तेरो हृदयमा थुप्रिएका छन्, र यी कुराहरू खनेर निकाल्‍न, चिरफार गर्न, र पहिचान गर्नको लागि तैँले भक्खरकाहरूले भन्दा बढी समय बिताउनुपर्छ। तँसँग गर्ने काम केही नभएको, वा तँ कमजोर अवस्थामा भएर तैँले हैरानी, बेचैनी र चिन्ता महसुस गर्नुपर्ने हो भन्‍ने होइन—यो तेरो काम पनि होइन र तेरो जिम्‍मेवारी पनि होइन। सर्वप्रथम, पाका मानिसहरूमा सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किरहेको भए पनि र शारीरिक रूपमा तँ अरूभन्दा पाको भए पनि, तँमा अझै पनि युवा मानसिकता हुनुपर्छ। तँ वृद्ध हुँदै गइरहेको, तेरो सोच धीमा भइरहेको र तेरो स्मरण शक्ति कमजोर भइरहेको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्‍न, मैले बोलेका वचनहरू बुझ्‍न, र सत्यता बुझ्‍न सक्छस् भने, त्यसले तँ वृद्ध भएको छैनस् र तेरो क्षमता कमजोर भएको छैन भन्‍ने प्रमाणित गर्छ। यदि कुनै व्यक्ति ७० को दशकमा छ र उसले सत्यता बुझ्‍न सक्दैन भने, उसको कद सानो छ र ऊ काम गर्ने अवस्थामा छैन भन्‍ने देखाउँछ। त्यसकारण, सत्यताको कुरा गर्दा उमेरको कुनै सम्‍बन्ध हुँदैन, र यसको साथै भ्रष्ट स्वभावको हिसाबमा पनि उमेरको कुनै सम्‍बन्ध हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने मानिसहरूको उमेर ढल्किँदै जाँदा, उनीहरूका शारीरिक कार्यहरू कमजोर हुने र उनीहरूले कम कर्तव्यहरू निर्वाह गर्न सक्ने भएता पनि, यसको मतलब उनीहरूले अब उप्रान्त सत्यता पछ्याउन सक्दैनन् भन्ने होइन। वृद्ध मानिसहरूमा पनि, जवान मानिसहरूमा जस्तै, धेरै भ्रष्ट स्वभावहरू हुन्छन् र उनीहरूले विभिन्न शैतानी विषहरू जम्मा गरेका हुन्छन्। उनीहरूले यी मामिलाहरूलाई गहिरो रूपमा जाँच्न र चिरफार गर्न बढी समय खर्च गर्न आवश्यक छ। म दशकौँसम्म बाँचेकी छु, अहङ्कारी र छली दुवै भएकी छु। आफू भित्र, मैले विभिन्न परम्परागत धारणाहरू र सांसारिक व्यवहारका लागि शैतानी दर्शनहरू जम्मा गरेकी छु। यी सबैलाई सत्यता खोजेर समाधान गर्न आवश्यक छ। जस्तै मण्डलीमा, एउटी सिस्टर थिइन् जो भेलाको समयमा प्रायः गन्थन गर्थिन् र विषयबाट बाहिर जान्थिन्, जसले मण्डली जीवनलाई बाधा पुऱ्याउँथ्यो। म उनलाई यो कुरा औँल्याउन चाहन्थेँ तर उनलाई चिढ्याउँछु कि भनेर डराउँथे। म “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्ने शैतानी दर्शनअनुसार जिएँ, र यसरी उनलाई यो कुरा कहिल्यै औँल्याइनँ। भेलाको समयमा, जब मैले केही ब्रदर-सिस्टरहरूलाई आफ्नो स्थितिसित सम्बन्धित भएर कसरी सङ्गति गर्ने भन्ने थाहा नभएको देखेँ, तब मलाई लाग्यो म उनीहरूभन्दा सङ्गति गर्नमा राम्रो छु, र मैले उनीहरूलाई हेला गर्दै अहङ्कारी स्वभाव प्रकट गरेँ। साथै, यस पटक, आफू बुढी हुँदै गएकी देखेर, मैले आफ्नो कर्तव्य निर्वाह गर्न र मुक्ति पाउन सक्दिनँ कि भनी डराएँ, र म यति नकारात्मक भएँ कि म फेरि आफ्ना खुट्टामा उभिनै सकिनँ। मैले आफ्नो आशिष् पाउने इच्छा एकदमै बलियो रहेको महसुस गरेँ। यी सबै मामिलाहरूलाई सत्यता खोजेर समाधान गर्न आवश्यक थियो। यो महसुस गरेपछि, मैले अभ्यासको लागि एउटा मार्ग भेट्टाएँ। म बुढी हुँदै गए पनि, यसको मतलब मसँग कुनै कर्तव्य वा गर्नुपर्ने कामहरू छैनन् भन्ने होइन। मैले दिनहुँ सामना गर्ने मामिलाहरूमा आफ्नो भ्रष्ट स्वभावलाई चिन्ने र समाधान गर्ने कुरामा ध्यान केन्द्रित गर्न आवश्यक छ। यो सबै मैले निर्वाह गर्नुपर्ने कर्तव्य हो। मैले लेखहरू लेख्न, भजनहरू सिक्न, नाच सिक्न, र सुसमाचार प्रचार गर्न पनि सक्छु। मैले निर्वाह गर्न सक्ने कत्ति धेरै कर्तव्यहरू रहेछन्! पछि, मैले आफूले दिनहुँ सामना गर्ने मामिलाहरूमा आफ्नो भ्रष्टतालाई चिन्ने कुरामा ध्यान केन्द्रित गरेँ। साँझमा, म त्यसलाई लेखेर राख्थेँ र त्यसलाई समाधान गर्न परमेश्‍वरका वचनहरू खोज्थेँ, र त्यसपछि आफ्नो अनुभवात्मक समझ लेखेर राख्थेँ। केही समयपछि नै, जब मेरो स्वास्थ्य सुधार भयो, मैले आफ्नो अतिथि-सत्कारको कर्तव्य फेरि सुरु गरेँ। मैले ब्रदर-सिस्टरहरू चिन्तामुक्त भएर भेला हुन सकून् भनेर यो अतिथि-सत्कार घरलाई कसरी राम्रोसँग जोगाउने भन्ने बारे सोचेँ। जबसम्म म जिउँछु, म आफ्नो कर्तव्य निर्वाह गरिरहने छु। भविष्यमा मैले आफ्नो कर्तव्य निर्वाह गर्न नसके पनि, म आफ्नो भ्रष्टतालाई समाधान गर्न परमेश्‍वरका वचनहरू खान र पिउन जारी राख्नेछु र परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनेछु।

अघिल्लो:  ६१. अब म कसरी अरूसँग मिलेर राम्ररी काम गर्ने भन्ने जान्दछु

अर्को:  ६४. बुझेकोझैँ नाटक गर्नुका परिणामहरू

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger