६४. बुझेकोझैँ नाटक गर्नुका परिणामहरू

सु यु, चीन

म मण्डलीमा भिडियोहरू बनाउँछु। सुरुमा तालिम लिँदा, मैले केही नबुझ्दा मानिसहरूबाट मदत माग्थेँ। पछि, मैले बिस्तारै केही सिद्धान्तहरू बुझ्दै गएँ र आफैले केही भिडियोसमेत बनाएँ। सबैले मैले छिटो प्रगति गरिरहेकी छु भन्थे र अगुवाले पनि मेरा भिडियोहरू नवीन र विचारशील छन् भनिन्। यो सुनेर मलाई आफूदेखि एकदमै खुसी लाग्यो, र मैले आफूमा भिडियो उत्पादनमा केही प्रतिभा र सबलता छन् भन्ने सोचेँ। त्यसपछि, म भिडियो बनाउँदा अरूलाई सायदै कहिल्यै सोध्थेँ र धेरैजसो समय, आफैँ सोचविचार गरेर समस्याहरू समाधान गर्ने प्रयास गर्थेँ। एकपटक, म अलि चुनौतीपूर्ण भिडियो बनाउँदै थिएँ, र म अलि अलमल्ल परेँ, त्यसैले मैले टोली अगुवालाई अलि सरल भिडियो माग्नेबारे सोचेँ। तर त्यसपछि मैले सोचेँ, “मैले यो भिडियो रोजेकीले, यदि म यो गर्न सक्दिनँ भनेर टोली अगुवालाई भन्न गएँ भने, के उनले मलाई तुच्छ ठान्नेछिन्? भैगो, यो भिडियो अलि जटिल होला, तर मैले यसमा कडा मेहनत गरेँ भने, सायद म यो गर्न सक्छु।” त्यसैले मैले केही भनिनँ, र आफैँ घोत्लिएर अनुसन्धान र विचार-मन्थन गरिरहेँ। तर धेरै सोचविचार गरेपछि पनि, मैले अझै त्यो गर्ने कुनै कडी पाइनँ, अनि मैले अरू कसैलाई जाँच गरिमाग्ने र मदत माग्नेबार सोचेँ, तर त्यसपछि मैले सोचेँ, “मैले तालिम लिएको केही समय भइसक्यो। अझै पनि अरूलाई सोधिरहेँ भने, के उनीहरूले ममा क्षमताको कमी छ भन्नेछन्? अहँ हुँदैन, म आफैँ पत्ता लगाउने कोसिस गरिरहनेछु।” त्यही बेला, टोली अगुवाले मलाई सोधिन्, “भिडियो कस्तो बन्दै छ? तपाईँलाई गाह्रो भइरहेको छ भने, अलि सजिलो भिडियो लिन सक्नुहुन्छ।” मैले मनमनै सोचेँ, “म अहिले बदल्न सक्दिनँ। त्यसो गरेँ भने, के म अयोग्य देखिनेछैनँ र?” त्यसैले मैले आफूलाई शान्त देखाएँ र भनेँ, “म यसलाई कसरी सम्हाल्ने भनेर पत्ता लगाउँदै छु। बदल्नु पर्दैन।” यसो भनिसकेपछि, मलाई भित्र असहज महसुस भयो। मैले यो भिडियोबारे लामो समयदेखि सोचिरहेकी थिएँ र अझै पनि यसलाई कसरी सम्हाल्ने भनेर मसँग कुनै आइडिया थिएन। मेरो क्षमताले भ्याएकै यति थियो, र मैले यो समस्या पार गर्ने प्रयास र जबर्जस्ती गरिरहनु समाधान होइन भन्ने बुझेँ, तर मैले अझै टोली अगुवालाई बताइनँ। दुई-तीन दिनपछि, मैले भिडियोमा अझै कुनै प्रगति गरेकी थिइनँ, त्यसैले अन्त्यमा अरू कसैसँग मदत माग्नुबाहेक मसँग अरू कुनै विकल्प थिएन। केही समयपछि, मैले नयाँ ढाँचाको भिडियोमा काम गर्न थालेँ। मैले सबैसँग यो तरिकाबारे पहिल्यै छलफल गरिसकेकी भए तापनि, उत्पादन प्रक्रियाका क्रममा अझै कठिनाइहरू सामना गरेँ, र त्यसबारे फेरि टोली अगुवासँग कुरा गर्ने सोचेँ। तर त्यसपछि मैले सोचेँ, “हामीले यसबारे छलफल गरिसकेका छौँ। मैले फेरि सोधेँ भने, के टोली अगुवाले मेरो क्षममा कमी छ र एउटा भिडियो बनाउन पनि मलाई धेरैपटक भन्नुपर्छ भनी सोच्नेछिन्?” उत्पादन प्रक्रियामा मैले नबुझेका वा गर्न नसकेका कुराहरू सबैलाई देख्न नदिन, मैले जानेझैँ नाटक गरेँ र कम्प्युटरमै काम गरिरहेँ, तर मैले केही दिन बिताएपछि पनि, भिडियो सकाउन सकिनँ, र अन्त्यमा, मैले टोली अगुवालाई मदत माग्नुपर्‍यो। यी दुई असफलताले मलाई अत्यन्तै लज्जित बनाए, तर मैले आत्मचिन्तन गरिनँ र देखावटी रूप धारण गरिरहेँ, र परिणामस्वरूप, मेरो कर्तव्यले कुनै फल फलाएन। म नकारात्मक बनेँ र मैले ममा क्षमताको कमी छ र म भिडियो उत्पादनका लागि उपयुक्त छैनँ भन्ने ठानेँ। मलाई निकै दमित र पीडित महसुस भयो। कहिलेकाहीँ म आफ्नो स्थितिबारे कसैसँग कुरा गर्न चाहन्थेँ, तर अरूले मेरा कमजोरी र त्रुटिहरू देखे भने मलाई तुच्छ ठान्नेछन् भन्ने डर लाग्थ्यो, त्यसैले म खुल्न चाहन्नथेँ।

एकपटक, टोली अगुवाले मलाई सुझाव दिँदै भनिन्, “तपाईँ भेलाहरूमा परमेश्‍वरका वचनबारे आफ्नो अनुभवात्मक बुझाइमा सङ्गति गर्नुहुन्न, न त आफ्नो भ्रष्टता वा कमीकमजोरीबारे, वा आफूले आफ्नो कर्तव्यमा कसरी कठिनाइहरू अनुभव गरेकी छु भनेर नै कुरा गर्नुहुन्छ। यस्तो लाग्छ, तपाईँ देखावटी गर्न केवल शब्द र धर्मसिद्धान्तहरू बोलिरहनुभएको छ।” टोली अगुवाले मलाई वारपार बुझेकी रहेछिन् भन्ने मैले देखेँ, र मलाई साह्रै लाज लाग्यो। मेरो अनुहार पाक्यो र मैले एक शब्द पनि नबोली शीर निहुराएँ। पछि, टोली अगुवाले मलाई मदत गर्न परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू आफै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा छर्लङ्ग बुझ्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू हुन्छन् र एउटा घातक कमजोरी पनि हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्‍ने लाग्छ। तिनीहरू जति नै मामुली भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली वा कुनै महान् व्यक्ति, र जुनसुकै कार्य गर्न सक्षम र गर्न नसक्‍ने कुनै कुरा नभएको तेजस्वी व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र हीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोध्दा, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्‍म त्यो स्तरमा पुगेको छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा अत्यन्तै सक्षम बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि नक्कली रूप धारण गरिरहने गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनहरू पढेपछि मैले मानिसहरू सृजित प्राणी हुन् र सबैसँग धेरै कमजोरी र कमीहरू हुन्छन् भनेर बुझेँ। कुनै व्यक्ति जति नै सक्षम भए पनि, सबै कुरा सम्हाल्न र गर्न सक्नु असम्भव छ। आफ्नोकमजोरी र कमीहरूलाई सही तरिकाले सम्हाल्न नसक्नु र त्यसको सट्टा निरन्तर छद्मवेश धारण गर्नु अत्यन्तै मूर्खता, अज्ञानता, अहङ्कार, र समझहीनता हो। जब मैले भिडियो उत्पादनमा भर्खरै तालिम लिन सुरु गरेकी थिएँ र सिद्धान्तहरू राम्ररी बुझेकी थिइनँ, तब कसरी मेरा लागि जटिल भिडियोहरू बनाउन नसक्नु सामान्य कुरा थियो भन्नेबारे सोचेँ। तर मैले आफ्ना सीमित क्षमताहरूलाई चिनिनँ, र केही भिडियोहरू बनाएपछि, जब ब्रदर-सिस्टरहरूले मलाई अलिकति प्रशंसा र प्रोत्साहन दिए, तब मलाई आफ्नो क्षमता राम्रो छ, र म सक्षम छु र मसँग व्यावसायिक सीपहरू छन् भन्ने लाग्यो। मैले गर्न नसक्ने वा नबुझ्ने कुराहरू सामना गर्दा, मैले मदत माग्न छोडेँ र केवल आफूलाई लुकाएँ र छद्मवेश धारण गरेँ, यदि अरूले मेरा कमजोरीहरू देखे भने, त्यसले मेरो राम्रो छापलाई बदल्नेछ भनेर म डराएँ। टोली अगुवाले मेरा सङ्घर्ष देखिन् र सक्रिय रूपमा मलाई मदत गर्ने प्रस्ताव राखिन्, तर मैले छद्मवेश धारण गरिरहेँ र उनको मदत अस्वीकार गरेँ, आफ्ना कठिनाइहरूबारे खुलस्त हुनुको सट्टा गोप्य रूपमा आफैँ अनुसन्धान गरेर समय बर्बाद गर्न रुचाएँ। परिणामस्वरूप, मैले भिडियोको प्रगतिमा ढिलाइ गरेँ। मैले नयाँ ढाँचाको भिडियो बनाउँदा पनि त्यसै गरेँ। मलाई के गर्ने भन्ने स्पष्ट रूपमा आइडिया नभए पनि, मैले अरूलाई धोका दिन जानाजानी काम गरिरहेको नाटक गरेँ। मैले धेरै समय खेर फालेँ, र भिडियो अझै पनि बनेन। अरूको नजरमा भएको आफ्नो राम्रो छवि कायम राख्न, मैले आफ्ना कठिनाइ र कमीकमजोरीहरू ढाकछोप गरेँ, र कसैलाई देख्न दिइनँ। मैले आफूलाई नकारात्मक महसुस हुँदासमेत, कसैलाई थाहा हुन दिइनँ। म आफूलाई सबै कुरा गर्न सक्ने र सबैलाई उछिन्ने व्यक्तिका रूपमा छद्मवेश धारण गर्न निरन्तर चाहन्थेँ। म अत्यन्तै अहङ्कारी थिएँ र ममा आत्म-सचेतनाको पूर्ण कमी थियो! तर मैले यस मामिलालाई छर्लङ्ग बुझ्न सकिनँ, र छद्मवेश धारण गरिरहेँ। मैले समस्या वा कठिनाइहरू सामना गर्दा, मदत माग्न खुलस्त कुरा गरिनँ, फलस्वरूप समस्याहरू समाधान भएनन्, जसले मेरो स्थितिलाई असर मात्र गरेन, भिडियो उत्पादनमा पनि ढिलाइ गर्‍यो। त्ससबारे सोच्दा, मैले आफू त कत्ति मूर्ख रहेछु भनेर बुझेँ! त्यसपछि मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, अर्थात् आफ्ना कठिनाइहरू, अरूसामु उदाङ्गो पार्न अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ, छद्मवेश धारण नगर्नु, सरल, खुलस्त, र इमानदार हुनु, र सत्यता खोज्न सङ्गतिमा आफ्नो भ्रष्टता, कठिनाइ, र कमीहरूलाई अगाडि ल्याउनु बुद्धिमान् व्यक्तिको चिन्ह हो, र यी मानिसहरूले मात्र सत्यता बुझ्न र मुक्ति प्राप्त गर्न सक्छन्। तर ममा स्पष्ट रूपमा धेरै क्षेत्रमा कमी थियो, र विशेष गरी नयाँ ढाँचाका भिडियोहरू बनाउँदा मलाई धेरै कठिनाइहरू आए, तर मैले “म यो गर्न सक्दिनँ” वा “म बुझ्दिनँ” जस्तो सरल कुरा भन्ने हिम्मतसमेत गरिनँ। बरु, मैले आफूलाई लुकाउन र छद्मवेश धारण गर्न धेरै प्रयास गरेँ, किनभने यदि सबैले म वास्तवमा को हुँ भन्ने देखे भने, उनीहरूले मलाई तुच्छ ठान्नेछन् भनेर मलाई डर लाग्यो, जसले मेरो जीवनलाई थकाइलाग्दो र कठिन दुवै बनायो। मैले घरिघरि छद्मवेश धारण गरेँ, आफू चलाख हुँदै छु र अरूलाई मूर्ख बनाउन सक्छु भन्ने सोचेँ, तर वास्तविकतामा, सबैले मेरो वास्तविक क्षमता पहिल्यै देखेका थिए, र म आफ्नो इज्जत जोगाउन असफल मात्र भइनँ, तर झनै ठूलो मूर्ख पनि बनेँ। यसरी आफूलाई लुकाएर र छद्मवेश धारण गरेर, अनि आफ्नो हृदय खोल्न र सङ्गति खोज्ने हिम्मत नगरेर, मैले पवित्र आत्माको अन्तर्दृष्टि वा ज्योति प्राप्त गर्न सकिनँ, र मेरो काममा भएका कठिनाइहरू समाधान हुन सकेनन्, जसले मण्डलीको काममा अवरोध र हानि मात्र पुर्‍यायो। यी कुराहरू बुझिसकेपछि, म आफ्ना ब्रदर-सिस्टरहरूसँग सङ्गतिमा खुलस्त भएँ र मैले आफ्नो भ्रष्टता र कमीहरू खुलासा गरेँ, र उनीहरू सबैले मलाई तुच्छ ठान्नुको सट्टा, मसँग सङ्गति गरे र मलाई मदत गरे। मलाई निकै लज्जित र सर्मिन्दा महसुस भयो। यसपछि, जब म आफूले सम्हाल्न नसक्ने भिडियो उत्पादनका कामहरू सामना गर्थेँ, तब सक्रिय रूपमा आफ्ना ब्रदर-सिस्टरहरूबाट मदत खोज्थेँ। यो केही समय अभ्यास गरेपछि, मैले आफ्नो प्राविधिक सीपमा केही प्रगति गरेँ, र म आफ्नो कर्तव्यमा अझ बढी दक्ष बनेँ। म परमेश्‍वरप्रति एकदमै आभारी भएँ!

पछि, मण्डलीले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने जिम्मेवारीमा खटायो। केही समयको तालिमपछि, मैले केही सिद्धान्तहरू बुझेँ र नयाँ विश्वासीहरूका समस्या र कठिनाइहरू समाधान गर्न सकेँ। ब्रदर-सिस्टरहरूले म आफ्नो कर्तव्यमा लगनशील, जिम्मेवार, र कठिनाइ सहन सक्ने छु भनेर टिप्पणी गरे। सबैको प्रशंसा सुनेर मलाई साँच्चै खुसी लाग्यो र मैले निकै राम्रो गरिरहेकी छु भन्ने सोचेँ, र थाहै नपाईकन, मैले फेरि छद्मवेश धारण गर्नसमेत थालेँ। एक साँझ, मैले केही नयाँ विश्वासीहरूले उठाएका केही प्रश्नहरू बुझ्न सकिनँ, र लामो समयसम्म मनन गरेपछि पनि ती कसरी समाधान गर्ने भनेर थाहा नपाएपछि, मलाई सुत्न जान मन लाग्यो। त्यही बेला, मसँग सहकार्य गरिरहेकी सिस्टर झाङ जिङले सोधिन्, “तपाईँ यतिबेलासम्म सुत्नुभएको छैन? केही मदत चाहिन्छ कि?” झाङ जिङले कसरी लामो समयदेखि नयाँ विश्वासीहरूलाई मलजल गर्दै आएकी छिन् र उनीसँग कामका केही अनुभव छन् भनेर मैले सोचेँ, त्यसैले मैले उनीसँग कुरा गर्न चाहेँ। तर फेरि मैले सोचेँ, “यदि मैले उनलाई सबै कुरा सोधिरहेँ भने, के उनले मलाई यो समस्यासमेत समाधान गर्न नसक्ने सोच्नेछिन्? के उनले मलाई तुच्छ ठान्नेछिन्? हुँदैन, म आफैँ पत्ता लगाउनेछु। यसरी, उनमा राति अबेरसम्म बस्न, कठिनाइ सहन, र मूल्य चुकाउन इच्छुक व्यक्तिका रूपमा मेरो राम्रो छवि अझै बस्नेछ।” त्यसैले मैले आफ्नो शक्ति जुटाएँ र उनलाई म कामकुरा सम्हाल्न सक्छु र उनी सुत्न जानुपर्छ भनेँ। त्यो रात, म बिहान २ बजेसम्म बसेँ र अझै पनि केही समस्याहरू कसरी समाधान गर्ने भनेर पत्ता लगाउन सकिनँ। मैले समय खेर मात्र गरिनँ, काममा पनि ढिलाइ गरेँ, र मलाई भित्र वर्णन गर्नै नसकिने दमन र असहजताको बोध अनुभूति भयो। म आफैँसँग पनि निकै रिसाएँ, र सोचेँ, “किन म इमानदार भएर मदत चाहिन्छ भन्न सक्दिनँ? किन बलियो भएको र सबै गर्न सक्छु भनेर नाटक गर्ने झन्झट गर्नु?” तर मैले अझै आत्मचिन्तन गरिनँ। पछि, मेरा जिम्मेवारीहरूको दायरा बढ्यो, र मैले आफ्नो काममा सामना गरेका समस्या र कठिनाइहरू पनि यससँगै बढ्दै गए, तर सत्यताबारे मेरो बुझाइ सतही थियो, र मैले समस्याहरू स्पष्ट रूपमा हेर्न र समाधान गर्न सङ्घर्ष गरेँ। कहिलेकाहीँ, मलजलकर्ताहरू खराब स्थितिमा हुन्थे, र उनीहरूको कर्तव्यले कुनै फल फलाइरहेको हुँदैनथ्यो, र मलाई उनीहरूका समस्या कसरी समाधान गर्ने थाहा हुँदैनथ्यो। अरूलाई मेरा कमी र कमजोरी हेर्न नदिन, म आफैँ कुराहरूको मनन गर्थेँ, र मैले साँच्चै समाधान गर्न नसक्ने समस्या हुँदा, म यति नकारात्मक हुन्थेँ कि गोप्य रूपमा रुन्थेँ। तर त्यसो भए पनि, म अझै अघि बढिरहेँ। कार्य समीक्षाका क्रममा, मैले आफू जिम्मेवार रहेको कामका नतिजाहरू एकदमै खराब छन्, धेरै पुराना समस्याहरू समाधान भएका छैनन्, र नयाँ समस्याहरू देखा परेका छन् भनेर बुझेँ। त्यो क्षण, मैले अब थाम्न सकिनँ, र भक्कानिएर रोएँ। हिँकहिँक गर्दै, मैले आफ्ना सबै स्थितिहरू झाङ जिङलाई पोखेँ। अचम्मको कुरा, उनले भनिन्, “म त सधैँ तपाईँले राम्रै गरिरहनुभएको छ भन्ने सोच्थेँ, तर आज तपाईँले नभन्नुभएको भए, तपाईँसँग यति धेरै कठिनाइहरू छन् भन्ने मलाई थाहा हुनेथिएन।” मलाई एकदमै लाज लाग्यो, किनभने यो मैले छद्मवेश धारण गरेर र अरूलाई धोका दिएर बनाएको देखावटी रूप थियो। त्यसपछिका केही दिनहरूमा, म प्रायः सोच्थेँ, “जब जब म कठिनाइहरू सामना गर्छु, तब तब किन अरूसँग खुलस्त हुन र सङ्गति गर्न अनिच्छुक हुन्छु? म किन सधैँ आफूलाई लुकाउन र छद्मवेश धारण गर्न यति उत्सुक हुन्छु?”

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छ? के उसले साँच्‍चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्‍वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। सरल शब्दमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। यदि उसले आफ्नो नकारात्मकता र कमजोरीहरू अरूको अगाडि प्रकट गऱ्यो भने, यदि उसले आफ्नो विद्रोही र भ्रष्ट पक्ष प्रकाश गऱ्यो भने, त्यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर क्षति गर्नेछ—फाइदाभन्दा बेफाइदा बढी हुनेछ भनी सोच्छ। त्यसैले ऊ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। अनि, यदि कुनै दिन सबैले उसको कमजोर र विद्रोही पक्ष देखे भने, र आफू भ्रष्ट भएको, र अलिकति पनि नबदलिएको देखे भने, उसले अभिनय गर्न जारी राख्‍नेछ। यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, जो नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउनेछ, सबैको आराधना र श्रद्धा गुमाउनेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ भनी सोच्छ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूको सामु खुलस्त हुँदैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिँदैन; बरु, प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्छ, र कहिल्यै हार मान्दैन। … आफूलाई त्रुटिरहित र पवित्र ठान्‍ने सबै मानिसहरू ढोँगी हुन्। म किन तिनीहरू सबै ढोँगी हुन् भनी भन्छु? मलाई भन्, के भ्रष्ट मानवजातिको बीचमा कुनै त्रुटिरहित मानिस छ? के साँचो रूपमा पवित्र कुनै व्यक्ति छ? (छैन।) पक्कै छैन। जब शैतानद्वारा मानिस यति गहन रूपमा भ्रष्ट तुल्याइएको छ र जन्मजात रूपमै ऊसँग सत्यता छैन भने, उसले कसरी त्रुटिरहितता हासिल गर्न सक्छ? परमेश्‍वर मात्रै पवित्र हुनुहुन्छ; सारा भ्रष्ट मानवजाति दूषित छ। यदि कुनै व्यक्तिले आफूमा कुनै त्रुटि छैन भन्दै पवित्र व्यक्तिको नक्कल गर्छ भने, त्यो व्यक्ति के हुनेथियो? ऊ दियाबलस, शैतान, र प्रधान स्‍वर्गदूत हुनेथियो—ऊ खाँटी ख्रीष्टविरोधी हुनेथियो। ख्रीष्टविरोधीले मात्रै त्यसरी त्रुटिरहित र पवित्र व्यक्ति हुँ भनेर दाबी गर्न सक्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरका वचनहरूले के खुलासा गर्छन् भने मानिसहरूको हृदयमा आफ्नो हैसियत र छवि कायम राख्न, ख्रीष्टविरोधीहरू अक्सर छद्मवेश धारण गर्छन्, आफ्ना कमी र कमजोरीहरू लुकाउँछन्, र आफू भ्रष्टता वा त्रुटिहरू नभएका, सबै कुरामा सक्षम व्यक्ति भएको नाटक गर्छन्, अरूलाई उनीहरूको मान र आराधना गर्न लगाउँछन्। मैले आफ्नै व्यवहारबारे चिन्तन गरेँ। जब मेरा कर्तव्यमा केही नतिजा थिए, तब मलाई आफू अरूभन्दा असल छु भन्ने लाग्थ्यो, र मानिसहरूको हृदयमा बसेको मेरो राम्रो छवि कायम राख्न र उनीहरूलाई ममा राम्रो क्षमता, कार्य क्षमताहरू छन् सोच्न लगाउन, र मेरो मान गर्न लगाउन, मैले मदत खोजिनँ, र बरु काममा समस्या र कठिनाइहरू सामना गर्दा र ममा अनुभवको कमी भएर मैले कामकुरा बुझ्न वा समाधान गर्न नसक्ने स्पष्ट हुँदा, कुराहरू लुकाउन र ढाकछोप गर्न कडा प्रयास गरेँ। अरूले सक्रिय रूपमा मलाई मदत गर्ने प्रस्ताव गर्दा, आफ्ना दुर्बलता र कमजोरीहरू खुलासा हुनेछन् भनेर म डराएँ, त्यसैले मैले अरूको मदत स्वीकार्नुभन्दा राति अबेरसम्म बस्न रोजेँ, मानिसहरूलाई म आफ्नो कर्तव्यमा बफादार छु र कठिनाइहरू सहन र मूल्य चुकाउन सक्छु भनी सोच्न लगाउन गुनासो नगरी कठिनाइ सहन इच्छुक भएको देखावटीसमेत गरेँ। तर अन्त्यमा, मैले आफैँलाई दमित र पीडित महसुस हुने हदसम्म यातना दिएँ, गोप्य रूपमा रुएँ र बोल्ने हिम्मत गरिनँ, म ब्रदर-सिस्टरहरूले मेरो वास्तविक कद देख्नेछन् र तबउसो मलाई मान गर्नेछैनन् भनेर डराएँ। म साँच्चै एक पाखण्डी र नक्कली थिएँ। फर्केर सोच्दा, मण्डलीले मलाई कहिल्यै आफ्नो कर्तव्यमा सबै कुरा छर्लङ्ग बुझ्न वा हरेक कठिनाइ समाधान गर्न सक्नुपर्छ भनी माग गरेको थिएन। म केवल पाखण्डी भइरहेकी थिएँ, सधैँ बलियो भएको नाटक गर्थेँ, आफैँलाई हानि हुने गरी धाक लगाउँथेँ, कुरा नबुझ्दा बुझेको नाटक गर्थेँ। मैले आफैँलाई कठिन अवस्थामा पारिरहेकी थिएँ, र परिणामस्वरूप, मैले मण्डलीको काममा ढिलाइ गरेँ र आफैँलाई धेरै कष्टमा पारेँ। मैले सधैँ अरूको अगाडि आफूलाई सक्रिय र सकारात्मक व्यक्तिको छद्मवेश धारण गरेकी हुनाले, कतिपय ब्रदर-सिस्टरहरू मेरो नाटकबाजीद्वारा भ्रमित भए र उनीहरूले म कठिनाइ सहन सक्छु, ममा कार्य क्षमताहरू छन् भन्ने सोचे, र मलाई सम्मान गर्थे। एउटी सिस्टरले मलाई भनिन्, “तपाईँ एक्लै यति ठूलो बोझ बोक्न पक्कै पनि गाह्रो भएको हुनुपर्छ, म तपाईँबाट सिक्न चाहन्छु।” ती सिस्टरले मलाई मैले सधैँ छद्मवेश धारण गर्ने र आफ्ना कमजोरी वा कठिनाइहरू कहिल्यै खुलासा नगर्ने गरेकीले गर्दा मात्र एकदमै सम्मान गर्थिन्। म अरूलाई भ्रमित पार्न र धोका दिनमा एकदमै सिपालु भएकी थिएँ, जुन अरूका लागि मात्र नभई, मेरा लागि पनि हानिकारक थियो! मलाई आफ्नो कार्य र आचरणदेखि भित्रैदेखि घृणा लाग्यो, र मैले अबउसो छद्मवेश धारण गर्न वा यो गलत मार्गमा हिँड्न चाहिनँ, त्यसैले मैले पश्चात्तापमा परमेश्‍वरलाई प्रार्थना गरेँ र अभ्यासको मार्ग खोजेँ।

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “समस्या जे भए पनि, उत्पन्‍न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा कमजोरीहरू, तेरा कमीहरू, तेरा खराबीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दै छस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै नक्कली रूप धारण गरेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले तँलाई छानबिन गर्नुहुन्छ मात्र होइन, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्‍ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “त्यसैले, तेरो अवस्था जस्तोसुकै भएता पनि, तँ नकारात्मक भए पनि वा कठिनाइमा भए पनि, तेरा आफ्नै व्यक्तिगत अभिप्रायहरू वा योजनाहरू जस्तै भए पनि, जाँचद्वारा तैँले जेसुकै जानेको वा बुझेको भए तापनि तैँले खुलस्त हुन र सङ्गति गर्न सिक्नुपर्छ, अनि तैँले सङ्गति गर्ने क्रममा पवित्र आत्माले काम गर्नुहुन्छ। अनि, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, र समस्याको गम्भीरता जान्‍न दिनुहुन्छ, उहाँले तँलाई समस्याको जड र सारप्रति सचेत बनाउनुहुन्छ, र त्यसपछि तँलाई सत्यता र उहाँको अभिप्राय अलिअलि गर्दै बुझ्ने बनाउनुहुन्छ, र तँलाई अभ्यासको मार्ग देख्‍न, र सत्यता वास्तविकतामा प्रवेश गर्न दिनुहुन्छ। व्यक्तिले खुलस्त रूपमा सङ्गति गर्न सक्छ भने, यसको अर्थ ऊसँग सत्यताप्रति इमानदार मनोवृत्ति छ भन्‍ने हुन्छ। व्यक्ति इमानदार छ कि छैन भन्‍ने कुरा सत्यताप्रतिको उसको मनोवृत्तिद्वारा नै मापन गरिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले अभ्यासको मार्ग औँल्याए, जसमा आफ्नो घमण्डलाई पन्छाउनु, इमानदार व्यक्ति बन्नु, आफ्ना कठिनाइहरू र कमीकमजोरीहरूबारे सक्रिय रूपमा खुलस्त हुन सिक्नु, आफ्नो साँचो रूप परमेश्‍वर र अरूलाई देखाउन सक्षम हुनु, छल वा लुकाछिपी अभ्यास नगर्नु, अनि वास्तविक र साँचो हुनु समावेश थियो। इमानदार व्यक्तिले आफ्नो हृदय परमेश्‍वरलाई खोल्न सक्छ, र ऊ आफ्ना समस्या र कठिनाइहरू समाधान गर्न सच्चा रूपमा सत्यता खोज्न चाहन्छ, जसले उसलाई पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न, सत्यता बुझ्न, र वास्तविकतामा प्रवेश गर्न सजिलो बनाउँछ। यो बुझेर, मैले आफ्नो मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, भविष्यमा मैले परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नुपर्छ, आफ्नो घमण्ड त्याग्नुपर्छ, खुलस्त हुनुपर्छ र आफूलाई उदाङ्गो पार्नुपर्छ, अनि सरल र इमानदार व्यक्ति हुनुपर्छ भन्ने निर्णय गरेँ।

पछि, मैले आफ्नो काममा बुझ्न वा समाधान गर्न नसक्ने समस्याहरू फेरि सामना गर्दा, वा मसँग समाधान गर्न नजानेको कुनै निश्चित स्थिति हुँदा, म सचेत रूपमा परमेश्‍वरलाई प्रार्थना गर्थेँ र आफ्ना ब्रदर-सिस्टरहरूबाट मदत खोज्न खुलस्त हुन्थेँ। एकपटक, एक नयाँ विश्वासीले एउटा प्रश्न उठाए, र मसँग केही विचार भए पनि, समाधानका लागि कसरी सङ्गति गर्ने भन्ने विरवरणहरूबारे म स्पष्ट थिइनँ, त्यसैले मैले झाङ जिङसँग त्यो छलफल गर्नेबारे सोचेँ, तर त्यसपछि म हिचकिचाएँ, र सोचेँ, “मैले अहिले नयाँ विश्वासीहरूलाई निकै समयदेखि मलजल गरिरहेकी छु। यदि म अझै यस्ता प्रश्नहरू लिएर उनीकहाँ गएँ भने उनले मलाई के सोच्नेछिन्? भैगो। म उनलाई सोध्नेछैनँ। म आफैँ त्यो पत्ता लगाउनेछु।” यस बिन्दुमा, म फेरि छद्मवेश धारण गर्न प्रलोभित भएँ भन्ने मैले बुझेँ। मैले विगतमा पटक-पटक कसरी छद्मवेश धारण गरेँ र आफूलाई लुकाएँ, जसले मलाई दमन र पीडामा मात्र नडुबाई, काममा पनि हानि गऱ्यो भन्नेबारे सोचेँ, त्यसैले अबउसो मैले नाटक गर्न मिल्दैन भनेर बुझेँ। मैले नबुझेका वा अस्पष्ट भएका कुराहरूबारे अरूसँग खुलस्त भएर सङ्गति गर्नुपर्थ्यो। त्यसैले मैले मनमनै परमेश्‍वरलाई मौन प्रार्थना गरेँ, परमेश्‍वरका वचनअनुसार इमानदार व्यक्ति हुने अभ्यास गर्न परमेश्‍वरको मार्गदर्शन मागेँ। त्यसपछि, मैले झाङ जिङसँग आफ्ना कठिनाइ र सम्भावित समाधानहरूबारे कुरा गरेँ, र उनले मैले उद्धृत गरेको परमेश्‍वरका वचनहरूको खण्ड उपयुक्त छैन भने औँल्याइन्, र उनले मलाई यस प्रकारको मुद्दा कसरी सङ्गति गर्ने र समाधान गर्ने भनेर पनि बताइन्। झाङ जिङको सल्लाह पछ्याएर, मैले फेरि परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ। मैले नयाँ विश्वासीसँग सङ्गति गरेपछि, उसको भ्रम समाधान भयो, र मलाई एकदमै सहज महसुस भयो। त्यसपछि मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्दा सहजता र मुक्तिको बोध हुन्छ भनेर बुझेँ।

अघिल्लो:  ५४. त्रीएकत्वको रहस्य खुलासा

अर्को:  ६८. मैले ख्याति र प्रतिष्ठाको लागि कर्तव्य निर्वाह गर्नु हुँदैन

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger