७३. काटछाँटबाट प्राप्त अन्तर्ज्ञान

स्टेसी, दक्षिण कोरिया

सन् २०२२ को अगस्टमा, म मण्डलीमा मलजल कामको सुपरिवेक्षण गर्दै थिएँ। एक दिन, एक अगुवाले मलाई के बताए भने, केही ब्रदर-सिस्टरले भेलाहरूअघि मैले नयाँ विश्वासीहरूका स्थिति वा कठिनाइहरू जाँचिन भनेर रिपोर्ट गरेका छन्, र भेलाहरूमा हुने सङ्गतिले वास्तविक समस्याहरू समाधान गर्न सकेको थिएन। तिनीहरूले कतिपय नयाँ विश्वासी भेलामा आएका छैनन् र मैले के भइरहेको छ भनेर समयमै सोधखोज वा जाँच गरेकी छैनँ भनेर पनि रिपोर्ट गरेका थिए। मैले केही भनिनँ, तर मनमनै म यस्तो सोच्दै तर्क गर्दै थिएँ, “मैले कतिपय नयाँ विश्वासीहरूको स्थितिबारे पहिल्यै सोधिनँ र जाँच गरिनँ, तर तिनीहरूले मेरो मेसेजको जवाफ नै दिएनन्, त्यसैले तिनीहरूलाई के भइरहेको छ भनेर मलाई थाहा भएन। अनि, कहिलेकाहीँ केही नयाँ सदस्य भेलामा नआएको मलाई थाहा नभए पनि, पछि तिनीहरू नियमित रूपमा भेलामा उपस्थित हुन फर्किए, त्यो कुन ठूलो कुरा हो र?” म ती समस्याहरू रिपोर्ट गर्ने ब्रदर-सिस्टरहरूसँग केही असन्तुष्ट महसुस नगरी रहनै सकिनँ। मैले सोचेँ, “यी समस्याहरू रिपोर्ट गर्नुअघि, तिमीहरूले केवल मसँग कुरा गर्न अनि अवस्था र सन्दर्भबारे सोध्न सक्थ्यौ। यदि मैले ती स्वीकार नगरेकी भए, तिमीहरूले अगुवालाई रिपोर्ट गर्न सक्थ्यौ। अब तिमीहरूले केही नभनी सिधै अगुवालाई रिपोर्ट गर्‍यौ, अगुवाले मलाई के सोच्लिन्? के तिनले मैले सुझाव वा सत्यता स्वीकार गरिनँ भनेर सोच्नेछिन्?” यी सोचहरूले मलाई कुण्ठित बनाए। ब्रदर-सिस्टरहरूका सुझावहरू मेरो कर्तव्यका लागि सहयोगी हुन्छन्, र मैले पहिले ती स्विकार्नुपर्छ, चिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, अनि तर्क गरेर आफ्नो सफाइ दिने प्रयास गर्नु हुँदैन भन्ने मलाई थाहा भए पनि, जब मैले आफ्नो आत्मसम्मान र हैसियतमा हानि पुग्नेछ भन्ने सोचेँ, तब म त्यो परिस्थिति सामना गर्न अनिच्छुक भएँ।

पछि, म शान्त भएँ र ब्रदर-सिस्टरहरूले रिपोर्ट गरेका समस्याहरूबारे चिन्तन गरेँ, अनि मैले परिवर्तनहरू साँच्चै आवश्यक छन् भन्ने बुझेँ। त्यसैले, मैले समूहमा मेसेज पठाएर सबैलाई उनीहरूले देखेका मेरा कुनै पनि समस्याहरू औँल्याइदिन आग्रह गरेँ। केही बेरमै, ब्रदर जयदेनले आफूले देखेका केही समस्या औँल्याए र मलाई केही सुझाव पनि दिए। जब मैले उनका टिप्पणीहरू अगुवाले भनेका कुरा समान देखेँ, तब मलाई शङ्का लाग्यो र सोचेँ, “उनले नै अगुवालाई मेरो रिपोर्ट गरेको हुनुपर्छ। नत्र तिनीहरूले किन यति समान कुरा भन्थे?” यो कुरा मनमा राखेर, मलाई तिनले अघि सारेका समस्या र सुझावहरूलाई सही तरिकाले लिन गाह्रो भयो, र मैले एक-एक गरी तिनको खण्डन गरेँ। त्यसपछि उनले समूहमा मेसेज पठाए, “तपाईँले कुनै समस्या भए हामी सुझाव दिन र कुराकानी गर्न सक्छौँ भनेर भन्नुभयो, अब हामीले त्यसो गर्दा, तपाईँ किन केवल बहाना बनाउँदै हुनुहुन्छ र खोजी वा स्वीकार गर्ने इच्छुकता देखाउनुहुन्न?” उनले यति धेरै ब्रदर-सिस्टरहरूको अगाडि मलाई खुलासा गर्दा, मलाई अत्यन्तै अपमानित महसुस भयो। मैले तिनीप्रति पूर्वाग्रह राख्न थालेँ र सोचेँ, “तिमीले मलाई इज्जत बचाउन पटक्कै दिएनौ! तिमीले गोप्य रूपमा मेरा समस्याहरू अगुवालाई रिपोर्ट मात्र गरेनौ, तर यी सबै मानिसहरूको अगाडि मलाई सुझाव पनि दियौ र खुलासा पनि गऱ्यौ। अब मैले कसरी फेरि आफ्नो अनुहार देखाउने? यसपछि मैले ब्रदर-सिस्टरहरूलाई कसरी सामना गर्ने? यदि ममा कुनै समस्या थियो भने तिमीले मलाई गोप्य रूपमा भन्न सक्दैनथ्यौ? किन तिमीले मलाई यति धेरै मानिसहरूको अगाडि आलोचना गर्नुपऱ्यो? के तिमी सबैको अगाडि मलाई लज्जित पार्न र अपमानित गर्न थप प्रयास गर्दै छौ? तिमी स्पष्ट रूपमा केवल मेरा लागि जीवन कठिन बनाउन खोजिरहेका छौ। यदि मैले तिमीलाई हाकिम को हो भनेरे देखाइनँ भने, तिमीले मलाई धम्काउन सकिन्छ भन्ने सोच्नेछौ।” मैले हृदयमा दुर्भावनासमेत राखेँ, “मलजल काममा म जिम्मेवार छु। यदि तिमीले मलाई इज्जत बचाउन नदिई यस्तै गरिरह्यौ भने, म तिमीलाई नयाँ विश्वासीहरूलाई मलजल गर्नबाट रोक्न कुनै कारण निकाल्नेछु, किनभने यदि मैले त्यसो गरिनँ भने, तिमीले सबैको नजरमा मेरो छवि बिगार्नेछौ।” जब यो विचार मेरो मनमा आयो, तब मेरो मुटुको धडकन रोकिएझैँ भयो, र मैले सोचेँ, “म यस्तो दुर्भावनापूर्ण कुरा कसरी सोच्न सक्थेँ? के यो अरूविरुद्ध आक्रमण र बदला हुनेथिएन र?” मलाई अलि डर लाग्यो, त्यसैले मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, कृपया मेरो हृदयको रक्षा गर्नुहोस् ताकि यो शान्त हुन सकोस् र मैले आफ्ना कार्यहरूमा आफ्नो भ्रष्ट स्वभाव नपछ्याऊँ। कृपया मलाई यस परिस्थितिभरि मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले धेरै ब्रदर-सिस्टरहरूले जयदेनका सुझावसँग सहमति जनाउँदै मेसेज पठाएको देखेँ। अन्ततः मैले आफूमा यो परिस्थिति आइपर्नुमा परमेश्‍वरको अभिप्राय रहेछ भन्ने बुझेँ। मैले पहिले स्वीकार गर्नुपर्थ्यो र समर्पित हुनुपर्थ्यो, सत्यता खोज्नुपर्थ्यो, आत्मचिन्तन गर्नुपर्थ्यो, र पाठ सिक्नुपर्थ्यो।

मैले आफ्नो आत्मिक भक्तिको दौरान, परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पढेँ: “कुनै व्यक्तिलाई काटछाँट गर्नुपर्ने परिस्‍थितिहरू जे-जस्तो भए पनि, यसप्रति हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो? पहिला, तैँले यो कुरा स्विकार्नैपर्छ। तँलाई जसले जुनसुकै कारण काटछाँट गरिरहेको भए पनि, यो कठोर नै भए पनि, वा जुनसुकै भाव र शब्‍दले यसो गरिए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, तैँले आफूले के गलत काम गरिस्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, र तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गरिस् कि गरिनस्, त्यस कुरालाई पहिचान गर्नुपर्छ। सबैभन्दा पहिलो र मुख्य रूपमा, तँमा हुनुपर्ने मनोवृत्ति यही हो। अनि के ख्रीष्टविरोधीहरूमा त्यस्तो मनोवृत्ति हुन्छ त? हुँदैन; सुरुदेखि अन्त्यसम्‍मै, तिनीहरूले प्रतिरोध र दिक्‍कताको मनोवृत्ति देखाउँछन्। त्यस्तो मनोवृत्तिको साथमा, के तिनीहरू परमेश्‍वरसामु शान्त हुन, र विनम्र रूपमा काटछाँट स्विकार्न सक्छन्? अहँ, सक्दैनन्। त्यसो भए, तिनीहरूले के गर्छन् त? सर्वप्रथम, तिनीहरूले जोडतोडले तर्क गर्छन् र औचित्य प्रस्तुत गर्छन्, र मानिसहरूले बुझ्ने र क्षमा गर्ने आशामा आफूले गरेका गल्तीहरू र आफूले प्रकट गरेको भ्रष्ट स्वभावको प्रतिरक्षा र बचाउ गर्छन्, ताकि तिनीहरूले कुनै जिम्‍मेवारी लिनु वा तिनीहरूलाई काटछाँट गर्ने वचनहरू स्विकार्नु नपरोस्। तिनीहरूले काटछाँटको सामना गर्दा कस्तो मनोवृत्ति देखाउँछन्? ‘मैले पाप गरेको छैन। मैले केही गल्ती गरेको छैन। यदि मैले गल्ती गरेको भए, त्यसको कारण छ; यदि मैले गल्ती नै गरेको छु भने पनि मैले जानी-जानी गरेको होइन, मैले यसको जिम्‍मेवारी नलिनुपर्ने हो। सानोतिनो गल्ती कसले पो गर्दैन र?’ तिनीहरूले यस्ता अभिव्यक्ति र वाक्यांशहरूलाई लिन्छन्, तर तिनीहरूले सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू वा प्रकट गरेका भ्रष्ट स्वभावहरू नै स्विकार्छन्—र तिनीहरूले दुष्कर्म गर्नुको पछाडि के मनसाय र लक्ष्य थियो भनेर त झन् किमार्थ स्वीकार गर्दैनन्। तिनीहरूले गरेका गल्तीहरू जति नै स्पष्ट भए पनि वा तिनीहरूले जति नै ठूलो घाटा गराएका भए पनि, तिनीहरूले यी कुराहरूप्रति आँखा चिम्लिदिन्छन्। तिनीहरूलाई अलिकति पनि दुःख वा ग्लानि हुँदैन, र तिनीहरूको विवेकमा कुनै धिक्‍कारको अनुभूति हुँदैन। बरु, तिनीहरूले आफ्नो सारा शक्ति प्रयोग गरेर आफूलाई सही साबित गर्छन्, र नानाथरी बोलेर यस्तो सोच्छन्, ‘हरेक व्यक्तिसित उचित दृष्टिकोण हुन्छ। हरेकको आफ्नै कारण हुन्छ; यो कुरा त बोल्‍नमा को सिपालु छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि मैले मेरो स्पष्टीकरण र व्याख्या बहुमतद्वारा पारित गराउन सकेँ भने, मैले जित्छु, र तिमीले बोल्ने सत्यताहरू सत्यता हुँदैनन्, र तिम्रा तथ्यहरू मान्य हुँदैनन्। के तिमी मलाई दोषी ठहर्‍याउन चाहन्छौ? त्यो कदापि हुनेछैन!’ जब कुनै ख्रीष्टविरोधी काटछाँटमा पर्छ, तब तिनीहरू आफ्‍नो हृदय र प्राणको गहिराइभित्र, पूर्ण रूपमा र दृढतापूर्वक यसप्रति प्रतिरोधी हुन्छन् र तिनीहरूले यसलाई घृणा र इन्कार गर्छन्। तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, ‘तिमीले जे भने पनि, तिमी जति नै सही भए पनि, म स्वीकार गर्नेछैनँ, र म यसलाई मान्‍नेछैनँ। म दोषी छँदै छैनँ।’ तथ्यहरूले जसरी तिनीहरूको भ्रष्ट स्वभावलाई प्रकाश पारे पनि, तिनीहरूले यसलाई मान्‍ने वा स्विकार्ने गर्दैनन्, बरु तिनीहरूको विरोध र प्रतिरोधलाई जारी नै राख्छन्। अरूले जे भने पनि, तिनीहरूले यसलाई स्वीकार गर्ने वा मान्‍ने गर्दैनन्, बरु यस्तो सोच्छन्, ‘कसले कुरामा जित्‍ने रहेछ हेरौँ; कसले राम्रो बोल्ने रहेछ हेरौँ।’ यो काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने एक प्रकारको मनोवृत्ति हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “काटछाँटप्रतिको ख्रीष्टविरोधीको मनोवृत्ति र यससम्बन्धी तिनीहरूका विभिन्न प्रकटीकरण, साथै यस परिस्थितिबाट आउने तिनीहरूका सोच, दृष्टिकोण, विचार र यस्ता सबै कुरा सामान्य व्यक्तिको भन्दा फरक हुन्छन्। जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब उसले सुरुमा आफ्‍नो हृदयको गहिराइदेखि नै यस कुरालाई विरोध र इन्कार गर्छ। ऊ यससँग लड्छ। अनि त्यसो किन? किनभने ख्रीष्टविरोधीहरू प्रकृति सारले नै सत्यताप्रति वितृष्ण राख्छन् र त्यसलाई घृणा गर्छन्, र तिनीहरू सत्यता कदापि स्विकार्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरू मनन गरेर मैले अन्ततः के बुझेँ भने जब सत्यता पछ्याउने व्यक्तिलाई काटछाँट गरिन्छ, काटछाँट गर्ने व्यक्तिको मनोवृत्ति वा लबज जस्तोसुकै भए पनि, वा यो काटछाँट जुनसुकै परिस्थिति वा सन्दर्भमा भएको भए पनि, तिनीहरूले त्यो पहिले स्विकार्न, आफूले कहाँ सिद्धान्तहरू उल्लङ्घन गरेको छु र कुन भ्रष्ट स्वभाव प्रकट गरेको छु भनेर चिन्तन गर्न सक्छन्, र त्यो समाधान गर्न सत्यता खोज्न सक्छन्। तर, ख्रीष्टविरोधीहरू सारमा सत्यताप्रति वितृष्ण राख्छन् र सत्यतालाई घृणा गर्छन्, र जब उनीहरूलाई अरूले काटछाँट गर्छन् र मार्गदर्शन दिन्छन्, तब उनीहरूलाई यी कुराहरूलाई प्रतिरोध र इन्कार गर्ने इच्छा लाग्छ। उनीहरूका समस्याहरू स्पष्ट भइसकेका र तिनले काममा हानि पुऱ्याइसकेका भए पनि, उनीहरू अझै आफ्नो गल्ती स्वीकार गर्दैनन्, अनि आफ्नो प्रतिरक्षा गर्न र आफूलाई निर्दोष ठहऱ्याउन सबै प्रकारका कारण र बहानाहरू खोज्छन्। आफू काटछाँटमा पर्दाको मेरो मनोवृत्ति र व्यवहारबारे चिन्तन गर्दा, आफूले प्रकट गरेको स्वभाव वास्तवमा ख्रीष्टविरोधीको जस्तै थियो भनेर मैले बुझेँ। ब्रदर-सिस्टरहरूले मलाई सुझावहरू दिँदा, मैले ती तुरुन्तै स्वीकार गरिनँ, आफ्ना समस्या र विचलनहरूबारे चिन्तन र समीक्षा गरिनँ, र त्यसको सट्टा, प्रतिरोध र अप्रसन्न महसुस भयो, अनि तर्कवितर्क गर्न र आफ्नो सफाइ दिन सबै प्रकारका कारण र बहानाहरू खोजेँ। यसरी, मैले केवल सत्यता स्वीकार गरिरहेकी थिइनँ र बरु त्यसप्रति वितृष्ण राखेँ। वास्तवमा, सावधानीपूर्वक विचार र चिन्तन गरेपछि, मैले के बुझेँ भने मेरा ब्रदर-सिस्टरहरूले उठाएका समस्याहरू सबै तथ्यमा आधारित छन्, र कारण जेसुकै भए पनि, यदि नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गरिएन भने, यसको अर्थ म आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएकी हुन्छु। त्यसबाहेक, ब्रदर-सिस्टरहरूले समयमै नयाँ विश्वासीहरू भेलामा किन आएनन् भनेर मैले सोधखोज वा जाँच गरिनँ भनेर रिपोर्ट गर्दा, मैले बहानासमेत बनाएकी थिएँ, नयाँ विश्वसीहरूले कहिलेकाहीँ मात्र भेला छुटाइरहेका छन् र पछि नियमित रूपमा उपस्थित हुनेछन्, त्यसैले यो ठूलो समस्या होइन भन्ने सोचेँ। वास्तवमा, मलजलकर्ताका रूपमा, नयाँ विश्वासीहरू भेलामा आइरहेका छैनन् भन्ने मलाई थाहा थिएन र मैले समयमै उनीहरूलाई अनुगमन गरिनँ वा मामिला जाँचिनँ। त्यो आफैमा लापरवाही थियो र त्यसले म झाराटारुवा हुँ भन्ने देखायो। तैपनि मैले ब्रदर-सिस्टरहरूले उठाएका समस्या र सुझावहरूलाई विभिन्न बहाना बनाएर इन्कार र खण्डन गरेँ, र बाहिरी रूपमा यो ठूलो समस्या जस्तो नदेखिए तापनि, यो आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिसँग सम्बन्धित थियो, र यसले सत्यता र परमेश्‍वरप्रतिको मेरो मनोवृत्तिलाई पनि प्रकट गर्‍यो। जब मैले यसबारे चिन्तन गरेँ, तब मात्र यस समस्याको प्रकृति कति गम्भीर रहेछ भन्ने बुझेँ। यदि यो परिस्थिति ममाथि नआएको भए, मैले पटक्कै आत्मचिन्तन गर्नेथिइनँ, न त सत्यताप्रति वितृष्ण राख्नो मेरो शैतानी स्वभावलाई चिन्ने नै थिएँ, र यदि म यसरी नै अघि बढिरहेकी भए, म परमेश्‍वरद्वारा तिरस्कृत हुने र हटाइने मात्र थिएँ।

चिन्तन गर्दा, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “काटछाँट हुने कुरा आउँदा, ख्रीष्टविरोधीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। अनि तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍नुका कारणहरू छन्, जसमध्ये एउटा मुख्य कारण के हो भने, काटछाँट गरिँदा, तिनीहरूलाई आफ्‍नो इज्‍जत गुमेको, आफ्‍नो प्रतिष्ठा, हैसियत र मर्यादा गुमेको, र सबैको अघि आफ्‍नो शिर उठाउन नसकिने अवस्थामा पुगेको अनुभव हुन्छ। यी कुराहरूले तिनीहरूको हृदयमा असर पर्छ, त्यसकारण तिनीहरूलाई काटछाँटमा पर्न स्विकार्न निकै गाह्रो हुन्छ, र जसले तिनीहरूलाई काटछाँट गर्छ उसले तिनीहरूलाई समस्यामा पार्न त्यसो गरेको हो र ऊ तिनीहरूको शत्रु हो भन्‍ने सोच्छन्। काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने मानसिकता यही हो। यसबारेमा, तिमीहरू निश्‍चित हुन सक्छौ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “ख्रीष्टविरोधीहरूलाई प्रतिष्ठा र हैसियत निकै मन पर्छ। प्रतिष्ठा र हैसियत तिनीहरूको जीवनको प्राण हो। तिनीहरूलाई प्रतिष्ठा र हैसियतविना जीवन अर्थहीन छ भन्‍ने लाग्छ, र प्रतिष्ठा र हैसियतविना कुनै पनि कुरा गर्न तिनीहरूलाई जाँगर चल्दैन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत दुवै नै तिनीहरूको व्यक्तिगत हितहरूसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छन्; ती तिनीहरूका घातक बिन्दुहरू हुन्। त्यसकारण ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा हैसियत र प्रतिष्ठामै केन्द्रित हुन्छन्। यी कुराहरू नहुने हो भने, तिनीहरूले कुनै पनि काम गर्नेछैनन् होला। ख्रीष्टविरोधीहरूसँग हैसियत भए पनि नभए पनि, तिनीहरूले जुन उद्देश्यको लागि सङ्घर्ष गर्छन्, तिनीहरू जुन दिशामा लागिपर्छन् त्यो यिनै दुई कुराहरू अर्थात् प्रतिष्ठा र हैसियतसँग सम्‍बन्धित हुन्छ। … जब तिनीहरूले मूल्य चुकाउँछन्, त्यो बेला तिनीहरूले किन मूल्य चुकाएछन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै समस्याबारे आवेगसाथ बहस गर्छन्, तब तिनीहरूले किन यसबारे यसरी बहस गरिरहेका छन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै व्यक्तिबारे छलफल गर्छन् वा उसलाई निन्दा गर्छन्, तब तिनीहरूको अभिप्राय र उद्देश्य के हो, त्यो हेर्नू। अनि, जब तिनीहरू कुनै कुराको सन्दर्भमा व्याकुल हुन्छन् वा रिसाउँछन्, तब तिनीहरूले कस्तो स्वभाव प्रकट गर्दै छन्, त्यो हेर्नू। मानिसहरूले मान्छेको हृदयको भित्री भाग देख्‍न सक्दैनन्, तर परमेश्‍वरले देख्‍न सक्नुहुन्छ। जब परमेश्‍वरले मान्छेको हृदयको भित्री भाग हेर्नुहुन्छ, तब मानिसहरूले बोल्ने र गर्ने कुराको सार मापन गर्न उहाँ के प्रयोग गर्नुहुन्छ? यसलाई मापन गर्न उहाँ सत्यता प्रयोग गर्नुहुन्छ। मान्छेको नजरमा त आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्नु उचित कुरा हो। तर त्यसोभए परमेश्‍वरको नजरमा किन यसलाई ख्रीष्टविरोधीहरूको प्रकटीकरण र अभिव्यक्ति, र ख्रीष्टविरोधीहरूको सारका रूपमा चित्रण गरिन्छ? यो कुरा ख्रीष्टविरोधीहरूले गर्ने सबै कुराको प्रेरक शक्ति र उत्प्रेरणामा आधारित हुन्छ। परमेश्‍वरले तिनीहरूले गर्ने कामको प्रेरक शक्ति र उत्प्रेरणालाई सूक्ष्म जाँच गर्नुहुन्छ, र अन्त्यमा, तिनीहरूले गर्ने सबै कुरा कर्तव्य निर्वाह गर्ने, सत्यता अभ्यास गर्ने र परमेश्‍वरमा समर्पित हुने कामको लागि नभई आफ्नै प्रतिष्ठा र हैसियतको लागि हुन्छ भनेर निर्धारित गर्नुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरका वचनहरूबाट मैले ख्रीष्टविरोधीहरूले काटछाँट स्विकार्न नसक्नुको कारण बुझेँ। सत्यतालाई घृणा गर्ने र सत्यताप्रति वितृष्ण राख्ने उनीहरूको सारबाहेक, यसको अर्को मुख्य कारण पनि छ, उनीहरू हृदयमा आफ्नो प्रतिष्ठा र हैसियतलाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। ख्रीष्टविरोधीहरूलाई लाग्छ, उनीहरूका समस्या औँल्याउने वा उनीहरूलाई काटछाँट गर्नेले उनीहरूको जीवन कठिन बनाउन, उनीहरूको इज्जत गुमाइदिन अनि उनीहरूको आत्मसम्मान र हैसियतलाई हानि गर्न खोजिरहेको छ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, ख्रीष्टविरोधीहरू निरन्तर प्रतिरोधी र विरोधी हुन्छन्, र उनीहरूलाई काटछाँट गर्नेहरूलाई शत्रुका रूपमा समेत व्यवहार गर्छन्। चिन्तन गर्दा, मैले आफूमा पनि यो दृष्टिकोण रहेछ भन्ने बुझेँ। सुरुमा, जब मैले ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू अगुवालाई रिपोर्ट गरे भन्ने थाहा पाएँ, तब मलाई लाग्यो, उनीहरूले जानाजानी मेरा समस्याहरू अगुवासामु खुलासा गर्न खोजिरहेका छन्, ताकि मेरो इज्जत गुमोस् र म अप्ठ्यारो अवस्थामा परूँ, र मैले के सोचेँ भने उनीहरूले ममा देखेका समस्याहरूबारे मलाई बताउनुपर्थ्यो वा गोप्य रूपमा ती औँल्याइदिनुपर्थ्यो, र यदि मैले त्यो नस्विकारेकी भए, उनीहरूले यी समस्या अगुवालाई रिपोर्ट गर्नु उचित हुनेथ्यो। वास्तवमा, यदि म साँच्चै सुझाव र सत्यता स्वीकार गर्ने व्यक्ति भएकी भए, म उनीहरूले समस्याहरू अघि सारेको सन्दर्भ वा तरिकाबारे वास्ता गर्नेथिइनँ, बरु, के-के समस्याहरू उठाइएका छन् र मैले कसरी परिवर्तन र सुधार गर्नुपर्छ भन्ने कुराबारे वास्ता गर्नेथिएँ। मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन अनि अगुवाको नजरमा राम्रो छाप कायम राख्न चाहेको कारण ममा त्यस्ता सोचहरू थिए। जब जयदेनले मलाई सुझावहरू दिए र ब्रदर-सिस्टरहरूको अगाडि मलाई खुलासा गरे, तब मलाई स्वीकार गर्न झनै गाह्रो लाग्यो। मैले सोचेँ, उनले मलाई सबैको अगाडि लज्जित पार्न र अपमानित गर्न खोज्दै यसो गरिरहेका छन्, र यसले मानिसहरूको मनमा बसेको मेरो राम्रो छविलाई गम्भीर रूपमा क्षति पुऱ्याउनेछ। प्रतिष्ठा हैसियतको चाहनाले प्रेरित भएर, मैले आफ्नो प्रतिष्ठा फर्काउन अप्रत्यक्ष रूपमा उसका सुझावहरूको विरोध गरेँ, र ममा दुर्भावपूर्ण सोचहरूसमेत थिए, म उनलाई दबाउन र मलजल काममा भाग लिनबाट रोक्न आफ्नो शक्ति र पद प्रयोग गर्न चाहन्थेँ। मैले म वास्तवमै प्रतिष्ठा र हैसियतबारे अत्यधिक चिन्तित छु, आफ्नो प्रतिष्ठा र हैसियतको सुरक्षा गर्नु नै मेरा सबै वचन र कार्यहरूको आधार हो, र म मानिसहरूलाई दबाउनसमेत चाहन्छु भन्ने बुझेँ। मैले प्रतिष्ठा र हैसियत पछ्याउन साँच्चै सही मार्ग होइन र यसले मलाई परमेश्‍वरको प्रतिरोध गर्न मात्र डोऱ्याउनेछ भनेर बुझेँ।

पछि, मैले आफ्ना दुर्भावपूर्ण सोचहरूद्वारा प्रकटित स्वभावबारे चिन्तन गरेँ, र मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई गहन रूपमा छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आक्रमण र प्रतिशोध एक खालको व्यवहार र प्रकटीकरण हो जुन दुर्भावपूर्ण शैतानी प्रकृतिबाट उत्पन्न हुन्छ। त्यो एक प्रकारको भ्रष्ट स्वभाव पनि हो। मानिसहरू यस्तो विचार गर्छन्: ‘यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ! यदि तिमीले मसित इज्जतसाथ व्यवहार गर्दैनौ भने, मैले किन तिमीलाई इज्जतसाथ व्यवहार गर्ने?’ यो कस्तो प्रकारको सोच हो? के यो प्रतिशोध लिने किसिमको सोच होइन र? साधारण व्यक्तिको विचारमा, के यो जायज दृष्टिकोण हैन र? के यो उचित लाग्दैन र? ‘आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,’ र ‘जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै’—गैरविश्‍वासीहरूले प्राय यस्ता कुराहरू बोलिरहन्छन्; तिनीहरूमाझ यी सबै उचित तर्कहरू हुन् र यी कुराहरू पूर्ण रूपमा मानवीय धारणाहरूसँग मेल खान्छन्। तर परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउनेहरूले यी वचनहरूलाई कसरी हेर्नुपर्छ? के यी विचारहरू सही छन्? (छैनन्।) ती किन सही छैनन्? तिनीहरूलाई कसरी खुट्ट्याउनुपर्छ? यी कुराहरू कहाँबाट उत्पन्न हुन्छन्? (शैतानबाट।) ती शैतानबाट उत्पन्न हुन्छन्, यसमा कुनै शङ्का छैन। ती शैतानका कुन-कुन स्वभावहरूबाट आउँछन्? ती शैतानको दुर्भावनापूर्ण प्रकृतिबाट आउँछन्; तिनमा विष हुन्छ, र तिनमा शैतानको सारा द्वेष र कुरूपतासहित त्यसको वास्तविक अनुहार हुन्छ। तिनमा यस्तो प्रकृति सार हुन्छ। त्यस्तो प्रकारको प्रकृति सार भएका दृष्टिकोण, विचार, प्रकटीकरण, बोलीवचन, र कार्यहरूसमेतमा कस्तो चरित्र हुन्छ? निस्सन्देह नै, त्यो मान्छेको भ्रष्ट स्वभाव हो—त्यो शैतानको स्वभाव हो। के ती शैतानी कुराहरू परमेश्‍वरको वचनअनुरूप हुन्छन्? के ती सत्यता अनुरूप हुन्छन्? के ती कुराको आधार परमेश्‍वरको वचनमा छ? (छैन।) के ती परमेश्‍वरका अनुयायीहरूले गर्नुपर्ने कामहरू हुन्, र तिनीहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरू हुन्? के ती विचार र कार्यशैलीहरू सत्यताअनुरूप छन्? (छैनन्।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने आक्रमण र बदलाको मेरा सोचहरू “आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,” र “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै” जस्ता शैतानी विषहरूद्वारा प्रेरित थिए। मलाई लाग्यो, जयदेनले ब्रदर-सिस्टरहरूको अगाडि मेरा समस्याहरू खुलासा गरेर मलाई इज्जत जोगाउन दिइरहेको छैन र ऊ मप्रति निर्दयी भइरहेको छ, जसको अर्थ म उसलाई गर्न सक्छु। यदि मैले उसलाई हाकिम को हो भनेर देखाइनँ भने, उसले मलाई हेप्न सक्छ भन्नेसमेत मलाई लाग्यो, त्यसैले मैले सोचेँ, भविष्यमा म उसलाई मलजल काममा भाग लिन दिनेछैनँ। त्यसपछि उसले मलाई कसरी काटछाँट गर्दो रहेछ हेरौँला। यस बिन्दुमा यी सोच र अभिप्रायहरूबारे चिन्तन गर्दा, मैले आफू वास्तवमै दुर्भावपूर्ण र डरलाग्दो रहेछु भन्ने बुझेँ। जयदेनले मेरा समस्याहरू अगुवालाई रिपोर्ट गर्नुले उनमा कामप्रति जिम्मेवारी बोध छ र उनले मण्डलीको कामको सुरक्षा गरिरहेका छन् भन्ने देखायो। साथै, मैले समूहमा सबैलाई सुझावहरू दिन आग्रह गर्दै मेसेज पठाउँदा, जयदेनले सक्रिय रूपमा आफ्ना सोच र रायहरू साझा गरे, जसले तिनमा बोझको बोध छ भन्ने देखायो, तर मलाई उनले जानाजानी मेरो जीवन कठिन बनाइरहेका छन् भन्ने लाग्यो र मैले तर्क गर्ने र आफ्नो सफाइ दिने प्रयाससमेत गरेँ। उनले गरेको मेरा समस्याहरूको खुलासा तथ्यमा आधारित र पूर्ण रूपमा उचित थियो, र यी कुराहरू सिधै उठाउनु मेरा लागि आफ्नो कर्तव्यमा सहयोगी थियो, र मलाई लज्जित पार्ने अभिप्राय पटक्कै थिएन। यसबाहेक, ब्रदर-सिस्टरहरूमाझ आपसी सुझाव र काटछाँट दयालुपन वा निर्दयीपनको मामिला होइन, र यसबारे मेरो बुझाइमा ममा अविश्‍वासीहरूका जस्तै दृष्टिकोणहरू थिए। विगतमा, मैले ममा राम्रो मानवता छ, र म ख्रीष्टविरोधीले जस्तो अरूलाई दबाउने वा सास्ती दिनेजस्ता कुनै कुरा गर्नेछैनँ भनेर सोचेकी थिएँ, तर तथ्यहरूको प्रकाशद्वारा, मैले आफ्नो प्रकृति साँच्चै दुर्भावपूर्ण रहेछ भन्ने देखेँ। मैले पहिले यस्ता कुनै कुरा गरेकी थिइनँ किनभने उपयुक्त परिस्थिति आएको थिएन, तर निश्चित सन्दर्भहरूमा, म स्वाभाविक रूपमा यी दुर्भावपूर्ण सोचहरू प्रकट गर्न सक्षम थिएँ। यो मेरो प्रकृतिको प्रकाश हो। यस क्षणमा, मैले अन्ततः के बुझेँ भने काटछाँटमा पर्नु साँच्चै ठूलो कुरा हो, नत्र, मैले आभूभित्रका भ्रामक दृष्टिकोण र शैतानी स्वभावहरूलाई कहिल्यै चिन्नेथिइनँ, न त मसँग सुधार गर्ने वा परिवर्तन हुने कुनै उपाय नै हुनेथ्यो। म परमेश्‍वरप्रति धेरै आभारी भएँ र म प्रार्थना गर्न परमेश्‍वरसामु आएँ, “हे परमेश्‍वर, मैले बुझेँ म सत्यताप्रति वितृष्ण मात्र राख्दिनँ, तर मेरो प्रकृति पनि दुर्भावपूर्ण छ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले मलाई सुझाव दिने ब्रदर-सिस्टरहरूलाई आक्रमण गर्न र बदला लिनसमेत चाहें। मैले बुझेँ, ममा मानवताको कमी छ र म विश्‍वासी कहलाइन लायक छैनँ। हे परमेश्‍वर, म पश्चात्ताप गर्न र परिवर्तन हुन चाहन्छु। कृपया मलाई अभ्यास र प्रवेशको मार्ग खोज्न मार्गदर्शन गर्नुहोस्, ताकि मैले मेरा ब्रदर-सिस्टरहरूका सुझावहरू स्वीकार गर्न सिक्न सकूँ।”

मैले आफ्नो आत्मिक भक्तिको समयमा, आफ्ना समस्याहरूबारे पढ्न परमेश्‍वरका वचनहरू खोजेँ र अभ्यासको मार्ग भेट्टाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सुझाव दिन्छ र सत्यताअनुसार काम गर्ने तरिका बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यता सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुरूप रहेछ भनेर तँ पक्‍का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुरूप छैन भनेर तँ पक्का भइस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल कुरा हो। तैँले सत्यता खोज्दा धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्‍नुपर्छ, उसका सबै शब्दहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। उसलाई बेवास्ता गर्ने वा मतलब नगर्ने काम नगर्, किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तैँले सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास गर्नु हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, कुरा एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; जब अरूले तँलाई सुझाव दिइसकछन् र तैँले बुझ्छस्, तब तैँले कामकुरा सच्याउन र सिद्धान्तअनुसार कार्य गर्न सक्नेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्‍वरका लागि यो ठूलो कुरा हो। म किन यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्‍वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यताप्रति वितृष्ण नभएको व्यक्ति हुन्छस्—परमेश्‍वरले तेरो हृदय जाँच्नुहुँदा, उहाँले तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्‍नुपर्दा, तैँले परमेश्‍वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जे जिउँछस् र प्रकट गर्छस् ती सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यता वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँसँग हुने मनोवृत्ति, सोच, र स्थितिहरू नै परमेश्‍वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्‍वरले छानबिन गर्ने कुरा तिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध राख्‍न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए, त्यो हो, अरूका सुझावहरूलाई गम्भीरतापूर्वक लिनु, र जसले ती दिए पनि, चाहे मैले त्यो तुरुन्तै बुझ्न सकूँ वा नसकूँ, वा चाहे ती मेरो इच्छाअनुरूप होऊन् वा नहोऊन्, मैले तिनलाई बेवास्ता गर्नै हुँदैन, झन् तिनलाई पन्छाउने वा तुच्छ ठान्ने कुरै आउँदैन। मैले पहिले यी सुझावहरू स्विकार्नुपर्छ र सबैसँग सङ्गति खोज्नुपर्छ, अनि सत्यता सिद्धान्तहरूसँग मिल्ने कुरालाई स्वीकार र अभ्यास गर्नुपर्छ, र नमिल्ने कुरालाई अपनाउनु हुँदैन। यस प्रक्रियाको दौरान सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताप्रति वितृष्ण राख्ने, हठी, र अहङ्कारी भ्रष्ट स्वभावअनुसार नजिउनु हो, बरु अरूका सुझावहरूलाई खोजी गर्ने मनोवृत्तिले लिनु हो। पछि, मैले ब्रदर-सिस्टरहरूले अघि सारेका केही समस्या र सुझावहरूलाई मेरी सहकर्मीरहरूसँग एक-एक गरी समाधान गर्न छलफल गरेँ। यसरी अभ्यास गरेपछि, मलजल कामका परिणाम पहिलेभन्दा धेरै राम्रो भयो, र मैले जयदेनप्रति राखेको पूर्वाग्रह हटेर गएको पाएँ। म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ।

पछि, मैले आफैलाई सोधें, “मैले मेरा समस्याहरू औँल्याउने ब्रदर-सिस्टरहरूप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ?” मैले आफ्नो खोजीका क्रममा, परमेश्‍वरका वचनहरू पढेँ: “तँ आफूसँग सत्य बोल्न सक्ने मानिसहरूको नजिक हुनुपर्छ; आफ्नो आसपास यस्ता मानिस हुनु तेरो लागि निकै फाइदाजनक हुन्छ। विशेषगरी, तँमा कुनै समस्या पत्ता लगाएपछि तँलाई गाली र खुलासा गर्ने आँट भएका असल मानिसहरू तेरो वरिपरि हुँदाखेरि, त्यसले तँलाई बाटो बिराउनबाट रोक्न सक्छ। तिनीहरूले तेरो हैसियत के हो भनेर वास्ता गर्दैनन्, र तिनीहरूले तैँले सत्यता सिद्धान्तविरुद्ध केही गरेको पत्ता लगाउनेबित्तिकै, आवश्यक परे तँलाई गाली र खुलासा गर्नेछन्। त्यस्ता मानिसहरू मात्र सीधा, र इन्साफको बोध भएका मानिसहरू हुन्। तिनीहरूले तँलाई जसरी खुलासा वा गाली गरे पनि, यो सबै तेरा लागि सहयोगी हुन्छ, र यो सब तेरो सुपरिवेक्षण गर्न र तँलाई अघि ठेल्नको लागि हो। तँ त्यस्ता मानिसहरूको नजिक जानैपर्छ; तँलाई मद्दत गर्न तेरो छेउ त्यस्ता मानिसहरू हुँदा, तँ निकै सुरक्षित हुन्छस्—परमेश्‍वरको सुरक्षा हुनु भनेको यही हो। सत्यता बुझ्ने र सिद्धान्तहरू पालना गर्ने मानिसहरूले तेरो साथ रही तँलाई सुपरिवेक्षण गर्नु तैँले तेरो कर्तव्य राम्ररी निर्वाह गर्न र काम गर्नको लागि निकै फाइदाजनक हुन्छ। तैँले तेरो खुसामद र चापलुसी गर्ने ती धूर्त, छली मानिसहरूलाई आफ्नो सहायक कदापि बनाउनु हुँदैन; त्यस्ता मानिसहरू तँसँग टाँस्‍सिनु भनेको तँमाथि गन्हाउने झिँगा भन्किनुजस्तै हो, तँ धेरै ब्याक्टेरिया र भाइरसको सम्पर्कमा आउनेछस्! त्यस्ता मानिसहरूले तँलाई अवरोध गर्ने र तेरो काममा असर पार्ने सम्भावना हुन्छ, तिनीहरूले तँलाई परीक्षामा फसाउने र बाटो बिराउने तुल्याउन सक्छन्, र तिनीहरूले तँमाथि विपत्ति र प्रकोप निम्त्याउन सक्छन्। तँ तिनीहरूदेखि टाढै रहनुपर्छ, र जति टाढा भयो त्यति नै राम्रो, र यदि तैँले तिनीहरूमा अविश्‍वासीहरूको सार छ भनेर खुट्ट्याउन सकिस् र तिनीहरूलाई मण्डलीबाट निकाल्न सकिस् भने त झनै राम्रो। … यदि तैँले ख्रीष्टविरोधी मार्गबाट टाढा रहने इच्छा गर्छस् भने, तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई प्रेम गर्ने, सीधा मानिसहरूको नजिक जान अग्रसरता लिनुपर्छ, र तेरा समस्याहरू औँल्याउन सक्ने, सत्य बोल्न सक्ने र तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई गाली गर्न सक्‍ने, र विशेषगरी तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई काटछाँट गर्न सक्ने मानिसहरूको नजिक जानुपर्छ—तेरो लागि सबैभन्दा फाइदाजनक व्यक्ति तिनै हुन्, र तैँले तिनीहरूको कदर गर्नुपर्छ। यदि तैँले त्यस्ता असल मानिसहरूलाई बहिष्कार गर्छस् र निकाल्छस् भने, तैँले परमेश्‍वरको सुरक्षा गुमाउनेछस्, र तँमाथि बिस्तारै विपत्ति आइपर्नेछ। असल र सत्यता बुझ्ने मानिसहरूको नजिक आउँदा, तैँले शान्ति र खुसी पाउनेछस्, र विपत्तिलाई आफूभन्दा टाढा राख्‍न सक्‍नेछस्; नीच, निर्लज्ज, र तेरो खुसामद गर्ने मानिसहरूको नजिक गइस् भने, तँ खतरामा पर्नेछस्। तँ सजिलै धोका र छलमा पर्ने मात्र होइन, तँमाथि कुनै पनि समय विपत्ति आइपर्नसमेत सक्‍नेछ। तँलाई कस्तो खालको व्यक्तिले फाइदा पुर्‍याउँछ भनेर तैँले जान्नैपर्छ—तैँले केही गलत गर्दा, वा आफूलाई उच्च पार्दा र आफूबारे गवाही दिँदा र अरूलाई बहकाउँदा, तँलाई खबरदारी गर्ने मानिसहरूले नै तँलाई सबैभन्दा बढी फाइदा पुर्‍याउन सक्छन्। त्यस्ता मानिसहरूको नजिक जानु नै लिनुपर्ने सही मार्ग हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, सत्य बोल्न आँट गर्ने र न्यायको बोध भएकाहरूसँग सक्रिय रूपमा सम्पर्क गर्नुपर्छ, किनभने तिनीहरू पद, शक्ति, वा पारस्परिक भावनाहरूलाई विचार गर्दैनन्। तिनीहरू जे देख्छन् त्यही भन्छन् र आवश्यक पर्दा मानिसहरूलाई खुलासा वा काटछाँट गर्छन्। यस्ता मानिसहरू मेरो वरपर हुनुले उनीहरूलाई मलाई मेरो कर्तव्यमा सुपरिवेक्षण गर्न र सम्झाउन मद्दत गर्ने मात्र होइन, तर मेरो भ्रष्ट स्वभावलाई पनि नियन्त्रण गर्छ। ममा अहङ्कारी स्वभाव थियो र म सधैँ आफ्नै तरिकाले काम गर्थेँ। म सधैँ आफूलाई सही ठान्थेँ र सिद्धान्तहरू खोज्न ध्यान दिँदैनथेँ। मेरो वरिपरि यस्ता ब्रदर-सिस्टरहरू भएकाले, मैले सिद्धान्तविरुद्ध काम गर्दा, उनीहरूले मलाई सच्याउन र खुलासा गर्न सक्थे, मलाई आत्मचिन्तन गर्न र सत्यता खोज्न उत्प्रेरित गर्थे। यसले मलाई गल्तीहरू गर्न र गलत मार्गमा हिँड्नबाट जोगिन, र आफ्नो प्रकृतिलाई अझ स्पष्ट रूपमा बुझ्न पनि मद्दत गर्नेथ्यो। यसले मलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न मद्दत गर्नेथ्यो। ठिक जयदेनजस्तै, जो मण्डलीको कामको रक्षा गर्न, र आफूले देखेका कुनै पनि समस्याहरूबारे सिधै बोल्न र ती औँल्याउन सक्षम थिए। उनले भनेका कुराहरूले कहिलेकाहीँ मलाई लज्जित पारे पनि, ती मेरा लागि आफ्नो कर्तव्यमा सहयोगी थिए। मैले यस्ता मानिसहरूसँग अझ धेरै अन्तरक्रिया गर्नुपर्थ्यो र उनीहरूलाई मेरो अझ धेरै सुपरिवेक्षण गर्न र मलाई सम्झाउन दिनुपर्थ्यो। अब त्यसबारे फेरि सोच्दा, परमेश्‍वरले बन्दोबस्त गरेको यो परिस्थिति साँच्चै महान् थियो भनेर म बुझ्छु। मेरा ब्रदर-सिस्टरहरूबाट सुझावहरू स्वीकार गरेर र काटछाँटमा परेर, मैले आफ्नो कर्तव्यमा भएका केही विचलन सच्याउन सकेको मात्र होइन, तर आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ पनि प्राप्त गरेँ। म सच्चा रूपले परमेश्‍वरप्रति आभारी छु!

अघिल्लो:  ७२. के परमेश्‍वरमाथिको विश्वास केवल शान्ति र आशिष्‌का लागि मात्र हो?

अर्को:  ७५. म अब मेरो गन्तव्यको बन्धनमा छैनँ

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger