७२. के परमेश्‍वरमाथिको विश्वास केवल शान्ति र आशिष्‌का लागि मात्र हो?

हाओयुए, चीन

म छ वर्षकी छँदा, मेरो बुबाकोअर्कै स्त्रीसँग सम्बन्ध छ भन्ने मेरी आमाले थाहा पाउनुभयो त्यसबाट परेको भावनात्मक आघातका कारण उहाँलाई मानसिक रोग लाग्यो। दुई वर्षपछि, बुबा बिरामी परेर बित्नुभयो र उहाँको उपचार अनि काजकिरिया गर्दा सबै पैसा सकियो। तैपनि मेरा काका-काकीले आफ्नो दाइकी विधवा र उनको बच्चालाई मद्दत गर्नु निरर्थक ठाने। मेरी आमा र म धेरै हेपाइ र तिरस्कारको सिकार भयौँ अनि हामीले जीवनमा धेरै कष्ट भोग्यौँ। त्यतिबेलासम्म, मेरी आमाले परमेश्‍वरमा विश्वास गर्न थालिसक्नुभएको थियो र उहाँ मलाई अक्सर भन्नुहुन्थ्यो, “यदि हामी परमेश्‍वरमा विश्वास गर्दैनौँ भने, यस संसारमा लामो समय रहनेछैनौँ।” उहाँले परमेश्‍वरमा विश्वास गरेपछि आफ्नो मानसिक रोग जसोतसो हराएको पनि बताउनुभयो। फलस्वरूप, म परमेश्‍वरप्रति धेरै आभारी थिएँ। सहपाठीहरूले मलाई बहिष्कार गर्दा र हेप्दा, म चुपचाप परमेश्‍वरलाई प्रार्थना गर्थेँ। अचम्मको कुरा, त्यसपछि पहिले मसँग नमिल्ने सहपाठी आफैले मलाई सक्रिय रूपमा सहयोग गर्न थाली र अरूलाई मलाई हेप्न दिँदिन थिई। त्यतिबेला मेरो युवा आत्मालाई परमेश्‍वरमा विश्वास गर्नु साँच्‍चै असल हो, अनि मलाई परमेश्‍वरको आवश्यकता पर्दा उहाँ मेरो सहारा हुनुहुन्छ भन्ने लाग्यो, र म आफू हुर्केपछि आमाले जस्तै आफूलाई परमेश्‍वरका लागि समर्पित गर्न र कर्तव्य पूरा गर्न चाहन्थेँ। हाइस्कुल पढ्‍न थालेपछि, म औपचारिक रूपमा भेलाहरूमा सहभागी हुन थालेँ। कहिलेकाहीँ, म कक्षामा अरूभन्दा पछि परिने भए पनि, भेलामा सहभागी हुन कक्षाबाट छुट्टी माग्थेँ। म सधैँ बिरामी पर्ने गर्थेँ, मलाई रिङ्गटा लाग्थ्यो र अक्सर सुई लगाउनुपर्ने र औषधी खानुपर्ने हुन्थ्यो, तर परमेश्‍वरमा विश्वास गरेपछि म निको हुन थालेँ। यो परमेश्‍वरको अनुग्रह र सुरक्षाको अझ गहिरो अनुभव थियो। एकपटक भेलाको दौरान, ब्रदर-सिस्टरहरूले कर्तव्य पूरा गर्ने महत्त्वपूर्ण समय अहिले नै हो भनेर कुरा गरिरहेका सुन्दा, मैले मनमनै सोचेँ, “परमेश्‍वरको देहधारण, सत्यताको अभिव्यक्ति र मानवजातिको मुक्तिको समयमा जिउन पाउने म साँच्‍चै भाग्यमानी हुँ। मैले उचित रूपमा आफ्नो आस्था अभ्यास गर्न र आफ्नो कर्तव्य पूरा गर्न यो मौका छोप्नुपर्छ।” त्यतिबेला, मैले आफू पढिरहेको प्रतिष्ठित हाइस्कुल छोड्ने निर्णय गर्न हिचकिचाइनँ, र आफ्ना ब्रदर-सिस्टरहरूसँगै आफ्नो कर्तव्य पूरा गर्न थालेँ। मैले सोचेँ, जबसम्म म उचित रूपमा आफ्नो आस्था अभ्यास गर्छु र उत्साहपूर्वक आफ्नो कर्तव्य पूरा गर्छु, तबसम्म परमेश्‍वरले मलाई निश्चय नै अनुग्रह गर्नुहुनेछ र मेरा लागि सबै कुरा राम्रो र सहज भएको सुनिश्चित गर्नुहुनेछ। त्यसबेलादेखि, मैले घामपानी नभनी भेलाहरूमा भाग लिएँ र आफ्नो कर्तव्य पूरा गरेँ। हिउँदमा, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने ठाउँमा सिधै बस जाँदैनथ्यो, त्यसैले म त्यहाँ पुग्न धेरै घण्टा साइकल चलाउँथेँ। मेरो शरीरले केही हदसम्म कष्ट त भोग्यो, तर जबसम्म आफूले परमेश्‍वरको हेरचाह र आशिष् पाउँछु, तबसम्म त्यो कष्ट पूर्णतया सार्थक छ भन्ने मैले सोचेँ।

सन् २०२० को अप्रिलमा, मैले घरबाट टाढा बसेर आफ्नो कर्तव्य पूरा गरेँ। एक दिन दिउँसो, मलाई अचानक मेरो मुटु तीव्र गतिमा र बेस्सरी ढुकढुक गरेको महसुस भयो, मेरो छाती यति कसियो कि मैले सासै फेर्न सकिनँ, अनि म काम्न थालेँ र मलाई कमजोर महसुस भयो। मैले दिउँसोको खाना खान प्रयोग गरिरहेको चपस्टिक मुस्किलले समात्न सकेँ। मलाई असहज त भयो, तर म त्यति चिन्तित थिइनँ। मैले सोचेँ, “म सानो छँदादेखि नै मेरो मुटुमा समस्या हुँदै आएको छ। म थाकेको बेला मेरो मुटु जोडले धड्किन्छ तर यो कहिल्यै ठूलो समस्या भएको छैन, त्यसैले सायद यसपटक पनि केही हुँदैन होला। अझ, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र मेरो शरीर र स्वास्थ्य उहाँकै हातमा छन्। म आफ्नो कर्तव्यमा दृढ रहेसम्म, परमेश्‍वरले पक्कै मेरो सुरक्षा गर्नुहुनेछ र मलाई केही नहोस् भन्ने सुनिश्चित गर्नुहुनेछ।” त्यो रात, मलाई अलि राम्रो महसुस भयो। त्यसपछिका केही दिन, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफ्नो बिमार उहाँको हातमा सुम्पेँ। धेरै बोल्दा मेरो मुटुको धढ्कन बढ्थ्यो र मलाई थकाइ लाग्थ्यो, तर म अझै परमेश्‍वरका वचन नियमित रूपमा खान र पिउन अनि आफ्नो कर्तव्य पूरा गर्न सक्थेँ। मैले सोचेँ, सायद परमेश्‍वरले यस परिस्थितिद्वारा मेरो जाँच गरिरहनुभएको छ, र जबसम्म म अझ धेरै कर्तव्य निर्वाह गर्छु, तबसम्म परमेश्‍वरले मलाई अनुग्रहसाथ व्यवहार गर्नुहुनेछ र म बिस्तारै निको हुनेछु। तर अचम्म, त्यसको तुरुन्तैपछि, मलाई फेरि अर्को दौरा पऱ्यो। म बेलुकाको खाना खाँदै थिएँ, अचानक मेरो मुटुको धढ्कन बढ्न थाल्यो, मेरा हातहरू काम्न थाले र मैले चपस्टिकले खाना समात्न सकिनँ। त्यसको तुरुन्तैपछि, म काम्न थालेँ र मेरो मुटु लगातार जोरले धड्कियो। मेरो अनुहार रातो भयो, मेरा हातखुट्टा चिसा र लाटा भए, र म अनियन्त्रित रूपमा कामेँ। मैले सुस्केरा काढ्न थालेँ, र मलाई पहिले कहिल्यै नभएको निसास्सिएको महसुस भयो। मलाई सास फेरिरहन सक्दिनँ कि भन्‍ने डर लाग्यो र त्यसैले मैले परमेश्‍वरलाई लगातार प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, म अहिले मर्न चाहन्नँ, बिन्ती मलाई बचाउनुहोस्!” एउटी सिस्टरले आपत्‌कालीन अवस्थामा प्रयोग गरिने शरीरको एक्युपोइन्टमा थिच्न थालिन् र मलाई केही आपत्‌कालीन औषधि दिइन्। करिब दश मिनेटपछि, मलाई ऐँठन पर्न छोड्यो, तर मलाई अत्यन्तै कमजोर महसुस भयो र बोल्न एकदमै गाह्रो भइरहेको थियो। ती सिस्टरले मलाई परीक्षणका लागि अस्पताल लगिन् र डाक्टरले मलाई ममा जन्मजात मुटुको रोग भएको बताए। मेरो उमेर बढ्दै जाँदा र रगतमा फोहोर जम्मा हुँदै जाँदा र मेरा रक्तनलीहरू झन्-झन् बन्द हुँदै जाँदा, मेरो मुटुलाई पर्याप्त रगत फाल्न गाह्रो पर्थ्यो र मेरो अवस्था झन्-झन् गम्भीर हुँदै जान्थ्यो। मेरो बिमारको कुनै औषधि थिएन र मैले गर्न सक्ने भनेकै निश्चित चिनियाँ जडीबुटी सेवन गर्ने र अझ बढी आराम गर्ने मात्र थियो। यदि फेरि थप दौराहरू परेनन् भने, म ठिक हुनेथिएँ, तर यदि बल्झियो भने, त्यो एकदमै खराब हुन सक्थ्यो। यदि मलाई अक्सर दौरा पऱ्यो भने, मेरो अवस्था एकदमै खराब हुनेथ्यो र सबैभन्दा खराब त, सायद शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो। म चिन्तित नभई रहनै सकिनँ, सोचेँ, “म लगातार र उत्साहसाथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु, त्यसोभए परमेश्‍वरले किन मेरो सुरक्षा गरिरहनुभएको छैन? मेरो अवस्था किन झन् खराब भएको छ?” मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ र मेरो स्वास्थ्य तपाईँको हातमा छ। म सामान्य, स्वस्थ व्यक्ति जस्तै तन्दुरुस्त हुन माग्दिनँ, र जबसम्म मलाई त्यो बल्झिँदैन र म बिस्तारै निको हुन सक्छु, तबसम्म म अलि कमजोर भए पनि फरक पर्दैन। मेरो शरीरले यी सब बल्झाइहरू सहनै सक्दैन। यदि मेरो स्वास्थ्य साँच्चै बिग्रियो भने, तब मैले के गर्ने?” त्यसपछि, मैले औषधि खाइरहेकी भए तापनि, मलाई फेरि अर्को दौरा पर्छ कि भनेर सधैँ चिन्ता लाग्थ्यो र आफ्नो स्वास्थ्यबारे दिनहुँ परमेश्‍वरलाई प्रार्थना गर्थेँ। तर, मलाई बारम्बार मुटुको समस्या भइरह्यो। म दुई-चार दिन ठिक हुन्थेँ र त्यसपछि अचानक अर्को दौरा पर्थ्यो, त्सपछि मलाई निकै कमजोर महसुस हुन्थ्यो। मेरो स्वास्थ्य कमजोर देखेर, मण्डलीले मलाई घर गएर आराम गर्न र सकेको कर्तव्य पूरा गर्न लगायो।

घरमा हुँदा, जडीबुटी खाँदा पनि मेरो स्वास्थ्य सुध्रिएन। मलाई लगातार मुटुको धड्कन बढ्ने र हातहरू लाटा हुने, साथै ऐँठन पर्ने र दम बढ्ने भइरह्यो। मेरो छाती यति कस्सिन्थ्यो कि मलाई निस्सासिँदै छु जस्तो लाग्थ्यो। मसँग भएको आपत्‌कालीन औषधिले लक्षणहरूलाई अस्थायी रूपमा कम त गर्न सक्थ्यो, तर ती सधैँ फर्किएर आउँथे। बिरामी हुँदा, ओछ्यानमा कोल्टे फेर्दासमेत म यति थकित हुन्थेँ कि मेरो मुटुको धड्कन बढ्थ्यो। मेरो दिनको आधाभन्दा बढी समय ओछ्यानमै बित्थ्यो। मलाई एकदमै एक्ली र निरीह महसुस हुन्थ्यो। अविरल रूपमा आँशु बग्थ्यो, र मेरो मनमा गुनासा र गलतफहमीहरू पलाउँथे। मैले अरू कसैलाई यति बारम्बार मुटुको दौरा परेको देखेकी थिइनँ। म एकदमै कमजोर भइसकेकी थिएँ। यदि यस्तै भइरहेको भए, म सक्किनेथिइनँ र? मेरो परिवारसँग मेरो शल्यक्रियाका लागि पैसा थिएन, त्यसोभए के मैले सहिरहनुपर्ने हो त? म बीस वर्ष अलि नाघेकी मात्र थिएँ, के मैले आफ्नो बाँकी जीवन लगातार बिमार बल्झेर र लगभग अपाङ्ग भएर नै बिताउनुपर्ने थियो? सायद एक दिन म अचानक ढलेर नै मर्छु। “हे परमेश्‍वर, यी वर्षहरूमा मैले तपाईंलाई पछ्याउन आफ्नो पढाइ छोडेकी छु र आफ्नो जवानी त्याग गरेकी छु। मैले अरू केही मागेकी छैनँ, मेरो इच्छा भनेको तपाईंले मलाई सुरक्षित र स्वस्थ राख्नुहोस् भन्ने हो, त्यसोभए मेरो अवस्था किन झन् बिग्रिएको हो? बिरामी परेपछि पनि, मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ। तपाईंले मलाई किन रक्षा गर्नुभएको छैन? म कहिले निको हुनेछु?” जति धेरै सोचेँ, मलाई उति नै अन्यायमा परेको र दुःखी महसुस भयो र म अक्सर ओछ्यानमा पल्टेर रुन्थेँ। म प्राय: आफूले मुटुरोगका लागि फाइदाजनक भनेर सुनेका औषधिहरू किन्थेँ। मैले पश्चिमी औषधिको साइड इफेक्टबाट बच्न चिनियाँ औषधि मात्र प्रयोग गरेँ। तर केही समय जडीबुटी खाएपछि, म अझै पटक्कै निको भइरहेकी थिइनँ। म प्राय: नकारात्मकतामा डुब्थेँ। मैले भोगिरहेको कुरा देख्ने केही ब्रदर-सिस्टरहरूले मसँग परमेश्‍वरको अभिप्रायबारे सङ्गति गर्नुभयो, मैले यस परिस्थितिबाट पाठ सिक्नुपर्छ र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्नुपर्छ भनेर बताउँथे। कोहीले त बिरामीपनबाट गुज्रनेबारे अनुभवात्मक गवाहीका भिडियोहरू खोजेर पनि मलाई दिन्थे। यसले ममा अलि प्रभाव पार्‍यो: मैले आफ्नो बिमारीपनमा परमेश्‍वरको अभिप्राय खोजेकी थिइनँ, र सत्यता प्राप्त गर्नुको सट्टा गुनासा मात्र गरेकी थिएँ। मेरो गवाही खोइ त? मैले यति भ्रष्ट हुन छोडेर आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोज्न थाल्नुपर्थ्यो। यो बुझेर, मैले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “सर्वशक्तिमान् परमेश्‍वर, म आफ्नो बिमारीको पछाडि तपाईंका असल अभिप्रायहरू छन् भनेर सैद्धान्तिक रूपमा बुझ्छु, र तपाईंले गर्ने हरेक कुरा असल छ भनेर सैद्धान्तिक रूपमा बुझ्छु। तर लगातार बिमार बल्झेकाले गर्दा मेरो देहलाई ठूलो कष्ट भइरहेको छ। मलाई एकदमै दुःखी र नकारात्मक महसुस हुन्छ। हे परमेश्‍वर, म खराब स्थितिमा छु, र म तपाईंतिर फर्कन र यति नकारात्मक हुन छोड्न इच्छुक छु। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र आफूबारे साँचो बुझाइ पाउन मार्गदर्शन गर्नुहोस् र यो नकारात्मक स्थितिबाट छुटकारा दिनुहोस्।”

त्यसपछि, मैले आफ्नो स्थितिसँग सम्बन्धित परमेश्‍वरका वचनहरू खोज्न थालेँ। एक दिन, मैले यो खण्ड भेट्टाएँ: “‘परमेश्‍वरमाथिको विश्‍वास’ भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्नुपर्दा, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो आस्थाको अर्थ निम्नानुसार हुन्छ: परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावहरूलाई फाल्छ, परमेश्‍वर का अभिप्रायहरू पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्‍वरमाथिको आस्था’ भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा निकै साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। जब मानिसहरूले यस तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब त्यसको अर्थ गुम्छ, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। जसले आजको दिनसम्म वचनहरूअनुसार परमेश्‍वरमा र खोक्रा धर्मसिद्धान्तमा विश्‍वास गर्छन् तिनीहरूलाई आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव छ, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन् भनेर थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित् गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र कडा रूपले सोचौँ: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वर सोध्नुहुन्छ: “के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?” परमेश्‍वरको प्रत्येक प्रश्‍नले मलाई एकदमै लज्जित बनायो। यति लामो समयदेखि परमेश्‍वरमा विश्वास गरे तापनि, साँचो आस्था के हो भन्ने मलाई केही थाहा थिएन। परमेश्‍वर भन्नुहुन्छ साँचो आस्थाका लागि परमेश्‍वरको काम र वचनको अनुभव गर्नु, परमेश्‍वरले प्रस्तुत गर्ने हरेक परिस्थितिमा समर्पित हुनु, र तीभित्रबाट सत्यता र उहाँका अभिप्रायहरू खोज्नु, आफ्नो भ्रष्ट स्वभाव र आफ्नो विश्वासमा भएका अशुद्धताहरूबारे चिन्तन गर्नु आवश्यक छ ताकि सत्यताको समझ र परमेश्‍वरको ज्ञान हासिल गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सकियोस्। यस्तो प्रकारको आस्थाले मात्र परमेश्‍वरको सराहना पाउन सक्छ। यदि मानिसहरू परमेश्‍वरबाटअनुग्रह र आशिष् मात्र प्राप्त गर्न चाहन्छन् तर अप्रिय परिस्थितिहरू सामना गर्दा परमेश्‍वरका अभिप्राय खोज्दैनन् अनि परमेश्‍वरका वचनहरू र काम अनुभव गर्दैनन् भने, त्यो नाम मात्रको आस्था हो, त्यो धार्मिक आस्था हो। परमेश्‍वर यस्तो आस्था स्वीकार गर्नुहुन्न। परमेश्‍वर आखिरी दिनहरूमा न्याय, सजाय, परीक्षा र शोधनको काम गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूको न्याय अनुभव गरेर, परमेश्‍वरले योजनाबद्ध गर्ने विभिन्न वातावरणहरूद्वारा जाँचिएर, सत्यता खोजेर, र यी कुरामार्फत आफू र परमेश्‍वरलाई चिनेर मात्र, व्यक्तिको जीवनमा प्रगति हुन्छ। मैले सम्झेँ, कतिपय ब्रदर-सिस्टर कसरी मभन्दा धेरै बिरामी थिए, र अस्पतालहरूले निको नहुने घोषणासमेत गरेका थिए, तर तिनीहरूले अझै आफ्नो बिमारमार्फत सत्यता खोजे, आफ्नो भ्रष्टताको ज्ञान पाए, परमेश्‍वरमाथिको विश्वासबारे आफ्ना गलत विचारहरू सच्याए र केही प्रगति गरे। मैले यी वर्षहरूमा परमेश्‍वरमा विश्वास गरेको दाबी गरेकी, र अक्सर अरूसँग आस्थामा परमेश्‍वरका वचन र काम अनुभव गर्नुपर्ने बारेमा सङ्गति गरे तापनि, जब म आफै बिरामी परेँ, तब मैले परमेश्‍वरको अभिप्राय खोजिनँ, र आफू उम्कन नसक्ने नकारात्मक स्थितिमा जिएँ। त्यसैले बिरामी परेपछि, मैले पटक्कै सत्यता प्राप्त गरिनँ। मैले के बुझेँ भने मैले परमेश्‍वरले योजनाबद्ध गरेको वातावरणका कारणले नभई, सत्यता नखोजेका कारण कष्ट भोगिरहेकी थिएँ। मैले परमेश्‍वरमा विश्वास गरेकी हुनाले, म समर्पित हुनुपर्छ, आफ्नो बिमारमार्फत सत्यता खोज्नुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो गवाहीमा दृढ रहनुपर्छ। ममा हुनुपर्ने समझ यही थियो। यो सब बुझेर, मैले परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भनेँ, “मेरो बिमारलाई जेसुकै भए पनि, म समर्पित हुन र आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोज्नमा ध्यान केन्द्रित गर्न इच्छुक छु।”

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, जबकि परमेश्‍वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरूचाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्‍वरमाथिको विश्‍वास’ बारे उहाँमा विश्‍वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्‍वरको भयसँग सम्बन्धित छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्‍वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा उहाँको भय मान्‍नु र आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण, कुटिल, र छली छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्‍छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्‍वरलाई पटक्‍कै दिएको छैन। परमेश्‍वरले मानिसको साँचो हृदय कहिल्यै देख्‍नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन भइदिन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नै लागि आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ। अब हामी फेरि अय्यूबलाई हेरौं। सबैभन्दा पहिला, के तिनले परमेश्‍वरसँग लेनदेन गरे? के परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने तिनको दृढ अडानको पछाडि तिनको कुनै अभिप्राय थियो? त्यस बेला, के परमेश्‍वरले कसैसँग आउनेवाला अन्त्यबारे कुरा गर्नुभएको थियो? त्यस बेला, परमेश्‍वरले कसैसँग पनि अन्त्यको बारेमा प्रतिज्ञा गर्नुभएन, र यही पृष्ठभूमिमा अय्यूबले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सके। के आजका मानिसहरू अय्यूबको दाँजोमा खडा हुन सक्छन्? यसमा धेरै ठूलो असमानता छ; तिनीहरू फरक समूहमा पर्छन्। अय्यूबसँग परमेश्‍वरबारे त्यति धेरै ज्ञान नभएको भए पनि, तिनले आफ्नो हृदय परमेश्‍वरलाई दिएका थिए र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा थियो। तिनले परमेश्‍वरसँग कहिल्यै पनि कुनै लेनदेन गरेनन्, र परमेश्‍वरप्रति तिनको कुनै उग्र चाहना वा मागहरू थिएनन्; बरु, तिनले ‘यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ’ भन्‍ने विश्‍वास गरे। आफ्‍नो जीवनको धेरै वर्षको अवधिमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गप्रति सच्‍चा रहेर तिनले यही देखेका र प्राप्त गरेका थिए। त्यसै गरी, तिनले यी वचनहरूले प्रतिनिधित्व गर्ने प्रतिफलहरू पनि प्राप्त गरेका थिए: ‘के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र प्रतिकुलताचाहिँ ग्रहण नगर्ने?’ यी दुई वाक्य तिनले जीवनको अनुभव गर्ने क्रममा परमेश्‍वरप्रतिको आफ्नो समर्पणको मनोवृतिको परिणामस्वरूप देखेका र जानेका थिए, र यी कुरा तिनका सबैभन्दा शक्तिशाली हतियार थिए जसद्वारा तिनले शैतानका परीक्षाहरूमा विजय पाएका थिए, र यी कुरा नै परमेश्‍वरको गवाही दिन तिनी दृढ भएर खडा हुनुको आधार थिए(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरले विश्वाससम्बन्धी मानिसहरूका विचारहरूलाई पूर्ण रूपमा खुलासा गर्नुभयो। मानिसहरू परमेश्‍वरलाई परमेश्‍वरका रूपमा नभई, बरु उहाँलाई खजानाको ढुकुटी, बहु-उपयोगी साधनका रूपमा हेर्छन्, तिनीहरू आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठान्छन्, र तिनीहरू लालचपूर्वक उहाँबाट अनुग्रह झिक्न खोज्छन्। यस्तो विश्वास अशुद्ध र लेनदेनको हुन्छ र यसमा अलिकति पनि इमानदारी हुँदैन। परमेश्‍वरले मेरो वर्तमान स्थितिबारे सिधै बोल्नुभयो। जब मेरो परिवार कठिनाइबाट गुज्रिरहेको थियो र सहारा कतै थिएन, तब मैले परमेश्‍वरको अनुग्रह र सुरक्षा अनुभव गरेँ, त्यसैले मैले सोचेँ, परमेश्‍वरले मेरी आमा र मैले शान्तिपूर्ण, समस्यारहित जीवन जिएको सुनिश्चित गर्नुहुनेछ। मैले सोचेँ, परमेश्‍वरप्रतिको विश्वासले मलाई जीवनभरि कठिनाइबाट पूर्ण सुरक्षा दिनेछ। यदि केही भइहाल्यो भने, परमेश्‍वरले मेरो सुरक्षा गर्नुहुनेछ र मेरो भलाइका जिम्मेवारी लिनुहुनेछ। ती वर्षहरूमा, मैले आफ्नो पछ्याइमा यस्तै प्रकारको मनोरथ राखेँ अनि परमेश्‍वरको अनुग्रह र आशिष्‌ प्राप्त गर्नु नै मैले आफ्नो कर्तव्य निर्वाह गर्न सबै कुरा त्याग्ने प्रेरणा थियो। जब म बिरामी परेँ र परमेश्‍वरले मलाई निको पार्नुभएन, तब म तुरुन्तै परिवर्तन भएँ। मेरो लामो समयदेखिको आशा चकनाचुर भएको जस्तो भयो। मैले विगतका वर्षहरूमा आफूले त्यागेका र समर्पित गरेका कुराहरूका आधारमा परमेश्‍वरसँग बहस गर्न थालेँ। मैले परमेश्‍वरलाई उहाँले मलाई किन त्यस्तो व्यवहार गर्नुभयो भनेर सोधेँ, र म प्रार्थना गर्न वा उहाँका वचनहरू पढ्नसमेत अनिच्छुक भएँ। म नकारात्मक र विद्रोही स्थितिमा जिएँ। ती वर्षहरूमा परमेश्‍वरले मेरो कमजोर कदमाथि दया गरेर मेरो सुरक्षा र हेरचाह गर्नुभएको थियो, र भौतिक अनुग्रह र आशिष् दिनुभएको थियो, तर म पटक्कै कृतज्ञ भइनँ र झन् लोभी बनेँ। थोरै मात्र समर्पण गरेपछि, परमेश्‍वरले जीवनभर मेरो सुरक्षा गरिदिनुपर्छ भन्ने माग गरेँ र जब उहाँले गर्नुभएन, तब म उहाँसँग रिसाएँ। म कति निर्लज्ज र असमझदार थिएँ! अय्यूबले परमेश्‍वरसँग कहिल्यै कुनै माग गरेनन्, उनले परिस्थिति वा वातावरण जस्तोसुकै भए पनि परमेश्‍वरको डर माने र उनी दुष्टताबाट अलग बसे। परमेश्‍वरले उनलाई आशिष् दिनुहुँदा, उनले परमेश्‍वरलाई धन्यवाद दिए, तर जब उनको परिस्थिति बदलियो र उनले आफ्नो सम्पत्ति गुमाए, उनका छोराछोरीहरू मारिए र उनलाई पीडादायी खटिराहरू निस्किए, तब उनले परमेश्‍वरमा विश्वास र डर राखिरहे र उहाँलाई गुनासोको एक शब्द कहिल्यै भनेनन्। उनले परमेश्‍वरको नामको प्रशंसासमेत गरे। उनको परिस्थिति जतिसुकै बदलिए तापनि, उनी सृजित प्राणीका रूपमा आफ्नो स्थानमा खडा हुन र परमेश्‍वरप्रति समर्पित हुन सके। अय्यूब परमेश्‍वरको साँचो विश्वासी थिए। उनको मानवता र समझले मलाई लज्जित बनाए। ममा परमेश्‍वरमाथि साँचो विश्वास थिएन, र मैले उहाँलाई बहु-उपयोगी साधनका रूपमा व्यवहार गरेँ। मैले परमेश्‍वरको अनुग्रह र आशिष् हरसमय मसँगै रहून् भन्ने चाहेँ। म कति स्वार्थी भइसकेकी रहेछु भनी पत्याउनै सकिनँ! मैले अनुग्रहको युगमा प्रभु येशूले पाँचवटा रोटी र दुईवटा माछाले पेटभरि खुवाएको भीडलाई सम्झेँ। उनीहरूलाई उहाँको प्रवचनमा कुनै रुचि थिएन, र उनीहरू उहाँबाट अनुग्रह, आशिष् र सुविधाहरू मात्र प्राप्त गर्न चाहन्थे। तिनीहरू केवल अवसरवादी र अविश्‍वासी थिए। मैले मेरो लोभ केवल खुवाइन र आफ्नो पेट भर्न चाहने त्यस भीडको भन्दा फरक नभएको देखेँ। म अत्यन्तै भ्रष्ट थिएँ र निश्चय नै परमेश्‍वरमा मप्रति घृणा र अरुचि जगाएँ। यदि मैले यस्ता विचारहरूका आधारमा विश्वास गरिरहेकी भए, मैले जीवनभर विश्वास गरेपनि कहिल्यै सत्यता र मुक्ति प्राप्त गर्नेथिइनँ। मैले मेरो बिमार परमेश्‍वरले मलाई दिएको अझ ठूलो अनुग्रह रहेछ भन्ने देखेँ। यदि मलाई मेरो बिमारमार्फत खुलासा नगरिएको भए, आशिष्‌का लागि मेरो चाहना कति बलियो छ, आफू कति लोभी र घृणिचछु भनेर मैले बुझ्नेथिइनँ। त्यसपछि मेरो रूपान्तरण हुने कुनै मौका हुनेथिएन। परमेश्‍वरले मेरा कार्यहरूका आधारमा मलाई व्यवहार गर्नुभएन र ब्रदर-सिस्टरहरूमार्फत मलाई मदत समेत गर्नुभयो अनि आफ्ना वचनहरूमार्फत उहाँको अभिप्राय बुझ्न मलाई अन्तर्दृष्टि दिनुभयो र मार्गदर्शन गर्नुभयो। मलाई लज्जित र दोषी, आफू परमेश्‍वरको प्रेम र मुक्तिको अयोग्य महसुस भयो। मैले आँसु झार्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, र भनेँ, “हे परमेश्‍वर, बिमारमार्फत प्रकट भएर, मैले यी वर्षहरूमा तपाईँबाट अनुग्रह मात्र मागिरहेकी छु, र त्यो नपाउँदा गुनासाहरू गरेँ भनेर सिकेँ। म तपाईंकी धेरै ऋणी भएकी छु र म विश्वासी हुन योग्य छैन। म आफूमा धेरै भ्रष्टता छ र आफूलाई शोधन गर्न र धुन मलाई यो बिमार आवश्यक छ भन्ने जान्दछु। मैले बाँकी जीवन यो बिमारसँगै बिताउनुपरे पनि, म समर्पित हुनेछु र फेरि कहिल्यै तपाईंबारे गुनासो गर्नेछैन।” अचम्मको कुरा, जब मेरो मनोवृत्ति बदलियो, तब मेरो शरीर बिस्तारै निको हुन थाल्यो। मलाई त्यस्ता बारम्बार दौराहरू परेनन् र म बिस्तारै आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जसले मलाई मेरो स्थितिबारे अझ बढी बुझाइ प्रदान गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधी प्रकारको व्यक्तिले आफूलाई चाहे जति धेरै कुराहरू आइपरे पनि परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर तिनलाई सम्बोधन गर्ने प्रयास कहिल्यै गर्दैन, कामकुराहरूलाई परमेश्‍वरका वचनहरू मार्फत हेर्ने कोसिस गर्नु त परै जाओस्—जुन पूर्ण रूपमा यस कारणले हो कि उनीहरू परमेश्‍वरका वचनहरूको प्रत्येक पङ्क्ति सत्यता हो भनी विश्‍वास गर्दैनन्। परमेश्‍वरको घरले चाहे जसरी सत्यतामा सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ग्रहण गर्दैनन्, र परिणामस्वरूप तिनीहरूले जस्तोसुकै परिस्थितिको सामना गर्दा पनि तिनीहरूमा सही मनोवृत्ति हुँदैन; विशेषगरी, तिनीहरूले परमेश्‍वर र सत्यतालाई कसरी लिन्छन् भन्‍ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू जिद्दी हुँदै आफ्ना धारणाहरू पन्छाउन मान्दैनन्। तिनीहरूले विश्‍वास गर्ने ईश्‍वर त चिन्ह र आश्चर्यकर्महरू देखाउने अलौकिक ईश्‍वर हो। चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने जोकोही होस्—चाहे त्यो गुयानयिन बोधिसत्त्व, बुद्ध, वा माजु होस्—तिनीहरू तिनलाई ईश्‍वर भनी बोलाउँछन्। तिनीहरू चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्नेहरू मात्र ईश्‍वरको पहिचान बोकेका ईश्‍वरहरू हुन्, र नसक्नेहरूले जतिसुकै सत्यताहरू व्यक्त गरे पनि, तिनीहरू ईश्‍वर नै हुन् भन्ने जरुरी छैन भन्ने विश्‍वास गर्छन्। तिनीहरू सत्यता व्यक्त गर्नु भनेको परमेश्‍वरको महान् शक्ति र सर्वशक्तिमान्‌ता हो भन्ने बुझ्दैनन्; बरु, तिनीहरूले चिन्ह र आश्चर्यकर्महरू देखाउनु मात्र ईश्‍वरहरूको महान् शक्ति र सर्वशक्तिमान्‌ता हो भन्ठान्छन्। त्यसकारण, मानिसहरूलाई विजय गर्न र मुक्ति दिन सत्यता व्यक्त गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूलाई मलजल, रखवारी, र अगुवाइ गर्नु, तिनीहरूलाई वास्तवमै परमेश्‍वरको न्याय, सजाय, परीक्षा, र शोधन अनुभव गर्न र सत्यता बुझ्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, र परमेश्‍वरप्रति समर्पित हुने र उहाँको आराधना गर्ने मानिस बन्‍न सक्षम बनाउनु, आदि जस्ता देहधारी परमेश्‍वरको व्यावहारिक कामका सम्बन्धमा भन्नुपर्दा—ख्रीष्टविरोधीहरूले यी सबै मानिसको काम भएको, र परमेश्‍वरको नभएको ठान्छन्। ख्रीष्टविरोधीहरूका मनमा, ईश्‍वरहरूले वेदीको पछाडि लुकेर उनीहरूलाई भेटीहरू चढाइन लगाउनुपर्छ, मानिसहरूले चढाएका खानेकुराहरू खानुपर्छ, उनीहरूले बालेका धूपको धुँवामा सास लिनुपर्छ, उनीहरू समस्यामा पर्दा सहयोगको हात फैलाउनुपर्छ, उनीहरू आफैँ निकै शक्तिशाली भएको देखाएर तिनीहरूले बुझ्न सक्ने दायराभित्रबाटै तिनीहरूलाई तत्काल सहायता प्रदान गर्नुपर्छ, र मानिसले सहायता माग्दा र तिनीहरू आफ्नो बिन्तीमा इमानदार हुँदा तिनीहरूका आवश्यकताहरू पूरा गर्नुपर्छ। ख्रीष्टविरोधीहरूका लागि, यस्तो ईश्‍वर मात्र साँचो ईश्‍वर हो। यसबीचमा, आज परमेश्‍वरले गर्नुहुने सबै कुरालाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्छन्। अनि त्यस्तो किन हुन्छ? ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विचार गर्दा, उनीहरूलाई सृष्टिकर्ताले सृजित प्राणीहरूमाथि गर्नुहुने मलजल, रखवारी र मुक्तिको काम चाहिँदैन, बरु सबै कुरामा समृद्धि र आफ्ना इच्छाहरूको परिपूर्ति चाहिन्छ, यो जीवनमा दण्डित नहुने, र आउँदो संसारमा स्वर्गमा जाने कुरा चाहिन्छ। उनीहरूको दृष्टिकोण र आवश्यकताहरूले तिनीहरूको सत्यताप्रतिको घृणाको सारलाई पुष्टि गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक))। पहिलोपटक यो खण्ड पढ्दा, म अलि चकित भएँ: के यसलेठ्याक्कै मेरो वर्तमान स्थितिको वर्णन गरिरहेको थिएन र? पहिले, मलाई आस्थामा मेरो पछ्याइबारे दृष्टिकोण गलत छ भन्ने मात्र थाहा थियो, तर यो खण्ड पढेपछि मैले के बुझेँ भने यत्तिका समय मैले आफ्ना धारणा र कल्पनाहरूको परमेश्‍वरमा विश्वास गरिरहेकी रहेछु। विगतमा, मैले परमेश्‍वरको धेरै अनुग्रह पाएकी थिएँ र उहाँका केही कामहरू देखेकी थिएँ। यो हामीप्रति परमेश्‍वरको कृपा र सुरक्षा अनि उहाँले हाम्रा समस्याहरूअनुसार हाम्रा लागि बाटो खोलिदिनु थियो, जसले गर्दा हामीले सामान्य जीवन बिताउन र उहाँलाई पछ्याउनका लागि उपयुक्त परिस्थिति पाउन सक्यौँ। जब मैले बिस्तारै केही सत्यता बुझ्न थालेँ, परमेश्‍वरले मेरो जीवनमा आवश्यक पर्ने कुराका आधारमा मलाई धुन र रूपान्तरण गर्न उपयुक्त परिस्थितिहरू योजनाबद्ध गर्नुहुन्थ्यो र मलाई उहाँबारे ज्ञान प्राप्त गर्न दिनुहुन्थ्यो। यो परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने एउटा तरिका हो। तैपनि, मैले परमेश्‍वरको यति धेरै अनुग्रह पाएपछि, उहाँलाई मेरा धारणाहरूमा सीमित गरेँ, उहाँ अनुग्रह र आशिष् दिने परमेश्‍वर हुनुहुन्छ भनी विश्वास गरेँ। परमेश्‍वरका कार्यहरू मेरा अपेक्षाहरूअनुरूप नहुँदा, मैले आफ्ना धारणाहरूका आधारमा उहाँको न्याय गरेँ, उहाँले मेरो सुरक्षा गर्नुपर्छ र मलाई यति बिरामी हुन दिनु हुँदैन भनी विश्वास गरेँ। मैले शब्दमा चाहिँ परमेश्‍वरको नाम स्विकारेँ, तर आफ्ना धारणा र कल्पनाहरूको अस्पष्ट परमेश्‍वरमा विश्वास गरेँ। यो परमेश्‍वरको निन्दा थियो। यो बुझेर, म डराएँ र यो बिमार मेरा लागि एक प्रकारको अनुग्रह हो भनी मैले झन् धेरै बुझेँ, जसले मलाई परमेश्‍वरबारे मेरा धारणाहरू सच्याउन मदत गर्‍यो। यो सबै परमेश्‍वरको प्रेम र मुक्ति थियो। मैले पश्चात्ताप गर्न तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ।

मेरो बिमार एकपल्टका लागि थिएन, यो दीर्घकालीन र अनुमान गर्न नसकिने थियो, त्यसैले मैले प्रवेशका लागि मार्ग खोज्नुपर्थ्यो। पछि, मैले परमेश्‍वरका वचनहरूका यी खण्डहरू देखेँ: “हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्‍ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका सर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के छन् सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। … साँचो रूपले सत्यताको पछि लाग्‍ने, परमेश्‍वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्‍ने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई पछ्याउँछस्, त्यसैले तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभाव फाल्नैपर्छ, तैँले परमेश्‍वरका अभिप्रायहरूको पूर्ति पछ्याउनैपर्छ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तँ तँलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूमाथिको प्रभुत्वरहित छस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै प्राकृतिक क्षमता छैन। तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरका वचनहरू मार्फत मैले उहाँका मागहरूबारे केही बुझाइ प्राप्त गरेँ। आफ्नो आस्थामा, हामीले आशिष् र शान्ति खोज्नु हुँदैन, बरु परमेश्‍वरको काम अनुभव गर्न सृजित प्राणीका रूपमा आफ्नो स्थानमा खडा हुनुपर्छ, विभिन्न परिस्थितिहरूमार्फत परमेश्‍वरका अभिप्राय र उहाँको स्वभावबारे बुझाइ प्राप्त गर्नुपर्छ, र त्यस्ता परिस्थितिहरूमार्फत आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ अनि आशिष्‌ र आफ्ना अशुद्धताहरूप्रतिको आफ्नो चाहनाविरुद्ध विद्रोह गर्नुपर्छ। यसो गरेर मात्र हामीले स्वभावगत रूपान्तरण र मुक्ति प्राप्त गर्न सक्छौँ। विगतमा, मेरो आस्था अनुग्रह प्राप्तिमा आधारित थियो। त्यसैले यति लामो समयसम्म बिरामी भए पनि, मैले कहिल्यै सत्यता खोजिनँ र मेरो जीवनले क्षतिहरू भोग्यो। जब म समर्पित भएँ र मैले सत्यता खोजेँ अनि परमेश्‍वरका वचन र काम अनुभव गर्न थालेँ, तब परमेश्‍वरका असल अभिप्रायहरू महसुस गर्न थालेँ। मेरो देहले केही हदसम्म कष्ट भोग्यो, तर यस परिस्थितिले आस्थाबारेका मेरा गलत विचारहरूलाई सच्यायो र मलाई आफ्नो आस्थामा मेरा घृणित अभिप्रायहरू चिन्न र तिनलाई समयमै सच्याउन दियो। यो परमेश्‍वरको कृपा र प्रेमको अझ ठूलो उदाहरण थियो, उहाँले मेरो देहलाई दिएको अनुग्रह र आशिष्‌भन्दा पनि ठूलो हो। म अझै पूर्ण रूपमा निको भएकी थिइनँ र कहिलेकाहीँ दौरा पर्थ्यो। म केवल समर्पित भएर परमेश्‍वरलाई गुनासो नगर्दैमा सन्तुष्ट हुन मिल्दैनथ्यो, मैले उहाँको अभिप्राय खोजिरहनुपर्थ्यो, आफूले कस्तो भ्रष्टता प्रकट गरेँ, मेरा कुन पक्षहरू परमेश्‍वरले अझै घृणा गर्नुहुन्छ भनी चिन्तन गर्नुपर्थ्यो, र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्थ्यो। म हिँड्नुपर्ने बाटो यही थियो। यो बुझेपछि, मलाई परमेश्‍वरबाट कम विमुख भएको महसुस भयो, म आफ्नो कर्तव्यमा अझ सक्रिय भएँ, मैले आफ्नो कामका समस्याहरू समीक्षा गर्नमा ध्यान केन्द्रित गर्न थालेँ, आफूमा कमी भएका क्षेत्रहरूसँग सम्बन्धित सिद्धान्तहरू अध्ययन गरेँ, र आफ्नो व्यावसायिक सीपमा केही सुधार देख्न थालेँ। बिस्तारै, मेरो स्वास्थ्यमा सुधार हुन थालेको छ र दौराहरू बारम्बार हुनु कम भएको छ। मलाई यो बुझाइ र रूपान्तरण हासिल गर्न मार्गदर्शन गर्नुभएकामा परमेश्‍वरलाई धन्यवाद छ!

अघिल्लो:  ७१. सजिलो बाटो अपनाउँदा कर्तव्यहरू बिग्रन्छन्

अर्को:  ७३. काटछाँटबाट प्राप्त अन्तर्ज्ञान

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger