८०. गैरजिम्मेवार ढङ्गले कर्तव्य निर्वाह गर्नुका परिणामहरू

डेजी, संयुक्त राज्य अमेरिका

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको काममा आफ्नो कर्तव्य निर्वाह गर्नु सम्मानको कुरा हो। यो हरेक व्यक्तिको लागि सम्मानको कुरा हो। यो अपमानको कुरा होइन; मुख्य कुरा भनेको तैँले परमेश्‍वरबाट प्राप्त गरेको यो सम्मानलाई कसरी लिन्छस् र यसको ऋण कसरी चुकाउँछस् भन्‍ने हो। परमेश्‍वरले तँलाई उत्थान गर्नुभएको छ; उहाँको दयाप्रति आभारी हुन नचुक्। परमेश्‍वरको अनुग्रहको ऋण कसरी तिर्ने त्यो तैँले जान्‍नुपर्छ। तैँले यो ऋण कसरी तिर्नुपर्छ? परमेश्‍वरले तेरो पैसा वा जीवन चाहनुहुन्‍न, र उहाँले तेरो परिवारबाट प्राप्त भएका कुनै पनि सरसम्पत्ति चाहनुहुन्‍न। परमेश्‍वरले के चाहनुहुन्छ? परमेश्‍वरले तेरो इमानदारिता र बफादारिता चाहनुहुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१९))। परमेश्‍वरका वचनहरूको यो खण्ड पढ्दा, मैले केही समयअघिको आफ्नै अनुभवबारे सोचेँ, जतिबेला म आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएकी थिएँ र काटछाँटमा परेकी थिएँ। परमेश्‍वरले मलाई अगुवाको कर्तव्यमा उचाल्नुभएको थियो, तर मैले त्यसको कदर गरिनँ र कर्तव्यलाई बोझ र झन्झट ठानेँ, जसले गर्दा काममा ढिलाइ भयो अनि म ऋणीपन र पछुतोमा डुबेँ।

अप्रिल २०२३ मा, माथिल्लो अगुवाले भिडियोको काम र प्रवचनको कामको जिम्मेवारी लिन मलाई र दुई जना सहकर्मी सिस्टरलाई खटाए। सुरुमा, म सङ्कल्पले भरिएकी थिएँ, र मैले मेरा सहकर्मी सिस्टरहरूसँग मिलेर अनुपयुक्त टोली अगुवा र सुपरिवेक्षकहरूलाई फेरबदल गरेँ, हरेक टोलीको कामको प्रगतिको अनुगमन गरेँ, कामका विचलनहरू पत्ता लगाएँ, कामको योजना बनाएँ, आदि इत्यादि गरेँ। कामको बोझ धेरै भए पनि र त्यसले मलाई व्यस्त पारे पनि, मलाई निकै सन्तुष्टि लाग्थ्यो। पछि, माथिल्लो अगुवाले मलाई पटकथा लेखन कामको अनुगमन गर्नमा ध्यान केन्द्रित गर्न लगाउनुभयो। यो काम मेरा लागि एकदमै चुनौतीपूर्ण थियो, र मलाई आफूले सक्दो मेहनत गरे पनि त्यो राम्ररी गर्न सक्दिनँ भन्ने लाग्यो। तर माथिल्लो अगुवाले त्यसमा सिधै खटाएकाले, मैले यस कामलाई बेवास्ता गर्ने आँट गरिनँ, त्यसैले मैले आफ्नो लगभग सबै शक्ति पटकथा लेखनको काममा लगाएँ। अरू टोलीका ब्रदर-सिस्टरहरूले मलाई प्रश्‍नहरू सोध्दा, म सजिला प्रश्‍नहरू तुरुन्तै समाधान गर्थेँ, तर सोच्नुपर्ने वा समय र प्रयास लाग्ने कुनै पनि कुरालाई म नदेखेको नाटक गर्थेँ, वा सीधै मेरा सहकर्मी सिस्टरहरूलाई सम्हाल्न सुम्पिदिन्थेँ। म धेरै मेसेजहरू हेरिसकेपछि पनि “नपढिएको” भनेर सेट गर्थेँ। यस बेला, मेरा सहकर्मी सिस्टरहरूले पनि मलाई अरू टोलीको काम अनुगमन गर्न सम्झाउँथे। म मुखले त सहमत हुन्थेँ, तर पछि केही सतही काम मात्र गर्थेँ, र केही दिनपछि, मलाई त्यो झन्झटिलो लाग्थ्यो र म त्यसलाई सम्हाल्ने कष्ट उठाउन सक्दिनँथेँ। कहिलेकाहीँ मसँग केही खाली समय हुन्थ्यो, र म अरू कामको अनुगमन गर्न सक्छु कि भनी सोच्थेँ, तर त्यसपछि सोच्थेँ, “मेरो व्यावसायिक सीपमा अझै धेरै कमी छ, र यो समय अझ धेरै व्यावसायिक ज्ञान सिक्नमा बिताउनु राम्रो हुन्छ, ताकि म सकेसम्म चाँडो सुधार गर्न सकूँ र पटकथा लेखनको काम अझ राम्रोसँग सम्हाल्न सकूँ। यो आफ्नो उचित कामलाई बेवास्ता गर्नु होइन; मेरा सहकर्मी सिस्टरहरूले बुझ्नुपर्छ।” यसरी, मेरो हृदयमा त्यो अलिकति ग्लानि हरायो।

एक दिन, मैले भिडियो कामको प्रगति ढिलो भएको थाहा पाएँ र अवस्था बुझ्न टोली अगुवालाई मेसेज पठाएँ। टोली अगुवाले मलाई कारणहरूको लामो सूची पठाए। मैले उसले उल्टै तर्क मात्र गरिरहेको देखेँ, त्यसैले मैले विवरणहरू बुझ्न चाहेँ, तर त्यसपछि मैले सोचेँ, “विवरणहरू बुझ्न धेरै समय लाग्नेछ, र यो काम मुख्यतया मेरी सहकर्मी सिस्टरको जिम्मेवारी भएकाले, उनले पनि यसको अनुगमन गर्नेछिन्, त्यसैले मैले आफ्नो काममा ढिलाइ हुन नदिन धेरै चिन्ता गर्नु हुँदैन।” चाँडै, माथिल्लो अगुवाले भिडियो कामको ढिलो प्रगतिले काममा गम्भीर ढिलाइ गरेको थाहा पाए, त्यसैले उनले हामीलाई गैरजिम्मवार भएकामा कडा काटछाँट गरे, र यस कामकी जिम्मेवार सिस्टरलाई बर्खास्त गरे। त्यसपछि, अगुवाले मलाई केरकार गर्दै सोधे, “के तपाईँलाई आफूलाई पटकथा लेखनको काम सम्हाल्न दिइँदैमा, आफूले त्यो काम राम्रोसँग गरेसम्म, अरू काममा जतिसुकै ठूलो समस्या आए पनि त्यसको तपाईँसँग कुनै सम्बन्ध छैन भन्‍ने लाग्छ? के तपाईँ कष्ट भोग्न डराउनुहुन्छ? तपाईँ अत्यन्तै गैरजिम्मेवार हुनुहुन्छ, वास्तविक काम नगरी पद ओगट्नुहुन्छ। तपाईँ भरोसा वा संवर्धनको नालायक केवल झुटो अगुवा हुनुहुन्छ!” माथिल्लो अगुवाका शब्दहरूले मलाई ठूलो पीडा दिए। मलाई आफूले हालसालै धेरै कामहरूको अनुगमन गरेकी छैनँ, र अगुवाले मलाई काटछाँट गर्दा भनेको कुरा साँचो हो भन्ने थाहा थियो, तर पछि, मलाई केही हदसम्म दुःख पनि लाग्यो, र सोचेँ, “मैले पटक्कै वास्तविक काम गरेकी छैनँ भन्ने कुरा साँचो होइन। म त केवल पटकथा लेखनको काममा आफ्नो ऊर्जा केन्द्रित गर्न चाहन्थेँ। यो त्यति ठूलो समस्या होइन, हो त?” त्यसैले मैले आफ्नो स्थितिसम्बन्धी परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ, र परमेश्‍वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र दुष्ट हुन्छन्। तिनीहरूको ‘स्वार्थीपन र दुष्टता’ को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ र तिनीहरूले यसका लागि दुःख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन् र आफूलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखा बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्तिले बाधा वा अवरोध पुर्‍याइरहेको भए पनि ख्रीष्टविरोधीहरू त्यसलाई वास्ता गर्दैनन् र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्‍ने लाग्छ। शिष्ट रूपमा भन्‍नुपर्दा तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, तुच्छ र घिनलाग्दो हुन्छ भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई ‘स्वार्थी र दुष्ट’ भनेर चित्रण गर्दछौँ। … तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित होलान् कि भन्‍ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू करकापमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो हैसियत र शक्ति कायम राख्नको निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार फैलाउने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्‍न भइरहेका भए पनि तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूसामु नै कुनै समस्या हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट काटछाँट गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरूले मन नलागी-नलागी थोरै वास्तविक काम गर्नेछन् र माथिलाई केही गरेर देखाउनेछन्; त्यसलगत्तै तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको काम, अझ विस्तृत सन्दर्भका महत्त्वपूर्ण कामकुराका सम्बन्धमा, तिनीहरू यी कुराहरूमा रुचि देखाउँदैनन् र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन् वा तिनीहरू हिचकिचाउँछन् र मन नलागी नलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र दुष्टताको अभिव्यक्ति हो, होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई साँच्चै लाज लाग्यो। म यसरी आफ्नो कर्तव्य पूरा गर्थेँ। सुरुमा म कामको जिम्मेवारी उठाउन उत्साहित र दृढनिश्चित थिएँ, किनकि यदि यस काममा समस्या आयो भने, मेरा दुवै सहकर्मी सिस्टरहरू र मैले जिम्मेवारी लिनुपर्छ भन्ने मलाई थाहा थियो। त्यसैले मैले सहकार्य गर्न सक्दो गरेँ, किनभने काम राम्रोसँग सम्पन्न हुँदा, मलाई पनि फाइदा हुनेथ्यो। पछि, माथिल्लो अगुवाले मुख्यतः मलाई पटकथा लेखनको कामको अनुगमन गर्न खटाए र मैले राम्रोसँग गरिनँ भने, त्यसले मेरो कमजोर क्षमता र वास्तविक काम गर्ने असक्षमता प्रकट गर्नेछ भन्ने मलाई चिन्ता भयो, त्यसैले मैले आफ्नो सम्पूर्ण ध्यान पटकथा लेखनको काममा लगाएँ, र टोलीको काम, उनीहरूको व्यावसायिक अध्ययन, र टोली सदस्यहरूको स्थितिलाई सकेसम्म ध्यान दिन खोजेँ। पटकथा लेखनको काममा अझ धेरै मेहनत गर्नु राम्रो भए तापनि, पछि, मसँग अन्य कामको अनुगमन गर्ने समय र ऊर्जा स्पष्ट रूपमा भए पनि, म त्यसको झन्झट उठाउन अनिच्छुक भएँ। कहिलेकाहीँ, म आफ्नो इज्जत जोगाउन मन नलागी-नलागी झारा टार्दै केही सतही काम गर्थें, कतिपय काम मेरो प्रत्यक्ष जिम्मेवारी होइन, र यदि समस्या आयो भने, अगुवाले मलाई सिधै जवाफदेही ठहराउनेछैनन् भनेर सोच्थेँ। मैले सोचेँ, यदि मैले कम मेहनत गरेँ भने, त्यसले मलाई धेरै असर गर्नेछैन, र त्यो समय अझ धेरै व्यावसायिक सीपहरू सिक्नमा बिताउनु राम्रो हुनेछ, र त्यसैले, तार्किक लागेकाले, मैले काम अरूलाई सुम्पेर हस्तक्षेप नगर्ने प्रबन्धक बनेँ। मैले कर्तव्य निर्वाह गर्ने मेरो तरिकाको स्थिति ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै छ, कामकुरा गर्दा म हिसाबी र सूक्ष्म हुन्छु भन्ने बुझेँ। म आफ्नो प्रतिष्ठा र हैसियतलाई फाइदा पुर्‍याउने कुनै पनि कुराका लागि अझ धेरै सोच्थेँ अनि दुःख भोग्न र मूल्य चुकाउन इच्छुक हुन्थेँ, जबकि आफूलाई फाइदा नहुने कुनै पनि कुरालाई बेवास्ता गर्थेँ, र दबाब दिइएपछि मात्र कदम चाल्थेँ र समस्या खडा हुँदा वास्ता गर्दिनथेँ। आफ्नो कर्तव्य निर्वाह गर्ने तरिकाअनुसार त म ठ्याक्कै श्रमिक वा गैरविश्‍वासीजस्तै थिएँ। मैले परमेश्‍वरका यति धेरै वचनहरूको मलजल पाएकी थिएँ तर आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नेबारे सोचिनँ, र मेरा सबै सोच आफ्नै प्रतिष्ठा र हैसियतबारे मात्र थिए। म साँच्चै स्वार्थी र घृणास्पद भएकी थिएँ!

पछि, मैले के पनि विचार गरेँ भने मलाई आफूले अरू कामलाई बेवास्ता गर्दा एकदमै निर्दोष लाग्नुको कारण, आफूले भर्खरै लिएको पटकथा लेखनको काम मलाई चुनौतीपूर्ण लागेकाले र यसमा अझ धेरै ध्यान आवश्यक परेकाले गर्दा थियो, त्यसैले मैले अरू कामलाई बेवास्ता गरेँ भने पनि, सबैले बुझ्नेछन्, र मैले वास्तविक काम गरिरहेकी छैनँ जस्तो हुनेछैन। तर माथिल्लो अगुवाले किन म झूटो अगुवा हुँ भनेर भने? मैले अगुवा र कामदारहरूको जिम्मेवारीबारे परमेश्‍वरका वचनहरू खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “एक अगुवाका रूपमा, तँ एउटा कार्यका लागि मात्र नभई सबै कामका लागि जिम्मेवार हुन्छस्। यदि तैँले कुनै विशिष्ट कार्य अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने देख्छस् भने, तैँले त्यो कामको पर्यवेक्षण गर्न सक्छस्, तर तैँले अरू कार्यहरूको निरीक्षण, निर्देशन, र अनुगमन गर्ने समय पनि निकाल्नुपर्छ। यदि तँ एउटा कार्य राम्ररी गरेर नै सन्तुष्ट हुन्छस् र त्यसपछि कामकुरा सकिएको ठान्छस्, अनि अरू कार्यहरूबारे वास्ता वा सोधपुछ नगरी ती कार्यहरूमा अरू मानिसहरूलाई खटाउँछस् भने, यो गैरजिम्मेवार व्यवहार र जिम्मेवारी विमुखता हो। यदि तँ अगुवा होस् भने, तँ जति धेरै कार्यहरूका लागि जिम्मेवार भए तापनि, निरन्तर तिनका बारेमा प्रश्‍नहरू सोध्‍नु र सोधपुछ गर्नु, अनि साथसाथै तिनको निरीक्षण गर्नु र समस्याहरू देखा पर्नेबित्तिकै तुरुन्तै समाधान गर्नु तेरो जिम्मेवारी हो। यो तेरो काम हो। अनि त्यसैले, तँ क्षेत्रीय अगुवा, जिल्ला अगुवा, मण्डली अगुवा, वा कुनै टोली अगुवा वा सुपरिवेक्षक जेसुकै भए पनि, तैँले तेरा जिम्मेवारीहरूको दायरा थाहा पाएपछि, तैँले वास्तविक काम गरिरहेको छस् कि छैनस्, अगुवा वा कामदारले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस्, साथै तैँले आफूलाई सुम्पिएका कैयौँ कार्यहरूमध्ये कुन कार्यहरू गरेको छैनस्, तँ कुन कार्य गर्न चाहँदैनस्, कुन कार्यहरूले खराब नतिजाहरू निकालेका छन्, र तँ कुन कार्यहरूका सिद्धान्तहरू बोध गर्न असफल भएको छस् भनेर बारम्बार जाँच गर्नैपर्छ। यी सबै थोकहरू तैँले बारम्बार जाँच्नुपर्छ। साथसाथै, तैँले अरू मानिसहरूसँग सङ्‍गति गर्न र प्रश्‍नहरू सोध्‍न सिक्‍नैपर्छ, अनि परमेश्‍वरका वचनहरू र कामका प्रबन्धहरूमा अभ्यासका निम्ति योजना, सिद्धान्तहरू र मार्ग पहिचान गर्न सिक्‍नैपर्छ। जुनसुकै कामको प्रबन्ध होस्, चाहे त्यो प्रशासन, कर्मचारी वा मण्डली जीवनसँग सम्बन्धित होस्, वा कुनै पनि पेसागत कामसँग सम्बन्धित होस्, यदि त्यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूसँग सम्‍बन्धित छ भने, त्यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो र अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्र पर्ने कुरा हो—तैँले ध्यान दिनुपर्ने कार्यहरू यिनै हुन्। स्वाभाविक रूपमा, प्राथमिकताहरू परिस्थितिका आधारमा निर्धारण गरिनुपर्छ; कुनै पनि काम पछि पर्नु हुँदैन। कतिपय अगुवा र कामदारहरूले भन्छन्, ‘मसँग तीन वटा टाउका र छ वटा पाखुराहरू छैनन्। कामको प्रबन्धभित्र धेरै कामहरू छन्; यदि मलाई ती सबैको जिम्मेवारी दिइएमा म कदापि व्यवस्थापन गर्न सक्दिनँ।’ यदि तँ केही कार्यहरूमा व्यक्तिगत रूपमा सामेल हुन सक्दैनस् भने, के तैँले ती काम गर्न अरू कसैको प्रबन्ध गरेको छस्? यो प्रबन्ध गरेपछि, के तैँले अनुगमन र सोधपुछहरू गरिस्? के तैँले उनीहरूको कामको सूक्ष्म जाँचपड्ताल गरिस्? तँसित अवश्यै पनि सोधपुछ र सूक्ष्म जाँचपड्ताल गर्ने समय त थियो होला? तैँले पक्कै पनि गरिस्! कतिपय अगुवा र कामदारहरू यसो भन्छन्, ‘म एक पटकमा एउटा कार्य मात्र गर्न सक्छु। यदि तिमीले मलाई सूक्ष्म जाँचपड्ताल गर्न आग्रह गर्छौ भने, म एक पटकमा एउटा कार्यको मात्र सूक्ष्म जाँचपड्ताल गर्न सक्छु; त्योभन्दा अलिकति पनि बढी असाध्य हुन्छ।’ यदि त्यस्तो हो भने, तँ केही न कामको छस्, तेरो क्षमता अत्यन्तै कमजोर छ, तँसित कुनै काम गर्ने सक्षमता छैन, तँ एक अगुवा वा कामदार हुन योग्य छैनस्, र तैँले राजीनामा दिनुपर्छ। आफूलाई सुहाउने कुनै काम मात्र गर्—काम गर्नका लागि तेरो क्षमता अत्यन्तै कमजोर भएकै कारण मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा ढिलाइ नगरा; यदि तँसित यो समझको कमी छ भने, तँ स्वार्थी र नीच छस्। यदि तँमा साधारण क्षमता छ तर तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्, तँ प्रशिक्षण लिन इच्छुक छस्, र तँ आफूले यो काम राम्ररी गर्न सक्नेमा निश्चित महसुस गर्दैनस् भने, तैँले काममा तँसित सहकार्य गर्नका लागि असल क्षमता भएका एक-दुई जना मानिसहरू खोज्नुपर्छ। यो राम्रो तौरतरिका हो, र यसलाई समझ भएको मानिन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०))। परमेश्‍वरका वचनहरूको पहिलो वाक्यले नै मेरा धारणाहरूलाई खण्डन गर्‍यो। परमेश्‍वर भन्नुहुन्छ, अगुवाहरू समग्र कामका लागि जिम्मेवार हुन्छन्, र उनीहरूमा आफ्नो जिम्मेवारीको दायराभित्रको हरेक कामको विस्तृत बुझाइ हुनुपर्छ। कामको अनुगमन गर्दा, उनीहरूले जरुरी भएअनुसार प्राथमिकता दिन सक्छन्, विशेष गरी महत्त्वपूर्ण कामहरूको अनुगमन गर्नमा ध्यान दिन सक्छन्, र यदि आफू कामको भारद्वारा थिचिएमा अरू कामहरू अन्य ब्रदर-सिस्टरहरूलाई सुम्पन सक्छन्, तर उनीहरू काम अरूलाई सुम्पने र त्यसपछि तिनलाई बेवास्ता गर्ने हस्तक्षेप नगर्ने प्रबन्धक हुनु हुँदैन। उनीहरूले अझै पनि समय-समयमा यी कामहरूबारे सोधपुछ र तिनको निरीक्षण गर्नुपर्छ, अनि कुनै समस्याहरू तुरुन्तै समाधान गर्नुपर्छ। कसैले आफ्नै कल्पनामा भर पर्न, र अरू कामलाई बेवास्ता गरेर आफूले महत्त्वपूर्ण ठानेको कामको मात्र अनुगमन गर्न मिल्दैन; यो कर्तव्यलाई बेवास्ता गर्नु हो। मैले सोचेँ, हरेक दिन पटकथा लेखनको काममा डुबेर, सबैसँग पटकथा लेख्नेबारे सहकार्य गरेर र समस्याहरूबारे छलफल गरेर, वास्तविक काम गरिरहेकी छु। मैले कामकुरालाई परमेश्‍वरका वचनहरूका आधारमा हेरिनँ, बरु आफ्नै कल्पनाअनुसार आफ्नो कर्तव्य पूरा गरेँ, जसको मतलब के हो भने, मैले कहिलेकाहीँ मात्र सोध्ने गरेका धेरै कामहरू पछि मलाई कुनै दोषी महसुस नभई बेवास्ता गरिए, र माथिल्लो अगुवाले मलाई आफ्नो कर्तव्यलाई बेवास्ता गरेकामा काटछाँट गर्दा, मलाई अन्यायमा परेजस्तो महसुस भयो। म साँच्चै भावशून्य भएँ! सत्य कुरो के थियो भने, म केही समय एउटै काममा व्यस्त भएकी भए पनि, मैले अरू कामको अनुगमन नगर्न यो बहाना चल्दैनथ्यो। परमेश्‍वर ठिक त्यसै भन्नुहुन्छ: “यदि तँ केही कार्यहरूमा व्यक्तिगत रूपमा सामेल हुन सक्दैनस् भने, के तैँले ती काम गर्न अरू कसैको प्रबन्ध गरेको छस्? यो प्रबन्ध गरेपछि, के तैँले अनुगमन र सोधपुछहरू गरिस्? के तैँले उनीहरूको कामको सूक्ष्म जाँचपड्ताल गरिस्? तँसित अवश्यै पनि सोधपुछ र सूक्ष्म जाँचपड्ताल गर्ने समय त थियो होला? तैँले पक्कै पनि गरिस्!” यस समयमा, म मुख्यतया पटकथा लेखनको काममा केन्द्रित थिएँ, तर यदि मैले मन गरेको भए, अरू कामका लागि पनि बोझ लिनुपर्थ्यो र सकेसम्म सन्तुलन राख्ने प्रयास गर्नुपर्थ्यो। यदि ममा ऊर्जा नभएको भए, म आफ्ना सहकर्मी सिस्टरहरूसँग स्पष्ट रूपमा कुराकानी गर्न सक्थेँ, र उनीहरूलाई अझ धेरै कामको अनुगमन गर्न लगाउन सक्थेँ, र यदि समस्याहरू उत्पन्न भएमा, हामी सँगै मिलेर छलफल गर्न र समाधान गर्न सक्थ्यौँ। यदि म धेरै कामका लागि जिम्मेवार थिएँ र ममा क्षमताको कमी थियो भने, माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्न सक्थेँ, ताकि काममा ढिलाइ नहोस्। मुख्य समस्या मसँग समय हुँदै नहुनु नभई म समय लगाउन अनिच्छुक हुनु थियो। यो जिम्मेवारीको कमी र झूटो अगुवा हुनुको सङ्केत थियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्नो कर्तव्यमा साह्रै गैरजिम्मेवार र अगुवा हुन साँच्चै अयोग्य भएकी छु। म परमेश्‍वरको घरले मलाई दिएका तालिमका धेरै अवसरका लागि कृतज्ञ भइनँ, र मैले आफ्नो कर्तव्यलाई बोझ र झन्झटका रूपमा लिएँ। मसँग साँच्चै विवेक वा मानवता छैन! परमेश्‍वरको घरले मलाई बर्खास्त नगरेकाले, म पश्चात्ताप गर्न र यस अवसरको कदर गर्न इच्छुक छु, र आगामी दिनमा आफ्नो कर्तव्य लगनशील भई राम्रोसँग पूरा गर्नेछु।”

पछि, माथिल्लो अगुवाले मलाई अनुभवात्मक गवाही भिडियोहरू खिच्ने कामको जिम्मेवारी दिए। म एकदमै कृतज्ञ भएँ, र सोचेँ, “यसपटक म साँच्चै पश्चात्ताप गर्नेछु र आफ्ना कर्तव्यमा अझ बढी जिम्मेवारी लिनेछु।” त्यसबेलादेखि, मेरा दिनहरू भरिभराउ भए, र म अक्सर राती अबेरसम्म व्यस्त हुन्थेँ। केही समयसम्म मैले राती अबेरसम्म काम गरेँ, र जब मैले कामको नतिजामा केही सुधार देखेँ, तब म एकदमै खुसी भएँ, सोचेँ, मैले यसपटक केही वास्तविक काम गरेकी छु, र माथिल्लो अगुवाले मेरो पश्चात्ताप देख्न सक्नुपर्छ। पछि, मैले अनुभवात्मक गवाही भिडियोहरू खिच्ने कामको अनुगमन गर्न एक सुपरिवेक्षक भेट्टाएँ, र मेरो तालिका अलि खुकुलो भयो, र मैले मण्डलीका अरू कामहरूलाई ध्यान दिने समय पाएँ। तर पछि भएको कुराले मलाई फेरि प्रकट गर्‍यो। त्यतिबेला, मण्डलीले केही सामान किन्नु परेको थियो, र त्यसमा मण्डलीको आर्थिक कुरा समावेश भएकाले, मेरी एक सहकर्मी सिस्टरले मलाई त्यसबारे छलफल गर्न अनुरोध गरिन्। सुरुमा, म छलफलमा भाग लिन सक्थेँ, तर केही पटकपछि, मलाई त्यो झन्झटिलो लाग्यो, सोचेँ, यो मामिला छलफल गर्नुले धेरै समय खाइरहेको छ, यो मुख्यतया मेरी सहकर्मी सिस्टरको जिम्मेवारी हो, र यदि यो राम्रोसँग सम्पन्न भयो भने, मैले भाग लिएँ कि लिइनँ भनेर माथिल्लो अगुवाले थाहा पाउनेछैनन्। मैले सोचेँ, यो समय अझ धेरै अनुभवात्मक गवाही भिडियोहरू खिच्नमा बिताउनु राम्रो हुनेछ, किनकि त्यसका देखिने नतिजा हुन्छन्। तर जब मैले यो पनि कसरी मेरो जिम्मेवारीको दायराभित्र पर्छ भन्नेबारे सोचेँ, तब मैले आफ्नो इज्जत जोगाउन झारा टार्ने हिसाबले छलफलमा भाग लिनुपर्‍यो। अर्को टोलीको भिडियोको काम पनि थियो जसबारे म कहिलेकाहीँ मेसेज पठाएर मात्र सोधपुछ गर्थेँ। कहिलेकाहीँ मलाई असहज महसुस हुन्थ्यो, तर त्यसपछि सोच्थेँ, “हालसालै कुनै समस्या आएको छैन, त्यसैले म आफ्नो समय माथिल्लो अगुवाले हाल जोड दिइरहेको काममा केन्द्रित गर्नेछु, किनकि यदि यी कामहरूमा समस्या देखा परे भने, तिनका लागि सिधै म जिम्मेवार हुनेछु।” त्यसैले मैले त्यस टोलीको भिडियो कामको विवरणको अनुगमन गर्नुलाई तबसम्म बेवास्ता गरेँ जब एक दिन माथिल्लो अगुवाले अचानक हामीलाई सम्पर्क गरेर, प्रशोधन नगरिएका दशभन्दा बढी भिडियोहरू थुप्रिएर बसेका छन् भनेर भने, र हामीलाई यसबारे थाहा छ कि छैन भनेर सोधे। यो सुनेर, मेरो मुटु ढुकढुक भयो, र मैले सोचेँ, “अब म सिद्दिएँ। यो काम मेरो प्रत्यक्ष जिम्मेवारी थियो। के मैले आफ्ना कर्तव्यलाई बेवास्ता गरेका कारण नै यो ठूलो समस्या भएको होइन र?” त्यसपछि, माथिल्लो अगुवाले मलाई यसो भन्दै काटछाँट गरे, “तपाईँका समस्याहरू पछिल्लो पटक मात्र सम्बोधन गरिएका थिए, र अहिले तपाईँ फेरि गैरजिम्मेवार भइसक्नुभएको छ! तपाईँलाई पटकथा लेखनको काम दिँदा, त्यसको मात्र ख्याल गर्नुभयो, र अहिले तपाईँलाई अनुभवात्मक गवाही भिडियोहरूको जिम्मा लगाउँदा, यसको मात्र ख्याल गरिरहनुभएको छ। के तपाईँलाई साँच्चै अगुवाका रूपमा तपाईँले आफ्नो काममा मात्र ध्यान दिनुपर्छ र बाँकीलाई बेवास्ता गर्नुपर्छ भन्ने लाग्छ? तपाईँ कष्टदेखि डराउनुहुन्छ, तपाईँमा बोझको बोध छैन, र तपाईँ सत्यता पछ्याउनुहुन्न! तपाईँजस्तो व्यक्ति कसरी धेरै कामका लागि जिम्मेवार हुन सक्नुहुन्छ?” त्यसपछि, मलाई केही जिम्मेवारीहरूबाट मुक्त गरियो। यसरी जिम्मेवारीमा हेरफेर गरिँदा मलाई एकदमै दुःख लाग्यो, र मैले सोचेँ, “म असाध्यै स्वार्थी, घृणास्पद, र मानवताहीन छु। सायद म साँच्चै मुक्ति पाउन सक्दिनँ।” तर पछि, मलाई केही हदसम्म अन्यायमा परेजस्तो महसुस भयो, र सोचेँ, “मैले हालसालै साँच्चै नै मेहनत गरिरहेकी छु, त्यसोभए मलाई फेरि गैरजिम्मेवार भएकीमा किन काटछाँट गरियो त? के म साँच्चै पटक्कै परिवर्तन भएकी छैनँ र?”

एकपटक, आफ्नो कर्तव्य पूरा गर्ने विषयमा परमेश्‍वरका केही सङ्गतिले मलाई गहन रूपमा प्रभावित गरे, र मैले अन्ततः आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गर्न थालेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “मलाई भन, मानिसहरूले कसरी न्यायोचित कार्यहरू गर्नुपर्छ, र त्यो असल कार्यहरू तयार गर्नु भनेर मानिनका लागि तिनीहरूले यो कस्तो स्थिति र अवस्थामा गर्नुपर्छ? कम्तीमा पनि, तिनीहरूमा सकारात्मक र सक्रिय मनोवृत्ति हुनैपर्छ, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार हुनैपर्छ, सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्‍नैपर्छ, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नैपर्छ। सकारात्मक र सक्रिय हुनु नै मुख्य कुरा हो; यदि तँ सधैँ निष्क्रिय हुन्छस् भने, यो समस्याजनक कुरा हो। यो त तँ परमेश्‍वरको घरको सदस्य नभएजस्तो र तैँले आफ्नो कर्तव्य निर्वाह नगरे जस्तो, बरु रोजगारदाताले तँलाई यो गर्न माग गर्ने हुनाले तलब कमाउनका लागि यो गर्नुबाहेक तँसँग अरू कुनै विकल्प नभएजस्तो हो—तँ यो स्वेच्छाले गरिरहेको छैनस्, बरु धेरै निष्क्रिय रूपमा गरिरहेको छस्। यदि यसमा तेरा हितहरू संलग्न नभएका भए, तैँले यो पटक्कै गर्ने थिइनस्। अथवा यदि कसैले तँलाई यो गर्न नभनेको भए, तैँले यो पटक्कै गर्ने थिइनस्। त्यसोभए, यस तरिकाले कामकुरा गर्नु भनेको असल कार्यहरू गर्नु होइन। त्यसैले, यस्ता मानिसहरू अत्यन्तै मूर्ख हुन्छन्; तिनीहरू आफूले गर्ने हरेक कुरामा निष्क्रिय हुन्छन्। तिनीहरू गर्छु भनेर सोच्न सक्ने काम गर्दैनन्, न त तिनीहरू समय र ऊर्जा लगाएर पूरा गर्न सक्ने काम नै गर्छन्। तिनीहरू केवल पर्खन्छन् र नियालेर हेर्छन्। यो समस्याजनक र निकै दयनीय कुरा हो। म यो निकै दयनीय छ भनेर किन भन्छु? पहिलो, तेरो क्षमता अपर्याप्त भएर होइन; दोस्रो, तेरो अनुभव अपर्याप्त भएर होइन; तेस्रो, तँसँग यो गर्नका लागि सही अवस्थाहरू नभएर होइन। तँसँग यो काम गर्ने क्षमता छ, र यदि तैँले समय र ऊर्जा खर्च गरिस् भने, तँ यो गर्न सक्षम हुनेछस्, तर तँ गर्दैनस्, तँ असल कार्यहरू तयार गर्न असफल हुन्छस्। यो अत्यन्तै खेदजनक छ। म यो खेदजनक छ भनेर किन भन्छु? किनभने यदि तैँले धेरै वर्षपछि यसलाई फर्केर हेरिस् भने, तँलाई पछुतो लाग्नेछ, र यदि तँ त्यो काम गर्नका लागि त्यो वर्ष, त्यो महिना, र त्यो दिनमा फर्केर जान चाहन्छस् भने, परिस्थितिहरू परिवर्तन भइसकेका हुनेछन् र त्यो समय बितिसकेको हुनेछ। तैँले त्यस्तो अर्को मौका पाउनेछैनस्; जब त्यो अवसर बित्छ, त्यो बित्छ, जब त्यो गुम्छ, त्यो गुम्छ। यदि तैँले राम्रो खाना खाने वा राम्रो लुगा लगाउने जस्ता दैहिक सुखहरू गुमाइस् भने, यसले खासै फरक पार्दैन, किनभने यी कुराहरू खोक्रा हुन्छन्, र तिनले तेरो जीवन प्रवेश वा तेरो असल कार्यहरूको तयारी, वा तेरो गन्तव्यमा कुनै प्रभाव पार्दैनन्। तर, यदि कुनै कुरा परमेश्‍वरको तँप्रतिको मनोवृत्ति र मूल्याङ्कनसँग, वा तँ हिँड्ने मार्ग र तेरो गन्तव्यसँग समेत सम्बन्धित छ भने, त्यो गर्ने अवसर गुमाउनु अत्यन्तै खेदजनक हुन्छ। यस्तो किन हुन्छ भने, यसले तेरो अस्तित्वको भविष्यको मार्गमा एउटा दाग छोड्नेछ र पछुतो उत्पन्न गराउनेछ, र तैँले तेरो पूरै जीवनमा त्यसलाई परिपूर्ति गर्ने अर्को मौका कहिल्यै पाउनेछैनस्। के यो खेदजनक होइन र? यदि तेरो क्षमता असाध्यै कमजोर छ र तैँले यो काम गर्न सक्दैनस् भने, त्यो खेदजनक छैन—परमेश्‍वरको घरले यो गर्नका लागि अरू कसैलाई प्रबन्ध गर्न सक्छ। यदि तँ यो राम्ररी गर्न सक्षम छस्, तर तँ त्यो गर्दैनस् भने, त्यो अत्यन्तै खेदजनक हुन्छ। यो परमेश्‍वरद्वारा तँलाई दिइएको अवसर हो, तर तँ यसलाई गम्भीरतापूर्वक लिँदैनस्, तँ यो अवसरलाई च्याप्प समात्दैनस्, र तँ यसलाई आफ्नो औँलाहरूबाट फुत्कन दिन्छस्—यो अत्यन्तै खेदजनक छ! तेरा लागि, यो खेदजनक छ; परमेश्‍वरका लागि, यो निराशाजनक छ। परमेश्‍वरले तँलाई पर्याप्त क्षमता र श्रेष्ठतर अवस्थाहरू दिनुभएको छ, जसले तँलाई केही कुरा स्पष्ट रूपमा देख्न र यस कामका लागि सक्षम बनाउँछ। तर, तँसँग सही मनोवृत्ति छैन, तँसँग अर्पण वा निष्कपटता छैन, र तँ यो राम्ररी गर्नका लागि आफ्नो सक्दो प्रयास गर्न चाहँदैनस्। यसले परमेश्‍वरलाई निकै निराश तुल्याउँछ। … मानौँ सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति सधैँ झाराटारुवा छ, र तैँले बाहिरी रूपमा प्रतिज्ञाहरू गर्छस् तर पर्दापछाडि तिनलाई व्यवहारमा लागू गर्दैनस्, र तँ ढिलासुस्ती गर्छस् र तँमा तात्कालिकताको भावनाको कमी हुन्छ, र तँमा परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्ने सकारात्मक मनोवृत्ति छैन। बाहिरी रूपमा तैँले अवरोध र बाधाहरू नगर्ने, दुष्टता नगर्ने, मनमानी र बेपरवाह तरिकाले कार्य नगर्ने वा कुकर्म गर्दै जथाभाबी नदौडने, र तँ नियम-पालन गर्ने र निकै शिष्ट भएको व्यक्ति देखिने भए पनि, तँ परमेश्‍वरले तँलाई गर्न लगाउनुभएका कुराहरू सकारात्मक र सक्रिय रूपमा गर्दैनस्, बरु तँ धूर्त हुन्छस् र ढिलासुस्ती गर्छस्, र वास्तविक काम गर्नबाट पन्छिन्छस्। त्यस्तो अवस्थामा, तँ कुनचाहिँ मार्गमा हिँडिरहेको छस् त? यो ख्रीष्टविरोधीको मार्ग नभए पनि, कम्तीमा पनि यो झूटा अगुवाको मार्ग हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरूको यो खण्ड पढेपछि, मैले आत्मचिन्तन गर्न थालेँ। मलाई माथिल्लो अगुवाले पछिल्लोपटक काटछाँट गरेदेखि नै, मैले आफू आफ्ना कर्तव्यमा गैरजिम्मेवार भएकी छु भनेर जानेँ र सकेसम्म चाँडो पश्चात्ताप गर्न चाहेँ। सुरुमा, म हरेक दिन राती अबेरसम्म काम गर्थेँ, र मेरा कर्तव्यले केही नतिजा ल्याए, त्यसैले मैले पश्चात्ताप देखाएकी छु भन्ने सोचेँ, तर पछि, त्यस कामलाई माथिल्लो अगुवाले ध्यान दिएनन् भने, मलाई त्यो झन्झटिलो लाग्थ्यो र म त्यसको कष्ट उठाउन चाहन्नँथेँ। मैले के देखेँ भने, मैले देखाएको “पहल” र “सक्रियता” छली र अशुद्ध थिए। म काटछाँटमा परेपछि नयाँ काममा खटाइने वा बर्खास्त गरिने हो कि भनेर डराएकी हुनाले, मैले आफ्नो अहमता र हैसियत कायम राख्न, केही समय कष्ट सहेँ र आफूलाई समर्पित गरेँ, तर यो व्यवहार बढीमा आत्म-संरक्षण मात्र थियो। ठिक परमेश्‍वरले भाडाको मजदुरले केवल ज्याला कमाउन आफ्नो मालिकले खटाएको काम मात्र गर्नेबारे भन्नुहुने कुराजस्तै, उसले जे गर्छ त्यो हृदयबाट हुँदैन। यस मनोवृत्तिले गरेको मेरो कर्तव्य निर्वाहलाई असल कार्य मान्न सकिँदैनथ्यो। साँचो कर्तव्य निर्वाह सक्रिय हुन्छ र त्यसमा बोझको बोध हुन्छ। यसमा कर्तव्यप्रति बफादारी र काम राम्रोसँग सम्पन्न भएको सुनिश्चित गर्न सत्यता सिद्धान्तहरू खोज्नु समावेश हुन्छ। मैले आफ्नो हालैको कार्यसम्पादनबारे चिन्तन गरेँ: अगुवाहरूले मलाई अनुभवात्मक गवाही भिडियोहरू खिच्ने कामको जिम्मा दिँदा, मैले केवल यही काममा ध्यान केन्द्रित गरेँ, तर बाँकी कामका सन्दर्भमा भने, जबसम्म यसमा मेरा हित समावेश हुँदैनथे, तबसम्म मेरो मनोवृत्ति पूर्ण रूपमा उदासीन हुन्थ्यो, र मैले अरू कामलाई बोझ र झन्झटका रूपमा लिएँ। भिडियो थुप्रिएको समस्या मेरा लागि एउटा प्रकाश थियो, र मैले आफूले पटक्कै पश्चात्ताप गरेकी छैनँ भन्ने बुझेँ। मैले देखाएको थोरै असल व्यवहार भनेको आफ्नो हैसियत जोगाउने र आफ्नो प्रतिष्ठा पुन: प्राप्त गर्ने प्रयास मात्र थियो, र मेरो कर्तव्यप्रतिको मनोवृत्ति अझै परिवर्तन भएको थिएन। मैले माथिल्ला अगुवाहरूले दिएका कामहरू अनि आफ्नो प्रतिष्ठा र हैसियतसँग सम्बन्धित कामहरू मात्र गरेँ। यो साँचो कर्तव्य निर्वाह थिएन। सत्य कुरा के हो भने, अगुवा हुन व्यक्तिले अरू ब्रदर-सिस्टरहरूले भन्दा बढी चिन्ता लिनुपर्छ। यदि म जिम्मेवार हुन चाहन्नथेँ भने, मैले सक्रिय रूपमा माथिल्ला अगुवाहरूलाई भन्नुपर्थ्यो, र वास्तविक काम नगरी पद ओगट्नुभन्दा अरूलाई त्यो भूमिका सम्हाल्न दिनुपर्थ्यो। यसले परमेश्‍वरको घरलाई हानि गऱ्यो। के म वास्तविक काम नगरी पदको लाभ उठाउने झुटो अगुवा मात्र भइरहेकी थिइनँ र? मैले माथिल्ला अगुवाहरूले मलाई “भरोसा वा संवर्धनको अयोग्य” भएकीमा कसरी मूल्याङ्कन गरेका थिए भनेर सोचेँ! म ठ्याक्कै त्यस्तै थिएँ। मैले मण्डलीको समग्र कामलाई बेवास्ता गरेकी थिएँ, र म वास्तवमै भरोसाको लायक थिइनँ। म जिम्मेवार रहेको काम अलिअलि गर्दै घट्दै गयो, र जब मैले त्यो वास्तवमै गुमाएँ, तब मलाई साँच्चै पछुतो लाग्यो। मैले आफू अगुवाहरूले मलाई सिधै खटाएको काममा अडिग रहेसम्म, आफ्नो हैसियत कायम राख्न सक्छु भन्ने सोचेँ, तर बदलामा मैले आफ्ना कर्तव्यहरू गुमाएँ अनि असल कार्यहरू तयार गर्ने र सत्यता प्राप्त गर्ने अवसरहरू गुमाएँ। यो मेरो सबैभन्दा ठूलो क्षति थियो। यदि मैले आफ्ना कर्तव्यमा यही मनोवृत्ति कायम राखेकी भए, मलाई निश्चय नै “निरन्तर गैरजिम्मेवार र झाराटारुवा” भएकीमा मूल्याङ्कन गरिनेथ्यो र मेरो व्यक्तिगत निष्ठा पूर्ण रूपमा समाप्त हुनेथ्यो। त्यसो गरेर, मैले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर र आफ्नो मुक्तिको मौकालाई बर्बाद गरिरहेकी थिएँ!

त्यसपछि, म अक्सर यस मामिलाबारे सोच्थेँ, मलाई आफू एकदमै स्वार्थी भएकी छु भन्ने लाग्थ्यो, आफ्ना कर्तव्यमा आफ्नै हितबारे मात्र सोच्थेँ। त्यसपछि मैले परमेश्‍वरका केही सान्दर्भिक वचन सम्झेँ, त्यसैले मैले ती खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। मैले यो खण्ड पटक-पटक पढेँ। परमेश्‍वर भन्नुहुन्छ, मानिसहरूले उहाँको काम अनुभव गर्नअघि र सत्यता बुझ्नअघि, शैतानले विभिन्न विष र बाँच्ने नियमहरू उनीहरूमा हालिदिन्छ र ती मानिसहरूको जीवन बन्छन्, र त्यसैले मानिसहरू शैतानको छविमा जिउँछन्, र शैतानको प्रकृतिले मानिसहरूको हरेक शब्द र कार्यलाई नियन्त्रण गर्छ। म शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएकी थिएँ, र म जीवनभरि एकदमै स्वार्थी भएकी थिएँ। परिवार वा साथीहरूले मलाई मद्दत माग्दा, यदि मैले त्यसबाट फाइदा लिन सक्थेँ भने, म खुसीसाथ सहमत हुन्थेँ, वा यदि त्यो व्यक्ति आफूले खुसी पार्न वा नजिक हुन चाहेको व्यक्ति हो भने, म सम्पूर्ण हृदयले मद्दत गर्न पनि इच्छुक हुन्थेँ। तर यदि मैले फिटिक्कै फाइदा पाउन सक्दिनथेँ भने, मलाई त्यो झन्झटिलो लाग्थ्यो र म उनीहरूको वास्ता गर्न समेत चाहँदिनथेँ। मेरा बुबा मलाई भन्नुहुन्थ्यो, “तिमी किन यति निर्दयी छौ?” तर मैले उहाँको कुरा वास्ता गरिनँ, र मैले मानिसहरू यस्तै त हुन्छन् नि भन्ने सोचेँ! मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा, मेरो अझै पनि आफ्नै एजेन्डा हुन्थ्यो, र म आफूलाई फाइदा हुने कामहरूमा मात्र ध्यान केन्द्रित गर्थेँ, मण्डलीको कामलाई बिरलै विचार गर्थेँ। उदाहरणका लागि, केही ब्रदर-सिस्टर खराब स्थितिमा हुँदा, यदि म उनीहरूका लागि सिधै जिम्मेवार हुन्थेँ भने, प्रेमका साथ मद्दत गर्थेँ, किनकि यसले उनीहरूको नजरमा असल अगुवाका रूपमा मेरो छवि बनाउन मद्दत गर्थ्यो। तर यदि उनीहरू मेरो प्रत्यक्ष जिम्मेवारी हुन्थेनन् भने, मैले उनीहरू भ्रष्ट स्वभावहरूमा जिइरहेको देखे पनि, म सोच्थेँ, उनीहरूलाई मदत गर्नुको अर्थ परमेश्‍वरका वचनहरू खोज्नु र त्यसबारे मनन गर्न ऊर्जा र प्रयास खर्चनु हो, त्यसैले मलाई त्यो झन्झटिलो लाग्थ्यो र म त्यसको वस्ता गर्न चाहँदिनथेँ, वा नत्र जवाफमा केही सतही शब्द मात्र भन्थेँ। मैले यसो गरेर आफू चलाख भइरहेकी छु भन्ने सोचेँ, तर मैले यसबारे सोच्दा, स्वार्थीपनले मलाई के दिएको छ त? वास्तवमा, विभिन्न कामको अनुगमन गर्नुमा कामकुरा र मानिसहरूलाई हेर्नेबारे विभिन्न सत्यता अनि समस्याहरू समाधान गर्नेबारे विभिन्न सिद्धान्तहरू समावेश हुन्छन्, र केही काममा भाग नलिएर, मैले अन्जानमै सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाइरहेकी थिएँ। यसबाहेक, परमेश्‍वरले मलाई अनुग्रह गरेर अगुवाइको कर्तव्य गर्ने अवसर दिनुभएको थियो, जसले मलाई चिन्ता लिन र बोझ उठाउन सिक्न, अनि बिस्तारै आफ्नो सामान्य मानवता पुनर्स्थापित गर्न सक्षम बनायो। यो मेरा लागि परमेश्‍वरको मुक्ति थियो, तर म अझ बढी जिम्मेवारी वा चिन्ता लिन अनिइच्छुक भएकी थिएँ। म परमेश्‍वरप्रति कृतज्ञ छु र उहाँको ऋण चुकाउन चाहन्छु भनी भनिरहन्थेँ, तर वास्तवमा मैले जे देखाएँ, त्यो परमेश्‍वरप्रति छल थियो। ममा साँच्चै मानवताको कमी थियो! यदि मैले अझै परिवर्तन नपछ्याएकी भए, परमेश्‍वरको काम समाप्त हुँदा, मेरो श्रम अन्त्य हुनेथ्यो र म दण्डित हुनेथिएँ।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ: “यदि तँ गल्ती गर्छस् र ‘म साँच्चै आफैलाई घृणा गर्छु! मैले कसरी यस्तो नीच, दुष्ट काम गर्न सकेँ? मलाई त आफैलाई दुई-चार थप्पड हान्न मन लागिरहेको छ!’ भनेर मात्र भन्दै आफैलाई घृणा मात्रै गर्छस् भने, त्यसले कुनै काम दिनेछैन। मुख्य कुरा के हो भने, जब तँ गल्ती गर्छस्, तब तैँले त्यसमा के गलत छ, तँलाई त्यसो गर्न केले प्रेरित गरेको छ, तँ किन सत्यता अभ्यास गर्न असक्षम छस्, मुख्य जड के हो, र तेरा कार्यहरूका आधार र सिद्धान्तहरू के हुन् भनी खुट्ट्याउन सक्नैपर्छ। मुख्य कुरा त , कुनै मामिलाको सामना गर्दा, तँ सचेत रूपमा परमेश्‍वरका वचनहरूअनुसार कार्य गरिरहेको छस् र सचेत रूपमा आफ्ना शैतानी विचार र दृष्टिकोणहरू, तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू, र तेरा अभिप्राय र योजनाहरूविरुद्ध विद्रोह गरिरहेको छस् कि छैनस् भन्ने पनि हो। यदि तैँले सचेत रूपमा यी सबै कुराहरू गरेको छस् भने, तैँले असल कार्यहरू तयार गरेको छस्, र यो एउटा ठूलो कुरा हो, र तैँले केही प्राप्त गरेको छस्। … दुष्टता नगर्नु भनेको असल कार्यहरू तयार गर्नु बराबर होइन। दुष्टता नगर्नु र असल कार्यहरू तयार गर्नु दुई फरक अवधारणा हुन्। दुष्टता नगरी कर्तव्य निर्वाह गर्नु भनेको एउटा सृजित प्राणीले गर्नुपर्ने कुरा हो; यो सामान्य मानवताको विवेक र समझ भएकाहरूमा हुनुपर्ने एउटा प्रकटीकरण हो। उदाहरणका लागि, कतिपय मानिस यसो भन्छन्: ‘हत्या गर्ने मानिसहरू पनि छन्, तर मैले त्यसो गरेको छैन; त्यस व्यक्तिले अरू मानिसहरूका कुराहरू चोर्‍यो, तर मैले त्यसो गरेको छैन। यसको अर्थ म असल व्यक्ति हुँ।’ के यो धाक लगाउन लायक कुरा हो र? के तिनीहरूको दाबी सही छ? (छैन।) यसलाई अवधारणाहरूबारे भ्रमित हुनु भनिन्छ। चोर नहुनु, हत्या वा आगजनी नगर्नु, र अवैध यौन सम्बन्धमा संलग्न नहुनु भनेको असल व्यक्ति हुनु सरह होइन। दुष्टता नगर्नु वा कानुन नतोड्नु असल व्यक्ति हुनुभन्दा फरक अवधारणा हो। असल व्यक्ति हुनुका आफ्नै मानकहरू छन्। दुष्टता नगर्नु र असल कार्यहरू तयार गर्नु पनि दुई छुट्टै अवधारणा हुन्। दुष्टता नगरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको तैँले सामान्य व्यक्तिका रूपमा हासिल गर्नुपर्ने कुरा हो। तर असल कार्यहरू तयार गर्नुको अर्थ तैँले परमेश्‍वरका मागहरू र सत्यता सिद्धान्तहरूअनुसार सक्रिय र सकारात्मक रूपमा सत्यता अभ्यास गर्नैपर्छ र आफ्नो कर्तव्य पूरा गर्नैपर्छ भन्‍ने हो। तँमा बफादारी हुनैपर्छ, तँ कष्ट सहन र मूल्य चुकाउन इच्छुक हुनैपर्छ, जिम्मेवारी लिन इच्छुक हुनैपर्छ, र सकारात्मक र सक्रिय रूपमा काम गर्न सक्षम हुनैपर्छ। यी सिद्धान्तहरूअनुसार गरिएका कार्यहरू आधारभूत रूपमा सबै असल कार्य हुन्। ती साना मामिला होऊन् वा ठूला, ती मानिसहरूद्वारा याद गर्न लायक होऊन् वा नहोऊऊन्, मानिसहरूले तिनलाई उच्च रूपमा हेरे पनि वा नगण्य माने पनि, अथवा मानिसहरूले ती ध्यान दिन लायक छन् भनी सोचे पनि वा नसोचे पनि, परमेश्‍वरको नजरमा, ती सबै असल कार्य हुन्। यदि तैँले असल कार्यहरू तयार गरेको छस् भने, यसले अन्ततः तँलाई विपत्हरू नभई आशिष्‌हरू ल्याउनेछ। … त्यसोभए अन्ततः असल कार्यहरूलाई कसरी परिभाषित गरिन्छ? यो भनेको, तैँले गर्ने कुरा कम्तीमा पनि तेरो आफ्नै र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि सहयोगी हुनु, र परमेश्‍वरको घरको कामका लागि लाभदायक हुनु हो। यदि यो तेरो लागि, अरूका लागि, र परमेश्‍वरको घरका लागि लाभदायक छ भने, तेरो प्रदर्शन परमेश्‍वरसामु प्रभावकारी हुन्छ र परमेश्‍वरद्वारा अनुमोदन गरिन्छ। परमेश्‍वरले तँलाई अङ्क दिनुहुनेछ। त्यसैले, यी कुराहरूको मूल्याङ्कन गर्: तैँले यतिका वर्षहरूमा कतिवटा असल कार्यहरू तयार गरेको छस्? के यी असल कार्यहरूले तेरा अपराधहरूको भर्पाइ गर्न सक्छन्? तिनको भर्पाइ गरेपछि, कतिवटा असल कार्यहरू बाँकी रहन्छन्? तैँले आफैलाई अङ्क दिनुपर्छ र यसबारे स्पष्ट बुझाइ राख्नुपर्छ; तँ यस मामिलामा अन्योलमा पर्नु हुँदैन(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरूले मलाई एउटा मार्ग प्रदान गरे। पश्चात्ताप मौखिक मात्र हुन सक्दैन। आफूलाई घृणा गर्छु भन्दैमा वास्तविक परिवर्तन आउँछ भन्ने होइन। मुख्य कुरा त व्यक्ति वास्तवमा केअनुसार जिउँछ र कर्तव्यप्रति उसको मनोवृत्ति कस्तो छ भन्ने हो, विशेष गरी यो कुरा मण्डलीको कामसम्बन्धी मामिलाहरूमा लागू हुन्छ। व्यक्तिले समस्याहरूप्रति आँखा चिम्लेर दर्शक बनेर बस्छ कि मण्डलीका हितलाई कायम राख्छ भन्ने कुराले उसको चरित्रलाई झल्काउँछ। असल र दुष्ट कार्यहरूबीचको भिन्नताबारे परमेश्‍वरको सङ्गति पढेर, मैले के बुझेँ भने दुष्टता नगर्नु वा अवरोध र बाधा नपुऱ्याउनुले व्यक्तिलाई असल बनाउँदैन, र बढीमा, उसलाई निष्कपट व्यक्ति मानिन्छ। असल कार्यहरूमा पहलको तत्त्व र सत्यता खोजीको प्रक्रिया समावेश हुन्छ। तिनीहरूमा परमेश्‍वरको अभिप्रायसँग मिल्नका लागि सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्नु समावेश हुन्छ। यस्तो अभ्यास भनेको नै साँचो असल कार्यहरू गर्नु हो। अन्त्यमा, परमेश्‍वर मानिसहरूको परिणाम उनीहरूले असल कार्यहरू गरेका छन् कि छैनन् भन्ने आधारमा निर्धारण गर्नुहुन्छ। पछाडि फर्केर हेर्दा, परमेश्‍वरमा विश्वास गर्न थालेपछि मेरो अधिकांश कर्तव्य निर्वाह प्रतिष्ठा र लाभका लागि भएको थियो, र मैले बिरलै सक्रिय रूपमा सत्यता अभ्यास गरेकी थिएँ। मैले सक्रिय रूपमा झुटो अगुवा वा ख्रीष्टविरोधीहरूको खुलासा वा रिपोर्ट गरिनँ, र ब्रदर-सिस्टरहरूलाई उनीहरूका कठिनाइ र समस्याहरू समाधान गर्न सायदै कहिल्यै मद्दत गरेँ। धेरैजसो समय, मैले केवल शैतानको बाँच्ने नियम पछ्याएँ: “सबैले आफ्‍नै आँगन बढार्छ; अर्काको छानोमा फोहोर भए के मतलब” मण्डलीको अगुवाका रूपमा, म आफ्नो जिम्मेवारीको दायराभित्रका धेरै काम गर्न अनिच्छुक भएकी थिएँ, र मैले हस्तक्षेप नगर्ने प्रबन्धक बनेर काममा ढिलाइ गरेकी थिएँ। यी दुष्ट कार्यहरू थिए। सत्यता सिद्धान्तहरूद्वारा मूल्याङ्कन गर्दा, मैले परमेश्‍वरमा विश्वास गरेका यत्तिका वर्षहरूमा कुनै असल कार्यहरू सायदै तयार गरेकी छु, र वास्तवमा धेरै दुष्ट कार्यहरू जम्मा गरेकी छु भन्ने बुझेँ। मलाई आफू ठूलो खतरामा छु भन्ने महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले यी वर्षहरूभरि परमेश्‍वरको घरमा कर्तव्यहरू निर्वाह गरे पनि, मैले आफूलाई परमेश्‍वरको घरको व्यक्तिका रूपमा लिएकी छैनँ, र म मण्डलीको काम कायम राख्नमा सायदै कहिल्यै सक्रिय भएकी छु। म अत्यन्तै स्वार्थी र घृणास्पद भएकी छु! हे परमेश्‍वर, म पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई मद्दत र छानबिन गर्नुहोस्। म तपाईँलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गर्न इच्छुक छु।”

त्यसपछि, मैले आफ्नो कर्तव्यका लागि समयको योजना बनाउन थालेँ, र आफ्नो दैनिक कामलाई व्यावहारिक रूपमा मिलाएँ र म हरेक रात सुत्नअघि अर्को दिनको कार्य योजना बनाउँथेँ। यसले मलाई ध्यान केन्द्रित गर्न र अझ धेरै काम सम्पन्न गर्न पनि मद्दत गर्‍यो, र म अरू काममा पनि संलग्न हुन सकेँ। यसरी केही समय अभ्यास गरेपछि, मैले व्यावहारिक योजनाले कामको कुशलता सुधारेको र मलाई एक दिनमा अझ धेरै काम गर्न सक्षम बनाएको पाएँ। कहिलेकाहीँ अरू टोलीका ब्रदर-सिस्टरहरू मद्दतका लागि मकहाँ आउँदा, म यी चिन्ताहरू पनि लिन्थेँ, र यस क्रममा उहाँको छानबिन स्विकार्न परमेश्‍वरलाई प्रार्थना गर्थेँ। यदि म केही गर्न सहमत भएँ भने, मैले त्यसमा आफ्नो हृदय लगाउनुपर्थ्यो र केवल झारा टार्न मिल्दैनथ्यो। कहिलेकाहीँ मलाई अझै पनि अरू कामको अनुगमन गर्न झन्झटिलो लाग्थ्यो, तर मैले यो बुझेपछि, सक्रिय रूपमा आफूविरुद्ध विद्रोह गरेँ, र सकेसम्म कामका विवरणहरूमा ध्यान दिने प्रयास गरेँ। मलाई मेरो शैतानी प्रकृतिले गहिरो जरा गाडेको छ, र यसलाई समाधान गर्न काँटछाँटमा परेका यी दुई घटना पर्याप्त थिएनन् भन्ने थाहा छ, त्यसैले म परमेश्‍वरलाई मेरो हृदय छानबिन गर्न प्रार्थना गर्छु, ताकि उहाँले म आफ्ना कर्तव्यमा गैरजिम्मेवार हुँदा मलाई ताडना दिनुहोओस् र अनुशासित गर्नुहोओस्, जसले मलाई सामान्य मानवतामा जिउन अनि विवेक र मानवता भएको व्यक्ति हुन सक्षम बनाओस्। म काँटछाँटमा परेका यी दुई घटनाका लागि पनि परमेश्‍वरप्रति एकदमै आभारी छु, जसले मलाई आफ्ना कर्तव्यमा गैरजिम्मेवार हुनुका गम्भीर परिणामहरू बुझ्न, अनि केही हदसम्म जाग्न र परिवर्तन हुन सक्षम बनायो।

अघिल्लो:  ७९. अगुवा बन्न अनिच्छुक हुनु—म के कुरामा यति चिन्तित थिएँ?

अर्को:  ८१. कर्तव्य पन्छाउनुको पछाडि

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger