२. एउटा पीडादायी असफलताबाट सिकेका पाठहरू
सन् २०१४ मा, मैले मण्डलीमा अभिनेत्रीको कर्तव्य निर्वाह गर्न थालेँ। अभिनय गर्ने र आफ्नो सीपलाई तिखार्नेबाहेक, बाँकी समय म आफूले चाहेअनुसारले मिलाउन सक्थेँ, त्यसैले मेरो जीवन तुलनात्मक रूपमा स्वतन्त्र र आरामदायी थियो। मलाई अभिनय मन पर्थ्यो र म आफ्नो प्रस्तुतिमा मिहिनेत गर्न इच्छुक थिएँ, त्यसैले दुईवटा चलचित्रमा अभिनय गरेपछि मेरो सीपमा निकै सुधार भएको थियो, अनि अगुवाले मलाई निर्देशकको कर्तव्य निर्वाह गर्न तालिम लिन लगाउनुभयो। त्यसबेला म मनमनै निकै अनिच्छुक थिएँ, र सोच्थेँ, “एक जना निर्देशकको धेरै जिम्मेवारीहरू हुन्छन्। समूहले गर्ने हरेक कुरामा संलग्न हुनुपर्छ, अनि छायाङ्कनपछि फुटेज जाँच्नुपर्छ। यो त मानसिक र शारीरिक रूपमा थकाउने काम हो। हरेक दिन यति कडा परिश्रम गरेँ भने, म त पूरै थकित र लखतरान हुनेछु!” तर कर्तव्यलाई इन्कार गर्दा यो परमेश्वरको अभिप्रायअनुसार हुँदैन भन्ने सोचले गर्दा मैले मन नलागी-नलागी स्वीकार गरेँ। मैले निर्देशकको कर्तव्य निर्वाह गर्न बढुवा पाएको थाहा पाउँदा सिस्टरहरू मेरो लागि खुसी थिए, तर मैले सोचेँ, “यो स्पष्ट रूपमा एउटा थकाउने काम हो। म कुनै ठूलो कार्यभार लिने कुराको पछि लाग्दिनँ, किनभने बोझ जति गह्रुङ्गो हुन्छ, शरीरलाई त्यति नै थकाइ लाग्छ। म केवल एक साधारण अभिनेत्री बन्न चाहन्छु। म त्यतिकै काम नगरी बसिरहेकी छैन भने, त्यो ठिकै हुन्छ।”
जब म मेरो पहिलो चलचित्र निर्देशन गर्ने जिम्मामा थिएँ, तब संयोजकले हरेक दिनको लागि व्यस्त तालिका बनाउनुभएको थियो। हरेक छायाङ्कनपछि, हामीले अर्को दृश्यको अभिनय, सट, वा सेटका समस्याहरूबारे छलफल गर्नुपर्थ्यो। छायाङ्कनको क्रममा, म मनिटरको अगाडि बस्थेँ र एक सेकेन्डको लागि पनि आफ्नो ध्यान भट्किन दिने आँट गर्दिनथेँ। यदि मेरो ध्यान भट्कियो भने, अभिनय सही छ कि छैन भनेर म निर्णय गर्न सक्दिनथेँ र प्लेब्याक हेर्नुपर्थ्यो वा पुनः छायाङ्कन गर्नुपर्थ्यो। कहिलेकाहीँ, सेटमा छायाङ्कन सकिएर अन्य कर्मचारीहरू गइसकेपछि पनि, म अन्य कामहरू सम्हाल्न पछाडि बस्नुपर्थ्यो। अझ, यो चलचित्रमा धेरै सकारात्मक र नकारात्मक पात्रहरू थिए, र मैले अभिनेताहरूलाई उनीहरूका दृश्यहरू बुझाउनुपर्थ्यो, उनीहरूसँगै पूर्वाभ्यास गर्नुपर्थ्यो, र उनीहरूलाई प्रशिक्षण दिनुपर्थ्यो, अनि यी सबैको निरीक्षण गर्नुपर्थ्यो। हरेक दृश्यका लागि, मैले पहिले नै पात्रहरूलाई गहिरिएर अध्ययन गर्नुपर्थ्यो र तिनलाई राम्ररी बुझ्नुपर्थ्यो ताकि अभिनेताहरूको प्रस्तुति पात्रअनुसार छ कि छैन भनेर निर्णय गर्न सकूँ। भावुक दृश्यहरूमा त यो अझ बढी लागू हुन्थ्यो: जब कुनै अभिनेता पात्रमा डुब्न सक्दैनथ्यो, तब मैले उनीहरूलाई सही भावनात्मक अवस्थामा ल्याउन विभिन्न उपायहरू खोज्नुपर्थ्यो। मलाई निर्देशक हुनु साँच्चै मानसिक रूपमा धेरै थकाउने काम हो जस्तो लाग्थ्यो! एक अभिनेत्रीको रूपमा, मैले केवल आफ्नो भूमिका राम्ररी निर्वाह गरे पुग्थ्यो। त्यो कर्तव्य धेरै आरामदायी थियो। मैले मेरो हृदयको गहिराइबाटै निर्देशकको कर्तव्यलाई घृणा गरेँ। त्यसपछि, मैले मेरो कर्तव्यमा झारा टार्न थालेँ। छायाङ्कनको क्रममा, जब मैले अभिनेताहरूलाई चाहेको प्रभाव हासिल गर्न सङ्घर्ष गरिरहेको देख्थेँ, तब उनीहरूको प्रस्तुतिमा सुधार ल्याउन कसरी प्रशिक्षण दिने भनेर सोच्नुको सट्टा, म हतारमा टेकलाई स्वीकृति दिन्थेँ। परिणामस्वरूप, जब अगुवाले चलचित्रका क्लिपहरू जाँच्नुभयो, तब उहाँले प्रस्तुतिहरू मानकअनुरूप नभएको पाउनुभयो, र हामीले पुनः छायाङ्कन गर्नुपर्यो। अर्को पटक, मैले सहकार्य गरिरहेकी सिस्टरले मलाई पूर्वाभ्यासको क्रममा अभिनेताहरूको प्रस्तुतिमा केही शारीरिक चालहरू थप्न भन्नुभयो। मलाई यो धेरै झन्झट लाग्यो, त्यसैले मैले थपिनँ। फलस्वरूप, प्रस्तुति कमजोर भयो, र छायाङ्कन सुरु हुनुभन्दा ठीक अघि, उहाँले ती चालहरू थप्न अभिनेताहरूलाई त्यही ठाउँमा प्रशिक्षण दिनुपर्यो, जसले छायाङ्कनमा ढिलाइ गरायो। त्यस क्षण, मैले आफ्नो जिम्मेवारी पूरा नगरेको थाहा पाएर भित्रभित्रै नराम्रो महसुस गरेँ। तर पछि, जब वास्तवमा काम गर्ने बेला आउँथ्यो, तब मलाई फेरि पनि यो कर्तव्य धेरै थकाउने र झन्झटिलो लाग्थ्यो। दुई महिना बितिहाल्यो, र अभिनेताहरूलाई उनीहरूको प्रस्तुतिमा लगातार समस्याहरू भइरहेका थिए। संयोजकले मलाई धेरै पटक अभिनेताहरूलाई उनीहरूका दृश्यहरू अझ विस्तृत रूपमा बुझाउन सम्झाउनुभयो, तर मैले नसुनेको मात्र होइन, भित्री रूपमा प्रतिरोध पनि महसुस गरेँ, र सोचेँ, “अझ विस्तृत हुनु त कत्ति झन्झट होला! पूर्वाभ्यासमा कति समय लाग्ला!” मैले यसो भन्दै तर्कसमेत गर्थेँ, “म एक जना अभिनेत्री हुँदा, मलाई कसैले पनि यति विस्तृत रूपमा सिकाएको थिएन। अभिनय भनेको त अभिनेताको आफ्नै जिम्मेवारी होइन र?” जब पूर्वाभ्यासको समय आउँथ्यो, तब म अझै पनि अभिनेताहरूलाई कुनै विवरणविना मोटामोटी रूपरेखा मात्र दिन्थेँ, जसले गर्दा बारम्बार पुनः छायाङ्कन गर्नुपर्थ्यो र उत्पादन तालिकामा ढिलाइ भयो।
केही समयपछि, ब्रदर इलियासलाई निर्देशकको कर्तव्यमा मसँग सहकार्य गर्न खटाइयो। संयोजकले मलाई भन्नुभयो, “तिमीलाई एक्लै निर्देशकको कर्तव्य निर्वाह गर्न गाह्रो भइरहेको जस्तो देखिन्छ। अबदेखि, तिमी मुख्यतया अभिनेताहरूलाई उनीहरूका दृश्यहरू बुझाउने जिम्मेवारीमा हुनेछ्यौ, र ब्रदर इलियासले मनिटरबाट कामको निरीक्षण गर्नेछन्।” यो सुनेर म त मनमनै खुसी भएँ। मैले सोचेँ, “कत्ति राम्रो! अब मैले मनिटर हेरेर निरीक्षण गर्नु पर्दैन। यसरी मेरो समय अझै लचिलो हुनेछ, र म त्यति थकित पनि हुनेछैन।” त्यसपछि, अभिनेताहरूसँग पूर्वाभ्यास सिध्याउने बित्तिकै, म आफ्नो व्यक्तिगत काममा लाग्न जान्थेँ। उनीहरूले कस्तो अभिनय गरे भन्ने कुरामा म वास्ता गर्थिनँ, र परिणामस्वरूप, वास्तविक छायाङ्कनको क्रममा अभिनेताहरूको प्रस्तुतिमा सधैँ समस्याहरू आइरहन्थे। संयोजकले मलाई आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति जाँच्न भन्नुभयो, तर मैले मनमनै सोचेँ, “अभिनेताहरूले राम्रो अभिनय गरिरहेका छैनन् भने मैले के जाँच्नु छ र? के अब यो दोष ममाथि लगाइँदै छ?” मैले जति धेरै सोचेँ, त्यति नै मलाई यो कर्तव्य जस नपाइने काम हो जस्तो लाग्यो। ती दिनहरूमा, मैले प्रशिक्षण दिइरहेका धेरै अभिनेतालाई छायाङ्कनको क्रममा समस्याहरू आइरहे। संयोजकले मलाई फेरि एक पटक आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिबारे चिन्तन गर्न सम्झाउनुभयो, त्यसपछि मात्र मैले चिन्तन गर्न थालेँ। फर्केर हेर्दा, विगत केही दिनदेखि मेरो शरीर आराममा भए तापनि, मैले मेरो हृदयमा एक अनौठो बेचैनी महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र आफूमाथि चिन्तन गरेँ, अनि परमेश्वरका वचनहरूको एउटा खण्ड याद गरेँ: “‘तँलाई छली हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त? ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!’ परमेश्वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ।” त्यसपछि मैले त्यो पूरै खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अनादरपूर्ण मनोवृत्तिले सम्हाल्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफूले राम्ररी निर्वाह गर्न सक्ने कर्तव्य समेत राम्ररी गर्न सक्नेछैनस्—तेरो कार्यप्रदर्शन मानकअनुरूप हुनेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तँ परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र त्यसमा आफ्नो सम्पूर्ण हृदय र मन लगाउन सक्छस् भने, यदि तँ यसरी सहकार्य गर्न सक्छस् भने, परमेश्वरले तेरा लागि सबै कुरा पहिले नै तयार गर्नुहुनेछ, ताकि तैँले मामिलाहरू सम्हाल्दा सबै कुरा ठिकठाक मिलोस् र त्यसले राम्रा परिणामहरू फलाओस्। तैँले धेरै ऊर्जा खर्च गर्नु आवश्यक पर्नेछैन; जब तँ सहकार्य गर्न सक्दो प्रयास गर्छस्, तब परमेश्वर तेरा लागि सबै कुरा प्रबन्ध गर्नुहुन्छ। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्वरले तँमा काम गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्वरले यसो भन्नुहुनेछ, ‘तँलाई प्रयोग गर्ने कुनै उपाय छैन। जा, पाखा लाग्। तँलाई छली हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त? ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!’ परमेश्वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हानि।) यो ठूलो हानि हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो पढेपछि मैले के बुझेँ भने, कुनै व्यक्तिको कर्तव्यप्रतिको मनोवृत्ति महत्त्वपूर्ण हुन्छ। यदि मानिसहरूले आफ्नो कर्तव्य तनमनले पूरा गर्न सक्छन् भने, परमेश्वरले उनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ, र उनीहरूले राम्रो परिणामहरू प्राप्त गर्नेछन्। तर यदि उनीहरूको मनोवृत्ति हल्का वा झाराटारुवा छ भने, तब थोरै प्रयासले राम्रोसँग पूरा गर्न सकिने कर्तव्य पनि नराम्रोसँग गरिन्छ। अभिनेताहरूको प्रस्तुति स्तरअनुरूप छैन भनेर मैले स्पष्ट रूपमा देखेकी थिएँ, तैपनि आफूलाई झन्झटबाट बचाउन, म उनीहरूलाई धैर्यतापूर्वक प्रशिक्षण दिन्थिनँ र हतारमा टेकलाई स्वीकृति दिन्थेँ, जसको परिणामस्वरूप प्रस्तुतिहरू जाँचमा पास नहुँदा पुनः छायाङ्कन गर्नुपर्थ्यो। म पूर्वाभ्यास गर्दा अभिनेताहरूलाई कुनै विवरणविना मोटामोटी रूपरेखा मात्र दिन्थेँ, जसले गर्दा उनीहरूमध्ये धेरैलाई सेटमा आफ्नो प्रस्तुति दिन समस्या हुन्थ्यो, र लगातार पुनः छायाङ्कन गर्नुपर्दा तालिकामा ढिलाइ भयो। यो सबै मैले कर्तव्यमा झारा टार्ने र कामचोरी गर्ने गरेकोले भएको थियो। संयोजकले मलाई धेरै पटक मेरो कर्तव्यप्रतिको मनोवृत्तिबारे चिन्तन गर्न सम्झाउनुभएको थियो, तर मैले केवल तर्क गरेँ र बहाना बनाएँ। म आफ्नो कर्तव्यमा सधैँ झारा टार्थेँ, जसले गर्दा लगातार समस्याहरू उत्पन्न हुन्थे, त्यसैले संयोजकले मलाई मनिटरबाट निरीक्षण गर्न दिन छोड्नुभयो। तर मैले आफूमाथि चिन्तन गर्नुको सट्टा, मेरो शरीरले अझ आराम पाउने भएकोले म खुसी भएँ। म त पूर्ण रूपमा संवेदनहीन भइसकेकी रहेछु! मण्डलीले मलाई एक अभिनेत्रीको रूपमा संवर्धन गरेको थियो, अनि मलाई तालिम लिन धेरै अवसरहरू दिएको थियो। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनमा, मैले केही अभिनयको अनुभव पनि बटुलेकी थिएँ। अहिले, जब मण्डलीले मलाई एक निर्देशक बन्न संवर्धन गरिरहेको थियो र मैले सिकेका कुराहरूलाई मेरो कर्तव्यमा लागू गर्न आवश्यक थियो, तब मैले केही समय र प्रयास लगाउनुपर्ने र मेरो शरीरले दुःख भोग्नुपर्ने भएकोले मात्र पनि प्रतिरोध गरेँ, गुनासो गरेँ, र झारा टारेँ। ममा मानवताको कत्ति धेरै कमी थियो, साँच्चै परमेश्वरको लागि घृणित थिएँ! विशेष गरी परमेश्वरका यी वचनहरू पढेपछि, “तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त?” “परमेश्वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ,” मैले के महसुस गरेँ भने, मलाई अब मनिटरबाट निरीक्षण गर्न नदिनुको कारण भनेको मैले मेरो कर्तव्यमा कामचोरी गरेकी थिएँ र म गैरजिम्मेवार भएकी थिएँ। म उप्रान्त विश्वासयोग्य थिइनँ, त्यसैले कर्तव्यको यो भाग पूरा गर्ने अवसर अरू कसैलाई दिइयो। म पहिले नै खतरनाक भिरको टुप्पोमा पुगिसकेकी थिएँ; यदि मैले पश्चात्ताप गरिनँ भने, मैले अभिनेताहरूलाई उनीहरूका दृश्यहरूमा डोऱ्याउने मौका समेत गुमाउन सक्थेँ। त्यसैले पछि, मैले अभिनेताहरूसँगको पूर्वाभ्यासलाई गम्भीरतापूर्वक लिन थालेँ। जब म कुनै अभिनेताको प्रस्तुतिमा कमी देख्थेँ, तब म तुरुन्तै औँल्याउँथेँ र धैर्यतापूर्वक उनीहरूलाई प्रशिक्षण दिन्थेँ। म अभिनेताहरूसँगै हेर्न केही सन्दर्भ भिडियोहरू पनि खोज्थेँ। अन्तमा, त्यो चलचित्रको छायाङ्कन सहज रूपमा पूरा भयो।
म केही मात्रामा परिवर्तन भएकी छु जस्तो लागेको थियो, तर अर्को चलचित्रको छायाङ्कन गर्दा म फेरि पुरानै बानीमा फर्कन्छु भन्ने मैले सोचेकी नै थिइनँ। त्यसबेला, म अझै पनि अभिनेताहरूलाई प्रशिक्षण दिने जिम्मेवारीमा थिएँ। यो चलचित्रकी मुख्य अभिनेत्री सिस्टर इजाबेल थिइन्। उहाँले भर्खरै अभिनयमा तालिम लिन थाल्नुभएको थियो र उहाँको प्रस्तुतिमा धेरै कमीकमजोरीहरू थिए, जसको मतलब मैले पहिलेभन्दा धेरै मानसिक ऊर्जा खर्च गर्नुपर्थ्यो र धेरै मूल्य चुकाउनुपर्थ्यो। हामीले छायाङ्कन सुरु गर्दा, मैले अझै पनि इमानदारीपूर्वक काम गर्न सक्थेँ। अभिनेताहरूको प्रस्तुतिमा कहाँ कमी छ भनेर म तुरुन्तै औँल्याउँथेँ र कहिलेकाहीँ उनीहरूलाई आफैले अभिनय गरेर पनि देखाउँथेँ। तर समय बित्दै जाँदा, हरेक दृश्यका लागि अभिनेताहरूलाई प्रशिक्षण दिनुपर्दा मलाई मानसिक रूपमा बोझिलो लाग्न थाल्यो। त्यसमाथि, मैले सहकार्य गरिरहेका ब्रदर भिन्सेन्ट आफ्नो कर्तव्यमा निकै सक्रिय हुनुहुन्थ्यो र अभिनेताहरूलाई प्रशिक्षण दिने कुरामा धेरै लगनशील हुनुहुन्थ्यो, त्यसैले मेरो आफ्नो बोझको बोध बिस्तारै कम हुँदै गयो। मैले अन्य कामहरूका बारेमा पनि चिन्ता गर्न छोडेँ। केही पटक, मैले सिस्टर इजाबेलले आफ्नो पात्रलाई राम्ररी बुझ्न नसकेको देखेँ। मैले सुरुमा राति केही समय निकालेर उहाँसँग कुरा गर्ने योजना बनाएकी थिएँ, तर फेरि सोचेँ, दिनभरि दृश्यहरूको पूर्वाभ्यास गरेर म पहिले नै थाकिसकेकी छु। यदि मैले राति उहाँलाई प्रशिक्षण दिएँ भने, भोलिपल्टको छायाङ्कनको लागि मसँग पक्कै पनि ऊर्जा हुनेछैन। त्यसैले, मैले सोचेँ, “छोडिदेऊँ, म उहाँलाई प्रशिक्षण नै दिन्नँ।” परिणामस्वरूप, भोलिपल्ट छायाङ्कनको क्रममा, सिस्टर इजाबेलको प्रस्तुतिमा समस्याहरू आए, जसले हाम्रो प्रगतिमा ढिलाइ गरायो। मैले आफ्नो जिम्मेवारी पूरा नगरेकोमा गहिरो पश्चात्ताप गरेँ, तर पछि, हरेक पटक कुनै मूल्य चुकाउनुपर्दा, म अझै पनि आफ्नो शरीरको ख्याल गर्थेँ र सत्यतालाई व्यवहारमा लागू गर्न सक्दिनथेँ। बिस्तारै, मलाई अभिनेताहरूलाई प्रशिक्षण दिन झन्-झन् गाह्रो लाग्न थाल्यो, यहाँसम्म कि मैले उनीहरूको प्रस्तुतिमा रहेका समस्याहरू पनि देख्न नसक्ने भएँ। प्रस्तुतिमा समस्या आएकाले, हामीले बारम्बार पुनः छायाङ्कन गर्नुपर्थ्यो। यसका साथै अन्य विभिन्न कारणहरूले गर्दा, चलचित्र पूरा हुन सकेन, र अन्तमा, हाम्रो समूहलाई भङ्ग गरियो। जुन रात हाम्रो समूहलाई भङ्ग गरियो, त्यो रात म निदाउन नसकेर रातभरि छटपटिमा बसेँ। फर्केर हेर्दा, जबदेखि मलाई निर्देशकको कर्तव्य निर्वाह गर्न लगाइएको थियो, तबदेखि म कहिल्यै पनि साँचो रूपमा समर्पण भएकी थिइनँ। मैले सधैँ त्यो कर्तव्यलाई धेरै थकाउने भनेर मन पराएकी थिइनँ। मैले आफूलाई इमानदारीपूर्वक सोधेँ, “के म शारीरिक सुखभोगमा लिप्त हुनका लागि मात्र परमेश्वरमा विश्वास गर्छु? के यो परमेश्वरविरुद्धको विद्रोह गर्नु होइन र?” एउटा भेलाको क्रममा, अगुवाले मलाई काटछाँट गर्नुभयो र भन्नुभयो, “परमेश्वरको घरले तिमीलाई निर्देशक बन्न संवर्धन गर्यो, तर तिमी यति गैरजिम्मेवार हुन्छौ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। तिमी साँच्चै भरोसायोग्य छैनौ!” त्यस अवधिमा, मेरो हृदयमा सधैँ रित्तो महसुस हुन्थ्यो। आफ्नो गल्ती सुधार्ने कुनै मौका नभएको बारे सोच्नेबित्तिकै, मेरो आँखाबाट पीडाका आँसुहरू अनायासै बग्थे। मैले आफ्नो कर्तव्य पूरा नगरेको र मैले गरेका अपराधहरूको लागि म प्रायः पीडामा हुन्थेँ। मलाई परमेश्वरप्रति यति ऋणी महसुस भयो कि मलाई उहाँसँग प्रार्थना गर्न पनि लाज लाग्थ्यो, र सधैँ मलाई परमेश्वर मबाट वाक्क हुनुभएको छ र उहाँले मलाई घृणा गर्नुहुन्छ, उहाँले मबाट आफ्नो मुहार लुकाउनुभएको छ र मलाई बेवास्ता गरिरहनुभएको छ भन्ने लाग्थ्यो। मलाई परमेश्वरले पन्छाउनुभएको जस्तो लाग्यो, र मेरो आत्मा अन्धकार र पीडामा थियो। पछि, मलाई सुसमाचार प्रचार गर्न पठाइयो। मैले कर्तव्य निर्वाह गरिरहे तापनि, यो कुरा मेरो हृदयमा कहिल्यै नसुल्झिएको गाँठो बनेर रह्यो। त्यसपछि मैले धेरै पटक प्रार्थना गरेँ र खोजेँ, “हे परमेश्वर, म वास्तवमा कहाँ असफल भएँ? कृपया मलाई आफूलाई चिन्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”
एक दिन, जब मैले अल्छी मानिसहरूलाई खुलासा गर्ने र उनीहरूको चित्रण गर्ने परमेश्वरका वचनहरू पढेँ, तब मेरो हृदयमा गहिरो चोट लाग्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको अशक्तता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। ती वचनहरूमा मनन गर्दा, मैले निर्देशकको कर्तव्य निर्वाह गर्दाका एक-एक दृश्य मेरो मनमा आए। परमेश्वरको घरले मलाई निर्देशकको रूपमा अभिनेताहरूलाई उनीहरूको प्रस्तुतिमा प्रशिक्षण दिने व्यवस्था मिलाएको थियो। मैले मुख्य अभिनेत्रीको प्रस्तुतिमा कमीकमजोरीहरू छन् भनेर स्पष्ट रूपमा देखेकी थिएँ तर आफूलाई धेरै थकित हुनबाट बचाउन, मैले उनलाई प्रशिक्षण दिइनँ, र म आफ्नो सबैभन्दा आधारभूत जिम्मेवारीसमेत पूरा गर्न असफल भएँ। ब्रदर भिन्सेन्टलाई यति सक्रिय देखेर, मैले परिस्थितिको फाइदा उठाएँ र आफ्नो कामबाट हात धोएँ। कागजी रूपमा, म पनि एक निर्देशक थिएँ, तर वास्तवमा, ब्रदर भिन्सेन्ट मात्र निर्देशन दिने एक्लो व्यक्ति हुनुहुन्थ्यो। यसले गर्दा कामका धेरै पक्षहरू राम्ररी हुन सकेनन्, र अन्तमा, चलचित्र पूरा हुन सकेन र पूरै समूह नै विघटन भयो। ब्रदर-सिस्टरहरूले धेरै महिनासम्म चुकाएको मूल्य र परमेश्वरको घरले गरेको सबै खर्च खेर गए। मैले निर्देशकको पद धारण गरेँ तर कुनै वास्तविक काम गरिनँ, र म आफ्नो उचित कार्य पूरा गर्न असफल भएँ। के म नाम मात्रको, पूरै बेकम्मा थिइनँ र? म अल्छी र बेपरवाह थिएँ, र मैले आफ्नो कर्तव्यमा सधैँ झारा टार्थेँ। परमेश्वरले मलाई धेरै पटक सम्झाउन मानिस, घटना, र कामकुराहरू खडा गर्नुभएको थियो, तर मैले कहिल्यै साँचो रूपमा पश्चात्ताप गरिनँ। अन्तमा, मैले पवित्र आत्माको काम गुमाएँ; मैले आफ्नो कर्तव्यमा आएका समस्याहरू पत्ता लगाउन सकिनँ, र मेरो आत्माले असाधारण रूपमा अन्धकार र पीडा महसुस गर्यो। म सधैँ “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” र “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ” जस्ता शैतानी विचारधाराहरूद्वारा जिएकी थिएँ। म त के विश्वास गर्थेँ भने, मानिसको केही दशकको जीवनमा, उसले आफूलाई त्यति धेरै थकाउनु हुँदैन; हरेक दिन स्वतन्त्र र आरामले जिउनु नै पर्याप्त हुन्छ। यस प्रकारको सोचको नियन्त्रणमा, म अल्छी भएँ र मैले प्रगति गर्न छोडेँ। मलाई याद छ, स्कुलमा, जब अरू पहिलो हुन कडा अध्ययन गर्थे, तब मलाई अध्ययन धेरै थकाउने कुरा हो भन्ने लाग्थ्यो र मैले चाँडै नै पढाइ छोडेँ। विवाह गरेपछि, मैले गाडी र घर किन्ने अरूको ईर्ष्या गरिनँ किनभने म घर कर्जा वा गाडी कर्जाको दास बन्न र आफूलाई त्यति धेरै दबाबमा राख्न चाहन्नथेँ। परमेश्वरमा विश्वास गर्न थालेपछि र परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेपछि, म महत्त्वपूर्ण काम लिन चाहन्नथेँ। म केवल कुनै एउटा कर्तव्य निर्वाह गर्नमा सन्तुष्ट हुन्थेँ, र के सोच्थेँ भने परमेश्वरको काम सकिएपछि झारा टारेर अनि छलकपट गरेर नै भए पनि बच्ने परिणाम हासिल गरे पुग्छ। मण्डलीले मलाई निर्देशक बन्न संवर्धन गर्यो, र मैले आफ्नो सीप प्रयोग गरेर मेरो कर्तव्य पूरा गर्न सक्छु भन्ने आशा गर्यो, तर मलाई त्यो कर्तव्य धेरै थकाउने लाग्यो र मैले त्यसलाई मेरो हृदयको गहिराइबाटै प्रतिरोध गरेँ। मैले त्यसलाई स्वीकार गरे तापनि, म सधैँ कामचोरी गर्थेँ र झारा टार्थेँ। मैले बाइबलको एउटा पद सम्झेँ: “किनभने यदि हामीले सत्यताको ज्ञान पाएपछि पनि जानी-जानी पाप गर्छौँ भने, त्यसउप्रान्त पापका निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)। मेरो कर्तव्यमा झारा टार्नु र कामचोरी गर्नु परमेश्वरको अभिप्रायअनुसार छैन भनेर मलाई राम्ररी थाहा थियो, तैपनि मैले शारीरिक सुखको लागि यो गरेँ, जसले चलचित्रको काममा ढिलाइ गरायो। के यो परमेश्वरको प्रतिरोध गर्नु थिएन र? शैतानी दृष्टिकोणहरूद्वारा जिउँदै, म सुखभोगमा लिप्त भएँ र आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएँ, र एकपछि अर्को अपराधहरू गरेँ। परमेश्वर भन्नुहुन्छ: “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम)। शैतानी विषहरूद्वारा जिउँदै, म अनन्त विनाश र सर्वनाशको बाटोमा हिँडिरहेकी थिएँ। एउटा निर्देशकको रूपमा, मैले समूहका लागि एउटा उदाहरण बसाल्नुपर्थ्यो, तर म सही बाटोमा हिँडिनँ। मैले केवल आफ्नै शारीरिक सुखको बारेमा र कडा परिश्रमबाट बच्ने बारेमा मात्र सोचेँ, र मेरो कर्तव्यमा झारा टारेँ र कामचोरी गरेँ। परिणामस्वरूप, ब्रदर-सिस्टरहरूले महिनौँ समय बिताए तर कुनै उपलब्धि हासिल भएन, र पूरै समूह विघटन हुने अवस्थामा पुग्यो। मैले एक व्यक्तिले पूरा गर्नुपर्ने जिम्मेवारी काँधमा लिन सकिनँ। म केवल एउटी निकम्मा थिएँ, र हटाइन योग्य थिएँ! मैले के पनि महसुस गरेँ भने, मलाई पन्छाउनु नै ममाथि उहाँको मौन न्याय थियो। यो ममाथि आइपरेको परमेश्वरको धर्मी स्वभाव थियो, र यो मेरो लागि परमेश्वरको प्रेम र मुक्ति थियो। नत्र, मैले मेरो पछ्याइपछाडिका गलत दृष्टिकोणहरूमाथि चिन्तन गर्ने थिइनँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “मानवजातिका खातिर, उहाँ यात्रा गर्नुहुन्छ र यताउता दौडधूप गर्नुहुन्छ; उहाँ चुपचाप आफ्नो जीवनको हरेक अंश दिनुहुन्छ; उहाँ आफ्नो जीवनको हरेक मिनेट र हरेक सेकेन्ड समर्पित गर्नुहुन्छ…” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। यो वाक्यमाथि ध्यानपूर्वक मनन गर्दा, “मानवजातिका खातिर, उहाँ यात्रा गर्नुहुन्छ र यताउता दौडधूप गर्नुहुन्छ,” मेरो हृदय प्रभावित पनि भयो र आत्म-धिक्कारले पनि भरियो। मानवजातिलाई मुक्ति दिन, परमेश्वर स्वर्गबाट पृथ्वीमा दुई पटक देहमा आउनुभयो, र उहाँले अपार अपमान सहनुभयो। पहिलो पटक, उहाँ मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिनुभयो र उहाँले आफ्नो जीवन दिनुभयो। आखिरी दिनहरूमा, परमेश्वर फेरि देहधारी हुनुभएको छ, र उहाँले हामीलाई मलजल र आपूर्ति गर्न धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। परमेश्वरले गर्नुहुने सबै कुरा मानिसहरूलाई मुक्ति दिनका खातिर हो र ती सबै तिनीहरूका लागि प्रेम हो। तर मैले परमेश्वरलाई बदलामा के दिएँ त? विद्रोहीपन र प्रतिरोध मात्रै दिएँ। परमेश्वरको घरले मलाई अझै पनि कर्तव्य निर्वाह गर्ने मौका दिइरहेको थियो। यो परमेश्वरको कृपा र मेरो लागि पश्चात्ताप गर्ने मौका थियो। यदि मेरो पुरानो स्वभाव परिवर्तन भएन भने, परमेश्वरको काम सकिएपछि, म पक्कै पनि विनाशको पात्र हुनेछु।
त्यस अवधिमा, मैले बारम्बार “नोआको परमेश्वरप्रतिको समर्पणले उहाँको अनुमोदन प्राप्त गर्यो” भन्ने भजन गाएँ:
1 सबै मानिसहरूमध्ये, नोआ परमेश्वरको डर मान्ने, परमेश्वरप्रति समर्पित हुने र परमेश्वरको आज्ञा पूरा गर्ने व्यक्तित्व थिए जो अनुकरणका निम्ति सबैभन्दा योग्य छन्; तिनी परमेश्वरद्वारा अनुमोदित थिए, र आज परमेश्वरलाई पछ्याउनेहरूका लागि तिनी एक आदर्श हुनुपर्छ। अनि तिनीबारे सबैभन्दा मूल्यवान् कुरा के थियो त? परमेश्वरका वचनहरूप्रति तिनको केवल एउटै मनोवृत्ति थियो: सुन्नु र स्वीकार गर्नु, स्विकार्नु र समर्पित हुनु, र मृत्युसम्मै समर्पित रहनु। यही मनोवृत्ति, जुन सबैभन्दा मूल्यवान् कुरा थियो, त्यसैले तिनलाई परमेश्वरको अनुमोदन जितायो। परमेश्वरका वचनहरूको कुरा आउँदा, तिनी झाराटारुवा थिएनन्, तिनले झारा टार्ने काम गरेनन्, र तिनले ती वचनहरूलाई आफ्नो मनमा जाँच, छानबिन, प्रतिरोध, वा अस्वीकार गर्ने, त्यसपछि तिनलाई बिर्सिदिने काम गरेनन्; यसको सट्टा, तिनले ती वचनहरू गम्भीरतापूर्वक सुने, तिनलाई अलिअलि गर्दै आफ्नो हृदयभित्र स्विकारे, र त्यसपछि तिनलाई कसरी अभ्यास गर्ने, कसरी कार्यान्वयन गर्ने, विचलन बिना कसरी तिनको मौलिक अभिप्रायअनुरूप तिनलाई अभ्यास गर्ने भन्नेबारे मनन गरे।
2 अनि परमेश्वरका वचनहरूलाई मनन गर्दै गर्दा, तिनले गुप्त रूपमा आफैलाई भने, “यी परमेश्वरका वचनहरू हुन्, यी परमेश्वरका निर्देशनहरू हुन्, यो परमेश्वरको आज्ञा हो, म कर्तव्यमा बाँधिएको छु, म समर्पित हुनैपर्छ, मैले कुनै पनि विवरण छोड्न मिल्दैन, म परमेश्वरका कुनै पनि इच्छाहरूविरुद्ध जान मिल्दैन, न त मैले उहाँले भन्नुभएका कुराको एउटा पनि विवरणलाई उपेक्षा गर्न नै मिल्छ, अन्यथा म मानव कहलिन लायक रहनेछैन, म परमेश्वरको आज्ञाका लागि अयोग्य हुनेछु, र उहाँद्वारा उच्च पारिन अयोग्य हुनेछु। यस जीवनमा, यदि मैले परमेश्वरले मलाई भन्नुभएका र सुम्पिनुभएका सबै कुरा पूरा गर्न सकिनँ भने, मलाई खेद हुनेछ। त्योभन्दा पनि बढी, म परमेश्वरको आज्ञा र उहाँको उठानका लागि अयोग्य हुनेछु, र मसँग सृष्टिकर्तासामु फर्कने मुहार नै हुनेछैन।”
3 नोआले आफ्नो हृदयमा सोचेका र चिन्तन गरेका हरेक कुरा, तिनको हरेक दृष्टिकोण, र हरेक मनोवृत्ति, प्रत्येकले नै निर्धारण गरे कि तिनी अन्ततः परमेश्वरका वचनहरू अभ्यास गर्न, परमेश्वरका वचनहरूलाई वास्तविकता बनाउन, परमेश्वरका वचनहरूलाई साकार गराउन, र तिनलाई आफ्नो कडा परिश्रममार्फत पूरा हुने र हासिल हुने र आफूमार्फत वास्तविकतामा परिणत हुने, र परमेश्वरको आज्ञा व्यर्थ नहुने बनाउन सक्षम भए। नोआ परमेश्वरको आज्ञाको योग्य थिए, तिनी परमेश्वरले भरोसा गर्नुभएका मानिस थिए, परमेश्वरले कृपादृष्टि राख्नुभएका व्यक्ति थिए। परमेश्वरले मानिसहरूको हरेक शब्द र कार्य नियाल्नुहुन्छ, उहाँले तिनीहरूका सोच र विचारहरू नियाल्नुहुन्छ। परमेश्वरका नजरमा, नोआले यस प्रकारले सोच्न सक्नु भनेको उहाँले गलत छनौट गर्नुभएको थिएन भन्ने हो; नोआले परमेश्वरको आज्ञा र परमेश्वरको भरोसा वहन गर्न सक्थे, र तिनी परमेश्वरको आज्ञा पूरा गर्न सक्षम थिए: सारा मानवजातिमाझ एक मात्र विकल्प तिनी नै थिए।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई)
नोआ विवेक र मानवता भएको मानिस हुनुहुन्थ्यो। उहाँले परमेश्वरको आज्ञा तनमनले स्वीकार गर्नुभयो, र जहाज बनाउने कामलाई आफ्नो जीवनको जिम्मेवारी र मिसनको रूपमा लिनुभयो। जब नोआले जहाज बनाइरहनुभएको थियो, उहाँलाई निरीक्षण गर्ने वा कर लगाउने कोही पनि थिएन, र उहाँले धेरै कठिनाइहरूको सामना गर्नुभयो। तर जब उहाँ यो परमेश्वरको आज्ञा र उन्नयन हो भनी सोच्नुहुन्थ्यो, उहाँले प्रेरणा महसुस गर्नुभयो। नोआले परमेश्वरलाई सृष्टिकर्ताको रूपमा व्यवहार गर्नुभयो; उहाँ परमेश्वरमा समर्पित हुनुभयो र परमेश्वरप्रति साँचो हृदय राख्नुभयो। त्यसपछि मैले मनन गरेँ, परमेश्वर भन्नुहुन्छ: “… परमेश्वरका वचनहरूलाई साकार गराउन, र तिनलाई आफ्नो कडा परिश्रममार्फत पूरा हुने र हासिल हुने र आफूमार्फत वास्तविकतामा परिणत हुने, र परमेश्वरको आज्ञा व्यर्थ नहुने बनाउन सक्षम भए।” परमेश्वर नोआको वास्तविक जियाईबारे बोल्दै हुनुहुन्थ्यो भनी मनन गरेँ। नोआलाई जहाज बनाउने तरिकाहरू थाहा थिएन, र त्यतिबेलाको प्रविधि आजको जस्तो उन्नत थिएन। यसबाहेक, उहाँले सबै सामग्रीहरू आफैँ खोज्नुपर्थ्यो, र आफ्नै परिश्रमले अलि-अलि गर्दै जहाज बनाउनुपर्थ्यो। नोआले सबै प्रकारका जीवित प्राणीहरू पनि जम्मा गर्नुपर्थ्यो, विभिन्न जनावरहरूको लागि सबै प्रकारका खानेकुराहरू तयार गर्नुपर्थ्यो, र उनीहरूको होसियारीसाथ हेरचाह र पालनपोषण गर्नुपर्थ्यो। यो कुनै सजिलो काम थिएन। यदि नोआले यसलाई धेरै बोझिलो र परिश्रमपूर्ण ठानेर झारा टारेको भए, जहाज कहिल्यै बन्न सक्दैनथ्यो, र सबै जीवित प्राणीहरूले लोप हुने अवस्थाको सामना गर्नुपर्थ्यो। तर यति धेरै कठिनाइहरूको सामना गर्दा पनि, नोआ अलिकति पनि पछि हट्नुभएन। बरु, उहाँले कुनै सम्झौताविना परमेश्वरका आवश्यकताहरूलाई कडाइका साथ पालन गर्नुभयो, र परमेश्वरको आज्ञा पूरा गर्न १२० वर्षसम्म निरन्तर लागिरहनुभयो। मैले देखेँ कि नोआको हृदय साँचो थियो; उहाँ परमेश्वरका अभिप्रायलाई ख्याल गर्नुहुन्थ्यो र परमेश्वरप्रति बफादारी र समर्पणता देखाउनुभयो। यो सोचेर, म गहिरो रूपमा प्रभावित भएँ, र मैले साँच्चै नोआको प्रशंसा गरेँ। यसको विपरीत आफूलाई हेर्दा, परमेश्वरका यति धेरै वचनहरू सुनेपछि पनि, मैले उहाँप्रति अलिकति पनि समर्पणता वा बफादारी देखाइनँ। मैले निर्वाह गरेको कर्तव्य नोआले जहाज बनाएको भन्दा धेरै सरल थियो, तैपनि म थोरै थप सोच्न पनि इच्छुक थिइनँ र झारा पनि टार्थेँ। मैले देखेँ कि ममा मानवताको यति धेरै कमी थियो, मानिस कहलिन अयोग्य थिएँ। नोआ परमेश्वरले जरुरी ठान्नुभएको कुरा गर्न आतुर हुनुहुन्थ्यो र परमेश्वरले सोच्नुभएको कुरालाई विचार गर्नुहुन्थ्यो, र परमेश्वरको अभिप्राय उहाँमा खेर नजाओस् भन्ने कुरा सुनिश्चित गर्नुहुन्थ्यो। उहाँको शरीर जतिसुकै थकित वा कमजोर भए पनि, परमेश्वरको आज्ञाप्रतिको उहाँको मनोवृत्ति सुन्ने, स्वीकार गर्ने र समर्पित हुने थियो। जबसम्म उहाँ जीवित हुनुहुन्थ्यो, उहाँले जहाज बनाइरहनुभयो, र मृत्युसम्म समर्पित रहनुभयो। नोआको यो अनमोल मनोवृत्तिले परमेश्वरको हृदयमा सान्त्वना ल्यायो। नोआ जस्ता मानिसहरू मात्र साँचो रूपमा मानवता भएका मानिसहरू हुन्। मैले सोचेँ कि कसरी परमेश्वरको घरले हामीलाई चलचित्र बनाएर सुसमाचार प्रचार गर्न र परमेश्वरको गवाही दिन लगाउँछ। स्वरूप फरक भए तापनि, मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्राय एउटै हो। एउटा राम्रोसँग बनाइएको चलचित्रले मानिसहरूका धारणाहरू समाधान गर्न मात्र सक्दैन, तर प्रभुको पुनरागमनको लागि पर्खिरहेकाहरूलाई साँचो मार्ग खोज्न र अनुसन्धान गर्न मार्गदर्शन पनि गर्न सक्छ। राम्रो चलचित्र बनाउनु धेरै महत्त्वपूर्ण छ, किनकि यो मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्रायसँग सम्बन्धित छ। म अब अल्छी हुन र यसमा सोच्न धेरै झन्झट मान्न सक्दिनथेँ। मैले नोआको अनुकरण गर्नुपर्थ्यो, परमेश्वरका अभिप्रायलाई ख्याल गर्न सिक्नुपर्थ्यो, र आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो।
सन् २०२४ को मे महिनामा, मण्डलीले मलाई अनुभवात्मक गवाही भिडियोहरू जाँच्ने अल्पकालीन कर्तव्य निर्वाह गर्न खटायो। मैले महसुस गरेँ कि यो परमेश्वरले मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको हो, र मैले यसलाई गहिरो रूपमा कदर गरेँ, र प्रत्येक भिडियो होसियारीपूर्वक जाँचेँ। जब मेरो कर्तव्य मेरो दैनिक तालिकासँग बाझिन्थ्यो, म मेरो शरीरविरुद्ध विद्रोह गर्थेँ र मेरो कर्तव्यलाई प्राथमिकता दिन्थेँ। यसरी अभ्यास गर्दा, मलाई अब थकित महसुस भएन। अक्टोबर महिनामा, अगुवाले मलाई फेरि चलचित्र समूहमा गएर अभिनेताहरूलाई प्रशिक्षण दिन खटाउनुभयो। यो खबर सुनेर म धेरै खुसी भएँ। पूर्वाभ्यासमा ढिलाइ नहोस् भनेर, म चाँडै उठ्थेँ र ढिलो सुत्थेँ, वा भिडियोहरू जाँच्न आफ्नो दिउँसोको खाना खाने समयको प्रयोग गर्थेँ। अभिनेताहरूसँग पूर्वाभ्यास गर्दा, मैले उनीहरूलाई प्रशिक्षण दिन सक्दो प्रयास गरेँ र उनीहरूसँग धेरै अभ्यास गरेँ। यसो गर्दा, मेरो हृदयले साँच्चै शान्त र ढुक्क महसुस गर्यो।
एक पटक, म एक जना सिस्टरसँग मेरो विगतको असफलताको अनुभवबारे कुरा गर्दै थिएँ, र उहाँले मलाई मेरो पछ्याइपछाडिको दृष्टिकोणमाथि चिन्तन गर्न र त्यसलाई बुझ्न मार्गदर्शन दिनुभयो। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्ना वर्तमान परिस्थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन् र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्वरमा अझ अर्थपूर्ण विश्वास राख्नुपर्छ, र तैँले परमेश्वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। मैले यो खण्ड पहिले पढेकी थिएँ, तर मैले मेरो जीवनप्रतिको दृष्टिकोण र मेरा मूल्यहरू सही छन् कि छैनन् भनेर कहिल्यै विचार गरेकी थिइनँ। यो पढेपछि, मैले बुझेँ कि मानिसले मूल्यवान र अर्थपूर्ण जीवन जिउने कुराको पछि लाग्नुपर्छ। पत्रुसले प्रभु येशूलाई पछ्याउन थालेपछि, उहाँले जताततै प्रभुको मार्गको प्रचार गर्नुभयो। उहाँले आरामदायी जीवनको पछि लाग्नुभएन, तर केवल परमेश्वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने र सृजित प्राणीको कर्तव्य पूरा गर्ने कुराको पछि लाग्नुभयो। अन्तमा, उहाँ परमेश्वरको लागि उल्टो क्रूसमा टाँगिनुभयो, र परमेश्वरको लागि परम प्रेम र मृत्युसम्मको समर्पणता हासिल गर्नुभयो। उहाँले परमेश्वरको अनुमोदन प्राप्त गर्नुभयो, र उहाँको जीवन मूल्यवान र अर्थपूर्ण थियो। तर मैले त आरामको जीवन खोजेँ, सधैँ कम चिन्ता लिन चाहेँ। त्यसरी जिउनु अर्थहीन छ; यो केवल समयको बर्बादी हो। मैले सोचेँ कि कसरी निर्देशकको कर्तव्य निर्वाह गर्नु भनेको अरूभन्दा अलि कम आराम गर्नु र अलि बढी सोच्नु थियो, र मेरो शरीरको लागि अलि बढी थकाउने थियो। तर, यसको मतलब मैले सुसमाचारको काममा आफ्नो तर्फबाट केही योगदान दिन सक्थेँ—त्यो कत्ति मूल्यवान कुरा थियो! यदि मैले त्यो राम्ररी गरेकी हुन्थेँ भने, मैले जहिले पनि त्यसको बारेमा सोच्दा मेरो हृदय शान्त र ढुक्क हुन्थ्यो। तर अब, हरेक पटक त्यस असफलताको अनुभव सम्झँदा, मेरो हृदय पश्चात्ताप र पीडाले भरिन्छ। समयलाई फर्काउन सके कत्ति राम्रो हुन्थ्यो ताकि मैले आफ्नो कमीलाई पूरा गर्न सकूँ! त्यो घटना मेरो जीवनको एउटा ठूलो अपराध र पछुतो बनेको छ। मैले मेरो भ्रष्ट स्वभाव त्याग्ने र मेरो कर्तव्य पूरा गर्ने कुराको पछि लाग्नुपर्थ्यो। पछि लाग्नुपर्ने सही लक्ष्य यही हो। मैले परमेश्वरका वचनहरू सम्झेँ: “सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। यदि कुनै व्यक्ति केवल शारीरिक सुखभोगमा लिप्त हुन जिउँछ र पछि लाग्ने कुनै लक्ष्य छैन भने, ऊ पशुभन्दा फरक छैन। म यसरी पतनमा फस्न निरन्तरता दिन सक्दिनथेँ। मैले मेरो मन र ऊर्जालाई सत्यता पछ्याउन र मेरो कर्तव्य पूरा गर्नमा केन्द्रित गर्नुपर्थ्यो। साँचो मानिस जस्तै जिउने एउटै मात्र तरिका यही हो!
त्यसपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ कि यदि मैले फेरि कहिल्यै मेरो कर्तव्यमा झारा टारेँ भने उहाँले मलाई ताडना र अनुशासन दिनुहोस्। मैले मेरो कर्तव्यप्रतिको मनोवृत्तिलाई पनि बारम्बार जाँचेँ। जब मलाई झारा टार्न मन लाग्थ्यो, म तुरुन्तै प्रार्थना गर्थेँ र मेरो शरीरविरुद्ध विद्रोह गर्थेँ। एक दिन दिउँसो, म एक जना अभिनेत्रीसँग संवादको अभ्यास गर्दै थिएँ। उनलाई धेरै पटक सच्याएपछि पनि, उनले सुधार गरिरहेकी थिइनन्। मलाई यो धेरै झन्झट लाग्न थाल्यो र उनलाई अब सिकाउन मन लागेन। त्यही बेला, मैले दुई दिनअघि पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “जब तँलाई झाराटारुवा तरिकाले काम गर्न, छली हुन र ढिलासुस्ती गर्न, र आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरको छानबिनबाट बच्ने प्रयास गर्न मन लाग्छ, तब तँ प्रार्थना गर्न र त्यसो गर्नु सही हो कि होइन भनी चिन्तन गर्न तुरुन्तै परमेश्वरसामु आउनुपर्छ। त्यसपछि, केही सोचविचार गर्: ‘परमेश्वरमा विश्वास गर्नुको मेरो उद्देश्य के हो? मेरो झाराटारुवापनले मानिसहरूलाई मूर्ख बनाउला, तर के यसले परमेश्वरलाई मूर्ख बनाउनेछ र? अझ भन्नुपर्दा, म छली हुन र ढिलासुस्ती गर्नका लागि परमेश्वरमा विश्वास र आफ्नो कर्तव्य निर्वाह गर्दिनँ, बरु मैले मुक्ति प्राप्त गर्न सकूँ भनेर त्यसो गर्छु। यसरी कार्य गर्नुले ममा सामान्य मानवता नभएको देखाउँछ, र यो परमेश्वरले मन पराउने कुरा होइन। त्यसो गर्नु हुँदैन। यदि म संसारमा छली भएको, ढिलासुस्ती गरेको, र आफ्नै इच्छा पछ्याएको भए त्यो एउटा कुरा हुन्थ्यो, तर अहिले म परमेश्वरको घरमा छु, म परमेश्वरको सार्वभौमिकताअन्तर्गत, परमेश्वरका आँखाहरूको छानबिनअन्तर्गत छु, र म एक मानव हुँ, त्यसैले मैले मेरो विवेक र परमेश्वरका वचनहरूअनुसार कार्य गर्नैपर्छ, र मैले आफ्नै इच्छा पछ्याउन, झाराटारुवा हुन, वा छली हुन र ढिलासुस्ती गर्न मिल्दैन। त्यसोभए मैले छली नहुन र ढिलासुस्ती नगर्न, झाराटारुवा नहुन कसरी कार्य गर्नुपर्छ? मैले केही मेहनत लगाउनैपर्छ। भर्खरै मलाई त्यसरी कार्य गर्न धेरै झन्झट लाग्यो, त्यसैले म कठिनाइबाट बच्न चाहेँ, तर अब मैले बुझेँ: त्यसरी कार्य गर्न अझ धेरै झन्झट हुन सक्छ, तर त्यसले नतिजा दिन्छ, त्यसैले मैले त्यसरी नै गर्नुपर्छ।’ जब तँ त्यो काम गरिरहेको हुन्छस् र अझै पनि कष्ट सहन इच्छुक हुँदैनस्, तब तैँले त्यस्ता समयमा परमेश्वरलाई प्रार्थना गर्नुपर्छ: ‘प्रिय परमेश्वर! म एक अल्छी, र छली व्यक्ति हुँ। कृपया मलाई अनुशासनमा राख्नुहोस् र मलाई हप्काउनुहोस्, ताकि मैले विवेकको सचेतना प्राप्त गर्न र लाजको भावना राख्न सकूँ। म झाराटारुवा हुन चाहन्नँ। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र अन्तर्दृष्टि दिनुहोस्, ताकि मैले आफ्नो विद्रोहीपन र आफ्नो कुरूपता देख्न सकूँ।’ जब तँ यसरी प्रार्थना गर्छस्, र यसरी चिन्तन गर्छस् र आफूलाई चिन्ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना उत्पन्न गर्नेछ; तँ आफ्नो कुरूपतालाई घृणा गर्न सक्षम हुनेछस्, र तेरो गलत स्थिति परिवर्तन हुन थाल्नेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। मैले मेरा गलत सोच र विचारहरूविरुद्ध विद्रोह गर्न प्रार्थना गरेँ। त्यसपछि मैले ती अभिनेत्रीसँग हरेक संवादको विश्लेषण गरेँ र उनको समस्या कहाँ थियो भनेर पत्ता लगाएँ। त्यसपछि, उनले आफ्नो संवाद धेरै राम्रोसँग बोलिन्, र भोलिपल्टको छायाङ्कन धेरै सहज रूपमा भयो। यसरी अभ्यास गर्दा, मेरो हृदयले धेरै शान्त र ढुक्क महसुस गर्यो। पछि, निर्देशकले मलाई वाचन रेकर्ड गर्न ती अभिनेत्रीसँग जान भन्नुभयो। मैले यसलाई पनि गम्भीरतापूर्वक लिएँ। हामीले राती अबेरसम्म रेकर्ड गर्दा पनि मलाई थकित महसुस भएन। पछि, जब चलचित्र पूरा भयो र मैले सम्पादन गरिएको भिडियो देखेँ, म गहिरो रूपमा प्रभावित भएँ। मैले यो चलचित्रमा थोरै मात्र योगदान दिएँ तापनि, मैले यो कर्तव्य निर्वाह गर्नु मूल्यवान र अर्थपूर्ण थियो भन्ने महसुस गरेँ! परमेश्वरलाई धन्यवाद!