२२. मैले आफ्नो कमजोर क्षमताका कारण आफूलाई त्याग्न छाडिसकेकी छु

सु यान, चीन

सन् २०२३ को नोभेम्बरमा, मैले प्रवचनहरूको मूल्याङ्कन र छनौट गर्ने कर्तव्य सुरु गरेँ। पहिले अगुवा हुँदा मेरो क्षमता कमजोर भएकोले र मैले वास्तविक काम गर्न नसकेकोले मलाई बर्खास्त गरिएको बारेमा सोच्दा, मैले यो लेखन-पठनको कर्तव्य निर्वाह गर्न पाउनु परमेश्‍वरले मलाई उच्च पार्नुभएको र अनुग्रह दिनुभएको हो भनेर थाहा पाएँ। मेरो क्षमता कमजोर हुँदा पनि, म सहकार्य गर्न सक्दो प्रयास गर्न इच्छुक थिएँ, त्यसैले त्यसपछि, मैले सक्रिय रूपमा सिद्धान्तहरू अध्ययन गरेँ। मैले अरू ब्रदर-सिस्टरहरू सबैले आफूले सिकेका सिद्धान्तहरूलाई आ-आफ्ना कर्तव्यहरूमा लागू गर्न सकेको, र केही समयपछि, उनीहरू सबैले प्रगति गरेको देखेँ। मलाई साँच्चै नै उनीहरूको ईर्ष्या लाग्यो। तर त्यसपछि मैले आफैलाई हेरेँ: मैले अध्ययन गर्दा सिद्धान्तहरू बुझ्न त सक्थेँ, तर जब वास्तवमा ती लागू गर्ने कुरा आउँथ्यो, मैले कुराहरूबीचको सम्बन्ध बुझ्न वा सिद्धान्तहरूलाई लचिलो रूपमा लागू गर्न सक्दिनथेँ। मैले छनौट गरेका प्रवचनहरूमा सधैँ विचलन र समस्याहरू हुन्थे। मैले मनमनै सोचेँ, “मेरो क्षमता त साह्रै कमजोर रहेछ। राम्रो क्षमता भएका र छिट्टै बुझ्नेहरूले मात्र यो कर्तव्य राम्ररी पूरा गर्न सक्ने देखिन्छ। विगतमा, म अगुवा हुँदा केही कामका लागि जिम्मेवार थिएँ, तर मेरो कमजोर क्षमता र कार्य सामर्थ्यको कमीको कारणले, मैले आफ्नो कर्तव्यमा नतिजा ल्याइनँ। अहिले, मैले प्रवचनहरूको मूल्याङ्कन गर्ने यो एउटै काम अध्ययन गरेकी छु, र अझै पनि कुनै नतिजा हासिल गरेकी छैन। यदि मैले यो कर्तव्य पनि राम्ररी पूरा गर्न सकिनँ भने, मलाई मैले मुक्ति पाउने मौका गुमाउनु पर्ला भन्ने डर लाग्छ।” यो कुरा सोच्ने बित्तिकै, मैले अध्ययन गर्ने सबै उत्प्रेरणा गुमाएँ। मेरो क्षमता कमजोर भएकाले मलाई अध्ययन गर्नु व्यर्थ हो भन्ने लाग्यो। त्यसपछि, मैले आफ्नो कर्तव्यमा झारा मात्र टारेँ, र सिद्धान्तहरूमा अब मेहनत गर्न चाहिनँ; मैले छनौट गरेका प्रवचनहरूमा पनि बारम्बार समस्याहरू आउँथे। पछि, अगुवाले मलाई मद्दत गर्न सिस्टर झाओ यिङलाई खटाउनुभयो। म उहाँबाट गम्भीरतापूर्वक सिक्न र आफ्नो कर्तव्य राम्ररी गर्नका लागि सकेसम्म चाँडो सिद्धान्तहरूमा पोख्त हुन चाहन्थेँ। तर जब मैले झाओ यिङको क्षमता कत्ति राम्रो रहेछ, र उनले कत्ति चाँडो बुझ्ने रहेछिन्, सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्न सक्ने, र आफ्नो कर्तव्यमा राम्रो नतिजा हासिल गरिरहेकी रहेछिन् भन्ने देखेँ, अनि त्यसपछि कमजोर क्षमता भएको, ढिलो बुझ्ने, र आफ्नो कर्तव्यमा कमजोर नतिजा हासिल गर्ने आफैलाई हेरेँ—तब मैले मनमनै सोचेँ, “मेरो जस्तो क्षमताले, के मैले साँच्चै यो कर्तव्य राम्ररी पूरा गर्न सक्छु र? यदि मैले सकिनँ, र मलाई हटाइयो भने, के मैले मुक्ति पाउने मौका गुमाउनेछैन र?” यो सोचेर, मैले भित्रभित्रै झर्कन थालेँ, “हे परमेश्‍वर, हामी सबैलाई तपाईँले नै सृष्टि गर्नुभयो। तपाईँले किन अरूलाई यति राम्रो क्षमता दिनुभयो, र मलाई चाहिँ यति कमजोर क्षमता दिनुभयो?” म जति यस्तो सोच्दै गएँ, मेरो हृदय त्यति नै अन्धकार हुँदै गयो। म परमेश्‍वरबारे गुनासो गरिरहेकी छु भन्ने महसुस गरेपछि, मैले त्यसभन्दा अघि सोच्ने आँट गरिनँ र मेरो हृदयको रक्षा गरिदिनुहोस् भनी परमेश्‍वरसँग बिन्ती गरेँ। पछि, झाओ यिङले मेरो प्रवचन मूल्याङ्कनमा भएका विचलनहरूबारे मसँग सङ्गति गरिन्। जब उनले मेरा कमजोरीहरू एक-एक गरी औँल्याइन्, म झनै दिक्दार भएँ। मलाई म केही महिनादेखि यो कर्तव्य निर्वाह गर्दै आएकी छु तर अझै पनि यसमा अति धेरै समस्याहरू छन् भन्ने लाग्यो। मेरो क्षमता साँच्चै नै पर्याप्त थिएन। हामीले सिद्धान्तहरू अध्ययन गरिरहेका बेला, झाओ यिङले मलाई सङ्गति गर्न भनिन्, तर मलाई लाग्यो कि मेरो क्षमताको हिसाबले मैले सङ्गति गरे पनि पछि त्यसलाई लागू गर्न सक्नेछैन, त्यसैले मैले झारा टार्न केही शब्दहरू मात्र भनेँ। फलस्वरूप, मैले दुई दिनको अध्ययनबाट केही पनि हासिल गरिनँ। मलाई मेरो स्थिति गलत भएको महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई सधैँ मेरो क्षमता कमजोर छ, र यदि मैले यो कर्तव्य राम्ररी पूरा गर्न सकिनँ भने, मलाई बर्खास्त गरिनेछ र हटाइनेछ भन्ने लाग्छ। म यी नकारात्मक संवेगहरूमा अल्झिएकी छु र बाहिर निस्कन सकिरहेकी छैन। प्रिय परमेश्‍वर, बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” पछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको क्षमतामा मात्र निर्भर हुँदैन, बरु मुख्यतया उसले आफ्नो कर्तव्य निर्वाह गर्दाको मनोवृत्ति, उसको चरित्र, उसको मानवता असल छ कि खराब छ र ऊ सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यी नै मूल मुद्दाहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वर भन्नुहुन्छ कि कसैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा पूर्ण रूपमा उसको क्षमतामा निर्भर हुँदैन, बरु मुख्यतया उसको कर्तव्यप्रतिको मनोवृत्ति र उसले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। व्यक्तिमा कस्तो प्रकारको क्षमता छ भन्ने कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित हुन्छ। जबसम्म उनीहरूले आफ्नो कर्तव्यमा सक्दो प्रयास गर्छन् र सिद्धान्तहरूअनुसार काम गर्छन्, तबसम्म उनीहरू परमेश्‍वरको अभिप्रायअनुसार हुनेछन्। तर त्यसपछि मैले आफ्नो कर्तव्यप्रतिको आफ्नै मनोवृत्तिलाई हेरेँ: जब मेरा प्रवचन मूल्याङ्कनहरूमा धेरै विचलनहरू हुन्थे, मैले कठिनाइहरूलाई जित्ने उपायहरूका लागि दिमाग खियाइनँ। बरु, म नकारात्मक भएँ र मैले आफैमाथि फैसला गरेँ। मैले सोचेँ कि मैले अध्ययन गर्नुपर्ने कुरा पहिल्यै अध्ययन गरिसकेकीले, मेरो क्षमताले गर्दा, मैले जति नै कडा प्रयास गरे पनि कहिल्यै सिद्धान्तहरूमा पोख्त हुन वा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछैन। त्यसैले, मैले प्रयास गर्न चाहन छोडिदिएँ। यसबारे सोच्दा, यी सत्यता स्वीकार गर्ने व्यक्तिका प्रकटीकरण थिएनन्। यदि मैले कोसिस नगरेकी भए, पवित्र आत्माले मलाई मार्गदर्शन गर्नका लागि काम गर्न सक्नुहुन्नथ्यो, र मैले निश्चय नै आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्ने थिइनँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र आफ्नो समस्याबारे केही थप बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिस आफ्नो क्षमता अत्यन्तै कमजोर छ र आफूसँग बुझ्ने क्षमता छैन भनी महसुस गर्छन्, त्यसैले तिनीहरू आफैबारे फैसला गर्छन्। तिनीहरूलाई आफूले जतिसुकै सत्यता पछ्याए पनि, परमेश्‍वरका मागहरू पूरा गर्न सकिनेछैनन्, र आफूले जतिसुकै कडा प्रयास गरे पनि, आफू यस्तै हुँ भन्ने लाग्छ। तिनीहरू सधैँ नकारात्मक हुन्छन्। फलस्वरूप, परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँपछिसमेत, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता पछ्याउनमा प्रयास नलगाई, तँ आफ्नो क्षमता अत्यन्तै कमजोर छ भन्छस्, तँ आफैलाई त्याग्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्। फलस्वरूप, तँ आफूले बुझ्नुपर्ने सत्यता बुझ्दैनस् वा तँ आफूले अभ्यास गर्न सक्ने सत्यता अभ्यास गर्दैनस्—के तँ आफैलाई पछाडि धकेल्ने व्यक्ति होइनस् र? तँ सधैँ आफ्नो क्षमता कमजोर छ र कम छ भन्छस्—के यो जिम्मेवारीबाट बच्नु र पन्छिनु होइन र? यदि तँ कष्ट भोग्न, मूल्य चुकाउन, र पवित्र आत्माको काम प्राप्त गर्न सक्छस् भने, तँ पक्कै पनि केही सत्यता बुझ्न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। यदि तँ परमेश्‍वरलाई हेर्दैनस् वा उहाँमा भर पर्दैनस्, र तँ कुनै प्रयास नलगाई वा मूल्य नचुकाईकन आफूलाई त्याग्छस्, र केवल आत्मसमर्पण गर्छस् भने, तँ निकम्मा होस् र तँमा विवेक र समझको सानो अंश पनि छैन। तेरो क्षमता जस्तोसुकै भए पनि, जबसम्म तँसँग अलिकति विवेक र समझ छ, तबसम्म तैँले लगनशीलताका साथ आफ्नो कर्तव्य र आफ्नो मिसन पूरा गर्नुपर्छ। भगौडा हुनु एक घृणित विद्रोही कार्य हो; जब कुनै व्यक्तिले परमेश्‍वरलाई धोका दिएको हुन्छ, तब यो सच्याउनै नसक्ने हुन्छ। सत्यता पछ्याउन दृढ इच्छा चाहिन्छ, अनि अत्यन्तै नाजुक र आफूभित्र अत्यन्तै धेरै नकारात्मकता भएका मानिसहरूले केही पनि हासिल गर्नेछैनन्। तिनीहरूले अन्त्यसम्म परमेश्‍वरमा विश्‍वास गर्न सक्नेछैनन् र तिनीहरूले सत्यता प्राप्त गर्ने र स्वभावको रूपान्तरण हासिल गर्ने आशा त झनै कम हुन्छ। सत्यता पछ्याउने र सङ्कल्प भएकाहरूले मात्रै त्यो प्राप्त गर्न सक्छन् र तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरै स्थिति थियो। मैले ब्रदर-सिस्टरहरूलाई उनीहरूले सिकेका सिद्धान्तहरू लागू गरिरहेको र आफ्ना कर्तव्यमा राम्रा नतिजा हासिल गरिरहेको देखेँ। तर मैले अध्ययन गरेपछि, मैले प्रगति नगर्नुको साथै, ममा निरन्तर विचलन र समस्याहरू पनि देखा परे। फलस्वरूप, मैले कमजोर क्षमता भएको र ढिलो बुझ्ने, नकारात्मक संवेगहरूमा जिउने र सिद्धान्तहरूमा मेहनत गर्न अनिच्छुक भएको भनी आफूमाथि फैसला गरेँ। अगुवाले मलाई मार्गदर्शन गर्न झाओ यिङलाई खटाउनुभएको थियो, जुन म र काम दुवैको लागि लाभदायक थियो। तर जब मैले उनको क्षमता राम्रो भएको, उनले सिद्धान्तहरू छिट्टै बुझेको, र आफ्नो कर्तव्यमा परिणामहरू हासिल गरेको देखेँ, मैले आफ्ना कमजोरीहरू पूर्ति गर्न उनको सबल पक्षबाट सिकिनँ। बरु, मैले मलाई राम्रो क्षमता नदिएको भनी परमेश्‍वरलाई दोष दिएँ, र आफ्नो कमजोर क्षमताका कारणले केही पनि राम्ररी गर्न नसक्ने भनी आफूमाथि फैसला गरेँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा गुमाएँ, र म अब सिद्धान्तहरू मनन गर्नमा मेहनत गर्न इच्छुक रहिनँ। मैले आफूलाई साह्रै कमजोर र लगनशीलताको कमी भएको देखेँ—म एउटी बेकम्मा लाछी थिएँ। राम्रो मानवता भएका मानिसहरू परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने र आफ्नो कर्तव्यप्रति जिम्मेवारीको भावना राख्ने हुन्छन्। कठिनाइहरू सामना गर्दा पनि, उनीहरू नकारात्मक बन्दैनन्, ढिलासुस्ती गर्दैनन्, वा आफूमा आशा मार्दैनन्। उनीहरू आफ्नो कुण्ठा आफ्नो कर्तव्यमा पोख्दैनन्, परमेश्‍वरसँग तर्क गर्ने वा उहाँलाई गलत बुझ्ने त झन् परको कुरा हो। तर मैले आफैमाथि फैसला गरेँ, र मेरो कमजोर क्षमताले गर्दा, मैले जति नै मेहनत गरे पनि आफ्नो कर्तव्य कहिल्यै राम्ररी पूरा गर्न सक्दिनँ भन्ने कुरामा म विश्वस्त भएँ। म सिद्धान्तहरू अध्ययन गर्न पनि अनिच्छुक भएँ र मैले आफ्नो कर्तव्य झारा टार्ने तरिकाले निर्वाह गरेँ, र औपचारिकता मात्र पूरा गरेँ। यसले गर्दा मेरा प्रवचन मूल्याङ्कनहरूमा धेरै विचलन र समस्याहरू आए, जसले काममा ढिलाइ गराए। परमेश्‍वरले मलाई यति धेरै सत्यता प्रदान गर्नुभयो र मलाई मद्दत गर्न ब्रदर-सिस्टरहरू खटाउनुभयो, तर म आफ्नो कर्तव्यमा अनुत्साहित र गैरजिम्मेवार थिएँ। आफूलाई कठिनाइहरू आइपर्दा, म भगौडा जस्तो व्यवहार गर्थेँ। म साँच्चै परमेश्‍वरका वचनहरू खान, पिउन र उपभोग गर्न अयोग्य थिएँ। यदि म यस्तै रहिरहेँ भने, मलाई साँच्चै नै हटाइने थियो। यसबारे सोचेर, मैले अब आफ्नो कर्तव्यलाई यति नकारात्मक र निष्क्रिय रूपमा व्यवहार गर्न मिल्दैन भन्ने महसुस गरेँ: मैले यो राम्ररी गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। बिस्तारै, मैले आफ्नो कर्तव्यमा एउटा सानो मार्ग फेला पार्न थालेँ र केही नतिजा हासिल गर्न सकेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरू पढेँ र परमेश्‍वरका अभिप्रायहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘मेरो क्षमता कमजोर भए पनि, मसँग इमानदार हृदय छ।’ यी वचनहरू निकै सच्चा सुनिन्छन्, र तिनमा परमेश्‍वरले मानिसबाट गर्ने एउटा माग छ। के माग? के हो भने, कमजोर क्षमता हुनु ठूलो कुरा होइन, तर उनीहरूमा इमानदार हृदय हुनैपर्छ र उनीहरूमा त्यो छ भने, उनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, तँ आफ्नो कर्तव्यप्रति अर्पित हुनुपर्छ, तैँले छट्टु व्यवहार गर्नु हुँदैन, तँ धूर्त वा छली व्यक्ति हुनु हुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्‍नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ। धेरै मानिस आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मानकअनुरूप निर्वाह नगरेको सोच्छन्। तिनीहरू आफ्नो हृदय र शक्ति आफूले गर्ने कुरामा लगाउँछन्, तर सिद्धान्तहरू कहिल्यै बोध गर्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्ततः तिनीहरूले केवल आफ्नो क्षमता एकदमै कमजोर भएको गुनासो गर्न सक्छन् अनि तिनीहरू नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्‍वरले पहिले उहाँलाई इमानदार तर अज्ञानी व्यक्तिहरूका लागि दुःख लाग्छ भनेर भन्नुभयो। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरै अवस्थामा कमजोर क्षमताका कारण हुन्छ। यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ; यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइ, धर्मसिद्धान्त र प्रावधानहरूको बुझाइमा रहन्छ। त्यसैले तिनीहरूले धेरै समस्या प्रस्ट रूपमा देख्न सक्दैनन् र आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू बोध गर्न, वा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्। त्यसोभए, के परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्‍वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।) के त्यति भनेर मात्र तिमीहरू इमानदार व्यक्ति बन्न सक्छौ? (सक्दैनौँ, हामीमा इमानदार व्यक्तिका प्रकटीकरणहरू हुनैपर्छ।) इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ कि कमजोर क्षमता हुनु कुनै घातक त्रुटि होइन। कमजोर क्षमता भएका मानिसहरूले मुक्ति पाउन सक्दैनन् भनेर परमेश्‍वरले कहिल्यै भन्नुभएको छैन। परमेश्‍वरले मानिसहरूलाई उनीहरूका फरक-फरक क्षमताका आधारमा फरक-फरक मागहरू राख्नुहुन्छ। जबसम्म कुनै व्यक्तिले इमानदार हृदयले आफ्नो कर्तव्यलाई सामना गर्न सक्छ, आफूले बुझे जति सत्यता अभ्यास गर्न सक्छ, र आफ्नो कर्तव्यमा सक्दो मेहनत गर्न सक्छ, तबसम्म परमेश्‍वरले उसलाई हटाउनुहुनेछैन। यो तथ्य हो कि मेरो क्षमता कमजोर छ, सिद्धान्तहरूको कुरामा म तार्किक रूपमा सोच्न सक्दिनँ, र मेरो बुझ्ने क्षमता मेरी सिस्टरको जति राम्रो छैन। तर मैले कुनै पनि सिद्धान्त बिलकुलै बुझ्न नसक्ने होइन; म अलिकति ढिलो मात्र छु। त्यसैले, मैले परमेश्‍वरलाई धेरै प्रार्थना गर्नुपर्छ र उहाँका वचनहरू मनन गर्न बढी मेहनत गर्नुपर्छ। मेरा सिस्टरहरूले मेरा प्रवचन मूल्याङ्कनहरूमा भएका समस्याहरू औँल्याउँदा, मैले ती समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र आफ्ना कमजोरीहरू पूर्ति गर्न सिद्धान्तहरूको अध्ययन गर्नुपर्छ। छिटो प्रगति गर्ने तरिका त्यही हो। यो परमेश्‍वरको प्रेम हो, मेरै लागि एउटा विशेष अनुग्रह हो! परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, म अब नकारात्मक रहिनँ, र मैले आफ्नो भविष्यका लागि योजना बनाउन छोडेँ। म मेरा ब्रदर-सिस्टरहरूका अभ्यासका असल मार्गहरू अपनाउन, व्यावहारिक तरिकाले सिद्धान्तहरूको अध्ययन गर्न, चलाख नबन्न वा कुनै कसर बाँकी नराख्न, र आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्न इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ र आफ्नो नकारात्मकताको जडबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा के हो भने, परमेश्‍वरको कामको बीचमा मानिस आफ्‍नै उद्यममा संलग्न हुन्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा अलिकति पनि ध्यान दिँदैन। परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा ठूलो असफलता के हो भने, उसले परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न पछ्याइरहँदा, उसले साथसाथै आफ्‍नै आकाङ्क्षात्मक गन्तव्यको सपना निर्माण गर्छ र सबैभन्दा ठूलो आशिष् र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने भनी योजना बुन्छ। मानिसहरूले तिनीहरू कति निकृष्ट, घृणास्पद, र दयनीय छन् भन्‍ने कुरा बुझे तापनि, कति जनाले आफ्‍ना आकाङ्क्षा र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि कसले आफ्‍नै पाइलाहरूलाई रोक्न, अनि आफ्‍नै तर्फबाट योजना बनाउन छोड्न सक्छ? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नका लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँमा समर्पित हुनका लागि उहाँको व्यवस्थापनको कार्यमा आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गर्नेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, अनि उहाँप्रति अलिकति समर्पित हुने अनि त्यसपछि उहाँबाट त्यसको भर्पाइ माग्न प्रतीक्षा गर्नेहरूको खाँचो त झनै छैन। सानोतिनो योगदान दिने अनि त्यसपछि आफ्‍ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने कठोर हृदय भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। तिनीहरूकै लाभका लागि मुक्ति दिने उहाँको कामले प्रस्तुत गर्ने अवसरको फाइदा उठाउनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। किनभने यी मानिसहरूले परमेश्‍वर आफ्‍नो व्यवस्थापनको कार्यद्वारा के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। तिनीहरूलाई परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको मात्रै चासो हुन्छ। तिनीहरू आफ्‍नै भविष्य र भाग्यबारे पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरू परमेश्‍वरको हृदयको ख्याल पटक्कै गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि परमेश्‍वर मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्नेबारे र उहाँका अभिप्रायहरूबारे अलिकति पनि रुचि नराख्नेहरू सबैले परमेश्‍वरको व्यवस्थापनको कार्यको दायराभन्दा बाहिर रहेर आफूलाई गर्न मन लाग्ने कुराहरू मात्रै गरिरहेका हुन्छन्। तिनीहरूका कार्यलाई न त परमेश्‍वर स्मरण गर्नुहुन्छ न त अनुमोदन नै, परमेश्‍वर यसलाई निगाहको दृष्टिले त झनै हेर्नुहुन्न(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। “ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्‍ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन्, जबकि आशिष्‌हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरूको खुलासाबाट, मैले देखेँ कि ख्रीष्टविरोधीहरू आफैले आशिष् र लाभ पाउन परमेश्‍वरमा विश्वास गर्छन्। उनीहरू स्वभावमा परिवर्तन हासिल गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सत्यता पछ्याउँदैनन्; बरु, उनीहरू आफूले आफ्ना कर्तव्यमा लगाएका मेहनत र समर्पणसँग परमेश्‍वरका आशिष्‌हरू साट्न खोज्छन्। उनीहरू परमेश्‍वरलाई प्रयोग गरिरहेका र उहाँसँग मोलतोल गर्न खोजिरहेका हुन्छन्। उनीहरू सत्यता वा स्वभावगत परिवर्तन पछ्याउनु भन्दा आशिष् पाउनुलाई बढी महत्त्वपूर्ण ठान्छन्। मैले मेरा आफ्नै प्रकटीकरणहरू ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै भएको देखेँ। मैले परमेश्‍वरमा विश्वास गर्न थालेदेखि, म सधैँ सहकार्यका लागि कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक हुन्थेँ, चाहे मण्डलीले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने वा अगुवा वा कामदार बन्ने जुनसुकै काम दिएको होस्। किनभने मलाई थाहा थियो कि धेरै कर्तव्यहरू पूरा गरेर र धेरै असल कार्यहरू तयार गरेर, मैले मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु। तर जब मैले मेरो कमजोर क्षमताले मलाई अगुवाइको कर्तव्य पूरा गर्नबाट रोकेको, र प्रवचनहरूको मूल्याङ्कन गर्दा मैले सिद्धान्तहरू लागू गर्न नसकेको देखेँ, तब मलाई म कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ र मलाई हटाइनेछ, साथै मेरो मुक्ति पाउने आशा गुम्नेछ भन्ने चिन्ता लाग्यो। जब मलाई मेरो आशिष्‌प्रतिको चाहना चकनाचुर भएको महसुस भयो, तब म नकारात्मक भएँ, मैले आफैमाथि फैसला गरेँ, र आफैलाई त्यागिदिएँ; आफ्नो कर्तव्यमा, म केवल औपचारिकता पूरा गर्थेँ र झारा टार्थेँ। मैले देखेँ कि परमेश्‍वरमाथिको मेरो विश्वास र मेरो कर्तव्यमा, म केवल परमेश्‍वरसँग मोलतोल गर्न खोजिरहेकी थिएँ। म परमेश्‍वरलाई धोका दिइरहेकी र प्रयोग गरिरहेकी थिएँ: म नाफालाई पहिलो स्थानमा राख्ने घृणास्पद व्यक्ति थिएँ। म आफ्नो स्वभाव परिवर्तन पछ्याउनुको साटो मोलतोल गर्न खोज्ने अभिप्रायले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ यदि यस्तै चलिरह्यो भने, मैले मुक्ति पाउन नसक्नुको साथै, मलाई हटाइने र परमेश्‍वरद्वारा दण्डित पनि गरिने थियो। जब मैले मनन गरेर यो कुरा महसुस गरेँ, मलाई अत्यन्तै दोषी महसुस भयो, त्यसैले मैले घुँडा टेकेर प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, तपाईँले मलाई आफ्नो कर्तव्य पूरा गर्ने यो अवसरमार्फत अनुग्रह दिनुभएको छ, तैपनि म सधैँ आशिष् पाउने चाहनामा टाँसिरहेकी हुन्छु। म साह्रै स्वार्थी र घृणास्पद छु! हे परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु।”

पछि, परमेश्‍वरका वचनहरूमार्फत मैले परमेश्‍वरका अभिप्राय र मागहरू अझ स्पष्ट रूपमा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्‍ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्‍ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्‍ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्‍चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्‍वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्। अन्त्यमा, मानिसहरूले यी तीन कुरा हासिल गर्नु आवश्यक हुन्छ, र ती प्राप्त गर्न सक्नेहरूलाई सिद्ध पारिनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु, प्रत्येक व्यक्तिसँग सिद्ध पारिने मौका हुन्छ र प्रत्येक व्यक्ति सिद्ध पारिनका लागि सक्षम हुन्छ, र यो सत्य हो, तर तँ उँभो लाग्न प्रयास गर्दैनस्। यी तीन मापदण्ड पूरा नगर्नेहरूलाई अझै पनि अन्त्यमा हटाइनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ कि परमेश्‍वरले मानिसहरूलाई फरक-फरक क्षमता दिनुहुन्छ, र उनीहरूका लागि उहाँका मागहरू पनि फरक-फरक हुन्छन्। राम्रो क्षमता भएकाहरूका लागि उनीहरूलाई लागू हुने मागहरू तोकिन्छन्; कमजोर क्षमता भएकाहरूका लागि पनि उनीहरूलाई लागू हुने मागहरू तोकिन्छन्। तपाईँको क्षमता उच्च होस् वा न्यून, जबसम्म तपाईँ आफ्नो अर्पण दिन, सत्यता अभ्यास गर्न, र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नुहुन्छ, तबसम्म तपाईँले मुक्ति पाउने मौका पाउनुहुनेछ। तर मैले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझिनँ। मैले सोचेँ कि मेरो कमजोर क्षमताले गर्दा, मैले मुक्ति पाउन सक्दिनँ, र राम्रो क्षमता भएका र छिट्टै बुझ्नेहरूको मात्र कुनै आशा हुन्छ। मेरो दृष्टिकोण कत्ति विकृत थियो! कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, उसको स्वभाव परिवर्तन हुन्छ कि हुँदैन, र उसले आफ्नो कर्तव्यमा अर्पण र समर्पण देखाउँछ कि देखाउँदैन भन्ने कुरामा आधारित हुन्छ। मैले आफूले चिनेका एक जिल्ला अगुवाका बारेमा सोचेँ जसको केही बौद्धिकता र क्षमता थियो। ब्रदर-सिस्टरहरू सबैले उनलाई उच्च सम्मान गर्थे। तर आफ्नो कर्तव्य निर्वाह गर्दा, उनले अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न सकिनन्। उनले तानासाही रूपमा काम गरिन्, मण्डलीको काममा अवरोध र बाधा पुऱ्याइन्। जब ब्रदर-सिस्टरहरूले उनीसँग सङ्गति गरे, उनले त्यसलाई स्वीकार गरिनन् र हठी भई पश्चात्ताप गर्न अस्वीकार गरिन्। अन्तमा, उनलाई निष्कासित गरियो। अर्कोतिर, अर्की सिस्टरको क्षमता अलिकति कमजोर थियो, तर उनी एकदमै सच्चा थिइन्। उनलाई आफ्नो कर्तव्यमा कठिनाइहरू आइपर्दा, उनी परमेश्‍वरलाई प्रार्थना गर्थिन् र आफ्नै भ्रष्टतालाई समाधान गर्नका लागि सत्यता खोज्नमा ध्यान केन्द्रित गर्थिन्, साथै उनले आफ्नो कर्तव्यमा केही नतिजाहरू हासिल गर्न सकेकी थिइन्। यी तथ्यहरूबाट मैले बुझेँ कि यदि कसैको राम्रो क्षमता छ र उसले छिटो बुझ्छ भने पनि, यदि उसले सत्यता पछ्याउँदैन र उसको स्वभाव परिवर्तन हुँदैन भने उसले मुक्ति पाउन सक्दैन। मेरो क्षमता कमजोर भए पनि, मैले आफूले बुझ्न सक्ने सबै सत्यता सिद्धान्तहरू अभ्यास गर्नुपर्छ र आफ्नो कर्तव्य गर्न कुनै कसर बाँकी राख्नु हुँदैन। यसरी, यदि कुनै दिन म साँच्चै नै योग्य भइनँ र बर्खास्त भएँ भने पनि, मलाई कुनै पछुतो हुनेछैन। मैले यो पनि महसुस गरेँ कि परमेश्‍वरले मलाई राम्रो क्षमता र वरदानहरू नदिनुको पछाडि उहाँको अभिप्राय छ। ममा अहङ्कारी स्वभाव छ। म स्पष्ट रूपमा केही पनि होइन, तैपनि जब मैले आफ्नो कर्तव्यमा ब्रदर-सिस्टरहरूसँग सहकार्य गरेँ, म अझै पनि अहङ्कारी र आत्म-धर्मी थिएँ र मैले उनीहरूसँग सौहार्दपूर्ण सहकार्य गर्न सकिनँ। अहिले, मेरो कमजोर क्षमताको कारणले, मलाई मेरो कर्तव्यमा झट्काहरू लागिरहन्छ, त्यसैले म अब अहङ्कारी हुन सक्दिनँ। म केवल नम्रतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न सक्छु। जब मैले केही कुरा जान्दिनँ वा बुझ्दिनँ, तब म खोज्न सक्छु, र म मेरा ब्रदर-सिस्टरहरूका सुझावहरू स्विकार्न सक्छु। यसले मलाई मेरो भ्रष्ट स्वभावले अवरोध र बाधाहरू निम्त्याउनबाट पनि रोक्छ। मेरो कमजोर क्षमताले मलाई सुरक्षा दिइरहेको छ!

त्यसपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र अझ धेरै समय सिद्धान्तहरू र परमेश्‍वरका वचनहरू मनन गर्दै बिताएँ। केही समयपछि, मैले आफ्नो कर्तव्यमा केही प्रगति गरेँ र यसमा केही नतिजाहरू हासिल गरेँ। एक दिन, म एक सिस्टरसँग आफ्ना अनुभवहरूबारे सङ्गति गरिरहेकी थिएँ, र उनले भनिन्, “तिमीले साँच्चै नै पहिलेको तुलनामा हालसालै केही प्रगति गरेकी छौ। कमजोर क्षमता हुनुले फरक पार्दैन। जबसम्म हामी सत्यता अभ्यास गर्न इच्छुक हुन्छौँ र पवित्र आत्माको काम प्राप्त गर्न सक्छौँ, तबसम्म परमेश्‍वरले कमजोर क्षमताको खोटलाई पूर्ति गरिदिनुहुनेछ।” म यो कुरामा साँच्चै सहमत भएँ, र परमेश्‍वरले भन्नुभएको कुरा मैले बुझेँ: “सायद परमेश्‍वरको वचन बोध गर्ने तिमीहरूको क्षमता कमजोर होला, तर तिमीहरूद्वारा उहाँको वचनको अभ्यासमार्फत, उहाँ त्यो कमीलाई निवारण गर्न सक्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ)। मैले बुझेँ कि परमेश्‍वरले व्यक्तिको क्षमता कस्तो छ भनेर हेर्नुहुन्न, बरु उसले सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नुहुन्छ। जब व्यक्तिले सत्यता अभ्यास गर्छ, परमेश्‍वरले उसको अन्तर्निहित क्षमताका आधारमा उसलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ, जसले गर्दा उसले आफ्नो कर्तव्यमा एउटा मार्ग भेट्टाउन सक्छ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  २१. के अनुग्रहको आनन्द लिन मात्र खोज्नु परमेश्‍वरमाथिको साँचो विश्वास हो?

अर्को:  २३. म कसरी आफ्नो ईर्ष्याबाट मुक्त भएँ

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger