२४. एउटी भारतीय किशोरीको आस्थाको कठिन यात्रा
म एउटा इसाई परिवारमा जन्मेकी थिएँ। मेरा बुबा पाष्टर हुनुहुन्छ, र मेरी आमा पनि मण्डलीमा सेवा गर्नुहुन्छ। मैले सानै उमेरदेखि उहाँहरूसँगै प्रभुमा विश्वास गरेँ। मेरा आमाबुबा प्रभुका एकदमै भक्त विश्वासी हुनुहुन्थ्यो र अरूहरूप्रति निकै मिलनसार पनि हुनुहुन्थ्यो। हाम्रो परिवारमा एकदमै मेलमिलाप थियो। मेरो सुखी परिवार देखेर मेरा बाल्यकालका साथीहरू सबै मेरो ईर्ष्या गर्थे, र म पनि आफूलाई निकै भाग्यमानी ठान्थेँ। हुर्कँदै गर्दा, मैले मेरो वरपरका मानिसहरूले अक्सर पाप गरेको देखेँ, र म पनि पापको बन्धनमा जिइरहेकी थिएँ। आफ्ना हितहरू जोगाउन, म झूट बोल्थेँ र उग्र व्यवहार गर्थेँ, साथै म अरूको ईर्ष्या गर्थेँ र उनीहरूलाई घृणा पनि गर्थेँ। म एकदमै तनावग्रस्त थिएँ। मलाई आफ्नै यस्तो रूप मन पर्दैनथ्यो, त्यसैले परमेश्वर मलाई कसरी मन पराउन सक्नुहुन्थ्यो होला र? म अक्सर रुँदै परमेश्वरसामु आफ्ना पापहरू स्वीकार गर्थेँ, तर पछि गएर फेरि नचाहँदा-नचाहँदै पाप गर्थेँ। म साह्रै चिन्तित थिएँ—यदि म यसरी नै पश्चात्ताप नगरी र परिवर्तन नभई जिइरहेँ भने, के म अन्त्यमा स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु र? त्यसैले मैले मेरो बुबालाई सोधेँ, “म प्रायः पाप गरिरहन्छु—के प्रभुले मलाई क्षमा गर्नुहुनेछ? साँचो पश्चात्ताप हासिल गर्न म के गर्न सक्छु?” बुबाले भन्नुभयो, “चिन्ता नगर। जबसम्म हामी प्रभुसामु पाप स्वीकार गर्छौँ र पश्चात्ताप गर्छौँ, उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुनेछ। प्रभुले हामीलाई त्याग्नुहुनेछैन।” बुबाको जवाफले मेरो अन्योललाई कत्ति पनि हटाउन सकेन।
मार्च २०२० मा, महामारी झन्-झन् गम्भीर हुँदै गयो, र सबै संस्था बन्द गर्ने आदेश दिइयो। त्यतिबेला, म नर्सिङमा स्नातक तहको अध्ययन गर्दै थिएँ, र मेरो कलेज बन्द भएकाले म पनि घर गएँ। अप्रिल महिनामा, मेरी साथी एलाले मलाई फेसबुकमा सर्वशक्तिमान् परमेश्वरको मण्डलीको अनलाइन भेलामा सहभागी हुन निमन्त्रणा पठाइन्। केही समयको खोजीनीतिपछि, मैले परमेश्वरको देहधारणसम्बन्धी सत्यता बुझेँ, र परमेश्वरले मानवजातिलाई मुक्ति दिन कामका तीन चरण गर्नुभएको छ, अनि परमेश्वरको आखिरी दिनहरूको न्यायको काम मानिसहरूका शैतानी स्वभावहरूलाई पखाल्न र रूपान्तरण गर्न, उनीहरूलाई पापको बन्धनबाट मुक्त गर्न, र पूर्ण रूपमा मुक्ति दिनका लागि हो भन्ने थाहा पाएँ। पापबाट मुक्त हुन मैले खोजिरहेको मार्ग ठीक यही थियो। सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरूले वर्षौँदेखि मलाई पिरोलिरहेको अन्योललाई हटाइदिए, र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा म हृदयदेखि नै निश्चित भएँ। त्यसपछि, म अक्सर भेलाहरूमा सहभागी हुन थालेँ। हरेक भेलाबाट म केही न केही सत्यता बुझ्न सक्थेँ, र मेरो हृदय साँच्चै तृप्त भएको थियो। पछि, मैले फेसबुकमा सर्वशक्तिमान् परमेश्वरको मण्डलीका, परमेश्वरका वचनका भजनहरू सेयर गरेँ, र एक जना पाष्टरले ती देखेछन्। त्यसपछि उनले मेरो बुबालाई सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासबारे बताइदिएछन्। बुबाले मलाई प्रश्न गर्नुभयो, “के तँ सर्वशक्तिमान् परमेश्वरको मण्डलीको अनलाइन भेलामा सहभागी हुँदै छेस्? कसैले मलाई भन्यो, तैँले त विधर्ममा विश्वास गरेकी छेस् रे। के तँलाई यो कुरा थाहा छ? सर्वशक्तिमान् परमेश्वरको मण्डलीले प्रचार गरेको मार्ग बाइबलअनुसार छैन। अबदेखि तँ यसमा विश्वास गर्न पाउँदिनस्! मेरी छोरीले कसरी मलाई नटेरेर अर्को मार्गमा विश्वास गर्न मिल्छ?” बुबा आफ्नो इज्जत जोगाउने कुराबारे निकै चिन्तित हुनुहुन्थ्यो, र उहाँले यसो समेत भन्नुभयो, “मेरै छोरीले मेरा उपदेशहरू सुन्न मान्दिन। अब म अरूलाई कसरी सिकाइरहन सक्छु?” मैले भनेँ, “बुबा, तपाईँलाई पनि थाहा छ कि हामी सबै पापमा जिउँछौँ र अक्सर नचाहँदा-नचाहँदै पाप गर्छौँ, अनि हामी चाहेर पनि यसबाट मुक्त हुन सक्दैनौँ। किनभने हामीभित्र भएको पापी प्रकृति समाधान भएको छैन। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वरले हाम्रो पापी प्रकृतिलाई समाधान गर्न, हामीलाई शुद्ध गर्न र पापबाट मुक्ति दिनकै लागि सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ।” यस्तो सुनेपछि, बुबाले निकै रिसाउँदै भन्नुभयो, “परमेश्वरले नयाँ काम गर्नु असम्भव छ! हामीलाई अझैसम्म नपखालिएको भए पनि, प्रभुसामु प्रार्थना र पाप स्वीकार गर्यौँ भने, उहाँले क्षमा गर्नुहुन्छ। न्याय र शुद्धीकरणको कुनै कामको आवश्यकता नै छैन।” मैले बुबालाई भनेँ, “धर्मशास्त्रका धेरै अगमवाणीमा प्रभु फर्कनुहुँदा अर्को चरणको काम गर्नुहुनेछ भनेर उल्लेख गरिएको छ। प्रभु येशूले भन्नुभयो: ‘अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ’ (यूहन्ना १६:१२-१३)। ‘तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो।’ (यूहन्ना १७:१७)। यसले हामीलाई के बताउँछ भने, आखिरी दिनहरूमा परमेश्वर सत्यता व्यक्त गर्न र मानिसहरूलाई पापबाट पखाल्न आउनुहुन्छ। सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामले यी अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छ। प्रभु पवित्र हुनुहुन्छ। ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्नेछैन’ (हिब्रू १२:१४)। अहिले हामी सबै पापमा जिउँछौँ: हामी स्वार्थी, लोभी, अहङ्कारी, र आत्म-धर्मी छौँ, र अक्सर देखावटी गर्छौँ; हामी झूट बोल्छौँ, ठगी गर्छौँ, ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्छौँ, इत्यादि। यी पापहरू नफालीकन, हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्य नै हुँदैनौँ!” तर बुबाले मेरो कुरा सुन्नै मान्नुभएन। सर्वशक्तिमान् परमेश्वरलाई अस्वीकार गराउनका लागि, उहाँले मलाई सिसिपिले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्न प्रयोग गर्ने सबै आधारहीन अफवाह सुनाउनुभयो, र उदास मुद्रामा भन्नुभयो, “यो सबै मेरो गल्ती हो। मैले तेरो राम्रो हेरचाह गरिनँ, र तँ तिनीहरूको बहकाउमा परिस्।” यी कुराहरू सुन्दा म धेरै दुःखी भएँ, र ममा अलिक असर पर्यो। मैले हृदयमा चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई मलाई मार्गदर्शन गर्न बिन्ती गरेँ। मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको दुई महिनामा, आफूले परमेश्वरका धेरै वचन पढेको र सर्वशक्तिमान् परमेश्वरका वचनहरू सबै सत्यता हुन् भन्ने देखेको कुरा विचार गरेँ। तिनले मलाई मेरो भ्रष्ट स्वभाव फाल्न र सामान्य मानवता जिउन मार्गदर्शन गरिरहेका थिए। तिनले मलाई परमेश्वरको धर्मी स्वभावको केही ज्ञान पनि दिए। म हृदयमा साँच्चै परमेश्वरका वचनहरूका लागि लालायित थिएँ, र हरेक पटक परमेश्वरका वचन खाँदा-पिउँदा, म पवित्र आत्माको उपस्थितिको आनन्द लिन सक्थेँ। मेरो हृदय तृप्त हुन्थ्यो र त्यसमा शान्ति र आनन्द हुन्थ्यो। यो मैले व्यक्तिगत रूपमा अनुभव गरेको कुरा थियो। मलाई सर्वशक्तिमान् परमेश्वरले व्यक्त गरेका सत्यताहरूले मात्र मेरो भ्रष्ट स्वभावलाई पखाल्न, र मलाई पापको बन्धनबाट मुक्त गर्न सक्छ भन्ने कुरा स्पष्ट रूपमा थाहा थियो। बुबाले जे भने पनि, म सर्वशक्तिमान् परमेश्वरमाथिको विश्वासमा निरन्तर लागिरहनुपर्थ्यो। म बुबालाई मेरो फोनमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू देखाउन चाहन्थेँ, तर उहाँले मलाई फोन निकाल्नै दिनुभएन, र मलाई चिच्याउँदै भन्नुभयो, “तँलाई केही जान्नु छ भने बाइबल पढ्। यदि बुझिनस् भने आएर मलाई सोध्। अरूका शिक्षाहरू सोचविचार नै नगरी नसुन्!” बुबा बाइबलका शाब्दिक वचनहरूमा टाँसिएर बस्नुभएको र सत्यता स्वीकार नगर्नुभएको देख्दा म धेरै खिन्न भएँ। त्यतिबेला, बुबाले मेरो फोन खोस्नुभयो, र मलाई उहाँले त्यो फिर्ता दिनुहुन्छ कि हुन्न, वा म अनलाइन भेलाहरूमा सहभागी हुन पाउँछु कि पाउँदिन भन्ने थाहा थिएन। मलाई परिवारद्वारा गरिने सतावट अनुभव गर्नु सजिलो कुरा होइन भन्ने थाहा थियो, र म मेरो कद सानो भएकाले म दृढ रहन सक्दिनँ कि भनेर चिन्तित थिएँ। मैले हृदयमा चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई मलाई मार्गदर्शन र सुरक्षा गर्न बिन्ती गरेँ।
केही समयपछि, बुबाले मलाई फेरि सर्वशक्तिमान् परमेश्वरको मण्डली छोड्न भन्नुभयो। म मौन बसेको देखेर उहाँ धेरै रिसाउनुभयो, र मलाई सोध्नुभयो, “तँ मेरा उपदेशहरू मान्छेस् कि प्रभु येशूको पुनरागमन प्रचार गर्ने ती चिनियाँ मानिसहरूलाई पछ्याउँछेस्?” मैले जवाफ दिएँ, “म परमेश्वरलाई पछ्याउनेछु।” मैले त्यसो भन्ने बित्तिकै मेरो बुबाले मलाई अनुहारमा झापड हान्नुभयो। उहाँले मलाई अरू दुई पटक सोध्नुभयो, र दुवै पटक मेरो जवाफ उही रह्यो। हरेक चोटि मैले जवाफ दिँदा उहाँले झापड हान्नुभयो। मेरो भाइले भन्यो, “दिदी, तपाईँ किन यति जिद्दी गर्नुहुन्छ? बुबाको कुरा सुन्नुहोस् न, र हाम्रो परिवारलाई पहिले जस्तै मेलमिलापपूर्ण राख्नुहोस्।” मैले केही बोलिनँ, र बुबा रिसले चूर हुँदै अर्को कोठामा जानुभयो। मैले प्रभु येशूले भन्नु भएको कुरा सम्झेँ: “म पृथ्वीमा शान्ति बर्साउन आएको हुँ भन्ने नसोच: म शान्ति बर्साउन होइन, तरवार बर्साउन आएको हुँ। किनभने म मानिसलाई उसको बुबाको विरुद्धमा, र छोरीलाई उसकी आमाको विरुद्धमा, अनि बुहारीलाई सासूको विरुद्धमा उठाउन आएको हुँ” (मत्ती १०:३४-३५)। प्रभु फर्कनुभएको, अनि कतिपय मानिसहरूले उहाँको वाणी चिनेर उहाँलाई पछ्याएको, जबकि उहाँलाई नचिन्नेहरूले भने उहाँको प्रतिरोध गर्ने कुरा मलाई थाहा थियो। एकै परिवारका भएपनि हामी यसैका कारण विभाजित हुन्थ्यौँ। मैले पनि यही कुरा सामना गर्नुपरेको थियो। दुई-तीन मिनेटपछि, बुबाले मलाई अर्को कोठामा बोलाउनुभयो। एउटा लामो, मोटो लौरो समातेर उहाँले मलाई केरकार गर्नुभयो, “मलाई भन्! तँ कसको कुरा सुन्ने होस्?” मैले भनेँ, “म परमेश्वरले भनेको सुन्छु!” मेरो बुबा क्रोधित हुनुभयो, मेरो काँधमा लट्ठीको टुप्पाले घोच्नुभयो, जसले गर्दा मेरो काँधमा नीलडाम बस्यो। भाइले पनि छेउबाट मलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास नगर्नू भन्दै चिच्यायो। बुबाले भन्नुभयो, “यतिखेर म शैतान हुँ! मैले भनेको मानिनस् भने तँलाई मार्नेछु!” त्यतिबेला, म धेरै छक्क परेँ। मैले एक समय भरोसा र आदर गरेको, प्रभुमाथिको आस्थामा यति मिलनसार र विनम्र देखिने मेरा बुबाले उहाँले यस्ता कुराहरू भन्न सक्नुहुन्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। उहाँ धेरै वर्षदेखि विश्वासी हुनुहुन्थ्यो र सबै किसिमका ठाउँहरूमा प्रचार गर्नुभएको ठूलो पाष्टर हुनुहुन्थ्यो। उहाँ परमेश्वरको आखिरी दिनहरूको काममा पूर्ण रूपमा प्रकाश गरिनुभएको थियो। जब उहाँले प्रभु येशूको पुनरागमनको खबर सुन्नुभयो, उहाँमा खोजी गर्ने हृदय कत्ति पनि थिएन। सारमा भन्नुपर्दा, उहाँ एक अविश्वासी हुनुहुन्थ्यो! सुरुमा, मलाई लागेको थियो बुबाले मेरो परमेश्वरको गवाही सुन्नुहुनेछ, तर त्यो क्षण, मलाई उहाँ एक पाष्टर भए तापनि, उहाँमा परमेश्वरको डर मान्ने हृदय कत्ति पनि थिएन भन्ने थाहा भयो। उहाँ त परमेश्वरको सेवा गरे तापनि उहाँको प्रतिरोध गर्ने एक झुटो गोठालो हुनुहुँदो रहेछ। उहाँले सत्यतालाई प्रेम गर्नुभएन; उहाँलाई त आफ्नै इज्जतको मतलब थियो। उहाँ बाहिरबाट चाहिँ श्रद्धालु देखिनुहुन्थ्यो, तर भित्र भने उहाँले सत्यतालाई घृणा गर्नुहुँदो रहेछ। मैले बुबालाई भनेँ, “म साँचो मार्ग छोड्ने छैन।” बुबा धेरै रिसाउनुभयो र मलाई मेरो फोनबाट मेरा सबै ब्रदर-सिस्टरको सम्पर्क विवरण हटाउन आदेश दिनुभयो। उहाँले मलाई धम्की पनि दिइरहनुभयो र मेरो अनुहारमा हिर्काउन थाल्नुभयो। बुबालाई यस्तो रूपमा देख्दा, मलाई धेरै डर लाग्यो र अलिक कमजोर महसुस भयो। मैले परमेश्वरमा विश्वास गरेकै कारण मैले यस्तो सतावट भोग्नुपर्नेछ भनेर कहिल्यै सोचेकी थिइनँ। मैले अरू के सामना गर्नुपर्ने हो, मलाई थाहा थिएन। यदि मैले भविष्यमा अझ धेरै पीडा भोग्नुपर्यो वा मृत्युको सामना गर्नुपर्यो भने, के म अझै पनि मेरो गवाहीमा दृढ रहन सकूँला? त्यस क्षणमा, मैले चिनियाँ कम्युनिष्ट पार्टीको सतावट भोगेका ती ब्रदर-सिस्टरहरूका अनुभवहरूबारे विचार गरेँ। हरप्रकारका यातनाबीच उनीहरू परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन सक्षम भएका थिए। मैले भोगिरहेको यो सानो सतावटको त के अर्थ थियो र? परमेश्वरले मलाई उहाँको सामु ल्याएर र मलाई सत्यता प्रदान गरेर ममाथि अनुग्रह गर्नुभएको छ। म मेरो गवाहीमा दृढ रहनुपर्छ। मैले खालि कायरताकै कारण साँचो मार्ग छोड्नु हुँदैनथ्यो। मेरो दृढ मनोवृत्ति देखेर, बुबाले अचानक त्यो लौरोले मेरो टाउकोमा जोडले हिर्काउनुभयो। मेरो टाउको फुट्ला भनेर चिन्तित हुँदै, मेरो भाइ बुबालाई रोक्न अघि बढ्यो, र मलाई चिच्यायो, “के तँ बुबाको हातबाट मर्न चाहन्छेस्? तँ किन यति जिद्दी गर्छेस्? तँ आफू गलत छु भनी किन स्वीकार गर्न सक्दिनस्?” बुबाले मेरो कपाल समात्नुभयो र मलाई यताउति घचेट्नुभयो, र लौरोको टुप्पोले मेरो काँधमा घोचिरहनुभयो। मेरो काँधमा नीलडाम बसेर कालो-नीलो नहुन्जेल उहाँ रोकिनुभएन। बुबालाई यस्तो देख्दा, मलाई हृदयमा अलिक कमजोर महसुस भयो।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जसले मलाई आस्था र शक्ति दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ एउटा त्यस्तो ठाउँमा पुग्नैपर्छ जहाँ तँलाई जस्तोसुकै परिस्थितिहरू आइपरे पनि, सत्यता पछ्याउने र प्राप्त गर्ने तेरो सङ्कल्प परिवर्तन हुन नसकोस्। तब मात्रै तँ सत्यतालाई साँच्चै प्रेम गर्ने र पछ्याउने व्यक्ति बन्नेछस्। तँलाई केही आइपर्दा र तैँले अलिकति कठिनाइ भोग्दा, यदि तँ पछि हट्छस्, नकारात्मक र उदास हुन्छस्, अनि आफ्नो सङ्कल्प त्याग्छस् भने, यो उचित हुनेछैन। तँमा आफ्नो ज्यान जोखिममा हाल्ने प्रेरणा हुनैपर्छ र तैँले यसो भन्नैपर्छ, ‘चाहे जेसुकै होस्—त्यसका लागि म मर्न परे पनि, म सत्यतालाई वा सत्यता पछ्याउने मेरो उद्देश्यलाई त्याग्नेछैनँ।’ त्यसपछि कुनै कठिनाइले तँलाई रोक्न सक्नेछैन। यदि तँलाई साँच्चै कठिनाइ आइपर्यो र तँ निस्कनै नसक्ने परिस्थितिमा परिस् भने, परमेश्वरले कार्य गर्नुहुनेछ। त्यसबाहेक, तैँले यो कुरा बुझ्नैपर्छ: ‘मलाई जे परिस्थितिहरू आइपरे पनि, ती सबै परमेश्वरद्वारा बन्दोबस्त गरिएका हुन्छन्, र तीभित्र मैले सिक्नुपर्ने पाठहरू हुन्छन्। म कमजोर हुन सकुँला, तर म नकारात्मक छैनँ, र पाठहरू सिक्ने मौका दिनुभएकामा म परमेश्वरप्रति आभारी छु। मेरा लागि यो अवस्था खडा गरिदिनुभएकोमा म परमेश्वरप्रति कृतज्ञ छु। म परमेश्वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने आफ्नो सङ्कल्प त्याग्न सक्दिनँ। यदि मैले त्यो त्याग्ने हो भने, त्यो शैतानसामु झुक्नु, आफूलाई बरबाद गर्नु, र परमेश्वरलाई धोका दिनु समान हुन्थ्यो।’ तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तँलाई जस्तोसुकै मामिलाहरू आइपरे पनि, ती सबै तेरो जीवन वृद्धिका ससाना भाग हुन्। तैँले तिनलाई तँ अघि बढिरहेको दिशा बदल्न पटक्कै दिनु हुँदैन। कठिनाइ सामना गर्दा तैँले खोजी र प्रतीक्षा गर्न सक्छस्, तर तँ अघि बढिरहेको दिशा भने परिवर्तन हुनै हुँदैन, के त्यो सही होइन र? (हो।) अरूले जे भने पनि, वा तँलाई जस्तो व्यवहार गरे पनि, र परमेश्वरले तँलाई जस्तो व्यवहार गर्नुभए पनि, तेरो सङ्कल्प बिलकुलै परिवर्तन हुनु हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। मैले परमेश्वरका वचनबाट के बुझेँ भने, परमेश्वर म उहाँलाई पछ्याउनमा निरन्तर लागिरहूँ भन्ने आशा गर्नुहुन्छ। मलाई कसैले समर्थन नगरे पनि वा हरेकले अस्वीकार गरेपनि, म परमेश्वरलाई धोका दिन सक्दिनथेँ। म आफ्नो गवाहीमा दृढ रहनैपर्थ्यो। पहिले, जब म ब्रदर-सिस्टरहरूले कष्ट र परीक्षाहरू परमेश्वरका आशिष् हुन् भनेर सङ्गति गरेका सुन्थेँ, म त्यसको अर्थ बुझ्दिनथेँ। तर यो अनुभवमार्फत, मैले केही बुझाइ पाएँ। मेरो परिवारको सतावटका माध्यमबाट, मैले शैतानको कुरूपता र दुष्टता देखेँ। शैतानले मलाई परमेश्वरलाई धोका दिने र मेरो मुक्ति प्राप्त गर्ने मौका गुमाउने बनाउन मेरो परिवारको प्रयोग गर्न खोज्यो, तर परमेश्वरले मलाई सधैँ सुरक्षा गर्नुभयो, मलाई आस्था दिनुभयो, र मलाई एकपछि अर्को कठिनाइ पार गर्न मार्गदर्शन गर्नुभयो। मैले सत्यता बुझ्न र विवेक प्राप्त गर्न सकूँ भनेर मलाई सिद्ध पार्नका लागि, परमेश्वरले मेरो परिवारबाट यो सतावट ममाथि आइपर्न दिनुभयो। मलाई त परमेश्वरले मात्रै मानिसलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ भन्ने लाग्यो। मैले मनमनै “मेरो देह जतिसुकै कमजोर भएपनि म सत्यता पछ्याउन कहिले छोड्नेछैनँ” भन्ने सङ्कल्प गरेँ। पछि, मैले अनलाइन नर्सिङ परीक्षा दिनुपर्ने भएकाले मेरो फोन फिर्ता पाउन सकेँ। तर म फेरि सर्वशक्तिमान् परमेश्वरको मण्डलीको अनलाइन भेलामा सहभागी हुन्छु कि भनेर चिन्तित हुँदै, मेरा आमाबुबाले ममाथि कडा निगरानी राख्नुभयो। मलाई अक्सर गाली गरिन्थ्यो, र मेरो परिवार मसँग रुखो र कठोर तरिकाले बोल्थ्यो। मलाई धेरै पीडा र कमजोरी महसुस हुन्थ्यो, र म अक्सर परमेश्वरलाई मलाई आस्था दिन र मेरो हृदय बलियो बनाउन प्रार्थना गर्थेँ।
नोभेम्बर २०२० को एक दिन, म अनलाइन भेलामा सहभागी भइरहेकी थिएँ, र मेरी आमा अचानक भित्र पस्नुभयो र भन्नुभयो, “कसैलाई तँ सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छेस् भन्ने थाहा भएछ र ऊ तेरो बुबालाई यसबारे सोधिरहेको छ।” त्यसपछि बुबाले मलाई भान्साकोठामा बोलाउनुभयो र म अझै सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूमा सहभागी भइरहेकी छु कि छैन भनेर सोध्नुभयो। मैले जवाफ दिएँ, “छु।” बुबाले नरम स्वरमा भन्नुभयो, “मेरी प्यारी छोरी, तँ किन अझै सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूमा सहभागी भइरहेकी छेस्? मैले तँलाई पहिले नै चेतावनी दिएको छु, त्यो साँचो मार्ग होइन। मैले आफ्ना सहकर्मीहरूलाई तिमीले सर्वशक्तिमान् परमेश्वरको मण्डली छोडिसक्यौ भनेर भनेको छु, तर तिमी अझै उनीहरूका भेलामा सहभागी हुँदैछ्यौ। तिमी मलाई साह्रै निराश बनाउँछ्यौ!” मैले बुझाउने कोसिस गरेँ, बुबाले मेरो अनुहारमा थुक्नुभयो र मेरो आँखामा मुक्का हान्नुभयो। आमा उहाँलाई रोक्न अघि बढ्नुभयो, र बुबाले मेरो कपाल तान्ने कोसिस गर्नुभयो, र भन्नुभयो, यदि म उहाँलाई पछ्याउँदै मण्डलीमा गएर प्रभुमा विश्वास गरिनँ भने, उहाँले मलाई मार्नुहुनेछ। त्यो क्षण म धेरै डराएकी थिएँ, र हृदयमा चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ। मैले सर्वशक्तिमान् परमेश्वरलाई इन्कार नगरेको देखेर, बुबाले अर्को जुक्ति लगाउनुभयो। उहाँले भन्नुभयो, “मैले यतिका वर्ष सुसमाचार प्रचार गरेँ, तर कसैले पनि मेरा प्रवचनहरूमा कुनै समस्या छ भनेर कहिल्यै भनेको छैन, तर अहिले मेरी आफ्नै छोरी मेरो विरोध गर्दैछे। तिमी मेरा प्रवचनहरू सुन्दिनौ र अरूकै प्रवचनहरू सही मान्छ्यौ भने, म पाष्टरको पदबाट राजीनामा दिन्छु। आफ्ना सामान प्याक गर्, हामी आज राति नै आफ्नो गृहनगर फर्कदै छौँ!” मेरी आमा र भाइहरू सबैले रुँदै, मलाई मेरो मन बदल्न बिन्ती गरे। बुबा रिसले चूर हुनुहुन्थ्यो, उहाँले मलाई चेतावनी दिने र पिट्ने कोसिस मात्र गर्नुभएन, रिसाउँदै भित्तामा मुक्का पनि हान्नुभयो। उहाँले त्यही राति गाडी चलाएर कतै गई आत्महत्या गर्छु भन्नुभयो। म भयभीत भएँ। यदि बुबालाई साँच्चै केही भयो भने, मलाई आफूले उहाँलाई अत्यन्तै निराश बनाएको लाग्नेथियो। मैले यो वातावरण मेरो लागि एउटा परीक्षा हो भन्ने महसुस गरे पनि, म अझै पनि धेरै डराएकी थिएँ। मेरी आमाले बुबालाई केही भयो भने, त्यो मेरै जिम्मेवारी हुने, र उहाँ अनि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई कहिले माफ नगर्ने भन्दै बुबासँग गएर माफी माग्न कर गर्नुभयो। आमाले म धेरै हठी भएकी र उनीहरूको भावनाको ख्याल नगरेकी भनेर पनि भन्नुभयो। आफ्नो परिवार यति दुःखी र निराश देखेर मैले कमजोर महसुस गरेँ। त्यतिखेरै मैले मानिसलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूको वर्णन गर्ने परमेश्वरका वचनहरूबारे विचार गरेँ: “पहिलो भनेको नियन्त्रण र जबरजस्ती हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नका लागि शैतानले सम्भव भएको सबथोक गर्नेछ। ‘जबरजस्ती’ भन्नुको अर्थ के हो? यसको अर्थ धम्कीपूर्ण र जबरजस्ती रणनीति प्रयोग गरेर तँलाई त्यसको आज्ञापालन गराउनु, र यदि तैँले आज्ञापालन गरिनस् भने आउने परिणामहरूका बारेमा तँलाई सोच्न बाध्य पार्नु हो। तँ डराउँछस् र त्यसको अवज्ञा गर्न आँट गर्दैनस्, त्यसैले तैँले हार मान्छस्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। मैले परमेश्वरका वचनबाट यी सबै कुराको पछाडि शैतानको युक्ति रहेको बुझेँ। शैतानले मानिसलाई नियन्त्रण गर्न तथा बाध्य पार्न विभिन्न विधि र साधनहरूको प्रयोग गर्दै, परमेश्वरलाई धोका दिने बनाउँछ। मेरो जीवनमा, मेरो परिवार मेरा लागि धेरै बहुमूल्य छ। यदि मेरो कारणले उनीहरूलाई केही नराम्रो भयो भने, म कहिल्यै आफूलाई क्षमा गर्न सक्ने थिइनँ। जब बुबाले गाडी चलाएर गई आत्महत्या गर्छु भन्नुभयो, र आमाले मलाई कहिल्यै क्षमा गर्दिनँ भन्नुभयो, तब मलाई लाग्यो, यदि म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नमा लागिरहेँ भने, मेरो परिवारका सबैले मलाई गाली गर्नेछन् र घरबाट निकालिदिनेछन्। यसले मलाई कमजोर महसुस गरायो। तर परमेश्वरका वचनहरूले मलाई के महसुस गराए भने, शैतानले मलाई परमेश्वरलाई धोका दिन लगाउने प्रयासमा मलाई धम्की दिन पारिवारिक स्नेह प्रयोग गरिरहेको थियो। मैले मेरो बुबाले भनेको मानेर परमेश्वरलाई धोका दिएकी भए, मसँग कुनै गवाही हुने थिएन। मैले के निर्णय गरेँ भने मैले पूर्णरूपमा सर्वशक्तिमान् परमेश्वरलाई नै पछ्याउनुपर्छ, र उनीहरूले भनेको मान्नुहुँदैन।
त्यो राति, बुबाले फेरि मेरो फोन लिनुभयो, र आमा मेरो निगरानी गर्न मसँगै सुत्नुभयो। उहाँहरूले के पनि भन्नुभयो भने, उहाँहरूले मलाई सकेसम्म चाँडो कलेज फिर्ता पठाउनुहुनेछ, किनभने त्यहाँ मैले आफ्नो फोन प्रयोग गर्ने अनुमति पाउने थिइनँ, म मुस्किलले बाहिर जान पाउँथेँ, जसले गर्दा मलाई भेलाहरूमा सहभागी हुन वा मेरा ब्रदर-सिस्टरहरूलाई भेट्न धेरै गाह्रो हुनेथियो। ओछ्यानमा पल्टिँदा, मैले आफ्नो रोदन रोक्नै सकिनँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई शक्ति र साहस दिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ। मलाई यदि मैले परमेश्वरमाथिको विश्वास र आफ्नो कर्तव्य पूरा गर्न जारी राख्ने हो भने मेरो एकमात्र विकल्प घर छोड्नु हो भन्ने थाहा भयो। नत्र, परमेश्वरमाथिको मेरो विश्वासलाई रोक्न उहाँहरूले मलाई पक्का स्कुल फिर्ता पठाउनेथिए। तर म त छोरीमान्छे हुँ नि; म कहाँ नै पो जान सक्थेँ र? मसँग पैसा थिएन, त्यसैले भविष्यमा म कसरी बाँचूँला? तर यदि म घरमै बसेँ भने, उनीहरूले मलाई परमेश्वरलाई पछ्याउन दिनेछैनन्। मैले के गर्नुपर्छ? ती दिनहरूमा, म सुत्न सकिनँ, र मेरो हृदयमा हलचल मच्चिएको थियो। कहिलेकाहीँ मलाई लाग्थ्यो, जेठी छोरी भएकीले, म मेरा भाइबहिनीहरूको हेरचाहमा आमाबुबालाई सघाउन जिम्मेवार बन्नुपर्थ्यो। म स्कुलमा पेसागत तालिम लिइरहेकी थिएँ र स्नातक पूरा भएपछि एउटा जागिर पाउन सक्थेँ। मेरा बुबाआमाले मबाट ठूलो आशा राख्नुभएको थियो। म आफ्नो अध्ययन कसरी छोड्न सक्थेँ र? तर एक सृजित प्राणीका रूपमा, परमेश्वरले मलाई उहाँको घरमा मेरो कर्तव्य निर्वाह गर्ने अवसर दिएर ममाथि अनुग्रह गर्नुभएको थियो। यो त परमेश्वरले मलाई उचाल्नु थियो, र त्योभन्दा पनि बढी, यो मैले पूरा गर्नुपर्ने जिम्मेवारी थियो। मैले आफ्नो अध्ययन र आफ्नो आस्था बीच कसरी छनौट गर्नु? यसबारे बारम्बार सोच्दा, मलाई धेरै द्विविधा र पीडा महसुस भयो। त्यतिबेला मैले परमेश्वरका वचनको एउटा खण्डबारे विचार गरेँ: “दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि गुमेको समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि चाहे जति पटक पनि अध्ययन गरेर पुनः परीक्षा दिन सक्छौ। तर, मेरो दिनमा अलिकति पनि ढिलाइ सहनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्तिहरू चाँडै आउनेछन्। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ! अबदेखि शङ्का नगर! तिमीहरू यी कुरालाई गम्भीरतापूर्वक लिन एकदमै डराएका छौ, होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। मलाई परमेश्वरका वचनहरूबाट प्रकोपहरू सुरु भइसकेका छन् भन्ने थाहा थियो। २०१६ मा म बसेको ठाउँमा ६.७ म्याग्निच्युडको महाभूकम्प गयो, अनि २०२० मा विश्वव्यापी कोभिड-१९ महामारी फैलियो। प्रकोपहरू झन् ठुल्ठूला हुँदैछन्। मानव जातिलाई मुक्ति दिने काम गर्नका लागि परमेश्वरको गोप्य आगमन अब समाप्ति नजिक छ, र समय अब अत्यन्तै सीमित छ। मैले आफ्नो अध्ययन पूरा गर्ने काम जारी राखेँ भने, यसले मेरो सत्यताको पछ्याइ र जीवन वृद्धिमा ढिलाइ गराउनेथ्यो। त्यसैले म मेरो पढाइलाई निरन्तरता दिन चाहन्नथेँ। मलाई भविष्यमा आफूले धेरै कठिनाइहरू सामना गर्नुपर्नेछ भन्ने थाहा थियो, तर मलाई विश्वास थियो, परमेश्वरले मेरो लागि बाटो खोलिदिनुहुनेछ।
त्यस समयमा, म कहिलेकाहीँ मेसेजहरू चेक गर्न मेरी बहिनीको फोन प्रयोग गरेर मेरो फेसबुक अकाउन्टमा लगइन गर्थेँ। ब्रदर-सिस्टरहरू मलाई मद्दत गर्न मलाई अक्सर सर्वशक्तिमान् परमेश्वरका वचनहरू पठाउँथे। मैले परमेश्वरका वचनहरू देखेँ: “परमेश्वरले ‘विजेताहरू’ भनेर भन्ने मानिसहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानद्वारा घेराबन्दीमा पर्दा—अर्थात्, तिनीहरू अन्धकारका शक्तिहरूको बीचमा हुँदा—अझै पनि आफ्नो गवाहीमा दृढ रहन, आफ्नो आस्था र परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्न, र जेसुकै भए पनि, परमेश्वरसामु शुद्ध हृदय राख्न र परमेश्वरप्रतिको आफ्नो साँचो प्रेम कायम राख्न सक्छन्। यसरी, तिनीहरू परमेश्वरसामु आफ्नो गवाहीमा दृढ रहेका हुन्छन्। परमेश्वर यस्ता मानिसहरूलाई ‘विजेताहरू’ भन्नुहुन्छ। यदि परमेश्वरले तँलाई आशिष् दिनुहुँदा तेरो पछ्याइ उत्कृष्ट हुन्छ, तर उहाँका आशिष्हरूविना तँ पछि हट्छस् भने, के यो शुद्धता हो? यो मार्ग साँचो हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्म पछ्याउनैपर्छ; तैँले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नैपर्छ। परमेश्वर तँलाई व्यक्तिगत रूपमा सिद्ध पार्न पृथ्वीमा आउनुभएको छ भनी तैँले देखेको हुनाले, तैँले आफ्नो हृदय पूर्ण रूपमा उहाँलाई दिनुपर्छ। यदि परमेश्वरले जे गर्नुभए पनि—सायद अन्त्यमा तँलाई प्रतिकूल परिणाम दिनुभए पनि—तँ अझै पनि उहाँलाई पछ्याउन सक्छस् भने, यसको अर्थ तैँले परमेश्वरसामु आफ्नो शुद्धता कायम राखेको छस् भन्ने हुन्छ। परमेश्वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कन्या चढाउने कुरा, जुन कुरा गरिएको छ, त्यसको अर्थ परमेश्वरसामु निष्कपट हृदय राख्नु हो। मानिसको निष्कपटता नै शुद्धता हो, र परमेश्वरप्रति निष्कपट हुन सक्नेहरूले शुद्धता कायम राखेका हुन्छन्। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, परीक्षाहरूको बीचमा परमेश्वरलाई आफ्नो साँचो हृदय दिन सक्नेहरू नै परमेश्वरले विजयी बनाउने अभिप्राय राख्नुभएकाहरू हुन्। यी मानिसहरूले जति ठूला परीक्षाहरू अनुभव गर्छन्, परमेश्वरलाई प्रेम गर्ने तिनीहरूको हृदय त्यति नै बलियो हुन्छ। मैले परमेश्वर मानिसहरूलाई सिद्ध पार्न परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने देखेँ। यसो विचार गर्दा, यो साँच्चै सत्य हो। मैले हरेक पटक सतावट अनुभव गर्दा, परमेश्वरमाथिको मेरो आस्था अलिक दृढ बन्थ्यो। यो बारम्बारको सतावट मेरो आस्थालाई सिद्ध पार्न र मेरो कद बढाउन सक्षम तुल्याउन परमेश्वरले मेरो कदअनुसार व्यावहारिक रूपमा परिस्थितिहरू खडा गर्नु थियो। मैले हृदयदेखि परमेश्वरलाई धन्यवाद दिएँ। परमेश्वरका वचनहरूले मलाई साँचो मार्गमा कायम रहन आस्था र साहस दिए। मैले परमेश्वरलाई प्रार्थना गरेँ, मलाई परमेश्वरमा समर्पित हुन र उहाँका लागि मेरो गवाहीमा दृढ रहन सक्षम तुल्याउन, र भविष्यमा जस्तोसुकै पीडा सामना गर्नुपरे पनि परमेश्वरप्रति गुनासो नगर्न मद्दत गर्न बिन्ती गरेँ। एक साँझ, मैले पत्रुसका अनुभवहरू सम्झेँ, जसबारे हामीले पहिले भेलामा सङ्गति गरेका थियौँ। पत्रुस १८ वर्षको हुँदा, उनले परमेश्वरमाथि विश्वास गर्ने मार्गमा हिँड्नका लागि, आफ्ना बाबुआमा, परिवार, र सांसारिक भविष्य त्यागिदिए। पछि, जब उनले प्रभुको बोलावट सुने, सबैकुराको बेवास्ता गर्दै उनले प्रभुलाई पछ्याए। यसले मलाई धेरै सोच्न बाध्य पाऱ्याे। मलाई सर्वशक्तिमान् परमेश्वर नै साँचो परमेश्वर, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने थाहा थियो, तर मैले परमेश्वरलाई पछ्याउन कुनै मूल्य चुकाएकी थिइनँ। मैले एकमनले परमेश्वरलाई पछ्याउन सकिनँ। म अति लज्जित भएँ। यसको बारेमा विचार गर्दा, मेरो हृदय उज्यालो भयो, र मैले परमेश्वरले मलाई निर्णय लिन मार्गदर्शन गरिरहनुभएको महसुस गरेँ। म परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्नमा दृढ रहनुपर्ने थियो। त्यसैले, मैले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न बहिनीको फोन प्रयोग गरेँ, र उनीहरूलाई म मेरो पढाइ छोडेर परमेश्वरलाई पछ्याउन चाहन्छु, र यदि मेरा आमाबुबाले मलाई फेरि रोक्ने कोसिस गर्नुभयो भने, म घरबाट भाग्नेछु भनेर भनेँ। एक जना सिस्टरले मसँग सङ्गति गर्दै भन्नुभयो, “तपाईँ एउटी केटी हुनुहुन्छ, र तपाईँ त्यसरी भाग्नुभयो भने तपाईँको परिवार चिन्तित हुनेछ। हामीले परमेश्वरलाई पछ्याउनु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित कुरा हो। तपाईँ आफ्ना आमाबुबालाई कुराहरू स्पष्ट रूपमा बुझाउन सक्नुहुन्छ, र उहाँहरूलाई तपाईँ परमेश्वरलाई पछ्याउने छनौट गर्दै हुनुहुन्छ भनेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूले अझै पनि तपाईँलाई रोक्ने कोसिस गर्नुभयो भने, तपाईँले आफू हिँड्नुपर्ने जीवनको मार्ग रोज्नुपर्छ।” सिस्टरले भनेको कुरा मलाई सही लाग्यो, र मैले बुबालाई आफ्नो अडान कसरी स्पष्ट पार्ने भन्नेबारे सोच्न थालेँ।
अप्रत्याशित रूपमा, त्यसपछिका केही दिनमा, मप्रतिको मेरा आमाबुबाको व्यवहार अचानक धेरै राम्रो भयो। उहाँहरूले मलाई म जन्मेदेखि नै मेरो हेरचाह गर्न उहाँहरूले कति कडा परिश्रम गर्नुभयो भन्ने कुरा बताउनुभयो। बुबा अक्सर भन्नुहुन्थ्यो, “मेरी प्यारी छोरी, के तँलाई थाहा छ हामी तँलाई कति माया गर्छौँ? सानोमा तँलाई दम थियो, र राति तँलाई सास फेर्न गाह्रो हुन्थ्यो। तेरी आमा र म तँलाई हाम्रो काखमा राख्थ्यौँ र औषधी खुवाउथ्यौँ। राति, हामी पालो गरेर तँलाई बोक्थ्यौँ, र सुत्दा कोल्टे फेर्न मद्दत गर्थ्यौँ। यदि हामीले तँलाई त्यसरी हेरचाह नगरेको भए, तँ कसरी निको हुन्थिस्? भविष्यमा तँ अरूभन्दा विशिष्ट हुन सक् भनेर हामीले पेट काटेर तँलाई सबैभन्दा राम्रो शिक्षा दियौँ। हाम्रो सबै पैसा तँमाथि खर्च भयो। तैँले हाम्रो गुन बिर्सन सक्दिनस्!” आमाबुबाको कुरा सुनेर, मेरो मुटु दुख्यो, र म उहाँहरूप्रति ऋणी भएको महसुस गरेँ। पछि, एउटा भेलामा, मैले मेरो स्थितिबारे खुलेर सङ्गति गरेँ। एउटी सिस्टरले मलाई सर्वशक्तिमान् परमेश्वरका वचनको एउटा खण्ड पढेर सुनाइन्: “हाम्रो जीवन र आत्मा सबै परमेश्वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—ती हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त झन् ती पक्कै आउँदैनन्, ती त हामीलाई परमेश्वरले दिनुभएको हो; यति मात्र हो कि हाम्रो देहको जन्म हाम्रा बुबाआमाबाट भएको हुन्छ, र हाम्रा छोराछोरी हामीबाट जन्मेका हुन्छन्, तर उनीहरूको भाग्य पूर्ण रूपमा परमेश्वरको हातमा हुन्छ। हामीले परमेश्वरमा विश्वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्वरले नै तोक्नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तैँले अरू कसैप्रति आफ्नो दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू कुनै पनि कुराभन्दा माथि राखेर गर्नुपर्ने काम यही हो, र यो मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, सक्षम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजकी असल सदस्य होलिस्, तर परमेश्वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, परमेश्वरमा विश्वास गर्ने तर सृजित प्राणीको कर्तव्य र दायित्व पूरा नगर्ने, परमेश्वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने, साँचो रूपमा परमेश्वरप्रति समर्पित नहुने व्यक्ति होस्, र तँलाई खुलासा गरेर हटाइनेछ। के यस्तो व्यक्तिले परमेश्वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने, मेरा आमाबुबाले मेरा लागि धेरै दिनुभएको छ र उहाँहरू नै मेरो सबैभन्दा बढी वास्ता गर्नुहुन्छ, अनि परमेश्वरलाई पछ्याउने छनौट गर्नु भनेको म उहाँहरूप्रति ऋणी हुनु हो भन्ने मेरो सोचाइ गलत रहेछ। वास्तवमा, मलाई यो सबै प्रदान गर्ने परमेश्वर हुनुहुन्छ। मेरो जीवन र मलाई हुर्कन आवश्यक पर्ने सबै कुरा परमेश्वरद्वारा मलाई प्रदान गरिएको हो। मेरा आमाबुबाले मलाई हुर्काउनु पनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धको कारणले नै भएको हो। म मेरा आमाबुबाप्रति नभई परमेश्वरप्रति ऋणी छु। मैले आमाबुबाले मलाई आनन्द लिनका लागि सबै राम्रा कुरा र राम्रो शिक्षा दिनुभएको छ, र उहाँहरू मलाई धेरै माया गर्नुहुन्छ भनेर भन्नुभएको कुरा विचार गरेँ। वास्तवमा, उहाँहरू मलाई बाहिरी रूपमा मात्र राम्रो गर्नुहुन्थ्यो। प्रभुको पुनरागमनको ठूलो विषय सामना गर्दा, उहाँहरूले सधैँ मलाई साँचो मार्ग स्वीकार गर्नबाट रोक्ने कोसिस गर्नुभएको थियो। यो कसरी माया थियो र? उहाँहरूले मलाई परीक्षामा पारेर परमेश्वरलाई धोका दिन लगाउन यस्ता कुराहरू भन्नुभएको थियो! शैतानका चालहरू छर्लङ्ग देख्न सक्ने तुल्याउनुभएकोमा मैले परमेश्वरका वचनहरूको मार्गदर्शनलाई धन्यवाद दिएँ। पछि, मैले बुबालाई एउटा चिठी लेख्न पूरै रात बिताएँ, जसमा मैले उहाँलाई फेरि एकपटक सर्वशक्तिमान् परमेश्वरको कामबारे गवाही दिएँ। मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न नपाउँदा मलाई कस्तो महसुस भयो भन्नेबारे पनि लेखेँ, र सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने मेरो दृढ सङ्कल्प व्यक्त गरेँ। मैले चिठ्ठीको अन्त्यमा लेखेँ, “प्रभुको पुनरागमनसम्बन्धी अगमवाणीहरू पूरा भइसकेका छन्। सर्वशक्तिमान् परमेश्वर नै फर्किएका प्रभु येशू हुनुहुन्छ। मैले तपाईंसँग थुप्रै सङ्गति गरेकी छु, तर तपाईं मैले भनेको सुन्न अस्वीकार गर्ने अनि मलाई सताउने र अवरोध गर्ने समेत गर्नुहुन्छ। म अब तपाईँसँग मलाई विश्वासको स्वतन्त्रता र भेलाहरूमा सहभागी हुने अनुमति दिनुहोस् भनी आग्रह गर्दछु। तपाईं मलाई अवरोध गरिरहनुहुन्छ भने, एकदिन म घर छोडेर हिँडिदिन्छु। हामी प्रजातान्त्रिक मुलुकमा बस्छौँ, तर तपाईंले मेरो विश्वासको स्वतन्त्रताको अधिकार खोस्नु भएको छ। म सदा सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन दृढ छु; तपाईंले मलाई रोक्न सक्नुहुन्न।” त्यसपछि मैले बुबालाई त्यो चिठी देखाएँ। त्यो पढेपछि, बुबाले मलाई भन्नुभयो, “तँलाई अबदेखि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न मनाही छ। मैले तँलाई तीन पटक चेतावनी दिइसकेको छु। तँ किन अझै विश्वास गर्न जिद्दी गर्छेस्? तँ किन यो कुरा बारम्बार निकाल्छेस्? तँ किन अझै तिनीहरूको मण्डलीमा आबद्ध हुन चाहन्छेस्?” मैले बुबालाई भनेँ, “मैले भन्नुपर्ने कुरा तपाईँलाई पहिले नै भनिसकेकी छु। जेसुकै भए पनि, म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन छोड्नेछैन!” बुबा एकछिन चुप लाग्नुभयो, त्यसपछि भन्नुभयो, “तँ मलाई विभिन्न तरिकाले सहयोग गर्लिस् भनेर मैले तँलाई पढाएँ, तर तेरो ज्ञान मेरोभन्दा बढी भएछ, र तँ मलाई सहयोग नगर्ने मात्र होइन, मेरो शिक्षा नै गलत रहेछ समेत भन्दैछेस्। मैले अब अरूलाई कसरी सुसमाचार प्रचार गर्न सक्छु? म कसरी पाष्टर बन्न सक्छु? तँ बुबालाई माया गर्छेस् भने मैले भनेको तैँले मान्नैपर्छ। बाइबल भन्छ, छोराछोरीले आमाबुबाको पालन गर्नुपर्छ। मैले भनेको मानेर मात्रै तँ आफूले विश्वास गरेको बाटो ठीक छ भनेर प्रमाणित गर्न सक्छेस्।” मलाई मेरो बुबालाई सर्वशक्तिमान् परमेश्वरको मेरो पछ्याइले उहाँको पाष्टरको हैसियतमा असर पार्ने र विश्वासीहरूसामु उहाँको प्रतिष्ठा नष्ट गर्ने डर छ भन्ने थाहा थियो। मैले भनेँ, “म इसाई परिवारमा जन्मिन पाउनु र बाल्यकालदेखि नै परमेश्वर हुनुहुन्छ भनेर जान्न पाउनु मेरो सौभाग्य हो। तर तपाईंका सबै शिक्षा भने सही छैनन्। म तपाईंले भनेका सही कुराहरू मात्रै मान्छु, तर तपाईंले भनेका गलत कुराहरू म मान्न सक्दिनँ। मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेकी छु र प्रभु येशूको पुनरागमनको स्वागत गरेकी छु। मलाई बाधा पुऱ्याएर, तपाईँ मलाई परमेश्वरको आवाज सुन्न र परमेश्वरमा समर्पित हुनबाट रोक्नुहुन्छ। म तपाईँलाई कसरी सुन्न सक्छु?” म सम्झौता गर्दिनँ भन्ने देखेर, बुबाले भन्न जारी राख्नुभयो, “म तँलाई कर गर्दिनँ। तँ आफ्नो मार्ग आफैँ रोज्न सक्छेस्। तर तँलाई थाहा हुनैपर्छ, यदि तैँले मेरो कुरा सुनिस् भने, हामी सँगै मिलेर बस्न सक्छौँ। यदि तैँले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने छनौट गरिस् भने, हाम्रो परिवार टुक्रिनेछ, किनभने हामी फरक-फरक मार्गमा हिँड्छौँ। त्यसको मतलब अबदेखि हाम्रा बाटो अलग-अलग हुनेछन्!” म अलिक डराएँ, र सोचेँ, “यदि म मेरो परिवारबाट छुट्टिएँ भने, म कहाँ जाने? म एक्लै कसरी बाँच्ने?” तर मलाई थाहा थियो, मैले सबथोक गुमाए पनि, म परमेश्वरलाई धोका दिन सक्दिनँ। त्यसैले मैले फेरि एकपटक दृढ भई बुबालाई भनेँ, “म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन र सही मार्गमा हिँड्न चाहन्छु!”
त्यसपछि म अर्कै क्षेत्रमा रहेको मेरी एउटी साथीको घरमा बस्न गएँ। मेरी साथीले परमेश्वरमा विश्वास नगरे पनि, मेरो सतावटको अनुभव सुनेपछि उनले मलाई बुझ्न सकिन्। पछि, मैले एउटा मानव अधिकार सङ्गठनसँग मद्दत मागेँ। त्यहाँका कर्मचारीले मेरो बयान सुनेपछि मलाई भने, यदि मेरो परिवारले मेरो विश्वासको स्वतन्त्रतामा हस्तक्षेप गर्छ भने, उनीहरूले मुद्दा दायर गर्न सक्छन् र मेरा आमाबुबालाई चेतावनी जारी गर्न सक्छन्। त्यसपछि, उनीहरूले मलाई एउटा आश्रयस्थलमा लगे। यहाँ, मलाई बाँच्नका लागि आवश्यक कुराहरू त थिए, तर म मण्डली जीवन जिउन वा परमेश्वरका वचनहरू पढ्न पाउँदिनथेँ, र मेरो हृदय अझै पनि धेरै पीडामा थियो। पछि, मैले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न अर्को व्यक्तिको फोन प्रयोग गरेँ। सिस्टर सिल्भियाले मलाई भनिन्, मेरा आमाबुबाले मलाई खोज्न प्रहरीसँग मिलोमतो गरेका थिए, र प्रहरीले मसँग सम्पर्कमा रहेका तीन जना ब्रदर-सिस्टरहरूलाई पक्राउ गरेको थियो। म छाँगाबाट खसेजस्तै भएँ। प्रहरीले यस्तो काम गर्ला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। त्यसैले म मद्दत माग्न मानव अधिकार सङ्गठनमा गएँ। अप्रत्याशित रूपमा, त्यो दिउँसो, मेरा आमाबुबाले मानव अधिकार सङ्गठनको कार्यालयमा धेरै प्रहरी अधिकारी ल्याउनुभयो। मेरी आमाले रुँदै मलाई घर फर्कन बिन्ती गर्नुभयो, र उहाँहरूले मेरो आस्थामा हस्तक्षेप नगर्ने बताउनुभयो। त्यसपछि हामी एउटा सहमतिमा पुग्यौँ, र मानव अधिकार सङ्गठनले मेरी आमालाई त्यस सम्झौतामा हस्ताक्षर गरायो। प्रहरीले ब्रदर-सिस्टरहरूलाई रिहा गरिसकेको भनेर मलाई झुक्यायो। तर जब म प्रहरी चौकी पुगेँ, ती ब्रदर-सिस्टरहरू अझै हिरासतमा थुनिएका थिए, र उनीहरूलाई निर्मम रूपमा कुटपिट गरिएको थियो। एउटी सिस्टरलाई त बेहोस हुनेगरी पिटिएको थियो। मैले प्रहरीलाई म किन घरबाट निस्केँ, र मेरो परिवारले मलाई कसरी सताएको थियो भन्ने कुरा बताएँ, र मैले भारत एउटा लोकतान्त्रिक देश हो जहाँ विश्वासको स्वतन्त्रता कानुनद्वारा सुरक्षित छ, र मेरा आमाबुबाले मलाई मेरो आस्था त्याग्न बाध्य पार्ने बारम्बारको प्रयास भारतीय कानुनअनुसार छैन भनेर स्पष्ट पारेँ। एउटा पुरुष प्रहरी अधिकारीले मलाई ठूलो स्वरमा हप्कायो, “केको आस्था? यो सब बन्द गर्! तैँले आफ्नो आस्थाका लागि आमाबुबालाई धोका दिइस्। जेसुकै भए पनि, तैँले आमाबुबाको आज्ञा मान्नैपर्छ!” प्रहरी अधिकारी कराएको सुनेर म त्रसित भएँ। पहिले, मलाई सिसिपि सरकारले मात्र परमेश्वरको प्रतिरोध गर्छ भन्ने थाहा थियो। अहिले मैले यहाँका धेरै प्रहरी अधिकारीले पनि परमेश्वरको प्रतिरोध गरेको र उहाँलाई घृणा गरेको देखेँ। अन्तमा, प्रहरी प्रमुखले भने, “हामी एउटा सहमतिमा पुग्नुपर्छ। तिमी घर फर्केर आमाबुबासँग बस्नेछौ, र तिम्रा आमाबुबाले अबउप्रान्त तिमीलाई सताउन वा परमेश्वरमा विश्वास गर्नबाट रोक्न पाउनेछैनन्। भारतीय संविधानको धारा २५-२८ अनुसार, भारतीयहरूसँग धार्मिक विश्वासको स्वतन्त्रता छ। यो कुरा तिमीहरू सबैले याद राख्नुपर्छ।” मेरी आमा राजी हुनुभयो।
प्रहरी चौकीबाट फर्किएको तेस्रो दिन, मेरा काकाका छोराहरूले मेरा आमाबुबासँग मिलोमतो गरेर, मलाई झुक्याएर गृहनगर फर्काए र त्यहाँको एउटा मण्डलीमा लगे। उनीहरूले त्यहाँको पाष्टरलाई मेरा कथित “पिशाचहरू” धपाउन मेरो लागि प्रार्थना गर्न लगाए। मैले जाने कुराको प्रतिरोध गर्ने कोसिस गरेँ, तर उनीहरूको अगाडि मेरो केही लागेन। त्यसैले, उनीहरूले के गर्न लागेका छन् भनेर मैले ध्यानपूर्वक हेरेँ। उनीहरू धेरै दुःखी भएजस्तो आवाज निकाल्दै, आँखा बन्द गरेर, हात उठाएर र आँसु बगाउँदै एकसाथ गाउन थाले। एउटी केटी बेहोस भई, र उनीहरूले उसलाई बेन्चमा बोकेर लगे, र ऊ मरिन् तर फेरि ब्युँझिनेछिन् भनेर भने। त्यो केटीले स्वर्गबाट केही खबर ल्याउनेछ भनी उनीहरूले विश्वास गरे। त्यसपछि उनीहरूले म बहकिएकी छु भन्दै बकवास कुरा गर्न थाले। उनीहरूको क्रियाकलापबाट, मैले यी धार्मिक मानिसहरूले अरूलाई कसरी मूर्ख बनाउँछन् भन्ने देखेँ, र परमेश्वरले मेरो खुट्ट्याउने क्षमता बढ्न सकोस्, मैले शैतानको दुष्टता स्पष्ट रूपमा देख्न सकूँ, र यी धार्मिक मानिसहरूले अरूलाई कसरी छल गर्छन् र बहकाउँछन् भन्ने कुरा स्पष्ट रूपमा देख्न सकूँ भनेर यी कुराहरू अनुभव गर्न दिनुभएको थियो भन्ने पनि बुझेँ। केही घण्टामै, उनीहरूले त्यहाँ उपस्थित धेरै मानिसलाई छल गरिसकेका थिए। मैले मनमनै भनेँ, “उनीहरूले जेसुकै भने पनि, जेसुकै भए पनि, म मेरो अडानमा दृढ रहनैपर्छ।” अन्त्यमा, उनीहरू सबै मिलेर ममाथि खनिए पनि, मलाई कुनै असर परेन। सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो आस्था अझै दृढ रहेको देखेर, मेरो परिवारले अझ विश्वासै गर्न नसकिने काम गर्यो। भोलिपल्ट बिहान, मेरा काकाका छोराहरू र आमाबुबाले मलाई जबरजस्ती जादुटुनाको अभ्यास हुने ठाउँमा लैजानुभयो। यो मैले कहिल्यै कल्पना नगरेको कुरा थियो—खासगरी मेरा आमाबुबा, जसले यति धेरै वर्षदेखि प्रभु येशूमा विश्वास गर्नुभएथियो, उहाँहरू नै यस्तो काम गर्नुहुन्छ! मैले पहिले सुनेकी थिएँ, तान्त्रिकले कसैमाथि जादूटुना गर्यो भने, त्यो मानिस बौलाहा हुन सक्छ। म हृदयमा अलिक डराएकी थिएँ। तर त्यसपछि मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको वेबसाइटमा यातनाबाट पाएको नयाँ जीवन नामक चलचित्र सम्झेँ। चलचित्रमा, प्रहरीले एउटी सिस्टरलाई परमेश्वरलाई धोका दिन बाध्य पार्न र उनलाई मानसिक रूपमा विक्षिप्त पार्न औषधी खुवाएको थियो। तर प्रहरीको ज्यादती र यातनालाई जित्न ती सिस्टर परमेश्वरका वचनहरूमा भर परिन्, र अन्ततः आफ्नो गवाहीमा दृढ रहिन् र शैतानलाई लज्जित पारिन्। यो सम्झेर, मलाई केही साहस आयो। मैले सिस्टर सिल्भियालाई एउटा टेक्स्ट म्यासेज पठाएँ, र भएका सबै कुरा बताएँ। उनले मलाई परमेश्वरमा भर पर्न भनिन् र मलाई परमेश्वरका केही वचन पनि पठाइन्। परमेश्वरका वचनको एउटा खण्डले मलाई शक्ति दियो, र आउने परिस्थितिको सामना गर्न मलाई थप आस्था दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब परमेश्वर कुनै व्यक्तिलाई चुन्नुहुन्छ र उसलाई शैतानको शक्तिबाट बाहिर निकालेर आफ्नो घरमा ल्याउनुहुन्छ, तब के शैतानले परमेश्वरसामु कुनै सर्त राख्ने हिम्मत गर्छ? त्यसले कुनै सर्त राख्ने हिम्मत गर्दैन, न त कुनै कुरा भन्ने नै हिम्मत गर्दछ। यदि परमेश्वरले ‘यो व्यक्ति मेरो हो, तँलाई अबउप्रान्त यसलाई छुने अनुमति छैन’ भनी भन्नुभयो भने शैतानले आज्ञापालन गर्दै त्यो व्यक्तिलाई छोडिदिन्छ। यस व्यक्तिको गाँस, बास, कपास, यातायात र हरेक चाल सबै परमेश्वरको रेखदेख र नजरमा हुन्छ, र शैतानले परमेश्वरको अनुमतिविना त्यस व्यक्तिलाई फेरि छुने हिम्मत गर्दैन। यसको तात्पर्य के हो? यसको तात्पर्य त्यो व्यक्ति पूर्णतया परमेश्वरको रेखदेख र सुरक्षामा जिउँछ, कुनै बाह्य शक्तिहरूले हस्तक्षेप गर्दैनन् वा कमजोर पार्दैनन्, र उसको दैनिक सुख, दुःख र पीडा सबै परमेश्वरको छानबिनमा, र उहाँको रेखदेख र संरक्षणमा हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सृजित प्राणीको कर्तव्य राम्रोसित निर्वाह गर्दा मात्र जिउनुको मूल्य हुन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने शैतान पनि परमेश्वरकै हातमा छ, र परमेश्वरको अनुमतिविना, शैतानले केही गर्ने आँट गर्दैन। अब मेरो परिवारले मलाई तर्साउन जुनसुकै तरिका अपनाए पनि, वा मलाई परमेश्वरलाई धोका दिन बाध्य पार्न जुनसुकै जुक्ति लगाए पनि मलाई डर थिएन। उहाँहरू इसाई भएर पनि दुष्टात्माहरूको पूजा गर्न जान सक्नुहुन्छ, र यति धेरै वर्ष प्रभुमा विश्वास गरेर पनि परमेश्वरलाई धोका दिने र लज्जित पार्ने कुराहरू गर्न सक्नुहुन्छ भन्ने देखेर, म उहाँहरूप्रति अत्यन्तै निराश भएँ। मैले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेकै कारण, उहाँहरूले मलाई बाधा दिन र साँचो मार्गमाथि विश्वासघात गर्न बाध्य पार्न यस्ता उपायहरू अपनाउनुभयो। उहाँहरू सत्यतालाई कति घृणा गर्नुहुँदो रहेछ! मैले आमालाई भनेँ, “तपाईँ किन यस्तो गर्दै हुनुहुन्छ? के तपाईँलाई थाहा छैन यो जादूटुना हो, यी शैतान र दुष्टात्माहरू हुन्? तपाईँहरू प्रभुका विश्वासी हुनुहुन्छ, तैपनि मलाई परमेश्वरको नयाँ काम स्वीकार गर्नबाट रोक्न, तपाईँहरू वास्तवमै शैतान र दुष्टात्माहरूकहाँ जानुभएको छ!” आमाले भन्नुभयो, “हामी तेरै भलाइका लागि यो गर्दैछौँ। परमेश्वरप्रतिको हाम्रो प्रार्थनाले तँलाई बदल्न सकेन, तर शैतानले यसमा मद्दत गर्न सक्छ। हामी यहाँ तिनीहरूको पूजा गर्न आएका होइनौँ।” उनीहरूको असली रूप देखेर मलाई साह्रै दुःख लाग्यो। उहाँहरू अविश्वासीहरूभन्दा फरक हुनुहुन्नथ्यो। मैले अपेक्षा नगरेको कुरा के थियो भने, मेरो परिवारले मलाई त्यहाँ ल्याउनुको उद्देश्य तान्त्रिकले थाहा पाएपछि, उसले मलाई भन्यो “प्यारी नानी, तिमी आफूले विश्वास गर्ने परमेश्वरलाई प्रार्थना गर। परमेश्वर एउटै मात्र हुनुहुन्छ, र तिमीले विश्वास गरेका परमेश्वर नै सही परमेश्वर हुनुहुन्छ” भने। म असाध्यै खुसी भएँ, र मैले परमेश्वरको सुरक्षा साँच्चै देखेँ। परमेश्वर सब थोकमाथि शासन गर्नुहुन्छ। आफ्ना सबै प्रयासपछि, आमाबुबाले मलाई केही गर्न सकिन्न भनी बुझ्नुभयो, त्यसैले उहाँहरू त्यस उप्रान्त मलाई भेलाहरूमा सहभागी हुन नरोक्न, मेरो आस्थामा हस्तक्षेप गर्न बन्द गर्न, र म स्कुल जान्छु कि जाँदिनँ भन्ने कुराको वास्ता गर्न छोड्न सहमत हुनुभयो। जनवरी १२, २०२१ मा, म अन्ततः घरमै खुलेर अनलाइन भेलाहरूमा सहभागी हुन सकेँ। कहिलेकाहीँ म भेलाहरूमा सहभागी भएको देख्दा आमाबुबाले मलाई अझै पनि गाली गरे पनि र पढाइ पूरा गर्न स्कुल फर्कन फकाउने कोसिस गरे पनि, मलाई कुनै असर पर्दैनथ्यो। पछि मैले घर छोडेँ र मण्डलीमा पूरा समय कर्तव्य पूरा गर्न थालेँ।
यो अनुभवबाट गुज्रेपछि, मलाई सम्पूर्ण कुरा परमेश्वरकै नियन्त्रणमा हुन्छ भन्ने लाग्यो। परमेश्वरले यी सबै कठिन परिस्थिति मेरो आस्थालाई सिद्ध पार्न र मलाई मेरो परिवार अनि धार्मिक मानिसहरूलाई खुट्ट्याउने काममा परिपक्व बनाउन प्रयोग गर्नुभयो। मेरो परिवारले पुस्तौँदेखि प्रभुमा विश्वास गरेको छ, र धेरै जना पाष्टर छन्, म तिनीहरू निष्कपट रूपमा परमेश्वरको सेवा र उहाँलाई प्रेम गर्छन् भन्ने सोच्थेँ, तर परमेश्वरका आखिरी दिनहरूको कामले उनीहरू सबैलाई प्रकट गऱ्याे। अहिले म सत्यतालाई घृणा गर्ने उनीहरूको सार प्रष्ट देख्दछु। उनीहरू परमेश्वरमा इमानदारीपूर्वक विश्वास बिलकुलै गर्दैनन्। उनीहरू परमेश्वरको प्रतिरोध गर्छन्। परमेश्वरकै वचनहरूको अगुवाइ र मार्गदर्शनले मलाई मेरो परिवारको चौतर्फी आक्रमणबीच दृढ रहन सक्षम बनाएको छ। परमेश्वरलाई धन्यवाद! म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याएकोमा कहिल्यै पछुतो मान्नेछैन।