५२. म अब मान्छे खुसी पारिहिँड्ने व्यक्ति होइन

झेङ जिन, चीन

डिसेम्बर २०२३ मा, अगुवाहरूले मलाई केही मण्डलीका लागि मलजल कामको इन्चार्ज हुन खटाए। ब्रदर लिन हाइ सुपरिवेक्षक थिए। हाम्रो कामको सुपरिवेक्षण र अनुगमन गर्नुबाहेक, उनी अन्य केही मण्डलीको मलजल कामका लागि पनि जिम्मेवार थिए। सुरुमा लिन हाइसँग काम गर्न थाल्दा, मैले उनले आफ्नो कर्तव्यमा केही बोझ बोकेको देखेँ; उनी नयाँ विश्वासीहरूका कुनै पनि समस्याहरू तुरुन्तै अनुगमन र समाधान गर्थे। फेब्रुअरी २०२४ को अन्त्यमा, हामीले नयाँ विश्वासीहरूका साझा समस्याहरू सम्बोधन गर्दै मण्डलीहरूलाई एउटा सञ्चार पत्र पठायौँ, र मण्डलीहरूले मलजल गर्ने व्यक्ति हुन अनुपयुक्त कुनै पनि मण्डली-सदस्यलाई तुरुन्तै अन्य काममा खटाएको सुनिश्चित गर्न हामीले अनुगमन पनि गर्‍यौँ। त्यसपछि, मैले के पत्ता लगाएँ भने, लिन हाइले हाम्रो कामको कार्यान्वयनबारे अनुगमन नगरेका मात्र रहेनछन्, उनले आफू जिम्मेवार रहेका मण्डलीहरूबारे पनि अनुगमन गरेका रहेनछन्, र समयमै मलजल गर्ने व्यक्तिहरूको कर्तव्य हेरफेर गरिएको रहेनछ। मैले मनमनै सोचेँ, “सायद उनलाई हिजोआज सन्चो छैन कि? उनको प्रेसर फेरि बढ्यो कि? सायद उनी रोगबिमारबीच जिइरहेका र आफ्नो कर्तव्यमा बोझ नबोकिरहेका छन् कि? सायद मैले उनलाई सम्झाउनुपर्छ। तर यदि मैले त्यो सिधै भनेकी भए, के उनले मैले उनको ख्याल नगरेकी भन्नेछैनन्? त्यसबाहेक, म त टोली सदस्य मात्र हुँ। यदि मैले उनका समस्याहरू सिधै औँल्याइदिएकी भए, के उनले इज्जत गुमाउनेथिए र मप्रति इबी राख्नेथिए? यदि यसले हामीबीच तनाव सिर्जना गर्‍यो भने नि? त्यसपछि सहकार्य गर्न कति अप्ठ्यारो हुनेथ्यो!” तर त्यसपछि मैले सहकर्मीहरूले काममा एकअर्काको सुपरिवेक्षण गर्नुपर्छ र एकअर्कालाई सम्झाउनुपर्छ भनेर परमेश्‍वरले सङ्गति गर्नुभएको छ भनी सम्झेँ। उनका समस्याहरू देखेर पनि एक शब्द नबोल्नु ठीक लागेन। त्यसैले, मैले उनलाई अनुगमन गर्नुपर्ने कार्यहरू र मलजल गर्ने व्यक्तिहरूको कमी भएका मण्डलीहरूको सूची दिएँ, र उनलाई तीबारे अनुगमन गर्न सम्झाएँ। म खासमा उनीसँग कर्तव्यमा झाराटारुवा र गैरजिम्मेवार हुनुको प्रकृति र परिणामबारे कुरा गर्न चाहन्थेँ, तर मलाई त्यसो भन्दा उनी रिसाउलान् र भविष्यमा हामीलाई मिलेर रहन गाह्रो होला भन्ने चिन्ता लाग्यो। त्यसैले मैले केवल उनको हालैको स्वास्थ्यबारे सोधेँ र कामका सहकर्मीहरूबीच आपसी सुपरिवेक्षण र एक-अर्कालाई सम्झाउनेबारे परमेश्‍वरका वचनका केही खण्ड खोजेँ र उनलाई देखाएँ। यसरी, उनले म केवल परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्ने प्रयास गर्दै छु, जानाजानी उनको खोट निकाल्न खोजिरहेकी छैनँ भनी थाहा पाउनेथिए, त्यसैले उनले मप्रति पूर्वाग्रह राख्नेथिएनन्। तर अचम्म, लिन हाइले केवल दुई शब्दमा जवाफ दिए, “त्यसोभए, हुन्छ।” उनले आफ्ना समस्याहरू चिन्नेबारे केही भनेनन्। त्यसपछि पनि, उनले मण्डलीहरूमा मलजल गर्ने व्यक्तिहरूको कर्तव्य हेरफेर गर्ने कामको अनुगमन गरेनन्, न त हाम्रो कामको अनुगमन वा सुपरिवेक्षण नै गरे। मैले यो कुरा फेरि उठाउनेबारे सोचेँ, तर त्यसपछि मैले उनको पछिल्लो जवाफ कति उपेक्षापूर्ण थियो भन्ने सम्झेँ। उनी सायद रिसाएका थिए। यदि मैले फेरि केही भनेकी भए, निश्चय नै उनी झनै रिसाउनेथिए। अरू कसैले केही भनिरहेका थिएनन्, त्यसैले यदि मैले मात्रै उनका समस्याहरू औँल्याइरहेकी भए, म सधैँ उनमा खोट कोट्ट्याइरहन्छु जस्तो देखिनेथ्यो। म उनलाई चिढ्याउने व्यक्ति बन्न चाहन्नथेँ, त्यसैले मैले त्यो कुरा त्यत्तिकै छोडिदिएँ।

पछि, सिसिपिले इसाईहरूलाई पक्राउ गरेकाले, म जिम्मेवार रहेका मण्डलीहरूका मलजल गर्ने केही व्यक्ति सुरक्षा जोखिमका कारण लुक्नुपर्‍यो, र अन्य अनुपयुक्त व्यक्तिहरूको कर्तव्य हेरफेर गर्नुपर्ने भयो। तर हामीले जिम्मेवारी लिने उपयुक्त मानिसहरू भेट्टाउन सकेनौँ, जसले गर्दा काममा असर पऱ्यो। चिन्तन र सारांशीकरणमार्फत, मैले यो हामीले सामान्यतया मानिसहरूलाई संवर्धन गर्नमा ध्यान नदिइरहेकाले गर्दा भएको रहेछ भन्ने बुझेँ। त्यसैले, मैले यस समस्याबारे मण्डलीहरूलाई सञ्चार पत्र लेखेँ, अगुवा र कामदारहरूलाई मानिसहरूको संवर्धन गर्नमा ध्यान दिन अनुरोध गरेँ ताकि उनीहरूले यस विचलनलाई समयमै सच्याउन सकून्। त्यसपछि मैले लिन हाइ र हाम्री सहकर्मी, सिस्टर वाङ डानले कतै कुनै समस्या वा कमीहरू छन् कि भनेर समीक्षा गरून् भनी त्यो पत्र उनीहरूलाई फरवार्ड गरेँ, ताकि उनीहरूले मण्डलीहरूलाई त्यो पठाउनुअघि कुनै पनि थपथाप वा सुधार गर्न सकून्। मैले काममा ढिलाइ हुन नदिन उनीहरूलाई तुरुन्तै जवाफ दिन पनि सम्झाएँ। तर केही दिन बिते र लिन हाइले अझै जवाफ दिएका थिएनन्। मैले मनमनै सोचेँ, “उनलाई के हुँदै छ? उनी मानिसहरूलाई संवर्धन गर्ने कामको अनुगमन गर्दैनन्, र अहिले पत्र तयार भइसक्दा पनि, उनी आफ्नो रायसमेत दिँदैनन्। हामीले यो पत्र पठाउनुपर्ने हो कि नपर्ने हो? पठाएनौँ भने, काममा ढिलाइ हुनेछ। तर हामीले पठायौँ, अनि त्यसमा केही अनुचित कुरा रहेछ र त्यसले अवरोध सिर्जना गर्‍यो भने के गर्ने?” म उनलाई पत्र लेखेर उनी के सोच्दैछन् र किन अझै जवाफ दिएका छैनन् भनेर सोध्न चाहन्थेँ, तर मलाई अघिल्लोपटक उनले मेरा सुझावहरू त्यति स्वीकार नगरेको याद आयो। मलाई मैले फेरि उनका समस्याहरू औँल्याउँदा उनी झनै रिसाउनेछन् र भविष्यमा हाम्रो सम्बन्ध कठिन हुनेछ भन्ने चिन्ता थियो, त्यसैले मैले सोधिनँ। पछि, वाङ डानले पत्र ठिक छ भनेर जवाफ दिए, त्यसैले काममा ढिलाइ हुन नदिन हामीले त्यो पठायौँ।

धेरै समय नबित्दै, सिसिपिको धरपकड तीव्र भयो। तिनीहरूले विश्वासीहरूलाई खोजतलास र पक्राउ गर्न विभिन्न तरिका अपनाए र मानिसहरूलाई भ्रमित पार्न उही पुराना मनगढन्ते अफवाहहरूसमेत फैलाउन थाले। हामीले नयाँ विश्वासीहरूसँग खुट्ट्याइको पक्षबारे सत्यता र दर्शनहरूसँग सम्बन्धित सत्यताबारे सङ्गति गर्‍यौँ, र उनीहरूमध्ये धेरैजसोले केही आधारहीन अफवाह खुट्ट्याउने क्षमता प्राप्त गरे। मैले मनमनै सोचेँ, “म अरू मण्डलीका मलजल गर्ने व्यक्तिहरूले नयाँ विश्वासीहरूसँग यी आधारहीन अफवाहहरूसम्बन्धी खुट्ट्याइको पक्षमा सत्यताबारे सङ्गति गरेका छन् कि छैनन् भनेर सोच्छु। के नयाँ विश्वासीहरूसँग तीबारे कुनै खुट्ट्याइ छ त?” त्यसैले मैले लिन हाइलाई पत्र लेखेँ, उनलाई उनको कार्यक्षेत्रभित्रका मलजल गर्ने व्यक्तिहरूलाई नयाँ विश्वासीहरूका आधारहीन अफवाहहरू खुट्ट्याउने क्षमता जाँच्न सुझाव दिएँ। यदि तिनीहरूमध्ये कसैले बुझेका छैनन् भने, उनीहरूलाई आधारहीन अफवाहहरूको बहकाउमा पर्न र तिनीहरूको जीवनमा नोक्सानी भोग्न नदिनका लागि उनीहरूले दर्शनहरूसँग सम्बन्धित सत्यताबारे तुरुन्तै सङ्गति गर्नुपर्छ। मैले पत्र पठाएको दस दिन बिते, र पनि लिन हाइबाट अझै कुनै जवाफ आएन। मलाई अलि रिस उठ्दै थियो। मैले सोचेँ, “यो काम एकदमै महत्त्वपूर्ण छ। उनी कसरी यसलाई गम्भीरतापूर्वक लिन सक्दैनन्?” म उनी आफ्नो कर्तव्यमा बोझ बोकिरहेका छैनन् भनी साँच्चै औँल्याउन चाहन्थेँ, तर फेरि मलाई मैले उनलाई रिस उठाउँछु कि भन्ने डर भयो, त्यसैले मैले त्यो कुरा सिधै भनिनँ। बरु, मैले नम्र भई उनले मेरो पत्र पाए कि पाएनन् भनेर सोधेँ र यो कामको अनुगमन गर्नुको महत्त्वबारे सङ्गति गरेँ। आश्चर्यको कुरा, लिन हाइले जवाफ दिए, “हामीले मलजल गर्ने व्यक्तिहरूलाई यसबारे सङ्गति गर्न लगाएका थियौँ। नयाँ विश्वासीहरूले सायद त्यो सब बुझेका छन्। फेरि अनुगमन गर्नु आवश्यक छैन।” जब मैले उनी नयाँ विश्वासीहरूको अवस्था बुझ्ने वास्तवमा प्रयास नगरी आफ्ना कल्पनाहरूका आधारमा नै निर्णयहरू गरिरहेका छन् भन्ने देखेँ, तब मलाई उनी एकदमै गैरजिम्मेवार भइरहेका छन् भन्ने लाग्यो। म उनीसँग यस समस्याबारे सङ्गति गर्न चाहन्थेँ, तर फेरि मलाई आफूले उनका समस्याहरू औँल्याइरहेमा, उनमा मबारे नराम्रो राय उत्पन्न होला भन्ने चिन्ता थियो। यदि हाम्रो सम्बन्ध अप्ठ्यारो भयो भने के गर्ने? तर मैले उनका समस्याहरू देखेर पनि केही नभनेकीमा मलाई आफ्नो विवेकले घोच्यो। केही बेरपछि, मैले सोचेँ, “तिमी नै सुपरिवेक्षक हौ, त्यसैले यदि केही गलत भयो भने, त्यो तिम्रो जिम्मेवारी हो। मैले तिमीलाई सम्झाएँ, र तिमीले नै सुनेनौ।” तर फेरि मलाई यसरी सोच्नु मेरो गैरजिम्मेवारी हो भन्ने लाग्यो…। म निकै विचलित र बेचैन थिएँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो हृदयलाई शान्त पार्न सकिनँ।

मैले आफ्नो पीडामा, परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँको मार्गदर्शन खोजेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “तैँले महत्त्वपूर्ण वा सामान्य जुनै कर्तव्य निर्वाह गरे पनि, यो काम तँलाई सुम्पिएको हुनाले, यदि तैँले त्यसमा आफ्नो हृदय लगाउँदैनस् वा आफ्नो जिम्मेवारी पूरा गर्दैनस्, अनि त्यसलाई परमेश्‍वरको आज्ञाको रूपमा हेर्दैनस्, वा आफ्नो कर्तव्य र दायित्वको रूपमा लिँदैनस् र सधैँ झाराटारुवा तरिकाले कामकुरा गर्छस् भने, यो समस्या बन्‍नेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। मैले परमेश्‍वरका वचनहरू मनन गर्दा, के बुझेँ भने आफ्नो कर्तव्यमा ममा जिम्मेवारीको बोध हुनैपर्छ। म सुपरिवेक्षक भए पनि वा नभए पनि, जबसम्म म मण्डलीको काममा कुनै समस्या देख्छु, तबसम्म मैले मण्डलीको कामलाई जोगाउने आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। यदि म समस्या देखेर पनि त्यसलाई बेवास्ता गर्छु, र झाराटारुवा र गैरजिम्मेवार हुन्छु भने, त्यो कर्तव्यबाट च्युत हुनु हो। ठूलो रातो अजिङ्गरले उन्मत्त रूपमा इसाईहरूलाई पक्राउ गरिरहेको र आधारहीन अफवाहहरू फैलाइरहेको हुनाले, नयाँ विश्वासीहरू भ्रमित हुने र छोडेर जाने सम्भावना धेरै थियो। लिन हाइलाई तिनीहरूसँग खुट्ट्याइको पक्षसम्बन्धी सत्यताबारे अझ बढी सङ्गति गर्न सम्झाउनु मेरो जिम्मेवारी थियो। जब मैले उनले यसलाई पटक्कै गम्भीरतापूर्वक लिइरहेका छैनन् भन्ने देखेँ, तब मैले त्यो औँल्याउनुपर्थ्यो र उनलाई समयमै मद्दत गर्नुपर्थ्यो। तर मलाई उनमा मेरो नराम्रो छाप पर्ला, र मैले उनलाई चिढ्याउँला र हाम्रो सम्बन्ध कठिन बन्ला भन्ने डर भयो, त्यसैले मैले केवल मान्छे खुसी पारिहिँड्ने व्यक्तिजस्तो व्यवहार गरेँ। मैले उनका समस्याहरू देखेँ तर ती सिधै औँल्याउने आँट गरिनँ। ममा जिम्मेवारीको बोध थिएन र मैले मण्डलीका हितहरूलाई जोगाइरहेकी थिइनँ। म यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न साँच्चै अयोग्य थिएँ! मलाई आफ्नो हृदयमा गहिरो आत्म-ग्लानि महसुस भयो, त्यसैले मैले लिन हाइसँग आफ्नो दृष्टिकोणबारे छलफल गर्न उनलाई पत्र लेखेँ। त्यसपछि मैले सोचेँ, हाम्रा विचारहरू फरक भएकाले, मैले यो अन्य सहकर्मी ब्रदर-सिस्टरहरूसँग पनि छलफल गर्नुपर्छ। तर म चिन्तित हुँदै फेरि हिचकिचाएँ, “यदि लिन हाइले थाहा पाए भने, के उनले म उनलाई लज्जित पार्न खोज्दै छु भनेर भन्नेछन्? के उनमा मेरो नराम्रो छाप पर्नेछ?” मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “‘म पटक्कै डराउनेछैनँ, म पटक्कै पछि हट्नेछैनँ, र म पटक्कै निरुत्साहित हुनेछैनँ!’ के तिमीहरूमा यो दृढता छ?(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१३))। जब मण्डलीका हितहरू र हाम्रा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशसँग सम्बन्धित मामिलाहरूको कुरा आउँछ, तब मैले अरूले मलाई के सोच्लान् भनी डराएकै कारण सम्झौता गर्न वा पछि हट्न मिल्दैन। लिन हाइले त्यो स्वीकार गरे पनि वा नगरे पनि, मैले अडान लिनुपर्थ्यो र मण्डलीका हितहरूलाई जोगाउनुपर्थ्यो। त्यसैले, मैले त्यो पत्र फरवार्ड गरेँ। पछि, मेरा अन्य सहकर्मीहरू र लिन हाइ सबैले मेरो दृष्टिकोणसँग सहमत हुँदै जवाफ दिए। मैले हृदयमा राहतको सास फेरेँ।

तर त्यसपछि, मैले अझै लिन हाइसँग आफ्नो कर्तव्यप्रतिको लिन हाइको झाराटारुवा मनोवृत्तिबारे सङ्गति गरिनँ। मैले आत्मचिन्तन गर्न थालेँ: मैले लिन हाइका समस्याहरू स्पष्ट रूपमा देखेकी थिएँ, तैपनि मैले त्यो सिधै औँल्याउने आँट गरिनँ। यसको पछाडि कस्ता भ्रष्ट स्वभावहरू लुकेका थिए? मैले आफ्ना समस्याहरू बुझ्न मार्गदर्शन गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले सिधै मेरो स्थितिलाई सम्बोधन गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अधिकांश मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र सत्यता अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र चाहना मात्रै हुन्छ; तर, भित्रबाट, सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। त्यसैले जब तैँले दुष्ट शक्तिहरूले मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्यको सामना गर्छस्—उदाहरणका लागि, जब तैँले झूटा अगुवाहरूले सिद्धान्तहरूको उल्लङ्घन गर्दै मामिलाहरूलाई सम्हाल्ने र वास्तविक काम नगर्ने, वा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्टता गर्ने र मण्डलीको काममा बाधा दिने र त्यसकारण परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याउने कुराको सामना गर्छस्—तब तँसँग उठेर बोल्ने साहस हुँदैन। तँसँग यो साहस किन हुँदैन? के यो तँ डरपोक भएकाले वा स्पष्टवक्ता नभएकाले भएको हो, कि तैँले कामकुराहरू स्पष्ट रूपमा देख्न नसक्ने भएकाले बोल्ने आँट नगर्ने हुनाले भएको हो? यो यीमध्ये कुनै पनि कुराको कारणले भएको होइन; यो मुख्यतया तँ आफ्ना भ्रष्ट स्वभावहरूद्वारा बाँधिएको परिणाम हो। तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूमध्येको एक छली स्वभाव हो: जब केही हुन्छ, तब तैँले विचार गर्ने पहिलो कुरा तेरा आफ्नै हित, तेरा कार्यहरूका परिणाम, र ती तेरा लागि लाभदायक हुनेछन् कि छैनन् भन्‍ने कुरा हो। यो छली स्वभाव हो, होइन र? अर्को भनेको स्वार्थी र नीच स्वभाव हो। तँ सोच्छस्, ‘तिनीहरूले परमेश्‍वरको घरको हितलाई हानि पुऱ्याउनुसँग मेरो के सरोकार छ र? म अगुवा होइन, त्यसैले म किन संलग्न हुनुपर्‍यो र? यसको मसित कुनै सरोकार छैन, र यो मेरो जिम्मेवारी होइन।’ यस्ता विचार र शब्दहरू तैँले जानाजानी सोचेका कुराहरू होइनन्, बरु तैँले अनजानमा उत्पन्न गरेका कुराहरू हुन्—यी तिनै भ्रष्ट स्वभावहरू हुन्, जुन मानिसहरूले कुनै समस्याको सामना गर्दा प्रकट गर्छन्। तेरा विचारहरू यिनै भ्रष्ट स्वभावहरूको अधीनमा हुन्छन्, तिनले तेरा हात-खुट्टाहरू बाँध्छन्, र तैँले भन्‍ने कुरालाई नियन्त्रण गर्छन्। तेरो हृदयमा, तँ उठेर बोल्न चाहन्छस्, तर तँलाई चिन्ता लाग्छ, र यदि तैँले बोलिस् भने पनि, तँ घुमाउरो पाराले कुरा गर्छस् र आफ्नो लागि उम्कने ठाउँ छोड्छस्, वा तँ टालटुले कुरा गर्छस् र सत्य बोल्दै बोल्दैनस्। खुट्ट्याउन सक्ने मानिसहरूले यो देख्न सक्छन्, र वास्तवमा, तेरो हृदयमा तँलाई आफूले भन्नुपर्ने सबै कुरा भनेको छैनँ, आफूले नतिजाहरू हासिल गरेको छैनँ, आफूले केवल झारा टारिरहेको थिएँ, र समस्या समाधान भएको छैन भन्ने पनि थाहा हुन्छ। तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस्, तैपनि तँ सङ्कोच नमानी आफूले पूरा गरेको छु भनी भन्छस्, वा आफूले त्यतिबेला कुराहरू स्पष्ट रूपमा नदेखेको दाबी गर्छस्। के यी दाबीहरू तथ्यहरूसँग मेल खान्छन्? के तँ साँच्चै यही सोच्छस्? के तँ पूर्ण रूपमा तेरा शैतानी स्वभावहरूको नियन्त्रणमा छैनस् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वर मानिसहरू आफ्नो स्वार्थी र छली भ्रष्ट स्वभावहरूअनुसार जिउँछन् भन्ने कुरा खुलासा गर्नुहुन्छ। उनीहरूले कसैले सिद्धान्तहरू उल्लङ्घन गर्ने कुनै कुरा गरिरहेको देख्दा, त्यो औँल्याउने आँट गर्दैनन्, आफ्नै हितहरूको मात्र ख्याल गर्छन् र मण्डलीको कामलाई अलिकति पनि जोगाउँदैनन्। कतिपय मानिसले अरू व्यक्तिको समस्या औँल्याए पनि, चिढ्याउनबाट बच्न घुमाउरो पाराले कुरा गर्छन् र त्यसलाई हल्का बनाउँछन्। उनीहरू कुराको चुरोमा पुग्दैनन्, त्यसैले उनीहरूले केही भने पनि, त्यसले कुनै प्रभाव पार्दैन। परमेश्‍वरका वचनहरूले ठ्याक्कै मेरो स्थिति खुलासा गरे। त्यस दौरान, मैले लिन हाइ कामको अनुगमन वा सुपरिवेक्षण गरिरहेका छैनन्, र उनी गैरजिम्मेवार छन् र आफ्नो कर्तव्यमा कुनै बोझ बोक्दैनन् भनी स्पष्ट रूपमा देखेकी थिएँ। यसले मलजलको काम र नयाँ विश्वासीहरूको जीवन प्रवेशमा ढिलाइ गरिसकेको थियो। मैले उनलाई जतिसक्दो चाँडो परिस्थिति बदल्न मद्दत गर्न त्यो कुरा औँल्याउनुपर्थ्यो, तर मलाई आफूले उनको अभिमानमा चोट पो पुऱ्याउँछु कि र हाम्रो सम्बन्ध बिग्रेला कि, जसले गर्दा पछि हामीबीच अप्ठ्यारो परिस्थिति आइपर्ला कि भन्ने डर भयो। त्यसैले, मैले उनले अनुगमन गर्नुपर्ने कार्यहरूको मात्र सूची बनाएँ, तर मैले उनी आफ्नो कर्तव्यमा झाराटारुवा हुनुको प्रकृति र परिणामहरू कहिल्यै सङ्गति वा चिरफार गरिनँ। पछि, मैले लिन हाइ मानिसहरूलाई संवर्धन गर्नमा ध्यान दिइरहेका छैनन्, न त उनी वास्तवमा नयाँ विश्वासीहरूले ठूलो रातो अजिङ्गरद्वारा फैलाइएका आधारहीन अफवाहहरू खुट्ट्याउन सक्छन् कि सक्दैनन् भनेर जाँचबुझ नै गरिरहेका थिए भनी पत्ता लगाएँ। उनी केवल आफ्नै धारणा र कल्पनाहरूका आधारमा कार्य गरिरहेका थिए, र वास्तविक काम पटक्कै गरिरहेका थिएनन्। म उनलाई आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएकोमा र कुनै बोझ नउठाएकोमा उनको खुलासा गर्न चाहन्थेँ, तर फेरि, मलाई पटक-पटक उनका समस्याहरू औँल्याउँदा उनको अभिमानमा चोट पुग्ला र उनलाई लज्जित पार्ला भन्ने चिन्ता थियो। यदि उनले मप्रति पूर्वाग्रह विकास गरेका भए, हामीबीच कति अप्ठ्यारा परिस्थिति उत्पन्न हुनेथिए! उनलाई चिढ्याउनबाट बच्न, मैले फेरि मौन बस्न रोजेँ, र यस्तो सोचेर आफैँलाई सान्त्वनासमेत दिएँ, “मैले भन्नुपर्ने कुरा भनिसकेकी छु। मेरा सुझावहरू स्वीकार नगर्नु उनकै गल्ती हो। यदि कुनै समस्या आयो भने, त्यो उनको जिम्मेवारी हो, मेरो होइन।” तर वास्तवमा, मैले उनीसँग कामका केही समस्या उठाएकी भए पनि, मैले उनले त्यसरी कर्तव्य निर्वाह गर्नुको प्रकृति र परिणामहरू कहिल्यै औँल्याएकी थिइनँ। नतिजास्वरूप, लिन हाइमा आफ्नै समस्याहरूबारे कुनै बुझाइ थिएन, उनी परिवर्तन भएनन्, र मलजल गर्ने काममा रहेका समस्याहरू समाधान भएनन्। म झारा मात्र टारिरहेकी थिएँ, र कुनै वास्तविक परिणाम प्राप्त गरिरहेकी थिइनँ। जब मैले मलजल गर्ने काम अप्रभावकारी भएको देखेँ, तब कसरी समस्याहरू समाधान गर्ने र मण्डलीको कामलाई जोगाउने भन्नेबारे सोच्नुको सट्टा, मैले लिन हाइसँगको आफ्नो सम्बन्ध कायम राख्न पटक-पटक सम्झौता गरेँ र झुकेँ। मण्डलीको काममा बारम्बार ढिलाइ हुने भए पनि, म समस्याहरू प्रस्टसित बताउँदिनथेँ। म मण्डलीका हितहरूलाई बलि चढाएर उनीसँगको आफ्नो सम्बन्ध कायम राख्दै थिएँ। मूलतः म शैतानको पक्ष लिँदै थिएँ र मण्डलीको काममा अवरोध पुऱ्याउँदै थिएँ। म एकदमै स्वार्थी, घृणास्पद, धूर्त र छली थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र आफ्नै समस्याहरूबारे थप केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, एकअर्काबाट कुराहरू लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र रच्छन्। अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? त्यो त समाजमा र आफ्नो समूहभित्र शत्रु बनाउन नचाहनका लागि हो, किनभने त्यसो गर्दा आफू अक्सर खतरनाक परिस्थितिमा परिन्छ। तैँले कुनै व्यक्तिका कमजोरीहरूमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्‍याएपछि ऊ तेरो शत्रु बन्‍नेछ र उसले तँलाई हानि गर्नेछ भन्‍ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, झन् एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसोभए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरू, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्‍ने शब्‍दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको चापलुसी गर्न राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्‍नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्‍वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि अपनाइने तरकिप र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने मानव नैतिक आचरणको माग के उच्‍चकोटिको माग हो? के यो सकारात्मक माग हो? (होइन।) त्यसोभए, यसले मानिसहरूलाई के सिकाउँछ? तैँले कसैलाई चिढ्याउनु वा चोट पुऱ्याउनु नै हुँदैन, नत्र आफैलाई चोट पुग्‍नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्‍ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई बद्लिन थाल्छ: ऊ तेरो असल, परिचित मित्रबाट अपरिचित व्यक्ति वा शत्रु बन्‍नेछ। यस प्रकारको शिक्षणले वास्तवमा कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्‍नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मानक पूरा गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, म “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ”, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” जस्ता संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूलाई आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरूका रूपमा लिँदै आएकी थिएँ। म अरूसँग मिलेर बस्नका लागि आफूले आफ्नो सुरक्षा गर्न सिक्नुपर्छ भन्ने विश्वास गर्थेँ। म सोच्थेँ, कसैका समस्याहरू औँल्याउँदा ऊ सजिलै चिढिन सक्छ, जसले गर्दा मेरा शत्रुहरू उत्पन्न हुनेछन्, त्यसैले म आफूले समस्या देख्दासमेत त्यो बताउँदिनथेँ। त्यसरी, म हाम्रो सम्बन्ध बिगार्दिनथेँ वा आफूलाई समस्यामा पार्दिनथेँ। मैले पछ्याइरहेको कुरा त शैतानले मानिसहरूमा हालिदिने धूर्त र छली बाँच्ने तरिकाहरू अनि संसारसँग व्यवहार गर्ने दर्शनहरू पो रहेछ। संसारसँग व्यवहार गर्ने यी दर्शनहरूअनुसार जिउँदा, मानिसहरू एकअर्काप्रति खुलस्त हुन सक्दैनन्; उनीहरू सधैँ सतर्क रहन्छन्, झन्-झन् धेरै नक्कली, धूर्त र छली बन्दै जान्छन्। लिन हाइले झाराटारुवा बनेर र वास्तविक काम नगरेर मण्डलीको काममा ढिलाइ गरिसकेका छन् र मैले उनलाई आफूलाई चिन्न मद्दत गर्न उनका समस्याहरू स्पष्ट रूपमा औँल्याउनुपर्थ्यो भन्ने मलाई राम्रोसँग थाहा थियो। तर मलाई उनको अभिमानमा चोट पुग्ला, उनी लज्जित होलान्, उनी चिढिएलान् र हाम्रो सम्बन्ध बिग्रिएला भन्ने डर भयो, त्यसैले मैले सम्झौता गर्ने र पछि हट्ने निर्णय गरेँ। बाहिरबाट हेर्दा, मैले उनको इज्जत जोगाउन र शान्ति कायम राख्न उनलाई मद्दत गरिरहेजस्तो देखिन्थ्यो, तर म उनलाई निष्कपट र सच्चा रूपमा मद्दत गरिरहेकी थिइनँ। यो उनको जीवन प्रवेशका लागि फाइदाजनक त थिएन नै, अझ खराब कुरा त, यसले मलजलको काममा ढिलाइ पनि गरायो। परमेश्‍वर हामी हाम्रा ब्रदर-सिस्टरहरूसँग कसरी व्यवहार गर्छौं भन्ने कुरामा खुला र इमानदार होऔँ भन्ने माग गर्नुहुन्छ। जब हामी कसैमा कुनै समस्या पत्ता लगाउँछौँ, तब हामीले त्यो औँल्याउनुपर्छ र प्रेमिलो हृदयले उसलाई मद्दत गर्न सङ्गति गर्नुपर्छ। उसले त्यतिबेला स्वीकार गर्न सकेन भने पनि, यदि ऊ सत्यता स्वीकार गर्ने व्यक्ति हो भने, उसले पछि खोजी र आत्मचिन्तन गर्नेछ। यदि त्यो औँल्याइएपछि पनि ऊ त्यसलाई अस्वीकार गरिरहन्छ भने, हामीले मण्डलीको काममा हानि हुन नदिन जतिसक्दो चाँडो अगुवाहरूलाई त्यो रिपोर्ट गर्नैपर्छ। विवेक र समझ भएको व्यक्तिले यही नै गर्नुपर्छ, र व्यक्तिमा हुनुपर्ने इन्साफको बोध यही हो। परमेश्‍वर इमानदार र सोझा मानिसहरूलाई मन पराउनुहुन्छ अनि छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि म मान्छे खुसी पारिहिँड्ने व्यक्ति भइरहेकी, र मैले मध्यमार्गी तरिका अपनाइरहेकी भए, मलाई परमेश्‍वरले घृणा गर्नुहुनेथ्यो र हटाउनुहुनेथ्यो। यो बुझेर, मलाई निरन्तर डरको अनुभूति भयो। मैले परमेश्‍वरलाई प्रार्थना पनि गरेँ, अनि पश्चात्ताप गर्न र उप्रान्त आफ्नो भ्रष्ट स्वभावअनुसार नजिउन म इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग भेट्टाएँ, र मैले मेरो हृदयमा स्पष्टता प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कहिलेकाहीं, सद्भावको अर्थ सहनशीलता र सहिष्णुता हो, तर यसको अर्थ आफ्नो अडानमा अडिग रहनु र सिद्धान्तहरू कायम राख्नु पनि हो। सद्भावको अर्थ कामकुराहरू सहज बनाउनु, वा मानिसहरूलाई खुसी पारिहिँड्ने बन्न खोज्नु, वा सम्झौता गर्ने तरिका अपनाउनु होइन—र यसको अर्थ निश्चय नै कसैको प्रिय हुन खोज्नु होइन। यी सिद्धान्तहरू हुन्। तैँले यी सिद्धान्तहरू बोध गरिसकेपछि, थाहै नपाई तेरा बोली र कार्यहरू परमेश्‍वरका अभिप्रायहरूसँग मिल्नेछन्; तँसँग मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्तहरू हुनेछन्, र तँ अरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्षम बन्नेछस्। यसरी, तँ भाइ-बहिनीहरूसँग मित्रैलो रूपमा रहन सक्षम हुनेछस्, र एकता हासिल गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा)। “यदि तँमा मान्छे खुसी पारिहिँड्ने व्यक्तिको अभिप्राय र दृष्टिकोण छ भने, सबै मामिलामा, तैँले सत्यताको अभ्यास गर्नेछैनस् वा सिद्धान्तहरू कायम राख्नेछैनस्, र त्यसैले तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्यूँझिँदैनस् र कहिल्यै सत्यता खोज्दैनस् भने, तँ अविश्‍वासी होस्, र तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? परमेश्‍वरको घरका हितहरू समावेश भएका मामिलाहरू सामना गर्दा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई पुकार्नैपर्छ, उहाँलाई विश्वास र शक्ति माग्नैपर्छ, ताकि तैँले सिद्धान्तहरू कायम राख्न, तैँले गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, तैँले लिनुपर्ने अडानलाई दृढतापूर्वक पक्रिराख्न, परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरको कामलाई कुनै पनि हानि हुनबाट रोक्न सकेस्। यदि तँ आफ्नो स्वार्थ, आफ्नो घमण्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनेबारे आफ्नो दृष्टिकोणविरुद्ध विद्रोह गर्न सक्षम छस् भने, र यदि तँ आफूले इमानदार, अविभाजित हृदयले गर्नुपर्ने कुरा गर्छस् भने, तैँले शैतानलाई पराजित गरेको र सत्यताको यो पक्ष प्राप्त गरेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले के बुझेँ भने, सामञ्जस्यपूर्ण सहकार्य भनेको मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनु वा मध्यमार्गी तौरतरिका अपनाउनु होइन, न त यो सतही सामञ्जस्यता कायम राख्नु र कसैलाई नचिढ्याउनु नै हो। बरु, यो त मण्डलीको काम र हाम्रा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशसँग सम्बन्धित मामिलाहरूमा सिद्धान्तहरू कायम राख्न र मण्डलीका हितहरूको सुरक्षा गर्न सक्नु हो। लिन हाइ वास्तविक काम गर्न असफल हुनाले मण्डलीको काममा पहिले नै ढिलाइ भइरहेको छ भन्ने देखेर, मैले प्रेमका साथ उनीसँग सङ्गति गर्नुपर्थ्यो र उनलाई मद्दत गर्नुपर्थ्यो। आवश्यक परेमा, उनलाई काँटछाँट पनि गर्न सकिन्थ्यो, र यदि उनले अझै स्वीकार नगरेका भए, समयमै कर्तव्य फेरबदल वा बर्खासीका लागि मैले अगुवाहरूलाई उनको रिपोर्ट गर्नुपर्थ्यो। यो सत्यता अभ्यास गर्नु हो; यो साँचो प्रेम हो। तर मैले सुपरिवेक्षकका समस्याहरू औँल्याउनु भनेको उनका कमजोरीहरू औँल्याउनु र उनलाई लज्जित पार्नु हो भन्ने विकृत विश्वास राखेँ। मेरो बुझाइ कत्ति बेतुके थियो! परमेश्‍वरका वचनहरूबाट मैले के पनि बुझेँ भने, जब मलाई कामकुराहरू आइपर्छन् अनि म आफ्नो देहविरुद्ध विद्रोह गर्न इच्छुक हुन्छु तर त्यसलाई जित्न सक्दिनँ, तब मैले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई शक्ति दिनुहोस् भनी बिन्ती गर्नैपर्छ। मैले लिन हाइ वास्तविक काम गर्न असफल भएको कुरा औँल्याउनुपर्थ्यो र खुलासा गर्नुपर्थ्यो। मैले उप्रान्त मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुन वा मध्यमार्गी तौरतरिका अपनाउन मिल्दैनथ्यो। उनका समस्याहरू औँल्याउँदा उनी चिढिने भए पनि, मैले सत्यता अभ्यास गर्नुपर्थ्यो। त्यसैले, मैले लिन हाइलाई पत्र लेखेँ र उनलाई भेलाका लागि भेट्न बोलाएँ। उनलाई भेट्न जानुअघि, मैले सत्यता अभ्यास गर्न सकूँ भनेर मलाई मार्गदर्शन गरिदिनुहोस् भन्दै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

भेलाको दौरान, मैले लिन हाइका समस्याहरू औँल्याएँ। सुरुमा, उनले स्वीकार गरेनन् र उल्टै प्रतितर्क गरेर आफ्नो बचाउ गर्न खोजे, र उनलाई साथ दिन अर्का ब्रदर पनि बीचमा बोले। मैले यी ब्रदरले लिन हाइको बचाउ गरिरहेका छन् भन्ने बुझेँ, त्यसैले मैले उनको कुरा काटेँ र कामकुरालाई सामसुम पार्न खोजेकोमा स्पष्ट रूपमा उनको खुलासा गरेँ। वातावरण अलि अप्ठ्यारो भयो, र लिन हाइको अनुहारको भाव बिग्रियो। मलाई आफूले अझ धेरै भनेमा, हाम्रो सम्बन्ध अप्ठ्यारो होला भन्ने डर लाग्यो, त्यसैले मैले सम्झौता गर्न र त्यो कुरा त्यतिमै सकाउन चाहेँ। तर त्यसपछि मैले लिन हाइले झाराटारुवा भएर अनि वास्तविक काम नगरेर काममा हानि पुर्‍याइसकेको कुरा सम्झेँ। आफ्ना समस्याहरू औँल्याइँदा पनि उनी स्वीकार गर्थेनन्। यदि यो जारी रहेको भए, यसले मण्डलीको काममा अझ ठूलो हानि पुर्‍याउनेथ्यो। मैले एउटा भजनका केही पङ्क्ति सम्झेँ: “मण्डलीमा, मप्रतिको गवाहीमा दृढ होऊ, र सत्यतालाई कायम राख। सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो; कालोलाई सेतो र सेतोलाई कालो नठान। तिमीहरू शैतानविरुद्ध लड्नैपर्छ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नैपर्छ, ताकि त्यो फेरि कहिल्यै पनि नउठोस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। म उप्रान्त मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुन मिल्दैनथ्यो; मैले सिद्धान्तहरू कायम राख्नुपर्थ्यो। त्यसैले, परमेश्‍वरका वचनहरूका आधारमा, मैले लिन हाइका समस्याहरू औँल्याएँ र कामको सुपरिवेक्षण वा अनुगमन नगर्नुका, र मानिसहरूलाई संवर्धन गर्नेबारे ध्यान नदिनुका परिणामहरूबारे सङ्गति गरेँ। यो सुनेपछि, लिन हाइको मनोवृत्ति अलि बद्लियो, र उनले त्यो स्वीकार गर्ने इच्छा व्यक्त गरे। यसरी अभ्यास गरेर मात्र मलाई हृदयमा सहज महसुस भयो।

पछि, मैले लिन हाइमा अझै पनि धेरै परिवर्तन आएको छैन भन्ने देखेँ, त्यसैले मैले उनका समस्याहरू एक-एक गरी सूचीकृत गरेँ र अगुवाहरूलाई ती रिपोर्ट गरेँ। लिन हाइबारेका मूल्याङ्कनहरू सङ्कलन गरेपछि, अगुवाहरूले उनमा कमजोर क्षमता रहेको, कार्य सामर्थ्यको कमी रहेको, र उनले कर्तव्यमा कुनै बोझ उठाउने नगरेको देखे। उनी वास्तविक काम नगर्ने झुटो कामदार थिए र उनलाई बर्खास्त गरिनुपर्थ्यो। त्यसपछि अगुवाहरूले मलाई सुपरिवेक्षकमा बढुवा गरे र गएर लिन हाइसँग सङ्गति गर्न र उनलाई बर्खास्त गर्न भने। म अलि हिचकिचाएँ। “यदि मैले उनकै अगाडि उनका समस्याहरू खुलासा गरेँ भने, के उनले मेरो विरुद्धमा रिसइबी साँध्नेछन् र मप्रति पूर्वाग्रह राख्नेछन्?” मैले मान्छे खुसी पारिहिँड्ने मेरो मानसिकता फेरि देखा पर्दैछ भन्ने बुझेँ, र मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “… तैँले यसो गर्दा मानिसहरू चिढिए भने पनि वा पिठ्युँपछाडि तँ आलोचित हुने भए पनि, त्यसको कुनै असर हुँदैन।” मैले तुरुन्तै पढ्नका लागि त्यो खण्ड खोजेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि यो सिद्धान्तहरू अनुरूपको कार्य हो भने, तैँले यसो गर्दा मानिसहरू चिढिए भने पनि वा पिठ्युँपछाडि तँ आलोचित हुने भए पनि, त्यसको कुनै असर हुँदैन; तर, यदि यो सिद्धान्तहरू अनुरूपको कार्य होइन भने, यसो गरेर तैँले सबैको अनुमोदन र साथ प्राप्त गरे पनि, र तँ सबैसँग मिले पनि—एउटा कुरा के हो भने, तैँले परमेश्‍वरसामु यसको हिसाबकिताब दिन सक्दैनस्—तैँले घाटा भोगेको हुन्छस्। यदि तैँले बहुसङ्ख्यकसँग सम्बन्धहरू कायम राख्छस्, तिनीहरूलाई खुसी र सन्तुष्ट पार्छस् र तिनीहरूको प्रशंसा कमाउँछस्, तर परमेश्‍वरलाई, सृष्टिकर्तालाई चिढ्याउँछस् भने, तँ महामूर्ख होस्। त्यसकारण, तैँले जे गरे पनि, त्यो सिद्धान्तहरू अनुरूप छ कि छैन, त्यसले परमेश्‍वरलाई प्रसन्न पार्छ कि पार्दैन, त्यसप्रति परमेश्‍वरको मनोवृत्ति के हो, मानिसहरूले कस्तो अडान लिनुपर्छ, मानिसहरूले के-के सिद्धान्तहरू कायम राख्नुपर्छ, परमेश्‍वरले कसरी निर्देशन दिनुभएको छ, र तैँले त्यो कार्य कसरी गर्नुपर्छ भन्‍ने कुरा तैँले स्पष्ट रूपमा बुझ्नैपर्छ—तँ सुरुमा यसबारे स्पष्ट हुनुपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४))। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय अचानक उज्यालो भयो। आफ्नो कर्तव्य निर्वाह गर्दा, ममा परमेश्‍वरको डर मान्‍ने हृदय हुनैपर्छ र मैले परमेश्‍वरका अभिप्रायहरू र कामकुराहरू गर्ने सिद्धान्तहरू खोज्नैपर्छ। यदि कुनै कुरा सत्यता सिद्धान्तहरूसँग मेल खान्छ भने, म त्यसमा दृढ रहनैपर्छ। यदि म परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छु भने, मैले मानिसहरूलाई चिढ्याउने वा मेरो बारेमा नराम्रो भनिने कुराले कुनै फरक पार्दैन। यदि मलाई सत्यता थाहा छ तर मानिसहरूसँगको आफ्नो सम्बन्ध कायम राख्नकै लागि म त्यो अभ्यास गर्दिनँ भने, मैले कसैलाई नचिढ्याए पनि, मण्डलीको कामको सुरक्षा नगरेर अपराध गरेकोमा म परमेश्‍वरद्वारा दोषी ठहराइनेछु। त्यो एकदमै मूर्खतापूर्ण कुरा हुनेछ! त्यसैले, म लिन हाइसँग सङ्गति गर्न गएँ, वास्तविक काम नगर्ने उनका प्रकटीकरणहरू मैले खुलासा गरेँ, र उनलाई बर्खास्त गरेँ। लिन हाइले आफूले राम्ररी आत्मचिन्तन गर्नेछु भनेर भने। यस अनुभवमार्फत, मैले के बुझेकी छु भने सत्यता अभ्यास गरेर र अरूसँग सत्यता सिद्धान्तहरू अनुसार अन्तरक्रिया गरेर मात्र व्यक्ति मानव रूपमा जिउन सक्छ। अबदेखि, म मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुन, अनि मैले अरूलाई र आफैँलाई हानि पुर्‍याउन मिल्दैन।

अघिल्लो:  ५१. मेरो बुबाप्रतिको ऋण त्याग्नु

अर्को:  ५३. तीन पटक पक्राउ परेर सिकेका पाठहरू

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger