५५. समस्या औँल्याउनु भनेको कमजोरीमाथि औँला उठाउनु होइन
सानैदेखि मेरी आमाले मलाई भन्नुहुन्थ्यो, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” अनि “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।” उहाँ भन्नुहुन्थ्यो, यदि मैले अरू मानिसमा समस्या देखेँ भने, त्यो कुरा मैले उनीहरूको मुखैमा भन्नै हुँदैन किनभने यसले नराम्रो प्रतिक्रिया निम्त्याउँछ, अनि अरूसँग मित्रवत सम्बन्ध कायम राख्नका लागि मैले हरेक कुरामा आँखा चिम्लिनुपर्छ। त्यसबेलादेखि, मैले मेरी आमाका कुराहरू आफ्नो हृदयमा राखेँ। चाहे स्कुलमा होस्, वा आफन्त र साथीभाइको बीचमा, मैले अरू मानिसका समस्याहरू देख्दा त्यसबारे कहिल्यै बोलिनँ। मलाई याद छ, म मिडिल स्कुलमा हुँदा, मेरो डेक्समा सँगै बस्ने साथीले अरूहरूले उनलाई अलि जिद्दी र दबदबा देखाउने खालकी ठान्छन्, र उनीसँग समय बिताउन चाहँदैनन् भनेर सुनाइन्। उनले मलाई उनी साँच्चै त्यस्तै छिन् त भनेर सोधिन्। वास्तवमा, मलाई थाहा थियो, उनमा यी समस्याहरू छन्, र म उनलाई साँचो कुरा भन्न चाहन्थेँ, तर मैले सोचेँ, “यदि मैले उसलाई साँचो कुरा भनेँ भने, के उसलाई अप्ठ्यारो लाग्ला र अबदेखि मसँग समय बिताउन नमान्ने होली?” त्यसैले, मैले सोचेको कुराको विपरीत, मैले भनेँ, “मलाई त्यस्तो लाग्दैन। अरू मानिसको फालतू कुरा नसुन।” यो सुनेपछि, मेरी साथीले खुसी हुँदै भनिन्, “मैले सोचेजस्तै, तिमी अरूभन्दा असल छौ। अरूले सधैँ मलाई हेला गर्छन्। मलाई बुझ्ने तिमी मात्र छौ।” त्यसपछि, हाम्रो सम्बन्ध अझ राम्रो भयो। मलाई यो आफूलाई आचरणमा राख्ने यो राम्रो तरिका लाग्यो।
पछि, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ र मण्डलीमा चित्र बनाउने कर्तव्य निर्वाह गर्न थालेँ। सिस्टर क्लोईको प्राविधिक सीप तुलनात्मक रूपमा कमजोर थियो। जब हामी डिजाइनको बारेमा छलफल गर्थ्यौं, हामी सधैँ उनलाई केही कठिनाइ छ कि भनेर सोध्थ्यौँ, र धैर्यपूर्वक उनका प्रश्नहरूको जवाफ दिन्थ्यौँ। म यसरी उनले छिट्टै प्रगति गर्नेछिन् भन्ने सोच्थेँ, तर पछि मैले के थाहा पाएँ भने, हामीले विचारहरूमाथि छलफल गरेपछि, क्लोई तुरुन्तै चित्र बनाउन थाल्दिनथिइन्। बरु, उनी केही बेर भजन सुन्थिन् र त्यसपछि आफ्नो कर्तव्यसँग कुनै सरोकार नभएका समाचारहरू इन्टरनेटमा हेरेर केही समय बिताउँथिन्। अन्तमा, उनले बनाएका चित्रहरू धेरै कच्चा हुन्थे। मैले उनी आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा रहेको देखेँ, त्यसैले म उनका समस्याहरू औँल्याउन चाहन्थेँ। एउटा भेलामा, मैले क्लोईलाई चित्र बनाउन किन ढिलो भइरहेको छ भनेर सोधेँ। उनले कठिनाइहरू आएकाले गर्दा हो भनिन्। मैले भनेँ, “यदि कठिनाइहरू आइपरे, तिमीले हामीसँग तुरुन्तै कुराकानी गर्नुपर्छ। यसरी समस्याहरू जतिसक्दो चाँडो समाधान गर्न सकिन्छ र प्रगतिमा ढिलाइ हुँदैन।” मैले खासमा त त्यस अवधिमा उनी आफ्नो कर्तव्य कसरी झाराटारुवा भइरहेकी छिन् भन्ने कुरा खुलासा गर्न चाहन्थेँ। तर, मैले उनी अधैर्य भइरहेकी देखेँ, त्यसैले मैले भन्न लागेको कुरा निलेँ। पछि, अरू सिस्टरहरू पनि क्लोईसँग सङ्गति गर्न गए। उनले मैले उनका कठिनाइहरू बुझिनँ र उनीबाट धेरै माग गरेँ भनेर बताइन्, तर उनले यो परमेश्वरबाट आएको हो भनी स्वीकार गरिन् र आफ्नो कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति बदल्ने भनिन्। यो सुनेपछि म अलि चिन्तित भएँ, र सोचेँ, “अब क्लोईले मप्रति पूर्वाग्रह राखेकीले, भविष्यमा हामी कसरी मिल्ने होला? के मेरा अरू सिस्टरहरूले मेरो मानवता खराब छ र म अरूको ख्याल नगर्ने खालकी छु भनी सोच्नेछन्?” त्यसपछि, मैले क्लोईले पहिलेभन्दा छिटो चित्र बनाइरहेकी देखेँ, र उनले केही हदसम्म आफूलाई सुधारेकी छिन् भन्ने मलाई लाग्यो। तर, केही दिनपछि, मैले उनमा आफ्नो कर्तव्य पूरा गर्ने कुनै हतारोको भावना नरहेको, र उनले गैरविश्वासी संसारका भिडिओहरू समेत हेर्ने गरेको पाएँ। उनले अक्सर यसो भन्दै गुनासो पनि गर्थिन्, “सुपरिवेक्षकले हामीलाई सधैँ नयाँ कुरा गर्न भन्नुहुन्छ, तर नयाँ कुरा गर्न त्यति सजिलो छैन! हामी सबैले यो कर्तव्य भर्खरै सुरु गरेका हौँ। हामीबाट यति धेरै माग गर्नु भनेको हाम्रो सामर्थ्यभन्दा बाहिरका काम गर्न बाध्य पार्नु होइन र?” र “जब म कुनै चित्र बनाउँछु, त्यसमा सधैँ यति धेरै समस्याहरू औँल्याइन्छ। उहाँ त साह्रै स-साना कुरामा अल्झिनुहुन्छ!” अर्की सिस्टर र मैले उनलाई यी नकारात्मक कुराहरू भन्नबाट रोके तापनि, उनले आफूलाई खासै रोकिनन्। मलाई मैले उनका कार्यहरूको प्रकृति र परिणामहरूको चिरफार गर्नुपर्छ, नत्र उनले अरू सिस्टरहरूलाई कर्तव्य निर्वाहमा असर पार्नेछिन् भन्ने थाहा थियो। तर, जब मैले अघिल्लो चोटि उनीसँग कुरा गरेपछि उनले मप्रति राखेको पूर्वाग्रह, र उनले मेरा अरू सिस्टरहरूको अगाडि मैले उनलाई उनको सामर्थ्यभन्दा बाहिरको काम गर्न बाध्य पारेँ भनेको कुरा सम्झेँ, तब म हिचकिचाएँ। मैले सोचेँ, “यदि मैले उनका समस्याहरू खुलासा र चिरफार गरिरहेँ र उनीसँगको मेरो सम्बन्ध बिग्रियो भने के होला? बरु मैले उनको अवस्था सुपरिवेक्षकलाई रिपोर्ट गर्नुपर्छ कि। तर यदि क्लोईले यसबारे थाहा पाइन् भने, के उनले मैले उसको पिठ्युँमा छुरा रोपेँ भनी सोच्नेछिन् र मेरो मानवता खराब छ भन्नेछिन्?” यसबारे सोचेपछि, ममा उनका समस्याहरू औँल्याउने र रिपोर्ट गर्ने साहस अझै आएन।
केही समयपछि, सुपरिवेक्षकले क्लोईले लामो समयदेखि आफ्नो कर्तव्य झाराटारुवा तरिकाले पूरा गरिरहेकी छिन् भनी थाहा पाउनुभयो र उनको कर्तव्य फेरिदिनुभयो। सुपरिवेक्षकले मलाई यसो भन्दै काँटछाँट पनि गर्नुभयो: “तिमीले क्लोईले लामो समयदेखि झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेकी र नकारात्मकता फैलाइरहेकी देख्यौ, तर तिमीले न त उसलाई खुलासा गर्यौ न रिपोर्ट नै। तिमी त मान्छे खुसी पारिहिँड्ने व्यक्ति हौ, र मण्डलीको कामको अलिकति पनि रक्षा गरिनौ। तिमी साह्रै स्वार्थी रहिछौ! तिमीले यसबारे राम्ररी चिन्तन गर्नुपर्छ।” सुपरिवेक्षकका शब्दहरू मेरो अनुहारमा एकपछि अर्को थप्पड हानेजस्तै भयो। त्यस क्षण, मलाई भुइँमा खाल्डो खोजेर लुकूँझैँ भयो। पछि, सुपरिवेक्षकले भनेको कुरा सम्झँदा मलाई साह्रै असहज महसुस भयो। मैले आफ्नो मनमा बारम्बार सोधिरहेँ, “मैले क्लोईका समस्याहरू खुलासा गर्ने वा रिपोर्ट गर्ने साहस किन गरिनँ?” एकदिन मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्नो स्थितिबारे केही ज्ञान पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अधिकांश मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र सत्यता अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र चाहना मात्रै हुन्छ; तर, भित्रबाट, सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। त्यसैले जब तैँले दुष्ट शक्तिहरूले मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्यको सामना गर्छस्—उदाहरणका लागि, जब तैँले झूटा अगुवाहरूले सिद्धान्तहरूको उल्लङ्घन गर्दै मामिलाहरूलाई सम्हाल्ने र वास्तविक काम नगर्ने, वा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्टता गर्ने र मण्डलीको काममा बाधा दिने र त्यसकारण परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याउने कुराको सामना गर्छस्—तब तँसँग उठेर बोल्ने साहस हुँदैन। तँसँग यो साहस किन हुँदैन? के यो तँ डरपोक भएकाले वा स्पष्टवक्ता नभएकाले भएको हो, कि तैँले कामकुराहरू स्पष्ट रूपमा देख्न नसक्ने भएकाले बोल्ने आँट नगर्ने हुनाले भएको हो? यो यीमध्ये कुनै पनि कुराको कारणले भएको होइन; यो मुख्यतया तँ आफ्ना भ्रष्ट स्वभावहरूद्वारा बाँधिएको परिणाम हो। तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूमध्येको एक छली स्वभाव हो: जब केही हुन्छ, तब तैँले विचार गर्ने पहिलो कुरा तेरा आफ्नै हित, तेरा कार्यहरूका परिणाम, र ती तेरा लागि लाभदायक हुनेछन् कि छैनन् भन्ने कुरा हो। यो छली स्वभाव हो, होइन र? अर्को भनेको स्वार्थी र नीच स्वभाव हो। तँ सोच्छस्, ‘तिनीहरूले परमेश्वरको घरको हितलाई हानि पुऱ्याउनुसँग मेरो के सरोकार छ र? म अगुवा होइन, त्यसैले म किन संलग्न हुनुपर्यो र? यसको मसित कुनै सरोकार छैन, र यो मेरो जिम्मेवारी होइन।’ यस्ता विचार र शब्दहरू तैँले जानाजानी सोचेका कुराहरू होइनन्, बरु तैँले अनजानमा उत्पन्न गरेका कुराहरू हुन्—यी तिनै भ्रष्ट स्वभावहरू हुन्, जुन मानिसहरूले कुनै समस्याको सामना गर्दा प्रकट गर्छन्। तेरा विचारहरू यिनै भ्रष्ट स्वभावहरूको अधीनमा हुन्छन्, तिनले तेरा हात-खुट्टाहरू बाँध्छन्, र तैँले भन्ने कुरालाई नियन्त्रण गर्छन्। तेरो हृदयमा, तँ उठेर बोल्न चाहन्छस्, तर तँलाई चिन्ता लाग्छ, र यदि तैँले बोलिस् भने पनि, तँ घुमाउरो पाराले कुरा गर्छस् र आफ्नो लागि उम्कने ठाउँ छोड्छस्, वा तँ टालटुले कुरा गर्छस् र सत्य बोल्दै बोल्दैनस्। खुट्ट्याउन सक्ने मानिसहरूले यो देख्न सक्छन्, र वास्तवमा, तेरो हृदयमा तँलाई आफूले भन्नुपर्ने सबै कुरा भनेको छैनँ, आफूले नतिजाहरू हासिल गरेको छैनँ, आफूले केवल झारा टारिरहेको थिएँ, र समस्या समाधान भएको छैन भन्ने पनि थाहा हुन्छ। तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस्, तैपनि तँ सङ्कोच नमानी आफूले पूरा गरेको छु भनी भन्छस्, वा आफूले त्यतिबेला कुराहरू स्पष्ट रूपमा नदेखेको दाबी गर्छस्। के यी दाबीहरू तथ्यहरूसँग मेल खान्छन्? के तँ साँच्चै यही सोच्छस्? के तँ पूर्ण रूपमा तेरा शैतानी स्वभावहरूको नियन्त्रणमा छैनस् र? … तैँले भन्ने र गर्ने कुरा तेरो नियन्त्रणमा छैन। तँ आफूले चाहे पनि, आफूलाई साँच्चै लागेको कुरा भन्न वा सत्य बोल्न सक्दैनस्; तँ आफूले चाहे पनि सत्यता अभ्यास गर्न सक्दैनस्; तँ आफूले चाहे पनि आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न सक्दैनस्। तैँले भन्ने सबै कुरा, तैँले गर्ने सबै कुरा, र तैँले गर्ने हरेक व्यवहार छल हो, र यो सबै झाराटारुवा कुरा हो। तँ पूर्ण रूपमा तेरा शैतानी स्वभावहरूद्वारा बाँधिएको र नियन्त्रित गरिएको छस्। यदि तँ सत्यता स्वीकार गर्न र अभ्यास गर्न चाहन्छस् भने पनि, तँ आफ्नै मालिक होइनस्। तेरा शैतानी स्वभावहरूले तँलाई नियन्त्रण गर्छन्, त्यसैले तँ यी स्वभावहरूअनुसार जिउँछस् र आफूलाई मन लागेको कुरा भन्छस् र गर्छस्। तँ पूर्ण रूपमा भ्रष्ट देहको कठपुतली बनेको छस्; तँ शैतानको औजार बनेको छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। जब मैले परमेश्वरका वचनहरू मनन गरेँ, मेरो हृदयमा छुराजस्तै बिझ्यो। म परमेश्वरले खुलासा गरेकै खालकी व्यक्ति थिएँ। मलाई क्लोईका सबै समस्याबारे थाहा थियो तर मैले तिनलाई खुलासा गर्ने वा चिरफार गर्ने आँट गरिनँ। मैले केही भनेँ भने पनि, कुनै सारपूर्ण कुरा भनिनँ: मैले आधा मात्र भनेँ र बाँकी आफैसँग राखेँ, क्लोईलाई चिढ्याउन डराएँ। आफूलाई जोगाउन र उनीसँगको मेरो सम्बन्ध कायम राख्न, म उनका समस्याहरूप्रति मौन रहेँ। म कत्ति स्वार्थी र छली रहेछु! क्लोईले पश्चात्तापको कुनै सङ्केतविना लगातार झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइन्। उनले आफ्ना ब्रदर-सिस्टरहरूका बीचमा नकारात्मकता पनि फैलाइन्; उनले शैतानको भूमिका खेलिरहेकी थिइन्। मैले उनलाई रोक्नुको साटो, उनलाई ढाकछोपसमेत गरेँ र अगुवाहरूलाई उनका समस्याहरू रिपोर्ट गरिनँ। के म शैतानको सहयोगी र ढालको रूपमा काम गरिरहेकी थिइनँ र? मैले परमेश्वरबाट आएका सबै कुराको आनन्द लिएँ, तर मैले जुन थालमा खाएँ त्यसैमा प्वाल पारेँ, र आफ्नो कुनै पनि जिम्मेवारी पूरा गरिनँ। म साँच्चै परमेश्वरको सामु जिउन अयोग्य थिएँ! जब मैले यो सोचेँ, मलाई दोषी र बेचैनी महसुस भयो, र मैले जे गरेँ त्यसमा एकदमै पछुतो लाग्यो।
पछि, मैले कला डिजाइनको कामको सुपरिवेक्षण गर्न थालेँ। मैले सिस्टर एमिली अलि अहङ्कारी र आत्मधर्मी रहेकी, र अरू मानिसहरूका सुझावहरू स्वीकार गर्न अनिच्छुक रहने गरेको पाएँ। यसले चित्र निर्माणका नतिजाहरूलाई असर गरिरहेको थियो। मलाई थाहा थियो, मैले एमिलीका समस्याहरू औँल्याउनुपर्छ र उनलाई जतिसक्दो चाँडो यो स्थिति सुधार्न मद्दत गर्नुपर्छ, तर मैले सोचेँ, “यदि मैले उनका समस्याहरू उसको मुखैमा औँल्याइदिएँ भने के उनलाई धेरै चोट पो पुग्ला कि? यदि उनले यो स्वीकार गर्न सकिनन् र मप्रति पूर्वाग्रह राखिन् भने के होला? तर यदि मैले भनिनँ भने, यसले कामलाई असर गर्नेछ। के म फेरि पुरानै बाटोमा हिँडिरहेकी छैन र?” मैले परमेश्वरसँग प्रार्थना गरी मलाई सत्यता अभ्यास गर्ने शक्ति दिनुहोस् भनेँ। त्यसपछि, मैले मेरो स्थितिसँग मिल्ने परमेश्वरका वचनहरूको एउटा खण्ड फेला पारेँ: “यदि तँमा मान्छे खुसी पारिहिँड्ने व्यक्तिको अभिप्राय र दृष्टिकोण छ भने, सबै मामिलामा, तैँले सत्यताको अभ्यास गर्नेछैनस् वा सिद्धान्तहरू कायम राख्नेछैनस्, र त्यसैले तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्यूँझिँदैनस् र कहिल्यै सत्यता खोज्दैनस् भने, तँ अविश्वासी होस्, र तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? परमेश्वरको घरका हितहरू समावेश भएका मामिलाहरू सामना गर्दा, तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई पुकार्नैपर्छ, उहाँलाई विश्वास र शक्ति माग्नैपर्छ, ताकि तैँले सिद्धान्तहरू कायम राख्न, तैँले गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, तैँले लिनुपर्ने अडानलाई दृढतापूर्वक पक्रिराख्न, परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्वरको घरको कामलाई कुनै पनि हानि हुनबाट रोक्न सकेस्। यदि तँ आफ्नो स्वार्थ, आफ्नो घमण्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनेबारे आफ्नो दृष्टिकोणविरुद्ध विद्रोह गर्न सक्षम छस् भने, र यदि तँ आफूले इमानदार, अविभाजित हृदयले गर्नुपर्ने कुरा गर्छस् भने, तैँले शैतानलाई पराजित गरेको र सत्यताको यो पक्ष प्राप्त गरेको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मेरो हृदयलाई उज्यालो बनाए। मैले के बुझेँ भने यदि म मान्छे खुसी पारिहिँड्ने व्यक्तिको सोच र विचारहरू पछाडि छाड्न चाहने हो भने, मैले मण्डलीको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। अरूले के सोच्छन् वा मैले उनीहरूलाई चिढ्याउँछु कि भन्नेमा ध्यान नदिई, मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र मण्डलीको कामलाई असर पर्न दिनु हुँदैन। मण्डलीले मलाई सुपरिवेक्षकको रूपमा यसकारणले खटाएको थियो कि मैले मेरा ब्रदर-सिस्टरहरूको जिम्मेवारी लिनेछु, र मण्डलीको हितको रक्षा गर्नेछु। यदि मैले मान्छे खुसी पारिहिँड्ने व्यक्तिको रूपमा काम गरिरहेँ, र एमिलीका समस्याहरू औँल्याइनँ भने, तब मैले उनलाई र मण्डलीको कामलाई हानि पुर्याइरहेकी हुनेछु। पछि, मैले परमेश्वरका वचनहरूका ज्योतिमा उनका कार्यहरूको प्रकृति र परिणामहरूको चिरफार गरेँ। मैले मेरो विगतको अहङ्कारी स्वभावले मण्डलीको काम र मेरो आफ्नै जीवन प्रवेश दुवैमा पुर्याएको हानिको बारेमा पनि छलफल गरेँ। मैले आशा नगरेको कुरा के भयो भने, यो सुनेपछि, एमिलीले मप्रति कुनै पूर्वाग्रह राखिनन्, बरु परमेश्वरका वचनहरूका ज्योतिमा आफ्ना समस्याहरू बुझिन् र आफूलाई बदल्न इच्छुक भइन्। यसका कारण एमिली मबाट टाढा पनि भइनन्। उनले आफ्नो कर्तव्य पूरा गर्दा प्रकट गरेको भ्रष्टता वा उनले सामना गरेका कठिनाइहरूको बारेमा मसँग खुलेर सङ्गति गर्थिन्। यो अनुभवमा, मैले सत्यता अभ्यास गर्नुको मिठास चाख्न पाएँ, र मेरो हृदयले विशेषतः ढुक्क महसुस गर्यो।
सन् २०२४ मा, मलाई समूह भेलाहरू गर्ने जिम्मेवार बनाउँदै समूह अगुवाको रूपमा चुनियो। भेलाहरूमा, मैले सिस्टर एलिसको सङ्गति अक्सर विषयभन्दा बाहिर गएको, र उनले आफ्नो सङ्गतिलाई अक्सर अरूको आलोचना गर्न प्रयोग गर्ने गरेको पाएँ। एक पटक, परमेश्वरका वचनहरू पढेपछि, एलिसले ती वचनहरू आफूलाई बुझ्न प्रयोग गरिनन्। बरु, उनले ओलिभियाको स्वभाव अहङ्कारी छ, र उनले विगतमा ओलिभियालाई धेरै पटक सुझाव दिएकी थिइन्, तर ओलिभियाले कडा प्रतिरोध गरिन् र रुखो बोलिन्, जसले उनलाई बाँध्यो र हानि पुर्यायो भनिन्। त्यसपछि उनले आफूले ओलिभियालाई कसरी प्रेमले मद्दत गरिन् भनी कुरा गरिन्। जब मैले उनले यसो भनेको सुनेँ, मैले मनमनै सोचेँ, “के उनी यसो भनेर अरूलाई होच्याएर आफूलाई उचाल्दै छैनन् र? यदि ओलिभियामा साँच्चै यी समस्याहरू छन् भने, उनले ओलिभियालाई छुट्टै भेटेर ती कुराहरू औँल्याउन र सङ्गति गर्न सक्छिन्। उनले भेलाको समयलाई आफ्नो असन्तुष्टि पोख्न प्रयोग गर्नु हुँदैन। यसबाहेक, उनको सङ्गति भेलाको विषयबाट भड्किएको छ। मैले उनलाई तुरुन्तै रोक्नुपर्छ।” तर, त्यसपछि मैले सोचेँ, “यदि मैले उनलाई सीधै रोकेँ भने, के त्यसले उनलाई अप्ठ्यारोमा पार्ला र मप्रति पूर्वाग्रह राख्लिन् कि? छोडिदिऊँ यो। बरु म भेला सकिएपछि उनीसँग छुट्टै कुरा गर्नेछु।” त्यसैले, मैले उनलाई रोकिनँ। मैले छोटकरीमा यति मात्र भनेँ, “सबैले कति समय सङ्गति गर्ने हो, त्यसमा ध्यान दिनुपर्छ, ताकि अरूले पनि सङ्गति गर्न पर्याप्त समय पाऊन्।” मैले भेला सकिएपछि एलिससँग उनको समस्याबारे कुरा गर्न चाहेकी थिएँ, तर त्यसपछि मैले अरू सिस्टरहरूबाट के सुनेँ भने एलिसले विगतमा अक्सर मानिसहरूको पिठ्युँपछाडि आलोचना गर्थिन्; पहिले एक सिस्टरले एलिसलाई चिढ्याएकी थिइन्, त्यसैले एलिसले ती सिस्टरको पिठ्युँपछाडि नराम्रो बोल्न थालेकी थिइन्, र एलिसले उनलाई मुख बिगारेर हेर्थिन्, जसले उनलाई अप्ठ्यारो स्थितिमा पार्दथ्यो। मेरो हृदय चसक्क भयो, र मैले सोचेँ, “यदि मैले उनको समस्या औँल्याएर उसलाई चिढ्याएँ भने, के उनले मसँग पनि त्यस्तै व्यवहार गर्लिन्? भविष्यमा हामीले अक्सर एकअर्काको वरिपरि बस्नुपर्दा त्यो कति अप्ठ्यारो होला! सायद मैले उनको अवस्था अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ।” तर, फेरि मैले सोचेँ, “म एलिससँग राम्रैसँग मिल्छु। उनले मेरो दैनिक जीवनमा पनि मलाई राम्रो ख्याल गर्छिन्। यदि मैले उनको समस्या उनको पिठ्युँपछाडि रिपोर्ट गरेँ भने, त्यो साह्रै बेइमानी हुनेछ। के त्यो उनको पिठ्युँमा छुरा रोप्नु सरह हुँदैन र? यदि उनले मैले नै उनको समस्या रिपोर्ट गरेकी हुँ भनेर थाहा पाइन् भने, के उनले मप्रति द्वेष राख्लिन् र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्लिन्? छोडिदिऊँ, अहिले उनीसँग भएको सम्बन्धलाई नबिगारौँ।” जब मैले यो सोचेँ, मैले एलिसलाई उनका समस्याहरू औँल्याउने विचार त्यागेँ।
केही समयपछि, दुई सिस्टरहरूले मलाई एलिसको अवस्थाबारे रिपोर्ट गरे। एक सिस्टरले एलिस परमेश्वरका वचनहरूमा सङ्गति गर्दा सधैँ विषयबाट बाहिर जान्छिन्, जसले भेलाको धेरै समय लिन्छ तर कसैलाई कुनै फाइदा वा उन्नति हुँदैन भनिन्। अर्की सिस्टरले के भनिन् भने एलिस भेलामा सधैँ अरूको आलोचना गर्छिन् र उनीहरूका समस्याबारे कुरा गर्छिन्। यसले मानिसहरूलाई सही र गलतको सानोतिनो विवादमा तान्छ, र मण्डलीको जीवनमा केही हदसम्म बाधा पुर्याउँछ। जब मैले मेरा सिस्टरहरूले यसो भनेको सुनेँ, मलाई अलिकति अपराधबोध भयो। मलाई एलिसका समस्याहरू राम्रोसँग थाहा थियो तर मैले तिनलाई न त औँल्याएँ न त रिपोर्ट नै गरेँ। यो सबै मेरो गैरजिम्मेवारीको कारण थियो। मेरो उपासनाको समयमा, मैले एउटा अनुभवात्मक गवाहीको भिडिओ हेरेँ। त्यसमा उद्धृत परमेश्वरका वचनहरूका दुई खण्डले मेरो हृदय छोए र मलाई आफूबारे केही ज्ञान दिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिमीहरू सबै भन्छौ, तिमीहरू परमेश्वरको बोझलाई ख्याल गर्छौ र मण्डलीको गवाही कायम राख्नेछौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै ख्याल गरेको छ? आफैलाई सोध्: के तँ परमेश्वरको बोझलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले परमेश्वरका निम्ति धार्मिकता अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तैँले दृढताको साथ सत्यता अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूका विरुद्धमा लड्न सक्नेगरी साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तैँले मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले निर्णायक क्षणहरूमा आफ्नो हृदय अर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू प्रायः सोध्ने गर्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। “जब सत्यता तेरो जीवन बनिसकेको हुन्छ, तब यदि तैँले कसैले परमेश्वरको निन्दा गरिरहेको, परमेश्वरको डर नमानिरहेको, आफ्नो कर्तव्य पूरा गर्दा झारा टारिरहेको, वा मण्डलीको काममा अवरोध र बाधा दिइरहेको देखिस् भने, तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्नेछस्, खुट्ट्याउनुपर्नेहरूलाई खुट्ट्याउन सक्नेछस्, र खुलासा गरिनुपर्नेहरूलाई खुलासा गर्न सक्नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि आफ्ना शैतानी स्वभावहरूभित्र जिउँछस् भने, जब तैँले दुष्ट मानिसहरू र दियाबलसहरूले मण्डलीको काममा अवरोध गरिरहेको र बाधा दिइरहेको देख्छस्, तब तैँले देखेर पनि नदेखे र सुनेर पनि नसुनेको जस्तै गर्नेछस्, र त्यसलाई बेवास्ता गर्नेछस्, र आफ्नो विवेकबाट कुनै हप्की महसुस गर्नेछैनस्। तैँले त मण्डलीको काममा जसले बाधा दिए पनि, त्यसको तँसँग कुनै सरोकार छैन भनी समेत सोच्नेछस्। मण्डलीको काम र परमेश्वरको घरको हितलाई जतिसुकै हानि पुगे पनि, तैँले त्यसको वास्ता गर्नेछैनस् वा त्यसबारे सोध्नेछैनस्, वा आफ्नो विवेकबाट कुनै हप्की महसुस गर्नेछैनस्। त्यस अवस्थामा, तँ विवेक वा समझ नभएको व्यक्ति, एक अविश्वासी, एक श्रमिक हुन्छस्। तँ परमेश्वरकै खान्छस्, परमेश्वरकै पिउँछस्, र परमेश्वरबाटै आउने सबै कुराको आनन्द लिन्छस्, तैपनि परमेश्वरको घरको हितमा पुग्ने कुनै पनि हानिको तँसँग कुनै सरोकार नभएको महसुस गर्छस्—यसले तँलाई आफ्नै मान्छेहरूको मूल्यमा बाहिरियाहरूको पक्ष लिने एक गद्दार बनाउँछ, जुन हातले खुवाउँछ त्यसैलाई टोक्ने खालको चीज बनाउँछ। यदि तँ परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, के तँ मानव होस् र? तँ मण्डलीमा घुसपैठ गरेको एक पिशाच होस्। तँ परमेश्वरमा विश्वास गरेको ढोँग गर्छस्, परमेश्वरका चुनिएका मानिसहरूमध्येको एक भएको नाटक गर्छस्, र परमेश्वरको घरमा सित्तैमा खान चाहन्छस्—तँ अब मानवजस्तो देखिँदैनस्, र तँ स्पष्ट रूपमा एक अविश्वासी होस्। जसले साँच्चै परमेश्वरमा विश्वास गर्छन्, तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न बाँकी नै भए पनि, कम्तीमा तिनीहरूले आफ्नो बोली-व्यवहारमा परमेश्वरको पक्ष लिनेछन्; कम्तीमा, परमेश्वरको घरको हितमा हानि पुगेको देख्दा तिनीहरू चुप लागेर बस्नेछैनन्। यदि तिनीहरूले यसलाई बेवास्ता गर्ने प्रयास गरे भने, तिनीहरूको विवेकले हप्की र असहज महसुस गर्नेछ, र तिनीहरूले आफैलाई भन्नेछन्, ‘म चुप लागेर केही नगरी बस्न सक्दिनँ। मैले उठेर केही भन्नैपर्छ, मैले मेरो जिम्मेवारी पूरा गर्नैपर्छ। यो दुष्ट कार्यलाई खुलासा गर्न र रोक्न, परमेश्वरको घरका हितमाथि हानि पुग्नबाट जोगाउन, र मण्डलीको जीवनमा बाधा नआओस् भनी सुनिश्चित गर्न, म अगाडि आउनैपर्छ।’ यदि सत्यता तेरो हृदयमा तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र दृढ सङ्कल्प मात्रै हुनेछैन, तँ यो मामिलालाई छर्लङ्गै देख्न पनि सक्षम हुनेछस्। यसबाहेक, तँ परमेश्वरको काम र उहाँको घरका हितहरूका लागि आफ्नो जिम्मेवारीको उचित हिस्सा पूरा गर्न सक्षम हुनेछस्, र यसरी, तेरो कर्तव्य पूरा हुनेछ। यदि तँ आफ्नो कर्तव्यलाई आफ्नै जिम्मेवारी र दायित्वका रूपमा, र परमेश्वरको आज्ञाका रूपमा लिन सक्छस्, र यसरी मात्रै तँ आफ्नै विवेकअनुसार जिएको र परमेश्वरलाई निराश नपारेको महसुस गर्छस् भने, तब तँ सामान्य मानवताको निष्ठा र इज्जत जिएको हुनेछैनस् र? तेरा कार्य र व्यवहारहरू परमेश्वरले भन्नुभएको ‘परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु’ हुनेछन्। तैँले यी वचनहरूको सार अभ्यास गरिरहेको र तिनको वास्तविकता जिइरहेको हुनेछस्। जब सत्यता कुनै व्यक्तिको जीवन बन्छ, तब ऊ यी वास्तविकताहरू जिउन सक्षम हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मलाई अपराधबोध र पीडा महसुस भयो। परमेश्वरका विश्वासीहरूको रूपमा, जब हामी मानिसहरूले मण्डलीको जीवनमा अवरोध र बाधा पुर्याइरहेका देख्छौँ, हामीले परमेश्वरको अभिप्रायलाई ख्याल गर्नुपर्छ र त्यसलाई रोक्न खडा हुनुपर्छ, ताकि हाम्रा ब्रदर-सिस्टरहरूले राम्रो वातावरणमा परमेश्वरका वचनहरू खान र पिउन सकून् र सत्यतामा सङ्गति गर्न पाउन्। मैले आत्मचिन्तन गरेँ। मलाई एलिस भेलामा अक्सर विषयबाट बाहिर जान्छिन्, सधैँ पिठ्युँपछाडि अरूलाई आलोचना गर्छिन् र होच्याउँछिन्, र यसले मण्डलीको जीवनमा अवरोध र बाधा गरिरहेको छ भन्ने राम्ररी थाहा थियो। तर, उनलाई चिढ्याउनबाट बच्न, म कछुवाझैँ आफ्नो खबटाभित्र खुम्चिएँ, डरपोक व्यवहार गरेँ, र उनलाई यसो गर्नबाट रोक्ने आँट गरिनँ। न त मैले उनका कार्यहरूको प्रकृतिको खुलासा वा चिरफार गर्ने आँट नै गरेँ। मेरो जीवन कत्ति दयनीय थियो! म स्वार्थी र घृणास्पद थिएँ, केवल आफूलाई कसरी जोगाउने भन्ने मात्र जान्दथेँ। मैले परमेश्वरका वचनहरू खाएँ र पिएँ, तर तिनलाई अभ्यासमा लागू गर्न सकिनँ। एलिसले मण्डलीको जीवनमा बाधा पुर्याउँदै गर्दा म चुपचाप बसेँ। म कसरी परमेश्वरको विश्वासी थिएँ र? मैले जुन थालमा खाएँ त्यसैमा थुकेकी थिएँ। म परमेश्वरको सामु जिउन अयोग्य थिएँ। मलाई अत्यन्तै दोषी र असहज महसुस भयो, र बाथरूममा लुकेर, आफैलाई थप्पड मारेँ। मैले आफैलाई बारम्बार सोधेँ, “मलाई सत्यताको एक शब्द बोल्न पनि किन यति गाह्रो भएको? म किन यति स्वार्थी भएकी?” आफ्नो कोठामा फर्केर, मैले परमेश्वरलाई प्रार्थना गरेँ। “हे परमेश्वर, म गलत थिएँ। म अब यस्तो जीवन जिउन चाहन्नँ। म सत्यता अभ्यास गर्न र इन्साफको बोध भएको व्यक्ति बन्न चाहन्छु। कृपया मलाई आफूबारे साँचो बुझाइ पाउन अगुवाइ गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र अरूका समस्या औँल्याउने आँट किन गरिनँ भन्ने कारण बुझ्न पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, एकअर्काबाट कुराहरू लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र रच्छन्। अर्को व्यक्ति कस्तो हो भन्ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्बन्ध जोगाउन चाहन्छ? त्यो त समाजमा र आफ्नो समूहभित्र शत्रु बनाउन नचाहनका लागि हो, किनभने त्यसो गर्दा आफू अक्सर खतरनाक परिस्थितिमा परिन्छ। तैँले कुनै व्यक्तिका कमजोरीहरूमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्याएपछि ऊ तेरो शत्रु बन्नेछ र उसले तँलाई हानि गर्नेछ भन्ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, झन् एकअर्काका विश्वासपात्र हुनु त परको कुरा हो। त्यसोभए, यो वास्तवमा कस्तो सम्बन्ध हो? के यो आधारभूत सामाजिक सम्बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्बन्धहरू, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्ने शब्दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको चापलुसी गर्न राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्याएर आफ्नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्न नदिनका लागि अपनाइने तरकिप र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने मानव नैतिक आचरणको माग के उच्चकोटिको माग हो? के यो सकारात्मक माग हो? (होइन।) त्यसोभए, यसले मानिसहरूलाई के सिकाउँछ? तैँले कसैलाई चिढ्याउनु वा चोट पुऱ्याउनु नै हुँदैन, नत्र आफैलाई चोट पुग्नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई बद्लिन थाल्छ: ऊ तेरो असल, परिचित मित्रबाट अपरिचित व्यक्ति वा शत्रु बन्नेछ। यस प्रकारको शिक्षणले वास्तवमा कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मानक पूरा गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने मैले सत्यता अभ्यास गर्न नसक्नु र अरू मानिसहरूका समस्याहरू औँल्याउने आँट नगर्नुको कारण शैतानी दर्शन र नियमहरूले मेरो हृदयमा गहिरो जरो गाड्नु रहेछ। मेरा आमाबुबाले मलाई सानैदेखि “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “अरूको भावना र तर्कसँग मिल्ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ” भनेर सिकाउनुभयो। उहाँहरूले मलाई अरूसँगको सम्बन्धमा धेरै होसियार र चनाखो रहन, मानिसहरूलाई चिढ्याउनबाट बच्न, अनि उनीहरूको बदला र हानिको प्रकोपबाट जोगिन उनीहरूका समस्याहरू कहिल्यै मुखेन्जी नभन्न सिकाउनुभयो। म लगातार यी सोच र विचारहरूअनुसार जिएकी थिएँ। म स्कुलमा हुँदा, मेरो डेक्समा सँगै बस्ने साथीलाई हैकमी र उदण्ड देख्दा, मैले कहिल्यै उसका समस्याहरू औँल्याइनँ, किनकि म उसलाई चिढ्याउन डराउँथेँ। मैले त आफ्नो हृदयको विपरीत कुराहरू भनेर उसलाई छलसमेत गरेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, क्लोई र मैले सँगै आफ्नो कर्तव्य निर्वाह गर्यौँ। उनी आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा छिन्, नकारात्मकता पनि फैलाउँछिन्, अरूलाई आफ्नो कर्तव्य गर्नमा बाधा दिन्छिन् भन्ने मलाई राम्ररी थाहा थियो, तर आफूलाई जोगाउन, म कहिल्यै उनका समस्याहरू खुलासा वा चिरफार गर्न इच्छुक भइनँ। मैले एलिस भेलामा सङ्गति गर्दा अक्सर विषयबाट बाहिर जान्छिन्, र अरूको आलोचनासमेत गर्छिन् भन्ने देखेँ। तर, म कहिल्यै उनका समस्याहरू चिरफार गर्न तयार भइनँ किनकि मलाई उनले मसँग बदला लेलिन् र मेरो आलोचना गर्लिन् भन्ने डर थियो, त्यसैले मैले उनले मण्डलीको जीवनमा बाधा पुर्याइरहेको छेउबाट टुलुटुलु हेरिरहेँ। शैतानी दर्शन र नियमहरूअनुसार जिउँदा, म चिप्ले र छली बनेकी थिएँ, र अरूसँगको मेरा अन्तरक्रियामा अलिकति पनि इमानदारी थिएन। बाहिरबाट हेर्दा, म दयालु व्यक्ति थिएँ, र क्लोई र एलिससँग राम्रोसँग मिल्थेँ। तर, उनीहरूका समस्याहरू देख्दा, मैले उनीहरूलाई कुनै मद्दत गरिनँ, र उनीहरूलाई कुनै साँचो प्रेम देखाइनँ। उनीहरूप्रतिको मेरो दया सबै झूटो र पाखण्डी थियो, जसको उद्देश्य दैहिक सम्बन्ध कायम राख्नु र उनीहरूलाई मसँग मेलमिलापमा राख्नु थियो। म साँच्चै कत्ति चिप्ले र छली रहेछु! मलाई के महसुस भयो भने शैतानी दर्शन र नियमहरूअनुसार जिउँदा मैले धेरै पहिले नै आफ्नो विवेक र समझ गुमाइसकेकी छु; अत्यन्तै स्वार्थी र कायर बनेकी छु; अञ्जानमै शैतानको सहयोगी र ढाल बनेकी छु। यदि मैले सुधार नगरी यसरी नै बढिरहेँ भने, म निश्चय नै परमेश्वरद्वारा घृणा गरिने र हटाइने थिएँ!
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ र “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने शैतानी विषबारे थप स्पष्ट बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइमा ‘औँला उठाउनु’ भन्ने वाक्यांश असल हो कि खराब हो? के यो ‘औँला उठाउनु’ भन्ने वाक्यांशले परमेश्वरका वचनहरूभित्र जस्तै मानिसहरू प्रकट वा खुलासा हुने अर्थ दिन्छ? (दिँदैन।) मेरो बुझाइअनुसार त, मानव भाषाको हिसाबमा ‘औँला उठाउनु’ को अर्थ त्यस्तो हुँदैन। यसमा केही हदसम्म दुर्भावनापूर्ण प्रकारको खुलासा गर्ने प्रकृति हुन्छ; यसको अर्थ मानिसहरूका समस्या र कमीकमजोरीहरू, वा अरूलाई थाहा नभएका केही कुरा र व्यवहार, वा पृष्ठभूमिमा भइरहेका केही षड्यन्त्र वा विचार र दृष्टिकोणहरू खुलासा गर्नु हो। ‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइमा ‘औँला उठाउनु’ को अर्थ यही हुन्छ। यदि दुई मानिस मिलेर बस्छन्, तिनीहरूबीच कुनै पर्खाल छैन अनि तिनीहरू एकअर्काका विश्वासपात्र हुन्, र दुवैले आफूलाई एकअर्काको लागि फाइदाजनक र उपयोगी हुने अपेक्षा गर्छन् भने, तिनीहरूले एकसाथ बसेर खुलस्त र इमानदारीसाथ विद्यामान समस्याहरूबारे स्पष्टसँग कुरा गर्नु सर्वोत्तम हुनेछ। यो उचित कुरा हो, र यो अरूको कमजोरीमाथि औँला उठाउनु होइन। यदि तैँले अर्को व्यक्तिका समस्याहरू पत्ता लगाइस् तर ऊ तेरो औँल्याइ अझै स्विकार्न सक्दैन भन्ने देखिस् भने, भनाभन वा झगडा हुन नदिन केही पनि नभन्। यदि तँ तिनीहरूलाई सहयोग गर्न चाहन्छस् भने, तैँले तिनीहरूसित विचार बुझ्न सुरुमा सोध्न सक्छस्, ‘म तपाईँमा अलि समस्या देख्छु, र म केही सल्लाह दिन चाहन्छु। तपाईँ स्विकार्न सक्नुहुन्छ कि हुन्न थाहा छैन। यदि सक्नुहुन्छ भने, म भन्छु। यदि सक्नुहुन्न भने, म अहिलेको लागि त्यो कुरा मनमै दबाउँछु, र केही बोल्नेछैनँ।’ यदि तिनीहरूले, ‘म तपाईँलाई भरोसा गर्छु। तपाईँले जे भन्नु भए त्यो उचित हुनेछ। म त्यो स्विकार्न सक्छु’ भनी भन्छन् भने, त्यसको अर्थ तँलाई अनुमति दिइएको छ र त्यसपछि तैँले तिनीहरूसँग तिनीहरूका समस्याहरूबारे एकपछि अर्को गर्दै सङ्गति गर्न सक्छस्। तिनीहरूले तैँले भनेका कुरा पूर्ण रूपमा स्विकार्ने मात्रै छैनन्, यसबाट फाइदा पनि प्राप्त गर्नेछन्, र तिमीहरू दुवैले सामान्य सम्बन्ध कायम गर्न सक्नेछौ। के त्यो एकअर्कालाई इमानदारीसाथ व्यवहार गर्नु होइन र? (हो।) अरूसँग अन्तरक्रिया गर्ने सही तरिका यही हो; यो अरूको कमजोरीमाथि औँला उठाउनुजस्तो होइन। यो भनाइअनुसार ‘अरूको कमजोरीमाथि औँला नउठाउनु’ को अर्थ के हो? यसको अर्थ अरूको कमीबारे नबोल्नु, तिनीहरूका सबैभन्दा वर्जित रहेका समस्याहरू उल्लेख नगर्नु, तिनीहरूको समस्याको सार खुलासा नगर्नु, र एकदमै स्पष्ट रूपमा औँला नउठाउनु हो। यसको मतलब केवल केही सतही टिप्पणी गर्नु, सबैले प्रायजसो भनिरहने कुराहरू भन्नु, व्यक्ति आफैले बुझ्न सक्ने कुराहरू भन्नु, र त्यस व्यक्तिले पहिले गरेको गल्ती वा संवेदनशील विषयहरू खुलासा नगर्नु हो। यदि तैँले यसरी व्यवहार गरिस् भने, त्यस व्यक्तिलाई यसले के फाइदा गर्छ? सायद तैँले उसलाई ठेस पुर्याउँदैनस् वा शत्रु बनाउँदैनस् होला, तर तैँले गरेको व्यवहारले त्यस व्यक्तिलाई कुनै पनि हालतमा सहयोग वा फाइदा पुग्दैन। त्यसकारण, ‘अरूको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने वाक्यांश आफै धूर्त, एक किसिमको चालबाजी हो, र यो इमानदार छैन। के भन्न सकिन्छ भने, यसरी व्यवहार गर्नु दुष्ट अभिप्रायहरू लिएर हिँड्नु हो; यो अरूसँग अन्तरक्रिया गर्ने सही तरिका होइन। गैरविश्वासीहरूले त ‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइलाई उच्च नैतिकवान् व्यक्तिले अपनाउने कुरा ठान्छन्। यो अरूसँग व्यवहार गर्ने छली आचरण हो भन्ने स्पष्ट छ, जुन मानिसहरूले आफ्नो रक्षा गर्न प्रयोग गर्छन्; यो व्यवहार गर्ने उचित तरिका हुँदै होइन। अरूको कमजोरीमाथि औँला नउठाउनु आफैमा खुल्लापन नहुनु हो र अरूको कमजोरीमाथि औँला उठाउने कार्यमा गोप्य मनसाय हुन सक्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। “परमेश्वरका चुनिएका मानिसहरूमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र परमेश्वरले मानिसहरूबाट माग गर्ने सिद्धान्त र मापदण्डहरूअनुसार एकअर्कासँग अन्तरक्रिया गर्नुपर्छ, सङ्गत गर्नुपर्छ, र मिलेर काम गर्नुपर्छ। यो नै सबैभन्दा राम्रो तरिका हो। यसले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ। त्यसोभए, परमेश्वरले माग गरेका सत्यता सिद्धान्तहरू के-के हुन्? मानिसहरूले अरूहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूलाई बुझ्नुपर्छ, तिनीहरूका पीडा र कठिनाइहरूप्रति विचारशील हुनुपर्छ, र त्यसपछि यी कुराहरूबारे सोधपुछ गर्नुपर्छ, र सहयोग र साथ दिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन मद्दत गर्न परमेश्वरका वचनहरू पढेर सुनाउनुपर्छ, जसले गर्दा तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन् र तिनीहरू कमजोर हुन छोड्छन्, र यस कार्यले तिनीहरूलाई परमेश्वरको अघि ल्याउँछ। के अभ्यास गर्ने यो तरिका सिद्धान्तहरूअनुरूप छैन र? यसरी अभ्यास गर्नु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। स्वाभाविक रूपमै, यस्ता सम्बन्धहरू सत्यता सिद्धान्तहरूसँग अझै मिल्छन्। जब मानिसहरूले जानीजानी बाधा र अवरोधहरू पैदा गरिरहेका हुन्छन्, वा जानीजानी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका हुन्छन्, तब यदि तैँले यो कुरा देखिस् र तिनीहरूलाई यी कुराहरू औँल्याउन, हप्की लाउन, र सिद्धान्तहरूअनुसार मद्दत गर्न सकिस् भने, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तँ तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छस् वा त्यसलाई जानाजानी बेवास्ता र ढाकछोप गर्छस्, र तिनीहरूलाई प्रशंसा र तारिफ गर्न राम्राराम्रा कुराहरूसमेत बोल्छस् भने, मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, र समस्याहरू सुल्झाउने यी तरिकाहरू स्पष्ट रूपमै सत्यता सिद्धान्तहरूसँग बाझिन्छन्, र परमेश्वरका वचनहरूमा तिनको कुनै आधार हुँदैन। त्यसकारण, मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने यी तरिकाहरू स्पष्ट रूपमै अनुचित छन्, र परमेश्वरका वचनहरूअनुसार तिनलाई चिरफार र पहिचान गरिएन भने, तिनलाई पत्ता लगाउन वास्तवमै सजिलो छैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४))। परमेश्वरका वचनले मेरो हृदयको गाँठो फुकाइदिए। म पहिला के सोच्थेँ भने अरू मानिसहरूका समस्या र कमीहरू औँल्याउनु भनेको उनीहरूमाथि औँला ठड्याउनु हो, र त्यसले उनीहरूलाई चोट पुर्याउँछ। अब मैले के बुझेँ भने यदि हामीले कसैलाई झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेको वा मण्डलीको जीवनमा अवरोध र बाधा पुर्याइरहेको देख्यौँ भने, हामीले सिद्धान्तअनुसार काम गर्नुपर्छ र समयमै उनीहरूका समस्याहरू औँल्याउनुपर्छ; आवश्यक परेमा, हामीले उनीहरूलाई काँटछाँट गर्न सक्छौँ। हामीले कठोर रूपमा बोले तापनि, जबसम्म हामीले भनेको कुरा तथ्यसँग मेल खान्छ, र हाम्रो अभिप्राय उनीहरूलाई मद्दत गर्नु र मण्डलीको कामको रक्षा गर्नु हुन्छ भने, यो सबै सकारात्मक हो, र सत्यता स्वीकार गर्ने मानिसहरूले यसलाई सही रूपमा लिन सक्छन्। यदि, काँटछाँटपछि, उनीहरूले स्वीकार वा पश्चात्ताप गर्दैनन् भने, हामीले उनीहरूबारे माथिल्लो तहका अगुवाहरूकहाँ रिपोर्ट पनि गर्न सक्छौँ। यो उनीहरूमाथि औँला ठड्याउनु वा पिठ्युँमा छुरा रोप्नु होइन। यो मण्डलीको कामको रक्षा गर्नु हो। कसैमाथि औँला उठाउनु भनेको गुप्त मनसाय, उनीहरूप्रति पूर्वाग्रह र शत्रुता राखेर गरिने काम हो। यो उनीहरूका साना समस्याहरूमा ध्यान केन्द्रित गरेर त्यसलाई पहाड बनाउनु हो; यो उनीहरूलाई गिज्याउनु, होच्याउनु, र खिल्ली उडाउनु हो; यो जानाजान उनीहरूलाई चोट पुर्याउनु हो। यसले उनीहरूलाई कुनै उन्नति वा फाइदा दिन सक्दैन, र उनीहरूलाई नकारात्मक र दुःखी मात्र बनाउन सक्छ। मानिसहरूमाथि औँला उठाउनु भनेको यही हो। मेरो भित्र एउटा गलत दृष्टिकोण पनि थियो, म के विश्वास गर्थेँ भने अरू मानिसहरूका समस्याहरू अगुवाहरूलाई रिपोर्ट गर्नु भनेको दुर्भावनापूर्ण आरोप लगाउनु वा पिठ्युँमा छुरा रोप्नु हो। वास्तवमा, समस्याहरू पत्ता लाग्दा तुरुन्तै रिपोर्ट गर्नु भनेको मण्डलीको कामको रक्षा गर्नु हो। यो मानिसहरूले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी हो। पिठ्युँमा छुरा रोप्नु वा दुर्भावनापूर्ण आरोप लगाउनु भनेको तथ्यलाई बङ्ग्याउनु र त्यो व्यक्तिको पिठ्युँपछाडि उसको बदनामी गर्न आधारहीन अफवाहहरू फैलाउनु हो। यो आफ्नो घृणित लक्ष्यहरू प्राप्त गर्न अरूलाई सास्ती दिने उद्देश्यले गरिन्छ। यस पटक, मैले एलिसको सङ्गति भेलामा विषयबाट बाहिर गएको र उनले अक्सर अरूको आलोचना गरेको थाहा पाएँ। अरू सिस्टरहरूले पनि यो एलिसको निरन्तरको व्यवहार रहेको, र यसबारे धेरै सङ्गति गरेपछि पनि, उनले आफूलाई अझै नसुधारेकी बताए। मैले उनका समस्याहरू औँल्याउनुपर्थ्यो, र जतिसक्दो चाँडो अगुवाहरूलाई रिपोर्ट गर्नुपर्थ्यो ताकि उहाँहरूले उनको अवस्था तुरुन्तै बुझ्न र उनको व्यवहारको आधारमा उपयुक्त प्रबन्ध मिलाउन सक्नुहोस्। मण्डलीको जीवनमा बाधा नपरोस् भनी सुनिश्चित गर्ने यही एउटा मात्र तरिका थियो।
एउटा भेलापछि, मैले परमेश्वरका वचनहरूको ज्योतिमा एलिसका समस्याहरू औँल्याएँ, उनले भेलामा अरूको जसरी आलोचना गर्छिन्, त्यसले मण्डलीको जीवनमा बाधा पुर्याइरहेको छ भनी खुलासा गरेँ। सुरुमा एलिसले स्वीकार गरिनन्, तर अरू सिस्टरहरूले पनि सङ्गतिमा जोडिएर उनका समस्याहरूको चिरफार गरेपछि उनले मन नलागी नलागी स्वीकारिन्। उनले रोएर यो साँच्चै नै आफ्नो समस्या हो भनी समेत भनिन्। केही समयपछि, मैले उनी फेरि एक सिस्टरको अगाडि अरूको आलोचना गरिरहेकी छिन् भन्ने थाहा पाएँ, त्यसैले मैले उनको अवस्था मण्डलीका अगुवाहरूकहाँ रिपोर्ट गरेँ। अगुवाहरूले उनका समस्याहरू खुलासा र चिरफार गर्नुभयो, र त्यसपछि, मैले उनलाई फेरि कहिल्यै आलोचना गर्ने तरिकाले व्यवहार गरेको देखेकी छैन। मलाई केही सत्यता अभ्यास गर्न डोऱ्याउनुभएकोमा म परमेश्वरलाई धन्यवाद दिन्छु। मेरो हृदयले साह्रै ढुक्क महसुस गर्छ। ममा यी परिवर्तनहरू ल्याउने परमेश्वरका वचनहरू नै हुन्।