५८. मूल्याङ्कन लेख्दाका चिन्ताहरू
सन् २०२१ मा, जब मण्डलीले सफाइको काम गरिरहेको थियो, तब मैले के थाहा पाएँ भने, जब क्षेत्रीय अगुवा लि जिङले कसैमा भ्रष्ट स्वभाव प्रकट भएको देख्थिन्—जस्तै: अहङ्कारी र आत्म-धर्मी हुने, स्वार्थी हुने, शरीरको ख्याल गर्ने वा तर्क गर्ने—तब उनले तिनीहरूलाई सहायता गर्न सङ्गति गर्दिनथिन्, बरु, ८० प्रतिशतभन्दा बढी मण्डली सदस्यहरूको हस्ताक्षरसहितको अनुमोदनविना नै उनले तिनीहरूलाई निकालिदिन्थिन्। उनले तिनीहरूका परमेश्वरका वचनका पुस्तकहरू पनि जफत गर्थिन्। दाजुभाइ-दिदीबहिनीहरू सबै त्रासमा बाँचिरहेका थिए। मलाई आफ्नै अवस्थाको बारेमा पनि चिन्ता लाग्यो। मलाई मेरो स्वभाव निकै अहङ्कारी छ र ममा आफ्नो कर्तव्यप्रति बोझको कमी छ भन्ने थाहा थियो। कहिलेकाहीँ त म आफ्नो शरीरको ख्याल गर्थेँ र झाराटारुवा पनि बन्थेँ। लि जिङले जसरी मानिसहरूको छानबिन गरिरहेकी थिइन् त्यो देख्दा, मलाई के लाग्यो भने मेरो पालो आउनु त केवल समयको कुरा मात्र हो। एकपटक, मैले लि जिङसँग आफ्नो स्थितिबारे कुरा राखेँ, अनि उनले भनिन्, “यो परमेश्वरको कामको एउटा चरण हो। सबैले निकालाइको अनुभव गर्नुपर्छ। डराउनुको कुनै अर्थ छैन!” उनले त्यसो भनेको सुन्दा, मलाई केही कुरा त ठीक छैन जस्तो लाग्यो। परमेश्वरले काम गर्नुहुने र मानवजातिलाई मुक्ति दिनुहुने अवधिमा, सबैले केही न केही भ्रष्ट स्वभावहरू प्रकट गर्छन् नै। तर जबसम्म कसैले सत्यता स्वीकार गर्न सक्छ र ऊ पश्चात्ताप गरेर परिवर्तन हुन सक्षम हुन्छ, तबसम्म तिनीहरूलाई बचाउन सकिन्छ। परमेश्वर व्यक्तिको भ्रष्टताको क्षणिक प्रकटीकरण हेर्नुहुन्न; उहाँले त तिनीहरूको निरन्तरको व्यवहार र तिनीहरूको प्रकृति सारको आधारमा तिनीहरूको मापन र चित्रण गर्नुहुन्छ। मण्डलीमा निरन्तर अवरोध र बाधाहरू खडा गर्ने, धेरै दुष्ट काम गर्ने र पश्चात्ताप गर्न अस्वीकार गर्नेहरू—तिनीहरूको सार चाहिँ दुष्ट व्यक्तिको सार हो, र तिनीहरूलाई निकालिनुपर्छ र हटाउनुपर्छ। क्षणिक भ्रष्टता प्रकट गरेकै भरमा कसैलाई निकाल्नु सिद्धान्तअनुरूप हुँदैन! तर त्यसपछि मेरो मनमा अर्को विचार आयो: “जे भए पनि, मैले त्यस्तो खालको कर्तव्य पूरा गरिरहेकी छैन, त्यसैले मलाई धेरै सिद्धान्तहरू थाहा छैन। यदि म जथाभाबी बोलेँ भने, अर्को पटक मेरो छानबिन हुन सक्छ। यदि म निकालिएँ भने नि? त्यसो भयो भने त मेरो विश्वासको यात्रा टुङ्गिनेछ। ‘जति कम समस्या, उति राम्रो’; ‘होसियारी सुरक्षाको जननी हो।’ लि जिङ र अरूले यस कुरालाई कसरी सँभाल्छन् भन्ने कुरा उनीहरूकै काम हो; यसमा मेरो कुनै लेनादेना छैन। मेरो छानबिन हुँदैन भने, मेरो लागि त्यति नै काफी छ।” त्यसैले, म एक शब्द पनि बोलिनँ। त्यस बेलादेखि, जब कसैले मानिसहरूलाई निकाल्ने विषयमा कुरा गर्थे, तब म त्यो विषयलाई पन्छाउँथेँ, किनकि गलत कुरा बोल्दा म छानबिनको निसाना बन्नेछु भन्ने मलाई ठूलो डर थियो।
एकदिन, मैले लि जिङबाट एउटा पत्र पाएँ जसमा मलाई वाङ युको मूल्याङ्कन लेख्न भनिएको थियो। त्यो मूल्याङ्कन उनले पत्रमा सारांशित गरेकी ‘सत्यता नपछ्याउने व्यक्तिका विभिन्न प्रकटीकरणहरू’ मा आधारित हुनुपर्नेथियो। त्यो पढ्दा म निकै छक्क परेँ। मैले वाङ युसँग तीन वर्षभन्दा बढी समय सहकार्य गरेकी थिएँ। उनी आफ्नो कर्तव्यमा सधैँ निकै सक्रिय हुन्थिन् र उनीसँग केही हदसम्म अहङ्कारी स्वभाव त थियो, तर उनले कसैलाई कहिल्यै नियन्त्रण गरेकी थिइनन् न त मण्डलीको काममा बाधा नै दिएकी थिइन्। उनको छानबिन किन भइरहेको थियो? मैले यो कुरा बुझ्नै सकिनँ। पत्रमा मलाई वाङ युमा देखिने सत्यता नपछ्याउने प्रकटीकरणहरूबारे लेख्न निर्देशन दिएको थियो, जसमा काटछाँट स्वीकार नगर्ने, तर्क गर्ने र आफ्नै हितको रक्षा गर्ने कुराहरू समावेश थिए। पत्रमा मैले अरू कुनै पनि कुरा लेख्न नपाउने कुरा पनि उल्लेख थियो। मैले मनमनै सोचेँ, “सबैले केही हदसम्म यस्तै प्रकारका भ्रष्टता प्रकट गर्छन्। यदि मैले यसकै आधारमा मात्र मूल्याङ्कन लेखेँ भने, यो पूर्ण रूपमा नकारात्मक हुनेछ। यो त ठीक होइन! के मूल्याङ्कन भनेको आफूले व्यक्तिगत रूपमा देखेको कुरामा आधारित, र कसैको सबल र दुर्बल पक्षहरूको निष्पक्ष र वस्तुनिष्ठ विवरण हुनुपर्ने होइन र? उनीहरूले मलाई किन उनको सबल पक्षबारे नभई कमजोरीबारे मात्र लेख्न दिइरहेका छन्? हेर्दाखेरि अगुवाको मनमा वाङ युप्रति राम्रो छाप छैन जस्तो देखिन्छ। यसपालि उनी निकालिने ठूलो खतरामा छिन्।” यस्तो सोचेर, मलाई वाङ युको चिन्ता लाग्न थाल्यो। मैले त्यो पत्र बारम्बार पढेँ, अनि मनमनै सोचेँ, “यस कामबारे मुख्य रूपले अनुगमन गर्ने लि जिङ नै हो। उहाँ क्षेत्रीय अगुवा हुनुहुन्छ, र म त केवल एक साधारण विश्वासी हुँ। म उहाँको अगाडि केही पनि होइन। यस्तो नाजुक समयमा म समस्या खडा गर्न सक्दिनँ। बरु मैले लेखेकै राम्रो हुन्छ।” तर जब मैले लेख्न सुरु गरेँ, तब म अड्किएँ। मैले सोचेँ, जब वाङ युको काटछाँट हुन्थ्यो, तब उनी कहिलेकाहीँ प्रतिरक्षात्मक हुन्थिन् र तर्क गर्थिन्, तर पछि गएर उनले सत्यताको खोजी गर्न, आत्मचिन्तन गर्न र केही आत्मज्ञान हासिल गर्न सकेकी थिइन्। उनमा केही परिवर्तन र प्रवेश पनि देखिएको थियो, र उनले सामान्यतया मण्डलीका हितहरूलाई नै साथ दिन्थिन्। के यी सबै सत्यता पछ्याउने प्रकटीकरणहरू थिएनन् र? तर लि जिङले मलाई उनले सत्यता नपछ्याउने प्रकटीकरणहरूबारे मात्र लेख्न भनेकी थिइन्। मैले त्यो कसरी लेख्ने? त्यसपछि मेरो मनमा अर्को विचार आयो: “लि जिङले वाङ युलाई राम्ररी चिन्नुहुन्छ। के उहाँले वाङ युमा केही समस्या देख्नुभएकोले मलाई यो जानकारी माग्नुभएको हो? नत्र उहाँले किन उनको छानबिन गर्नुहुन्थ्यो र? मैले सत्यता थोरै मात्र बुझेकी छु, मेरो खुट्ट्याउने क्षमता कमजोर छ, र मेरो दृष्टिकोण सही नहुन पनि सक्छ। मैले जथाभाबी आफ्ना विचारहरू नराखेको नै वेश हुन्छ। उहाँ माथिल्लो तहको अगुवा हुनुहुन्छ; उहाँले धेरै समस्याहरूको निराकरण गर्नुभएको छ र धेरै मानिसहरूसँग सङ्गत गर्नुभएको छ। सायद उहाँले कुराहरूलाई मेरोभन्दा फरक दृष्टिकोणबाट हेर्नुहुन्छ होला। फेरि, यदि मैले केही गलत कुरा भनेँ भने के होला? लि जिङले भन्नुहुनेछ, ‘तिमीले परमेश्वरमा विश्वास गरेको यत्रो वर्ष भइसक्यो तर अझै सत्यता बुझेकी छैनौ। तिमीले वाङ युसँग यति लामो समय सहकार्य गर्यौ तर तिमीसँग यति सानो खुट्ट्याउने क्षमता पनि छैन? तिमी त कस्तो अन्योलमा परेकी मान्छे रहेछौ!’ अहिले, लि जिङले भ्रष्टता प्रकट गर्ने जोकोहीको पनि छानबिन गरिरहनुभएको छ। यदि उहाँले मलाई अन्योलमा परेको र खुट्ट्याउने क्षमताको कमी भएको व्यक्तिको रूपमा देख्नुभयो भने, के उहाँले मेरो पनि छानबिन गर्नुहुन्न र? के त्यसो भयो भने म खतरामा पर्दिनँ र? म कुनै पनि बेला निकालिन सक्छु, र मेरो मुक्तिको मौका गुम्नेछ। म होसियार हुनैपर्छ! अहिले सबैभन्दा जरुरी कुरा आफ्नो ख्याल राख्नु र जथाभाबी आफ्ना रायहरू नउगेल्नु हो। यदि मैले आफ्नै समस्याहरू खुलासा गरेँ र म निकालिएँ भने, मेरो परिणाम राम्रो हुनेछैन।” त्यसैले, पत्रमा भनेजस्तै गरी वाङ युले सत्यता नपछ्याउने प्रकटीकरणहरूबारे कसरी लेख्ने भनेर मैले सोच्न थालेँ। तर मैले जति लेख्दै गएँ, मलाई त्यति नै के महसुस भयो भने वाङ युले केवल केही भ्रष्टता प्रकट गरिरहेकी थिइन्, र पछि उनले चिन्तन गरे र आफूलाई चिने। म बीचमै रोकिएँ र सोचेँ, “मैले लेखिरहेका यी कुराहरू त उनले सत्यता नपछ्याउने प्रकटीकरणहरू होइनन्। के यो लि जिङको कुरा काटेको भएन र?” त्यसैले, मैले बीचको बाटो रोजेँ र वाङ युका भ्रष्टताका प्रकटीकरणहरूबारे अलिक बढी लेखेँ। तर जब अन्त्यमा मेरो आफ्नै दृष्टिकोण लेख्ने पालो आयो, तब म फेरि हिचकिचाएँ। “यदि मैले वाङ युले सत्यता पछ्याउँदिनन् भनेर भनेँ भने, त्यो मेरो विवेकको विरुद्ध हुनेछ। आफ्नो विवेकलाई मारेर सत्य नबोल्नु त परमेश्वरको अगाडि अपराध हुनेछ! तर यदि मैले उनले सत्यता पछ्याउँछिन् भनेर भनेँ भने, त्यो लि जिङको दृष्टिकोणभन्दा फरक हुनेछ। यदि उहाँले मेरो बारेमा कुनै धारणा बनाउनुभयो र मेरो छानबिन गर्नुभयो भने, म खतरामा पर्नेछु। बरु म आफ्नो सुरक्षामा ध्यान दिन्छु र यसमा फस्दिनँ।” अनि, मैले यी शब्दहरू लेखेँ: “मैले उहाँलाई स्पष्ट रूपमा देख्न सकेको छैन।” मैले सोचेँ, “वाङ युले सत्यता पछ्याउँछिन् कि पछ्याउँदिनन् भन्ने कुरा लि जिङले नै विश्लेषण र निर्णय गर्ने कुरा हो। म हत्तपत्त कुनै निष्कर्ष निकाल्नेछैन।” त्यस बेला, मलाई आफू निकै चलाख छु जस्तो पनि लागेको थियो। त्यसरी नै, मैले मूल्याङ्कन बुझाएँ। त्यसको लगत्तै, अज्ञात कारणले गर्दा वाङ युलाई सुसमाचार प्रचार गर्ने कर्तव्यबाट हटाइयो। त्यो समयमा, उनी अलिक नकारात्मक भएकी छिन् र धेरै बोल्दिनन् भन्ने मैले देखेँ। मलाई अलि असहज महसुस भयो, तर फेरि मैले सोचेँ, “मेरो मूल्याङ्कनले मात्रै गर्दा यस्तो भएको त होइन,” त्यसैले मैले आफ्नै समस्याबारे आत्मचिन्तन गरिनँ।
केही समयपछि, एक जना माथिल्लो तहका अगुवा सफाइको कामको अवस्थाबारे छानबिन गर्न आए। उनीहरूले के पत्ता लगाए भने केही दाजुभाइ-दिदीबहिनीहरूलाई केवल केही भ्रष्टता प्रकट गरेकै भरमा निकालिएको रहेछ, र यो चाहिँ क्षेत्रीय अगुवा लि जिङ र सफाइको कामको जिम्मा पाएका अरू व्यक्तिहरूले मनपरी र स्वेच्छाचारी ढङ्गले काम गरेको, अनि सिद्धान्तअनुसार काम नगरेको नतिजा रहेछ। प्रमाणीकरणपछि, गल्तीले निकालिएका ती दाजुभाइ-दिदीबहिनीहरूलाई मण्डलीमा फिर्ता लिइयो। लि जिङको हकमा भन्नुपर्दा, उनले आफूले गरेको कामप्रति कुनै पछुतो देखाइनन्, बरु उल्टै तर्क गरिन् र आफ्ना कामहरूलाई सही ठहराउने प्रयास गरिन्। अन्त्यमा, उनलाई ख्रीष्टविरोधीको रूपमा चित्रण गरियो र निष्कासित गरियो। सफाइको काममा जिम्मेवार रहेका केही कर्मचारीहरूलाई पनि बर्खास्त गरियो। वाङ यु मण्डलीमा फर्किएपछि, उनले लेखनसम्बन्धी कर्तव्यको जिम्मा लिइन्। एउटा भेलाको दौरान, वाङ युले त्यो अवधिमा आफूले प्राप्त गरेको अनुभवात्मक बुझाइ बाँडिन्। उनले के भनिन् भने, जब उनले सुरुमा आफूप्रति दाजुभाइ-दिदीबहिनीहरूको व्यवहार परिवर्तन भएको याद गरिन्, तब उनलाई आफ्नो छानबिन भइरहेको छ भन्ने थाहा भयो। यत्रो वर्ष विश्वास गरेपछि अब निकालिने अवस्थाको सामना गर्नुपर्दा, र उनको विश्वासको यात्रा टुङ्गिनै लागेको सोच्दा, उनलाई पूर्ण रूपमा निराश, पीडित र सास्ती भोगिरहेको महसुस भयो। उनले खान र सुत्न पनि सकेकी थिइनन्। तर उनलाई के थाहा थियो भने यस्तो परिस्थिति आइपर्नु संयोग थिएन, र उनी समर्पित हुन, पाठ सिक्न, र आत्मचिन्तन गरेर आफैलाई चिन्न तयार थिइन्। पछि, उनले सत्यता स्वीकार नगर्ने र अहङ्कारी स्वभाव हुनुका आफ्ना केही प्रकटीकरणहरूबारे आत्मचिन्तन गरिन्। उनले पहिले आफूले अरूले भन्दा धेरै कर्तव्य पूरा गरेको र अरूले भन्दा धेरै सत्यता बुझेको ठान्थिन्, र आफू निकै राम्रो भएको महसुस गर्थिन् भनेर भनिन्। उनले दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्यमा विचलनहरू देख्दा उनीहरूलाई हेप्ने समेत गर्थिन्। यदि यसपटक उनलाई कर्तव्यबाट नहटाइएको भए, उनले कहिल्यै पनि साँचो रूपमा आत्मचिन्तन गर्ने थिइनन् भनेर उनले भनिन्। उनलाई के लाग्यो भने आफू यति भ्रष्ट र विद्रोही भएकोले, यदि उनी निकालिएकी भए पनि, त्यो परमेश्वरको धार्मिकता हुनेथियो, र उनले कुनै गुनासो गर्नुहुँदैनथियो…। उनको सङ्गति सुनेर, म लामो समयसम्म निकै बेचैन भएँ र मैले गहिरो आत्मग्लानि महसुस गरेँ। मैले आफैलाई सोधेँ, “के यो समयमा वाङ युले भोगेको पीडाको लागि म पनि आंशिक रूपमा जिम्मेवार छैन र? यो मामलामा मैले कस्तो व्यवहार गरेँ? मैले किन मेरा वास्तविक विचारहरू लेखिनँ? मैले किन ‘मैले उहाँलाई स्पष्ट रूपमा देख्न सकेको छैन’ भन्ने शब्दहरू लेखेँ? ममा किन इन्साफको बोध छैन? परमेश्वरले यस्तो प्रकारको व्यवहारलाई कसरी चित्रण गर्नुहुन्छ?” यी कुराहरू सम्झिँदा मेरो मुटुमा सियोले घोचेजस्तो भयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई वाङ यु सत्यता नपछ्याउने व्यक्ति होइनन् भन्ने स्पष्ट रूपमा थाहा थियो, तैपनि मैले आफ्नो दृष्टिकोण स्पष्ट रूपमा राखिनँ। मलाई कुन भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको छ? हे परमेश्वर, कृपया मलाई आफैलाई चिन्न मार्गदर्शन गर्नुहोस्।”
एकदिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जसले मलाई गहन रूपमा छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “हरेक मण्डलीमा कोही न कोही न कोही मान्छे खुसी पार्दै हिँड्ने मानिसहरू हुन्छन्। … यी मानिसहरू सत्यता पछ्याउँदैनन्; तिनीहरूले देहसुखको लालसा गर्दै सहज जीवन जिउने प्रयास मात्रै गर्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र अत्यन्तै धूर्त हुन्छन्। के समाजमा त्यस्ता मानिसहरू धेरै छन्? जुनसुकै राजनीतिक पार्टी सत्तामा भए पनि, तिनीहरू एकदमै प्यारा हुन्छन्, तिनीहरू आफ्ना सामाजिक सम्बन्धहरूलाई एकदम राम्ररी सम्हाल्न सक्छन्, र तिनीहरू आरामपूर्वक जिउँछन्; जुनसुकै राजनीतिक अभियान उत्पन्न भए पनि, तिनीहरू त्यसमा फस्दैनन्। यिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? यिनीहरू सबैभन्दा छली, सबैभन्दा धूर्त मानिस हुन्, यिनीहरू ‘चिप्ले माछाहरू’ र ‘बूढो सर्पहरू’ भनेर चिनिन्छन्। तिनीहरू अलिकति पनि सिद्धान्त नपछ्याई शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू जोसँग शक्ति छ, त्यसैलाई ध्यान दिन्छन्, त्यसैको चापलुसी गर्छन्, र त्यसैको गुनगान गाउँछन्। तिनीहरू आफूभन्दा माथिकाहरूलाई बचाव गर्नेबाहेक अरू केही गर्दैनन्, र तिनीहरूलाई कहिल्यै चिढ्याउँदैनन्। तिनीहरूका वरिष्ठहरूले जति धेरै दुष्कर्म गरे पनि, तिनीहरूले विरोध पनि गर्दैनन् वा समर्थन पनि गर्दैनन्, बरु आफ्ना विचारहरू भित्री रूपमा लुकाएर राख्छन्। शक्तिमा जो भए पनि तिनीहरू एकदमै प्यारा हुन्छन्। शैतान र दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्। किन दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्? किनभने तिनीहरूले दियाबलस राजाहरूका मामलाहरू बरबाद पार्दैनन् र तिनीहरूको लागि कुनै खतरा पैदा गर्दैनन्। यस्तो व्यक्ति सिद्धान्तअनुसार चल्दैन, उसको आचरणको कुनै आधार हुँदैन, र उसमा निष्ठा र मर्यादाको कमी हुन्छ; उसले समाजका प्रचलनहरू पछ्याउँछ र ऊ शैतानका राजाहरूसामु झुक्छ, र उसले आफूलाई तिनीहरूको रुचिअनुसार समायोजित गर्छ। के मण्डलीमा त्यस्ता मानिसहरू पनि हुँदैनन् र? के त्यस्ता मानिसहरू विजेता हुन सक्छन्? के तिनीहरू ख्रीष्टका असल सिपाहीहरू हुन्? के तिनीहरू परमेश्वरका साक्षी हुन्? जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले टाउको उठाउँछन् र मण्डलीको काममा बाधा दिन्छन्, तब के त्यस्ता मानिसहरूले खडा भएर यिनीहरूविरुद्ध युद्ध गर्न, यिनीहरूलाई खुलासा गर्न, चिन्न, र त्याग्न, र यिनीहरूका दुष्कर्महरू रोक्न र परमेश्वरको गवाही दिन सक्छन्? अवश्य नै सक्दैनन्। यी चिप्ले माछाहरू परमेश्वरले सिद्ध पार्नुहुने वा मुक्ति दिनुहुने मानिसहरू होइनन्। तिनीहरूले परमेश्वरको गवाही दिने वा उहाँको घरका हितहरू कायम गर्ने कहिल्यै गर्दैनन्। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, ती मानिसहरू उहाँलाई पछ्याउने वा उहाँमा समर्पित हुने मानिस होइनन्, बरु अन्धाधुन्ध समस्या खडा गर्ने मानिस, शैतानको गिरोहका सदस्यहरू हुन्—उहाँले आफ्नो काम पूरा गरेपछि हटाउने मानिसहरू ती नै हुन्। परमेश्वर यस्ता नीचहरूलाई कदर गर्नुहुन्न। तिनीहरूसँग न त सत्यता हुन्छ न त जीवन नै; तिनीहरू पशु र दियाबलसहरू हुन्; तिनीहरू परमेश्वरको मुक्ति पाउन र उहाँको प्रेमको आनन्द लिन लायक हुँदैनन्। त्यसकारण, परमेश्वर त्यस्ता मानिसहरूलाई सहजै त्याग्नुहुन्छ र हटाउनुहुन्छ, अनि मण्डलीले तिनीहरूलाई अविश्वासी मानेर तुरुन्तै निकाल्छ। … यस्ता मानिसहरू जोसाजोस हेर्न र अन्धाधुन्ध समस्या खडा गर्न मात्रै परमेश्वरका घरमा घुसपैठ हुन्छन्। तिनीहरूसँग कुनै इन्साफको बोध हुँदैन र कुनै जिम्मेवारीबोध हुँदैन; तिनीहरूमा दुष्ट मानिसहरूले हानि गरेका असल मानिसहरूप्रति सहानुभूतिसमेत हुँदैन। त्यस्ता मानिसहरूलाई दियाबलस र शैतानहरू भन्नु सबैभन्दा उचित कुरा हो। यदि इन्साफको बोध भएको कसैले दुष्ट मानिसहरूलाई खुलासा गर्यो भने, तिनीहरू उसलाई हौसला वा साथसमेत दिँदैनन्। त्यसकारण, यी मानिसहरूलाई कहिल्यै भरोसा नगर्; तिनीहरू चिप्ले माछा, छेपारो, बूढो स्याल हुन्। तिनीहरू परमेश्वरका इमानदार विश्वासी होइनन् बरु शैतानका नोकरहरू हुन्। यी मानिसहरूलाई कहिल्यै मुक्ति दिन सकिँदैन, र परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न; यो परमेश्वरको स्पष्ट इच्छा हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१९))। धूर्त मानिसहरू कसैसँग पनि इमानदार हुँदैनन्; तिनीहरू चिप्लो र छली हुन्छन्, र हावा कता बगिरहेछ भनेर हेर्नमा तिनीहरू खप्पिस हुन्छन् भनेर परमेश्वरले प्रकट गर्नुभएको छ। तिनीहरूको आत्मआचरणमा कुनै सिद्धान्त वा न्यूनतम मापदण्ड हुँदैन र तिनीहरू भरोसा गर्न लायक हुँदैनन्। विशेष गरी जब मैले परमेश्वरका यी वचनहरू पढेँ: “यी मानिसहरूलाई कहिल्यै भरोसा नगर्; तिनीहरू चिप्ले माछा, छेपारो, बूढो स्याल हुन्। तिनीहरू परमेश्वरका इमानदार विश्वासी होइनन् बरु शैतानका नोकरहरू हुन्। यी मानिसहरूलाई कहिल्यै मुक्ति दिन सकिँदैन, र परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न; यो परमेश्वरको स्पष्ट इच्छा हो” यी वचनहरूले विशेष गरी मेरो हृदयलाई घोचे। मलाई म ठ्याक्कै त्यस्तै प्रकारको व्यक्ति हुँ भन्ने लाग्यो। आत्मचिन्तन गर्दा, मैले के देखेँ भने लि जिङले केवल केही भ्रष्टता प्रकट गरेका ती दाजुभाइ-दिदीबहिनीहरूलाई निकालेपछि, मलाई पनि एकदिन निकालिनेछु भन्ने चिन्ता लाग्न थाल्यो। त्यसैले मैले हावा कता बगिरहेछ भनेर हेर्न थालेँ। लि जिङले मानिसहरूलाई निकाल्दा सिद्धान्तहरू पालना गरिरहेकी छैनन् भन्ने मैले स्पष्ट देखेकी थिएँ, र उनले फैलाएका भ्रमपूर्ण कुराहरू सुन्दा मेरो मनमा शङ्काहरू आएका थिए। तैपनि, म कायरजस्तो बनेँ, आफ्नो खपटाभित्र लुकेर बसेँ र सही वा गलत के हो भनेर छुट्याइनँ। अझ कसैले सफाइको कामबारे छलफल गरेको सुन्दा म त्यो विषयलाई पन्छाउँथेँ र सतर्क भएर चुपचाप बस्थेँ। जब लि जिङले मलाई वाङ युको मूल्याङ्कन लेख्न भनिन्, तब मैले सिद्धान्तअनुसार बुझेका परिस्थितिका तथ्यहरू लेख्नुको साटो, लि जिङको विचार के छ भनेर अनुमान गर्ने कोसिस गरेँ। यदि मेरो दृष्टिकोण उहाँको भन्दा फरक भयो भने, मेरो पनि छानबिन हुनेछ भन्ने मलाई डर लागेको थियो। त्यसैले मैले बीचको बाटो रोजेँ, केही राम्रा कुरा र केही नराम्रा कुरा लेखेँ, र आफ्नो दृष्टिकोण स्पष्ट नपारी घटनाक्रम मात्र वर्णन गरेँ। वाङ यु निकालिनुपर्ने निसाना बन्नु हुँदैन भन्ने मलाई राम्रोसँग थाहा थियो, र लि जिङले मानिसहरूको छानबिन गर्दा र निकाल्दा सिद्धान्तहरू पालना गरिरहेकी छैनन् भन्ने पनि थाहा थियो। तर मैले शक्तिशालीहरूको चाकरी गरेँ, र म “बुद्धिमानी मानिस परिस्थितिअनुसार चल्छ” तथा “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्” भन्ने शैतानी दर्शनहरूअनुसार चलेँ। आफैलाई जोगाउन, मैले बीचको बाटो समातेँ, कसैलाई हानि नगर्ने वा नचिढ्याउने कोसिस गरेँ, र मैले उनलाई स्पष्ट रूपमा देख्न सकेको छैन भनेर मात्रै भनेँ। त्यसो गर्दा, यदि वाङ युलाई निकाल्ने कार्य गलत भएछ भने पनि, त्यो लि जिङको जिम्मेवारी हुनेछ, र त्यससँग मेरो कुनै लेनादेना हुनेछैन। म साह्रै धूर्त थिएँ! के म चिप्ले माछा जस्तै थिइनँ र? मूल्याङ्कन लेख्नेजस्तो सानो काममा पनि, सबैलाई खुसी पार्न मैले आफ्नो दिमाग खियाएँ। म कति चिप्लो र छली थिएछु! आफ्नो हितमा कुनै नोक्सानी नहोस् भनेर, मैले चालबाजी खेलेँ र युक्तिहरू प्रयोग गरेँ, कहिल्यै आफूले वास्तवमै सोचेको कुरा भनिनँ, र त्यसको सट्टा अस्पष्ट र द्विविधापूर्ण कुराहरू गरेँ। यो शैतानले बोल्ने तरिकाभन्दा कसरी फरक भयो र? परमेश्वरले शैतानलाई कसरी सोध्नुभएको थियो भन्ने कुरा मैले सोचेँ: “अनि यहोवाले शैतानलाई भन्नुभयो, तँ कहाँबाट आइस्?” (अय्यूब १:७)। शैतानले जवाफ दियो, “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। परमेश्वरको प्रश्नमा शैतानको जवाफ अस्पष्ट थियो, जसले गर्दा त्यसबारे सत्यता बोध गर्नु असम्भव भयो। म पनि ठ्याक्कै उस्तै थिएँ। मलाई वाङ युले सत्यता पछ्याउँछिन् भन्ने स्पष्ट थाहा थियो र मैले उनले सत्यता पछ्याउने केही प्रकटीकरणहरूबारे लेखेकी पनि थिएँ, तैपनि मैले “मैले उहाँलाई स्पष्ट रूपमा देख्न सकेको छैन” जस्ता अस्पष्ट र द्विविधापूर्ण कुराहरू भनेँ। म कति चिप्लो र छली थिएछु! मैले जति धेरै आत्मचिन्तन गरेँ, मलाई आफूप्रति त्यति नै घृणा लाग्यो। मलाई यति धेरै लज्जित र बेइज्जत महसुस भयो कि मैले वाङ युको अनुहार हेर्न पनि सकिनँ।
मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जसले झूटा अगुवाहरूको खुलासा गरेको थियो र जुन मेरो स्थितिसँग विशेष रूपमा सान्दर्भिक थियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय त्यस्ता झूटा अगुवाहरू पनि हुन्छन् जोसँग अलिअलि क्षमता हुन्छ र जसले अलिअलि काम गर्न सक्छ, र हरप्रकारको व्यक्ति सम्हाल्ने सिद्धान्तहरूबारे अलिअलि थाहा पाएको हुन्छ। तर, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु भन्ने डर हुन्छ, त्यसकारण दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले बाधा र अवरोधहरू निम्त्याइरहेका छन् भन्ने पत्ता लाग्दा, तिनीहरूले तिनीहरूलाई खुलासा गर्ने, रोक्ने, वा प्रतिबन्धित गर्ने आँट गर्दैनन्। तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्, र आफूसँग कुनै सम्बन्ध छैन भन्ने लागेका कुराहरूप्रति आँखा चिम्लिदिन्छन्। तिनीहरूले मण्डलीको कामका परिणामहरू कस्ता छन्, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति असर परेको छ भन्ने कुरालाई पटक्कै वास्ता गर्दैनन्; तिनीहरू त्यस्ता कुराहरूसँग आफ्नो कुनै सम्बन्ध छैन भन्ने सोच्छन्। त्यसकारण, त्यस्तो झूटो अगुवाको कार्यकालमा, मण्डली जीवनको सामान्य सुव्यवस्था कायम रहँदैन, र परमेश्वरका चुनिएका मानिसहरूको कर्तव्य र जीवन प्रवेशको सुरक्षा हुँदैन। यो कस्तो प्रकृतिको समस्या हो? यी झूटा अगुवाहरूको क्षमता कमजोर भएर तिनीहरूले काम गर्न सक्दैनन् भन्ने होइन; तिनीहरूको मानवता कमजोर भएकाले, र तिनीहरूमा विवेक र समझको कमी भएकाले, तिनीहरूले वास्तविक काम नगरेका हुन्। झूटा अगुवाहरू कुन हिसाबमा झूटा हुन्छन्? तिनीहरूमा मानवताको विवेक र समझको कमी हुन्छ; त्यसकारण, तिनीहरूले अगुवाका रूपमा काम गर्ने अवधिमा, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने समस्या पटक्कै समाधान हुँदैन। कति दाजुभाइ-दिदीबहिनीहरूलाई त ठूलै हानि हुन्छ, र मण्डलीको काममा पनि ठूलै घाटा हुन्छ। जब यस्तो झूटो अगुवाले समस्या देख्छ, जब उसले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीले बाधा वा अवरोध निम्त्याएको देख्छ, तब उसलाई आफ्नो जिम्मेवारी के हो, उसले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ, तैपनि उसले पटक्कै केही गर्दैन, र उसले थाहा नपाएको नाटकसमेत गर्छ, यसलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र आफ्ना वरिष्ठहरूलाई यसबारे रिपोर्ट गर्दैन। तिनीहरू आफूलाई केही थाहा नभएको र आफूले केही नदेखेको ढोँग गर्छन्, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डलीको काममा बाधा र अवरोध ल्याउन दिन्छन्। के तिनीहरूको मानवतामा समस्या छैन र? के तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूकै गुटका होइनन् र? तिनीहरूले अगुवाका रूपमा कस्तो सिद्धान्त अपनाउँछन्? ‘म कुनै बाधा वा अवरोध सिर्जना गर्दिनँ, तर म अरूलाई चिढ्याउने वा अरूको इज्जतमा चोट पुग्ने काम पनि केही गर्दिनँ। मलाई झूटा अगुवाको रूपमा नै चित्रण गर, तर पनि म अरूलाई चिढ्याउने केही गर्दिनँ। मैले आफ्नो लागि उम्कने बाटो राख्नुपर्छ।’ यो कस्तो खालको तर्क हो? यो शैतानको तर्क हो। अनि यो कस्तो प्रकारको स्वभाव हो? के यो धेरै धूर्त र छली भएन र? यस्तो व्यक्ति परमेश्वरको आज्ञाप्रति अलिकति पनि इमानदार हुँदैन; ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ कपटी र धूर्त हुन्छ, कैयौँ घटिया हिसाबकिताब गर्छ, सबै कुरामा आफ्नो बारेमा मात्रै सोच्छ। उसले मण्डलीको कामप्रति अलिकति पनि विचार गर्दैन र उसमा विवेक वा समझ पटक्कै हुँदैन। ऊ आधारभूत रूपमा मण्डली अगुवाका रूपमा सेवा गर्न अयोग्य हुन्छ। त्यस्ता मानिसहरूले मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि अलिकति पनि बोझ लिँदैनन्। तिनीहरूलाई आफ्नै हित र आनन्दको मात्रै चिन्ता हुन्छ; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू कस्तो स्थितिमा छन् भन्नेबारे कुनै चिन्ता नगरी हैसियतका लाभहरूमा लिप्त हुनमा मात्रै ध्यान दिन्छन्। के यो सबैभन्दा स्वार्थी र घृणास्पद व्यक्ति होइन र? तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेका छन् भनेर पत्ता लगाए पनि त्यसप्रति ध्यान दिँदैनन्, मानौँ यी कुराहरूसँग तिनीहरूको कुनै सम्बन्ध नै छैन। … अन्त्यमा, मैले यस्तो व्यक्तिलाई यसरी परिभाषित गरेँ: तिनीहरूले कुनै ठूलो गल्ती नगर्लान्, तर तिनीहरू अत्यन्तै धूर्त र छली छन्; तिनीहरूले कुनै जिम्मेवारी लिँदै लिँदैनन्, न त तिनीहरूले मण्डलीको कामलाई पटक्कै धान्छन्, तिनीहरूमा कुनै मानवता छैन। मलाई त तिनीहरू एक प्रकारको पशुजस्तै लाग्छन्—धूर्ततामा तिनीहरू अलि स्यालजस्तै छन्। मानिसहरूले स्यालहरू धूर्त हुन्छन् भनेर भन्छन्, तर वास्तवमा यी मानिसहरू स्यालभन्दा पनि धूर्त छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२०))। परमेश्वरका वचनहरूसँग आफैलाई दाँजेर, मैले केही आत्मज्ञान प्राप्त गरेँ। मूल्याङ्कनमा मैले उनलाई स्पष्ट देख्न सकेको छैन भनेर किन लेखेँ? के साँच्चै मैले देख्न नसकेर नै त्यो कुरा लेखेकी थिएँ? होइन, त्यस्तो थिएन। लि जिङले मानिसहरूको छानबिन गर्ने तरिकामा विचलनहरू छन् भन्ने मैले स्पष्ट देखेकी थिएँ, र वाङ युले केवल केही भ्रष्टता मात्र प्रकट गरिरहेकी छिन् र उनी सफाइ गरिनुपर्ने निसाना बन्नु हुँदैन भन्ने पनि देखेकी थिएँ। तर म आफै फस्ने र छानबिनमा पर्ने डरले गर्दा, मैले सत्य बोल्ने आँट गरिनँ। सिद्धान्तहरूसँग मेल नखाने कुराको सामना गर्दा मैले एक शब्द पनि बोल्ने आँट गरिनँ। ममा इन्साफको बोध थिएन। मेरो प्रकृति वास्तवमै स्वार्थी र घृणास्पद, चिप्लो र छली छ भन्ने मैले देखेँ, र ममा कुनै विवेक वा समझ थिएन। मैले परमेश्वरले किन इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ भन्ने सोचेँ। किनभने इमानदार मानिसहरू दयालु र सच्चा हुन्छन्। तिनीहरू आफ्ना बोली र व्यवहारमा निष्पक्ष र न्यायोचित हुन्छन्, तिनीहरूमा इन्साफको बोध हुन्छ, तिनीहरूले आफ्नै हितको विचार गर्दैनन्, र तिनीहरू शक्ति वा हैसियतसँग डराउँदैनन्। नाजुक घडीमा, तिनीहरू सिद्धान्तहरूलाई साथ दिन र जे सही छ त्यसको रक्षा गर्न खडा हुन सक्छन्। यस्ता मानिसहरूमा मानवता र परमेश्वरको डर मान्ने हृदय हुन्छ। तर मेरा कार्यहरू र व्यवहारमा इमानदार व्यक्तिको जस्तो रूप अलिकति पनि थिएन। मैले केवल आफ्नो हितको रक्षा गर्ने बारेमा मात्र सोचेँ, अरूको कुनै वास्ता गरिनँ। वाङ युलाई कर्तव्यबाट हटाइएको र पीडामा बाँचिरहेको देख्दा पनि, म उदासीन नै रहेँ, ममा अलिकति पनि दया वा सहानुभूति पलाएन। मलाई परमेश्वरका वचनहरूको याद आयो: “तिमीहरूले थाहा पाउनुपर्छ कि मैले प्राप्त गर्ने भनेको शुद्ध र प्रशोधित सुन हो, बालुवा होइन। मेरो घरमा दुष्ट जनहरू कसरी रहन सक्छन्? म फ्याउराहरू परजीवीका रूपमा मेरो स्वर्गमा बसिरहेको कसरी सहन सक्छु?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी)। परमेश्वर पवित्र हुनुहुन्छ, र उहाँले धूर्त र छली स्वभाव भएको कुनै पनि व्यक्तिलाई आफ्नो घरमा बिलकुलै रहन दिनुहुनेछैन। विगतमा, मैले परमेश्वरका वचनहरूमा “फ्याउराहरू” ले केलाई सङ्केत गर्छ भन्ने कुरा बुझेकी थिइनँ। तर आज, तथ्यहरूको प्रकाशद्वारा, मैले के देखेँ भने, मेरो आफ्नै प्रकृति धोकेबाज र चिप्लो थियो, र म ठ्याक्कै त्यस्तै प्रकारको व्यक्ति थिएँ जसलाई परमेश्वरले “फ्याउरा” भनेर खुलासा गर्नुहुन्छ। तब मात्र मैले मेरो आफ्नै कुरूप आत्मा देखेँ, जसमा कुनै मानवीय समझ थिएन। मलाई यति लाज र आत्मग्लानि भयो कि मलाई जमिन फाटोस् र म त्यसमा लुकूँ जस्तो लाग्यो। त्यसपछि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँमा विश्वास गर्छु, तर म तपाईँका वचनहरू अभ्यास गर्न असफल हुन्छु। मेरा कार्यहरूले तपाईँको नामलाई लज्जित पारेको छ। हे परमेश्वर, म पश्चात्ताप गर्न र साँचो मानव रूपमा जिउन चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ र अगुवा र कामदारहरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कामदारले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको पालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पालन गर्नु हुँदैन र तैँले तिनीहरूको खुलासा गर्न, विरोध गर्न र फरक राय अघि सार्न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा कामदार, वा ख्रीष्टविरोधीका रूपमा प्रकट भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, खुलासा गर्न र रिपोर्ट गर्न सक्छस्। तर, केही परमेश्वरका चुनिएका मानिस सत्यता बुझ्दैनन् र अत्यन्तै कायर हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दबाउलान् र सास्ती देलान् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई निष्कासित गर्यो भने म सकिन्छु; यदि उसले सबैलाई मेरो खुलासा गर्न वा मलाई त्याग्न लगायो भने, म अबउप्रान्त परमेश्वरमा विश्वास गर्न सक्षम हुनेछैनँ। यदि मलाई मण्डलीबाट निष्कासित गरियो भने, परमेश्वरले मलाई चाहनुहुनेछैन र मलाई मुक्ति दिनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?’ के यस्तो सोचाइ बेतुके होइन र? के यस्ता मानिसमा परमेश्वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई सास्ती दिनु र निष्कासित गर्नु भनेको शैतानको काम हो, र यसको परमेश्वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट निकालिँदा वा उनीहरूलाई निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि जब निकालिने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्वरको घरको कामका बन्दोबस्त र परमेश्वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छ। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तँलाई मुक्ति दिन सकिँदैन भन्ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्वरको निन्दा पनि हो। … यसले के प्रमाणित गर्छ भने तँ परमेश्वरको घरमा सत्यताको राज चल्छ भनेर विश्वास गर्दैनस्, यसले तँमा परमेश्वरप्रति साँचो आस्था छैन, तँ परमेश्वरमा साँचो विश्वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्वरको सर्वशक्तिमान्तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग मेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको चाकर होस् भन्ने प्रमाणित गर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्वरका वचनहरूले यो कुरा कति स्पष्ट रूपमा भन्छन्! परमेश्वरको घरमा, सत्यताले राज्य गर्छ; अन्तिम निर्णय गर्ने अधिकार कुनै पनि तहको अगुवाको हातमा हुँदैन। यदि कुनै अगुवाका कार्यहरू सत्यताका सिद्धान्तहरूसँग मेल खान्छन् भने, हामीले स्वीकार गर्नुपर्छ र पालन गर्नुपर्छ। तर यदि कुनै अगुवाले सिद्धान्तअनुसार काम गर्दैन र उल्टै सत्यताको उल्लङ्घन गर्छ भने, हामीले सत्यताका सिद्धान्तहरूलाई साथ दिनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ र रोक्नुपर्छ, अनि हाम्रो आफ्नै जिम्मेवारी पूरा गर्नुपर्छ। म परमेश्वरको घरको सदस्य हुँ, र यसका हितहरूको रक्षा गर्नु मेरो जिम्मेवारी र कर्तव्य हो। जब म कुनै अगुवाले सिद्धान्तविपरीत काम गरिरहेको देख्छु, तब म रमिते बन्नु हुँदैन। मैले सत्यता र इन्साफलाई पालन गर्नुपर्छ, सत्यता अभ्यास गर्ने साहस गर्नुपर्छ, र आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। नत्र भने, म एक कायर र काम नलाग्ने व्यक्ति मात्र हुनेछु। परमेश्वरमा विश्वास गरेको यत्रो वर्ष भइसक्दा पनि, परमेश्वरको घरमा सत्यताले राज्य गर्छ भन्ने कुरामा म अझै विश्वास गर्दिनथेँ। परमेश्वरप्रति ममा साँचो विश्वास थिएन। जब मैले दाजुभाइ-दिदीबहिनीहरूलाई क्षणिक अपराध वा भ्रष्टताको प्रकटीकरणको कारणले निकालिएको देख्थेँ, तब मैले गल्तीले के विश्वास गर्थेँ भने अगुवाहरूले नै व्यक्तिको सम्भावना, भाग्य, परिणाम र गन्तव्य निर्धारण गर्न सक्छन्। यदि म अलिकति पनि लापरवाह भएँ भने, लि जिङले मेरो कुनै भ्रष्टताको प्रकटीकरणलाई समात्नेछिन् र मलाई निकालिदिनेछिन्, अनि मेरो मुक्तिको आशालाई नष्ट पारिदिनेछिन् भन्ने मलाई असाध्यै डर लाग्थ्यो। मैले परमेश्वरमा विश्वास गर्छु भनेर मुखले मात्र भनेँ, तर मेरो हृदयमा परमेश्वरको लागि कुनै स्थान थिएन। मैले गलत तरिकाले अगुवालाई नै मेरो भाग्य निर्धारण गर्ने सार्वभौम मानेँ, र मैले शक्ति र हैसियतलाई अरू सबै कुराभन्दा माथि ठानेँ। मैले परमेश्वरको धर्मी स्वभाव र उहाँको सर्वशक्तिमान्ता र सार्वभौमिकतामा विश्वास गर्न सकिनँ। म कति मूर्ख र अन्धो थिएँ, कस्तो अन्योलमा परेको मान्छे थिएँ! वास्तवमा, कुनै पनि दुष्कर्मी परमेश्वरको घरमा टिक्न सक्दैन; ढिलो वा चाँडो, तिनीहरू प्रकट हुनेछन् र हटाइनेछन्। परमेश्वरको घरमा सत्यताले राज्य गर्छ। परमेश्वर धर्मी हुनुहुन्छ; उहाँले असल व्यक्तिमाथि अन्याय गर्नुहुन्न, न त दुष्टलाई छोड्नुहुन्छ। परमेश्वरको घरमा, जसले धेरै दुष्ट काम गर्छ र सत्यता स्वीकार गर्न मान्दैन, चाहे ऊ अगुवा होस् वा साधारण विश्वासी, अन्ततः उसलाई प्रकट गरिनेछ र हटाइनेछ। तर सत्यता पछ्याउनेहरूको हकमा भने, यदि तिनीहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूले अस्थायी रूपमा गल्तीले निकाले पनि, यसको अर्थ तिनीहरूको मुक्तिको आशा सकियो भन्ने होइन। किनभने साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने मानिसहरूले जस्तोसुकै परिस्थितिमा पनि परमेश्वरलाई कहिल्यै इन्कार गर्दैनन् वा तिनीहरू उहाँबाट टाढा जाँदैनन्। यदि तिनीहरू निकालिए पनि, तिनीहरूले परमेश्वरमा विश्वास गरिरहनेछन्, आफ्नो कर्तव्य निर्वाह गर्नेछन्, र पाठ सिक्न सत्यताको खोजी गर्नेछन्। अन्तमा, तिनीहरूलाई फेरि मण्डलीमा फिर्ता लिइनेछ। तिनीहरूमाथि प्रकोपहरू आइपरे पनि, तिनीहरूले परमेश्वरको सुरक्षा पाउनेछन्। हरेक व्यक्तिको परिणाम र गन्तव्य परमेश्वरको हातमा हुन्छ र यो कुनै पनि अगुवाको निर्णयमा अलिकति पनि भर पर्दैन भन्ने मैले देखेँ। यस अनुभवले मलाई परमेश्वरको धर्मी स्वभावको साँचो बुझाइ र बोध प्रदान गऱ्यो। त्योभन्दा पनि बढी, मैले म कति कमजोर र दयनीय रहेछु, ममा कुनै सत्यता वास्तविकता छैन भन्ने देखेँ। एउटा सानो घटनाले मेरो घृणास्पद मानवतालाई पूर्ण रूपमा प्रकट गरेको थियो, र मेरो चरित्र कति गिरेको रहेछ भन्ने देखाइदियो, किनभने मैले आफ्नै हितको खातिर यस्तो घृणास्पद काम गर्न सकेँ। सत्यता नपछ्याएकोमा, र कुनै पनि मानव रूपविना शैतानी विषहरूअनुसार जिएकोमा मलाई आफूप्रति घृणा लाग्यो। मैले पश्चात्ताप गर्दै परमेश्वरलाई हृदयदेखि प्रार्थना गरेँ, र उप्रान्त सत्यताको खोजी गर्ने तथा परमेश्वरका मापदण्डहरूअनुसार व्यवहार र काम गर्ने सङ्कल्प गरेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ र परमेश्वरले मानिसहरूको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भन्नेबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको आखिरी दिनहरूको काममा, परमेश्वर मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूका आधारमा निर्धारित गर्नुहुन्छ। यहाँ यो ‘प्रकटीकरणहरू’ ले के जनाउँछ, के तिमीहरूलाई थाहा छ? तिमीहरू यसले मानिसहरूले कामकुराहरू गर्दा प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई जनाउँछ भन्ने सोच्छौ होला, तर वास्तवमा यसले जनाउने कुरा त्यो होइन। यहाँ, प्रकटीकरणहरूले तँ सत्यता अभ्यास गर्छस् वा गर्दैनस् भन्ने कुरा; तँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अर्पित हुन्छस् वा हुँदैनस् भन्ने कुरा; परमेश्वरमा विश्वास गर्नु पछाडिको तेरो दृष्टिकोण, परमेश्वरप्रतिको तेरो मनोवृत्ति, कठिनाइहरू सहने तेरो सङ्कल्प; न्याय, सजाय र काटछाँट स्विकार्ने तेरो मनोवृत्ति; तैँले गरेका गम्भीर अपराधहरूको सङ्ख्या; र तैँले अन्त्यमा कुन हदसम्म पश्चात्ताप र रूपान्तरण हासिल गर्न सक्छस् भन्ने कुराहरूलाई जनाउँछन्। यी सबै कुरा मिलेर तेरा प्रकटीकरणहरू बन्छन्। यहाँ प्रकटीकरणहरूले तैँले कतिवटा भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, वा कतिवटा नराम्रा कामकुराहरू गरेको छस् भन्ने कुराहरूलाई जनाउँदैनन्, बरु यिनले तैँले परमेश्वरमाथिको तेरो आस्थामा कतिवटा नतिजाहरू निकालेको छस् र तैँले आफूमा कति साँचो परिवर्तन गरेको छस् भन्ने कुरालाई जनाउँछन्। यदि मानिसहरूका परिणामहरू तिनीहरूको प्रकृतिमा कति धेरै भ्रष्टता प्रकट भएको छ भनेर निर्धारित गरिन्थ्यो भने, कसैले पनि मुक्ति पाउन सक्दैनथ्यो, किनकि सबै मानिस गहन रूपमा भ्रष्ट छन्, तिनीहरूमा शैतानी प्रकृति छ, र तिनीहरू परमेश्वरको प्रतिरोध गर्छन्। परमेश्वर सत्यता स्विकार्न र उहाँको काममा समर्पित हुन सक्नेहरूलाई मुक्ति दिन चाहनुहुन्छ। तिनीहरूले जति धेरै भ्रष्टता प्रकट गरे पनि, यदि आखिरमा तिनीहरू सत्यता स्विकार्न, साँचो पश्चात्ताप गर्न, र साँचो रूपमा परिवर्तन हुन सक्छन् भने, तिनीहरू परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरले मानिसको परिणाम र गन्तव्य निर्धारण गर्दा उनीहरूले कति भ्रष्टता प्रकट गर्छन् भनेर हेर्नुहुन्न, तर भ्रष्टता प्रकट गरेपछि उनीहरूमा साँचो पश्चात्ताप र परिवर्तन आएको छ कि छैन भनेर हेर्नुहुन्छ। मानिसले जतिसुकै भ्रष्टता प्रकट गरे पनि, उसले सत्यता स्वीकार गर्न र साँचो रूपमा पश्चात्ताप गर्न सक्छ भने, उसले मुक्ति पाउनेछ। परमेश्वरले मानिसलाई सकेसम्म धेरै हदसम्म मुक्ति दिनुहुन्छ। हामी हरेकले परमेश्वरलाई पछ्याउँदा धेरै भ्रष्टता प्रकट गर्नेछौं। यदि परमेश्वरले हामीले प्रकट गर्ने भ्रष्टताको मात्राको आधारमा हाम्रो परिणाम निर्धारण गर्नुहुन्थ्यो भने, हामीमध्ये कसैले पनि मुक्ति पाउन सक्दैनौँ। मैले कुराहरूको सामना गर्दा सत्यताका सिद्धान्तहरूको खोजी गरिनँ। मूल्याङ्कन लेख्दा, मलाई वाङ युको व्यवहार केवल भ्रष्टताको प्रकटीकरण हो र उनी छानबिनको निसाना बन्नु हुँदैन भन्ने थाहा थियो। तर म अगुवालाई चिढ्याउन डराएँ र आफ्नो दृष्टिकोण व्यक्त गर्ने आँट गरिनँ। मेरो आफ्नै राम्रो परिणाम र गन्तव्यका खातिर, मैले अरू बाँचून् कि मरून् मतलब गरिनँ, र परमेश्वरको अघि अपराध र कलङ्क छोडेँ। यी कुराहरू सम्झिँदा, मैले अब उप्रान्त आफ्नो छली प्रकृतिअनुसार नजिउने भनेर हृदयमा सङ्कल्प गरेँ।
त्यो समयमा, मैले आफ्नो चिप्लो र छली भ्रष्ट स्वभावलाई कसरी फाल्ने भनेर मनन गरेँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई अभ्यासको मार्ग भेटाउन मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। एकदिन, मैले परमेश्वरका वचनको एउटा खण्ड देखेँ: “तँ परमेश्वरमा विश्वास गर्ने र जीवनको सही मार्गमा हिँड्ने व्यक्तिका रूपमा, कम्तीमा पनि मर्यादासाथ जिउनैपर्छ र तँमा मानव रूप हुनैपर्छ, तैँले अरूले तँलाई विश्वासयोग्य पाउने र तँलाई महत्त्व दिने तरिकामा व्यवहार गर्नैपर्छ, तैँले व्यवहार यस्तो बनाउनुपर्छ कि अरूलाई तेरो चरित्र र निष्ठामा सार छ, तैँले भनेका सबै कुरा पूरा गर्छस्, र तेरो बोली भरपर्दो हुन्छ भन्ने लागोस्। … मर्यादा भएका मानिसहरू सबैमा अलिकति व्यक्तित्व हुन्छ, र तिनीहरू कहिलेकाहीँ अरूसँग मिलेर बस्दैनन्, तर तिनीहरू इमानदार हुन्छन्, र तिनीहरूमा कुनै कपट वा छल हुँदैन। अरूहरूले अन्त्यमा तिनीहरूलाई उच्च सम्मान दिन्छन्, किनकि तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्, तिनीहरू इमान्दार हुन्छन्, तिनीहरूमा मर्यादा, निष्ठा र चरित्र हुन्छ, तिनीहरूले कहिल्यै पनि अरूबाट फाइदा उठाउँदैनन्, तिनीहरूले समस्यामा परेका मानिसहरूलाई मद्दत गर्छन्, तिनीहरू मानिसहरूसित विवेक र समझसाथ व्यवहार गर्छन्, र तिनीहरूले कहिल्यै अरूबारे न्यायहरू गर्दैनन्। कसैको मूल्याङ्कन वा छलफल गर्दा, तिनीहरूले भन्ने सबै कुरा सही हुन्छ, तिनीहरू आफूलाई थाहा भएको कुरा भन्छन् र आफूलाई थाहा नभएको कुरामा मुख चलाउँदैनन्, तिनीहरू बढाइचढाइ गर्दैनन्, र तिनीहरूका वचनहरूले प्रमाण वा सन्दर्भका रूपमा काम गर्न सक्छन्। जब तिनीहरू बोल्छन् र काम गर्छन्, तब चरित्र भएका मानिसहरू व्यावहारिक र भरपर्दा हुन्छन्। चरित्र नभएका मानिसहरूलाई कसैले महत्त्व दिँदैन, र कसैले पनि तिनीहरूका वचन वा कार्यहरूलाई कुनै ध्यान दिँदैन, गम्भीर रूपमा लिँदैन, वा भरोसा गर्दैन। किनभने तिनीहरू एकदमै धेरै झूट बोल्छन् र एकदमै कम सत्य वचनहरू बोल्छन्, किनभने जब-जब तिनीहरू कसैसँग अन्तरक्रिया गर्छन् वा कसैका लागि कामकुराहरू गर्छन्, तब-तब तिनीहरूमा सच्चापनको कमी हुन्छ र तिनीहरूले त्यस व्यक्तिलाई धोका दिन र मूर्ख बनाउन खोज्छन्, र कसैले तिनीहरूलाई मन पराउँदैन। के तिमीहरूले आफ्नो नजरमा भरोसायोग्य कोही भेट्टाएका छौ? के तिमीहरू आफूलाई अरू मानिसहरूको भरोसालायक ठान्छौ? के अरू मानिसहरूले तिमीहरूलाई भरोसा गर्न सक्छन्? यदि कसैले तँलाई कुनै अर्को व्यक्तिको अवस्थाबारे सोध्छ भने, तैँले आफ्नै इच्छाअनुसार त्यस व्यक्तिलाई मूल्याङ्कन र न्याय गर्नु हुँदैन, अनि तेरा शब्दहरू वस्तुपरक, सही र तथ्यहरूअनुरूप हुनैपर्छ। तैँले आफूले बुझेका कुराहरूबारे बोल्नुपर्छ, र आफूले स्पष्टसँग नबुझेका कुराहरूबारे बोल्नु हुँदैन। तँ त्यो व्यक्तिप्रति न्यायसङ्गत र निष्पक्ष हुनुपर्छ। त्यो जिम्मेवार ढङ्गले व्यवहार गर्नु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। उहाँका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने परमेश्वरले हामीलाई जिउन लगाउनुभएको सामान्य मानवता भनेको त्यस्तो हो जसमा हामीसँग निष्ठा र इज्जत हुन्छ, हामी तथ्यका आधारमा बोल्छौं, न बढाइचढाइ गर्छौं न त घटाउँछौं, र आफ्ना कामहरूमा जिम्मेवार हुन्छौं। यस्ता मानिसहरू इमानदार र दयालु हुन्छन्, तिनीहरू कहिल्यै चालबाजी खेल्दैनन् वा युक्तिहरू प्रयोग गर्दैनन्, मानिसहरू र कामकुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति सच्चा हुन्छ, र तिनीहरूलाई भरोसा गर्न सकिन्छ। परमेश्वरका वचनहरूबाट, मैले आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने दिशा पाएँ। म अरूको लागि भरोसायोग्य बन्नका लागि र परमेश्वरलाई ढुक्क पार्नका लागि, मैले परमेश्वरका मापदण्डहरूअनुसार इमानदारीपूर्वक बोल्नुपर्छ र काम गर्नुपर्छ भन्ने मलाई थाहा थियो। जब मैले आफ्नो दृष्टिकोण व्यक्त गर्नुपर्ने हुन्छ, तब मैले सत्य बोल्नुपर्छ र अरूलाई मेरा वास्तविक राय र विचारहरू थाहा दिनुपर्छ।
त्यसपछि, मैले आफ्नो कर्तव्यमा इमानदार व्यक्ति बन्ने पक्षसँग सम्बन्धित सत्यतामा प्रवेश गर्ने कार्यमा ध्यान दिन थालेँ। एकपटक, सुपरिवेक्षकले मलाई मेरा दुई जना टोली सदस्यहरूको अवस्थाबारे सोध्नुभयो, र यदि तिनीहरू उपयुक्त छैनन् भने, तिनीहरूलाई समयमै नयाँ काममा खटाउनुपर्छ भनेर भन्नुभयो। मैले मनमनै सोचेँ, “सुपरिवेक्षकलाई पनि यी दुई जनाले हालसालै आफ्नो कर्तव्यमा कस्तो गरिरहेका छन् भन्ने केही थाहा छ। यदि मेरो दृष्टिकोण उहाँको भन्दा फरक भयो भने, के उहाँले ममा खुट्ट्याउने क्षमताको कमी छ र मानिसहरू वा कामकुरालाई कसरी हेर्ने मलाई आउँदैन भनेर भन्नुहुन्न र? के उहाँले मेरो क्षमता कमजोर छ र म टोली अगुवा बन्न उपयुक्त छैन भनेर भन्नुहुन्न र? होस् है। बरु मैले केही नभनेकै बेस। अथवा मैले अहिलेसम्म ठम्याउन सकेकी छैन भनेर भनिदिन्छु।” त्यो क्षण, मैले फेरि छली बन्ने कोसिस गरिरहेकी छु भन्ने महसुस गरेँ। मलाई परमेश्वरका वचनहरू याद आयो: “इमानदारी भनेको तिमीहरूको हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्वर वा मानिस कसैलाई पनि छल नगर्नु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, म अब उप्रान्त छली बन्न चाहन्नँ। म इमानदार व्यक्ति बन्नैपर्छ, मैले देखेका कुराहरू साँचो रूपमा लेख्नैपर्छ, र मेरो आफ्नै दृष्टिकोण राख्नैपर्छ।” लेखिसकेपछि, मैले त्यो सुपरिवेक्षकलाई पठाएँ, र मेरो हृदय पूर्ण रूपमा शान्त भयो। त्यस बेलादेखि, जब-जब मैले मूल्याङ्कन लेख्नुपर्थ्यो, तब-तब म सत्य बोल्थेँ, र मैले देखेका समस्याहरू तथा मेरा आफ्नै रायहरू साँचो रूपमा लेख्थेँ। ममा यति थोरै परिवर्तन र प्राप्ति हुन सक्नु परमेश्वरका वचनहरूद्वारा हासिल भएको नतिजा हो। परमेश्वरलाई धन्यवाद होस्!