७. परमेश्वरलाई पछ्याउनु नै मेरो जीवनको सबैभन्दा उत्तम निर्णय भएको छ
म स्कुल पढ्दा, जब म पढाइमा अल्छी गर्थेँ, मेरी आमाले मलाई सधैँ कचकच गर्नुहुन्थ्यो, “तेरी ठुली फुपूलाई हेर्; उहाँले कलेज पढ्नुभयो र सुरक्षित जागिर पाउनुभयो, त्यसैले उहाँलाई खान-लाउनको पीर छैन। उहाँ जहाँ गएपनि, मानिसहरूले उहाँलाई सम्मान गर्छन् र आदरपूर्वक हेर्छन्। तैँले अहिले कडा मिहिनेत गरेर पढिनस् भने, तैँले कलेजमा भर्ना पाउनेछैनस् र अन्त्यमा तेरी सानी फुपूले जस्तै कारखानामा काम गर्नुपर्नेछ। मानिसहरूले तँलाई हेयको नजरले हेर्नेछन्!” म मेरी ठुली फुपूको ईर्ष्या गर्थेँ, र एकदिन उहाँजस्तै बन्ने, ख्याति र प्राप्ति हासिल गर्ने, अनि मानिसहरूले डाह गर्ने र आदरपूर्वक हेर्ने जीवन जिउने आशा गर्थेँ। त्यसैले मैले धेरै कडा मिहिनेत गरेर पढेँ। तर पहिलोचोटि कलेजको प्रवेश परीक्षा दिँदा म पास भइनँ। त्यतिबेला, मलाई मेरो सारा संसार नै फिका लाग्यो। म जीवनभर हेपिएर बस्न चाहन्नथेँ, त्यसैले दबाबको बाबजुद मैले एक वर्ष दोहोर्याएर पढ्ने निधो गरेँ। त्यतिबेला, म हरेक दिन मध्यरात कटुन्जेल पढ्थेँ। त्यो कडा अध्ययन र वर्ष दोहोर्याउनु पर्दाको दबाबले म शारीरिक र मानसिक रूपमा थकित भएँ, जसले गर्दा मेरो रोग प्रतिरोधात्मक प्रणाली कमजोर भयो, र मलाई लगभग हरेक महिना रुघा लाग्थ्यो। तर बिरामी हुँदा पनि, म बिदा माग्ने आँट गर्दिनथेँ, किनभने मलाई कुनै मुख्य कुरा छुट्ला, परीक्षा बिग्रिएला र फेरि कलेज जाने मौका गुम्ला भन्ने डर लाग्थ्यो। अर्को वर्ष, मैले एउटा शिक्षक प्रशिक्षण विश्वविद्यालयमा भर्ना पाएँ। नातेदार र साथीभाइहरू सबैले आएर मलाई बधाई दिए, र भने, “स्नातक सकेर शिक्षिका भएपछि, तिम्रो सामाजिक हैसियत उच्च हुनेछ, तिमीले सम्मान पाउनेछ्यौ, र चिन्तामुक्त जीवन जिउनेछ्यौ!” उनीहरूले यसो भनेको सुनेर मलाई धेरै खुसी लाग्यो।
स्नातकपछि, मैले एउटा केन्द्रीय आधारभूत विद्यालयमा पढाउन थालेँ। काममा आफ्नो नाम बनाउन, अनि विद्यालयका अगुवाहरूले महत्त्व दिऊन् र सहकर्मीहरूले आदरपूर्वक हेरून् भन्नका लागि, म मेरो पहिलो सार्वजनिक कक्षामा नै उत्कृष्ट देखिन चाहन्थेँ। मैले एक महिना अघिदेखि नै तयारी सुरु गरेँ। हरेक दिन, आफ्ना नियमित कक्षाहरूबाहेक, म मेरो सारा समय सार्वजनिक कक्षासँग सम्बन्धित सामग्रीहरू खोज्दै, अनुभवी शिक्षकहरूको परामर्श लिँदै, र पाठ योजनाहरू कण्ठ पार्दै बिताउँथेँ। म सुरुदेखि अन्त्यसम्म सम्पूर्ण शिक्षण योजना प्रस्तुत गर्न नसकुन्जेल हरेक दिन ऐनाको अगाडि बारम्बार अभ्यास गर्थेँ। त्यो निकै थकाइलाग्दो भएपनि, जब मैले मूल्याङ्कन बैठकमा विद्यालयका अगुवाहरूले स्वीकृतिको भावमा टाउको हल्लाइरहेको देखेँ, तब मेरो सारा थकान तुरुन्तै हरायो। मैले सोचेँ, “अब विद्यालयका अगुवाहरूले मेरो क्षमता देखेका छन्। अर्को सेमेस्टरमा, उनीहरूले मलाई इलाकाका लागि सार्वजनिक कक्षाहरू सम्हाल्न दिन सक्छन्। त्यसपछि मैले चम्किने अझ धेरै अवसरहरू पाउनेछु।” यो सोचेर, मलाई म जति नै थाकेकी भएपनि यो सबै सार्थक भयो भन्ने लाग्यो। दोस्रो सेमेस्टरमा, मैले केन्द्रीय इलाकामा नमुना पाठ पढाउने अवसर पाएँ, जसले मलाई उत्साहित र नर्भस दुवै बनायो। म यदि मैले राम्रोसँग पढाइनँ भने, विद्यालयका अगुवाहरूले पक्कै पनि मेरो क्षमता औसत रहेछ भन्ठान्नेछन्, अनि भविष्यमा फेरि यस्ता अवसरहरू पाउन गाह्रो हुनेछ भनेर नर्भस थिएँ। म यो कारणले उत्साहित थिएँ कि यदि मैले राम्रो गरेँ भने, मैले केन्द्रीय विद्यालयमा आधार जमाउने थिएँ, र सायद जिल्ला वा सहर स्तरमा समेत सार्वजनिक कक्षाहरू लिने मौका पाउने थिएँ। त्यो अत्यन्तै प्रतिष्ठित कुरा हुने थियो! त्यसैले म दिनमा तीन-चार घण्टा मात्र सुतेर फेरि एकपटक सूक्ष्म तयारीमा जुटेँ। तर कक्षा लिने दिन, म धेरै नर्भस भएकाले, कक्षाकोठामा मेरो प्रस्तुति मैले अपेक्षा गरेअनुसार भएन। तैपनि, मैले विद्यालयका अगुवाहरू र अन्य शिक्षकहरूबाट धेरै कदर पाएँ। त्यस क्षणमा, त्यो जतिसुकै कठिन वा थकाइलाग्दो भएपनि, मलाई त्यो सबै सार्थक भयो भन्ने लाग्यो। मलाई जीवन यस्तै हुनुपर्छ भन्ने लाग्यो। यदि मैले विद्यालयका अगुवाहरू र मेरा सहकर्मीहरूको उच्च सम्मान र प्रशंसा पाउन सकिनँ भने, काम गर्नुको के अर्थ रह्यो र? त्यसको केही समय नबित्दै, विद्यालयका अगुवाहरूले मलाई भेट्नुभयो, अनि विद्यालयले मेरो तालिमलाई द्रुत गतिमा अघि बढाउन चाहेको भन्नुभयो र मलाई विद्यालयको सुरक्षा अधिकारीको रूपमा पनि काम गर्न आग्रह गर्नुभयो। हृदयमा म धेरै खुसी थिएँ, किनभने सुरक्षाको काम हरेक शिक्षकले सम्हाल्न सक्ने कुरा थिएन। यदि मैले राम्रो गरेँ भने, भविष्यमा उत्कृष्ट शिक्षकका रूपमा चिनिने मेरो सम्भावना अझ बढी हुने थियो, र मेरा सहकर्मीहरूले पनि मलाई अर्कै नजरले हेर्ने थिए, त्यसैले म सहमत भएँ। तर त्यो भूमिका लिएको एक महिना पनि नबित्दै, म लखतरान भएँ। मैले केही दिनको अन्तरालमा सुरक्षासम्बन्धी कागजातहरू प्राप्त गरिरहन्थेँ, र तीमध्ये धेरैजसो जारी गर्नुपर्ने, कार्यान्वयन गर्नुपर्ने र त्यसबारे प्रतिवेदन पठाउनुपर्ने हुन्थ्यो। मैले मातहतका विद्यालयहरूबाट आएका सामग्रीहरू पनि व्यवस्थित गर्नुपर्थ्यो। त्यसमाथि, मैले आफ्नै विषयका पाठ्यक्रमहरूको पनि जिम्मेवारी लिएकी थिएँ। हरेक दिन, मेरा सहकर्मीहरू घर गइसक्दा पनि म कार्यालयमै व्यस्त हुन्थेँ, र मैले सप्ताहान्तमा समेत आराम गर्न पाउँदिनथेँ। सुरुमा मसँगै काम गर्नका लागि मैले अर्को शिक्षक माग गर्न चाहेकी थिएँ, तर जब मैले जिल्ला वा सोभन्दा माथिको स्तरमा उत्कृष्ट शिक्षकका रूपमा चिनिनका लागि बहुमुखी हुनुपर्छ भनेर प्रधानाध्यापकले भनेको सम्झिएँ, तब मैले त्यो विचार त्यागिदिएँ। केही महिनापछि, मैले यसरी काम गर्नु साह्रै थकाइलाग्दो भएको महसुस गरेँ, तर म बीचमै हार मानेर अरूले मलाई असक्षम भनेको सुन्न चाहन्नथेँ, त्यसैले मैले आफैँलाई जबरजस्ती निरन्तरता दिन लगाएँ। हरेक व्यस्त समयावधिपछि, मलाई सधैँ हृदयमा एउटा खोक्रोपन महसुस हुन्थ्यो। मलाई कामको धेरै चापले गर्दा मैले आराम गर्नुपर्छ भन्ने लाग्यो, त्यसैले म सप्ताहान्तमा रमाइलो गर्न र मिठो खाना खान बाहिर गएँ, र चीनको पश्चिमी भागतिर समेत भ्रमण गर्न गएँ। तर खाएपछि र रमाइलो गरेपछि पनि, मेरो हृदय अझै धेरै खोक्रो महसुस हुन्थ्यो। यसबारे मैले मेरा केही साथीहरूसँग कुरा गरेँ, तर उनीहरू सबैले मैले यतिकै बखेडा झिकिरहेको, मेरो जागिर र जियाइ अवस्था अत्यन्तै राम्रो भएको, त्यसैले मैले खोक्रो महसुस गर्नुको कुनै तुक नभएको भने। सन् २००७ मा, जब मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो, तब मात्र परमेश्वरका वचनहरू पढेर र मण्डली जीवन जिएर मेरो हृदयको खोक्रोपन बिस्तारै हराउँदै गयो।
एकदिन भेलाको क्रममा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र मेरो खोक्रोपनको जड फेला पारेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसको हृदयमा परमेश्वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। … मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो र उसका निरर्थक बलिदान र अन्वेषणहरूले झन्झन् ऊमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। मैले यो महसुस गरेँ कि मैले परमेश्वरलाई नचिनेकी वा आराधना नगरेकी, र मेरो हृदयमा परमेश्वरका लागि ठाउँ नभएको हुनाले मलाई खोक्रो महसुस भएको हो। सानै उमेरदेखि, मैले नास्तिक शिक्षा पाएकी थिएँ, मलाई मानवजातिलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भन्ने थाहा थिएन, मानिसले परमेश्वरमा विश्वास गर्नुपर्छ र उहाँको आराधना गर्नुपर्छ भन्ने कुरा त मैले झनै बुझेकी थिइनँ। म राम्रो जागिर पाउनु र अरूको उच्च सम्मान र प्रशंसा पाउनु नै खुसी हो भन्ने विश्वास गर्थेँ, र यसका लागि, म दिलोज्यानले काम गर्थेँ। पछि, मैले विद्यालयका अगुवाहरूको कदर र सहकर्मीहरूको उच्च सम्मान पाएँ, तर यी कुराहरूले मलाई अस्थायी आनन्द मात्र दिए; मेरो हृदय अझै खोक्रो थियो। मलाई खानपिन र रमाइलो गर्नाले मेरो हृदयको खोक्रोपन हट्न सक्छ भन्ने लाग्थ्यो, तर रमाइलो सकिएपछि, म अझै पनि खोक्रो महसुस गर्थेँ। आखिर, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र हामीलाई आफ्नो जीवनका लागि परमेश्वरको भरणपोषण चाहिन्छ। परमेश्वरसामु फर्केर मात्र हामी शान्ति र आनन्द पाउन सक्छौँ। त्यसपछि, म प्रायः भेलाहरूमा सहभागी हुन्थेँ र परमेश्वरका वचनहरू पढ्थेँ, अनि फुर्सदको समयमा सुसमाचार पनि प्रचार गर्थेँ। मेरो हृदयलाई धेरै शान्त महसुस हुन्थ्यो। तर एकदिन, जब म पक्राउ पर्ने खतरा आइपर्यो, मेरो शान्तिपूर्ण जीवन चकनाचुर भयो।
सन् २०१२ को डिसेम्बरमा, मैले परमेश्वरमा विश्वास गर्ने कुरा विद्यालयका अगुवाहरूले थाहा पाए। यसले शिक्षा विभाग र राष्ट्रिय सुरक्षा विभागमा समेत सतर्कता सिर्जना गर्यो। प्रधानाध्यापकले मसँग लगातार तीन दिनसम्म कुरा गर्नुभयो, र नास्तिकवाद र भौतिकवाद प्रयोग गरेर मलाई विश्वास त्याग्न मनाउने प्रयास गर्नुभयो। मैले प्रधानाध्यापकसँग बहस गरेँ, र उहाँलाई परमेश्वरको कामबारे गवाही दिएँ। जब उहाँले बहसमा जित्न सक्नुभएन, उहाँले मेरो सोच बदल्ने प्रयास गर्न छोड्नुभयो, तर उहाँले मलाई विद्यालयमा सुसमाचार प्रचार गर्न प्रतिबन्ध लगाउनुभयो। त्यसपछि, विद्यालयले मलाई बाहिरका पाठहरूमा सहभागी हुने बन्दोबस्त गरेन, न त शिक्षण र अनुसन्धानका गतिविधिहरूमा नै भाग लिन दियो। मेरा सहकर्मीहरू पनि मबाट टाढिए। विद्यालयका अगुवाहरूले महत्त्व दिन छाड्दा र सहकर्मीहरूले अनौठो व्यक्तिका रूपमा व्यवहार गर्दा मलाई धेरै पीडा र दिक्दारी महसुस भयो। पछि, मैले नोआले कसरी परमेश्वरको इच्छा पालन गरेर जहाज बनाए भन्ने कुरा सम्झिएँ। त्यतिबेला, धेरै मानिसहरूले नोआलाई मूर्ख भने, तर नोआले वरपरका मानिसहरूले कसरी तिनलाई गलत ठहराए र बदनाम गरे भन्ने कुराको वास्तै गरेनन्। एउटा सरल हृदयले, उनले परमेश्वरका वचनहरू सुने, र जहाज बनाउँदै सुसमाचार प्रचार गरे। अन्त्यमा, जलप्रलय आउँदा, नोआको आठ जनाको परिवार बाँच्न सफल भयो। त्यसपछि मैले, मानवजातिलाई छुटकारा दिन, प्रभु येशूलाई कसरी सरकारद्वारा सताइयो, संसारका मानिसहरूद्वारा अस्वीकार र बदनाम गरियो, र क्रुसमा समेत टाँगियो भन्ने कुरा सम्झेँ। परमेश्वरले मानवजातिलाई मुक्ति दिन ज्यादै कष्ट भोग्नुभएको छ। मैले सहेको सानो कष्ट कति नै हो र? परमेश्वरमा विश्वास गरेर म जीवनको सही मार्गमा हिँडिरहेकी छु; यो एउटा न्यायोचित कार्य हो, र यसमा लजाउनुपर्ने केही छैन। मैले अरूको कठोर हेराइलाई परमेश्वरसँगको मेरो सामान्य सम्बन्धमा असर गर्न दिनु हुँदैनथ्यो: मैले अझै भेलाहरूमा सहभागी हुनुपर्थ्यो र सुसमाचार प्रचार गर्नुपर्थ्यो। त्यसपछि, म सधैँझैँ काममा जान्थेँ, र विद्यालय छुट्टी भएपछि, म भेलाहरूमा सहभागी हुन जान्थेँ।
मैले सन् २०१३ को अगस्टमा विद्यालय सुरु हुनुभन्दा एक हप्ताअघि मलाई प्रधानाध्यापकको फोन आउला, र मलाई दुईवटा कक्षामा गणित पढाउन र एउटा कक्षाको कक्षा शिक्षक बन्न भनिएला भन्ने कहिल्यै सोचेकी थिइनँ। मैले मनमनै सोचेँ, “त्यसपछि मलाई भेला र आफ्नो कर्तव्यका लागि कसरी समय मिल्छ त?” मैले अलमलमा परेर सोधेँ, “यो वर्ष किन यी व्यवस्थाहरू ल्याइँदै छन्?” प्रधानाध्यापकले भन्नुभयो, “यसो गर्दा, तिमीसँग परमेश्वरमा विश्वास गर्न र भेलामा सहभागी हुन समय नै हुँदैन!” उहाँले मलाई धम्की पनि दिनुभयो, “यदि तिमी केन्द्रीय विद्यालयमा काम गर्न इच्छुक छैनौ भने, म तिमीलाई कुनै मातहतको विद्यालयमा पठाउने व्यवस्था गर्छु!” मैले मनमनै सोचेँ, “केन्द्रीय विद्यालयका शिक्षकहरू मातहतका विद्यालयका शिक्षकहरूभन्दा बढी गतिविधिहरूमा सहभागी हुन्छन्, त्यसैले उनीहरूसँग चम्किने अवसरहरू धेरै हुन्छन्। यदि म मातहतको विद्यालयमा गएँ भने, मैले अब यस्तो सुविधा पाउनेछैनँ, र केन्द्रीय विद्यालयका शिक्षकहरूलाई देख्दा मलाई हीनताबोध हुनेछ। अनि, मातहतका विद्यालयका शिक्षकहरूले मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले मेरो क्षमता निकै कमजोर भएकाले मलाई घटुवा गरिएको हो भन्ने ठान्नेछन्? तर यदि म केन्द्रीय विद्यालयमै बसेँ भने, मैले कसरी परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने समय पाउँछु?” त्यसपछि मैले मौन रूपमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म के रोजूँ?” त्यतिखेरै, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। आखिरी दिनहरूमा, परमेश्वरले मुख्यतया मानिसहरूलाई शुद्धिकरण गर्न र मुक्ति दिन वचनहरू व्यक्त गर्नुहुन्छ। परमेश्वर हामीले सत्यता बुझ्नका लागि धेरै समय उहाँका वचनहरू पढेर बिताउन, हाम्रा कर्तव्यहरू राम्रोसँग पूरा गर्न, र मुक्ति प्राप्त गर्नका लागि हाम्रा भ्रष्ट स्वभावहरू फाल्न सकौँ भन्ने आशा गर्नुहुन्छ। तर जब छनौटको सामना गर्नुपर्यो, मैले अझै पनि आफ्नो जीवन वा कसरी आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नेभन्दा आफ्नो ख्याति र प्राप्तिबारे नै चासो राखेँ। मैले परमेश्वरलाई धेरै निराश पारेकी थिएँ! यदि म केन्द्रीय विद्यालयमै रहिरहेकी भए, म अझै पनि विभिन्न सम्मानका लागि पक्कै लड्नेथिएँ। यति धेरै कार्यभार भएपछि, आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा त परै जाओस्, भेलामा सहभागी हुने र परमेश्वरका वचन पढ्ने कुरामा समेत असर पर्नेथियो। त्यसोभए मैले कसरी अझै परमेश्वरमा विश्वास गर्न सक्थेँ? यदि म कुनै मातहतको विद्यालयमा गएँ भने, कार्यभार हलुका हुनेथियो, र मैले सामान्य रूपमा भेलामा सहभागी हुन र आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेथिएँ। मसँग व्यक्तिगत सम्मानहरू कम भएपनि र सहकर्मीहरूले मलाई हेपेपनि, यो इज्जत गुम्नु मात्र हुनेथियो; तर, मेरो जीवनमा क्षति पुग्नेथिएन, र सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही थियो। यो कुरा बुझेर, मैले प्रधानाध्यापकलाई भनेँ, “म एउटा मातहतको विद्यालयमा जान रोज्छु।” प्रधानाध्यापक यति रिसाउनुभयो कि उहाँले तुरुन्तै फोन काटिदिनुभयो।
मातहतको विद्यालयमा, म दिउँसो पढाउँथेँ र साँझपख भेलामा जान्थेँ र आफ्नो कर्तव्य निर्वाह गर्थेँ। एक वर्षपछि, मैले पढाएको कक्षाको वार्षिक परीक्षाको नतिजा केन्द्रीय विद्यालयको भन्दा उच्च आएकोले, प्रधानाध्यापकले मलाई फेरि केन्द्रीय विद्यालयमा सरुवा गर्नुभयो। तर त्यो राम्रो समय लामो समयसम्म टिकेन। राष्ट्रिय सुरक्षा ब्रिगेडका क्याप्टेन मेरो विश्वासको बारेमा सोधपुछ गर्न फेरि मेरो ढोकामा आए। प्रहरीलाई मेरो पिछा गर्न र ब्रदर-सिस्टरहरूलाई फसाउनबाट रोक्न, मसँग केही समयका लागि भेलामा जान रोक्नुबाहेक अर्को विकल्प थिएन। मण्डलीको जीवनविना, मेरो कर्तव्यविना, समय बित्दै जाँदा मेरो हृदय परमेश्वरबाट झन्-झन् टाढिँदै गयो, र म नचाहँदा नचाहँदै फेरि तीव्र प्रतिस्पर्धामा धकेलिएँ। मैले पढाएका विद्यार्थीहरूले हरेक वर्ष प्रतियोगिताहरूमा प्रायः सधैँ पहिलो र दोस्रो पुरस्कार सबै जित्थे, र हाम्रो कक्षाको वार्षिक परीक्षाको अङ्क सधैँ शीर्ष स्थानहरूमा पर्थ्यो। प्रधानाध्यापकले बैठकहरूमा पनि मेरो कामको कदर गर्नुभयो। मैले पढाएको कक्षामा सिकाइको वातावरण मात्र होइन, कक्षा-भावना पनि राम्रो थियो, र अभिभावकहरूले पनि मेरो कामलाई धेरै समर्थन गर्नुहुन्थ्यो। केन्द्रीय विद्यालयमा फर्केको दुई वर्षमा, मैले पहिलेभन्दा धेरै फूलगुच्छा र ताली पाए पनि, मेरो हृदय प्रायः भारी र निसास्सिएको महसुस हुन्थ्यो। मलाई काममा मेरो धेरै समय र ऊर्जा लाग्ने भएकाले यस्तो भएको हो भन्ने थाहा थियो, त्यसैले मसँग परमेश्वरका वचनहरू पढ्न एकदमै कम समय थियो र मेरो हृदय परमेश्वरबाट टाढा थियो। त्यतिबेला, मैले धेरै ब्रदर-सिस्टरहरूलाई देखेँ जसले आफ्नो कर्तव्य निर्वाह गर्नमा पूर्ण हृदयले ध्यान दिन जागिर छोडेका थिए र परिवार त्यागेका थिए। मलाई धेरै ईर्ष्या लाग्यो, र म पनि जागिर छोडेर पूर्ण हृदय र मनले आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्थेँ। तर जब मैले राजीनामा पत्र लेख्नै आँटेकी थिएँ, मैले मेरा विद्यार्थीका अभिभावकहरूबाट धेरै शुभेच्छाहरू पाएँ, जसले मैले उनीहरूका छोराछोरीलाई पढाइरहुँ भन्ने आशा गरेका थिए। यी कुराहरू देख्दा, मेरो हृदय फेरि डगमगायो। “यदि म गएँ भने, के मेरा विद्यार्थीहरू र उनीहरूका अभिभावकहरू निराश हुनेछैनन् र? विद्यालयका अगुवाहरू र मेरा सहकर्मीहरूले मेरो बारेमा के सोच्नेछन्? मेरो बाबाले सधैँ मेरी आमा र मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्ने कोसिस गर्नुभयो, र मेरी आमासँग सम्बन्धविच्छेद समेत गर्नुभयो। यदि मैले पूर्णकालीन कर्तव्य निर्वाह गर्न जागिर छोड्न लागेको उहाँले थाहा पाउनुभयो भने, उहाँले पक्कै पनि मलाई रोक्ने कोसिस गर्नुहुनेथियो, र मैले घर समेत छोड्नुपर्ने हुन सक्थ्यो। अरूले ईर्ष्या गर्ने जागिर पाउन, र आज मसँग भएका उपलब्धिहरू हासिल गर्न मैले उन्नाइस वर्षसम्म कडा मिहिनेत गरेँ। मेरा नातेदार, साथीभाइ र सहकर्मीहरू सबैले मेरो ईर्ष्या गर्छन्। एकपटक राजीनामा दिएपछि, मेरो जागिर जानेछ, मेरो ख्याति र प्राप्ति जानेछ, र मैले मेरो आरामदायी जीवनयापनको अवस्था त्याग्नुपर्नेछ। त्यसपछि सबैले मेरो बारेमा के भन्नेछन्?” मेरो हृदय यता र उता तानिएजस्तो महसुस भयो। यो असाध्यै पीडादायी थियो। मैले मौन रूपमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु राम्रो कुरा हो भन्ने मलाई थाहा छ, तर म यो जागिर छोड्न सक्दिनँ। यदि मैले मानिसहरूको उच्च सम्मान र प्रशंसा पाइनँ भने, के मेरो जीवन खुसी हुन सक्छ? हे परमेश्वर, कृपया मलाई यो कुरा स्पष्ट रूपमा देख्न मद्दत गर्नुहोस्।” त्यसको केही समय नबित्दै, प्रधानाध्यापकले मलाई लेखा प्रमुखमा बढुवा गर्नुभयो। यो पदमा बसेपछि धेरै बैठकहरू राख्नुपर्ने र पट्यारलाग्दो काम गर्नुपर्ने हुन्थ्यो। दिउँसो, मैले धेरै विभागहरूमा धाउनुपर्थ्यो, र साँझ वा सप्ताहान्तमा, मलाई सामग्रीहरू पुर्याउनुपर्ने भन्दै प्रायः फोनहरू आउँथे, त्यसैले अक्सर मेरो काम र मेरो कर्तव्यको समय जुध्थ्यो। भेलाको समयमा, म कहिल्यै आफ्नो हृदयलाई शान्त पार्न सक्दिनथेँ, किनकि विद्यालयका अगुवाहरूले मलाई केही कामका लागि बोलाउँछन् कि भनेर सधैँ डर लाग्थ्यो। कहिलेकाहीँ म घरमा परमेश्वरका वचन पढिरहेकी हुन्थेँ, र विद्यालयका अगुवाहरूबाट फोन आउनुको मतलब मैले तुरुन्तै बाहिर गएर केही काम सम्हाल्नुपर्ने हुन्थ्यो। मलाई मेरो हृदय परमेश्वरबाट धेरै टाढा छ, र मेरो जीवन धेरै थकाइलाग्दो छ भन्ने लाग्थ्यो, तर म मेरो जागिर छोड्न हिचकिचाउँथेँ। म प्रायः परमेश्वरलाई मद्दत माग्दै प्रार्थना गर्थेँ।
सन् २०१८ को जुनको एकदिन, म बीस जनाभन्दा बढी सहकर्मीहरूसँग लिफ्ट चढेर माथि जाँदै थिएँ। चल्न थालेपछि, लिफ्ट अचानक तल खस्यो। यसले हामी सबैलाई तर्सायो। लिफ्ट अड्कियो, र हामी सबै भित्र थुनियौँ। लिफ्टभित्र हावा आउजाउ गर्ने ठाउँ नभएकोले, केही बेरमै हामीलाई सास फेर्न गाह्रो हुन थाल्यो। म व्यग्र नभई बस्नै सकिनँ। “यदि मर्मत गर्ने कर्मचारीहरू आएनन् भने के होला? के म यहीँ निसास्सिएर मर्छु?” त्यो क्षणमा, शिक्षण पेशाले मलाई दिएको मान-सम्मान र पैसा अब महत्त्वपूर्ण रहेनन्। मैले कसरी बाँच्ने भन्नेबारे मात्र सोच्न सक्थेँ। परमेश्वरमा विश्वास गरेको यी वर्षहरूमा, म कठिनाइमा पर्दा, विवश हुँदा र हराउँदा, सधैँ परमेश्वरले नै मेरो लागि निकासको बाटो खोलिदिनुभयो, र उहाँका वचनहरूद्वारा मलाई मार्गदर्शन दिनुभयो, र मलाई पछ्याउने मार्ग दिनुभयो भन्ने कुरा मैले स्मरण नगरी बस्नै सकिनँ। परमेश्वरमा विश्वास गरेर, म परमेश्वरको काम अनुभव गर्न, परमेश्वरको अख्तियार चिन्न, र सृष्टिकर्ताका अद्भुत कार्यहरू अनुभूत गर्न सक्छु। यो मेरो आशिष् हो। मैले मेरो जागिर छोडेर पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो, तर ख्याति र प्राप्तिमा रमाउनका लागि मैले त्यसो गरिनँ। अहिले, मृत्युको सामना गर्नुपर्दा, मैले बल्ल देखेँ कि ख्याति, प्राप्ति र प्रतिष्ठा सबै पानीका फोका जस्तै हुन्, र पूर्णतया अर्थहीन छन्। त्यस क्षणमा, म परमेश्वरसँग मद्दत माग्न चाहन्थेँ, तर मलाई बोल्न धेरै लाज लाग्यो। “के परमेश्वरले अझै ममाथि कृपा गर्नुहुनेछ? के मसँग अझै पनि अर्थपूर्ण जीवन पछ्याउने मौका हुनेछ?” म केवल परमेश्वरलाई केही मर्मस्पर्शी शब्दहरू भन्न सक्थेँ, “हे परमेश्वर, तपाईँमा विश्वास गरेपछि, मैले राम्रोसँग सत्यता पछ्याइनँ। आज यो घटना घटेपछि मात्र मैले अचानक बुझेँ: सत्यताविना, मृत्यु आइपर्दा म कति भयभीत र विवश हुन्छु! हे परमेश्वर, आज म यहीँ मरिहाले पनि, म तपाईँको बन्दोबस्तमा समर्पित हुनेछु। यदि म जिउँदै बाहिर निस्कन सकेँ भने, म पक्कै पनि मेरो भावी जीवनबारे पुनर्विचार गर्नेछु।” ठिक त्यही बेला, मैले मेरा सबै सहकर्मीहरू अक्सिजनको कमीका कारण कुप्रो परेर बसिरहेको देखेँ, तर मैले अचानक मेरो नाकको छेउबाट ताजा हावाको झोक्का बगेको महसुस गरेँ। यो परमेश्वरले मप्रति कृपा देखाउनुभएको हो भन्ने थाहा पाएर म चकित र प्रसन्न भएँ। जब लिफ्टको ढोका खुल्यो, मेरा सहकर्मीहरू सबै खुसीले कराउँदै थिए, तर मेरो हृदय परमेश्वरप्रति कृतज्ञताले भरिएको थियो। परमेश्वरले लिफ्ट बिग्रेको घटनालाई प्रयोग गरेर मलाई जीवनको अर्थ र मूल्यबारे चिन्तन गराउनुभएको हो भनेर मलाई थाहा थियो।
पछि, मैले परमेश्वरका वचनका दुईवटा खण्ड देखेँ, र ख्याति र प्राप्तिको सारबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “अब पुनरावलोकन गरौँ: शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्नका लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। … सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनको खुलासाबाट, मैले देखेँ कि ख्याति र प्राप्तिले खुसी ल्याउन सक्दैनन्; यसको विपरीत, यी त शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन, बाँध्न र नियन्त्रण गर्न प्रयोग गर्ने औजार हुन्। शैतानले हामीभित्र गलत विचारहरू भरिदिन्छ, र हामीलाई ख्याति र प्राप्ति भएपछि हामीसँग सबथोक हुन्छ—हामीले उच्च गुणस्तरको जीवन जिउन सक्ने मात्र नभई अरूबाट उच्च सम्मान पनि पाउन सक्छौँ भन्ने गलत विश्वास गर्न लगाउँछ। यसले हामीलाई यस्तो जीवन मूल्यवान् हो, र यसरी जिउँदा खुसी मिल्छ भन्ने महसुस गराउँछ। फलस्वरूप, सिङ्गो समाज ख्याति र प्राप्तिको लागि सङ्घर्ष गर्छ। तर हामी ख्याति र प्राप्तिको पछाडि लुकेका शैतानका अनिष्टकर अभिप्रायहरू जान्दैनौँ। ख्याति र प्राप्तिको पछ्याइमा, हामीले धेरै समय र ऊर्जा खर्च गर्नुपर्छ, दृश्य अदृश्य सङ्घर्षहरू गर्नुपर्छ, धेरै युक्तिहरू प्रयोग गर्नुपर्छ, र आफ्नो स्वास्थ्यको बलिदान दिने मात्र नभई आफ्नो विवेक, मर्यादा र निष्ठा पनि त्याग्नुपर्छ। ख्याति र प्राप्ति हासिल गरेपछि, हामी एक छिनको सन्तुष्टि त लिन्छौँ, तर यो क्षणिक मात्र हुन्छ। बाँकी रहने त खोक्रोपन, पीडा र अनन्त तिक्तता मात्र हो। जब परमेश्वर हामीलाई मुक्ति दिन आउनुहुन्छ र हामीलाई सत्यता पछ्याउन र जीवनको सही मार्गमा हिँड्न माग गर्नुहुन्छ, तब ख्याति, प्राप्ति र आडम्बरको मोहले गर्दा हामी सत्यतालाई अस्वीकार गर्छौँ, परमेश्वरको मुक्तिको अवसर गुमाउँछौँ, र अन्त्यमा शैतानसँगै विनाश हुन्छौँ। यो हामीलाई ख्याति र प्राप्ति पछ्याउन लगाउने शैतानको अनिष्टकर अभिप्राय हो। सानै उमेरदेखि, मेरा आमाबुबाले मलाई मेरा दुई फुपूहरूको फरक-फरक परिस्थितिबारे बताउनुभयो, र ममा यस्ता विचारहरू भर्नुभयो जस्तै “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ।” मलाई के विश्वास लाग्यो भने विश्वविद्यालयमा भर्ना भएर मानिसहरूले आदरपूर्वक हेर्ने स्थायी जागिर पाएपछि मात्र मैले सुखी जीवन पाउनेछु। यसका लागि, मैले कडा अध्ययन गरेँ। पहिलो पटक कलेजको प्रवेश परीक्षामा अनुतीर्ण हुँदा, मेरो संसार नै भत्किएजस्तो महसुस भयो। परीक्षामा सफल हुन, मैले अत्यधिक दबाबका बाबजुद एक वर्ष दोहोर्याउने निर्णय गरेँ, र मेरो दिमाग सधैँ तनावमा हुन्थ्यो। मेरो शरीर हदभन्दा बढी थकित थियो, र म ठूलो पीडामा थिएँ। कलेजबाट सकाएर काम सुरु गरेपछि, मैले हरेक सार्वजनिक पाठको सूक्ष्म तयारी गर्थेँ र विद्यालयको अगुवाले अह्राएको हरेक काम राम्रोसँग गर्थेँ, साथै सयभन्दा बढी शिक्षकहरूमाझ उत्कृष्ट देखिन, र विद्यालयका अगुवाहरू तथा सहकर्मीहरूले प्रशंसा गरून् र ध्यान दिऊन् भन्नका लागि, म प्रायः ओभरटाइम काम गर्थेँ। विद्यालयका अगुवाहरू र सहकर्मीहरूको प्रशंसा पाएपछि, मैले प्रतिष्ठा प्राप्त गरे पनि, म शारीरिक र मानसिक रूपमा लखतरान थिएँ, र मेरो आत्मा खोक्रो महसुस हुन्थ्यो। परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, मलाई थाहा भयो कि आखिरी दिनहरूमा परमेश्वरको मुक्तिको कामको समय छोटो छ, र मैले सत्यता पछ्याउनुपर्छ र पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। मेरो जीवनको लागि यो नै सबैभन्दा फाइदाजनक छ। तर “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने शैतानी विषहरू मेरो हृदयमा गहिरो रूपमा गाडिएका थिए, जसले मलाई पूर्ण हृदयले सत्यता पछ्याउनका लागि मेरो जागिर, ख्याति र प्राप्ति त्याग्न अनिच्छुक बनायो, र मलाई पूर्ण रूपमा थकित हुनेगरी सास्ती दियो। वास्तवमा, तपाईँसँग जतिसुकै ख्याति र प्राप्ति भए पनि, ती केवल पानीको फोका जस्तै हुन्। सत्यता प्राप्त गरिएन भने, प्रकोपहरू आउँदा मानिसहरू मर्नेछन्। यो ठ्याक्कै २००४ को हिन्द महासागरको सुनामीजस्तै हो—बिदा मनाउने स्वर्गीय ठाउँहरूमा कति जना मानिसले ज्यान गुमाए? तिनीहरूमध्ये धेरै जना ख्याति र हैसियत भएका मानिसहरू थिए। विपत्ति आइपर्दा, पैसा, ख्याति र प्राप्तिले तिनीहरूलाई बचाउन सकेनन्। धेरै तथ्यहरूले प्रमाणित गर्छन् कि मानिससँग जतिसुकै ख्याति र प्राप्ति भएपनि, त्यो सबै खोक्रो कुरा हो, र जीवन एकै छिनमा जान सक्छ। यदि म हठी नै रहिरहेँ र ब्युँझिइनँ भने, यदि मैले सत्यता पछ्याउन समयको सदुपयोग गरिनँ, र परमेश्वरको काम सकिँदासम्म मैले आफूलाई पर्याप्त सत्यताले सुसज्जित गरेकी थिइनँ र मेरो स्वभाव परिवर्तन भएको थिएन भने, म विपत्तिमा पर्नेथिएँ, र त्यतिन्जेल पछुताउन धेरै ढिलो भएको हुनेथियो। यो लिफ्टको घटनाले मलाई झसङ्ङ ब्युँझायो। जब विपत्ति आइपर्छ, मलाई परमेश्वरबाहेक कसैले बचाउन सक्दैन। यो परमेश्वरले मेरो ज्यान लिन खोज्नुभएको घटना थिएन, बरु मलाई जीवनबारे चिन्तन गर्न र ख्याति तथा प्राप्तिले मलाई पुर्याएको हानि स्पष्ट रूपमा देख्न घचघच्याउनुभएको थियो, ताकि म समयमै ब्युँझिएर जीवनको सही मार्गमा हिँड्न सकूँ।
पछि, राष्ट्रिय सुरक्षा ब्रिगेडका कप्तानले मेरो अत्तोपत्तो बुझ्न फेरि फोन गर्नुभयो, र मेरो प्रहरी रेकर्ड भएकोले, मैले टाढा यात्रा गर्दा जहिले पनि उहाँलाई रिपोर्ट गर्नुपर्ने पनि भन्नुभयो। यदि उनीहरूले म अझै परमेश्वरमा विश्वास गर्दै छु भन्ने थाहा पाए भने, उनीहरूले मलाई पक्राउ गर्नेथिए। म अत्यन्तै आक्रोशित थिएँ, र मैले यो पनि देखेँ कि जबसम्म म चिनियाँ कम्युनिस्ट पार्टीको प्रणालीभित्र काम गरिरहन्छु, म उनीहरूद्वारा कडा रूपमा बाँधिनेछु, र मैले पटक्कै आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन। यसले मेरो जागिर छोड्ने अठोटलाई थप बलियो बनायो। गर्मी बिदाको समयमा, मैले मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर आफ्नो कर्तव्य पूरा गरेँ। कामले मलाई नअल्झाउँदा, मेरो हृदय धेरै शान्त थियो, र मैले सामान्य रूपमै परमेश्वरका वचनहरू पढेँ र भेलामा सहभागीता जनाएँ। एकदिन, सुपरिवेक्षकले मलाई पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्न इच्छुक छौ कि छैनौ भनेर सोध्नुभयो, र परमेश्वरका वचनको एउटा खण्ड पनि पढेर सुनाउनुभयो: “तिमीहरू परमेश्वरलाई पछ्याइरहेका छौ, र पापका ठाउँहरू र दुष्ट मानिसहरूका समूहहरूबाट टाढा बसिरहेका छौ—कम्तीमा पनि तिमीहरूका विचार र हृदयले शैतानको भ्रष्टता र कुल्चाइ भोगिरहनेछैनन्। तिमीहरू एउटा शुद्ध भूमिमा आएका छौ, परमेश्वरसामु आएका छौ। के यो भयङ्कर ठूलो आशिष् होइन र? हालसम्म एकपछि अर्को पुस्ता पुनर्जन्म हुँदा, मानिसहरूले कतिवटा यस्ता मौका पाएका छन्? के आखिरी दिनहरूमा जन्मेका मानिसहरूले मात्रै यो अवसर पाएका होइनन् र? यो त धेरै ठूलो कुरा पो हो त! यो घाटाको कुरा होइन, यो त सबैभन्दा ठूलो आशिष् हो। तँ त्यस बारेमा आफै मुस्कुराउन सक्छस्! सृजित प्राणीका रूपमा, सबै कुराहरूमाझ, पृथ्वीका केही अर्ब मानिसहरूमध्ये कति जना मानिसहरू छन् जसले सृजित प्राणीको पहिचान बोकेर सृष्टिकर्ताका कार्यहरूको गवाही दिने, परमेश्वरको कामभित्र आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने अवसर पाएका छन्? यस्तो अवसर कसले पाएको छ? के त्यस्ता धेरै मानिसहरू छन्? ज्यादै कम छन्! अनुपात कति छ? दश हजारमा एक जना? छैन, अझै कम छन्! विशेष गरी, तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो सामर्थ्य र आफूले प्राप्त गरेको ज्ञान प्रयोग गर्न सक्नु—के यो ठूलो आशिष् होइन र? तैँले कुनै मानिसको गवाही दिँदैनस्, र तँ कुनै उद्यममा संलग्न हुँदैनस्—तैँले सेवा गर्ने त सृष्टिकर्तालाई हो। यो सबैभन्दा सुन्दर र अमूल्य कुरा हो! के तिमीहरूले गर्व महसुस गर्नुपर्दैन र? (गर्नुपर्छ।) आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिमीहरूले परमेश्वरको मलजल र आपूर्ति प्राप्त गर्छौ। यति राम्रो वातावरण र अवसर पाएर पनि, यदि तिमीहरूले कुनै उल्लेखनीय कुरा प्राप्त गरेनौ, र सत्यता प्राप्त गरेनौ भने, के तिमीहरूलाई बाँकी जीवनभर पछुतो महसुस हुनेछैन र? त्यसैले, तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने मौका छोप्नुपर्छ, र यसलाई उम्कन दिनु हुँदैन; आफ्नो कर्तव्य निर्वाह गर्दा निष्ठासाथ सत्यता पछ्याऊ, र यसलाई प्राप्त गर। यो नै सबैभन्दा मूल्यवान् कुरा हो, र सबैभन्दा अर्थपूर्ण जीवन हो! सबै सृजित प्राणीहरूमध्ये कुनै पनि व्यक्ति वा मानिसहरूको समूह छैन जो तिमीहरूभन्दा आशिषित छ। गैरविश्वासीहरू केका लागि जिउँछन्? तिनीहरू पुनर्जन्म लिन र संसारको रोचकताका लागि जिउँछन्। तिमीहरू सबै केको लागि जिउँछौ? तिमीहरू सृजित प्राणीको कर्तव्य निर्वाह गर्नका लागि जिउँछौ। यस्तो जीवनको मूल्य निकै ठूलो हुन्छ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। जब मैले परमेश्वरका वचनहरू मनन गरेँ, तब मैले बुझेँ कि यदि हामी मूल्यवान् र अर्थपूर्ण जीवन जिउन चाहन्छौँ भने, हामीले सत्यता पछ्याउनुपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र सत्यताबारे अझ बढी बुझ्न परमेश्वरका वचनहरू अझ बढी पढ्नुपर्छ। यसरी मात्र हामीले शैतानका झूटो शिक्षा, भ्रम, र विभिन्न षड्यन्त्रहरू खुट्याउन, र शैतानको बन्धन र नियन्त्रणबाट मुक्त भएर ज्योतिमा जिउन सक्छौँ। मेरो हकमा पनि कुरा त्यही हो। ममा ख्याति र प्रतिष्ठाको बलियो चाहना मात्र थिएन, स्वार्थ, हठीपन र अहङ्कारजस्ता भ्रष्ट स्वभावहरू पनि धेरै थिए। यदि मैले विवेकपूर्वक परमेश्वरका वचनहरू पढिनँ र उहाँका वचनहरूको न्याय र सजाय अनुभव गरिनँ भने, यी भ्रष्ट स्वभावहरू समाधान गर्न सकिँदैनथ्यो, र म अझै पनि पीडा र अन्धकारमा जिउनेथिएँ। जागिर छोड्दा मलाई आफ्नो कर्तव्य निर्वाह गर्न, मेरो भ्रष्टता समाधान गर्नका लागि सत्यता पछ्याउन, र परमेश्वरको सामु जिउन थप समय मिल्नेथियो। यस्तो जीवन सबैभन्दा सुखमय हुनेथियो। जस्तो कि परमेश्वर भन्नुहुन्छ: “तिमीहरू परमेश्वरलाई पछ्याइरहेका छौ, र पापका ठाउँहरू र दुष्ट मानिसहरूका समूहहरूबाट टाढा बसिरहेका छौ—कम्तीमा पनि तिमीहरूका विचार र हृदयले शैतानको भ्रष्टता र कुल्चाइ भोगिरहनेछैनन्। तिमीहरू एउटा शुद्ध भूमिमा आएका छौ, परमेश्वरसामु आएका छौ। के यो भयङ्कर ठूलो आशिष् होइन र?” त्यसपछि मैले पत्रुसलाई सम्झिएँ। उनले प्रभु येशूलाई पछ्याउन सबथोक त्यागे, र जीवनभर सत्यता र परमेश्वरप्रतिको समर्पणलाई पछ्याए। सयौँ परीक्षाहरू अनुभव गरेपछि, अन्ततः उनी सिद्ध पारिए। यस्तो जीवन सबैभन्दा अर्थपूर्ण र मूल्यवान् हुन्छ। यो कुरा बुझेर, मैले विश्वास प्राप्त गरेँ र कर्तव्य निर्वाह गर्न घर छोड्ने तयारी गर्न थालेँ।
मैले राजीनामा पत्र लेख्ने ठ्याक्कै तयारी गर्दै गर्दा, मैले नगर शिक्षा विभागबाट वरिष्ठ पेशागत भूमिकामा नियुक्तिको प्रमाणपत्र प्राप्त गरेँ। यो प्रमाणपत्रसँगै, मैले वरिष्ठ शिक्षकको पारिश्रमिक र सुविधाहरू लिन पाउनेथिएँ। काममा मैले आदर पाउने मात्र नभई मेरो वार्षिक तलब पनि दस हजार युआनभन्दा बढीले बढ्ने थियो। त्यसको केही समय नबित्दै, विद्यालयको शिक्षण निर्देशकले मलाई जिल्ला स्तरको उत्कृष्ट शिक्षक पुरस्कारको लागि फारम भर्न भन्नुभयो। मलाई त विश्वास गर्नै गाह्रो भयो। विद्यालयका सयभन्दा बढी शिक्षकहरूमध्ये, वार्षिक दुइटा कोटा मात्र हुन्थ्यो। यो सबै शिक्षकहरूले सपना देख्ने सम्मान थियो! यदि मैले राजीनामा दिइनँ भने, केही दिनपछि शिक्षक दिवसको दिन म जिल्ला सरकारी सभाहलमा सम्मान ग्रहण गर्न जान सक्थेँ। मेरो नाम नगर शिक्षा पत्रिकामा प्रकाशित हुने थियो, र मैले विद्यालयबाट बोनस पनि पाउने थिएँ। हातमा यी दुइटा सम्मान भएपछि, अर्को सेमेस्टरले पक्कै पनि मलाई प्रतिष्ठा दिलाउने थियो, अनि खोइ कति सहकर्मीहरूले मेरो ईर्ष्या गर्ने थिए होलान्। तर यो शैतानको परीक्षा हो भनेर मैले चाँडै महसुस गरेँ। मैले परमेश्वरका वचनहरू सम्झिएँ: “यदि तैँले शैतानसँग जीवन-मृत्युको लडाइँ लड्न परमेश्वरमाथिको आफ्नो विश्वास र परमेश्वरप्रतिको समर्पण र डरलाई हतियारका रूपमा प्रयोग गर्दै खडा भएर शैतानसँग यसरी युद्ध गरिस् कि तैँले शैतानलाई पूर्ण रूपमा पराजित गरिस् र तँलाई देख्नेबित्तिकै, त्यसलाई पुच्छर लुकाउने र कायर बन्ने तुल्याइस् भने, तब मात्र त्यसले तँविरुद्धका आफ्ना आक्रमण र आरोपहरू पूर्ण रूपमा त्याग्नेछ, र त्यस अवस्थामा तैँले मुक्ति पाउनेछस् र तँ स्वतन्त्र हुनेछस्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। शैतानलाई म ख्याति र प्राप्तिबारे ख्याल गर्छु भन्ने थाहा थियो, त्यसैले यी दुइटा सम्मान प्रयोग गरेर मलाई प्रलोभनमा पार्न खोजेको थियो, र मलाई ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गराउन, र त्यसैद्वारा क्षतविक्षत पारिन र नियन्त्रित हुन कार्यस्थलमै राख्न सकिने व्यर्थको आशा गरेको थियो। शैतानले सधैँ मेरो हृदयलाई बाँध्न र मलाई सत्यता पछ्याउनबाट रोक्न ख्याति र प्राप्ति प्रयोग गर्दै आएको थियो। म फेरि त्यसका चालहरूमा फस्न सक्दिनथेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, म परमेश्वरले मानिसहरूलाई मुक्ति दिने यो हजार वर्षमा एकपटक आउने अवसर गुमाउन चाहन्नथेँ। मैले सृजित प्राणीको कर्तव्य पूरा गर्नु थियो, मेरो भविष्यको जीवन परमेश्वरलाई सुम्पनु थियो, र अर्थपूर्ण जीवन जिउने पछ्याइमा लाग्नु थियो। जस्तो कि परमेश्वरका वचनहरूले भन्छन्: “यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। संसारमा, सृजित प्राणीको कर्तव्य राम्रोसँग पूरा गर्नुभन्दा अर्थपूर्ण वा मूल्यवान् अरू केही छैन। विगतलाई फर्केर हेर्दा, मैले कडा मिहिनेत गरेर विद्यालयका अगुवाहरू तथा अभिभावकहरूको प्रशंसा कमाएकी थिएँ, तर मैले आफ्नै कर्तव्य राम्रोसँग पूरा गरेकी वा परमेश्वरको अनुमोदन पाएकी थिइनँ, र मेरो हृदय अझै खोक्रो थियो। अहिले ठूला प्रकोपहरू सुरु भइसकेका छन्, र समयले कसैलाई पर्खदैन। धेरै मानिसहरूले अझै परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनेका छैनन् र तिनीहरूले जीवनमा सही दिशा पाएका छैनन्। अझ धेरै मानिसहरूलाई परमेश्वरको मुक्ति स्विकार्न दिनका लागि मैले चाँडो सुसमाचार प्रचार गर्नुपर्थ्यो। यो परमेश्वरको जरुरी अभिप्राय हो। यो कुरा बुझेपछि, मैले प्रधानाध्यापकलाई मेरो राजीनामा पत्र बुझाएँ। प्रधानाध्यापकले धेरै छक्क पर्दै भन्नुभयो, “धेरै मानिसहरू यो पदवीका लागि लुछाचुँडी गरिरहेका छन्, तर तिमी चाहिँ यसलाई छोड्न चाहन्छ्यौ। तिमीले राम्ररी सोच्नुपर्छ! यदि तिमीले यति राम्रो जागिर छोड्यौ भने, भविष्यमा कसरी बाँच्छ्यौ? यदि यो कामको भारले गर्दा हो भने, हामी यो वर्ष तिम्रो कामको भार घटाइदिऊँला। म मेरो कार्यालयलाई मर्मत गरेर तिम्रो लागि लेखा कार्यालय बनाइदिऊँला। म आशा गर्छु कि तिमी बस्नेछ्यौ र कामलाई निरन्तरता दिनेछ्यौ।” प्रधानाध्यापकको कुरा सुनेपछि, म अब अलिकति पनि हिचकिचाइनँ र मैले दृढताका साथ छोड्ने निर्णय गरेँ। घर फर्केपछि, मैले मेरो बाबाको लागि एउटा चिठी छोडेँ, अनि म मेरो सरसामान बोकेर कर्तव्य निर्वाह गर्न घरबाट निस्किएँ।
विगतलाई सम्झँदा, यतिका वर्षसम्म मैले ख्याति र प्राप्तिलाई पछ्याएकी थिएँ, र म फुर्सदको समयमा परमेश्वरमा विश्वास गर्नमै सन्तुष्ट थिएँ, खासै कर्तव्य निर्वाह गर्दिनथेँ, र म परमेश्वरको अनुग्रहमा रमाउन मात्र जान्दथेँ। मैले मेरा भ्रष्ट स्वभावहरू, मेरा गलत दृष्टिकोणहरू, र विभिन्न शैतानी विषहरू खुट्याउन सकेकी थिइनँ, र मेरो जीवन स्वभाव बिलकुलै परिवर्तन भएको थिएन। अहिले, म मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु, र प्रायः परमेश्वरका वचनहरू पढ्नाले मलाई धेरै सत्यताहरू बुझ्न मद्दत गरेको छ। सामान्यता, मैले कुनै भ्रष्ट स्वभाव प्रकट गर्दा, ब्रदर-सिस्टरहरूले देख्नेबित्तिकै औँल्याइदिनुहुन्छ, र उहाँहरूले मसँग सङ्गति गर्नुहुन्छ र परमेश्वरका वचनहरू प्रयोग गरेर मलाई मद्दत गर्नुहुन्छ। मैले आफ्नो बारेमा केही ज्ञान प्राप्त गरेकी छु, र मेरो जीवनमा पनि केही प्रगति भएको छ। यस जीवनमा मैले गरेको सबैभन्दा उत्तम निर्णय नै परमेश्वरलाई पछ्याउनु हो भनेर मलाई अन्तर्हृदयदेखि नै महसुस हुन्छ। परमेश्वरलाई धन्यवाद!