८०. म किन सधैँ आफ्नो राय व्यक्त गर्न डराउँथेँ
सन् २०२४ मार्चमा, हाम्रा समस्याहरूको सार निकाल्न र हामीसँग कामबारे कुराकानी गर्न सुपरिवेक्षक हामीकहाँ आउनुभयो। हामीले एउटा प्रवचन सँगै छलफल गर्दा, सबैभन्दा पहिला मैले नै आफ्नो राय व्यक्त गरेँ, तर मैले व्यक्त गरेको राय गलत थियो, त्यसपछि मैले लगातार व्यक्त गरेका दुईवटा राय पनि गलत नै थिए। यस कुराले मलाई निकै लज्जित पार्यो। “सुपरिवेक्षकसँगको पहिलो कुराकानीमा मैले एकदमै धेरै गल्ती गरेकी छु। यो त साह्रै लाजमर्दो कुरा हो! मसँगै काम गरिरहेकी सिस्टरले भर्खरै यो कर्तव्य सुरु गरेकी भए पनि केही समस्या पत्ता लगाउन सकिन्, तर मैले लामो समयदेखि तालिम लिइरहेकी भए पनि, म अझै कामकुराहरूलाई गलत तरिकाले हेर्थेँ। के सुपरिवेक्षकले म भर्खरै आएकी सिस्टरजति सिपालु छैनँ भन्ने सोच्नेछिन्? अर्कोचोटि म आफ्नो राय व्यक्त गर्न हतार गर्नेछैनँ। म अरू सबैले बोलिनसकुन्जेल पर्खनेछु, त्यसपछि बताउनेछु, जुन अझ सुरक्षित हुनेछ।” भोलिपल्ट, जब हामीले सँगै एउटा प्रवचन पढिरहेका थियौँ, तब मैले यसबारे ध्यान दिएर मनन गरेँ र केही समस्या भेट्टाएँ। तर, म ती कुराहरूलाई सही तरिकाले हेरिरहेकी छु कि छैनँ भन्ने कुरामा म निश्चित थिइनँ, अनि मैले मनमनै सोचेँ, “यसपटक म चलाख बन्नुपर्छ। अरूले यसलाई कसरी मूल्याङ्कन गर्दा रहेछन्, पहिला म त्यो सुन्नेछु। त्यसपछि, जब म बोल्छु, तब म सबैका दृष्टिकोणहरू समेट्नेछु। यसो गर्नु बढी भरपर्दो हुन्छ, अनि यसले गर्दा सबैलाई म समस्याहरू पत्ता लाउन सक्छु र मेरो क्षमता त्यति नराम्रो छैन भन्ने लाग्नेछ।” तर समय बित्दै गयो, र कसैले केही भनेन। मैले छड्के नजरले हेर्दा, उनीहरू अझै गहिरो सोचमा थिए, अनि मैले मनन गर्न थालेँ, “अहिले धेरै समय बितिसकेको भए पनि, म बोल्ने पहिलो व्यक्ति बन्नु हुँदैन। यदि मैले फेरि केही गलत भनेँ भने त साह्रै लाजमर्दो हुनेछ।” त्यसैले, मैले समस्याबारे गम्भीर भएर सोचिरहेको स्वाङ पारेँ। धेरै समयपछि मात्रै केही सिस्टरले बोल्न सुरु गरे। अरू सबैले आ-आफ्नो राय राखिसकेपछि, मैले उनीहरूका रायहरूलाई आफ्नोसँग मिलाएर सँगै छलफल गरेँ। बोल्दा म एकदमै घबराएँ, र मेरो राय गलत हुन्छ र फेरि मेरो इज्जत गुम्छ कि भनेर डराएँ। पछि, सुपरिवेक्षकको विश्लेषण मूलतः मेरो रायसँग मेल खायो। म मनमा भित्रभित्रै खुसी भएँ, र मैले केही हदसम्म आफ्नो अभिमान जोगाउन सकेको महसुस गरेँ। तर दुई दिनपछि, सुपरिवेक्षकले प्रवचनहरू छलफल गर्दा हामी आफ्नो राय व्यक्त गर्न सक्रिय नभएको याद गरिन्; हामीले आलटाल गरेर समय बर्बाद गरेका थियौँ। उनले हाम्रा समस्याहरू खुलासा गरिदिइन्। मैले लामो समयदेखि यो कर्तव्य निर्वाह गर्दै आएकी र म टोली अगुवा भएकी कुराबारे सोचेँ। मैले सक्रिय रूपमा सङ्गति गर्नुपर्थ्यो र छलफलमा सबैलाई अगुवाइ गर्नुपर्थ्यो, तर मैले आफूसँग रायहरू हुँदासमेत सङ्गति गरिनँ। के मैले समय मात्रै बर्बाद गरिरहेकी थिइनँ र? पछि, जब हामीले फेरि प्रवचनहरू छलफल गर्यौँ, तब मैले अग्रसर भएर आफ्ना रायहरू व्यक्त गरेँ, र मैले पत्ता लगाएका सबै समस्याहरू छलफल गरेँ। तर, जब मैले केही समस्यालाई गहिरिएर बुझ्न सकिनँ र मेरा टिप्पणीहरू एकतर्फी भए र सटीक भएनन्, तब मलाई एकदमै लाज लाग्यो। एक-दुईपटक आफ्नो राय व्यक्त गरेपछि, म फेरि निष्क्रिय बनेँ, र सधैँ पर्खेर मात्रै अन्तिममा बोल्ने गरेँ। म प्रवचनहरू छलफल गर्न पनि झन्-झन् धेरै भयभीत भएँ, म सधैँ आफ्ना कमीहरू खुलासा हुनेछन् भनेर डराउँथेँ। म आफ्नो राय व्यक्त गर्दैपिच्छे ठूलो दबाब महसुस गर्थेँ, र यो कर्तव्य नै पूरा गर्न नपरे हुन्थ्यो भन्ने सोचहरूसमेत ममा आउँथे।
एक दिन, जब हामी प्रवचनहरूमा रहेका समस्याहरू छलफल गरिरहेका थियौँ, सुपरिवेक्षकले पहिलो बोल्न मेरो नाम बोलाइन्। मैले केही पनि भनिनँ। सुपरिवेक्षकले भनिन्, “तपाईँ टोली अगुवा हुनुहुन्छ। तपाईँ किन कहिल्यै अग्रसर भएर सङ्गति गर्नुहुन्न? तपाईँको आफ्नै कुनै राय छैन कि तपाईँ आफ्नो भ्रष्ट स्वभावद्वारा बन्धनमा परिरहनुभएको छ?” त्यसपछि, सुपरिवेक्षकले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाइन्: “सद्भावपूर्ण सहकार्य आफ्नो कर्तव्य पूरा गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त रहन गएको हो। जबसम्म तैँले आफ्नो सारा हृदय र सारा शक्ति अनि सारा बफादारी लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्। यदि तँसँग कुनै विचार वा उपाय छ भने, यो कुरा अरूलाई बता; यो कुरालाई रोक्ने वा लुकाउने काम नगर्—तर यदि तँसँग सल्लाह-सुझाव छन् भने, ती दे; जसको विचार सत्यताअनुरूप छ त्यो स्वीकार र पालना गर्नुपर्छ। यसो गरिस् भने, तैँले सद्भावपूर्ण सहकार्य हासिल गर्नेछस्। आफ्नो कर्तव्य बफादारीपूर्वक निर्वाह गर्नु भनेको यही हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै लिनुपर्दैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा ‘फुलेको एउटै फूल’ वा एकलकाँटे हुने पनि गर्नु पर्दैन; बरु, तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न, र आफूले सक्ने सबै गर्न, आफ्ना जिम्मेवारीहरू पूरा गर्न, र आफ्नो सारा ऊर्जा लगाउन सिक्नु आवश्यक हुन्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। … तँसँग बल कम होला, तर यदि तँ अरूसँग काम गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सही व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अभ्यासको मार्ग पाउँछन्, र एकसाथ मिलेर काम गर्न सक्छन्, र सबै साझा लक्ष्यतर्फ लागिपर्छन्, अनि समान विचार र धारणा साझा गर्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, परमेश्वरले तँ सत्यको अभ्यास गर्ने व्यक्ति होस, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति होस् भनी देख्नुहुनेछ। तैँले त्यसो गरेको परमेश्वरले सम्झना गर्नुहुनेछ। यसैलाई बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको भनिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। सुपरिवेक्षकले सङ्गति गर्दै भनिन्, “परमेश्वर हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा, हामीले सद्भावपूर्ण सहकार्य गरौँ, सही अभिप्राय राखौँ, र मण्डलीको कामको सुरक्षा गरौँ भन्ने माग गर्नुहुन्छ। उदाहरणका लागि, जब हामी सँगै प्रवचनहरू छलफल गर्छौँ, तब हामीले पत्ता लगाएका जति समस्याहरूबारे बोल्न हामी अग्रसर हुनुपर्छ, सरल हृदयले खुलस्त हुनुपर्छ, अनि हाम्रा कमजोरीहरू पूर्ति गर्न एकअर्काका सबलताहरूबाट सिक्नुपर्छ। हामीले अरूले जस्तो विस्तृत रूपमा सङ्गति नगरे पनि, कम्तीमा हाम्रा अभिप्रायहरू त सही हुन्छन्, र यस क्रममा हामीले सत्यता अभ्यास गरिरहेका हुन्छौँ। यदि हामी निरन्तर आफूलाई ढाकछोप गर्छौँ र भेष बदल्छौँ, व्यक्तिगत हितहरूको सुरक्षा गर्छौँ भने, परमेश्वर यो गर्ने मानिसहरूलाई मन पराउनुहुन्न। त्यसबाहेक, सबै जना अहिले केही समयदेखि सँगै काम गर्दै आएका छौँ, र हामी एकअर्कालाई बुझ्छौँ। यदि हामी चुप लाग्यौँ भने अरूले हाम्रा कमीहरू देख्दैनन् भन्ने सोचेर हामीले केवल आफूलाई ढाकछोप गर्ने र आफ्नो भेष बदल्ने गरिरह्यौँ भने, त्यो ठूलो मूर्खता हो। हामी सत्यता सिद्धान्तहरूमा प्रगति गर्न असफल हुनेछौँ मात्र होइन, हामीले आफ्नो कर्तव्य निर्वाहमा पनि रोकावट ल्याउनेछौँ। यदि यो लामो समयसम्म चलिरह्यो भने, हामीले पवित्र आत्माको काम गुमाउनेछौँ।” सुपरिवेक्षकको सङ्गति सुनेर, लाजले मेरो अनुहार रातो भयो, र म मर्माहत भएँ। मैले लामो समयदेखि यो टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी थिएँ, र मैले जतिसुकै समस्याहरू पत्ता लगाए पनि, सरल हृदयले खुलस्त भएर तीबारे कुरा गर्नुपर्थ्यो, र सक्रिय छलफलमा सबैलाई अगुवाइ गर्नुपर्थ्यो। यो कामको ख्याल गर्नु र सत्यता अभ्यास गर्नुको प्रकटीकरण हो। तर मैले आफ्नो अभिमानको मात्र ख्याल गरेँ, र आफ्नै कमीकमजोरीहरूलाई सही तरिकाले लिन सकिनँ। मलाई लाग्थ्यो, मैले आफ्ना राय र विचारहरू पहिले व्यक्त गरेँ भने मेरा कमीहरू खुलासा हुनेछन्, जसले गर्दा मेरो क्षमता कमजोर भएको देखिनेछ। त्यसैले, अरू सबैले आ-आफ्ना रायहरू व्यक्त गरिनसकुन्जेल म पर्खिरहन्थेँ, त्यसपछि तिनलाई आफ्नो बुझाइसँग जोडेर कुरा गर्थेँ। यसरी म अझ विस्तृत र विशिष्ट रूपमा बोल्न सक्थें, ताकि मानिसहरूले मेरो प्रशंसा गरून् र म राम्रो देखिऊँ। टोली अगुवाका रूपमा, म कामको ख्याल गर्दिनथेँ, र गल्ती गर्दा मलाई लाज लाग्थ्यो, त्यसैले कसैले मलाई छर्लङ्ग नदेखोस् भनेर म ती गल्तीहरूलाई ढाकछोप गर्ने र आफ्नो भेष बदल्ने हरसम्भव प्रयास गर्थेँ। परिणामस्वरूप, समस्याहरूबारे छलफल हुँदा म त्यहाँ निष्क्रिय भएर पर्खन्थेँ, जसले गर्दा कामको गति सुस्त हुन्थ्यो। मैले आफ्नो कर्तव्य बिलकुलै निर्वाह गरिरहेकी हुन्थिनँ। बरु, मैले त आडम्बर देखाउन र अरूलाई मेरो प्रशंसा गर्न लगाउन प्रवचनहरू छलफल गर्ने अवसर प्रयोग गरिरहेकी थिएँ। म सधैँ आफ्नो राय व्यक्त गर्ने अन्तिम व्यक्ति हुन्थेँ। मैले व्यक्त गरेका रायहरू अझ विस्तृत हुने भए पनि र मैले आफ्नो इज्जत जोगाए पनि, म आफ्नै कमीकमजोरीहरू पत्ता लगाउन सक्दिनथेँ, र आफू समस्याहरूको मूल्याङ्कन गर्न सिपालु छु भन्नेसमेत सोच्थेँ। वास्तवमा, मेरो क्षमता कस्तो छ भन्ने सबैलाई थाहा थियो, तर म अझै पनि एउटा जोकरले जस्तो तमासा देखाउने र आफ्नै प्रदर्शनको प्रशंसा गर्ने गरिरहेकी थिएँ। म साँच्चै साह्रै मूर्ख थिएँ!
राति, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्वर, यस अवधिमा म निरन्तर अभिमान र हैसियतका लागि जिइरहेकी छु, र म सधैँ आफ्ना रायहरू व्यक्त गर्न डराउँदै आएकी छु। तर, मसँग अझै पनि मेरो भ्रष्टताबारे कुनै बुझाइ छैन। बिन्ती छ, मलाई आफ्ना समस्याहरू चिन्न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले पहिले पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ, र त्यसमा खोजेर मनन गरेँ। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिस कमजोर क्षमता वा सोझो भएका कारण, र जटिल विचारहरू नभएका कारण विरलै बोल्छन्, तर जब ख्रीष्टविरोधीहरू विरलै बोल्छन्, त्यसको त्यही कारण होइन; त्यो त स्वभावको समस्या हो। तिनीहरू अरूलाई भेट्दा विरलै बोल्छन् र मामलाहरूमा आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन्। किन तिनीहरू आफ्नो दृष्टिकोण व्यक्त गर्दैनन्? पहिलो कुरा, तिनीहरूमा निश्चय नै सत्यता हुँदैन र तिनीहरू कामकुरा छर्लङ्गै देख्न सक्दैनन्। यदि तिनीहरू बोलेमा, गल्तीहरू गर्छन् र छर्लङ्गै देखिन सक्छन्; तिनीहरू होच्याइमा परिएला भनी डराउँछन्, त्यसैले मौन भएको बहाना बनाउँछन् र गम्भीर र विचारशील भएको स्वाङ पार्छन्, जसले गर्दा अरूलाई तिनीहरूको अड्कल गर्न गाह्रो हुन्छ, तिनीहरू बुद्धिमान् र प्रतिष्ठित देखिन्छन्। यस्तो देखावटी रूपका कारण, मानिसहरू ख्रीष्टविरोधीलाई कम आँक्ने आँट गर्दैनन्, अनि उसलाई बाहिर शान्त र सौम्य देखेर, उनीहरू उसलाई अझ उच्च सम्मान गर्छन् र अनादर गर्ने आँट गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल र दुष्ट पक्ष हो। तिनीहरू आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन् किनकि तिनीहरूका धेरैजसो दृष्टिकोण सत्यतासँग मेल खाँदैनन्, बरु ती केवल मानव धारणा र कल्पना मात्र हुन्छन्, खुलासा गर्न योग्य हुँदैनन्। त्यसैले, तिनीहरू मौन रहन्छन्। भित्री रूपमा तिनीहरू केही ज्योति पाइने आशा गर्छन् जसलाई प्रशंसा प्राप्त गर्न देखाउन सकिन्छ, तर तिनीहरूमा यो नभएकाले, तिनीहरू सत्यताको सङ्गतिका क्रममा चुपचाप र लुकेर बस्छन्, भूतजस्तै छायाँमा लुकेर अवसर पर्खेर बस्छन्। अरूले ज्योतिबारे बोलेको देख्दा, तिनीहरू त्यसलाई आफ्नो बनाउने उपायहरू खोज्छन्, देखावा गर्न त्यसलाई अर्को तरिकामा व्यक्त गर्छन्। ख्रीष्टविरोधीहरू यतिका धूर्त हुन्छन्। तिनीहरू आफूले जे गरे पनि अलग देखिने र श्रेष्ठ हुने कोसिस गर्छन्, किनकि तिनीहरूलाई यति गरेमा मात्र खुसी लाग्छ। यदि तिनीहरूले अवसर पाएनन् भने, तिनीहरू पहिला चुपचाप बस्छन्, र आफ्नो दृष्टिकोण आफूसँगै राख्छन्। यो ख्रीष्टविरोधीहरूको धुर्त्याइँ हो। उदाहरणका लागि, जब परमेश्वरको घरद्वारा कुनै प्रवचन जारी हुन्छ, तब कतिपय मानिसले त्यो परमेश्वरका वचनझैँ देखिन्छ भन्छन्, र अरूले चाहिँ त्यो माथिबाटको सङ्गतिझैँ देखिने सोच्छन्। तुलनात्मक रूपमा सिधासाधा मानिसहरू आफ्नो मनको कुरा बोलिहाल्छन्, तर ख्रीष्टविरोधीहरू यसबारे आफूसँग कुनै राय भए पनि त्यसलाई लुकाएर राख्छन्। तिनीहरू अवलोकन गर्छन् र बहुमतको दृष्टिकोणलाई पछ्याउन तयार हुन्छन्, तर वास्तवमा तिनीहरू त्यसलाई राम्ररी बुझ्न सक्दैनन्। के यस्ता चतुर र धूर्त मानिसहरूले सत्यता बुझ्न सक्छन् वा तिनीहरूमा साँचो सुझबुझ हुन सक्छ? सत्यता नबुझ्ने व्यक्तिले के कुरा पो छर्लङ्गै बुझ्न सक्छ र? उसले केही पनि छर्लङ्गै बुझ्न सक्दैन। कतिपय मानिस कामकुरालाई छर्लङ्गै बुझ्न नसके पनि गम्भीर भएको बहाना गर्छन्; वास्तवमा, तिनीहरूमा समझशक्ति हुँदैन र आफूलाई अरूले छर्लङ्गै बुझ्नेछन् भन्ने डर हुन्छ। यस्ता परिस्थितिमा हुनुपर्ने सही मनोवृत्ति हो: ‘हामी यस मामलालाई छर्लङ्गै बुझ्न सक्दैनौँ। हामीले आफूलाई थाहा नभएकाले लापरवाही रूपमा बोल्नु हुँदैन। गलत बोल्दा नकारात्मक असर पर्न सक्छ। म माथिले के भन्छन् त्यो पर्खेर हेर्नेछु।’ के त्यो इमानदारीसाथ बोल्नु होइन र? त्यस्तो सरल भाषा भएर पनि ख्रीष्टविरोधीहरू किन त्यो भन्दैनन्? तिनीहरू आफू छर्लङ्गै देखिएको चाहँदैनन्, तिनीहरूलाई आफ्ना सीमितताहरू थाहा छ; तर यसको पछाडि पनि घृणित अभिप्राय हुन्छ—त्यो हो, आदर पाउने। के यो सबैभन्दा घिनलाग्दो कुरा होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्वरले ख्रीष्टविरोधीहरू धूर्त र कुटिल हुन्छन् भनेर खुलासा गर्नुभएको छ। जब तिनीहरू आफ्नो बानीले नै धेरै बोल्दैनन्, तब त्यो तिनीहरू सतही मनको भएर वा तिनीहरूको विचार नभएर होइन। बरु, तिनीहरूसँग सत्यता नभएकाले र तिनीहरूले कामकुराहरू छर्लङ्ग देख्न नसक्ने भएकाले हो। तर, तिनीहरू आफ्ना कमीहरू प्रकट नहोऊन् भनेर गम्भीर भएको स्वाङ पार्छन्। तिनीहरू आफूलाई प्रदर्शन गर्न र आडम्बर देखाउन अरूका राय र अन्तर्ज्ञानहरू चोर्ने मौका कुरिरहेका हुन्छन्। तिनीहरूको प्रकृति साह्रै दुष्ट हुन्छ! मेरो स्थिति ठ्याक्कै परमेश्वरले खुलासा गरेको कुराजस्तै थियो। मैले लामो समयदेखि लेखन-पठनको कर्तव्य पूरा गरेर पनि आफूले यत्तिका धेरै कमीहरू प्रकट गरिरहेको देख्दा, मलाई ब्रदर-सिस्टरहरूले तुच्छ ठान्ने हुन् कि भनी चिन्ता लाग्थ्यो, र आफूले फेरि अझ धेरै गल्ती गरेर आफूलाई लज्जित पार्नेछु कि भनी म डराउँथेँ। त्यसैले, समस्याहरू छलफल गर्दा, म आफूसँग स्पष्ट रायहरू हुँदासमेत सङ्गति गर्दिनथेँ, र गम्भीर भएर मनन गरिरहेको स्वाङसमेत पार्थेँ, म आफू अन्तिम नभइन्जेल र सबैका रायहरू मिलाई नसकुन्जेल जानाजानी ढिलो गर्थेँ। त्यसरी, यदि मैले व्यक्त गरेको राय गलत भए पनि, अरू सबै पनि गलत हुनेथिए र मैले इज्जत गुमाउनेथिइनँ। यदि म सही भएकी भए, मैले भनेको कुरा मेरा सिस्टरहरूले भनेका कुराभन्दा राम्रा र पूर्ण हुनेथिए। यसले म जवान भए पनि मसँग राम्रो क्षमता छ र म समस्याहरूको मूल्याङ्कन गर्न सक्छु भनेर सबैलाई देखाउँथ्यो, जसले मलाई राम्रो देखाउँथ्यो। वास्तवमा, म समस्याहरूलाई विस्तृत रूपमा हेर्दिनँ र मेरो क्षमता कमजोर छ, तर मैले यसलाई सही तरिकाले सामना गर्न सकिनँ। म मानिसहरूलाई झुक्याउन र भ्रमित पार्न निरन्तर राम्रो क्षमता भएको व्यक्तिको भेष धारण गर्न चाहन्थेँ। म साँच्चै साह्रै दुष्ट र छली थिएँ। मैले प्रकट गरेको कुरा ख्रीष्टविरोधीको स्वभाव थियो, जसले परमेश्वरको घृणा र तिरस्कार निम्त्याउँछ!
मैले आफ्नो आत्मिक भक्तिको समयमा, परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँलाई परिवारका अग्रजहरूले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,’ भनेर बारम्बार बताउँदा, यसको उद्देश्य तँलाई राम्रो प्रतिष्ठा पाउने, गर्वपूर्ण जीवन बिताउने, र आफूलाई अपमानित पार्ने काम नगर्ने कुरामा महत्त्व दिन लगाउनु हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) तैँले पूर्ण निश्चयसाथ ‘अहँ, सक्दैन’ भन्न सक्छस्! यसबारे सोच् त, मानिसहरूले इमान्दार मानिसहरूको व्यवहार गर्नुपर्छ भनेर परमेश्वर भन्नुहुन्छ। जब तैँले कुनै अपराध, वा कुनै गलत काम गरेको, वा परमेश्वरविरुद्ध विद्रोह गर्ने र सत्यताविरुद्ध जाने काम गरेको हुन्छस्, तब तैँले आफ्नो गल्ती स्विकार्न, आफैलाई बुझ्न, र साँचो पश्चात्ताप हासिल गर्नहेतु आफैलाई निरन्तर चिरफार गरिरहन, र त्यसपछि परमेश्वरको वचनअनुसार काम गर्न आवश्यक हुन्छ। त्यसकारण, यदि मानिसहरूले इमान्दार मानिसहरूको रूपमा व्यवहार गर्ने भने, के त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइसँग बाझिन्छ? (हो।) यो कसरी बाझिन्छ? ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइको उद्देश्य खराब वा बेइज्जतपूर्ण कुराहरू गर्नुको सट्टा वा आफ्नो कुरूप पक्ष खुलासा गर्नुको सट्टा मानिसहरूलाई आफ्नो उज्यालो र रङ्गिन पक्षमा बाँच्न र आफूलाई राम्रो देखाउने धेरै कामहरू गर्नमा महत्त्व दिन लगाउनु हो, र तिनीहरूलाई अभिमान वा मर्यादाबिना बाँच्नबाट रोक्नु हो। आफ्नो प्रतिष्ठाको खातिर, आफ्नो अभिमान र सम्मानको खातिर, कसैले पनि आफ्नो बारेमा सबै कुरा बकवास बनाउनु हुँदैन, अरूलाई आफ्नो कालो र लाजमर्दो पक्षहरूबारे बताउने त झन् कुरै नगरौँ, किनभने व्यक्ति अभिमान र मर्यादासाथ बाँच्नुपर्छ। मर्यादा प्राप्त गर्नको लागि व्यक्तिलाई राम्रो प्रतिष्ठा चाहिन्छ, र राम्रो प्रतिष्ठा प्राप्त गर्नको लागि व्यक्तिले नाटक गर्नुपर्छ र आफ्नो रूपरङ्ग राम्रो पार्नुपर्छ। के यो आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्ने कार्यसँग बाझिन्छ? (हो।) जब तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्छस्, तब तैँले गरिरहेको त्यो कार्य ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइको पूर्ण विपरीत हुन्छ। यदि तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्न चाहन्छस् भने, घमण्डलाई महत्त्व नदे; व्यक्तिको घमण्डको मोल एक सुक्को नि हुँदैन। सत्यता सामना गर्दा, व्यक्तिले आफूलाई खुलासा गर्नुपर्छ, नाटक गर्ने वा झूटो छवि सिर्जना गर्ने गर्नु हुँदैन। व्यक्तिले परमेश्वरलाई आफ्ना साँचा विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, र यस्तै अन्य कुराहरू खुलासा गर्नुपर्छ, र यी कुराहरू आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसामु पनि खुलासा गर्नुपर्छ। यो आफ्नो प्रतिष्ठाको खातिर बाँच्नुसँग सम्बन्धित कुरा होइन, बरु यो त इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्नको खातिर, सत्यता पछ्याउनको खातिर, सृष्टि गरिएको साँचो प्राणीको रूपमा जिउनको खातिर, र परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनको खातिर बाँच्नुसँग सम्बन्धित कुरा हो। तर तैँले जब यो सत्यता बुझ्दैनस्, र जब परमेश्वरका अभिप्राय बुझ्दैनस्, तब तेरो परिवारले तँलाई अभ्यस्त पारी तँमाथि घुसाइदिएका कुराहरू नै हाबी हुन्छन्। त्यसकारण, जब तैँले कुनै गलत काम गर्छस्, तब यसलाई ढाकछोप गर्छस् र नाटक गर्दै यस्तो सोच्छस्, ‘मैले यसबारे केही भन्नु हुँदैन, र यसबारे थाहा पाउने अरू कसैलाई पनि मैले केही भन्न दिनेछैनँ। यदि तिमीहरूमध्ये कसैले केही भन्यौ भने, म तिमीहरूलाई त्यतिकै छोड्नेवाला छैनँ। मेरो प्रतिष्ठा नै पहिलो स्थानमा आउँछ। प्रतिष्ठाको खातिर बाँचिँदैन भने त्यसरी बाँच्नु व्यर्थ हो, किनभने यो अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिले आफ्नो प्रतिष्ठा गुमायो भने, उसले आफ्नो सबै मर्यादा गुमाउँछ। त्यसकारण, जस्तो छ त्यस्तै भन्नु हुँदैन, नाटक गर्नुपर्छ, कुराहरू ढाकछोप गर्नुपर्छ, नत्र आफ्नो प्रतिष्ठा र मर्यादा गुम्नेछ, र जीवन बेकार हुनेछ। यदि तिमीलाई कसैले पनि आदर गर्दैन भने, तिमी बेकार हौ, मूल्यहीन फोहोर हौ।’ के यस तरिकाले अभ्यास गरेर इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्न सम्भव हुन्छ र? के पूर्ण रूपमा खुलस्त भएर आफैलाई चिरफार गर्नु सम्भव हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो। तैपनि, यदि तैँले सत्यता पछ्याउन र सत्यता अभ्यास गर्नको लागि यो भनाइ त्यागिस् भने, यसले तँलाई असर गर्न छोड्नेछ, र यो तेरो आदर्श वाक्य वा तेरो काम गर्ने सिद्धान्त बन्न छोड्नेछ, र यसको साटो तैँले जे गर्छस् त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने यो भनाइको पूर्णविपरीत हुनेछ। अनि, तँ आफ्नो प्रतिष्ठाको खातिर बाँच्नेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै बाँच्नेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउनको खातिर र इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्दै अनि परमेश्वरलाई सन्तुष्ट पार्ने र सृष्टि गरिएको साँचो प्राणीको रूपमा बाँच्ने प्रयास गर्दै जिउनेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तैँले आफूमाथि परिवारले पारेका सिकाइने कुराका प्रभावहरू त्यागिसकेको हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्वरका वचनहरू पढिसकेपछि, मलाई मेरी आमाले म सानो छँदादेखि नै जीवनमा इज्जत जोगाउनुपर्छ, र बाहिरी मानिसहरूलाई कहिल्यै आफ्नो नराम्रो पक्ष देखाउनु हुँदैन, नत्र तिनीहरूले तुच्छ ठान्नेछन् भनेर सिकाएको कुरा याद आयो। त्यस बेलादेखि नै, “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने शैतानी विष मेरो हृदयमा गहिरोसँग जरा गाडेर बसेको थियो। म मानिसहरूले जीवनमा इज्जत जोगाउनुपर्छ, र आफ्ना कमी र कमजोरीहरूलाई कहिल्यै त्यतिकै खुलासा गर्नु हुँदैन; यदि तिनीहरूले त्यसो गरेमा, आफूलाई गिराउनेछन् र आफ्नो निष्ठा वा मर्यादा गुमाउनेछन् भनी विश्वास गर्थेँ। यी सोच र रायहरूको नियन्त्रणमा परेर, मैले इज्जत जोगाउन विशेष ध्यान दिएँ, र म आफ्ना कमजोरी र कमीहरूलाई कहिल्यै त्यतिकै खुलासा गर्दिनथेँ, र तिनलाई ढाकछोप गर्ने र लुकाउने तरिकाहरू खोज्न प्रयाससमेत गर्थेँ। उदाहरणका लागि, म स्कुलमा छँदा, मैले केही प्रश्न राम्ररी नबुझेकी भए पनि, अरूलाई सोधेमा मेरो इज्जत गुम्नेछ र म तल पर्नेछु भनेर डराउँथेँ, त्यसैले म सोध्दिनथेँ। अहिले, आफ्नो कर्तव्य निर्वाह गर्दा पनि यस्तै हुन्थ्यो। जब सबै जना सँगै समस्याहरू छलफल गर्छन्, तब त्यो आफ्ना बुझाइ र विचारहरू आदान-प्रदान गर्नका लागि हो। हामीले जति बुझेका छौँ त्यति कुरा गर्नुपर्छ। हामी जति धेरै सङ्गति गर्छौँ, त्यति नै स्पष्ट हुन्छौँ, र समस्याहरू अझ विस्तृत रूपमा बुझ्छौँ। यो कामका लागि फाइदाजनक हुन्छ र यसले एकअर्काका कमीहरू पनि पूर्ति गर्न सक्छ। तर, यदि मैले अत्यन्तै धेरै गल्ती गरेँ भने, त्यसले मलाई कमजोर क्षमता भएको देखाउनेछ भनेर म डराउँथेँ। त्यसैले म आफ्ना रायहरू व्यक्त गर्दा, एकदमै होसियार हुन्थेँ। केही भन्नुअघि मैले वाक्यलाई दिमागमा धेरैपटक सोच्नुपर्थ्यो, होसियार भइनँ भने आफूलाई लज्जित पार्नेछु भनेर म डराउँथेँ। म समस्याहरूलाई स्पष्टसँग विस्तृत रूपमा हेर्न सक्दिनथेँ, तैपनि म आफ्ना विचारहरू इमानदारीपूर्वक बोल्ने आँट गर्दिनथेँ। म प्रशंसित हुने आफ्नो लक्ष्य हासिल गर्न अरूका बुझाइ र रायहरू चोर्नसमेत चाहन्थेँ। जब सुपरिवेक्षकले मलाई सङ्गतिमा अगुवाइ लिन लगाइन्, तब मैले सक्रिय भई सङ्गति गर्नुभन्दा समय खेर फाल्न र प्रगतिमा ढिलाइ गर्न रुचाएँ। आफ्नो राय व्यक्त गर्नु एकदमै पीडादायी लाग्थ्यो, र मैले कर्तव्य त्याग्नेबारे समेत सोचेँ। म आफ्नो कर्तव्य निर्वाह गर्नु र सत्यता अभ्यास गर्नुलाई भन्दा इज्जत जोगाउनुलाई बढी महत्त्व दिन्थेँ। मैले यी शैतानी विषहरूअनुसार जिएर म निकै स्वार्थी र छली भएकी रहेछु भन्ने देखेँ, मलाई सधैँ सरल हृदयले खुलस्त हुँदा आफू लज्जित हुने जोखिम हुन्छ, र यदि मैले गलत राय व्यक्त गरेँ भने, त्यो साह्रै लाजमर्दो हुनेछ भन्ने लाग्थ्यो। तर, परमेश्वर यसलाई त्यसरी हेर्नुहुन्न। परमेश्वर हामी इमानदार मानिस बनेको, आफ्ना साँचो विचारहरू उदाङ्गो पारेको, र जति बुझेका छौँ त्यति नै सङ्गति गरेको, अनि खुलस्त रूपमा आफूलाई आचरणमा ढालेको चाहनुहुन्छ, र तब मात्र हामी मर्यादा र निष्ठाका साथ जिउन सक्छौँ। ममा धेरै कमी र कमजोरी छन्, र सबैको सङ्गतिमार्फत, मेरा कमीहरूको पूर्ति हुन सक्छ। वास्तवमा यो मेरा लागि सत्यता बुझ्ने राम्रो अवसर हो। तर, मैले सधैँ इज्जत जोगाउने प्रयास गरेँ र म नकारात्मक र निष्क्रिय भएँ, मैले सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाएँ। मैले आफूलाई हानि गरिरहेकी थिएँ!
पछि, मैले आफ्ना समस्याहरूबारे खोजी गर्न जारी राखेँ, र अभ्यासको मार्ग अझ स्पष्ट भयो। मैले परमेश्वरका वचनहरू पढेँ: “इमानदार व्यक्ति बन्न, तैँले सुरुमा आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो अनुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नै हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमानदार व्यक्ति मान्नेछन्। यही नै इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास, अनि पूर्वसर्त हो। यदि तैँले सधैँ ढोँग गरिरहेको हुन्छस्, सधैँ पवित्रता, आदर्शता, महानता, उच्च चरित्रको ढोँग गरिरहेको हुन्छस् भने; यदि तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा त्रुटिहरू देख्न दिँदैनस् भने; यदि तैँले मानिसहरूलाई तँमा निष्ठा छ, र तँ महान्, आत्मत्यागी, न्यायसङ्गत र निस्वार्थ छस् भनी विश्वास दिलाउन तिनीहरूसामु झुटो छवि प्रस्तुत गर्छस् भने, के यो छलीपन र झुटोपन होइन र? के मानिसहरूले समयसँगै तँलाई छर्लङ्ग देख्नेछैनन् र? त्यसकारण, देखावटी भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदय उदाङ्गो पार्। यदि तैँले अरू मानिसहरूले देखून् भनेर आफ्नो हृदय उदाङ्गो पार्न सक्छस् भने, यदि तँ आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सबै सोच र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के यो इमानदारिता होइन र? … के यो हासिल गर्न सजिलो छ? यसका लागि केही समयको अभ्यासका साथै बारम्बारको प्रार्थना अनि परमेश्वरमाथिको भर-पराइ आवश्यक पर्छ। तैँले सबै मामलाहरूमा सरल र खुलस्त रूपमा आफ्ना हृदयका कुरा बोल्न आफैलाई तालिम दिनैपर्छ। यस प्रकारको तालिमले तैँले प्रगति गर्न सक्छस्। यदि तैँले ठूलो कठिनाइ सामना गरिस् भने, परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र सत्यता खोज्नैपर्छ; तैँले सत्यता अभ्यास गर्न नसकुञ्जेल, हृदयमा लडाइँ गरेर देहलाई जित्नुपर्छ। यसरी अलिअलि गर्दै आफूलाई तालिम दिँदा, तेरो हृदय बिस्तारै खुल्नेछ। तँ झन्झन् विशुद्ध हुँदै जानेछस्, र तेरा शब्द र व्यवहारका प्रभाव पहिलेका भन्दा फरक हुनेछन्। तेरा झूट र जालझेलहरू झन्झन् कम हुँदै जानेछन्, र तँ परमेश्वरको अघि जिउन सक्नेछस्। त्यसपछि, तँ सारगत रूपमै इमानदार व्यक्ति बनेको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने जब मण्डलीमा भेला भएर सङ्गति गरिन्छ वा कामबारे छलफल गरिन्छ, तब व्यक्ति सरल हृदयको र खुलस्त हुनैपर्छ, र इमानदार व्यक्ति बन्नैपर्छ, आफ्नै अभिमान वा हितको ख्याल गर्नु हुँदैन, वा आफूलाई ढाकछोप गर्ने र भेष बदल्ने गर्नु हुँदैन। तपाईँले आफ्नो कर्तव्यमा कुनै समस्याहरू पत्ता लगाउनुहुँदा, खुलस्त भएर त्यसबारे बोल्नुपर्छ, र आफ्ना रायहरू व्यक्त गर्न डराउनु हुँदैन। यो मण्डलीको कामका लागि फाइदाजनक छ, र ब्रदर-सिस्टरहरू एकअर्काका पूरक बन्न सक्छन्। पहिले, म सधैँ आफ्नो अभिमानको बन्धनमा परेकी हुन्थेँ र आफ्ना रायहरू व्यक्त गर्ने आँट गर्दिनथेँ। हामीले प्रवचनहरू छलफल गर्दैपिच्छे, म ठूलो दबाब महसुस गर्थेँ। म आफ्ना कमीहरू खुलासा हुनेछन् भनेर डराउँथेँ, त्यसैले म आफ्नो राय व्यक्त गर्न ढिलाइ गर्थेँ, जसले गर्दा पटक-पटक प्रगति रोकिन्थ्यो। मैले कुनै प्रगति गर्न नसकेको मात्र होइन, मलाई परमेश्वरले घृणा पनि गर्नुहुन्थ्यो। यो सत्यता अभ्यास नगर्नुको तितो फल थियो! मैले प्रभु येशूले भनेको कुरा सम्झेँ: “साँच्चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। परमेश्वर इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ। यदि म सानो बच्चाजस्तो सरल हृदयको र इमानदार हुन सकिनँ भने, मैले मुक्ति पाउनेछैन। त्यस अवधिमा, म प्रायः परमेश्वरलाई प्रार्थना गर्थेँ, र उहाँलाई मेरो हृदयको छानबिन गर्न र मलाई आस्था र बल दिनुहोस् भनी बिन्ती गर्थेँ। म आफ्नो अभिमान र हित त्याग्न, सत्यता अभ्यास गर्न, र इमानदार व्यक्ति बन्न, र जति बुझेको छु त्यति नै बोल्दा, सरल हृदयको भई खुलस्त हुन, र अबउसो आफ्नै अभिमान र हैसियतको सुरक्षा नगर्न इच्छुक थिएँ।
चाँडै, म लेखन-पठनको कर्तव्य पूरा गर्न अर्को ठाउँमा गएँ। एकपटक, एउटा प्रवचन छलफल गर्दा, मैले त्यसमा भएको एउटा समस्या छर्लङ्ग देख्न सकिनँ। धेरैपटक पढेपछि पनि, म अलिक अन्योलमै थिएँ, त्यसैले म आफ्नो राय व्यक्त गर्न हिचकिचाएँ। समय बित्दै जाँदा, म झन्-झन् आत्तिन थालेँ। मैले मनमनै सोचेँ, “यो प्रश्नबारे म अझै त्यति स्पष्ट छैनँ। के मैले यसबारे केही बोल्नुपर्छ? हालै प्रवचनबारे छलफल गर्दा मैले व्यक्त गरेका रायहरूमा प्रायः केही विचलन आएका छन्। यदि मैले फेरि केही गलत भनेँ भने के गर्ने? सुपरिवेक्षक र मसँगै काम गर्ने सिस्टरले मलाई के सोच्नेछन्? उनीहरूले मेरो क्षमता निकै कमजोर छ र म यो कर्तव्यका लागि योग्य छैनँ भन्ने सोच्नेछन्? सायद मैले मसँगै काम गर्ने सिस्टरले बोलेको पर्खनुपर्छ। म उनको राय सुन्नेछु र त्यसपछि आफूले बोल्ने कि नबोल्ने भनेर निर्णय गर्नेछु।” तर, त्यसपछि मैले के सोचेँ भने, यदि मैले अझै ढिलो गरेँ भने, यसले समय बर्बाद गर्नेछ। मैले चुपचाप मनमनै प्रार्थना गरेँ, र परमेश्वरलाई मेरो हृदय शान्त पार्नुहोस् भनी बिन्ती गरेँ ताकि म अभिमानको बन्धनमा पर्न छोड्न र जति बुझेको छु त्यति सङ्गति गर्न सकूँ। मलाई परमेश्वरका वचनहरू याद आयो: “देखावटी भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदय उदाङ्गो पार्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरूले मेरो हृदयमा शक्ति दिए। मैले त्यो समस्या गहिरिएर बुझ्न नसकेकी भए पनि, मसँग आफ्नै राय थियो। मैले साहसी बनेर आफ्नो मनको कुरा भन्नुपर्थ्यो, अनि ढाकछोप गर्न र भेष बदल्न बन्द गर्नुपर्थ्यो। त्यसैले, मैले आफ्ना रायहरू बाँडेँ र आफ्नो अन्योलबारे कुरा गरेँ। सुपरिवेक्षकले मेरा रायहरूका केही विवरणबारे छलफल गरिन् र यसमार्फत, मलाई अन्योलमा पारिरहेको समस्या समाधान भयो, र मैले आफ्नै कमी र कमजोरीहरू पनि देखेँ। मैले आफ्ना राय र सोचहरू व्यक्त गरेकामा म एकदमै खुसी भएँ, नत्र म त्यस समस्याबारे अझै अन्योलमै हुनेथिएँ। यो कदम चाल्दा मेरा कमीहरू प्रकट भएका भए पनि, त्यसले तिनको पूर्ति गर्न पनि मदत गर्यो। त्यसपछि, कामबारे कुराकानी गर्दा वा प्रवचनहरूबारे छलफल गर्दा, म सचेत रूपमा आफ्नो अभिमान त्याग्थेँ र जति बुझेको छु त्यति बोल्थेँ। यसले मेरा धेरै कमी र कमजोरी प्रकट गरे पनि, र मैले केही इज्जत गुमाए पनि, म सम्बन्धित सत्यता सिद्धान्तहरूबारे अझ स्पष्ट भएँ, र मेरो कर्तव्य निर्वाह गर्ने दक्षतामा धेरै सुधार भएको छ। मैले सत्यता अभ्यास गर्दा र इमानदार व्यक्ति बन्दा मलाई धेरै फाइदा भएको छ भन्ने अहिले अनुभव गरेकी छु। अब कर्तव्य निर्वाह गर्दा म धेरै बोझहरूमा अल्झिँदिनँ, र मेरो मन अझ धेरै सरल भएको छ। मैले प्राप्त गरेको थोरै अभ्यास र प्रवेश परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनको नतिजा हो। परमेश्वरलाई धन्यवाद!