८०. म किन सधैँ आफ्नो राय व्यक्त गर्न डराउँथेँ

सिन चुन, चीन

सन् २०२४ मार्चमा, हाम्रा समस्याहरूको सार निकाल्न र हामीसँग कामबारे कुराकानी गर्न सुपरिवेक्षक हामीकहाँ आउनुभयो। हामीले एउटा प्रवचन सँगै छलफल गर्दा, सबैभन्दा पहिला मैले नै आफ्नो राय व्यक्त गरेँ, तर मैले व्यक्त गरेको राय गलत थियो, त्यसपछि मैले लगातार व्यक्त गरेका दुईवटा राय पनि गलत नै थिए। यस कुराले मलाई निकै लज्जित पार्‍यो। “सुपरिवेक्षकसँगको पहिलो कुराकानीमा मैले एकदमै धेरै गल्ती गरेकी छु। यो त साह्रै लाजमर्दो कुरा हो! मसँगै काम गरिरहेकी सिस्टरले भर्खरै यो कर्तव्य सुरु गरेकी भए पनि केही समस्या पत्ता लगाउन सकिन्, तर मैले लामो समयदेखि तालिम लिइरहेकी भए पनि, म अझै कामकुराहरूलाई गलत तरिकाले हेर्थेँ। के सुपरिवेक्षकले म भर्खरै आएकी सिस्टरजति सिपालु छैनँ भन्ने सोच्नेछिन्? अर्कोचोटि म आफ्नो राय व्यक्त गर्न हतार गर्नेछैनँ। म अरू सबैले बोलिनसकुन्जेल पर्खनेछु, त्यसपछि बताउनेछु, जुन अझ सुरक्षित हुनेछ।” भोलिपल्ट, जब हामीले सँगै एउटा प्रवचन पढिरहेका थियौँ, तब मैले यसबारे ध्यान दिएर मनन गरेँ र केही समस्या भेट्टाएँ। तर, म ती कुराहरूलाई सही तरिकाले हेरिरहेकी छु कि छैनँ भन्ने कुरामा म निश्चित थिइनँ, अनि मैले मनमनै सोचेँ, “यसपटक म चलाख बन्नुपर्छ। अरूले यसलाई कसरी मूल्याङ्कन गर्दा रहेछन्, पहिला म त्यो सुन्नेछु। त्यसपछि, जब म बोल्छु, तब म सबैका दृष्टिकोणहरू समेट्नेछु। यसो गर्नु बढी भरपर्दो हुन्छ, अनि यसले गर्दा सबैलाई म समस्याहरू पत्ता लाउन सक्छु र मेरो क्षमता त्यति नराम्रो छैन भन्ने लाग्नेछ।” तर समय बित्दै गयो, र कसैले केही भनेन। मैले छड्के नजरले हेर्दा, उनीहरू अझै गहिरो सोचमा थिए, अनि मैले मनन गर्न थालेँ, “अहिले धेरै समय बितिसकेको भए पनि, म बोल्ने पहिलो व्यक्ति बन्नु हुँदैन। यदि मैले फेरि केही गलत भनेँ भने त साह्रै लाजमर्दो हुनेछ।” त्यसैले, मैले समस्याबारे गम्भीर भएर सोचिरहेको स्वाङ पारेँ। धेरै समयपछि मात्रै केही सिस्टरले बोल्न सुरु गरे। अरू सबैले आ-आफ्नो राय राखिसकेपछि, मैले उनीहरूका रायहरूलाई आफ्नोसँग मिलाएर सँगै छलफल गरेँ। बोल्दा म एकदमै घबराएँ, र मेरो राय गलत हुन्छ र फेरि मेरो इज्जत गुम्छ कि भनेर डराएँ। पछि, सुपरिवेक्षकको विश्लेषण मूलतः मेरो रायसँग मेल खायो। म मनमा भित्रभित्रै खुसी भएँ, र मैले केही हदसम्म आफ्नो अभिमान जोगाउन सकेको महसुस गरेँ। तर दुई दिनपछि, सुपरिवेक्षकले प्रवचनहरू छलफल गर्दा हामी आफ्नो राय व्यक्त गर्न सक्रिय नभएको याद गरिन्; हामीले आलटाल गरेर समय बर्बाद गरेका थियौँ। उनले हाम्रा समस्याहरू खुलासा गरिदिइन्। मैले लामो समयदेखि यो कर्तव्य निर्वाह गर्दै आएकी र म टोली अगुवा भएकी कुराबारे सोचेँ। मैले सक्रिय रूपमा सङ्गति गर्नुपर्थ्यो र छलफलमा सबैलाई अगुवाइ गर्नुपर्थ्यो, तर मैले आफूसँग रायहरू हुँदासमेत सङ्गति गरिनँ। के मैले समय मात्रै बर्बाद गरिरहेकी थिइनँ र? पछि, जब हामीले फेरि प्रवचनहरू छलफल गर्‍यौँ, तब मैले अग्रसर भएर आफ्ना रायहरू व्यक्त गरेँ, र मैले पत्ता लगाएका सबै समस्याहरू छलफल गरेँ। तर, जब मैले केही समस्यालाई गहिरिएर बुझ्न सकिनँ र मेरा टिप्पणीहरू एकतर्फी भए र सटीक भएनन्, तब मलाई एकदमै लाज लाग्यो। एक-दुईपटक आफ्नो राय व्यक्त गरेपछि, म फेरि निष्क्रिय बनेँ, र सधैँ पर्खेर मात्रै अन्तिममा बोल्ने गरेँ। म प्रवचनहरू छलफल गर्न पनि झन्-झन् धेरै भयभीत भएँ, म सधैँ आफ्ना कमीहरू खुलासा हुनेछन् भनेर डराउँथेँ। म आफ्नो राय व्यक्त गर्दैपिच्छे ठूलो दबाब महसुस गर्थेँ, र यो कर्तव्य नै पूरा गर्न नपरे हुन्थ्यो भन्ने सोचहरूसमेत ममा आउँथे।

एक दिन, जब हामी प्रवचनहरूमा रहेका समस्याहरू छलफल गरिरहेका थियौँ, सुपरिवेक्षकले पहिलो बोल्न मेरो नाम बोलाइन्। मैले केही पनि भनिनँ। सुपरिवेक्षकले भनिन्, “तपाईँ टोली अगुवा हुनुहुन्छ। तपाईँ किन कहिल्यै अग्रसर भएर सङ्गति गर्नुहुन्न? तपाईँको आफ्नै कुनै राय छैन कि तपाईँ आफ्नो भ्रष्ट स्वभावद्वारा बन्धनमा परिरहनुभएको छ?” त्यसपछि, सुपरिवेक्षकले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाइन्: “सद्भावपूर्ण सहकार्य आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त हो। जबसम्‍म तैँले त्यसमा आफ्‍नो सारा हृदय, सारा मेहनत, अनि आफ्नो अर्पण लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्। यदि तँसँग कुनै विचार वा उपाय छ भने, यो कुरा अरूलाई बता; यो कुरालाई रोक्‍ने वा लुकाउने काम नगर्। यदि तँसँग सल्लाह-सुझाव छन् भने, ती दे; जसको विचार सत्यताअनुरूप छ त्यो स्वीकार र पालना गर्नुपर्छ। यसो गरिस् भने, तैँले सद्भावपूर्ण सहकार्य हासिल गर्नेछस्। अर्पणका साथ आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको यही हो। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै लिनुपर्दैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा ‘फुलेको एउटै फूल’ हुन वा अरूभन्दा फरक देखिन खोज्ने पनि गर्नु पर्दैन; बरु, तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न सिक्नु, र आफूले सक्‍ने सबै गर्नु, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्नु, र त्यसमा आफ्‍नो सारा मेहनत लगाउनु आवश्यक हुन्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। … तँसँग बल कम होला, तर यदि तँ अरूसँग सहकार्य गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सच्चा व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्‍याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अघि बढ्ने मार्ग पाउँछन्, र सामञ्जस्यताका साथ सहकार्य गर्न सक्छन्, र हृदयमा एकीकृत भएर सँगै लागिपर्छन्, अनि समान विचार र धारणा राख्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, तँ परमेश्‍वरको नजरमा सत्यता अभ्यास गर्ने व्यक्ति, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति हुनेछस्। तैँले गरेको कुरा परमेश्‍वरले सम्झना गर्नुहुनेछ। यसैलाई अर्पित भई आफ्नो कर्तव्य निर्वाह गरेको भनिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। सुपरिवेक्षकले सङ्गति गर्दै भनिन्, “परमेश्‍वर हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा, हामीले सद्भावपूर्ण सहकार्य गरौँ, सही अभिप्राय राखौँ, र मण्डलीको कामको सुरक्षा गरौँ भन्ने माग गर्नुहुन्छ। उदाहरणका लागि, जब हामी सँगै प्रवचनहरू छलफल गर्छौँ, तब हामीले पत्ता लगाएका जति समस्याहरूबारे बोल्न हामी अग्रसर हुनुपर्छ, सरल हृदयले खुलस्त हुनुपर्छ, अनि हाम्रा कमजोरीहरू पूर्ति गर्न एकअर्काका सबलताहरूबाट सिक्नुपर्छ। हामीले अरूले जस्तो विस्तृत रूपमा सङ्गति नगरे पनि, कम्तीमा हाम्रा अभिप्रायहरू त सही हुन्छन्, र यस क्रममा हामीले सत्यता अभ्यास गरिरहेका हुन्छौँ। यदि हामी निरन्तर आफूलाई ढाकछोप गर्छौँ र भेष बदल्छौँ, व्यक्तिगत हितहरूको सुरक्षा गर्छौँ भने, परमेश्‍वर यो गर्ने मानिसहरूलाई मन पराउनुहुन्न। त्यसबाहेक, सबै जना अहिले केही समयदेखि सँगै काम गर्दै आएका छौँ, र हामी एकअर्कालाई बुझ्छौँ। यदि हामी चुप लाग्यौँ भने अरूले हाम्रा कमीहरू देख्दैनन् भन्ने सोचेर हामीले केवल आफूलाई ढाकछोप गर्ने र आफ्नो भेष बदल्ने गरिरह्यौँ भने, त्यो ठूलो मूर्खता हो। हामी सत्यता सिद्धान्तहरूमा प्रगति गर्न असफल हुनेछौँ मात्र होइन, हामीले आफ्नो कर्तव्य निर्वाहमा पनि रोकावट ल्याउनेछौँ। यदि यो लामो समयसम्म चलिरह्यो भने, हामीले पवित्र आत्माको काम गुमाउनेछौँ।” सुपरिवेक्षकको सङ्गति सुनेर, लाजले मेरो अनुहार रातो भयो, र म मर्माहत भएँ। मैले लामो समयदेखि यो टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी थिएँ, र मैले जतिसुकै समस्याहरू पत्ता लगाए पनि, सरल हृदयले खुलस्त भएर तीबारे कुरा गर्नुपर्थ्यो, र सक्रिय छलफलमा सबैलाई अगुवाइ गर्नुपर्थ्यो। यो कामको ख्याल गर्नु र सत्यता अभ्यास गर्नुको प्रकटीकरण हो। तर मैले आफ्नो अभिमानको मात्र ख्याल गरेँ, र आफ्नै कमीकमजोरीहरूलाई सही तरिकाले लिन सकिनँ। मलाई लाग्थ्यो, मैले आफ्ना राय र विचारहरू पहिले व्यक्त गरेँ भने मेरा कमीहरू खुलासा हुनेछन्, जसले गर्दा मेरो क्षमता कमजोर भएको देखिनेछ। त्यसैले, अरू सबैले आ-आफ्ना रायहरू व्यक्त गरिनसकुन्जेल म पर्खिरहन्थेँ, त्यसपछि तिनलाई आफ्नो बुझाइसँग जोडेर कुरा गर्थेँ। यसरी म अझ विस्तृत र विशिष्ट रूपमा बोल्न सक्थें, ताकि मानिसहरूले मेरो प्रशंसा गरून् र म राम्रो देखिऊँ। टोली अगुवाका रूपमा, म कामको ख्याल गर्दिनथेँ, र गल्ती गर्दा मलाई लाज लाग्थ्यो, त्यसैले कसैले मलाई छर्लङ्ग नदेखोस् भनेर म ती गल्तीहरूलाई ढाकछोप गर्ने र आफ्नो भेष बदल्ने हरसम्भव प्रयास गर्थेँ। परिणामस्वरूप, समस्याहरूबारे छलफल हुँदा म त्यहाँ निष्क्रिय भएर पर्खन्थेँ, जसले गर्दा कामको गति सुस्त हुन्थ्यो। मैले आफ्नो कर्तव्य बिलकुलै निर्वाह गरिरहेकी हुन्थिनँ। बरु, मैले त आडम्बर देखाउन र अरूलाई मेरो प्रशंसा गर्न लगाउन प्रवचनहरू छलफल गर्ने अवसर प्रयोग गरिरहेकी थिएँ। म सधैँ आफ्नो राय व्यक्त गर्ने अन्तिम व्यक्ति हुन्थेँ। मैले व्यक्त गरेका रायहरू अझ विस्तृत हुने भए पनि र मैले आफ्नो इज्जत जोगाए पनि, म आफ्नै कमीकमजोरीहरू पत्ता लगाउन सक्दिनथेँ, र आफू समस्याहरूको मूल्याङ्कन गर्न सिपालु छु भन्नेसमेत सोच्थेँ। वास्तवमा, मेरो क्षमता कस्तो छ भन्ने सबैलाई थाहा थियो, तर म अझै पनि एउटा जोकरले जस्तो तमासा देखाउने र आफ्नै प्रदर्शनको प्रशंसा गर्ने गरिरहेकी थिएँ। म साँच्चै साह्रै मूर्ख थिएँ!

राति, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, यस अवधिमा म निरन्तर अभिमान र हैसियतका लागि जिइरहेकी छु, र म सधैँ आफ्ना रायहरू व्यक्त गर्न डराउँदै आएकी छु। तर, मसँग अझै पनि मेरो भ्रष्टताबारे कुनै बुझाइ छैन। बिन्ती छ, मलाई आफ्ना समस्याहरू चिन्न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ, र त्यसमा खोजेर मनन गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिस कमजोर क्षमता वा सोझो भएका कारण, र जटिल विचारहरू नभएका कारण विरलै बोल्छन्, तर जब ख्रीष्टविरोधीहरू विरलै बोल्छन्, त्यसको त्यही कारण होइन; त्यो त स्वभावको समस्या हो। तिनीहरू अरूलाई भेट्दा विरलै बोल्छन् र अरूले केका बारेमा कुरा गरिरहेका छन् भन्नेबारे आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन्। किन तिनीहरू आफ्नो दृष्टिकोण व्यक्त गर्दैनन्? पहिलो कुरा, तिनीहरूमा निश्चय नै सत्यता हुँदैन र तिनीहरू कामकुरा छर्लङ्गै देख्न सक्दैनन्। यदि तिनीहरूले बोलेमा, तिनीहरूले गल्तीहरू गर्न सक्छन् र तिनीहरू छर्लङ्गै देखिन सक्छन्; तिनीहरू होच्याइमा परिएला भनी डराउँछन्, त्यसैले मौन भएको बहाना बनाउँछन् र गम्भीर र विचारशील भएको स्वाङ पार्छन्, जसले गर्दा अरूलाई तिनीहरूको अड्कल गर्न गाह्रो हुन्छ, र जसले गर्दा अरूले तिनीहरू बुद्धिमान् र प्रतिष्ठित छन् भनी सोच्छन्। यसरी, मानिसहरू ख्रीष्टविरोधीहरूलाई कम आँक्ने आँट गर्दैनन्, अनि तिनीहरूलाई बाहिर शान्त र स्थिर देखेर, उनीहरू तिनीहरूलाई उच्च सम्मान गर्छन्, र अनादर गर्ने आँट बिलकुलै गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल र दुष्ट पक्ष हो। तिनीहरू आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन् किनकि तिनीहरूका धेरैजसो दृष्टिकोणहरू सत्यतासँग मेल खाँदैनन्, बरु मानव धारणा र कल्पनाहरू हुन्, जुन खुलस्त पार्न पूर्णतया अनुचित हुन्छन्। त्यसैले, तिनीहरू मौन रहन्छन्। भित्री रूपमा तिनीहरू केही ज्योति पाइने आशा पनि गर्छन् जसलाई प्रकट गरेर तिनीहरूले अरूबाट उच्च सम्मान पाउन सकून्, तर तिनीहरूमा यो नभएकाले, तिनीहरू सत्यताको सङ्गतिका क्रममा चुपचाप र लुकेर बस्छन्, भूतजस्तै छायाँमा लुकेर अवसर पर्खिबस्छन्। अरूले ज्योति बाँडेको देख्दा, तिनीहरू त्यसलाई आफ्नो बनाउने उपायहरू खोज्छन्, देखावा गर्न त्यसलाई अर्को तरिकामा व्यक्त गर्छन्। ख्रीष्टविरोधीहरू यतिका धूर्त हुन्छन्। तिनीहरू आफूले जे गरे पनि अलग देखिने र श्रेष्ठ हुने कोसिस गर्छन्, किनकि तिनीहरूलाई यति गरेमा मात्र खुसी लाग्छ। यदि तिनीहरूले अवसर पाएनन् भने, तिनीहरू पहिला चुपचाप बस्छन्, र आफ्नो दृष्टिकोण आफूसँगै राख्छन्। यो ख्रीष्टविरोधीहरूको धुर्त्याइँ हो। उदाहरणका लागि, जब परमेश्‍वरको घरद्वारा कुनै प्रवचन जारी हुन्छ, तब कतिपय मानिसले त्यो परमेश्‍वरका वचनझैँ देखिन्छ भन्छन्, र अरूले चाहिँ त्यो माथिबाटको सङ्गतिझैँ देखिने सोच्छन्। तुलनात्मक रूपमा सिधासाधा मानिसहरू आफ्नो मनको कुरा बोलिहाल्छन्, तर ख्रीष्टविरोधीहरू यसबारे आफूसँग कुनै राय भए पनि त्यसलाई लुकाएर राख्छन्। तिनीहरू अवलोकन गर्छन् र बहुमतको दृष्टिकोणलाई पछ्याउन तयार हुन्छन्, तर वास्तवमा तिनीहरू त्यसलाई राम्ररी बुझ्न सक्दैनन्। के यस्ता चिप्लो र धूर्त मानिसहरूले सत्यता बुझ्न सक्छन् वा तिनीहरूमा साँचो खुट्ट्याउने क्षमता हुन सक्छ? सत्यता नबुझ्ने व्यक्तिले के कुरा पो छर्लङ्गै बुझ्न सक्छ र? उसले केही पनि छर्लङ्गै बुझ्न सक्दैन। कतिपय मानिस कामकुरालाई छर्लङ्गै बुझ्न नसके पनि गम्भीर भएको बहाना गर्छन्; वास्तवमा, तिनीहरूमा खुट्ट्याउने क्षमता हुँदैन र आफूलाई अरूले छर्लङ्गै बुझ्नेछन् भन्ने डर हुन्छ। यस्ता परिस्थितिमा हुनुपर्ने सही मनोवृत्ति हो: ‘हामी यस मामलालाई छर्लङ्गै बुझ्न सक्दैनौँ। हामीले आफूलाई थाहा नभएकाले लापरवाही रूपमा बोल्नु हुँदैन। गलत बोल्दा नकारात्मक असर पर्न सक्छ। म माथिले के भन्छन् त्यो पर्खेर हेर्नेछु।’ के त्यो इमानदारीसाथ बोल्नु होइन र? त्यस्तो सरल भाषा भएर पनि ख्रीष्टविरोधीहरू किन त्यो भन्दैनन्? तिनीहरू आफू छर्लङ्गै देखिएको चाहँदैनन्; तिनीहरूलाई आफ्नो औकात थाहा हुन्छ, तर भित्रभित्रै तिनीहरूमा अझै पनि घृणास्पद अभिप्राय हुन्छ—यस्तो होस् कि अरूले तिनीहरूलाई उच्च ठानून्। के यो सबैभन्दा घिनलाग्दो कुरा होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्‍वरले ख्रीष्टविरोधीहरू धूर्त र कुटिल हुन्छन् भनेर खुलासा गर्नुभएको छ। जब तिनीहरू आफ्नो बानीले नै धेरै बोल्दैनन्, तब त्यो तिनीहरू सतही मनको भएर वा तिनीहरूको विचार नभएर होइन। बरु, तिनीहरूसँग सत्यता नभएकाले र तिनीहरूले कामकुराहरू छर्लङ्ग देख्न नसक्ने भएकाले हो। तर, तिनीहरू आफ्ना कमीहरू प्रकट नहोऊन् भनेर गम्भीर भएको स्वाङ पार्छन्। तिनीहरू आफूलाई प्रदर्शन गर्न र आडम्बर देखाउन अरूका राय र अन्तर्ज्ञानहरू चोर्ने मौका कुरिरहेका हुन्छन्। तिनीहरूको प्रकृति साह्रै दुष्ट हुन्छ! मेरो स्थिति ठ्याक्कै परमेश्‍वरले खुलासा गरेको कुराजस्तै थियो। मैले लामो समयदेखि लेखन-पठनको कर्तव्य पूरा गरेर पनि आफूले यत्तिका धेरै कमीहरू प्रकट गरिरहेको देख्दा, मलाई ब्रदर-सिस्टरहरूले तुच्छ ठान्ने हुन् कि भनी चिन्ता लाग्थ्यो, र आफूले फेरि अझ धेरै गल्ती गरेर आफूलाई लज्जित पार्नेछु कि भनी म डराउँथेँ। त्यसैले, समस्याहरू छलफल गर्दा, म आफूसँग स्पष्ट रायहरू हुँदासमेत सङ्गति गर्दिनथेँ, र गम्भीर भएर मनन गरिरहेको स्वाङसमेत पार्थेँ, म आफू अन्तिम नभइन्जेल र सबैका रायहरू मिलाई नसकुन्जेल जानाजानी ढिलो गर्थेँ। त्यसरी, यदि मैले व्यक्त गरेको राय गलत भए पनि, अरू सबै पनि गलत हुनेथिए र मैले इज्जत गुमाउनेथिइनँ। यदि म सही भएकी भए, मैले भनेको कुरा मेरा सिस्टरहरूले भनेका कुराभन्दा राम्रा र पूर्ण हुनेथिए। यसले म जवान भए पनि मसँग राम्रो क्षमता छ र म समस्याहरूको मूल्याङ्कन गर्न सक्छु भनेर सबैलाई देखाउँथ्यो, जसले मलाई राम्रो देखाउँथ्यो। वास्तवमा, म समस्याहरूलाई विस्तृत रूपमा हेर्दिनँ र मेरो क्षमता कमजोर छ, तर मैले यसलाई सही तरिकाले सामना गर्न सकिनँ। म मानिसहरूलाई झुक्याउन र भ्रमित पार्न निरन्तर राम्रो क्षमता भएको व्यक्तिको भेष धारण गर्न चाहन्थेँ। म साँच्चै साह्रै दुष्ट र छली थिएँ। मैले प्रकट गरेको कुरा ख्रीष्टविरोधीको स्वभाव थियो, जसले परमेश्‍वरको घृणा र तिरस्कार निम्त्याउँछ!

मैले आफ्नो आत्मिक भक्तिको दौरान, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नो स्थितिपछाडि रहेको जड कारणबारे केही बुझाइ हासिल गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब तँलाई परिवारका अग्रजहरूले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,’ भनेर बारम्‍बार भन्छन्, यो तैँले आफूलाई राम्रो देखाउनमा महत्त्व दिएस्, तँ सम्मानपूर्वक जिएस्, र तैँले बेइज्जत हुने कामकुरा नगरेस् भन्नका लागि हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्‍याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्‍याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) निश्चय नै सक्दैन! परमेश्‍वरले मानिसहरूबाट माग गर्ने कुरा भनेको तिनीहरू इमानदार हुनुपर्छ भन्ने हो। जब तैँले अपराध गरेको हुन्छस्, वा केही गलत गरेको हुन्छस्, वा परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र सत्यताको विरुद्ध जाने केही गरेको हुन्छस्, तब तैँले आत्मचिन्तन गर्नुपर्छ, आफ्नो गल्ती चिन्नुपर्छ, र आफ्ना भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नुपर्छ; यसरी मात्रै तैँले साँचो पश्चात्ताप हासिल गर्न सक्छस्, र त्यसपछि परमेश्‍वरका वचनहरूअनुसार काम गर्न सक्छस्। इमानदार बन्ने अभ्यास गर्न मानिसहरूमा कस्तो प्रकारको मानसिकता हुनुपर्छ? के आवश्यक मानसिकता र ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइले देखाउने दृष्टिकोणबीच कुनै मतभेद छ? (छ।) उक्त मतभेद के हो? ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइले मानिसहरूलाई आफ्नो उत्कृष्ट प्रभाव जमाउन र आफूलाई राम्रो देखाउने कामहरू बढी गर्नलाई महत्त्व दिन—बरु खराब वा अपमानजनक कामहरू नगर्न, आफ्नो कुरूप पक्ष नदेखाउन—र सम्मान वा इज्जत नभएको जीवन नजिउन भन्छ। आफ्नो अभिमानको खातिर, आफूलाई राम्रो देखाउनका खातिर, व्यक्तिले आफू पूर्ण रूपमा बेकम्मा छु भनी भन्न सक्दैन, अरूलाई आफ्नो नराम्रो पाटो र लाजमर्दो पक्षहरू बताउने कुरा त परै जाओस्, किनभने व्यक्तिले सम्मानजनक र इज्जतिलो जीवन जिउनुपर्छ, र इज्जत हुनका लागि अभिमान चाहिन्छ, र अभिमान हुनका लागि ढोँग गर्नुपर्ने र आफूलाई सजाउनुपर्ने हुन्छ। के यो कुरा इमानदार व्यक्ति हुनुसँग बाझिँदैन र? (बाझिन्छ।) तँ इमानदार व्यक्ति बनिरहँदा, तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइलाई पहिले नै त्यागिसकेको हुन्छस्। यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, आफ्नो स्वरूपलाई महत्त्व नदे; व्यक्तिको स्वरूपको मूल्य एक पैसा पनि हुँदैन। सत्यताको उपस्थितिमा, व्यक्तिले आफ्नो खुलासा गर्नुपर्छ, ढोँग गर्नु वा बनावटी रूप देखाउनु हुँदैन। व्यक्तिले परमेश्‍वरलाई आफ्ना साँचो विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, आदि प्रकट गर्नुपर्छ, र यी कुराहरूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसामु पनि उदाङ्गो पार्नुपर्छ। यो आफ्नो अभिमानको खातिर जिउनु होइन, बरु इमानदार व्यक्ति बन्नका लागि जिउनु, सत्यतालाई पछ्याउनका लागि जिउनु, साँचो सृजित प्राणी बन्नका लागि जिउनु, र परमेश्‍वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनका लागि जिउनु हो। तर जब तँ यो सत्यता बुझ्दैनस्, र परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनस्, तब तेरो परिवारले तँलाई सिकाएका कुराहरू तेरो हृदयमा हाबी हुने गर्छन्। त्यसैले जब तँ केही गलत गर्छस्, तब तँ त्यसलाई लुकाउँछस् र ढोँग गर्छस्, र यसो सोच्छस्, ‘मैले यसबारे कसैलाई बताउन मिल्दैन, र म यो कुरा थाहा पाउने अरू कसैलाई पनि यसबारे मानिसहरूलाई बताउन दिनेछैन। यदि तिमीहरूमध्ये कसैले कसैलाई भन्यौ भने, म त्यसलाई सजिलै जान दिनेछैन। मेरो अभिमान पहिलो प्राथमिकता हो। जिउनु भनेको आफ्नो अभिमानबाहेक अरू केहीका लागि होइन, जुन अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिसँग अभिमान छैन भने, उसले आफ्नो सबै इज्जत गुमाउँछ। त्यसैले तँ साँचो बोल्न सक्दैनस्, तैँले ढोँग गर्नुपर्ने हुन्छ, तैँले ढाकछोप गर्नुपर्ने हुन्छ, नत्र तँसँग अभिमान वा इज्जत रहनेछैन, र तेरो जीवन बेकम्मा हुनेछ। यदि कसैले तँलाई आदर गर्दैन भने, तँ केवल बेकम्मा हुन्छस्, तँ केवल निकृष्ट रद्दी हुन्छस्।’ के यसरी अभ्यास गरेर इमानदार व्यक्ति बन्न सम्भव हुन्छ? के आफूलाई उदाङ्गो पार्न र आफूलाई चिरफार गर्न सम्भव हुन्छ? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो। तैपनि, यदि तैँले सत्यता पछ्याउन र सत्यता अभ्यास गर्नको लागि यो भनाइ त्यागिस् भने, यसले तँलाई असर गर्न छोड्नेछ, र यो तेरो आदर्श वाक्य वा तेरा कार्यहरूको सिद्धान्त बन्‍न छोड्नेछ, र यसको साटो तैँले जे गर्छस् त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने यो भनाइको पूर्णविपरीत हुनेछ। तँ आफ्नो अभिमानको खातिर जिउनेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै जिउनेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउने र इमानदार व्यक्ति बन्ने खातिर जिउनेछस् र तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न र साँचो सृजित प्राणीका रूपमा जिउन खोज्नेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तँलाई तेरो परिवारले सिकाएका कुराहरूलाई तैँले त्यागिसकेको हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मलाई मेरी आमाले म सानो छँदादेखि नै जीवनमा इज्जत जोगाउनुपर्छ, र बाहिरी मानिसहरूलाई कहिल्यै आफ्नो नराम्रो पक्ष देखाउनु हुँदैन, नत्र तिनीहरूले तुच्छ ठान्नेछन् भनेर सिकाएको कुरा याद आयो। त्यस बेलादेखि नै, “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने शैतानी विष मेरो हृदयमा गहिरोसँग जरा गाडेर बसेको थियो। म मानिसहरूले जीवनमा इज्जत जोगाउनुपर्छ, र आफ्ना कमी र कमजोरीहरूलाई कहिल्यै त्यतिकै खुलासा गर्नु हुँदैन; यदि तिनीहरूले त्यसो गरेमा, आफूलाई गिराउनेछन् र आफ्नो निष्ठा वा मर्यादा गुमाउनेछन् भनी विश्वास गर्थेँ। यी सोच र रायहरूको नियन्त्रणमा परेर, मैले इज्जत जोगाउन विशेष ध्यान दिएँ, र म आफ्ना कमजोरी र कमीहरूलाई कहिल्यै त्यतिकै खुलासा गर्दिनथेँ, र तिनलाई ढाकछोप गर्ने र लुकाउने तरिकाहरू खोज्न प्रयाससमेत गर्थेँ। उदाहरणका लागि, म स्कुलमा छँदा, मैले केही प्रश्न राम्ररी नबुझेकी भए पनि, अरूलाई सोधेमा मेरो इज्जत गुम्नेछ र म तल पर्नेछु भनेर डराउँथेँ, त्यसैले म सोध्दिनथेँ। अहिले, आफ्नो कर्तव्य निर्वाह गर्दा पनि यस्तै हुन्थ्यो। जब सबै जना सँगै समस्याहरू छलफल गर्छन्, तब त्यो आफ्ना बुझाइ र विचारहरू आदान-प्रदान गर्नका लागि हो। हामीले जति बुझेका छौँ त्यति कुरा गर्नुपर्छ। हामी जति धेरै सङ्गति गर्छौँ, त्यति नै स्पष्ट हुन्छौँ, र समस्याहरू अझ विस्तृत रूपमा बुझ्छौँ। यो कामका लागि फाइदाजनक हुन्छ र यसले एकअर्काका कमीहरू पनि पूर्ति गर्न सक्छ। तर, यदि मैले अत्यन्तै धेरै गल्ती गरेँ भने, त्यसले मलाई कमजोर क्षमता भएको देखाउनेछ भनेर म डराउँथेँ। त्यसैले म आफ्ना रायहरू व्यक्त गर्दा, एकदमै होसियार हुन्थेँ। केही भन्नुअघि मैले वाक्यलाई दिमागमा धेरैपटक सोच्नुपर्थ्यो, होसियार भइनँ भने आफूलाई लज्जित पार्नेछु भनेर म डराउँथेँ। म समस्याहरूलाई स्पष्टसँग विस्तृत रूपमा हेर्न सक्दिनथेँ, तैपनि म आफ्ना विचारहरू इमानदारीपूर्वक बोल्ने आँट गर्दिनथेँ। म प्रशंसित हुने आफ्नो लक्ष्य हासिल गर्न अरूका बुझाइ र रायहरू चोर्नसमेत चाहन्थेँ। जब सुपरिवेक्षकले मलाई सङ्गतिमा अगुवाइ लिन लगाइन्, तब मैले सक्रिय भई सङ्गति गर्नुभन्दा समय खेर फाल्न र प्रगतिमा ढिलाइ गर्न रुचाएँ। आफ्नो राय व्यक्त गर्नु एकदमै पीडादायी लाग्थ्यो, र मैले कर्तव्य त्याग्नेबारे समेत सोचेँ। म आफ्नो कर्तव्य निर्वाह गर्नु र सत्यता अभ्यास गर्नुलाई भन्दा इज्जत जोगाउनुलाई बढी महत्त्व दिन्थेँ। मैले यी शैतानी विषहरूअनुसार जिएर म निकै स्वार्थी र छली भएकी रहेछु भन्ने देखेँ, मलाई सधैँ सरल हृदयले खुलस्त हुँदा आफू लज्जित हुने जोखिम हुन्छ, र यदि मैले गलत राय व्यक्त गरेँ भने, त्यो साह्रै लाजमर्दो हुनेछ भन्ने लाग्थ्यो। तर, परमेश्‍वर यसलाई त्यसरी हेर्नुहुन्न। परमेश्‍वर हामी इमानदार मानिस बनेको, आफ्ना साँचो विचारहरू उदाङ्गो पारेको, र जति बुझेका छौँ त्यति नै सङ्गति गरेको, अनि खुलस्त रूपमा आफूलाई आचरणमा ढालेको चाहनुहुन्छ, र तब मात्र हामी मर्यादा र निष्ठाका साथ जिउन सक्छौँ। ममा धेरै कमी र कमजोरी छन्, र सबैको सङ्गतिमार्फत, मेरा कमीहरूको पूर्ति हुन सक्छ। वास्तवमा यो मेरा लागि सत्यता बुझ्ने राम्रो अवसर हो। तर, मैले सधैँ इज्जत जोगाउने प्रयास गरेँ र म नकारात्मक र निष्क्रिय भएँ, मैले सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाएँ। मैले आफूलाई हानि गरिरहेकी थिएँ!

पछि, मैले आफ्ना समस्याहरूबारे खोजी गर्न जारी राखेँ, र अभ्यासको मार्ग अझ स्पष्ट भयो। मैले परमेश्‍वरका वचनहरू पढेँ: “इमानदार व्यक्ति बन्‍न, तैँले सुरुमा आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि सबैले त्यसभित्र हेर्न सकून्, तँ के सोच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो अनुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नै हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमानदार व्यक्ति मान्‍नेछन्। यही नै इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास, अनि पूर्वसर्त हो। यदि तँ सधैँ नाटक गरिरहन्छस्, सधैँ पवित्रता, कुलीनता, महानता, र उच्च चरित्रको ढोंग गर्छस्, आफ्नो भ्रष्टता र त्रुटिहरू अरूबाट लुकाउँछस्, तिनीहरूलाई झूटो छवि प्रस्तुत गर्छस्, र तिनीहरूलाई तँ इमानदार, महान्, आत्म-त्यागी, न्यायवान्, र निःस्वार्थ छस् भनी विश्‍वास गर्न लगाउँछस् भने—के यसमा छलीपन र छल छैन र? समय बित्दै जाँदा, मानिसहरूले तँलाई छर्लङ्गै देख्न सक्नेछैनन् र? त्यसैले, पाखण्डी नबन् वा मुखौटो नलगा। बरु, सरल र खुला बन्, र आफूलाई उदाङ्गो पार्न सिक्—आफ्नो हृदय अरूले देख्ने गरी खुला पार्। यदि तँ आफ्ना सबै विचार र तैँले गर्न चाहेका सबै कुराहरू—चाहे ती सकारात्मक होऊन् वा नकारात्मक—अरूले देख्ने गरी उदाङ्गो पार्न सक्छस् भने, के तँ तब इमानदार भइरहेको हुँदैनस् र? … के यो गर्न सजिलो छ? यसका लागि एक अवधिको प्रशिक्षण, साथै बारम्बारको प्रार्थना र परमेश्‍वरप्रतिको निर्भरता आवश्यक छ। तैँले सबै मामिलामा आफ्नो हृदयका शब्दहरू सरल र खुला रूपमा बोल्न आफूलाई प्रशिक्षित गर्नैपर्छ। यस्तो प्रकारको प्रशिक्षणले, तँ प्रगति गर्न सक्छस्। यदि तैँले ठूलो कठिनाइ सामना गरिस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना र सत्यताको खोजी गर्नैपर्छ; तैँले सत्यतालाई व्यवहारमा लागु गर्न सक्षम नहुन्जेल आफ्नो हृदयमा युद्ध गर्नु र देहमाथि विजय हासिल गर्नु आवश्यक छ, जबसम्म तैँले सत्यतालाई अभ्यासमा लागू गर्न सक्दैनस्। यसरी आफूलाई बिस्तारै प्रशिक्षित गरेर, तेरो हृदय बिस्तारै खुल्दै जानेछ। तँ झन्-झन् शुद्ध र सरल बन्दै जानेछस्, र तेरा शब्द र कार्यहरूको प्रभाव पहिलेभन्दा फरक हुनेछ। तैँले झन्-झन् कम झूट बोल्नेछस् र झन्-झन् कम छल गर्नेछस्, र तँ परमेश्‍वरसामु जिउन सक्षम हुनेछस्। तब तँ सारगत रूपमा एक इमानदार व्यक्ति बनेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्‍वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने जब मण्डलीमा भेला भएर सङ्गति गरिन्छ वा कामबारे छलफल गरिन्छ, तब व्यक्ति सरल हृदयको र खुलस्त हुनैपर्छ, र इमानदार व्यक्ति बन्नैपर्छ, आफ्नै अभिमान वा हितको ख्याल गर्नु हुँदैन, वा आफूलाई ढाकछोप गर्ने र भेष बदल्ने गर्नु हुँदैन। तपाईँले आफ्नो कर्तव्यमा कुनै समस्याहरू पत्ता लगाउनुहुँदा, खुलस्त भएर त्यसबारे बोल्नुपर्छ, र आफ्ना रायहरू व्यक्त गर्न डराउनु हुँदैन। यो मण्डलीको कामका लागि फाइदाजनक छ, र ब्रदर-सिस्टरहरू एकअर्काका पूरक बन्न सक्छन्। पहिले, म सधैँ आफ्नो अभिमानको बन्धनमा परेकी हुन्थेँ र आफ्ना रायहरू व्यक्त गर्ने आँट गर्दिनथेँ। हामीले प्रवचनहरू छलफल गर्दैपिच्छे, म ठूलो दबाब महसुस गर्थेँ। म आफ्ना कमीहरू खुलासा हुनेछन् भनेर डराउँथेँ, त्यसैले म आफ्नो राय व्यक्त गर्न ढिलाइ गर्थेँ, जसले गर्दा पटक-पटक प्रगति रोकिन्थ्यो। मैले कुनै प्रगति गर्न नसकेको मात्र होइन, मलाई परमेश्‍वरले घृणा पनि गर्नुहुन्थ्यो। यो सत्यता अभ्यास नगर्नुको तितो फल थियो! मैले प्रभु येशूले भनेको कुरा सम्झेँ: “साँच्‍चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ(मत्ती १८:३)। परमेश्‍वर इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ। यदि म सानो बच्चाजस्तो सरल हृदयको र इमानदार हुन सकिनँ भने, मैले मुक्ति पाउनेछैन। त्यस अवधिमा, म प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र उहाँलाई मेरो हृदयको छानबिन गर्न र मलाई आस्था र बल दिनुहोस् भनी बिन्ती गर्थेँ। म आफ्नो अभिमान र हित त्याग्न, सत्यता अभ्यास गर्न, र इमानदार व्यक्ति बन्न, र जति बुझेको छु त्यति नै बोल्दा, सरल हृदयको भई खुलस्त हुन, र अबउसो आफ्नै अभिमान र हैसियतको सुरक्षा नगर्न इच्छुक थिएँ।

चाँडै, म लेखन-पठनको कर्तव्य पूरा गर्न अर्को ठाउँमा गएँ। एकपटक, एउटा प्रवचन छलफल गर्दा, मैले त्यसमा भएको एउटा समस्या छर्लङ्ग देख्न सकिनँ। धेरैपटक पढेपछि पनि, म अलिक अन्योलमै थिएँ, त्यसैले म आफ्नो राय व्यक्त गर्न हिचकिचाएँ। समय बित्दै जाँदा, म झन्-झन् आत्तिन थालेँ। मैले मनमनै सोचेँ, “यो प्रश्नबारे म अझै त्यति स्पष्ट छैनँ। के मैले यसबारे केही बोल्नुपर्छ? हालै प्रवचनबारे छलफल गर्दा मैले व्यक्त गरेका रायहरूमा प्रायः केही विचलन आएका छन्। यदि मैले फेरि केही गलत भनेँ भने के गर्ने? सुपरिवेक्षक र मसँगै काम गर्ने सिस्टरले मलाई के सोच्नेछन्? उनीहरूले मेरो क्षमता निकै कमजोर छ र म यो कर्तव्यका लागि योग्य छैनँ भन्ने सोच्नेछन्? सायद मैले मसँगै काम गर्ने सिस्टरले बोलेको पर्खनुपर्छ। म उनको राय सुन्नेछु र त्यसपछि आफूले बोल्ने कि नबोल्ने भनेर निर्णय गर्नेछु।” तर, त्यसपछि मैले के सोचेँ भने, यदि मैले अझै ढिलो गरेँ भने, यसले समय बर्बाद गर्नेछ। मैले चुपचाप मनमनै प्रार्थना गरेँ, र परमेश्‍वरलाई मेरो हृदय शान्त पार्नुहोस् भनी बिन्ती गरेँ ताकि म अभिमानको बन्धनमा पर्न छोड्न र जति बुझेको छु त्यति सङ्गति गर्न सकूँ। मलाई परमेश्‍वरका वचनहरू याद आयो: “पाखण्डी नबन् वा मुखौटो नलगा। बरु, सरल र खुला बन्, र आफूलाई उदाङ्गो पार्न सिक्—आफ्नो हृदय अरूले देख्ने गरी खुला पार्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्‍वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरूले मेरो हृदयमा शक्ति दिए। मैले त्यो समस्या गहिरिएर बुझ्न नसकेकी भए पनि, मसँग आफ्नै राय थियो। मैले साहसी बनेर आफ्नो मनको कुरा भन्नुपर्थ्यो, अनि ढाकछोप गर्न र भेष बदल्न बन्द गर्नुपर्थ्यो। त्यसैले, मैले आफ्ना रायहरू बाँडेँ र आफ्नो अन्योलबारे कुरा गरेँ। सुपरिवेक्षकले मेरा रायहरूका केही विवरणबारे छलफल गरिन् र यसमार्फत, मलाई अन्योलमा पारिरहेको समस्या समाधान भयो, र मैले आफ्नै कमी र कमजोरीहरू पनि देखेँ। मैले आफ्ना राय र सोचहरू व्यक्त गरेकामा म एकदमै खुसी भएँ, नत्र म त्यस समस्याबारे अझै अन्योलमै हुनेथिएँ। यो कदम चाल्दा मेरा कमीहरू प्रकट भएका भए पनि, त्यसले तिनको पूर्ति गर्न पनि मदत गर्‍यो। त्यसपछि, कामबारे कुराकानी गर्दा वा प्रवचनहरूबारे छलफल गर्दा, म सचेत रूपमा आफ्नो अभिमान त्याग्थेँ र जति बुझेको छु त्यति बोल्थेँ। यसले मेरा धेरै कमी र कमजोरी प्रकट गरे पनि, र मैले केही इज्जत गुमाए पनि, म सम्बन्धित सत्यता सिद्धान्तहरूबारे अझ स्पष्ट भएँ, र मेरो कर्तव्य निर्वाह गर्ने दक्षतामा धेरै सुधार भएको छ। मैले सत्यता अभ्यास गर्दा र इमानदार व्यक्ति बन्दा मलाई धेरै फाइदा भएको छ भन्ने अहिले अनुभव गरेकी छु। अब कर्तव्य निर्वाह गर्दा म धेरै बोझहरूमा अल्झिँदिनँ, र मेरो मन अझ धेरै सरल भएको छ। मैले प्राप्त गरेको थोरै अभ्यास र प्रवेश परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनको नतिजा हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ७९. कसरी म ख्याति र प्राप्तिको बन्धनबाट मुक्त भएँ

अर्को:  ८१. परिवारका सदस्यहरूलाई निकालिँदा सिकेको पाठ

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger