८१. परिवारका सदस्यहरूलाई निकालिँदा सिकेको पाठ
मैले १७ वर्षको उमेरमा मेरा आमाबुबासँगै प्रभुमा विश्वास गर्न थालेँ। सन् २००१ मा, हाम्रो सम्पूर्ण परिवारले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्यो, र त्यसपछि, हामी हरेकले आ-आफ्नो कर्तव्य निर्वाह गर्न थाल्यौँ। २०१२ को अन्त्यतिर, सुसमाचार प्रचार गर्दै गर्दा मलाई चिनियाँ कम्युनिष्ट पार्टीले पक्राउ गर्यो। रिहा भएपछि, फेरि पक्राउ पर्नबाट बच्न मैले घर छाडेँ र अन्यत्र कर्तव्य निर्वाह गर्न गएँ। सन् २०१४ मा, मैले मेरो कर्तव्य निर्वाह गरिरहेको ठाउँमा बुबालाई देखेँ। जब मैले उहाँले सक्रियतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएको देखेँ, र मेरी दिदीले पनि मण्डलीमा कर्तव्य निर्वाह गरिरहनुभएको छ भन्ने थाहा पाएँ, म धेरै खुसी भएँ। मैले सोचेँ, “विगत करिब बाह्र वर्षदेखि, हाम्रो परिवारका सबै जनाले कर्तव्य निर्वाह गर्दै आएका छौँ। यदि हामीले यसरी नै आफूलाई समर्पित गरिरह्यौँ, प्रयास लगाइरह्यौँ र अन्त्यसम्मै सर्वशक्तिमान् परमेश्वरलाई पछ्याइरह्यौँ भने, परमेश्वरको काम सकिँदा, हाम्रो सम्पूर्ण परिवारले मुक्ति पाउन र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछ।” तर मलाई पूर्ण रूपमा चकित पार्ने कुरा के थियो भने, सन् २०१५ को एक दिन जिल्ला अगुवाहरू कामको विषयमा हामीसँग कुराकानी गर्न आएको बेला, उहाँहरूले मेरो घर मण्डलीबाट आएको एउटा पत्रको कुरा झिक्दै के भन्नुभयो भने मेरो बुबाले भेलाहरूमा सधैँ अगुवाका खोटहरू निकालिरहनुहुन्छ, र उहाँसँग जति नै सङ्गति गर्दा पनि उहाँमा कुनै सुधार आएको छैन, र मेरो बुबाले अगुवाले केही पनि बुझ्नुहुन्न भन्दै उहाँसँग सङ्गति गर्न बढी जान्ने-बुझ्ने व्यक्ति खोज्न सुझावसमेत दिनुभएको छ, जसले ब्रदर-सिस्टरहरूलाई शान्तिसँग भेला हुन नसक्ने गरी धेरै बाधा दिएको छ। जिल्ला अगुवाहरूले भन्नुभयो, उहाँहरू परिस्थितिको विस्तृत विवरण बुझ्ने र त्यसपछि मेरो बुबासँग राम्ररी सङ्गति गर्ने योजना बनाइरहनुभएको छ। मैले शान्त भएको बहाना गर्दै भनेँ, “मेरो बुबाको अवस्था यति नराम्रो कसरी हुन सक्यो?” तर भित्रभित्रै, म रिसले चुर र हैरान थिएँ, र सोचेँ, “उहाँलाई के भएको हो? उहाँले दश वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गर्नुभएको छ, तैपनि उहाँ आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नुहुन्न र मण्डलीको जीवनमा बाधासमेत पुर्याइरहनुभएको छ?” त्यतिबेला, म जतिसक्दो चाँडो मेरो बुबालाई भेट्न आतुर थिएँ, ताकि म उहाँसँग कुरा गर्न, र उहाँलाई थप बाधा नपुर्याउनू भनेर मनाउन सकूँ। तर मलाई मेरो बुबाको स्वभाव निकै अहङ्कारी छ, उहाँ आफूलाई सही लागेको बेला झुक्न मान्नुहुन्न, र मैले मनाएर केही हुनेवाला छैन भन्ने थाहा थियो। म चिन्ता नगरी बस्नै सकिनँ, “यदि बुबाले पश्चात्ताप नगरीकन यसरी नै बाधा पुर्याइरहनुभयो भने, यसको प्रकृति धेरै गम्भीर हुनेछ, र उहाँ मण्डलीबाट निकालिनुहुनेछ। प्रभुलाई भेट्टाएदेखि परमेश्वरको कामको यो चरण स्वीकार गर्दासम्म, बुबाले करिब बीस वर्ष विश्वास गर्नुभएको छ, र यस अवधिमा, उहाँले धेरै कष्ट भोग्नुभएको छ, र खतरनाक परिस्थितिहरूमा पनि आफ्नो कर्तव्य निर्वाहलाई निरन्तरता दिनुभएको छ। यदि उहाँलाई निकालियो भने, के उहाँले वर्षौँदेखि भोग्नुभएको कष्ट व्यर्थ हुनेछैन र? उहाँको आस्थाको जीवन पूर्ण रूपमा समाप्त हुनेछ!” यो सोचेर, मैले अगुवाहरूलाई भनेँ, “यदि मैले बुबालाई भेटेर उहाँलाई सम्झाउन सकेँ भने, सायद उहाँको स्थिति बदलिन सक्छ कि।” उहाँहरूमध्ये एक जनाले भन्नुभयो, “तपाईँ अहिले धेरै भावुक हुनुभएको छ। यदि तपाईँ बुबालाई भेट्न जानुभयो भने, कि त तपाईँ गरम मिजासले व्यवहार गर्नुहुनेछ या स्नेहवश। तपाईँले निर्वाह गर्नुपर्ने आफ्नै कर्तव्य छ। हामी गएर तपाईँका बुबासँग सङ्गति गर्नेछौँ। अहिलेका लागि आफ्नो कर्तव्यमा मात्र ध्यान केन्द्रित गर्नुहोस्।” मलाई अगुवाले भन्नुभएको कुरा ठीक लाग्यो, र मैले उहाँहरूलाई नै बुबासँग सङ्गति गर्न दिनु राम्रो हुन्छ भन्ठानेँ। त्यसपछिका केही दिनमा, म बुबाको अवस्थाले गर्दा यति विचलित भएकी थिएँ कि म सुत्न सकिनँ, मलाई खान मन लागेन, मेरा विचार गन्जागोल थिए, र मैले आफ्नो कर्तव्यमा ध्यान दिन सकिनँ। मैले अगुवाहरूको सङ्गतिमार्फत, बुबा सुध्रिन सक्नुहुनेछ, र कम्तीमा पनि, उहाँ मण्डलीबाट निकालिनुहुनेछैन भन्ने आशा गरेँ। मलाई लाग्यो, जबसम्म उहाँ परमेश्वरको घरमा श्रम गर्न सक्नुहुन्छ, उहाँले मुक्ति पाउने आशा बाँकी नै रहनेछ। त्यसैले हरेक दिन, म अगुवाहरूले बुबा सुध्रिनुभएको बारेमा शुभ समाचार ल्याउनुहोला भनेर व्यग्रताका साथ पर्खिरहेँ।
धेरै समय नबित्दै, सफाइको कामको जिम्मा पाएका ब्रदर-सिस्टरहरूले मलाई एउटा पत्र पठाए, जसमा मलाई बुबाको निरन्तरको व्यवहारको विवरण दिन भनिएको थियो। जब मैले पत्र पढेँ, मेरो हृदयमा अवर्णनीय पीडा भयो, र मेरा आँखा आँसुले भरिए। मलाई यो तथ्य स्वीकार गर्न साँच्चै गाह्रो भयो। मैले मनमनै सोचेँ, “बुबाको समस्या गम्भीर भएजस्तो देखिन्छ। यदि उहाँको व्यवहार नीच छ भने, उहाँलाई निकालिनेछ, र निकालिएपछि, उहाँको आस्थाको जीवन सधैँका लागि अन्त्य हुनेछ, र उहाँसँग मुक्ति पाउने कुनै आशा हुनेछैन। बुबाले साठी वर्ष काटिसक्नुभयो, र उहाँले यतिका वर्ष परमेश्वरमा विश्वास गर्नुभएको छ। यदि उहाँलाई निकालियो भने उहाँले कसरी सहन सक्नुहोला?” मैले मेरो स्थिति ठीक छैन भन्ने महसुस गरेँ र तुरुन्तै परमेश्वरसँग प्रार्थना गर्न घुँडा टेकेँ, “हे परमेश्वर, बुबालाई निकालिनुपर्ने अवस्थामा देख्दा धेरै पीडा भएको छ। कृपया मेरो हृदयको सुरक्षा गर्नुहोस् ताकि मैले तपाईँबारे गुनासो नगरूँ, र म समर्पित हुन सकूँ।” मैले बारम्बार प्रार्थना गरेँ। मेरो मूल्याङ्कन लेख्दै गर्दा, मैले बुबाको मानवता राम्रो नभएको, र उहाँले सांसारिक जीवनमा हुँदा झन्डै केही उग्र कामकुरा गरेको कुरा सम्झेँ। यदि मैले बुबाको व्यवहारका यी पक्षहरूबारे लेखेँ र मण्डलीले उहाँको निरन्तरको आचरणको मूल्याङ्कन गर्यो भने, उहाँलाई निकालिने निर्णय गरिनेछैन र? म सानो छँदादेखि नै, बुबाले मलाई निकै राम्रो व्यवहार गर्नुभएको थियो। सानो छँदा, मेरो शारीरिक बनावट कमजोर थियो र मलाई सधैँ रुघा लाग्थ्यो, र सुई लगाएपछि मलाई हिँड्न मन लाग्दैनथ्यो, त्यसैले बुबाले मलाई बोकेर घर लैजानुहुन्थ्यो। म घरबाट टाढा बसेर कर्तव्य निर्वाह गरेका वर्षहरूमा, मेरा आमाबुबाले मेरो लागि पैसा बचाउन मितव्ययिता अपनाउनुभएको थियो, र उहाँहरूले मलाई धेरै मद्दत गर्नुभएको थियो। कयौँ पटक, मेरा सासु-ससुरा हाम्रो घरमा दुःख दिन आएका थिए, र बुबाले नै त्यसलाई सम्हाल्नुभयो। बुबाले मसित सम्बन्धित कुराहरूमा धेरै चिन्ता लिनुभएको थियो। मैले सोचेँ, “सायद मैले बुबाको खराब मानवताबारे लेख्नु हुँदैन, बरु, मैले उहाँले कसरी जोसका साथ आफूलाई समर्पित गर्नुभयो भन्नेबारे लेख्नुपर्छ। त्यसो गर्दा, जब ब्रदर-सिस्टरहरूले बुबाको विगतको व्यवहार राम्रो रहेको देख्नुहुन्छ, सायद उहाँहरूले उहाँलाई श्रम गर्नका लागि बस्न दिनुहुनेछ, र बुबासँग अझै पनि मुक्ति पाउने आशा हुनेछ।” तर मलाई यसो गर्नु अनुचित हुन्छ भन्ने पनि लाग्यो। त्यसपछिका केही दिनमा, मलाई यो मामिलाले यति पिरोल्यो कि मैले आफ्नो कर्तव्यमा ध्यान दिन सकिनँ। पीडामा हुँदा, मलाई परमेश्वरको वचनको एउटा पङ्क्ति याद आयो: “यदि कसैले मण्डलीलाई फाइदा नहुने कुनै कार्य गर्छ भने, ती तेरा आमाबुबा नै भए पनि, त्यो अस्वीकार्य हुन्छ!” त्यसैले मैले त्यो पङ्क्ति भएको खण्ड खोजेँ। परमेश्वर भन्नुहुन्छ: “तैँले शक्ति र स्थिरता देखाउनुपर्छ, र मेरा लागि तेरो गवाहीमा दृढ रहनुपर्छ; उठ् र मेरा लागि बोल्, र अरू मानिसहरूले के भन्लान् भनेर नडरा। बस मेरा अभिप्रायहरू पूरा गर्, र कसैलाई पनि आफूलाई नियन्त्रित गर्न नदे। … म तेरो टेको र ढाल हुँ, र सबै कुरा मेरो हातमा छ। त्यसोभए, तँ केसँग डराउँछस्? के तँ अति नै भावुक भइरहेको छैनस् र? तैँले जतिसक्दो चाँडो तेरा सबै भावना फाल्नुपर्छ; म भावनाका आधारमा काम गर्दिनँ, बरु धार्मिकता अभ्यास गर्छु। यदि कसैले मण्डलीलाई फाइदा नहुने कुनै कार्य गर्छ भने, ती तेरा आमाबुबा नै भए पनि, त्यो अस्वीकार्य हुन्छ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९)। परमेश्वरका वचनहरू पढेपछि, मलाई गहिरो वेदना र दुःख महसुस भयो। परमेश्वरको अभिप्राय म कुनै कुराको सामना गर्दा सत्यताको पक्षमा उभिनु, स्नेहको आधारमा व्यवहार नगर्नु, सत्यता सिद्धान्तहरूमा अडिग रहनु, र परमेश्वरको घरका हितलाई कायम राख्नु थियो। तर जब मैले बुबाको निरन्तरको व्यवहारको विवरण दिनुपर्छ भन्ने थाहा पाएँ, मैले सत्यता सिद्धान्तहरूअनुसार कामकुराहरूलाई हेरिनँ। बरु, मैले बाल्यकालदेखि नै बुबाले मलाई कस्तो राम्रो व्यवहार गर्नुभएको थियो भन्नेबारे सम्झेँ, र त्यसैले मेरो अडान र सिद्धान्तहरू गुमाएँ। मैले त बुबासँग कुरा गर्न उहाँलाई भेट्न जाने, उहाँलाई थप बाधा पुर्याउनबाट रोक्ने बारेमा समेत सोचेँ। त्यसो गर्दा, उहाँलाई निकालिने थिएन, र उहाँ श्रम गर्न जारी राख्न बस्न सक्नुहुन्थ्यो, र उहाँसँग मुक्ति पाउने मौका हुनेथ्यो। यदि मेरो मूल्याङ्कन लेख्दा मसँग थोरै विवेक र समझ भएको भए, म परमेश्वरको पक्षमा उभिनुपर्थ्यो र मैले मण्डलीको कामलाई कायम राख्नुपर्थ्यो र मलाई थाहा भएको उहाँको व्यवहारबारे इमानदारीपूर्वक लेख्नुपर्थ्यो, तर मैले स्नेहका आधारमा बुबाप्रति पक्षधरता देखाएँ, र म केवल उहाँको राम्रो व्यवहारबारे लेख्न चाहन्थेँ जबकि उहाँको नराम्रो व्यवहारलाई ढाकछोप गर्न वा उल्लेख नगर्न चाहन्थेँ। ममा कसरी परमेश्वरको डर मान्ने हृदय थियो र? यो महसुस गरेपछि, मैले आफूलाई थाहा भएसम्मका बुबाका सबै व्यवहार लेखेँ, र त्यसपछि ब्रदर-सिस्टरहरूलाई त्यो रिपोर्ट पठाएँ।
केही समयपछि, मैले बुबालाई निकालिएको सूचना देखेँ। मेरो बुबाले अगुवाका गल्तीहरू मात्र कोट्याइरहनुभएको थिएन, उहाँले सत्यता पनि पटक्कै स्वीकार गर्नुहुन्थेन। उहाँले परमेश्वरका वचनहरूलाई सन्दर्भबाहिर लग्दै, आफूसँग सङ्गति गर्ने जोसुकैलाई निन्दा गर्दै र आरोप लगाउँदै आउनुभएको थियो। उहाँले निरन्तर मण्डली जीवनमा बाधा पुर्याउनुभएको थियो, र पश्चात्ताप गर्न पूर्ण रूपमा अस्वीकार गर्नुभएको थियो, त्यसैले उहाँ अन्ततः निकालिनुभयो। बुबाको निरन्तरको व्यवहारका आधारमा, उहाँ साँच्चै तर्कहीन हुनुहुन्थ्यो, उहाँमा आत्मिक बुझाइ थिएन, र उहाँको प्रकृति सत्यताप्रति अत्यन्तै वितृष्ण र घृणाले भरिएको थियो। उहाँ निकालिनुले परमेश्वरको धार्मिकतालाई पूर्ण रूपमा प्रकट गर्यो। यो देखेर, मैले मेरो हृदयको गहिराइदेखि नै बुबाप्रतिको स्नेह त्यागेँ।
२०२२ को मार्चको एक दिन, मैले मेरी दिदीको मण्डलीका अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा दिदी २०२१ को अगस्टदेखि कुनै पनि भेलामा सहभागी हुनुभएको छैन, र सिद्धान्तहरूअनुसार, लामो समयसम्म भेला नहुने, सत्यता नपछ्याउने, वा कर्तव्य निर्वाह नगर्नेहरूलाई निकालिनैपर्छ भन्दै, मलाई दिदीको निरन्तरको व्यवहारबारे छिट्टै लेख्न आग्रह गरिएको थियो। यो पढेपछि, मलाई मुटु चसक्क पार्ने पीडा भयो, र मैले यो तथ्य स्वीकार गर्नै सकिनँ। मेरो मनमा उथलपुथल भइरहेको थियो र मैले कामबारे सिस्टरहरूसँग कुराकानी गर्न ध्यान दिन सकिनँ, त्यसैले म कुक्रुक्क परेर टाउको समातेर भक्कानिँदै रोएँ। सिस्टरहरूले मलाई यस्तो अवस्थामा देखे र मसँग सङ्गति गरी मद्दत गर्न आए, तर उहाँहरूको कुरा मेरो मनमा पस्दै पसेन। मैले मनमनै सोचेँ, “यस्तो कसरी हुन सक्छ? केही समयअघि मात्र, दिदीले मलाई खर्चका लागि पैसासहित एउटा पत्र पठाउनुभएको थियो। उहाँ कसरी केही महिनामै मण्डलीको सम्पर्कबाट बाहिर जान सक्नुभयो? घरमा पो केही भयो कि? मलाई याद छ, दिदीले परमेश्वरमा विश्वास गर्न थालेपछि, उहाँ सधैँ आफूलाई समर्पित गर्न उत्साहित हुनुहुन्थ्यो, र कर्तव्यमा सक्रिय हुनुहुन्थ्यो। घरमा पक्कै कुनै ठूलो घटना भएको कारण उहाँ भेलाहरूमा नआएको हुनुपर्छ। के मण्डलीले उहाँलाई पश्चात्ताप गर्ने अर्को मौका दिनु पर्छ?” मैले मण्डलीले दिदीको निरन्तरको व्यवहारबारे जानकारी मात्र सङ्कलन गरिरहेको छ, र यदि उहाँले निष्ठापूर्वक पश्चात्ताप गर्नुभयो र राम्ररी परमेश्वरमा विश्वास गर्न इच्छुक हुनुभयो भने, उहाँसँग अझै पनि पश्चात्ताप गर्ने मौका हुनेछ भन्ने कुरा पनि थाहा पाएँ। तर म अझै पनि चिन्तित थिएँ, “यदि दिदी चाँडै भेलामा फर्कनुभएन भने के होला?” त्यो रात, मैले ओछ्यानमा कोल्टे फेरिरहेँ, म निदाउनै सकिनँ। हाम्रो परिवारका सबैले परमेश्वरमा विश्वास गरेका र कर्तव्य निर्वाह गरेका सुन्दर सम्झनाहरू मेरो दिमागमा चलचित्रजस्तै घुमिरहे। बाल्यकालदेखि नै दिदीले सधैँ मेरो हेरचाह गर्नुभएको थियो। मेरो स्थिति खराब हुँदा, उहाँ मलाई सहयोग र मद्दत गर्नुहुन्थ्यो, र जब म मण्डलीमा कर्तव्य निर्वाह गरिरहेकी हुन्थेँ, तब उहाँ मलाई अक्सर खर्चका लागि पैसा पठाउनुहुन्थ्यो। यदि दिदीलाई निकालिएको भए, उहाँसँग मुक्ति पाउने कुनै आशा हुनेथिएन। यो सोचेर, मलाई गहिरो दुःख लाग्यो। त्यसपछिका केही दिनसम्म, दिदीको कारणले मेरो स्थिति धेरै खराब भयो, र मैले आफ्नो कर्तव्यमा हृदय शान्त बनाउन सकिनँ। मैले सोचेँ, “म घर फर्किनुपर्छ र दिदीलाई राम्ररी सम्झाउनुपर्छ। यदि उहाँ मण्डलीमा फर्कनुभयो र आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाह गर्नुभयो भने, उहाँलाई निकालिनेछैन।” तर त्यसपछि मैले सोचेँ, “म परमेश्वरमा विश्वास गरेको कारण पक्राउ परेकी छु, प्रहरीमा मेरो रेकर्ड छ, र यदि म बेपरवाह भएर घर फर्किएँ र पक्राउ परेँ भने, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैनँ, र मेरा ब्रदर-सिस्टरहरूलाई पनि फसाउनेछु। यसका परिणामहरू अकल्पनीय हुनेछन्।” मेरो दिमाग अस्तव्यस्त थियो र मलाई के गर्ने केही थाहा थिएन। तीन दिनपछि, मलाई रिँगटा चल्यो, मुटुको धड्कन तेज भयो, र छाती भारी भएर सास फेर्न गाह्रो भयो। हिँड्दा पनि जुनसुकै बेला ढल्न सक्छु जस्तो महसुस भयो। त्यसपछि मात्र मैले आत्मचिन्तन गरेँ र घर फर्कने विचार त्यागेँ। तर दिदी निकालिन सक्नुहुन्छ भन्ने सोचले अझै पनि मलाई अलि दुःखी बनायो। मैले आफ्नो स्थिति मेरै वरपर भएकी एक जना सिस्टरलाई बताएँ, र उहाँले मलाई परमेश्वरका वचनका केही खण्ड पढेर सुनाउनुभयो। सिस्टरसँगको सङ्गतिमार्फत, मैले परमेश्वरको घरमा सत्यता र धार्मिकताको शासन हुन्छ, र परमेश्वरको घरले कहिल्यै कुनै असल व्यक्तिलाई अन्याय गर्दैन, न त कुनै दुष्कर्मीलाई सजाय बिना छोड्छ भन्ने बुझेँ। मण्डलीले मेरी दिदीको निरन्तरको व्यवहारको रेकर्ड सङ्कलन गरिरहेकाले, यो परमेश्वरको अनुमतिमा भएको थियो, र मैले यो कुरा बुझ्न नसके पनि, म पहिले समर्पित हुनुपर्छ र उहाँको व्यवहारबारे मलाई थाहा भएको कुरा बताउनुपर्छ, र मण्डलीले पक्कै पनि सिद्धान्तअनुसार उहाँलाई सम्हाल्नेछ र व्यवहार गर्नेछ।
पछि, मेरी दिदीलाई निकालियो। मैले ब्रदर-सिस्टरहरूले उपलब्ध गराएको दिदीको व्यवहारको रेकर्ड देखेँ, र त्यसमा हालका वर्षमा, दिदीले छोराको विश्वविद्यालयको तयारीका लागि खर्च जुटाउन पैसा कमाउनमा मात्र ध्यान दिनुभएको छ, र उहाँमा आफ्नो कर्तव्यप्रति बोझको बोध छैन भनेर उल्लेख गरिएको थियो। उहाँ आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा हुनुहुन्थ्यो, मनपरी गर्नुहुन्थ्यो, कर्तव्यमा ढिलासुस्ती गर्नुहुन्थ्यो, गैरजिम्मेवार हुनुहुन्थ्यो, र मण्डलीको काममा गम्भीर ढिलाइ गर्नुहुन्थ्यो। ब्रदर-सिस्टरहरूले बारम्बार उहाँका समस्याहरू औँल्याएर मद्दत गर्दा पनि, उहाँ उस्तै रहनुभयो, उहाँमा कुनै ग्लानि वा पछुतो थिएन। घरमा, उहाँ बिरलै परमेश्वरका वचन खाने-पिउने गर्नुहुन्थ्यो वा परमेश्वरको घरले उत्पादन गरेका भिडियोहरू हेर्नुहुन्थ्यो, र उहाँ हरेक दिन पैसा कमाउन काम गर्नुहुन्थ्यो। पछि उहाँ भेलाहरूमा पनि सहभागी हुन छाड्नुभयो। एउटी सिस्टर उहाँलाई सहयोग गर्न जानुभयो, तर उहाँले भन्नुभयो, “जब मेरी आमा बिरामी हुनुहुन्थ्यो, परमेश्वरमा विश्वास गरेपछि उहाँ निको हुनुभयो, त्यसैले मैले उहाँको पछि लागेर विश्वास गरेँ। तर अहिले उहाँको रोग फेरि बल्झिएको छ, मलाई किन परमेश्वरको अस्तित्व महसुस हुँदैन?” यति भनेर उहाँ जानुभयो। यी व्यवहारहरू देखेपछि, म धेरै रिसाएँ, र सोचेँ, “उहाँ यस्ता कुराहरू कसरी भन्न सक्नुहुन्छ? उहाँ अविश्वासी हो!” विगतमा, मैले उहाँ आफूलाई समर्पित गर्न उत्साही रहेको देखेकी थिएँ, त्यसैले उहाँ साँचो रूपमा परमेश्वरमा विश्वास गर्नुहुन्छ भन्ने सोचेँ, तर अहिले मैले उहाँको आस्थाका मूल अभिप्राय र मनसाय नै गलत रहेछ भन्ने देखेँ। मेरी आमाको लामो समयदेखिको रोग परमेश्वरमाथिको आस्थामार्फत चमत्कारिक रूपमा निको भएको र हाम्रो परिवारको जीवनमा पनि बिस्तारै सुधार आएको देखेर मात्र उहाँले परमेश्वरमा विश्वास गर्न थाल्नुभएको रहेछ। परमेश्वरको अनुग्रह पाएपछि मात्र उहाँले आमाको पछि लागेर परमेश्वरमा विश्वास गर्नुभएको रहेछ। पछि, जब मेरी आमा फेरि बिरामी पर्नुभयो, तब दिदीले परमेश्वरमा विश्वास गरेर आफूले चाहेको फाइदा नपाइरहेको देख्नुभयो, र उहाँको आशिष् पाउने चाहना चकनाचुर भयो, त्यसैले उहाँ भेलामा सहभागी हुन र कर्तव्य निर्वाह गर्न छाड्नुभयो, र परमेश्वरलाई इन्कार समेत गर्नुभयो। दिदीको व्यवहारबाट, उहाँ पटक्कै परमेश्वरको साँचो विश्वासी हुनुहुन्न, र उहाँमा अविश्वासीको सार छ भन्ने स्पष्ट थियो।
पछि, मैले चिन्तन गरेँ: मैले सधैँ सोचेकी थिएँ, जबसम्म म कामकुराहरू त्याग्छु, परमेश्वरप्रति आफूलाई समर्पित गर्छु, र उहाँलाई अन्त्यसम्म पछ्याउँछु, तबसम्म मैले अन्ततः मुक्ति पाउनेछु। तर के यो दृष्टिकोण साँच्चै सही थियो? मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसहरू भन्छन्, ‘परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ। जबसम्म मानिसले उहाँलाई अन्त्यसम्मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्नुहुन्छ?’ म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। तँ कति योग्य छस् वा कति अनुभवी छस्, मलाई त्यो कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्वरले बोल्नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, ‘आखिरमा, म परमेश्वर धर्मी हुनुहुन्छ भनी विश्वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्चय नै मलाई याद गर्नुहुन्छ।’ परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन! कतिपय मानिसहरू भन्छन्, ‘आज म तपाईँका निम्ति दौडधुप गर्छु; अन्तिममा, के तपाईँ मलाई अलिकति आशिष् दिन सक्नुहुन्छ?’ त्यसोभए म तँलाई सोध्छु, ‘के तैँले मेरा वचनहरू पालन गरेको छस्?’ तँ जुन धार्मिकताको कुरा गर्छस् त्यो एउटा लेनदेनमै सीमित छ। तँ यति मात्र सोच्छस् कि म धर्मी छु, कि म सबै मानिसहरूप्रति निष्पक्ष छु, र मलाई अन्त्यसम्मै पछ्याउने सबैले पक्कै पनि मुक्ति पाउँछन् र मेरा आशिष्हरू प्राप्त गर्छन्। ‘जसले मलाई अन्त्यसम्मै पछ्याउँछन् तिनीहरू सबैले निश्चय नै मुक्ति पाउँछन्’ भन्ने मेरो वचनको भित्री अर्थ छ: जसले अन्त्यसम्म मलाई पछ्याउँछन्, तिनीहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेछन्, तिनीहरू ती हुन् जो मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्छन् र सिद्ध पारिन्छन्। तैँले कतिवटा मागहरू पूरा गरेको छस्? मलाई अन्त्यसम्मै पछ्याउनेबाहेक तैँले अरू कुन माग पूरा गरेको छस्? के तैँले मेरा वचनहरू पालन गरेको छस्? तैँले मेरा पाँचवटा मागहरूमध्ये एउटा पूरा गरेको छस्, तर तँसँग बाँकी चारवटा मागहरू पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले केवल सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्ग भेट्टाएको छस्, र भाग्यमा मात्र भर पर्ने मनोवृत्तिसाथ यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिप्रति मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय, साथै धर्मी सजाय मात्र हो; यसको अर्थ सबै दुष्कर्मीहरूलाई दिइने धर्मी दण्ड हो। अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउने सबैजना अवश्य नै दण्डित हुनेछन्। परमेश्वरको धार्मिकता नै यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढेपछि, मलाई लाज लाग्यो। मानिसहरू अरूलाई बाहिरी रूपका आधारमा मूल्याङ्कन गर्छन्, तर परमेश्वर व्यक्तिको सारलाई हेर्नुहुन्छ। परमेश्वर कुनै व्यक्तिले कति त्याग गरेको छ वा आफूलाई कति समर्पित गरेको छ, कति कष्ट भोगेको छ भन्ने कुरा, वा उसको वरिष्ठतालाई हेर्नुहुन्न। मुख्य कुरा भनेको व्यक्तिले परमेश्वरको मार्ग पछ्याउँछ कि पछ्याउँदैन, उसले सत्यता अभ्यास गर्छ कि गर्दैन र उसको स्वभाव परिवर्तन भएको छ कि छैन भन्ने हो। यिनै कुराहरूका आधारमा व्यक्तिको परिणाम निर्धारण गरिन्छ। तर मलाई परमेश्वरले व्यक्तिको परिणाम र गन्तव्य ऊ अन्त्यसम्म पछ्याउन सक्छ कि सक्दैन, उसले कति लामो समयदेखि विश्वास गरेको छ, र उसले कति कष्ट भोगेको छ वा आफूलाई कति समर्पित गरेको छ भन्ने आधारमा निर्धारण गर्नुहुन्छ भन्ने विश्वास थियो। मलाई लाग्थ्यो जबसम्म हामी प्रयास लगाउँछौँ र आफूलाई समर्पित गर्छौँ, र परमेश्वरलाई अन्त्यसम्म पछ्याउँछौँ, तब परमेश्वरको काम सकिँदा, हामीसँग परमेश्वरद्वारा मुक्ति दिइने र परमेश्वरका आशिष्हरूको आनन्द लिन परमेश्वरको राज्यमा प्रवेश गर्ने आशा हुनेछ। तर यी केवल मेरा धारणा र कल्पनाहरू थिए। मैले के पनि बुझेँ भने, अन्त्यसम्म पछ्याएर मुक्ति पाउनु भनेको व्यक्तिले सत्यता र स्वभावगत परिवर्तन पछ्याउनु हो, र सबै कुरामा परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न सक्षम हुनु हो, अन्ततः आफ्नो भ्रष्ट स्वभावलाई पखाल्नु हो, र विभिन्न परीक्षा र शोधनमाझ, उसले परमेश्वरलाई इन्कार गर्दैन वा धोका दिँदैन र ऊ अझै पनि परमेश्वरलाई पछ्याउन र उहाँप्रति समर्पित हुन सक्षम हुन्छ भन्ने हो। यस्ता मानिसहरूलाई मात्र अन्ततः परमेश्वरद्वारा मुक्ति दिइनेछ र उनीहरू उहाँको राज्यमा प्रवेश गर्नेछन्। तर सत्यता नपछ्याउनेहरू, भ्रष्ट स्वभावमा कुनै परिवर्तन नगर्नेहरू, र अझै पनि परमेश्वरविरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्नेहरूलाई भने परमेश्वर घृणा गर्नुहुन्छ। दुई पटक मेरा परिवारका सदस्यहरू निकालिँदै गरेको मामिला सामना गर्नुपरेको बारे चिन्तन गर्दा, मैले तिनीहरूको सार खुट्याइनँ। मलाई परमेश्वरले कस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ वा हटाउनुहुन्छ भन्ने थाहा थिएन, र म दैहिक स्नेहको पक्षमा उभिएँ, गएर तिनीहरूलाई सम्झाउन चाहन्थेँ, तिनीहरूलाई परमेश्वरको घरमा श्रम गर्न राख्न चाहन्थेँ। मैले सोचेँ, यसरी तिनीहरूसँग मुक्तिको आशा हुनेछ। तर मेरो सोचाइ परमेश्वरका वचनहरूसँग पूर्ण रूपमा अमिल्दो थियो। मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)। मैले विचार गरेँ, “किन त्याग गर्ने र आफूलाई प्रभुका लागि समर्पित गर्नेहरूले प्रभु येशूको अनुमोदन पाएनन्, बरु उल्टै प्रभुद्वारा दण्डित र श्रापित भए?” मेरो दृष्टिकोणअनुसार, धेरै त्याग गर्ने र समर्पित हुने, र धेरै वर्षसम्म परमेश्वरलाई पछ्याउने जोकोहीले पक्कै पनि मुक्ति पाउनेछ। त्यसोभए किन मन्दिरमा वर्षभरि यहोवाको सेवा गरेका फरिसीहरू परमेश्वरको मुक्ति पाउन असफल त असफल भए नै, परमेश्वरद्वारा सर्पका सन्तान भनेर श्रापित र निन्दित पनि भए, र उनीहरूलाई धिक्कार छ भनेर भनियो? यसको कारण के थियो भने, फरिसीहरूले बाहिरी रूपमा परमेश्वरमा विश्वास गरे पनि, सारमा उनीहरूसँग परमेश्वरको डर मान्ने हृदय थिएन, उनीहरूले कहिल्यै परमेश्वरको मार्ग पछ्याएनन्, र प्रभु येशूलाई इन्कार गरे र दोषी ठहराए र उहाँलाई क्रुसमा समेत टाँगे। उनीहरूले परमेश्वरको स्वभावलाई गम्भीर रूपमा चिढ्याए, जसको परिणामस्वरूप परमेश्वरले उनीहरूलाई दण्ड दिनुभयो र सराप्नुभयो। अहिले त्यसलाई हेर्दा, मलाई लागेको थियो, यदि परमेश्वरमा विश्वास गरियो, परमेश्वरका लागि त्याग गरियो र समर्पित भइयो, र परमेश्वरलाई अन्त्यसम्म पछ्याइयो भने, मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सकिन्छ। तर यो सबै केवल मेरा स्वैरकल्पना, धारणा र कल्पनाहरू थिए। यो बेतुके र निरर्थक थियो, र वास्तविकतामा यसको कुनै आधार थिएन! मैले आफ्नै धारणा र कल्पनाहरूका आधारमा मूल्याङ्कनहरू गरिरहेकी थिएँ, मेरा परिवारका सदस्यहरूलाई श्रम गर्नका लागि मण्डलीमै राख्न समेत चाहिरहेकी थिएँ, र अन्त्यमा, परमेश्वरले उहाँहरूलाई राम्रो परिणाम र गन्तव्य दिनुहुनेछ भन्ने सोचेकी थिएँ। म साँच्चै मूर्ख र अन्धी थिएँ! उहाँहरूको सार र उहाँहरू हिँडेको मार्गका आधारमा, उहाँहरू ठीक ती सामाहरू हुनुहुन्थ्यो जसलाई परमेश्वरको आखिरी दिनहरूको कामले प्रकट गरेको थियो। उहाँहरू सत्यताप्रति कुनै प्रेम नभएका र सत्यता नस्विकार्ने अविश्वासी हुनुहुन्थ्यो, र यदि उहाँहरू नचाहँदा नचाहँदै परमेश्वरको घरमा बस्नुभएको भए पनि, उहाँहरूले मुक्ति पाउन सक्नुहुन्नथ्यो।
मैले चिन्तन गरिरहेँ, “मेरा परिवारका सदस्यहरूलाई निकालिने विषयको सामना गर्दा, म कहिल्यै परमेश्वरको पक्षमा उभिन सकिनँ। मलाई केले नियन्त्रण गरिरहेको थियो?” मैले परमेश्वरका वचनहरू पढेँ: “भावनाहरूको सार के हो? त्यो दैहिक भावनाहरूलाई सबैभन्दा अगाडि राख्नु र सत्यता सिद्धान्तहरूलाई पाखा लगाउनु हो। भावनाहरूका प्रकटीकरणहरूलाई कैयौँ शब्द र वाक्यांशहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, दैहिक सम्बन्धहरू कायम राख्नु, र निष्पक्षताको अभाव। भावनाहरू यिनै हुन्। मानिसहरूले भावनाहरू बोक्नु र तिनमा जिउनुका सम्भावित परिणामहरू के-के हुन्? परमेश्वरले किन मानिसहरूका भावनाहरूलाई सबभन्दा बढी घृणा गर्नुहुन्छ? कतिपय मानिसहरू सधैँ आफ्ना भावनाहरूद्वारा बाधित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र चाहेर पनि तिनीहरू परमेश्वरप्रति समर्पित हुन सक्दैनन् त्यसैले तिनीहरू भावनाद्वारा प्रताडित हुन्छन्। धेरै मानिसहरूले सत्यता बुझेर पनि यसलाई अभ्यास गर्न सक्दैनन्; यो पनि तिनीहरू भावनाहरूद्वारा बाधित भएकोले गर्दा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, र आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने तिनीहरूको तरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति भावनाहरू अनुभूत गर्छन्, र तिनीहरूले सम्बन्ध र भावनासम्बन्धी मामलाहरूमा ध्यान दिँदै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। जब त्यस्तो व्यक्तिको गैरविश्वासी आफन्तको मृत्यु हुन्छ, ऊ तीन दिनसम्म रुनेछ, र उसले शव गाड्न दिनेछैन, उसले मरेको व्यक्तिप्रति अझै पनि भावनाहरू पाल्नेछ। ऊ अत्यन्तै भावुक हुन्छ। यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरू प्रायः परमेश्वरविरुद्ध विद्रोह गरिरहन्छन्। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। यस्ता बलिया भावनाहरूका साथ, तिनीहरूले गर्न सक्ने भनेको देहको ख्याल गर्नु मात्रै हो; तिनीहरू मूर्ख र अन्योलग्रस्त मानिस हुन्। यस्ता मानिसहरूको प्रकृति धेरै भावुक हुनु हो। तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरूबाट नै मैले अन्ततः के देखेँ भने, मेरा परिवारका सदस्यहरूलाई निकालिने विषयलाई मैले सही तरिकाले लिन नसक्नुको मुख्य कारण म स्नेहद्वारा बाँधिनु थियो। मैले मेरो परिवारप्रतिको स्नेहलाई सबै कुराभन्दा माथि, सत्यता सिद्धान्तहरूभन्दा पनि माथि राखेकी थिएँ। म “रगत पानीभन्दा गाढा हुन्छ,” “परिवार सदैव साथ रहन्छ,” र “मानिस निर्जीव छैन; ऊ संवेदनाबाट कसरी मुक्त हुन सक्छ र?” भन्ने शैतानी सिद्धान्तहरूअनुसार जिइरहेकी थिएँ। मैले सही र गलत छुट्याउन सकिनँ, र मैले आफ्नो अडान र सिद्धान्तहरू गुमाएँ। वास्तवमा, यदि मैले उहाँहरूको व्यवहार बुझेकी थिइनँ भने, मैले मण्डलीलाई पत्र लेखेर सोधपुछ गरेर स्पष्ट पार्न सक्थेँ। मैले उहाँहरूलाई साँच्चै प्रेमपूर्ण मद्दत गर्नुपर्छ कि पर्दैन भनी हेर्न सत्यता सिद्धान्तहरूअनुसार उहाँहरूको सार पनि खुट्याउन सक्थेँ। तर यदि उहाँहरूलाई मद्दत गर्नु पर्दैनथ्यो भने, उहाँहरू परिवारका सदस्य भए तापनि, मैले स्नेहका आधारमा दृष्टिहीन भएर दया देखाउनु हुँदैनथ्यो। तर मैले त्यसरी सोचिनँ, र म पहिले स्नेहको पक्षमा उभिएँ, उहाँहरूका लागि दुःख मानेँ र रोएँ, र आफ्नो कर्तव्यमा ध्यान दिइनँ। मैले त पक्राउ पर्ने खतरालाई बेवास्ता गर्दै उहाँहरूलाई सहयोग गर्न फर्कने बारेमा समेत सोचेँ। जब मण्डलीले मलाई उहाँहरूको व्यवहारको रेकर्ड उपलब्ध गराउन भन्यो, मैले केवल उहाँहरूले मप्रति देखाउनुभएको दया-मायाबारे सोच्न सकेँ। म स्नेहद्वारा पूर्ण रूपमा अन्धी भएकी थिएँ र मैले परमेश्वरको घरका हितहरूको सुरक्षा गरिनँ, र मैले आफ्नो परिवारको सुरक्षा गर्न छल र कपटसमेत प्रयोग गर्न चाहेँ, उहाँहरूलाई परमेश्वरको घरमा राख्दा मण्डलीको काममा कति ठूलो क्षति पुग्छ भन्ने कुराको पटक्कै ख्याल गरिनँ। मैले स्नेह मेरो मुख्य कमजोरी हो, र उहाँहरू मेरो सत्यता अभ्यास गर्ने मार्गमा अड्चन र तगारो बन्नुभएको छ भन्ने देखेँ। म परमेश्वरको अभिप्राय पटक्कै नखोजी, स्नेहअन्तर्गत जिएकी थिएँ र बुबा र दिदीलाई विवेक र प्रेमका साथ व्यवहार गरेकी थिएँ। मलाई उहाँहरूको व्यवहारबारे थाहा थिएन तर म अन्धाधुन्ध उहाँहरूलाई सहयोग गर्न चाहन्थेँ। के यो मूर्ख प्रेम थिएन र? यदि म दौडँदै घर फर्केकी भए, म स्नेहको परीक्षामा मात्र पर्ने थिइनँ, मेरो स्थिति पनि बिग्रनेथ्यो, मेरो कर्तव्यमा ढिलाइ हुनेथ्यो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रहरीमा मेरो रेकर्ड भएको हुनाले, यदि म पक्राउ परेको भए, यसले काममा असर पार्ने थियो। के यसले अवरोध र बाधाहरू सिर्जना गर्ने थिएन र? यो महसुस गरेपछि, मलाई डर लागिरह्यो, र मलाई प्रकट गर्नुभएकोमा मैले परमेश्वरलाई धन्यवाद दिएँ; नत्र, मैले स्नेहअनुसार जिउनुका हानि र परिणामहरू स्पष्ट रूपमा देख्ने थिइनँ, र थाहा नपाइकनै बर्बाद हुने थिएँ। मैले स्नेह त्याग्नुपर्थ्यो र मेरो परिवारलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्थ्यो। मेरो बुबा र दिदीलाई मण्डलीले निकालेको कुरामा म उप्रान्त दुःखी हुन मिल्दैनथ्यो, किनभने यो पूर्ण रूपमा परमेश्वरको धार्मिकता थियो। उहाँहरूको खुट्टाका फोकाहरू उहाँहरू आफ्नै मार्गले गर्दा उठेका थिए, र उहाँहरूले आफैँलाई बाहेक अरू कसैलाई दोष दिन मिल्दैनथ्यो।
परमेश्वरका वचनहरूमा, मैले स्नेह त्याग्ने र आफन्तहरूलाई सही व्यवहार गर्ने मार्ग फेला पारेँ। परमेश्वर भन्नुहुन्छ: “एक दिन, जब तैँले केही सत्यता बुझ्छस्, तब तेरी आमा नै सबैभन्दा उत्तम व्यक्ति हुन्, वा तेरा बुबाआमा सबैभन्दा उत्तम मानिसहरू हुन् भनेर सोच्न छोड्नेछस्। तैँले तिनीहरू पनि भ्रष्ट मानवजातिका सदस्य नै हुन्, तिनीहरूका भ्रष्ट स्वभावहरू पनि उस्तै छन्, तिनीहरूको भिन्नता भनेको तँसँगको रगतको सम्बन्ध मात्रै हो, र यदि तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन् भने, गैरविश्वासीसरह हुन् भनेर थाहा पाउनेछस्। तैँले तिनीहरूलाई परिवारको सदस्य वा तेरो देहको नाताको दृष्टिकोणले हेर्न छोड्नेछस्, तर सत्यताको पाटोबाट हेर्नेछस्। तैँले हेर्नुपर्ने मुख्य पक्षहरू के-के हुन्? तैँले परमेश्वरप्रतिको विश्वासमा तिनीहरूको दृष्टिकोण, संसारबारे र मामलाहरू सम्हाल्नेसम्बन्धी तिनीहरूको दृष्टिकोण, र सबैभन्दा महत्त्वपूर्ण, परमेश्वरप्रति तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई सही रूपमा हेरिस् भने, तैँले तिनीहरू असल मानिस हुन् कि खराब हुन् भनेर स्पष्टसित देख्नेछस्। … मानौँ तैँले आफ्ना आफन्तहरूलाई स्पष्ट रूपमा देखिस्, र भनिस्: ‘मेरी आमाले सत्यतालाई पटक्कै स्वीकार गर्नुहुन्न; उहाँ खासमा सत्यताप्रति वितृष्ण हुनुहुन्छ र यसलाई घृणा गर्नुहुन्छ। उहाँको सारमा, उहाँ एक दुष्ट व्यक्ति, एक दियाबलस हुनुहुन्छ। मेरा बुबाले निरन्तर मानिसहरूलाई खुसी पार्ने प्रयास गर्नुहुन्छ, र सधैँ मेरी आमाको पक्ष लिनुहुन्छ। उहाँले सत्यतालाई न त स्वीकार गर्नुहुन्छ न त पटक्कै अभ्यास नै गर्नुहुन्छ; उहाँ सत्यता पछ्याउने व्यक्ति हुनुहुन्न। उहाँ एक अविश्वासी हुनुहुन्छ। म उहाँहरूविरुद्ध पूर्ण रूपमा विद्रोह गर्नेछु, र उहाँहरूसँग स्पष्ट सीमाहरू कोर्नेछु।’ यसरी, तँ सत्यताको पक्षमा खडा हुनेछस्, र तैँले उनीहरूलाई अस्वीकार गर्न सक्नेछस्। जब तँ उनीहरू को हुन्, उनीहरू कस्ता प्रकारका मानिस हुन् भनी खुट्ट्याउन सक्षम हुन्छस्, के तँलाई अझै पनि उनीहरूप्रति स्नेह हुनेछ? के तँलाई अझै पनि उनीहरूप्रति पारिवारिक प्रेम महसुस हुनेछ? के उनीहरूसँग अझै पनि तेरो दैहिक सम्बन्ध हुनेछ? हुनेछैन। के तैँले अझै पनि यस प्रकारको स्नेहलाई रोक्नु आवश्यक हुनेछ? (हुनेछैन।) त्यसोभए तैँले खासमा यी कठिनाइहरूलाई कसरी समाधान गर्छस्? सत्यतालाई बुझेर, परमेश्वरमा भर परेर, र परमेश्वरलाई हेरेर” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, परिवारका सदस्यहरूसँग व्यवहार गर्दा, सबैभन्दा पहिले, हामीले परमेश्वरका वचनहरूअनुसार उहाँहरू को हुनुहुन्छ भनेर खुट्याउनुपर्छ र बुझ्नुपर्छ, र उहाँहरूको प्रकृति सार बुझेपछि, हामीलाई उहाँहरूसँग सत्यता सिद्धान्तहरूअनुसार कसरी व्यवहार गर्ने भनी थाहा हुनेछ। यदि सत्यता पछ्याउने र प्रेम गर्ने परिवारका सदस्यहरूले सत्यता बुझ्नुहुन्न र भ्रष्टता प्रकट गर्नुहुन्छ, वा यदि उहाँहरूले सांसारिक दुष्ट प्रचलनहरू बुझ्न सक्नुहुन्न र क्षणिक रूपमा गलत मार्ग लिनुहुन्छ भने, हामी सत्यता सिद्धान्तहरू पालना गर्न सक्छौँ र उहाँहरूलाई प्रेमका साथ मद्दत गर्न सक्छौँ, वा उहाँहरूलाई खुलासा गर्न र काटछाँट गर्न सक्छौँ। तर यदि उहाँहरू सत्यताप्रति वितृष्ण हुनुहुन्छ, सत्यतालाई घृणा गर्नुहुन्छ, र सारमा उहाँहरू अविश्वासी, बेतुके प्रकारका, र दुष्ट मानिस हुनुहुन्छ भने, हामीले उहाँहरूलाई प्रेमका साथ मद्दत र समर्थन गर्न मिल्दैन। हामीले प्रेमलाई घृणाबाट छुट्याउनुपर्छ, हृदयदेखि नै उहाँहरूलाई घृणा र इन्कार गर्नुपर्छ, र हामी र उहाँहरूबीच स्पष्ट रेखा कोर्नुपर्छ। साथसाथै, मैले के पनि बुझेँ भने, बाहिरबाट हेर्दा, मेरो बुबा र दिदीसँग मेरो रगतको नाता भए पनि, र उहाँहरू मेरो परिवार भए पनि, उहाँहरूको सार दियाबलस र अविश्वासीहरूको सार हो, र उहाँहरू म हिँडेको मार्गमा हिँड्नुहुन्न। यो बुझिसकेपछि, म स्नेहद्वारा बाँधिन छाडेँ, र अब म मेरो कर्तव्यमा आफ्नो हृदय शान्त गर्न सक्छु। मैले यो बुझाइ र प्रवेश प्राप्त गर्न सक्नु सबै ममा परमेश्वरका वचनहरूले काम गर्नुको नतिजा थियो। परमेश्वरलाई धन्यवाद!