८९. समस्या रिपोर्ट गर्न डराउनुको पछाडि

छिङथियान, चीन

सन् २०१४ मा, म मण्डलीमा भिडिओहरू निर्माण गर्थेँ। त्यतिबेला याङ मिन सुपरिवेक्षक थिइन्। एक पटक, मैले एउटा भिडिओका लागि याङ मिनको सुझाव त्यति उपयुक्त नभएको देखेँ। त्यसैले मैले फरक दृष्टिकोण व्यक्त गरेँ, तर उनी आफ्नै रायमा अडिग रहिन्। मैले हामीले अगुवाहरूबाट खोज्न सक्छौँ भनेँ, तर मैले नसोचेको कुरा, याङ मिनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मलाई अहङ्कारी भएको र उनको सुझाव नस्विकारेको आरोप लगाइन्। त्यो बेला म धेरै अलमल्ल परेँ, “अगुवाहरूबाट खोज्नुको उद्देश्य त राम्रो भिडिओ निर्माणका सिद्धान्तहरू खोज्ने र स्पष्ट पार्ने हो। तपाईँले मलाई कसरी अहङ्कारी भन्न सक्नुहुन्छ?” पछि, याङ मिनले हाम्रो काम हेर्ने टोली अगुवामा ली पिङलाई बढुवा गरिन्। त्यो समयमा, हामी एउटा अलि गाह्रो भिडिओ बनाउने योजनामा थियौँ, र हाम्रो आशा के थियो भने ली पिङले हामीसँग सिद्धान्त र निर्माणका अवधारणाहरूबारे थप सङ्गति गर्नेछिन्। तर ली पिङसँग खास अन्तरक्रिया गरेपछि, मैले उनी खासै वास्तविक काम गर्दिनन् भन्ने थाहा पाएँ। उनले हाम्रो कामका बारेमा विरलै सोध्थिन्, र अझ, धेरैजसो समय उनले कुनै सिद्धान्तविना, आफ्नै भावनाको आधारमा भिडिओ बनाउन हामीलाई मार्गदर्शन गर्थिन्। हामीले उनका सुझावअनुसार भिडिओहरू बारम्बार संशोधन गर्‍यौँ, जसले प्रगतिमा गम्भीर अड्चन ल्यायो। त्यसपछि मैले ली पिङलाई सान्दर्भिक सिद्धान्तहरूअनुरूप सुझाव दिन सम्झाएँ, किनकि यसले नतिजाहरू हासिल गर्न र फेरि काम गर्नुपर्ने अवस्थाबाट बच्न सजिलो बनाउने थियो। तर ली पिङले यो सुझाव स्विकार्न इन्कार मात्र गरिनन्, उनले यसका विरुद्धमा तर्क पनि गरिन्। उनले मलाई अहङ्कारी भएको र आफ्नै अवधारणामा टाँसिइरहेको भनेर काटछाँट समेत गरिन्। मैले मनमनै सोचेँ, “काममा समस्या र विचलनहरू देखा परिरहेका छन्, तर उनले हामीलाई तिनको सारांश निकाल्न र परिस्थिति सुधार्न अगुवाइ गरिरहेकी छैनन्, न त अभ्यासको कुनै मार्ग नै देखाइरहेकी छिन्। उनी हामीलाई हप्काउने र गाली गर्ने मात्र गर्छिन्, अनि ब्रदर-सिस्टरहरूले उनलाई उचित सुझाव दिँदा पनि, उनी स्विकार्दिनन्। उनले टोली अगुवाका रूपमा आफ्नो जिम्मेवारी कत्ति पनि पूरा गरिरहेकी छैनन्।” म ली पिङसमक्ष यो समस्या उठाउन चाहन्थेँ, तर फेरि मलाई ली पिङ निकै दबदबा देखाउने खालकी छिन् भन्ने लाग्यो, र मैले मनमनै सोचेँ, “यदि मैले उनको समस्या औँल्याएँ भने, के उनले मलाई धेरै अहङ्कारी र उनलाई निशाना बनाइरहेको सोच्नेछिन्?” अन्तमा, मैले आफ्नो कुरालाई मनमै राखेँ। नसोचेको कुरा, पछि ली पिङले भिडिओ कामको कमजोर नतिजाहरूको सबै दोष हामीमाथि थोपरिन्, र हामीलाई अक्सर गाली गर्ने र काटछाँट गर्ने गर्थिन्। सबैजना खराब स्थितिमा थिए।

एक दिन, ली पिङले हाम्रो भिडिओलाई अर्को समूहले बनाएको भिडिओसँग तुलना गरिन्, र हामीमाथि व्यङ्ग्य र उपहासको वर्षा नै गरिन्। मलाई लाग्यो, ली पिङले हामीप्रति पूर्वाग्रह राखेकी छिन् र सधैँ सानातिना कुरामा गल्ती खोजेर हामीलाई गाली गर्छिन्। ली पिङको आक्रमणबाट सबैले धेरै दबाब महसुस गरे, र एउटी सिस्टर यति नकारात्मक भइन् कि उनले यहाँ आफ्नो कर्तव्य पूरा गर्न नै चाहिनन्। मेरो हृदय धेरै दुःखी भयो, र मलाई धेरै रिस पनि उठ्यो। मैले सोचेँ, ली पिङ आफैँ वास्तविक काम गरिरहेकी छैनन्, तैपनि मानिसहरूलाई अन्धाधुन्ध काटछाँट र आलोचना गरिरहेकी छिन्; म अब आँखा चिम्लेर बस्न मिल्दैनथ्यो। भोलिपल्ट मैले ली पिङलाई जथाभाबी मानिसहरूलाई काटछाँट गर्ने उनको समस्याबारे औँल्याइदिएँ। नसोचेको कुरा, ली पिङले बहानाबाजी गरिरहिन्, र यो अरू मानिसहरूको समस्या हो समेत भनिन्। त्यसपछि मैले अगुवा र कामदारहरू हुनुका सिद्धान्तहरूलाई जोडेर उनको समस्या औँल्याउँदै भनेँ, “तपाईँले आफ्ना ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्नुपर्छ। मानिसहरूलाई काटछाँट र हप्काउने गर्नुले मात्र समस्या समाधान हुँदैन, बरु यसले मानिसहरूलाई बाँधिएको महसुस पनि गराउँछ। यसका साथै, तपाईँले ब्रदर-सिस्टरहरूले दिएका सुझावहरू सुन्नुपर्छ।” त्यो बेला उनले ठुस्सिँदै सहमति जनाइन्। तर मैले अपेक्षा नगरेको कुरा, त्यसपछि उनले हाम्रा लागि पढ्न भनेर परमेश्‍वरका वचनको एउटा खण्ड खोजेर ल्याइन् जसमा अहङ्कार र अभिमानलाई खुलासा गरिएको थियो। मेरो हृदयमा, मलाई कता-कता केही गडबड छ जस्तो लाग्यो: उनी खास समस्याहरू समाधान गर्दिनथिइन्, बरु सधैँ हामीलाई आत्मचिन्तन गर्न लगाउँथिन्, ताकि कसैले पनि उनलाई नखुट्ट्याओस्। म साँच्चै नै उनका समस्याहरू खुलासा गर्न चाहन्थेँ, तर फेरि सोचेँ, ली पिङले अरूको सुझाव एक पटक पनि विनम्र भएर स्वीकारेकी छैनन्, र उनको मानवीयता पनि खराब थियो। एक पटक, उनमा अतिथिसत्कार गर्ने एउटी सिस्टरप्रति पूर्वाग्रह पैदा भएको थियो, र हाम्रो अगाडि निरन्तर उनको आलोचना गर्थिन्। मैले सोचेँ, “यदि मैले उनका समस्याहरू सीधै औँल्याएँ भने, के उनले मप्रति पूर्वाग्रह विकास गर्नेछिन् र जताततै मेरो आलोचना गर्दै हिँड्नेछिन्? तब के मेरो प्रतिष्ठा धुलिसात भएर म बर्बाद हुने छैन र?” जब मैले यस्तो सोचेँ, मलाई डर लाग्यो र ली पिङका समस्याहरू औँल्याउने आँट गरिनँ। यहाँसम्म कि उनीसँगै होमा हो मिलाउँदै आत्मचिन्तन गरेँ। त्यसपछि, मेरो हृदयमा आत्मग्लानि भयो, र म किन यति लाछी भएँ भनेर सोचेँ। पछि, भेलाको दौरान, ली पिङले आफूले कसरी चिन्तन गरिन् र आफैलाई बुझिन् भन्नेबारेमा सङ्गति गरिनन्। बरु, अरू समूहहरूको भिडिओको कामलाई मार्गदर्शन गर्दा राम्रा नतिजाहरू हासिल भएका छन्, र ब्रदर-सिस्टरहरू सबैले उनलाई स्वागत गर्छन् भनेर बताइन्। उनको भनाइको आशय के थियो भने, हामी लगातार उनीसँग असहमत छौँ, किनकि हामी उनको सल्लाह स्वीकार्न नसक्ने गरी अहङ्कारी छौँ। म साँच्चै उनका समस्याहरू औँल्याउन चाहन्थेँ, तर मलाई डर थियो, यदि मैले ती कुरा उल्लेख गरेँ भने उनको बेइज्जत हुन्छ र उनले मलाई दबाउनेछिन्, त्यसैले मैले केही पनि भनिनँ।

त्यसपछि, मैले ली पिङले मलाई हरेक पाइलामा निशाना बनाइरहेकी र बहिष्कार गरिहेकी पाएँ। एक पटक, म भेलाबाट घर फर्कने क्रममा, मैले सिस्टरहरूका लागि केही सामानहरू किनेँ, र त्यसैले म अलि ढिलो फर्किएँ। त्यसपछि ली पिङले भेलाको दौरान ब्रदर-सिस्टरहरूको अगाडि मेरो चिरफार गरिन्, र मैले बाहिर भेलामा जाने मौकाको फाइदा उठाएर आफ्नो देहलाई लिप्त गराइरहेकी छु भनिन्। ली पिङले जानाजानी गल्तीहरू खोजेर र कुरालाई निकै बढाइचढाइ गरेर अक्सर मेरो काटछाँट गर्थिन्, र मैले पीडा र दमित महसुस गरेँ। मलाई अब यहाँ आफ्नो कर्तव्य पूरा गर्न पनि मन लाग्न छोड्यो। तर, जब मैले कर्तव्य त्याग्नु भनेको परमेश्‍वरलाई धोका दिनु हो भन्ने सम्झेँ, तब मलाई असहज महसुस भयो, त्यसैले, प्रार्थनामार्फत, मैले आफ्नो कर्तव्य त्यागिनँ। मैले ली पिङसँगको ती केही महिनाका अन्तरक्रियाहरूलाई फर्केर हेरेँ। उनी आफ्नो कर्तव्य निर्वाह गर्दा झारा टार्ने काम गर्थिन् र वास्तविक समस्याहरू समाधान गर्दिनथिइन्, र उनको स्वभाव अत्यन्तै अहङ्कारी थियो; उनले अरू मानिसहरूका सुझावहरू स्विकार्दिनथिइन्। यस्तो व्यक्ति भिडिओको कामका लागि जिम्मेवार रहिरहेमा, उसले काममा अझ ठूला अड्चनहरू मात्र ल्याउनेछ र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि पुऱ्याउनेछ। मलाई थाहा थियो, मैले ली पिङका समस्याहरू अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ, तर फेरि यस समयमा उनले मलाई कसरी निशाना बनाइरहेकी छिन् भन्ने सम्झेँ। यदि मैले उनका समस्याहरू फेरि रिपोर्ट गरेँ र उनले थाहा पाइन् भने, उनले मलाई कसरी सास्ती देलिन् कसलाई के थाहा? यसबाहेक, ली पिङका समस्याहरू सबैले देख्न सक्थे, र अरू सिस्टरहरूले उनलाई कुनै सुझाव दिएका थिएनन्, त्यसैले मैले सोचेँ, म अब यसमा अल्झिरहनु हुँदैन। अझ, याङ मिन भिडिओ कामकी सुपरिवेक्षक थिइन्, र ली पिङलाई उनले एक्लैले बढुवा गरेकी थिइन्। यदि मैले ली पिङका समस्याहरू रिपोर्ट गर्न पत्र लेखेँ भने, याङ मिनले त्यो पढेर मामिलालाई निष्पक्ष रूपमा सम्हाल्नेछिन्? के उनीहरूले मलाई बर्खास्त गर्नेछन् र अहङ्कारी र अभिमानी, भिडिओको काममा बाधा पुऱ्याउन सधैँ अरूको गल्ती खोज्ने भन्नेछन्? यदि उनीहरूले मलाई मण्डलीबाट निकालिदिए भने के होला? के त्यसले परमेश्‍वरमा विश्वास गर्ने मेरो जीवन नै बर्बाद पार्नेछैन र? अगुवाहरूले ली पिङका समस्याहरू पत्ता लगाएपछि उनीहरूले नै यस विषयमा कारबाही गर्नेछन् भनी सोचेर मैले आफैलाई सान्त्वना समेत दिएँ। नसोचेको कुरा, समूहका मेरा सिस्टरहरू मलाई एक्ल्याउन र मबाट टाढा रहन थाले। मसँग अक्सर अन्तरक्रिया गर्ने शिया यु समेत मबाट टाढा भइन्। मैले जति नै सोचे पनि केही पत्ता लगाउन सकिनँ, र हरेक दिन मेरो हृदयलाई ढुङ्गाले थिचेको जस्तो महसुस हुन्थ्यो, जसले गर्दा सास फेर्न पनि गाह्रो हुन्थ्यो। धेरै पटक, म अत्यन्तै पीडा र असहाय महसुस गर्दै एक्लै सुटुक्क आँसु झार्थेँ। एक रात, शिया युले सुटुक्क मलाई ली पिङले म बाहिर भेलामा गएको मौका छोपेर सिस्टरहरूको अगाडि मेरा बारेमा होच्याउने कुराहरू गरेकी, भिडिओको कामले कुनै नतिजाहरू हासिल नगरेको सबै दोष पनि ममाथि नै थोपरेकी, र मेरा ब्रदर-सिस्टरहरूलाई मलाई खुट्ट्याउन भनेकी बताइन्। ली पिङले उक्साएपछि, सबैजना मदेखि सतर्क हुन थाले। शिया युका कुरा सुनेपछि, मेरो मन लामो समयसम्म शान्त हुन सकेन। “मैले ली पिङलाई केही सुझाव दिएकै कारण, उनले मलाई दबाइन् र बहिष्कार गरिन्। अहिले त मलाई बहिष्कार गर्न मेरो पछाडि गुटबन्दीसमेत गरिरहेकी छिन्। के उनले मलाई सास्ती दिइरहेकी होइनन् र? यो मान्छे कति दुष्ट!” त्यो बेला म धेरै नकारात्मक थिएँ, र मेरो स्थिति धेरै खराब थियो। यदि यस्तै चलिरह्यो भने मलाई साँच्चै नै बर्खास्त गरी निष्कासित गरिनेछ भन्ने एकदमै डर लाग्यो। मैले सोचेँ, उनीबाट सास्ती खप्नुभन्दा त, मैले राजीनामा दिएर अर्को कर्तव्य सम्हाल्नु नै राम्रो हुन्छ, यसो हुँदा मैले अबदेखि यो वातावरण सामना गर्नुपर्ने छैन। तर, फेरि मैले परमेश्‍वरसामु म परमेश्‍वरको गवाही दिन राम्रो भिडिओहरू बनाउनेछु भनी गरेको सङ्कल्पबारे सोचेँ। “के मैले साँच्चै यो कर्तव्य यसरी त्याग्ने छु र?” म त्यो कुरा मान्न तयार थिइनँ। त्यसो गर्नु परमेश्‍वरका लागि निकै चोटदायी हुने थियो र परमेश्‍वरप्रति अलिकति पनि बफादारी देखाउनु थिएन। मलाई एकदमै दिशाहीन महसुस भयो र यो वातावरणलाई कसरी अनुभव गर्ने भनेर थाहा पाइनँ। पीडा र असहायपन बीच, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई सत्यता बुझ्न र अभ्यासको मार्ग भेट्टाउन अगुवाइ गर्नुहोस् भनेँ।

सन् २०१५ को मे महिनामा, परमेश्‍वरको घरले ख्रीष्टविरोधी र झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्नेबारे कार्य-व्यवस्था जारी गर्‍यो। जब मैले यसलाई ली पिङको व्यवहारसँग जोडेर पढेँ, मलाई उनी एउटी झूटा कामदार हुन् र ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी छिन् भन्ने महसुस भयो। मैले परमेश्‍वरका वचनहरू पढेँ: “तिमीहरू सबैले परमेश्‍वरको भारलाई ख्याल गर्छु र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छु भनेर भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै ख्याल गरेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकता अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्‍न सक्छस्? के तैँले दृढताको साथ सत्यता अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूका विरुद्धमा लड्न सक्‍नेगरी साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तैँले मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा निर्णायक क्षणहरूमा आफ्‍नो हृदय अर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। साथै, “परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश” मा परमेश्‍वर भन्नुहुन्छ: “परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मण्डलीको काम र हितको रक्षा गर्नु नै परमेश्‍वरले हामीबाट माग गरेका कुरा हुन्, र यो परमेश्‍वरमा विश्वास गर्ने हरेक विश्वासीले पूरा गर्नैपर्ने जिम्मेवारी हो। यो अवधिमा, मैले ली पिङले कुनै पनि वास्तविक काम गरिरहेकी छैनन्, मानिसहरूलाई दबाउने र सास्ती दिने पनि गर्छिन्, र उनको मानवीय स्वभाव दुर्भावपूर्ण छ भन्ने देखेकी थिएँ। सास्ती पाउन र बर्खास्त हुनबाट डराएर मैले कहिल्यै उनका समस्याहरू खुलासा र रिपोर्ट गर्ने आँट गरिनँ, र अन्धकारका शक्तिहरूसँग लड्ने ममा आँट आएनँ। म कुन हिसाबले परमेश्‍वरको बोझको ख्याल गर्ने व्यक्ति थिएँ र? मैले मण्डलीको काम वा हितसँग सम्बन्धित कुराहरूको अलिकति पनि रक्षा गरिनँ, र केवल आफ्नै हितहरूलाई मात्र ख्याल गरेँ। म कति स्वार्थी थिएँ! अब, परमेश्‍वरको घरले हामीलाई ख्रीष्टविरोधी र झूटा अगुवाहरूलाई खुट्ट्याउन कार्य-व्यवस्था जारी गरेको थियो। यसमा परमेश्‍वरको अभिप्राय थियो, र यो परमेश्‍वरले मलाई सत्यता अभ्यास गर्ने मौका दिइरहनुभएको पनि थियो। म उप्रान्त अन्धकारका शक्तिहरूद्वारा बाँधिन हुँदैनथ्यो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे प्रिय परमेश्‍वर, ली पिङद्वारा दमित भएर मैले निरन्तर कष्ट भोगेकी छु। मैले ली पिङलाई स्पष्ट रूपमा खुट्ट्याएकी छु, तर उनका समस्याहरू खुलासा र रिपोर्ट गर्ने आँट गर्दिनँ। म धेरै काँतर छु, र ममा अलिकति पनि इन्साफको बोध छैन। म तपाईँको घृणा पात्र बनिरहेकी छु! अब परमेश्‍वरको घरले हामीलाई ख्रीष्टविरोधी र झूटा अगुवाहरूलाई खुट्ट्याएर रिपोर्ट गर्न माग गरेको छ। मलाई थाहा छ यसमा तपाईँको अभिप्राय छ, र म सत्यता अभ्यास गर्न र उप्रान्त अन्धकारका शक्तिहरूको नियन्त्रणमा नपर्नका लागि तपाईँमा भर पर्न तयार छु।” प्रार्थनापछि, मैले धेरै ढुक्क महसुस गरेँ, र सत्यता अभ्यास गर्ने सङ्कल्प गरेँ।

एक दिन, ली पिङको काम हेर्ने सिस्टर झुओ युएले मलाई बाहिर भेलामा जान भनिन्। म धेरै उत्साहित भएँ, र मलाई लाग्यो यो परमेश्‍वरले मेरा लागि सत्यता अभ्यास गर्न तयार पारिदिएको मौका हो। मैले ली पिङका समस्याहरू रिपोर्ट गर्नैपर्छ। मैले मुख खोल्न नपाउँदै, झुओ युएले हामीलाई सोधिन्, “ली पिङको भिडिओ समूह अगुवाको काम कस्तो छ?” मैले ली पिङको कार्यव्यवहारबारे बताएँ। उनले मलाई त्यो सबै लेख्न भनिन्, र समूहका सदस्यहरूलाई पनि ली पिङका बारेमा आफ्नो मूल्याङ्कन लेख्न आग्रह गरिन्। त्यतिखेर, म यति उत्साहित भएँ कि मेरो आँखाबाट आँसु नै झन्डै खस्यो। मलाई लाग्यो, परमेश्‍वरले मेरो प्रार्थना सुनेर मेरा लागि बाटो खोलिदिनुभएको छ। अझ नसोचेको कुरा, समूहका सिस्टरहरूले पनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने सान्दर्भिक सिद्धान्तहरू पढेपछि ली पिङप्रति केही खुट्ट्याइ प्राप्त गरे। पछि, हामीले सँगै सङ्गति गर्‍यौँ र खुट्ट्यायौँ, र ली पिङको कार्यव्यवहार—उनले वास्तविक काम नगरेको र भिडिओको काममा कसरी अवरोध र बाधा पुऱ्याइन् भन्ने कुरा—लेखेर अगुवाहरूलाई बुझायौँ। छिट्टै, माथिल्ला अगुवाहरूले यस अवस्थाका बारेमा थाहा पाएर पुष्टि गरेपछि ली पिङलाई बर्खास्त गरे। केही समयपछि, याङ मिनलाई पनि बर्खास्त गरे। हामी सबै धेरै उत्साहित भयौँ र परमेश्‍वर यति धर्मी हुनुभएकोमा हृदयदेखि नै उहाँको प्रशंसा गर्‍यौँ।

पछि, सिस्टर ये सिन भिडिओको कामको प्रभारी बनिन्। उनी अक्सर हामीसँग भिडिओ निर्माणका अवधारणाहरूबारे छलफल गर्थिन्, र हामीलाई सक्रिय भई सङ्गति र छलफल गर्न, र मनमा लागेका कुरा खुलेर बोल्न प्रोत्साहन गर्थिन्। कहिलेकाहीँ हामी फरक-फरक राय प्रस्तुत गर्थ्यौँ, र ती उपयुक्त भएसम्म, उनले खुसीसाथ स्विकार्थिन्। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा हामीलाई ढुक्क र स्वतन्त्र महसुस भयो, र भिडिओ निर्माणमा हामीले हासिल गरेका नतिजाहरू झन्-झन् राम्रो हुँदै गएकोमा म विशेष खुसी थिएँ। त्यसपछि, म अक्सर ली पिङ भिडिओको कामका लागि जिम्मेवार हुन उपयुक्त व्यक्ति होइनन् भनेर धेरै अघि नै खुट्ट्याएर पनि उनको समस्या रिपोर्ट गर्ने आँट नगरेको कुरा सम्झन्थेँ। कुनचाहिँ भ्रष्ट स्वभावले मलाई बाँधिरहेको थियो? पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब विभिन्न प्रकारका दुष्ट मानिस र अविश्‍वासीहरू आएर दियाबलस र शैतानका विविध भूमिका खेल्छन्, कामको बन्दोबस्तविरुद्ध गएर पूरै फरक काम गर्छन्, परमेश्‍वरको घरलाई ढाँट्छन् र छल्छन्; जब तिनीहरूले परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउँछन्, परमेश्‍वरको नामलाई लज्जित गर्ने र परमेश्‍वरको घरलाई अर्थात् मण्डलीलाई कलङ्कित गर्ने कामहरू गर्छन्, तब त्यो देखेर तैँले रिसाउनेबाहेक केही गर्दैनस्, तैपनि तँ न्याय कायम राख्न, दुष्ट मानिसहरूलाई पर्दाफास गर्न, मण्डलीको कामलाई कायम राख्न, यी दुष्ट मानिसहरूलाई सम्बोधन गर्न र सम्हाल्न, र तिनीहरूलाई मण्डलीको काममा बाधा पुर्‍याउन र परमेश्‍वरको घर अर्थात् मण्डलीलाई कलङ्कित गर्नबाट रोक्नका लागि उभिन सक्दैनस्। यी कुराहरू नगरेर, तँ गवाही दिन असफल भएको हुन्छस्। … त्यसोभए तिमीहरूले दुष्ट मानिसहरूलाई सम्हाल्न र सम्बोधन गर्न नसक्नुको मूल कारण के हो? के तेरो मानवता भित्रैदेखि कायर, डरपोक र भयभीत भएर हो? यो न त समस्याको मूल कारण हो, न त्यसको सार हो। यो समस्याको सार के हो भने, मानिसहरू परमेश्‍वरप्रति वफादार छैनन्; तिनीहरू आफैलाई, आफ्नो व्यक्तिगत सुरक्षा, ख्याति, हैसियत र निकासलाई रक्षा गर्छन्। तिनीहरू वफादार नभएको कुरा तिनीहरूले कसरी सधैँ आफूलाई बचाउँछन्, केही आइपर्दा कछुवाले टाउको लुकाएझैँ पछि सर्छन्, र सबै साम्य भएपछि मात्र फेरि टाउको बाहिर निकाल्छन् भन्‍ने कुरामा प्रकट हुन्छ। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ अत्यन्तै सजगता अपनाइरहेका हुन्छन्, तिनीहरूमा धेरै व्यग्रता, चिन्ता र डर हुन्छ, र तिनीहरू मण्डलीको कामको रक्षामा उभिन सक्दैनन्। यहाँ के समस्या छ? के यो आस्थाको कमी होइन र? तँसित परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्दैनस्, र तँ तेरो जीवन र तेरो सबथोक परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्दैनस्। तँ ‘परमेश्‍वरको अनुमतिविना, शैतानले तेरो शरीरको एउटा रौँ समेत हल्लाउने आँट गर्दैन’ भन्‍ने परमेश्‍वरको भनाइलाई विश्‍वास गर्दैनस्। तँ तैँले देखेकै कुराहरूको भरमा तथ्यहरूको मूल्याङ्कन गर्छस्, तँ आफ्नै आकलनका आधारमा कामकुराको मूल्याङ्कन गर्छस्, र सधैँ आफ्नो बचाउ गर्छस्। तँ एउटा व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरालाई विश्‍वास गर्दैनस्; तँ शैतान, दुष्ट शक्ति र दुष्ट मानिसदेखि डराउँछस्। के यो परमेश्‍वरमाथि साँचो आस्था नहुनु होइन र? (हो।) परमेश्‍वरमाथि साँचो आस्था किन हुँदैन? के यो मानिसको अनुभव अति सतही भएर अनि तिनीहरूले यी कुराहरू छर्लङ्गै देख्न नसकेर हो, कि तिनीहरूले अत्यन्तै कम सत्यता बुझेर हो? कारण के हो? के मानिसहरूको भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध छ? के यो मानिसहरू अत्यन्तै धूर्त भएर हो? (हो।) तिनीहरूले जति नै कुराहरू अनुभव गरे पनि, तिनीहरूसामु जति धेरै तथ्यहरू प्रस्तुत गरे पनि, तिनीहरू यो परमेश्‍वरको काम हो, वा व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ भनेर विश्‍वास गर्दैनन्। यो एउटा पक्ष हो। अर्को अत्यन्तै ठूलो समस्या भनेको मानिसहरूले आफ्नो बारेमा अति धेरै ख्याल राख्नु हो। तिनीहरू परमेश्‍वर, उहाँको काम, परमेश्‍वरको घरका हितहरू, उहाँको नाम र उहाँको महिमाका निम्ति कुनै मूल्य चुकाउन वा कुनै त्याग गर्न इच्छुक हुँदैनन्। तिनीहरू त्यस्तो कुनै पनि काम गर्न इच्छुक हुँदैनन्, जसमा सानोभन्दा सानो खतरा हुन्छ। मानिसहरू आफ्नो बारेमा अति धेरै ख्याल राख्छन्! मृत्युको, अपमानको, दुष्ट मानिसहरूको पासो, र कुनै पनि खालको दुर्दशामा परिने डरले, मानिसहरू तिनीहरूको आफ्नै देहलाई बचाउन हरसम्भव प्रयास गर्छन्, आफूलाई कुनै खतरनाक परिस्थितिमा पर्न नदिने प्रयत्न गर्छन्। एकातिर, यो व्यवहारले मानिसहरू अत्यन्तै धूर्त हुन्छन् भन्‍ने देखाउँछ भने अर्कोतिर, यसले तिनीहरूको आत्मरक्षा र स्वार्थीपन प्रकट गर्छ। तँ परमेश्‍वरप्रति समर्पित हुन अनिच्छुक छस्, र जब तैँले आफू परमेश्‍वरप्रति समर्पित हुन इच्छुक छु भन्छस्, त्यो एउटा चाहनाबाहेक केही होइन। जब साँच्चिकै अगाडि सरेर परमेश्‍वरको गवाही दिने, शैतानविरुद्ध लड्ने, र खतरा, मृत्यु र विविध कठिनाइ र दुःखहरूको सामना गर्ने कुरा आउँछ, त्यतिखेर तँ इच्छुक हुँदै हुँदैनस्। तेरो सानो चाहना टुक्रा टुक्रा पर्छ, र तैँले पहिला आफूलाई बचाउन सम्भव भएको सबै गर्छस्, र पछि आफूले गर्नुपर्ने केही देखावटी काम गर्छस्, जुन काम सबैले देख्न सक्छन् हुन्छ। एउटा व्यक्तिको दिमाग मेसिनकोभन्दा फुर्तिलो नै हुन्छ: त्यसलाई कसरी परिस्थितिअनुकूल हुने भन्‍ने थाहा हुन्छ, त्यसलाई केही परिस्थितिहरू आइपर्दा कुन कार्यहरूले त्यसका स्वार्थमा योगदान पुर्‍याउँछन् र कुनले पुर्‍याउँदैनन् भन्‍ने कुरा थाहा हुन्छ, र त्यसले आफूसँग उपलब्ध हरेक विधिलाई तीव्र रूपमा लागु गर्छ। फलस्वरूप, जब जब तैँले निश्चित कुराको सामना गर्छस्, तब-तब परमेश्‍वरमाथिको तेरो थोरै भरोसा अडिग रहन सक्दैन। … तैँले जति वटा मामलाहरू सामना गरे पनि, तैँले परमेश्‍वरमाथिको तेरो आस्थामा भर परेर वफादारी र आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनस्। फलस्वरूप, अन्तिममा तैँले केही पनि प्राप्त गर्दैनस्। परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्नुभएको हरेक परिस्थितिमा, र शैतानविरुद्धको तेरो लडाइँमा, तेरो निर्णय सधैँ पछि हट्ने र भाग्ने नै रहँदै आएको छ। तैँले परमेश्‍वरले तँलाई अनुभव गराउन तेरा लागि देखाउनुभएको वा तोक्नुभएको मार्ग पछ्याएको छैनस्। त्यसैले, यो लडाइँमाझ, तैँले प्राप्त गरेको हुनुपर्ने सत्यता, बुझाइ र अनुभवहरू गुमाउँछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदयमा छुरा घोपेझैँ भयो। म परमेश्‍वरले खुलासा गरेका स्वार्थी र छली मानिसहरूमध्ये एक थिएँ। एउटा दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा पुऱ्याउँदा, मैले केवल आफ्नो व्यक्तिगत हितको मात्र ख्याल गरेँ, र परमेश्‍वरप्रति अलिकति पनि बफादारी देखाइनँ। ली पिङले भिडिओको कामलाई मार्गदर्शन गर्दा सिद्धान्तमा प्रवेश नगरेको मैले स्पष्ट रूपमा देखेँ। साथै, उनी अहङ्कारी, अभिमानी थिइन्, र आफ्नै अवधारणाहरूमा टाँसिइरहन्थिन्, ब्रदर-सिस्टरहरूबाट आएका उचित सुझावहरू कहिल्यै स्वीकार्दिनथिइन् र उनीहरूलाई उच्च स्थानबाट निरन्तर हप्काएर बाँधिएको महसुस गराउँथिन्। उनले भिडिओ निर्माण कामको प्रगतिलाई एकदमै ढिलाइ गरेकी थिइन्। म उनका समस्याहरू देख्न सक्थेँ, तर म उनलाई चिढ्याएर उनको आक्रमण र वहिष्कारमा पर्न डराउँथेँ, त्यसैले मैले ती कुरा खुलासा गर्ने आँट गरिनँ। परमेश्‍वरले यो वातावरण ममाथि आउन दिनुभयो। उहाँको अभिप्राय के थियो भने मैले खुट्ट्याउन सिकूँ, र जब कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउँछ, तब म सत्यता अभ्यास गर्न र त्यसलाई खुलासा गरी रोक्न खडा हुन सकूँ। तर, मैले परमेश्‍वरका यति धेरै वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएको भए तापनि, जब मैले एउटा दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा पुऱ्याएको देखेँ, तब म आफ्नो खबटाभित्र पसेँ र केवल आफूलाई जोगाउने बारेमा मात्र सोचेँ। मैले ली पिङका समस्याहरू अगुवाहरूलाई रिपोर्ट गर्न चाहे तापनि, यदि रिपोर्ट पत्र याङ मिनले रोकिन् वा ली पिङले यसबारे थाहा पाइन् भने, उनले मलाई अझ कठोर रूपमा सास्ती दिनेछिन् र मलाई मण्डलीबाट निष्कासितसमेत गराउनेछिन् भन्ने मलाई चिन्ता थियो। जब मैले यस्तो सोचेँ, म हरेक कुरादेखि डराउन थालेँ, र दुविधाहरूले भरिएँ। मेरा यी व्यवहारहरू केवल कायरता, डर र भयको कारणले मात्र थिएनन्, मेरो प्रकृति अत्यन्तै स्वार्थी र छली हुनुको नतिजा पनि थियो। म आफूप्रति अति रक्षात्मक थिएँ! म सास्ती पाउन र निष्कासित हुन डराउँथेँ, त्यसैले मैले केवल आफूलाई जोगाउन खोजेँ र आँखा चिम्लिएँ। मैले यतिसम्म सोचेँ, “मैले उनका समस्याहरू उनलाई भनेकी छु, तर उनले स्वीकार गरिनन्। मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेकी छु। अब अगुवाहरूले पत्ता लगाएर उनलाई कारबाही गर्ने बेलासम्म म पर्खन्छु। यसरी म यो दुष्ट व्यक्तिको सास्ती पाउनबाट आफूलाई जोगाउन सक्छु।” वास्तवमा, ली पिङले वास्तविक काम गर्दिनथिइन्, अरूलाई उच्च स्थानबाट हप्काउँथिन्, र आफ्ना ब्रदर-सिस्टरहरूलाई दमन गर्थिन्। मैले यी दुष्ट कार्यहरू कहिल्यै खुलासा गरेकी थिइनँ, र माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्ने आँट गरिनँ, र त्यसैले समस्या समाधान नै भएको थिएन। मैले कसरी आफ्नो सक्दो प्रयास गरेँ भन्न सक्छु र? मैले “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” र “बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्” जस्ता सांसारिक व्यवहारका शैतानी दर्शनहरूलाई पछ्याएकी थिएँ, र म विशेषगरी स्वार्थी, धूर्त र छली थिएँ। ली पिङले छ महिनाभन्दा बढी समयसम्म भिडिओको काममा बाधा पुऱ्याउँदा मैले चुपचाप खडा भएर हेरिरहेँ। मैले महत्त्वपूर्ण क्षणमा मण्डलीको कामको रक्षा गरिनँ, र एउटा दुष्ट व्यक्तिले मण्डलीको कामलाई हानि पुऱ्याउँदा र बाधा दिँदासमेत सहेर बसेर आफूलाई जोगाएँ। ममा परमेश्‍वरप्रति अलिकति पनि बफादारी थिएन, र मैले आफ्नो पछाडि गम्भीर अपराध छोडेँ। जब मैले यी कुरामा चिन्तन गरेँ, मलाई धेरै पछुतो लाग्यो। मलाई परमेश्‍वरको सामना गर्न लाज लाग्यो, र मैले केवल अपराधबोध र आत्मदोषका आँसु मात्र झार्न सकेँ। म उप्रान्त सांसारिक व्यवहारका शैतानी दर्शनहरूअनुसार जिउन चाहन्नथेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने भन्‍ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कामदारले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको पालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पालन गर्नु हुँदैन र तैँले तिनीहरूको खुलासा गर्न, विरोध गर्न र फरक राय अघि सार्न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा कामदार, वा ख्रीष्टविरोधीका रूपमा प्रकट भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, खुलासा गर्न र रिपोर्ट गर्न सक्छस्। यद्यपि, केही परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता बुझ्दैनन् र खास गरी डरपोक हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दबाउँछन् र यातना दिन्छन् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई निष्कासित गर्यो भने म सकिन्छु; यदि उसले सबैलाई मेरो खुलासा गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मलाई मण्डलीबाट निष्कासित गरियो भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई मुक्ति दिनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?’ के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई यातना दिनु र निकाल्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट निकालिँदा वा उनीहरूलाई निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि निकालिने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तँलाई मुक्ति दिन सकिँदैन भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही समझशक्ति प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग मेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको नोकर होस् भनेर प्रमाणित गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने म सधैँ हिचकिचाउनु र ली पिङका समस्याहरू रिपोर्ट गर्ने आँट नगर्नुको अर्को कारण पनि थियो। त्यो किनभने ममा परमेश्‍वरमाथि आस्था थिएन र मैले परमेश्‍वर हरेक कुरामाथि सार्वभौम हुनुहुन्छ भन्ने विश्वास गरिनँ, बरु अगुवा, कामदार र सुपरिवेक्षकहरूले नै म आफ्नो कर्तव्य जारी राख्न सक्छु कि सक्दिनँ र मुक्ति पाउन सक्छु कि सक्दिनँ भन्ने कुरा निर्धारण गर्छन् भन्ने सोचेँ। त्यसकारण, सुपरिवेक्षक र टोली अगुवाले भिडिओको काममा बाधा पुऱ्याइरहेको देख्दा मैले आँखा चिम्लिएँ, र सावधानीपूर्वक आफूलाई जोगाउने प्रयास गरेँ। मलाई डर थियो, यदि मैले उनीहरूलाई चिढ्याएँ भने, उनीहरूले मेरा लागि परिस्थिति कठिन बनाइदिनेछन्, र मलाई सास्ती दिइनेछ र बर्खास्त गरिनेछ। जब म ली पिङद्वारा दबाइँदै थिएँ, मैले भित्रभित्रै धेरै दबाब महसुस गरेँ, र हरेक दिन यसलाई चुपचाप सहनुपर्यो, तर पनि मैले ली पिङका समस्याहरू रिपोर्ट गर्ने आँट गरिनँ। मलाई डर थियो, ली पिङ र याङ मिनले मेरो गल्ती खोजेर मलाई सास्ती दिनेछन् र निष्कासित गर्नेछन्, अनि मैले मुक्ति पाउनेछैनँ। मेरो कर्तव्य निर्वाह गर्ने क्षमता, म बस्ने वा जाने, र मेरो भविष्य र नियति सबै उनीहरूकै हातमा भएजस्तो थियो। वास्तवमा, यदि उनीहरूले मलाई साँच्चै नै बर्खास्त र निष्कासित गरेका भए पनि, मैले सङ्गति गर्न सत्यता बुझ्ने ब्रदर-सिस्टरहरू भेट्टाउन सक्ने थिएँ, र उनीहरूका दुष्ट कार्यहरू माथिल्ला अगुवाहरूलाई रिपोर्ट र खुलासा गर्न सक्थेँ। परमेश्‍वरको घरले पक्कै पनि सिद्धान्तअनुसार निष्पक्ष रूपमा त्यसलाई सम्हाल्ने थियो। तथापि, मलाई बर्खास्त र निष्कासित नगरिएको भए तापनि, म त्यसै त्यसै पूरै त्रसित भएँ, र उनीहरूका समस्याहरू बोल्ने वा रिपोर्ट गर्ने आँट गरिनँ। ममा परमेश्‍वरमाथि अलिकति पनि कुनै वास्तविक आस्था थिएन। के म त्यही व्यक्ति थिइनँ जसलाई परमेश्‍वरले कायर, बेकम्मा, र शैतानको कमारो भन्नुहुन्छ? परमेश्‍वरले अगुवा र कामदारहरूलाई कसरी व्यवहार गर्ने भन्ने सिद्धान्तहरूबारे धेरै स्पष्ट रूपमा सङ्गति गर्नुभएको छ। जब अगुवा र कामदारहरूले सही काम गर्छन् र त्यो सत्यतासँग मिल्छ भने, मैले सहमत भएर स्वीकार गर्नुपर्छ; यदि उनीहरूले सत्यताअनुसार नहुने र सिद्धान्तहरूको उल्लङ्घन गर्ने काम गर्छन् भने, हामीले सङ्गति गरेर यो कुरा औँल्याउन सक्छौँ, जसले उनीहरूलाई मद्दत गर्छ। यदि अगुवा र कामदारहरूले यो स्वीकार गर्दैनन् र मण्डलीको काममा बाधा पुऱ्याइरहन्छन् र मानिसहरूलाई दबाउँछन् भने, हामीले परमेश्‍वरका वचनहरूअनुसार उनीहरूका दुष्ट कार्यहरूलाई खुलासा गर्नुपर्छ। हामी समस्या समाधान नभएसम्म माथिल्ला अगुवाहरूसमक्ष रिपोर्ट पनि गर्न सक्छौँ। यो हामीले पूरा गर्नुपर्ने जिम्मेवारी हो। सत्यता सिद्धान्तहरूमा अडिग रहँदा, तपाईँ ख्रीष्टविरोधी र दुष्ट मानिसहरूद्वारा दबाइन, सास्ती भोग्न वा निष्कासितसमेत हुन सक्नुहुन्छ, तर यसको अर्थ यो होइन कि तपाईँ मण्डलीद्वारा निष्कासित हुनुभयो वा परमेश्‍वरद्वारा हटाइनुभयो, न तपाईँसँग मुक्ति पाउने कुनै मौका छैन भन्ने यसको अर्थ हो। मण्डलीले मानिसहरूलाई उनीहरूको निरन्तरको व्यवहारको आधारमा बढुवा वा बर्खास्त गर्छ, र यो निर्णय धेरैजसो ब्रदर-सिस्टरहरूको मूल्याङ्कनको समग्र मूल्याङ्कनपछि गरिन्छ। यो कुनै एक अगुवा वा कामदारले निर्णय गर्ने कुरा होइन। परमेश्‍वरको घरले सत्यता सिद्धान्तअनुसार काम गर्छ। मैले सुपरिवेक्षक सिस्टर ये सिनबाट ली पिङले मलाई निरन्तर बर्खास्त गर्ने प्रयास गरिरहेको कुरा सुनेँ। तर, उनीहरूले वास्तविक अनुसन्धान गरी ली पिङले भनेको कुरा साँचो नरहेको पाए, र अन्य समस्याहरूका साथै, ली पिङले वास्तविक काम गरिरहेकी छैनन् भन्ने पनि पत्ता लगाए। मैले परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ, र धार्मिकताले शासन गर्छ भन्ने देखेँ। यसले मलाई के अनुभव गरायो भने ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूले परमेश्‍वरको अनुमतिविना मलाई केही गर्न सक्दैनन्। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, तर मैले मानिसहरू वा कामकुरालाई परमेश्‍वरका वचनहरूको आधारमा हेरिनँ, र सिद्धान्तअनुसार काम गरिनँ। जब दुष्ट शक्तिहरूले मण्डलीको काममा बाधा पुऱ्याए र मेरा ब्रदर-सिस्टरहरूलाई हानि गरे, मैले मण्डलीको कामको रक्षा गर्न सत्यता अभ्यास गरिनँ। बरु, मैले झूटा अगुवाहरू दुष्ट कार्यमा संलग्न रहेको र परमेश्‍वरको घरलाई हानि पुऱ्याएको कुरा सहेर बसेँ। के म शैतानको मतियार भएर काम गरिरहेकी थिइनँ र? यदि म पश्चात्ताप नगरी बसेकी भए, म अन्ततः परमेश्‍वरद्वारा हटाइने थिएँ, र यो परमेश्‍वरको धर्मी स्वभावद्वारा निर्धारण हुने थियो। जब मैले यी अनुभवहरूलाई मनन गरेँ, तब मैले यी वातावरणहरू तयार पार्नुमा परमेश्‍वरको श्रमसाध्य अभिप्राय रहेको बुझ्न पाएँ। ती वास्तवमै मेरो जीवन प्रवेशका लागि धेरै लाभदायक थिए, र मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरियो। मैले सत्यता अभ्यास नगरेर गरेका अपराधहरूका लागि दोषी र ऋणी महसुस पनि गरेँ। मैले परमेश्‍वरलाई चुपचाप प्रार्थना गरेँ, “हे प्रिय परमेश्‍वर, तपाईँले मेरा लागि खडा गरेका वातावरणहरूका लागि म तपाईँलाई धन्यवाद दिन्छु। पहिले, मैले सत्यता अभ्यास गर्ने धेरै मौकाहरू गुमाएँ। म पश्चात्ताप गर्न, र इन्साफको बोध भएको, सत्यता अभ्यास गर्ने र मण्डलीको कामको रक्षा गर्ने व्यक्ति बन्न इच्छुक छु।”

पछि मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ र गहिरो रूपमा प्रभावित भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब सत्यता तेरो जीवन बनिसकेको हुन्छ, तब यदि तैँले कसैले परमेश्‍वरको निन्दा गरिरहेको, परमेश्‍वरको डर नमानिरहेको, आफ्नो कर्तव्य पूरा गर्दा झारा टारिरहेको, वा मण्डलीको काममा अवरोध र बाधा दिइरहेको देखिस् भने, तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्नेछस्, खुट्ट्याउनुपर्नेहरूलाई खुट्ट्याउन सक्नेछस्, र खुलासा गरिनुपर्नेहरूलाई खुलासा गर्न सक्नेछस्। … जसले साँच्चै परमेश्‍वरमा विश्वास गर्छन्, तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न बाँकी नै भए पनि, कम्तीमा तिनीहरूले आफ्नो बोली-व्यवहारमा परमेश्‍वरको पक्ष लिनेछन्; कम्तीमा, परमेश्‍वरको घरको हितमा हानि पुगेको देख्दा तिनीहरू चुप लागेर बस्नेछैनन्। यदि तिनीहरूले यसलाई बेवास्ता गर्ने प्रयास गरे भने, तिनीहरूको विवेकले हप्की र असहज महसुस गर्नेछ, र तिनीहरूले आफैलाई भन्नेछन्, ‘म चुप लागेर केही नगरी बस्न सक्दिनँ। मैले उठेर केही भन्नैपर्छ, मैले मेरो जिम्मेवारी पूरा गर्नैपर्छ। यो दुष्ट कार्यलाई खुलासा गर्न र रोक्न, परमेश्‍वरको घरका हितमाथि हानि पुग्नबाट जोगाउन, र मण्डलीको जीवनमा बाधा नआओस् भनी सुनिश्चित गर्न, म अगाडि आउनैपर्छ।’ यदि सत्यता तेरो हृदयमा तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र दृढ सङ्कल्प मात्रै हुनेछैन, तँ यो मामिलालाई छर्लङ्गै देख्न पनि सक्षम हुनेछस्। यसबाहेक, तँ परमेश्‍वरको काम र उहाँको घरका हितहरूका लागि आफ्नो जिम्मेवारीको उचित हिस्सा पूरा गर्न सक्षम हुनेछस्, र यसरी, तेरो कर्तव्य पूरा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने साँचो रूपमा सत्यता पछ्याउने व्यक्तिको हृदय परमेश्‍वरतर्फ फर्केको हुन्छ। जब उनीहरूमाथि परिस्थितिहरू आइपर्छन्, उनीहरू परमेश्‍वरको पक्षमा र सत्यताको पक्षमा खडा हुन सक्छन्। उनीहरूले अरूलाई मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएको देखेमा त्यसलाई बेवास्ता गर्दैनन्, बरु व्यक्तिगत हितलाई त्यागेर मण्डलीको कामको रक्षा गर्न सिद्धान्तअनुसार काम गर्छन्। मण्डलीको हितका लागि हानिकारक कुराहरूको हकमा, उनीहरूले ती कुराहरूलाई खुलासा गरी रोक्न सत्यता अभ्यास गर्न सक्छन्। उनीहरू दुष्ट शक्तिहरू विरुद्ध लड्न आँटी हुन्छन्, र मण्डलीको हितको रक्षा गर्न आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्। सत्यता पछ्याउने र विवेक अनि समझ भएका मानिसहरू यिनीहरू मात्र हुन्। मैले हृदयमा आफैलाई के सचेत गराएँ भने यदि मैले फेरि मण्डलीमा वास्तविक काम नगर्ने झूटा अगुवा र झूटा कामदारहरू, वा मण्डलीको कामका लागि हानिकारक हुने गरी सिद्धान्तहरूको उल्लङ्घन गरी काम गर्ने मानिसहरूलाई देखेँ भने, म आफूलाई जोगाउन मान्छे खुसी पारिहिँड्ने व्यक्ति पक्कै पनि बन्नेछैनँ। बरु, म उनीहरूका समस्याहरू औँल्याउनेछु, र यदि उनीहरूले यो स्वीकार गरेनन् भने, समस्याहरू समाधान नभएसम्म मैले यसलाई माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्नेछु। यसरी मात्र मैले आफ्नो जिम्मेवारी पूरा गरेकी हुनेछु। एक पटक, मैले संयोगले के सुनेँ भने मण्डलीकी अर्की एउटी सिस्टर पनि ली पिङद्वारा दमित भएकी रहिछिन्। ती सिस्टर ली पिङद्वारा दमित भइरहेकोबारे थाहा पाएपछि, मैले के बुझेँ भने धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरे तापनि ली पिङको भ्रष्ट स्वभाव अलिकति पनि परिवर्तन भएको छैन, र उनको हितमा प्रभाव पार्ने जो कोहीलाई पनि उनी दबाउने र सास्ती दिने गर्छिन्। साथै, उनको मानवीय स्वभाव दुर्भावनापूर्ण छ, उनी सत्यतालाई घृणा गर्छिन्, र उनमा धेरै गम्भीर ख्रीष्टविरोधी स्वभाव छ। यस्तो व्यक्ति मण्डलीमा रहिरहेमा, उसले काममा बाधा पुऱ्याउने र आफ्ना ब्रदर-सिस्टरहरूलाई हानि गर्ने मात्रै गर्नेछ। त्यसकारण, मैले ली पिङको मानिसहरूलाई दबाउने र सास्ती दिने व्यवहार, र उनको दुष्ट्याइँका तथ्यहरूबारे अगुवाहरूलाई विस्तृत रिपोर्ट बुझाएँ। उनीहरूले सिद्धान्तअनुसार उनलाई कारबाही गर्नेछन् भन्ने आशा गरेँ। केही समयपछि नै, अगुवाहरूले मलाई जवाफी पत्र लेखेर ली पिङलाई प्रहरीले पक्राउ गरेको, रिहा भए तापनि उनी अझै पनि प्रहरीको निगरानीमा रहेकी, उनका दुष्ट कार्यहरूको प्रमाणहरू उनीहरूले पहिले नै सङ्कलन गरिसकेका र सिद्धान्तअनुसार उनलाई कारबाही गर्ने भनी बताए। जब मैले अगुवाहरूको जवाफ पढेँ, मैले धेरै ढुक्क महसुस गरेँ। त्यसपछि, जब-जब मैले अगुवा वा कामदारहरूले अनुपयुक्त वा सिद्धान्तविपरीत काम गरेको देखेँ, म काँतर र अन्धो भएर आज्ञा पालन गर्ने हुन छाडेँ। बरु, मैले परमेश्‍वरका वचनहरूअनुसार उनीहरूसमक्ष यो कुरा उल्लेख गरेँ।

यद्यपि मैले एक दुष्ट व्यक्तिद्वारा सास्ती भोगेको र दबाइएको अनुभवमा केही दुःखकष्ट भोगे पनि, मैले ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको सत्यता-घृणा गर्ने सारबारे केही खुट्ट्याइ प्राप्त गरेँ। मैले साँच्चिकै के पनि देखेँ भने परमेश्‍वरले सबै कुरा नियन्त्रण गर्नुहुन्छ, र मेरो भविष्य र नियति पनि परमेश्‍वरकै हातमा छ। मैले वास्तवमै के पनि अनुभव गरेँ भने परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ, र दुष्ट काम गर्ने र मण्डलीको काममा बाधा पुऱ्याउने सबै नकारात्मक पात्रहरूलाई निष्पक्ष रूपमा कारबाही गरिनेछ। मैले यी उपलब्धि र बुझाइहरू प्राप्त गर्न सक्नु परमेश्‍वरका वचनहरूद्वारा हासिल भएको नतिजा हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ८०. म किन सधैँ आफ्नो राय व्यक्त गर्न डराउँथेँ

अर्को:  ९२. आमाबुबाको दया कहिल्यै तिर्न नसकिने ऋण हो?

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger