९५. के आदर्श विवाह पछ्याएर खुसी प्राप्त गर्न सकिन्छ?
म स्कुलमा पढ्दा गीत सुन्न र प्राचीन कविताहरू पढ्न मन पराउँथेँ। यी धेरैजसो रचनाहरूको विषयवस्तु प्रेम हुन्थ्यो। म “प्रेम नै सर्वोपरि हो” र “जीवनभर सँगै यात्रा गर्नु” जस्ता प्रेमसम्बन्धी दृष्टिकोणहरूबाट प्रभावित थिएँ। म सधैँ दिगो र रोमान्टिक विवाहतर्फ आकर्षित थिएँ, र मेरो ख्याल राख्ने अनि मसँगै बुढो हुने कोही व्यक्ति भेट्न आतुर थिएँ। काम गर्न थालेपछि, मैले मेरा श्रीमान्लाई भेटेँ। हाम्रो विवाहपछि, उहाँ मेरो ख्याल राख्ने र हेरविचार गर्ने गर्नुहुन्थ्यो। कहिलेकाहीँ, मलाई हल्का टाउको दुख्दा वा ज्वरो आउँदा पनि उहाँ मलाई उपचारका लागि अस्पताल जानुपर्छ भनेर जिद्दी गर्नुहुन्थ्यो। हामी बाटोमा हिँड्दा, मलाई गाडीले ठक्कर देला भन्ने डरले उहाँ मलाई सधैँ आफ्नो दाहिनेतिर हिँडाउनुहुन्थ्यो। हाम्रो जीवनमा सानोतिनो ठाकठुक पर्दा पनि उहाँ मसँगै मिल्ने र सहने गर्नुहुन्थ्यो। यसबाहेक, उहाँ अत्यन्तै रोमान्टिक हुनुहुन्थ्यो। उहाँ हरेक पटक व्यावसायिक यात्राबाट फर्कँदा र हरेक विदामा, चाहे त्यो जतिसुकै सानो किन नहोस्, मेरा लागि उपहारहरू किनिदिनुहुन्थ्यो। मेरा श्रीमान्ले मलाई यति धेरै हेरचाह गरेको देख्दा, मलाई आफू संसारकै सबैभन्दा भाग्यमानी महिला हुँ जस्तो लाग्थ्यो। मैले यो जीवनको मेरो सम्पूर्ण खुसी उहाँलाई सुम्पेकी थिएँ।
जुलाई २०१३ मा, मैले परमेश्वरमा विश्वास गर्न सुरु गरेँ। परमेश्वरका वचनहरूबाट, मैले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने र सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने सर्वशक्तिमान् परमेश्वर नै हुनुहुन्छ भन्ने थाहा पाएँ। उहाँ मानवजातिको मुक्तिदाता हुनुहुन्छ। म एक सृजित प्राणी हुँ, र मैले उचित रूपमा परमेश्वरमा विश्वास गर्ने, परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने गर्नुपर्छ। त्यतिबेला, फुर्सद हुँदा, म परमेश्वरका वचनहरू पढ्थेँ र सक्रिय रूपमा सुसमाचार प्रचार गर्थेँ। मेरा श्रीमान्ले मेरो परमेश्वरमाथिको विश्वासको विरोध गर्नुभएन। जुन २०१४ सम्ममा, उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्ने आधारहीन अफवाहहरू सुन्नुभयो। उहाँ सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासका कारण आफू फसिने हो कि भनेर डराउनुभयो र परमेश्वरमाथिको मेरो विश्वासमा बाधा पुर्याउन थाल्नुभयो। मैले उहाँलाई सत्यता बताएँ र ती आधारहीन अफवाहहरूमा विश्वास नगर्न आग्रह गरेँ। उहाँले मैले उहाँको कुरा नसुनेको देख्नुभयो, त्यसैले त्यसपछि उहाँ मसँग लगातार झगडा गर्न थाल्नुभयो।
सन् २०१८ जुनमा, एक साँझ करिब दस बजेतिर, मेरा श्रीमान् रक्सीले मातेर घर आउनुभयो। उहाँले लात्तीले हानेर सुत्ने कोठाको ढोका खोल्नुभयो, मेरो कपालमा समातेर मलाई ओछ्यानबाट भुइँमा तान्नुभयो अनि मेरो टाउकोमा हिर्काउन थाल्नुभयो। उहाँले बलपूर्वक हिर्काउनुभयो, र हरेक थप्पडमा मेरो टाउको रन्थनियो। त्यसपछि, उहाँले मेरो अनुहारमा थप्पड हान्न थाल्नुभयो, र त्यो सकिएपछि उहाँ भान्साबाट चक्कु ल्याउन जानुभयो। सराप गर्दै उहाँले भन्नुभयो, “यदि तैँले फेरि परमेश्वरमा विश्वास गरिस् भने, म तँलाई मारिदिन्छु र म पनि मर्छु।” यसो भन्दै गर्दा उहाँले चक्कुको उल्टो भागले मेरो घाँटीमा थिच्नुभयो। आफ्नो हृदयमा मैले लगातार परमेश्वरलाई पुकारेँ। मैले शारीरिक रूपमा प्रतिकार गर्ने आँट गरिनँ। निकै लामो समय बिते झैँ भएपछि, उहाँले चक्कु तल झार्नुभयो। कुनै बेला मेरो यति धेरै ख्याल राख्ने र माया गर्ने श्रीमान् यसरी हिंस्रक भएको देख्दा, मेरो हृदय छियाछिया भयो। भोलिपल्ट, उहाँले मसँग गल्ती स्विकार्दै माफी माग्नुभयो। मैले मनमनै सोचेँ, “हाम्रो विवाह भएको धेरै वर्ष भयो र उहाँ मप्रति सधैँ राम्रो हुनुहुन्थ्यो। सायद रक्सीले मातेको र आवेगमा आएकोले यसपटक यस्तो भएको होला।” त्यसैले मैले उहाँलाई माफ गरिदिएँ। यद्यपि, त्यसपछि भेलामा जाँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई बन्धनमा परेको महसुस हुन थाल्यो। म हरेक पटक भेलाबाट फर्कँदा मेरा श्रीमान् घरमा हुनुहुन्न भन्ने देख्दा राहतको लामो सास फेर्थेँ। उहाँ रिसाएको अनुहार पारेर घरमा हुँदा, म आफैँ अघि सरेर उहाँसँग कुरा गर्थेँ, वा उहाँलाई के खान मन छ भनेर सोध्थेँ र हतारहतार भान्सामा गएर बनाउँथेँ। मैले उहाँको पहिलेभन्दा अझ बढी ख्याल राख्न थालेँ।
२०१९ को जुनमा, म मण्डलीमा अगुवाको रूपमा चुनिएँ। यो खबर सुन्दा म धेरै खुसी भएँ, र अगुवाको रूपमा मैले तालिम लिने र जीवनमा छिटो प्रगति गर्ने धेरै अवसरहरू पाउनेछु भन्ने सोचेँ। तर, म आशङ्काले पनि भरिएकी थिएँ, “पहिले, म भेलामा जाँदा त मेरा श्रीमान् सधैँ मलाई रिसाएर हेर्ने वा कचकच गर्ने गर्नुहुन्थ्यो। अगुवाहरूको काम धेरै हुन्छ, र मलाई बारम्बार भेलाहरूमा जानुपर्ने हुन्छ। के उहाँले मलाई अझ बढी बाधा पुर्याउन खोज्नुहोला? यदि त्यसो भयो भने, हामीले फेरि कहिल्यै सौहार्दपूर्ण जीवन जिउन पाउनेछैनौँ।” एकातिर मेरो कर्तव्य, अर्कातिर मेरो विवाह। म दोधारमा परेँ। मैले खोजी गर्दै परमेश्वरलाई प्रार्थना गरेँ, र परमेश्वरका यी वचनहरू सम्झेँ: “यदि तँ सुसमाचारको काम फैलाउनमा महत्त्वपूर्ण भूमिका खेल्छस् र परमेश्वरको अनुमतिविना आफ्नो पद छोडेर भगौडा बन्छस् भने, योभन्दा ठूलो अपराध अरू केही हुँदैन। के यो परमेश्वरविरुद्धको धोकाका रूपमा गनिँदैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। यदि मैले मेरो विवाह बचाउनका लागि आफ्नो कर्तव्यलाई इन्कार गरेँ भने, त्यो गम्भीर अपराध हुनेछ। म एक सृजित प्राणी हुँ, र आफ्नो कर्तव्य निर्वाह गर्नु मेरो जिम्मेवारी र दायित्व हो। मेरो सानो शान्त जीवन जिउनका लागि म आफ्नो कर्तव्य निर्वाह गर्ने कार्य रोक्न सक्दिनँ। त्यसैले, मैले अगुवाको कर्तव्य स्वीकार गरेँ। त्यतिबेला, संयोगवश मेरा श्रीमान् बिदामा हुनुहुन्थ्यो। उहाँले म हरेक दिन सबेरै निस्कने र ढिलो फर्कने गरेको देख्नुहुन्थ्यो, र दुई-चार दिनको अन्तरालमा मसँग झगडा गर्नुहुन्थ्यो। धेरैपटक, उहाँले मलाई ढोकामै रोक्नुभयो र भेलाहरूमा जान दिनुभएन। उहाँले मैले हाम्रो परिवार वा उहाँको ख्याल नराखेको पनि बताउनुभयो, र मैले परमेश्वरमा विश्वास गरिरहेमा उहाँले मसँग सम्बन्धविच्छेद गर्ने कुरा समेत गर्नुभयो। मेरो मुखबाट एक्कासि यस्ता शब्दहरू निस्किए, “हुन्छ, त्यसो भए सम्बन्धविच्छेद गरिहाल्नुहोस् न त!” तर मैले भित्रभित्र भने कमजोर महसुस गरेँ। मैले सोचेँ, “यदि मेरा श्रीमान्ले मसँग साँच्चै सम्बन्धविच्छेद गर्नुभयो भने के होला? त्यसपछि मेरो जीवन कस्तो होला?” सम्बन्धविच्छेदबारे सोच्नेबित्तिकै, मलाई त्यसपछि मेरो जीवनमा कुनै खुसी बाँकी रहनेछैन भन्ने लाग्यो। मेरो मुटुमा कसैले छुरा रोपिरहेजस्तो पीडा भयो। मलाई हरेक दिन बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न मन लाग्न छोड्यो। यद्यपि, म मण्डलीमा अगुवा थिएँ, र मण्डलीको समग्र कामको जिम्मेवारी ममा थियो। यदि मैले आफ्नो कर्तव्य त्यागेँ भने, म साँच्चै विवेकहीन हुनेथिएँ। मैले साहस बटुलेर अघि बढ्नुपर्ने नै थियो। भेलाहरूमा, म केवल झारा टारुवा रूपले काम गर्थेँ; कसैको स्थिति ठीक छैन कि भनेर सोध्थेँ र कामको बारेमा थोरै जानकारी लिन्थेँ। म सामान्य सङ्गति त गर्थेँ, तर नतिजा खोज्दिनथेँ। कहिलेकाहीँ, काम पूर्ण रूपमा कार्यान्वयन भइसकेको हुँदैनथ्यो, तर भेला सक्ने समय भएको देख्नेबित्तिकै म हतारिँदै घर फर्कन्थेँ। फलस्वरूप, मेरा ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू समयमै समाधान हुन सकेनन्, र केही कामहरू समयमै कार्यान्वयन हुन सकेनन्।
एकपटक, मेरी दिदी मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न एउटी सिस्टरको घरसम्म मलाई पछ्याउँदै आउनुभयो। ती सिस्टरको सुरक्षाका लागि, माथिल्लो तहका अगुवाहरूले मलाई मेरा ब्रदर-सिस्टरहरूसँग सम्पर्कमा नरहन, र घरको अवस्था हेरेर आफूले सक्ने जति आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे। सुरुका केही दिनहरूमा, आफ्नो कर्तव्य निर्वाह गर्न नपाएकोले म हराए जस्ती र दुःखी भएँ। पछि, मेरा श्रीमान्ले मेरो लागि हरेक दिन खाना पकाएको र मलाई खुसी पार्न व्यस्त भएको देखेपछि भने, म चाँडै नै वैवाहिक जीवनका भावनाहरूमा डुब्न थालेँ। मलाई मसँग काम गर्ने सिस्टर भर्खरै मात्र अगुवाको रूपमा चुनिएकी हुन् र उनी मण्डलीको कामबारे परिचित छैनन् भन्ने राम्रोसँग थाहा थियो। कामका धेरै पक्षहरू यस्ता थिए, जसलाई कार्यान्वयन र अनुगमन गर्न हामी दुवैले मिलेर तुरुन्तै काम गर्न आवश्यक थियो। त्यसमाथि, मेरा श्रीमान्ले मेरो हरेक गतिविधिलाई पछ्याइरहनुभएको थिएन। मलाई बाहिर निस्केर आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरहरू थिए, तर मलाई मेरा श्रीमान्ले थाहा पाउनुभयो भने रिसाउनुहुनेछ भन्ने डर थियो। हाम्रो सम्बन्ध भर्खरै मात्र सुध्रिएको थियो, र म यो अवस्थालाई बिगार्न चाहन्नथेँ। त्यसैले “वातावरण सुरक्षित राख्ने” बहाना बनाएर मैले दुई महिनासम्म मण्डलीको कामबारे सोधपुछ गरिनँ। नतिजास्वरूप, कामका सबै पक्षहरूमा विभिन्न स्तरमा बाधा पुग्यो। माथिल्लो तहका अगुवाहरूले म पूर्ण रूपमा दैहिक जीवनमा जिइरहेकी र मण्डलीको काम नगरेकी देखे, त्यसैले उनीहरूले मलाई बर्खास्त गरे। त्यतिबेला, म रोएँ। यी दुई महिनामा मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने मौकाहरू थिए, तर म आफ्नो कर्तव्यमा अडिग रहिनँ। के म भगौडा थिइनँ र? मैले आफ्नो हृदयमा आत्म-ग्लानि र दोषी महसुस गरेँ। एउटा भेलामा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जुन मलाई हिजो पढेजस्तै याद छ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रन्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। जब मैले परमेश्वरका न्यायका वचनहरू पढेँ, मलाई गहिरो आत्म-ग्लानि महसुस भयो, र मैले आफूलाई रुनबाट रोक्न सकिनँ। म ती दोधारमा परेका मानिसहरूमध्ये एक थिएँ, जसलाई परमेश्वरले खुलासा गर्नुभयो। एक हातले, मैले आफ्नो विवाह र परिवार त्याग्न अनिच्छुक हुँदै तिनलाई बलियो गरी समातेकी हुन्थेँ; अर्को हातले, म परित्यक्त नहोऊँ भनेर परमेश्वरको मुक्तिलाई समातेकी हुन्थेँ। आफू अगुवा हुँदा, म हरेक दिन आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जान्थेँ, तर म आफ्नो परमेश्वरमाथिको विश्वासले मेरा श्रीमान् रिसाउने र हाम्रो सम्बन्धमा असर पुग्ने नहोस् भन्ने चाहन्थेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा, म केवल झारा टारुवा रूपले काम गरिरहेकी थिएँ। मैले मेरा ब्रदर-सिस्टरहरूका कठिनाइहरू र उनीहरूले आफ्नो काममा भोगेका समस्याहरूबारे सङ्गति गर्न र समाधान गर्न कुनै प्रयास लगाइनँ। वातावरण सुरक्षित राख्न घरमा एक्लिएर बस्दा, मैले कथित सुखी जीवनको आनन्द लिँदै आफ्नो कर्तव्य पन्छाउने मौका मात्र लिएँ। मलाई मसँग काम गर्ने सिस्टर भर्खरै मात्र अगुवा भएकी हुन् र उनी एक्लैले त्यो सबै काम हेर्न सक्दिनन् भन्ने राम्रोसँग थाहा थियो। त्यसमाथि, मेरा श्रीमान्ले मलाई हरेक दिन निगरानी गरिरहनुभएको थिएन, त्यसैले म मेरी सिस्टरसँग सहकार्य गरेर केही काम गर्न सक्थेँ। तर, मेरा श्रीमान्सँगको सम्बन्ध बचाउनका लागि, मैले दुई महिनासम्म मण्डलीको काममा कुनै चासो देखाइनँ। आफ्नो कर्तव्य र सौहार्द्रपूर्ण परिवारबीचको उलझनमा फस्दा, मैले आफ्नो परिवार जोगाउने बाटो रोजेँ र आफ्नो कर्तव्य सहजै त्यागिदिएँ। मसँग परमेश्वरप्रतिको बफादारी रत्तिभर पनि थिएन, र ती दुई महिनामा मलाई अलिकति आत्म-ग्लानि वा ऋणीपन महसुस समेत भएन। मैले परमेश्वरका धेरै वचनहरू पढेकी थिएँ, तर जब वास्तवमै ममाथि केही आइपर्यो, मैले आश्चर्यजनक रूपमा यस्तो व्यवहार गरेँ। ममा साँच्चै अलिकति पनि विवेक वा समझ थिएन! परमेश्वर भन्नुहुन्छ: “तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ।” मण्डली अगुवाका रूपमा, ममाथि ठूलो जिम्मेवारी थियो। मैले मण्डलीमा कामका विभिन्न पक्षहरूको सामान्य प्रगतिको हिफाजत गर्ने जिम्मेवारी लिएकी हुनुपर्थ्यो, र मेरा ब्रदर-सिस्टरहरूलाई सत्यता बुझ्न र उनीहरूको कर्तव्य राम्रोसँग निर्वाह गर्न मद्दत र समर्थन गरेकी हुनुपर्थ्यो। तर त्यसको सट्टा, मलाई आफ्ना ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा असर परेको छ कि छैन, वा मण्डलीको काममा क्षति पुगेको छ कि छैन भन्ने कुराको कुनै वास्ता थिएन। मैले केवल मेरो विवाह र परिवार जोगाउनेबारे मात्र सोचेँ, र आफ्नो कर्तव्य लापरवाहीका साथ त्यागेँ। म साँच्चै नै धेरै स्वार्थी र घृणास्पद थिएँ! म एक अविश्वासिलो व्यक्ति थिएँ! आफूलाई बर्खास्त गरिएकोमा मैले आफैलाई मात्र दोष दिन सक्थेँ। मलाई धेरै पछुतो लाग्यो, र मैले भित्रभित्रै सङ्कल्प गरेँ, अब उप्रान्त म मेरो विवाह र परिवार जोगाउनका लागि आफ्नो कर्तव्य त्याग्नेछैनँ। पछि, मैले मण्डलीमा फेरि कर्तव्य निर्वाह गर्न थालेँ र मेरा श्रीमान् मलाई परमेश्वरमाथिको विश्वास त्याग्न बाध्य पार्नका लागि फकाउने र धम्काउने दुवै उपाय लगाउनुहुन्थ्यो। जब उहाँ मैले उहाँको कुरा नसुनेको देख्नुहुन्थ्यो, उहाँ मलाई धम्की दिन हरेक दिन सम्बन्धविच्छेदको कुरा निकाल्नुहुन्थ्यो। म परमेश्वरलाई प्रार्थना गर्थेँ र मलाई विश्वास र शक्ति दिनुहोस् भनी उहाँसँग बिन्ती गर्थेँ। यसरी, म सधैँ भेलामा जान र आफ्नो कर्तव्य निर्वाह गर्न डटीरहेँ। बिस्तारै, मेरा श्रीमान्ले मलाई त्यति कडाइ गर्न छोड्नुभयो, खालि म हरेक दिन घर आउनुपर्ने कुरा गर्नुहुन्थ्यो।
२०२३ जुलाईमा, अगुवाहरूले मेरो लागि एउटा कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाए। काममा धेरै मामिलाहरू समावेश भएकाले, म दुई हप्ता जति समयमा एकपटक मात्र घर आउन सक्थेँ। मलाई अलिकति बन्धनमा परेको महसुस भयो, “यदि म दुई हप्ता जतिमा एकपटक मात्र घर आएँ भने, के मेरा श्रीमान्ले मान्नुहोला? यदि म नियमित रूपमा घरमा भइनँ, र उहाँलाई साथ दिन र उहाँको हेरचाह गर्न उहाँको छेउमा भइनँ भने, हाम्रो वैवाहिक सम्बन्ध बिस्तारै तर निश्चित रूपमा टुट्नेछ।” तर, मैले आफ्नो पहिलेको असफलताको अनुभव सम्झेँ। यसपटक, म पछुतो बोकेर बस्न चाहन्नथेँ, र मैले यो कर्तव्य स्वीकार गरेँ। केही समयपछि, म अलिकति चिन्तित भएँ, “यदि म यसरी नै घर फर्किनँ भने, मेरा श्रीमान्सँगको मेरो सम्बन्ध झन्-झन् टाढा हुँदै जानेछ। यदि उहाँ अर्कैको प्रेममा पर्नुभयो भने, हाम्रो विवाह समाप्त हुनेछ। यदि मैले आफ्नो वैवाहिक जीवन गुमाएँ भने, के म भविष्यमा सुखी जीवन जिउन सकूँला?” बाहिरी रूपमा, म हरेक दिन काममा व्यस्त थिएँ, तर मेरो हृदय लगातार अशान्त थियो। काम सकिनेबित्तिकै, म कहिले घर जान पाउँछु भनेर दिन गन्ती गर्न थाल्थेँ। मैले अगुवाहरूलाई मेरो कर्तव्य फेरबदल गरेर घरमै बसेर गर्न सकिने काम दिन अनुरोध गर्नेबारे पनि सोचेँ। मैले म आफ्नो कर्तव्यमा रोजीछाडी गर्ने व्यक्ति बन्दैछु र यो तर्कसङ्गत छैन भन्ने महसुस गरेँ, त्यसैले मैले यसबारे कुरा गरिनँ। लाचार भई, मैले मेरा भित्री विचारहरू परमेश्वरलाई पोखेँ र मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनी परमेश्वरसँग बिन्ती गरेँ।
एक दिन आफ्नो भक्तिभावको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरो लागि धेरै सहयोगी थियो। परमेश्वर भन्नुहुन्छ: “कतिपय त्यस्ता मानिसहरू समेत छन्, जसले परमेश्वरमा विश्वास गर्न थालेपछि आफूलाई परमेश्वरको घरले दिएको कर्तव्य र आज्ञा स्विकार्छन्, तर आफ्नो वैवाहिक सुख र परमानन्द कायम राख्नका निम्ति कर्तव्य निर्वाहमा अत्यन्तै सम्झौता गर्छन्। खासमा, तिनीहरूले टाढाको ठाउँ गएर सुसमाचार प्रचार गर्नुपर्ने, र हप्तामा एकपटक वा बेलाबेलामा घर फर्कनुपर्ने हो, वा तिनीहरूले घर छोडेर विभिन्न पक्षहरूमा आफ्नो क्षमता र अवस्थाअनुसार पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्न सक्थे। तर, तिनीहरू आफ्नो जोडी आफूबाट बेखुसी होला, आफ्नो वैवाहिक जीवन खुसीपूर्ण नहोला, वा आफ्नो वैवाहिक जीवन पूर्णतया गुम्ला भन्ने डर मान्छन्, र वैवाहिक सुख कायम राख्नका निम्ति तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा खर्चनुपर्ने धेरै समय त्याग गर्छन्। विशेषगरी जब तिनीहरूले आफ्नो जोडीले गुनासो गरेको, र बेखुसी प्रकट गरेको वा झर्केको सुन्छन्, तिनीहरू वैवाहिक जीवन कायम राख्नमा झनै बढी सचेत बन्छन्। तिनीहरू आफ्नो जोडीलाई सन्तुष्ट पार्न आफूले सकेको सबै गर्छन् र आफ्नो वैवाहिक सुखलाई कायम राख्न र विवाहलाई टुट्न नदिनका लागि कडा मेहनत गर्छन्। अनि अवश्य नै, योभन्दा गम्भीर कुरा के छ भने, कतिपय मानिसहरूले परमेश्वरको घरको बोलावट अस्वीकार गर्छन् र आफ्नो वैवाहिक सुख कायम राख्नका निम्ति आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्छन्। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्ने हुन्छ, तब तिनीहरू आफ्नो जोडीसँग छुट्न नसक्ने भएर वा तिनीहरूले परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्नका लागि जागिर त्याग्ने र घर छोड्ने कुरामा सासू-ससुराले विरोध गर्ने भएर, तिनीहरूले सम्झौता गर्छन् र कर्तव्य त्याग्छन्, बरु आफ्नो वैवाहिक सुख र विवाहको पूर्णता कायम राख्ने निर्णय गर्छन्। वैवाहिक सुख र विवाहको पूर्णता कायम राख्नको निम्ति, र आफ्नो विवाह टुट्न र अन्त्य हुनबाट जोगाउनको लागि, तिनीहरू विवाहित जीवनका जिम्मेवारी र दायित्वहरू पूरा गर्न मात्र रोज्छन् र सृजित प्राणीको मिसन त्याग्छन्। तँलाई थाहा छैन कि परिवार वा समाजमा तेरो भूमिका जे भए पनि—चाहे त्यो श्रीमती, श्रीमान्, बच्चा, अभिभावक, कामदार, वा अरू जेसुकै होस्—र विवाहित जीवनमा तेरो भूमिका महत्त्वपूर्ण होस् वा नहोस्, परमेश्वरको अगाडि तेरो एउटा मात्र पहिचान छ र त्यो सृजित प्राणीको पहिचान हो। परमेश्वरको अगाडि तेरो दोस्रो पहिचान छैन। त्यसकारण, जब परमेश्वरको घरले तँलाई बोलाउँछ, तैँले त्यही बेलामा आफ्नो मिसन पूरा गर्नुपर्छ। मतलब, सृजित प्राणीको नाताले, तैँले तेरो वैवाहिक सुख र तेरो विवाहको पूर्णता कायम राख्ने सर्त पूरा भए मात्र तेरो मिसन पूरा गर्नुपर्छ भन्ने होइन, बरु यदि तँ सृजित प्राणी होस् भने, तैँले परमेश्वरले दिनुभएको र सुम्पनुभएको मिसन निसर्त पूरा गर्नुपर्छ; परिस्थिति जे-जस्ता भए पनि, तैँले आफ्नो मिसन पूरा गर्नुपर्छ, त्यसलाई आफ्नो अनिवार्य कर्तव्य मान्नुपर्छ, र परमेश्वरले तँलाई सुम्पनुभएको मिसनलाई पहिलो स्थानमा राख्नुपर्छ, जबकि विवाहले सुम्पेको तेरो मिसन र तेरा जिम्मेवारीहरूलाई दोस्रो स्थानमा राख्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि, मेरो हृदयमा एउटा उज्यालो प्रकाश चम्किएजस्तो भयो। मलाई अचानक स्पष्ट र अन्तर्दृष्टि पाएको महसुस भयो। ठ्याक्कै परमेश्वरले भन्नुहुने जस्तै, म मेरो वैवाहिक जीवनको अखण्डता र खुसीलाई अत्यधिक महत्त्व दिइरहेकी थिएँ। म आफ्नो वैवाहिक जीवनको खुसी कायम रहेमा मात्र केही कर्तव्य निर्वाह गर्न चाहन्थेँ। यसले मेरो वैवाहिक सम्बन्धमा असर पुऱ्याउनेबित्तिकै, म आफ्नो कर्तव्य शान्त हृदयले निर्वाह गर्न सक्दिनथेँ, र आफ्नो वैवाहिक सम्बन्ध जोगाउनका लागि आफ्नो कर्तव्य छोड्न समेत चाहन्थेँ। मैले सृजित प्राणीको कर्तव्यलाई पहिलो स्थानमा राखिनँ। मलाई याद आयो जब म स्कुलमा थिएँ, म “जीवनभर सँगै यात्रा गर्नु” र “कसैको मन जितेर कपाल फुलुञ्जेल सँगै रहने चाहना गर्नु” जस्ता विवाहसम्बन्धी दृष्टिकोणहरूबाट गहिरो रूपमा प्रभावित थिएँ। म सधैँ मलाई साँचो व्यवहार गर्ने, मेरो ख्याल राख्ने, मेरो हेरचाह गर्ने, र जीवनभर मलाई साथ दिने आफ्नो अर्धाङ्ग भेट्न चाहन्थेँ। विवाहपछि, मैले आफ्नो वैवाहिक सम्बन्धलाई सबैभन्दा महत्त्वपूर्ण कुरा मानेँ, र यसलाई जोगाउन सधैँ सङ्घर्ष गरेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मेरा श्रीमान्ले आधारहीन अफवाहहरू सुन्नुभयो र मलाई रोक्ने प्रयास गर्नुभयो। म हाम्रो वैवाहिक सम्बन्धमा दरार आउने हो कि भनेर चिन्तित थिएँ, त्यसैले उहाँलाई खुसी पार्ने उपायहरू खोज्थेँ। अगुवाको कर्तव्य निर्वाह गर्दा, म झाराटारुवा हुन्थेँ र केवल काम गरेको बहाना गर्थेँ। हरेक भेलामा, म अफिसमा हाजिर लगाउन आएजस्तै ठिक समयमा पुग्थेँ र निस्कन्थेँ। कतिपय कामहरूको कार्यान्वयन पूरा भएको हुँदैनथ्यो, तर जब म सायद मेरा श्रीमान्को अफिस छुट्टी भयो होला भन्ने सोच्थेँ, म हतारहतार भेला सकाउँथेँ र घर जान्थेँ। घर फर्किँदा बाटोमा पनि म मेरा श्रीमान्को मन कसरी जित्ने र उहाँसँगको सम्बन्ध कसरी कायम राख्ने भन्नेबारेमै सोचिरहेकी हुन्थेँ। वातावरण सुरक्षित राख्न घरमा बसेको दुई महिनाको अवधिमा, म केही कर्तव्य निर्वाह गर्न सक्थेँ। तर, मेरा श्रीमान्सँगको सम्बन्ध जोगाउनका लागि, मैले मण्डलीको कामलाई पूर्ण रूपमा बेवास्ता गरेँ। यसले मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा ढिलाइ गराउनुका साथै मण्डलीको काममा क्षति पनि पुर्यायो। त्यसमाथि, जब म यसपटक कर्तव्य निर्वाह गर्न बाहिर निस्किएँ, मैले यसलाई बाहिरी रूपमा मात्र स्वीकार गरेँ; मैले यसलाई पूर्ण हृदयले निर्वाह गरिनँ। फुर्सद हुनेबित्तिकै, म कहिले घर जाउँला भनेर हिसाब गर्न थाल्थेँ। मैले हरेक दिन घरमै बस्न सकियोस् भनेर आफ्नो कर्तव्य फेरबदल गर्नेबारे पनि सोचेँ। मैले आफ्नो वैवाहिक सम्बन्धको खुसी कायम राख्ने कुरालाई अत्यधिक महत्त्वका साथ हेरेँ; यस्तो लाग्थ्यो, मेरो वैवाहिक सम्बन्ध टुट्नु भनेको आकाशै खसेजस्तो महत्त्वपूर्ण घटना हो। म एक सृजित प्राणी हुँ। मलाई जीवन दिने र सबथोक प्रदान गर्ने परमेश्वर नै हुनुहुन्छ। मेरो मिसन भनेकै सृजित प्राणीको कर्तव्य राम्रोसँग निर्वाह गर्नु हो। तर आफ्नो वैवाहिक सम्बन्ध जोगाउनका लागि, मैले लगातार झाराटारुवा तरिकाले कर्तव्य निर्वाह गरेँ। म परमेश्वरको सामु कति लज्जित थिएँ! ममा रत्तिभर पनि विवेक वा समझ थिएन। जब मैले यो कुरा बुझेँ, मलाई आत्म-ग्लानि भयो र मेरो हृदयमा पीडा भयो। मैले भित्रभित्रै सङ्कल्प गरेँ: भविष्यमा, म सत्यता अभ्यास गर्नेछु र परमेश्वरको प्रेम चुकाउनेछु, अनि आफ्नो सारा समय र विचार मेरो कर्तव्यमा लगाउनेछु।
सन् २०२३ सेप्टेम्बरको एक दिन, म घर फर्किएँ। मेरा श्रीमान् साँझ बाहिर रक्सी पिएर घर आउनुभयो र आक्रामक हुँदै मलाई सोध्नुभयो, “तँ घरमा नियमित रूपमा बस्दिनस्। तँ कहाँ बस्दैछेस्? के गर्दैछेस्?” उहाँले मलाई परमेश्वरमा विश्वास गर्न छोड्न पनि भन्नुभयो। मैले मानिनँ, त्यसैले उहाँले मलाई हिर्काउन थाल्नुभयो। म यति रिसाएँ कि म घर छोडेर निस्किएँ। नोभेम्बरको एक दिन, म मेरी आमाको घर गएँ। मेरी आमाले भन्नुभयो, “तेरा श्रीमान्ले अब यसरी जिउन नसक्ने बताउनुभयो। उहाँ तँ घर फर्केर गएर सम्बन्धविच्छेदको प्रक्रिया अघि बढा भन्ने चाहनुहुन्छ।” यो सुनेपछि मैले लामो सास फेर्दै राहत महसुस गरेँ। मैले मनमनै सोचेँ, “यी सबै वर्षहरूमा, उहाँले मलाई धेरै सताउनुभएको र मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्ने प्रयास गर्नुभएको छ। यदि हाम्रो सम्बन्धविच्छेद भयो भने, म स्वतन्त्र रूपमा परमेश्वरमा विश्वास गर्न पाउँछु र अब उप्रान्त उहाँको बन्धनमा पर्नेछैनँ।” यद्यपि, जब म ढोकाबाट बाहिर निस्किएँ र विवाहित जोडीहरू सडकमा हिँडिरहेका देखेँ, मैले कसरी उहाँसँग मेरो विवाह भएको बीस वर्ष भइसकेछ भन्नेबारे सोचेँ। यदि हाम्रो सम्बन्धविच्छेद भयो भने, त्यसको अर्थ अबदेखि हामी दुईबीच बिलकुलै कुनै सम्बन्ध रहनेछैन भन्ने हुने थियो। यदि म बिरामी परेँ भने, मेरो हेरचाह कसले गर्ला? उहाँको साथ बिना, के मेरो जीवनको उत्तरार्ध उजाड र एक्लो हुन पुग्ला? के म बीस वर्षको वैवाहिक जीवनलाई वास्तवमा यसरी नै अन्त्य गर्न सकूँला? जब मैले यस्तो सोचेँ, मेरो हृदय पीडाले दुख्यो, र मेरा आँखाबाट आँसुको भेल बग्न थाल्यो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई थाहा छ अब मेरा श्रीमान्सँगको वैवाहिक सम्बन्ध कायम राख्नु जरूरी छैन। म उहाँसँग सम्बन्धविच्छेद गर्न तयार छु, तर उहाँसँग सम्बन्धविच्छेद गर्ने बारे सोच्नेबित्तिकै, मेरो हृदयमा अझैपनि गहिरो पीडा हुन्छ। हे परमेश्वर, मलाई सही छनौट गर्नमा सक्षम बनाउनका लागि मलाई आस्था र शक्ति दिनुहोस्।”
त्यसपछि, मैले परमेश्वरका वचनहरू पढेँ, र मैले वैवाहिक सम्बन्धलाई कसरी हेर्नुपर्छ भन्ने कुरा थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले तेरा लागि विवाह नियोजन गर्नुभएको छ र तँलाई जोडी दिनुभएको छ। तँ विवाहमा प्रवेश गर्छस् तर परमेश्वरसामु तेरो पहिचान र हैसियत परिवर्तन हुँदैन। चाहे तँ पुरुष होस् वा महिला होस्, तिमीहरू दुवैको मिल्ने एउटा कुरा छ, त्यो हो, सृष्टिकर्तासामु तिमीहरू दुइटै सृजित प्राणी हौ। विवाहको संरचनाभित्र, तिमीहरू एकअर्कालाई सहन्छौ, प्रिय ठान्छौ र सुरक्षा दिन्छौ, एकअर्कालाई सहयोग र साथ दिन्छौ, र यो तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु हो। तर परमेश्वरसामु, तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र मिसनलाई तैँले जोडीप्रति पूरा गर्ने जिम्मेवारीले प्रतिस्थापित गर्न मिल्दैन। त्यसकारण, जब तैँले जोडीप्रति निभाउनुपर्ने जिम्मेवारी र सृजित प्राणीले परमेश्वरसामु निर्वाह गर्नुपर्ने कर्तव्य बाझिन्छ, तब तैँले आफ्नो जोडीप्रतिका जिम्मेवारीहरू पूरा गर्नभन्दा पनि सृजित प्राणीको कर्तव्य पूरा गर्न रोज्नुपर्छ। तैँले रोज्नुपर्ने दिशा र लक्ष्य यही हो साथै, पक्कै पनि, तैँले पूरा गर्नुपर्ने मिसन पनि यही हो। यद्यपि, कतिपय मानिस गल्तीले वैवाहिक सुख पछ्याउनुलाई, वा आफ्नो जोडीप्रति जिम्मेवारीहरू पूरा गर्नु, र उसलाई चासो दिनु, हेरचाह गर्नु, कदर गर्नु र सुरक्षा दिनुलाई आफ्नो जीवनको मिसन बनाउँछन्, अनि आफ्नो जोडीलाई पूरै संसार, आफ्नो जीवन ठान्छन्—यो गलत हो। … जहाँसम्म विवाहको कुरा छ, मानिसले केवल परमेश्वरबाट त्यो स्वीकार गर्न र विवाहबारे मानिसका लागि परमेश्वरले नियोजन गर्नुभएको परिभाषा पालना गर्न, साथै श्रीमान् र श्रीमती दुवैले एकअर्काप्रति जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। तिनीहरूले आफ्नो जोडीको नियति, अघिल्लो जीवन, वर्तमान जीवन, वा अर्को जुनी निर्धारण गर्न सक्दैनन्, झन् अनन्तकालको त कुरै छाडौँ। तेरो गन्तव्य, तेरो नियति, र तैँले पछ्याउने मार्ग सृष्टिकर्ताले मात्र निर्धारण गर्न सक्नुहुन्छ। त्यसकारण, सृजित प्राणी भएको नाताले, चाहे तेरो भूमिका श्रीमतीको होस् वा श्रीमान्को, तैँले यो जीवनमा पछ्याउनुपर्ने खुसी तँलाई सृजित प्राणीको कर्तव्य निर्वाह गरेर र सृजित प्राणीको मिसन पूरा गरेर मिल्छ। यो विवाहबाट मिल्दैन, विवाहको संरचनाभित्र श्रीमती वा श्रीमानका जिम्मेवारीहरू पूरा गरेर त झनै मिल्दैन। अवश्य नै, तैँले पछ्याउन रोज्ने मार्ग र जीवनबारे अपनाउने दृष्टिकोण वैवाहिक सुखमा आधारित हुनु हुँदैन, यो श्रीमान् वा श्रीमती कुनै एक जनाले निर्धारण गर्न त झनै मिल्दैन—यो तैँले बुझ्नुपर्ने कुरा हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। “विवाहको सन्दर्भमा भन्नुपर्दा, जबसम्म त्यो तेरो सत्यता पछ्याइसँग जुध्ने वा बाझिने गर्दैन, तबसम्म विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने दायित्वहरू, तैँले हासिल गर्नुपर्ने मिसन, र तैँले खेल्नुपर्ने भूमिका परिवर्तन हुनेछैनन्। त्यसैले, तँलाई वैवाहिक सुखको पछ्याइ त्याग्न भन्नुको अर्थ तँलाई विवाह त्याग्न वा सम्बन्धविच्छेद गर्न भन्नु होइन, बरु यसको अर्थ त तँलाई विवाहलाई सही तरिकाले लिन भन्नु हो, र त्यसपछि, यस जगमा, एक सृजित प्राणीका रूपमा तेरो मिसन पूरा गर्न र तैँले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न भन्नु हो। अवश्य पनि, यदि तेरो वैवाहिक सुखको पछ्याइले एक सृजित प्राणीका रूपमा तेरो कर्तव्य-निर्वाहमा असर गर्छ वा रोकटोक गर्छ भने, वा तैँले पूरा गर्नुपर्ने यो कर्तव्य समेत त्याग्ने तुल्याउँछ भने, तँ अत्यन्तै विद्रोही व्यक्ति होस्। यदि तैँले यस मामिलामा सत्यता खोजिस् भने, तैँले मानिसहरू कुन कुरामा अडिग रहनुपर्छ र उनीहरूले के त्याग्नुपर्छ भनी स्पष्ट रूपमा देख्न सक्छस्। तैँले त्याग्नुपर्ने कुरा तेरो वैवाहिक सुखको पछ्याइ मात्रै होइन; तैँले तेरो पूरै विवाह त्याग्नुपर्छ। यसरी, तैँले सत्यता सिद्धान्तहरूसँग पूर्ण अनुरूपता हासिल गर्नेछस्। … यदि तँ सत्यता पछ्याउने व्यक्ति बन्न चाहन्छस् भने, तैँले सबैभन्दा बढी सोच्नुपर्ने कुरा भनेको परमेश्वरले तँलाई त्याग्न भन्नुभएको कुरा कसरी त्याग्ने र परमेश्वरले तँलाई पूरा गर्न भन्नुभएको कुरा कसरी पूरा गर्ने भन्ने हो। भविष्यमा तँ विवाहविना र तेरो जोडीको साथविना बस्नुपरे पनि, तँ बुढेसकालसम्म बाँच्न र राम्ररी जिउन सक्छस्। तर, यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने यो अवसर त्यागिस् भने, त्यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य र परमेश्वरले तँलाई सुम्पनुभएको मिसन त्याग्नुसरह हो। परमेश्वरका नजरमा, तँ त्यसपछि सत्यता पछ्याउने, परमेश्वरलाई साँच्चै चाहने, वा मुक्ति पछ्याउने व्यक्ति हुनेछैनस्। यदि तैँले सक्रिय रूपमा मुक्ति प्राप्त गर्ने आफ्नो अवसर र अधिकार त्याग्छस्, आफ्नो मिसन त्याग्छस्, र यसको सट्टा तैँले विवाह रोज्छस्, आफ्नो जोडीसँगै बस्न रोज्छस्, उसलाई साथ दिन र सन्तुष्ट पार्न रोज्छस्, र आफ्नो विवाहको पूर्णता कायम राख्न रोज्छस् भने, अन्त्यमा तैँले केही कुरा प्राप्त गर्नुका साथै केही कुरा अवश्यै गुमाउनेछस्। तैँले के गुमाउनेछस् भनेर बुझ्छस् नि, होइन? विवाह तेरो सबथोक होइन, न त वैवाहिक सुख नै तेरो सबथोक हो—यसले तेरो भाग्य र भविष्य निर्धारण गर्न सक्दैन, र यसले तेरो गन्तव्य निर्धारण गर्न त झनै सक्दैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। परमेश्वरका वचनहरू पढिसकेपछि, मेरो हृदय अत्यन्तै उज्यालो र स्पष्ट भयो। परमेश्वरले मानिसहरूका लागि विवाहको अर्थ केवल एकअर्कालाई साथ दिनु र एकअर्काको हेरचाह गर्नु मात्र हो भन्ने कुरा नियोजन गर्नुभएको छ। तर वैवाहिक सम्बन्धका जिम्मेवारीहरूले सृजित प्राणीको मिसनलाई प्रतिस्थापन गर्न सक्दैनन्। जब कर्तव्य निभाउने बेला हुन्छ, मैले सृजित प्राणीको कर्तव्य राम्रोसँग निर्वाह गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ। यदि मैले सुखी वैवाहिक जीवन पछ्याउँदै आफ्नो कर्तव्य त्यागेँ भने, मैले सत्यता प्राप्त गर्ने र परमेश्वरको मुक्ति पाउने अवसर गुमाउनेछु। अन्ततः, म महाविपत्तिहरूमा पर्नेछु र विनाश हुनेछु। विगतमा, मैले केवल सुखी वैवाहिक जीवन पछ्याउनेबारे मात्र सोचेँ। मैले मेरा श्रीमान्सँगको सम्बन्ध जोगाउनमा धेरै समय र प्रयास खर्च गरेँ। म एक हातले मेरो वैवाहिक जीवनको खुसी समात्न चाहन्थेँ, र अर्को हातले सत्यता। मैले दुवै कुरालाई सँगै लैजान खोजेँ, तर मेरो हृदय पूर्ण रूपमा थाक्यो, र मसँग खुसी भन्ने कुरा रत्तिभर पनि भएन। अहिले, मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भइसक्यो तर अझै पनि सत्यता बुझ्दिनँ। मैले धेरै समय बर्बाद गरेकी छु। म कति मूर्ख रहेछु! मैले परमेश्वरमा विश्वास गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो भन्ने पनि थाहा पाएँ। मेरा श्रीमान्ले परमेश्वरमा विश्वास गर्नुभएन र मलाई पनि विश्वास गर्नबाट रोक्ने प्रयास गर्नुभयो। परमेश्वरमा विश्वास गर्ने सम्बन्धमा मैले केही कुरा गर्नेबित्तिकै, उहाँ मसँग रिसाउनुहुन्थ्यो, मलाई हप्काउनुहुन्थ्यो, कुट्नुहुन्थ्यो र सराप्नुहुन्थ्यो। मलाई परमेश्वरमाथिको विश्वास त्याग्न बाध्य पार्न उहाँ मलाई बारम्बार सम्बन्धविच्छेदको धम्की दिनुहुन्थ्यो। उहाँमा सत्यता र परमेश्वरलाई घृणा गर्ने दियाबलसकै सार छ भन्ने कुरा स्पष्ट छ। ठ्याक्कै परमेश्वरले भन्नुहुनेजस्तै: “विश्वासी र गैरविश्वासीहरू अन्तर्निहित रूपमै मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। हामी दुई एकअर्कामा नमिल्ने प्रकारका मानिसहरू थियौँ, र दुई पूर्ण रूपमा फरक मार्गमा हिँडिरहेका थियौँ। हाम्रानिम्ति जीवनभर सँगै यात्रा गर्ने बिलकुलै कुनै मार्ग थिएन। तर म अझै पनि मूर्ख भएर यो वैवाहिक सम्बन्धलाई अतिमिहिनेतपूर्वक जोगाइरहेकी थिएँ। के यो अन्धो भएर दियाबलसको पछि लाग्नु थिएन र? म धेरै नै अन्योलमा परेकी र मूर्ख थिएँ! आफ्ना श्रीमान्सँगको सम्बन्ध कायम राख्ने कार्यले म परमेश्वरबाट टाढिने, परमेश्वरलाई धोका दिने र मेरो आफ्नै मुक्ति पाउने मौका गुमाउने नतिजा मात्र आउनेथियो। प्रेमसम्बन्धी गलत दृष्टिकोणमा जिएर, मैले सुखी वैवाहिक जीवनको पछ्याइलाई नै मेरो मिसन ठानेँ। म आफ्ना श्रीमान्को सार खुट्याउन अनिच्छुक थिएँ। तथ्यहरूको प्रकटीकरण, र परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शन बिना, मैले अझै पनि यो कुरा देख्न सकेकी हुनेथिइनँ। म साँच्चै अन्धी र अज्ञानी रहेछु! म यी गलत विचार र दृष्टिकोणहरूमा जिइरहन मिल्दैनथ्यो। मेरा श्रीमान्ले मसँग सम्बन्धविच्छेद गर्न चाहे पनि, मैले सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु नै पर्थ्यो। मेरो मिसन वास्तवमा यही हो!
आफ्नो भक्तिभावको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा भजन सुनेँ।
परमेश्वरलाई तिम्रो हृदयभित्र आउन देऊ
१ जब तँ परमेश्वरसामु आफ्नो हृदय खोल्छस्, तब मात्र उहाँ त्यसभित्र प्रवेश गर्न सक्नुहुन्छ। जब परमेश्वर तेरो हृदयमा प्रवेश गर्नुभएको हुन्छ, तब मात्र तँ परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, सो देख्न सक्छस्, अनि तँप्रतिका उहाँका अभिप्रायहरू देख्न सक्छस्। त्यस समयमा, तैँले परमेश्वरबारे सबै कुरा अत्यन्तै बहुमूल्य छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो कदर गर्न लायक छ भनी पत्ता लगाउनेछस्। त्यसको तुलनामा, तेरो वरिपरि रहेका मानिस, घटना र कामकुराहरू, तेरा प्रियजनहरू, तेरो जीवनसाथी, अनि तैँले प्रेम गर्ने थोकहरू समेत तेरा लागि उल्लेख गर्न निकै अयोग्य, निकै महत्त्वहीन, र निकै नीच हुन्छन्। तैँले कुनै पनि भौतिक वस्तुले तँलाई फेरि तान्न, अथवा तँलाई फेरि त्यसका निम्ति कुनै मूल्य चुकाउन लगाउन सक्नेछैन भन्ने महसुस गर्नेछस्। परमेश्वरको नम्रतामा तैँले उहाँको महान्ता र उहाँको सर्वोच्चता देख्नेछस्।
२ अझ बढी, तैँले पहिले एकदम सानो ठानेको परमेश्वरको कुनै काममा उहाँको अनन्त बुद्धि तथा उहाँको सहनशीलता, साथै तँप्रति उहाँले देखाउने धैर्य, सहिष्णुता, र बुझाइ देख्नेछस्। यसले तँभित्र उहाँका निम्ति श्रद्धा उत्पन्न गराउनेछ। त्यस दिन, तैँले मानवजाति कस्तो अशुद्ध संसारमा बाँचिरहेका रहेछन् भन्ने कुरा, अनि चाहे तेरो साथमा रहेका मानिसहरू होऊन् वा तेरो वरपर घट्ने घटनाहरू होऊन्, अथवा तैँले प्रेम गर्ने मानिसहरू होऊन्, तँप्रतिको तिनीहरूको प्रेम होस्, तिनीहरूको तथाकथित सुरक्षा वा तँप्रतिको फिक्री होस्, तीमध्ये कुनै पनि कुरा उल्लेख गर्न योग्य छैन भन्ने महसुस गर्नेछस्—परमेश्वर मात्र तेरो सबैभन्दा प्रिय अनि तेरो सबैभन्दा बहुमूल्य खजाना हुनुहुन्छ। परमेश्वरको प्रेम अत्यन्त महान् छ, अनि उहाँको सार अत्यन्त पवित्र छ। परमेश्वरमा कुनै छलीपन छैन, कुनै दुष्टता, कुनै ईर्ष्या, कुनै कलह छैन, बरु धार्मिकता र साँचोपन मात्रै छ। परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती सबै कुराको मानवहरूले तृष्णा गर्नुपर्छ र मानवहरूले त्यसलाई पछ्याउनुपर्छ र त्यसको अभिलाषा पनि राख्नुपर्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
यो भजन सुन्दा म धेरै प्रभावित भएँ। मानिसहरूबिचको प्रेम आपसी लेनदेनको जगमा स्थापित हुन्छ। जब मैले मेरा श्रीमान्लाई साथ दिएँ र उहाँको तथा छोराछोरीको हेरचाह गरेँ, उहाँले मलाई राम्रो व्यवहार गर्नुभयो; जब मैले उहाँको पूर्ण समय हेरचाह गर्न सकिनँ, उहाँ रिसाउन थाल्नुभयो र सम्बन्धविच्छेद गर्न चाहनुभयो किनकि उहाँले मबाट कुनै फाइदा पाइरहनुभएको थिएन। ती वर्षहरूमा, मैले आफ्नो वैवाहिक जीवनको खुसी कायम राख्नका लागि एकपटक आफ्नो कर्तव्य पन्छाएँ र परमेश्वरलाई धोका दिएँ। यद्यपि, परमेश्वरले मप्रति मैले गरेको आचरण अनुसारको व्यवहार गर्नुभएन। परमेश्वरले मलाई कृपा र अनुग्रह देखाइ नै रहनुभयो, र मैले शैतानका षड्यन्त्रहरू प्रस्ट देख्न सकूँ भनेर मलाई अन्तर्दृष्टि दिन आफ्ना वचनहरू प्रयोग गर्नुभयो। उहाँले अब शैतानले मलाई अरू हानि गर्न नसकोस् भनेर विवाहसम्बन्धी मेरा गलत दृष्टिकोणहरूबाट मलाई बाहिर ल्याउनुभयो। मैले परमेश्वरले मात्र मानिसहरूलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ, र परमेश्वरको प्रेम मात्र साँचो र पवित्र छ भन्ने थाहा पाएँ।
पछि, जब म मेरा श्रीमान्सँग सम्बन्धविच्छेद गर्न सहमत भएँ, मेरा श्रीमान्ले अब त्यसो गर्न चाहनुभएन। उहाँले म घर फर्किएँ भने मलाई आफूले पहिले गरे जस्तै राम्रो व्यवहार गर्ने, र अब उप्रान्त मलाई परमेश्वरमा विश्वास गर्न नरोक्ने समेत बताउनुभयो। मैले कसरी मेरा श्रीमान्ले मलाई परमेश्वरमाथिको विश्वास त्याग्नका लागि बाध्य पार्न धम्की, हिंसा र सराप प्रयोग गर्नुभएको थियो भन्नेबारे सोचेँ। जब उहाँले ती चालहरूले काम नगरेको देख्नुभयो, उहाँले मलाई मूर्ख बनाउन मीठा-सुनिने शब्दहरू प्रयोग गर्नुभयो। उहाँका चालहरू जतिसुकै बदलिए पनि, उहाँको सार अझै पनि दियाबलसकै छ। परमेश्वरको शत्रु बन्ने उहाँको सार कहिल्यै बदलिनेछैन। उहाँले एक दशकदेखि मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्ने प्रयास गर्नुभएको थियो। यदि उहाँ परिवर्तन हुन सक्ने भए त, उहाँ धेरै पहिले नै परिवर्तन भइसक्नुहुन्थ्यो। यदि मैले उहाँको कुरामा फेरि विश्वास गरेँ भने, म केवल उहाँको जालमा फस्नेछु र छलकपटमा पर्नेछु, र मैले परमेश्वरको मुक्ति पाउने मौका गुमाउनेछु। त्यसैले मैले उहाँको कुरालाई बेवास्ता गरेँ। मैले सोचेँ, “हाम्रो सम्बन्धविच्छेद नभए पनि, म उहाँलाई मेरो कर्तव्य निर्वाहमा बाधा पुर्याउन दिन्नँ।” त्यसपछि, मैले सधैँ मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरेँ, र मेरो हृदय शान्त भयो। मैले आफ्नो वैवाहिक सम्बन्ध र परिवार कसरी जोगाउने भन्नेबारे सोच्न छोडेँ, र अन्ततः मेरा श्रीमान्को नियन्त्रण र विवाहको बन्धनबाट मुक्त हुन सकेँ। म अब परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न स्वतन्त्र छु। परमेश्वरको मुक्तिको लागि उहाँलाई धन्यवाद!