९८. मैले आफ्नो हैसियतको चाहनालाई त्यागेको छु

ली निङ, चीन

सन् २०२३ को डिसेम्बरमा, म प्रचारक चुनिएँ। यो खबर सुनेपछि, म अलिकति चिन्तित भएँ, “प्रचारक हुँदा, मैले कयौँ मण्डलीको जिम्मेवारी लिनुपर्छ। मैले बारम्बार मण्डली अगुवा र डिकनहरूसँग भेला हुनुपर्छ र कामलाई मार्गदर्शन गर्न तिनीहरूसँग सङ्गति गर्नुपर्छ। यसका लागि सत्यताको बुझाइ र सत्यतामा सङ्गति गरी समस्याहरू समाधान गर्ने क्षमता चाहिन्छ। मैले परमेश्‍वरमा विश्वास गरेको थोरै समय मात्रै भएको छ, र मेरो सत्यताको बुझाइ पनि सतही छ। मैले भर्खरै प्रचारकका रूपमा तालिम लिन सुरु गरेको छु र धेरै कुरामा कमी छ। यदि मैले भेलाको दौरान आफ्ना ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सकिनँ भने, तिनीहरूले मेरा बारेमा के सोच्नेछन्? के तिनीहरूले म यो कर्तव्यका लागि योग्य छैन भनेर सोच्नेछन् र मलाई हेप्नेछन्?” तर फेरि मैले सोचेँ, “परमेश्‍वरको अनुमतिले कर्तव्य मेरो काँधमा आएको छ, र त्योभन्दा पनि बढी, यो परमेश्‍वरको अनुग्रह हो। मैले परमेश्‍वरलाई निराश पार्नु हुँदैन र काम गर्दा परमेश्‍वरमा भरोसा गर्नुपर्छ।” त्यसैले, मैले यो कर्तव्य स्वीकार गरेँ।

सुरुमा, मैले मण्डली अगुवा र डिकनहरूसँग पत्रहरूमार्फत मात्र कामका बारेमा सञ्चार गर्थेँ, तर त्यो त्यति प्रभावकारी भएन। केही कामका लागि अवस्था प्रत्यक्ष रूपमा बुझ्न र व्यावहारिक मार्गदर्शन प्रदान गर्न भेला हुन आवश्यक थियो। मैले के सोचेँ भने धेरैजसो मण्डली अगुवाले मभन्दा लामो समयदेखि परमेश्‍वरमा विश्वास गरेका थिए, र निश्चित रूपमा मभन्दा बढी सत्यता बुझेका थिए। यदि मैले राम्ररी सङ्गति गर्न सकिनँ र तिनीहरूका समस्या र कठिनाइहरू समाधान गर्न असमर्थ भएँ भने, के त्यो साँच्चै लाजमर्दो हुने थिएन र? यदि हामीले पत्रहरूमार्फत सञ्चार गर्‍यौँ भने, मैले तिनीहरूका समस्याहरूमाथि मनन गर्न समय पाउँथेँ, र मैले नबुझेको कुनै पनि कुराका बारेमा माथिका अगुवाहरूसँग खोजी गर्न सक्थेँ। कम्तीमा पनि मैले सबैका अगाडि आफूलाई लज्जित त बनाउने थिइनँ। तर, भेलाहरूविना, तिनीहरूका समस्या र कठिनाइहरू विस्तृत रूपमा बुझ्ने कुनै तरिका थिएन, र त्यसैले तिनीहरूलाई भेलामा बोलाउनुबाहेक मसँग अरू कुनै विकल्प थिएन। भेलाको दौरान म असाध्यै आत्तिएको थिएँ। एउटी सिस्टरले सफा गर्ने काम गर्दा आफूले धेरै समस्याहरूको सामना गरेकी र ती कसरी समाधान गर्ने भनेर थाहा नभएको, अनि आफ्नो स्थिति पनि खराब रहेको बताइन्। मेरो दिमाग खाली भयो, र मैले तुरुन्तै यी समस्याहरू कसरी समाधान गर्ने भनेर पत्ता लगाउन सकिनँ, र त्यसैले म झनै आत्तिएँ। मैले मनमनै सोचेँ, “मेरी सिस्टर अझै पनि उनीसँग मैले सङ्गति गरूँ भनेर पर्खिरहेकी छिन्। यो मेरो पहिलो भेला हो। यदि मैले समस्याहरू समाधान गर्न सकिनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्नेछन्? के तिनीहरूले मेरो स्तरको प्रचारकले यस्ता समस्याहरू समेत समाधान गर्न सक्दैन भनेर सोच्नेछन्?” मेरा ब्रदर-सिस्टरहरूले मेरो वास्तविकता थाहा नपाऊन् भनेर, मैले आफूलाई परमेश्‍वरका वचनहरू खोज्न बाध्य तुल्याउनुबाहेक अरू कुनै विकल्प थिएन। लामो समयसम्म खोजेपछि पनि, मैले मेरी सिस्टरको स्थितिमा लागू हुने कुनै वचनहरू भेट्टाउन सकिनँ। अन्तमा, मैले मुस्किलले एउटा खण्ड भेट्टाएँ, तर मैले त्यो पढेर सिध्याएपछि, कसैले पनि त्यसमाथि सङ्गति गरेन। कोठामा पूरा सन्नाटा छायो, र म लाजले मरेतुल्य भएँ। “यो त ठूलो बेइज्जती हो। मैले भेट्टाएको खण्ड पक्कै पनि उपयुक्त छैन र यसले यी समस्याहरू समाधान गर्न सक्दैन। अब मेरा ब्रदर-सिस्टरहरूले मेरो वास्तविक स्तर पक्कै थाहा पाए। भविष्यमा म कसरी तिनीहरूको सामना गर्न सक्छु?” मैले जति धेरै सोचेँ, त्यति नै मलाई यो कर्तव्य पूरा गर्न सक्दिनँ भन्ने महसुस भयो। अन्तमा, मैले झाराटारुवा तरिकाले केही शब्दहरूमा छोटकरीमा सङ्गति गरेँ, र कामका बारेमा सोध्न थालेर विषय परिवर्तन गरेँ। तर म आत्तिएकाले, र समस्याहरू समाधान गर्न नसकेमा मेरा ब्रदर-सिस्टरहरूले मलाई कस्तो दृष्टिले हेर्लान् भनेर चिन्तित भएकाले, मैले तिनीहरूको कामका बारेमा मोटामोटी रूपमा मात्रै बुझेँ र भेला नसकिउन्जेल मैले मुस्किलले आफूलाई सम्हालेँ। घर पुगेपछि म धेरै नकारात्मक भएँ, र मनमनै सोचेँ, “आजको भेला पूर्ण रूपमा असफल भयो। मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न नसकेको मात्र होइन, मैले आफ्नो वास्तविक स्तरलाई पनि पूर्ण रूपमा खुलासा गरेँ। भविष्यमा म कसरी मेरा ब्रदर-सिस्टरहरूको सामना गर्न सक्छु?” त्यस समयमा, म नकारात्मक स्थितिमा जिइरहेको थिएँ र परमेश्‍वरका वचनहरू खान र पिउन मसँग कुनै ऊर्जा थिएन। म कामको अनुगमनमा त्यति लगनशील थिइनँ, र जानाजानी भेलाहरूलाई टारिरहेको थिएँ। मैले लगभग एक महिनासम्म अगुवा र डिकनहरूसँग भेला हुने आँटसमेत गरिनँ। केही मण्डली अगुवाले मानिसहरूलाई खुट्याउने सिद्धान्तहरू बुझेका थिएनन्, र सफाइ सूचीका सामग्रीहरू व्यवस्थित गर्ने प्रगति एकदमै ढिलो थियो। पत्रहरूमार्फत धेरै पटक सञ्चार गरेपछि पनि कुनै सुधार भएन, त्यसैले हामीले व्यावहारिक मार्गदर्शनका लागि प्रत्यक्ष भेट्नुपर्ने थियो। तर, आफ्नो नाक जोगाउनका लागि मैले तिनीहरूसँग भेटेर सङ्गति गर्ने आँट गरिनँ। यसले मण्डलीको सफाइको काममा ढिलाइ गरायो।

पछि, म मेरा सहकर्मीहरूसँग भेला हुँदा, मैले तिनीहरूलाई आफ्नो स्थितिबारे बताएँ। मेरो सहकर्मी सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा पठनको भिडियो देखाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्‍ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू बढुवा गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा सम्मान गर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्‍वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्‍वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्‍वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्‍वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई बढुवा र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्‍ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्‍ने नै हुन्छ। त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुसार, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्‍नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने कुनै व्यक्तिलाई पदोन्नति र संवर्धन गरियो भन्दैमा ऊ अरू कोहीभन्दा उत्तम छ, सत्यता वास्तविकताले युक्त छ, वा कुनै पनि समस्यालाई स्पष्ट रूपमा देखेर समाधान गर्न सक्षम छ भन्ने हुँदैन। जब मण्डलीले कसैलाई पदोन्नति र संवर्धन गर्छ, तब उसलाई जिम्मेवारी र बोझ दिन्छ, र अभ्यास गर्ने, अनि समस्याहरू पत्ता लगाएर तिनलाई समाधान गर्न सत्यता खोज्न सिक्ने थप अवसरहरू दिन्छ। उसले नबुझ्ने वा गर्न नसक्ने केही कुराहरू हुनु एकदमै सामान्य हो। यो मैले ब्रदर-सिस्टरहरूसँग भेला हुँदाको जस्तै थियो। मैले परमेश्‍वरमा विश्वास गरेको छोटो समय मात्र भएकाले र यो कर्तव्य भर्खरै गर्न थालेकाले, मैले केही समस्याहरू कसरी समाधान गर्ने भनेर नजान्नु धेरै सामान्य थियो। तर, मैले सधैँ के विश्वास गरेको थिएँ भने प्रचारक हुँदा मैले सबै समस्याहरू समाधान गर्न सक्षम हुनुपर्छ, र मैले ती कसरी समाधान गर्ने भनेर थाहा छैन भन्न मिल्दैन। जब म समस्याहरू समाधान गर्न सक्दिनथेँ, तब मैले आफ्नै कमीकमजोरी ढाकछोप गरेको थिएँ। म नकारात्मक पनि भएको थिएँ र आफू प्रचारकको कर्तव्यका लागि असक्षम छु भनेर आफैले फैसला गरिसकेको थिएँ, र लगभग एक महिनासम्म अगुवा र डिकनहरूसँग भेला हुने आँटसमेत गरेको थिइनँ, जसले मण्डलीको काममा ढिलाइ गराएको थियो। वास्तवमा, म प्रचारक भए तापनि, मेरो कद उस्तै थियो। ममा अझै पनि धेरै कमीकमजोरी थिए, र सत्यताको सतही बुझाइ थियो, र मैले नबुझेका वा गर्न नसक्ने कुराहरूका बारेमा धेरै खोजी गर्न र सोध्न, अनि ब्रदर-सिस्टरहरूसँग सङ्गतिमा खुलेर कुरा गर्दै, उनीहरूको सबलताको उपयोग गर्दै मेरा कमीकमजोरी परिपूर्ति गर्दै आफ्नो कर्तव्य राम्ररी पूरा गर्न आवश्यक थियो। यो कुरा बुझेपछि, म मण्डली अगुवा र डिकनहरूसँग भेला हुन इच्छुक भएँ।

तर जब मैले तिनीहरूलाई भेलाका बारेमा जानकारी दिन पत्र लेखेँ, मेरा अघिल्ला चिन्ताहरू थाहै नपाइकनै फेरि उब्जिए। पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सबै भ्रष्ट मानिसहरू एउटा साझा समस्याबाट ग्रसित हुन्छन्: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले कसैसँग अन्तरक्रिया गर्दा वा बोल्दा आफूलाई उच्‍च देखाउने गर्दैनन्, न त तिनीहरूले आफ्‍नो बोलीवचनमा निश्‍चित शैली वा भाव नै अपनाउँछन्; तिनीहरू पूर्ण रूपमा सर्वसाधारण र सामान्य हुन्छन्, र तिनीहरूले आफैलाई बाहिरी आवरणले ढाक्‍न आवश्यक हुँदैन। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाबको महसुस गर्दैनन्, र तिनीहरूले खुला रूपमा र हृदयबाट नै सङ्गति गर्न सक्छन्। तिनीहरू मित्रवत् र अन्तरक्रिया गर्न सहज किसिमका हुन्छन्; अरूलाई तिनीहरू अत्यन्तै असल मानिसहरू हुन् भन्‍ने लाग्छ। तर, तिनीहरू हैसियत प्राप्त गर्नेबित्तिकै, उच्‍च र शक्तिशाली बन्छन्, साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि रकुरा गर्न सक्दैन; तिनीहरू आफूमा एक प्रकारको कुलिनता छ, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्‍ने ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्‍ने लाग्छ। तिनीहरू के विचार गर्छन् भने, अगुवाको निश्‍चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा अलिक उच्‍च हुनुपर्छ, उनीहरूसँग अझै ठूलो कद हुनुपर्छ र उनीहरू जिम्‍मेवारी लिन अझ बढी सक्षम हुनुपर्छ; उनीहरूले के विश्‍वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्‍न र समर्पित हुन, अनि शैतानको कुनै पनि प्रलोभन सामना गर्न सक्‍नुपर्छ। उनीहरूका मातापिता वा परिवारका सदस्यहरू मरे पनि नरुन उनीहरूमा आत्मसंयम हुनैपर्छ, वा कम्तीमा उनीहरू कसैले नदेख्ने गरी गुप्तमा रुनुपर्छ, ताकि कसैले पनि उनीहरूका कमीकमजोरी, दोष, वा दुर्बलता देख्‍न नसकून्। तिनीहरूलाई अगुवाहरू नकारात्मक भए भने, उनीहरूले त्यस्तो कुरा कसैलाई पनि थाहा दिनु हुँदैन; बरु, यस्ता सबै कुरा लुकाउनुपर्छ भन्‍नेसमेत लाग्छ। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जब तिनीहरू आफूलाई यस हदसम्म कुण्ठित पार्छन्, तब के हैसियत नै तिनीहरूको परमेश्‍वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्—जब तिनीहरू आफूलाई यसमा सीमित राख्छन्, र यस्तो प्रकारको काम गर्छन्—तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्‍वरका वचनहरूको खुलासामार्फत मैले के बुझेँ भने प्रचारक बनेदेखि मैले आफ्ना कमीकमजोरीलाई कहिल्यै पनि सही तरिकाले लिन नसक्नुको कारण मैले आफूलाई प्रचारकको उच्च आसनमा राखेकाले थियो। भेलाअघि, मैले भेट्ने अगुवा र डिकनहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेका छन् भन्ने सोच्नेबित्तिकै म आत्तिएको हुन्थेँ, मलाई समस्याहरू समाधान गर्न सक्दिनँ, र तिनीहरूले मलाई एक अयोग्य प्रचारक ठान्नेछन्, जसले गर्दा म लज्जित र अप्ठ्यारोमा पर्नेछु भन्ने डर लाग्थ्यो। भेलाको दौरान, मैले सिस्टरका समस्याहरूलाई स्पष्ट देख्न वा समाधान गर्न नसकेको भए तापनि, मैले अझै के विश्वास गरेको थिएँ भने प्रचारक भएर मैले वास्तवमा ती समस्याहरूलाई छर्लङ्ग देख्न सक्दिनँ भन्न मिल्दैन। त्यसैले, मैले त्यसै परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँ र झाराटारुवा तरिकाले सङ्गति गरेँ, सिस्टरका समस्याहरू समाधान भए वा भएनन् भन्ने कुरामा कुनै ध्यान नदिई मैले कुराकानीलाई अन्य कामका बारेमा पत्ता लगाउनतिर मोडेँ। त्यसो गर्दा पनि, आफूले पत्ता लगाएका समस्याहरू समाधान गर्न सक्दिनँ कि भनेर चिन्तित भएकाले, मैले कामका बारेमा धेरै छोटकरीमा मात्र सोधेको थिएँ। फलस्वरूप, भेलाले कुनै पनि समस्या समाधान गरेन। यदि मैले त्यस समयमा खुलस्त भन्न र इमानदार हुन सकेको भए, र त्यसपछि सबैसँग मिलेर सङ्गति र खोजी गरेको भए, सिस्टरका समस्याहरू केही हदसम्म समाधान हुन सक्थे। र यदि यो साँच्चै समाधान हुन नसकेको भए, मैले पछि अरूबाट खोजी गर्न सक्थेँ। तर, मैले हरेक मोडमा प्रचारकका रूपमा आफ्नो हैसियत र छविलाई जोगाएँ, निरन्तर देखावटी गर्दै आफूलाई लुकाउँदै थिएँ। मैले सम्झेँ, कसरी माथिल्ला अगुवाहरू मसँग भेला भएको बेला, मैले जति बुझेको थिएँ त्यति नै सङ्गति गरेको थिएँ, र मैले नबुझेको कुनै पनि कुराका बारेमा आफ्नो हृदय खोलेर सोधेको थिएँ। ती भेलाहरूमा मैले ढुक्क र स्वतन्त्र महसुस गरेको थिएँ। तर, जब म ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ, त्यो ढुक्क र स्वतन्त्रताको भावना पूर्ण रूपमा हराएर जान्थ्यो। मैले के विश्वास गरेको थिएँ भने प्रचारकका रूपमा, म तिनीहरूका समस्याहरू समाधान गर्नका लागि त्यहाँ थिएँ, र त्यसैले मैले थाहै नपाई आफूलाई प्रचारकको उच्च आसनमा राखेको थिएँ। मैले निरन्तर आफ्ना कमीकमजोरी छिपाउने र लुकाउने प्रयास गरिरहेको थिएँ, र फलस्वरूप, मैले परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सकेको थिइनँ। यसले गर्दा भेलाहरूमा मेरो सङ्गति खल्लो र उजाड हुन्थ्यो, र मलाई धेरै थकित महसुस गराउँथ्यो।

मैले परमेश्‍वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीले प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन ठान्छ। उसले जे गरे पनि सधैँ आफ्नै प्रतिष्ठा र हैसियतलाई पहिलो स्थानमा राख्छ, र प्रतिष्ठा र हैसियत नहुँदा, उसमा केही गर्ने उत्प्रेरणा हुँदैन। यो उसको प्रकृति सारद्वारा निर्धारण हुन्छ। मैले पनि हरेक मोडमा आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गरेँ। म प्रचारक चुनिएपछि, कुनै पनि भेलामा जानुअघि नै म समस्याहरू समाधान गर्न नसक्ने हो कि भनेर चिन्ता गर्न थालिसकेको थिएँ। म भेलाहरूमा जान चाहन्नथेँ किनभने मलाई मेरा ब्रदर-सिस्टरहरूले मेरो वास्तविक स्तर देख्नेछन् भन्ने डर थियो। मेरा ब्रदर-सिस्टरहरूले सफाइसम्बन्धी सामग्रीहरू व्यवस्थित गर्ने सिद्धान्तहरू बुझेका छैनन् र उनीहरूलाई आमने-सामने मार्गदर्शनको खाँचो छ भन्ने कुरा राम्ररी जान्दाजान्दै पनि, अरूका अगाडि आफूलाई मूर्ख बनाउने र इज्जत गुमाउने डर थियो, त्यसैले म भेलामा गइनँ। यसको मतलब सफाइको कामका समस्याहरू समाधान गर्न लामो ढिलाइ भएको थियो, जसले काममा ढिलाइ हुन पुगेको थियो। मैले प्रतिष्ठा र हैसियतलाई अत्ति धेरै वास्ता गरेको थिएँ! विगतमा, म संसारमा हुँदा ममा प्रतिष्ठा र हैसियतप्रति एकदमै बलियो इच्छा थियो। जब म काम गरिरहेको हुन्थेँ, तब मेरो कामप्रतिको बलियो नैतिकता र केही सीपहरू भएकाले सिफ्ट लिडरले बैठकहरूमा अक्सर मेरो प्रशंसा गर्थे। हाकिमले पनि मलाई राम्रो ठान्थे र मलाई केही कामहरूको जिम्मेवारी लिन भने। यसले मलाई धेरै खुसी बनायो। तर जब मैले गरेको काम फेरि गर्नुपर्‍यो र सिफ्ट लिडरले मेरो आलोचना गरे, तब धेरै मानिसका अगाडि मेरो नाक काटियो भन्ने महसुस भएकाले मैले राजीनामा दिन चाहेँ। परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न आएपछि पनि, मैले अझै पनि आफ्नै इज्जत र हैसियतलाई पहिलो स्थानमा राखेँ, र केही काम कसरी सम्हाल्ने भनेर मलाई थाहा छैन भनेर स्वीकार्ने आँट गरिनँ। मैले परमेश्‍वरमा विश्वास गरेको लामो समय भएको थिइन, तर मैले प्रचारकका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुन परमेश्‍वरबाट अनुग्रह पाएको थिएँ। परमेश्‍वरको अभिप्राय मैले आफ्नो कर्तव्यमा समस्याहरू समाधान गर्न सत्यता खोज्ने तालिम लिऊँ भन्ने थियो। यो सत्यता प्राप्त गर्ने राम्रो अवसर थियो। तर, मैले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने भनेर सोच्नुको सट्टा, मैले जोडतोडले आफ्नै इज्जत र हैसियतको रक्षा गर्ने प्रयास गरेँ। जब मैले मण्डलीको काममा समाधान गर्नुपर्ने समस्याहरू देखेँ, तब म पछि हटेँ र आफ्नै इज्जत र हैसियतको रक्षा गर्न ती समस्याहरू समाधान गर्न जानबाट पन्छिएँ। मैले मण्डलीको काममा अलिकति पनि ध्यान दिइनँ। म एकदमै स्वार्थी र घृणास्पद थिएँ। मैले हिँडिरहेको मार्ग परमेश्‍वरलाई प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको मार्ग थियो! जब मैले यो बुझेँ, तब मलाई आफ्नो स्थिति धेरै खतरनाक छ भन्ने लाग्यो, र छिटो पश्चात्ताप गर्न र यो स्थिति बदल्न इच्छुक भएँ।

पछि, माथिका अगुवाहरूले मेरो स्थितिबारे थाहा पाएपछि मलाई परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पठाए, जसले मलाई हैसियत त्याग्ने अभ्यास गर्ने बाटो दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीहरू कसरी साधारण र सामान्य मानिसहरू बन्न सक्छौ? … सबभन्दा पहिले त, तैँले आफूलाई कुनै मानपदवी नदे, र ‘म अगुवा हुँ, म टोली अगुवा हुँ, म सुपरिवेक्षक हुँ, मैले जत्ति यो काम अरू कसैले पनि जानेको छैन, यी सीपहरू मलाई जत्ति अरू कसैलाई थाहा छैन’ भन्दै त्यसमा नबाँधिई। आफैले बनाएको पदवीमा नफँस्। तैँले यसो गर्नेबित्तिकै, यसले तेरो हातखुट्टा बाँध्‍नेछ, र तैँले भन्‍ने र गर्ने कुरालाई प्रभावित पार्नेछ। तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछ। तैँले आफूलाई यो हैसियतको बन्धनबाट मुक्त गर्नुपर्छ। पहिले, तैँले यो तेरो आधिकारिक मानपदवी र स्थानबाट आफैलाई तल झार् र साधारण व्यक्तिको स्थानमा खडा हू। त्यसो गरे, तेरो मानसिकता अलि सामान्य बन्नेछ। तैँले यो कुरा स्वीकार गरेर यसो पनि भन्नैपर्छ, ‘यो कसरी गर्ने मलाई थाहा छैन, र मैले त्यो पनि बुझेको छैन—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यस्तो कुरा कहिल्यै अनुभव गरेको छैनँ, त्यसकारण के गर्ने मलाई थाहा छैन।’ जब तँ आफूले साँच्चै सोचेको कुरा भन्‍न सक्‍ने र इमान्दारीपूर्वक बोल्‍न सक्‍ने हुन्छस्, तब तँसँग सामान्य समझ हुनेछ। अरूले वास्तविक तँलाई जान्‍नेछन्, तसर्थ तिनीहरूमा तँप्रतिको दृष्टिकोण सामान्य हुनेछ, र तैँले नाटक गर्नुपर्नेछैन, न त तँमाथि कुनै ठूलो दबाब नै हुनेछ, त्यसकारण तैँले मानिसहरूसँग सामान्य रूपमा संवाद गर्न सक्‍नेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ; यदि कसैलाई जिउने काम थकाइलाग्दो लाग्छ भने, ऊ आफैले गर्दा त्यस्तो भएको हुन्छ। बहाना बनाउने वा देखावटी व्यवहार गर्ने नगर्। पहिले, तैँले आफ्‍नो हृदयमा के सोचिरहेको छस् त्यसबारेमा, र तेरा वास्तविक विचारहरूबारेमा खुलस्त बता, ताकि सबैले ती कुराहरू थाहा पाऊन् र बुझून्। यसको फलस्वरूप, तेरा चिन्ताहरू अनि तँ र अरूबीचका पर्खाल र शङ्काहरू हट्नेछन्। अनि, तँ अर्को कुनै कुराले पनि ढलपल हुन्छस्। तैँले सधैँ आफूलाई टोली प्रमुख, अगुवा, सेवक, वा पदवी, हैसियत र प्रभाव भएको व्यक्ति ठान्छस्: यदि तैँले कुनै कुरा बुझ्दिनँ, वा गर्न सक्दिनँ भनेर भनिस् भने, के तैँले आफ्‍नै बदनाम गरिरहेको त हुँदैनस्? जब तैँले तेरो हृदयका यी बन्धनहरू पन्छाउँछस्, जब तैँले आफूलाई अगुवा वा कामदार सोच्न छोड्छस्, र जब तैँले आफूलाई अरूभन्दा असल ठान्‍न छोड्छस् र बरु तँ पनि अरूजस्तै साधारण व्यक्ति होस्, र कतिपय क्षेत्रमा तँ अरूभन्दा तल छस् भन्‍ने अनुभव गर्छस्—जब तैँले सत्यताबारे र कामसम्‍बन्धी विषयहरूबारे यस्तो मनोवृत्तिले सङ्गति गर्छस्, तब प्रभाव फरक हुन्छ, र माहौल पनि फरक हुन्छ। यदि तैँले आफ्‍नो हृदयमा सधैँ आशङ्का पाल्छस् भने, यदि सधैँ तनाव र ढलपल भएको अनुभव गर्छस् भने, र यदि तैँले यी कुराहरूबाट आफूलाई मुक्त बनाउन चाहन्छस् तर सक्दैनस् भने, तैँले परमेश्‍वरलाई गम्‍भीर रूपमा प्रार्थना गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ, आफ्‍ना कमीकमजोरीहरू हेर्नुपर्छ, अनि सत्यताप्रति लागिपर्नुपर्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिस् भने, तैँले फल प्राप्त गर्नेछस्। तैँले जे गरे पनि, निश्‍चित पदबाट वा निश्‍चित मानपदवी प्रयोग गरेर बोल्‍ने र व्यवहार गर्ने नगर्। पहिले, यो सबैलाई पन्छा, र आफूलाई साधारण व्यक्तिको स्थानमा राख्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। “तेरा लागि हैसियतको अर्थ के हो त? वास्तवमा, हैसियत त कपडाको टुक्रा वा टोपीजस्तै थप, अतिरिक्त कुरा मात्र हो। यो एउटा गहना मात्र हो। यसको खास उपयोगिता छैन, र यो हुनुले कुनै प्रभाव पार्दैन। तँसँग हैसियत भए पनि नभए पनि, तँ उही व्यक्ति होस्। मानिसले सत्यता बुझ्न अनि सत्यता र जीवन प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुराको हैसियतसँग कुनै सम्बन्ध छैन। यदि तैँले हैसियतलाई अति ठूलो कुरा मानिनस भने, यसले तँलाई बन्धनमा पार्न सक्दैन। यदि तैँले हैसियतलाई मन पराउँछस् र यसमा विशेष जोड दिन्छस्, सधैँ यसलाई महत्त्वपूर्ण कुराको रूपमा लिन्छस् भने, त्यसले तँलाई आफ्‍नो वशमा राख्‍नेछ; तँ खुलस्त हुन, आफूलाई उदाङ्गो पार्न, आफूलाई चिन्‍न वा कार्य गर्न आफ्‍नो नेतृत्व पद पन्छाउन र अरूसँग अन्तरक्रिया गरेर आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुनेछैनस्। यो कस्तो प्रकारको समस्या हो? के यो हैसियतका बन्धनमा पर्ने कुरा होइन? तैँले हैसियतको स्थानबाट बोल्ने र कार्य गर्ने अनि आफ्नो अहङ्कार त्याग्‍न नसक्ने भएकाले यस्तो हुन्छ। के तैँले यसो गरेर आफूलाई कष्ट दिइरहेको छैनस् र? यदि तँ साँच्चै सत्यता बुझ्छस्, र सदाझैँ आफूलाई नरोकी हैसियत पाउन सक्छस्, तर त्यसको साटो आफ्‍नो कर्तव्य कसरी राम्ररी निभाउने भनी ध्यान केन्द्रित गर्छस्, आफूले गर्नुपर्ने सबथोक गर्छस् र आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्छस् भने, अनि यदि तैँले आफूलाई साधारण दाजुभाइ वा दिदीबहिनी ठान्छस् भने, के तँ हैसियतको बन्धनमा पर्नेछैनस्?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने “प्रचारक” भन्ने शब्द केवल एउटा पदवी हो, र यसले केहीको प्रतिनिधित्व गर्दैन। म प्रचारक भएँ भन्दैमा मैले तुरुन्तै सत्यता बुझ्न र समस्याहरू समाधान गर्न सक्छु भन्ने कुरा थिएन; मेरो कद पहिले जस्तै थियो, र मैले गर्न नसक्ने कुराहरू म अझै पनि गर्न सक्दिनथेँ। परमेश्‍वरले के आश गर्नुहुन्छ भने म एक धरातलीय, साधारण व्यक्ति बन्न सकूँ; पदवीहरूद्वारा बाँधिन वा नियन्त्रित नहूँ; भेलाको दौरान मेरा भ्रष्टता र कमीकमजोरी खुलस्त बताऊँ, आफूले बुझेजति सङ्गति गरूँ; आफूले समाधान गर्न नसक्ने समस्या वा कठिनाइहरू आइपर्दा “मलाई थाहा छैन” भन्दै एक इमानदार व्यक्ति बन्ने अभ्यास गरूँ; र मेरा ब्रदर-सिस्टरहरूसँग सङ्गति र खोजी गरेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकूँ। परमेश्‍वरको अभिप्राय बुझेपछि, म यस सन्दर्भमा प्रवेश गर्न परमेश्‍वरमा भरोसा गर्न इच्छुक भएँ। पछि, भेलाहरूको दौरान, मैले आफूलाई प्रचारकको उच्च आसनमा राख्न छाडेँ, र जब मैले नबुझेका समस्याहरूको सामना गरेँ, तब मैले सबैसँग मिलेर छलफल गरेर समाधान गरेँ।

एक पटक, म एउटा मण्डलीमा कामका बारेमा बुझ्न गएँ र मैले आफूसँग पहिले सम्पर्कमा रहेको एक ब्रदरलाई देखेँ। उनको जीवन प्रवेश निकै राम्रो थियो, र उनले केही समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्थे। मैले सोच्न थालेँ, “यदि म समस्याहरू समाधान गर्नमा उनी जत्तिको राम्रो भइनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्नेछन्? के तिनीहरूले म, एक प्रचारक, समस्याहरू समाधान गर्न सत्यतासमेत प्रयोग गर्न सक्दिनँ भनेर सोच्नेछन्? त्यो त अति लाजमर्दो हुनेछ!” मलाई के महसुस भयो भने म फेरि आफ्नो हैसियत र पदवीद्वारा नियन्त्रित भइरहेको छु, र विगतका भेलाहरू याद गरेँ, जब मैले प्रतिष्ठा र हैसियतका लागि सधैँ कुराहरू लुकाएको थिएँ र भेष बदलेको थिएँ, र मैले नबुझेका वा गर्न नसकेका कुराहरूलाई खुलेर प्रकट गर्ने आँट गरेको थिइनँ। भेलाहरूमा फुर्ती लगाएर बस्नु साँच्चै दुःखदायी र पीडादायी थियो! म उप्रान्त यसो गर्न चाहन्नथेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “यदि तँ आगोमा हात हाल्न चाहँदैनस् भने, तैँले यी सबै मानपदवी र महिमा त्याग्नुपर्छ अनि आफ्नो हृदयभित्रको साँचो अवस्था र सोच आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई बताउनुपर्छ। यसरी, दाजुभाइ-दिदीबहिनीहरूले तँलाई सही तरिकामा व्यवहार गर्न सक्छन् र तैँले भेष बदल्नु पर्दैन। अब तैँले आफ्नो साँचो स्थिति खुलाएर त्यसबारे प्रष्ट पारेको हुन्छस्, त्यसैले के तँलाई हृदयमा अझ बढी ढुक्क, र आराम हुँदैन र? किन आफ्नो पिठ्यूँमा त्यस्तो गह्रौँ बोझ बोकेर हिँड्नु? यदि तैँले आफ्नो साँचो स्थिति बताइस् भने, के तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई साँच्चै तुच्छ ठान्नेछन् र? के तिनीहरूले तँलाई साँच्चै त्याग्नेछन् र? कदापि त्याग्‍नेछैनन्। त्यसको विपरीत, तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अनुमोदन गर्नेछन् र आफ्नो हृदयबाट बोल्ने आँट गरेकोमा तारिफ गर्नेछन्। तिनीहरूले तँलाई इमानदार व्यक्ति भन्‍नेछन्। यसले मण्डलीको तेरो काममा रोकावट ल्याउनेछैन, न त अलिकति पनि नकारात्मक प्रभाव नै पार्नेछ। यदि दाजुभाइ-दिदीबहिनीहरूले तँमा कठिनाइहरू छन् भनेर साँच्चै देखेमा, स्वेच्छाले तँलाई मदत गर्नेछन् र तँसित सहकार्य गर्नेछन्। तिमीहरू के भन्छौ? के त्यस्तै हुनेथिएन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने यदि म हैसियत र पदवीहरू त्याग्न चाहने हो भने म एक इमानदार व्यक्ति हुनुपर्छ, कुराहरू लुकाउन वा भेष बदल्न छोडेर मेरा ब्रदर-सिस्टरहरूसँग आफ्ना साँचो सोचहरूका बारेमा खुलेर सङ्गति गर्नुपर्छ, मैले नबुझेका कुराहरूका बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई सोध्नुपर्छ र सबैसँग सङ्गति गर्नुपर्छ, हाम्रा कमजोरीहरूको परिपूर्ति गर्न एकअर्काको सबलताहरूबाट सिक्नुपर्छ। यो मेरा लागि र मण्डलीको कामका लागि लाभदायक छ। त्यसैले, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई इज्जत र हैसियत त्याग्न, पदवीहरूको बन्धन फाल्न, र एक इमानदार व्यक्ति बनेर सङ्गतिमा खुलस्त हुन अगुवाइ गर्नुहोस् भनेँ। भेलाको दौरान, मैले खुलेर आफूमा धेरै कमीकमजोरी छन्, र यदि कसैलाई केही समस्या छ भने, हामी सँगै सङ्गति गर्न र एकअर्काका सबलताहरूबाट सिक्न सक्छौँ भनेँ। जब मैले आफूलाई प्रचारकको उच्च आसनमा राख्न छाडेँ, तब म भेलामा त्यति तनावमा वा बाँधिएको महसुस गरिनँ। बरु, मैले त्यो पूरै भेलामा आफूलाई साँच्चै स्वतन्त्र र फुक्का महसुस गरेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको सङ्गतिबाट केही ज्योति पनि पाएँ र समस्याहरूलाई अझ स्पष्ट रूपमा देखेँ। मेरो हृदयको गहिराइबाट, मलाई के महसुस भयो भने भेला हुँदा हैसियत र पदवीहरू त्याग्नु कत्ति ढुक्कलाग्दो हुँदो रहेछ।

यस अवधिको मेरो अनुभवमार्फत, मैले के बुझेँ भने मेरो कर्तव्य पूरा गर्ने क्रममा प्रतिष्ठा र हैसियत पछ्याउँदा त्यसले मलाई पीडा र यातनाबाहेक केही दिएन, र म हिँडिरहेको मार्ग परमेश्‍वरलाई प्रतिरोध गर्ने, ख्रीष्टविरोधीहरूको मार्ग थियो। म अन्ततः परमेश्‍वरद्वारा हटाइने मात्र थिएँ। एक सृजित प्राणीको उचित स्थानमा उभिएर, सरल र सिधा रूपमा खुलस्त हुँदै इमानदार व्यक्ति बनेर मात्रै म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु।

अघिल्लो:  ९२. आमाबुबाको दया कहिल्यै तिर्न नसकिने ऋण हो?

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger