भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ

परमेश्‍वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा, वा देहको नभएको अरू कुनै कुरा होइन, तर मानिस हो, जो देहको हो र शैतानद्वारा भ्रष्ट तुल्याइएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको हुनाले नै परमेश्‍वरले देहको मानिसलाई आफ्नो कामको पात्र बनाउनुभएको हो; त्यसभन्दा पनि बढी, मानिस भ्रष्टताको पात्र भएको हुनाले नै परमेश्‍वरले आफ्नो मुक्तिको कामका सबै चरणमा मानिसलाई आफ्नो कामको एक मात्र पात्रका रूपमा छान्नुभएको हो। मानिस मरणशील प्राणी हो, मासु र रगतको हो, र मानिसलाई मुक्ति दिन सक्ने एक मात्र जन परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, आफ्नो काम गर्नका लागि परमेश्‍वर मानिसकै जस्ता गुणहरू भएको देह बन्नैपर्छ, ताकि उहाँको कामले अझ राम्रा प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको भएको, र पापलाई विजय गर्न वा आफूलाई देहबाट मुक्त गर्न असक्षम भएको हुनाले नै परमेश्‍वर आफ्नो काम गर्नका लागि देह बन्नैपर्छ। देहधारी परमेश्‍वरको सार र पहिचान मानिसको सार र पहिचानभन्दा निकै फरक भए तापनि, उहाँको रूप मानिसको जस्तै हुन्छ; उहाँको रूप सामान्य व्यक्तिको जस्तै हुन्छ, र उहाँ सामान्य व्यक्तिको जीवन जिउनुहुन्छ, र उहाँलाई देख्नेहरूले उहाँ र सामान्य व्यक्तिबीच कुनै भिन्नता खुट्ट्याउन सक्दैनन्। यो सामान्य रूप र सामान्य मानवता उहाँलाई सामान्य मानवतामा आफ्नो ईश्‍वरीय काम गर्नका लागि पर्याप्त हुन्छन्। उहाँको देहले उहाँलाई सामान्य मानवतामा आफ्नो काम गर्न, र मानिसमाझ आफ्नो काम गर्न मद्दत गर्छ, र उहाँको सामान्य मानवताले उहाँलाई मानिसमाझ मुक्तिको काम गर्न अझ बढी मद्दत गर्छ। उहाँको सामान्य मानवताले मानिसमाझ धेरै खैलाबैला मच्चाएको भए तापनि, त्यस्तो खैलाबैलाले उहाँको कामका सामान्य प्रभावहरूलाई असर गरेको छैन। छोटकरीमा भन्दा, उहाँको सामान्य देहको काम मानिसका लागि अत्यन्तै लाभदायक छ। धेरैजसो मानिसले उहाँको सामान्य मानवतालाई स्वीकार गर्न नसके तापनि, उहाँको कामले अझै पनि नतिजाहरू हासिल गर्न सक्छ, र यी नतिजाहरू उहाँको सामान्य मानवताकै कारण हासिल हुन्छन्। यसमा कुनै शङ्का छैन। देहमा उहाँले गर्ने कामबाट, मानिसले उहाँको सामान्य मानवताबारे मानिसमाझ रहेका धारणाहरूभन्दा दस गुणा वा दर्जनौँ गुणा बढी कुराहरू प्राप्त गर्छ, र त्यस्ता धारणाहरू अन्ततः उहाँको कामद्वारा निलिनेछन्। अनि उहाँको कामले हासिल गरेको प्रभाव, अर्थात्, उहाँबारे मानिसमा रहेको ज्ञान, उहाँप्रतिका मानिसका धारणाहरूभन्दा निकै बढी हुन्छ। उहाँले देहमा गर्ने कामको कल्पना वा मापन गर्ने कुनै तरिका छैन, किनभने उहाँको देह देहका कुनै पनि मानवको जस्तो हुँदैन; बाहिरी आवरण उस्तै भए तापनि, सार एउटै हुँदैन। उहाँको देहले मानिसमाझ परमेश्‍वरबारे धेरै धारणा पैदा गर्छ, तैपनि उहाँको देहले मानिसलाई धेरै ज्ञान प्राप्त गर्न पनि अनुमति दिन सक्छ, र त्यस्तै बाहिरी आवरण भएको कुनै पनि व्यक्तिलाई विजय गर्न समेत सक्छ। किनभने उहाँ केवल मानव हुनुहुन्न, बरु मानवको बाहिरी आवरण भएका परमेश्‍वर हुनुहुन्छ, र कसैले पनि उहाँलाई पूर्ण रूपमा बोध गर्न वा बुझ्न सक्दैन। अदृश्य र छुन नसकिने परमेश्‍वर सबैद्वारा प्रेम र स्वागत गरिनुहुन्छ। यदि परमेश्‍वर मानिसले देख्न नसक्ने आत्मा मात्रै हुनुहुन्छ भने, मानिसलाई परमेश्‍वरमा विश्‍वास गर्न निकै सजिलो हुन्छ। मानिसहरूले आफ्ना कल्पनाहरूलाई स्वतन्त्र रूपमा उड्न दिन सक्छन्, आफूलाई खुसी पार्न र आफूलाई प्रसन्न महसुस गराउन परमेश्‍वरको स्वरूपका रूपमा आफूलाई मनपर्ने जुनसुकै स्वरूप छान्न सक्छन्। यसरी, मानिसहरूले कुनै हिचकिचाहटबिना, आफ्नै “परमेश्‍वर” ले सबैभन्दा बढी मन पराउनुहुने र उनीहरूले गरून् भनी चाहनुहु ने जुनसुकै कुरा गर्न सक्छन्। अझ भन्नुपर्दा, मानिसहरू “परमेश्‍वर” प्रति आफूभन्दा बढी बफादार र भक्त अरू कोही छैन, र अरू सबै अन्यजाति कुकुरहरू हुन्, र तिनीहरू परमेश्‍वरप्रति बफादार छैनन् भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरप्रतिको विश्‍वास काल्पनिक र धर्मसिद्धान्तमा आधारित हुनेहरू यसरी नै पछ्याउँछन् भनेर भन्न सकिन्छ; यो सबै लगभग उस्तै हुन्छ, र यसमा थोरै मात्र भिन्नता हुन्छ। यति मात्रै हो कि तिनीहरूका कल्पनाहरूमा भएका ईश्‍वरहरूका स्वरूपहरू फरक हुन्छन्, तैपनि तिनीहरूको सार वास्तवमा एउटै हुन्छ।

मानिस परमेश्‍वरप्रतिको आफ्नो बेपरवाह विश्‍वासबाट चिन्तित हुँदैन र ऊ आफूले चाहे जसरी परमेश्‍वरमा विश्‍वास गर्छ। यो मानिसको “अधिकार र स्वतन्त्रताहरू” मध्ये एक हो, जसमा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, किनभने मानिस आफ्नै ईश्‍वरमा विश्‍वास गर्छ र अरू कसैको ईश्‍वरमा गर्दैन, र यो उसको आफ्नै निजी सम्पत्ति हो। लगभग सबैसँग यस प्रकारको निजी सम्पत्ति हुन्छ। मानिसहरू यस सम्पत्तिलाई बहुमूल्य खजानाका रूपमा लिन्छन्, तर परमेश्‍वरका लागि योभन्दा नीच वा मूल्यहीन कुरा अरू केही हुँदैन, किनभने मानिसको यो निजी सम्पत्तिभन्दा परमेश्‍वरप्रतिको विरोधको अझ स्पष्ट सङ्केत अरू कुनै छैन। देहधारी परमेश्‍वरको कामकै कारण परमेश्‍वर मूर्त रूप भएको र मानिसले देख्न र छुन सक्ने देह बन्नुहुन्छ। उहाँ रूपविहीन आत्मा हुनुहुन्न, बरु मानिसले देख्न र सम्पर्कमा आउन सक्ने देह हुनुहुन्छ। तर, मानिसहरूले विश्‍वास गर्ने धेरैजसो ईश्‍वर देहविहीन देवताहरू हुन्, जो रूपविहीन हुन्छन्, तैपनि स्वतन्त्र रूपका पनि हुन्छन्। यसरी, देहधारी परमेश्‍वर परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसका शत्रु बन्नुभएको छ, र परमेश्‍वरको देहधारणको तथ्यलाई स्वीकार गर्न नसक्नेहरू पनि, त्यसै गरी, परमेश्‍वरका विरोधी बनेका छन्। मानिसमा धारणाहरू उसको सोचाइका कारण, वा उसको विद्रोहीपनका कारणले नभई, मानिसको यही निजी सम्पत्तिका कारण हुन्छन्। यही सम्पत्तिका कारण धेरैजसो मानिस मर्छन्, र मानिसहरूले विश्‍वास गर्ने छुन नसकिने, देख्न नसकिने, र वास्तविकतामा अस्तित्वमा नभएका अस्पष्ट ईश्‍वरहरूले नै मानिसहरूको जीवन बर्बाद गर्छन्। मानिसहरूको जीवन देहधारी परमेश्‍वरद्वारा खोसिँदैन, स्वर्गका परमेश्‍वरद्वारा त झनै खोसिँदैन, बरु तिनीहरूकै आफ्नै कल्पनाको “परमेश्‍वर” द्वारा खोसिन्छ। देहधारी परमेश्‍वर पूर्ण रूपमा भ्रष्ट मानिसका आवश्यकताहरूको कारणले नै देहमा आउनुभएको हो। यो परमेश्‍वरका आवश्यकताहरूको कारणले नभई मानिसका आवश्यकताहरूको कारणले हो, र उहाँले चुकाउनुभएका सबै मूल्य र उहाँका सबै कष्ट मानवजातिका खातिर हुन्, र परमेश्‍वर स्वयम्‌को फाइदाका लागि होइनन्। परमेश्‍वरका लागि कुनै लाभ र हानि वा इनामहरू हुँदैनन्; उहाँले प्राप्त गर्ने कुरा उहाँले फलाउने फल होइन, बरुत्यो कुरा हो जुन सुरुमा उहाँकै थियो। उहाँले मानवजातिका लागि गर्ने सबै कुरा र उहाँले मानवजातिका लागि चुकाएका सबै मूल्यको पछाडिको उद्देश्य उहाँले अझ बढी इनामहरू प्राप्त गर्न सक्नुहोस् भनेर होइन, बरु विशुद्ध रूपमा मानवजातिका खातिर हो। देहमा परमेश्‍वरको काममा धेरै अकल्पनीय कठिनाइ समावेश भए पनि, यसले अन्ततः हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गरेको कामका प्रभावहरूभन्दा निकै बढी हुन्छन्। देहको काममा निकै धेरै कठिनाइ समावेश हुन्छन्, र आत्माको जस्तै महान् पहिचान देहको हुन सक्दैन, उहाँ आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्नुहुन्न, झन् उहाँमा आत्माको जस्तै अख्तियार हुन सक्नु त परै जाओस्। तैपनि यस साधारण देहले गरेको कामको सार आत्माले प्रत्यक्ष रूपमा गरेको कामको सारभन्दा निकै श्रेष्ठ छ, र यो देह स्वयम् नै सबै मानिसलाई आवश्यक पर्ने कुरा हुनुहुन्छ। मुक्ति दिइनेहरूका लागि, आत्माको उपयोगको मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदी, तालतलैया अनि समुद्रहरूलाई समेट्न सक्छ, तैपनि देहको काम उहाँ सम्पर्कमा आउनुहुने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्बन्धित हुन्छ। अझ के भने, परमेश्‍वरको मूर्त रूप भएको देहलाई मानिसले अझै राम्ररी बुझ्न र भरोसा गर्न सक्छ र त्यस देहले परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई थप गहन तुल्याउन सक्छ र त्यस देहले परमेश्‍वरका व्यावहारिक कार्यहरूबारे मानिसमा अझै गहन छाप छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीहरूलाई यो पूर्वानुमान गर्न गाह्रो छ, र देख्न झनै गाह्रो छ, र त्यसकारण तिनीहरू निराधार कल्पनाहरूमा शून्यका आधारमा मात्रै त्यसबारे केही कुरा कल्पना गर्न सक्छन्। तर, देहको काम सामान्य र व्यावहारिक हुन्छ, अनि त्यसमा प्रशस्त बुद्धि हुन्छ, र त्यो मरणशील मानिसको आँखाले व्यक्तिगत रूपमा देख्न सक्ने तथ्य हो; मानिसले परमेश्‍वरको कामको बुद्धिलाई व्यक्तिगत रूपमा नै अनुभूत गर्न सक्छ र उसका प्रशस्त कल्पनाहरूको प्रयोग गर्नै पर्दैन। देहमा हुनुहुने परमेश्‍वरको कामको सहीपन र व्यावहारिक मूल्य यही नै हो। आत्माले मानिसका लागि अदृश्य र उसलाई कल्पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्नुहुन्छ, उदाहरणका लागि आत्माको अन्तर्दृष्टि, आत्माको उत्प्रेरणा र आत्माको मार्गदर्शन, तर दिमाग भएको मानिसका लागि, यिनले कुनै स्पष्ट अर्थ प्रदान गर्न सक्दैनन्। यिनले उत्प्रेरणा, वा मोटामोटी रूपमा समान अर्थ मात्रै प्रदान गर्न सक्छन् र शब्दहरूमार्फत निर्देशन दिन सक्दैनन्। तर, देहमा हुनुहुने परमेश्‍वरको काम निकै फरक छ: त्यसमा शब्दहरूको सही मार्गदर्शन समावेश हुन्छ, र स्पष्ट अभिप्राय, र स्पष्ट माग गरिएका उद्देश्यहरू हुन्छन्। त्यसकारण मानिसले छामछुम गर्नु, वा आफ्नो कल्पना प्रयोग गर्नु आवश्यक छैन, झन् अनुमान लगाउनु त परै जाओस्। देहको कामको स्पष्टता यही हो, र उहाँको काम आत्माको कामभन्दा निकै फरक छ। आत्माको काम सीमित दायराका लागि मात्रै उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको काममार्फत मानिसबाट माग गरिएका सटीक उद्देश्यहरू, र यस काममार्फत मानिसले प्राप्त गर्ने ज्ञानको व्यावहारिक मूल्य आत्माको कामको सटीकता र व्यावहारिक मूल्यभन्दा निकै बढी हुन्छ। भ्रष्ट मानिसका लागि सटीक शब्दहरू र पछ्याउने स्पष्ट उद्देश्यहरू प्रदान गर्ने, अनि देख्न र छुन सकिने काम मात्र सबैभन्दा मूल्यवान् प्रकारको काम हो। मानिसको स्वादका लागि व्यावहारिक काम र सामयिक मार्गदर्शन मात्रै उपयुक्त छन् र व्यावहारिक कामले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पुरानो भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको काम उहाँको देहले मात्र गर्न सक्नुहुन्छ। यदि आत्मा एक्लै काम गर्नुहुन्थ्यो भने, उहाँको काम प्रभावकारी हुनु सम्भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यस देहका कारण धेरैजसो मानिस परमेश्‍वरका शत्रु बनेका छन्। तर जब यस देहले आफ्नो काम सम्पन्न गर्नुहुन्छ, तब उहाँको विरुद्धमा हुनेहरू उहाँका शत्रु हुन त छोड्नेछन् नै, बरु यसको विपरीत तिनीहरू उहाँका गवाही बन्नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका गवाहीहरू, उहाँसँग मिल्ने र उहाँबाट अलग गर्न नसकिने गवाही बन्नेछन्। उहाँ मानिसलाई मानिसका निम्ति देहको कामको महत्त्व जान्ने तुल्याउनुहुनेछ र मानिसले मानिसको अस्तित्वको अर्थका लागि यस देहको महत्त्व थाहा पाउनेछ, मानिसको जीवन वृद्धिसँग सम्बन्धित उहाँको व्यावहारिक मूल्य थाहा पाउनेछ, र त्यसभन्दा बढी, यो देह अनपेक्षित रूपमै मानिस अलग हुनै नसक्ने जीवनको जीवित मूल बन्नेछ भन्‍ने जान्नेछ। परमेश्‍वरको देहधारी देह परमेश्‍वरको पहिचान र हैसियतसँग मेल खाने कुराभन्दा निकै टाढा भए पनि, र मानिसलाई उहाँको वास्तविक मूल्यसँग नमिल्ने जस्तो लागे पनि, परमेश्‍वरको अन्तर्निहित स्वरूप, वा परमेश्‍वरको अन्तर्निहित पहिचान नभएको यस देहले परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा गर्न नसक्ने काम गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणको अन्तर्निहित महत्त्व र मूल्य यस्तै छ, र मानिसले बुझ्न र स्वीकार गर्न नसक्ने महत्त्व र मूल्य यही नै हो। सबै मानिसले परमेश्‍वरका आत्मालाई मान गरे पनि र परमेश्‍वरको देहलाई तुच्छ ठाने पनि, तिनीहरूका दृष्टिकोण वा विचारहरू जेसुकै भए पनि, देहको व्यावहारिक महत्त्व र मूल्य आत्माको व्यावहारिक महत्त्व र मूल्यभन्दा निकै बढी हुन्छ। अवश्य नै, यो भ्रष्ट मानवजातिको सन्दर्भमा मात्रै हो। सत्यताको खोजी गर्ने र परमेश्‍वरको देखा पराइको तृष्णा गर्ने हरेकको सन्दर्भमा, आत्माको कामले हृदयस्पर्श वा प्रेरणा, अनि यो काम अद्भुत, अगम्य र अकल्पनीय छ भन्ने आश्चर्यको आभास, अनि यो महान्, असाधारण र प्रशंसनीय छ, तैपनि यो सबैका लागि प्राप्त गर्न नसकिने र पहुँचबाहिरको छ भन्‍ने भाव मात्रै दिन सक्छ। मानिस र परमेश्‍वरका आत्माले एकअर्कालाई टाढाबाट मात्रै हेर्न सक्छन्, मानौँ उनीहरूको बीचमा ठूलो दूरी छ, र उनीहरू कहिल्यै उस्तै बन्न सक्दैनन्, मानौँ मानिस र परमेश्‍वरलाई अदृश्य फाटोले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारका छैनन् र उनीहरू कहिल्यै एउटै संसारमा सँगै अस्तित्वमा रहन सक्नेछैनन् र आत्मासँग मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने आत्मा मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न। देहको कामले मानिसलाई पछ्याउनका लागि व्यावहारिक उद्देश्यहरू, प्रस्ट वचनहरू, र उहाँ व्यावहारिक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र साधारण हुनुहुन्छ भन्‍ने आभास दिन्छ। मानिस उहाँदेखि डराउने भए तापनि, धेरैजसो मानिसका लागि उहाँ निकै पहुँचयोग्य हुनुहुन्छ: मानिसले उहाँको मुहार हेर्न सक्छ र उहाँको आवाज सुन्न सक्छ, र उसले उहाँलाई टाढाबाट हेर्नुपर्दैन। यो देह मानिसको नजिक हुनुहुन्छ भन्ने आभास हुन्छ, टाढा र बुझ्न नसकिने नभई देख्न सकिने र पहुँचयोग्य हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।

देहमा जिउने सबैका लागि, स्वभाव परिवर्तन पछ्याउन लक्ष्यहरूको आवश्यकता पर्छ, र परमेश्‍वरको ज्ञान पछ्याउनका लागि परमेश्‍वरका व्यावहारिक कार्यहरू र वास्तविक मुहार हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्‍वरको देहधारी देहले मात्रै हासिल गर्न सक्नुहुन्छ, र यी दुवै कुरा सामान्य र व्यावहारिक देहले मात्रै पूरा गर्न सक्नुहुन्छ। यही कारणले देहधारण आवश्यक छ—सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्‍वरलाई चिन्नु आवश्यक भएकाले, तिनीहरूको हृदयबाट काल्पनिक र अलौकिक ईश्‍वरहरूका छविहरू हटाइनैपर्छ, अनि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्नु आवश्यक भएकाले, तिनीहरूले सुरुमा आफ्ना भ्रष्ट स्वभावहरू चिन्नैपर्छ। यदि मानिसले मात्रै मानिसहरूको हृदयबाट काल्पनिक ईश्‍वरहरूका छविहरू हटाउनका लागि काम गऱ्यो भने, ऊ अभिप्रेत प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्‍वरहरूका छविहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, फाल्न वा पूर्ण रूपमा निकाल्न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै पनि मानिसहरूको हृदयमा जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्भव हुनेछैन। यी काल्पनिक र अलौकिक कुराहरूलाई व्यावहारिक परमेश्‍वर र परमेश्‍वरको अन्तर्निहित स्वरूपले प्रतिस्थापन गरेर अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, अपेक्षित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा आफूले पछ्याएको ईश्‍वर काल्पनिक र अलौकिक हुनुहुन्छ भन्‍ने कुरा मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्ने कुरा आत्माको प्रत्यक्ष अगुवाइ होइन, कुनै निश्चित व्यक्तिका शिक्षाहरू त झनै होइनन्, बरु देहधारी परमेश्‍वर हो। देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता मानिसका कल्पनाहरूमा भएका काल्पनिक र अलौकिक ईश्‍वरहरूको ठीक विपरीत भएको हुनाले नै, देहधारी परमेश्‍वरले आधिकारिक रूपमा आफ्नो काम गर्नुहुँदा मानिसका धारणाहरू सबै उदाङ्गो हुन्छन्। मानिसका मौलिक धारणाहरू देहधारी परमेश्‍वरसँग तुलना गर्दा मात्रै प्रकट हुन सक्छन्। देहधारी परमेश्‍वरसँगको तुलनाबिना, मानिसका धारणाहरू प्रकट हुन सक्दैनन्; अर्को शब्दमा भन्दा, उभारकका रूपमा व्यावहारिकताबिना, अस्पष्ट कुराहरू प्रकट हुन सक्दैनन्। यो काम गर्नका लागि वचनहरू प्रयोग गर्न कोही पनि सक्षम छैन, र कसैले पनि वचनहरू प्रयोग गरेर यो काम स्पष्ट पार्न सक्दैन। परमेश्‍वर स्वयम्‌ले आफ्नो काम गर्न सक्नुहुन्छ, र उहाँको तर्फबाट अरू कसैले पनि यो काम गर्न सक्दैन। मानिसको भाषा जतिसुकै समृद्ध भए पनि, ऊ परमेश्‍वरको व्यावहारिकता र सामान्यतालाई स्पष्ट पार्न असक्षम छ। यदि परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसमाझ काम गर्नुभयो र आफ्नो स्वरूप र आफ्नो सत्त्व पूर्ण रूपमा देखाउनुभयो भने मात्रै मानिसले परमेश्‍वरलाई अझ व्यावहारिक रूपमा चिन्न सक्छ, र उहाँलाई अझ स्पष्ट रूपमा देख्न सक्छ। यो प्रभाव देहको कुनै पनि मानवले हासिल गर्न सक्दैन। अवश्य नै, परमेश्‍वरका आत्मा पनि यो प्रभाव हासिल गर्न असक्षम हुनुहुन्छ। परमेश्‍वरले भ्रष्ट मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्नुहुन्छ, तर यो काम परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा पूरा गर्न सक्नुहुन्न; बरु, यो त परमेश्‍वरका आत्माले धारण गर्नुहुने देहले, अर्थात् परमेश्‍वरको देहधारी शरीरले मात्रै पूरा गर्न सक्नुहुन्छ। यो देह एउटा मानव हो र परमेश्‍वर पनि हो; यो देह सामान्य मानवता भएको एउटा व्यक्ति हो र पूर्ण ईश्‍वरीयता भएको परमेश्‍वर पनि हो। त्यसकारण, यो देह परमेश्‍वरका आत्मा नहुनुभए पनि र आत्माभन्दा निकै फरक हुनुभए पनि, उहाँ अझै पनि मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, जो आत्मा हुनुहुन्छ र देह पनि हुनुहुन्छ। उहाँलाई जे भनेर बोलाइए तापनि, आखिरमा मानवजातिलाई मुक्ति दिनुहुने परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। किनकि परमेश्‍वरका आत्मा देहबाट अविभाज्य हुनुहुन्छ र देहको काम परमेश्‍वरका आत्माको काम पनि हो; यति मात्रै हो कि यो काम आत्माको पहिचान प्रयोग गरेर गरिँदैन, बरु देहको पहिचान प्रयोग गरेर गरिन्छ। आत्माले प्रत्यक्ष रूपमा गर्नुपर्ने कामका लागि देहधारणको आवश्यकता पर्दैन र देहले गर्नपर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न र देहधारी परमेश्‍वरले मात्रै यो गर्न सक्नुहुन्छ। यो कामका लागि आवश्यक पर्ने कुरा यही हो र भ्रष्ट मानवजातिलाई आवश्यक पर्ने कुरा यही नै हो। परमेश्‍वरको कामका तीन चरणहरूमा, एउटै चरण मात्रै आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो र बाँकी दुई वटा चरणहरू प्रत्यक्ष रूपमा आत्माले नभई देहधारी परमेश्‍वरले गर्नुहुन्छ। आत्माले गर्नुभएको व्यवस्थाको युगको काममा मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने कार्य संलग्न थिएन, न त परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानसँग नै यसको कुनै सम्बन्ध थियो। तर, अनुग्रहको युग र राज्यको युगको परमेश्‍वरको देहको काममा मानिसको भ्रष्ट स्वभाव र परमेश्‍वरसम्बन्धी उसको ज्ञान संलग्न हुन्छ र यो मुक्तिको कामको महत्त्वपूर्ण र निर्णायक भाग हो। त्यसकारण, भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्तिको झनै ठूलो खाँचो छ, र देहधारी परमेश्‍वरको प्रत्यक्ष कामको झनै ठूलो खाँचो छ। मानवजातिलाई देहधारी परमेश्‍वरले तिनीहरूलाई गोठालो गर्न, तिनीहरूलाई सहयोग गर्न, तिनीहरूलाई मलजल गर्न, तिनीहरूलाई खुवाउन, तिनीहरूलाई न्याय गर्न र सजाय दिन आवश्यक हुन्छ र देहधारी परमेश्‍वरबाट तिनीहरूलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्‍वर मात्रै मानिसको विश्‍वासपात्र, मानिसको गोठालो, सधैँ उपलब्ध हुने सहयोग हुन सक्नुहुन्छ र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो।

मानिस शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र ऊ परमेश्‍वरका सबै सृजित प्राणीमध्ये सर्वोच्च हो, त्यसकारण मानिसलाई परमेश्‍वरको मुक्तिको खाँचो छ। परमेश्‍वरको मुक्तिको पात्र मानिस हो, शैतान होइन, र मुक्ति दिइने कुरा मानिसको देह, र मानिसको प्राण हो, र दियाबलसहरू होइनन्। शैतान परमेश्‍वरको विनाशको पात्र हो, मानिस परमेश्‍वरको मुक्तिको पात्र हो, र मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, त्यसैले सबैभन्दा पहिले मुक्ति दिइनुपर्ने कुरा मानिसको देह नै हुनुपर्छ। मानिसको देह सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र यो परमेश्‍वरको विरोध गर्ने कुरा बनेको छ, यतिसम्म कि यसले परमेश्‍वरको अस्तित्वलाई खुलेआम विरोध र इन्कार समेत गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ, र देहको भ्रष्ट स्वभावलाई सम्हाल्नु वा परिवर्तन गर्नुभन्दा गाह्रो कुरा अरू केही छैन। शैतान बाधाहरू खडा गर्न मानिसको देहमा आउँछ, र यसले परमेश्‍वरको काममा बाधा दिन र परमेश्‍वरको योजनालाई बिगार्न मानिसको देह प्रयोग गर्छ, र यसरी मानिस शैतान बनेको छ, र परमेश्‍वरको शत्रु बनेको छ। मानिसले मुक्ति पाउनका लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्‍वर चुनौती स्वीकार गर्नुहुन्छ र आफूले गर्ने अभिप्राय राखेको काम गर्न, र शैतानसँग लडाइँ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भ्रष्ट पारिएको मानवजातिको मुक्ति, र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानको हार र विनाश हो। उहाँ मानिसलाई विजय गर्ने आफ्नो काममार्फत शैतानलाई हराउनुहुन्छ, र साथसाथै उहाँ भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ। यो एकैपटक दुई वटा उद्देश्य हासिल गर्ने काम हो। मानिससँग अझ राम्ररी संलग्न हुन, र मानिसलाई अझ राम्ररी विजय गर्न उहाँ देहमा काम गर्नुहुन्छ, र देहमा बोल्नुहुन्छ, र देहमा सबै काम गर्नुहुन्छ। परमेश्‍वर अन्तिम पटक देह बन्नुहुँदा, उहाँको आखिरी दिनहरूको काम देहमा सम्पन्न हुनेछ। उहाँ सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्नो सम्पूर्ण व्यवस्थापन सम्पन्न गर्नुहुनेछ, र देहमा आफ्ना सबै काम पनि सम्पन्न गर्नुहुनेछ। पृथ्वीमा उहाँका सबै काम समाप्त भएपछि, उहाँ पूर्ण रूपमा विजयी हुनुहुनेछ। देहमा काम गरेर, परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा विजय गर्नुभएको हुनेछ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भएको हुनेछ भन्‍ने होइन र? जब परमेश्‍वर देहमा आफ्नो काम सम्पन्न गर्नुहुन्छ, तब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गरिसक्नुभएको र उहाँ विजयी भइसक्नुभएको हुनाले, शैतानसँग मानिसलाई भ्रष्ट तुल्याउने थप कुनै अवसर हुनेछैन। परमेश्‍वरको पहिलो देहधारणको काम छुटकारा र मानिसका पापहरूको क्षमा थियो। अहिले यो मानिसलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग अब उप्रान्त आफ्नो काम गर्ने कुनै उपाय नहोस्, र यो पूर्ण रूपमा हारेको हास्, र परमेश्‍वर पूर्ण रूपमा विजयी हुनुभएको होस्। यो देहको काम हो, र परमेश्‍वर स्वयम्‌द्वारा गरिएको काम हो। परमेश्‍वरको कामका तीन चरणको प्रारम्भिक काम देहद्वारा नभई प्रत्यक्ष रूपमा आत्माद्वारा गरिएको थियो। तर, परमेश्‍वरको कामका तीन चरणको अन्तिम काम प्रत्यक्ष रूपमा आत्माद्वारा नभई देहधारी परमेश्‍वरद्वारा गरिन्छ। मध्यवर्ती चरणको छुटकाराको काम पनि देहमा हुनुहुने परमेश्‍वरद्वारा नै गरिएको थियो। सम्पूर्ण व्यवस्थापनको कामभरि, सबैभन्दा महत्त्वपूर्ण काम भनेको मानिसलाई शैतानको प्रभावबाट मुक्ति दिनु हो। मुख्य काम भनेको भ्रष्ट पारिएका मानिसहरूलाई पूर्ण रूपमा विजय गर्नु हो ताकि विजय गरिएकाहरूको परमेश्‍वरको डर मान्‍ने मौलिक हृदय पुनर्स्थापित हुन सकोस् र तिनीहरूले सामान्य मानव जीवन, अर्थात्, सृजित प्राणीको सामान्य जीवन हासिल गर्न सकून्। यो काम अत्यन्तै महत्त्वपूर्ण छ, र यो व्यवस्थापनको कामको केन्द्रबिन्दु हो। मुक्तिको कामका तीन चरणमा, व्यवस्थाको युगको कामको पहिलो चरण व्यवस्थापनको कामको केन्द्रबिन्दुभन्दा निकै टाढा थियो; यसमा मुक्तिको कामको हल्का रूप मात्रै थियो, र यो मानिसलाई शैतानको शक्तिबाट मुक्ति दिने परमेश्‍वरको कामको सुरुवात थिएन। कामको पहिलो चरण प्रत्यक्ष रूपमा आत्माद्वारा गरिएको थियो किनभने व्यवस्थाअन्तर्गत, मानिसई व्यवस्था पालन गर्न मात्रै जान्दथ्यो, र मानिससँग अझ बढी सत्यता थिएन, र व्यवस्थाको युगको काममा मानिसको स्वभावमा परिवर्तनहरू मुस्किलले समावेश थिए, झन् मानिसलाई शैतानको शक्तिबाट कसरी मुक्ति दिने भन्‍ने कामसँग यसको सरोकार हुनु त परै जाओस्। यसरी परमेश्‍वरका आत्माले मानिसको भ्रष्ट स्वभावसँग असम्बन्धित कामको यो अत्यन्तै सरल चरण पूरा गर्नुभयो। कामको यस चरणको व्यवस्थापनको केन्द्रबिन्दुसँग थोरै मात्र सम्बन्ध थियो, र मानिसको मुक्तिको आधिकारिक कामसँग यसको कुनै ठूलो सहसम्बन्ध थिएन, त्यसैले यसका लागि परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्न देह बन्नु आवश्यक थिएन। आत्माद्वारा गरिएको काम अन्तर्निहित र बुझ्न नसकिने हुन्छ, र यो मानिसका लागि अत्यन्तै डरलाग्दो र पहुँचबाहिरको हुन्छ; आत्मा प्रत्यक्ष रूपमा मुक्तिको काम गर्न उपयुक्त हुनुहुन्न, र प्रत्यक्ष रूपमा मानिसलाई जीवन प्रदान गर्न उपयुक्त हुनुहुन्न। मानिसका लागि सबैभन्दा उपयुक्त कुरा आत्माको कामलाई मानिसको नजिक हुने तरिकामा रूपान्तरण गर्नु हो, अर्थात्, मानिसका लागि सबैभन्दा उपयुक्त कुरा परमेश्‍वर आफ्नो काम गर्न एक साधारण, सामान्य व्यक्ति बन्नु हो। यसका लागि परमेश्‍वरले आफ्नो काममा आत्माको स्थान लिन देहधारण गर्नु आवश्यक हुन्छ, र मानिसका लागि, परमेश्‍वरले काम गर्ने योभन्दा उपयुक्त तरिका अरू कुनै छैन। कामका यी तीन चरणमध्ये, दुई चरण देहद्वारा गरिन्छन्, र यी दुई चरण व्यवस्थापनको कामका मुख्य चरणहरू हुन्। दुई देहधारण एक-अर्काका पूरक हुन् र तिनले एक-अर्कालाई पूर्णतः परिपूर्ण पार्छन्। परमेश्‍वरको देहधारणको पहिलो चरणले दोस्रो चरणका लागि जग बसाल्यो, र परमेश्‍वरका दुई देहधारण एउटा पूर्ण रूप बन्छन् र एक-अर्कासँग नमिल्ने हुँदैनन् भनेर भन्न सकिन्छ। परमेश्‍वरको कामका यी दुई चरण परमेश्‍वरद्वारा आफ्नो देहधारी पहिचानमा गरिन्छ किनभने ती सम्पूर्ण व्यवस्थापनको कामका लागि अत्यन्तै महत्त्वपूर्ण छन्। परमेश्‍वरका दुई देहधारणको कामविना, सम्पूर्ण व्यवस्थापनको काम ठप्प हुनेथियो, र मानवजातिलाई मुक्ति दिने काम रित्तो गफबाहेक केही हुनेथिएन भनेर लगभग भन्न सकिन्छ। यो काम महत्त्वपूर्ण छ कि छैन भन्‍ने कुरा मानवजातिका आवश्यकताहरू, मानवजातिको दुराचारिताको वास्तविकता, र शैतानको विद्रोहीपनको र यसले काममा दिने बाधाको गम्भीरतामा आधारित हुन्छ। यो काम गर्नका लागि सही व्यक्ति को हो भन्‍ने कुरा कामदारले गर्ने कामको प्रकृति, र कामको महत्त्वमा आधारित हुन्छ। यस कामको महत्त्वको कुरा आउँदा, कामको कुन विधि अपनाउने भन्‍ने सन्दर्भमा—परमेश्‍वरका आत्माद्वारा प्रत्यक्ष रूपमा गरिने काम, वा देहधारी परमेश्‍वरद्वारा गरिने काम, वा मानिसमार्फत गरिने काम—सबैभन्दा पहिले हटाइने कुरा मानिसमार्फत गरिने काम हो, र, कामको प्रकृति, र देहको कामको तुलनामा आत्माको कामको प्रकृतिका आधारमा, अन्ततः आत्माद्वेअरा प्रत्यक्ष रूपमा गरिने कामभन्दा देहद्वारा गरिने काम मानिसका लागि बढी लाभदायक हुन्छ, र यसले बढी फाइदाहरू प्रदान गर्छ भन्‍ने निर्णय गरिन्छ। काम आत्माले गर्ने कि देहले गर्ने भनी निर्णय गर्दा परमेश्‍वरको विचार यही थियो। कामको प्रत्येक चरणको एउटा महत्त्व र आधार हुन्छ। कामका यी कुनै पनि चरणहरू आधारहीन कल्पनाहरूमा आधारित हुँदैनन्, न त ती स्वेच्छाचारी रूपमा गरिन्छन्; तिनमा एउटा निश्चित बुद्धि हुन्छ। परमेश्‍वरका सबै कामपछाडिको वास्तविक कथा यस्तै छ। विशेष गरी, देहधारी परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसमाझ काम गर्ने यस्तो महान् काममा त परमेश्‍वरको योजना झनै समावेश हुन्छ। त्यसकारण, परमेश्‍वरको बुद्धि र उहाँको सत्त्वको सम्पूर्णता उहाँको कामको हरेक कार्य, विचार, र सोचमा प्रतिविम्बित हुन्छ; यो परमेश्‍वरको अझ बढी ठोस र व्यवस्थित सत्त्व हो। यी सूक्ष्म विचार र सोचहरू मानिसलाई कल्पना गर्न गाह्रो हुन्छ, र मानिसलाई विश्‍वास गर्न गाह्रो हुन्छ, र, अझ भन्नुपर्दा, मानिसलाई जान्न गाह्रो हुन्छ। मानिसद्वारा गरिने काम सामान्य सिद्धान्तअनुसार गरिन्छ, जुन मानिसका लागि अत्यन्तै सन्तोषजनक हुन्छ। तैपनि परमेश्‍वरको कामसँग तुलना गर्दा, त्यहाँ अत्यन्तै ठूलो असमानता हुन्छ। परमेश्‍वरका कार्यहरू महान् भए तापनि र परमेश्‍वरको काम भव्य स्तरको भए तापनि, तिनको पछाडि मानिसले कल्पना गर्न नसक्ने धेरै सूक्ष्म र सटीक योजना र प्रबन्ध हुन्छन्। उहाँको कामको प्रत्येक चरण सिद्धान्तअनुसार मात्रै गरिँदैन, तर प्रत्येक चरणमा मानव भाषाले स्पष्ट पार्न नसकिने धेरै कुरा पनि समावेश हुन्छन्, र यी कुराहरू नै मानिसका लागि अदृश्य हुन्छन्। चाहे त्यो आत्माको काम होस् वा देहधारी परमेश्‍वरको काम होस्, प्रत्येकमा उहाँको कामका योजनाहरू समावेश हुन्छन्। उहाँ आधारहीन रूपमा काम गर्नुहुन्न, र उहाँ अर्थहीन काम गर्नुहुन्न। जब आत्मा प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, तब त्यो उहाँका उद्देश्यहरूका साथ हुन्छ, र जब उहाँ काम गर्न मानव बन्नुहुन्छ (अर्थात्, जब उहाँ आफ्नो बाहिरी आवरण रूपान्तरण गर्नुहुन्छ), यसको अझ बढी महत्त्व हुन्छ। नत्र उहाँ किन सजिलै आफ्नो पहिचान परिवर्तन गर्नुहुन्थ्यो र? नत्र उहाँ किन सजिलै तुच्छ ठानिने र सताइने व्यक्ति बन्नुहुन्थ्यो र?

देहमा उहाँको काम अत्यन्तै महत्त्वपूर्ण छ, जुन कामको सन्दर्भमा बोलिएको हो, र अन्ततः काम सम्पन्न गर्नुहुने जन आत्मा नभई देहधारी परमेश्‍वर हुनुहुन्छ। कतिपयले परमेश्‍वर कुनै अज्ञात समयमा पृथ्वीमा आउनुहुनेछ र मानिससामु देखा पर्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ र कसैलाई पनि नछुटाई एक-एक गरेर जाँच्नुहुनेछ भन्‍ने विश्‍वास गर्छन्। यसरी सोच्नेहरूलाई देहधारणको कामको यस चरणबारे थाहा छैन। परमेश्‍वर मानिसहरूलाई एकपछि अर्को गर्दै न्याय गर्नुहुन्न, न त तिनीहरूलाई एक-एक गरेर जाँच उत्तीर्ण गर्न लगाइन्छ; त्यसो गर्नु न्यायको काम हुँदैन। के सम्पूर्ण मानवजातिको भ्रष्टता उस्तै होइन र? के मानिसको सार उस्तै होइन र? न्याय गरिने त मानवजातिको भ्रष्ट सार, शैतानद्वारा भ्रष्ट पारिएको मानिसको सार, र मानिसका सबै पाप हुन्। परमेश्‍वर मानिसका सानातिना र महत्त्वहीन गल्तीहरूलाई न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक हुन्छ, र यो विशेष गरी कुनै निश्चित व्यक्तिका लागि गरिँदैन। बरु, यो त सम्पूर्ण मानवजातिको न्यायको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहलाई न्याय गरिने काम हो। देहमा परमेश्‍वरद्वारा गरिएको काम भनेको सम्पूर्ण मानवजातिको कामको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहमा उहाँको प्रत्यक्ष काम प्रयोग गर्नु हो, जसपछि यो बिस्तारै फैलिन्छ। न्यायको काम पनि यस्तै हुन्छ। परमेश्‍वर कुनै निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, बरु सम्पूर्ण मानवजातिको अधार्मिकतालाई न्याय गर्नुहुन्छ, जस्तै मानिसले परमेश्‍वरको विरोध गर्नु, वा मानिसले उहाँको डर नमान्नु, वा मानिसले परमेश्‍वरको काममा बाधा दिनु। न्याय गरिने त परमेश्‍वरको विरोध गर्ने मानवजातिको सार हो, र यो न्यायको काम आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको काम र वचन आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनअघिको न्यायको काम हो, जुन विगतमा मानिसहरूले आफ्ना धारणाहरूमा पालेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहेको काम ठ्याक्कै ठूलो सेतो सिंहासनअघिको न्याय हो। आजका देहधारी परमेश्‍वर आखिरी दिनहरूको दौरान सम्पूर्ण मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र यस देहको काम, वचन, र सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको दायरा सीमित भए पनि, र यसमा सम्पूर्ण ब्रह्माण्डलाई सिधै नसमेटे पनि, न्यायको कामको सार सम्पूर्ण मानवजातिको प्रत्यक्ष न्याय हो—यो काम चीनका चुनिएका मानिसहरूका खातिर मात्रै होइन, न त यो थोरै सङ्ख्याका मानिसका खातिर नै गरिन्छ। देहमा परमेश्‍वरको कामको दौरान, यस कामको दायरामा सम्पूर्ण ब्रह्माण्ड समावेश नभए पनि, यसले सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्छ, र उहाँले आफ्नो देहको कामको दायराभित्र काम सम्पन्न गर्नुभएपछि, येशूको पुनरुत्थान र स्वर्गारोहणपछि उहाँको सुसमाचार फैलिएजस्तै गरी, उहाँले तुरुन्तै ब्रह्माण्डभित्रको हरेक ठाउँमा यो काम फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यो सीमित दायराभित्र गरिने, तर सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्ने काम हो। आखिरी दिनहरूको दौरान, परमेश्‍वर आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्‍वर सेतो ठूलो सिंहासनअघि मानिसको न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। चाहे उहाँ आत्मा हुनुहोस् वा देह हुनुहोस्, न्यायको काम गर्नुहुने जन आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो उहाँले गर्ने कामद्वारा निर्धारण गरिन्छ, उहाँको बाहिरी रूप वा अन्य केही कारकद्वारा गरिँदैन। मानिसले यी वचनहरूबारे धारणाहरू पाले पनि, देहधारी परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई न्याय र विजय गर्नुभएको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जेसुकै सोचे पनि, तथ्यहरू आखिर तथ्य नै हुन्। कसैले पनि “काम परमेश्‍वरले गर्नुभएको हो, तर देह परमेश्‍वर हुनुहुन्न” भनेर भन्न सक्दैन। यो एउटा भ्रम हो, किनभने यो काम देहमा हुनुहुने परमेश्‍वरबाहेक अरू कसैले पनि गर्न सक्दैन। यो काम पूरा भइसकेको हुनाले, यस कामपछि मानिसलाई न्याय गर्ने परमेश्‍वरको काम दोस्रो पटक देखा पर्नेछैन; परमेश्‍वरले आफ्नो दोस्रो देहधारणमा सम्पूर्ण व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्नुभएको छ, र परमेश्‍वरको कामको चौथो चरण हुनेछैन। किनभने न्याय गरिने भनेको मानिसलाई हो, देहको र भ्रष्ट तुल्याइएको मानिसलाई हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मालाई होइन, त्यसकारण न्यायको काम आत्मिक क्षेत्रमा नभई मानिसमाझ गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामका लागि, देहमा हुनुहुने परमेश्‍वरभन्दा उपयुक्त र योग्य अरू कोही पनि छैन। यदि परमेश्‍वरका आत्माले सीधै न्याय गर्नुभएको भए, यो सर्व-समावेशी हुनेथिएन, र, त्यसमाथि, मानिसलाई यो स्वीकार गर्न कठिन हुनेथ्यो, किनभने आत्मा मानिसको आमने-सामने हुन सक्नुहुन्न। यसलाई मात्रै मध्यनजर गर्दा, प्रभावहरू तात्कालै देखिनेथिएनन्, झन् मानिसले उल्लङ्घन गर्नै नहुने परमेश्‍वरको स्वभाव अझै बढी स्पष्टताका साथ देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानवजातिको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतानलाई पूर्ण रूपमा हराउन सकिन्छ। देहमा हुनुहुने परमेश्‍वर सामान्य मानवता भएको व्यक्ति पनि हुनुहुन्छ, तैपनि उहाँ मानिसको अधार्मिकतालाई सीधै न्याय गर्न सक्नुहुन्छ; यो उहाँको जन्मजात पवित्रता, र उहाँको अद्वितीयताको चिन्ह हो। मानिसलाई न्याय गर्नका लागि परमेश्‍वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँसँग सत्यता र धार्मिकता छ, त्यसैले उहाँ मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यताविहीन र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभएको भए, यसको अर्थ शैतानमाथिको विजय हुनेथिएन। आत्मा अन्तर्निहित रूपमै मरणशील प्राणीहरूभन्दा उच्च हुनुहुन्छ र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले सिधै गर्नुभएको भए, उहाँले मानिसका सारा विद्रोहीपनलाई न्याय गर्न र मानिसका सबै अधार्मिकतालाई प्रकाश गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वरबारे मानिसका धारणाहरूमार्फत पनि गरिन्छ र मानिसमा आत्माबारे कहिल्यै कुनै धारणा रहेको छैन, त्यसकारण आत्मा मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकाश गर्न सक्नुहुन्न, झन् त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्न सक्नु त परे जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्नेहरू सबैको शत्रु हुनुहुन्छ। उहाँबारे मानिसका धारणाहरूलाई र उहाँप्रतिको विरोधलाई न्याय गरेर, उहाँ मानवजातिका सारा विद्रोहीपनलाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्ने कामका प्रभावहरू आत्माको कामका प्रभावहरूभन्दा झनै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय सिधै आत्माले गर्नुहुन्न बरु यो त देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्‍वर मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। मानिस उहाँको विरोध गर्ने अवस्थाबाट उहाँमा समर्पित हुने अवस्थामा, उहाँलाई सताउने अवस्थाबाट उहाँलाई स्वीकार गर्ने अवस्थामा, उहाँबारे धारणाहरू पाल्ने अवस्थाबाट उहाँलाई चिन्ने अवस्थामा, र उहाँलाई इन्कार गर्ने अवस्थाबाट उहाँलाई प्रेम गर्ने अवस्थामा प्रगति गर्छ—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। मानिसले उहाँको न्याय स्वीकार गरेर मात्रै मुक्ति पाउँछ, मानिसले उहाँको मुखका वचनहरूमार्फत मात्रै उहाँलाई बिस्तारै चिन्न पुग्छ, मानिस उहाँको विरोध गर्ने क्रममा उहाँद्वारा विजय गरिन्छ, र उसले उहाँको सजाय स्वीकार गर्ने क्रममा उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यो सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो, र आत्माका रूपमा उहाँको पहिचानमा परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरद्वारा गरिएको काम सबैभन्दा ठूलो काम हो, र सबैभन्दा गहन काम हो, र परमेश्‍वरको कामका तीन चरणको महत्त्वपूर्ण भाग देहधारणको कामका दुई चरण हो। देहधारी परमेश्‍वरको कामले सामना गर्ने अड्चनहरू अत्यन्तै ठूला छन्, किनभने मानिस अत्यन्तै गहन रूपमा भ्रष्ट भएको छ। विशेष गरी, यी मानिसहरूमा आखिरी दिनहरूमा गरिने काम झनै बढी कठिनाइले भरिएको छ—वातावरण शत्रुवत् छ, र हरेक प्रकारको व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यस कामको अन्त्यमा, यसले अलिकति पनि भूलचुक नगरी, अझै पनि उचित प्रभाव हासिल गर्नेछ; यो देहको कामको प्रभाव हो, र यो प्रभाव आत्माको कामको प्रभावभन्दा बढी विश्वासीलो हुन्छ। परमेश्‍वरको कामका तीन चरण देहमा सम्पन्न हुनेछन्, र ती देहधारी परमेश्‍वरद्वारा सम्पन्न गरिनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा निर्णायक काम देहमा गरिन्छ, र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिनैपर्छ। सम्पूर्ण मानवजातिलाई देहमा हुनुहुने परमेश्‍वर मानिससँग असम्बन्धित हुनुहुन्छ जस्तो लागे पनि, वास्तवमा यो देह सम्पूर्ण मानवजातिको भाग्य र अस्तित्वसँग सम्बन्धित छ।

परमेश्‍वरको कामको प्रत्येक चरण सम्पूर्ण मानवजातिका खातिर कार्यान्वयन गरिन्छ र सम्पूर्ण मानवजातिप्रति लक्षित हुन्छ। यो देहमा उहाँको काम भए तापनि, यो अझै पनि सम्पूर्ण मानवजातिप्रति लक्षित हुन्छ; उहाँ सम्पूर्ण मानवजातिका परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै सृजित र असृजित प्राणीका परमेश्‍वर हुनुहुन्छ। देहमा उहाँको काम सीमित दायराभित्र हुने भए तापनि, र यस कामको पात्र पनि सीमित हुने भए तापनि, उहाँ आफ्नो काम गर्न प्रत्येक पटक देहधारण गर्नुहुँदा आफ्नो कामको यस्तो पात्र छान्नुहुन्छ जो अत्यन्तै प्रतिनिधिमूलक हुन्छ। उहाँ काम गर्नका लागि साधारण र सामान्य मानिसहरूको समूह छान्नुहुन्न, बरु यसको सट्टा उहाँ आफ्नो कामको पात्रका रूपमा देहमा उहाँको कामको प्रतिनिधि हुन सक्षम मानिसहरूको एउटा समूह छान्नुहुन्छ। देहमा उहाँको कामको दायरा सीमित भएको हुनाले मानिसहरूको यो समूह छानिएको हो, र यो विशेष गरी उहाँको देहधारी देहका लागि तयार पारिएको हो, र विशेष गरी देहमा उहाँको कामका लागि छानिएको हो। परमेश्‍वरले आफ्नो कामका पात्रहरू छान्ने कार्य आधारहीन हुँदैन, बरु यो त सिद्धान्तअनुसार गरिन्छ: कामको पात्र देहमा परमेश्‍वरको कामका लागि लाभदायक हुनैपर्छ, र यसले सम्पूर्ण मानवजातिको प्रतिनिधित्व गर्न सक्नैपर्छ। उदाहरणका लागि, येशूले व्यक्तिगत रूपमा गर्नुभएको छुटकारा स्वीकार गर्ने कुरामा यहूदीहरू सम्पूर्ण मानवजातिको प्रतिनिधित्व गर्न सक्षम थिए, र देहधारी परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुभएको विजय स्वीकार गर्ने कुरामा चिनियाँहरू सम्पूर्ण मानवजातिको प्रतिनिधित्व गर्न सक्षम छन्। यहूदीहरूले सम्पूर्ण मानवजातिको प्रतिनिधित्व गर्नुको एउटा आधार छ, र परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुभएको विजय स्वीकार गर्ने कुरामा चिनियाँ मानिसहरूले सम्पूर्ण मानवजातिको प्रतिनिधित्व गर्नुको पनि एउटा आधार छ। यहूदीहरूमाझ गरिएको छुटकाराको कामले भन्दा बढी अरू कुनै कुराले छुटकाराको महत्त्व प्रदर्शन गर्दैन, र चिनियाँ मानिसहरूमाझ भइरहेको विजयको कामले भन्दा बढी अरू कुनै कुराले विजयको कामको पूर्णता र सफलता प्रदर्शन गर्दैन। देहधारी परमेश्‍वरको काम र वचन मानिसहरूको सानो समूहप्रति मात्रै लक्षित भएजस्तो देखिन्छ, तर वास्तवमा, उहाँ यस सानो समूहभित्र सम्पूर्ण ब्रह्माण्डको काम गर्नुहुन्छ, र सम्पूर्ण मानवजातिसँग बोल्नुहुन्छ। देहमा उहाँको काम समाप्त भएपछि, उहाँलाई पछ्याउनेहरूले उहाँले तिनीहरूमाझ गर्नुभएको काम फैलाउन सुरु गर्नेछन्। देहमा उहाँको कामको सबैभन्दा ठूलो सबल पक्ष के हो भने, उहाँ आफूलाई पछ्याउनेहरूका लागि सटीक वचन र अर्तीहरू, र मानवजातिका लागि आफ्ना सटीक अभिप्रायहरू छोड्न सक्नुहुन्छ, ताकि त्यसपछि उहाँका अनुयायीहरूले देहमा उहाँका सबै काम, र सम्पूर्ण मानवजातिका लागि उहाँका अभिप्रायहरूलाई अझ सटीक र अझ व्यावहारिक रूपमा यस मार्गलाई स्वीकार गर्नेहरूसम्म पुर्‍याउन सकून्। मानिसमाझ काम गर्नुहुने देहमा हुनुहुने परमेश्‍वर मात्रै परमेश्‍वर मानिससँगै हुने र मानिससँगै जिउने कुरालाई साँच्चै वास्तविकता बनाउनुहुन्छ, र परमेश्‍वरको मुहार हेर्ने, परमेश्‍वरको काम देख्ने, र परमेश्‍वरको व्यक्तिगत वचन सुन्ने मानिसको चाहना पूरा गर्नुहुन्छ। देहधारी परमेश्‍वर मानवजातिअघि यहोवाको पिठ्यूँ मात्रै देखा पर्ने युगको अन्त्य गर्नुहुन्छ, र उहाँ अस्पष्ट ईश्‍वरहरूमाथिको मानवजातिको विश्‍वासको युग पनि समाप्त गर्नुहुन्छ। विशेष गरी, परमेश्‍वरको अन्तिम देहधारणको कामले सम्पूर्ण मानवजातिलाई अझ बढी यथार्थपरक, अझ बढी व्यावहारिक, र अझ बढी सुन्दर युगमा ल्याउँछ। यस कामले व्यवस्था र प्रावधानहरूको युग समाप्त गर्ने मात्र होइन, तर अझ महत्त्वपूर्ण रूपमा, यसले मानवजातिलाई व्यावहारिक र सामान्य हुनुहुने, धर्मी र पवित्र हुनुहुने, व्यवस्थापनको योजनाको काम खोल्नुहुने र मानवजातिको रहस्य र गन्तव्य प्रदर्शन गर्नुहुने, मानवजातिलाई सृष्टि गर्नुहुने र व्यवस्थापनको काम अन्त्य गर्नुहुने, र हजारौँ वर्षदेखि लुकेर रहनुभएका परमेश्‍वरलाई चिनाउँछ। यस कामले पूर्ण रूपमा काल्पनिक युगको अन्त्य गर्छ, यसले सम्पूर्ण मानवजातिले परमेश्‍वरको मुहार खोज्न चाहेको तर नसकेको युग समाप्त गर्छ, यसले सम्पूर्ण मानवजातिले शैतानको सेवा गरेको युग अन्त्य गर्छ, र यसले सम्पूर्ण मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोर्‍याउँछ। यी सबै परमेश्‍वरका आत्माको सट्टा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वर आफ्नो देहमा काम गर्नुहुन्छ, तब मात्रै उहाँलाई पछ्याउनेहरूले उप्रान्त अस्तित्वमा भएजस्तो र नभएजस्तो दुवै देखिने ती कुराहरू खोज्ने र तिनलाई छामछुम गर्ने गर्दैनन्, र अस्पष्ट ईश्‍वरहरूका अभिप्रायहरूको अनुमान लगाउन छोड्छन्। जब परमेश्‍वर देहमा आफ्नो काम फैलाउनुहुन्छ, तब उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गरेकोको काम सबै धर्म र सम्प्रदायकहाँ पुर्‍याउनेछन्, र तिनीहरूले उहाँका सबै वचन सम्पूर्ण मानवजातिको कानसम्म प्रसार गर्नेछन्। उहाँको सुसमाचार प्राप्त गर्नेहरूले सुन्ने कुरा उहाँको कामको तथ्यहरू मात्र हुनेछन्, र मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन्—यो तथ्य हुनेछ र हल्ला हुनेछैन। यी तथ्यहरू ती प्रमाण हुन्, जसद्वारा उहाँ काम फैलाउनुहुन्छ, र ती उहाँले काम फैलाउन प्रयोग गर्ने साधनहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सबै देश र सबै ठाउँमा फैलिनेथिएन; तथ्यहरूविना तर मानिसका कल्पनाहरूले मात्रै, उहाँ सम्पूर्ण ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्नुहुनेथिएन। आत्मा मानिसका लागि छुन नसकिने, र मानिसका लागि देख्न नसकिने हुनुहुन्छ, र आत्माको कामले मानिसका लागि परमेश्‍वरको कामका कुनै थप प्रमाण वा कुनै थप तथ्यहरू छोड्न सक्दैन। मानिसले परमेश्‍वरको वास्तविक मुहार कहिल्यै देख्नेथिएन, उसले सधैँ अस्तित्वमा नभएको अस्पष्ट ईश्‍वरमा विश्‍वास गर्नेथियो। मानिसले परमेश्‍वरको मुहार कहिल्यै देख्नेथिएन, न त मानिसले परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा बोलिएका वचनहरू नै कहिल्यै सुन्नेथियो। आखिर, मानिसका कल्पनाहरू खोक्रा हुन्छन्, र तिनले परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सक्दैनन्; मानिसले परमेश्‍वरको अन्तर्निहित स्वभाव, र परमेश्‍वर स्वयम्‌को कामको नक्कल गर्न सक्दैन। स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वर र उहाँको कामलाई परमेश्‍वर देह बन्नुभएर अनि व्यक्तिगत रूपमा आफ्नो काम गर्न मानिसमाझ आउनुभएर मात्रै पृथ्वीमा ल्याउन सकिन्छ। परमेश्‍वर मानिससामु देखा पर्ने, र मानिसले परमेश्‍वरलाई देख्ने र परमेश्‍वरको साँचो मुहार चिन्ने यो सबैभन्दा आदर्श तरिका हो, र यो देहधारण नगर्नुभएको परमेश्‍वरद्वारा हासिल गर्न सकिँदैन। आफ्नो कामलाई यस चरणसम्म अघि बढाएपछि, परमेश्‍वरको कामले इष्टतम प्रभाव हासिल गरिसकेको छ, र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापनको कामको नब्बे प्रतिशत पूरा गरिसकेको छ। यस देहले उहाँका सबै कामलाई अझ राम्रो सुरुवातमा डोर्‍याउनुभएको छ, र यस देहले उहाँका सबै कामलाई निष्कर्षमा पुर्‍याउनुभएको छ, उहाँका सबै कामलाई जारी गर्नुभएको छ, र यी सबै कामहरूको अन्तिम पूर्ण परिपूर्ति गर्नुभएको छ। यसपछि, परमेश्‍वरको कामको चौथो चरण गर्न अर्को देहधारी परमेश्‍वर हुनुहुनेछैन, र परमेश्‍वरको तेस्रो देहधारणको कुनै अद्भुत काम कहिल्यै हुनेछैन।

देहमा परमेश्‍वरको कामको प्रत्येक चरणले सम्पूर्ण युगको उहाँको कामको प्रतिनिधित्व गर्छ, र यसले मानिसको कामले जस्तो कुनै निश्चित अवधिको प्रतिनिधित्व गर्दैन। अनि त्यसैले उहाँको अन्तिम देहधारणको कामको अन्त्य हुनुको अर्थ उहाँको काम पूर्ण रूपमा समाप्त भएको छ भन्‍ने होइन, किनभने देहमा उहाँको कामले सम्पूर्ण युगको प्रतिनिधित्व गर्छ, र यसले उहाँले देहमा आफ्नो काम गर्ने अवधिको मात्रै प्रतिनिधित्व गर्दैन। यति मात्रै हो कि उहाँ देहमा हुनुभएको समयमा सम्पूर्ण युगको आफ्नो काम पूरा गर्नुहुन्छ, जसपछि यो सबै ठाउँमा फैलिन्छ। देहधारी परमेश्‍वरले आफ्नो सेवकाइ पूरा गर्नुभएपछि, उहाँ आफ्नो भविष्यको काम उहाँलाई पछ्याउनेहरूलाई सुम्पनुहुनेछ। यसरी, सम्पूर्ण युगको उहाँको काम अटुट रूपमा अघि बढ्नेछ। देहधारणको सम्पूर्ण युगको काम ब्रह्माण्डभित्रको हरेक ठाउँमा फैलिएपछि मात्रै पूर्ण भएको मानिनेछ। देहधारी परमेश्‍वरको कामले नयाँ युग सुरु गर्छ, र उहाँको कामलाई निरन्तरता दिनेहरू उहाँद्वारा प्रयोग गरिनेहरू हुन्। मानिसद्वारा गरिने काम सबै देहमा हुनुहुने परमेश्‍वरको सेवकाइभित्रै हुन्छ, र यो यस दायराभन्दा बाहिर जान सक्दैन। यदि देहधारी परमेश्‍वर आफ्नो काम गर्न नआउनुभएको भए, मानिसले पुरानो युगको अन्त्य गर्न सक्नेथिएन र नयाँ युगको सुरुवात गर्न सक्नेथिएन। मानिसद्वारा गरिने काम मानव रूपमा गर्न सम्भव हुने उसको कर्तव्यको दायराभित्र मात्रै हुन्छ, र यसले परमेश्‍वरको कामको प्रतिनिधित्व गर्दैन। देहधारी परमेश्‍वर मात्रै आएर उहाँले गर्नुपर्ने काम पूरा गर्न सक्नुहुन्छ र, उहाँबाहेक, अरू कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। अवश्य नै, मैले बोल्ने कुरा देहधारणको कामको सन्दर्भमा हो। यी देहधारी परमेश्‍वरले पहिले मानिसका धारणाहरूसँग नमिल्ने कामको एउटा चरण गर्नुहुन्छ, जसपछि उहाँले मानिसका धारणाहरूसँग नमिल्ने अझ बढी काम गर्नुहुन्छ। कामको उद्देश्य मानिसको विजय हो। एक हिसाबमा, परमेश्‍वरको देहधारण मानिसका धारणाहरूसँग मिल्दैन, त्यसमाथि उहाँ मानिसका धारणाहरूसँग नमिल्ने अझ बढी काम गर्नुहुन्छ, र त्यसैले मानिसले उहाँबारे अझ बढी आलोचनात्मक दृष्टिकोणहरू विकास गर्छ। उहाँ आफूबारे असङ्ख्य धारणा भएका मानिसहरूमाझ विजयको काम मात्रै गर्नुहुन्छ। तिनीहरूले उहाँलाई जसरी व्यवहार गरे पनि, उहाँले आफ्नो सेवकाइ पूरा गर्नुभएपछि, सबै मानिस उहाँको प्रभुत्वको अधीनमा हुनेछन्। यस कामको तथ्य चिनियाँ मानिसहरूमाझ मात्रै प्रतिविम्बित हुँदैन, बरु यसले त सम्पूर्ण मानवजातिलाई कसरी विजय गरिनेछ भन्‍ने कुराको पनि प्रतिनिधित्व गर्छ। यी मानिसहरूमा हासिल गरिएका प्रभावहरू सम्पूर्ण मानवजातिमा हासिल गरिने प्रभावहरूको पूर्वाभास हुन्, र उहाँले भविष्यमा गर्ने कामका प्रभावहरूले यी मानिसहरूमा भएका प्रभावहरूलाई समेत झन्-झन् उछिन्दै जानेछन्। देहमा परमेश्‍वरको काममा ठूलो तामझाम समावेश हुँदैन, न त यो अस्पष्टताले घेरिएको नै हुन्छ। यो वास्तविक र यथार्थपरक हुन्छ, र यो यस्तो काम हो जसमा एक भनेको एक हुन्छ र दुई भनेको दुई हुन्छ। यो कसैबाट लुकेको हुँदैन, न त यसले कसैलाई छल नै गर्छ। मानिसहरूले देख्ने कुराहरू वास्तविक र सक्कली कुरा हुन्, र मानिसले प्राप्त गर्ने कुरा व्यावहारिक ज्ञान र सत्यता हो। काम समाप्त भएपछि, मानिससँग उहाँबारे नयाँ ज्ञान हुनेछ, र साँच्चै पछ्याउनेहरूसँग उहाँबारे उप्रान्त कुनै धारणाहरू हुनेछैनन्। यो चिनियाँ मानिसहरूमा उहाँको कामको प्रभाव मात्रै होइन, यसले त सम्पूर्ण मानवजातिलाई विजय गर्ने उहाँको कामको प्रभावको पनि प्रतिनिधित्व गर्छ, किनभने सम्पूर्ण मानवजातिलाई विजय गर्ने कामका लागि यो देह, र यस देहको काम, र यस देहको हरेक कुराभन्दा बढी लाभदायक अरू कुनै कुरा छैन। ती आज उहाँको कामका लागि लाभदायक छन्, र भविष्यमा उहाँको कामका लागि लाभदायक छन्। यस देहले सम्पूर्ण मानवजातिलाई विजय गर्नुहुनेछ र सम्पूर्ण मानवजातिलाई प्राप्त गर्नुहुनेछ। सम्पूर्ण मानवजातिले परमेश्‍वरलाई देख्न, परमेश्‍वरको अधीनमा रहन, र परमेश्‍वरलाई चिन्नका लागि योभन्दा राम्रो काम अरू कुनै छैन। मानिसद्वारा गरिने कामले सीमित दायराको मात्रै प्रतिनिधित्व गर्छ, र परमेश्‍वर आफ्नो काम गर्नुहुँदा कुनै निश्चित व्यक्तिसँग बोल्नुहुन्न, बरु सम्पूर्ण मानवजातिसँग, र उहाँका वचनहरू स्वीकार गर्ने सबैसँग बोल्नुहुन्छ। परिणामहरू घोषणा गर्दा, परमेश्‍वर कुनै निश्चित व्यक्तिको परिणाम मात्रै नभई सबै मानिसका परिणामहरू घोषणा गर्नुहुन्छ। उहाँ कसैलाई विशेष व्यवहार गर्नुहुन्न, न त उहाँ कसैका लागि कामकुराहरू कठिन नै बनाउनुहुन्छ, र उहाँ सम्पूर्ण मानवजातिमा काम गर्नुहुन्छ, र सम्पूर्ण मानवजातिसँग बोल्नुहुन्छ। त्यसैले यी देहधारी परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिसक्नुभएको छ, सम्पूर्ण मानवजातिलाई न्याय गरिसक्नुभएको छ, र सम्पूर्ण मानवजातिका लागि उपयुक्त गन्तव्यहरूको प्रबन्ध गरिसक्नुभएको छ। परमेश्‍वरले चीनमा मात्रै आफ्नो काम गर्नुभए तापनि, वास्तवमा उहाँले सम्पूर्ण ब्रह्माण्डको काम सम्हालिसक्नुभएको छ। उहाँ चरणबद्ध रूपमा आफ्ना वाणी बोल्नु र प्रबन्धहरू गर्नुअघि उहाँको काम सम्पूर्ण मानवजातिमाझ फैलुन्जेल पर्खन सक्नुहुन्न। के त्यो धेरै ढिलो हुनेछैन र? अहिले उहाँ भविष्यको काम अग्रिम रूपमा पूरा गर्न पूर्ण रूपमा सक्षम हुनुहुन्छ। यसको कारण के हो भने, काम गरिरहनुभएको जन देहमा हुनुहुने परमेश्‍वर हुनुहुन्छ; उहाँ सीमित दायराभित्र असीमित काम गरिरहनुभएको छ, र त्यसपछि उहाँ मानिसलाई मानिसले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्न लगाउनुहुनेछ—उहाँको कामको सिद्धान्त यही हो। उहाँ केही समयसम्म मात्रै मानिससँग जिउन सक्नुहुन्छ र सम्पूर्ण युगको काम समाप्त नभएसम्म मानिसलाई साथ दिन सक्नुहुन्न। उहाँ परमेश्‍वर हुनुभएकाले नै उहाँ आफ्नो भविष्यको कामको अग्रिम भविष्यवाणी गर्नुहुन्छ। त्यसपछि, उहाँ आफ्ना वचनहरूद्वारा सम्पूर्ण मानवजातिलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, र मानवजाति उहाँका वचनहरूअनुसार उहाँको चरणबद्ध काममा प्रवेश गर्नेछन्। कोही पनि उम्कनेछैन, र सबैले यसैअनुसार अभ्यास गर्नैपर्छ। त्यसैले, भविष्यमा युग उहाँका वचनहरूद्वारा मार्गनिर्देशित हुनेछ, र आत्माद्वारा मार्गनिर्देशित हुनेछैन।

देहमा परमेश्‍वरको काम देहमा नै गरिनुपर्छ। यदि यो परमेश्‍वरका आत्माद्वारा प्रत्यक्ष रूपमा गरिएको भए, यसले कुनै नतिजा ल्याउनेथिएन। यो आत्माद्वारा गरिएको भए तापनि, कामको कुनै ठूलो महत्त्व हुनेथिएन, र यो अन्ततः चित्तबुझ्दो हुनेथिएन। सबै सृजित प्राणी सृष्टिकर्ताको कामको महत्त्व छ कि छैन, र यसले केको प्रतिनिधित्व गर्छ, र यो केका खातिर गरिन्छ, र परमेश्‍वरको काम अख्तियार र बुद्धिले भरिपूर्ण छ कि छैन, र यो अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण छ कि छैन भनी जान्न चाहन्छन्। उहाँले गर्ने काम सम्पूर्ण मानवजातिको मुक्तिका लागि, शैतानलाई हराउनका खातिर, र यावत् थोकमाझ उहाँ स्वयम्‌को गवाही दिनका लागि गरिन्छ। त्यसकारण, उहाँले गर्ने काम ठूलो महत्त्वको हुनैपर्छ। मानिसको देह शैतानद्फ्वारा भ्रष्ट तुल्याइएको छ, र यसलाई सबैभन्दा गहिरो गरी दृष्टिविहीन बनाइएको छ, र गम्भीर रूपमा हानि गरिएको छ। परमेश्‍वरले देहमा व्यक्तिगत रूपमा काम गर्नुको सबैभन्दा आधारभूत कारण के हो भने, उहाँको मुक्तिको पात्र मानिस हो, जो देहको हो, र शैतान पनि परमेश्‍वरको काममा बाधा दिन मानिसको देह प्रयोग गर्छ। शैतानसँगको लडाइँ वास्तवमा मानिसलाई विजय गर्ने काम हो, र साथसाथै, मानिस परमेश्‍वरको मुक्तिको पात्र पनि हो। यसर्थ, परमेश्‍वर आफ्नो काम गर्न देह बन्नु अत्यन्तै आवश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो, र मानिस शैतानको मूर्त रूप बन्यो, र परमेश्‍वरद्वारा हराइनुपर्ने पात्र बन्यो। त्यसकारण, शैतानसँग लडाइँ गर्ने र मानवजातिलाई मुक्ति दिने काम पृथ्वीमा हुन्छ, र शैतानसँग लडाइँ गर्न परमेश्‍वर मानव बन्नैपर्छ। यो परम व्यावहारिकताको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग लडाइँ गरिरहनुभएको हुन्छ। जब उहाँ देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रको आफ्नो काम गरिरहनुभएको हुन्छ र उहाँ आत्मिक क्षेत्रको आफ्नो सम्पूर्ण कामलाई पृथ्वीमा साकार बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति विद्रोही रहेको मानिस नै हो, र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँसँग शत्रुवत् छ र अन्ततः मुक्ति दिइने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृजित प्राणीको बाहिरी खोल भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँ शैतानसँग वास्तविक लडाइँ गर्न, उहाँप्रति विद्रोही र उहाँसरह बाहिरी खोल भएको मानिसलाई विजय गर्न र उहाँसरह बाहिरी खोल भएको र शैतानद्वारा हानि गरिएको मानिसलाई मुक्ति दिन सक्नुहोस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र पनि मानिस नै हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्नैपर्छ, र यसरी उहाँको काम निकै सहज बन्छ—उहाँ शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। यो देह सामान्य र व्यावहारिक भए तापनि, उहाँ कुनै साधारण देह हुनुहुन्न: उहाँ मानवता मात्रै भएको देह हुनुहुन्न, बरु मानवता र ईश्‍वरीयता दुवै भएको देह हुनुहुन्छ। उहाँ र मानिसबीचको भिन्नता यही हो, र यो परमेश्‍वरको पहिचानको चिन्ह हो। यस्तो देहले मात्रै उहाँले गर्ने अभिप्राय राख्नुभएको काम गर्न, र देहमा हुनुहुने परमेश्‍वरको सेवकाइ पूरा गर्न, र मानिसमाझ उहाँको काम पूर्ण रूपमा सम्पन्न गर्न सक्नुहुन्छ। यदि यस्तो नभएको भए, मानिसमाझ उहाँको काम सधैँ खोक्रो र त्रुटिपूर्ण हुनेथियो। परमेश्‍वर शैतानको आत्मासँग लडाइँ गर्न र विजयी हुन सक्षम हुनुभए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिको समस्या कहिल्यै समाधान हुन सक्दैन, र परमेश्‍वरप्रति विद्रोही हुने र उहाँको विरोध गर्नेहरू कहिल्यै साँच्चै उहाँको प्रभुत्वको अधीनमा रहन सक्दैनन्, अर्थात्, उहाँ मानवजातिलाई कहिल्यै विजय गर्न सक्नुहुन्न, र सम्पूर्ण मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्नुहुन्न। यदि पृथ्वीमा उहाँको काम सुल्झिन सक्दैन भने, उहाँको व्यवस्थापन कहिल्यै अन्त्य हुनेनेछैन, र सम्पूर्ण मानवजाति विश्राममा प्रवेश गर्न सक्षम हुनेछैन। यदि परमेश्‍वर आफ्ना सबै सृजित प्राणीसँग विश्राममा प्रवेश गर्न सक्नुहुन्न भने, त्यस्तो व्यवस्थापनको कामको कुनै परिणाम कहिल्यै हुनेछैन, र फलस्वरूप परमेश्‍वरको महिमा हराउनेछ। उहाँको देहको कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले आफ्नो प्रभाव हासिल गरेको हुनेछ। यो उहाँको कामको अवश्यम्भावी दिशा हो। उहाँको देहको अख्तियार भए पनि वा नभए पनि, उहाँ परमेश्‍वर स्वयम्‌को काम गर्न सक्षम हुनुभएको खण्डमा, उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ। यो देह जतिसुकै सामान्य र साधारण भए पनि, उहाँ आफूले गर्नुपर्ने काम गर्न सक्नुहुन्छ, किनभने यो देह परमेश्‍वर हुनुहुन्छ र मानव मात्रै हुनुहुन्न। यस देहले मानिसले गर्न नसक्ने काम गर्न सक्नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन, र उहाँले मानिसलाई मुक्ति दिन सक्नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानवको भन्दा फरक छ। यो देह मानवजातिका लागि यति महत्त्वपूर्ण हुनुको कारण के हो भने, उहाँ मानव हुनुहुन्छ र, त्यसभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने उहाँ देहको कुनै पनि साधारण मानिसले गर्न नसक्ने काम गर्न सक्नुहुन्छ, र किनभने उहाँ पृथ्वीमा उहाँसँगै जिउने भ्रष्ट मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँ मानव पनि हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिका लागि कुनै पनि मूल्यवान् व्यक्तिभन्दा बढी महत्त्वपूर्ण हुनुहुन्छ, किनभने उहाँ परमेश्‍वरका आत्माद्वारा गर्न नसकिने काम गर्न सक्नुहुन्छ, परमेश्‍वर स्वयम्‌को गवाही दिन परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्न परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। नतिजास्वरूप, यो देह सामान्य र साधारण हुनुभए तापनि, मानवजातिप्रतिको उहाँको योगदान र मानवजातिको अस्तित्वप्रतिको उहाँको महत्त्वको हिसाबमा, उहाँ अत्यन्तै बहुमूल्य हुनुहुन्छ, र यस देहको वास्तविक मूल्य र महत्त्व कुनै पनि मानवका लागि मापन गर्न नसकिने छ। यस देहले शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्न नसक्नुभए तापनि, उहाँ मानवजातिलाई विजय गर्न र शैतानलाई पराजित गर्न आफ्नो काम प्रयोग गर्न सक्नुहुन्छ, र शैतानलाई पूर्ण रूपमा उहाँको प्रभुत्वको अधीनमा ल्याउन सक्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकाले नै उहाँ शैतानलाई पराजित गर्न सक्नुहुन्छ र मानवजातिलाई मुक्ति दिन सक्षम हुनुहुन्छ। उहाँले शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्नुहुन्न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजातिलाई विजय गर्ने काम गर्न देह बन्नुहुन्छ। यसरी, उहाँ आफ्ना सृजित प्राणीहरूमाझ अझ राम्ररी उहाँ स्वयम्‌को गवाही दिन सक्नुहुन्छ, र उहाँ भ्रष्ट मानिसलाई अझ राम्ररी मुक्ति दिन सक्नुहुन्छ। देहधारी परमेश्‍वरले शैतानलाई पराजित गर्ने कार्यले परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्ने कार्यले भन्दा ठूलो गवाही दिन्छ, र यो अझ बढी चित्तबुझ्दो हुन्छ। मानिसले सृष्टिकर्तालाई चिन्नका लागि देहमा हुनुहुने परमेश्‍वर अझ बढी लाभदायक हुनुहुन्छ र उहाँ आफ्ना सृजित प्राणीहरूमाझ उहाँ स्वयम्‌को गवाही दिन अझ बढी सक्षम हुनुहुन्छ।

अघिल्लो:  परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

अर्को:  परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger