सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्
वास्तवमा, अहिले भइरहेको काम मानिसहरूलाई शैतान र तिनीहरूको पुरानो पुर्खाविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नु र तिनीहरूलाई जीवनको सार बुझ्न सक्षम तुल्याउनु हो। यी बारम्बारका न्यायहरूले मानिसहरूको हृदय छेड्छन्। प्रत्येक न्याय तिनीहरूको नियतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ र त्यसको उद्देश्य तिनीहरूको हृदयमा चोट पुर्याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न सकून् र यसरी जीवनलाई चिनून्, यो फोहोरी संसारलाई चिनून्, परमेश्वरको बुद्धि र सर्वशक्तिमान्तालाई चिनून्, साथै शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिलाई पनि चिनून्। यस प्रकारको सजाय र न्याय जति बढी हुन्छ, मानिसको हृदयमा त्यति नै बढी चोट पुग्न सक्छ र उसको आत्मालाई त्यति नै बढी जागृत गर्न सकिन्छ। यस प्रकारको न्यायको लक्ष्य यी अत्यन्त भ्रष्ट पारिएका र सबैभन्दा गहन रूपमा भ्रममा परेका मानिसहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्ने कुरा थाहै छैन, परमेश्वर हुनुहुन्छ भन्ने थाहै छैन, र निश्चय नै ऊ मृत्युको रसातलमा सङ्घर्ष गरिरहेको छ भन्ने पनि थाहै छैन; ऊ आफू यस दुष्ट मानव नरकमा जिइरहेको कसरी थाहा पाउन सक्थ्यो र? ऊ आफ्नो यो दुर्गन्धित लास शैतानद्वारा भ्रष्ट पारिएपछि मृत्युको पातालमा खसेको कुरा कसरी थाहा पाउन सक्थ्यो? ऊ पृथ्वीमा रहेका सबै कुरा मर्मत गर्नै नसकिने गरी मानवजातिद्वारा धेरै पहिले बरबाद पारिएका छन् भनेर कसरी थाहा पाउन सक्थ्यो? अनि ऊ सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र आफूले मुक्ति दिन सक्ने भ्रष्ट तुल्याइएका मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्थ्यो? मानिसले हरसम्भव शोधन र न्याय अनुभव गरेको भए पनि, उसको बोधो चेतना पूर्णतया अपरिवर्तित रहेको छ र त्यसले लगभग कुनै प्रतिक्रिया जनाएको छैन। मानिस कत्ति पतित छ! अनि यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो भए पनि, यो मानिसका लागि सबैभन्दा लाभदायक कुरा हो। मानिसहरूलाई यसरी न्याय गरिएन भने, नतिजा हासिल गर्न सकिनेथिएन, र मानिसहरूलाई दुःखको रसातलबाट मुक्ति दिन पूर्णतया असम्भव हुनेथ्यो। यस तरिकाले काम गरिएन भने, मानिसहरूलाई पातालबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथ्यो किनभने तिनीहरूको हृदय धेरै अघि मरिसकेको छ र तिनीहरूको आत्मालाई शैतानले धेरै पहिले कुल्चिएको छ। पतनको सबैभन्दा गहिरो तहमा डुबेका तिमीहरूलाई मुक्ति दिन तिमीहरूलाई जोडजोडले बोलाउनु आवश्यक हुन्छ, तिमीहरूलाई धेरै मेहनतका साथ न्याय गरिनुपर्छ; त्यसपछि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सकिनेछ।
तिमीहरूको देह, तिमीहरूका अत्यधिक चाहनाहरू, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो जरा गाडेका छन्। यी कुराले तिमीहरूको हृदयलाई निरन्तर यसरी नियन्त्रण गरिरहेका छन् कि तिमीहरूसित ती सामन्ती र पतित सोचहरूको जकडबाट मुक्त हुने शक्ति नै छैन। तिमीहरू न त आफ्नो वर्तमान अवस्था परिवर्तन गर्ने, न त अन्धकारको प्रभावबाट मुक्त हुन नै तृष्णा गर्छौ। तिमीहरू यी कुराद्वारा पूर्ण रूपमा बाँधिएका छौ। यो जीवन निकै पीडादायी छ र यो मानव संसार निकै अँध्यारो छ भनेर तिमीहरू सबैलाई थाहा भए पनि, तिमीहरूमध्ये एक जनासँग पनि आफ्नो जीवन परिवर्तन गर्ने साहस छैन। तिमीहरू यस जीवनका वास्तविकताहरूबाट भाग्ने, आत्मिक पराभौतिकता हासिल गर्ने, र शान्त, गजब र स्वर्गजस्तो वातावरणमा जिउने तृष्णा मात्र गर्छौ। तिमीहरू आफ्नो वर्तमान जीवन परिवर्तन गर्नका लागि कष्टहरू सहन अनिच्छुक छौ; न त तिमीहरू यो न्याय र सजायभित्रै आफूले प्रवेश गर्नुपर्ने जीवनको खोजी गर्न नै इच्छुक छौ। बरु, तिमीहरू देहबाहिरको त्यो सुन्दर संसारबारे पूरै अवास्तविक सपनाहरू देख्छौ। तिमीहरू जुन जीवनको अभिलाषा राख्छौ, त्यो कुनै पीडा नभोगी सजिलै प्राप्त गर्न सकिने जीवन हो। त्यो पूर्ण रूपमा अवास्तविक छ! किनभने तिमीहरूको आशा भनेको देहमा एउटा अर्थपूर्ण जीवनकाल जिउनु र जीवनकालमा सत्यता प्राप्त गर्नु होइन, अर्थात्, सत्यताका लागि जिउनु र न्यायको पक्षमा उभिनु होइन। तिमीहरूले उज्ज्वल र चम्किलो ठान्ने जीवन यो होइन। तिमीहरूलाई यो आकर्षक वा अर्थपूर्ण जीवन होइनन भन्ने लाग्छ। तिमीहरूको नजरमा त यस्तो जीवन जिउनु अन्याय हुनेछ! तिमीहरूले आज यो सजाय स्वीकार गरे पनि तिमीहरू सत्यता प्राप्त गर्नु वा वर्तमानमा सत्यतामा जिउनुलाई पछ्याइरहेका छैनौ, बरु पछि देहभन्दा परको सुखी जीवनमा प्रवेश गर्न सक्षम हुनुलाई पछ्याइरहेका छौ। तिमीहरू सत्यता खोजिरहेका छैनौ, न त सत्यताको पक्षमा नै खडा भइरहेका छौ, र तिमीहरू सत्यताका लागि त झनै जिइरहेका छैनौ। तिमीहरू आज प्रवेश गर्नका खातिर पछ्याइरहेका छैनौ; बरु, तिमीहरूका सोचहरू कुनै दिन के हुन सक्छ भन्ने कुराले भरिएका छन्: तिमीहरू नीलो आकाशतिर नियालेर जोडले रोइरहेका छौ, र आफूलाई स्वर्गमा लगिने दिनको प्रतीक्षा गरिरहेका छौ। के तिमीहरूलाई यस्तो सोचाइ वास्तविकताबाहिर गइसकेको छ भन्ने थाहा छैन? तिमीहरू यस संसारमा कष्ट र दुःख सहेका तिमीहरूलाई आफूसँग लैजानका लागि एकदिन असीम दया र करुणासहितको मुक्तिदाता निस्सन्देह आउनुहुनेछ, साथै उहाँले उत्पीडन र दमनमा परेका तिमीहरूका गुनासाहरू समाधान गर्नुहुनेछ र तिमीहरूलाई बदला दिलाउनुहुनेछ भनी सोचिरहन्छौ। के तँ पापले भरिएको छैनस् र? के यस संसारमा तैँले मात्र दुःख भोगेको हो र? तैँले आफै शैतानको सत्तामा फसेर दुःख पाएको हो—के परमेश्वरले अझै पनि साँच्चिकै तेरा गुनासाहरू समाधान गरिदिनुपर्छ? जो परमेश्वरका मागहरू पूरा गर्न असक्षम छन्—के तिनीहरू सबै परमेश्वरका शत्रु होइनन् र? जो देहधारी परमेश्वरमा विश्वास गर्दैनन्—के तिनीहरू सबै ख्रीष्टविरोधी होइनन् र? तेरो असल व्यवहारको के अर्थ छ? के त्यसले परमेश्वरको उपासना गर्ने हृदयको ठाउँ लिन सक्छ? तँ केही असल कामकुरा गरेर मात्रै परमेश्वरको आशिष् प्राप्त गर्न सक्दैनस्, र तँ उत्पीडन र दमनमा परेको छस् भन्दैमा परमेश्वरले तेरा गुनासाहरू समाधान गर्नुहुनेछैन र तेरो खातिर बदला लिइदिनुहुनेछैन। जो परमेश्वरमा विश्वास गरे पनि परमेश्वरलाई चिन्दैनन् तर राम्रो गर्छन्—के तिनीहरूलाई पनि सजाय दिइँदैन र? तँ केवल परमेश्वरमा विश्वास गर्छस्, केवल परमेश्वरले तँविरुद्ध भएका अन्यायहरू समाधान गरिदिनुहोस् र तिनको बदला लिइदिनुहोस् भन्ने चाहन्छस्, र तँ परमेश्वरले तँलाई तेरो त्यो दिन दिनुहोस् भन्ने चाहन्छस्, जुन दिन तैँले अन्ततः आफ्नो शिर ठाडो गर्न सक्नेछस्। तर तँ सत्यतालाई बेवास्ता गर्छस्, र तँ सत्यता जिउने तृष्णा गर्दैनस्। तँ यो कठिन, रित्तो जीवनबाट उम्कन त झनै सक्षम छैनस्। बरु, देहमा र पापको बीचमा आफ्नो जीवन जिउने क्रममा, तँ परमेश्वरले तेरा गुनासाहरू सम्बोधन गरिरिदिनुहुन्छ र तेरो अस्तित्वको कुहिरो हटाइदिनुहुन्छ भन्ने अपेक्षाका साथ उहाँलाई हेर्छस्। तर के यो सम्भव छ? यदि तँसँग सत्यता छ भने, तैँले परमेश्वरलाई पछ्याउन सक्छस्। यदि तँ जिउँदै आएको छस् भने, तँ परमेश्वरको वचनको प्रकटीकरण हुन सक्छस्। यदि तँसँग जीवन छ भने, तैँले परमेश्वरको आशिष् पाउन सक्छस्। सत्यता भएकाहरूले परमेश्वरको आशिष् पाउन सक्छन्। परमेश्वरपूर्ण हृदयले उहाँलाई प्रेम गर्ने र कष्ट र दुःख सहनेहरूका लागि न्याय सुनिश्चित गर्नुहुन्छ, तर आफूलाई मात्र प्रेम गर्ने र शैतानको छलको शिकार भएकाहरूका लागि भने त्यो सुनिश्चित गर्नुहुन्न। सत्यतालाई प्रेम नगर्नेहरूमा कसरी असलपन हुन सक्छ? देहलाई मात्र प्रेम गर्नेहरूमा कसरी धार्मिकता हुन सक्छ? के धार्मिकता र असलपन दुवैका बारेमा सत्यताको सन्दर्भमा मात्र कुरा गरिँदैन र? के ती कुरा पूर्ण हृदयले परमेश्वरलाई प्रेम गर्नेहरूका लागि मात्र आरक्षित गरिँदैनन् र? जो सत्यतालाई प्रेम गर्दैनन् र जो दुर्गन्धित लासबाहेक केही पनि होइनन्—के यस्ता सबै मानिसले दुष्टता पालेका हुँदैनन् र? जो सत्यता जिउन सक्दैनन्—के ती सबै सत्यताका शत्रु होइनन् र? अनि, तिमीहरूचाहिँ नि?
यदि तँ यी अन्धकारका प्रभावहरूबाट उम्कन सक्छस् र आफूलाई ती अशुद्ध कुराबाट मुक्त गर्न सक्छस् भने, यदि तँ पवित्र पारिएको हुन सक्छस् भने, तँसँग सत्यता हुनेछ। यो तेरो प्रकृति परिवर्तन भएको नभई, बरु तँ सत्यतालाई व्यवहारमा लागू गर्न र देहविरुद्ध विद्रोह गर्न सक्षम छस् भन्ने मात्र हो। स्वच्छ पारिएकाहरूमा हुने कुरा नै यही हो। विजयको कामको मुख्य उद्देश्य भनेको मानिसहरूलाई स्वच्छ पार्नु हो ताकि तिनीहरूसित सत्यता हुन सकोस्, किनभने मानिसहरू ज्यादै कम सत्यता बुझ्छन्! त्यस्ता मानिसहरूमा विजयको काम गर्नुको सबैभन्दा गहन महत्त्व हुन्छ। तिमीहरू सबै जना अन्धकारको प्रभावमा परेका छौ र तिमीहरूलाई गहिरो रूपमा हानि पुगेको छ। त्यसैले यो कामको लक्ष्य भनेको तिमीहरूलाई मानव प्रकृति जान्न र सत्यता जिउन सक्षम पार्नु हो। सिद्ध पारिनु भनेको सबै सृजित प्राणीले स्विकार्नुपर्ने कुरा हो। यदि यस चरणको काममा मानिसहरूलाई सिद्ध पार्ने कार्य मात्रै पर्ने भए, यो बेलायत, वा अमेरिका, वा इजरायलमा गर्न सकिनेथ्यो; यो कुनै पनि देशका मानिसहरूमा गर्न सकिनेथ्यो। तर विजयको काम छानेर गर्नुपर्ने हुन्छ। विजयको कामको पहिलो चरण अल्पकालीन हुन्छ; यसबाहेक, यो शैतानलाई अपमानित गर्न र सम्पूर्ण ब्रह्माण्डलाई विजय गर्नका लागि प्रयोग गरिनेछ। यो नै विजयको प्रारम्भिक काम हो। के भन्न सकिन्छ भने, परमेश्वरमा विश्वास गर्ने कुनै पनि सृजित प्राणीलाई सिद्ध पार्न सकिन्छ किनभने सिद्ध पारिनु भनेको दीर्घकालीन परिवर्तनपछि मात्र प्राप्त गर्न सकिने कुरा हो। तर विजय गरिनु भनेको फरक कुरा हो। विजयको नमुना र प्रतिरूप सबैभन्दा पिछडिएका, सबैभन्दा गहिरो अन्धकारमा जिउने मानिसहरू नै हनुपर्छ; तिनीहरू सबैभन्दा खस्केका मानिस हुनुपर्छ, जो परमेश्वरलाई सबैभन्दा कम मान्छन् र जो परमेश्वरप्रति सबैभन्दा विद्रोही छन्। ठ्याक्कै यस्तै किसिमको व्यक्तिले विजय गरिएको गवाही दिन सक्छ। विजयको कामको मुख्य लक्ष्य शैतानलाई पराजित गर्नु हो, जबकि मानिसहरूलाई सिद्ध पार्नुको लक्ष्य मानिसहरू प्राप्त गर्नु हो। यसको लक्ष्य मानिसहरूलाई विजय गरिएपछि यो विजयको काम यहाँ तिमीहरूजस्तै मानिसहरूमा गरिएको छ भन्ने कुराको गवाही दिन सक्षम पार्नु हो। यसको उद्देश्य विजय गरिएपछि मानिसहरूलाई गवाही दिन लगाउनु हो। यी विजय गरिएका मानिसहरूलाई शैतानको अपमान गर्ने लक्ष्य हासिल गर्न प्रयोग गरिनेछ। त्यसोभए, विजय गर्ने मुख्य विधि के हो? सजाय, न्याय, श्राप र प्रकटीकरण—धर्मी स्वभाव प्रयोग गरेर मानिसहरूलाई विजय गर्ने ताकि तिनीहरू परमेश्वरको धर्मी स्वभावका कारण पूर्ण रूपमा विश्वस्त होऊन्। वचनको वास्तविकता र अख्तियार प्रयोग गरेर मानिसहरूलाई विजय गर्नु ताकि तिनीहरू पूर्ण रूपमा विश्वस्त होऊन्—विजय गरिनुको अर्थ यही हो। सिद्ध पारिएकाहरू आफूमाथि विजय गरिएपछि समर्पित हुन मात्र सक्षम हुँदैनन्, तिनीहरू त न्यायको कामको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभाव बदल्न, र परमेश्वरलाई चिन्न पनि सक्षम हुन्छन्। तिनीहरू परमेश्वरलाई प्रेम गर्ने मार्ग अनुभव गर्छन् र सत्यताले भरिन्छन्। तिनीहरू परमेश्वरको काम अनुभव गर्न सक्षम हुन्छन्, तिनीहरू परमेश्वरका लागि दुःख भोग्न सक्षम बन्छन्, र तिनीहरूको आफ्नै सङ्कल्प हुन्छ। सिद्ध पारिएकाहरू तिनै हुन् जोसँग परमेश्वरको वचन अनुभव गरेका कारण सत्यताबारे व्यावहारिक बुझाइ हुन्छ। विजय गरिएकाहरू तिनै हुन् जसले सत्यताबारे जानेका हुन्छन् तर सत्यताको वास्तविक अर्थ बुझेका हुँदैनन्। विजय गरिएपछि, तिनीहरू समर्पित हुन्छन्, तर तिनीहरूले पाएको न्यायको नतिजा तिनीहरूको समर्पण मात्र हो। तिनीहरूसँग धेरै सत्यताको वास्तविक अर्थका बारेमा बिलकुलै कुनै बुझाइ हुँदैन। तिनीहरू मौखिक रूपमा सत्यता स्विकार्छन्, तर तिनीहरूले सत्यतामा प्रवेश प्राप्त गरेका हुँदैनन्; तिनीहरू सत्यता बुझ्छन्, तर तिनीहरूले सत्यता अनुभव गरेका हुँदैनन्। सिद्ध पारिँदै गरिएकाहरूमा भइरहेको काममा जीवनको प्रबन्धसँगै सजाय र न्यायहरू पर्दछन्। सत्यतामा प्रवेश गर्नमा ध्यान केन्द्रित गर्ने व्यक्ति नै सिद्ध पारिनुपर्ने व्यक्ति हो। सिद्ध पारिएका र विजय गरिएका मानिसहरूबीचको भिन्नता भनेकै तिनीहरू सत्यतामा प्रवेश गरेका छन् कि छैनन् भन्ने हो। सिद्ध पारिएकाहरू तिनै हुन् जो सत्यता बुझ्छन्, सत्यतामा प्रवेश गर्छन् र सत्यता जिउँछन्; सिद्ध पार्न नसकिने मानिसहरू तिनै हुन् जो सत्यता बुझ्दैनन् र सत्यतामा प्रवेश गर्दैनन्, अर्थात् जो सत्यता जिउँदैनन्। यदि यस्ता मानिसहरू अहिले पूर्ण रूपमा समर्पित हुन सक्षम छन् भने, तिनीहरू विजय गरिएका छन्। यदि विजय गरिएकाहरू सत्यताको खोजी गर्दैनन् भने—यदि तिनीहरू सत्यता पछ्याउँछन् तर सत्यता जिउँदैनन् भने, यदि तिनीहरू सत्यतालाई हेर्छन् र सुन्छन् तर सत्यता जिउनमा ध्यान केन्द्रित गर्दैनन् भने—तिनीहरूलाई सिद्ध पार्न सकिँदैन। सिद्ध पारिनुपर्नेहरू सिद्ध पारिने क्रममा परमेश्वरका मागहरूअनुसार सत्यता अभ्यास गर्छन्। यसमार्फत, तिनीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्छन्, र तिनीहरू सिद्ध पारिन्छन्। विजयको काम समाप्त हुनुअघि अन्त्यसम्मै पछ्याउने जोकोही विजय गरिएको व्यक्ति हो, तर उसलाई सिद्ध पारिएको व्यक्ति भन्न मिल्दैन। “सिद्ध पारिएका” मानिसहरूले तिनलाई जनाउँछ, जो विजयको काम समाप्त भएपछि सत्यता पछ्याउन सक्षम हुन्छन् र परमेश्वरद्वारा प्राप्त गरिनेछन्। यसले ती मानिसहरूलाई जनाउँछ, जो विजयको काम समाप्त भएपछि सङ्कष्टमा दृढ रहन्छन् र सत्यता जिउँछन्। विजय गरिनु र सिद्ध पारिनुलाई छुट्ट्याउने कुरा भनेको कामका चरणहरूमा हुने भिन्नता र मानिसहरूले सत्यता बुझ्ने र त्यसमा प्रवेश गर्ने हदको भिन्नता हो। सिद्ध पारिने मार्गमा हिँड्न सुरु नगरेका सबै जना, अर्थात् जोसँग सत्यता छ, तिनीहरू सबैलाई अन्ततः हटाइनेछ। सत्यता हुने र सत्यता जिउनेहरू मात्र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन सक्छन्। अर्थात्, पत्रुसको स्वरूप जिउनेहरू सिद्ध पारिएका हुन् भने अरू सबै विजय गरिएकाहरू हुन्। विजय गरिएकाहरूमा भइरहेको काममा श्राप, सजाय, र क्रोध पर्छन् र तिनीहरूलाई आइपर्ने भनेको धार्मिकता र श्राप हो। त्यस्तो व्यक्तिमाथि काम गर्नु भनेको अलिकति पनि उदारता नराखी खुलासा गर्नु हो—ऊभित्रका भ्रष्ट स्वभावहरू खुलासा गर्नु हो ताकि ऊ आफैले तिनलाई चिनोस् र पूर्ण रूपमा विश्वस्त होस्। जब मानिस पूर्ण रूपमा समर्पित हुन्छ, तब विजयको काम समाप्त हुन्छ। अधिकांश मानिसले अझै पनि सत्यता बुझ्न नखोजे पनि विजयको काम समाप्त भएको हुनेछ।
यदि तँलाई सिद्ध पारिने हो भने, त्यसका लागि मापदण्डहरू पूरा गरिनुपर्छ। तैँले आफ्नो सङ्कल्प, आफ्नो लगनशीलता र आफ्नो विवेक र आफ्नो पछ्याइमार्फत जीवनको अनुभव लिनैपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्नैपर्छ। यो नै तेरो प्रवेश हो, र सिद्ध पारिने मार्गमा चाहिने कुरा यही हो। सिद्धताको काम सबै मानिसमा गर्न सकिन्छ। परमेश्वरलाई पछ्याउने जोसुकैलाई सिद्ध पार्न सकिन्छ र ऊसँग सिद्ध पारिनका लागि चाहिने अवसर र योग्यताहरू हुन्छन्। यो कुनै पूर्वनिर्धारित कुरा होइन। कोही व्यक्तिलाई सिद्ध पार्न सकिन्छ कि सकिँदैन भन्ने कुरा मुख्यतया ऊ के पछ्याउँछ भन्ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम गर्ने र सत्यता जिउन सक्ने मानिसहरूलाई पक्कै पनि सिद्ध पार्न सकिन्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूलाई परमेश्वर अनुमोदन गर्नुहुन्न; तिनीहरूसित परमेश्वरले माग गर्ने जीवन हुँदैन र तिनीहरू सिद्ध पारिन असक्षम हुन्छन्। सिद्धताको काम मानिसहरू प्राप्त गर्नका लागि मात्र हो। यो शैतानको विरुद्धमा लड्ने कामको अंश होइन; विजयको कामचाहिँ शैतानको विरुद्धमा लड्नका खातिर मात्र हो, अर्थात् मानिसको विजय प्रयोग गरेर शैतानलाई पराजित गर्नु हो। विजयको काम मुख्य काम हो, यो सबैभन्दा नयाँ काम हो, जुन सबै युगमा कहिल्यै गरिएको छैन। यस चरणको कामको लक्ष्य मुख्यतया शैतानलाई पराजित गर्नका लागि सबै मानिसलाई विजय गर्नु हो भनेर भन्न सकिन्छ। मानिसहरूलाई सिद्ध पार्ने काम—यो नयाँ काम होइन। परमेश्वरले देहमा काम गरिरहनुभएको समयमा उहाँले गर्ने सबै कामको लक्ष्य मूलतः मानिसहरूलाई विजय गर्नु हो। यो अनुग्रहको युग जस्तै हो, जति बेला मुख्य काम क्रूसीकरणमार्फत सबै मानवजातिलाई छुटकारा दिनु थियो। “मानिसहरू प्राप्त गर्नु” देहमा हुने कामको अतिरिक्त थियो र यो क्रुसीकरणपछि मात्र गरियो। जब येशू आउनुभयो र उहाँले आफ्नो काम गर्नुभयो, तब उहाँको लक्ष्य मुख्यतया उहाँको क्रूसीकरण प्रयोग गरेर मृत्यु र पातालको दासत्वमाथि विजय प्राप्त गर्नु, शैतानको प्रभावमाथि विजय प्राप्त गर्नु—अर्थात्, शैतानलाई पराजित गर्नु थियो। येशूलाई क्रूसमा टाँगिएपछि मात्र पत्रुसले एक-एक कदम चाल्दै सिद्धताको मार्गमा यात्रा सुरु गरेका थिए। अवश्य पनि, येशू काम गरिरहनुभएको बेलामा येशूलाई पछ्याउने व्यक्तिहरूमध्ये पत्रुस पनि एक थिए, तर उनी त्यस समयमा सिद्ध पारिएनन्। बरु, येशूले उहाँको काम पूरा गर्नुभएपछि मात्र पत्रुसले विस्तारै सत्यता बुझ्दै गए र त्यसपछि उनी सिद्ध पारिए। देहधारी परमेश्वर छोटो समयमा कामको एउटा प्रमुख, महत्त्वपूर्ण चरण पूरा गर्नका लागि मात्र धर्तीमा आउनुहुन्छ, धर्तीका मानिसहरूलाई सिद्ध पार्ने अभिप्राय बोकेर लामो समयसम्म तिनीहरूमाझ जिउनका लागि आउनुहुन्न। उहाँ त्यो काम गर्नुहुन्न। उहाँ आफ्नो काम समाप्त गर्नलाई मानिस पूर्ण रूपमा सिद्ध पारिने समयसम्म पर्खनुहुन्न। उहाँको देहधारणको लक्ष्य र महत्त्व त्यो होइन। उहाँ मानवजातिलाई मुक्ति दिने अल्पकालीन काम गर्नका लागि मात्र आउनुहुन्छ, मानवजातिलाई सिद्ध पार्ने निकै दीर्घकालीन काम गर्नका लागि आउनुहुन्न। मानवजातिलाई मुक्ति दिने काम प्रतिनिधिमूलक हुन्छ, जसमा एउटा नयाँ युग सुरु गर्ने क्षमता हुन्छ। यो छोटो समयावधिमा पूरा गर्न सकिन्छ। तर मानवजातिलाई सिद्ध पार्नका निम्ति मानिसमा काम गरेर उसलाई एउटा निश्चित तहसम्म पुर्याउनु आवश्यक हुन्छ; यस्तो कामका लागि लामो समय लाग्छ। यो काम परमेश्वरको आत्माद्वारा नै गरिनुपर्छ, तर यो परमेश्वरले देहमा काम गर्नुभएको बखत बोलिएको सत्यताको जगमा गरिन्छ, नत्र यो उहाँले दीर्घकालीन गोठालोको काम गर्नका लागि प्रेरितहरूलाई उचालेर गरिन्छ—यसरी मानवजातिलाई सिद्ध पार्ने उहाँको लक्ष्य पूरा हुन्छ। देहधारी परमेश्वर यो काम गर्नुहुन्न। उहाँ जीवनको मार्गबारे मात्र बोल्नुहुन्छ ताकि मानिसहरूले कुरा बुझून्, र उहाँ तर सत्यता अभ्यास गर्ने क्रममा निरन्तर मानिसको साथमा रहनुको साटो मानवजातिलाई सत्यता मात्र प्रदान गर्नुहुन्छ, किनभने यो उहाँको सेवकाइमा पर्दैन। त्यसैले, उहाँ मानिसले पूर्ण रूपमा सत्यता बुझेको र पूर्ण रूपमा सत्यता प्राप्त गरेको दिनसम्म मानिसका साथमा रहनुहुनेछैन। जब मानिस औपचारिक रूपमा परमेश्वरको विश्वासको सही मार्गमा प्रवेश गर्छ, जब मानिसले सिद्ध पारिने सही मार्गमा पाइला चाल्छ, तब देहमा हुने उहाँको काम पूरा हुन्छ। उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गरेर संसारमाथि विजय प्राप्त गर्दाको समय पनि अवश्यै यही नै हुन्छ। उहाँ मानिस अन्ततः त्यस समयमा सत्यतामा प्रवेश गरेको हुनेछ कि हुनेछैन भन्ने कुराको वास्ता गर्नुहुन्न, न त उहाँ मानिसको जीवन ठूलो छ कि सानो छ भन्ने कुराको नै वास्ता गर्नुहुन्छ। यीमध्ये कुनै पनि कुरा उहाँ देहमा हुँदा उहाँले चिन्ता लिनुपर्ने कुरा होइन; यीमध्ये कुनै पनि कुरा देहधारी परमेश्वरको सेवकाइभित्र पर्दैन। जब उहाँ आफूले गर्नुपर्ने काम पूरा गर्नुहुन्छ, तब उहाँले देहमा हुने उहाँको काम समाप्त गर्नुहुनेछ। त्यसैले, देहधारी परमेश्वरले गर्ने काम भनेको परमेश्वरको आत्माले सीधै गर्न नसक्ने काम मात्र हो। यसमाथि, यो मुक्तिसम्बन्धी अल्पकालीन काम हो, उहाँले पृथ्वीमा दीर्घकालीन रूपमा गर्ने काम होइन।
तिमीहरूको क्षमता बढाउने कार्य मेरो कामको क्षेत्रभित्र पर्दैन। म तिमीहरूको क्षमता निकै कम भएकाले मात्रै तिमीहरूलाई यसो गर्न भन्छु। सत्य कुरा भन्नुपर्दा, यो सिद्धताको कामको पाटो होइन; बरु, यो तिमीहरूमा भइरहेको अतिरिक्त काम हो। आज तिमीहरूमा जुन काम गरिँदै छ, त्यो तिमीहरूको आवश्यकताअनुसार गरिएको हो। यो व्यक्तिगत तरिकाले गरिन्छ र यो सिद्ध पारिँदै गरिएको हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने मार्ग होइन। तिमीहरूको क्षमता विगतमा सिद्ध पारिएको कुनै पनि व्यक्तिको भन्दा पनि कम भएको, र तिमीहरूमाथि यो काम गर्दा धेरै अवरोध आउने, साथै सिद्धताका सबै पात्र फरक-फरक हुने भएकाले, मैले तिमीहरूमाझ केही अतिरिक्त काम गर्नैपर्छ। सुरुमा, परमेश्वर पृथ्वीमा आउनुहुँदा, उहाँले आफ्नो सही दायित्वभित्र रहेर उहाँको काम अगाडि बढाउनुभयो, र उहाँ अन्य असम्बन्धित विषयहरूको झन्झटमा पर्नुभएन। उहाँ पारिवारिक विषयहरूमा संलग्न हुनुभएन वा मानिसहरूको जीवनमा भाग लिनुभएन। यस्ता मामुली कुराहरूमा उहाँ बिलकुलै चासो राख्नुहुन्न; ती उहाँको सेवकाइभित्र पर्दैनन्। तर तिमीहरूको क्षमता मैले माग गरेको भन्दा निकै नै कम छ—निश्चय नै, त्यसको बिलकुलै तुलना हुँदैन—र यसले काममा अत्यन्तै ठूला अवरोधहरू उत्पन्न गर्छ। यसमाथि, यो काम चीनको यो भूमिका मानिसहरूमाझ गर्नैपर्छ, र तिमीहरू अत्यन्तै कम शिक्षित छौ—त्यसैले म खुलेर बोल्न र तिमीहरू शिक्षित बन भनेर माग गर्न बाध्य भएँ। मैले तिमीहरूलाई यो अतिरिक्त काम हो भनेर भनेको छु, तर यो तिमीहरूले हासिल गर्नैपर्ने कुरा पनि हो, जसले तिमीहरूलाई सिद्ध बन्न मद्दत गर्छ। साँच्चिकै भन्नुपर्दा, शिक्षा, आत्म-आचरणबारे आधारभूत ज्ञान र जीवनबारे आधारभूत ज्ञान सबै नै तिमीहरूमा स्वाभाविक रूपमा हुनुपर्ने कुरा हुन्; मैले तिमीहरूसँग यी विषयहरूबारे कुराकानी गर्नु नपर्ने हो। तर तिमीहरूसँग यी कुरा नभएकाले, मसँग तिमीहरूको दिमागमा ती कुरा घुसाइदिनुको विकल्प छैन। तिमीहरूले मेरो बारेमा धेरै धारणा पालेका भए पनि, म अझै पनि तिमीहरूसँग यो माग गर्छु—म अझै पनि तिमीहरू आफ्नो क्षमता बढाऊ भन्ने माग गर्छु। मेरो अभिप्राय भनेको आएर यो काम गर्ने होइन, किनभने मेरो काम भनेको तिमीहरूलाई विजय गर्नु, तिमीहरूलाई न्याय गरी तिमीहरूको पूर्ण अठोट प्राप्त गर्नु, र त्यसमार्फत तिमीहरूले प्रवेश गर्नुपर्ने जीवनको मार्ग औँल्याइदिनु मात्र हो। यसलाई अर्को तरिकाले भन्दा, यदि मैले तिमीहरूलाई मेरो वचनद्वारा विजय गर्नु नपर्ने हुन्थ्यो भने, तिमीहरू कति शिक्षित छौ र तिमीहरूसँग जीवनका बारेमा ज्ञान छ कि छैन भन्ने कुराको मसँग बिलकुलै सरोकार हुनेथिएन। यो सबै विजयको काममा नतिजाहरू प्राप्त होऊन् भनी सुनिश्चित गर्नका लागि र पछि हुने तिमीहरूको सिद्धताका खातिर थपिएको हो। यो विजयको कामको अंश होइन। तिमीहरूको क्षमता कम भएको, र तिमीहरू अल्छी र अकर्मण्य, मूर्ख र मन्द-बुद्धिका, संवेदनहीन र बेवकुफ भएकाले—तिमीहरू अत्यन्तै असामान्य भएकाले—म तिमीहरूले पहिले आफ्नो क्षमता बढाउनुपर्छ भन्ने माग गर्छु। सिद्ध पारिन चाहने जोकसैले पनि निश्चित मापदण्डहरू पूरा गर्नैपर्छ। सिद्ध पारिनका लागि, व्यक्ति स्पष्ट र सचेत मनको हुनैपर्छ र ऊ अर्थपूर्ण जीवन जिउन इच्छुक हुनैपर्छ। यदि तँ खोक्रो जीवन जिउन नचाहने, सत्यता पछ्याउने, आफूले गर्ने हरेक काममा गम्भीर रहने, र असाध्यै सामान्य मानवता भएको व्यक्ति होस् भने, तँ सिद्ध पारिने सर्तहरू पूरा गर्छस्।
तिमीहरूमाझ भइरहेको छ यो काम त्यसका आवश्यकताहरूअनुसार नै तिमीहरूमा गरिँदै छ। यी मानिसहरूलाई विजय गरेपछि, मानिसहरूको एउटा समूहलाई सिद्ध पारिनेछ। त्यसैले, अहिलेको धेरैजसो काम तिमीहरूलाई सिद्ध पार्ने लक्ष्यको तयारीका लागि पनि हो, किनभने सिद्ध पार्न सकिने धेरै मानिस सत्यताका निम्ति भोकाइरहेका छन्। यदि विजयको काम नै तिमीहरूमाथि चालिएको एक मात्र कदम हुन्थ्यो र त्यसपछि थप काम केही पनि गरिँदैनथ्यो भने, सत्यताको अभिलाषा राख्ने कतिपयले यो प्राप्त नगर्ने थिएनन् र? हालको कामले पछि मानिसहरूलाई सिद्ध पार्ने मार्ग खोल्ने उद्देश्य राख्दछ। मेरो काम विजयको काम मात्र भए पनि, मैले कुरा गर्ने जीवनको मार्ग पनि पछि मानिसहरूलाई सिद्ध पार्ने तयारीका लागि हो। विजयपछि आउने काम मानिसहरूलाई सिद्ध पार्नमा केन्द्रित हुन्छ, र विजय गर्ने काम सिद्ध पार्ने कामको जग बिछ्याउनका निम्ति गरिन्छ। मानिसलाई विजय गरिएपछि मात्र सिद्ध पार्न सकिन्छ। अहिले, मुख्य काम भनेको विजय गर्नु हो; पछि, सत्यता खोज्ने र त्यसको तृष्णा गर्नेहरूलाई सिद्ध पारिनेछ। सिद्ध पारिनु भनेको तँसित परमेश्वरलाई प्रेम गर्ने हृदय छ कि छैन, तैँले यस मार्गमा हिँडेर कति अनुभव प्राप्त गरेको छस्, परमेश्वरप्रतिको तेरो प्रेम कति शुद्ध छ, र तेरो सत्यता अभ्यास कति सही छ भन्ने जस्ता मानिसहरूको प्रवेशका सकारात्मक पक्षहरूसँग सम्बन्धित छ। सिद्ध पारिनका लागि, व्यक्तिसँग हरेक सम्बन्धमा मानवतासम्बन्धी आधारभूत ज्ञान हुनैपर्छ। यो न्यूनतम आवश्यकता हो। विजय गरिएपछि पनि सिद्ध पार्न नसकिने सबै सेवा गर्ने वस्तु बन्छन् र अन्ततः फेरि पनि आगो र गन्धकको कुण्डमा फ्याँकिनेछन् र अझै पनि अतल कुण्डमा खस्नेछन्, किनभने तेरो स्वभाव परिवर्तन भएको छैन र तँ अझै पनि शैतानकै होस्। यदि कुनै व्यक्तिले सिद्धताका सर्तहरू पूरा गर्दैन भने, ऊ बेकम्मा हो—ऊ फोहोर हो, एउटा औजार हो, आगोको परीक्षा सामना गर्न नसक्ने चिज हो! अहिले तँसँग कत्तिको परमेश्वरलाई प्रेम गर्ने हृदय छ? तँसँग कत्तिको आफैलाई घृणा गर्ने हृदय छ? तँ शैतानलाई साँच्चिकै कत्तिको गहिरो गरी चिन्छस्? के तैँले आफ्नो सङ्कल्पलाई बलियो पारेको छस्? के मानवताभित्र जिउने तेरो तरिका व्यवस्थित छ? के तेरो जीवन बदलिएको छ? के तँ नयाँ जीवन जिइरहेको छस्? के तेरो जीवनप्रतिको दृष्टिकोण बदलिएको छ? यदि यी कुरा परिवर्तन भएका छैनन् भने, तँ पछि नहटे पनि तँलाई सिद्ध पार्न सकिनेछैन; बरु, तँलाई त विजय मात्र गरिएको छ। जब तँलाई जाँच्ने समय आउँछ, तँसँग सत्यता हुनेछैन, तेरो मानवता असामान्य हुनेछ, र तँ कुनै पशुजत्तिकै निम्नस्तरको हुनेछस्। तेरो एक मात्र प्राप्ति भनेको विजय गरिएको हुनु हुनेछ—तँ केवल मैले विजय गरेको एउटा चीज हुनेछस्। जसरी एउटा गधा एकपटक मालिकको कोर्रा खाएपछि डराउँछ र मालिकलाई देख्दा हरेक पटक केही गर्न डराउँछ, त्यसरी नै तँ पनि विजय गरिएको गधा मात्र हुनेछस्। यदि कुनै व्यक्तिमा ती सकारात्मक पक्षहरू छैनन्, बरु ऊ नकारात्मक र डरपोक, सबै कुरामा कायर र हिचकिचाउने, कुनै पनि कुरा प्रस्ट रूपमा देख्न असक्षम, सत्यता बुझ्न असक्षम, अझै पनि अभ्यासको मार्गविहीन, र त्यो भन्दा पनि बढी, परमेश्वरलाई प्रेम गर्ने हृदयविहीन समेत छ भने—यदि कुनै व्यक्तिले परमेश्वरलाई कसरी प्रेम गर्ने, कसरी अर्थपूर्ण जीवन जिउने, वा कसरी वास्तविक व्यक्ति बन्ने भन्ने कुरा बुझेको छैन भने—त्यस्तो व्यक्तिले कसरी परमेश्वरको गवाही दिन सक्छ? यसले तेरो जीवनको मूल्य अति कम छ र तँ विजय गरिएको गधाभन्दा बढी केही होइनस् भन्ने देखाउँछ। तँ विजय गरिएको त हुनेछस्, तर यसको अर्थ तैँले ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गरेर यसको शक्तिप्रति समर्पित हुन अस्वीकार गरेको छस् भन्ने मात्र हुनेछ; यसको मतलब तँ परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्छस्, परमेश्वरका सबै प्रबन्धप्रति समर्पित हुन चाहन्छस्, र तँसँग कुनै गुनासो छैन भन्ने हुन्छ। तर जहाँसम्म सकारात्मक पक्षहरूको कुरा छ, के तँ परमेश्वरको वचन जिउन र परमेश्वरलाई प्रकट गर्न सक्षम छस्? यदि तँसँग यीमध्ये कुनै पनि पक्ष छैन भने, यसको अर्थ तँ परमेश्वरद्वारा प्राप्त गरिएको छैनस् र तँ एउटा विजय गरिएको गधा मात्र होस् भन्ने हुन्छ। तँमा वाञ्छनीय कुरा केही पनि छैन र पवित्र आत्मा तँभित्र काम गरिरहनुभएको छैन। तेरो मानवतामा धेरै कमी छ; परमेश्वरले तँलाई प्रयोग गर्न असम्भव छ। तँलाई परमेश्वरले योग्य पाउनुपर्छ र तँ गैरविश्वासी पशु र जिउँदो लासभन्दा सय गुणा राम्रो हुनुपर्दछ—यस स्तरमा पुग्नेहरू मात्र सिद्ध पारिन योग्य हुन्छन्। यदि कसैसँग मानवता र विवेक छ भने मात्र ऊ परमेश्वरका निम्ति प्रयोगयोग्य हुन्छ। सिद्ध पारिएपछि मात्र तँलाई मानव ठान्न सकिन्छ। सिद्ध पारिएकाहरू मात्र अर्थपूर्ण जीवन जिउने मानिस हुन्। त्यस्ता मानिसहरूले मात्र बढी जोरदार गवाही दिन सक्छन्।