आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर

मैले तिमीहरूबीच धेरै काम गरेको छु र, अवश्य नै, मैले केही वचन पनि बोलेको छु। तैपनि म मेरा वचनहरू र मेरो कामले मेरो आखिरी दिनहरूको कामको लक्ष्य पूर्ण रूपमा पूरा गरेका छैनन् भनी महसुस नगरी बस्न सक्दिनँ। किनभने आखिरी दिनहरूमा, मेरो काम निश्चित मानिसहरू वा कुनै निश्चित व्यक्तिका खातिर होइन, बरु मेरो अन्तर्निहित स्वभाव प्रकट गर्नका लागि हो। तैपनि विभिन्न कारणहरूले गर्दा—सायद समयको चापले गर्दा, वा कामको व्यस्तताले गर्दा—मेरो स्वभावले मानिसलाई मेरो बारेमा कुनै ज्ञान प्राप्त गर्नतिर डोर्‍याएको छैन। यसरी म मेरो काममा नयाँ पाना पल्टाउन, मेरो नयाँ योजना सुरु गर्छु, मेरो अन्तिम काम सुरु गर्छु, ताकि मलाई देख्ने सबैले मेरो अस्तित्वका कारण आफ्ना छाती पिटून् र निरन्तर रोऊन् र बिलौना गरून्। यो किनभने म मानवजातिको अन्त्यलाई संसारमा ल्याउँछु, र यस बिन्दुदेखि, म मेरो सम्पूर्ण स्वभाव मानवजातिसामु उदाङ्गो पार्छु, ताकि मलाई चिन्ने र नचिन्ने सबैले “आफ्ना आँखालाई तृप्त पार्न” सकून् र म साँच्चै नै मानव संसारमा आएको छु, यावत् थोक वृद्धि हुने पृथ्वीमा आएको छु भनी देख्न सकून्। यो मेरो योजना हो, र मैले मानवजातिको सृष्टि गरेदेखिको यो मेरो एक मात्र “स्वीकारोक्ति” हो। तिमीहरू मेरो हरेक चालमा आफ्नो पूर्ण ध्यान देओ, किनभने मेरो डण्डा फेरि एकपटक मानवजातिको नजिक आउँदै छ, मेरो विरुद्धमा जाने सम्पूर्ण मानवजातिको नजिक आउँदै छ।

स्वर्गहरूसँगै म आफूले गर्नुपर्ने कार्यको प्रारम्भ गर्छु। त्यसैले म मेरो मार्ग मानिसहरूको बीचबाट निकाल्छु र कहिल्यै कसैले मेरा गतिविधिहरूबारे नसोची वा मेरा वाणीहरूबारे थाहा नपाइकनै म पृथ्वी र स्वर्गबीच आवतजावत गर्छु। त्यसैले, मेरो योजना सहज रूपमा अघि बढ्छ। तिमीहरूका सबै इन्द्रिय यतिसम्म शून्य छन् कि मेरो कार्यका कदमहरूबारे तिमीहरू अनभिज्ञ भएका छौ। तर तिमीहरूले मेरा उद्देश्यहरू थाहा पाउने त्यस्तो दिन पक्कै आउनेछ। आज, म तिमीहरूसँगै जिउँछु र तिमीहरूसँगै सहन्छु र मानवजातिले मप्रति राखेको मनोवृत्ति मैले बुझ्न थालेको धेरै समय भएको छ। म यस विषयमा थप बोल्न चाहन्नँ, र यो पीडादायी विषयका उदाहरणहरूको चर्चा गरेर तिमीहरूलाई लज्जित बनाउन त झनै चाहन्नँ। म आशा गर्छु, तिमीहरूले के गरेका छौ भनेर आफ्नो हृदयभित्रै स्मरण गर्छौ जसबाट हामी अर्को पटक भेट्दा हाम्रो हिसाब मिलान गर्न सक्नेछौं। म तिमीहरूमध्ये कसैलाई पनि गलत आरोप लगाउन चाहन्नँ, किनभने मैले सधैँ न्यायसङ्गत, निष्पक्ष, र मर्यादित व्यवहार गरेको छु। पक्कै पनि, तिमीहरू इमानदार रहनेछौ अनि स्वर्ग र पृथ्वी वा तिमीहरूको विवेकविरुद्ध हुने कुनै पनि काम गर्नेछैनौ भन्‍ने पनि मैले आशा गरेको छु। तिमीहरूबाट मैले माग्न सक्ने कुरा यो मात्रै हो। धेरै मानिस सहज परिस्थितिमा व्याकुल र बिरामी महसुस गर्छन् किनभने उनीहरूले धेरै क्रूर गल्ती गरेका हुन्छन्, र धेरैलाई आफूले एउटा पनि असल कार्य कहिल्यै नगरेकोमा लज्जा बोध हुन्छ। तर पनि, आफ्ना पापहरूको कारण लज्जा बोध हुँदै नहुनेहरू पनि छन् जो मेरो स्वभावको परीक्षा लिन पूर्ण रूपमा खुलासा हुन बाँकी उनीहरूका घृणित स्वभावहरू छोप्ने मुखौटालाई पूर्ण रूपमा उदाङ्गो बनाउँदै खराबबाट झन् खराब बन्छन्। म कुनै एक व्यक्तिको कार्यबारे चासो लिन्नँ र ध्यान पनि दिन्नँ। बरु, म आफूले गर्नुपर्ने कार्यहरू, चाहे जानकारी सङ्कलन गर्ने कार्य होस् या विभिन्न स्थानको भ्रमण गर्ने वा आफ्नो रुचिका अन्य कुनै कार्य, ती गर्दछु। महत्त्वपूर्ण समयमा, न एक सेकेन्ड चाँडो न एक सेकेन्ड ढिलो, वास्तविक योजनामुताबिक मानिसमाझ म आफ्नो कामलाई सहजता र स्थिरताका साथ अघि बढाउँछु। यद्यपि, मेरो कामको प्रत्येक कदममा केही विलय हुन्छन्, किनभने म उनीहरूको चाप्लुसीले भरिएको व्यवहार र उनीहरूको झूठो अधीनताको तिरस्कार गर्दछु। मलाई घृणा लाग्ने मानिसहरू चाहे जानाजानी होस् या नजानीकन निश्चय नै त्यागिनेछन्। सङ्क्षेपमा भन्नुपर्दा, मैले तिरस्कार गर्ने सबै जना मभन्दा परै रहनेछन्। भनी रहनु नपर्ला, मेरो घरमा बस्ने दुष्टलाई पनि म छोड्नेछैनँ। मानिसको दण्डको दिन नजिक आउँदै गरेकाले म मेरो घरमा रहेका घृणित मानिसहरूलाई हटाउन हतार गर्नेछैनँ किनभने मेरो आफ्नै योजना छ।

अहिले मैले प्रत्येक व्यक्तिको परिणाम निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख पुस्तकमा, एक-एक गरी, प्रत्येक मानिसका शब्द र कार्यहरू, उनीहरूले मलाई पछ्याएको बाटो, उनीहरूका अन्तर्निहित गुणहरू, र उनीहरूका अन्तिम प्रकटीकरणहरू लेख्छु। यसरी, ती मानिसहरू जस्तोसुकै भए पनि, मेरो हातबाट कोही उम्कनेछैन, र उनीहरू सबै मेरो खटनपटनका आधारमा आफ्ना प्रकारअनुसार वर्गीकरण गरिनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। त्यसकारण, जो दण्डित हुन्छन् तिनीहरू सबै परमेश्‍वरको धार्मिकताका लागि र तिनीहरूका धेरै वटा दुष्ट कार्यको प्रतिफलस्वरूप त्यसरी दण्डित हुन्छन्। मैले मेरो योजनाको सुरुवातदेखि नै यसमा एउटा पनि परिवर्तन गरेको छैनँ। कुरा यति मात्र हो, मानिसको सवालमा भन्नुपर्दा, म जोप्रति आफ्ना वचनहरू लक्षित गर्छु तिनीहरूको सङ्ख्या घट्दै गइरहेको जस्तो देखिन्छ, र मैले साँच्चै अनुमोदन गर्नेहरूको सङ्ख्या पनि त्यसरी नै घट्दै गइरहेको देखिन्छ। तर, म के दाबी गर्छु भने मेरो योजना कहिल्यै परिवर्तन भएको छैन; बरु, मानिसको विश्‍वास र प्रेम नै सधैँ परिवर्तन भइरहेको, सधैँ घटिरहेको हुन्छ, यहाँसम्म कि प्रत्येक व्यक्ति मेरो खुसामद गर्ने अवस्थाबाट मप्रति कठोर हुने र मलाई बाहिर निकाल्ने अवस्थासम्म पुग्न सक्छ। जबसम्म मलाई विकर्षण र घृणा महसुस भएर म अन्ततः दण्ड दिन्नँ तबसम्म तिमीहरूप्रतिको मेरो मनोवृत्ति न त नरम न त कठोर हुनेछ। तर, तिमीहरूको दण्डको दिनमा, म अझै पनि तिमीहरूलाई देख्नेछु, तर अब तिमीहरूले मलाई देख्न सक्नेछैनौ। तिमीहरूमाझको जीवन मेरा लागि पहिले नै दिक्कलाग्दो र नीरस भइसकेको हुनाले, तिमीहरूका दुर्भावपूर्ण शब्दहरूको चोटबाट अझ राम्ररी बच्न र तिमीहरूको सहन नसकिने घिनलाग्दो व्यवहारबाट टाढा रहन, तिमीहरूले मलाई उप्रान्त मूर्ख नबनाओ वा मसँग झाराटारुवा तरिकाले व्यवहार नगर भन्नका लागि मैले जिउनलाई नयाँ परिवेश रोजेको छु भनेर भनिरहनै पर्दैन। तिमीहरूलाई छोड्नुअघि, मैले अझै पनि तिमीहरूलाई सत्यताअनुरूप नहुने काम नगर्न अर्ती दिनैपर्छ। बरु, तैँले सबैलाई खुसी लाग्ने, सबैलाई फाइदा हुने, र तेरो आफ्नै गन्तव्यलाई फाइदा हुने काम गर्नुपर्छ, नत्र प्रकोपको बीचमा कष्ट भोग्ने व्यक्ति अरू कोही नभई तँ आफै हुनेछस्।

मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई इन्कार गर्नेहरूप्रति व्यक्त गरिन्छ। यसैबीच, दुर्जन मानिसहरूले भोग्ने दण्ड नै मेरो धर्मी स्वभावको प्रमाण हो र, अझ बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, तब मेरो प्रतिरोध गर्ने सबै जना रुँदै अनिकाल र महामारीको सिकार हुनेछन्। सबै प्रकारका दुष्ट कार्यहरू गरेका र कुनै समय धेरै वर्षसम्म मलाई पछ्याएकाहरू पनि आफ्ना पापहरूको मूल्य चुकाउनबाट बच्नेछैनन्; तिनीहरू पनि लाखौँ वर्षमा बिरलै देखिएको प्रकोपमा पर्नेछन्, र निरन्तर अत्तालिने र डराउने स्थितिमा जिउनेछन्। अनि मलाई पूर्ण बफादारीका साथ पछ्याउनेहरूले मेरो महान् शक्तिको प्रशंसा गर्दै खुसी मनाउनेछन् र ताली बजाउनेछन्। तिनीहरूको सहजता र खुसीको बोध अवर्णनीय हुनेछ, र तिनीहरू मैले मानव संसारलाई यसअघि कहिल्यै प्रदान नगरेको आनन्दबीच जिउनेछन्। किनभने म मानिसका असल कार्यहरूको कदर गर्छु र उसका दुष्ट कार्यहरूलाई घृणा गर्छु। मैले मानवजातिलाई अगुवाइ गर्न सुरु गरेदेखि नै, म उत्सुकताका साथ मेरो जस्तै मन भएका मानिसहरूको एउटा समूह प्राप्त गर्ने आशा गर्दै आइरहेको छु। यसैबीच, मेरो जस्तै मन नभएकाहरूलाई म कहिल्यै बिर्सन्नँ; म तिनीहरूलाई मेरो हृदयमा सधैँ घृणा गर्छु, तिनीहरूलाई तिनीहरूका दुष्ट कार्यहरूका लागि प्रतिफल भोगाउने र यसरी त्यो देखेर आनन्द लिने अवसरको मात्र प्रतीक्षा गरिरहेको छु। अब अन्ततः मेरो दिन आएको छ, र मैले थप प्रतीक्षा गर्नु पर्दैन!

मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका खातिर मात्र होइन, मानिसको गन्तव्यको प्रबन्ध गर्नका खातिर पनि हो। अझ बढी, यो सबै मानिसलाई मेरा कार्य र गतिविधिहरू स्वीकार गर्न लगाउनका खातिर हो। मैले गरेको सबै कामकुरा ठीक छ र यो मेरो स्वभावको अभिव्यक्ति हो, यो मानिसले गर्दा भएको होइन, र यो मानवजातिलाई उत्पन्न गराउने प्रकृति त झनै होइन, र यसको सट्टा यावत् थोकमध्ये हरेक जीवित प्राणीलाई पोषण दिने म नै हुँ भनेर म प्रत्येक व्यक्तिलाई देख्न लगाउनेछु। मेरो अस्तित्वविना, मानवजाति नाश हुने र विपत्तिको मारमा पर्ने मात्र हो। कुनै पनि मानवले फेरि कहिल्यै सुन्दर सूर्य र चन्द्रमा, वा हरियाली संसार देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र रोक्नै नसकिने मृत्युको छायाको उपत्यकाको मात्र सामना गर्नेछ। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एक मात्र आशा हुँ र अझ बढी, म त्यो हुँ जसमाथि सम्पूर्ण मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले विनाशकारी विपत्ति मात्र भोग्नेछ र उनीहरू सबै प्रकारका पिशाचहरूद्वारा कुल्चीमिल्ची पारिनेछन्, तैपनि कसैले मेरो वास्ता गर्दैन। मैले यस्तो काम गरेको छु जुन अरू कसैद्वारा गर्न सकिँदैन, र म मानिसले मलाई केही असल कार्यमार्फत प्रतिदान गर्न सकोस् भन्‍ने मात्र आशा गर्छु। थोरैले मात्र मलाई प्रतिदान गर्न सकेका भए पनि, म अझै पनि मानव संसारमा मेरो यात्रालाई टुङ्ग्याउनेछु र प्रकट हुनै लागेको मेरो कामको अर्को चरण सुरु गर्नेछु, किनभने यतिका धेरै वर्ष मैले मानिसमाझ गरेको सबै दौडधुप फलदायी भएको छ, र म निकै खुसी छु। मलाई मानिसहरूको सङ्ख्याको होइन, बरु तिनीहरूका असल कार्यहरूको मतलब छ। जेसुकै भए पनि, म तिमीहरूले आफ्नो गन्तव्यका लागि असल कार्यहरू पर्याप्त मात्रामा तयार गर्छौ भन्ने आशा गर्छु। त्यसपछि मात्र म सन्तुष्ट हुनेछु; नत्र, तिमीहरूमध्ये कोही पनि प्रकोपको आक्रमणबाट उम्कन सक्दैनौ। प्रकोप मबाट नै सुरु हुन्छ र यो अवश्य नै मद्वारा योजनाबद्ध गरिन्छ। यदि तिमीहरू मेरो नजरमा असल देखिन सक्दैनौ भने, तिमीहरू प्रकोपको भोगाइबाट उम्कनेछैनौ। सङ्कष्टको बीचमा, तिमीहरूका गतिविधि र कार्यहरू पूर्ण रूपमा उचित मानिएका थिएनन्, किनभने तिमीहरूको विश्‍वास र प्रेम खोक्रो थियो, र तिमीहरूले आफूलाई कि त डरपोक कि त बलियो मात्र देखायौ। यस सम्बन्धमा, म केवल असल वा खराबको न्याय गर्नेछु। मलाई अझै पनि चिन्ता लाग्ने भनेको तिमीहरू प्रत्येकका गतिविधि र कार्यहरू, र सबै प्रकटीकरणको हो, जसका आधारमा म तिमीहरूको परिणाम निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्छ: सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्‍वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक उदारता पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरो हृदयमा रहनेछन्।

अघिल्लो:  आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अर्को:  तँ ठ्याक्कै कोप्रति बफादार छस्?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger