अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९)

अगुवा र कामदारहरू मानक अनुरूप छन् कि छैनन् भनी मूल्याङ्कन गर्ने दुई मापदण्डहरू

अब हामीले अगुवा र कामदारहरूका जम्मा आठवटा जिम्मेवारीहरूमा सङ्गति गरेका छौँ, र यी आठवटा जिम्मेवारीहरूका सम्बन्धमा हामीले झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूलाई चिरफार गरेका छौँ। तिनलाई यस तरिकाले चिरफार गरेपछि, के अब तिमीहरूले झूटा अगुवाहरूलाई केही हदसम्म खुट्ट्याउन सक्छौ? यदि तँ एक अगुवा होस् भने, के तँ झूटा अगुवाहरूका यी अभ्यासहरूमा संलग्न हुनबाट जोगिन सक्छस्? के तैँले सचेत रूपमा काम गर्न र हामीले सङ्गति गरेका जिम्मेवारीहरूका आधारमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छस्? अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी सङ्गतिमार्फत, अब तिमीहरूलाई आफ्नो हृदयमा अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्नुपर्छ, यो काम गर्नमा कस्ता विवरणहरू संलग्न हुन्छन्, उनीहरूले काम कसरी कार्यान्वयन गर्नुपर्छ, र उनीहरूले कसरी मानक अनुरूपका अगुवा र कामदार बन्ने अभ्यास गर्नुपर्छ भनेर थाहा भएको हुनुपर्छ। यदि कुनै व्यक्तिको क्षमता पर्याप्त छ, यदि उसमा निश्चित हदको काम गर्ने सक्षमता छ, र उसले बोझ पनि वहन गर्छ भने, ऊ झूटा अगुवाहरूका यी प्रकटीकरणहरू देखाउनबाट जोगिन सक्षम हुनुपर्छ। तर, यदि कुनै व्यक्तिमा क्षमता छ र केही हदको काम गर्ने सक्षमता छ, तर उसले बोझ वहन गर्दैन भने, के ऊ मानक अनुरूपको अगुवा हुन अनि अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुन्छ त? (हुँदैन।) उसलाई यसो गर्न अलि गाह्रो हुन्छ। मानौँ कुनै अगुवाले बोझ वहन गर्छ र उसको मानवता कमजोर छैन, तर उसलाई आफ्नो काम कसरी गर्ने भन्ने नै थाहा छैन। ऊसँग जति सङ्गति गरे पनि, उसलाई अझै पनि निश्चित काम कसरी कार्यान्वयन गर्ने र त्यसमा कसरी सहभागी हुने भनेर थाहा हुँदैन, साथै उसले सिद्धान्तहरू वा निर्देशन भेटाउन सक्दैन। उसले निश्चित पेसा वा कामका लागि निर्देशन प्रदान गर्न पनि जानेको हुँदैन। समस्याहरू उत्पन्न हुँदा उसले ती समस्याहरूको सार पत्ता लगाउन सक्दैन, र उसले तिनलाई समाधान गर्न जान्दैन। फलस्वरूप, ऊ जहिले पनि आफूले गर्ने जुनसुकै काममा वा आफूले सम्हालिरहेको जुनसुकै मामलामा निकै निष्क्रिय र सुस्त हुन्छ। के त्यस्तो व्यक्तिले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छ त? (सक्दैन।) यो कस्तो प्रकारको समस्या हो? यस प्रकारको व्यक्ति निकै जोसिलो हुने, उसले बोझ वहन गर्ने, र आफ्नो काम गर्न चाहने भए पनि, उसको क्षमता अत्यन्तै कमजोर हुन्छ, उसमा काम गर्ने सक्षमता हुँदैन र उसले उक्त काम लिन, वा निश्चित काम गर्न वा निश्चित समस्याहरू समाधान गर्न सक्दैन; कुनै पनि काममा सहभागी हुँदा उसले झारा मात्र टार्छ, साथै ऊ निकै मन्द बुद्धिको, बोधो, र निष्क्रिय हुन्छ। फलस्वरूप, धेरै समस्याहरू उत्पन्न हुन्छन्, तैपनि उसले तीमाथि काम थालनी गर्न सक्दैन, उसलाई ती कहाँबाट आउँछन् भनेर थाहा हुँदैन, तीबारे कसरी सङ्गति गर्ने वा तिनलाई कसरी समाधान गर्ने भन्ने कुरा त झनै थाहा हुँदैन, र ऊ उक्त समस्याहरूबारे माथिलाई रिपोर्ट गर्न र उनीहरूबाट खोजी गर्न समेत सक्षम हुँदैन। त्यसकारण, ऊ अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुँदैन, साथै ऊ अगुवा बन्न चुनिए पनि, ऊ असल अगुवा हुँदैन—ऊ झूटो अगुवा हुन्छ।

अब हामीले अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरू झूटो अगुवाको आधारभूत परिभाषा दिन सक्छौ? कुनै कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि छैन, वा ऊ झूटो अगुवा हो कि भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत रूपमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन हेर्नुपर्छ। तिनीहरूले भन्‍ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्ने कुरालाई वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्ने कुरालाई पनि वास्ता नगर्—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीको सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा आधारभूत र अत्यावश्यक कुरा यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न नसक्‍ने छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवाहरू नै हुन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्‍ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूलाई केही समय तालिम दिइयो भने, तिनीहरूले अवश्यै वास्तविक काम गर्न सक्नेछन्। त्यसबाहेक, तिनीहरूले कुनै खराब काम गरेका छैनन् र दुष्टता गरेका छैनन्, अथवा अवरोध वा बाधाहरू पुऱ्याएका छैनन्—तपाईं कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्‍न सक्‍नुहुन्छ?” यसलाई हामीले कसरी व्याख्या गर्ने? तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्‍ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तँ कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती बन्दोबस्तहरूलाई सही तरिकाले लागु गरिरहेको छस् कि छैनस्; तैँले अगुवाइ गरेको कालमा तँ आफू जिम्मेवार भएको हरेक विशेष काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा साँचो समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्‍ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्‍ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशेष काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्‍ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्। के तिमीहरू यी मापदण्डहरू व्यावहारिक छन् भन्छौ? अनि के ती मानिसहरूप्रति न्यायसङ्गत छन्? (छन्।) ती सबैप्रति न्यायसङ्गत छन्। तेरो शिक्षाको स्तर जति भए पनि, तँ जवान वा वृद्ध भए पनि, तैँले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तँ जति नै वरिष्ठ भए पनि, वा तैँले परमेश्‍वरको वचन जति नै पढेको भए पनि, यो कुनै पनि कुरा महत्त्वपूर्ण होइन। अगुवाका रूपमा चुनिएपछि तैँले मण्डलीको काम कति राम्रोसँग गर्छस्, तँ आफ्ना काममा कतिको प्रभावकारी र दक्ष छस्, अनि प्रत्येक काम व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्छ कि बढ्दैन, र त्यसमा ढिलाइ हुन्छ कि हुँदैन भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मापन गर्दा मूल्याङ्कन गरिने मुख्य कुराहरू यिनै हुन्।

भर्खरै हामी संलग्न भएको सङ्गतिमार्फत, अब तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी केही मात्रामा प्रस्ट बुझाइ र ज्ञान, साथै झूटा अगुवाको परिभाषा र सारबारे सही अभिव्यक्ति प्राप्त गरेका छौ। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनी मूल्याङ्कन गर्ने सबैभन्दा आधारभूत मापदण्ड भनेको ऊ वास्तविक काम गर्न सक्षम छ कि छैन भनी हेर्नु, र त्यसपछि उसले वास्तवमा वास्तविक काम गर्छ कि गर्दैन भनी हेर्नु हो। यी दुई प्रमुख मापदण्डहरू हुन्: एउटा प्रश्न चाहिँ ऊ सक्षम छ कि छैन भन्ने हो, र अर्को प्रश्न चाहिँ ऊ इच्छुक छ कि छैन भन्ने हो। के तिमीहरूले यी कुराहरू याद गर्न सक्छौ? कतिपय मानिसहरूले यसो भन्छन्, “म कुनै अगुवा होइन, त्यसैले मैले यी कुराहरू किन याद गर्नुपर्छ र?” के यो टिप्पणी सही हो त? (होइन।) यो किन गलत हो? यी सत्यताहरूको बुझाइमार्फत, एकातिर मानिसहरू आफूलाई चिन्न पुग्छन्, र अर्कोतिर, उनीहरू अरू मानिसहरूलाई खुट्ट्याउन पुग्न सक्छन्—मानिसहरूले बुझ्नुपर्ने र मानिसहरूसँग हुनुपर्ने सत्यताहरू यिनै हुन्, र तिनलाई नबुझी हुँदैन। सर्वप्रथम, तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरूअनुसार आफूमा अगुवा हुने क्षमता र सक्षमता छ कि छैन भनी मापन गर्नुपर्छ। यदि तँमा यी कुराहरू छैनन् भने, अगुवा बन्ने चाहना गरिनराख्। यदि तँमा अगुवा हुने क्षमता छैन तर तँ अझै अगुवा हुन चाहन्छस् भने, त्यो महत्त्वाकाङ्क्षा हो; तँ अगुवा बन्नेबित्तिकै, तैँले वास्तविक काम गर्न सक्नेछैनस्, र तँ अपरिहार्य रूपमा झूटो अगुवा बन्नेछस्। कतिपय मानिसहरू यसो भन्छन्, “मसँग असल क्षमता छ; सबै जनामध्ये, म उत्कृष्ट छु। म प्रायः राम्रा विचारहरू, र केही चलाख र राम्रा सुझावहरू प्रस्तुत गर्छु। मसँग आफूले गर्ने हरेक कुरामा दक्षता छ, र मसँग तुलनात्मक रूपमा सम्पन्न ज्ञान, अन्तर्ज्ञान, र अनुभव छ। के यो सबैको अर्थ म अगुवा हुन सक्छु भन्ने होइन र?” त्यसपछि, तिनीहरूले आफूमा जिम्मेवारीको बोध छ कि छैन र आफूले बोझ वहन गर्छु कि गर्दिन भनी हेर्न आफूलाई मापन पनि गर्नुपर्छ। यदि तिनीहरूले कामकुराबारे रायहरू मात्र राख्छन्, कामकुरा गर्ने चाहना मात्र गर्छन्, र सधैँ ठूला महत्त्वाकाङ्क्षाहरू राख्छन् तर तिनलाई पूरा गर्न सक्दैनन्, अनि तिनीहरू मेहनत लगाउन र मूल्य तिर्न जान्दैनन्, साथै कुनै मूल्य तिर्न इच्छुक हुँदैनन् भने—यदि तिनीहरू सधैँ आफ्नो दिमाग र हृदय आरामदायी स्थितिमा होस् भन्ने चाहन्छन्, निष्क्रिय र अप्रतिबन्धित हुन, आरामदायी जीवन जिउन मन पराउँछन्, अनि चिन्ता गर्न वा व्यस्त हुन मन पराउँदैनन्, र थकान र कठिनाइदेखि डराउँछन् भने—तिनीहरूलाई अगुवा हुन उपयुक्त हुँदैनन्, र तिनीहरू अगुवाको काम लिन वा निर्वाह गर्न असक्षम हुनेछन्।

हामीले भर्खरै कुनै अगुवा मानकअनरूप छ कि छैन भनी मूल्याङ्कन गर्ने दुइटा मापदण्डहरूलाई सारांश गर्‍यौँ: ऊ वास्तविक काम गर्न सक्षम छ कि छैन र उसले वास्तविक काम गर्छ कि गर्दैन। यदि मानिसहरूले यी दुइटा मापदण्डहरू बुझ्छन् भने, उनीहरू अगुवा हुन, साथै राम्रोसँग मण्डलीको काम गर्न आफ्ना जिम्मेवारीहरू राम्रोसँग पूरा गर्न, र अगुवा बनेपछि उनीहरू मापदण्डअनुरूपका अगुवा बन्न सक्षम छन् कि छैनन् भनेर पूर्णतः स्पष्ट हुनुपर्छ जो अहिले अगुवा र कामदारका रूपमा सेवा गरिरहेका छौ, के अब तिमीहरूसँग आफूले केही वास्तविक काम गरेको छु कि छैन र अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेको छु कि छैन भनी मापन गर्ने केही मार्गहरू र केही सिद्धान्तहरू छ? अगुवा र कामदारहरूका यी आठवटा जिम्मेवारीहरूमाथि गरिएको सङ्गतिमार्फत, तिमीहरूले झूटा अगुवाहरूले के-के प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर मापन गर्न र अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्नुपर्छ भनेर सङ्क्षेपमा ठ्याक्कै भन्न सक्नुपर्छ, साथै आफ्नो काममा कहाँ कमी, अपर्याप्तता, वा निर्दिष्टताको अभाव छ, र अबदेखि आफूले कसरी काम गर्नुपर्छ—तिमीहरूमा कम्तीमा पनि यी अन्तर्ज्ञानहरू हुनुपर्छ। यदि तिमीहरूसँग कसरी अगुवा वा कामदार हुने अथवा अगुवा र कामदारहरूका जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्ने सम्बन्धमा कुनै निष्कर्ष वा अन्तर्ज्ञानहरू छैनन् भने, त्यसको मतलब तिमीहरूको क्षमता त्यो कामका लागि पर्याप्त छैन। त्यसमाथि, यदि तिमीहरू झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्ने बारेमा पूरै अन्योलमा छौ भने, तिमीहरूको क्षमता कमजोर छ भन्ने यसले झन् बढी देखाउँछ। एउटा विशेष परिस्थिति पनि छ: कतिपय मानिसहरू हुन्छन्, जसले यी सङ्गतिहरू सुनेका भए पनि, तिनीहरूमा सत्यतातर्फ लागिपर्ने वा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्ने सङ्कल्प हुँदैन, जसले उक्त मामलालाई गम्भीर रूपमा वा हृदयमा बिलकुलै लिँदैनन्। तिनीहरूले यसो सोच्छन्, “को झूटो अगुवा हो भन्ने बारेमा मलाई मतलब छैन। कुनै हालतमा, यदि म अगुवा बनेँ भने, म माथिले जे गर्न भनेका छन् त्यही मात्र गर्ने थिएँ। मैले यति धेरै मेहनत गर्नु वा यति धेरै सोच लगाउनुपर्ने थिएन।” तिनीहरूले प्रवचनहरू सुन्दा केवल झारा टारिरहेका र समय कटाइरहेका हुन्छन्, र तिनीहरूलाई प्रवचन विशिष्ट रूपमा केको बारेमा हो भनेर अलिअलि थाहा हुन्छ, तर तिनीहरू के-के सत्यताहरू र मानिसप्रति परमेश्‍वरका कस्ता मागहरूबारे सङ्गति भइरहेको छ भनेर सारांश गर्न अत्यन्तै अल्छी गर्छन्, र यी कुराहरूलाई हृदयमा लिन इच्छुक हुँदैनन्। तिनीहरूले यसो सोच्छन्, “यी मामलाहरू खुट्ट्याउन अति झन्झटिलो छ। जे भए पनि, म आफूबाट एउटा कुरा मात्र माग गर्छु, त्यो हो दुष्टता नगर्ने, बाधा र अवरोधहरू नदिने, र अरूभन्दा पृथक् नदेखिने, बस् यति नै काफी छ। यो अत्यन्तै सरल कुरा हो! यो जिउने गजब तरिका हो; म आफैसँग उच्च मागहरू राख्दिनँ।” तिनीहरूले प्रवचनहरू चाहे जसरी सुने पनि तिनीहरूको एउटै दृष्टिकोण यही हुन्छ, र तिनीहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन; तैँले सत्यताबारे जसरी सङ्गति गरे पनि, सङ्गति गर्न जस्तोसुकै विधि प्रयोग गरे पनि, वा जेबारे सङ्गति गरे पनि, तैँले तिनीहरूको मन छुन सक्दैनस्; तिनीहरूले यी वचनहरू सुन्ने वा नसुन्नेबारे चासो राख्दैनन्; त्यसले तिनीहरूलाई खासै फरक पार्दैन। यस प्रकारको व्यक्तिले अल्याङटल्याङ गरेर जीवन बिताउँछ, र उसले कुनै पनि कुरालाई गम्भीर रूपमा लिँदैन। अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूमाथि सङ्गति गर्नेबारे त भन्नै परेन—हामीले ती सबैबारे सङ्गति गरे पनि, तिनीहरूले अझै बुझ्ने छैनन् र कुनै पनि सिद्धान्त वा मार्गहरू सारांश गर्न सक्ने छैनन्। यस्ता मानिसहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, सत्यता वा कुनै पनि सकारात्मक कुराहरूमा तिनीहरूलाई रुचि हुँदैन र तिनीहरूले कुनै ऊर्जा निकाल्न सक्दैनन्, बरु तिनीहरूलाई खान, पिउन, र सुख-सयलको खोजी गर्नमा विशेष चासो हुन्छ। अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूबारे सङ्गति गरेर, एकातिर, हामीले अगुवा र कामदारहरूका केही जिम्मेवारीहरू, साथै अगुवा वा कामदारका रूपमा कसरी काम गर्ने र आफ्ना जिम्मेवारीहरू पूरा गर्ने भनी सङ्क्षेप गरेका छौँ; अर्कोतिर, हामीले झूटा अगुवाहरूले प्रदर्शन गर्ने केही विशिष्ट प्रकटीकरणहरूलाई सङ्क्षेप गरेका छौँ। हामीले भर्खरै झूटा अगुवाहरूलाई खुट्ट्याउने दुइटा आधारभूत सिद्धान्तहरू अर्थात् दुइटा मापदण्डहरूलाई निष्कर्षमा पुऱ्यायौँ: एउटा त कुनै व्यक्ति वास्तविक काम गर्न सक्षम छ कि छैन भन्ने हो, अनि अर्को उसले एकपटक सत्यता सिद्धान्तहरू बुझेपछि वास्तवमा वास्तविक काम गर्छ कि गर्दैन भन्ने हो। कोही झूटो अगुवा हो कि होइन भनी मापन गर्नका लागि यी दुइटा मापदण्डहरू प्रयोग गर्नु अहिलेसम्मकै सबैभन्दा सरल र उचित विधि हो।

विषयवस्तु नौ: माग अनुसार परमेश्‍वरको घरका विभिन्न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनीहरूको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु (भाग १)

कामका प्रबन्धहरूको परिभाषा र निश्चित विषयवस्तुहरू

आज, हामी अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीबारे सङ्गति गर्नेछौँ: त्यो हो, “माग अनुसार परमेश्‍वरको घरका विभिन्न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनीहरूको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु” यो जिम्मेवारीलाई समग्रमा ख्याल गर्दा, अगुवा र कामदारहरूले के कुरा कार्यान्वयन गर्न आवश्यक छ? (परमेश्‍वरको घरका विभिन्न कामका प्रबन्धहरू।) यस जिम्मेवारीको केन्द्रबिन्दु भनेको परमेश्‍वरको घरका विभिन्न कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्ने हो—अगुवा र कामदारहरूका लागि यो नै सबैभन्दा महत्त्वपूर्ण काम हो। कुनै व्यक्ति जुनसुकै तहको अगुवा वा कामदार भए पनि, एक अगुवा वा कामदारको नाताले, उसले सधैँ कामका प्रबन्धहरू साथै कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्ने विशिष्ट काम सामना गर्नुपर्नेछ। विभिन्न कामका प्रबन्धहरू कार्यान्वयन गर्नु हरेक अगुवा र कामदारको कामसँग सान्दर्भिक हुन्छ, र यो निकै महत्त्वपूर्ण, निकै निर्दिष्ट, र निकै मूलभूत काम हो। यो कुरालाई ख्याल गर्दा, के सुरुमा कामका प्रबन्धहरू भनेका के हुन् भन्नेबारे निर्दिष्ट रूपमा सङ्गति गर्न जरुरी छैन र? (छ।) त्यसोभए, कामका प्रबन्धहरू भनेका के हुन् त? कामका प्रबन्धहरूका दायरा र परिभाषा के हुन्? कतिपय मानिसहरूले भन्छन्, “के कामका प्रबन्धहरूको दायराले मण्डलीको कामसम्बन्धी निश्चित कार्यहरू र विषयवस्तु मात्र समेट्दैन र? अनि के कामका प्रबन्धहरू यी कार्य र विषयवस्तुको प्रबन्ध गर्नु र तिनलाई जारी गर्नु मात्र होइनन् र?” यो व्याख्याबारे तिमीहरूलाई के लाग्छ? के त्यो सबै शब्द र धर्मसिद्धान्तहरू मात्र होइन र? (हजुर, हो नि।) अनि “शब्द र धर्मसिद्धान्तहरू” को अर्थ के हो? यसको अर्थ यो हो कि, यस व्याख्याको कुनै पनि शब्द गलत नसुनिए पनि, तैँले त्यो सुनेपछि पनि, त्यसलाई अझै बुझ्दैनस्; यस्तो लाग्छ मानौँ तँलाई यसबारे बिलकुलै व्याख्या गरिएको थिएन। पहिला कामका प्रबन्धहरूको लिखित वर्णनको रूपमा परिभाषा दिऊँ, ताकि मानिसहरूले कामका प्रबन्धहरू ठ्याक्कै के हुन् भनी बुझ्न र जान्नका निम्ति उनीहरूसँग एउटा आधारभूत अवधारणा हुन सकोस्। कामका प्रबन्धहरू कामको कुनै विशिष्ट विषयवस्तुका लागि परमेश्‍वरको घरले बनाएका निश्चित योजना र मागहरू हुन्; ती कुराहरू अगुवा र कामदारहरूद्वारा सञ्चार र कार्यान्वयन गरिन आवश्यक छ, र ती कामको कुनै विशिष्ट विषयवस्तुका लागि मण्डलीका सबै सदस्यहरूलाई जारी गरिएका माग, कार्य, र विधिहरू पनि हुन्—कामका प्रबन्धहरूको परिभाषा यही हो। अनि कामका प्रबन्धहरूले के-के विषयवस्तुहरू समेट्छ त? यो “विषयवस्तुहरू” भन्ने संज्ञा सबैलाई थाहा छ, तर के यी विषयवस्तुहरूको दायराभित्रै केही निश्चित विषय समेटिएको हुनु पर्दैन र? (पर्छ।) तिमीहरूलाई कुन विषयको बारेमा थाहा छ? (त्यसमा सुसमाचारको काम छ, अनि चलचित्र निर्माणको काम छ।) त्यो दुइटा विषयवस्तुहरू भए। (त्यसमा मण्डली जीवनसम्बन्धी र मण्डलीका प्रशासनिक सङ्गठनहरू स्थापना गर्नेसम्बन्धी निश्चित मागहरू पनि छन्।) त्यसमा अरू के काम छ? (त्यसमा मण्डलीलाई पखाल्ने काम, साथै मण्डलीका व्यवस्थापन प्रणालीहरूसँग सम्बन्धित निश्चित काम छ।) कामका प्रबन्धहरूको विशिष्ट विषय यसप्रकार छन्: पहिलो विषयवस्तु, मण्डलीको प्रशासनिक काम। यो कामको सबैभन्दा ठूलो विषयवस्तु हो, र यदि प्रशासनिक काम राम्रोसँग गरिएन भने, मण्डलीको काम बिलकुलै हुनेछैन। दोस्रो विषयवस्तु, कर्मचारीसम्बन्धी काम। यो कामको एउटा ठूलो विषयवस्तु हो। तेस्रो विषयवस्तु, सुसमाचारको काम। यो पनि कामको एउटा ठूलो विषयवस्तु हो। चौथो विषयवस्तु, विभिन्न प्रकारका पेसागत कामहरू। यस कामको दायरा अलि ठूलो छ, र यसमा चलचित्र निर्माण, लेखन-पठन काम, अनुवाद, सङ्गीत, भिडियो निर्माण, कला, आदि इत्यादि समावेश हुन्छन्। पाँचौँ विषयवस्तु, मण्डली जीवन। छैठौँ विषयवस्तु, सम्पत्ति व्यवस्थापनको काम। सातौँ विषयवस्तु, पखाल्ने काम। आठौँ विषयवस्तु, बाह्य मामलाहरू। नवौँ विषयवस्तु, मण्डलीको कल्याण। उदाहरणका लागि, मण्डलीले दाजुभाइ-दिदीबहिनीहरूका घरमा देखा पर्ने कठिनाइहरूलाई कसरी समाधान गर्छ, र मण्डलीले तिनका बारेमा के गर्छ, साथै कारागारमा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न जाने र तिनका परिवारलाई कसरी रेखदेख गर्नुपर्छ, आदि इत्यादि—यो सबै मण्डलीको कल्याण अन्तर्गत पर्छ। दसौँ विषयवस्तु, आपत्‌कालीन योजनाहरू। कहिलेकाहीँ, मण्डलीले केही आपत्‌कालीन उपायहरू जारी गर्नेछ। उदाहरणका लागि, जब महामारी देखा पर्‍यो, तब मण्डलीले त्यहीबमोजिम आइसोलेसन प्रणाली अपनायो। यस्ता योजनाहरू सबै आपत्‌कालीन काम अन्तर्गत पर्छन्। कामका प्रबन्धहरूमा मूलतः यी दसवटा विषयवस्तुहरू समावेश हुन्छन्। अन्य कुनै पनि सानो विषयवस्तु वा विशेष परिस्‍थितिलाई यिनै दसवटाभित्र समावेश गरिन्छ—मूलतः मण्डलीको काममा यिनै दस ठूला विषयवस्तुहरू समावेश हुन्छन्। परमेश्‍वरको घरले जारी गरेका विभिन्न कामका प्रबन्धहरूको दायरा मूलतः यिनै हुन्, होइन त? (हो।) अब यी विषयवस्तुहरू पुष्टि भइसकेपछि, तिमीहरू सबैले अब परमेश्‍वरको घरका कामका प्रबन्धहरू अलिकति बुझ्नुपर्छ, र यी परमेश्‍वरको घरमा कामका ठुला विषयवस्तु हुन् भनेर थाहा पाउनुपर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरूका सम्बन्धमा परमेश्‍वरको घरले गर्ने मागहरूको दायरा नै यही हो। यसको आशय यो हो कि, एक अगुवा वा कामदारका रूपमा, तेरो कामको दायरा र तैँले पूरा गर्नैपर्ने जिम्मेवारीहरूलाई कामका प्रबन्धहरूमा समावेश गरिएका यी विषयवस्तुहरूबाट अलग राख्नै मिल्दैन—यी सबै विषयवस्तुहरू जरुरी छन्। यी कामका यी विषयवस्तुहरू बाहेक, तँलाई गर्न इच्छा लागेका कामहरूबाट, तैँले जे राम्रोसँग गर्न सक्छस्, थोरै भए पनि गर्, अनि परमेश्‍वरको घरले तेरो कर्तव्य निर्वाहबाट थप मागहरू गर्दैन। त्यसकारण, जब तैँले आफ्नो काम गरिरहेको हुन्छस्, तैँले कामका यी विषयवस्तुहरू कसरी गर्ने, परमेश्‍वरको घरको कामका प्रबन्धहरूले के माग गर्छन्, तैँले कुन विशिष्ट काम गर्नैपर्छ, त्यसलाई कसरी कार्यान्वयन गर्ने, त्यो राम्ररी कार्यान्वयन भइरहेको छ कि छैन, हालको प्रगति के छ, तैँले उक्त कामको अनुगमन गरेको छस् कि छैनस्, राम्रोसँग नगरिएको वा विचलन र त्रुटिहरू भएको कामको कुनै विषयवस्तु छ कि छैन, र त्यस काममा सहभागी हुने सबैले वास्तवमा काम गरिरहेका छन् कि छैनन् भनेर मनन गर्नुपर्छ—तैँले सधैँ यी कुराहरू मनन गरिरहनुपर्छ। अब तिमीहरूले कामका प्रबन्धहरूमा संलग्न निश्चित कामका विषयवस्तुहरू बुझिसकेपछि, के मैले यी प्रत्येक विषयवस्तुहरूको सरल व्याख्या गर्न जरुरी छ? अथवा सायद तिमीहरू यस्तो सोचिरहेका छौ: “हामी यी कामका विषयवस्तुहरूसँग कति धेरै वर्षदेखि सम्पर्कमा रहेका छौँ र हामीले ती सबै बुझ्छौँ; फेरि तिनको व्याख्या गर्नु आवश्यक छैन—बरु केही महत्त्वपूर्ण कुराबारे सङ्गति गर्नुहोस्। यो विषय त्यति महत्त्वपूर्ण छैन, हामीले यसको बारेमा जाने पनि या नजाने पनि फरक पर्दैन, र हामी यसको बारेमा सुन्न चाहँदैनौँ।” के यो विषयलाई थप व्याख्या गर्न जरुरी छ? (छ।) जरुरी छ भने, त्यसबारे सरल शब्दमा कुरा गरौँ न त। म केही यस्ता विषयवस्तुहरू चुन्नेछु जुन तिमीहरूका लागि तुलनात्मक रूपमा अपरिचित छन्, जुन त्यति निर्दिष्ट छैनन्, जुन अलि अमूर्त छन्, अनि तीबारे सङ्गति गर्नेछु।

अ. प्रशासनिक काम

पहिलो विषयवस्तु ‘प्रशासनिक काम’ बारे सङ्गति गरेर सुरु गरौँ। प्रशासनिक काम तुलनात्मक रूपले अमूर्त हुन्छ र पर्याप्त रूपमा मूर्त हुँदैन, र धेरै मानिसहरूले त्यसलाई बुझ्दैनन्। विशेषगरी, छोटो समयका लागि मात्र परमेश्‍वरमा विश्‍वास गरेकाहरूलाई मण्डलीको गठन र त्यसको प्रशासनिक कामबारे साँच्चिकै थाहा हुँदैन, र तिनीहरूलाई प्रशासन भनेको के हो भन्ने थाहा हुँदैन। यो प्रशासन परमेश्‍वरले जारी गर्नुभएका प्रशासनिक आदेशहरूसरह होइन। यस प्रशासनिक काममा मुख्यगरी मण्डलीहरू स्थापना गर्ने कामबारे परमेश्‍वरको घरका विशिष्ट सर्तहरू संलग्न हुन्छन्। अनि यी विशिष्ट सर्तहरूको विषय के हुन्छ? तिनमा मण्डलीहरू कसरी विभाजित गरिन्छन्, प्रत्येक मण्डलीमा कति जना मानिसहरू छन्, मण्डलीहरूलाई कसरी नामकरण गरिन्छ, आदि समावेश हुन्छन्। कामका प्रबन्धहरूमा मण्डलीहरू तिनका प्राकृतिक भौगोलिक वातावरणअनुसार विभाजित हुनुपर्ने, ३० देखि ५० जना मानिसहरू तुलनात्मक रूपमा एकअर्कासँग नजिक बस्नुलाई मण्डली भनेर वर्गीकृत गरिने भनेर तोकिएको छ। उदाहरणका लागि, मानौँ क्षेत्र ‘क’ मा तीन-चार वटा गाउँहरू पर्छन्; यदि यी गाउँहरूमा ५० जना विश्‍वासीहरू छन् भने, तिनीहरूलाई मण्डली भनेर वर्गीकृत गर्न सकिन्छ। उनीहरूसँग भेला राख्ने आफ्नै समय र स्थानमा हुनेछ, उनीहरूसित मण्डली अगुवा र डिकनहरू हुनेछन्, साथै गर्नका लागि मण्डलीको निश्चित काम हुनेछ, र ती सबै यस मण्डलीद्वारा सँगै व्यवस्थित गरिनेछन्। मण्डलीहरूको विभाजन र मण्डलीहरूमा हुने सदस्यहरूको सङ्ख्याको सम्बन्धमा तोकिएको सर्त यही हो। साथसाथै, यो मण्डली एउटा निश्चित जिल्लाको जिम्मेवारी अन्तर्गत पर्नेछ, जुन त्यो कुन जिल्लामा अवस्थित छ भन्ने कुरामा भर पर्छ, अनि त्यस मण्डलीमा भएभरका विभिन्न कामहरूका लागि त्यो जिल्ला जिम्मेवार हुनेछ, जस्तै त्यहाँको मण्डली जीवन, अगुवा र डिकनहरू उचित छन् कि छैनन्, परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने, विभिन्न कामका प्रबन्धहरू कार्यान्वयन गर्ने, र माथिका मागहरू सञ्चार गर्ने, आदि। कति वटा मण्डलीहरू मिलेर एउटा जिल्ला बन्छ, र कति वटा जिल्लाहरू मिलेर एउटा क्षेत्र बन्छ, साथै क्षेत्रहरू जिल्लाहरूका लागि जिम्मेवार हुने, र जिल्लाहरू मण्डलीहरूका लागि जिम्मेवार हुने, र ती प्रशासनिक इकाईहरू हुने जस्ता कुराहरूका लागि परमेश्‍वरको घरसित विशिष्ट कामका प्रबन्धहरू हुन्छन्। सरल भाषामा, यसलाई प्रशासनिक काम भनिन्छ, र यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ। त्यसोभए, अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन् त? उनीहरूले मण्डलीहरूलाई कामका प्रबन्धअनुसार तिनको प्राकृतिक भौगोलिक वातावरण र स्थानका आधारमा विभाजन गर्नुपर्छ। यदि कुनै मण्डलीका मानिसहरूको सङ्ख्या समयसँगै बढिरह्यो भने, फेरि पनि मण्डलीलाई मानिसहरूको सङ्ख्या र भौगोलिक वातावरणको आधारमा विभाजित गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै मण्डलीमा ५० जनाबाट बढेर ८० जना मानिसहरू भए भने, त्यसलाई दुइटा मण्डलीमा विभाजित गरिनुपर्छ; यदि यी दुइटा मण्डलीहरूमा जम्मा ८० जनाबाट बढेर १५० जना मानिसहरू भए भने, तिनलाई तीनवटा मण्डलीहरूमा विभाजित गरिनुपर्छ। यदि कुनै मण्डलीमा मानिसहरू बढेर ७०, ८०, वा १०० पुगे पनि त्यसलाई अझै दुइटा मण्डलीमा विभाजित गरिएको छैन भने, के त्यसले यस मण्डलीका अगुवा र कामदारहरूले परमेश्‍वरको घरको प्रशासनिक काम बुझ्दैनन् भन्ने देखाउँदैन र? (देखाउँछ।) यस्ता समयमा, अगुवा र कामदारहरूले यस विषयसँग सम्बन्धित कामका प्रबन्धहरू पढ्नुपर्छ—कामका प्रबन्धहरूहरूबारे मण्डलीको निर्देशिकामा विशिष्ट सर्तहरू समावेश हुन्छन्। यदि कुनै मण्डलीलाई दुई नयाँ मण्डलीहरूमा विभाजित गरियो भने, प्रत्येक मण्डलीले आवश्यक अगुवा र कामदारहरू चयन गर्नैपर्छ जस्तै मण्डली अगुवाहरू, डिकनहरू, आदि। त्यसोभए, अगुवा र कामदारहरूले के गर्नुपर्छ त? उनीहरूले मण्डलीमा भएका मानिसहरूको सङ्ख्या र मण्डलीको स्थापनाको स्थिति जान्नुपर्छ र बोध गर्नुपर्छ। यो नै मण्डलीको प्रशासनिक काम हो, र यो नै सबैभन्दा ठूलो कामको विषयवस्तु हो। जहाँ परमेश्‍वरका चुनिएका मानिसहरू छन् त्यहाँ एउटा मण्डली हुनुपर्छ, अनि एक पटक मण्डली स्थापित भइसकेपछि, अगुवा र कामदारहरूले त्यस मण्डलीको कामको हरेक पक्षको जिम्मेवारी लिनैपर्छ, जस्तै परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने, मण्डली सदस्यहरूको व्यवस्थापन गर्ने, कामका प्रबन्धहरू कार्यान्वयन गर्ने ताकि उनीहरूलाई कामका प्रबन्धहरूका विषयहरू के-के हुन् भनेर थाहा होस्। प्रशासनिक काममा मुख्यगरी मण्डलीहरू स्थापना गर्ने, साथै मण्डलीहरूका प्रशासनिक सङ्गठनहरू र कर्मचारीहरू स्थापना गर्ने कुराहरू संलग्न हुन्छन्—यी सबै प्रशासनिक काम भित्रकै विशिस्ट कामहरू हुन्। कस्ता मानिसहरूले सामान्यतया कामको यो विषयवस्तु बढी सामना गर्छन्? नयाँ विश्‍वासी मण्डलीहरू, सुसमाचार समूहहरू, साथै क्षेत्रीय अगुवाहरू, जिल्ला अगुवाहरू, र सुसमाचार फैलिँदै गरेका क्षेत्रहरूका मण्डली अगुवाहरू, सबैले यो काम बढी सामना गर्छन्। त्यसका साथै, प्रशासनिक काममा एउटा विशेष काम पनि समावेश हुन्छ, जुन मण्डलीहरूलाई पूर्णकालिक कर्तव्य गर्ने मण्डली, आंशिक समय कर्तव्य गर्ने मण्डली, साधारण मण्डली, र समूह ‘ख’ हरूमा छुट्याउनु हो, र यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने अर्को कार्य हो। अगुवा र कामदारहरूमा मण्डलीहरूलाई कसरी विभाजन गर्नेबारे बोध हुनुपर्छ, र मण्डलीहरूलाई विभाजन गर्ने सिद्धान्त भनेको मानिसहरूलाई उनीहरूले पूरा गर्ने कर्तव्यहरूमा भएका भिन्नताका आधारमा फरक मण्डलीहरूमा विभाजन गर्ने, कर्तव्य पूरा गर्ने मानिसहरूलाई पूरा नगर्ने मानिसहरूबाट छुट्याउने, र पूर्णकालिक कर्तव्य पूरा गर्ने मानिसहरूलाई आंशिक समय कर्तव्य पूरा गर्नेहरूबाट छुट्याउने हो—यो अर्को विशेष र विशिष्ट प्रशासनिक काम हो।

आ. कर्मचारीसम्बन्धी काम

दोस्रो विषयवस्तु, कर्मचारीसम्बन्धी काम। यो विषयवस्तु सबै तहका अगुवा र कामदारहरूको चयन, नियुक्ति, र बर्खासीसँग सम्बन्धित छ। कामका प्रबन्धहरूले निर्वाचन प्रणालीहरूका लागि, कस्ता प्रकारका मानिसहरूलाई अगुवा र कामदारहरूका रूपमा चयन गर्ने भन्नका लागि विशिष्ट सर्तहरू, साथै निर्वाचनका विधि र विशिष्ट मागहरू प्रदान गर्छन्। केही विशेष परिस्थितिहरू पनि हुन्छन्, उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग भर्खरै मात्र भेटेका छन् र एकअर्कालाई त्यति राम्रोसँग चिन्दैनन्, अनि निर्वाचनमार्फत उचित अगुवा र कामदारहरू चयन गर्न सक्दैनन् भने के गरिनुपर्छ? त्यो अवस्थामा, मानिसहरूको पदोन्नति र नियुक्ति गर्न सकिन्छ, अगुवा हुनका लागि तुलनात्मक रूपमा को चाहिँ उपयुक्त छ भनेर जाँच्नुपर्छ, र त्यसपछि तिनीहरूबारे थप जान्नुपर्छ, सङ्गति गर्नुपर्छ, र सरल जाँचहरू गर्नुपर्छ, यसपछि उनीहरूलाई नियुक्त गर्न सकिन्छ। यसका साथै, जब माथिले कुनै ठूलो परियोजनाको प्रबन्ध गर्छ वा कैयौँ मानिसहरूलाई सुपरिवेक्षकका रूपमा नियुक्त गर्छ, यो एउटा विशेष कामको प्रबन्ध हो। अर्को विशेष परिस्थिति छ, र त्यो के हो भने जब कसैले फलानो अगुवाले वास्तविक काम गर्दैन र ऊ ख्रीष्टविरोधी मार्गमा हिँड्छ भनी वर्णन गर्दै माथिलाई रिपोर्ट लेख्छ, अनि माथिले यो कुरा पुष्टि गरेपछि रिपोर्ट गरिएको अगुवालाई उसको पदबाट बर्खास्त गर्ने कामको प्रबन्ध जारी गर्छन्। यो कर्मचारीसम्बन्धी कामसँग सम्बन्धित अर्को कामको प्रबन्ध हो। छोटकरीमा, कर्मचारीसम्बन्धी काममा मण्डलीका सबै तहका अगुवा र कामदारहरूको चयन, नियुक्ति, र बर्खासी समावेश हुन्छन्। यो कामको विषयवस्तु तुलनात्मक रूपमा सरल छ, र यो बुझ्न सजिलो छ।

इ. सुसमाचारको काम

तेस्रो विषयवस्तु, सुसमाचारको काम। परमेश्‍वरको घरमा प्रशासनिक काम र कर्मचारीसम्बन्धी काम पछिको ठूलो विशिष्ट पेसागत काम नै सुसमाचारको काम हो। परमेश्‍वरको घरले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू, सुसमाचार प्रचार गर्ने भौगोलिक दायरा, र सुसमाचार प्रचार गर्नुपर्ने उपाय र माध्यमहरूका सम्बन्धमा निश्चित कामका प्रबन्धहरू गर्दै यो कामको विषयवस्तुका लागि एकपछि अर्को धैरै कामका प्रबन्धहरू गरेको छ। सँगसँगै, परमेश्‍वरको घरसँग परमेश्‍वरका वचनका विभिन्न सबै पुस्तकहरू, चलचित्र र भिडियोहरू, साथै सुसमाचार प्रचारका लागि आवश्यक विविध कार्यक्रमहरूसम्बन्धी कामका प्रबन्धहरूमा पनि विशेष भनाइहरू छ, र विविध प्रकारका आम धारणाहरू र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूकाले बारम्बार सोध्ने प्रश्नहरूका सम्बन्धमा समेत भनाइहरू रहेको छ। कतिपय भनाइहरू विशेष रूपमा लेखनमा प्रस्तुत नगरिएका हुन सक्छन्, तर मौखिक र वाचिक सङ्गतिमा तीमध्ये धेरैजसो हुन्छन्। सुसमाचारको काम सधैँ अघि बढिरहेको र जारी रहिरहेको छ, र यो काम अघि बढिरहँदा, परमेश्‍वरको घरले निरन्तर रूपमा उत्पन्न हुने र निरन्तर रूपमा सामना गरिने समस्याहरूका सम्बन्धमा निश्चित कामका प्रबन्धहरू र सर्तहरू सिर्जना गरेको हुन्छ, साथै त्यसले सुसमाचार फैलाउने मानिसहरू, सुसमाचार डिकनहरू, र सुसमाचारको कामका सुपरिवेक्षकहरूलाई निश्चित विशिष्ट मागहरू र कार्यहरू पनि जारी गरेको हुन्छ। यो पछिल्लो चरणमा परमेश्‍वरको घरले सुसमाचारको कामका प्रबन्धहरूबारे धेरै कुरा नभने पनि, सत्यताको यस पक्षबारे मण्डलीमा बारम्बार सङ्गति गरिन्छ। विशेषगरी, सुसमाचार विदेशमा फैलिन थालेपछि, परमेश्‍वरको घरले विभिन्न भाषाहरूमा अनुवादको कामका निश्चित कामका प्रबन्धहरू गरेको छ। विभिन्न विदेशी भाषाहरूसँग परिचित अनुवादक र सुसमाचारसम्बन्धी कामदारहरूले यस प्रकारको काममा सहकार्य गर्न आफूले सकेको सबै गर्छन्, र परमेश्‍वरको घरले सुसमाचारको काममा सहकार्य गर्न यस प्रकारका धेरै मानव संसाधनहरू लगानी गरेको छ, र यो परमेश्‍वरको घरका कामका प्रबन्धहरूअनुरूप हुन्छ। छोटकरीमा, माथिले सधैँ सुसमाचार फैलाउने कामलाई व्यक्तिगत रूपमा मार्गदर्शन, सोधपुछ, अनुगमन र रेखदेख गरिरहेको हुन्छ। त्यसोभए, यो कामको यो विषयवस्तुको कुरा आउँदा, अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? सुसमाचारको कामका लागि सुपरिवेक्षक हुनुको अर्थ अगुवा र कामदारहरू पूर्ण रूपमा निष्क्रिय हुन सक्छन्, उनीहरूले कामलाई कुनै ध्यान नदिन, त्यसबारे सोधपुछ नगर्न, र त्यसलाई बेवास्ता मात्र गर्न, र, “काम जसरी विकसित हुन्छ, हुन देऊ। जे भए पनि, त्योसँग मेरो कुनै सम्बन्ध छैन। म मण्डली जीवन र विभिन्न प्रकारका पेसागत कामहरूका लागि जिम्मेवार छु। सुसमाचारको काममा समस्याहरू छन् भने त्यो मेरो चासोको कुरा होइन।” भनी सोच्न सक्छन् भन्ने होइन। के यो ठीक हो त? (होइन।) यो त आफ्नो कर्तव्यमा विमुख हुनु हो। परमेश्‍वरको घरको सबै काममध्ये, अगुवा र कामदारहरूले ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कामको विषयवस्तु सुसमाचारको काम हो। तँ यस कामको विषयवस्तुका लागि सिधै जिम्मेवार नबनाइएको हुन सक्छस्, तर तैँले त्यो कति विकसित भइरहेको छ र त्यसको प्रगति अवस्था कस्तो छ भन्नेबारे सोधपुछ गर्नैपर्छ—तैँले यी कुराहरूको अनुगमन गर्न, तिनका बारेमा जान्न, र तिनलाई बोध गर्न जरुरी छ। विशेषगरी केही महत्त्वपूर्ण कर्मचारीहरू, जस्तै सुसमाचार समूहहरूका सुसमाचार प्रचारक र मलजल गर्ने मानिसहरू, साथै सुसमाचारको कामका सुपरिवेक्षकहरूका सम्बन्धमा, अगुवा र कामदारहरूले उनीहरूका परिस्थितिहरू समयमै बुझ्नुपर्छ, र यदि यी कर्मचारीहरूमा समस्याहरू उत्पन्न भएमा, उनीहरूले तिनलाई तुरुन्तै समाधान गर्नैपर्छ—यो काम खटाइएपछि उनीहरूले त्यसबाट हात झिक्नु हुँदैन। त्यसमाथि, अगुवा र कामदारहरूले सुसमाचार फैलाउने काममा संलग्न सबै सुसमाचार प्रचारकहरूलाई नियमित रूपमा निरीक्षण गर्नुपर्छ र निर्देशन दिनुपर्छ, जसमा मण्डलीहरूमा रहेका र पहिलो पङ्क्तिका अनलाइन सुसमाचार प्रचारकहरू, साथै प्रत्येक समूहका मलजल गर्ने मानिसहरू समावेश हुन्छन्। परमेश्‍वरको घरका कामका प्रबन्धहरूले सारा सुसमाचार प्रचारक र मलजल गर्ने मानिसहरूले विशेष प्रशिक्षण लिनैपर्ने कुरा धेरै अघि देखि नै माग गरेको छ। विशेष प्रशिक्षण भन्नुको अर्थ के हो? यसको अर्थ ती सुसमाचार प्रचारकहरू र मलजल गर्ने मानिसहरूले दर्शनसम्बन्धी सत्यताहरूबारे प्रस्ट बुझाइ प्राप्त गरेका छन् र उनीहरूले यी कुराहरू प्रस्ट रूपमा व्याख्या गर्न सक्छन् भनी सुनिश्चित हुनुपर्छ भन्ने हो। यदि उनीहरू पूर्णतया प्रस्ट नभएका दर्शनहरूसम्बन्धी सत्यताहरूको कुनै पक्ष छ भने, त्यसबारे बारम्बार सङ्गति दिइनैपर्छ, अनि सुसमाचार प्रचारक र मलजल गर्ने मानिसहरूको बुझाइ जति विस्तृत भयो, त्यति राम्रो हुन्छ। यसका लागि परमेश्‍वरको घरसित कामका प्रबन्धहरू हुन्छ, होइन र? (हो।) सुसमाचार फैलाउने काम विशिष्ट र जटिल काम हो जसमा धेरै वटा फरकफरक कार्यहरू समावेश हुन्छन्। हरेक कार्य राम्रोसँग गरिएको र नजिकबाट अनुगमन गरिएको सुनिश्चित गरिनुपर्छ; यो परमेश्‍वरको आज्ञा हो। हरेक कार्य राम्ररी पूरा गरिनुपर्छ, र हरेक कार्यका नतिजाहरू निरन्तर रूपमा सुधार हुने सुनिश्चित गरिनुपर्छ—यो मात्र परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। चलचित्र निर्माण, लेखनमा आधारित काम, सङ्गीत, कला, र अनुवादजस्ता अरू सबै प्रकारका व्यावसायिक कामहरू सुसमाचारको कामलाई सहयोग र टेवा दिनका लागि अस्तित्वमा रहन्छन्, र सुसमाचारको काम सबैभन्दा अग्रपङ्क्तिको काम हो। त्यसकारण, विभिन्‍न कर्तव्यहरू पूरा गर्ने व्यक्तिहरूले आफ्‍नो काम राम्ररी गर्नुपर्छ र परमेश्‍वरले अपेक्षा गर्नुभएका नतिजाहरू हासिल गर्नुपर्छ। यसरी, तिनीहरू सुसमाचार फैलाउने काममा सहभागी हुनेछन्। किनभने अन्य सबै प्रकारका यी व्यावसायिक कार्यहरू सुसमाचार फैलाउने कामको खातिर गरिएका हुन्छन्, र यो सबै काम सुसमाचार फैलाउने काममा केन्द्रित हुनुपर्छ र सुसमाचार फैलाउने काममा हर कामले अटुट आपूर्ति प्रदान गर्नुपर्छ। आज, सुसमाचार प्रचार गर्नका लागि आवश्यक पर्ने सबै सामग्री, चलचित्र, र विभिन्न भिडियोहरू पर्दापछाडि रहेका परमेश्‍वरका चुनिएका धेरै मानिसहरूको प्रयासद्वारा निर्मित छन्। यी मानिसहरूले पर्दापछाडि गर्ने सबै कुराले सुसमाचार फैलाउने कामको लागि शक्तिशाली साथ प्रदान गर्छन्। विगतमा, परमेश्‍वरको घरमा चलचित्रसम्बन्धी फरकफरक प्रकारका कामहरू हुँदैनथे, त्यसमा धेरै गीतहरू हुँदैनथे, न त त्यसमा ठूलो सङ्ख्यामा अनुभवात्मक गवाही भिडियोहरू नै हुन्थे। त्यो केवल सुसमाचारसम्बन्धी कामदारहरूले निरन्तर रूपमा सङ्गति प्रदान गरेकोमा मात्र भर पर्थ्यो। सुसमाचारसम्बन्धी कामदारहरूले मुख सुकिन्जेल कुरा गर्थे, र कुनै उल्लेखनीय नतिजाहरू देख्छन् नै भन्ने थिएन, र कुनै एउटा व्यक्ति प्राप्त गर्न गाह्रो हुन्थ्यो। मण्डलीले हर प्रकारका भिडियोहरू निर्माण गरेपछि, सुसमाचार समूहहरूको काम तुलनात्मक रूपमा हल्का, र पहिलेभन्दा धेरै सहज बन्यो, साथै कामको प्रभावकारिता बढ्यो। कतिपय मानिसहरू सोचमा जिद्दी र रूढिवादी हुन्छन्, अनि तैँले तिनीहरूलाई सुसमाचार प्रचार गर्दा, तैँले सत्यताबारे चाहे जति सङ्गति गरे पनि, त्यो काम लाग्दैन, र तिनीहरूले आफ्ना धारणाहरू कायम राख्छन् र त्यसलाई स्विकार्न मान्दैनन्—त्यसपछि तैँले के गर्छस्? तैँले तिनीहरूलाई सुसमाचारसम्बन्धी एकदुई वटा गवाही चलचित्रहरू हेर्न लगाउँछस्, अनि तिनीहरूका धारणाहरूमा रूपान्तरण आउँछ, र साँचो मार्गबारे तिनीहरूलाई राम्रो महसुस हुन थाल्छ। जब तिनीहरू फेरि खोजी गर्न आउँछन्, तिनीहरूका हृदयमा उप्रान्त कुनै ठूला बाधा वा अवरोधहरू हुँदैनन्, अनि तैँले फेरि तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा, तिनीहरूले त्यसलाई सजिलै स्विकार्न सक्छन्। त्यही कारणले तैँले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई परमेश्‍वरको घरले निर्माण गरेका चलचित्रहरू देखाउँदा, वा परमेश्‍वरका वचनहरू पढेर सुनाउँदा, वा अनुभवात्मक गवाही भिडियोहरू देखाउँदा नतिजाहरू साँच्चिकै प्रस्ट हुन्छन्—यसो गर्नु तैँले तिनीहरूलाई जति वचनहरू भन्नुभन्दा बढी प्रभावकारी हुन्छ। साँचो मार्गको खोजी र अनुसन्धान चाहे जसले गरिरहेको भए पनि, सुरुमा उसलाई केही चलचित्रहरू हेर्न लगा, र त्यसपछि परमेश्‍वरका वचनहरू अझ बढी पढ्न लगा, र यसरी तिनीहरूका लागि मार्ग प्रशस्त गर्। यसपछि, तिनीहरूका धारणाहरू समाधान गर्नलाई तिनीहरूसँग सत्यताबारे सङ्गति गर्। यसले कामकुराहरूलाई अझ धेरै सहज बनाउँछ। अचेल, साँचो मार्ग अनुसन्धान गरिरहेकाहरूले परमेश्‍वरको घरद्वारा निर्मित धेरै चलचित्र र गवाही भिडियोहरू पहिल्यै इन्टरनेटमा हेरिसकेका हुन्छन्, र विशेषगरी, तिनीहरूले परमेश्‍वरका धेरै वचनहरू पढेका हुन्छन्; खोजी र अनुसन्धान गर्न आउनुअघि नै तिनीहरूमा साँचो मार्गबारे राम्रो भावना हुन्छ, र तिनीहरूले मूलतः त्यो नै साँचो मार्ग हो भनेर चिनिसकेका हुन्छन्। के तिमीहरूले यसमा केही कुरा पत्ता लगाएका छौ? परमेश्‍वरको घरले निर्माण गर्ने यी चलचित्रहरू, यी परमेश्‍वरका वचन वाचन गरिने भिडियोहरू, यी अनुभवात्मक गवाही भिडियोहरू, भजनका भिडियोहरू, आदि परमेश्‍वरको गवाही दिनका लागि अत्यन्तै प्रभावकारी हुन्छन्! सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग सङ्गति र बहस गरेर त्यति धेरै सास खेर फाल्नु आवश्यक नै छैन; एक पटक यी भिडियोहरू हेरिसकेपछि, तिनीहरू साँचो मार्ग स्विकार्न सक्षम हुन्छन्। यसले सुसमाचार प्रचार गर्नेहरूको धेरै समय जोगाउँछ र यसले सुसमाचार प्रचारका लागि सबै पृष्ठ-सहयोग अत्यन्तै शक्तिशाली छ भन्ने देखाउँछ! सुसमाचार प्रचार गर्नका लागि विभिन्न प्रकारका स्रोतहरू यति प्रशस्त छन्! सुसमाचार स्विकार्ने सम्भावना भएका धेरै जना अनलाइनमा गएर परमेश्‍वरको काम अनुसन्धान गर्दा चकित हुन्छन्, किनभने परमेश्‍वरको घरको वेबसाइटमा अत्यन्तै धेरै कुरा हुन्छ र प्रचुर सामग्री हुन्छ! परमेश्‍वरका वचनहरू प्रचुर हुन्छन्, सबै प्रकारका चलचित्र र भिडियोहरू प्रचुर मात्रामा हुन्छन्, साथै अनुभवात्मक गवाहीहरूको कुरा आउँदा, ती प्रचुर हुन्छन् र त्यसमा तँलाई चाहिने सबथोक हुन्छ। यो साँच्चिकै पवित्र आत्माको काम र मार्गदर्शनको नतिजा हो! यो साँच्चिकै सबै परमेश्‍वरको कामबाट आएको हो। ठूलो रातो अजिङ्गर र धार्मिक संसारले चाहे जसरी अफवाहहरू फैलाए पनि र त्यसलाई कलङ्कित गरे पनि, त्यो व्यर्थ हुन्छ। जे भए पनि, परमेश्‍वरको घरका सबै कामका विषयवस्तुले हासिल गरेका नतिजाहरू र प्राप्त गरेका फलहरू सबैले प्रस्ट रूपमा देख्न सक्छन्, र ती परमेश्‍वरका वचनहरूद्वारा हासिल गरिएका तथ्यहरू हुन्।

राज्यको सुसमाचार फैलाउने काममा, परमेश्‍वरको घरका सबै कामहरू अत्यन्तै विधिवत तरिकाले मिलाइएका हुन्छन् र सुव्यवस्थित रूपमा अघि बढ्छन्। सुसमाचार फैलाउने काम महत्त्वपूर्ण, दीर्घकालीन, र कठिन काम हो। त्यसकारण, सुसमाचारको काम लिने व्यक्तिहरू, चाहे सुपरभाइजर हुन् वा सुसमाचारसम्बन्धी साधारण कामदारहरू हुन्, तिनीहरूले आफ्‍नो हृदयमा यो कामको महत्त्व पुष्टि गरेको हुनुपर्छ। तिमीहरूले सुसमाचारको अग्रपङ्क्तिमा रहेर काम गरिरहेको र आफ्‍नो कर्तव्य पूरा गरिरहेको हुने भए पनि, तिमीहरूको पछाडि, अर्थात्, पर्दापछाडि धेरै दाजुभाइ-दिदीबहिनीहरूले विभिन्‍न किसिमका सहायक काम गरिरहेका हुन्छन्, र तिनीहरू सुसमाचार फैलाउने काममा साथ दिने शक्ति हुन्। मेरो तात्पर्य के हो? परमेश्‍वरको घरको सबै काम सुसमाचार फैलाउने कार्यमा केन्द्रित हुन्छ, र परमेश्‍वरका चुनिएका सबै मानिसहरूले निर्वाह गर्ने कर्तव्यले सुसमाचार फैलाउने सेवामा हुन्छन्। कर्तव्य पूरा गर्ने हरेक दाजुभाइ-दिदीबहिनीले सुसमाचारको काममा सहभागिता जनाएको हुन्छ, र हरप्रकारको काम निकटतम र घनिष्ट रूपमा सुसमाचारको कामसँग सम्‍बन्धित हुन्छ। छोटकरीमा, सुसमाचारको कामलगायत हरेक काम परमेश्‍वरको कामको गवाही दिनको लागि राम्रोसँग पूरा गरिनु पर्ने कर्तव्य हो, जुनसुकै काम श्‍वसबैभन्दा महत्त्वपूर्ण कामसित अर्थात् परमेश्‍वरको बारेमा गवाही दिनुसित निकट रूपमा सम्बन्धित हुन्छ। यो पूर्णतया सही हो। त्यसकारण, परमेश्‍वरको घरले सुसमाचार प्रचार गर्ने कामलाई कामका सबै विषयवस्तुहरूको सूचिको शीर्षस्थानमा राख्छ, र त्यो परमेश्‍वरको घरका विभिन्न प्रकारका सबै कामका विषयवस्तुहरूमध्ये पहिलो नम्बरमा आउँछ—यो पूर्णतया उचित हो। यो एउटा ठूलो, कठिन र दीर्घकालीन कामको विषयवस्तु हो, साथै परमेश्‍वरको चुनिएको हरेक व्यक्ति र परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिमा यो काम राम्रोसँग गर्ने तयारी गर्नका लागि र यो लामो लडाइँ लड्नका लागि तागत, धैर्य, र पर्याप्त आस्था हुनुपर्छ। तँ १० वर्ष, २० वर्ष, वा ३० वर्ष, टिकेर लागिपरेको भए पनि, तँ सधैँ परमेश्‍वरप्रति बफादार हुनुपर्छ, तैँले आफ्नो जीवन र जीवनकाल सुसमाचार प्रचार गर्ने काममा अर्पण गर्नुपर्छ, र तँ अन्त्यसम्म परमेश्‍वरप्रति बफादार हुनुपर्छ। यो परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले कर्तव्यबद्ध भएर वहन गर्नैपर्ने महत्त्वपूर्ण जिम्मेवारी हो, यो सबैको कर्तव्य हो, र परमेश्‍वरले सबैलाई सुम्पनुहुने आज्ञा पनि यही हो।

मेरो यो सङ्गतिमार्फत, के तिमीहरू सबैले हृदयमा जोस पाएका छौ, र के तिमीहरूले सुसमाचारको कामलाई महत्त्वपूर्ण मान्न थालेका छौ? कतिपय मानिसहरूले पहिले यसो भनेका छन्, “म कुनै प्राविधिक पेसाहरू बुझ्दिनँ, मलाई अभिनय गर्न आउँदैन र म कलाकार हुन सक्दिनँ, शब्दहरू प्रयोग गर्ने कुरामा मेरो कुनै बलियो जग छैन, त्यसैले मलाई लेखहरू लेख्न आउँदैन, म सङ्गीत बुझ्दिनँ र मलाई कलाको बारेमा त झनै कम थाहा छ। म कुनै पनि कुरामा राम्रो नभएकाले मलाई सुसमाचार समूहमा खटाइएको थियो। के सुसमाचार समूहहरू परमेश्‍वरको घरको भुलिएका सन्दुक सरह होइनन् र? र मलाई भुलिएको सन्दुकमा पठाइएकोले, के मैले अझै पनि मुक्ति प्राप्त गर्ने कुनै आशा रहन्छ?” कुरा यही हो त? यदि तैँले यो परिस्थितिलाई साँच्चिकै त्यसरी नै बुझ्छस् भने, तैँले परमेश्‍वरलाई गलत बुझेको छस्: सुसमाचार प्रचार गर्नु हरेक व्यक्तिको अपरिहार्य जिम्मेवारी हो। यदि तैँले केही कुरामा पनि कुशल छैनस् र कुनै प्राविधिक पेसा बुझ्दैनस्, र तैँले सक्ने भनेकै सुसमाचार प्रचार गर्नु मात्र हो भने, तँलाई सुसमाचार समूहमा कर्तव्य पूरा गर्ने प्रबन्ध गरिनेछ। यो तेरो अन्तिम मौका हो, र यो तँलाई एउटा सामानको रूपमा खेर नफालियोस्, र यथासम्भव प्रयोग गर्न सकियोस्, भन्ने सुनिश्चित गर्नका लागि गरिन्छ, ताकि तैँले मानवजातिको रूपमा आफ्नो कार्यलाई सबैभन्दा उच्च हदसम्म निर्वाह गर्न सक्। यदि तँ केही कुरामा पनि कुशल छैनस् र तँ आफूले गर्ने हरेक कुरामा मन्द बुद्धिको छस्, तर तैँले सुसमाचार प्रचार गर्ने कर्तव्य राम्रोसँग पूरा गर्न सक्छस्, र तँलाई सुसमाचार स्विकार्नेहरू खोज्न भनिए पनि, तैँले यो काम व्यावहारिक तरिकाले गर्न सक्छस्, र आफूले भेट्टाएका सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई सुसमाचार प्रचारकहरूकहाँ पठाउन सक्छस्। त्यो सँगसँगै, तैँले बिस्तारै परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वरका अभिप्रायहरूबारे प्रचार कसरी गर्ने भनेर सिक्न, अनि मानिसहरूलाई परमेश्‍वरसामु ल्याउन सक्छस्। के यो तेरो कर्तव्य होइन र? अन्य मानिसहरूले लेखन-पठनको काम, चलचित्र निर्माणको काम, र अन्य प्रकारका कामहरूमा संलग्न भएर केही नतिजाहरू निकाल्छन्, तर तँलाई यी कुराहरू गर्न आउँदैन, र तँमा कुनै विशेष प्रतिभा वा वरदानहरू छैन, तैपनि तैँले आफ्नो शक्तिलाई सुसमाचारको काममा अर्पण गर्छस्, तैँले आफ्नो सर्वस्व लगाएर आफ्नो कर्तव्य पूरा गर्छस्, र तँ परमेश्‍वरले दिनुभएको आज्ञा वहन गर्छस् भने, के यी असल कार्यहरू होइनन् र? यी पनि असल कार्यहरू नै हुन्, र परमेश्‍वरलाई तिनलाई याद गर्नुहुनेछ। यसले यी वचनहरू पूरा गर्छ: मानिसहरूले पूरा गर्ने कर्तव्यहरूमा महानता वा तुच्छताका कुनै भिन्नताहरू हुँदैनन्; महत्त्वपूर्ण कुरा केवल तँ आफ्नो कर्तव्यमा बफादार छस् कि छैनस् र तैँले त्यसलाई मानक पूरा गर्ने शैलीले गर्छस् कि गर्दैनस् भन्ने हो। परमेश्‍वरले सबैलाई निष्पक्ष र समान रूपमा व्यवहार गर्नुहुन्छ; तैँले केही पनि गर्न नसक्ने भएकोले, तँलाई सुसमाचार प्रचार गर्न भनिन्छ—यो तैँले अरू कुनै कर्तव्य लिन नसक्ने परिस्थितिमा तँलाई तेरो अन्तिम सम्भावित कार्य गर्न मदत गर्नका लागि गरिन्छ। यसमार्फत, तँलाई एउटा अवसर र आशाको किरण दिइएको हो; तँलाई आफ्नो कर्तव्य पूरा गर्ने अधिकारबाट वञ्चित गरिएको होइन। परमेश्‍वरसित अझै पनि तेरो लागि एउटा आज्ञा छ र उहाँ तँविरुद्ध पक्षपाती हुनुहुन्न। त्यसकारण, सुसमाचार समूहहरूमा खटाइनेहरूलाई भुलिएको सन्दुकमा पठाइएको होइन, न त तिनीहरूलाई त्यागिएको नै हो, बरु तिनीहरू फरक ठाउँमा आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्। सुसमाचारको कामका प्रबन्धहरूबारे सङ्गति गरेपछि, के अब तिमीहरूले त्यसलाई राम्रो मान्छौ र तिमीहरूमा त्यसबारे कुनै गलतफहमी छैन हो? (हो।) के तिमीहरूले त्यसबारे दम्भी महसुस गर्नेछौ? मानिसहरूले चाहे जे कर्तव्य पूरा गरे पनि, उनीहरूप्रति परमेश्‍वरका मागहरू बदलिँदैनन्: परमेश्‍वरले उनीहरूको बफादारी र निष्कपटता चाहनुहुन्छ। यदि तैँले “म अरूको ध्यानमा पर्न खोज्दिनँ, मलाई दम्भी महसुस हुनेछैन, म परमेश्‍वरले जे गर्न भन्नुहुन्छ केवल त्यही गर्छु” भन्छस्, तर तँमा कुनै बफादारी छैन, कुनै निष्कपटता छैन भने, त्यसले काम गर्नेछैन। तैँले सुसमाचारको कामलाई चाहे जसरी बुझे पनि, जुनसुकै अवस्थामा, यदि तँसँग बफादारी र निष्कपटता हुन पुग्यो भने, तेरो कर्तव्य निर्वाह मानक अनुरूप हुनेछ। तैँले सुसमाचार प्रचार गर्ने कर्तव्यलाई चाहे जति राम्रो माने पनि वा त्यसप्रति तेरो मनोवृत्ति चाहे जति सकारात्मक भए पनि, यदि तैँले कष्ट सहन सक्दैनस्, र तँमा कुनै तागत र कुनै बफादारी छैन भने, त्यसले पनि काम गर्नेछैन। त्यसकारण, तँलाई चाहे जहाँ राखिए पनि, तँ जुनसुकै समय वा स्थानमा भए पनि, तँ जस्तोसुकै मानिसहरूको सम्पर्कमा आए पनि र तैँले चाहे जे कर्तव्य पूरा गरे पनि त्यसले फरक पार्दैन। परमेश्‍वरले सधैँ तँलाई हेर्नुहुनेछ र तेरो हृदयको गहनतम भाग छानबीन गर्नुहुनेछ। यस्तो नसोच् कि तँ एउटा सुसमाचार समूहको सदस्य भएकाले परमेश्‍वरलाई तँलाई ध्यान दिनुहुन्न वा परमेश्‍वरले तँलाई देख्न सक्नुहुन्न, र त्यसकारण तैँले जे मन लाग्यो त्यही गर्न सक्छस्। अनि यदि तँलाई कुनै सुसमाचार समूहमा खटाइयो भने, तँसँग उप्रान्त मुक्ति प्राप्त गर्ने कुनै आशा हुनेछैन भनेर सोच्ने, त्यसपछि त्यसलाई नकारात्मक रूपमा हेर्ने नगर्। यी सोच्ने दुवै शैलीहरू गलत छन्। तँलाई चाहे जहाँ राखिए पनि वा तँलाई चाहे जे कर्तव्य पूरा गर्न प्रबन्ध गरिए पनि, तैँले त्यही नै गर्नुपर्छ, र तैँले त्यो काम लगन र जिम्मेवारीपूर्वक गर्नुपर्छ। परमेश्‍वरले तँबाट गर्नुहुने मागहरू परिवर्तन हुँदैनन्, र त्यसैले परमेश्‍वरका प्रबन्धहरूप्रति तेरो समर्पणता पनि परिवर्तन हुनु हुँदैन। सुसमाचारसम्बन्धी कामदारहरूको हैसियत अन्य कर्तव्यहरू पूरा गर्नेहरूसरह हुन्छ; कुनै व्यक्तिको मूल्य उसले गर्ने कर्तव्यद्वारा नभई, बरु उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र ऊसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुराद्वारा मापन गरिन्छ। सुसमाचारको काम, यो ठूलो र विशिष्ट कामको सन्दर्भमा मैले सङ्गति गर्ने भनेको यति मात्र हो।

ई. विभिन्न प्रकारका पेसागत कामहरू

चौथो विषयवस्तु, विभिन्न प्रकारका पेसागत कामहरू। यसमा चलचित्र निर्माण, लेखन-पठन काम, सङ्गीत, कला, अनुवाद, आदि समावेश हुन्छन्। कतिपय मानिसहरूले भन्छन्, “हामी पोसाक बनाउनेहरू पनि चलचित्र निर्माणमा संलग्न छौँ। के पोसाकहरू बनाउनुलाई एक प्रकारको काम मानिन्छ?” पोसाक बनाउनुलाई चलचित्र निर्माण र सङ्गीतसम्बन्धी कामका प्रकारमै समावेश गरिन्छ; यो एक प्रकारको सहायक काम हो जसले यस्ता प्रकारका कामहरूसँग सहकार्य गर्छ। हरेक चरणमा, परमेश्‍वरको घरले यस्ता प्रकारका पेसागत कामका लागि विशिष्ट आवश्यकताहरूसम्बन्धी विशिष्ट कामका प्रबन्धहरू गरेको हुन्छ। कतिपय लेखनमार्फत सञ्चार गरिन्छन्, र कतिपय चाहिँ भेलाहरूमा मौखिक रूपमा सङ्गतिमार्फत सञ्चार गरिन्छन्। तिनलाई चाहे जसरी सञ्चार गरिए पनि, अगुवा र कामदारहरूले तिनको जिम्मेवारी वहन गर्नुपर्छ, यस कामका विषयवस्तुका लागि परमेश्‍वरको घरले जारी गरेका विशिष्ट मागहरूको अभिलेख राख्नुपर्छ र यी टिपोटहरूलाई व्यवस्थित गर्नुपर्छ, र त्यसपछि तीबारे ठोस सङ्गति गरेर तिनको विशिष्ट कार्यान्वयनमा संलग्न हुनुपर्छ। यो पनि कामको एउटा ठूलो विषयवस्तु हो, र यो सुसमाचारको कामपछि आउने दोस्रो विशिष्ट कामको विषयवस्तु हो। यो विशिष्ट कामको सन्दर्भमा भन्नुपर्दा, परमेश्‍वरको घरले विभिन्न पेसाहरूमा आबद्ध सबै कर्मचारीहरूलाई निरन्तर रूपमा आफ्ना कर्तव्यहरूसँग सम्बन्धित पेसागत ज्ञान अध्ययन गर्न, साथै परमेश्‍वरको घरको कामका लागि के-के कुराहरू उपयोगी छन् भनी निश्चित गर्नका लागि जानकारी खोज्न माग गर्छ। सँगसँगै, परमेश्‍वरको घरले निरन्तर रूपमा सत्यता सिद्धान्तहरूबारे सङ्गति गरिरहेको र विभिन्न प्रकारका पेसागत कामका लागि ठोस योजनाहरू प्रदान गरिरहेको हुन्छ। कहिलेकाहीँ यस्ता प्रकारका कामहरूबारे सुपरिवेक्षक र समूहका सदस्यहरूलाई सँगै सङ्गति दिइन्छ, र कहिलेकाहीँ तिनका बारेमा अगुवा, कामदार, र उक्त कामका विषयवस्तुका लागि जिम्मेवार सुपरिवेक्षकहरूलाई मात्र सङ्गति दिइन्छ। चाहे ती लेखनमार्फत सञ्चार र सङ्गति गरिएका हुन् वा भेलाहरूमार्फत, जे भए पनि यस्ता प्रकारका कामहरू निरन्तर रूपमा सुधार गरिन्छ र मानकअनुरूप बनाइन्छ हुन्छन्, साथै सुसमाचारको कामका खाँचोअनुसार निरन्तर रूपमा विशिष्ट प्रबन्धहरू गरिएका हुन्छन्। उदाहरणका लागि, मानौँ परमेश्‍वरको घरले तुलनात्मक रूपमा नयाँ विषयमा एउटा चलचित्र निर्माण गर्छ, र उक्त चलचित्र अत्यन्तै पेसागत तरिकाले नै छायाङ्कन गरिएको हुन्छ। उक्त चलचित्र अनलाइनमा अपलोड भएपछि, त्यसलाई अत्यन्तै रुचाइन्छ। यस्तो परिस्थितिमा, परमेश्‍वरको घरले प्रतिक्रिया र सुसमाचारको कामका आवश्यकताहरूका आधारमा यस प्रकारको कामका लागि विशिष्ट मागहरू सृजना गर्छ। छोटकरीमा, यो काम निरन्तर रूपमा सारांश र सुधार भइरहेको हुन्छ, र यो निरन्तर रूपमा विकास पनि भइरहेको हुन्छ।

विभिन्न प्रकारका पेसागत कामहरूका लागि परमेश्‍वरको घरका प्रबन्धहरूले मानिसहरूलाई अझ बढी अध्ययन गर्न, साथै प्रशिक्षक र विभिन्न प्रकारका स्रोत र शैक्षिक सामग्रीहरू खोजेर तीबाट सिक्न माग गर्छन्। उदाहरणका लागि गायनलाई लिऊँ; सिक्नका लागि एउटा प्रशिक्षक खोज्नु र उनलाई स्वर प्रशिक्षण गर्न लगाउनु पनि एउटा निश्चित कामको प्रबन्ध हो। यो बन्दोबस्त सुनेपछि, अगुवा र कामदारहरूले माथिका मागहरूअनुसार यो काम गर्न उपयुक्त शिक्षक खोज्नुपर्छ र उनलाई हाम्रा गायकहरूलाई प्रशिक्षण दिन लगाउनुपर्छ, गायकहरूलाई सही स्वर सङ्गीतको ज्ञान अनि गाउने सही तरिका अध्ययन गर्न मदत गर्न लगाउनुपर्छ, र अवश्य नै, सिक्नका लागि पुराना कृतिहरू खोज्नुपर्छ। सङ्गीत रचना र कोरस गायनसम्बन्धी पेसागत ज्ञान सधैँ अध्ययन गरिनुपर्छ, र परमेश्‍वरको घरका कामका प्रबन्धहरूले सधैँ मानिसहरूलाई निरन्तर रूपमा आफ्ना कर्तव्यहरूसँग सम्बन्धित पेसागत ज्ञान अध्ययन गर्न, र निश्चित उन्नत र व्यावहारिक विधिहरू सिक्न, आदि माग गर्छन्। यी कामका प्रबन्धहरू र मागहरू केवल एक पटक जारी गरेर सकिने कुरा होइनन्, बरु अगुवा र कामदारहरूबाट यी कामका प्रबन्धहरूबारे बारम्बार सङ्गति गर्न, पेसागत काममा संलग्न भएकाहरूलाई मार्गदर्शन गर्न, उनीहरूलाई निरन्तर रूपमा अध्ययन गर्ने तुल्याउन, र सबै प्रकारका पेसागत कामहरूलाई निरन्तर र प्रभावकारी रूपमा विकसित र गहन बनाउनका निम्ति लागिपर्ने तुल्याउन, र यथास्थितिमा नबस्न माग गरिन्छ। कतिपय मानिसहरूले सोच्छन्, “कामका प्रबन्धहरू आज हामीलाई जारी गरिएका छन्, त्यसैले हामीले तिनलाई यही महिना मात्र अभ्यास गर्नुपर्छ र त्यसपछि मामला सकिन्छ। यदि माथिले त्यसका बारेमा भविष्यमा केही पनि भनेन भने, सायद हामीले तिनलाई अभ्यास गरिरहन पर्दैन।” के कुरा साँच्चिकै यही हो त? (होइन।) अगुवा र कामदारहरूले यस तरिकाले बिलकुलै सोच्नु हुँदैन, तर बारम्बार सोधपुछहरू गरिरहनुपर्छ र यसो सोध्नुपर्छ, “तिमीहरूको यो पेसाबारे अध्ययन कस्तो चलिरहेको छ? के तिमीहरूले कुनै कठिनाइहरू सामना गरिरहेका छौ? के त्यसमा सिद्धान्तहरूसँग बाझिने वा तिनका विरुद्धमा जाने केही कुरा छ? आफ्नो अध्ययनमा कसले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ, को सबैभन्दा कुशल छ, र कसले त्यो सबैभन्दा छिटो सिकेको छ? यी सिद्धान्तहरू अध्ययन गरेपछि, तिमीहरूलाई आफूले सिकेका कुराहरूमध्ये किन चाहिँ परमेश्‍वरको घरको कामका लागि प्रयोग गर्न उचित लाग्छ?” यसमाथि, अगुवा र कामदारहरूले विदेशी भाषाहरू अध्ययन गरिरहेका सुसमाचार समूहका मानिसहरूलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ, “तिमीले कति वर्षदेखि यो विदेशी भाषा सिक्दै आएका छौ? अहिले तिम्रो पढाइ कस्तो हुँदै छ? तिमी दिनहुँ कतिवटा छलफलमा संलग्न हुन सक्छौ? के तिमीले साधारण आत्मिक शब्दहरू अनुवाद गर्न सक्छौ? के तिमीले सुसमाचार प्रचार गर्नेसँग सम्बन्धित यी सत्यताहरू बताउन यो विदेशी भाषा प्रयोग गर्न सक्छौ? अहिले तिम्रो बोलाइ राम्रो छ कि लेखाइ? के तिमीलाई सिक्नका लागि कुनै शिक्षकको मदत चाहिन्छ? के विदेशी भाषाहरू अध्ययन गर्न बढी उपयुक्त र दक्ष अरू कोही छ? के यस प्रकारका कर्मचारीहरूको सङ्ख्या बढेको छ? के कसैलाई भाषा सिक्नु अत्यन्तै झन्झटिलो र कठिन छ भन्ने लागेको, त्यसैले उसले उप्रान्त त्यो सिक्न नचाहेको, र बीचमै हार मान्न चाहेको, र अर्को कर्तव्यमा लाग्न चाहेको छ?” यस प्रकारका कामसँग सम्बन्धित यस्ता विशिष्ट मामलाहरूबारे बारम्बार सोधपुछ र सुपरिवेक्षण गर्नुपर्छ। माथिले विशिष्ट कामका प्रबन्धहरू गरेकाले, सुपरिवेक्षकहरूले यी विशिष्ट कार्यहरूको अन्तिमसम्म नै जिम्मेवारी लिनुपर्छ। माथिले सोधपुछ नगरुन्ज्ले निष्क्रिय रूपमा पर्खेर नबस्; माथिले छ महिना वा एक वर्षसम्म कुनै सोधपुछ नगरे पनि, तैँले सबै काम आफ्नो क्षमताले भ्याएसम्म राम्रोसँग अझै पनि गर्नुपर्छ, र तँ हरबखत माथिको निरीक्षण र निर्देशन स्विकार्न तयार रहनुपर्छ—यो नै सही मानसिकता हो। किनभने कामका प्रबन्धहरू जारी र सञ्चार गरिएका छन्, र तँ कामको सुपरिवेक्षक भएको नाताले त्यसको अनुगमन गर्न जिम्मेवार हुन्छस्, र तैँले त्यसकारण आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। तर, यदि तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम छैनस् भने, तँ केही नकामको होस् र तँलाई बर्खास्त गर्नुपर्छ र हटाइनुपर्छ। त्यसैले, अगुवा र कामदारहरूले यी विशिष्ट कामका प्रबन्धहरू वा माथिले दिएका सङ्गतिहरूबारे बारम्बार चिन्तन र सङ्गति गर्नुपर्छ, र त्यसपछि तिनलाई कार्यान्वयन गर्नुपर्छ र परिस्थितिअनुसार कामको अनुगमन गर्नुपर्छ। उनीहरूले हालै कस्ता प्रकारका कामहरूलाई बेवास्ता गरेका छन्, र लामो समयदेखि जाँच गरेका छैनन्, र कुन चाहिँ काममा उनीहरू व्यक्तिगत रूपमा त्यति राम्रा छैनन् र उनीहरूले कुन कामका बारेमा हालै सोधपुछ गरेका छैनन्, र परिणामस्वरूप उनीहरू कसको पछिल्लो अवस्थाबारे अनभिज्ञ छन् भनेर हेर्नुपर्छ, र त्यसपछि गएर तिनीहरूलाई हेर्नुपर्छ। यसका साथै, विभिन्न प्रकारका पेसागत कामहरूको सन्दर्भमा, परमेश्‍वरको घरले अर्को विशिष्ट प्रबन्ध गरेको हुन्छ: त्यसले माग गर्छ कि सान्दर्भिक प्रतिभाशाली व्यक्तिहरू निरन्तर रूपमा खोजिनुपर्छ, तिनीहरूको जगेर्ना, र प्रवर्धन गरिनुपर्छ। त्यसोभए, अगुवा र कामदारहरूले यो कामको प्रबन्ध प्राप्त गर्दा, उनीहरूले के गर्नुपर्छ? उनीहरूले यस्तो काम गर्न उपयुक्त व्यक्ति कोही छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। यदि केही मानिसहरू यस प्रकारको काम गर्न उपयुक्त छन् तर तिनीहरूमा प्राविधिक पेसाबारे धेरै बोध छैन भने, तिनीहरूलाई चाँडो जगेर्ना गरेर त्यसबारे अध्ययन गर्ने र प्रशिक्षण लिने प्रबन्ध गरिनुपर्छ। छोटकरीमा, विभिन्न प्रकारका पेसागत कामहरू पनि महत्त्वपूर्ण कामका विषयवस्तु नै हुन्। यो काममा थुप्रै विषयवस्तुहरू समावेश हुन्छन्, र त्यसको दायरा पनि विशाल हुन्छ, साथै परमेश्‍वरको घरले त्यसका लागि कैयौँ विशिष्ट कामका प्रबन्धहरू गरेको हुन्छ। यस कामको विषयवस्तुका लागि चाहिने भनेको निरन्तर अध्ययन, सङ्क्षेपण, र गहनतामा प्रवेश हो, साथै यसलाई निरन्तर मानकअनुरूप बनाउनका लागि उचित सिद्धान्तहरू पनि फेला पार्नुपर्छ। यसबाहेक, यस्ता कर्तव्यहरू पूरा गर्न उपयुक्त प्रतिभाशाली व्यक्तिहरूलाई निरन्तर जगेर्ना गर्नुपर्छ। विभिन्न प्रकारका पेसागत कामहरूको यो ठूलो विषयवस्तुका लागि गरिएको कामको प्रबन्ध नै यही हो, र यो बुझ्न पनि सजिलो छ।

ङ. मण्डली जीवन

पाँचौँ विषयवस्तु, मण्डली जीवन। परमेश्‍वरको घरले मण्डली जीवनको अवधिमा खान-पिन गर्ने सामग्री, मण्डली जीवनको ढाँचा, र मण्डली जीवन जिउने मानिसहरूको सङ्ख्याका सम्बन्धमा विशिष्ट प्रबन्ध र विनियमहरू बनाएको छ। परमेश्‍वरको घरसित विशेष परिस्थिति र अवस्थाहरूमा भेलाहरूको ढाँचा र मण्डली जीवनको सामग्री सम्बन्धी त्यही अनुरूपका कामका प्रबन्धहरू पनि छन्। यस्ता प्रकारका प्रबन्धहरू मुख्यतः लिखित रूपमा जारी गरिन्छन्। फरक-फरक देशहरूमा नयाँ विश्वासीहरूको मण्डली जीवन—उनीहरूका भेलाहरूको ढाँचा र मात्रा, र भेलाहरूका अवधिमा उनीहरूले खाने र पिउने सामग्री, र आदि—का लागि गरिने कामका प्रबन्धहरू मूलतः केही विशेष परिस्थितिहरूमा बाहेक, जातीय चिनियाँ मण्डली जीवनका कामका प्रबन्धहरूसँग मिल्दो हुन्छन्। मैले भर्खरै तँलाई मण्डली जीवनसँग सम्बन्धित कामका प्रबन्धहरूको दायराको समग्र चित्र दिएको छु—त्यसमा खाइने र पिइने परमेश्‍वरका वचनहरूको सामग्री, भेलाहरूमा सत्यताबारे सङ्गति गर्ने हालसालैका सामग्री, र भेलाहरूमा गरिने सङ्गतिको ढाँचा समावेश छन्। उदाहरणका लागि, भेलाहरूमा सङ्गति गर्नमा एउटै व्यक्तिलाई हाबी हुन नदिने, हरेक व्यक्तिलाई सङ्गति गर्न दिइने अधिकतम समय, लामो-घुमाउरो कुरा गर्ने र आफ्नो कुरा अस्पष्ट रूपमा व्यक्त गर्ने मानिसहरूलाई कसरी व्यवहार गर्ने र सम्हाल्ने, र आदि—मण्डली जीवन र भेलाहरूसँग सम्बन्धित यी सबै विशिष्ट कुराहरूबारे कामका प्रबन्धहरूमा विशिष्ट भनाइहरू छन्। अगुवा र कामदारहरू एकातिर यी कामका प्रबन्धहरू जारी र सञ्चार गर्न जिम्मेवार हुन्छन्, र अर्कोतिर, उनीहरू तिनका बारेमा दाजुभाइ-दिदीबहिनीहरूसँग प्रस्ट रूपमा सङ्गति गर्न, मण्डलीका सबै सदस्यहरूलाई ती कुराहरू बुझ्ने र स्विकार्ने तुल्याउन जिम्मेवार हुन्छन्, जसपछि उनीहरूले तिनलाई कडाइका साथ कार्यान्वयन र पालना मात्र गर्नुपर्ने हुन्छ। विशेषगरी, भेलाहरूमा बोल्दा बारम्बार विषय बाहिर जाने, अवरोधहरू पुऱ्याउने, शब्द र धर्मसिद्धान्तहरू बोल्ने, र नाराहरू फलाक्नेहरूलाई प्रतिबन्ध लाउनुपर्छ, र यस्ता प्रकारका विशेष परिस्थितिहरूका सम्बन्धमा कामका प्रबन्धहरूमा विशिष्ट विनियमहरू रहेका छन्। मण्डली जीवनसम्बन्धी कामका प्रबन्धहरू मुख्यगरी भेलाहरूसम्बन्धी विभिन्न कामकुरासँग सम्बन्धित हुन्छन्, ती जटिल हुँदैनन्, ती निकै सरल हुन्छन्, र कुनै व्यक्तिले चाहे जे कर्तव्य पूरा गरे पनि, उसले केवल यी कामका प्रबन्धहरूमा रहेका सिद्धान्तहरू पालना गर्नु आवश्यक हुन्छ। उदाहरणका लागि, भेलाहरूमा, सुसमाचार समूहहरूले मण्डली जीवनसँग सम्बन्धित कामका प्रबन्धहरूमा रहेका सिद्धान्तहरूको पालना मात्र गर्नुपर्छ—यसमा उनीहरूका लागि विशेष कुरा केही हुँदैन। अन्य समूहहरूले अन्य मानिसहरूभन्दा फरक काम मात्र गर्छन्, भेलाहरू, सत्यताबारे सङ्गति गर्ने, परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्ने, र व्यक्तिगत अनुभवहरूबारे सङ्गति गर्ने जस्ता कुराहरूमा सबै कुरा उस्तै हुन्छ—यो दायरा पार हुँदैन। उनीहरूले मण्डली जीवनको अवधिमा खाइने र पिइने सामग्री, सङ्गतिले लिने स्वरूप, र भेलाहरूको ढाँचासम्बन्धी परमेश्‍वरको घरका हालका विनियमहरूअनुरूप अभ्यास मात्र गर्नुपर्छ। अवस्थाहरूले दिएमा, मानिसहरू व्यक्तिगत रूपमा सँगै भेला हुन सक्छन्, नत्र उनीहरूले अनलाइन भेलाहरू राख्न सक्छन्। यो एउटा अत्यन्तै सरल, प्रस्ट रूपमा चित्रित मामला हुनुपर्छ। कतिपय मण्डली सदस्यहरू फरक-फरक महादेश र देशहरूमा छरिएका हुन्छन्, कतिपय युरोपमा हुन्छन् भने कतिपय मध्य पूर्वमा हुन्छन्; यस्तो अवस्थामा, अनलाइन भेलाहरू जरुरी हुन्छन्। भेलाहरू राख्ने समयमा र अन्तराल स्थानीय मण्डलीहरूले निर्णय गर्ने कुरा हो; परमेश्‍वरको घरले यस मामलाको सम्बन्धमा विशिष्ट विनियमहरू बनाउँदैन, न त त्यसले यसमा हस्तक्षेप नै गर्छ। परमेश्‍वरको घरले यो मामलामा किन हस्तक्षेप गर्दैन त? मण्डलीमा कतिपय मानिसहरूले पूर्णकालिक कर्तव्य निर्वाह गर्दैनन्; उनीहरूको जागिर र परिवार हुन्छ, उनीहरूका व्यक्तिगत परिस्थितिहरू अलग हुन्छन्, साथै फरक देशहरूमा समय क्षेत्रहरू फरक हुन्छन्, त्यसैले हप्तामा कति पटक भेला हुने र प्रत्येक भेला कुन समयमा हुने भन्ने कुरा उनीहरू आफैलाई निर्णय गर्न दिनुपर्छ। परमेश्‍वरको घरले यससम्बन्धी विशिष्ट विनियमहरू बनाउँदैन, बरु एउटा सिद्धान्त मात्र प्रदान गर्दछ। परमेश्‍वरको घरले नयाँ विश्‍वासीहरू हप्तामा कति पटक भेला हुने भन्ने दायरा तोकेको हुन्छ, र आफ्नो कर्तव्य पूरा गर्ने र नगर्नेहरू हप्तामा कति पटक सँगै भेला हुन्छन् भन्नेमा फरक छ। के नयाँ विश्‍वासीहरूलाई हप्तामा सात पटक सँगै भेला हुन माग गर्ने कुनै कामको प्रबन्ध छ? (छैन।) त्यसोभए, नयाँ विश्‍वासीहरू हरेक हप्ता कति पटक भेला हुनुपर्छ भन्ने कुरा केमा आधारित हुन्छ त? (त्यो नयाँ विश्‍वासीहरूसँग कति समय छ भन्नेमा आधारित हुन्छ।) हप्ताको बढीमा दुईतीन पटक, र कम्तीमा एक पटक सँगै भेला हुनु, पूर्ण रूपमा उचित हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “हाम्रो क्षेत्रका मानिसहरू कृषि मन्दी ऋतुमा निकै फुर्सदिला हुन्छन्, त्यसैले सबै जना हरेक दिन भेला हुन चाहन्छन्—हामी त दैनिक दुई पटक भेला भए पनि हुन्छ। हामी साँच्चिकै भेला हुन चाहन्छौँ।” नयाँ विश्‍वासीहरूको हृदय उत्साहले भरिएको हुन्छ र उनीहरू सधैँ अझ बढी सत्यताहरू बुझ्न चाहन्छन्। यदि उनीहरूका पारिवारिक परिस्थितिहरूले दिएमा, उनीहरूले अझ बढी भेलाहरूमा सहभागी हुन अनुरोध गर्नु राम्रो कुरा हो, जबसम्म त्यसले उनीहरूको दैनिक जीवनलाई असर गर्दैन। मानिसहरू हरेक हप्ता भेला हुने निश्चित सङ्ख्या प्रत्येक क्षेत्रका परमेश्‍वरका चुनिएका मानिसहरूका परिवार र कामका अवस्थाहरू अनुसार निर्धारण गरिनुपर्छ—परमेश्‍वरको घरले यस मामलाका सम्बन्धमा विशिष्ट विनियमहरू बनाउँदैन। परमेश्‍वरले चुनिएका मानिसहरूमध्ये जसको लागि सम्भव छ, उनीहरू बढी भेला हुन सक्छन्, र त्यसपछि उनीहरूले बढी सत्यताहरू बुझ्नेछन् जीवन वृद्धि झन् चाँडो हासिल गर्नेछन्। यो असल कुरा हो। तर, उचित अवस्था नभएकाहरूलाई यसरी भेला हुन उपयुक्त हुँदैन, उनीहरू हप्तामा कम्तीमा एकदुई वटा भेलाहरूमा सहभागी हुनु ठिकै हुन्छ। विभिन्न क्षेत्रका मण्डलीहरूले हरेक हप्ता कति वटा भेला राख्ने भन्ने कुरा परमेश्‍वरका चुनिएका मानिसहरूले निर्णय गर्ने हो, र यसमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि भेलाहरू अन्य कुनै कारणले नभई, मानिसहरूले सत्यता बुझ्न सकून् भन्नका लागि राखिन्छन्। त्यसकारण, हरेक मण्डलीले राख्ने भेलाहरूको सङ्ख्या त्यसका विशिष्ट परिस्थितिहरूअनुसार निर्णय गरिन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरू हरेक हप्ता एउटा अतिरिक्त भेलामा सहभागी हुन सक्छन् भने, त्यो उनीहरूको जीवन वृद्धिका लागि बढी लाभदायक हुन्छ। यदि सत्यता नपछ्याउने र बढी भेलाहरूमा सहभागी हुन नचाहने मानिसहरू छन् भने, उनीहरूमाथि यो लाद्नु हुँदैन। विशेषगरी तलबी कामदारहरू जो बढी व्यस्त हुन्छन् र जोसँग अझ बढी भेलाहरूमा सहभागी हुने समय हुँदैन, उनीहरूलाई यसो गर्न आवश्यक गराउनु हुँदैन। चाहे मानिसहरू भेलाहरूमा सहभागी हुने अवस्थामा भए वा पनि नभए पनि वा उनीहरू चाहे जति पटक भेला भए पनि, परमेश्‍वरको घरले हस्तक्षेप गर्ने वा कुनै पनि प्रतिबन्ध लाद्ने गर्दैन। किनभने प्रत्येक विश्‍वासीका परिस्थिति र पृष्ठभूमिहरू सबै फरक हुन्छन्, त्यसैले उनीहरूलाई कुनै दबाबमा पार्नु हुँदैन। मण्डली जीवनको अवधिमा खाइने र पिइने सामग्रीको सम्बन्धमा परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा सुसङ्गत विनियमहरू हुन्छन्, र मण्डलीका सबै तहका अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरूले तिनको प्रस्ट बुझाइ राख्नु आवश्यक हुन्छ। अगुवा र कामदारहरूले माथिका कामका प्रबन्धहरूद्वारा अघि बढाउन आवश्यक विशिष्ट कार्य र मामलाहरू ठ्याक्कै के-के हुन् भन्ने कुरा बुझ्नैपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले पनि अगुवा र कामदारहरूले यो काम गरिरहेका छन् कि छैनन् भनी हेर्न उनीहरूको सुपरिवेक्षण गर्नैपर्छ। मण्डली जीवनको अवधिमा खाइने र पिइने सामग्री, साथै भेलाहरूसँग सम्बन्धित बुझ्नै र पछ्याउनै पर्ने कामका प्रबन्धहरूको कुरा आउँदा, अगुवा र कामदारहरू परमेश्‍वरका चुनिएका मानिसहरूसित एउटा सहमतिमा पुग्नैपर्छ—विभिन्नताहरू बिलकुलै स्वीकार्य हुँदैनन्। मण्डली जीवनको कामसम्बन्धी कामका प्रबन्धहरू निकै सरल छन्, मानिसहरूका लागि बुझ्न सजिला छन्, र अमूर्त छैनन्।

च. सम्पत्ति व्यवस्थापन

छैठौँ विषयवस्तु, सम्पत्ति व्यवस्थापन। सम्पत्ति व्यवस्थापनको काममा सुसमाचारको काम वा विभिन्न प्रकारका पेसागत कामहरूमा जस्तो बारम्बार कामका प्रबन्धहरू जारी नगरिने भए पनि, परमेश्‍वरको घरसित त्यसका लागि अझै पनि विशिष्ट कामका प्रबन्धहरू हुन्छन्। सम्पत्ति व्यवस्थापनमा के-के समावेश हुन्छन् त? त्यसमा सम्पत्तिहरू कसरी राखिन्छ, कहाँ राखिन्छ, तिनको व्यवस्थापन कसले गर्छ, र खतरा वा प्रतिकूल वातावरणहरू, साथै त्यस्तै अन्य विशेष परिस्थितिहरू देखा पर्दा, तिनलाई कसरी बाँडफाँड, व्यवस्थापन, र हस्तान्तरण गरिन्छ भन्ने कुराहरू समावेश हुन्छन्। कामका प्रबन्धहरूमा वास्तवमा यी सबै कुराहरूसम्बन्धी विनियमहरू हुन्छन्, र जब यो कामको विषयवस्तु आउँछ, अगुवा र कामदारहरूले माथिले सिधै आदेशहरू देलान् वा कामका प्रबन्धहरू जारी गर्लान् भनेर पर्खेर बस्नु, अनि त्यसपछि मात्र निष्क्रिय रूपमा सम्पत्तिहरू व्यवस्थापन गर्न थाल्नु हुँदैन। अगुवा र कामदारहरूलाई निश्चित तरिकाले सम्पत्तिलाई सम्हाल्न माग गर्ने कुनै तत्कालीन कामका प्रबन्धहरू छैनन् भने, र विशेष परिस्थितिहरूमा उनीहरूलाई सम्पत्ति कसरी सम्हाल्ने भनी थाहा नहुँदा र उनीहरूले माथिबाट सामयिक प्रतिक्रियाहरू प्राप्त गर्न नसक्दा, उनीहरूले के गर्नुपर्छ? सुरक्षा नै पहिलो प्राथमिकता हो, र परमेश्‍वरको घरको सम्पत्तिको रक्षा गर्नु उनीहरूको जिम्मेवारी हो। परमेश्‍वरको घरले छापेका परमेश्‍वरका वचनका पुस्तकहरू, साथै सबै विभिन्न प्रकारका यन्त्र, खानेकुरा, पैसा, र त्यस्तै अन्य सम्पत्तिहरूको कुरा आउँदा, अगुवा र कामदारहरूले ती सबैलाई परमेश्‍वरको घरका प्रबन्धहरूअनुरूप सुरक्षित स्थानहरूमा राख्नुपर्छ, र यी कुराहरूलाई ओसिन, ढुसी लाग्न, वा किराले खान दिनु हुँदैन, तिनलाई दुष्ट मानिसहरू वा ठूलो रातो अजिङ्गरद्वारा खोसिन दिनु त झनै हुँदैन। त्यसमाथि, परमेश्‍वरको घरका यी सम्पत्तिहरूलाई राम्ररी व्यवस्थापन गर्नुबाहेक, अगुवा र कामदारहरूले कडाइका साथ गोपनीयता पनि कायम राख्नुपर्छ; यी मामलाहरूसँग सम्बन्ध नभएका मानिसहरूलाई समान रूपमा तीबारे थाहा पाउनबाट टाढै राख्नुपर्छ, र तीबारे थाहा हुनेहरूले मुख बन्द राख्नुपर्छ र अविवेकी रूपमा बोल्नु हुँदैन। परमेश्‍वरको घरसित यो कामको विषयवस्तु सम्बन्धी विशिष्ट कामका प्रबन्धहरू छन्, र तीमध्ये केहीलाई लिखित रूपमा जारी वा खुलासा गर्नु उचित हुँदैन। यदि अगुवा र कामदारहरूले सम्पत्ति व्यवस्थापन गर्ने अझ राम्रा उपाय र विधिहरू निकाल्छन् भने, अवश्य नै, परमेश्‍वरको घरका सम्पत्तिहरूलाई कुनै क्षतिबाट जोगाउन राम्रोसँग व्यवस्थापन र रक्षा गर्ने सिद्धान्तलाई पालना गर्दै गर्दा, उनीहरूले उक्त मामलाबारे अन्य अगुवा र कामदारहरूसँग छलफल गरेर स्वतन्त्र रूपमा निर्णय गर्न सक्छन्। यो एउटा विशेष कामको विषयवस्तु हो, र मुख बन्द नराख्ने, जिम्मेवारीको बोध नहुने, अनुचित मनसायहरू बोकेका, भर्खरै मात्र विश्‍वास गर्न थालेका र आफ्नो आस्थामा जग नभएका, अनि सधैँ लालची रूपमा परमेश्‍वरको घरका सम्पत्तिहरूमा नजर लगाउनेहरूलाई समान रूपमा त्यसबारे थाहा पाउन दिनु हुँदैन। यी कुराहरू परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा खुलस्त रूपमा उल्लेख गर्न सकिँदैन, तर के अगुवा र कामदारहरू अनि भरपर्दो संरक्षकहरू यसबारे सचेत हुनुपर्दैन र? (पर्छ।) एउटा विशेष परिस्थिति छ। मानौँ एक जना नवनिर्वाचित अगुवाले तीन वर्षदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेको छ, ऊसँग असल क्षमता छ, ऊ निकै उत्साहित छ, र सतहमा ऊ ठिकै देखिन्छ, तैपनि उसको चरित्र कस्तो छ, उसले सम्पत्तिलाई कसरी हेर्छ, वा ऊ लोभी छ कि छैन भन्ने कुरा थाहा पाइएको छैन। यी कुराहरू अनजान र अनिश्चित छन्, अनि लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका दाजुभाइ-दिदीबहिनीहरूले यस व्यक्तिलाई राम्ररी चिन्दैनन्, उनीहरूले यस व्यक्तिलाई पूर्ण रूपमा चिन्दैनन्। यस्तो अवस्थामा के गर्नुपर्छ? उसलाई उक्त काम हस्तान्तरण गर्ने समय आएपछि, अरू सबै काम हस्तान्तरण गरिन्छ—के उसलाई सम्पत्तिको काम हस्तान्तरण गर्न मिल्छ? (मिल्दैन।) किन मिल्दैन? अगुवा र कामदारहरूको मुख्य काम सम्पत्ति व्यवस्थापन गर्नु मात्र होइन; सम्पत्ति त उनीहरूको कामको एउटा पाटो मात्र हो। यदि साँच्चिकै कुनै उचित व्यक्तिले सम्पत्ति व्यवस्थापन गरिरहेको छ र यो नवनिर्वाचित अगुवा भरपर्दो छैन भने, अहिलेका लागि उसलाई यो काम हस्तान्तरण नगर्नु नै ठीक हुन्छ, किनभने उसले लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गर्नेछ कि गर्नेछैन वा ऊ दृढ रहन सक्छ कि सक्दैन भन्ने कुरा थाहा हुँदैन। विगतमा, एक जना व्यक्तिलाई भर्खरै मण्डली अगुवाका रूपमा चयन गरिएको थियो, आफ्नो पदभार ग्रहण गरेपछि, उसले सुरुमै परमेश्‍वरका चुनिएका मानिसहरूलाई भेटीहरू राखिएको ठाउँका बैँक खाता नम्बर र पासवर्डहरू सोध्यो। उसले यी बैङ्क खाता नम्बर र पासवर्डहरू कोसँग छ भनेर सोध्यो, र उनीहरूलाई यो काम तुरुन्तै आफूलाई हस्तान्तरण गर्न दबाब दियो। यो अवस्थामा, के यो काम उसलाई हस्तान्तरण गर्नुपर्छ? उसलाई अरू कुनै पनि कामको चिन्ता वा चासो थिएन, तर ऊ यस मामलाबारे अत्यन्तै गम्भीर र चिन्तित थियो—के ऊ भरपर्दो व्यक्ति थियो त? कोही अगुवा वा कामदार हो भन्दैमा ऊ भरपर्दो हुन्छ भन्ने नसोच्। वास्तवमा, साँच्चै सिद्धान्तहरूअनुसार चुनिएका संरक्षकहरू मात्र भरपर्दा हुन्छन्—उनीहरू परमेश्‍वरको घरका सम्पत्तिहरूको रक्षा गर्न आफ्नो जीवन बलिदान गर्न सक्छन्। यस्ता मानिसहरू सबैभन्दा भरपर्दो हुन्छन्। त्यसोभए, के सबै अगुवा र कामदारहरू यसो गर्न सक्षम हुन्छन् त? हुन्छन् नै भन्ने छैन। विगतमा, एक जना क्षेत्रीय अगुवा ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएको थियो, र उसले मण्डलीका सबै सम्पत्तिहरू बेचिदियो, जसले गर्दा त्यसमध्ये ठूलो मात्राको सम्पत्ति गुम्न पुग्यो। यदि उसलाई मण्डलीका सम्पत्तिहरू कहाँ छन् भनेर थाहा नभएको भए, उसलाई मरिन्जेल कुटेको भए पनि, उसले यो कुरा प्रकाश गर्न सक्ने हुनेथिएन, अनि त्यसपछि के परमेश्‍वरको घरका सम्पत्तिले क्षति नबेहोर्नुपर्ने हुन्थेन र? उसलाई अति धेरै कुरा थाहा भएकोले नै उसले यातना र दर्दनाक कुटाइ सहन नसकेपछि सबै कुरा खोलेको, र यो पैसा ठूलो रातो अजिङ्गरको हातमा परेको थियो। यदि उसलाई यी सम्पत्तिहरू कहाँ छन् भनेर थाहा पाउन नदिइएको भए, र यदि त्यसको रक्षा गर्ने व्यक्ति भरपर्दो भइदिएको भए, के परमेश्‍वरको घरको पैसाले क्षति बेहोर्नुपर्ने र त्यो ठूलो रातो अजिङ्गरद्वारा जबरजस्ती खोसिने थियो त? अहँ, थिएँ। यो एउटा गम्भीर पाठ हो। त्यसकारण, यस कामको प्रबन्धको कुरा आउँदा सबैभन्दा महत्त्वपूर्ण बुँदा भनेको सुरक्षा नै पहिलो प्राथमिकता हो, क्षतिहरूलाई अत्यन्तै न्यूनतम राख्नैपर्छ, र काम जुनसुकै तरिकामा सुरक्षित हुन्छ त्यसरी नै गरिनुपर्छ। परमेश्‍वरको घरको सम्पत्ति व्यवस्थापन गर्नका लागि त्यसलाई व्यवस्थापन गर्नमा बफादारी देखाउने व्यक्ति फेला पार्—यो नै सबैभन्दा भरपर्दो कार्यप्रक्रिया हो। यस व्यक्तिले अरू केही गर्न नसके पनि, ऊ बफादार हुनेछ र पैसाको सुरक्षा गर्न कुरामा ऊ निश्चित रूपमा नै सक्षम हुनेछ, त्यसैले सम्पत्तिको सुरक्षा गर्न यस व्यक्तिलाई प्रयोग गर्नु नै सही कुरा हो। यो कामको विषयवस्तुमा एक समयमा एउटा मात्र कार्य गरिने भएकाले त्यसका लागि गरिने प्रबन्धहरू निकै सरल छन्: सम्पत्तिको सुरक्षा गर्न सही मानिसहरू खोज्ने र त्यसलाई राख्नका लागि सुरक्षित स्थान खोज्ने। त्यसका साथै, परमेश्‍वरको घरका सम्पत्तिहरू बाँडफाँड र खर्च गर्ने सम्बन्धी परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा विशिष्ट विनियमहरू पनि रहेका छन्; पैसा आवश्यक खर्चहरूमा व्यय गर्न मिल्छ, अनावश्यक खर्चहरूमा मिल्दैन। अर्को एउटा कुरा के छ भने, सम्पत्तिहरूसम्बन्धी खर्चहरूका लागि कडा नियामक प्रणाली छ, र परमेश्‍वरको घरसँग विभिन्न प्रक्रिया र कार्यविधिहरूका लागि विशिष्ट विनियमहरू छ, जसका लागि कैयौँ व्यक्तिहरूको हस्ताक्षर आवश्यक हुन्छ, आदि। व्यवस्थापन, सुरक्षा गर्ने काम, खर्च, र लेखा पनि हुन्छ—यी सबै कुराहरूका लागि विशिष्ट कामका प्रबन्धहरू हुन्छन्।

छ. पखाल्ने काम

सातौँ विषयवस्तु, पखाल्ने काम। परमेश्‍वरको घरले यस कामको विषयवस्तुका लागि पनि निरन्तर रूपमा विशिष्ट कामका प्रबन्धहरू गरिरहेको हुन्छ। कामका प्रबन्धहरू, एकातिर, परमेश्‍वरको घरको कामका आवश्यकताका आधारमा गरिन्छन् र, अर्कोतिर, विभिन्न प्रकारका मानिसहरूको वर्गीकरण र परिभाषाअनुसार, साथै विभिन्न प्रकारका मानिसहरू प्रकाश भएपछि उनीहरूका प्रकटीकरणहरूअनुसार, हरेकलाई आफ्नै प्रकारमा छुट्याउने आधारमा गरिन्छ। परमेश्‍वरको घरसित हर प्रकारका ख्रीष्टविरोधी, दुष्ट मानिस, र अविश्‍वासीहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्; कतिपयलाई कर्तव्य निर्वाह गर्नेहरूको दर्जाबाट पखालिन्छ, कतिपयलाई पूर्णकालिक कर्तव्य गर्ने मण्डलीहरूबाट पखालिएर आंशिक कर्तव्य गर्ने मण्डली वा साधारण मण्डलीहरूमा पठाइन्छ, कतिपयलाई साधारण मण्डलीहरूबाट पखालिएर समूह ‘ख’ मा पठाइन्छ, र कतिलाई त सिधै निकाला वा निष्कासन गरिन्छ। परमेश्‍वरको घरले मण्डलीलाई पखाल्ने कामका लागि बारम्बार कामका प्रबन्धहरू गरिरहेको हुन्छ, र त्यसले पखालिने सर्त पूरा गर्ने मानिसहरूका लागि पनि विशिष्ट कामका प्रबन्धहरू गरेको छ। आफ्ना कर्तव्यहरू पूरा गर्नमा मानिसहरूमा हुने मनोवृत्तिहरू र आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरूले गरेका अपराधहरू, साथै विभिन्न प्रकारका मानिसहरूमा प्रकाश हुने भ्रष्ट सारका आधारमा, परमेश्‍वरको घरले अन्ततः यी मानिसहरूलाई सम्हाल्ने निश्चित योजनाहरू बनाउँछ। त्यसकारण, परमेश्‍वरको घरले विभिन्न प्रकारका दुष्ट मानिस, अविश्‍वासी, र ख्रीष्टविरोधीहरूलाई सम्हाल्ने काम पूर्णतया परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार गरिन्छ, र यो पूर्णतया परमेश्‍वरका अभिप्रायहरूअनुरूप गरिन्छ। यी कामका प्रबन्धहरूको कुरा आउँदा, एकातिर सत्यता सिद्धान्तहरूमा सङ्गति गर्न जरुरी हुन्छ ताकि मानिसहरूले तिनलाई बुझून् र विभिन्न प्रकारका मानिसहरू खुट्ट्याउन सिकून्, जबकि अर्कोतिर मण्डलीहरूले यी कामका प्रबन्धहरू जारी गर्न जरुरी हुन्छ ताकि तिनको सङ्गति र कार्यान्वयन गर्न सकियोस्। जे भए पनि, मण्डलीलाई पखाल्ने काम सकेसम्म चाँडो कार्यान्वयन गरिनुपर्छ, र त्यसलाई कहिल्यै पनि बिलकुलै अवरुद्ध गर्नु हुँदैन। मण्डलीमा उप्रान्त कुनै पनि दुष्ट मानिसहरू बाँकी नरहेसम्म त्यो जारी रहनैपर्छ। यस्तो होइन कि माथिले मण्डलीलाई पखाल्नू भनी आदेश दिएर कामको प्रबन्ध जारी गरेपछि अगुवा र कामदारहरूले केही समयावधि मात्र पखाल्ने काम गर्नुपर्छ, र त्यो पखाल्ने काम गरिएको केही समयपछि फेरि पनि दुष्ट मानिसहरूले बाधा दिइरहेका छन् भन्ने पत्ता लाग्यो, तर माथिले त्यसबारे कुनै कामको प्रबन्धहरू गरेका छैनन् भने, अगुवा र कामदारहरूले ती दुष्ट मानिसहरूका बारेमा चिन्ता गर्न वा तिनीहरूलाई पखाल्न आवश्यक पर्दैन—त्यसो गरेर हुँदै हुँदैन। मण्डलीको पखाल्ने कामलाई व्यवस्थित ढङ्गले अघि बढाउन जारी राख्नैपर्छ; निकाल्नु वा निष्कासित गर्नुपर्ने मानिसहरू हुञ्जेल, पखाल्ने काम जारी रहनैपर्छ। माथिले आदेश देलान् वा माथिल्लो तहका अगुवाहरूले तँलाई ती कुराहरू सञ्चार गर्लान् भनेर निष्क्रिय रूपमा पर्खेर नबस्, अनि अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूले कसैको रिपोर्ट गर्लान् भनेर निष्क्रिय रूपमा पर्खेर नबस्। परमेश्‍वरका चुनिएका मानिसहरूले कसैको खुलासा र रिपोर्ट गर्नेबित्तिकै, अगुवा र कामदारहरूले त्यो मामलाको अनुसन्धान गर्न र त्यसलाई सम्हाल्न सुरु गर्नुपर्छ। यदि अगुवा र कामदारहरूले उक्त रिपोर्ट पत्र अड्काउँछन् र त्यस मामलालाई सम्हाल्दैनन् भने, तिनीहरूको अनुसन्धान गरेर तिनीहरूलाई तह लगाउनुपर्छ, र यदि तिनीहरूले कुनै दुष्ट व्यक्तिको रक्षा गरिरहेको पाइएमा, तिनीहरूलाई त्यो दुष्ट व्यक्तिसँगै मण्डलीबाट निकाल्नुपर्छ। मण्डली पखाल्ने काम नगर्ने जुनसुकै अगुवा वा कामदार झूटो अगुवा वा कामदार हो र ऊ तुरुन्तै बर्खास्त गरिनुपर्छ। यदि उसले दुष्ट मानिसहरूको संरक्षण र रक्षा समेत गर्छ भने, उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरेर मण्डलीबाट निकाल्न र निष्कासित गर्न सकिन्छ। मण्डलीलाई पखाल्ने कामको सम्बन्धमा परमेश्‍वरको घरले बनाएका विशिष्ट विनियमहरू यिनै हुन्। मण्डलीलाई पखाल्ने काम अत्यन्त जरुरी प्राथमिकतामा पर्छ र यसको गहन महत्त्व हुन्छ। ल भन्, के मण्डलीलाई पखाल्ने काम मण्डलीको शुद्धिकरण गर्नका लागि गरिने होइन र? यदि मण्डलीलाई शुद्ध गरिएको छ—अर्थात्, यदि त्यसभित्र कुनै पनि दुष्ट मानिसहरूले बाधाहरू दिइरहेका छैनन् र त्यसका सदस्यहरूमा अविश्‍वासीहरू मिसिएका छैनन् भने—तब त्यो साँचो मण्डली हुनेछ, र त्यसले मण्डली जीवनका लागि उत्कृष्ट नतिजाहरू पनि निकाल्नेछ। के यो ख्रीष्टको राज्य साकार हुनु तर्फको अर्को ठूलो कदम हुने थिएन र? यस्तो शुद्ध मण्डली राज्यको सुसमाचार फैलाउनमा सबैभन्दा लाभदायक हुने थियो, किनभने सबैसँग सत्यता वास्तविकता हुने थियो, सबै जना परमेश्‍वरलाई गवाही दिन र परमेश्‍वरका मानिसका रूपमा पूर्ण पारिन सक्षम हुने थिए, र उप्रान्त कुनै पनि दुष्ट मानिसहरूले बाधाहरू दिइरहेका हुने थिएनन्। प्राकृतिक रूपमा नै, यस्तो मण्डली सबैभन्दा आशिषित् हुनेथियो। त्यसकारण, मण्डलीलाई पखाल्नु भनेको एउटा सबैभन्दा अर्थपूर्ण कामको विषयवस्तु हो र यो पूर्णतया परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने वातावरणलाई थप शान्तिपूर्ण, र दुष्ट मानिसहरूको बाधारहित बनाउनका लागि गरिन्छ। त्यसमाथि, परमेश्‍वरको घरले आवारा र केही नकामका मानिसहरूलाई समर्थन गर्दैन, र सुखसयलमा लिप्त हुने अनि आफ्नो पेट भरिन्जेल खाने परजीवीहरूलाई समर्थन गर्दैन। कर्तव्यहरू बिलकुलै पूरा नगर्ने र अरू कर्तव्य पूरा गरिरहेका अरू मानिसहरूलाई बाधा दिने र असर पार्ने ती सबैलाई, र गैरजिम्मेवार टिप्पणीहरू गर्ने, हस्तक्षेप गर्ने, र मण्डलीमा आफूले गर्नुपर्ने काम नगर्ने ती सबैलाई पनि निकाल्नुपर्छ। विभिन्न प्रकारका सबै मानिसहरू अब पूर्ण रूपमा प्रकाश भएका छन्, मण्डलीको पखाल्ने काम अनिवार्य हो, र त्यो पूर्ण रूपमा र राम्रोसँग गरिनुपर्छ। प्रकाश भएका यी सबै दुष्ट मानिस, ख्रीष्टविरोधी, अविश्‍वासी, केही नकामका मानिस, र परजीवीहरू तिनै हुन् जो परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। यदि मण्डलीले पखाल्ने काम नगरेको भए, यसले सुसमाचार फैलाउने कामलाई असर पार्ने थियो। त्यसकारण, मण्डली पखाल्ने काम एउटा महत्त्वपूर्ण कामको विषयवस्तु हो जुन वर्तमानमा तत्काल राम्रोसँग पूरा गर्नु आवश्यक हुन्छ। मण्डली पखाल्ने काम राम्रोसँग गर्न सक्ने ती अगुवा र कामदारहरू मात्र जगेर्ना गर्न लायक हुन्छन् र तिनीहरू मात्र अगुवा र कामदार रहिरहन सक्छन्। मण्डलीलाई पखाल्ने काममा अवरोध पुर्‍याउने जुनसुकै अगुवा वा कामदार एउटा अवरोध वा व्यवधान हो, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसको खुलासा र रिपोर्ट गर्नैपर्छ। सबै तहका अगुवा र कामदारहरूले सुरुमा मण्डलीका यी सबै अवरोध र व्यवधानहरूलाई राम्रोसँग निकालेर समाधान गर्नुपर्छ—यो परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। यो मात्र मण्डलीको विभिन्न कामहरूको विषयवस्तुको सहज प्रगतिका लागि, र मण्डलीले परमेश्‍वरको इच्छालाई अघि बढाउनका लागि अनुकूल हुन्छ ताकि परमेश्‍वरले सबै महिमा प्राप्त गर्न सक्नुहोस्।

ज. बाह्य मामलाहरू

आठौँ विषयवस्तु, बाह्य मामलाहरू। बाह्य मामलाहरूको कामको विषयवस्तु न त ठूलो न सानो, र बाह्य मामलाहरूका सम्बन्धमा परमेश्‍वरको घरका कामका प्रबन्धहरूभित्र कैयौँ सिद्धान्तहरू छन्। एउटा त स्थानीय कानुन र विशिष्ट स्थानीय प्रावधानहरूबारे जान्नु हो। भन्नुको मतलब, मण्डलीले कुनै निश्चित ठाउँमा जेसुकै गरे पनि, तैँले पहिला स्थानीय कानुनहरूबारे जान्नुपर्छ—यो एउटा सिद्धान्त हो। अर्को सिद्धान्त यो हो कि, तैँले आफूले नबुझ्ने वा आफू प्रस्ट नभएका बाह्य मामलाहरूसँग सम्बन्धित समस्याहरू सामना गर्दा, कुनै वकिल र सम्बन्धित कानुन व्यवसायीहरूको परामर्श लिनैपर्छ, र आफैले जानकारीरहित निर्णयहरू लिनु हुँदैन; तैँले फरक-फरक देशहरूका फरक-फरक राष्ट्रिय अवस्थाहरूअनुसार मामलाहरू सम्हाल्नका लागि निश्चित योजनाहरू सृजना गर्नैपर्छ। त्यसोभए, यी योजनाहरू कसरी आउँछन् त? वकिलले जे भन्छ तैँले त्यो मान्नैपर्छ र वकिललाई नै निर्णयहरू गर्न दिनुपर्छ—आफैले स्वेच्छाचारी मूल्याङ्कन वा निर्णयहरू नगर्। हरेक देशमा राष्ट्रिय अवस्था, नीति, कानुन, र प्रावधानहरू फरक हुन्छन्, त्यसैले आफ्नो कल्पनाका आधारमा व्यवहार नगर्। उदाहरणका लागि, मानौँ तैँले चीनमा बाटोमा कुनै व्यक्ति लुटपाटमा परेको देखिस्। चीनको कानुनले कुनै पनि पैदल यात्रीले यस्तो घटना देखेमा उसले साहसपूर्वक हस्तक्षेप गर्न सक्ने, पहिला चोरलाई समात्न, र त्यसपछि उसलाई प्रहरीकहाँ बुझाउन सक्ने प्रावधान गरेको छ। यदि तैँले यसो गरिस् भने, तँ एक साहसी नायक बन्नेछस्, तैँले कुनै कानुनी जिम्मेवारी वहन गर्नुपर्ने छैन, र तेरो प्रशंसा गरिनुपर्छ। यो चीनको राष्ट्रिय अवस्था र पद्धति नै हो, र यो चीनको एक प्रकारको परम्परागत संस्कृति हो—चिनियाँ मानिसहरू यसलाई “परम्परागत सद्गुण” भन्ने मीठो नाम दिएर वर्णन गर्छन्। तर, पश्चिममा, विशेषगरी संयुक्त राज्य अमेरिका र क्यानडा जस्ता देशहरूमा, यदि, तैँले कुनै चोरले केही कुरा चोरिरहेको देखिस् र तुरुन्तै उसलाई पक्रेर प्रहरीलाई आएर उसलाई पक्राउ गर्न पर्खिस् भने, त्यो गलत हो, त्यो कानुन तोड्नु हो। किनभने तँ एक साधारण नागरिक मात्र होस् र कानुन कार्यान्वयन गर्ने अधिकारी होइनस्, र तँसित कसैलाई पक्राउ गर्ने कुनै अधिकार हुँदैन; प्रहरीसँग मात्र कसैलाई पक्राउ गर्ने अधिकार हुन्छ। तैँले कुनै चोरले केही कुरा चोरिरहेको देख्दा, तैँले त्यो कुरा प्रहरीकहाँ रिपोर्ट गर्न सक्छस्, तर तँ आफैले चोरलाई पक्राउ गर्न मिल्दैन। यदि तैँले मनपरी चोर पक्राउ गरिस् भने, तैँले गैरकानुनी कार्य गरिरहेको हुन्छस्—पश्चिमा राष्ट्रहरूको कानुन यही नै हो। चिनियाँ मानिसहरूको “परम्परागत सद्गुण” पश्चिमा राष्ट्रहरूमा अभ्यास गर्नु उचित हुँदैन; पश्चिमा राष्ट्रहरूको आफ्नै कानुनहरू हुन्छन् यदि तैँले कुनै पश्चिमको कुनै देशमा कोही लडेको देखिस् भने, कानुनले के तोकेको हुन्छ? तैँले गएर यसो सोध्नुपर्छ, “के तपाईँ ठीक त हुनुहुन्छ? के तपाईँलाई सहयोग चाहिन्छ?” यदि त्यस व्यक्तिले उसलाई कुनै सहयोग चाहिँदैन भन्यो भने, तँ जान सक्छस्। यदि तैँले कोही लडेको देखिस् तर उसलाई ठीक छ कि छैन भनेर सोधिनस् वा उसलाई जाँच-बुझ गरिनस्, र तैँले केवल हिँड्न जारी राखिस् भने, तैँले कानुन तोडिरहेको हुन्छस्। यदि तैँले चीनमा यस्तो अवस्था सामना गरिस् भने, त्यो ठगी हुन सक्छ, र यदि तैँले त्यसलाई बेवास्ता गरिस् भने केही पनि हुनेछैन। यदि तैँले, “के तपाईँ ठिक त हुनुहुन्छ? के तपाईँलाई सहयोग चाहिन्छ?” भनेर सोधिस् भने, त्यो तेरा लागि समस्याजनक हुन सक्छ, त्यस व्यक्तिले तँलाई ठग्न सक्छ, र त्यसपछि तैँले फेरि कहिल्यै राम्रो जीवन जिउनेबारे बिर्सिदिए हुन्छ। यी दुई मामलाहरूले तिमीहरूलाई के बताउँछन्? फरक देशहरूमा र फरक जातिहरूमा शिक्षा पूर्णतः फरक हुन्छ, सामाजिक वातावरण र सामाजिक प्रणालीहरू, र अवश्य नै, कानुन र प्रावधानहरू पनि फरक हुन्छन्। जब बाह्य मामलाहरूको कामको कुरा आउँछ, एकातिर, यो काम गर्ने मानिसहरूले मण्डलीको कामसँग सम्बन्धित कानुन, प्रावधान, र विधानहरूलाई सही रूपमा बुझ्नुपर्छ, र, अर्कोतिर, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले जान्नुपर्ने सामान्य जीवनसम्बन्धी केही ज्ञान वा कानुनी विधानहरू प्रवाह पनि गर्नुपर्छ। त्यसकारण, परमेश्‍वरको घरसित यो कामको विषयवस्तुसम्बन्धी कामका प्रबन्धहरू छन् जसले यो काम गर्नेहरूलाई जे गर्दा पनि सुरुमा सधैँ सान्दर्भिक कानुन र सरकारी प्रावधानहरूको परामर्श लिने माग गर्छन्। विशेषगरी समाधान गर्न कठिन समस्याहरू सामना गर्दा, तिनीहरूले कुनै वकिलको परामर्श लिनैपर्छ र अन्धाधुन्ध रूपमा आफैले मूल्याङ्कन गर्ने वा चिनियाँ मानिसहरूको सोचाइ र तर्कअनुसार समाधानहरू निकाल्ने गर्नु हुँदैन—यो मूर्ख र अज्ञानी तरिकाले कार्य गर्नु हो। एक पटक यी कुराहरू बुझिसकेपछि, तैँले बाह्य मामलाहरूको कामको महत्त्व, त्यसले हासिल गर्नुपर्ने नतिजाहरू, साथै परमेश्‍वरको घरलाई यी कामका प्रबन्धहरू गर्नु कति जरुरी छ भन्ने कुरा थाहा पाउनुपर्छ। यस कामको दायरा त्यति ठूलो छैन, त्यसैले धेरैजसो परिस्थितिहरूमा केवल यस काममा संलग्न कर्मचारीसँग त्यसका कामका प्रबन्धहरूबारे स्पष्ट बुझाइ भए काफी हुन्छ। यदि त्यो दाजुभाइ-दिदीबहिनीहरूले जान्नुपर्ने कुरा हो भने, उनीहरूलाई त्यो कुरा बुझ्न र बोध गर्न मदत गर्। बाह्य मामलाहरूको काम निकै महत्त्वपूर्ण पनि छ, किनभने दाजुभाइ-दिदीबहिनीहरूले उनीहरू विदेशमा बस्ने र काम गर्नेसम्बन्धी कानुन र प्रावधानहरू नबुझी हुँदैन। परमेश्‍वरको घरसँग यस सम्बन्धमा आवश्यक पर्ने विशिष्ट कामका प्रबन्धहरू हुन्छ, र यसलाई कामका प्रबन्धहरूका आधारमा कार्यान्वयन गर्न नै जरुरी छ। यदि विशेष परिस्थितिहरू देखा परेमा, परमेश्‍वरको घरले केही आपत्‌कालीन समाधानहरू सृजना गर्नेछ। यदि कुनै काम बाह्य मामलाहरूको कामसँग सम्बन्धित छ भने, तैँले बाह्य मामलाहरूका कर्मचारीहरूको परामर्श लिनुपर्छ र परमेश्‍वरको घरले उक्त कार्यसम्बन्धी कस्ता विशिष्ट प्रबन्धहरू गरेको छ भनी हेर्नुपर्छ, अन्धाधुन्ध रूपमा आफ्नै कल्पनामा भर परेर जानकारीरहित कार्य नगर्। त्यस तरिकाले कार्य गर्नाले समस्या निम्तिने सम्भावना हुन्छ, र परिणामहरू अकल्पनीय हुनेछन्। बाह्य मामलाहरूको काम एक समयमा एउटा मात्र गरिने काम पनि हो, यो जटिल हुँदैन, र तैँले धेरैजसो विशिष्ट कामका मामलाहरू कामका प्रबन्धहरूमा भेट्टाउन सक्नुपर्ने हो। जब मानिसहरूले पहिलो पटक विदेशमा बाह्य मामलाहरूको काम गर्न थाल्छन्, त्यो अलि जटिल लाग्न सक्छ, तर केही समय गरेपछि, उनीहरूले ढाँचा र विधिहरू पत्ता लगाउँछन्, र त्यो उप्रान्त त्यति जटिल लाग्दैन। सुरुमा, विदेश गएका चिनियाँ मानिसहरूबारे फोहोर गरेको, राती अति अबेला सुतेको, बिहान अति चाँडो उठेको, भुक्ने कुकुरहरू लिएर मानिसहरूलाई बाधा दिएको, बरन्डामा कपडा सुकाएको, र अनुचित तरिकाले पार्किङ् गरेको भन्ने रिपोर्टहरू गरिन्थ्यो—तिनीहरूबारे धेरै कुराहरूको रिपोर्ट गरिन्थ्यो। अन्ततः तिनीहरूबारे धेरै पटक रिपोर्ट गरियो, प्रहरी सधैँ तिनीहरूलाई मार्गदर्शन दिन तिनीहरूको ढोका ढकढक्याउन आइपुग्थे, र लामो समय बितेपछि मात्र तिनीहरूले आफू चीनमा नभई विदेशमा छु भन्ने कुरा महसुस गरे। अलिअलि गर्दै, तिनीहरू सचेत बने, तिनीहरूले कानुनबारे केही चेतना प्राप्त गरे, र तिनीहरूले जीवन, काम, ड्राइभिङ, आदिसम्बन्धी केही नियमहरू बुझे। जब चिनियाँ मानिसहरू पहिलो पटक विदेश गए तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्ने भन्नेबारे केही आधारभूत शिष्टाचार मात्र बुझ्थे र तिनीहरूसँग धेरैजसो कानुनी मामलाहरूसम्बन्धी कुनै सामान्य ज्ञान थिएन; तिनीहरू जङ्गली जनावर जस्तै थिए, तिनीहरूमा कुनै कानुनी सचेतना थिएन। केही वर्षपछि, तिनीहरूले केही ज्ञान प्राप्त गरे र केही नियमहरू बुझे, मानौँ तिनीहरू घरपालुवा भएका थिए, र तिनीहरू अलि सुधार भए।

झ. मण्डली कल्याण

नवौँ विषयवस्तु, मण्डली कल्याण। परमेश्‍वरको घरले यसअघि मण्डली कल्याणका सन्दर्भमा कामका प्रबन्धहरू बनाएको थियो, र यदि पूर्णकालिक कर्तव्य पूरा गर्नेहरू वा तिनीहरूका परिवारलाई हातमुख जोड्नमा सहयोग चाहिएमा, मण्डली अगुवाहरूले यो समस्यालाई समाधान गर्नैपर्छ। विशिष्ट कार्यान्वयनका योजना र सिद्धान्तहरू यी कामका प्रबन्धहरूमा पाउन सकिन्छ, र परमेश्‍वरको घरले विशिष्ट प्रतिवेदन र सर्तहरू प्रदान गरेको छ। परमेश्‍वरमा विश्‍वास गरेकाले जेल परेका, र यसरी आफ्ना परिवारको दैनिक जीवनमा कठिनाइ सृजना भएका दाजुभाइ-दिदीबहिनीहरू; घरबाट टाढा रहेर लामो समयसम्म आफ्ना कर्तव्यहरू पूरा गर्ने र आफ्ना छोराछोरीको रेखदेख गर्ने कोही नभएका आमाबुबाहरू; र धेरै वर्षदेखि आफ्ना कर्तव्य पूरा गरेका बिरामी दाजुभाइ-दिदीबहिनीहरूका सम्बन्धमा, मण्डलीले सहायता अनि यी र अन्य यस्ता कठिनाइहरूका समाधानहरू प्रदान गर्नुपर्छ। यो कामको विषयवस्तुसँग सम्बन्धित एउटा विशेष परिस्थिति छ, र त्यो के हो भने, जब केही परिवारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना घरमा अतिथि राख्ने सर्तहरू पूरा गर्छन्, तर तिनीहरूसँग आम्दानीको स्रोत छैन भने—तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि राख्दा लाग्ने खर्च कसरी सम्हालिनुपर्छ? यो मण्डली कल्याणको काम अन्तर्गत पर्छ। यस सम्बन्धी सर्तहरू कामका प्रबन्धहरूमा पाउन सकिन्छ, अथवा अगुवा र कामदारहरूले अतिथि सेवा गर्ने कामलाई अघि बढाउनका निम्ति मण्डलीका स्रोत-साधनहरूलाई स्थानीय अवस्थाअनुसार समझदारीपूर्ण बाँडफाँट गर्न सक्छन्—यी सबै कुराहरूका लागि मण्डलीसँग विशिष्ट सर्तहरू हुन्छन्। यदि यी विशिष्ट सर्तहरूको दायराभन्दा बाहिर केही विशेष परिस्थितिहरू उत्पन्न हुन्छन् भने, अगुवा र कामदारहरूले उक्त मामलाबारे सङ्गति र छलफल गर्न, र त्यस इलाकाका सामान्य जीवन स्तरहरूका आधारमा ठोस र समझपूर्ण प्रबन्धहरू गर्न सक्छन्। यो ठूलो-स्तरको कामको विषयवस्तु नभए पनि, र अत्यन्तै महत्त्वपूर्ण कार्य पनि नभए पनि, यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्ने काम हो, र यसलाई बेवास्ता गर्न मिल्दैन। यदि हातमुख जोड्नका लागि सहयोग चाहिने वा आर्थिक सहयोग चाहिने कोही पनि छैन भने, अगुवा र कामदारहरूले यस्तो आवश्यकता भएका मानिसहरू खोज्न विशेष प्रयास गर्नु आवश्यक छैन। यदि त्यस्ता मानिसहरू छन् भने, अगुवा र कामदारहरूले तिनीहरूबाट हच्किनु हुँदैन, र झन् तिनीहरूलाई बेवास्ता गर्नु, निष्क्रिय रूपमा उभिरहनु, वा तिनीहरूलाई नदेखेको ढोँग गर्नु त झनै हुँदैन। उनीहरूले सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ—यो उनीहरूको जिम्मेवारी हो।

ञ. आपत्‌कालीन योजनाहरू

दसौँ विषयवस्तु, आपत्‌कालीन योजनाहरू। आपत्‌कालीन योजनाहरूले परमेश्‍वरको घरको कामको कुनै पनि भागमा देखा पर्ने विशेष समस्याहरूलाई सम्बोधन गर्छन्। तुरुन्त समाधान गर्नुपर्ने समस्याहरू चाहे सुसमाचारको काममा, वा प्रशासनिक काममा, वा पेसागत काममा देखा परे पनि, वा यदि ख्रीष्टविरोधी वा झूटा अगुवाहरू संलग्न मुद्दा सम्हालिइरहेको भए पनि, वा मानिसहरूलाई भ्रममा पारिएको कुनै विशेष अवस्था पहिचान भइरहेको भए पनि, यी सबै आपत्‌कालीन योजनाहरूको वर्गमा पर्छन्। उदाहरणका लागि, यदि कसैले बाधा र अवरोधहरू पुऱ्यायो, वा यदि कुनै ख्रीष्टविरोधीले स्वेच्छाचारी र तानासाही भइरहेको छ र आफ्नै राज्य स्थापना गर्ने कोसिस गरिरहेको छ भने, अनि आदि-इत्यादि, परमेश्‍वरको घरले यीमध्ये एउटा अवस्थासम्बन्धी विशिष्ट योजनाका लागि कामको प्रबन्ध सिर्जना गर्नु सार्थक हुन्छ भनी पत्ता लगाउनेबित्तिकै, त्यसले सोहीअनुसार लिखित सञ्चार निर्माण गर्नेछ। आपत्‌कालीन योजनाहरू त्यसबखत मण्डलीमा घटिरहेका केही आपत्‌कालीन अवस्थाहरूमा आधारित हुन्छन्, र माथिले परिस्थितिहरूको गम्भीरताअनुसार विशिष्ट कामका प्रबन्धहरू सिर्जना गर्दछ, र त्यसपछि तिनलाई जारी र सञ्चार गर्दछ। त्यो विशिष्ट योजना अगुवा र कामदारहरूले गर्नुपर्ने जुनै कामको विषयवस्तुसँग सम्बन्धित हुन सक्छ, त्यो माथिले प्रबन्ध गरेको भएसम्म र माथिले अगुवा र कामदारहरूलाई त्यो कुरा कार्यान्वयन गर्न माग गरेसम्म, अगुवा र कामदारहरूले माथिका कामका प्रबन्धहरूअनुसार नै त्यसलाई जारी र कार्यान्वयन गर्नैपर्छ। उनीहरूले यी कामका प्रबन्धहरूलाई हल्का रूपमा लिनु हुँदैन। जब माथिले यस किसिमका कामका प्रबन्धहरू बनाउँछन्, ती कुनै प्रशासनिक काम वा कुनै विशिष्ट पेसागत कामभन्दा कम हुँदैनन्। यी कामका प्रबन्धहरू अस्थायी मात्र भए पनि, अगुवा र कामदारहरूले तिनलाई अझै पनि नियमित कामका प्रबन्धहरूझैँ जारी, सञ्चार, कार्यान्वयन र अनुगमन गर्नुपर्छ, र पछि माथिलाई विवरण र प्रतिवेदन उपलब्ध गराउनुपर्छ—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। आपत्‌कालीन योजनाहरू कुनै विशिष्ट कामको विषयवस्तुप्रति लक्षित हुँदैनन्, अर्थात्, कुनै पनि समयमा माथिले सबै क्षेत्रमा रहेका सबै तहका अगुवाहरूलाई काम खटाउन, माग गर्न, वा कामको प्रबन्ध दिन सक्छ, र अगुवा र कामदारहरूले यस प्रकारको कामलाई बेवास्ता गर्नै हुँदैन। ती कामका प्रबन्धहरू भएकाले, र ती सबै तहका अगुवाहरूलाई र सबै क्षेत्रलाई जारी गरिने हुनाले, ती अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्ने काम हुन्। अगुवा र कामदारहरूले निष्क्रिय रूपमा उभिने वा कामलाई दायराका आधारमा, वा त्यो तिनीहरूमाथि आइपर्ने काम हो कि होइन भन्ने आधारमा वर्गीकरण गर्ने, वा कामका प्रबन्धहरूलाई सामयिक रूपमा कार्यान्वयन गर्ने कि नगर्ने भनेर निर्धारण गर्न माथिको बोली र जरुरतको आकलन गर्ने गर्नु हुँदैन। त्यस्ता कुराहरू हुनु हुँदैन, बरु अगुवा र कामदारहरूले उक्त कामलाई नियमित कामझैँ अघि बढाउनुपर्छ, र त्यसलाई महत्त्वपूर्ण कार्य र आज्ञाका रूपमा लिएर पूरा गर्नुपर्छ—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। विशेष परिस्थितिहरूमा आपत्‌कालीन योजनाहरू हुने गर्छन्, र यो विशेष सन्दर्भहरूमा गरिने काम हो। जब केही विशिष्ट र विशेष घटनाहरू घट्छन्, तब माथिले अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूलाई, यो अवसरको सदुपयोग गरेर सत्यतालाई अझ व्यावहारिक तरिकाले प्रयोग गरी मानिस र वस्तुहरूलाई खुट्ट्याउन, मानिस र कामकुराहरूलाई छर्लङ्गै देख्न सिक्न, र सत्यताबारे अझ ठूलो बुझाइ हासिल गर्न यी सन्दर्भ र घटनाहरूलाई प्रयोग गर्ने तुल्याउँछन्। यसो गर्नुको उद्देश्य मानिसहरूलाई झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू खुट्ट्याउन सक्षम तुल्याउनु हो। यसबाहेक, यो दाजुभाइ-दिदीबहिनीहरूलाई मण्डली जीवनका लागि शान्त, उचित, र बाधारहित वातावरणमा पाउने तुल्याउनका लागि गरिन्छ। अर्कोतर्फ, यो मानिसहरूलाई सामयिक रूपमा विभिन्न पाठहरू सिक्न र प्रशिक्षण प्राप्त गर्न सक्षम तुल्याउनका लागि गरिन्छ; एक पटक यस तरिकाले प्रशिक्षित भएपछि, मानिसहरूले आफ्ना जीवनमा अत्यन्तै प्रगति गर्नेछन्। माथिले सबै तहका अगुवा र कामदारहरूलाई र दाजुभाइ-दिदीबहिनीहरूलाई, र खासगरी सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई प्रशिक्षण दिने यो एउटा तरिका हो। त्यसमा कुनै द्वेषभाव हुँदैन, माथिले मानिसहरूलाई यातना दिइरहेको, वा सानो कुरालाई ठूलो बनाइरहेको हुँदैन। ती आपत्‌कालीन योजनाहरू हुन्, जुन अस्थायी कामका प्रबन्धहरू हुन्, तैपनि ती अझै महत्त्वपूर्ण र मूल्यवान् छन्, र मलाई आशा छ कि सबै तहका अगुवा र कामदारहरू अनि दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा बुझ्न र तिनलाई सही तरिकाले लिन सक्छन्।

हामीले जम्मा १० वटा कामका प्रबन्धहरूको विषयवस्तुको सूचि बनाएका छौँ, र अब मैले मूलतः यी दसवटा विषयवस्तुहरूबारे सङ्गति गरिसकेको छु। मैले तिनका बारेमा धेरै विस्तृत रूपमा सङ्गति गरेको छैनँ, तर मैले जे-जति सङ्गति गरेको छु, त्यो नै तिमीहरूलाई कामका प्रबन्धहरू ठ्याक्कै के हुन् र परमेश्‍वरको घरले गर्ने विशिष्ट काम के हो भन्ने कुरा बुझ्ने र बोध गर्ने तुल्याउन काफी हुन्छ। अर्को हिसाबले, तिमीहरू परमेश्‍वरले मण्डलीमा र उहाँले यी विशिष्ट विषयवस्तुहरूमार्फत चयन गर्नुभएका मानिसहरूमाझ ठ्याक्कै के गरिरहनुभएको छ भनी बुझ्न सक्षम तुल्याइएका छौ। परमेश्‍वरको घरको काम भनेको कुनै उद्यममा, वा राजनीतिमा, वा मानव अधिकारमा संलग्न हुनु होइन, न त कुनै व्यावसायिक गतिविधिमा संलग्न हुनु नै हो; परमेश्‍वरको घरले गर्ने कामका विषयवस्तुहरू कामका प्रबन्धहरूमा पाइनेहरू नै हुन्। र त्यसैले, केही सत्तारूढ दलहरू र सामाजिक संस्थाहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा के भइरहेको छ भनी सधैँ अनुगमन, शोध, र अनुसन्धान गरिरहेका हुन्छन्, र सायद यसलाई जाँच गरेर—परमेश्‍वरको घरका भिडियो र वेबसाइटहरू हेरेर—तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डली एउटा साँचो आस्था हो, र यो कुनै पनि देशका राजनीतिक गतिविधिहरूमा संलग्न छैन भन्ने पुष्टि गरेका छन्। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले धेरै वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको उन्मत्त दमन र आक्रमणहरूको कष्ट भोग्दै आएको छ र तैपनि यसले सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन जारी राख्छ, र यसले परमेश्‍वरका वचनहरू, सत्यता, र हर प्रकारका गवाही भिडियोहरू अनलाइनमा अपलोड गरेको छ, जसले मानव समाजलाई अत्यन्तै ठूला र धेरै फाइदाहरू पुर्‍याएको छ र आखिरी दिनहरूमा परमेश्‍वरले निरन्तर रूपमा सत्यता व्यक्त गरिरहनुभएको छ र मानवजातिलाई मुक्ति दिइरहनुभएको छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गरेको छ। तिनीहरूले निरन्तर रूपमा अनुसन्धान माथि अनुसन्धान गरिरहन्छन्, र तिनीहरूको अनुसन्धानबाट के नतिजा पाउँछन् त? के तिनीहरू भयानक तरिकाले निराश हुँदैनन् र? तिनीहरूले हाम्रो मण्डलीलाई “कट्टर पन्थ” को संज्ञा दिन, र मण्डलीलाई पार्टीविरोधी र राष्ट्रविरोधीको संज्ञा दिन के गलचेप भेट्न सकिन्छ भनेर समेत मनन गरे। तर अब तिनीहरूले यसो गर्न नसकिने देखेका छन्—मण्डलीले वर्षौँदेखि जारी गर्दै आएका कामका प्रबन्धहरूलाई मूल्याङ्कन गर्दा, तिनीहरूसँग मण्डलीलाई यस्ता संज्ञाहरू दिने कुनै उपाय नै छैन, र तिनीहरूको अनुसन्धान सबै व्यर्थ भएको छ। यो ठ्याक्कै ती दिनहरूमा यहूदीहरूले प्रभु येशूको अध्ययन गरेसरह हो। शास्त्री, फरिसी, र वरिष्ठ सरकारी अधिकारीहरूले प्रभु येशूले भन्नुभएका र गर्नुभएका कुराहरू अध्ययन गरे अनि उहाँले गर्नुभएको कुनै पनि कुरा पनि कानुनविपरीत वा राजनैतिक थिएन, प्रभु येशूले भन्नुभएको र गर्नुभएको सबथोक सही थियो, सत्यता थियो, र पूर्णतया धर्मशास्त्रहरूअनुसार थियो भन्ने थाहा पाए, र अन्त्यमा तिनीहरू निराश भए। धार्मिक संसारले अहिले परमेश्‍वरको घरले धेरैभन्दा धेरै चलचित्र र अनुभवात्मक गवाही भिडियोहरू निर्माण गरिरहेको छ, र विशेषगरी परमेश्‍वरका वचनका पुस्तकहरू र वाचनहरूको सङ्ख्या बढिरहेको छ भन्ने देख्छ, र त्यसैले तिनीहरूले के सोच्छन्? यदि तिनीहरूले यी सबै कुराहरू परमेश्‍वरबाट आइरहेका छन् भनेर देख्न सक्दैनन् भने, तिनीहरू साँच्चै अत्यन्तै मूर्ख छन्! जुन कुरा परमेश्‍वरबाट आउँछ त्यो फस्टाउनैपर्छ—यो पवित्र आत्माको कामको नतिजा हो, र यसलाई कसैले पनि लुकाउन सक्दैन। परमेश्‍वरका वचनहरू अहिले संसारभरि फैलिएका छन् र उहाँले व्यक्त गर्नुहुने सत्यताहरू सारा मानवजातिका अगाडि बिछाइएका छन्; परमेश्‍वरको देखापराइ र काम शक्तिशाली रूपमा अघि बढ्छ, कुनै पनि राष्ट्र वा बलले त्यसको विरोध गर्न सक्दैन। ठूलो रातो अजिङ्गर पूर्ण रूपमा लज्जित र पराजित भइसकेको छ! धार्मिक संसारले परमेश्‍वरको कामको जतिसुकै निन्दा गर्न सक्ने भए पनि, तिनीहरूले त्यसलाई प्रतिरोध गर्न सक्दैनन्, र अन्त्यमा, तिनीहरू हटाइन र त्यसको ज्वारभाटामा डुब्न मात्र सक्छन्।

अब मैले कामका प्रबन्धहरूका विषयवस्तुबारे सङ्गति गरिसकेको छु। मैले जे कुराका बारेमा सङ्गति गरेको छु, के ती सबै परमेश्‍वरको घरले गरेका काम होइनन् र? तिमीहरूका आँखाले देख्ने, तिमीहरूका कानले सुन्ने, र तिमीहरूले व्यक्तिगत रूपमा अनुभव र सराहना गर्ने काम यही हो—यसमा गोप्य कुरा केही पनि छैन। ठूलो रातो अजिङ्गरसँग मण्डलीका वर्षौँदेखिका सबै कामका प्रबन्धहरू छन्—तिनीहरूसँग भएका कामका प्रबन्धहरू धेरै र वृहत् छन्। तिनीहरूले अन्ततः यो निष्कर्षमा नपुगेसम्म तिनलाई हरेक दिन अध्ययन गर्छन्, र बारम्बार अध्ययन गरिरहन्छन्: “यदि यी मानिसहरूले निरन्तर रूपमा परमेश्‍वरका वचनहरू फैलाउने र यसरी परमेश्‍वरको कामको गवाही दिने हो भने, त्यो त विकराल हुनेछ! यी सबै मानिसहरूलाई नष्ट पार्नै पर्छ, र भागेर विदेश गए पनि तिनीहरूलाई बाँकी राख्नु हुँदैन।” देखिस् नि, दियाबलसहरू साधारण भ्रष्ट मानिसहरूसरह हुँदैनन्—तिनीहरूले तीतो अन्त्यसम्म नै परमेश्‍वरको विरोध गर्नेछन्। यदि साधारण भ्रष्ट मानिसहरूले मण्डलीका गवाहीहरू देखेमा, तिनीहरूले ती बुझ्न सक्छन्, तिनीहरूलाई ती व्यावहारिक लाग्नेछ, र तिनीहरू कुनै सतावटमा संलग्न हुनेछैनन्। तर, शैतान र दियाबलसहरू यस्ता हुँदैनन्। तिनीहरूले तैँले परमेश्‍वरलाई पछ्याइरहेको र परमेश्‍वरको गवाही दिइरहेको देख्दा, तँलाई घृणा गर्छन्, तँलाई मार्न चाहन्छन्, र तँलाई जिउने अनुमति दिँदैनन्। यदि तैँले तिनीहरूले भनेको गरिनस् र तिनीहरूको आराधना गरिनस् भने, तिनीहरूले कहिल्यै तेरो पिछा छोड्नेछैनन्, र तिनीहरूले तँलाई जिउन दिनेछैनन्। तँ चाहे जहाँ गए पनि तिनीहरूले मृत्युसम्मै तँलाई खेदाउनेछन्। ठूलो रातो अजिङ्गरले यही गर्छ। यो शैतानको दुष्टता हो, र त्यो साधारण भ्रष्ट मानिसहरूभन्दा फरक हुन्छ। तँ यसबारे प्रस्ट हुनैपर्छ।

कामका प्रबन्धहरू कसरी सही तरिकाले सञ्चार र कार्यान्वयन गर्ने

अ. कामका प्रबन्धहरू कसरी सञ्चार गर्ने

यी दसवटा कामका प्रबन्धका विषयवस्तुहरू परमेश्‍वरले मण्डलीमा र परमेश्‍वरका चुनिएका मानिसहरूमाझ निर्वाह गर्ने विभिन्न प्रकारका सबै कामका दायरा र सामग्री हुन्। यस कामको सामग्री र दायरा बुझ्नाले परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवा र कामदारहरूलाई यो काम राम्रोसँग गर्न सुपरिवेक्षण गर्न मदत गर्छ। अर्को हिसाबले, यसले मुख्यगरी अगुवा र कामदारहरूलाई आफ्ना जिम्मेवारीहरूका दायरा, उनीहरूले गर्नुपर्ने काम र पूरा गर्नुपर्ने जिम्मेवारीहरू बुझ्न र बोध गर्न, र “अगुवा र कामदारहरू” नामपदवीको सही परिभाषा प्राप्त गर्न मदत गर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन्? उनीहरू कस्तो रूपमा जिउनुपर्छ? के उनीहरू राज्य सरकारका अधिकारीहरू जस्तै हुनुपर्छ? (हुनु हुँदैन।) “अगुवा र कामदारहरू” कुनै आधिकारिक पद वा पदवी होइन। व्यक्तिले अगुवा र कामदारहरू के हुन् भन्ने कुरा अगुवा र कामदारहरूले पूरा गर्ने कर्तव्यहरूबाट, र परमेश्‍वरले उनीहरूलाई सुम्पनुहुने आज्ञा र उनीहरूबाट माग गर्नुहुने मानकबाट बुझ्नुपर्छ। यसरी, व्यक्तिले “अगुवा र कामदारहरू” नामपदवीको तुलनात्मक रूपमा ठोस बुझाइ प्राप्त गर्नेछ, र ऊ अगुवा र कामदारहरूको परिभाषाबारे अझ प्रस्ट बन्नेछ। अगुवा र कामदारहरूले न्यूनतम रूपमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? उनीहरूले हरेक कामका प्रबन्धहरूलाई नवौँ विषयवस्तुमा उल्लिखित परमेश्‍वरको घरका मागहरूअनुसार सही तरिकाले सञ्चार, जारी, र कार्यान्वयन गर्नुपर्छ। कामको प्रबन्ध चाहे जे पक्षसँग सम्बन्धित भए पनि, त्यो अगुवा र कामदारहरूमार्फत सञ्चार भएसम्म, उनीहरूले कामका प्रबन्धबारे पूर्ण रूपमा सही बुझाइ प्राप्त गरेपछि, ढिलाइ र रोकावटबिना मण्डलीहरूलाई त्यो सञ्चार गर्नैपर्छ। कामका प्रबन्धहरू कसलाई सञ्चार गरिँदै छ भन्ने कुरामा, यदि परमेश्‍वरको घरले कामका प्रबन्धहरू प्रचारक, मण्डली अगुवा, र मण्डली डिकन लगायत सबै तहका अगुवा र कामदारहरूलाई सञ्चारित गर्न माग गर्छ भने, ती यस तहका मानिसहरूसम्म नै सञ्चारित हुनुपर्छ, अनि त्यतिमै रोकिनुपर्छ; यदि कामका प्रबन्धहरू हरेक दाजुभाइ-दिदीबहिनीलाई सञ्चारित गर्नुपर्ने हो भने, तिनलाई परमेश्‍वरको घरका मागहरूअनुसार कडाइका साथ हरेक दाजुभाइ-दिदीबहिनीलाई सञ्चारित गर्नुपर्छ। यदि वातावरणले लिखित रूपमा कामका प्रबन्धहरूलाई सञ्चार गर्न असहज बनाउँछ, र यसो गर्दा सुरक्षा जोखिमहरू वा झनै ठूला समस्याहरू निम्तिन्छ भने, कामका प्रबन्धहरूको महत्त्वपूर्ण र प्रमुख सामग्री हरेक व्यक्तिलाई मौखिक रूपमा सही तरिकाले सञ्चारित गर्नुपर्छ। त्यसोभए, कामका प्रबन्धहरू सञ्चारित भएको मानिन यो कसरी गरिनुपर्छ त? यदि कामका प्रबन्धहरू लिखित रूपमा सञ्चारित भइरहेका छन् भने, सबैले ती प्राप्त गरे, सबैले तीबारे थाहा पाए, र सबैले तिनलाई गम्भीर रूपमा लिइरहेका छन् भन्ने कुरा पुष्टि हुनुपर्छ; यदि ती मौखिक रूपमा सञ्चारित भइरहेका छन् भने, तिनलाई सञ्चार गरिसकेपछि, मानिसहरूलाई तिनीहरूले ती कुराहरू प्रस्ट रूपमा बुझे कि बुझेनन् र तिनीहरूलाई याद छ कि छैन भनेर बारम्बार सोधिनुपर्छ, र तिनीहरूलाई कामका प्रबन्धहरू सुनाउन लगाउन पनि सकिन्छ—यस तरिकामा मात्र कामका प्रबन्धहरू साँचो रूपमा सञ्चार भएको मान्न सकिन्छ। यदि मानिसहरूले परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू के-के हुन्, र विशिष्ट सामग्री के हो भनी सुनाउन र प्रस्ट रूपमा भन्न सक्छन् भने, यसले कामका प्रबन्धहरू तिनीहरूका मनमा सञ्चारित भइसकेका छन्, तिनीहरूले तिनलाई याद गरेका छन्, र प्रस्ट रूपमा बुझ्छन् भन्ने प्रमाणित गर्छ। त्यसपछि मात्र कार्य बन्दोबस्तहरू साँचो रूपमा सञ्चारित भएका छन् भन्ने मान्न सकिन्छ। यदि अवस्थाहरू, वातावरण, र त्यस्ता अन्य तत्त्वहरू सबै कामका प्रबन्धहरू लिखित रूपमा सञ्चारित हुन उपयुक्त छन् भने, ती बिलकुलै लिखित रूपमा नै सञ्चार गरिनुपर्छ; यदि वातावरणले नदिएका कारण तिनलाई लिखित रूपमा सञ्चार गर्न सकिँदैन र त्यसको सट्टामा तिनलाई मौखिक रूपमा नै सञ्चार गर्नुपर्छ भने, जे कुरा मौखिक रूपमा सञ्चार भइरहेको छ त्यो कामका प्रबन्धहरूसँग मिल्दोजुल्दो भएको, ती विकृत नभएको, र तिनमा कुनै व्यक्तिगत बुझाइ नजोडिएको, र मूल पाठ सम्बन्धित रहेको पुष्टि हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू साँचो रूपमा र सही तरिकाले सञ्चार भएको छ भन्ने मान्न सकिन्छ। कामका प्रबन्धहरू पूर्ण रूपमा तिनका विशिष्ट शब्दहरूअनुसार सञ्चार गरिनुपर्छ; तिनलाई गैरजिम्मेवार रूपमा वा मानिसहरूका व्यक्तिगत बुझाइ र कल्पनाहरूका आधारमा विकृत वा निरर्थक व्याख्याहरू सहित सञ्चार गर्नु हुँदैन। जब तिनलाई सही तरिकाले सञ्चार गर्ने कुरा आउँछ, मानिसहरूले कामका प्रबन्धहरू सञ्चार गर्नका लागि कडाइको स्तर बुझ्नुपर्छ; अर्थात्, तिनलाई सही रूपमा सञ्चार गर्नुपर्छ। कतिपय मानिसहरू यसो भन्छन्, “के हामीले तिनलाई दुरुस्त सञ्चार गर्नुपर्छ र?” अहँ, त्यसो गर्नु आवश्यक छैन। दुरुस्ती त उपकरणहरूबाट मात्र माग गरिन्छ; यदि मानिसहरूले तिनलाई सही तरिकाले सञ्चार गर्न मात्र सकेमा, तिनीहरूले राम्रै काम गरिरहेका छुन्छन्। उदाहरणका लागि, मण्डली जीवनका सम्बन्धमा, परमेश्‍वरको घरका कामका प्रबन्धहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरलाई चिन्नेबारे परमेश्‍वरका वचनहरू खान र पिउन माग गर्छन्—के यो कुरा सञ्चार गर्न सजिलो छ? (छ।) कामका प्रबन्धहरूले मानिसहरूलाई एउटा दायरा दिन्छन् र तिनीहरूले परमेश्‍वरका यी सबै सान्दर्भिक वचनहरू पढ्न सक्छन्। तर, यदि कसैले कामका प्रबन्धहरूलाई गलत व्याख्या गर्‍यो, आफ्ना व्यक्तिगत बुझाइ र धारणा र कल्पनाहरू जोड्यो र केही अतिरिक्त शब्दहरू सञ्चार गर्‍यो भने, के यसको अर्थ ऊ कामका प्रबन्धहरूबाट विचलित भएको छ भन्ने होइन र? के उसले कामका प्रबन्धहरू सही तरिकाले सञ्चार गरिरहेको हुन्छ? (हुँदैन।) उसले कामका प्रबन्धहरू आफ्नै कुराहरू थपेर सञ्चार गरिरहेको हुन्छ—यो विशुद्ध रूपमा वाहियात कुरा हो। व्यक्तिले माथिबाट आउने हरेक कामको प्रबन्ध कैयौँ पटक दोहोर्‍याएर पढ्नुपर्छ र ऊ त्यसको सही अर्थ, यो कामको प्रबन्ध जारी गर्नुको महत्त्व, त्यसले हासिल गर्न खोजेका नतिजाहरूबारे प्रस्ट हुनुपर्छ, र त्यसपछि उसले माथिले प्रबन्ध गरेका यो विशिष्ट कामका विषयवस्तुहरू अभ्यास गर्ने सही तरिका पत्ता लगाउनुपर्छ, र कुनै पनि गल्तीहरू गर्नबाट जोगिनुपर्छ। यी कुराहरू सङ्गति गरेर बुझेपछि कामका प्रबन्धहरूको सञ्चार पूर्ण रूपमा सही हुनेछ। सुरुमा गर्नु पर्ने काम भनेको ग्रामीण क्षेत्रका अगुवा र कामदारहरूले कामका प्रबन्धहरू अन्य सबै तहका अगुवा र कामदारहरूलाई सञ्चार गर्नु हो, र अन्त्यमा ती हरेक मण्डलीका हरेक समूहका सुपरिवेक्षकलाई पठाउनु हो। त्यसपछि परमेश्‍वरको घरका कामका प्रबन्धहरूबारे भेलाहरूमा कैयौँ पटक सङ्गति गर्नुपर्छ ताकि परमेश्‍वरका चुनिएका सबै मानिसहरूले तिनलाई बुझून् र अभ्यास गर्न जानून्—यो प्रभाव हासिल भएपछि मात्र ती सञ्चारित भएको मान्न सकिन्छ। कामका प्रबन्धहरू परमेश्‍वरको घरले माग गरेका विधि र दायराअनुसार नै सञ्चार गरिनुपर्छ। सञ्चार गरिने सामग्री, अवश्य पनि, सही र त्रुटिरहित हुनुपर्छ। तैँले यतिकै तिनलाई गलत अर्थ्याउन र आफ्नै विचारहरू थप्न हुँदैन—त्यो तिनलाई सही रूपमा सञ्चार गर्नु होइन, र यो अगुवा वा कामदारको रूपमा आफ्ना कर्तव्यहरूलाई उपेक्षा गर्नु हो। कामका प्रबन्धहरूलाई सही रूपमा सञ्चार र कार्यान्वयन गर्नुलाई यसरी बुझ्नुपर्छ।

यदि अगुवा र कामदारहरू अझै पनि कसरी कामका प्रबन्धहरूलाई सही तरिकाले सञ्चार गर्ने भन्नेबारे निश्चित छैनन् भने उनीहरूले के गर्नुपर्छ? यसको एउटा निकै सरल र सजिलो विधि छ। अगुवा र कामदारहरूले कामका प्रबन्धहरू प्राप्त गरेपछि, उनीहरूले पहिला कामका प्रबन्धहरूबारे अन्य अगुवा र कामदारहरूसँग सङ्गति गर्नुपर्छ, यी कामका प्रबन्धहरूका लागि माथिले कति वटा विशिष्ट विषयवस्तुहरू माग गरेका छन् भनेर हेर्नुपर्छ, र तिनलाई एक-एक गरी सूचिबद्ध गर्नुपर्छ। त्यसपछि, यी कामका प्रबन्धहरूका आधारमा, उनीहरूले स्थानीय मण्डलीको वास्तविक अवस्थालाई ख्याल गर्नुपर्छ, जस्तै सुसमाचारको काम, विभिन्न प्रकारका पेसागत कामहरू, र मण्डली जीवनका परिस्थितिहरू, साथै विभिन्न किसिमका सबै मानिसहरूको क्षमता र पारिवारिक परिस्थितिहरू, र आदि, यी कामहरू कसरी कार्यान्वयन गर्ने भनी हेर्न यी सबै कुराहरूलाई समाहित गर्नुपर्छ। सङ्गतिमार्फत, सबै अगुवा र कामदारहरू कामका प्रबन्धहरूबारे समान र सही बुझाइमा पुग्नुपर्छ, र उनीहरूसँग तिनलाई सञ्चार गर्ने त्यही बमोजिमका विधिहरू हुनुपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू सही तरिकाले सञ्चार हुनेछन्। यदि कुनै अगुवा वा कामदारले कामका प्रबन्धहरू प्राप्त गर्छ, र, तिनमा विशिष्ट रूपमा के छ भन्ने कुरा थाहा नपाई, अन्धाधुन्ध रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै भेला पार्छ र ती जारी र सञ्चार गर्छ भने, के यो उचित हो त? यसको नतिजास्वरूप कामका प्रबन्धहरू सञ्चार गरिएको एकदुई महिनापछि, हरेक मण्डलीमा ती कार्यान्वयन गर्ने तरिकामा विचलनहरू छन् भन्ने पत्ता लाग्छ, र उक्त अगुवा वा कामदारले कामका प्रबन्धहरूलाई नजिकबाट हेरेपछि मात्र, उनीहरूले कामका प्रबन्धहरू विचलनहरूका साथ सञ्चार गरिएका रहेछन् भनेर थाहा पाउँछन्। यदि त्यस अगुवा वा कामदारले उहीबेला नै जिम्मेवारीपूर्वक कामका प्रबन्धहरू पढेको वा तीबारे सङ्गति गरेको भए, ठिकै हुने थियो, तर उसले क्षणिक रूपमा अल्छी गरेको र झारा टारेको हुनाले, उसले मण्डलीको काममा धेरै त्रुटि र विचलनहरू देखा पर्ने तुल्यायो, अनि पछि, उसले तिनलाई सच्याउनुपर्छ। यसले एउटा थप पूरै अनावश्यक कदम थप्छ र समय बरबाद गर्छ। उसले सिधै कामका प्रबन्धहरूलाई प्रस्ट रूपमा सङ्गति गरेर त्यसपछि तिनलाई एक-एक गर्दै सञ्चार र कार्यान्वयन गरेका भए राम्रो हुने थियो। काम राम्रोसँग नगर्दा के त्यो गल्ती होइन र? (हो।) त्यसकारण, कामका प्रबन्धहरू सही तरिकाले सञ्चार गर्ने कदमहरू हुन्छन्। अगुवा र कामदारहरूसँग सुरुमा कामका प्रबन्धहरूको विशिष्ट सामग्रीबारे साँचो बोध र सही बुझाइ हुनैपर्छ, र त्यसपछि उनीहरूसँग मनमा विशिष्ट कार्यान्वयन योजनाहरू, कार्यान्वयन विधिहरू, र कार्यान्वयनका लक्षित पात्रहरू हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू सही रूपमा सञ्चार गर्न सकिन्छ। अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूबारे अपूरो बुझाइ मात्र हुँदा, उनीहरूले तिनलाई बुझेका जस्तो मात्र देखिँदा, उनीहरू तिनका बारेमा अनिश्चित र अस्पष्ट हुँदा, वा उनीहरूले तिनमा भएका विशिष्ट मागहरू र सामग्रीलाई बुझ्दै नबुझ्दा, यदि उनीहरूले तिनलाई अन्धाधुन्ध रूपमा जारी र सञ्चार गरेमा, के त्यो उचित हुन्छ? (हुँदैन।) के त्यस्ता अगुवा र कामदारहरूले राम्ररी काम गर्न सक्छन्? स्पष्ट रूपमा सक्दैनन्। त्यसैले, दाजुभाइ-दिदीबहिनीहरूले कामका प्रबन्धहरूमा विशिष्ट माग गरिएका मानकहरू र सिद्धान्तहरू के-के हुन्, वा तिनलाई ठ्याक्कै कसरी अघि बढाउने भन्नेबारे थाहा नपाएका अवस्थामा, अगुवा र कामदारहरूसँग पहिल्यै कामका प्रबन्धहरूको सही बुझाइ हुन्छ, साथै तिनलाई कार्यान्वयन गर्ने ठोस योजना र कदमहरू हुन्छ—यस तरिकामा मात्र अगुवा र कामदारहरूले पहिलो कदम, अर्थात् कामका प्रबन्धहरू सञ्चार गर्ने कामलाई अघि बढाउन सक्छन्। एकपटक कामका प्रबन्धहरू सञ्चार भएपछि, र दाजुभाइ-दिदीबहिनीहरू सबैले कामका प्रबन्धहरूको सामग्रीलाई सही रूपमा बुझेपछि, र परमेश्‍वरको घरले यो काम गर्नुको महत्त्व, मूल्य र मानकहरूबारे केही ज्ञान प्राप्त गरेपछि, अगुवा र कामदारहरूले मानिस र विशिष्ट कामहरू कसरी बाँडफाँड गर्ने भन्नेबारे, र यस कामलाई कसले कार्यान्वयन गर्ने र अघि बढाउने भन्ने विशिष्ट योजनाबारे तुरुन्तै सङ्गति गर्नुपर्छ—काम गर्ने कदमहरू यिनै हुन्। यस तरिकाले कामको अनुगमन गर्नेबारे तिमीहरूलाई के लाग्छ? के त्यसलाई कामलाई नजिकबाट अनुगमन गर्नु मान्न सकिन्छ? के त्यो कामलाई तुरुन्तै अनुगमन गर्नु हो? (हो।)

आ. कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने

अगुवा र कामदारहरूले एउटा कामको प्रबन्ध प्राप्त गरेपछि, उनीहरूले केवल त्यसलाई सञ्चार र जारी गर्नुपर्छ, अनि काम सकिन्छ भन्ने होइन। के हरेक मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले कामको प्रबन्ध जारी भएको छ भनेर थाहा पाएपछि त्यो कार्यान्वयन भएको मान्न सकिन्छ? यो कुनै कामको प्रबन्धलाई साँच्चिकै अघि बढाउनु वा कार्यान्वयन गर्नु होइन, यो उनीहरूका जिम्मेवारीहरू पूरा गर्नु होइन, न त यो परमेश्‍वरले अन्ततः माग गर्नुहुने मानक नै हो। लक्ष्य कुनै कामको प्रबन्ध सञ्चार र जारी गर्नु होइन—त्यसलाई कार्यान्वयन गर्नु चाहिँ लक्ष्य हो। त्यसोभए, कामका प्रबन्धहरूलाई विशिष्ट रूपमा कसरी कार्यान्वयन गरिनुपर्छ? अगुवा र कामदारहरूले सम्बन्धित सबै सुपरिवेक्षक र दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै बोलाउनुपर्छ र काम कसरी गरिनुपर्छ भन्नेबारे उनीहरूसँग सङ्गति गर्नुपर्छ, र त्यो सँगसँगै कामलाई अघि बढाउनका लागि एक प्रमुख सुपरिवेक्षक अनि समूह सदस्यहरू छनौट गर्नुपर्छ। काम कार्यान्वयन गर्दा अगुवा र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको सङ्गति हो—सिद्धान्तहरूअनुरूप र परमेश्‍वरको घरको यो कामको प्रबन्धअनुरूप कसरी काम गर्ने, र यो काम परमेश्‍वरको घरको यो कामको प्रबन्ध कार्यान्वयन भएको र अघि बढाइएको छ भन्ने अर्थ लाग्ने तरिकाले कसरी गर्ने भन्नेबारे सङ्गति गर्ने हो। सङ्गति गर्दा, दाजुभाइ-दिदीबहिनीहरू र अगुवा र कामदारहरूले विभिन्न योजनाहरू सुझाउनुपर्छ, र अन्त्यमा एउटा तरिका, विधि, र सबैभन्दा उचित र सिद्धान्तहरूअनुसारका कदमहरू चुन्नुपर्छ, र पहिला के गर्ने, अनि त्यसपछि के गर्ने भन्ने निर्णय गर्नुपर्छ, ताकि काम व्यवस्थित ढङ्गले अघि बढ्न सकोस्। यो कुरा सैद्धान्तिक रूपमा बुझिसकेपछि, जब मानिसहरूसँग उप्रान्त कुनै कठिनाइ वा कल्पनाहरू बाँकी हुँदैनन्, जब उनीहरूले यो कामप्रति कुनै प्रतिरोध महसुस गर्दैनन्, र परमेश्‍वरको घरको यो कामको प्रबन्धको अर्थ र उद्देश्य बुझ्न सक्छन्, तब उक्त काम अझै पनि कार्यान्वयन भएको मान्न सकिँदैन। यस कामका लागि को सबैभन्दा उपयुक्त छ र त्यसमा को सबैभन्दा दक्ष छ, कसले यो कामको जिम्मेवारी वहन गर्न सक्छ, र कोसँग यो काम पूरा गर्ने क्षमता छ भन्ने कुराको पनि निर्णय गर्नुपर्छ। यो काम वहन गर्ने मानिसहरू छनोट गर्नुपर्छ, कार्यान्वयन योजना र पूरा गरिनुपर्ने अन्तिम मिति तय गर्नुपर्छ, र काम पूरा हुनका लागि आवश्यक पर्ने स्रोत, सामग्री, र त्यस्तै अन्य कुराहरू तयार गरिनुपर्छ र प्रस्ट रूपमा भनिनुपर्छ—त्यसपछि मात्र काम कार्यान्वयन भएको मान्न सकिन्छ। अवश्य पनि, कार्यान्वयन गर्नु अघि, यस कामका लागि जिम्मेवार मानिसहरूसँग व्यक्तिगत रूपमा विशिष्ट कुराकानी र छलफलहरू चलाउनु, उनीहरूले यसअघि यो काम गरेका छन् कि छैनन् र यसबारे उनीहरूका विचार र सोचहरू के-के छन् भनी सोध्न पनि जरुरी हुन्छ। यदि उनीहरूले सिद्धान्तहरूसँग मेल खाने केही योजना र सोचहरू प्रदान गर्छन् भने, तिनलाई अपनाउन सकिन्छ। यसमाथि, हरेक काम कार्यान्वयन गर्दा, वास्तवमा कतिवटा समस्याहरू छन् भनी पत्ता लगाउनमा पनि ध्यान दिनैपर्छ—यस कदमलाई बेवास्ता गर्नु हुँदैन। समस्याहरू पत्ता लागेपछि, ती समस्याहरूलाई सामयिक रूपमा समाधान गर्ने उपायहरू सोच्नुपर्छ, र भए जति सबै समस्याहरूलाई पूर्ण रूपमा समाधान गरेपछि मात्र कामको प्रबन्ध वास्तवमै कार्यान्वयन हुनेछ। यसका साथै, के तैँले यो काम परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तहरूअनुरूप कसरी गर्ने भनेर खोजी पनि गर्नु पर्दैन र? त्यसमाथि, यो कामको समयका सन्दर्भमा परमेश्‍वरको घरसँग कुनै मागहरू छन् कि छैनन्, यो कति समयावधिमा पूरा हुनैपर्छ, पेसागत सीपहरूका सम्बन्धमा कुनै ठोस सर्तहरू छन् कि छैनन्, आदि, सबै अगुवा र कामदारहरूले सम्बन्धित सुपरिवेक्षकहरूसँग सङ्गति गर्नुपर्ने विषयहरू हुन्। यो कार्यान्वयन हो। कार्यान्वयन मौखिक कुराकानी वा सिद्धान्तमा समाप्त हुँदैन, बरु यसमा सम्बन्धित कामको वास्तविक प्रगति, साथै समाधान गरिनु पर्ने केही विशिष्ट समस्या र कठिनाइहरू संलग्न हुन्छन्। यी सबै अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूसँग कामका प्रबन्धहरू कार्यान्वयन गर्दा ख्याल गर्नुपर्ने कुराहरू हुन्। भन्नुको मतलब, यो विशिष्ट काम गर्नुअघि, अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूसँग यस प्रकारको सङ्गति, विश्लेषण, र छलफल गर्नुपर्छ—यो कार्यान्वयन हो। यो कार्यान्वयन अगुवा र कामदारहरूको जिम्मेवारी हो, र अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा नै यही हो। यसरी अभ्यास गर्नु भनेको वास्तविक काम गर्नु हो। मानौँ कुनै अगुवाले यसो भन्छ, “अहिले, यो काम कसरी गर्ने भनेर मलाई पनि थाहा छैन। जे भए पनि, मैले यो काम तिमीलाई हस्तान्तरण गरेको छु। मैले तिमीलाई कामका प्रबन्धहरू पनि सञ्चार र जारी गरेको छु, र सम्बन्धित सबै मामलाहरूबारे बताएको छु। जहाँसम्म तिमीलाई त्यो गर्न आउँछ कि आउँदैन, तिमीले त्यो राम्ररी गर्छौ कि नराम्ररी, र त्यसका लागि तिमीलाई कति समय लाग्छ भन्ने कुरा छ, त्यो सबै तिमीमा नै भर पर्ने कुरा हो। यी कुराहरूको मसँग कुनै सरोकार छैन। यति काम गरेर, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु।” के यो अगुवा र कामदारहरूले भन्ने कुरा हो? (होइन।) यदि कुनै अगुवाले यसो भन्छ भने, ऊ कस्तो प्रकारको व्यक्ति हो त? ऊ झूटो अगुवा हो। जब माथिले मागहरू राख्छन् अनि कामका प्रबन्धहरूअनुसार काम गर्न जरुरी हुन्छ, तब यस प्रकारको व्यक्तिले त्यसलाई पूर्ण रूपमा अरू कसैमाथि थोपर्छ, र यसो भन्छ, “यो तिमी गर, मलाई गर्न आउँदैन। जे भए पनि तिमीले नै त्यो सबै बुझ्छौ। तिमी विज्ञ हौ, म त अनाडी हुँ।” यो झूटा अगुवाहरूले बारम्बार बोल्ने एउटा “चर्चित भनाइ” हो; तिनीहरू कुनै बहाना खोज्छन् र त्यसपछि सुटुक्क भाग्छन्।

समग्रमा भन्नुपर्दा, झूटा अगुवाहरू आफ्ना काममा जिम्मेवार हुँदैनन्। तिनीहरूको क्षमता उच्च भए पनि वा न्यून भए पनि, अथवा तिनीहरू त्यस काममा लागि योग्य भए पनि वा नभए पनि, मुख्य कुरा भनेको तिनीहरूले ध्यान दिँदैनन् र त्यसमा आफ्नो हृदय लगाउँदैनन्, साथै तिनीहरू सधैँ झाराटारुवा हुन्छन्। यी जिम्मेवार नहुनुका प्रकटीकरणहरू हुन्। मानौँ कुनै अगुवा वा कामदारमा क्षमता र गहन अनुभवको अलि कमी छ, तर उसले ध्यानपूर्वक काम गर्न र आफ्नो काममा हृदय लगाउन सक्छ। उसले आफ्नो काममा हासिल गर्ने नतिजाहरू त्यति महान् नभए पनि, कम्तीमा, ऊ जिम्मेवार व्यक्ति हो, उसले आफ्नो पूरै हृदय आफ्नो काममा लगाउँछ, र त्यसमा आफ्नो सारा प्रयत्न लगाउँछ। उसमा अलिकति क्षमताको कमी र उसको कद सानो भएकाले मात्र उसले राम्ररी काम नगर्ने हो। यदि उसले केही समय प्रशिक्षण लिएपछि ऊ आफ्नो काममा पूर्ण रूपमा योग्य बन्नेछ भने, यस प्रकारको अगुवालाई जगेर्ना गर्न जारी राख्नुपर्छ। यदि कुनै अगुवामा अलिकति पनि विवेक वा समझ छैन, र ऊ आफ्नो पदमा मात्र टाँसिरहन्छ र हैसियतका फाइदाहरूमा लिप्त हुन्छ, तर कुनै वास्तविक काम बिलकुलै गर्दैन भने, ऊ खाँटी झूटो अगुवा हो र उसलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ, र उसलाई फेरि कहिल्यै प्रवर्धन वा प्रयोग गरिन अनुमति दिनु हुँदैन। एक साँचो अगुवा, एउटा जिम्मेवार अगुवाले, आफ्नो काममा सारा प्रयत्न लगाउँछ—उसले आफ्नो मन त्यसमा अर्पित गर्छ, उसले परमेश्‍वरको आज्ञा पूरा गर्नका लागि हर प्रकारका उपायहरू खोज्छ, र उसले आफूले सक्ने सबैभन्दा ठूलो परिश्रम गर्छ—यसरी, उसले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुन्छ। परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्दै गर्दा, जिम्मेवार अगुवाहरूले कार्यान्वयनको अवस्थिति अवलोकन र अनुगमन पनि गर्नेछन्। कुनै अप्रत्याशित अवस्था आउँदा, उनीहरू सुटुक्क भाग्नु र उक्त मामलाबाट हात झिक्नुको साटो प्रतिक्रिया जनाउने उपायहरू र समाधानहरू अपनाउन सक्षम हुनेछन्। यसरी काम कार्यान्वयन गर्नुलाई जिम्मेवार हुनु भनिन्छ। जब एउटा कामको प्रबन्ध जारी हुन्छ, तब अगुवा र कामदारहरूले त्यो कामलाई हालको सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा लिनुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ; उनीहरूले व्यक्तिगत रूपमा त्यसको अनुगमन गर्नुपर्छ, सुरुदेखि अन्त्यसम्म त्यसको जिम्मेवार हुनुपर्छ, र त्यो काम सही मार्गमा पसेपछि र हरेक समूहका अगुवाहरूले त्यसलाई कसरी गर्ने भन्ने कुरा जानेपछि मात्र कामबाट हात झिक्नुपर्छ। तर त्यसबाट हात झिकेपछि, अगुवा र कामदारहरूले अझै पनि कामको अवस्थिति बुझ्नुपर्छ र समय-समयमा त्यसको निरीक्षण गर्नुपर्छ, यस तरिकाले मात्र काम राम्ररी गरिएको सुनिश्चित गर्न सकिन्छ। अगुवा र कामदारहरूले आफ्ना पद नछाड्नु, सुरुदेखि अन्त्यसम्म दृढतापूर्वक लागिरहनु, कामलाई सही मार्गमा पुऱ्याउनु—यसलाई वास्तविक काम गर्नु भनिन्छ। यो समयावधिमा, अगुवा र कामदारहरूले अन्य कामहरूको प्रगतिमा ध्यान दिन र त्यसको खोजीनिती गर्न पनि आवश्यक छ। काममा जस्तोसुकै कठिनाइ वा समस्याहरू देखा परे पनि, अगुवा र कामदारहरू निर्देशन र समाधान प्रदान गर्न झट्टै कार्यस्थल जानुपर्छ। प्रमुख अगुवा सबैभन्दा निर्णायक काममा अडिग रहनुपर्छ, र त्यो सँगसँगै उसले मण्डलीको अन्य काम अनुगमन गरेर, बुझेर, निरीक्षण, र सुपरिवेक्षण गरेर त्यो सबै सामान्य तरिकाले अघि बढ्ने सुनिश्चित गर्न पनि जरुरी छ। सबैभन्दा निर्णायक कामको कुरा आउँदा, प्रमुख अगुवाले व्यक्तिगत रूपमा कार्यस्थलमै काम गरेर यस कामको कमान लिनुपर्छ, र विशेषगरी कामका निर्णायक भागहरूको कुरा आउँदा, उसले निश्चय नै कार्यस्थल छोड्नु हुँदैन। यदि एउटा व्यक्तिले पर्याप्त हुँदैन भने, ऊसँग सहकार्य गर्न र काम निर्देशन गर्न अर्को व्यक्तिको प्रबन्ध गर्नुपर्छ—यो भनेको निर्णायक काम राम्ररी गर्न हो हरेक प्रयत्न लगाएर साझा उद्देश्यका साथ एकताबद्ध हुनु हो। परमेश्‍वरको घरसित हरेक चरण र समयावधिमा एउटा सबैभन्दा निर्णायक काम हुने भएकाले, यदि प्रमुख अगुवाले निर्णायक काम राम्रोसँग गर्दैन भने, उसको क्षमतामा समस्या छ र उसलाई बरखास्त गर्नैपर्छ। प्रमुख अगुवाले सबैभन्दा निर्णायक कामको कमान लिनुपर्छ जबकि अन्य अगुवाहरूले साधारण कामको कमान लिनुपर्छ; अगुवा र कामदारहरूले कामको महत्त्व र जरुरतको क्रमअनुसार त्यसलाई प्राथमिकता दिन, र फाइदा र बेफाइदाहरू तौलन सिक्नुपर्छ। यदि अगुवा र कामदारहरूले यी सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्छन् भने, उनीहरू मानकअनुसारका अगुवा र कामदार हुन्।

परमेश्‍वरको घरका धेरैजसो अगुवा र कामदारहरू युवा हुन्छन्, उनीहरू नव अभ्यासकर्ता हुन्छन्, र काम गर्न प्रशिक्षण लिइरहेका हुन्छन्, त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गर्न सिक्नु हो। कतिपयले यसो भन्लान्, “के अगुवा र कामदारहरूबाट परमेश्‍वरको घरले गर्ने मागहरू अति उच्च छैनन् र?” वास्तवमा, बिलकुलै उच्च छैनन्। मानिसहरूबाट सिद्धान्तहरूमा महारथ हासिल गर्ने माग गर्नु कसरी उच्च माग हुन्छ? यदि कसैले सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्दैन भने उसले कसरी राम्रोसँग काम गर्न सक्छ? यदि कसैले सिद्धान्तहरूबिना मामलाहरू सम्हाल्छ भने ऊ कसरी अगुवा वा कामदार हुन सक्छ? सिद्धान्तहरूमा महारथ हासिल गर्नु अगुवा र कामदारहरूबाट गरिने माग हो, साधारण मानिसहरूबाट गरिने माग होइन; यदि कसैले सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्दैन भने, उसले काम राम्रोसँग गर्न सक्नेछैन। जुन क्षमताको अत्यन्तै कमी भएका मानिसहरू सिद्धान्तहरूमा पछि पर्छन्, परमेश्‍वरको घरले तिनीहरूलाई जगेर्ना गर्नेछैन, र तिनीहरू अगुवा हुन योग्य पनि हुँदैनन्। कतिपय मानिसहरूलाई अगुवा हुन कठिन हुन्छ भन्ने सधैँ लाग्छ, र यसका दुइटा कारणहरू छन्: एउटा त तिनीहरूले सत्यता बिलकुलै बुझेका हुँदैनन् र तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता प्रयोग गर्न सक्दैनन्; अर्को कारण चाहिँ तिनीहरूमा क्षमताको कमी हुन्छ, तिनीहरूले काम गर्नु भनेको के हो भन्ने थाहा हुँदैन, कामका लागि सिद्धान्तहरू र अभ्यासको मार्गलाई प्रस्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तिनीहरूले धर्मसिद्धान्तहरू समेत प्रस्ट रूपमा बोल्न सक्दैनन्। यस्ता मानिसहरू अगुवा हुन उपयुक्त हुँदैनन्। मानौँ कसैको क्षमता अत्यन्तै कमजोर छ, उसलाई काम कसरी गर्ने भन्ने थाहा छैन, र ऊ आफ्नो कर्तव्य पूरा गर्नमा बिलकुलै प्रभावकारी छैन—अर्थात्, उसले एक दिन लाग्नुपर्ने कार्य गर्न कैयौँ दिन लगाउँछ, र एक महिना लाग्नुपर्ने कार्य गर्न छ महिना लगाउँछ—यस्ता मानिसहरू बेकार हुन्, तिनीहरू केही नकामका हुन्। अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले कुनै पनि कर्तव्य राम्रोसँग पूरा गर्न सक्दैनन्। मैले मानिसहरूबाट यी मागहरू गर्नु न्यायोचित र जायज दुवै हो, र ती अगुवा र कामदारहरूले हासिल गर्न सक्ने कुराहरू नै हुन्। कतिपय मानिसहरूलाई परमेश्‍वरको घरले गर्ने मागहरू अत्यन्तै उच्च छन् भन्ने लाग्छ—यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, तिनीहरू अगुवा र कामदार हुन योग्य छैनन्, र तिनीहरूले जबाफदेहिता लिएर राजीनामा दिनुपर्छ भन्ने देखाउँछ। तिनीहरू अगुवा वा कामदारका जिम्मेवारीहरू वहन गर्न लायक छैनन्, र तिनीहरू अगुवा वा कामदार हुन उपयुक्त हुँदैनन्, त्यसैले तिनीहरू अगुवा नै भए पनि, झूटा अगुवा हुन्। यदि तिनीहरूले एउटा काम समेत राम्रोसँग गर्न सक्दैनन् भने, तिनीहरूले सँगसँगै अरू काममा कसरी सम्हाल्न सक्छन् त? के अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू अगुवा र कामदार हुन लायक हुन्छन् त? यदि तिनीहरू निगरानी गर्ने कुकुर जति असल पनि छैनन् भने, तिनीहरू मानव कहलिन लायक हुँदैनन्। जब एउटा कुकुरले घरको रेखदेख गर्छ, त्यसले घरअगाडिको आँगन, घरपछाडि आँगन, र तरकारी बारीको मात्र रेखदेख गर्दैन, त्यसले त घरका कुखुरा, हाँस, र भेडाको समेत रेखदेख गर्न सक्छ। त्यसले कुनै अपरिचित व्यक्ति आइरहेको देख्नेबित्तिकै भुक्छ—त्यसले कसैलाई पनि आँगनमा प्रवेश गर्न दिनेछैन र मालिकलाई अपरिचित व्यक्ति आएको भनी सतर्क गराउन जानेको हुन्छ। एउटा कुकुरको दिमाग समेत सरल हुँदैन। यदि कसैको क्षमता अत्यन्तै कमजोर छ र उसलाई कुकुरसँग पनि तुलना गर्न मिल्दैन भने, के त्यस्तो व्यक्ति निकम्मा होइन र? कतिपय मानिसहरू फुर्सद मन पराउँछन् र कामलाई घृणा गर्छन्, घिचुवा र अल्छी हुन्छन्, र आफूले केही नगरी परमेश्‍वरको घरमा सित्तैँमा खान चाहन्छन्—के तिनीहरू परजीवी होइनन् र? परमेश्‍वरको घरले अगुवा र कामदारहरूलाई सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न माग गरेर, तिनीहरूलाई आफ्ना कर्तव्य निर्वाहमा सत्यता अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन जगेर्ना गरिरहेको र प्रशिक्षण दिइरहेको हुन्छ। कतिपय अगुवा र कामदारहरू सत्यता पछ्याउन र परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुन सक्षम हुन्छन्—यी सबै मानिसहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्। फुर्सद मन पराउने र कामलाई घृणा गर्ने अनि कुनै पनि वास्तविक काम नगर्नेहरूलाई हटाउनैपर्छ। सुख-सयलको लालसा राख्ने, कष्ट र थकानदेखि डराउने, कष्ट र कठिनाइहरूबारे सधैँ गुनासो गर्ने र कष्ट बिलकुलै सहन नसक्ने ती सबै बेकारका मानिसहरूलाई हटाउनैपर्छ—एक जना पनि बाँकी नरहोस्! यदि अगुवा र कामदारहरूले आफ्नो काम सुरु गर्दा, विभिन्न कठिनाइहरू सामना गरेमा, उनीहरूले समस्याको स्रोत खोज्नुपर्छ, अनि त्यसपछि ती समस्या सिर्जना गर्ने ती बाधक र अव्यावहारिक मानिसहरू—ती अवरोधहरूलाई र व्यवधानहरूलाई पखाल्नुपर्छ। जब बाँकी रहेकाहरू सबै सत्यता स्विकार्न, पालन गर्न, र समर्पित हुन सक्ने मानिसहरू मात्र हुन्छन्, तब उनीहरूलाई अगुवाइ गर्न धेरै सजिलो हुनेछ। अगुवा र कामदारहरूले काम गर्दा, उनीहरूले पहिला सत्यताबारे प्रस्ट रूपमा सङ्गति गर्नुपर्छ ताकि मानिसहरूले ती सुनेपछि तिनीहरूसँग अघि बढ्ने मार्ग होस्। उनीहरूले धर्मसिद्धान्तहरू बताउने, नाराहरू फलाक्ने गर्नु हुँदैन, र मानिसहरूलाई आफूप्रति ध्यान दिन, आफूलाई पालन गर्न अनि अभ्यास गर्न बाध्य पार्नु त झनै हुँदैन। यदि अगुवा र कामदारहरूले सत्यताबारे प्रस्ट रूपमा सङ्गति गरेमा, धेरैजसो मानिसहरू त्यसलाई अभ्यास गर्न इच्छुक हुनेछन्। अगुवा र कामदारहरूले प्रस्ट रूपमा वा बुझिने गरी कामकुराहरू व्याख्या गर्दैनन् तैपनि दाजुभाइ-दिदीबहिनीहरूबाट अभ्यास गर्ने माग गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले अभ्यास गर्न जान्दैनन् र अभ्यासको मार्ग भेट्टाउन सक्दैनन् भने त्यो चिन्ताको विषय हो—यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। अगुवा र कामदारहरूले हरेक प्रकारको विशिष्ट काममा संलग्न सिद्धान्तहरूको बुझिने गरी व्याख्या र तीबारे प्रस्ट रूपमा सङ्गति गर्न सकेसम्म, धेरैजसो मानिसहरू बुझ्ने र समझदार हुनेछन्, र उनीहरू सहकार्य गर्न इच्छुक हुनेछन्। यदि कसैले भनेको कुरा सही, सत्यताअनुरूप, र मण्डलीको कामका लागि र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि फाइदाजनक छ भने, सबै जना उसको कुरा सुन्न इच्छुक हुन्छन्। तर, एउटा यस्तो अवस्था हुन्छ जहाँ कतिपय अगुवा र कामदारहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्, र कसैले उनीहरूलाई अभ्यासको विशिष्ट मार्गबारे सोध्दा, उनीहरूले त्यसलाई व्याख्या गर्न सक्दैनन्, बरु उनीहरू केही भव्य धर्मसिद्धान्तहरू बोल्छन् र केही नाराहरू फलाक्छन्, र त्यसपछि त्यस व्यक्तिलाई बाटो लगाइदिन्छन्। त्यो व्यक्ति विश्वस्त हुँदैन, र यसो सोच्छ “तपाईँ मलाई यो कुरा अभ्यास गर्न भनिरहनुभएको छ तर यो कुरा प्रस्ट रूपमा व्याख्या गर्नुभएको छैन—म यो कसरी अभ्यास गर्न सक्छु त? मसँग पछ्याउने कुनै मार्ग नै छैन! मैले त नबुझेकाले पो तपाईँलाई सोधेको थिएँ, तर तपाईँले पनि बुझ्नुभएको रहेनछ, धर्मसिद्धान्तहरू भन्न र नाराहरू फलाक्न मात्र जान्नुभएको रहेछ। तपाईँ मभन्दा असल हुनुहुन्न। मैले किन तपाईँको कुरा पालन गर्नु? म त सत्यतालाई पालन गर्छु, तपाईँले धर्मसिद्धान्तहरू बोल्नु वा नाराहरू फलाक्नुलाई होइन!” यस्तो प्रकारको अवस्था आउँछ। यदि अगुवा र कामदारहरूले खोक्रो धर्मसिद्धान्तहरू बोल्नबाट जोगिन, साँचो रूपमा बोल्न, र अभ्यासका सिद्धान्तहरू र मार्ग प्रस्ट रूपमा सङ्गति गर्न सक्छन् भने, अधिकांश मानिसहरूले पालन गर्न सक्नेछन्। त्यसकारण, मण्डलीको काम गर्न वास्तवमा सजिलो छ; अगुवा र कामदारहरूले कामका प्रबन्धहरू गम्भीर रूपमा कार्यान्वयन गर्न सके सम्म, आफ्ना कामको पदमा अडिग रहेसम्म, र विशिष्ट काममा संलग्न भएसम्म, उनीहरूले पक्कै पनि राम्रोसँग काम गर्न सक्नेछन्। चिन्ताजनक कुरा के हो भने यदि अगुवा, कामदार र सुपरिवेक्षकहरू गैरजिम्मेवार छन् र श्रेष्ठ भएको व्यवहार गर्छन्, धर्मसिद्धान्तहरू बोल्न र नाराहरू फलाक्न मात्र जान्दछन्, र कार्यस्थलमा विशिष्ट काममा संलग्न हुँदैनन् भने—काममा अवश्यै समस्याहरू हुनेछन्। किनभने उनीहरूभन्दा मुनिका मानिसहरूले यस्ता किसिमका कुराहरू छर्लङ्ग देख्न सक्दैनन्, उनीहरूलाई बाटो देखाउनलाई कोही चाहिन्छ, उनीहरूलाई एउटा मुख्य आधार चाहिन्छ, उनीहरूलाई व्यक्तिगत रूपमा नै अगुवाइ गर्न र के गर्ने भनी बताउने कोही चाहिन्छ, उनीहरूलाई सुपरिवेक्षण प्रदान गर्ने र निरीक्षण गर्ने कोही चाहिन्छ, अन्यथा काम कार्यान्वयन हुनेछैन। यदि तैँले हैसियतको पदबाट एकदुई वटा धर्मसिद्धान्त र नाराहरू फलाके मात्र हुन्छ, अनि तलका मानिसहरूले कदम चाल्नेछन् र तैँले भनेजस्तो गर्नेछन् भनेर अपेक्षा गरेको छस् भने, त्यो सपना मात्र हो। तलका मानिसहरू यन्त्र जस्तै हुन्छन्: यदि उनीहरूलाई कसैले पनि सक्रिय पारेन भने, उनीहरूले कदम चाल्नेछैनन्। यदि अगुवा र कामदारका रूपमा सेवा गर्नेहरूले यो कुरा समेत छर्लङ्ग देख्न सक्दैनन् भने, उनीहरूमा अन्तर्ज्ञानको अत्यन्तै अभाव छ! झूटा अगुवाहरूले काम गर्दा, केही पनि छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूलाई के काम निर्णायक हो र के चाहिँ सामान्य मामलाको काम हो भन्ने थाहा हुँदैन, न त तिनीहरूले कामहरूलाई महत्त्व र जरुरतका आधारमा प्राथमिकता दिन नै सक्छन्। तिनीहरूले चाहे जे गरे पनि, तिनीहरूसँग कुनै सिद्धान्तहरू हुँदैनन्, तिनीहरूले अभ्यासको मार्गलाई प्रस्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तिनीहरू केवल धर्मसिद्धान्तहरू बोल्छन् र नाराहरू फलाक्छन्, र केही अव्यावहारिक कुराहरू मात्र भन्छन्। फलस्वरूप, तिनीहरू कुनै पनि काम गर्न बिलकुलै सक्षम हुँदैनन् र हटाइन मात्र सक्छन्। अगुवा र कामदारहरूलाई कामको प्रबन्ध र कार्यान्वयन कसरी गर्ने भन्ने थाहा हुनुपर्छ, र उनीहरूलाई कामको निरीक्षण र निर्देशन कसरी गर्ने भन्ने पनि थाहा हुनुपर्छ, साथै उनीहरूले देखा पर्ने समस्याहरूलाई आफैले समाधान गर्नुपर्छ। यस्ता अगुवा र कामदारहरूले मात्र वास्तविक काम गर्न र मानिसहरूलाई पूर्ण रूपमा विश्‍वस्त पार्न सक्छन्। यदि कुनै अगुवाले काम निर्देशन गर्न वा समस्याहरू पत्ता लगाउन अनि समाधान गर्न सक्दैन, यदि उसले अरूलाई निरन्तर रूपमा भाषण दिन र काटछाँट गर्न मात्र सक्छ, र आफैले कामकुरालाई अस्तव्यस्त बनाउँदा अरूलाई दोष दिन्छ भने, यो अयोग्य अगुवा हुनु हो। यस्तो अगुवा बेकार व्यक्ति हो, ऊ झूटो अगुवा हो, र उसलाई हटाउनैपर्छ। यदि तँलाई कुनै विशिष्ट काम कसरी गर्ने भनी थाहा छैन भने, तँलाई यो विशिष्ट काम राम्ररी गर्नहेतु मदत गर्नका लागि कम्तीमा दुई जना उपयुक्त मानिसहरू खोज्नुपर्छ, र तैँले सुरुमा बाधाहरू सिर्जना गर्ने बाधक मानिसहरूलाई कम्तीमा तह लगाउनु अनि निकाल्नुपर्छ। के यो काम राम्ररी गर्नका लागि अनुकूल अवस्थाहरू सिर्जना गर्नु होइन र? यदि, तैँले केही वास्तविक काम गर्न सक्ने मानिसहरू भेट्टाउँदा उनीहरूलाई तुरुन्तै प्रवर्धन गरिस्, र यदि तैँले बाधा र अवरोधहरू पुऱ्याउने मानिसहरूलाई तुरुन्तै तह लगाएर निकालिस् भने, तैँले यस कामलाई निरन्तरता दिँदा पहिलेभन्दा निकै कम कठिनाइहरू हुनेछन्। क्षमताको अत्यन्तै कमी भएका अगुवाहरू यसरी काम गर्न सक्षम हुँदैनन्। उनीहरू मानिसहरूलाई चिढाइएला भनेर डराउँछन्, र उनीहरूले कुनै दुष्ट व्यक्तिले बारम्बार बाधा र अवरोधहरू सिर्जना गरिरहेको देख्दा, उसलाई तह लगाउँदैनन्। उनीहरूले वास्तविक काम गर्न सक्षम को छ भनेर खुट्टयाउन पनि सक्दैनन्, र उनीहरूलाई कामको कमान लिने गरी कसलाई प्रवर्धन गर्नु उचित हुन्छ भनेर थाहा हुँदैन। यस्ता अगुवाहरू अन्धा हुन्छन् र आफ्ना काम गर्न सक्षम हुँदैनन्। यदि अगुवा र कामदारहरूले सत्यता वा पेसागत सीपहरू बुझ्दैनन् भने, उनीहरूले आफ्नो काम राम्ररी गर्नेछैनन्, त्यसैले अगुवा र कामदारहरूले वास्तविक काम गर्न बारम्बार प्रशिक्षण लिनुपर्छ। उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गरेसम्म, कामलाई महत्त्व र जरुरतका आधारमा प्राथमिकता दिन जानेसम्म, र फाइदा र बेफाइदाहरू तौलन जानेसम्म, उनीहरूले आफ्नो काम राम्ररी गर्न सक्छन् र उनीहरू मानकअनुरूपका अगुवा र कामदार बन्न सक्छन्।

अहिले मैले परमेश्‍वरको घरका मागहरू अनुरूप कामका प्रबन्धहरू सही रूपमा सञ्चार, जारी, र कार्यान्वयन गर्नेसम्बन्धी सामग्रीबारे सङ्गति गरेपछि, के अब तिमीहरू अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूलाई कसरी व्यवहार गर्ने र कार्यान्वयन गर्ने भन्नेबारे केही आधारभूत बुझाइ छ त? अनि के अब तिमीहरूसँग कामका प्रबन्धहरू कार्यान्वयन गर्दा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूबारे केही विशिष्ट बुझाइ छ त? (हजुर।) अब तैँले यो विशिष्ट बुझाइ प्राप्त गरिसकेपछि, आफूले के गर्नुपर्छ र आफू कुन हदसम्म त्यो गर्न सक्षम छु भनेर ख्याल गर्नुपर्छ, र त्यसपछि तैँले आफूमा अगुवा वा कामदार हुने क्षमता छ कि छैन, र आफू अगुवा वा कामदारको काम गर्न लायक छु कि छैन भनी मूल्याङ्कन गर्न सक्नुपर्छ। कमजोर क्षमता भएका र वास्तविक काम नगर्ने केही अगुवा र कामदारहरू—अर्थात्, जसलाई हामी झूटा अगुवा भन्छौँ, उनीहरूको कुरा गर्नुपर्दा—तिनीहरूले अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीको विशिष्ट सामग्री बुझिसकेपछि, तिनीहरूले के गर्नुपर्छ? कतिपयले यसो भन्छन्, “मैले यसअघि अगुवा र कामदारहरूका जिम्मेवारीहरू वास्तवमै बुझेको थिइनँ, र म अगुवा बनेपछि, मैले केवल देखाउनका खातिर आफ्ना धारणा र कल्पनाहरूमा भर परेर केही काम गरेँ, र मलाई लाग्थ्यो कि म कष्ट सहन उत्साहित र इच्छुक भएकाले, म सायद मनकअनुरूपको अगुवा थिएँ। परमेश्‍वरलाई यस तरिकाले सङ्गति गर्नुभएको सुनेपछि म स्तब्ध भएको छु। म त झूटो अगुवा रहेछु, मेरो क्षमता अत्यन्तै कमजोर छ, र म वास्तविक काम गर्न सक्दिनँ। म त परमेश्‍वरको घरको एउटा विशिष्ट कामको प्रबन्ध कार्यान्वयन गर्न समेत सक्षम छैनँ। मैले सोच्ने गर्थेँ कि कैयौँ पटक कुनै कामको प्रबन्ध पढ्नु, त्यो सबै जनासम्म पुर्‍याउनु, र त्यसपछि तलका मानिसहरूले त्यसमा काम गर्दै गर्दा उनीहरूलाई अनुनय र निगरानी गर्नु भनेको मैले त्यो कामको प्रबन्धलाई कार्यान्वयन गरेको हो। केही समयपछि, मैले उक्त काम राम्ररी गरिएको रहेनछ र धेरै विशिष्ट कार्यहरूलाई बेवास्ता गरिएको रहेछ भन्ने पत्ता लगाएँ, र तब मात्र मैले थाहा पाएँ कि मेरो क्षमतामा साँच्चिकै कमी रहेछ, र म अगुवा हुन योग्य व्यक्ति होइन रहेछु।” त्यसोभए, यस्तो व्यक्तिले के गर्नुपर्छ त? के उसले आफ्नो काम त्याग्नु ठीक हुनेछ? (हुनेछैन।) त्यसोभए के यो समस्या समाधान गर्ने कुनै उपाय छ? कि यो समस्या समाधान गर्नै सकिँदैन? (अहँ, यो समाधान गर्न नसकिने होइन। ती मानिसहरूले परमेश्‍वरका मागहरूअनुरूप राम्रो गर्न लागिपर्नैपर्छ।) यो एउटा सकारात्मक र सक्रिय दृष्टिकोण हो; यो निकै असल दृष्टिकोण हो। तिनीहरूले परमेश्‍वरका मागहरूअनुरूप राम्रो गर्न, आस्था राखेर परमेश्‍वरमा भर पर्न, र नकारात्मक नबन्न, वा आफ्नो काममा हार नमान्न लागिपर्नुपर्छ—यो एउटा समाधान हो। के यो राम्रो समाधान हो? (हो।) तर के यो एउटै मात्र समाधान हो त? (अहँ, होइन। यदि तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरूले साँच्चिकै कुनै वास्तविक काम गर्न सक्दैनन् भने, तिनीहरूले यसको जबाफदेहिता लिएर आफ्नो पदबाट राजीनामा दिन सक्छन्।) यो दोस्रो समाधान हो। यदि तिनीहरूले यसअघि कोसिस गरेका छन्, र तिनीहरूलाई अगुवाको काम गर्न सक्दिनँ भन्ने लाग्छ—अर्थात्, यदि तिनीहरूलाई त्यो ज्यादै मुस्किल र श्रमपूर्ण लाग्छ, र तिनीहरू त्यसबारे निकै चिन्तित हुन्छन् र राम्रोसँग सुत्न सक्दैनन्, र हरेक दिन तिनीहरूलाई टाउको उचाल्न वा सास फेर्न नै नसक्ने गरी पहाडले थिचेको जस्तो अनुभूति हुन्छ, र हिँड्दा तिनीहरूलाई खुट्टाहरू समेत गह्रौँ भएको महसुस हुन्छ—र यी विशिष्ट मागहरू सुनेपछि तिनीहरूलाई झनै आफ्नो क्षमता अत्यन्तै कमजोर छ र उक्त काम गर्न सक्दै सक्दिनँ भन्ने महसुस हुन्छ भने, तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले गर्न सक्ने एउटा काम छ, त्यो हो तत्कालै राजीनामा दिने। यदि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन् भने, तिनीहरूले परमेश्‍वरको घरको काममा प्रभाव पार्नु हुँदैन—तिनीहरूमा हुनुपर्ने समझ यही हो। तिनीहरूले अन्धाधुन्ध रूपमा आफूलाई सीमाभन्दा बाहिर धकेल्नु, आफ्ना क्षमताभन्दा बाहिरको काम गर्ने कोसिस गर्न जिद कस्नु, वा मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन। यस्ता कामकुरा नगर्नेहरूसँग मात्र समझ हुन्छ। समझ भएका मानिसहरूसँग आत्मचेतना हुन्छ; तिनीहरू आफ्नो क्षमताबारे प्रस्ट हुन्छन्, र तिनीहरूलाई आफ्ना कमीकमजोरीहरू थाहा हुन्छ। मानिसहरूले आफूलाई प्रस्ट रूपमा चिनेपछि मात्र उनीहरूले आफू के गर्न सक्षम छु, के गर्न सक्षम छैन, र के गर्न सबैभन्दा उपयुक्त छु भनेर सही रूपमा बुझ्न सक्छन्। मानिसहरूले किन आफ्नो क्षमता चिन्नैपर्छ? यसले उनीहरूलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य सुनिश्चित गर्न मदत गर्छ, र त्यो कर्तव्य राम्ररी पूरा गर्न पनि मदत गर्छ। यदि तैँले पहिल्यै आफूलाई जाँचेर आफूमा यो क्षमता मात्र भएको देखिसकेको छस् र आफूले अगुवाको काम गर्न नसक्ने थाहा पाएको छस् भने, तैँले फेरि आफूलाई जाँच्न र त्यो कुरा फेरि प्रमाणित गर्न आवश्यक छैन। तैँले तुरुन्तै राजीनामा दिनुपर्छ—आफ्नो पदमा टाँसिएर राजीनामा दिन नमान्ने नगर्; तैँले विशिष्ट काम गर्न नसक्दा अरूलाई असर पार्ने र अड्काउने नगर्। के राजीनामा दिनु अघि बढ्ने मार्ग होइन र? तेरो सामु यी दुइटा मार्गहरू छन्, र तैँले एउटा रोज्न सक्छस्; तँसँग अघि बढ्ने मार्गको कमी छैन, र मार्ग एउटा मात्र छैन। तैँले आफूप्रतिको बुझाइका आधारमा, साथै तँलाई चिन्ने तेरो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूले तेरोबारे गरेका मूल्याङ्कनहरूका आधारमा आफ्नो वास्तविक अवस्थाबारे व्यावहारिक र सही मूल्याङ्कनहरू गर्न, र त्यसपछि सही छनोट गर्न सक्छस्। परमेश्‍वरको घरले तेरा लागि कामकुराहरू कठिन पार्नेछैन। तँलाई यसबारे के लाग्छ? (यो राम्रो हो।) कतिपय मानिसहरूले यसो भन्छन्, “म फेरि कोसिस गर्न र अझ राम्रो गर्न लागिपर्न चाहन्छु। मलाई लाग्छ, म यो गर्न सक्छु। ती वर्षहरूमा मैले सत्यता पछ्याउन खासै ध्यान दिइनँ, र अगुवा बनेपछि, मलाई अझै सत्यता कसरी खोज्ने भनेर थाहा थिएन र अलमल्ल तरिकामा काम गर्थेँ। म सोच्ने गर्थेँ कि मण्डली अगुवा हुनु निकै सजिलो छ, त्यसमा मानिसहरूलाई भेलाहरूमा सहभागी हुन सङ्गठित गर्ने, सत्यता सङ्गति गर्न अगुवाइ गर्ने, समस्याहरू देखा पर्दा तिनलाई सामयिक रूपमा समाधान गर्ने, र माथिले गरेका जुनसुकै प्रबन्धहरूलाई तुरुन्तै कार्यान्वयन गर्ने काम मात्र पर्छन्, र त्यति नै हो। मैले, केही समय अगुवा भएपछि, आफूले समाधान गर्न नसक्ने यति धेरै समस्याहरू छन् भनेर पत्ता लगाउँला, माथिले कामबारे सोध्दा जबाफ दिन नजानुँला, र परमेश्‍वरका चुनिएका केही मानिसहरूले वास्तविक समस्याहरू उठाउँदा, म कुनै जबाफ दिन सक्षम नहुँला भनेर कहिल्यै कल्पना गरेको थिइनँ। दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका यी वर्षहरूमा, उनीहरू सबैले बारम्बार परमेश्‍वरका वचनहरू पढेका र प्रवचनहरू सुनेका छन्। उनीहरू सबैले निश्चय नै केही सत्यताहरू बुझ्छन् र केही खुट्ट्याउने क्षमता राख्छन्। सत्यता वास्तविकताबिना, म उनीहरूलाई साँच्चिकै मलजल गर्न वा आपूर्ति गर्न सक्दिनँ।” अब परमेश्‍वरको घरमा कुनै पनि प्रकारको विशिष्ट काम राम्ररी गर्न त्यति सरल छैन भन्ने प्रस्ट भएको छ। एक हिसाबले, मानिसहरूमा क्षमता हुनुपर्छ, जबकि अर्को हिसाबले, उनीहरूले बोझ वहन गर्नुपर्छ, साथै सत्यता बुझ्नुपर्छ—यी सबै कुराहरू एकदम आवश्यक छन्। कसैले सत्यता नपछ्याउनु वा उसमा क्षमताको कमी हुनु हुँदैन, र कसैमा मानवताको कमी हुनु र उसले बोझ वहन नगर्नु हुँदैन। विशिष्ट कामका लागि विशिष्ट शैली चाहिन्छ, र यो त्यति सरल मामला होइन। तर, कतिपय मानिसहरू विश्वस्त हुँदैनन्। उनीहरू अझै पनि पुनः प्रयास गर्न चाहन्छन्, र अर्को मौका दिन आग्रह गर्छन्—के यस्ता मानिसहरूलाई अर्को मौका दिइनुपर्छ? यदि उनीहरूको काम गर्ने सक्षमता र क्षमता दुइटै औसत छन्, तर उनीहरूले केही विशिष्ट काम गर्न सक्छन्, र उनीहरू झाराटारुवा हुँदैनन् र काममा नतिजाहरू हासिल गर्नका लागि समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्छन्, र माथिले गरेका कुनै पनि प्रबन्धहरू पालन गर्न र त्यसमा समर्पित हुन सक्छन्, अनि मूलतः परमेश्‍वरको घरका कामका प्रबन्धहरू र माग गरिने सिद्धान्तहरूअनुसार कामलाई कार्यान्वयन गर्छन्, साथै यसअघि उनीहरू सानै उमेरका भएकाले उनीहरूले राम्रोसँग काम नगरेका, सत्यता नबुझेका, र सतही जग भएका भए पनि, उनीहरू सही मानिस हुन् भने, उनीहरूलाई अर्को मौका दिइनुपर्छ र उनीहरूले आफूलाई प्रशिक्षण दिन जारी राख्नुपर्छ—उनीहरूलाई अन्धाधुन्ध रूपमा बरखास्त नगर्। अगुवा वा कामदार हुन त्यति सजिलो हुँदैन, न त अगुवा वा कामदार नियुक्त गर्न नै सजिलो हुन्छ। अब, धेरैजसो अगुवा र कामदारहरूसँग आफ्ना जिम्मेवारीबारे केही बुझाइ छ, र उनीहरू आफ्नो काममा कम्तीमा पहिलेभन्दा अलि राम्रो हुनेछन्—यो तथ्य हो।

अब मैले अगुवा र कामदारहरूको नवौँ जिम्मेवारसम्बन्धी सत्यता सिद्धान्तहरू—आवश्यकताको आधारमा, कार्यान्वयनको स्थितिको मार्गनिर्देशन, सुपरिवेक्षण, निरीक्षण, आग्रह र अनुगमन प्रदान गर्दै परमेश्‍वरको घरको विभिन्‍न कामका प्रबन्धहरूलाई सही ढङ्‍गबाट सञ्‍चार, जारी र कार्यान्वयन गर्ने—बारे सङ्गति गरिसकेपछि तिमीहरू सबैको हृदय उज्ज्वल भएको छ, र तिमीहरूसँग अभ्यासको मार्ग छ। अब तिमीहरू आफ्नो कर्तव्य पूरा गर्न र जीवन प्रवेश प्राप्त गर्न मात्र सक्षम छैनौ, तर तिमीहरूसँग अगुवा र कामदारहरूबारे केही ज्ञान र सुझबुझ पनि हुनुपर्ने हो, र कम्तीमा पनि अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू र उनीहरूले गर्नुपर्ने कामबारे प्रस्टता र बुझाइ हासिल गरेको हुनुपर्ने हो। छोटकरीमा, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन् भनेर थाहा पाउनु परमेश्‍वरका चुनिएका हरेक मानिसका लागि सहयोगी र फाइदाजनक हुन्छ, र यसरी अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे उनीहरूको बुझाइ अब खोक्रो रहनेछैन, बरु अझ ठोस् बन्नेछ।

अप्रिल १०, २०२१

अघिल्लो:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८)

अर्को:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger