१९३  सत्यताको अभ्यास गर्न वास्तविक मूल्य चाहिन्छ

पद १

कठिनाइ आउँदा प्रार्थना गर्न थाल:

“हे परमेश्‍वर! तपाईँलाई सन्तुष्ट पार्न, खुसी

पार्न कठिनाइ सहन चाहन्छु,

जतिसुकै ठूला धक्का बेहोर्नु परे पनि।

ज्यान दिनै परे पनि, तपाईँलाई

सन्तुष्ट पार्न काम गर्छु।”

यो संकल्पसाथ, जब प्रार्थना गर्छौ,

साक्षीमा दह्रिलो गरी खडा हुनेछौ।


कोरस

प्रत्येक पटक सत्यता अभ्यास गरिँदा,

प्रत्येक शोधन, प्रत्येक पटक जाँच गरिँदा,

प्रत्येक पटक उहाँको काम तिनमा गरिँदा,

मानिसले ठूलो पीडा सहन्छन्।

यो एउटा जाँच, भित्रको लडाइँ र

तिर्नु पर्ने साँचो मूल्य हो।


पद २

यदि केही भन्न मन लागेमा,

तर त्यो कुरा भित्र सही नलागेमा,

दाजुभाइ दिदीबहिनीलाई फाइदा नभई

चोट पुग्न सकेमा, केही पनि नभन,

भित्रै कष्ट भोग, संघर्ष गर,

कारण यी शब्दले उहाँको इच्छा सन्तुष्ट गर्न सक्तैनन्।


कोरस

प्रत्येक पटक सत्यता अभ्यास गरिँदा,

प्रत्येक शोधन, प्रत्येक पटक जाँच गरिँदा,

प्रत्येक पटक उहाँको काम तिनमा गरिँदा,

मानिसले ठूलो पीडा सहन्छन्।

यो एउटा जाँच, भित्रको लडाइँ र

तिर्नु पर्ने साँचो मूल्य हो।


पद ३

भित्र लडाइँ चलिरहन्छ,

तर तिमी उहाँलाई सन्तुष्ट पार्न

कठिनाइ सहन, कष्ट भोग्न

प्रेम गर्ने वस्तु त्याग्न इच्छुक हुन्छौ,

देहको वास्ता नगरी कष्ट सहन्छौ,

उहाँको हृदयलाई सन्तुष्ट पार्छौ,

आफूले पनि सान्त्वना पाउनेछौ।

उहाँले चाहनुभएको मूल्य तिर्नु यही हो।


कोरस

प्रत्येक पटक सत्यता अभ्यास गरिँदा,

प्रत्येक शोधन, प्रत्येक पटक जाँच गरिँदा,

प्रत्येक पटक उहाँको काम तिनमा गरिँदा,

मानिसले ठूलो पीडा सहन्छन्।

यो एउटा जाँच, भित्रको लडाइँ र

तिर्नु पर्ने साँचो मूल्य हो, हो,

तिर्नु पर्ने साँचो मूल्य हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो:  १९१  परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ त्यति धेरै आशिषित हुन्छौ

अर्को:  १९४  सत्यता अभ्यास गर्नेहरूले मात्रै जाँचहरूमा साक्षी दिन सक्छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger