194  के परमेश्‍वरको देहधारण साधारण कुरा हो?

पद १

मानिसको लागि परमेश्‍वर देख्न वा छुन नसकिने आत्मा हुनुहुन्थ्यो।

पृथ्वीमा उहाँको तीन चरणको काम—

सृष्टि, छुटकारा र विनाशका कारण,

विभिन्न समयमा मानव माझ काम गर्न देखा पर्नुहुन्छ।


पूर्व कोरस १

उहाँको पहिलो आगमन छुटकाराको युग थियो;

उहाँ यहूदी परिवारमा आउनुभयो।

छुटकाराको काममा आफ्नो देहधारण पापबलिको रूपमा

प्रयोग गर्न व्यक्तिगत रूपमा काम गर्नुभयो।


कोरस १

त्यसैले अनुग्रहको युगमा उहाँलाई पहिले यहूदीले देखे,

देहमा काम गर्नुभएको त्यो पहिलोचोटि थियो।

त्यसैले अनुग्रहको युगमा उहाँलाई पहिले यहूदीले देखे,

देहमा काम गर्नुभएको त्यो पहिलोचोटि थियो।


पद २

राज्यको युगमा उहाँको काम विजय गर्नु, सिद्ध पार्नु हो।

त्यसैले देहमै काम गर्नुहुँदै फेरी गोठालो गर्नुहुन्छ।

कामको अन्तिम दुई चरणमा उहाँ अदृश्य आत्मा हुनुहुन्न,

तर आत्मा देह बन्नुभएको व्यक्ति हुनुहुन्छ।


पूर्व कोरस २

त्यसैले, मानव नजरमा उहाँ फेरि मानव बन्नुहुन्छ र

उहाँमा परमेश्‍वरको रूप वा आभास छैन।

मानिसले उहाँलाई पुरुष र नारी रूपमा देखेको छ,

जुन तिनको लागि अचम्मको कुरा हो।


कोरस २

बारम्बार उहाँको अद्भुत कामले पुराना

धारणालाई तोड्छ, सबैलाई स्तब्ध बनाउँछ।

बारम्बार उहाँको अविश्‍वसनीय कामले पुराना

धारणालाई तोड्छ।


ब्रिज

उहाँ पवित्र आत्मा, सात गुणा वा

सबै समेट्ने आत्मा मात्र नभई साधारण

मानव पनि हुनुहुन्छ।

पुरुष वा नारी बन्न सक्नुहुन्छ।

दुवै देहधारण मानव हुनुहुन्छ,

तैपनि ती उस्तै छैनन्।

एक पवित्र आत्माद्वारा गर्भमा,

अर्को मानिसद्वारा, तर आत्माबाटै आउनुभयो।


अन्त्य

दुवै देहधारणले परमेश्‍वर पिताको काम गर्नुहुन्छ,

तर एकले छुटकाराको काम र अर्कोले विजय।

दुबैले परमेश्‍वर पितालाई प्रतिनिधित्व गर्नुहुन्छ,

तर एक प्रेम र कृपाले भरिएको उद्धारक,

अर्कोमा धार्मिकता, क्रोध र न्याय छ।

एक छुटकाराको कामको सेनापति;

अर्को धार्मिक परमेश्‍वर जो विजय गर्नुहुन्छ।

दुवै देहधारणले परमेश्‍वर पिताको काम गर्नुहुन्छ,

परमेश्‍वर पिताको काम गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?” बाट परिमार्जित

अघिल्लो:  192  परमेश्‍वरका दुवै देहधारणले उहाँको प्रतिनिधित्व गर्न सक्छन्

अर्को:  195  के परमेश्‍वर तिमीले भनेजस्तो साधारण हुनुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger