195  के परमेश्‍वर तिमीले भनेजस्तो साधारण हुनुहुन्छ?

पद १

यतिका वर्षसम्म,

मानिसले मानव, अर्थात पुरुष र

आत्मा मात्र नभई, मानव धारणासँग

मेल नखाने धेरै कुरा पनि देखेका छन्;

यसरी तिनले परमेश्‍वरलाई कहिल्यै पूर्णत: बुझ्दैनन्।


पद २

उहाँलाई आधा विश्‍वास र आधा शङ्का गरिरहन्छन्—

अस्तित्वमा रहनुभएझैँ,

यद्यपी भ्रमात्मक सपनाझैँ—

त्यसैले, आजसम्म, मानिस उहाँलाई चिन्दैनन्,

उहाँलाई चिन्दैनन्।


कोरस १

के एउटै सरल वाक्यमा उहाँको

संक्षेप गर्न सक्छौ?

के तिमी साँच्चै, “येशू नै परमेश्‍वर,

परमेश्‍वर नै येशू हुनुहुन्छ”,

“परमेश्‍वर नै आत्मा,

आत्मा नै परमेश्‍वर हुनुहुन्छ”

र “परमेश्‍वर देहको भेषमा मानिस मात्र हुनुहुन्छ” भन्ने हिम्मत गर्छौ?

के तिमीमा साँच्चै, “येशूको स्वरूप परमेश्‍वरको

महान् स्वरूप हो” भन्ने हिम्मत छ?

के उहाँको स्वभाव र स्वरूप राम्ररी वर्णन गर्न आफ्नो वाक्शक्ति प्रयोग गर्न सक्छौ?

के उहाँको स्वभाव र स्वरूप राम्ररी वर्णन गर्न आफ्नो वाक्शक्ति प्रयोग गर्न सक्छौ?


पद ३

अब उहाँ के हुनुहुन्छ भनी साँच्चै थाहा छ?

के मानव हुनुहुन्छ? के आत्मा हुनुहुन्छ?

के उहाँ साँच्चै पुरुष हुनुहुन्छ?

परमेश्‍वरको काम के येशूले मात्र पूरा गर्न सक्नुहुन्छ?


पद ४

यदि उहाँको सार बताउन माथिका मध्ये

एउटा मात्रै कुरा चुन्यौ भने,

तिमी अत्यन्तै अन्जान वफादार विश्‍वासी हौ,

तिमी अत्यन्तै अन्जान वफादार विश्‍वासी हौ।


कोरस २

यदि उहाँ एकपटक मात्र देहधारी हुनुभई काम गर्नुभयो भने,

के तिमीहरू उहाँलाई सीमित गर्छौ?

के तिमी एक झलकमै उहाँलाई राम्ररी बुझ्न सक्छौ?

के तिमी जीवनकालमा भोगेका कुराका आधारमा

साँच्चै उहाँको पूर्णत: संक्षेप गर्न सक्छौ?

यदि उहाँले दुवै देहधारणमा उस्तै काम गर्नुभयो भने,

तिमीहरू उहाँलाई कसरी बुझ्थ्यौ?

के उहाँलाई सधैँभरी क्रूसमा टाँगेर छोड्थ्यौ?

के उहाँ तिमीले दाबी गरेझैँ साधारण हुन सक्नुहुन्छ?

के उहाँ तिमीले दाबी गरेझैँ साधारण हुन सक्नुहुन्छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?” बाट परिमार्जित

अघिल्लो:  194  के परमेश्‍वरको देहधारण साधारण कुरा हो?

अर्को:  196  दुई देहधारणले परमेश्‍वरको देहको कामलाई पूरा गर्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger