१९८  देह विरुद्ध विद्रोह गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलो स्वभाव देख्न सक्छस्

यदि मानिसहरूले परमेश्‍वरलाई विश्‍वास र प्रेम गर्नु छ भने, उनीहरूले मूल्य चुकाउनैपर्छ। बाहिरी रूपमा निश्चित तरिकाले व्यवहार गर्ने प्रयास गर्नुभन्दा, उनीहरूले उनीहरूको हृदयको गहिराइमा साँचो अन्तर्ज्ञान खोज्नुपर्छ। परमेश्‍वरलाई प्रेम गर्न सबै कुराहरूमा परमेश्‍वरका अभिप्रायहरू खोज्नु, र तँलाई केही हुँदा तैँले आफूभित्रको गहिराइमा खोजनिधो गर्दै, परमेश्‍वरका अभिप्राय बोध गर्ने प्रयास गर्नु, र यी मामलाहरूमा परमेश्‍वरका अभिप्राय के हुन्, उहाँ तँलाई के हासिल गर्न अह्राउनुहुन्छ, र तैँले उहाँका अभिप्रायलाई कसरी ख्याल गर्नुपर्छ भन्‍ने कुरा हेर्ने प्रयास गर्नु आवश्यक हुन्छ।

यदि तँ परमेश्‍वरलाई साँचो प्रेम गर्छस् र देहलाई सन्तुष्ट बनाउँदैनस् भने, परमेश्‍वरले गर्नुहुने सबै कुराहरू निकै सही र असल छन् र तेरो विद्रोहीपनप्रतिको उहाँको श्राप र तेरो अधार्मिकताप्रतिको उहाँको न्याय जायज नै छ भन्ने तैँले देख्नेछस्। कहिलेकाहीँ परमेश्‍वरले तँलाई ताडना दिनुहुन्छ र अनुशासित बनाउनुहुन्छ, र तँलाई उहाँसामु आउन बाध्य तुल्याउँदै तँलाई परिष्कृत गर्न वातावरण खडा गर्नुहुन्छ, र परमेश्‍वरले जे गरिरहनुभएको छ, त्यो अद्भुत छ भन्ने तैँले सधैँ महसुस गर्नेछस्। यसरी तैँले धेरै पीडा नभए झैँ अनि परमेश्‍वर निकै प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्नेछस्।

यदि तँ देहका कमजोरीलाई आपूर्ति गर्छस् भने र परमेश्‍वरले अति नै गर्नुहुन्छ भनेर भन्छस् भने तैँले आफू सधैँ पीडामा रहेको र सधैँ दुःखले भरिएको महसुस गर्नेछस्, र तँ परमेश्‍वरका सबै कामबारे अस्पष्ट हुनेछस्, र तँलाई परमेश्‍वर मानिसको कमजोरीप्रति करुणामय नहुनुभएको र मानिसका कठिनाइबारे अनभिज्ञ हुनुभएको झैँ महसुस हुनेछ। तसर्थ, तैँले ठूलो अन्याय भोगेजस्तो सधैँ दुःखी र एक्लो महसुस गर्नेछस्, र यस बेला तैँले गुनासो गर्न सुरु गर्नेछस्।

तैँले यसरी देहका कमजोरीलाई जति बढी आपूर्ति गर्छस्, त्यति नै परमेश्‍वरले तँलाई अति नै गर्नुहुन्छ जस्तो लाग्नेछ, जबसम्म यो यति खराब हुन्छ कि तैँले परमेश्‍वरको कार्यहरूलाई इन्कार गर्ने, र परमेश्‍वरको विरोध गर्न सुरु गर्ने, र पूर्ण रूपमा विद्रोहीपनले भरिनेछस्। तसर्थ, तैँले देहको विरुद्ध विद्रोह गर्नुपर्दछ, र यसलाई आपूर्ति गर्नु हुँदैन: “श्रीमान् (श्रीमती), बालबच्चा, सम्भावना, विवाह, परिवार—यी कुनै कुराले फरक पार्दैनन्! मेरो हृदयमा एकमात्र परमेश्‍वर हुनुहुन्छ, र मैले परमेश्‍वरलाई सन्तुष्ट राख्ने सक्दो प्रयास गर्नुपर्छ, देहलाई सन्तुष्ट राख्‍ने होइन।” तँमा यस्तो सङ्कल्प हुनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

अघिल्लो:  १९७  देहविरुद्ध विद्रोह गर्नुको महत्त्व

अर्को:  १९९  तैँले सबै कुरामा परमेश्‍वरको गवाही दिनैपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger