200  आखिरी दिनहरूमा परमेश्‍वरको देहधारणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनलाई समापन गर्छ

मानिससँग अझै राम्ररी संलग्न हुन र मानिसलाई राम्ररी विजय गर्नको लागि परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्नुहुन्छ र देहमा नै सबै काम लिनुहुन्छ। अन्तिम पटक परमेश्‍वर देह बन्नुहुँदा, आखिरी दिनहरूको उहाँको कामलाई देहमा समापन गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्नुहुनेछ।

देहमा काम गर्ने क्रममा, परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा विजय गर्नुभएको हुनेछ र पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको पूरै व्यवस्थापन सक्किसकेको हुनेछ भन्‍ने होइन र? परमेश्‍वरले देहमा आफ्नो काम समापन गर्नुहुँदा, उहाँले शैतानलाई पूर्ण रूपमा हराउनुभएको र उहाँ विजय हुनुभएको हुन्छ। तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्‍वरको पहिलो देहधारणको काम भनेको मानिसका पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानिसलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस् र त्यो पूर्ण रूपमा हारोस् अनि परमेश्‍वर पूर्ण रूपमा विजय बन्नुभएको होस्। देहको काम यही नै हो र यो परमेश्‍वर स्वयंले गर्नुहुने काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

अघिल्लो:  199  देहधारणको अर्थलाई आखिरी दिनहरूमा देहधारणले पूरा गर्छ

अर्को:  201  देहमा परमेश्‍वर जीवनको जीवित फोहरा हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger