२७४  देहधारी परमेश्‍वरले मात्र मानिसलाई पूर्ण रूपमा मुक्ति दिन सक्नुहुन्छ

परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानमार्फत गरिँदैन, किनकि उहाँका आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न सक्छ, न त मानिस नजिक जान नै सक्छ। यदि उहाँले मानिसलाई आत्माका रूपमा सीधै मुक्ति दिन खोज्‍नुभएको भए, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ हुनेथियो। यदि परमेश्‍वरले सृजित मानिसको बाहिरी रूप धारण नगर्नुभएको भए, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। केवल एक सृजित मानव बनेर, अर्थात्, उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको देहमा हालेर मात्र उहाँलाई पछ्याउनेहरू सबैमा उहाँले व्यक्तिगत रूपमा वचन ढाल्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचन सुन्न र देख्न अनि प्राप्त गर्न समेत सक्छ, र यस माध्यमबाट उसले पूर्णतः मुक्ति पाउन सक्छ।

परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगतको कसैले त्यस्तो ठूलो मुक्ति पाउन सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। परमेश्‍वरका आत्माले मानवजातिमाझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सारा मानवजातिलाई नै ढालिनेथियो, वा, परमेश्‍वरको सम्पर्कमा आउने उपाय नभएर, तिनीहरूलाई शैतानले पूर्ण रूपमा कैदी बनाउनेथियो। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, र उसका प्रार्थनाका जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। मानिस देह र रगतको हो, उसले परमेश्‍वरका आत्मालाई कुनै तरिकाले देख्‍न सक्दैन, उहाँका आत्माको नजिक त झन् जान सक्दैन, त्यसैले ऊ केवल परमेश्‍वरको देहधारी देहको सम्पर्कमा आउन सक्छ। यस माध्यमबाट मात्र मानिसले सबै वचन र सबै सत्यता बुझ्न, र पूर्ण मुक्ति प्राप्त गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

अघिल्लो:  २७१  वचनद्वारा गरिएको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्छ

अर्को:  २७५  परमेश्‍वरको देहधारणको अख्तियार र महत्व

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger