275  परमेश्‍वर हरेक देश र जातिको नियति नियन्त्रण गर्नुहुन्छ

शुरुवात

कुनै देशको उत्थान वा पतन त्यसको शासकले

परमेश्‍वरलाई आराधना, जनतालाई उहाँ नजिक

र उहाँको आराधना गर्न डोऱ्याउँछन्-डोऱ्याउँदैनन् मा भर पर्छ।


पद १

तिम्रो देश समृद्ध होला, तर तिम्रा मानिस उहाँबाट तर्किन्छन्

भने त्यो उहाँको आशिषबाट अझै वञ्‍चित हुनेछ।

त्यसको सभ्यता पैताला मुनि कुल्चिइनेछ

र त्यसका मानिस उहाँ विरुद्ध उठ्नेछन्, स्वर्गलाई सराप्नेछन्।

मानिसलाई थाहै नभई, देशको नियति विनाश हुनेछ।

उहाँले श्रापित देश तह लगाउन शक्तिशाली देश उठाउनुहुनेछ

र ती पृथ्वीबाट मेटिन पनि सक्छन्।


कोरस

उहाँ मानव राजनीतिमा भूमिका खेल्नुहुन्न,

तैपनि देशको नियति नियन्त्रण गर्नुहुन्छ।

यो संसार, पुरै ब्रह्माण्ड नियन्त्रण गर्नुहुन्छ।

उहाँको योजना र मानव नियति गाँसिएका छन्,

कुनै मानव, देश र जाति उहाँको

सार्वभौमिकताबाट छुटेको छैन।


पद २

धर्मी शक्ति पृथ्वीमा छन् तर उहाँले मानव

हृदयमा स्थान नपाएका ठाउँमा शासन कमजोर छ।

उहाँका आशिषविना राजनीतिक क्षेत्रले

एउटा पनि झट्का सहन सक्तैन र अलमलमा पर्छ।

उहाँका आशिषविना हुनु, सूर्यविना हुनु झैँ हो।

मानवले जति धर्मी सम्मेलन गरे पनि, शासकले जनताका लागि

जति परिश्रम गरे पनि, त्यसले मानव नियति बदल्न सक्तैन।


ब्रिज

मानव विश्‍वास गर्छ कि मानवलाई खान-लाउन दिने,

शान्त देश नै राम्रो देश, असल नेतृत्व भएको देश हो।

तर उहाँ विश्‍वास गर्नुहुन्छ कि कसैले उहाँलाई

आराधना नगर्ने देश उहाँले नष्ट गर्नुहुने देश हो।

मानवको सोच्ने तरिका उहाँको भन्दा निकै फरक छ।

त्यसैले देशको प्रमुख उहाँलाई आराधना गर्दैन भने,

त्यसको नियति दुःखद हुनेछ, त्यसको गन्तव्य हुनेछैन।


कोरस

उहाँ मानव राजनीतिमा भूमिका खेल्नुहुन्न,

तैपनि देशको नियति नियन्त्रण गर्नुहुन्छ।

यो संसार, पुरै ब्रह्माण्ड नियन्त्रण गर्नुहुन्छ।

उहाँको योजना र मानव नियति गाँसिएका छन्,

कुनै मानव, देश र जाति उहाँको

सार्वभौमिकताबाट छुटेको छैन।


अन्त्य

नियति जान्न, मानिस उहाँ सामु आउनैपर्छ।

उहाँलाई पछ्याउने, आराधना गर्नेलाई समृद्ध

पार्नुहुनेछ, विरोध गर्ने, अस्वीकार

गर्नेलाई पतन र विनाश गर्नुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो:  274  मानिसले राम्रो नियतिको लागि परमेश्‍वरको आराधना गर्नुपर्दछ

अर्को:  276  मानवजातिको नियतिमा ध्यान देउ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger