४४१  फरिसीहरूको येशूप्रतिको प्रतिरोधको जड

पद १

के जान्न चाहन्छौ

फरिसीले येशूलाई गरेको विरोधको जड?

के तिमी फरिसीको सार जान्न चाहन्छौ?

ती मसीहको बारे कल्पनाले भरिएका थिए,

तिनले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे,

जीवन र सत्यताको खोजी गरेनन्।


पद २

त्यसैले आज पनि मसीहको प्रतीक्षा गर्छन,

किनकि तिनलाई जीवनको मार्गको कुनै ज्ञान छैन।

सत्यको बाटो के हो जान्दैनन्,

सत्यको बाटो के हो जान्दैनन्।


कोरस १

तिमीहरू भन्छौ,

यस्ता मूर्ख, जिद्दी र अज्ञानीहरूले

परमेश्‍वरको आशिष् कसरी पाउलान्?

तिनले मसीह कसरी देख्लान्?

तिनले मसीह कसरी देख्लान्?


कोरस २

तिनले येशूको विरोध गरे,

पवित्र आत्माको कामको दिशा थाहा नभएकोले,

येशूले बोल्नुभएको सत्यको बाटो नजानेकाले,

र मसीहलाई नबुझेकाले

र तिनले मसीहलाई कहिल्यै नदेखेकाले,

मसीहसँग कहिल्यै नरहेकाले,

मसीहको नामसँग मात्रै टाँसिइरहने गल्ती गरे।

कुनै पनि माध्यमबाट

मसीहको सारको विरोध गरिरहे।


पद ३

सारमा यी फरिसीहरू जिद्दी,

अहङ्कारी थिए र सत्यको पालना गरेनन्।

उहाँमा तिनको विश्‍वासको सिद्धान्त यस्तो थियो:

तिम्रो प्रचार जति गहन भएपनि,

तिम्रो अख्तियार जति उच्च भएपनि,

मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ।


कोरस ३

के यो विश्‍वास हाँस्यास्पद

र उपहासपूर्ण छैन र?

तिमीहरूसँग येशूको बुझाइ नभएकोले

तिमीहरूले प्राचिन फरिसीहरूले

गरेका गल्ती गर्न सजिलो छैन र?


कोरस ४

के तिमी सत्यको बाटो छुट्ट्याउन सक्षम छौ?

तिमी ख्रीष्टको विरोध गर्दैनौ भनेर साँच्चै कबुल गर्न सक्छौ?

तिमी ख्रीष्टको विरोध गर्दैनौ भनेर साँच्चै कबुल गर्न सक्छौ?

के पवित्र आत्माको काम पछ्याउन सक्षम छौ?

तिमी ख्रीष्टको विरोध गर्छौ गर्दैनौ भन्ने थाहा छैन भने,

परमेश्‍वरले तिमी मृत्युको कगारमा बाँच्दैछौ भन्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ” बाट परिमार्जित

अघिल्लो:  ४३९  सत्यता स्वीकार्ने मानिस बन

अर्को:  ४४२  आखिरी दिनहरूको ख्रीष्टलाई त्याग्नेहरू सदाका लागि दण्डित हुनेछन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger