४७०  तिमीले येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछौ?

पद १

जब परमेश्‍वर यस पटक देहधारी हुनुहुन्छ,

उहाँको काम सजाय र न्यायद्वारा आफ्नो स्वभाव व्यक्त गर्नु हो।

यसलाई जगको रूपमा प्रयोग गर्नुभई,

उहाँ मानिसलाई थप सत्यता ल्याउनुहुन्छ, अभ्यासका थप तरिका देखाउनुहुन्छ,

यसरी मानिसलाई विजय गर्ने र उसको भ्रष्ट स्वभावबाट मुक्ति दिने आफ्नो उद्देश्य हासिल गर्नुहुन्छ।

राज्यको युगमा उहाँको कामको पछाडि रहेको कुरा यही हो।


कोरस १

यदि मानिस अनुग्रहको युगमै रहेमा,

तिनले परमेश्‍वरको स्वभाव कहिल्यै जान्ने छैनन्,

वा भ्रष्ट स्वभावबाट कहिल्यै स्वतन्त्र हुनेछैनन्।

यदि तिनीहरू अनुग्रहको प्रशस्ततामा जिउँछन्,

तर उहाँलाई कसरी चिन्ने, खुसी पार्ने भनी जान्दैनन् भने,

उहाँलाई कहिल्यै प्राप्त गर्नेछैनन्, यस्तो विश्‍वास दयनीय छ।


पद २

तिमीले राज्यको युगमा उहाँका सब काम अनुभव गरिसकेपछि,

तिमीले धेरै वर्षदेखि बोकेका सपना साकार हुनेछन्।

उहाँलाई अन्ततः आमनेसामने देखेको महसुस गर्नेछौ;

अहिले बल्ल उहाँको मुहार हेरेको छौ, उहाँको व्यक्तिगत वाणी सुनेको छौ, उहाँको काम,

बुद्धिलाई अनुभव गरेको छौ, कति वास्तविक, सर्वशक्तिमान् हुनुहुन्छ महसुस गरेको छौ।

पहिलेका मानिसले भन्दा धेरै देखेको, पाएको छौ र

विश्‍वास गर्नु, उहाँको हृदयलाई पछ्याउनुको अर्थ के हो भनी जान्नेछौ।


कोरस २

यदि विगतमा अड्कियौ र उहाँको दोस्रो देहधारणलाई अस्वीकार, इन्कार गऱ्यौ भने,

रित्तो हात हुनेछौ, तिमीसँग केही हुनेछैन र उहाँको विरोधको दोषी हुनेछौ।

सत्यता पालन गर, उहाँको काममा समर्पित होऊ,

र उहाँको दोस्रो देहधारण, सर्वशक्तिमानको अधीनमा आऊ,

उहाँको व्यक्तिगत मार्गदर्शन प्राप्त गर।

तिमीले अझ धेरै र अझ उच्च सत्यता पाउनेछौ,

वास्तविक मानव जीवन पाउनेछौ।


अन्त्य

के आफ्नो भ्रष्ट स्वभावबाट मुक्त हुन चाहन्छौ?

के अझ उच्च सत्यता प्राप्त गर्न चाहन्छौ?

के सार्थक जीवन बिताउन चाहन्छौ?

के उहाँद्वारा सिद्ध पारिन चाहन्छौ?

त्यसोभए येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछौ?

त्यसोभए येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछौ?

त्यसोभए येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछौ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो:  ४६९  कसैले परमेश्‍वरको काम बुझ्न सक्तैन

अर्को:  ४७२  राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger