510  तिमीले सबै कुरामा परमेश्‍वरको साक्षी दिनुपर्छ

पद १

अय्यूबको जाँच गरिँदा, पर्दा पछाडि शैतानले

परमेश्‍वरसँग बाजी थाप्दै थियो।

र अय्यूबलाई त्यसपछि साँच्चै जे भयो,

मानिसको कार्य र हस्तक्षेप थियो।

उहाँले तिमीहरू भित्र गर्नुहुने कामको

हर पाइला पछाडि, शैतानले

उहाँसँग बाजी थापेको हुन्छ।

यो सबको पछाडि युद्ध हुन्छ।


कोरस

उहाँले मानिसभित्र गर्नुहुने सब काम

मानव अन्तरक्रिया झैँ मात्र देखिन्छन्,

मानौँ यो मानव प्रबन्ध र हस्तक्षेप

बाट पैदा भएका हुन्।

तर पर्दा पछाडि, कामको हरेक पाइला

र हुने सबथोक, शैतानले उहाँसामु गरेको

बाजी मात्रै हो, जसमा उहाँलाई

मानिसको दह्रिलो गवाही चाहिन्छ।


पद २

अरूप्रति पूर्वाग्रही छौ भने, उहाँलाई

असन्तुष्ट पार्ने शब्द भन्न खोज्नेछौ।

नभनेमा अशान्ति महसुस गर्नेछौ,

तिमीभित्र युद्ध सुरु हुनेछ।

तिमीले सामना गर्ने सबथोकमा युद्ध छ।

जब तिमीभित्र युद्ध हुन्छ,

तिम्रो कष्ट र सहकार्यको कारण,

उहाँ तिमीभित्र काम गर्नुहुनेछ।


ब्रिज

अन्ततः आफूभित्रको मामिलालाई

पन्छाउन सक्षम हुन्छौ।

क्रोध स्वाभाविक रूपमा निभ्छ।

उहाँसँग सहकार्य गर्दा यो हुन्छ।

मानिसले गर्ने हरेक कामको

लागि तिनले निश्चित मूल्य तिर्नुपर्छ।

र वास्तविक कष्ट बिना,

उहाँलाई सन्तुष्ट पार्न सक्तैनन्।


पद ३

जब आत्मिक क्षेत्रमा परमेश्‍वर

र शैतानको युद्ध हुन्छ,

कसरी उहाँलाई सन्तुष्ट पार्नुपर्छ र

गवाहीमा खडा हुनुपर्छ?

जान कि तिमीलाई हुने सबथोक तिम्रो

लागि ठूलो जाँचको समय हो।

र यही समय हो जब उहाँलाई तिम्रो

गवाहीको खाँचो हुन्छ।


कोरस

उहाँले मानिसभित्र गर्नुहुने सब काम

मानव अन्तरक्रिया झैँ मात्र देखिन्छन्,

मानौँ यो मानव प्रबन्ध र हस्तक्षेप

बाट पैदा भएका हुन्।

तर पर्दा पछाडि, कामको हरेक पाइला

र हुने सबथोक, शैतानले उहाँसामु गरेको

बाजी मात्रै हो, जसमा उहाँलाई

मानिसको दह्रिलो गवाही चाहिन्छ।


अन्त्य

महत्वहीन देखिए पनि, यी कुराले

तिमीले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ देखाउँछन्।

गर्छौ भने साक्षीको रूपमा खडा हुन सक्छौ।

उहाँलाई प्रेम गर्ने अभ्यास नगरेमा,

सत्यता अभ्यास गर्दैनौ,

कुनै सत्यता, जीवन छैन, भुस हौ भनी देखाउँछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो:  508  सिद्ध पारिनको लागि सत्यता अभ्यास गर्नमा ध्यान देऊ

अर्को:  511  परमेश्‍वरलाई सन्तुष्ट पार्न सबथोकमा परमेश्‍वरको साक्षी देऊ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger