५४२ परमेश्वरको मानवजाति व्यवस्थापनको महत्त्व
१
परमेश्वरको व्यवस्थापनको उद्देश्य भनेको परमेश्वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको एउटा समूह प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले अब शैतानलाई आफ्ना पिता मान्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई चिन्छन् र त्यसलाई इन्कार गर्छन्, अनि परमेश्वरको न्याय र सजायलाई स्वीकार गर्नका लागि तिनीहरू परमेश्वरको सामु आउँछन्। तिनीहरू कुरूप र पवित्रबीचको अन्तर थाहा पाउन पुग्छन्, र परमेश्वरको महान्ता र शैतानको दुष्टतालाई पहिचान गर्न पुग्छन्।
२
यस्तो मानवजातिले अब शैतानको सेवा गर्ने, वा शैतानको आराधना गर्ने, वा शैतानलाई प्रतिष्ठापित गर्नेछैन। किनभने तिनीहरू परमेश्वरले साँच्चै प्राप्त गर्नुभएका मानिसहरूका एउटा समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको महत्त्व यही नै हो। यस पटकको परमेश्वरको व्यवस्थापनको कामको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्वरको मुक्ति दुवैको पात्र हो, र मानिस त्यो उपज हो जसका लागि परमेश्वर र शैतानले लडाइ गरिरहेका छन्। परमेश्वरले आफ्नो काम गर्ने क्रममा, उहाँले मानिसलाई बिस्तारै शैतानको हातबाट पुन: प्राप्ति गर्दै हुनुहुन्छ, र त्यसकारण मानिस परमेश्वरको झन्-झन् नजिक आउँछ …
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ