५४४  व्यावहारिक परमेश्‍वरमाथिको विश्‍वासले अपार लाभ हुन्छ

मानिसको पुत्र हामीसँग बोल्न र हामीलाई मार्गदर्शन गर्न जारी राख्नुहुन्छ। हामीले थाहै नपाई, यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामका कदममा एक पछि अर्को गर्दै अगुवाइ गर्नुभएको छ। हामी असङ्ख्य परीक्षा भोग्छौँ, असङ्ख्य ताडनाहरू भोग्छौँ, र मृत्युद्वारा जाँच गरिन्छौँ। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे जान्छौँ, उहाँको प्रेमिलो-दयालुपन र कृपामा आनन्द पनि मनाउँछौँ, परमेश्‍वरको महान् शक्ति र बुद्धि अनुभूत गर्छौँ, परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानवलाई मुक्ति दिने परमेश्‍वरको उत्कट अभिप्रायलाई देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्‍वरको स्वभाव र सारलाई जान्न, परमेश्‍वरका अभिप्राय बुझ्न, मानवको प्रकृति सार जान्न, र मुक्ति र सिद्धताको बाटो देख्न पाउँछौँ।

उहाँका वचनले हामीलाई "मर्ने" अनि "पुनर्जन्म लिने" तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तैपनि हामीलाई पछुतो र ऋणी भावको वेदनामा पार्छन्; उहाँका वचनहरूले हामीमा हर्ष र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा राखिएर काटिने थुमाहरूजस्तै हुन्छौँ; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौँ। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौँ, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा किरा हौँ, अनि हामी हराएका भेडाहरू हौँ, जसलाई भेट्टाउन उहाँ दिन र रात लागी पर्नुहुन्छ।

उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई अर्ती दिनुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्‍नुहुन्छ, श्राप पनि दिनुहुन्छ। रात र दिन, उहाँ हाम्रा बारेमा फिक्री गर्न कहिल्यै छोड्नुहुन्न, र रात र दिन, हाम्रो सुरक्षा र हेरचाह गर्नुहुन्छ, हाम्रो साथ कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो रगत-पसिना बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र साधारण मासुले बनेको शरीरका वाणीहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्‍वरले हामीलाई दिनुभएको गन्तव्यलाई देखेका छौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

अघिल्लो:  ५४२  परमेश्‍वरको मानवजाति व्यवस्थापनको अर्थ

अर्को:  ५४५  जीवन पाउन न्याय स्विकार

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger