545 आफ्नो स्वभाव परिवर्तन गर्न तँ परमेश्वरका वचन अनुसार जिउनैपर्छ
१
पहिले तैँले परमेश्वरमा निर्भर रहँदै आफूभित्र रहेका सबै कठिनाइहरूको समाधान गर्नुपर्छ। आफ्नो पतित स्वभावको अन्त्य गर् र आफ्नो अवस्थालाई साँचो रूपमा बुझ्न सक्षम बन् र तैँले कसरी काम गर्नुपर्छ सो जान्; तैँले नबुझेका कुनै पनि कुराहरूबारे सङ्गतिलाई निरन्तरता दे। कुनै पनि व्यक्तिले आफूलाई नचिन्नु स्वीकार्य हुँदैन। पहिले आफ्नै रोग निको पार्, र मेरा वचनहरू अझै धेरै पटक खाएर-पिएर र चिन्तन गर्दै, मेरा वचनका आधारमा आफ्नो जीवन जिई र आफ्ना कार्यहरू गर्; तँ घरमा वा अन्यत्र जहाँ भए पनि, तैँले परमेश्वरलाई तँभित्र शक्ति चलाउन दिनुपर्छ। देहगत कुराहरू र प्रकृतिलाई फाल्। परमेश्वरका वचनहरूले तँभित्र सधैँ प्रभुत्व जमाउन दे। तेरो जीवन परिवर्तन भइरहेको छैन भनेर तैँले चिन्ता लिनुपर्दैन; समयसँगै, तैँले आफ्नो स्वभावमा व्यापक परिवर्तन आएको महसुस गर्नेछस्।
२
अहिलेका लागि सबैभन्दा जरुरी कुरा भनेको जीवनमा ध्यान दिनु, मेरा वचनहरू अझै खानु र पिउनु, मेरा वचनहरूको अनुभव लिनु, मेरा वचनहरू थाहा पाउनु, मेरा वचनहरूलाई साँच्चै तेरो जीवन बन्ने तुल्याउनु हो—यी मुख्य कुराहरू हुन्। यदि कसैले परमेश्वरका वचनअनुसार जिउन सक्दैन भने, के उनीहरूको जीवन परिपक्व हुन्छ? तैँले हर समय मेरा वचनअनुसार जिउनैपर्छ र मेरा वचनहरू जीवनका आचार संहिता हुनुपर्छ, ताकि तैँले उक्त संहिताअनुसार कार्य गर्दा परमेश्वर हर्षित हुनुहुन्छ र अन्यथा गर्नु परमेश्वरले घृणा गर्नुहुने कुरा हो भनेर महसुस गर्नेछस्, अनि बिस्तारै, तँ सही मार्गमा हिँड्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २२