५७८  परमेश्‍वरको प्रेम र सार निःस्वार्थ छन्

जब तैँले साँच्चै परमेश्‍वरलाई बुझ्‍ने कोसिस गर्छस्, जब परमेश्‍वरले गर्नुहुने हरेक कुरामा भएका उहाँका श्रमसाध्य अभिप्रायहरूलाई साँच्चै अनुभूत गर्न सक्छस्, तब मात्र तैँले परमेश्‍वरको महानता र उहाँको निःस्वार्थीपन महसुस गर्न सक्छस्। परमेश्‍वरले इन्द्रेनीको प्रयोग गरेर मानवजातिसँग करार गर्नुभए तापनि उहाँले किन यसो गर्नुभयो भनेर कसैलाई पनि भन्‍नुभएन, अर्थात् उहाँले आफ्ना वास्तविक विचारहरू कहिले पनि कसैलाई भन्‍नुभएन। किनकि परमेश्‍वरले आफ्नै हातले सृष्टि गर्नुभएको मानवजातिलाई उहाँ कति गहन रूपले प्रेम गर्नुहुन्छ भनेर कसैले पनि बोध गर्न सक्दैन, र उहाँले मानवजातिलाई विनाश गर्नुहुँदा उहाँको हृदयले कति धेरै पीडा भोग्यो भन्ने कुरालाई पनि कसैले अनुभूत गर्न सक्दैन।

परमेश्‍वरले सधैँ मानवजातिलाई आफ्नो सर्वोत्तम पक्ष र सबैभन्दा असल कुराहरू दिनुहुन्छ, जबकि सबै कष्टहरू चुपचाप आफै वहन गर्नुहुन्छ। परमेश्‍वरले कहिले पनि यी कष्टहरू खुल्ला रूपमा उजागर गर्नुहुन्न। बरु, उहाँ चुपचाप ती सहनुहुन्छ र कुर्नुहुन्छ। परमेश्‍वरको सहनशीलता रुखोपन होइन, न त यो भावशून्यता हो, न असहायता नै हो, न यो कायरताको सङ्केत नै हो। बरु, परमेश्‍वरको प्रेम र सार सधैँ निःस्वार्थ रहिआएका छन्। यो परमेश्‍वरको सार र स्वभावको प्राकृतिक प्रकटीकरण, र साँचो सृष्टिकर्ताका रूपमा उहाँको पहिचानको वास्तविक मूर्तरूप हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

अघिल्लो:  ५७७  परमेश्‍वरको सार वास्तविक छ

अर्को:  ५७९  परमेश्‍वर चुपचाप सबैको लागि आपूर्ति गर्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger