५८४  मानिसहरूले परमेश्‍वरलाई आफ्नो हृदय दिएकै छैनन्

पद १

मानिसले परमेश्‍वरलाई आफ्नो हृदयभित्र हेर्न दिएपनि,

यसको मतलब तिनले उहाँको प्रबन्ध पालन गर्छन् वा

आफ्नो सबथोक उहाँको नियन्त्रणमा

छाडेका छन् भन्ने होइन।

तिमीले उहाँसँग जे शपथ खाएपनि वा

जे घोषणा गरेपनि,

उहाँको नजरमा तिम्रो हृदय अझै बन्द छ,

कारण उहाँलाई हृदय नियन्त्रण गर्न दिँदैनौ।


कोरस

उहाँमा विश्‍वास गरेपनि,

मानिसको हृदय उहाँ रहित छ।

उहाँलाई प्रेम गर्नै जान्दैनन्,

न गर्न चाहन्छन्,

कारण तिनको हृदय कहिल्यै उहाँ नजिक आउँदैन;

सँधै टाढिन खोज्छन्।

तिनको हृदय उहाँबाट टाढा छ।


पद २

आफ्नो हृदय उहाँलाई दिएको छैनौ र

उहाँको लागि राम्रा शब्द मात्र बोल्छौ।

तिम्रा विभिन्न छली उद्देश्य, साथै षड्यन्त्र र

योजना उहाँबाट लुकाउँछौ,

नियति आफ्नै हातमा जकड्छौ,

ती उहाँले खोस्नुहुन्छ भनी डराउँछौ।

तसर्थ, तिनको इमान्दारीता

कहिल्यै देख्नुहुन्न।


कोरस

उहाँमा विश्‍वास गरेपनि,

मानिसको हृदय उहाँ रहित छ।

उहाँलाई प्रेम गर्नै जान्दैनन्,

न गर्न चाहन्छन्,

कारण तिनको हृदय कहिल्यै उहाँ नाजिक आउँदैन;

सँधै टाढिन खोज्छन्।

तिनको हृदय उहाँबाट टाढा छ।


पद ३

उहाँले मानिसको हृदयका गहिराइ हेर्नुभएपनि,

तिनको सोच, चाहना र हृदय भित्रका

कुरा देख्नुभएपनि, तिनको हृदय

उहाँको स्वामित्वमा हुँदैन।

उहाँसँग हेर्ने अधिकार छ,

तर नियन्त्रण गर्ने अधिकार छैन।

व्यक्तिपरक चेतनामा, मानिस आफूलाई

उहाँको योजनाबद्ध कार्यमा सुम्पन चाहँदैनन्।


ब्रिज

उहाँ प्रति बन्द मात्र नभई, केही मानिस त

हृदय ढाक्न खोज्छन्;

उहाँको विश्‍वास पाउन चापलुसी प्रयोग गर्दै

आफ्नो वास्तविक अनुहार लुकाउन खोज्छन्।

यही हो उहाँले देख्नुहुने मानिसको हृदय।


कोरस

उहाँमा विश्‍वास गरेपनि,

मानिसको हृदय उहाँ रहित छ।

उहाँलाई प्रेम गर्नै जान्दैनन्,

न गर्न चाहन्छन्,

कारण तिनको हृदय कहिल्यै उहाँ नाजिक आउँदैन;

सँधै टाढिन खोज्छन्।

तिनको हृदय उहाँबाट टाढा छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो:  ५७९  परमेश्‍वर चुपचाप सबैको लागि आपूर्ति गर्नुहुन्छ

अर्को:  ५८६  परमेश्‍वरको इच्छा पूरा गर्न सक्नेहरूलाई उहाँ उत्सुकतापूर्वक चाहनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger